अनूदित कथा : कनेरी

~अर्नेष्ट हेमिङ्वे~Ernest Hemingway

लाम्चो परेको बगैंचासहितको रेडस्टोन भवनको छेउ हुँदै रेल बेसरी कुद्यो । चारवटा मोटा ताडका रूखहरूको छाँयामा मिलाएर राखिएका मेचहरू पलभरका लागि मात्र देखा परे । अर्कोपट्टि समुद्र थियो । समुद्र चट्टानभन्दा धेरै तल थियो र घरि-घरि समुद्री छालहरू जोडसित चट्टानमै बजारिन आइपुग्थे ।

‘मैले पालेर्मो (Parelmo) बाट किनेर ल्याएकी, रेलभित्र अमेरिकी महिला एक्लै बोली । ‘हामी यहाँदेखि त्यस्तै एक घण्टावरको बजारमा थियौं । त्यो दिन आइतबारको बिहान थियो । व्यापरीले भुक्तानी माग्दै थियो अनि मैले पनि एक डलर र आधा दिएँ । वास्तवमै यो कनेरीले मिठो स्वरमा गीत गाउँछ ।

रेलभित्र उपद्रै गर्मी थियो । झ्याल खुलै भए पनि बाहिरको हावा शान्त थियो । अमेरिकी महिलाले सरर्र झ्याल तानी त्यसपछि भने समुद्र बिल्कुलै देखिन छाड्यो । अर्कोपट्टि पारदर्शी शिशा थियो । त्यसपछि बरण्डा र छेवैमा खुला झ्याल । रेलसँगै समानान्तर बन्दै गएको चिल्लो सडक, सडकछेउमा पङ्क्तिबद्ध रोपिएका धुलाम्य रूख, अँगुरखेतीका साँगुरा प्लट र पछाडिपट्टी खैरा चट्टाने पर्वतसहितको साह्रै मनमोहक दृष्य रेलभित्रैबाट देख्न सकिन्थ्यो ।

अग्ला चिम्नीबाट पुत्पुताइरहेका धुवाँका मुस्ला मार्सेलिज तर्फफैलिदै थिए । रेलको गति कम हुँदै गयो रपहिलो लिक छोडेर अर्को लिकमाथि हुँइकिन थाल्यो । रेल मार्सेलिजको स्टेसनमा पच्चीस मिनेटका लागि रोकियो । अमेरिकी महिलाले आधा बोतल इभियन वाटर र एउटा डेली मेल किनी । केहीबेरका लागि भनेर ऊ स्टेसन प्लेटर्फमतर्फबढी तर टक्क अडिई किनकी रेल त्यहाँ केवल पच्चीस मिनेटका लागिमात्र रोकिएको थियो र अहिले भने विनाजाकारी गुड्न थालिसकेको थियो । त्यो आइमाई फरक्क फर्किदै आफ्नो सिटमा आइहाली । ऊ अलि बहिरी थिई । उसले सोची – रेल छुट्न लागेका सङ्केत उसले थाहै पाइन ।

मार्सेलिज स्टेसनबाट रेल फेरि हुँइकिन थाल्यो । अब चिम्नीबाट निस्किरहेका धुवाँका मुस्लामात्र होइन, पछाडि हेर्दा त मार्सेलिज सहर, पहरे-पहाडलाई पछाडि पार्दै फैलिएको समुद्री बन्दरगाह र पर पानीमा अस्ताचलमा पुगिसकेको घामको आकार पनि देखिन थाल्यो । जसै झमक्कसाँझ पर्दै थियो, रेल खेतको बीचमा आगोले दन्किरहेको झुपडीको छेउबाट हुइँकियो । मोटरकारहरू बीचसडकमै रोकिएका थिए । झुपडी आसपासमा बिछ्यौना र अरु खित्रिङमित्रिङहरू छरपस्टै छरिएका थिए । बलिरहेको झुपडीवरपर तमासेहरू झुम्मिएका थिए । बिहानको उज्यालो छाउँदा रेल अभिग्नोन् (Avignon) आइपुग्यो । मानिसहरू ओर्लन र उक्लन थाले । त्यहाँको स्टेसन प्लेट्फममा न्रि्रो सिपाहीहरू तैनाथ थिए । खैरोपोसाक लगाएका सिपाहीहरूलाई अग्लो आकृति र बत्तीको उज्यालोमा उनीहरूका उचाईका आधारका कारण एकटकले आमनेसामने भइ हेर्न मुस्किल पथ्र्यो । प्लेटफमको निग्रो (Negro) लाई त्यहीँ छाडेर रेल अभिग्नोन् स्टेसनबाट टाढिँदै गयो ।

कम्पाट्मेन्टभित्र भरियाहरूको सुत्नको लागि बिछ्यौना मिलाइसकेका थिए । अमेरिकी महिला रातभर जागा नै रही किनकी रात्री रेलको डरलाग्दो रफ्तारमा ऊ ढुक्क रहनै सक्दिन । झ्यालको अर्कोपट्टि उसको बिछ्यौना थियो । पालेर्मोबाट ल्याएको कनेरीको पिँजडामाथि कपडा सुकाइएको थियो जुन स्पष्टत ः कोरिडोरको हावामा फरफराइरहेको थियो । कम्पाट्मेन्टबाहिर नीलो प्रकाश फैलिरहेको थियो र पुरै रात रेल बेतोड्ले कुदिरह्यो, अनि त्यो अमेरिकी महिला रातभर खुब होसियार रही ।

बिहानपख रेल पेरिस (Paris) नजिकै आइपुग्यो । अमेरिकी महिला स्नानकक्षबाट निस्किई । ऊ फुर्तिली र मस्तकी तरुनी देखिई यद्यपी ऊ रातभरकी अनिदो नै थिई । पिँजडामाथिको कपडालाई आफैंतिर तान्दै उसले पिँजडालाई भर्खर झुल्केको कलिलो घाममा झुण्ड्याई । त्यसपछि ऊ बिहानको नास्ता खानका लागि रेलभित्रकै कार रेष्टुराँमा गई । कम्पाट्मेन्टमा र्फकँदा उसको बिछ्यौना भित्तामा घुसाइएको थियो र त्यहाँ बस्नका लागि आसन बनाइएको थियो । खुला झ्यालबाट छिरेको पारिलो किरणमा कनेरी पखेटा फट्फट् गर्दै थियो । रेल अझै पेरिसतर्फबढ्दै थियो ।

‘यसलाई घाम खुब मनपर्छ,’ अमेरिकी महिला एक्लै बोली । ‘र अब केहीबेरमै गीत गाउन थाल्ने छ ।’

कनेरी पखेटा फट्फटाउँदै चुच्चोले जराजरामा ठुँग्यो । ‘चराचुरुङ्गी भनेपछि भुतुक्कै हुन्छु’ ऊ फतफताई । ‘यो म मेरी प्यारी छोरीलाई लगेर दिनेछु । ल, ल, ऊ हेर त ! नभन्दै गाउन थालिहाल्यो ।’

‘चिप चिप चिप चिप,’ केनरी गाउन थाल्यो अनि घाँटीका नरम भुवा ठड्याउँदै चुच्चोले प्वाँख भित्र-भित्रसम्म ठुँग्यो । राम्रोसँग रेखदेख गरिएको जङ्गल हुँदै रेलले एउटा खोला पार गर्‍यो । पेरिसभन्दा अगाडि छेउछाउका सानातिना बजारलाई वेवास्ता गर्दै रेल बेतोड्सित कुदिरह्यो । बजारतिर ट्रयामकारहरू यत्रतत्र गुडिरहेका देखिन्थे । रेल अगाडि बढिरहेपट्टि बिज्ञापनले रङ्गाइएका भवनका भवनका अग्ला भित्ता देखिन्थे । केहीबेर अघिदेखि नै मैले अमेरिकी
महिलालाई वास्ता गर्न छाडेको थिएँ जो यसबखत मेरै श्रीमतीसँग बोल्दैथिई ।

‘के तिम्रा श्रीमान् अमेरिकी हुन् -‘, उसले सोध्दैथिई ।

‘हो,’ श्रीमतीले जवाफ दिई । ‘लोग्नेस्वास्नी दुवै अमेरिकी ।’

‘ए, मैले त बेलायती पो भनेकी ।’

‘कहाँ हुनु, होइन नि ।’

‘मैले ब्रेस लगाएको देखेर होला नि,’ मैले फ्याट्टै भनिदिएँ । मैले बोकेका कुरामा अमेरिकी महिलाले पटक्कै चासो देखाइन । ऊ साँच्चिकै बहिरी रहिछ । उसले चलाखीपूर्वक ओठको भाव पढ्न सक्थी । म भने ऊतिर नफर्किई सोझै झ्यालबाट बाहिरतिर टोलाइरहेको थिएँ । ऊचाहिँ श्रीमतीसँग बोलिरही ।

‘तिमीहरू दुवैजना अमेरिकी रहेछौ, मलाई त सार्‍ह्रै खुसी लाग्यो । अमेरिकी पुरुषहरू साँच्चिकै राम्रा श्रीमान् बन्नलायक हुन्छन्,’ अमेरिकी महिला भन्दै थिई । ‘हेर न, यति हुँदाहुँदै पनि हामीले आफ्नो देश छाड्छौं । मेरै छोरी भेभे (Vevey) को एकजनासँग प्रेमको चक्करमा परेकी थिई ।’ ऊ रोक्किई । ‘वास्तवमा तिनीहरू प्रेममा पागल भएका थिए ।,’ ऊ फेरि रोक्किई । ‘त्यसपछि भने मैले छोरीलाई खोसेर ल्याएँ ।’

‘के यति गरेपछि छोरीले मानी त -‘ श्रीमतीले जिज्ञासा राखी ।

‘के को मान्नु नि,’ अमेरिकी बोली । ‘कति दिन त भोकै बसी, कत्ति दिन अनिदै, मेरो लाख बिन्तिले पनि मनाउनै सकेन । उसले केही कुराको परवाह गरिन । य यत्ति चाहन्थेँ – उसले कुनै पनि विदेशीसँग सम्बन्ध नगाँसिदेओस्,’ ऊ पुन : अडिई । ‘एकपटक मेरो आफ्नै मन मिल्ने साथीले समेत् भनेकी थिई कि अमेरिकी केटीहरूलाई कुनै पनि विदेशीले सन्तुष्टि दिनै सक्दैन ।’

‘ए ! हो र,’ श्रीमती बोली, ‘मलाई त त्यस्तो लाग्दैन ।’

यत्तिकैमा अमेरिकी महिलाले श्रमितीको यात्रा गर्दा लगाउने कोटको तारिफ गरी र कुराकानीकै क्रममा यो कुरा खुल्यो कि उसले विगत बीसवर्षेखि आफ्ना लुगाहरू रु सेन्ट हानोर को मेइजन डी कुटुवर (Maison de Couture) भन्ने पसलबाट किन्ने गरेकी रहिछ । उसलाई चिन्ने एकजना व्यापारी भेन्डुस (Vendeuse) ले उसलाई मनपर्ने कपडाका केही नमूनाहरू रोजेर अमेरिका पठाइदिँदोरहेछ । ती व्यापारीहरू न्यूयोर्क नजिकैको हुलाक कार्यालयम आउँथे । अमेरिकी महिलाको घर हुलाक कार्यालयको छेउमै थियो । सेवाशुल्क खासै महँगो थिएन र तिनीहरूले त्यहाँ उसलाई मनपर्ने कपडाको मोलतोल गर्न दिन्थे । ती कपडाहरू अन्यन्तै सामान्य हुन्थे । कपडालाई आकर्ष देखाउने सुनका लेस अर्थात महँगा वस्तु केही पनि जडिएका हुन्थेनन् । त्यहाँ थिरुजि् (Therese) नाम गरेका नयाँ भेन्डुसभन्दा अगाडि अर्को आमिली (Amelie) भन्ने भेन्डुस् थियो र ती दुई जना सँगसँगै काम गर्न थालेको पनि बीस वर्षपुगिसकेको थियो । त्यहाँका कपडाका नमूनाहरू सधैं एकै किसिमका हुन्थे । अहिले कपडाको मूल्यबृद्धि भएपनि तिनलाई पुराना कपडासँग साटफेर गर्दा पुरानै मूल्यमा पाउन सकिन्थ्यो । उनीहरूसँग उसकी छोरीलाई चाहिने कपडाको नाप पनि थियो तर ऊ अहिले ठूली भइसकेकी हुँदा कपडा साटफेर गर्ने मौका अलि कम हुन्थ्यो ।

रेल पेरिस नगरीको नजिकै आइपुगेको थियो । बाटोमा भर्खरै सीमाङ्कन गरिएको थियो तर त्यहाँ घाँस पलाइसकेको थिएन । अनगिन्ती कारहरू लाइनमा पालो कुर्दै थिए । खैरो फलेकबाट बनेका रेष्टुराँ कार, खैरै काठबाट बनेका सुत्न मिल्ने कार त्यही साँझ पाँच बजे इटाली छुट्नेवाला थिए ।

‘राम्रा लोग्ने त अमेरिकी नै हुन्,’ बारम्बार उसले श्रीमतीसँग त्यही कुरा दोहर्‍याइरही । म झोलाहरू भुइँमा झार्दै थिएँ । ‘बिहे गर्नको लागि त अमेरिकी लोग्नेहरू संसारकै उत्कृष्ट नमूना हुन् ।’

‘भेभे छाडेको कति वर्षभयो नि तपार्इँले -‘ श्रीमतीले सोधी ।

‘यही मौसममा दुई वर्षपुग्छ । तिमी जान्न चाहन्छ्यौ ! यो उनकै लागि हो, मैले छोरीको लागि कनेरी लगिदिँदैछु ।’ ‘भनेपछि तपार्इँको छोरीका श्रीमान् स्विस हुन्, हैन त ?’

‘हो, ठीक भन्यौ ।’ अमेरिकी महिला बोली । ‘वास्तवमा ऊ भेभेको एउटा खान्दानी परिवारको सदस्य थियो । छिट्टै इन्जिनियर बन्नेवाला थियो । दुई जनाको भेट त्यही भयो र दुवैले सँगसँगै लामो दूरी पैदलै पार गर्दथे ।’

‘मलाई भेभेको बारेमा सब थाहा छ,’ मैले श्रीमती बोलेको सुने । ‘हामी हनिमुन मनाउन त्यतै गएका थियौं ।’

‘ए ! भनेपछि त रमाइलो भयोहोला । पहिले त मलाई त्यो ठाउँको बरेमा थाहै थिएन । त्यतिबिघ्न रमाइलो ठाउँमा रहेछ र पो मेरी छोरी ऊसँगको मायाजालमा परी ।’

‘हो त नि, साह्रै मनमोहक ठाउँ रहेछ,’ श्रीमतीले थपी ।

‘त्यै त !’ अमेरिकी महिला कर्राई । ‘अनि कुन ठाउँमा बस्यौ त ?’

‘ट्रोइस कुरोन्जमा,’ श्रीमतीले भनी ।

‘ए ! थाहा छ तिमीलाई, त्यो त त्यहाँको पुरानो र सुविधासम्पन्न होटल हो नि,’ अमेरिकी बोली ।

‘होला !’ श्रमितीले टाउको हल्लाई । ‘कोठा पनि खुब राम्रा थिए जहाँबाट बर्षातको मौसममा गाउँको साह्रै मनमोहक दृष्य देख्न सकिन्थ्यो ।’

‘बर्षातको बेलामा गएको -‘

हामीले जीर्ण भैसकेका तीनवटा कारलाई पार गर्‍यौं । तिनीहरू चिरिएर उदाङ्गै देखिएका थिए भने छाना दबिएका थिए ।

‘ऊ त्यता हेर्नुहोस् त’ मैले अमेरिकी महिलातर्फइङ्गित गर्दै गर्दै भनेँ, ‘कस्तो भताभुङ्ग हगी ?’

उसले त्यतैतिर हेरी र बदलामा भताभुङ्ग परको अन्तिम कार देखि । ‘लाई त खाली अघिल्लो रातको डरलाग्दो यात्राको मात्र याद आइरहन्छ,’ उसले भनी, ‘कहिलेकाँही म खाली डरलाग्दा अपशकुनमात्र सोचिरहन्छु । यस्तो रफ्तारमा चल्ने साधनमा अबदेखि म कहिल्यै यात्रा गर्ने छैन रातमा । अरु सुविधाजनक रेल पनि होलान् नि सहरमा, बिस्तारै कुद्ने ।’

त्यसपछि रेल गेर डी लियोनको अँध्यारोमा आएर रोकियो । भरियाहरू झ्यालसम्मै आइपुगे । मैले झ्यालबाटै झोलाहरू पुग्न दिएँ र हामीहरू प्लेट्फमको साँगुरो लम्बाइमा उत्रियौँ । अमेरिकी महिला एकजना भान्छेसँगै थिई । ‘एकैछिन म्याडम, म तपाईँको नाम खोज्दैछु,’ ऊ भन्दै थियो ।

एउटा भरिया सामान राख्ने ट्रक डोर्‍याउँदै आइपुग्यो र झिटिगुण्टाहरूले भर्‍यो । श्रीमतीले अमेरिकी महिलालाई बिदाईको हात हल्लाई र मैले पनि त्यसै गरेँ । उसको नाम भान्छेको सहायकले नामहरूको लामो सूचि हेरेर पत्ता लगायो र त्यसलाई आफ्नै गोजीमा राख्यो ।

अन्त्यमा एउटा द्वार आयो र एकजना मानिसले हाम्रा टिकटहरू लियो आ-आफ्नो वासस्थानतर्फप्रस्थान गर्न हामी पेरिस आउँदैथियौँ ।

(स्रोत : Nepalikalasahitya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in अनूदित कथा and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *