कथा : शहीदपत्नीको आत्मगन्थन

~पुण्य कार्की~Punya Karki

मनका कुरा यसरी कापीमा लेखेपछि, मन साँच्चै हलुड्डो हुन्छ । दुई महिना जति भो यसरी मैले लेख्न थालेको । भित्री मनका छटपटीहरू, उकुसमुकुसहरू, उहापोहहरू जति उतार्दै जान्छु, उति मेरो मन फूलको थुड्डोजस्तो हलुड्डो बन्छ । दुइटा कापी ठ्याप्पै भरिइसकेछन्– यसरी मनका वेदनाहरू कापीका पानाभरि छर्नु पनि आनन्दकै विषय हुँदो रहेछ । लेखिसकेपछि आफूलाई टाउकोमाथि थिच्ने एमानको जाँतो चकनाचुर भएर धुलिएजस्तो लाग्छ । कुनै अज्ञात सनासोले क-याप्प चेपेको मुटुलाई सर्लक्क छोडिदिए जस्तो लाग्छ । अझ भनूँ अजीर्ण भएको भित्री देह कुनै अचूक औषधिको प्रभावले छिनभरमा खलास भएजस्तो हुन्छ, अनि त्यसै त्यसै त्यो दिव्य शीतलताको बोध हृदयको भित्ता भित्तामा झंकृत हुन्छ ।

दिनभरि कामै कामको बोझले थिचिएको शरीर राती थाकेर चुरचुर हुन्छ । दियोको मधुरो उज्यालोमा कापीकलम खोलेर लेख्न बस्छु । त्यसपछि कापीकलम नै मेरा प्रिय सखी बन्छन् । मनका उत्तुड्ड बहहरू कहिलेकाहीँ त आधा रातसम्मै पोखिबस्छु । मेरा प्रिय आफन्तहरूले मलाई हौस्याएका छन्, प्रेरणा दिएका छन् । त्यसले मेरो मनोबल पनि बढेको छ । तपाईंले लेखिरहनुपर्छ– तपाईंले आफूलाई विकास गर्न सक्नुभयो भने राम्रो लेखक बन्ने प्रचुर संभावना तपाईंभित्र लुकेको छ । तपाईंको शैली पनि उत्कृष्ट छ । लेख्तै जानुस्, लेख्न नछाड्नोस्– मेरो खसमको प्यारो साथीले यसरी मलाई उत्साहित गर्नुभएको थियो । लेखक–साहित्यकार बन्ने त मेरो ल्याकत छैन । त्यति ठूला सपना पनि बोकेकी छुइनँ । आफ्नो हैसियतलाई बिर्सेर कोरा सपना देख्नु मलाई उचित पनि लाग्दैन । तर एउटा कुरा चाहिँ के सत्य हो भने मैले आत्मसन्तुष्टिको लागि भए पनि लेखिरहनुपर्छ । लेख्नु–केर्नु भन्ने कुरा मेरो जीवनको अभिन्न अम्मलजस्तो भएर टाँसिइसकेको छ । सायद म छोड्न सक्तिनँ पनि होला । उहाँ मारिएपछिका सुरु–सुरुका दिन ज्यादै कष्टप्रद कहालीलाग्दा दिन थिए । रात त मेरो लागि साक्षात् यमराजले चपाउनलाई आँ गरेर सुरसामुख बाएजस्तो थियो । प्रकृति ठप्प थियो– बिहान हुनु, दिन हुनु, साँझ पर्नु र रात पर्नुको बीचमा कुनै छुट्टै अनुभूतिको सीमारेखा थिएन । मेरा लागि समयको सबै हिस्सा घोर अन्धकारमय भएको थियो । आँसुका सहस्रधारा चुहाएर म सास धानिरहेकी थिएँ । त्यस्तो बेलामा मलाई उनै खसमका साथीले दैनिकी लेख्ने गर्नुस्, मन हलुड्डो हुन्छ भनेर सुझाव दिनुभयो । नभन्दै उहाँले सुझाव दिएबमोजिम गरें– आफूलाई पनि निकै हलुड्डो महसुस गरें । त्यसपछि त कापीकलम मेरा अभिन्न मित्र बने, नजिकका साथी बने । जति लेखेकी छु त्यो कलमले मसीबाट लेखेको छैन, मेरो आँसुले लेखेको छ । अनि कागजको सफेद पानामा लेखेकी छुइनँ । एउटा अन्तरड्ड मित्रको हृदयको पानाभरि आफ्ना वेदनाको बिस्कुन लाएकी छु । यो मेरो अन्र्तहृदयको अनुभूति हो । तपाईं जे ठान्नुस्, आखिर सत्य त्यही हो, जुन मेरो आँसुले लेखेको छ ।

कस्तो करिष्मामयी अनुभूति । निर्जीव वस्तुका पनि कान हुँदा रहेछन्– आर्तनाद सुनिदिने कोमल हृदय हुँदो रहेछ– व्यथा बोकिदिने । मान्छेको अनुभूति न हो ⁄ कापीकलम मेरा प्रिय सखी हुनुको पछाडि ठोस वस्तुगत आधारहरू छन् । आज म त्यतातिर जान चाहन्न, मेरा सामु त यतिखेर बाँकी तीनवटा लालाबालाको सुदूर भविष्य उभिएको छ ।

“तपाईंलाई लाग्ला– अघिल्ला दुइटालाई त गन्दै गनिन नि यसले…” तपाईंले यस्तो सोचाइ राख्नु स्वाभाविकै हो । मेरा पाँचोटा सन्तानमा दुइटालाई छोडेर पछिल्ला तीनवटाको मात्र विशेष चिन्ता लिएकी छु, जुन आफ्नो खुट्टामा उभिनलाई सबल, सक्षम भएका छैनन् । मेरै आश्रयमा रहेका तीनोटा नानीहरूको लागि पनि मैले बाँचिदिनुपर्छ । अघिल्ला दुइवटाले त बलिदानको बाटो रोजिसके । मैले बलिदान भनिरहँदा नझस्किनुहोला, छोराहरू बाउले हिंडेकै बाटोमा हिंड्न लामबद्ध भैसके भन्न खोजेकी मात्र हुँ । सत्र वर्षको ठूलो छोरो बाउ मारिंदा एस.एल.सी. दिएर घरमै बसेथ्यो । पन्ध्र वर्षको माइलो छोरो भर्खर नौमा पढ्दैथ्यो । बाबाको हत्यापछि मेरा ती छोरा छ महिना पनि घरमा बसेनन् । असीम बदलाको भावले कलिलो काँधमा बन्दुक भिरेर बाबुले समातेको मुक्तिपथमा पंक्तिबद्ध भए । उनीहरूको लागि पढाइलेखाइ गौण बन्यो, क्रान्ति मुख्य ठहरियो ।

अहिले सम्झन्छु– उनीहरूको बुबा नै भन्ने गर्नुहुन्थ्यो– “मुक्ति या मृत्यु ।” त्यसो भन्दाभन्दै शत्रुहरूले उहाँको नृशंस हत्या गरे । हत्या गरेकै भोलिपल्ट ती कलिला किशोरहरूले– मुक्ति या मृत्युको कसम खाए । एकदिन बदला लिएरै छाड्छौं– लाशलाई सलाम गर्दा यसरी उद्घोष गरे । त्यतिखेर मेरो छाती फुलेर ढप्प भयो । छोराहरूले मुठ्ठी कसेर मुक्तिको कसम खाएको त्यो साँझ सम्झिँदा त्यसै त्यसै आँसु निचोरिन्छन् । नभन्दै छ महिना पनि घरमा बसेनन् । छापामार दलमा भर्ती भएर आफ्नो बाटो लागे । उनीहरू घर छोडेको रात, रातभरि रोएँ, निदाउन सकिन । अर्थोक चिन्ताले होइन, मेरो काखबाट दुई दिन पनि टाढा नभएका ती छोराहरू अनिश्चित समयमा लागि बाहिरिएका थिए । अनि उनीहरू कठोर बाटोका सहयात्री भएका थिए । मेरो मनमा पैदा हुने कायर भावनाहरूलाई त उनीहरूले नै मारिसकेका थिए । त्यसैले त्यस्तो क्षुद्र चिन्ता त मनममा छँदै थिएन । त्यो कठोर बाटोको आदि अन्त्य ठम्याएरै उनीहरू स्वतःस्फूर्त रूपमा त्यस आन्दोलनका यात्री भएकाले पनि ती दुइटाको चिन्ता छैन । बाँकी मसँग भएका तीनवटा लालाबालामा ठूली छोरी बाह्र वर्षकी भई । ऊ सातमा पढ्दैछे । त्यसपछिको कान्छो छोरो नौ वर्षको छ, ऊ चार कक्षामा पढ्दैछ । त्यसपछिकी कान्छी छोरी अहिले पाँच वर्षकी छे ।

यिनै लालाबालाहरूको मायाले पनि उन्मुक्त हृदयले घर छोड्न सकेकी छुइन, अरू बाहिरी गतिविधिमा सक्रिय हुन सकेकी छुइन । कान्छी छोरीको त के कुरा गर्नु ऊ त अझै अबोध नै छे । तर बाँकी दुइटाको पढाइ र स्वभाव निकै आशलाग्दो छ । बाबुको मृत्यु, दाइहरूको गृहत्याग आदि आदिका बारेमा गंभीर रूपले बुझ्न थालेका छन् । सरदरमा मेरा सबै छोरीको दिमाग तेज नै थियो । जेठो छोरो पनि फस्ट डिभिजनले एस.एल.सी. पास गरेको थ्यो । कलेज पढ्ने कति ठूलो इच्छा थियो उसको । भौतिकविज्ञान पढ्ने उसको उद्देश्य थियो । यो अभिलाषा बाबाको मृत्यु नहुन्जेलसम्म मात्र कायम रह्यो । बाबाको निर्मम हत्यापछि उसले रातारात उच्चशिक्षा हासिल गर्ने इच्छालाई परित्याग ग¥यो र होमियो युद्धमा । अहिले त कहिलेकाहीँ पठाउने चिठ्ठीहरूमा लेख्छ– ँआमा ⁄ म विश्वविद्यालयमै छु । जनताको माझ रहनु, जनताको माझबाटै धेरै धेरै कुरा सिक्नु, अनि जनताको माझमै सिकेका कुरा अरूलाई सिकाउनुजस्तो महान् कुरा अरू विश्वविद्यालयमा सायदै होला । मलाई क्याम्पस र विश्वविद्यालयको आँगन टेकेर पढ्न नपाएकोमा कुनै पछुतो छैन, मनको एक कुनामा पनि त्यसको दुःख छैन । मैले जुन बाटो रोजें, अत्यन्तै ठीक बाटो रोजें, आमा ⁄ हामी दाजुभाइ नै यस मानेमा प्रफुल्लित छौं, गौरवान्वित छौं । क्रान्तिको महाअभियानमा पस्नु यस्तो विश्वविद्यालयको विद्यार्थी हुनु हो, जहाँ आजीवन विद्यार्थी नै रहिने र’छ । सिकेर सिकी नसकिने अथाह कुराहरू रहेछन् यहाँ, जानेर जानिनसकिने अनन्त कुरा रहेछन् यहाँ । यहाँ यस्तो पनि देखियो आमा ⁄ युगयुगदेखि उत्पीडनमा परेर लाटिएका जिब्राहरू छुराजस्तो धारिलो भएको पनि देखियो । सन्दुक खोल्न नजान्नेहरू बन्दुक चलाउन जान्ने भएको देखियो ।

टोपीमा तन्नामा दिनभरि कार्चोपी बुट्टा भर्ने बहिनीहरू कम्मरभरि कार्तुसको माला भिरेर युद्धको गीत गाउँदै रनवन चाहरेको पनि देखियो । कपुरी क नजान्ने हातहरू– हामी निरंकुशताका कैदी हैनौं, स्वतन्त्रता, समानता र न्यायका सेनानी हौं भनेर भित्ता भित्तामा गर्जना कोर्ने भएको पनि देखियो । यस विश्वविद्यालयको प्राड्डणमा त यस्तो लाग्छ– हावाको सर्सराइभित्र जुलुसको तुमुल ध्वनि मिसिएर आएजस्तो, गृहिणीले घुमाएको जाँतोमा जनता खाने घुन कीराहरू, मकैकोदोसँगै पिसिएर आएजस्तो, चराहरूको चिरविराहटभित्र नयाँ दिनको स्वागतगान भेटिन्छ यहाँ, नदीहरूको कुलकुलाहटभित्र धर्तीकै उमड्ड छचल्किएको आभास मिल्दछ यहाँ । यहाँ हरेक चिज नौलो छ, नयाँ छ । सानो चिठ्ठीभित्र कैद गर्न नसकिने कुराहरू छन्, समय मिलेमा क्रमशः लेख्तै जानेछु, युद्ध भनेको सिकेर गरिने चिज होइन रहेछ, पहिले गरेर अनि सिकिने चिज रहेछ । हामी व्यवहारबाट धेरै कुरा सिक्तैछौं । बाँकी अर्कोमा” मनमा रिक्तता छाएको बखत यै चिठ्ठी पल्टाएर, घण्टौं चिठ्ठीभित्र डुब्छौं, कता कता जीवनप्रतिको आशावाद लहरिएजस्तो, सान्त्वना, ढाडस र उत्साहको झण्डा मनको टाकुरीमा फहरिएजस्तो अनुभूति हुन्छ । छोराले व्यक्त गरेका कतिपय कुरा त बुझ्दै बुझ्दिन । कति जटिल र गहन कुरा गर्ने भैसक्यो मेरो छोरो । बाबाजस्तै सरल हुने गर्ने नानीभन्दा क्रान्ति सरल हुँदैन आमा । यो जटिल हुन्छ, बाड्डोटिड्डो हुन्छ, अनगिन्ती मोड र कुइनेटाबाट अगाडि बढेको हुन्छ …यस्तै यस्तै कुराको लामो व्याख्या लेख्छ । म चुपचाप पढिदिन्छु ।

रात निकै बितिसक्यो र पनि निद्राको अत्तोपत्तो छैन । लेख्तालेख्तै नाड्डो पाखुरीमा मच्छडले चिल्यो, त्यो मच्छड मारेपछि पाखुरीमा त्यसले खाएको रगत लत्पतियो । यो रगत र रित्तो नाडीले अनयास आज मलाई दुईटा कुराको याद दिलायो । सम्झनाको डायरी पल्टाएर त्यो रातलाई फेरि सम्झिन मन लाग्यो । कुन रात होला त्यो ? तपाईंको मनमा जान्ने तिर्सना होला । म त्यो रातको मार्मिक कहानी बताउने कोसिस गर्छु । जुन रात मेरो सिउँदो उजाडियो, त्यही रातको बारेमा सानो स्मृति कोर्ने कोसिस गर्छु । प्रत्येक रात दाँयाबाँया दुवैतिर छोराछोरी चेपेर रात बिताउन अभ्यस्त भैसकेकी थिएँ । उहाँ कठोर भूमिगत अवस्थामा हुनुहुन्थ्यो । छ महिना वर्षदिनमा आक्कलझुक्कल मात्र आउनुहुन्थ्यो । त्यो पनि मध्यरातमा केही घण्टाको लागि मात्र आउनुहुन्थ्यो, आवश्यक कुरा गरेर भाले बास्नु केही घण्टाअघि नै घर छोड्नु हुन्थ्यो । त्यो घटना हुने समयताक निकै लामो समय भएको थियो उहाँ नआउनुभएको । आँखाभरि झलझली सम्झना, मुटुभरि अटेसमटेस माया, घाँटीभरि अटाइनअटाइ रोदनको हिक्का बोकेर बाँचेकी थिएँ ।

छोराछोरीले त झन् कहिले हो कहिलेदेखि बाबालाई एक झल्कोसम्म देख्न नपाएका । उहाँ आधा रातमा आउँदा सबै बच्चा मस्मिन्द सुतेका हुन्थे । छोराछोरीलाई ब्यूझाउँन खोज्थें, हातको इशाराले उहाँ रोक्नुहुन्थ्यो । सबै छोराछोरीलाई निद्रावस्थामै मुसार्नु हुन्थ्यो । चुप्प चुप्प एक एक चुप्को म्वाइ खाएर बिदा लिनुहुन्थ्यो । घरी न घरी छोराछोरीले बाबा खोजेपछि भित्री हृदयमा खपिनसक्नुको पीडाबोध हुन्थ्यो । माया र सम्झनाले अति सताउन थालेपछि रातको निर्जन एकान्तमा मनलाई सान्त्वना दिन एउटा उपाय अवलम्बन गरें । छोराछोरी मस्मिन्द सुतिसकेपछि नारीको एउटा चुरो खत्रक्क फुटाउँथे– गम्छीको छेउमा त्यो चुराको टुक्रो बेरेर उहाँले कत्तिको माया गरिरहनुभएको छ जाँच्थें । यो तरीका हामी सानो छँदा तल्लाघरे बच्ची दिदीले सिकाएकी थिइन् । घरबाट टाढा रहेका आफन्तको माया जाँच्नु छ भने काँचको चुराको टुक्रालाई कपडामा बेरेर भाँच्ने, भाँच्ताखेरि झुर्का निकै निस्के भने आफन्तले धेरै माया गरेको, झुर्का थोरै निस्के भने थोरै माया गरेको, चुराको धुलोमुलो र झुर्का बन्दै ननिस्किँदा माया नगरेको हुन्छ भनेर हामीले सिकेका थियौं । अहिले त यो कुरा सिर्फ भ्रम रहेछ अझ भनूँ डरलाग्दो अन्धविश्वास नै रहेछ भन्ने निष्कर्षमा पुगिसकेकी छु ।

मनलाई सान्त्वना दिनको लागि पनि टम्म नारीभरि खाँदिएका चुरा फुटाउँदै गएँ । प्रत्येक रात एक एक ओटा चुरा फुटाउँदै गएँ । पतिले गरेको मायालाई चुराको झुर्कामा जाँच्तै रहें । नारीबाट चुराको संख्या घट्दै गएकोमा कुनै सरोकार थिएन । एकदिन यस्तो दिन पनि आयो, नारीभरि खाँदाखाँद रहेका मेरा चुराहरू माया जोख्ने क्रममा फुटिसकेका थिए । कस्तो दुःखद संयोग त्यो रात मेरो दाहिने हातमा अन्तिम चुरो बाँकी थ्यो । सदा झैं त्यसलाई पनि फुटाएँ– चुराका टुक्राहरूलाई गम्छीको फेरमा टुक्र्याइरहें । जुन रात मैले त्यो अन्तिम चुरो फुटाएँ, त्यही रात मेरो प्यारो पति शत्रुको गोलीद्वारा मारिनुभएछ । पछि वहाँका सहकर्मीहरूले सुनाउँदा पो म झसड्ड झस्किएँ । जुन दिन मेरो खसमलाई जल्लादहरूले हत्या गरे, त्यही दिन मेरो हातबाट सौभाग्यका प्रतीक चुराहरू समाप्त भए । उहाँको शरीरबाट बगेको रगतले बाटो नै तलपत भएको कुरा सुनाउनुहुन्थ्यो साथीहरू । त्यसैले अहिले पनि जब रगत देख्छु– मेरो खसमको धर्तीभरि पोखिएको रगतको सम्झना आउँछ, अनि रित्तो पाखुरो हेर्छु, त्यही चुरा फुटाएको रातको सम्झना आउँछ । त्यो कहालीलाग्दो रातलाई सम्झिँदा मात्र पनि आङ सिरिड्ड हुन्छ । जेहोस् मान्छेले जीवनका सर्वाधिक तीता क्षणहरूलाई पनि बेहोर्नुपर्दो रहेछ । अब त सबै सबै कुराहरूलाई सामान्यीकरण गर्दै गएकी छु । दुःख, वेदना, आँसु, हाँसो, उत्पीडन, यन्त्रणा, दमन, प्रतिरोधका घात प्रतिघातहरूको चेपबाटै जीवन बग्दोरहेछ । तीनआँख्ले धुरी सीधा आइसकेको छ । सुत्न निकै अबेर भैसक्यो । आजको लेखनलाई यहीँ स्थगित गर्छु ।

कार्तिक २३, ०५८, मुर्कुची

(स्रोत : वेदना साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६५, वर्ष २९, अंक १, असार २०५९ )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.