कविता : तिमी नै तिमी पाउँछु

~रजित ओझा~Rajit Ojha

तिमी नै तिमी पाउँछु रानी आफु भित्रको हराईमा
होश आजकल रहन छोड्यो भनाई र गराईमा

लहराएर सँधै तिमी किन यसरि भागी दिन्छ्यौ ?
तिम्रो आँचलको बुट्टा देख्छु ताराको त्यो झराईमा

मनको न हो लड्डु बन्छ ,घिउ सितै खा भन्छ
खोइ के के उम्लिदिन्छ मनभित्रको कराइमा

टाढा त छैनौ तिमी तै पनि डराउँछु
छोडी मलाई हिन्ने हौ कि रहन्छु यहि तराइमा

सफा पारी राखेको मेरो मनमाँ बास गर
तिमीलाई पछुतो हुने छैन यो बसाईँ सराईमा

(स्रोत : INLS – australia)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.