संस्मरण : रातो भाले र नक्कल

~विजय थापा ~Bijaya Thapa

मुखै रसाउने त्यसमा पनि स्थानीय रातो रंगको कुखुराको भालेको मासु l अहिले सम्झना गर्दा पनि मुखै भरि पानी आउछ किनभने विदेशिएको धेरै बर्ष भयो l त्यो सम्झनाले सारै सताउछ र कल्पना मात्र गरि रहेको हुन्छु lअमेरिकामा बसाई छ ,तर मन भने मुलक तिर पुग्छ र पुग्नु पनि स्वाभाविक हुन्छ l जीवनको चार दशक पहाड ,तराई र लेक र बेसी चारियो l उतैको सम्झनाले मस्तिस्कमा घोची रहन्छ l बाल अवस्थामा गरेका कुराले जो कसैलाई पनि अमिट छाप परेको हुन्छ र मलाई पनि पर्नु स्वाभाविक हुन्छ l

धेरै पहिलेको कुरा हो आफु १० कक्षाको परीक्षा दिएर आफ्ना बाजे बराजुले पौरख गरि सन्तानहरुको लागि जुटाई दिएका मधेसको खेति हेर्न मन लाग्यो l नेपालको पुर्वको सुन्दर शहर धरानबाट सुदुर पश्चिम कैलालीको टिकापुरको छेउछाउ गाउमा भारत हुदै पुन आफ्नो मुलुक छिरे l त्यसबेला पुर्वबाट पश्चिम पुग्न भारत भई जानु पर्ने थियो र यातायातको सुबिधा थिएन l म पनि काकासंग पछाडी झोला भिरेर गन्तब्य तिर हिडेको ३ दिनमा पुगे l मेरो हजुर बुवाको पनि बुवाले ,जब अंग्रेजले नया मुलुक (बाके ,बर्दिया ,कैलाली तथा कंचनपुर ) नेपाललाई सुपुर्दगी गरे पछि त्यो समयमा जिजु बुवाले केहि मौजा (केहि गाउँहरु) पाउनु भएको प्रसस्त खेति बारी रहेछ l

त्यो समय एउटा जुग नै बितेको मान्नु पर्छ आफु अहिले पांच र सुन्ना(अर्थात् पचास ) कटिएछ l खेतिमा अत्यधिक थारु समुदायहरु थिए l थारु समुदाय ज्यादा भन्दा ज्यादा कमैया थिए र यसरि नै पुस्तै पुस्ता देखि उनीहरुलाई राख्ने प्रणाली थियो तर हाल कमैया प्रथा उन्मुलन भै सकेको छ l थारुहरुका छोरा छोरिहरुलाई सरकारी बिद्यालय पढाउने पनि गरिन्थ्यो र अधिकांश काम मै लाग्दथ्ये किनभने उनीहरु बुवा आमा नै कमैया भए पछि उनीहरु साहुको घरमा काम गर्नु पर्ने हुन्थ्यो l सरकारी बिद्यालयको पढाई र थारुका सन्तानले पढन पनि नपाउने अवस्थामा हामीसग रहेको एउटा थारुको छोरा पढनमा मन गर्ने तर मस्तिस्क तेज नभएको lसरकारी बिद्यालयमा नक्कल गरेर या अरुको सारेर उत्रीण हुने गरेको रहेछ l

मलाई (चिट )चोराई अर्थात् नक्कलमा सहयोग गराए उ जाचमा उत्रीण भए ठुलो रातो भाले खुवाउछु भन्यो l एक छिन् मैले मानिन किनभने आफैले पढेको मात्र काम लाग्छ र भोलि आफुलाई बिकाउन सक्छ भन्ने लाग्यो l जसरि भए पनि परीक्षामा उत्रीण हुनु छ हजुर ,सहयोग गर्ने पर्छ भनि बारम्बार आग्रह गरे पछि मैले पनि रातो भाले जाडो महिनामा परिकल्पना गरे र स्वीकार गरे l सम्झौता चाही गणित र अंग्रेजी बिषयमा मैले परीक्षा केन्द्रमा बाहिर बस्ने र भित्रबाट ढुंगामा प्रश्न राखी बाहिर फ्याल्ने र मैले समाधान गरि पछि अर्कै एक सहयोगीबाट पुर्याउने गरियो l एक घण्टा जति हिडेर जानु पर्ने भयो पाठशाला सम्म एक तर्फी रुपमा l एउटा तराईमा गणित पढाउने शिक्षक आएर मलाई परीक्षा केन्द्रबाट टाडा बस्न आग्रह गर्नु भयो l मैले आफुलाई अंग्रेजीमा महा पण्डित झैँ गरि वहालाई अंग्रेजीमा जवाफ दिए l आश्चर्य मान्नु भयो र मलाई तपाई बुढा निल कण्ठमा पढ्नु हुन्छ सोध्नु भयो l

मेरो जीवनको सबै भन्दा आफुलाई ग्लानी तथा अफसोच लागेको दिन त्यहि भयो किनभने म मा कत्रो अहंकार रहेछ l नेपालीमा सोधेको सवाललाई नेपालीमा किन नदिएको भन्दै धेरै बर्ष सम्म यो कुराले मलाई खाई रह्यो l अर्को कुरा मैले राम्रो काम गरेकै हैन l बिद्यार्थी भूस्कूल छ ,त्यसले कसरि आफ्ना सन्तानलाई शिक्षाको ज्योति देला भनि मलाई धेरै बर्ष सम्म पनि पिराली रह्यो l म हाल करिब ७ बर्ष देखि अमेरिकामा छु र कुनै चिज पनि लेख्दा बिसुद्ध नेपाली मात्र लेख्न थालेको २० बर्ष भयो l मैले नेपालीमा मात्र नेपाली मूलका मान्छे संग बोलेको दुई दशक भएछ l अंग्रेजी बोल्दा म अमेरिकाको राष्ट्रपति त भैन नि ? अर्थात् भाषा हो ,जसले पनि सिक्न सक्दछ र मैले एउटा युवकलाई उसले आफै सिक्नु पर्ने दायित्वमा निरुत्साहित गर्नु पर्नेमा प्रोत्साहन गरि दिएछु l

मेरो पुर्खाले जोडेको खेतीमा दुई महिनाको अवधिमा जसलाई मैले चिट (नक्कल )चोराउन ठुलो भूमिका निर्वाह गरे आखिर अलि अलि आफुले जानेको कुरामा सहयोग कै कारण उ ८ कक्षा बाट ९ कक्षा गयो l

परीक्षा फलको नतिजा हुने बित्तिकै पाठशालाबाट खुशीले हस्याङ्ग पस्यांग गर्दै म संग बत्तीस वटा दांत देखाउदै आयो र त्यहि दिन रातो भाले खाईयो l यति हर्षित देखियो कि उसले नै जंगलमा एक्लै गएर बाघ मारेर आएको जस्तो गर्यो l सोझा आमा बुवालाई एक मन धान दिनु भनि जिद्दी गरि रहेको थियो l सम्झौता र सर्त अनुसार मैले सहयोग गरे र धर्म निभाए l तर नैतिक रुपमा मैले आफुलाई क्षमा गरिन l धेरै दिन भयो उ कहाँ पुग्यो होला भन्ने सोच्दै जादा हाल खाडी मुलुकमा काम गर्दै छ अरे भनें सुनियो lपरदेशमा आफु रहेता पनि अहिले सम्म त्यो कुरा मेरो मानस पटलमा ताजै छ l

………………………………………………………..अस्तु

विजय थापा
भर्जिनिया

(स्रोत : Milankosansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.