कथा : चुइङ्गम

~दीपेन्द्रकुमार जोशी ‘निक’~Dipendra Nik Joshi

ऊ घरबाट निस्केको दुइ मिनेट पनि भएको थिएन । इमरजेन्सी मिटिङ्ग भनेर अफिसबाट फोन आएको हुनाले उसलाई अफिस पुग्न निकै हतार भइरहेको थियो । त्यसैले गल्लीको चोरबाटो हुँदै छिटो-छिटो पाइला चलाउँदै थियो । अचानक ऊ भीडमा एक स्त्रीछायासँग ठोक्किन पुग्छ । जसले गर्दा त्यस छायाको सामान तितरबितर हुन पुग्छ । गल्ती उसैको थियो, उसैको लापरवाही अथवा भनौँ न एकोहोरोपनाले गर्दा त्यो घटना घट्न पुगेको थियो । त्यसैले “सरी !” भन्ने सस्तो अङ्ग्रेजी वाक्य ओकल्दै त्यस छायाको सामान टिप्न सहयोग गर्न थाल्छ । उनी भने हल्का बड्बडाहटसँगै आफ्ना असन्तुष्टिहरू पोख्दै थिइन् – “कस्ता आँखा भएका अन्धाहरू होलान् । केटी देख्नै नहुने … जानीजानी ठोक्किन आइपुग्नु पर्ने ! …”

उसलाई त्यस छायाको टिप्पणीप्रति असन्तोष जाग्यो सायद ! त्यसैले तुरुन्तै प्रतिकार पनि गरिहाल्यो – “बैनी ! तपाईंको आरोप मिथ्या हो । मेरो त्यस्तो कुनै किसिमको नियत थिएन । म अल्लि हतारमा थिएँ त्यसैले यो हुन गएको हो, त्यसमाथि मैले माफी पनि मागिसकेको छु ।”

अमिलो मुखाकृतिसहित त्यस छायाले ऊतिर हेरिन् … तर … तर केही पनि बोल्न सकिनन् । मात्र हेरिरहिन् । लाग्दथ्यो घाँटीसम्म ह्वालह्वालती आइसकेका विष्फोटक शब्दसमूहहरू बीचैमा पानीका बुलबुलासरह तुहिन पुगे । ऊ पनि त्यस स्त्रीछायाको अनुहार हेरेको हेर्‍यै हुन पुग्यो । केही क्षणको हेराइपश्चात् त्यो स्त्रीछाया आश्चर्य, लज्जा एवम् कुन्नी के हो भाव लिई त्यहाँबाट अलप भइन् ।

एकछिनको दिमागीशून्यतापछि ऊ झल्याँस्स हुन्छ – उसलाई याद आउँछ – अफिसको इमर्जेन्सी मिटिङ्गको । समयमै अफिस नपुगिने डरले उसले रिक्सा चढ्ने विचार गर्‍यो र चढी पनि हाल्यो । व्यस्त सहरको व्यस्त गल्ली, ठेलमठेल्लाको विचित्र परिस्थिति । कसैलाई कसैको मतलब नभएको जस्तो भान हुने सहरी वातावरण । ‘किरिङ् … किरिङ्’ को कर्कश ध्वनि निकाल्दै रिक्सा कुद्दै थियो । रिक्साको रफ्तारसँगै उसको मानसपटल पनि ब्रह्माण्डमा रेस लगाउदै थियो । विभिन्न उपक्रम गर्दा पनि उसले आफूलाई सम्हाल्न सकिरहेको थिएन । घरीघरी बचपनको त्यो पाटो र भर्खरै जम्काभेट हुनपुगेको स्त्रीछायाले उसलाई विगततिर धकेलिरहेको भान भइरहेको थियो ।

गजुरी, उसको मावली गाउँ । उसको बचपन त्यसै गाउँमा व्यतीत भएको थियो । अथवा भनौँ न उसले त्यस गाउँसँग आफ्नो सुखदुःख साटफेर गरेको थियो । ऊ भर्खरै १४ वर्षटेक्दै थियो, तर कदकाठी र स्वभावले सानै थियो । उसलाई स्कूल जान निकै मन पथ्र्यो र मिहिनेतसाथ पढ्ने पनि गथ्र्यो । ऊ स्कूलपछिको बाँकी समय गृहकार्य, घरधन्दाका साथै घाँसदाउरा खोज्न र गाईवस्तु चराउन गोठाला साथीहरूका साथ जङ्गलमा बरालिन रमाइलो मान्थ्यो । त्यस गाउँमा ऊ निकै जमेको र रमेको थियो ।

उसको एक साथीलाई ऊ र उसका साथीहरू सानैदेखि ‘गन्टरे’ भन्ने गर्दथे भने अर्को एक साथीको नाम ‘राजकुमार’ भए पनि बिरालोको जस्तो आँखा भएकोले उनीहरूले त्यसलाई ‘बिरालो’ भनेर जिस्क्याउने गर्दथे । ती दुइ पात्रहरू उसकै उमेरका भए पनि हलक्क बढेका थिए र कुनै रूपबाट पनि १८ वर्षन्दा कम्तिका लाग्दैनथे । उनीहरूमा जवानीको जोस पनि निकै चढेको थियो । ती दुइ चम्पाको पछि लागेर हिँडेको निकै देखिन्थ्यो । पछि लाग्नु पनि स्वाभाविकै थियो, चम्पा थिइन् नै राम्री । तर चम्पाको झुकाव विशेषरूपमा राजकुमारतिर बढी देखिन्थ्यो । जसले गर्दा गन्टरे अलिकति चिढिन्थ्यो । तर पनि ऊ चम्पालाई रिझाउन हरसम्भव कोशिस गरिरहन्थ्यो ।

त्यो महिना वैशाखको थियो, सायद ! ऊ, गन्टरे, राजकुमारलगायत सबै साथी-सङ्गीहरू गाईवस्तु लिएर लागे सेरातिर । ड्यौढीको बाटो हुँदै तिनीहरू सेरातिर लम्कँदै थिए । माथि रामबस्तीतिरबाट चम्पा पनि बाख्रा लिएर उनीहरूसँग मिसिन आइपुगिन् । विभिन्न किसिमका रमाइला गफ एवम् हाँसीमजाक गर्दै सेरा पुगे । अचम्मको रमणीय ठाउँ थियो, त्यो सेरा ! बाक्लो जङ्गल, त्यसमुन्तिर सेरानामक ठूलो घाँसे चौर र छेवैमा त्रिशूली नदीको भङ्गालो । गोठालाहरूको स्वर्ग नै थियो त्यो ।

सूर्य भगवान् आफ्नो पूर्ण क्षमताका साथ मात्तिदै थिएँ । मौसम निकै उखर्माउलो हुँदै गएकोले सहन गाह्रो हुँदैथियो । त्यसबाट बच्न चम्पालगायत सबैजना गाईवस्तुलाई चर्न छोडेर हेलिए भङ्गालोमा । उनीहरू छोइडूम खेल्दै थिए । कहिले को डूम कहिले को डूम हुने गर्दैथिए । त्यसबखत् छुट्टै संसार निर्माण भइसकेको थियो त्यहाँ । सबैजना छोइडूम खेलमै मस्त थिए भने तीन प्राणी – गन्टरे, राजकुमार र चम्पाचाहिँ अर्कै खेलमा व्यस्त हुने ताकमा देखिन्थे ।

चम्पाले तल फ्रक लगाएकी थिइन् भने माथि रुमाल बेरेकी थिइन् । गन्टरे र राजकुमारले खेलको निहूँमा चम्पाका अवयवहरूलाई छुने, चलाउने गर्न थालेका थिए । जसमा चम्पाको पनि सहमति थियो क्यारे ! उनले विरोध जनाएकी थिइनन् । एकछिनपछि ती तीन प्राणी सबैलाई छोडी जङ्गलतिर बिलाए । अर्थात् पानी अमला खोज्ने निहूँमा राजकुमार र चम्पा गायब भए भने त्यसको केहीबेरमै गन्टेर पनि अलप भयो ।

घर फर्कने बेला भैसक्दा पनि तिनीहरू नफर्केपछि तिनीहरूलाई खोज्न दुइजना साथीलाई साथ लगाएर ऊ जङ्गलतिर पस्यो । धेरैबेरको खोजीपश्चात् उसले चम्पा र राजकुमारलाई भेट्यो । भेट्न त भेट्यो तर उनीहरूको अवस्था देखेर ऊ हेरेकोहेर्‍यै भयो अर्थात् तलको सास तल माथिको सास माथि नै हुने अवस्थामा पुग्यो ।

एउटा ठूलो रुखको फेदमा रुमाल ओछ्याइएको थियो । त्यही रुमालमाथि चम्पा आदिम हब्बाको प्रतिरूप बनेर पल्टेकी थिइन् । नारीलाई आजसम्म उसले आदिम रूपमा देखेको थिएन । जसले गर्दा उसको मनमा रोमाञ्च एवम् डरको संयुक्त भाव एकैचोटि उब्जिरहेको थियो । उता राजकुमार पनि आदमकै व्यवहार अनुसरण गर्दै थियो । चम्पा बेचैन भइसकेकी थिइन् । उनी घरी यता फर्किन्थी, घरी उता । घरी लामो-लामो श्वास फेर्दै अजिङ्गरे शैलीमा ग्वाम्लाङ्ग राजकुमारलाई अँगालो हाल्थी । कुरा यति अगाडि बढ्यो कि असह्य भएर चम्पा बर्बराउन थालिन् । यसबाट राजकुमारले के बुझेछ कुन्नी ! काम्न थाल्यो । यता आदम-हब्बाको खेल चल्दैथ्यो भने उता मूकदर्शक बनेका अन्य प्राणीहरू एकअर्काको मुखमा हेर्दै वाल्ल परिरहेका थिए । त्यहाँ उनीहरूले कति कुरा बुझे, कति कुरा बालमस्तिष्कले गर्दा बुझन सकेनन्, तर रमाइलो भने उनीहरूलाई औधी लागिरहेको थियो ।

केहीबेरपछि उनीहरू एकअर्काबाट छुट्टिए र लमतन्न परेर आफ्नो श्वास व्यवस्थित गर्नतिर लागे । खेल सिद्धिएछ क्यारे ! भन्ठानेर तिनीहरू ती आदमजोडीका सामुन्ने प्रकट भए । यता गन्टरेले पनि उनीहरूको प्रेमलीलालाई हेरिरहेको रहेछ, ऊ पनि रातो-रातो आँखा पार्दै तिनीहरू भएठाउँमै आइपुग्यो । तिनीहरूको आकस्मिक उपस्थितिले ती दुइ आदमजोडीलाई ‘तातो कराइमा चिसो पानी’ को काम गरेछ क्यारे ! दुवैको अनुहारको रङ्ग उडेको देखियो । उनीहरू हत्तनपत्त लुगा लगाएर मुन्टो लुकाई त्यहाँबाट अलप भए । त्यहाँ उपस्थित ऊ लगायत अन्य प्राणीले केही पनि बुझेनन् ।

समय आफ्नै रफ्तारमा बग्दै रह्यो । तर राजकुमार र चम्पालाई उसले गोठालामा देखेन । त्यसको केही दिनपछि राजकुमार मधेशतिर हानियो रे ! भन्ने खबर उसले पायो । केही समयपछि त्यो खबर पनि सेलायो ।

राजकुमार हराएको हप्तौँ बितिसकेको थियो । बल्ल उसले चम्पाको दर्शन पायो – गोठालोमा ! उही रङ्गरूप, उही लट्काझट्कामा । मानौँ केही भएकै छैन । भेट्नेबित्तिकै ऊलगायत अरू दुइ प्रत्यक्षदर्शीलाई चुइङ्गम दिएर दबेको शब्दमा फकाइन् “कसैलाई नभन्नु है त्यो कुरा !’ । उनीहरूले कुरै नबुझी ‘हुन्छ’ भन्ने सङ्केतमा मुन्टो हल्लाए । उनी झन् उज्याली देखिइन् ।

भोलिपल्ट गन्टरेले चम्पाको नाम ‘चुइङ्गम’ राखिदिएछ । सायद गन्टरेलाई पनि चम्पाले ‘चुइङ्गम’ घुस दिने कोशिस गरिन् होली । त्यो घुस गन्टरेलाई मन परेनछ क्यारे ! १६ वर्षपश्चात् आज अकस्मात् तिनै चम्पा ऊसँग ठोक्किन आइपुगेकी थिइन् र रातो मुख लगाएर नजर लुकाउन बाध्य पनि भएकी थिइन् । चम्पाले ऊसँग जम्काभेट हुँदा के सोचिन् कुन्नी तर यत्रो वर्षछि आज ऊ बल्ल बुझदैछ, गन्टरेले खोजेको घुस अर्कै थियो, सायद ! त्यो उसले पाएको भए चम्पाको नाम – ‘चुइङ्गम’ रहने नै थिएन होला !

कथा समाप्त भयो ।

– नारायणगढ, चितवन
पल्लव साहित्यिक पत्रिका- १२, यौन विशेषङ्कबाट

(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.