बाल कथा : छेपारोको फुल

~विनय कसजु~Binay Kasaju

“ए नफुटाल् भन्दा भन्दै सरुले छेपाराको फुल फुटाइहाल्यो । सरुका बा बारीमा तरकारी रोप्न कुटाले माटो खुकुलो पार्दै थिए । सरु छेउमा बसेर सानो कोदाली चलाउँदै थियो । खन्दा खन्दै एक ठाउँमा रुखकटहरका बियाँ जस्ता सेता फुलहरु १५-२० वटा भेटिए !

“बा, के हो यो – सरुले उत्सुक भएर सोध्यो ।

“छेपाराका फुल यही हो थाहा पाइराख बाले भने ।

“किन त गिलो छ नि – पुड्के च्याउ जस्तो पो छ त सरुले एउटा फुल हातमा लिँदै सोध्यो ।

“छेपाराको फुल यस्तै हुन्छ बाले भने ।

“छेपारी कसरी ओथारो बस्छे त बा सरुले जान्न खोज्यो ।

बाले बेलिविस्तार लगाउँदै भने, “हेर र्सपले झैा छेपाराले पनि माटामुनि फुल पार्छ र छोड्छ, ओथारो बस्दैन । समय पुगेपछि फुलबाट बच्चा आफै निस्कन्छन् ।

“यसभित्र बच्चा छ त बा – भन्दै सरुले एउटा फुल कोदालीले थ्याच्च थिचिदियो । बाले रोक्ने मौकै पाएनन् ।

फुलबाट सेतो झोल र पूरा नबनेको छेपारोको बच्चा निस्क्यो । सरुले “छ्या भन्दै माटाले ढाक्न खोज्यो ।

“के गरेको सरु यस्तो – बाले रिसाउँदै भने “यस्तो नकाम पनि गर्न हुन्छ – बा रिसाएको देखेर सरुले डराउँदै सोध्यो । “छेपारो विषालु हुन्छ हैन र बा – यसले टोक्यो भने मरिन्छ भन्छन् नि ! यस्तो शत्रुलाई त सानैमा मार्नु बेस होइन र बा – छोराको अज्ञानता देखेर उनले सरुलाई सम्झाउन थाले, “हेर छेपारो हाम्रो शत्रु हैन मित्र हो । किनभने यसले बारीमा तरकारी र अन्न फलफुलमा लाग्ने किरा फटेंग्रा खाइदिन्छ । स्कूलमा तिमीलाई यस्तो कुरा सिकाउँदैनन् र – सरोवरले “थाहा छैन भन्ने भावले टाउको हल्लायो र फुल फुटाएकोमा पछुतो मान्यो । बाबु छोरा मिलेर बाँकी फुल माटोमा राम्ररी ढाकिदिए ।

भरे सुत्ने बेलामा पनि सरोवरको मनमा छेपाराको कुरा खेलिरहेको थियो ।

सरुले झयालमा रातो टाउको भएको छेपारोले आफुलाई हेरिरहेको देख्यो । ऊ डरायो । तर छेपारोले टाउको तलमाथि गरेर केहीबेर चलाएर आँटा चिम्लेको देखेपछि उसको डर घट्यो । सरु बाहिर आउन बारीमा खेल्न जाउँन । सरुले मीठो आवाजमा कसैले डाकेको सुन्यो । तर त्यहाँ छेपारो बाहेक अरु कोही थिएन । ऊ उठ्यो र झयालतिर गयो । छेपारो फुत्त उपे|mर झयाल बाहिर सुन्तलाका हागाँमा पुग्यो । सरुले सुन्तलाको बोटमाथि हेर्‍यो । त्यहाँ सुन्तलाको फूल भर्खरै फुल्न लागेको थियो । तर पतेरा लागेर फूललाई हानी पुर्‍याइरहेको थियो । सरुले त्यहाँ १० १५ ओटा छेपाराहरु देख्यो । ती छेपाराले सुन्तलाका फूल र पातमा लागेका पतेरा किरालाई भकाभक खाइरहेका थिए ।

छेपाराहरु सुन्तलाका हाँगा हाँगामा उप्रFmदै खेल्दै पतेरा खाँदै रमाइरहेका थिए । सरुले दिउँसो छेपाराका फुल फुटाएकोमा निक्कै पछुतो मानिरहेको थियो । यत्तिकैमा उसले छेपाराहरु कुरा गरिरहेको सुन्यो ।

“हेर यसपाली यो बारीमा कीरा सबै सखाप पार्नु पर्छ एउटाले भन्यो ।

“हाम्रो फुल फुटाल्नेको बारीको पनि के रखवारी गर्ने ! अर्को छेपारोले कुरा काट्यो ।

“हैन त्यो सानो बाबुले त अन्जानमा फुटालेको हो । पछि जतन गरेर अरु फुल त माटाले ढाकिदियो नि । अन्त भए फुल जम्मै फालिदिन्थे वा अरु जीवले खाइदिन्थे, यो ठाउँका मान्छेले हाम्रो काम बुझेका छन् यसैले अब हामी सधैं यही बस्नर्ुपर्छ । पहिलो छेपारोले भन्यो ।

यी कुरा सुनेर सरोवर अनायास चिच्यायो-“हुन्छ हुन्छ । अब म तिमीहरुलाई केही गर्दिन । सरोवर न्रि्रामा कराएको सुनेर उसकी आमाले डराउँदै सोधिन्- “के भनेको – के गर्दिन भनेको सरु सरुको न्रि्रा खुल्यो । ऊ हाँस्दै मुख छोपेर फेरि सुत्यो ।

(स्रोत : बालपत्रिका “मुना” मासिक, वर्ष२, अंक ९, भदौ २०४९)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.