गजल : ४ जात ३६ वर्ण

~गोपालप्रसाद भट्टराई “खुशी”~

४ जात ३६ वर्णलाई सजाउन आएको छु म
दुःखी मुहार मुसुक्क हसाँउन आएको छु म

बलियो एक सुन्दर नेपाल टुक्रा, टुक्रा पार्दै छन रे
त्यसैले हिमाल, पहाड, तराई बचाउन आएको छु म
४ जात ३६ वर्ण……….

संघीयताको नारा लिई भारतको सेवा गर्नेलाई
विस्तारवादका मतियारलार्ई गोर्खेलौरी ठटाउन आएको छु म
दुःखी मुहार………….

गन्डकी अरुण महाकाली बेच्ने राष्ट्रघाती टाउकेलाई
जन्ताको आन्दोलनको आँधी ल्याई तर्साउन आएको छु म
४ जात ३६ वर्णलाई सजाउन आएको छु म
दुःखी मुहार मुसुक्क हसाँउन आएको छु म

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २ – २०६७ मंसिर ८ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.