बान्तावा कविता : अनङ्वा नेपाला

~पदम राई~Padam Rai

अनङ्वा नेपाला नि यङसा
पात नमेत्ताङ
तान नमेत्ताङ
लुङ वेन नमेत्ताङ
लाम छेक नमेत्ताङ
नेपाला छेक नमेत्ताङ ।

द्या नलुवाङ खुवाङा काङसाङ
उङका बुया-बुया लाम तित्ताङ
खोचि देङदा कसा-कसा मकोला
खोचि हुरिपङपङ मफुङसा
लाप्खा उङका चोङ
रात्कामिचिओ धात्खा उङका चोङ
इदेङमाङ उङका साचेन्खोक लिसाङ ।

नचिन्ताङ यङमा- खाना बाखाछा
आम तोक्मायु दोत्मादोत
नपनान्लो ङाप्माचि दोत
हाङदुम्मिलाम मुमादोत
छेन्खालादा दुम लोन्मादोत ।
नचिन्ताङ- मुमादोत ङायुवाओ दुम
मामायङ, थाप्सङहिलिओ दुम लोन्मादोत
लुङ्वा दोत्मादोत
खा नपनिन्लो म्हुखाला, खिखाला लोन्मादोत ।

खोचिआ द्या नलुवाङ
मोहाङा काङसाङ
मोत्निङा चयाङसा खाराङ
इदेङमाङ उङका साचेन्खोक लिसाङ ।

उत्पालामदा बुया नपाआङ
खोचि वाइवेत खिप्सा मखारा
तोक्मा योक्दा खोचिआ अतोक्ता
उङका खाङओ खाङ लिसा
अनङ्वा नेपालाओ नङदा-
उङका ठाकोलोक नमुवाङ
उङका बान नमुवाङ ।

————————————–
भावानुवाद : नयाँ नेपाल
————————————–

नयाँ नेपाल भन्दै
कराउन लगाए
उफ्रिन लगाए
ढुङ्गा हान्न लगाए
बाटो छेक्न लगाए
नेपाल बन्द गर्न लगाए ।

जे भने मान्दै गएँ
म अघि-अघि बाटो देखाउने
उनीहरू डराइ-डराइ पछाडि हिँडे
उनीहरू सातोपुत्लो जाउन्जेल भागे
पक्राउ मैले खाएँ
सुरक्षाकर्मीको कुटाइँ मैले खाएँ
अन्तमा म अचानो भएँ ।

भन्न सिकाए- तिमी आदिवासी
तिम्रो अधिकार माग्नुपर्छ
नदिए खोस्नुपर्छ
राजनीतिकरण गर्नुपर्छ
चुनावमा कुरा उठाउनुपर्छ ।

सिकाए- गर्नुपर्छ पहिचानको कुरा
मातृभाषा, रीतिरिवाजको कुरा उठाउनुपर्छ
राज्य माग्नुपर्छ
नदिए झैंझगडाको कुरा निकाल्नुपर्छ ।

उनीहरूले जे भने
त्यसै मान्दै गएँ
त्यसरी नै गर्दै गएँ
अन्तमा म अचानो भएँ ।

नराम्रो कुरामा अघि लाउदै गए
उनीहरू चुपचाप पढ्दै गए
पाउने बेला उनीहरूले पाए
मैले हेरेको हेरै भए
नयाँ नेपालको नाममा-
मलाई भर्याङ बनाए
मलाई हतियार बनाए ।

पदम राई
सम्पादक- बुङ्वाखा
(बान्तावा मासिक पत्रिका)
रानीबास ४, भोजपुर,
हाल: ललितपुर
बिजुली डाँक : padamrai@gmail.com
मोबाइल : ९८४१२६०३५०

(स्रोत : Majheri)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बान्तावा कविता and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.