अनूदित कथा : उपहार

~गाइ दि मोपासां~Guy De Maupassant
अनु : पुण्यप्रसाद प्रसाई

लानतिनको ती युवतीसँग पहिलो पटक एउटा साँझको पार्टीमा भेट भएको थियो, जुन पार्टी उसको विभागको एउटा प्रमुख अधिकारीको घरमा भएको थियो, र आँखा चार हुने वित्तिकै उनीप्रति ऊ नराम्रोसँगले आसक्त भएको थियो ।

युवतीको बाबु कुनै गाउँमा डक्टरको काम गर्थे, तर केही महिना पहिला उसको स्वर्गवास भएको थियो । यसपछि उनी आफ्नी आमासँग पेरिसमा आएर बस्न थालेकी थिइन् । उनकी आमा आफ्ना परिचित मानिसहरुसँग यसकारणले भेटघाट गर्नको लागि आउने गर्थिन् कि उनकी छोरीको विवाह कुनै राम्रो घरमा होस् । यिनीहरु निर्धन थिए तर इमान्दार र शान्तिप्रिय थिए र देखासेखीबाट टाढै रहन्थे । Punya Prasad Prasai

युवती एक यस्ती आदर्श केटी थिइन् जसलाई हरेक बुद्धिमान केटाले आफ्नी पत्नीको रुपमा वरण गर्ने सपना देखेको हुन्छ । उनको सहज सौन्दर्यमा दैवी सौम्यताको आकर्षण थियो र उनको अनुहारमा जुन मधुर तर अस्पष्ट मुस्कान सदा खेलिरहेको हुन्थ्यो त्यो मानौं उनको पवित्र एवं सुन्दर आत्माको झांकी थियो । चारैतिरबाट मानिसहरु मुक्त कण्ठले उनको प्रशंसाको पुल बाँधिरहन्थे । मानिसहरु यो कुरा भनेर कहिल्यै थाक्दैनथे कि “त्यो मानिस कति सुखी होला जसले यसलाई पत्नीको रुपमा वरण गर्नेछ । यिनीभन्दा राम्री पत्नी संसारमा कसले पाउन सक्छ !”

यति बेला श्री लानतिनको आय सात सय डलरभन्दा माथि थियो यसैले उसले अब गृहस्थीको भार सजिलै बहन गर्न सक्छु भन्ने सोचेको थियो, उसले ती आदर्श युवतीसँग प्रणय निवेदन ग¥यो र युवतीले उसको निवेदन सहर्ष स्वीकार गरिन् ।

ऊ पत्नीदेखि यति धेरै खुशी थियो कि उसको प्रसन्नतालाई शब्दमा वर्णन गर्न सकिदैन । पत्नी घर गृहस्थीको सारा प्रबन्ध यति व्यवस्थित रुपमा र कम खर्चमा चलाउँथिन् कि दम्पतिलाई यस्तो लाग्थ्यो मानौं उनी ऐश आरामको जीवन बिताइरहेका छन् । पत्नी पतिको सानो सानो इच्छा र आवश्यकताको पनि पूराका पूरा ध्यान राख्ने गर्थिन्, उसलाई यसरी लाड र स्नेह गर्थिन् कि मानौं ऊ एक बच्चा हो, उसको उपस्थितिको यस्तो मनमोहक प्रभाव भएको थियो कि विवाहको छ वर्षपछि लानतिनले अनुभव ग¥यो कि ऊ आप्mनी पत्नीलाई अब दाम्पत्य जीवनको प्रारम्भिक दिनमा भन्दा अरु धेरै चाहन्छ ।

बस केवल दुई वटा कुरा उसले आफ्नी पत्नीमा दोषपूर्ण देखेको थियो– थियटर हेर्ने उत्कट अभिलाषा तथा नक्कली गहनाको आभूषणप्रतिको उनको गहिरो मोह । उनका साथीहरु (उनी कैयांै पदाधिकारीका पत्नीसँग परिचित थिइन्) उनको लागि उनीहरुले नै थियटरमा क्याबिनको सीटको प्रबन्ध गरिदिन्थे– यो प्रबन्ध धेरै जसो कुनै नाटकको पहिलो शोको हुने गथ्र्यो, यो मनोरंजनमा उनको पतिले उनीसँगै जानु पथ्र्यो– चाहे यसमा उसको रुचि होस् या नहोस् । वास्तवमा अफिसमा सारा काम गरेर आएपछि उसलाई यी मनोरंजनबाट दिक्क लाग्थ्यो ।

केही दिनपछि लानतिनले आफ्नी पत्नीसँग भन्यो कि उनी यस्ता खेलमा आफ्नो कुनै साथीलाई साथमा लिएर जाउन् । पहिला त पत्नीले यो कुराको धेरै विरोध गरिन्, तर जब पतिले धेरै जोड दिए तब धेरै बेरपछि, उनी सहमत भइन् । यो कुराबाट पतिलाई असीम हर्ष भयो ।

थियटरमा जाने इच्छाको साथसाथै उनको मनमा श्रृंगार गर्ने इच्छा पनि उत्पन्न भयो । यो ठीक हो कि उनका वस्त्र अझै पनि पहिलाको जस्तै थिए– सादा र सुरुचिपूर्ण, तर केही दिनपछि आप्mनो कानमा ठूला–ठूला सेता पत्थर जडिएका इयर–रिंग लगाउन थालिन् जसको चमक दमक सक्कली हीरा समान थियो । आप्mनो गला र छातीलाई उनी नक्कली मोती तथा पाखुरा पनि जलप गरिएको सुनको ब्रेसलेटले सजाउन थालिन् । उनको पतिले कैयौं पटक उनलाई यसो भनेर सम्झाउने गथ्र्यो–
“प्रिये ! हामीहरु सक्कली हीरा–जवाहरात किन्न सक्दैनौ, हो तिम्रो सौन्दर्य र शालीनता नै तिम्रोलागि उचित श्रृंगारको काम दिनसक्छ, यो गुण नारी जातिको लागि निःसन्देह अनुपम आभूषण हो ।”

तर उनी अत्यन्त मधुर मुस्कानका साथ भन्थिन्–
“उसो भए म के गरुँ ? मलाई आभूषणप्रति यति धेरै लगाव छ कि बस…। मेरो यो एउटा कमजोरी हो । कुनै मानिसले आफ्नो स्वभाव कसरी बदल्न सक्छ !”

फेरि उनी मोतीको माला आफ्ना औंलामा बेर्न थाल्थिन् र माथि उठाएर आफ्नो पतिलाई देखाउँथिन् र ऊबाट प्रशंसा पाउनको लागि बढो मोहक शब्दमा भन्थिन्–
“तपाईं यो हेर्नुस् त सही । हेर्नुस् त कति सुन्दर देखिरहेको छ, यो सुन्दर छ होइन ? देख्ने मानिस साँच्चै नै झुकिने छ यो सक्कली मोती हो भनेर । ”

यसमा लानतिन मुस्कुरायो र भन्यो–
“मेरी ज्यान ! तिम्रो रुचि निस्सन्देह कलापूर्ण छ ।”
प्राय, साँझको समयमा, जब पति पत्नी अगेनाको छेउमा बसेर गफ गरिरहेका हुन्थे, पत्नी छालाको आप्mनो त्यो बाकस चियाको टेबलमा राखिदिन्थिन् जसमा लानतिनको शब्दमा कबाड भरिएको थियो ।

उनी नक्कली मोती र जवाहरात यति ध्यानले हेर्थिन् कि मानौं त्योसँग उनको कुनै गहन तथा गुप्त आनन्दको सम्बन्ध होस् । प्राय उनी आप्mनो पतिको गलामा मोतीको माला लगाइदिने हठ गर्थिन् र माला लगाइदिएर जोड जोडले हाँस्दै चिच्याउँथिन्– “तिमी त एक सुन्दर केटो दिखिरहेका छौ ।” फेरि उनी आपूmलाई पतिको अंगालोमा छोडिदिन्थिन् र बढो प्रेमले उसलाई चुम्बन लिन्थिन् ।

शरद् ऋतुको एक साँझ उनी एउटा संगीत नाटक हेर्नको लागि गइन् । फर्केर आउँदा चिसो हावा चल्यो । भोलिपल्ट उनलाई खोकी लाग्यो र आठ दिनपछि फोक्सो सुनिएर उनको मृत्यु भयो ।

लानतिनलाई पत्नीको मृत्युले यति ठूलो झट्का लाग्यो कि एकै महिनामा उसको कपाल सेतो भयो । ऊ निरन्तर रोइरह्यो, उसको मन असैह्य वेदनाले छियाछिया भयो । पत्नीको याद–उनको मधुर मुस्कान, उनको आवाज–अर्थात् दिवंगता प्रेयसीको हरेक मनमोहक कुरा उसको मनमा हर समय आइरहेको हुन्थ्यो ।

समयले हरेक घाउ भरिदिन्छ, तर लानतिनको घाउलाई समयले भर्न सकेन । प्राय, अफिस समयमा, जबकि उसका साथी सामयिक समस्यामा कुराकानी गरिरहेका हुन्थे, उसको आँखामा सहसा आँसु छचल्किन्थे र ऊ सुकसुक गरेर रुन थाल्थ्यो । पत्नीको कोठाको हरेक वस्तु उसले यसरी राख्यो जसरी उनले ती सामान आफ्नो मृत्यु अगाडि राखेकी थिइन् । यो कोठामा ऊ सधैं आपूmलाई बन्द गर्ने गथ्र्यो र आप्mनो त्यो अमूल्य निधिको बारेमा– जुन उसको जीवनको आनन्द थियो, सार थियो– सोचिरह्यो ।
तर केही दिनपछि उसको जीवन संघर्षमय भयो । उसको आय जुन पत्नीको प्रबन्ध कौशलको कृपाले उसको गृहस्थीको सबै खर्च पूरा गर्नमा पर्याप्त थियो, त्यसले अब उसको साधारण आवश्यकतालाई पनि पूरा गर्न सक्दैनथ्यो । ऊ यो सोचेर अचम्ममा प¥यो कि उसकी पत्नीले कसरी राम्रा राम्रा रक्सी र राम्रो खाना किन्ने गर्थिन् ! आफ्नो साधारण आयले अब ऊ यस्तो चीज किन्न असमर्थ थियो ।

फेरि उसले ऋण लिन शुरु ग¥यो र केही दिनपछि उसको अवस्था बिल्कुलै निर्धन जस्तो भयो । एक दिन बिहान जब उसले आफ्नो गोजीमा एक पैसा पनि भेटेन तब उसले आफ्नी स्वर्गीय पत्नीका नक्कली गहना र आभूषण बेच्ने विचार ग¥यो । उसको मनमा यी जवाहरात र आभूषणप्रति एक प्रकारको रोष भरिएको थियो, अब जब उसले त्यो आभूषण देख्यो तब उसलाई लाग्थ्यो कि उसको प्राण–प्रियाको मधुर स्मृतिमा मानौं केही तीतोपना घुलिरहेको छ ।

आप्mनो जीवनको अन्तिम दिनसम्म उसकी पत्नीले किनमेल गरिरहेकी थिइन्, लगभग सधैं साँझको समयमा उनी कुनै न कुनै नयाँ आभूषण अथवा रत्न लिएर घर फर्किन्थिन् । लानतिनले त्यो गह्रौ हार बेच्ने निश्चय ग¥यो जुन उसकी पत्नीले संभवतः सबैभन्दा धेरै मनपराएकी थिइन् । लानतिनले हारको मूल्यको अनुमान छ या सात फ्रांक लगायो । त्यो नक्कली मणिले बनेको भए पनि धेरै सुन्दर थियो ।

उसले हार गोजीमा राख्यो र कुनै बाँडाको पसलको खोजीमा ऊ घरबाट निस्कियो । बजारमा जुन पहिलो पसल उसले देख्यो त्यहीं ऊ छि¥यो । त्यही बेला आफ्नो निर्धनता प्रकट गर्नमा तथा एक व्यर्थको चीज बेच्नमा उसलाई बडो लाज लागिरहेको थियो ।

“साहुजी !” उसले पसलेसँग भन्यो, “के तपाईं भन्न सक्नुहुन्छ यो हार कतिको होला ?”

पसलले हार आफ्नो हातमा लियो, ध्यानपूर्वक हे¥यो फेरि आफ्नो कर्मचारीलाई बोलाएर कुरा ग¥यो । अनि उसले हार टेबलमा राख्यो र केही पर गएर निरीक्षण गर्न थाल्यो ।

लानतिन यो विस्तृत निरीक्षण गरेको देखेर दिक्क मान्न थाल्यो । उसले भन्नै लागेको थियो ओह ! मलाई राम्रोसँगले थाहा छ यसको कुनै विशेष मूल्य छैन, तर यतिकैमा पसलले भन्यो, यो हार बाह्रदेखि पन्ध्र हजार फ्रांक मूल्यको हो । तर यो हार म त्यो बेलासम्म किन्न सक्दिन जब सम्म तपाईं यो हार कहाँबाट ल्याएको बताउनु हुन्न ।”

लानतिनका आँखा बले र मुख आँको आँ रह्यो । उसले बाँडाको कुरा बुझ्नै सकिरहेको थिएन । केही क्षणपछि उसले भकभकाउँदै भन्यो, “के तपाईं यो पूरा विश्वासका साथ भनिरहनु भएको छ ?” पसलेले झर्को मान्दै जवाफ दियो, “तपाईं अरु पसलेसँग पनि सोध्न सक्नुहुन्छ । मेरो विचारमा कुनै पनि पसलेले यो भन्दा धेरै दाम दिदैन । म यसको दाम धेरैभन्दा धेरै पन्द्र हजार फ्रांक दिन्छु । यदि तपाईंले यो भन्दा धेरै दाम पाउनु भएन भने फेरि यही आउन सक्नुहुन्छ ।”

लानतिन अचम्मित भयो र अचम्म मान्दै पसलबाट बाहिर गयो । ऊ सोच्नको लागि केही समय चाहन्थ्यो ।

पसलबाट बाहिर निस्केर एकपटक उसको मनमा हाँसो उठ्यो, उसले आफंैसँग भन्यो, मूर्ख कहीको ! यदि मैले उसको कुरा समाएको भए त ! यो बाँडा असली र नक्कली मणि पनि चिन्न सक्दैन !”

केही क्षणपछि ऊ अर्को बजार रु–दि–ला–पाई, मा पुग्यो र एउटा सुनारको पसलमा छि¥यो । पसलेले हार देख्ने वित्तिकै भन्यो– “ओहो ! म यो हार राम्रोसँगले चिन्छु । हाम्रै पसलबाट किनिएको थियो !”

लानतिनले अलि डराएर सोध्यो, “यो हार कतिको हो ?”

“मैले यो हार बीस हजार फ्रांकमा बेचेको थिएँ । अहिले म यो अठार हजारमा फिर्ता लिन तयार छु । हो, कानुनी कुरा पूरा गर्नको लागि तपाईंले यो अवश्य बताउनु पर्नेछ कि यो हार तपाईंकोमा कसरी आइपुग्यो ।”

यस पटक त लानतिन झन् छक्क प¥यो । केही क्षणपछि उसले रोकिदै भन्यो– “तर… तर… तपाईं पहिला यो हार राम्रोसँगले त हेर्नुस् । अहिलेसम्म मैले यही ठानिरहेको थिएँ कि यो मणि नक्कली हो ।”

सुनारले सोध्यो, “तपाईंको नाम के हो ?”

“लानतिन… म गृहमन्त्रीको अफिसमा काम गर्छु, र रु–दि–मार्तिर गल्लीको १६ नम्बरको घरमा बस्छु ।”

पसलेले खाता पल्टाएर हे¥यो, उसले नाम मिलायो नाम मिल्यो । तब उसले भन्यो, “यो हार श्रीमती लानतिनको ठेगानामा– नं १६ रु–दि–मार्तिर–२० जुलाई, १८७६ मा पठाइएको थियो ।”

दुवै मानिसले एकअर्काको आँखामा हेरे –वियोगी पति छक्क र आश्चर्यचकित थियो र पसलले उसलाई चोर भएको शंका गरिरहेको थियो । आखिरमा पसलेले मौनता तोड्दै भन्यो– “के तपाईं यो हार चौबीस घण्टाको लागि मेरो पसलमा छोड्न सक्नुहुन्छ ? म तपाईंलाई यसको रसिद दिनेछु ।”

“अवश्य,” लानतिनले हतारमा जवाफ दियो । रसिद गोजीमा हालेर ऊ पसलबाट बाहिरियो ।

ऊ निरुद्देश्य विभिन्न गल्ली र बजार घुम्दै रह्यो । एक भयानक उथल–पुथल उसको मनमा उठिरहेको थियो । ऊ युक्तिको साहारा लिएर कुराको भित्री तहसम्म पुग्ने प्रयास गर्न थाल्यो । यो कुरा पक्का थियो कि उसको आफ्नो रुपैयाँबाट यस्तो मूल्यवान हार किन्न सकिदैनथ्यो । कदापि सकिदैनथ्यो फेरि यो कसैको उपहार होला !… उपहार ! तर कसको उपहार ? र किन दिइएको थियो यो उपहार ?

ऊ एकदमै रोकियो र सडक बीचमा उभिएर बस्यो । एक भयानक शंका उसको मनमा जाग्यो– ऊ ? उसो भए अरु सबै आभूषण पनि उपहार नै होलान् ! उसलाई लाग्योे जमिन धसिदै गइरहेको छ र उसको अगाडि रहेका रुख फनफनी घुमिरहेका छन्– आफ्नो हात माथि उठाएर बेहोशीको हालतमा ऊ धर्तीमा लड्यो । सडकमा आउने जाने मानिसले उसलाई नजिकैको डाक्टरकोमा लिएर गए जहाँ पुगेर उसलाई होश आयो । त्यहाँबाट उसलाई उसको घर पु¥याइयो । घर पुगेर उसले आपूmलाई एउटा कोठामा बन्द ग¥यो र रात हुन्जेलसम्म ऊ रुँदै बस्यो । अन्ततः हारेर–थाकेर ऊ ओछ्यानमा सुत्यो र बेचैनी तथा तीव्र मानसिक व्यथामा उसले त्यो रात बितायो ।

भोलिपल्ट बिहानै उठेर अफिस जानको लागि तयार हुनथाल्यो तर यति गहिरो धक्का लागिसकेपछि अफिसमा गएर काम गर्न कठिन थियो । उसले छुट्टीको लागि आवेदन पत्र पठाइदियो । फेरि उसलाई याद आयो आज बाँडाको पसलमा जानुछ । उसलाई यो काम राम्रो लागिरहेको थिएन तर हार पसलमा छोड्न सकिदैनथ्यो । यसैले लुगा लगाएर घरबाट निस्कियो ।

दिन सुनौलो थियो, स्वच्छ, नीलो आकाशमुनि व्यस्त नगर मुस्कुराइरहेको थियो, बेकम्मा मानिसहरु गोजीमा हात हालेर यता र उता घुमिरहेका थिए ।

उनीहरुलाई देखेर लानतिन सोच्न थाल्यो, “धनवान मानिसहरु निस्सन्देह धेरै सुखी छन् । यदि मानिससँग रुपैयाँ भयो भने ठूलोभन्दा ठूलो दुःख पनि बिर्सन सकिन्छ । मानिस जहाँ चाह्यो त्यही जानसक्छ– दुःख बिर्सने सबैभन्दा सरल उपाय हो धन । यदि म पनि धनवान भएको भए !”

उसलाई भोक लाग्यो तर गोजीमा एक पैसा पनि थिएन । उसलाई अब फेरि हारको सम्झना आयो । अठार हजार फ्रांक ! अठार हजार ! ओह ! कति ठूलो रकम !

ऊ केही क्षणमा रु–दि–ला–पाई बजारमा बाँडाको पसल अगाडि पुग्यो । अठार अजार फ्रांक ! उसले बीसौं पटक पसल भित्र जाने सोचाइ बनायो तर लाज र संकोचको कारण ऊ जान सकेन । तर उसलाई भोक लागिरहेको थियो–अति भोक लागिरहेको थियो, उसको गोजीमा एक पैसा पनि थिएन । उसले निश्चय ग¥यो र दौडेर सडक पार गर्न थाल्यो –ताकि पुनः सोच्ने अवसर उसले नपाओस्–सीधै पसल भित्र छि¥यो ।

पसलले तुरुन्त अगाडि आएर उसलाई कुर्सी दियो । पसलका सबै कर्मचारीहरु उसलाई अर्थपूर्ण दृष्टिले हेर्न थाले ।

“लानतिन महोदय ! मैले सोधपुछ गरिसकें,” पसलेले भन्यो, “यदि तपाईं यो हार बेच्न चाहनु हुन्छ भने जति फ्रांक मैले दिन्छु भनेको थिएँ त्यति दिनको लागि म तयार छु ।”

“अवश्य !” लानतिनले भकभकाउँदै भन्यो ।

यसपछि पसलेले दराज खोल्यो, त्यसबाट नोट निकाल्यो र अठार वटा नोट गनेर लानतिनलाई दियो । लानतिनले रसिदमा हस्ताक्षर गरिदियो र कामिरहेका हातले नोट गोजीमा ठुस्यो ।

लानतिन पसलबाट बाहिर निस्कनै लागेको थियो कि ऊ फर्किएर पसलेलाई, जो अभैmसम्म त्यही अर्थपूर्ण मुस्कानको साथमा उसलाई हेरिरहेको थियो, आँखा झुकाएर उसले भन्यो– “म सँग अरु पनि जवाहरात र आभूषण छन् जुन मैले यसैगरी प्राप्त गरेंको हुँ । के तपाईं ती सबै किन्न चाहनु हुन्छ ?”

पसलेले झुकेर जवाफ दियो, “अवश्य ! अवश्य म किन्न चाहन्छु !”

लानतिनले गंभीरताका साथ भन्यो, “म ती सबै गहना तपाईंकोमा लिएर आउने छु ।”

एक घण्टापछि ऊ आभूषण र जवाहरात लिएर पसलमा फर्केर आयो ।

हीराका ठूला–ठूला ईयर–रिंग बीस हजार फ्रांकको, ब्रेसलेट पैतीस हजारको, औठी सोर हजारको, पन्ना र नीलमको एउटा सेट चौद हजारको, सुनको सिक्री, जसको लकेटमा एउटा मूल्यवान रत्न जडिएको थियो त्यसको चालीस हजार फ्रांक– कुल मिलाएर सारा आभूषण एक लाख त्रिचालीस हजार फ्रांकको भयो ।

बाँडाले मजाकमा भनिदियो, “एउटा मानिस थियो जसले आफ्नो सारा आय बहुमुल्य पत्थरमा लगाएको थियो ।”

लानतिनले गम्भीर भएर जवाफ दियो, “यो पनि आफ्नो रुपैयाँलाई पूंजीको रुपमा सुरक्षित राख्ने एउटा तरिका हो ।”

त्यो दिन लानतिनले वोइजिन होटलमा दिउँसोको खाना खायो र बीस फ्रांक पर्ने बोतलको रक्सी पियो । फेरि उसले एउटा गाडी भाडामा लियो र बोए घुम्न थाल्यो, बेकार मानिसका टोलीलाई, जो बजारमा यताउता उभिएका थिए, घृणापूर्ण दृष्टिले हेर्दै ती मानिससँग चिच्याएर यसो भन्नबाट आपूmलाई रोक्न सकेन– “म धनवान छु ! मसँग दुई लाख फ्रांक छ ।”

फेरि अचानक उसलाई आप्mनो अधिकारीको सम्झना भयो । उसले गाडी अफिसतिर लिएर गयो र प्रसन्न मुद्राले अफिसमा छिरेर भन्यो– “म आप्mनो पदबाट राजिनामा दिनको लागि आएको हुँ । मैले भर्खरै तीन लाख फ्रांक उत्तराधिकारमा प्राप्त गरेको छु ।”

फेरि उसले आफ्ना पुराना साथीहरुसँग हात मिलायो र आफ्नो केही योजना पनि उनीहरुलाई बतायो । फेरि साँझको खानाको लागि क्याफेमा गयो ।

क्याफेमा ऊ एक सम्भ्रान्त मानिसको छेउमा बस्यो र मानौं उसलाई आप्mनो एउटा रहस्य बताउँदै भन्यो– “मैले भर्खरै उत्तराधिकारमा चार लाख फ्रांक प्राप्त गरेको छु ।”

आज आफ्नो जीवनमा पहिलो पटक उसलाई थियटरबाट दिक्दार महसुस भएन र रातको बाँकी समय उसले मोज मजामा व्यतीत ग¥यो ।

छ महिनापछि उसले अर्को विवाह ग¥यो । उसकी यो पत्नी बडो सच्चरित्र महिला थिइन्, तर उनको स्वभाव छुरा थियो । उनले लानतिनलाई धेरै दुःख दिइन् ।

(स्रोत : Dikura)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in अनूदित कथा and tagged , , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *