कविता : डा.केसीको पक्षमा

~विजयदेव भट्टराई~Bijaydev Bhattarai

माफियाको द्रव्य पचाउन
दलाली पाचक खाई सुतेको छ सरकार
अब डा.केसी चिन्दैन
तर पेटभित्रै औजार हालेर
सिलाएर मरेकी श्रीमतीका श्रीमानहरु
गलत उपचार र औषधिले
बा-आमा गुमाएका छोरा-छोरीहरू
काट्नै नपर्ने अंग काटिदिएर
अपांग संज्ञा पाएकाहरू
नक्कली डाक्टर निकाल्ने मेडिकल कलेजमा
छोरा-छोरी भर्ना गरेर पछुताएका अभिभावकहरू ,
अनि त्यस्तै भविष्य रोज्नेहरू
कति कोमल र महान् छ तिम्रो भावना
यो सरकारलाई माफ दिएर नमन गर्नेहरू हो !
तर के कहिलेकाहिं
ओसिएको गन्ध र चित्कार आउँदैन आफन्त र लाशको ?

(स्रोत : Hulaki)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *