लेख : प्रतिद्धन्द

~डा.बिनोद मणि बराल~

सँझना आउँंछ उस्लाई त्यो रुखो रातमाटे डाँडाको, जँगलको नाममा धमीराले खाएर आज हो कि भोली भन्ने नेपालको अर्थ बजेटजस्तै ढलीजाने आभाष लिई निभ्ने बेलाको बत्तिजस्तै संंघर्ष गरिरहेका ब्याँलेले चूसीएका सालघारी भएका पखेरुहरुको, मान्छेको नाममा बसांई सर्न समेत नसक्ने भई सानो चून्ते झोपडीभित्र जिन्दगीका अन्तिम क्षणहरु खोलाका गड्तिरमा बिताईरहेका माझीहरुको,मान्छेले मायां मारेर छोडी गएपछि धेरै समयसम्म त्यो गोरेटोमा कोही नहिंड्दा सिस्नुघारीले मिचीसकेपछि टी.बी.को रोगीजस्तो जीर्ण भएको बाटोको, अनि सँंझना आउँंंछ घरधनी रुंदैरुंदै मुग्लान भासिईसकेपछि बांकि रहेको त्यो एक्लो घरको चून्ते छानो बाट खसेको रुन्चे झरीले उस्को आत्माभित्र जगाउने करुण चित्कारको ….।

सम्झना आउँंंछ उस्लाई, त्यस्तै अरु कैयन घरका छानाहरुमा जीवको नाममा भँगेरा र गौंथलीले समेत बस्न छाडीसकेपछि बुईँकेलको सानु आंखिभ्mयाल अगाडि उम्रिएका तीतेपाती र पीपलका कलीला बिरुवाहरुले ढाकेका भूतमहलहरुको……।आफूले सानु छंंंँदा माटोको घर बनाई खेल्ने गरेको घरमुनी ढूँंगाको अनि आफैंले रोपेका आरुुबखडाका बोटहरुको सम्झना हुंदा त्यसै त्यसै मन पग्लिएर आउँंछ उस्को र आफूलाई स्वाट्टै उडाएर जन्मथलोमा लैजान मन लाग्छ उस्लाई…।

१७ तल्ले घरमा लिफ्टबाट सट्ट उडेर धूरीमा पुग्दा उस्लाई सम्झना आउंछ त्यो सांघुरीको टोपी खस्ने उकालोमा लखतरान परी तोक्लानमा ढाकर बिसाई निधारका पसीना दौराको फेरले मात्र पुछी नसकेर दाहिने हातको चोरी औंलाले समेत तुरुरुर्र..पार्दै भारी बिसाउने ढाक्रेहरुको । सम्झना आउंँछ उस्लाई आधुनिक युगका विकसित विमानहरुमा चढ्दा नि ओहोरदोहोर गर्दा ती उस्का बहुसंख्यक मोटर त के,साईकलसमेत नदेखेका नेपाली दाजुभाई दिदिबहिनीहरुको….।

अझै सम्झनाले गहिर्याउंदै लान्छ उस्लाईं..आफू सानो छंंदा कोशीको टप्पू र नारायणीको गौर डुबेको सुन्दा, अनि त्यही डुबाईद्धारा सुकुम्बासीहरु घरबारबिहीन भई कँैयौंका बालबच्चाहरु टुहुरा हुंदा, रेडियो नेपालले बाढी तथा पहिरो पिडितलाई दिएको तथाकथित सहयोगको हव्वा फुकेको सुन्दा….‘‘ आफू पछि बिदेशबाट उच्च शिक्षा हासिल गरी राम्रो बिशेषज्ञ बनी आफ्नै देशमा आई ती देशघाती बांधहरुलाई फुटाउनुपर्ने भए फुटाउनेछु,,अझै अलग्याउनु पर्ने भए अलग्याउनेछु तर जनतालाई डुब्न दिने छैन….‘‘ भनी गरेको प्रणको सम्झना आउंंछ उस्लाई ।

स्कूलमा पढ्दा केही जान्ने सुन्ने भएपछि थहा पाउंदा आफ्ना देशका बिद्धानहरु सबै अरुकै विकसित देशमा गई पैसा कमाई आनन्दका साथ उतै बसे रे भनेको सुन्दा आफूलाई जन्म दिने मातृभूमीको सिंगारपटार गर्नुको बदला आफ्नै ब्यक्तिगत स्वार्थर लालचमा डुबी देश छाडी पराया देशको कठपुतली जस्तो भएर बसेका तथाकथित बुज्रुकहरुलाई ‘‘ केटाकेटी बुद्दि न हो ‘‘ , आफू ठूलो भएपछि घोक्रे्रठ्याक लगाएर आफ्नै देशमा ल्याई, नाँंगो आँंंगमा सिस्नुपानी लगाइर्, मातृभूमीको पाठ सिकाउनेछु भनी त्यतिबेलाकै बुद्दि अनुसार गरेको प्रणको सम्झना आउँछ उस्लाई……..।

तर परिस्थीति र बिवशताका चपेटाहरुले आज उ आफँैंलाई प्रवासी बनाईदिएको तीतो आभाषबाट ऐँठन हुन्छ उस्लाई….. अनि एक्कासी जुरुक्क उठी उ लामो सुस्केरा हाल्न पुग्छ । केहीबेरपछि फेरि निदाउने असफल प्रयासमा ओछ्यान्मै छटपटि रहन्छ….. ।खटपटी लागेर आउँंछ उस्लाई, किन हो किन आज उ निदाउनै सक्दैन….. । कहिले ओल्टो कहिले कोल्टो पर्दै लामो सुस्केरा हाल्छ ……अनि फेरि पनि आफ्नै देशको सम्झनामा डुब्न पुग्छ उ निदाउनै सक्दैन । सँंघर्ष गरीरहनुपर्ने जीवनमा पनि बारम्बार हार खाए पछि निराश भई आत्महत्या समेत गर्न पुगेका अभागिहरुको, अनि उस्लाई सम्झना आउंछ टुहुरा भाईबहिना पाल्ने अभिभारासंगै आफूलाई नगरबधु बनाई बत्तिको खम्बामुनी टाउको लुकाउने असफल प्रयास गरीरहेका नेपाली दिदिबहिनीहरुको ।

नारी र पुरुष एउटै रथका दुई पांग्रासरी हुन् भन्ने नियम(?) भएको उस्को देशमा हजारौं हजार मोलमोलाई गरी आफ्नै बाबुआमाद्धारा बेचिएर बच्चा पाउने मेशीन सरी हुन बाध्य भएका नेपाली नारीहरुको, अनि उस्लाई सम्झना आउंँछ काण्डै काण्ड र पर्बै पर्वले भरिएको आफ्नो देशको इतिहासको …. ।

सम्झनाले पिरोल्छ उस्लाई……..ऐनले नभए नियमले , नियमले नभ्याए हुकुम, तोक,आदेश र घण्टीले काम हुने कार्यालयहरुको, जहां रीस उठे गयल ,स्पष्टीकरण, सरुवा र खोसुवा अनि खुश उठे बडुवा , तक्मा , प्रशंशापत्र र पट्ट दिलाउने
‘‘…घुम्ने मेचमाथिको अन्धो मान्छे….‘‘ हाकिम बिराजमान हुने गरेका न्यायालयहरुको….। धेरै रात गैसक्दा पनि उ कहिले ओल्टो कहिले कोल्टो परी रहन्छ… सुत्नै सक्दैन आज …..। सम्झना आउँछ उस्लाई …. उस्को देशमा कसैलाई रातारात कसरी करोडपति बनौ नी भन्ने शोक छ भने कसैलाई रात कसरी कटाउं नी भन्ने भोक छ । थोरैलाई परिकारले भरीएका खानदानीका डिब्बै डिब्बा सिँगा सिँगै छन् भने धेरै ससाना नानीहरुलाई सुकेको रोटीको त के कुरा, फाटेको दौराको फेरमा एक मुठ्ठी भुटेको ठेट्ने मकै समेत छैन । उस्को देशमा जताततै भ्रष्टाचार र हाहाकार भएको कुरा पत्रिकाहरुले छर्लंग्ंयाईरहेको संझन पुग्दा उ अझै आकुलब्याकुल हुन्छ ….. उ निदाउनै सक्दैन आज कहिले ओल्टो कहिले कोल्टो परी रहन्छ…….।

विश्वकै उच्च शीखर भएको उस्को देश, बुद्दले शान्तिको सन्देश बोकेर हिंडेको उस्को देश, जहाँ नालापानीको इतिहास कोरीँंदा लोग्नेमान्छेहरुले शत्रु नास्न बन्दूक चलाउंदा तीब्र आबाजबाट त्यो क्षत्र व्याप्त भएको थियो भने त्यहाँ वीर नारीहरुले आफ्नो देश जोगाउन ढूंगामूडा उठाउंदा चूराहरुको झन्कार पनि गुंजेको उस्को त्यो देश, वीर बलभद्र र अमरसिंहको देश, आज आफ्नै लागि परदेशझैं भएको सम्झनाले उस्को छाती चसक्क हुन्छ । बिश्वको अग्लो शीखर बिदेशीहरुका होड्बाजीका ढ्याब्रे पाइलाहरुले थेप्चीइसकेछ, सगरमाथाको आधार शिविर त संसारको फोहोरमैला, टीन र फलाम फ्यांक्ने ‘बेसक्याम्प‘ भएछ ।

बुद्दले मागेको शान्ति त एक आपसको बिरुद्दमा अगाडी तेर्सीन लागेको तरवार भएछ,, नालापानी जस्ता स्वतन्त्रता संग्रामहरुका इतिहासका ठेलीहरुमा उद्दण्ड राजनैतिक छिचिमीराहरुको बास भएछ,,लोग्नेमान्छेहरुले अब त बन्दूक पृथ्वी नारायण शाहको एकत्रित ‘ चारजात छत्तिस वर्णको फूलबारीको सार्वभौमसत्ता जोगाउन, बैरीलाई हैन आफ्नै एउटै थलोमा भात खाने न्यायप्रेमी दाजुभाई दिदिबहिनीहरुको छातीमा पो ताक्न थालेछन्…। संझना आउंछ उस्लाई वीर शहीदका जहानहरुले हातका चूरा देशको रक्षार्थ बजाउन पाउनुको सट्टा अझैपनि पुरानै रुढीवाद्मा जकडिएर अर्को जन्म पर्खिई काल कुरेर बस्नुपर्ने बाध्यता भएको नेपाली नारी समाजको ।

झझल्को आउंंछ उस्लाई, कोही आप्mनो देशमा बस्न नसक्ने भएर स्वदेशको माया मुटुमा बोकी रुंदैरुंदै प्रवासी भएको, कोही साहुको ऋण चुक्ता गराई आफ्नो बन्दकि घर आंगन फिर्ता लिउंला भन्ने आशा लिएर भर्ती लागी भाडाका टट्टु हुन बाध्य भएका ती सोझा नूनको सोझोमात्रै गर्ने र जालझेल केही गर्न नजान्ने आफ्नै दाजुभाईहरुको..। भित्रैदेखि पिरोलिएर आउंछ उस्को मन । उस्मा निदाउने सामथ्र्य भेटिंदैन आज … कहिले ओल्टे कहिले कोल्टे फेर्दै पुनः सम्झनामा बिलीन हुनपुग्छ ….। उ जन्मिएको थलो सबै पहिरोले खाएछ, उस्ले लुकामारी खेल्ने गरेका जूरेलीले गूंड लगाउने ससाना पोथ्राहरु सबै डढेलोमै नष्ट भएछन्, उस्ले लगाएको नास्पातीको बोट मरेछ,न्याउली बास्ने काफलबोटको दाउरा बालीसकेछन्, उस्का गाउंले साथीभाई सबै बसाईं सरी बेपत्ता भैसकेछन्, उस्कि आमा सेतै भईछिन्, बहिनीको त्यो उमेरै बितेछ…। उ हतारिन्छ, उस्लाई अहिल्यै जुरुक्क उठी आफ्नो जन्मेको ठाउँंमा जान मन लाग्छ, तर बास्तविकताले भने उस्लाई तगारो हालीदिएको छ …त्यसरी जानै नसक्ने गरी ………। अनायासै उस्लाई बचपनको यादले छोप्न थाल्छ…बिहानीको लालीमा संगैं सूर्यको प्रकाश नास्पातीको टूप्पोबाट छिरेर आंखिभ्mयालभित्र पसी उस्लाई ब्युंझाउंदा मध्य रातमै उस्कि आमा निन्द्रा, थकाई सबै त्यागी डोको, नाम्लो र गाग्री बोकी पानी ओसार्न गएको,भालेको डाकमा उस्कि आमाले पानी खेप्दा आएको निधारको पसिना पटुकाले पुछ्दै राती भुटेका बासी मकै च्याप्दै दिनभरीको मेलामा गएको अनि उस्कि आमा एकैचोटी मध्यरातमा उ निदाईसकेपछि मात्र घर फिर्दा आउँने गरेको तन्द्राको सम्झना उस्लाई आउँछ । आमाले गहभरी आँसु पार्दै र हजुरामाले हात थर्थराउँदै राता अक्षेता लगाईदिँदा आफु चाहिँ स्वर्णिम भविष्यको कल्पना गर्दै सकेसम्म चाँडै फिर्छु , दिन गनी बस्नु भनी कसम खाई बिदेश हिँडेको आज धेरै समय भैसकेको छ । सेकेण्ड बिते,मिनेट बिते ,घण्टा बिते ,दिन बिते , अनि हप्ता र महिना गर्दै बर्षौं हिँउदहरु पनि बितीसक्दा अब त ढीलो भैसकेको जस्तो भान हुन्छ उस्लाई र छातीमा देशको मायाले थिचेको महसुस हुन्छ…उ निदाउन सक्दैन…ओल्टो कोल्टो फेरि रहन्छ…

बिदेशमा बसेर जत्ति नै विकास गरे पनि आज उस्लाई सबै खल्लो लागेर आउँछ,… उकुसमुकुस पारेर ल्याउँछ उस्लाई देशको मायाले… । त्यो बारी, पाखा, मैदान, फाँट, स्वच्छ हावालाई बिर्सेर उस्ले ठूलो पाप गरेको जस्तो ठान्दछ । अनि उस्लाई पनि किन किन उतै जान मन लाग्छ, भरीयासंगै ढाकर बोक्दै हिंड्न मन लाग्छ , पहाडी खोलाको सुसाई सुन्न मन लाग्छ, , चौतारी भंज्यांगमा बसी दोहोरी गाउन मन लाग्छ,, बूकीफूलको गन्ध सँगै बरपीपलको बोटमुनी बसी हावा खान मन लाग्छ, तराईका हरीया फांटमा लडिबूडी गर्न मन लाग्छ, बयल गाडी चढी शनीवारे हाट जान मन लाग्छ,,लिंगे पींग खेल्न मन लाग्छ, देउसी भैली खेली घर घरमा जान मन लाग्छ,, गोठमा बसी बिगौती खान मन लाग्छ, आमाले बटारेको कसार खाई जन्ते भोजमा जान मन लाग्छ,,रतेउली खेलेको हेर्न मन लाग्छ,,अनि उस्लाई निन्द्राले बिस्तारै लठ्ठ पार्दै लान्छ, उस्को भान्सा कोठामा झुन्डिएको कुक्कु घडीले रातको तीन बजेको संकेत दिएको आबाज परैबाट सुनिन्छ । तर उ चाहिँ सोचाईमा बिलिन भएको हँुदा रात बितेको उस्ले पत्तै पाउँदैन ,कहिले ओल्टो कहिले कोल्टो परी रहन्छ…उ निदाउनै सक्दैन… ।

रुखोसुखो गुन्द्रुक र ढींडो खाएरै भएपनि उस्लाई कटुसघारी नजिकैको कमेरोले पोतेको घरमा नै गई बस्न मन लाग्छ, आधुनिक डाक्टरी उपचार,औषधी र ट्याबलेट् नपाउने भएपनि त्यही आप्ःनै गाउंमै गई जडीबूटीमै बांच्न मन लाग्छ, त्यसैले उस्लाई त किन किन आज हो कि भोली नै हो संधैंको लागि स्वदेशमै जाउं जाउँझैं लाग्छ । यत्तिकैमा उ अनायासै भुसुक्क निदाउन पुग्छ… कुक्कु घडीले चार पटक चिच्याई रातको शून्यतालाई भंग गर्दा पनि अब उस्लाई कसैले बिउंझाउन सक्दैन किनकि उ आन्तरिक प्रतिद्धन्दताको गहीरो निन्द्रामा मस्त भई डुबीसकेको छ।

(स्रोत : Freenepal)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.