कविता : हामी मनभित्र बाँच्छौं

~भीम उदास~Bhim Udas

(विदेशमा बस्ने नेपालीहरुका लागि)

मान्छे आफ्नो मनभित्र बाँच्छ
मान्छे आफ्नो विश्वासमा बाँच्छ
मान्छे आफ्नो मुटुभित्र बाँच्छ
र बाँच्दैन मान्छे
इतिहासले बाँधेको सीमाहरुभित्र ।

सीमाहरु स्लेटमा कोरिएका रेखाहरुजस्तै
ती रेखाहरु जो बदलिन सक्छन्
ती रेखाहरु जो मेटिन सक्छन्
तल, माथि… माथि, तल… दाँयाँ, बाँयाँ ।

तर, मान्छे कैद हुन सक्दैन सीमाहरुभित्र,
बरु सीमाहरु आपैm बदलिरहन्छन्
जय पराजयका मूल्यहरुमा
आरोह अवरोहका बाध्यताहरुमा ।

मान्छे बाध्यताभित्र पनि बाँच्दैन
तर मान्छे बाँच्छ
आफ्नो इच्छामा
मान्छे बाँच्छ आफ्नो विश्वासमा
र मान्छे आफ्नो मनभित्र बाँच्छ ।

समयको चक्रमा रुमल्लिंदै
तिमी पिंजडाबाट उडेर गयौ
स्वतन्त्र आफ्ना पखेटा चालेर विचरण गर्दै
वारि… पारि…, पारि… वारि…
हामी भने पिंजडाभित्र नै बन्द रह्यौं
आफ्नै घरभित्र कैद भएर बस्यौं
शताव्दी लामो पर्खालहरुभित्र
शताव्दी लामो सुरुंगभित्र
शताव्दी लामो गुम्बजहरुभित्र ।

समयले एउटा इतिहास फेरेछ
र, त्यो इतिहासको कुरा
तिमी विदेशमा छौ
म स्वदेशमा छु
र पनि
हामी एउटै मनभित्र बाँच्छौं
हामी एउटै विश्वासमा बाँच्छौं ।

म भन्छु
आँगनमा बिछ्याइएका बिस्कुनहरु उठाउन
तिमी संघार नाघेर मात्र गएका हौ
खेतबारीको फसल उठाउन मात्र
तिमी घर छोडेर बाहिरिएको हौ,
बस्, यत्तिमै
तिमी आज विदेशी भैरहेछौ,
तर, मान्छे बाँधिन सक्दैन सीमाहरुभित्र
मान्छै कैद हुन सक्दैन रेखाहरुभित्र
हामी मान्छे हौं
आफ्नो विश्वासमा बाँच्छौं
आफ्नो मुटुभित्र बाँच्छौं
आप्mनो मनभित्र बाँच्छौं ।

काठमाडौं
२७ कार्तिक २०३७

————————————-
भीम उदास
जीवनवृत्त
जन्म मिति : ई.सं. १९५०
जन्मस्थल : भोजपुर, कोशी अंचल
शिक्षा : एम.ए. (राजनीतिशास्त्र)
संलग्नता : गतः २० वर्षदेखि संयुक्त राष्टसंघअन्तर्गत विश्व खाद्य कार्यक्रममा कार्यरत ।
हाल : मास्कोस्थित विश्व खाद्य कार्यक्रमको प्रतिनिधि ।
साहित्यिक व्यक्तित्व : युवावस्थादेखि साहित्यमा अभिरुचि र सोख । भोजपुरको विद्योदय हाईस्कूलमा अध्ययनरत अवस्थादेखि नेपाली कविता लेखनको शुरुआत र त्यस स्कूलको भित्तेपत्रिकाको सम्पादन । कलेजमा अध्ययन र त्यस पश्चात् मधुपर्क, संचय आदि विभिन्न साहित्यिक पत्रपत्रिकाहरुमा कविता, कथा र लेखहरुको प्रकाशन । पत्रकारिता पेशामा संलग्न हुँदा जनवार्ता दैनिकको सहसम्पादक र कोशी साप्ताहिक पत्रिकाको सम्पादन ।
प्रकाशित कृति : मलाई एउटा क्रान्ति चाहिन्छ शीर्षकमा वि.सं. २०३७ मा कवितासंग्रह प्रकाशित ।
प्रकाशनाधीन कृति : यो आवाज गुञ्जिरहेछ (कविता संग्रह),हाइकूभित्र काठमाण्डौं (हाइकू संग्रह) ।

(स्रोत : Freenepal)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.