पत्र साहित्य : सञ्चारको विकासमा बस्तीको आवाज

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

अनामिका,

तिमीलाई थाहै छ । आजकोृ आधुनिक मान्छेले गरेको विकासका नयाँ नयाँ प्रयोगले दुनियाँ एउटा सानो गाउँमा परिणत गरिदिएको छ । थुप्रै सुगमताहरुको प्रयोग गरेर हामी अगाडी बढिरहेका छौ । जमाना अनुसारका प्रविधिहरु विकास भइरहेका छन् । मान्छे नै त्यस्तो एउटा अजिव प्राणी रहेछ जसले चेतना र शिक्षाको बलमा नविनतम उपलब्धीहरु हात पार्न विविध जोखिम मोलेर नयाँ दृष्टि र नयाँ खोजको विस्तार गरिरहेछ ।

कुनै समय थियो विकासका नाममा सुन्य, विज्ञानका नाममा सुन्य त्यस समय प्रविधिहरु थिएनन् उपकरणहरु थिएनन् । त्यस वखतका मान्छेहरुको चेतना स्तर यति विधि माथिल्लो तहमा पुगेको थिएन । घण्टौ हिडेर एउटा बस्ती बाट अर्को बस्तीमा पुग्नुप¥र्थो । घुमन्ते जीवन यापन गरिरहेका पौठेजोरी खेलेर आफूलाई जोगाउँदै थुप्रै जोखिमहरु उठाएर आफूलाई अगाडी बढाउदै हिडथ्यो । ठूलो अन्तर थियो त्यस वखतको समय र आजको समय बिच ।

जंगली जनावरको जस्तो अनुहार बोकेर एकनास दौडिरहेको त्यो पुरातन मानव जातिले जीवन मापनका क्रममा आफूलाइ परिमार्जन र परिष्कृत तुलाउँदै लग्यो । समयका विभिन्न मोड र घुम्तीहरु पार गरेर ढुङ्गा युग, कृषि युग हुदै आजको युगमा मान्छे बेपर्वाह दौडिरहेछ । तिमी त लेखापढ । मान्छे मावन सभ्यता र विकासका चरणहरु बुझेर आएकी छौ । सकारात्मक संघर्षले जीवनका आयम बदल्दो रहेछ । आवश्यकता र चाहनाहरुले मान्छेलाई नयाँ खोजमा उन्मुख गराउँदो रहेछ । आफ्नो इतिहास लेख्न वा लेखाउन कम्मर कसेर मान्छे उठदोरहेछ यो सबै चेतना हुनुको करण हो लाग्छ मलार्य । भूगोलका दृष्टिले संसार ठूलो छ आदिम युगमा मान्छेहरु महिनौ लगाउथे नयाँ बस्ती पुग्न , भाषा फरक हुने हुँदा अनेकौ दुःखहरु भोग्न बाध्य हुन्थे उनीहरु , विस्तारै समय बदलिदै गयो, विकासका झिना मसिना उपलब्धिहरु हात पर्दै गए । आफूले गरेका उपलब्धिहरुका रहस्यमा टेकेर मान्छे खुवै हाँस्यो त्यस वखत । विस्तारै विस्तारै परम्भिक विकासका चरणहरु आधुनिक हुँदै गए । बन्दै गए । भद्दा, ठूला र जोखिम पूर्ण आकारहरु बदलिएर सानो, झिनो रुपमा विकास हुदै आए । अनेकौ रुपहरुको उपयोग गरिरहेका छौ यसको जगमा थुप्रै इतिहासका गाथाहरु पुरिएका छन् । यसपटक म तिमीलाई त्यो पुरातन सञ्चारकर्मी नारदको बारेमा र आदिम सुचनाको इतिहास बारे के हो बताउँदिन किनकी कतिपय कुराहरु तिमीले पनि खोज्नुपर्छ ।

अनामिका,

मैले माथि विकासको पर्खाल छोएर एकै क्षण तिमीलाई पुरानो दुँनियातिर लैजाने मन गरे । त्यो दुनियाँको प्रगति उपलब्धिहरुका बारे पछि पछि पनि लेखौला तर आज उठाउन खोजेको सन्दर्भ भने आधुनिक सूचना र सञ्चारमा भएको क्रान्तिको विषयसँग सम्बन्धित छ । मानव जातिले गरेका थुप्रै अचम्म लाग्दा आधुनिक विकास सँगै सूचना र सञ्चारको विकास पनि एक । कुनै वखत रेडियोमा मान्छे बोलेको सुनेर भगवान ठान्ने जमाना आज रहेन । एक घर एक रेडियो यो अघोषित नारा कार्यान्वयन भइरहेछ अजा प्रविधिहरु डिजिटल हुँदै यहाँसम्म आइपुगेका छन् । एक मिनेटमा विश्वका कुनै पनि स्थानको समाचार अर्को मिनेटमा प्रसारण भइसक्छ । वर्षाै लाग्ने समाचारको बाटो आकाशे मार्ग भएर एक मिनेटमा घर छिरिसक्छ । आजको मान्छेले गरेको थुप्रै वैज्ञानिक उपलब्धिहरु मध्ये रेडियो टिभी पनि एक प्रमुख उपलब्धि नै हो ।

जीवनस्तरमा आएको परिवर्तनले सोचमा पनि परिवर्तन ल्याउँदो रहेछ । म गाउँ जान्छु हरेक घरमा रेडियोका आवाजहरु गुञ्जिरहेका हुन्छन् बारीका पाटामा बोलिरहेको हुन्छ सुदुरस्थानबाट एउटा आवाज र सुनिरहेका हुन्छन बस्तीका उत्सुक मनहरु । सुचना र सञ्चारको क्षेत्रमा विशेष गरी २०४६ साल पछि क्रान्ति भएको छ । चासोमा वृद्धि भएको छ । समाचार, सुचनाहरु अनिवार्य शर्त बनेका छन् । झन पछिल्लो अवधिमा एफएमहरुको विस्तारले त उधम मच्चाइरहेछ । नयाँ प्रतिभा, आवाज र नयाँ जीवन शैलीका रंगहरु देखिन्छन, हलो जोतिरहेको एउटा किसान मोबाइलबाटै एफएम रेडियोमा आफ्नो गाउँको खवर र फर्माइस बोलिरहेको हुन्छ । एकै क्षणमा ग्रामिण समस्या, प्रगति विवरण घटना दुर्घटनाहरु, गीत संगितहहरु साहित्य कला आदि विविध बान्कीहरु कानकानमा ठोकिन जान्छ ।

अनामिका,

हामी साह्रै भाग्यमानी समयका भाग्यमानी अनुहारहरु रहेछौ । मानव इतिहासको संघर्षपूर्ण कथाले स्थापना गरेका निकासका अनेकौ रुपहरुको उपयोगले हामीलाई फराकिलो पार्दै लगेको छ । एउटै लेखमा सबै कुराहरु उल्लेख गर्न सम्भव छैन हो यति मात्रै भन्नु आजलाई मान्छे सुचना र सञ्चार बिनाको अव बाँच्न सक्दैन । उसले बाँच्न प्रयोग गर्ने अक्सिजन जस्तै अनिवार्य तत्व बनेको छ । रेडियोको आवाज । एफ एमको आवाज । साथी जत्तिकै नजिकको भरपर्दो आवाज । तर पनि म देखि रहेको एफ एमको प्रभाव शहरमा टि.भीले खाइ दिएको छ तर गाउँ गाउँमा भने झन झन मजबुन्दै गएकोछ । यो सन्दर्भ पनि कुनै दिन टिपेर लेखौला । यो पत्रात्माक लेख तिमीले पढीरहदा । हामी चरिकोटमा कालिञ्चोक एफ एमको बार्षिक उत्सव मनाइ रहेका हुनेछौ । संञ्चारको वृद्धि हुनु भनेको मिडिया हाउसको मात्र हैन बस्तीहरुको, निमुखा, दुःखी र पिडितको, पछाडि पारिएको समुदायको सम्पुर्ण श्रोताहरुको आवाजको एक भरपर्दो साथी बन्नु हो ।

दोलखा जिल्लामा सुचना र सञ्चारको माध्यमले परिवर्तनको घोडा दौडाउन खोज्ने पहिलो एफ एमको वार्षिक उत्सवका वखत तिमी मार्फत अलिकता सुचनाको कुरा बोले हाम्रा आवाजहरुलाई, पीडाहरुलाई झन बाहिर ल्याउन सकोस । सबैको साझा आवाज बन्न सकोस । यस वखत कालिञ्चोक एफ एम लाइ यति भनौ । समयको कसीमा र जनताको मनमा खर्रो उर्तन सकोस कामना छ । दोलखालीहरुको ढुकढुकी बन्न सकोस् ।

उही तिम्रो,
दोलखे

अस्तु ।

राम्पा, दोलखा

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पत्र साहित्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.