~बिपिन खनाल~
समझदारी,सदभाव र शान्ती जहां जहां छ
म देश,मेरो खुशी मेरो उन्नती त्यहां त्यहां छ
एउटा छोरो मलाई ,चाहेर नि स्विकार्दैन
अर्को छोरो मलाई ,आमा भनी पुकार्दैन
हिमालको सन्तान मेरो,तराई झर्न डराउंछ
तराईको सन्तान मेरो,हतियार बोकी कराउंछ
दाजुभाई एक-अर्काको रगत पिई अघाउंछन्
छिमेकी भनाउंदाले मप्रति,गिद्धे द्रिष्टि लगाउंछन्
रगत बग्ने यी नसामा चक्काजाम गरेपछि
मेरो ईज्जत बचाउनेहरु जिउदै जलेर मरेपछि
जातिधर्म,भेषभुषाको नाममा द्वन्द्ध आफै दन्काए
पारिवारिक कलहलाई सारा समाजमा तन्काए
छिमेकीले अवस्था बुझेर मौकाको फाईदा उठाए
दाजुभाई अनि फुटेर मलाई गवारसंग लुटाए
मेडिकलका माफियाहरु पेसा छाडि बौलाए
ज्यान बचाउने निहुंमा अनि धन कमाई मौलाए
खेलकुदका लागि कतै घांटि सुक्नेगरी गम्सिए
कतै भने करोडौं खाई देशै बेच्न तम्सिए
शिक्ष्ा जस्तो क्षत्रमा चलखेल गर्न लाग्याछन्
गरिबको छोरोलाई भर्ना गर्न माग्नु रकम माग्याछन्
राजनीतिको कुरा गरिहाले दुर्गन्धले अत्ताउंछ
भष्ट्रचारको हिसाब गरे घिन लागेर मत्ताउंछ
निस्सासिएर भएकी छु,कमजोर म जता ततै
केहि गरेर पनि भएन मलाई सन्तोष कतै
बुद्ध,भ्रिकुटि जस्ता सन्तानले मलाई छाडि गएपछि
आजकलका मेरा सन्तान मलाई थु-थु गर्दै गएपछि
म आगो सहन तयार छु,तिरस्कार म सहन्न
एक आपसमा अब नमिले भविष्यमा म रहन्न
अझै समय छ मलाई बचाउन एक जुट भएर लागे
हतियार पर छाडि सबै स्वाभीमानी बनि जागे
हिमाल,पहाड,तराईलाई अब एक-अर्काको साथ छ
मेरा प्यारा सन्तानहरुलाई आमाको आशिर्वाद छ!
(पद्द शैलीमा)
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )