नेपाली उपन्यास : बैंकर

~बिम्मी शर्मा~Bimmi Sharma

बैंकर | नेपाली उपन्यास | बिम्मी शर्मा


‘क्यान यू मल्टिप्लाई थर्टी नाईन वाई थर्टी नाईन ?’ ईन्टरभ्यू लिने त्यो विदेशी वैंकको कुईरे जिएमले अनिकेतलाई सोझै प्रश्न दाग्यो । प्रश्न सुनेर उ एकछिन त अक्मक्कियो र मनमनै सोच्यो ‘ यो जिएम खुस्केको छ कि क्या हो, कहाँ आफुले बैंक समबन्धि कुरा घोकेर आएको, यो कुईरे त अरु केही प्रश्न नभेटाएर स्कुलमा पढाइने जस्तो म्याथको साधारण पश्न पो सोध्छ बा ’। प्रश्न सुनेर अनिकेत एकछिन घोरियो र नहड्वडाई अगेंजीमा उत्तर दियो ‘वान थाउजेन्ड फाईभ हण्र्डेड टवेन्टी वान’ । त्यो कुईरे जिएम उसको उत्तर सुनेर एकछिन अवाक भयो र सोच्यो ‘कतिछिटटै यो ठिठोले सही उत्तर दिन सकेको होला, म्याथको जोड, घटाउ,गुणा, भाग त यसले कण्ठस्थै पारेको रहेछ ।’ भर्खर २२ वर्षमा टेकेको दुव्लो, गहुँगोरो वर्णको केटो । जसको शरीरको तौल पुगनपुग ५० केजी होला । दिमागी कसरतले उसले दिएको उत्तरले जिएम सन्तुष्ट भएको उसको हावभावले थाहा लाग्छ । अनिकेतको दिमाग म्याथमा सामान्य भन्दा बढी चल्ने गर्दछ, त्यसैले उसलाई यो पश्न साह्ै सामान्य लाग्यो । उसले यो भन्दा कठीन हिसाब पनि दिमागको क्यालकुलेटरले दुरुस्तै बताइदिने गरेको छ ।

आज अनिकेत बिहानैदेखि अलि बढी हतारिएको थियो । जागिरको अनुभव भएपनि उ पहिलो पल्ट विदेशी बैंकमा ईन्टरभ्यूकोलागि जाँदैंथियो, त्यसैले त्यहाँको माहौलबाट अनभिज्ञ उ अलि बढी नै नर्भस भइरहेको छ । ‘राजाको काम कहिले जाला घाम’ जस्तो सरकारी जागिरमा अभ्यस्त भईसकेको उसको जीवनशैलीले आज नया रुप लिनसक्ने भएकोले उ आफ्नो तर्फबाट भरसक स्मार्ट र आधनिक भएर देखाउन खोजिरहेको छ । बिहानैदेखि अगेंजको उपहार टाई र सुटमा टिमिक्क कसिएर उ आफुलाई ऐनामा बारम्बार नियालिरहेको थियो । ‘अहो मैले त झण्डै बिर्सेको जीउमा सेंट छर्किन’ उ मनमनै फतफतायो र जीउभरि सेंट छर्किएर ईन्टरभ्यकालागि घरबाट बाहिर निस्क्यो । सुटको आईरन बिगरिएला कि जस्तो गरेर बस चढेर मनमनै ईन्टरभ्यूुमा सोधिने पश्नहरुको अगेंजी जवाफ सोच्दै अनिकेत आफनो गन्तब्यमा पुगेको थियो । उसले बैंकको ईन्टरभ्यलाई एउटा लडाई नै ठानेको छ, जसलाई उसलाई जसरी पनि जित्न छ ।

फेव्रुअरी १३, १९९०, जाडोले सबैलाई आफनो बाहुपाशमा लिईसकेको छ । काठमाडौमा भर्खरै खुलेको विदेशी वैंकको चौथो तलामा रहेको जिएमको सुसज्जित कोठा । अनिकेतले यति सुसज्जित र भब्य अफिस अहिलेसम्म देखेको छैन । कोठाको दक्षिण बाट उत्तरतिर फर्काएर राखिएको जिएमको टेवुल र त्यसको दायाँवायाँ अन्य चारओटा सोफा राखिएका छन् । जिएमको टेवुल अगाडी दुुईओटा कुर्सी राखिएको छ । सवै सुविधाहरु एकै ठाँउमा अटाएकोले अनिकेतलाई यो विदेशी बैंक र जिएमको कोठा सबै शानदार लागेको छ । बेलायती नागरिक कुईरे जिएम सोफामा बसेका छन । उनी सँगैको अर्को सोफामा बसेका व्यक्ति पनि वेलायती नागरिक नै हुन । अनिकेत जिएमको टेवुल अगाडीको कुर्सीमा बसेको अलि निहुरिए बसेको छ ।

अनिकेतले कईरे जिमले सोधेको सबै प्रश्नको सही, सही जवाफ दिए पछि एकछिन सवैजना चुप लागे । ती कुईरे जिएमले अनिकेतलाई अरु पनि थप प्रश्न सोधे । घर कहाँ हो ? विवाहित÷अविवाहित ? पढाई ? आदि । अनिकेतले पनि टुटेफुटकोे अङ्ग्रेजीमा अलि नर्भस हुदैं जवाफ दिदै गयो । त्यसपछि ईन्टरभ्यूमा उपस्थित त्यही बैंकमा कार्यरत महिलाले नेपालीमा अनिकेतले लगाएको गाढा निलो रँगको सुटलाई लक्षित गर्दै सोधिन ‘तपाई अन्तरवार्ता दिन आउँदा किन सुटटाई लगाएर आउनु भएको ?’ अनिकेतले पनि टाईको गाँठो फुकाए सरह धक फुकाउंदै उत्तर दियो ‘यस बैंकका सवै कर्मचारीले सुट लगाएको देखेर यो यहाँको नियम होला भन्ठानेर नै मैले पनि सुट लगाएको हुं ।’ निर्भिकताका साथ उसले दिएको उत्तरले एकछिन जिएमको कोठामा सियो खसेपनि थाहा पाउने गरी सन्नाटा छायो ।

केही बेर सबै मुखामुख गरि रहे, कोही वोलेन, फेरी जिएमले अनिकेतलाई केहीवेर वाहिर बस्न ईशारा गरे । १५ मिनेट वाहिर बसेपछि सोही बैंकका ब्रान्च मैनेजर नितिन सर बाहिर आएर अनिलसंग हात मिलाउंदै भने ‘ बधाई छ, तपाई.ले यो बैंकमा जागिर पाउंनुभयो, कहिलेबाट ज्वाईन गर्नुुहुन्छ ?’ आफले पहिलो प्रयासमै विदेशी बैंकमा पाएको जागिरमा खुशीको आवेगमा लर्बरिएको बोलीमा अनिकेतले भन्यो ‘ म अहिले नै ज्वाईन गर्न तयार छु ।’ ‘भैगो आज घरमा गएर यो खशखबरी परिवारलाई सुनाउनुस, भोलिदेखि ठीक नौ वजे आउनु होला’ नितिनले उसको खुशीले लर्बरिएको बोली र रातोपिरो भएको अनुहारतिर पुलुक्क हेरेर हाँस्दै भने ।

‘आज अनिकेत असाध्यै खुुशी छ’, यही खुशीको आवेगमा उ बसमा चढ्यो तर उसको र बसको गन्तब्य आज एउटै छैन । बस अघि, अघि कुद्दै छ, उ भने आफ्नो विगततिर फर्किदैं छ……काठमाडको वाहिरपट्टि बसेको एउटा काँठेगाउँ जहाँ अनिकेतले आफ्नो आँखा पहिलो पल्ट उघारेको थियो । भक्तपुरको कटुन्जेमा रहेको उसको यस पर्खयौली घरमा जम्माजम्मी चार जनाको वास थियो । वुवा, आमा, दिदी र उ । उसकि दिदीलाई सगरमाथाको उकालो भन्दा आफ्नो पढाई गारहो भइरहेको थियो । एसएलसीमा नै पढाईलाई फूलस्टाप गरेकि दिदीको पढाईको गन्तब्य बिहामा गएर टुगिंसकेको छ । अनिकेतको पनि सुन्दर अनुहारलाई धित मरुन्जेल हेर्ने र जिस्किने उमेरमै बिहाको कण्ठमाला झुण्डिसकेको छ । बुवा सरकारी जागिरे भएकोले होला उसको बिहे पनि सरकारले तोकेकै उमेरमा बुवाले गराईदिएका छन् । बिहाको कर्मकाण्डपछि परिणामको रुपमा उसकि छोरी जन्मिसकेकी छ । राम्रो जागिरको खोजीभन्दा पहिले उसलाई पारिवारिक जिम्मेवारीले नै नराम्ररी थिचिसकेको अनिकेतलाई कहिलेकाँही अनुभव हुन्छ । बाईस वर्षको उमेरमा नै अनिकेतको काँधमा पुत्र, पति र पिताको जिम्मेवारी आउनुले उ आफ्नो वर्तमानदेखि झसँग पनि हुन्छ । यी जिम्मेवारीहरुको वीचमा अनिकेतको एमकमको पढाई छाँयामा परेको छ ।

उ जन्मेको गाउंको वातावरण काठमाण्डु भन्दा अलग छ, उसको गाउंमा विकास भन्दा विकृतिले जरो गाडेको छ । पहाडी गाउं भएकोले यहाँ बिहान पनि छिट्टै र रात पनि छिट्टै पर्छ । करिब ५ सय घर भएको उसको गाउंमा बाहुनहरुको बाहुल्यता छ, यी रैथाने बाहुनहरु ख्ेतिपातिको साथै पुरेत्याँई पनि गर्छन । यी गाउंलेहरुको दैनिकि पजापाठ, खेति र तासको फेटाईमा नै अल्झिन पुगेको छ । चारैतिर पहाडले घेरिएको आफ्नो यो गाउंको सम्झनाले अहिले पनि अनिकेतको मन र मस्तिष्कमा घेरा हालेर बसेको छ । यी गाउंलेहरुलाई पढाई र चेतनाको लहर अहिलेपनि कनै नौलोचरा झैं लाग्छ । तर पढाईमा तेज हुनु र बुवाको सरकारी जागिरले गर्दा अनिकेतलाई सुनमा सुगन्ध थपे जस्तो भयो र उसले पढ्यो । मामाघर तिरका सबै पढेलेखेका भएकाले उपनि त्यही माहौलमा ढलेको थियो । जसको सुखद परिणाम आज विदेशी बैंकको जागिरको रुपमा उसको सामुन्ने छ । अनिकेतका साथीहरु अहिले पनि गाउंमा खेती किसानी नै गर्छन । पढाईको महत्व र मिहिनेत दुबैले आज अनिकेतलाई साथ दिएको छ । अनिकेत सबैखाले नराम्रा आनिबानीबाट भरसक टाढा रहँदै आएको छ, निम्नवर्गको मानिसको चाहना एउटा राम्रो जागिर भन्दा बढी हुदैंन । त्यही भएर आफ्नो कलकलाउंदो उमेर र त्यसमा देखिने ननस्टप सपनाहरुलाई फूलस्टप लगाएर अदृश्य सफलताको भरयागँमा पहिलो पाईला टेक्न उनीहरु मरिहत्ते गर्छन ।

अनिकेतको गाउं जुवाडेहरुको गाउंको रुपमा चिनिन थालेको छ । फर्सद हुनासाथ गाउंलेहरु जरुरी काम जस्तै तास खेल्न बस्छन । गाउंका सवैमा जुवातासको लत नै बसेको छ । खेती गर्नेहरु पनि फुर्सद पाउन साथ तासमा झुम्मिहाल्छन् । अरु काम गर्न पैसा नभएर गिँच्च दाँत निकाल्नेहरु प्नि तास खेल्नको लागि पैसा निकाल्ने गरेका छन । यी बुढाहरु टोपीको भित्र र दौराको गोजीबाट सुटुक्क पैसा निकालेर कुनै जरुरी काम जस्तो गरेर एकअर्कालाई साउति मार्दै तास खेल्न बसिहाल्छन् । जागिर खाएजस्तो उनीहरु विहानको खाना खाए पछि दिनभर व्यस्त हुन्छन्, उनीहरुलाई झट्ट हेर्दा लाग्छ मालपोतका लेखनदास पो हुन् कि ।

जाडोमा बारीको कान्लामा र गर्मीमा घरको दलानमा उनीहरु तास खेलको गम्भीर चिन्तनमा डुबेका हुन्छन् । अनिकेतको बुवापनि तास खेल्नुमा खुबै रमाउंछन् । उसको घरमा पनि तास खेल्नकालागि छरछिमेकले डेरा जमाउने गरेकाछन् । तास खेल्ने घरमा खेले खेलाए वापतको ज्याला(शुल्क) उठाउने चलन छ । यसबाट तास खेल्नकासाथै घरमूूलीले केही अरिरिक्त आम्दानी गर्छन् ।

अनिकेतको गाउंमा ‘साइटीङ’ खेल्दै आएका केही गाउंलेहरुले पप्लु खेल्न जानेपछि उनीहरुको तास खेलो सात पत्तिबाट तेह्र पत्तिमा बढुवा भएको छ । दशै तिहारमा त्यो काँठेगाउ नै कौडागाउंमा बदलिन्छ । अरु बेला गाउंका केही केटाहरु वाँसको झ्याङ मुनी बसेर पाँयचा खेल्छन । पाँयचा एक प्रकारको कौडा नै हो, कौडा महङ्गो हुने भएकाले पैयुँका वियालाई फोरेर कौडा बनाइन्छ र खाली जमिनमा हुत्याउंदै खेलिन्छ । केटाकेटीहरु पनि गुच्चा र भ्वाङ्ग्रामा रमाउनु भन्दा जुवाको नराम्रो लतमा लठ्ठीन थालेकाछन् । आफ्ना बाउ र दाइको सिको गर्दै सानैदेखि पढाईभन्दा तास खेल्नमा उनीहरु अव्वल छन । गाउंलेलाई तासको नसा चढेपनि साँच्चीकै जाडंरक्सी र चुरोटसर्तीले भने प्रवेश पाएको छैन । उसको गाउंमा जुवातासले वैधता पाएपनि चुरोट र जांडरक्सीलाई भने गाउंलेले अहिलेसम्म तिरस्कार नै गरेकाछन् ।

उसको गाउंमा प्रेम विवाह गर्नलाई अपराध नै मानिन्छ । अझ अर्को जातिको केटा वा केटीसंग विहा गर्न भनेको त आफ्नो जातिबाट बहिष्किृत नै हुनु हो । गाउका अन्य मानिसको जस्तै अनिकेतको पनि बुवाआमाले खोजेको केटीसंग मागी विवाह नै भएको हो । उसको गाउं र त्यस वरिपरिको समाजमा छुवाछुत संक्रामक रोग जस्तै फैलिएको छ । वाहुन, क्षेत्री, जैसी, नेवार कसैले पनि देख्ने गरेर अर्को अथवा आफुभन्दा तल्लो जातकाले छोएको खादैनन् । कसैले खाईहाल्यो र त्यो कुरा अरुले थाहा पाएमा गाउंमा ठूलै हल्लीखल्ली मच्चिन्छ । अनिकेत पनि काँतर स्वभावको छ , त्यसैले शिक्षित र स्वच्छन्द विचारको हुदांहुदैं पनि उ देख्नेगरि अरु जातले छोएको खान हच्किने गरेको छ । उसलाई पनि समाजको परिवन्धले वाधेको छ । उसले माछा मासु खाने गरेतापनि , कतिपय ठाउंमा लुकेर खाएको छ । उ जन्मे हुर्केको गाउं र समाजको आर्थिक अवस्था अन्यन्त नाजुक छ । त्यहा माछामासु खानकोलागि दशै नै कुनुपर्छ भन्नेसम्मको कहाली लाग्दो अवस्था छ । अनिकेत आफ जागिरे भएकोले कहिलेकाँही माछामासु खाउं भनेपनि गाउंको अवस्था सम्झेर खाँदैन र खाएपनि लुकेर खान्छ ।

रुढीग्रस्त र विपन्न वातावरणमा अनिकेत हुर्केको हो, उसमा पनि कहीं न कहीं गाउंको वातावरणको छाप परेको छ । शहरको वातावरण र त्यहाँको उठबस उसकोलागि नौलो कुरा हो । गाउंको हरियो परियो र प्रदुषण रहित वातावरणमा हुर्केको अनिकेतलाई यहाँको भीडभाड, धूंवा र धूलोमय वातावरणमा एडजस्ट गर्न गारहो पर्दछ । मामाघर जादा उसलाई काठमाण्डु शहरका केही दृश्य र गन्तब्यहीन सडकहरु याद हुदैं गएका छन । बस चढेर एक ठाँउबाट अर्को ठाउमा जान सक्ने भएपनि त्यहाँको रहनसहन र शहरी जीवनको वारेमा जान्ने उत्सकता छ अनिकेतमा ।

बसमा आहोरदोहोर गर्दा सडकको छेउमा ठडिएका ठूलठूला होटल उसलाई सपनामा देखिने महल जस्ता लाग्छन् । उ कल्पना गर्छ ‘ त्यहाँ भित्र गएर मान्छे के गर्दा होलान, उनीहरु त्यहाँ के खाँदा होलान् ।’ उसलाई त्यो अलौकिक संसार जस्तो देखिने होटललाई एकपल्ट नजिकबाट नियाल्न मन छ । उसको रहनसहन अत्यन्त साधारण भएकोले उसको विहामा सिलाएको तीन जोर सुट अहिलेसम्म खजमजिने मौका पाएका छैनन् । थन्किएर रहेका दुई जोर आफले सिलाएको र एकजोर ससुरालीबाट पाएको सुटले कहीलेकाँही उसलाई मुख बिच्काए जस्तो लाग्छ अनिकेतलाई । दशैं र कसैको बिहामा जन्त जाँदामात्र यी सुटहरुमा पनि बाहिरको हावा लाग्ने गर्छ ।

लगनखेलको एउटा सरकारी अफिसमा जागिर थियो अनिकेतको । भक्तपुरदेखि चल्ने ट्रलीबसमा चढेर उसले कति सडक नाप्यो उसलाई आफै थाहा छैन । ट्रलीवस उसको वाध्यता पनि हो र रहर पनि, कलेज पढ्दादेखी अहिले जागिरे हदांसम्म ट्रली वस र उ एकअर्काको गन्धदेखि राम्ररी परिचित भईसकेका छन् । यसरी हुर्के वढेको अनिकेतले आज आफ्नो पहिलो प्रयासमै विदेशी वैंकको जागिर पाउन सफल भएकोमा आफैलाई चिमोटिरहेको छ । बसबाट ओर्लिने बेलासम्म उसले आफ्नो जीवनको विगतबाट वर्तमान सम्मको यात्रा गर्न भ्याई सक्यो । हस्यागँ फस्यागँ गर्दै घर पुगेर परिवारका सबैलाई ‘ एउटा खशीको खबर छ आमा, आज मैले विदेशी बैंकमा नयाँ जागिर पाएँ ।’ आमाले अनिकेतलाई खशीले गदगद हदैं टाउकोमा मायाले मुसार्न भयो ‘ बाब तैले आज ठलै खुशीको करा सुनाईस, यसरी नै प्रगति गरेस् ।’

उसकी श्रीमती शुरभी पनि भान्साबाट दौंडिदैं आईपुगि, उ पर्दाको ओटबाट लजालु आँखाले चियाउंदै अनिकेतलाई हेर्दैछे । उसलाई पनि नजिक गएर श्रीमानको बाहुपाशमा बाँधिएर बधाई दिन मन छ, तर सासु ससुराको अगाडि उ लाचार छे । उसको वुवालाई भने अनिकेतले सरकारी जागिर छोडेर विदेशी बैंकमा जानलागेको मन परेको छैन । वुवाको विचारमा ‘विदेशी बैंक त्योपनि प्राईभेट, नोकरी अवधि सकिए पछि एउटा सुको पेन्सन पनि आउदैन, जतिकै राम्रो तलब भएपनि के गर्न ।’ अनिकेतका वुवाले धेरै वर्ष सरकारी जागिर गरेर अवकास पाएकोले उनको सोच जोखिम उठाउने भन्दा कसरी सुरक्षित तरिकाले जागिर खाने भन्ने रहेको छ । अनिकेतका वुवा छोराले पनि सरकारी जागिर नै खाएर माथिल्लो तहमा पुगोस भन्ने चाहन्छन् । अझ बुवाको सोच एककम उतीर्ण गरेर अनिकेतले लोकसेवा पास गरोस् र राजपत्राङ्कित अधिकृत बनोेस् भन्ने छ । आफले सरकारी जागिरबाट नपाएको मान र शान उनी छोराको माध्यमबाट पूरा गर्न चाहन्छन् । अनिकेतको बुवाको मनमा रहेको ‘छोरा सिडिओ भएर जिल्ला थर्काउंदै सिंहदरबारमा सचिवको रुपमा कालो रगँको चिल्लो गाडीमा छिरोस्’ भन्ने कतै दबेको ईच्छा अब पूूरा नहुने भएको छ ।

अनिकेतका बुवा जस्ता अन्य लाखौं बुवाहरुले आफ्नो छोरा सचिव नै भएको हेर्न चाहन्छन् । भलै पछि सचिव भएका छोराहरु भ्रष्टाचार र अन्य ककर्ममा जेल परुन तर पैसा र मानकोलागि छोरा सचिव भएको हेर्ने कत्रो चाहना छ यी डाँडापारीका घाम जस्ता अभिभावकहरुमा । छोराले गतिलैसित पढेको र मिहिनेत गरेको देख्दा आफन्त र साथीभाइ माझ अनिकेतका बवा उसलाई सरकारी जागिरमै पठाउने सगर्व बताउंथे । तर आज उनको सबै सपनामा ओश परेको छ, छोराले आज छदाखादाको सरकारी जागिर छाड्ने निर्णय गरेकोमा उनी भित्रभित्रै कडिँएका छन् । छोरा भोलिदेखि विदेशी वैङ्कमा जागिर खान जाने भएको छ । वुवालाई वैंक भन्नासाथ नेपाल वैङ्क र वाणिज्य वैंक भन्ने मात्र थाहा छ । उनलाई छोराले भोलदेखि काम गर्ने विदेशी बैंकको नामपनि थाहा छैन । तै पनि अनिकेतले वुवालाई सम्झायो, ‘बवा यो अन्तराष्ट्रिय स्तरको वैङ्क हो, तलव र अन्य सुविधा राम्रो हुन्छ, विदेश पनि कहिलेकाँही जाने मौका पाईन्छ, केही ठूलो काम गर्नु परे सजिलैसित कम ब्याजमा लोन पनि पाईन्छ ।’

अनिकेतले बुवालाई त खशी पार्न सम्झायो तर उसलाई आफै पनि थाहा छैन त्यो विदेशी बैंकमा कति तलव पाईन्छ भनेर ? पाँच वर्ष देखि गर्दै आएको सरकारी जागिरमा बल्ल तल्ल उसको तलव ९ सय ८० रुपैयाँ पगेको छ । भक्तपुरदेखि ललितपुरसम्मको यात्रा, विहानको कलेज, दिउसो जागिर । सरकारी जागिर गर्न सजिलै भईरहेको थियो उसलाई । विद्यार्थी भनेर अफिसका हाकीमहरुले काममा सहयोग नै गर्दथे । जागिरले अगाडिको पढाईमा मद्धत पनि भईरहेको थियो । अब भोलिदेखि उसको जीवनमा भिन्न वातावारण, भिन्न सोच र भविष्यको अनिश्चितता सुरु हुने भएको छ । पाँच वर्षदेखि गर्दै आएको आजसम्मको सरकारी जागिर छोड्नुपर्दा अनिकेतलाई कता कता नराम्रो लागेको छ । तर सुदर र सुन्दर भविष्यले उसलाई आफ्नो आलिगँनमा लिन हात फैलाएर बोलाई रहेको उ कल्पना गर्छ । उ ओछ्यानमा पल्टेको छ, तर मन भने कुन गल्ली र शहरको यात्रा गरिरहेको छ थाहा छैन? सोच्दा सोच्दै र ओछ्यानमा यताउता गर्दागर्दै अनिकेतको त्यो रात बित्यो ।

आज फेव्रुअरी १४ तारिख, त्यतिबेला यो दिनको बारेमा अहिलेजस्तो सबैलाई थाहा थिएन । यो दिनको वारेमा अनिकेतलाई पनि राम्रोसंग थाहा छैन । फेव्रुअरी १४ लाई भ्यालेन्टाइन डेको रुपमा मनाईन्छ भन्ने सामान्य जानकारी मात्र छ उसलाई । उसले यसको अर्थ वुझेको छैन र वुझ्ने प्रयास गर्ने जाँगरपनि छैन । भ्यालेन्टाईन डे लाई प्रेम दिवसको रुपमा विदेशीहरुले मनाउंदै आएकाछन् । यो चलन नेपालमा पनि फैलिदैं छ । अझ काठमाण्डु शहर जहाँ हरेक कुराको नक्कल सगर्व गरिन्छ त्यहाँ प्रेम जस्तो सर्वब्यापक र सार्वभौम कुरालाई न अपनाउने त कुरै छैन ??? उ पनि आफ्नी पत्नीलाई प्रेम गर्छ, रातको एकान्तमा उसलाई मायाले सुम्सुम्याउंछ पनि तर त्यो प्रेम लाई उ अभिव्यक्त गर्न भने सक्दैन । प्रेम गर्नु जति सजिलो छ, त्यसलाई अभिव्यक्त गर्नु र टिकाई राख्नु त्यतिकै कठीन हुने अनिकेतको ठम्याई छ ।

उ जस्तो रुढीग्रस्त समाजमा जन्मेको र आर्थिक अवस्था पनि कमजोर पनि कमजोर भएको मान्छे ?????? जसले कुनै राम्री केटीलाई भर नजर हेर्नु पनि अपराध हो । अनिकेत मनमनै सोच्छ ‘उ जस्ता मान्छेहरु गोरु जस्तो काम, काम र मात्र काम गर्न जन्मेका हुन । प्रेम के हो? त्यसको अनुभुति गर्न एकजोडी सुन्दर आँखासंग आँखा जुध्न जरुरी छ, त्यसपछि गुलाफ जस्ता फक्रिएका ओठबाट ‘शितको थोपा जस्तो’ केही शब्द खस्नु पनि आवश्यक छ ।’ तर खोई कलेज पढ्दा वा जागिरका सिलसिलामा उसले कसैसंग पनि माया साट्न पाएन । कलेजमा, अफिसमा र बसमै ओहोर दोहोर गर्दा पनि गाजल लतपतिएका आँखा र लिपिस्टक लेप्रिएका ओठ त उसले थुप्रै देख्यो तर तीनमा प्रेमको भावना पोतिएको कहिले देखिएन । अनिकेतको मनमा कसैप्रति प्रेम उम्रिनु भन्दा पहिले बुवाआमाले उसलाई दाम्लोमा बाँधिसकेका थिए । गोरु जस्तो उसले आफ्नी गाई जस्ती पत्नीसंग एउटै दाम्लोमा बाँधिएर बाछी पनि जन्माई सकेको छ ।

आज विदेशी बैंकमा जागिर गर्न जाने पहिलो दिन । अनिकेत अन्यदिन भन्दा आज अलि विहानै उठ्यो । उसलाई टाईममा अफिस पग्दिन कि भन्ने ठलो चिन्ता छ । पहलो दिन नै ढिलो पुगेभनि त्यो विदेशी बैंकमा आफ्नो पहिलो ईम्प्रेसन खराब हुने डर पनि छ अनिकेतलाई । त्यसैले उ बढी हतारिएको छ, उसले विहामा सिलाएको सिलेटी रगँको सुट लगाएर जाने निर्णय गरयोे । यो सुटसंग उसले त्यसवेलाको चलन अनसार पातलो कालोे टाई र क्रिम कलरको कमिज लगायो । बच्चालाई नयाँ भर्ना भएको स्कुल जान हतार भएजस्तो गरी उ पनि हतारिदैं विहान आठ बजे नै अफिस हिड्यो । उ अलिअलि नर्भस र हतारिएको उसको हिडाँईबाट बुझ्न गारहो छैन । आफ्ना विचारहरुलाई उ दबाउन चाहन्छ तर विदेशी बैंकको जागिर पाउंदाको त्यो हर्ष उसको आँखा र बोली दुबैबाट प्रकट भईरहेको छ ।

संधै जसो टि–सर्ट, र सर्ट पाइन्ट लगाएर सामान्य रुपमा अफिस जाने अनिकेत आज ठाटिएर हिडेको देख्दा छरछिमेक र बाटाघाटामा भेटिने व्यक्तिहरु तीनछक छन । उनीहरु सोच्दैछन् ‘ हैन संधै सामान्य रुप र चालमा हिडंने यो अनिकेतलाई आज के भएको छ ? कतै बिहामा जान लागेको त हैन, एकाविहान सटमा ठाँटिएर निस्कनुको पछाडि अवश्य नै केही रहस्य छ ।’ बाटामा भेटिने परिचित व्यक्तिहरु मुखामुख गर्दै अनिकेतलाई केही सोध्न चाहन्छन तर उसको हतारको हिडाँई देखेर केही नसोधेर चूप लागेर आफ्नो बाटो लाग्दै छन् ।

आज अनिकेत आफैलाई घरदेखि १५ मिनेटको दूरीमा रहेको बस स्टपसम्मको बाटो छिचोल्न पनि निकै लाज लागेको छ । उ लाजले भुतुक्क हँुदै दायाँ बाँया कतै नहेरेर फटाफट बसस्टपसम्म कसैगरि पुग्न भ्यायो । उसको गाउं र काँठका मानिसहरुले टाईसुट लगाउने भनेको दशैमा ससुराली जादाँ मात्रै हो । त्यस वाहेक जन्ति जादा मात्र यसरी सुटमा ठाटिएर हिडंछन् यी काँठेहरु । आज न त दशै थियो न त कसैको विवाहमा जन्ती जान नै लागेको थियो अनिकेत । त्यसैले उसलाई आज निकै अप्ठ्यारो भईरहेको छ । काँठका मानिसहरु विशेष अवसरमा वाहेक टाई लगाएर हिड्दैनन् । तर अव अनिकेतले यो विदेशी बैंकमा संधै टाई नै लगाएर जानु पर्नेछ । आज सबैको आँखा अनिकेतको लगाईमा केन्द्रीत भएकोले पनि उसलाई अप्ठयारो लागेको हो ।

विदेशी बैंकमा नयाँ जागिर पाएको उसले गाउँमा कसैलाई भनेको छैन । मनमा नानाथरी कुरा सोच्दै उ बसस्टप पुग्यो र ट्रली बस चढ्यो । आधा घण्टाको यात्रा पनि उसलाई निक्कै माईल लामो भएजस्तो भईरहेछ । अनिकेतलाई कुनबेला अफिस पुगेर त्यहाँ कुनै कुना वा फाईलमा मुख लुकाउं जस्तो भएको छ । तर उ ‘ड्राईभर हैन छिट्टै बसलाई टुगँोमा पुरयाओस, न उ कुनै पक्षँी नै हो उडेर पुग्न सक्छ ।’ अनिकेतलाई छटपटी भईरहेको छ र यो जाडोमा पनि उसलाई उकुसमुकुस भएको छ ।

बल्लतल्ल हस्यागँ फस्यागँ गर्दै अनिकेत अफिस पुग्यो । त्यहाँ ब्रान्च म्यानेजर नितिन सरलाई वाहेक उसले अरु कसैलाई चिनेको छैन । न त्यहाँको काम गर्ने वातावरण नै बुझेको छ । नितिन सरलाई भेट्न उसको कोठा खोज्दै उ भित्र छिरयो । नितिनले अनिकेतलाई भित्रै वोलाए,। त्यहा उ जस्तै अर्को एकजना चेतन नामको केटाले पनि उ जस्तैै त्यो विदेशी बैंक जवाईन गर्दै थियो । अनिकेत र चेतन दुवैले आजैदेखि त्यो विदेशी बैंकमा नयाँ जागिरको श्रीगणेश गर्दै छन । अनिकेत र चेतनलाई एउटा एउटा लेटर थमाइयो । अंग्रेजीमा लेखिएको त्यो चिठ्ठी दुवैले राम्रोसंग पढे । त्यो लेटरमा जागिरका अवस्थाहरु बारे प्रष्टसंग उल्लेख गरिएको थियो । परीक्षणकालको रुपमा रहेको शुरुको ६ महिनाको अवधिमा उनीहरुको काम सन्तोषजनक नभएमा जुनसुकै बेला जागिरबाट हटाउन सकिने सो लेटरमा स्पष्टसंग बताईएको थियो ।

‘पूरा समय वैंकको अधिनमा बस्नु पर्ने, तोकिएको सबै काम समयमा गर्नु पर्ने, परीक्षणकाल भर विदा लिन नपाइने ।’ आदी थुप्रै बैंक सम्बन्धि नियम त्यहा लेखिएका थिए । यसका साथै परीक्षणकालको अवधिभर पाईने तलब पनि उक्त लेटरमा उल्लेख गरिएको थियो । अन्य शर्तहरु पढ्न भन्दा पहिले अनिलको आँखा तलवमा गएर रोकियो । प्रष्टसंग त्यहाँ लेखिएको थियो, तलब २ हजार २ सय ५० रुपैयाँ । अनिकेतलाई एकछिन त पत्याउन नै गाह्रो भयो । सरकारी जागिरमा ९८० रुपैयाँ तलव पाईरहेको उसकालागि यो कुनै लटरी भन्दा कम थिएन अब उसले यो विदेशी बैंकमा पहिलेको सरकारी जागिर भन्दा दोब्बर बढी तलव पाउने निश्चित भएको छ । अनिकेतले आफ्नो खशी दबाउंदै मनमनै सोच्यो अव जिवनका उराठ लाग्दा बाटाहरु बद्लिए । उसले मनमनै अठोठ गरयो ‘हिजोसम्म हिडेको जिन्दगीका उबडखाबड बाटोलाई बिर्सेर अब समतल राजमार्गमा हिडंने बानी बसाल्नुपर्छ ।’

लेटर दिए पछि उसलाई बैंककै हाताभित्र रहेको अर्को भवनको पहिलो तल्लाको एउटा कोठामा लगेर काम अह्राइयो ‘ केही दिनकोलागि तपाईं यहाँ बसेर काम गर्नुस्, अहिले तपाइको कोठाको हाकिम विरामी हुनुहन्छ, केहीदिन पछि आउनुहुन्छ । तबसम्म तपाईं यही वसेर काम सिक्दै गर्नुस् ।’ अनिकेत बस्ने कोठामा लहरै राखिएको पााच वटा टेवुलमा कागजपत्रको थुप्रो नै थियो । बैंकका स्टफहरु अंग्रेजीमा मात्र कुरा गर्दथे, अफिसमा फोनको घण्टी लगातार बजिरहन्थ्यो । बैंकमा उसलाई काम सिकाउने र गराउने जिम्मा दुई व्यक्तिलाई दिइएको थियो । नापितजी र अमितजी ।

काठमाण्डुका खाँटी नेवार जस्ता देखिने नापितजीको वाक्लो जुगाँ थियो , संधैभरि चश्मा लगाईरहने नापितजी एकदमै भलादमी थिए । उनी हरेक कुरा केलाई केलाई सिकाथें र बताउंथे । यो बैंकमा आउनअघि अनिकेतलाई वैङ्कमा गर्ने कामको वारेमा केही पनि जानकारी थिएन ‘। रातो भौचर डेविट, पहेलो भौचर क्रेडीट । सेतो भौचर डेविट, हरियो भौचर क्रेडिट । जीवन जस्तै रगिँन रातो, पहेँलो, सेतो र हरियो भौचर बनाउने कामबाट अनिकेतको यो विदेशी बैंकमा जागिरको शुभारम्भ भयो । उसलाई काम सिकाउन खटाइएका अर्का व्यकित अमितजी अलि ठाडो स्वभावका थिए । उनले ठाडो भाषामा हेप्ने गरी वोलेको बैंकमा मा कसैलाई पनि मन पर्दैनथ्यो । अमितजी को स्वभाव यस्तै हो, भनेर सबैले उनको ब्यवहारलाई नजरअन्दाज गरेका थिए ।

बैंकमा पहिलो दिन के गरुं र कसो गरु भन्दै अनिकेत भौचर बनाउने काममा तल्लीन थियो । यत्तिकैमा अमितजीले उसलाई एउटा कागज दिएर फोटोकपी गरेर ल्याउन भने । अनिकेतले अलिपर कुनाको कोठामा फोटोकपी मेसिन राखेको देखेको थियो । फोटोकपी मेशिन चलाउन नआएपनि केही नाईनास्ति नगरेर उ कागज लिएर फोटोकपी गर्न गयो र मेसिनको अगाडी मूर्ति झैं उभिइरह्यो । अनिकेतले आजसम्म फोटोकपी गर्ने मेशिन हेरेको मात्र छ चलाएको छैन । उसलाई फोटोकपी मेसिन चलाउने आवश्यकता र वाध्यता केहिलेपनि परेको थिएन । आईपरेको बाधयताको सामना कसरी गर्ने उ सोच्दै छ अब कसरी गर्ने ‘फोटोकपी गर्न आउदैन लाजले भन्नै सकिन, अब नजानेको काम गर्दा बिग्रने पो हो कि ।’ त्यसवेला काठमाडौमा फोटोकपी मेसिनको प्रयोग नगन्य मात्रामा हुन्थ्यो । कुनै पनि कागजको प्रतिलिपि बनाउनु प¥यो भने हातैले लेखेर, त्यसलाई प्रमाणित गराउन सरकारी अधिकृतसंग हस्ताक्षर गराउने चलन थियो ।

अब के गरौं, सोच्दा सोच्दै उसले एउटा जुक्ति निकाल्यो । फोटोकपी मेसिनको छेउमा गएर उभिने र जो पहिला आउँछ उसैलाई फोटोकपी गर्न दिने र हेर्दै उसबाट सिक्ने । अनिकेत मेसिन नजिक गएर उभिरह्यो । एकैछिनमा एक स्टाफ आए र उसंग हात मिलाए । सामान्य परिचय पछि उसलाई थाहा भयो उसको नाम राजिव रहेछ । राजिवले आफ्ले ल्याएको डक्युमेन्ट फोटोकपी ग¥यो । अनिकेतले ‘राजिवजी मलाई पनि फोटोकपी गर्न सिकाइदिनुस् न प्लिज ।’ राजिवले हाँस्दै ‘अफकोर्स, ह्वाई नट’ फोटोकपी गर्ने तरिका सजिलोसँग सिकाईदियो । अनिकेतको दिमाग पनि गजब कै छ, उ एकपल्ट देखेको र सिकेको कुरा टपक्क टिप्छ अनि कहिल्यै नबिर्सिने गरी आफ्नो दिमागमा सेट गरेर राख्छ । उसले राजिवसित सिकेर फोटोकपी गर्यो र डक्युमेण्ट अमितजीलाई दियो । अमितजी उसको काम गराईदेखि प्रसन्न हुदैं मनमनै सोच्दैछन् ‘नयाँ उमेरको केटो भएपनि कामप्रति लगनशील छ, ।’

जागिरको पहिलो दिन भएपनि दिनभर कामै काम । अनिकेतले आफु र अन्य कसैको बारेमा अफिसमा सोच्न फुर्सद पनि पाएको छैन । सानी दुधे छोरीलाई पनि उसले आज सम्झिन भ्याएन । उ आज यो विदेशी बैंकमा नयाँ छ, अफिसका अन्य स्टाफ उसकालागि अपरिचित र नौला छन् । त्यसैले काम गर्दै उ अफिसका अन्य स्टाफको गतिविधिलाई पनि नियाल्दै थियो । त्यहाँ धेरैजसो स्टाफ अंग्रेजीमै कुुराकानी गर्थे । पहिलो दिन भएकोले अनिकेतसँग कसैले पनि धेरै वोेलेका छैनन ।

गाउंले वातावरणमा हुर्केको ठेठ नेपाली भाषा बोल्ने काठमाण्डको रैथाने अनिकेतलाई आफ्नै देश भित्र पनि नेपालीहरु एक आपसमा अंग्रेजीमा कुरा गर्छन भन्ने सुन्दा र देख्दा आश्चर्य चकित छ । उसलाई आफु देशमा छ कि विदेशमा भन्ने हेक्का राख्न बारम्बार आफैलाई चिमोटनु परेको छ । उसलाई यो विदेशी बैंक र यहाँका स्टाफ सबै अर्कै ग्रहका जीव जस्ता लागि रहेकाछन् । उसको गाउं र यहाँको माहौलमा आकाश जमिनको फरक छ । उ सोच्दै छ ‘ यहाँ जागिर खाउंला भनेर सोचेको पनि थिईन, अब कसरी आफुलाई यो जेल जस्तो विदेशी बैंक भित्र एडजस्ट गरुं ।’ यहाँ सवै कागजपत्रहरु अंग्रेजीमै तयार गरिन्छन, भौचरहरु पनि सवै अंग्रेजीमै बनाइएका छन् ।

बिहानै घरबाट निस्केको अनिकेतले हडबडीमा राम्रोसंग जना पनि भ्याएको थिएन । उसलाई अहिले अति नै भोक लागेको छ । उसले सम्झ्यो हाकिमले दिएको दिउसो १ बजे लञ्च गर्ने निर्देशन र साथै अफिसको तल्लो तलामा रहेको क्यान्टिन पनि उनले देखाइदिएका थिए । अनिकेत लञ्च गर्न तल्लो तलामा ओर्लियो । त्यहा वुफे स्टाईलले खान मिल्ने गरी दाल, भात, तरकारी, अचार राखिएको थियो । अत्यन्त भोकाएकोले उसले लाज डरलाई तिलान्जली दिएर अन्त कतै नहेरी खानमा मात्र ध्यान दियो । उसलाई खाना पनि स्वादिष्ट लाग्यो, खाना खाएर उसले ‘कति पैसा भयो ’ खल्तिबाट पैसा झिक्दै उसले खाना बनाउनेलाई सोध्यो । खाना बनाउने त्यो अधंबैसे र मोटो मान्छेले बेवकुफ जस्तो उसलाई तलदेखि माथिसम्म कवारक्वार्ति हेर्दै भन्यो ‘यहाँ खाना खाएको पैसा तिर्नु पदैन, बैंकले नै सबै स्टाफलाई दिउसोको लञ्च खुवाउने ब्यवस्था गरेको छ ।’ अनिकेतलाई यो कुरा सुनेर आश्चर्य र खुशी दुबै लाग्यो । उसले मनमनै सोच्यो र मक्ख परयो ‘ म, त ठूलै रुखमनि पो ओत लाग्न आएछु । ’

रुखबाट पात खसेर बढारिए झैं दिनहरु वित्दै गए । थाकेको दिन रातलाई अँगालो मारेर निदाउंथ्यो, भोली अर्को नया दिनको रुपमा फेरि उसको नयाँ जन्म हुन्थ्यो । अनिकेत पनि दिन र रातको लुकामारीमा आफुलाई भुलाउंदै लग्दै थियो । उसलाई अब बैंकको काममा मजा आईरहेको थियो । चलाख भएकोले उसले अफिसको काम छिट्टै सिक्यो, उसलाई काम सिकाउने र सिक्नेको बीचमा राम्रो टयूूनिगँ बन्दै गएकोले उ अफिसको काममा रमाउन थाल्यो । अफिसका साथीहरुले उ र उसको कामलाई विस्तारै बुझ्दै गएकाछन, अब उनीहरुको आँखामा अटाउन थालेको छ अनिकेत ।

लामो विदामा बसेका उसको कोठाका हाकिम निर्मल सर पनि अफिस आउन थालेकाछन् । उसको कोठाका हाकिम निर्मल सर काठमाण्डका रैथाने हुन, हाकिमको व्यवहार र ज्ञान देखेर उसलाई लाग्छ उनलाई संसारमा थाहा नभएको कुरा केही छैन ? हाकिमको अगाडि उ नर्सरी कक्षाको वालक झैं भएको छ । उ, आफ्नो हाकिमबाट प्रभावित भईसकेको छ । सवैसँग आत्मियका साथ कुरा गर्ने निर्मल सरको नेपाली र अंग्रेजी दुवै भाषामा राम्रो दखल छ , उनी अग्रेंजी स्पष्ट लेख्न र बोल्न सक्छन् । निर्मलसँगको सामिप्यता र निर्देशन बमोजिम काम गर्दै जादा अनिकेतले धेरै कुरा सिक्ने मौका पाएको छ ।

अब उसको दिनचर्या आफैमा स्वतन्त्र भइसकेको छ । कम्पयुटरमा भौचर भर्न जानिसकको छ । विहान नौ बजेदेखि वेलुका ६ बजेसम्म काम गर्नु उसको नियमित रुटिङ नै भइसकेको छ । कहिलेकाँही अडिटिगँको बेला ८÷९ बजे राति सम्म पनि बैंक मै बस्नु पर्छ उसलाई । जागिरको पहाडले अनिकेतलाई थिच्दै लगेको छ । जागिरको बीच बीचमा उसलाई आफ्नो एमकमको पढाई अधरै रहेकोमा दुख लाग्छ । तर महिनाको अन्तिममा पाउने आकर्षक तलबले उसको कलेज जान नसक्नुको बाध्यता र बीचमा छुटेको पढाईलाई चटक्क बिर्सिन पनि मद्धत गरेको छ ।

अफिसको काममा अनिकेत दिन प्रतिदिन अति ब्यस्त हुदैं गईरहेको छ । उसको यही ब्यवस्तताको बीचमा एक दिन बैंकका एक खैरे हाकिम मिस्टर किङले उसलाई बोलाए । मिस्टर किङ उसको अन्तरवार्ता लिनेदिन जिएमको कोठामा पनि उपस्थित थिए ।

मिस्टर किङ ‘हाई अनिकेत, हाउ आर यू ?’ अनिकेतले पनि मन्द मुस्कानका साथ मिस्टर किगँसंग हात मिलाउंदै भन्यो ‘गुड आफ्टरनून सर, मी फाईन ।’

‘ ह्वाट आर यू डुईगँ ईन दिस बैंक एण्ड ह्वाट आर यू फिल नाउ ?’ किगँले फेरि अनिकेतलाई सोधे । उसले सहज रुपमा जवाफ दियो ‘मी ईन लर्निगँ पिरियड सो लिटिल हेजिटेशन बट स्लोली आई फिल बेटर । आई इन्ज्वाई ईट । सर आई विल ट्राई टु माई बेस्ट । ’

उसले पनि मौका पाएको बेलामा त्यो कुईरे हाकिमलाई सोधिहाल्यो ‘ ह्वाट आर यू फिल माई परफार्मेन्स?’ त्यो कुईरे हाकिमले आफ्नो निलो आँखा चम्काउंदै अनिकेततिर हेर्दै भन्यो ‘ योर परफार्मेन्स ईज भेरी गुड, वी आर स्याटिसफाईड, डू हार्ड वर्क ।’

तिम्रो काम हाम्रो बैंकलाई चित्त बुझेको छ, यसैगरि मिहिनेतका साथ काम गर्दै गयौ भने छिट्टै प्रगति गर्ने छौ ।’ यत्तिकैमा त्यो कुईरे हाकिमले उसलाई सोध्यो ‘तिमीलाई ग्रेग्रोरिएन क्यालेण्डर भनेको थाहा छ ?’ अनिकेतले थाहा नभएको भावमा टाउको हल्लायो । हाकिमले बैंकको अङ्ग्रेजी क्यालेण्डरलाई देखाउंदै उसलाई भन्यो ‘गेग्रोरिएन क्यालेण्डर भनेको यही अग्रेंजी क्यालेण्डरलाई भन्छन् ।’ उ त्यो बैंकमा नयाँ भएकैले कुईरे हाकिमले उसलाई सोधेको थियो ।

उसको कोठाका हाकिम फेरी विरामी परे, उनलाई के भएको हो अनिकेतलाई थाहा छैन ? उसले बैंको अन्य स्टाफबाट थाहा पायो निर्मल सर विरामी परेकाले अब आफ्नो विभागको काम उसले एक्लै हेर्नु पर्ने छ । आफ्नो काँधमा एक्कासी ठूलो जिम्मेवारी आइपरेकोमा उ एकछिन अकमकायो, ‘के गर्ने, कसरी गर्ने ?’ तर उसले यो मौकालाई हातबाट जान दिएन र यसलाई चुनौतीको रुपमा लियो । हाकिम एक महिनासम्म अफिस आउन सकेनन्, अनिलले यो एक महिनामा आफूलाई एकदमै सक्षमता र योग्यताका साथ प्रस्तुत ग¥यो । हाकिमको अनुपस्थितिमा उसले गरेको काम र दिएको जिम्मेवारीमा कुनै खोट लगाउने ठाउं नदेखिेपछि बैंक म्यानेजमेनटले निर्मल सरको अर्को विभागमा सरुवा गर्ने निर्णय गरयो ।

अब अनिकेत आफ्नो विभागमा एक्लो भएको छ, उ त्यो विभागको हाकिम सरह नै भईसक्यो । अनिकेतले अब अर्को जिम्मेवारी पाएको छ, आफले गरेको कामको सबै रिपोर्टिगँ त्यो खैरे हाकीमलाई गर्नु पर्ने । अनिकेतले त्यो विदेशी बैंकमा काम गरेकोपनि ३ महिना पुगिसकेको छ । यो ३ महिनामा उसले धेरै कुरा पाएको छ, तर धेरै कुरा गुमाएर । यो ३ महिनाको अवधिमा अनिललाई बैंकका सवै स्टाफले चिन्न थालेका छन । काम गर्दै र सिक्दै जाँदा उसले धेरै गल्ति पनि गरेको छ, आफ्नो गल्ति र कमजोरीको उसलाई सबै हेक्का छ । उसले जति गल्ति गरेपनि

यो ३ महिनामा कहिल्यै विदा लिएन, बेलुका अबेरसम्म बसेर बैंकको काम सकेरै उ घर जान्छ । आफलाई दिएको जिम्मेवारी समय मै पूरा गर्न उ ज्यान दिएर लाग्छ । बैंकको कामा राति धेरै ढिलो भयो भने उसलाई अफिसको गाडीले घरसम्म पु¥याउँछ । बैंकका माथिको ओहदाका सवै हाकीमहरु अनिकेतको काम र उसको डेडिकेसनबाट खुशी छन । हाकिमहरु उसको कामबाट खुशी भएपनि सँगै काम गर्ने अन्य स्टाफहरुको आँखामा उ खट्किन थालेको छ । उनीहरुको आँखामा कहिलेकाँही आफुप्रति इष्र्या र कपटको कालो छाँया देखेर झस्किन्छ अनिकेत । तर राम्रो कामको परिणाम राम्रै आउंछ भन्ने सोच राख्ने अनिकेत अन्य स्टाफको ईष्र्याबाट पिरोलिनु भन्दा आफुलाई काममा ब्यस्त राख्नु नै उत्तम ठान्छ ।

अब बैंकको कामको सिलसिलामा अनिकेतलाई पटक पटक नेपाल राष्ट्र वैंक जानु पर्ने भएको छ । उसको राष्ट्र बैंकसँगको अनुभव गुलियो भन्दा तितो नै बढी छ । राष्ट्र वैंकका स्टाफहरु उ र अन्य विदेशी वैंकका स्टाफहरु प्रति राम्रो धारणा राख्दैनन् । आफ्नो बैंकभन्दा यी विदेशी बैंकहरुमा तलब र अन्य सेवासुुविधा राम्रो भएकोमा उनीहरु भित्रभित्रै मुर्मुरिन्छन् । आफ भित्र रहेको ईष्र्यालाई यी राष्ट्र बैंकका कर्मचारीहरु बेला बेलामा विदेशी बैंकको काम र कर्मचारीप्रति ढिलासुस्ती र उदासिनता देखाएर निकाल्छन् । कुनै दिन सानो कुरामा चित्त वुझेन भने उनीहरु चेक फिर्ता पठाई दिन्छन । पाँच मिनेट मात्र राष्ट्र बैंक पुग्न ढिलो भयो भने पनि अनिकेतले चेक फिर्ता लिएर आउनु पर्छ । उनीहरुले अनिकेतको कुनै ढिलो भएको कारण र अनुरोध मान्दैनन् । चेक रित्तो फर्केर आउंदा आफ्नो बैंकका हाकिमहरुको गाली पनि खानु पर्थयो कहिलेकाँही ।

विदेशी वैंकका कर्मचारीले पाएको सुविधाप्रतिको इष्र्या र आक्रोश यसरी बेला बेलामा छताछुल्ल हुन्थ्यो सरकारी बैंकका स्टाफहरुबाट । मानिस जन्मजात ईष्र्याल प्राणी हो, उ नचाहँदा चाँहदै पनि आफ्नो जन्मजात स्वभावले ईष्र्या गरिरहेको हुन्छ । अरुले सोझो तरिकाले आफ्नो परिश्रम गरेर खाएको देखि नसहने मान्छेको स्वभाव देख्दा अनिकेतलाई रिस उठ्छ, तर उ लाचार थियो । यी सबै कुरा हेर्न र सोच्न बाहेक अरु के नै गर्न सक्थयो र उ ? भोली गएर उसमा पनि त्यो ईष्र्या र अहँकार न जन्मेला भन्न सकिन्न ?

कामको सिलसिलामा राष्ट्र वैंक गईरहँदा केही परिचित भई सकेका स्टाफहरु उसंग ब्यग्ँय गर्ने गर्छन ‘२० वर्ष सरकारी बैंकमा काम गरेर पनि हाम्रो हालत जस्ताको त्यस्तै छ, तिमी जस्ता हिजो जन्मेकाहरु गाडी चढेर हिडंने, तिमीहरुको हैसियत रातारात बढ्ने, हामी चाँही जहाँको त्यहँी ।’ विदेशी बैंकका सहायक तहका कर्मचारी पनि केही काम परेर आफ्नो वैंकबाट राष्ट्र वैकमा जादा पनि पजेरोमा चढेर जाने गर्छन । बैंकले नै गाडी सुविधा दिएको हुन्छ आफ्ना स्टाफहरुलाई । निजी क्षेत्रबाट खुलेका यी र अन्य यस्ता बैंकहरुबाट समाज नराम्ररी दुई भागमा चिरा पर्न थालेको छ ।

सरकारी बैंक र अन्य सरकारी निकायमा जागिर खाएकाहरुलाई बिहान बेलकाको नून तेल टार्न पनि धौ धौ छ, उनीहरु साइकल चढेर अफिस आउंछन्, यिनका बच्चाहरु सरकारी र साधारण प्राइभेट स्कुलमा पढ्छन् । तर यी विदेशी बैंकका स्टाफहरुको भूईंमा खुट्टै छैन, उडी, उडी हिड्ंछन्, महँगो परफ्यूम दल्छन, हजारौ रुपैंया पर्ने चश्मा लगाउंछन्, महँगो रेष्टुरेण्टमा खाना खान्छन, सुट टाई लगाउंछन, छोराछोरीलाई विदेशमा वा स्वदेश मै पनि महँगो स्कुलमा पढाउंछन् । एउटा मुर्खले पनि ठाडै छट्याउन सक्ने यस्तो व्यक्ति, व्यक्ति वीचको फरकपनलाई समाजमा सबैले स्पष्ट रुपमा देख्दै र भोग्दै गरेका छन् । अनि कसरी ती सरकारी जागिरे र राष्ट्र बैंकका स्टाफहरुले यो सबै कुरालाई सहज ढंगले स्वीकार गर्ने ? आखिर उनीहरु पनि यही समाजमा जन्मेका हुन् ।

राष्ट्र बैंकका स्टाफहरु आफ्नो कुण्ठा यी विदेशी बैंकका स्टाफमाथि बेलाबेलामा पोख्ने गर्छन् । उनीह झर्केर बोल्ने, काम बेलामा पूरा नगर्ने, नटेर्ने रुखो ब्यवहार गर्छन । तर, त्यही निजि र विदेशी बैंकको स्टाफले गर्ने व्यवहार नितान्त फरक हुन्छ । उनीहरु मिठो बोल्छन, नरम रुपमा प्रस्तुत हुन्छन, नबुझेको कुरा बारम्बार बताउंदा पनि झर्किदैनन् । सहयोगको लागि जहिले पनि तयार भएर बस्छन् । यदि सरकारी बैंकका स्टाफहरुको पनि तलब र सेवा सुविधा बढाईन्थयो भने उनीहरुको ब्यवहार र स्वभावमा पनि रातारात परिवर्तन आउंथ्यो होला ?

आखिर मानिसको स्वभावको मापदण्ड पैसा र पद नै रहेछ । पैसाले समाजमा उसको प्रतिष्ढा बढाउंछ । उसले लगाएको लुगाको रगँ र डिजाईन भन्दा त्यसको मूल्यले महत्व पाउनु भनेको मान्छे आफै एउटा बस्तुको रुपमा बजारमा बिक्रीकालागि बस्नु हो, अनिकेतको विचारमा । बैंकको जागिरले उसलाई बढी यस्ता कुरा सोच्ने बनाएको छ । एसी भएको गाडीमा कामले बैंकबाट आहोर दोहोर गर्दा बाहिर सडकमा हिंडने मान्छेहरुसंग उ अब छुट्टिन थालेको छ ।

अनिकेत बैंकमा आफ्नो कुरा धक फुकाएर भन्न सक्ने भएको छ, आफुलाई परेको समस्या उ अन्य स्टाफसंग कहिलेकाँही शेयर पनि गर्न थालेको छ । बैंकको जिम्मेवारी र हाकिमहरुको उ प्रतिको बिश्वासले उसको आत्मबिश्वास अब पहिलेको तुलनामा धेरै बढेको छ । राष्ट्र बैंक जाँदा आउंदा उसले अन्य वैंकका स्टाफहरुलाई पनि चिन्न थालेको छ । उसका पनि अब नयाँ केटा र केटी साथीहरु बन्न थालेका छन् । ती साथीहरुसंग उ हरेक विषयमा निर्धक्क भएर कुरा गर्छ, कुममा कुम जोडेर ।

अनिकेतलाई काठमाण्डको अझ त्यो विदेशी बैंकको हावाले अब राम्रैसंग छोईसकेको छ । यहाँ कुनै कुरा वा काम लुकाएर गर्नु पर्ने कारण पनि छैन, कसैले कसैको चियोचर्चो गर्दैनन् त्यसैले यहाँ कसैलाई कसैको बवाल मतलब छैन । उ पनि यी सबै कुरा ध्यान दिएर हेर्दैछ र सिक्दैछ । यस्ता ठूूला र विदेशी वैंकमा काम गर्दा सिकेको व्यवहार कहाँ र कुन ठाउँमा कहिले काम लाग्छ कसैले भन्न सक्दैन । बैंकमा सिकेका सवै कुरा राम्रो नै हुन्छ भन्ने पनि छैन । धन्न उ अहिलेसम्म गतल संगत र ब्यवहारबाट बचेको छ ।

उसले यो विदेशी बैंकमा काम गरेको ६ महिना पुग्नै आँटेको थियो । अफिसले नै आयोजना गरेको एउटा तालिममा दोस्रो भएपछि अनिकेतको जागिर त्यो बैंकमा अब स्थायी भएको छ । अब उ ढुक्क भयो, पहिलाको जागिर छोडेर यहाँ आउंदा स्थायी नभएसम्म उसलाई कहिलेकाँही डर लाग्दथ्यो । बैंकमा आफ्नो जागिर स्थायी भएको कुरा परिवारलाई सुनाउंदा सवै खुशीले सरबोर भए । अब उसको तलव पनि बढ्यो, महिनाको ३,००० रुपैंया उसले तलबको रुपमा पाउने भएको छ । त्यसवेला नेपालमा शाखा अधिकृतको तवल १ हजार ४ सय २० रुपैयाँ थियो । अनिलको तलव शाखा अधिकृतको भन्दा दोव्वर भएको छ ।

आज अनिकेत खुशी छ, आज उसलाई पनि खुशी र सन्तुष्टि बढेको तलबको रुपमा प्राप्त भएको छ । जागिरबाट सन्तुष्टि पाउने आधार आखिर तलब र सेवासुविधा नै रहेछ, उ पल्टिएर मनमनै सोच्दैछ । पलगँमा संगै सुतेकि सानी छोरी तिर पुलुक्क हेर्छ र छोरीको गालामा मायाले मुसार्छ । छोरीको भविष्य उज्जवल हनेमा अब उ आश्वस्त भएको छ । उसले मनमनै निर्कयौल गरयो ‘पैसा नै सबै सुख र सन्तुष्टिको आधार रहेछ ।’

अब श्रीमतीका कतिपय ईच्छाहरु जो उसले पूरा गर्न सकेको थिएन अब पूूरा हुने भएको छ । उसकि श्रीमतीलाई पनि गहनाले छपक्क छोपिने, श्रीमानसंग मस्त भएर निस्फिक्री घुम्ने, होटलमा गएर मिठो मिठो खाने रहर त थियो नै । अब ती सबै रहरहरु उसले पूरा गर्ने छ । बुवा आमाको तीर्थब्रत गर्ने ईच्छा पनि अब उसको बढ्दै जाने तलबले पूरा गर्नेमा उ ढुुक्क भएको छ । ‘राष्ट्र बैंकले छाप्ने त्यो कागजका नोटहरु त साँच्ची कै शक्तिशाली पो रहेछन् । यी कागजका नोटहरु जति बढी मानिसको अधिकारमा आउंछ, उसको पद, प्रतिष्ठा र पावर बढदै जाँदो रहेछ, त्यसैले राजा यति शक्तिशाली र ठूला भएका होलान् ।’

उसको त्यो विदेशी बैंकमा जागिर स्थायी हुनुका साथै तलब पनि बढेको थाहा पाएर अनिकेतका बुवा गदगद भएकाछन् । बुवालाई जागिर स्थायी नहुन्जेल मनमा शँका थियो ‘कतै बैंकबाट हटाई दिएमा छोराले के गर्ला, कसरी परिवार पालला?’ हुंदाखांदाको सरकारी जागिर छाडेर विदेशी बैंकको लोभमा छोरा त्यहाँ गएकोमा असन्तुष्ट देखिएका अनिकेतका बुवाले बल्ल सन्तोषको सांस फेरे ।‘अब भने छोराको जीवनले काँचुली फेर्ला जस्तो छ?’उनले मनमनै भगवानलाई सम्झे ।

अब उसको गाउं र समाजले पनि अनिकेतले संधै एकाविहान टाईसुट लगाएर धापिदै अफिस जानुको कारण थाहा पाइसकेको छ । अब अनिकेतलाई पनि टाईसुट लगाएर हिडं्न लाज लाग्दैन । उ निर्धक्कसँग सुट लगाएर हिड्न थालेको छ, बरु कहिलेकाँही टाईको गाँठो मिलाउन अलि अप्ठयारो हुन्छ उसलाई । टाईको गाँठो पार्दै गर्दा उसले सोच्यो बैंकमा टाई लगाउनमा यती जोड किन दिईन्छ होला ? घाँटीसम्म टिमिक्क गाँठो पारेर लगाइएको टाईले कहिलेकाँही सांस फेर्न पनि गारहो हन्छ । उ कल्पना गर्छ टाई त्यो पासो हो जसलाई घाँटीमा लगाएर रुख जस्तो थुुप्रै हाँगाविगाँ भएको बैंकमा झुण्डिन हजारौं मान्छे त्यहाँ जाने गर्छन् । आफ्नो योग्यता, अनुभव र समय सबै बैंकलाई दिनपर्ने र त्यसको बदलामा त्यहाँको सबै समस्या र स्ट्रेसलाई आफ्नो थाप्लोमा बोक्नुपर्ने । यो त गजबैको आत्महत्या भयो बा १११११ आफ्नो उटपटयागँ सोचाईप्रति उ मनमनै हाँस्छ ।

अब अनिकेत काममा साँच्चीकै रमाउन थालेको छ । अर्को शब्दमा भन्ने हो भने उ बैंकको फरक संसार र त्यहाँको रगँमा रगिँसकेको छ । अब पार्टीमा जान, साथीभाइसंग मोजमस्ती गर्न मा अनिकेत कजुंसी गर्दैन । अब कजुंसी किन र कसकोलागि गर्ने । जब बैंकले उसको भविष्य सुनिश्चित र सुरक्षित गरिदिएको छ । अब त उ कामको समयमा गम्भीर भएर काममा मात्र ध्यान दिन्छ र बाँकी र फुर्सदको समयमा उ आफ्नो कल्पनाको उडानलाई वास्तविकताको चोगा पहिरयाउन तिर लाग्छ । अब उ आफना थोत्रा सपनालाई प्नि बहुमूल्य बनाउनमा तल्लीन छ ।

समाज र परिवारमा अनिकेतको हैसियत हवात्त बढेको उसले आफै अनुभव गरेको छ । समयले उसको पनि आडम्बर बढाई दिएको छ । हिजो वैंकमा म्यानेजर भएकोमा धाक लगाउंदै आडम्वरपूर्ण ब्यवहार गर्नेहरु अहिले उसलाई आफै वोलाउन आउँछन, साथी जस्तो बराबरको ब्यवहार गर्छन । अनिकेत वैंक म्यानेजर भइ नसके पनि विदेशको ठूलो र महत्वपूर्ण बैंकमा काम गर्छ, उसका वरिपरि घुम्नेहरु यसलाई ठूलो उपलब्धि मान्छन् ।

यहाँ सफल र ठूलो त्यसैलाई मानिन्छ जसले महँगो सुटबुट लगाएको छ, ब्राण्डेड परफ्यूम छर्केको छ, सुनौलो फ्रेमको चश्मा लगाएको छ । बद्लिएको समय र समाजको उ प्रतिको हेराईमा आएको परिवर्तनले अनिकेतमा पनि नजांनिदो किसिमले घमण्ड र आडम्बर बढ्न थालेको छ । शक्ति, सम्पति र पदले मानिसमा दबेर रहेको ईष्र्या र घमण्डलाई सतहमा ल्याई दिन्छ । यसबाट मान्छेको वास्तविक रुप र चरित्र छताछुल्ल हुन पुग्छ । किन र के को लागि गर्ने यो पश्न हजारौं वर्षदेखि अनुतरित छ १११

एक वर्ष अघिसम्म साइकल पनि किन्ने हैसियत थिएन अनिकेतको । तर आज एक वर्षपछि उ मोटरसाईकल किन्ने अवस्था सम्म आईपगेको छ । मोटरसाइकल किन्नका लागि बैंकले अत्यन्त कम ब्याजमा लोन दिन्छ । पाँच वर्षसम्ममा लोन तिरे हुने भएकोले उसले बाईक किन्ने निर्णय गरयो । उसले बाईक किन्ने निर्णय गर्दा त्योबेला उसको सिङ्गो गाउमा दुईओटा मात्र बाईक थियो, अब उसको समेत गाउंभरिमा तीनवटा बाईक हुने भयो । अफिसबाट लिएको लोनले अनिकेतले आरएक्स १०० सिसीको बाईक किन्यो । उसले बाईक किनेको दिन घरमा दशंैको झैं रौनक छाएको थियो । घरमा बच्चा जन्मिदां वा कुनै नयाँ सदस्यको आगमन हुंदा जुन खुशी र रमाईलो हुन्छ आज ठीक त्यस्तै भईरहेको थियो अनिकेतको त्यो सानो घरमा ।

अब अनिकेत विदेशी वैकको कर्मचारी मात्र रहेन । गाउकै प्रतिष्ठित र सम्मानित व्यक्ति पनि भएको छ । समाजले मान्ने प्रतिष्ठा भनेको धनले दिएको प्रतिष्ठा हो । को सँग मोटरसाइकल छ ? कसले राम्रो र महँगो घडी लगाउँछ ? कसको घरमा क्यासेट प्लेयर छ ? कसको घरमा रङ्गीन टेलिभिजन छ ? त्यसले समाजमा उसको प्रतिष्ठाको स्तर निर्धारण गर्दछ । अनिकेतको घरमा सामाजिक प्रतिष्ठा बढ्ने र मानसम्मान दिलाउने सबै सामानहरु विराजमान भईसकेका छन् परिवारमा खशी थपिएको थियो । पद र प्रतिष्ठा बढ्नुका साथै थपिएका भौतिक सुविधाका सामानहरुले घर परिवारको खुशीमा बढोत्तरी गरेको छ । प्राकृतक रुपमा खुशी हुनकालागि पनि यी भौतिक र कृत्रिम वस्तुहरुको सहारा लिनु पर्ने ?

गाउंमा कनै पनि समस्या परे अनिकेतलाई नै सल्लाह र समाधानकालागि डाकिन्छ । कुनै शुभकार्यमा उसलाई प्रमुख रुपमा बोलाईन्छ र उसको उपस्थिितिलाई अत्यन्त शुभ मान्न थालेकाछन उसका गाउंलेले । अनिकेतको घरमा कसैलाई अलिकता विसञ्चो हुने वित्तिकै गाउंलेहरु सहयोग र सहानुभुतिकालागि तत्पर हुन्छन् । अनिकेतले बुझिसकेको छ यो सम्मान, यो माया त्यो विदेशी बैंकमा कमाएको पैसा र त्यहाँबाट आर्जन गरेको प्रतिष्ठाले हो । उसले हिजोका ती दिनहरुलाई बिर्सेको छैन जब यिनै गाउंलेहरु उसलाई भुसुना बराबर गन्थेनन् । तर आज समय र परिस्थिति बदलिएको छ । आज गाउंमा हुने हरेक कार्यमा उसलाई सहभागि गराईन्छ । बिहा, ब्रतबन्ध वा अन्य कुनै उपहार दिने समारोहमा उबाट महँगो उपहार र पैसाको सहयोगको अपेक्षा गरिन्छ ।

अनिकेतले मोटरसाइकल त किन्यो तर लाइसेन्स उसले बनाउन सकेको थिएन । एक दिन बैंककै साथीले २ हजार ५ सय रुपैंया दिए घरमै लाइसेन्स बनाएर ल्याईदिने जानकारी दियो । यो अनिकेतको झण्डै एक महिनाको तलव बराबर थियो । त्यहाँ गएर परीक्षा दिने, ट्रायल दिने झण्झट गर्नुभन्दा त्यति पैसा दिएर घरमै लाईसेन्स आउंछ भने किन टेन्शन लिने ? उसले मनमनै सोच्यो उ विदेशी वैंकको प्रतिष्ठित कर्मचारी भईसक्यो, सबैले उसलाई चिन्छन । बैंकको काम छाडेर अब कहाँ लाईसेन्सकोलागि ट्रायल दिएर बस्ने ? उसले सबै कोणबाट वस्तुस्थिति विचार ग¥यो र लाइसेन्सको लागि पैसा दियो । अनिकेतमा पनि नजाँनिदो किसिमले पैसाको रवाफ देखिन थालेको छ । उ पनि पद र प्रतिष्ठाको मातमा चुर्लुम्म डुब्न थालेको उसको नजिक बस्नेले बिस्तारै महसुस गर्दैछन् । आखिर उ पनि त त्यही हाडमासुले बनेको मान्छे हो ? छेपारो जस्तो रंग बद्लिने समाजमा भिज्नु परेपछि कति दिनसम्म कोही ओभानो रहन सक्छ र ?

दुईदिन पछि उसको घरमै लाइसेन्स आइपुग्यो । त्यो लाइसेन्स नक्कली हो कि भन्ने शंका लागे पनि उसले निडर भएर त्यही लाइसेन्स चलायो । उसलाई कही समस्या भएन् । पछि नविकरण गराउँन जादाँ पनि कहँी कतै कुनै झमेला न भएपछि उ मनमनै निश्चित भयो कि लाइसेन्स सक्कली नै रहेछ । उसको पैसा यसै पानीमा गएन नत्र पछुताउनु पर्थयो । अनिकेतले त्यो बाईकबाट अर्को नयाँ स्टाईलको बाईक किन्यो त्यसपछि कार पनि किन्यो तर सवारी चालक अनुमतिपत्र चाँही त्यही छ अहिलेसम्म उसको पकेटमा । बाईक किनेपछि उसका सपनाहरुले उडने पखेटा पाए जस्तै भएको छ । जुन सपना हिजो बस वा ट्रली बसमा यात्रा गर्ला उसले देखेको थियो तर पूरा हुन सकेको थिएन आज सबै पूरा हुंदैछन् । सपना हेरेर मात्र पनि हुंदो रहेनछ, त्यसलाई मिलौ लामो यात्रा गरेर सफलताको ढोकासम्म डोर्याउन एउटा सवारी पनि चांहिदो रहेछ ।

बाईक किनेदेखि उसको जीवनमा ठूलै हलचल आएको छ, उसको जीवनशैली फेरिएको छ आइतवारदेखि शुक्रवारसम्म यही बाईक चढेर अफिस जाने, त्यहाँ आफ्नो गिद्धी र ज्यान घोटेर काम गर्ने । तर शनिवार भने आफना ६ दिनसम्म थाति रहेका ईच्छाहरुलाई एक, एक गरेर पूरा गर्ने । सानी छोरी अघिल्तिर र श्रीमतीलाई बाईकको पछि राखेर, शानदार चश्मा लगाएर घुम्न जाने, सिनेमा हेर्ने, किनमेल गर्ने र आईसक्रिम खाने अनिकेतको सप्ताहान्तको रुटिङ बन्दै गएको छ । उ कहिलेकाँही तटस्थ भएर आफु र संसारलाई हेर्दछ, हिजो उ के थियो, आज के भईसकेको छ र भोलि अझ के हुनेछ ? उ मान्छे त्ही हो, तर विचार र ब्यवहारमा कति धेरै परिवर्तन आईसकेछ, आफुभित्र भईरहेको मनेवैज्ञानिक बदलावलाई उसले रोक्न न खोजेको हैन, तर बाहिरको गतिशील संसार र भौतिकवाद र अस्तित्ववादको लडाँईंमा पिसिंदै गएको उ जस्तो मान्छेको ल्याकत नै कति छ र? उ एउटा बच्चा झैं आश्चर्य मान्दै संसारलाई हेर्देछ ‘कति विचित्र र परिवर्तनशिल छ यो संसार ।’

समय पखेटा लगाएर चरा झैं उडिरहेको छ । दिन र रातको सेरोफेरोमा यो संसार अटाएको छ । एक दिन दिउसो अनिकेत बैंकको काममा निक्कै ब्यस्त थियो । बैंककै अर्को स्टाफ उमगँले उसलाई ईशारा गरेर छतमा बोलायो । उमगँ वेला वेलामा छतमा चुरोट पिउन गइरहन्थ्यो । अनिकेत र उमगँ अफिसमा मिल्ने साथी पनि हुन् । प्रविण चुरोट पिउथ्यो तर अनिकेतलाई यसको अम्मल कहिल्यै मन परेन । दुबै जना छतमा गए । त्यो दिन छतमा जादा अनिकेतले एउटा अचम्भको कुरा देख्यो जुन उसले अहिलेसम्म कहिल्यै देखेको थिएन । छतमा केटीहरु पनि मजाले चुरोटको सर्को तान्दै थिए । उसले आफ्नो गाउंका र बाटामा जाँदा आउंदा अधबैंसे र अशिक्षित महिलालाइ चुरोट पिएको देख्थयो तर शहरका सभ्रान्त र शिक्षित परिवारका युवतीहरु पनि केटाको कुममा टेकेर धंूवा उडाउंदै गरेको देख्आ उसलाई संसारको आठौं आश्चर्य देखेजस्तो भयो ।

छतमा चुरोट पिई रहेका ७ जनामध्ये ४ जना केटीहरु थिए, ती सवै चुरोटको धुवाँमा रङ मगिएका थिए । उसलाई शहरमा यस्तो पनि हुंदो रहेछ भन्ने पहिलो नराम्रो झट्का लाग्यो । कसैलाई कसैको लाज डर छैन, सबै धक फुकाएर जिन्दगीको मजा लिदैंछन् । जिन्दगी आखिर के रहेछ, मिहिनेत गरेर कमाएको पैसा यसरी फजुलमा उडाउने???? जीवनको एउटा पाटोलाई आज उसले छर्लगँ देख्यो । आत्मनिर्भर हुनुको अर्थ कनपर्दो गर्न पाउने अधिकारको रुपमा उनीहरुले बुझेको देख्दा अनिकेतलाई उदेक लाग्यो । केही गरी उसको आमाबुवाले यो दृश्य देख्नु भएभनि उ र उसको बैंको बारेमा के भन्नु हुन्छ होला ? सोचेरै उसलाई पसिना आउन थाल्यो ।

अफिसमा अनिकेतका दिनहरु कमका साथसाथ रमाइलो गर्दै बितिरहेको थियो । अब उ कुनै कुरामा आश्चर्य प्रकट गर्दैन, उसलाई अब सबै कुरा सामान्य लाग्न थालेको छ । ‘टेक ईट ईजी’को थ्यौरीलाई अब उसले आफ्नो जीवनमा पूर्णरुपमा अपनाई सकेको छ । बैंकमा एक दिन एउटा सूचना दिईयो, ‘बैंकले आयोजना गरेको पिकनिकमा सबैले अनिवार्य रुपमा उपस्थित हुनु पर्ने । त्यो पिकनिकमा बैंकका स्टाफले श्रीमान वा श्रीमती लिएर आउन सक्ने जानकारी पनि दिईयो ।’ अब अनिकेतले बल्ल बैंकको स्टाफहरुसंग आफ्नी श्रीमतीलाई चिनाउने मौका पायो । संधै घरधन्दामा रमाउने उसकि श्रीमतीले पनि अब बाहिरको संसार हेर्न पाउने भई । उसले पनि बैंक र त्यहाँ काम गर्ने मानिसहरुको ब्यवहार र चरित्रलाई नजिकबाट नियाल्न पाउने छ ।

अनिकेतले श्रीमतीलाई पिकनिकको लागि राम्रोसंग तयारी गर्न अरहायो । उसको लागि पनि अफिसको पिकनिक फरक र अत्यन्त नयाँ अनुभव भयो संधैका लागि । कलेज पढ्दा गएको पिकनिक र बैंकको पिकनिकमा आकाश जमिनको अन्तर रहेको उसले बल्ल थाहा पायो । बैंकको पिकनिकमा पैसाको खालो नै बगाइएको थियो, त्यहाँ मनपर्दो पिउन र गर्न छुट दिइएको थियो । उसले कलेजका साथीहरुसंग गएको पिकनिका आफै पकाएर खाने गरिन्थयो, त्यो पिकनिकमा केटाहरु कम्मर मर्काई मर्काई नाच्थे पनि । तर बैंकको पिकनिकमा आफुले केही काम नगर्नु पर्ने, बैंकले भाडामा ल्याएको कुकहरुले खाना पकाउंने र बाँकी अरुहरुले गीत गाउने, नाच्ने र जोक्स सुनाएर रमाईलो गर्ने काम मात्र गर्नु पर्ने रहेछ । तर अफिसको पिकनिक कलेजको भन्दा नितान्त फरक हुंदो रहेछ । अनिकेतले पहिलो पल्ट त्यही पिकनिकमा ससेज देखेको थियो, डल्लो पारेर काटेर फ्राई गरिएको मासुको टुक्रोलाई ससेज भनिदो रहेछ बल्ल उसले थाहा पायो । बैंकबाट गएको त्यो पिकनिकका दृश्यहरु उसको मानसपटलमा अहिले पनि हिजोको घटना जस्तैै ताजा छ ।

पिकनिकमा केटाले आफ्नो गर्लफेण्ड, केटीले आफ्नो व्वाईफ्रेण्ड लिएर आउने छुट थियो । उनीहरु एक आपसमा अङ्गालो हालेर मात्तिदैं हिडेंको देख्नु अनिकेतको कल्पनाभन्दा वाहिरको कुरा थियो । गाउंले परिवेशको परम्परागत वातावरणमा हुर्केको अनिकेतलाई केटाकेटीले एक आपसमा हात समातेर हिंडनु पनि ठूलो कुरा थियो । तर यहाँ त एक आपसमा टाँसिएर, म्वाईं खादैं सिनेमाको जस्तै दृश्यलाई यथार्थ बनाउन खोजिदैंछ । न यहाँ कसैको कपडा ठेवानमा थियो न उनीहरु होशमा नै थिए । लाग्थ्यो यौवन र मस्ति यी बैंकका स्टाफलाई मात्र चढेको छ । उ हुर्के बढेको समाजले यो सबै दखे भनि के सोच्ला ? के मानिस साँच्चीकै आधुनिक भएका हुन वा छाडा भएका हुन उसलाई छुट्याउन गारहो भईरहेको थियो ।

जुन सम्बन्ध कोठाभित्र दुई व्यक्ति बीचको निजि क्षणको गोप्य रुपमा रहनु पर्ने हो त्यो यसरी सबैका सामु आधुनिकताको नाममा उदागोँ हुन सक्छ भन्ने अनिकेतलाई थाहा थिएन । त्यो पिकनिकले उसलाई समाज उदार बन्दै गईरहेको संकेत दिएको थियो । प्रेमपत्र आदानप्रदान गरेर प्रेमको मौन अभिव्यक्ति दिने समय भन्दा निक्कै पर यहाँको समाज छ । यिनीहरुलाई एकअर्काको गाला मुसार्नु र म्वाई खानुमा नै प्रेमको अस्तित्व टिकेको छ भन्ने लाग्छ । अफिसको छतमा चुरोटको धुवामा रङ्गीएका ती केटीहरु पिननिकमा पनि रक्सीको नसामा धुत भएर लडेका थिए । उनीहरु कति होसमा थिए, कति होसमा थिएनन् । को केटा, को केटी कसैलाई मतलव थिएन । रक्सीमा मस्त भएर हात समाउदै, जानी जानी जीउको स्पर्श गर्दै उनीहरु नाचिरहेका थिए ।

त्यत्तिकैमा एकजोडी केटा र केटी झाडी पछाडीबाट फुत्त निस्क्यो । ती दुवैले लगाएका कपडाहरु ठाँउमा थिएनन, कपाल उडेका देखिन्थे, त्यो दृश्यलाई उनीहरु बीचको सम्बन्धलाई प्रष्टसंग बताई रहेको थियो । ती दुबैलाई सवैले जिस्काउन थाले, तर उनीहरुलाई यसको केही मतलब थिएन । उनीहरुले त्यही गरेकाथिए जुन आदम र ईभले हजारौं वर्ष अगाडि गरेका थिए । उनीहरुको बुझाईमा प्रेम भएपछि यो सबै कुरा गर्न पाउनु आफ्नो अधिकार नै हो । पहिलो पल्ट जीवनमा यस्तो स्वच्छन्दतालाई आँखा अगाडि हेर्न पाउंदा उ ताज्जुबमा परेको थियो । अनिकेतकि श्रीमतीले पनि आँखामा चरम उत्सुकताको भाव ल्याएर यसरी हेरि रहेकि थिईन जसरी कसैले कुनै हरर फिल्म हेर्छ । अनिकेतलाई श्रीमतीको अगाडि लाज लागेर आयो, आफ्नो पछाडि श्रीमानले पनि यही गर्दा हुन कि ? भन्ने शँका श्रीमतीको मनमा उठ्न के बेर ?

अनिकेतले बुझ्यो यहाँ जे गरे पनि चल्दो रहेछ, यो विदेशी बैंक नामले मात्र होईन काम र ब्यवहारले पनि विदेशी नै भएको, यहाँको कल्चरलाई नबुझको वा बुझेर पनि छाडापन लाद्न खोजेको जस्तो देखिन्थ्यो । खल्तिमा टन्न पैसा भएपछि, कुनैप्रकारको चिन्ता र दुख नभएपछि मानिसहरु यसरी नै बरालिने रहेछन् । बैंकमा केटा र केटी बीच बैंकमा चेक साटेर पैसा लिएजस्तो भौतिक माया साटासाट भईरहेको थियो । जेसुकै गरे पनि अफिसका हाकिम, साथीहरु, सिनियर, जुनियर कसैलाई बवाल मतलव थिएन । त्यहाँ स्वच्छन्दता र स्वतन्त्रताले सीमा नाघिसकेको थियो । आफ्नो जीवन आफ्नो तरिकाले बाच्न पाउँनुपर्छ भन्ने उपभोगवादी तर्कले गाँजेको थियो सबैलाई । तर अनिकेतलाई यी सवै कुराहरुसंग आफुलाई एकाकार गर्न गारहो भईरहेको छ । यस्ता दृश्यहरुलाई पचाउने स्विकृति उसले आत्माले उसलाई दिरहेको छैन । आखिर अनिकेत पनि मान्छे हो, यस्ता दृश्यहरु ह्ेर्ने बानी परेपछि स्वत समय अनुसार आफुलाई ढाल्ने नै छ ।

यो बैकँमा सबै एक अर्कालाई तिमी भनेर बोलाउंछन्, विदेशी बैंक भएकोले अग्रेंजीमा टयाँउ, टयाँउ गर्ने यी बैंकका स्टाफहरु अग्रेंजीको यू लाई नेपालीमा ढालेर त्यसै गरेर सबैलाई सम्बोधन गर्छन । अनिलले यो भन्दा पहिले काम गरेको सरकारी अफिसमा कसैलाई पनि तिमी भनेर बोलाउंथेन, त्यहाँ उ कनिष्ठ कर्मचारी भएकोले पनि कसैलाई पनि तिमी भने बोलाउनु हरुलाई अपमान गरया झैं हुन्थयो । कलेजमा पनि मिल्ने साथीहरुलाई मात्र उसले तिमी भनेर बोलाउने गर्दथ्यो । तर, अव यो विदेशी बैंकले सिकाएको धेरै कुरा मध्ये अरुलाई तिमी भनेर सम्बोधन गर्नु पनि हो । अनिकेतलाई पनि बैंकमा सवैले तिमी भनेर वोलाउँछन । उसले पनि सवैलाई तिमी नै भनेर वोलाउँछ । यो विदेशी बैंक नै तिमीमय भएको छ ।

बैंकमा अनिकेतको अर्को मिल्ने साथी हो द्रवित । द्रवित अविवाहित केटो हो, नाम अनुसार नै उ केटीहरुको दुखबाट छिटै पग्लिन्छ । द्रवित समय अनुसार चलाख पनि छ, काममा तेज छ उसलाई कसरी के भनेर केटीलाई रिझाउनु पर्छ राम्रोसंग थाहा छ । केतीसंग अत्यन्त नरम ब्यवहार गर्ने द्रवितको ब्यवहार अरुसंग भने अत्यन्तै खरो छ । त्यही भएर उसलाई सवैले मन पराउदैनन्, केटीहरु उ प्रति हुरुक्क छन तर बाँकी अन्यलाई उसको खरो ब्यवहार अख्रिने गरेको छ । द्रवित काठमाण्डु मै जन्मे हुर्केको केटो हो, उ खरो छ तर जे बोल्दछ एकदमै सही बोल्दछ । साँचो बोल्ने लाई कमैले मात्र मन पराउँछन, अनिकेत र दवितले यो बैंकमा सँगसँगै काम शुरु गरेका हुन । दुवैको धेरैजसो कुरा मिल्छ । लञ्च पनि उनीहरु संगसँगै खान्छन् । द्रवितका वुवा सरकारी हाकिम हुन्, उसको घरमा कुनै कुराको अभाव छैन सम्पन्नतामा हुर्केको दवितलाई पैसाको मोल थाहा छैन् । उसलाई वुवाले बाईक किनेर दिएका छन्, उ बाईकमा गर्लफ्रेन्डलाई राखेर काठमाण्डुका सबै चोक र गल्ली घमाई सकेको छ । द्रवितले जिन्दगीको भरपूर मजा लिएको छ ।

बैंकमा एउटी नयाँ केटीले काम गर्न सुरु गरेकि छ । विशाखा नाम गरेकि ती केटी काली भएपनि राम्री र हिस्सी परेकिछन् । विशाखाको सवैलाई मोहित पार्न सक्ने रुप र जिउडाल छ । लामो कपाल, एकहोरो शरीर, सुन्दर अनुहार । त्यसमाथि सुनमा सगन्ध जस्तो मिठो वोलिचाली । उनको आवाज अत्यन्तै मिठो छ, सुनिरहुं जस्तो । विशाखा बैंकमा काम गर्न आएको केही दिनमै द्रवितसंग उनको मित्रता झाँगिसकेको छ । द्रवित विशाखालाई मन पराउँथ्यो भने विशाखा पनि उ भनेपछि भुतुक्कै हुन्थि । जीवनमा कसरी बाँच्ने यसलाई कुन दिशातर्फ लग्ने कुरामा दुवैको बिचार मिल्थ्यो । उनीहरु दुबै निकै चतुर भएकाले एकअर्कालाई आफ्नो स्वार्थकालाथि प्रयोग गरी रहन्थे । उनीहरुको सम्बँध नजिकबाट झन अत्यन्त नजिकमा बदलिएको थियो ।

विशाखा किर्तिपुरमा आफ्नी दिदीसंग त्रिभुवन विश्वविद्यालयको होस्टलमा बस्थिन । अफिसको गाडीले विशाखालाई ल्याउने पु¥याउने गर्ने भएता पनि द्रवित विशाखालाई लिन हरेक दिन किर्तिपुर पुग्थ्यो । विशाखाालाई आफैले ल्याउने र पु¥याउने अघोषित डयूटी आफैले रोजेको थियो उसले । विशाखा पनि उसको यो अघोषित डयूटीबाट सारहै खुशी भएकि थिई । विशाखाको सपिङ जाने रहर द्रवितले समय, समयमा पूरा गरिदिन्थ्यो । अनिकेतसंग एक्लै भएको बेला द्रवित शानले ‘भन्थ्यो विशाखा तनमनले सम्पूर्ण रुपमा मेरी भइसकेकी छ ।’ उनीहरु मानसिक रुपमा मात्र नभएर शारीरिक रुपमा पनि अत्यन्त नजिक आइसकेका थिए, अब उनीहरुको बीचमा झिनो पर्दा पनि बाँकी थिएन । अफिसको कामको सिलसिलमा मुम्वई गएको बेला पनि द्रवित अनिकेतलाई फोन गरेर विशाखाको हालखवर सोध्ने गर्दथ्थ्यो, उ विशाखा बिना जीवनको कल्पना पनि गर्न चाहन्थेन ।

विशाखाले द्रवितलाई मुम्बई फोन गरेर आफू उ बाट प्रैगनेन्ट भएको बताएकी थिई । अनेक जतन र प्रिकशन लिदां पनि विशाखा प्रैगनेन्ट भएकोमा उ खिन्न थियो । यो कुरा थाहा पाएर उसलाई के गर्नु र कसो गर्नु भएपनि उसले आफ्नो मनको त्यो भाव विशाखामा जाहेर गरेन र भन्यो ‘केही छैन, म फर्केपछि यो समस्याको हल निकालुंला, अहिलेलाई तिमी यो कुराको चिन्ता नगर्नु । ’ तर काठमाण्डु फर्केपछि उसले फेरी यस्तो कुरा दोहोरयाएर कहिल्यै सुन्नु परेन । सायद विशाखाले तर्साउनको लागि उसलाई झुटो भनेकी थिई । द्रवित काठमाण्डु फर्के पछि दुबैको कुरा मिलेन, खटपट शुरु भयो उनीहरुको बीचमा । दुवैको बीच अब प्रेमालापको साटो अब झगडाको आलाप बज्न थाल्यो । दुबैको मिलेको सुर एक्कासी बेसुर र कर्कश सुनिन थाल्यो ।

द्रवित र विशाखा बीचको सम्वन्ध संधैकालागि नजुट्ने गरी टुट्यो । वुवाआमाले खोजिदिएको एउटी राम्री केटीसँग द्रवितले विवाह गरयो । उता विशाखाले भने आफ्नै दिदीको व्वाईफ्रेण्डलाई जालमा पारी र पछि उसैसंग विवाह पनि गरी । अब दुबै आआफ्नो श्रीमान र श्रीमतीसँग खुशी साथ जीवन बिताउन शुरु गरेकाछन । विवाह गरेर पनि द्रवितको चालचलनमा कुनै परिवर्तन आउन सकेको छैन उ अहिलेपनि कुनै सुन्दर अनुहार बैंकमा प्रवेश गर्दा त्यसलाई कसरी हात पार्ने यो सोच्नमा नै तल्लीन हुन थाल्थ्यो । उ बैंकको काममा अब्बल थियो, दिएको काम ईमानदारी र लगनले गर्दथ्यो, काममा खोट लगाउने कुनै ठाउँ थिएन । तर अन्य केटीहरु संगको सम्वन्धको वारेमा उ धेरै नै उदार थियो, यति उदार थियो उ केटीहरुप्रति कि कहिलेकाँही अचम्भ लाग्दथ्यो उ नेपाल जस्तो देशमै जन्मेको हो भन्नेमा । द्रवितमा प्रेम वा शरीरको भोक चाहिनेभन्दा बढी हुनुमा हार्मोनहरुको गडबडीलेले काम गरेको जस्तो देखिन्छ । अनिकेत कहिलेकाँही उसलाई जिस्किदैं भन्थ्यो ‘तिमीमा केटीहरुको भोक जिन्सबाट आएको हो कि, ईस्ट्रोजन हार्मोनको प्रभाव बढी हो, एकपल्ट तिमी पुरुष हार्मोनको स्तर चेक गराउन साथी । ’

विवाह गरेको केही समय पछि नै आयात निर्यातको व्यवसाय गर्ने ठूलो योजना बनाएर द्रवितले बैंकबाट बिदाबारी लियो । द्रवित गएपछि अनिकेतलाई केहीदिन शून्य लाग्यो, बैंकमा उसको एकमात्र मिल्ने साथीे द्रवित मात्र थियो । अनिकेतको अफिसमा जिम्मेवारी निक्कै बढी सकेको छ । बढेको जिम्मेवारी अफिस आवरमा पूरा गर्न नसक्ने भएको छ अनिकेत त्यसैले उसले बैंकका अन्य स्टाफहरुलाई शनिवार पनि बचेको काम पूरा गर्न बैंक आउन आग्रह ग¥यो । यी बैंकहरुमा आफ्नो काम सिध्याउनको लागि विदाको दिन भनिन्दैन, दिएको समयमा काम पूरा हुनुपर्छ बीचमा बिदा परयो भन्दैमा काम अधुरो राख्न पाईन्न । शनिबारको दिन पनि काम गरेर बेलामा सकाउने योजना अनुसार तीनै जना साथीहरुले बैंक आएर काम गरे । यसरी शनिबार या बिदाको दिन पनि बैंक आएर काम गर्दा ओभर टाईम गरे वापतको भत्ता पाईने व्यवस्था कहिलेकाँही मात्र गरिएको हुन्छ । एउटा सहुलियत यति मात्र हुन्छ कि अफिसको खर्चमा खाजा खान पाइन्छ ।

त्यो शनिवार बचेको काम गर्न बैंक आउँदा उनीहरुले अफिस अगाडिएको एउटा होटलबाट रोटी, तरकारी र चिकेन करी मगाएर स्वाद मानी मानी टन्न खाएका थिए । त्यो मिठो खाजा तीन जनाले खाएको तीन सयको विल बनेर आएको थियो । भोलिपल्ट अनिकेत विल लिएर हाकीमको कोठामा डराई डराई गयो । ‘हाकिमले के भन्ने हुन किन यती महँगो खाजा खाएको भन्दै गाली पो गर्ने हुन कि ?’ उसले मनमा अनेकथरी कुरा खेलाई रहयो । विल पास गर्ने हाकीम वङ्गाली थिए । उनी धेरै वर्ष विदेशमा काम गरेर केही वर्षका लागि मात्र नेपालको त्यो बैंकमा आएका थिए । ती बगाँली हाकिम धेरै अनुभवी, शान्त र कम वोल्ने स्वभावका थिए । अनिकेतले पेश गरेको विल हाकिमले हेरे पछि उसलाई मायाले हपार्दै भने किन त्यस्तो सामान्य होटलवाट खाजा ल्याएर खाएको ? त्यहीं नजिकै एभरेष्ट होटल छ त्यही गएर खाएको भए हुन्नथ्यो ? आफ्नो इज्जत पनि मेन्टेन गर्न नसक्नेले बैंक वा आफु काम गर्ने सस्थाको इज्जत कसरी राख्न सक्छ भन त ?’

अनिकेत जिल्ल प¥यो, कहाँ उसले हाकिमले यति महँगो खाजा खाएकोमा गाली गर्लान भन्ने थियो । तर भयो उल्टै हाकिमले त झन ‘महँगो फाईभ स्टार होटलमा गएर किन नखाएको भनेर गाली गर्छ बा ।’ उसलाई हाकिमको कुरा सुने पछि रुं कि हाँसु जस्तो भयो । ‘ यो बगाँली हाकिम त गजब कै रहेछ, खुस्केको भन्नु कि के भन्नु खोई ।’ उसले हाकिमको केविन बाहिर आएर हाकिमले भनेको कुरा साथीहरुलाई सुनायो । हाकिमको गाली खाए पनि आज उसलाई खुशी पनि लागि रहेको थियो । उसले मनमनै सोच्यो काम भनेको यस्तो ठाँउमा पो गर्नु । उसले यो बैंकमा काम गर्न पाउनुलाई आफ्नो ठूलो भाग्य ठान्यो । हाकिमको गाली र यो घटनाले उसलाई काम गर्न थप उर्जा र प्रेरणा मिलेको जस्तो महसुस भयो ।

द्रवितले काम छोडेर गएपछि उसको बैंकमा वीरगंजबाट सरुवा भएर आएको श्लोकले द्रवितको काम सम्हाल्ने भएको छ । करिब ३२ वर्षको श्लोक मिश्रमा द्रवित कै रगँढगँ देख्छ अनिकेत । नाम श्लोक भएपनि संस्कृतको श्लोकसंग उसको कुनै टाढाको पनि साइनो छैन । अनुहार राम्रो तर बानीबेहोरा र पढाईमा साधारण श्लोकले दिल्लीबाट बल्ल तल्ल एमबिए गर्न भ्याएको छ । अनिकेतले श्लोकको बारेमा केही यस्तो कुरा थाहा पाएको छ, जसलेगर्दा उसंग अलि परै बस्न चाहन्छ । ठूलठूलो गफ दिने र काम भन्दा कुरा बढी गर्ने श्लोकले वीरगंजबाट बदनामीको ठूलै पोको बोकेर ल्याएको अनिकेतलाई राम्रोसंग थाहा भईसकेको छ । वीरगंज भन्दा पहिले श्लोक भैरहवा ब्रान्चमा कार्यरत थियो । श्लोकको खुबी हो मिठो र चापलुसीपूर्ण कुरा गरेर सबैको मन जित्ने । तर अनिकेतलाई यस्ता बेफँ्वाकका कुरा गर्न आउंदैन ।

श्लोकको जीवनको मूलमन्त्र हो ‘ यूज एण्ड थ्रो’, यूज गरेपछि उ कसैलाई फर्केर हेर्दैन । उसको बुवा सिताराम मिश्र सरकारी जागिरबाट भर्खरै रिटायर भएका हुन । जीवनभरि आफ्ना लगँौटिया साथी जो पछि मन्त्री पनि भएका थिए तिनको जीहजुरी र पिए भएर काम गरे । पछि उमेर ढल्केपछि उनलाई तिनै साथीले जीहजुरीको प्रसाद स्वरुप भैरहवा भन्सारको प्रमुख बनाएर त्यहाँ खुब चलखेल गर्न दिए । त्यहाँ कमाएको पैसाले उनले काठमाण्डको घट्टेकुलोमा शानदार घर बनाएका छन् । महोत्तरी जिल्लाको धबौलीमा जन्मेको श्लोकको त्यहाँ पुखर््यौली घर छ, उ आफु जमिन्दार परिवारको भएको कुरा कसैले नसोधेपनि बताउंदै हिंडछ । जनकपुरमा पनि घर भएको श्लोकको मामाघर भारतको सीतामढी मा पर्दछ । उसको मामाघरमा मान्छे मार्नु वा गाड्नु एकदमै साधारण भएको उसले पटक पटक बताउंदै आएको छ । कसैले आफुलाई बर्बाद पार्न खोजे त्यहाँबाट भाडाको मान्छे ल्याएर मार्न लगाउने र लाश पनि बेपत्ता पार्नसक्ने आफ्नो पावरको उ जहाँतँही बखान गर्दै हिँडछ । मामाघर भारठको प्रसिद्ध डाकु परिवारसंग समबन्धित भएकोले उसलाई यो सबै बखान गर्न सजिलो भएको हो । श्लोकको मामा घरमा दिन दहाडे मान्छे मारिन्थे ।

श्लोककि आमा भारतीय मूलकी भएकीले बुुवालाई नेपालमा भ्रष्टाचार गरेर कमाएको पैसा भारतमा जम्मा गर्न सजिलो भएको छ । उनले विभिन्न मन्त्रालय र विभागमा भ्रष्टाचार गरेर कमाएको पैसाले श्रीमतीको नाममा नया दिल्लीमा घर नै किनेर राखेकाछन् । भैरहवा भन्सारको प्रमख भएर फर्केपछि केही महिना उनी अर्थ मन्त्रालयमा नै बसेका थिए । पछि उनलाई फेरि वीरगञ्जमा कर कार्यालयको हाकिम बनाएर पठाइयो । त्यहाँ छोटो अवधिको बसाई मै श्लोकका बुवाले टन्न कमाएर फर्के । उसको बुवा चलाख छन् त्यसैले आफुले अनियमितता गरेर कमाएको पैसा आफ्नो बैंक खातामा नराखेर श्लोकको खातामा राख्छन् । कर कार्यालयमा हाकिम भएर टन्न पैसा कमाईसकेका श्लोकका बुवालाई भूमिगत संगठनहरुबाट धम्कि आउन थालेपछि उनले त्यहाँ बाट कूलेलम ठोके । सबैभन्दा छोटो प्रमुख कर अधिकतको कार्यकाल बिताएर श्लोकका बुवाले वीरगञ्जबाट रातारात विदा लिएका थिए । अब उनको पनि बारेमा अख्तियारले अनिमितता गरेको आरोपमा छानबिन गर्ने भएको छ ।

सरकारी कामले कोरिया जान ठीक परेका बेला उड्ने दिन उमेरको झुटो विवरण दिएको र उनको असली उमेर अनुसार सेवानिवृत भईसक्नुपर्ने भएको जनाउंदै जागिरबाट उनलाई राजिनामा दिन बाध्य पारियो । श्लोकलाई आफ्नो बुवाको सबै कमजोरी र राम्रो पक्षको बारेमा थाहा छ, तर बुवालाई छोराको सबैभन्दा ठूलो कमजोरी ‘केटी’ हो भन्ने सामान्य कुरा पनि कहिल्यै थाहा भएन ।

अनिकेतले केही दिनमै थाहा पाईसकेको छ श्लोक एउटा घमण्डी युवक हो, उ आफुलाई जति योग्य र ज्ञानी अरु कसैलाई मान्दैन, बैंकका पुरुष कर्मचारीभन्दा महिला कर्मचारीसंग उसको हिमचिम बढी छ । आफुलाई हरेक ज्ञानले परिपूर्ण ठान्ने खाईलाग्दो जिउडालको श्लोकलाई आफ्नो सुन्दर अनुहारको पनि त्यतिकै घमण्ड छ । वीरगंजको एउटा साथी मार्फत अनिकेतले श्लोकको जीवनको हिस्ट्री र ज्योग्राफी राम्ररी थाहा पाईसकेको छ । अनिकेतलाई थाहा भईसकेको छ, उसको जपना तपना नै केटी हुन् भन्ने । उ केटीलाई लट्टु झैं घुमाउनमा खप्पिस छ,केही अप्ठ्यारो पर्दा आफ्नो सम्पर्कमा आउने महिलालाई उ सहयोग गरेजस्तो गर्छ । अनि त्यो सहयोगको बदलामा उसले ती महिलालाई जसरी यूूज गर्छ र उनीहरुबाट जे लिन्छ त्यो ती महिलाहरुलाई पछि होसमा आएपछि मात्र मैले के गुमाए भन्ने थाहा हुुन्छ । उ हरेक रिलेशनलाई भजाउन खप्पिस छ, जहाँ पनि आफ्नो भनसुन र सोर्सलाई यूज गरेर उ आफ्नो काम निकाल्छ । उसमा कन्भिन्सिगँ पावर पनि गजबको छ ।

‘श्लोक जस्तो युवकलाई कुनै केटीसंग प्रेम हुनै सक्दैन’ उसलाई नजिकबाट चिन्नेहरु दावि गरेर भन्छन् । उसको सिद्धान्तै छ, भेटिएका सबै केटीसंग मोजमजा गर्ने तर बिहा घरका मान्छेले खोजेको राम्री र शुसिल केटीसंग मात्र गर्ने । केटीलाई होटलमा घुमाउने र आफ्नो डेरामा ल्याएर सुताउने काममा श्लोकले पिएचडी नै गरिसकेको छ । भैरहवामा डेढवर्ष काम गरिसकेपछि बैंकले श्लोकलाई वीरगंज शाखामा सरुवा गरेको थियो । वीरगंज को दुई वर्षे बसाईमा श्लोकले जीवनका सबै मस्ती र सुखसयल त्यहाँ भोग्यो । त्यहाँ उ हप्तामा ६ दिन टन्न काम गर्थयो, सातौ दिन अर्थात शनिबार भने उसको डेरामा केटीहरुको लर्को लाग्थ्यो । तर उसले डेरामा ल्याउने खाते केटीहरु देख्दा लाग्थ्यो उसको ‘टेस्ट’ कति खराब छ ?

डेरामा केटी आउनुभन्दा पहिलो श्लोक आफ्नो कोठालाई सफा र चिटिक्क पारेर राख्थ्यो, उ बजारबाट ती केटीहरुलाई मनपर्ने खानेकुरा पहिले नै ल्याएर राख्थ्यो । जब शनिबार दिउसो केटीको प्रवेश उसको कोठामा हुन्थ्यो त्यसपछि त्यहाँ भित्र रियल र डर्टी पिक्चरको मन्चन हुन्थ्यो । साँझमा जब ती आएकि केटी उसलाई तृप्त पार्थे र फर्किने बेलामा बाइकमा उ आफैले उनीहरुलाई घर सम्म पुरयाई दिन्थ्यो , दिनभरि केटीसंग उसले टन्न शरीरको भोक मेटथ्योे साझँ उसको पेटलाई पनि दिनभरिको ठूलो परिश्रमपछि निक्कै भोक लागेर आउँथ्यो । मम भनेपछि श्लोक मरिहत्ते गदर्छ, त्यसैले शनिबार साँझको उसको खाना भनेकै मम र वियर हो । राति फिट भएर डेरामा फर्केपछि उ निलो चलचित्र हेर्छ, ईन्टरनेटमा छाडा महिलासंग च्याट गर्नु र त्यस्तै खाले भिडियो हेर्नु श्लोकको रात्रीकालिन क्रियाकलाप हो ।

उसले नेटमा च्याट पनि केटीसंगै गर्छ, उसलाई आउने फोन वा एसएमएस र उसले गर्ने फोन र एसएमएस पनि केटी कै हुन्छ । ‘तँ त साह्ै बिग्रिस नि यार’ साथीहरुले जिस्काउंदा उ फिस्स हाँस्छ । बैंकका साथीहरु उसलाई गिज्याउंदै भन्छन् ‘धेरै केटीको पछि लाग्दा लाग्दै तँ आफै केटी जस्तो देखिन थालिस नि गाँठे ।’ उसको डेरामा पनि अधिकार जमाउने केटीमात्रै हुन्, उ केटाहरुसंग तर्किदै हिडँछ । उसलाई केटीको अनुहार क्लास र चरित्रसंग कुनै लेनादेना छैन । उसलाई मात्र ती केटीहरुसंग आफ्नो तिर्खा मेटनु छ । श्लोकलाई कुनैपनि कुरा गलत र नाजायज लाग्दैन, उसको जीवनको मूलमन्त्र हो ‘ बाई हुक, बाई कु्रक’ । उ साथीहरुमाझ जहिलेपनि दारहा किटेर भन्ने गर्दछ ‘बाई हुक र बाई क्रुक म आफुले चाहेको कुरा पाएरै छाडछु ।’

अहिले उसको चक्कर देशको अग्र स्थानमा रहेको अर्को विदेशी बैंकमा काम गर्ने दिप्तीसंग छ । दिप्ती त्यस्ती केटी हो जसको कुनै क्लास छैन, एकचोटी देखेपछि फर्केर फेरि हेर्न मन नलाग्ने अत्यन्त साधारण नाकनक्श र कालो वर्णकि दिप्ती आफ्नो सामुन्ने बसेकालाई कुरामा लठ्ठयाउन खप्पिस छ । विभिन्न ब्यापारी र बैंकरहरुको ओछयान तातो पारिसकेकी दिप्तीले आफ्नो त्यही शरीरलाई भजाएर त्यो विदेशी बैंकमा काम पाउन सफल भएकि त्यहाँका स्टाफहरु आपसमा कानेखुशी गर्दछन् । आर्थिक अवस्था अत्यन्त कमजोर भएकि दिप्तीकि आमा रोगी छन्, बुवा सानैमा मरिसके, चार दिदीबहिनीमा उ जेठी हो ।

घरको सबै जिम्मेवारी दिप्तीको काँधमा छ, एसएलसी पछि नै घरको नाजुुक अवस्थाका कारण जागिर गर्न लागेकि दिप्तीको खुट्टा घर बाहिर निस्केपछि ठेगानमा कहिल्यै परेन । आफ्नो घरायसी दुख र समस्यालाई मिठो भाषामा प्रस्तुत गरेर अरुको सहानुभुति बटुल्न दिप्तीलाई राम्रोसंग आउंछ । उसले श्लोकलाई पनि आफ्नो यही जादुले मुठठीमा पारेकि छ । श्लोक भन्दा पहिले उसको चक्कर ६ वर्षसम्म एउटा ईन्जिनियरसंग थियो । उसको त्यो पूर्वप्रेमीले उसको चालमाल थाहा पाएर पछि अर्कै केटीसंग बिहा गरयो । आफ्नो प्रेमीबाट पाएको धोखालाई पनि आफ्नो हतियार बनाएर श्लोक संग सहानुुभुति बटुल्न दिप्ती सफल भएकि छ । श्लोक उसको घरमा निर्वाध जान्छ, आउंछ, खान्छ । दुबै कहिले शपिगँकालागि रक्सौल जान्छन् कहिलेकाँही कुनै रेष्टरेण्टमा बसेर दुबैले जीवनको आनन्दको चुस्की मार्छन ।

दिप्तीको हरेक घरेलु समस्यामा श्लोकले मद्धत गर्छ अनि त्यसको बदलामा दिप्ती श्लोकको डेरामा आएर उसलाई तृप्त पार्छे । दिप्तीकि आमा र बहिनीहरुलाई यी दुई बीच पाकिरहेको खिचडीको बारेमा थाहा छैन, साथीकहाँ जाने वा ल्यापटप बनाउने र बैंकको बारेमा केही सोध्ने बहानामा दिप्ती सुटुक्क श्लोकको डेरामा आई रहन्छे अनि त्यसपछि उनीहरुबीच ‘डर्टी पिक्चर’ शुरु हुन्छ । दिप्ती २८ वर्षकि एमविएस सम्म पढेकी युवती हो, उसले आफनी आमालाई धोखामा राखेकि छ, उ साँझ अफिसबाट फर्किदा टयूसन पढेर अबेर घर फर्किन्छु भनेर आमालाई भन्छे , तर उ कुनै सर कहाँ टयूसन नपढेर आफ्नो ब्वायफ्रेण्डलाई रेष्टरेण्टमा ‘डर्टी पिक्चर ’ को टयूसन पढाउंछे । राम्रो घरपरिवारका कोहीपनि केटी वा केटा दिप्तीको साथी बन्न र उसंग हेलमेल गर्न चाहंदैनन् । मधेशीमूलकि दिप्तीको यही आनिवानी ले गर्दा बिहा हुनसकेको छैन । तर श्लोकले दिप्तीमा त्यस्तो के देखेको छ ? उनीहरुलाई बाईकमा संगै घुमेको देख्ने साथीभाइ र छरछिमेक ताज्जुब भएर जिब्रो टोक्छन् । उनीहरु श्लोक र दिप्तीको प्रेमलीलाको बारेमा टिप्पणी गर्दै ‘दिल लगी दिवार से तो परी क्या चिज है’ जस्तो हिन्दी गीत गाएर पनि कहिँलेकाँही आपसमा मनोरन्जन गर्छन् ।

दिप्तीको बैंक श्लोकको भन्दा वरियता क्रममा ठूलो हो, उसको बैंक निजि क्षेत्रबाट खोलिएको अन्तराष्ट्रिय मान्यता पाएको प्रतिष्ठित बैंक हो । आफ्ना नजिक रहेका उधोगी ब्यवसायीहरु संगको गहिरो हिमचिमबाट दिप्तिीले यो बैंकमा जागिर पाउन सफ लभएकि हो । त्यही भएर पनि कता, कता श्लोकलाई उ संग ईष्र्या पनि हुने गर्दछ । उसले दिप्तीसंग गहिरो सांठगाँठ राखेको कारण पनि यही हो, अत्यन्त साधारण रगँरुपकि भएर पनि श्लोकको प्रियपात्र बनेकि छ । श्लोक उसलाई कुरा मा लठ्याएर र मद्धत गरेर दिप्तीको बैंकका कुरा मोबाईलबाट गरिने कुराकानीमा फुत्काउने कोशि श गर्दछ । दिप्ती बैंकको कारोबार, ग्राहक संख्या बैकिगँ रणनिति के कस्तो छ जान्ने कोशिशमा उसंग लामो लामो गफ गर्नमा खर्चिन्छ । दिप्तीलाई थाहा आफ्नो बंैकको गोप्य जानकारी अन्य बैंकको कर्मचारीलाई दिनु हुन्न भन्ने, भलै त्यो व्यक्ति उसको अत्यन्त निकटको वा प्रेमी नै किन नहोस् । उ बाठी छे, त्यसैले जति नै श्लोकको प्रेममा र्चुलुम्म डुबेको भएपनि सकेसम्म हाँसेर र कुरा अन्तै घुमाउंछे तर आफ्नो बैंकको रणनिति बताउंदिन ।

बैंकको जागिरले दिप्तीको जीवनशैली नै फेरिएको छ । आर्थिक अवस्था कमजोर भएको कारणले पहिला बस चढ्न पनि गारहो हुने उ अहिले बैंकको कामले वा व्यक्तिगत कामले काठमाण्डु जांदा आउंदा उ अब प्लेन मात्र चढ्छे । पहिला एकदमै साधारण लुगा लगाउने उ अब स्टाईलिस्ट लुगा फेरि फेरि लगाउंछे । साथै महँगो हिल भएको जुत्ता लगाउनुको साथै महँगो र बडेमाको ब्याग बोकेर कपटी आँखालाई झपक्क गगल्सले छोपेर हिंड्न थालेकि छे । उसको विगतलाई जान्नेहरु उसको रवाफ देखेर चकित हुन्छन् ।उ संग बाटोमा संगै कोही हिडंयो भने त्यो मान्छेको चरित्रमाथि पनि औंला उठाउन थाल्छन उसका परिचितहरु । सकेसम्म साथै हिडंने त्यो महिला वा पुरुषलाई चिनेका रहेछन् भने तिनले उसको चरित्रको नालीबेली वर्णन गरेर आईन्दा साथै नहिडंन सल्लाह दिन्छन । देश कै एक ठूला ब्यापारीसंग आधिरातको समयमा आपत्तिजनक अवस्थामा भेटिएकि दिप्तीको रँगिन कहानीले शहरको चोक र बजार छाएको छ । आफ्नो चरित्रको नालीबेली सबैलाई थाहा भई सक्दा पनि उ अर्काको अगाडि यति चोखो र अवोध बन्दछे कि शहरमा आएको नया अपरिचित मान्छे साँच्ची कै उसलाई शुसिल कन्या नै होली भन्ने भ्रममा बस्दछ । दिप्तीको आगामि दिनको एउटा सपना हो बैंकको जुन ब्राञ्चमा काम गरिरहेकि छ त्यहाँको म्यानेजर बन्ने र आफ्नै कार चलाएर शानले हिंड्रने । त्यही भएर उसले अहिले सम्म पैसा भएर पनि स्कुटी किनेकि छैन । उ त्यो शहरमा जहाँ उ एक एक दाना अन्नकोलागि तर्सेकि थिइ, त्यो शहरको छातीमा आफ्नो ईच्छा र आकाँक्षाको कार कुदाएरै छाड्ने प्रण गरेकि छ दिप्तीले ।

स्कुल कलेजले पढाई सकेर विधार्थीले त्यहाँबाट आफ्नो योग्यताको सर्टिफिकेट लिदां चरित्रको प्रमाणपत्र पनि दिने गर्दछ । सो प्रमाण पत्रलाई आधार बनाएर नै कुनै पनि सरकारी वा निजि संस्थानले कसैलाई जागिर दिन्छ । तर दिनानुदिन बढ्दो फैशनको लहड र आधुनिकताले मानिसलाई गाँज्दै लगेको छ । अब चरित्र भनेको के हो र यसलाई कसरी जोगाउनु वा बनाउनु पर्छ भन्ने कुरा रामायण भित्र नै समेटिएर रहन थालेको आभास समाजमा सबैलाई भईरहेको छ । आर्थिक क्षेत्रमा आएको उदारवादको लहरले मान्छेको शरीर र विचारलाई पनि उदार बनाउंदै लगेको छ । बिहान बैंकको एउटा कर्मचारीसंग बाईकमा नारिएर आउने युवती दिउसो लञ्च अर्कैसंग खान्छे भने साझं बैंकबाट घर अर्कै युवकसंग फर्किन्छे, विदाको दिन सिनेमा हेर्न वा रेष्टुरेण्टमा खाना खान वा पब र डिस्कोमा चौथो वा पाँच नम्बरको ब्वायफ्रेण्डलाई लगिरहेकि हुन्छे । घरमा पति वा पत्नी बाटो कुरेर बसि रहेकाछन् बाहिर उसकै जोडी कुन होटलमा कसको अगाँलोमा बाँधिएर आफ्नो वर्तमानलाई धोखा दिई राखेका हुन्छन् थाहा हुदैंन । अझ वाईन र रमको नशामा मात्तिएका छन् भने जीउको लुगाको पनि होश हुन्न । कस लाई भन्ने के भन्ने सबै त्यस्तै छन् यो माहौलमा मदमस्त भएर निस फिक्रीका साथ नाचिरहेका छन् । हात्तीको देखाउने एउटा र खाने अर्कै दाँत जस्तो भएको छ, यी बैंकरहरुको जीवन ।

श्लोकको बैंक मै काम गर्छिन आहना, उनको बैंकको कामले घरमा चुल्हो बल्छ । बाआमा वृद्ध, दिदी रोगग्रस्त घरमा आहनाको कमाई बाहेक आयको अरु कुनै साधन छैन । उसलाई आफ्नो घरको परिस्थिति राम्रो संग थाहा छ तर उ बाहिर नै मन डुलाउंछे, उसले पनि श्लोकलाई ताकेकि छे । उ आफ्नो दुखलाई बढाई चढाई बताएर श्लोकको काँधमा आफ्नो भारी बिसाउंछे र उ बाट मनग्गे सहानुभुति प्राप्त गर्छे । अब श्लोकले कसरी सुम्सूम्याउंछ वा सहारा दिन्छ त्यो त सबैलाई थाहै भएको कुरा हो । श्लोक खेलाडी हो, उसले खेल्न मात्र हैन जित्न पनि जानेको छ । उ पर्दा पछाडि बसेर नै नक्कली प्रेम र सक्कली वासनाको खेल खेल्छ, अहिले सम्म उ जित्दै आएको छ । शनिबार वा अन्य विदाको दिन आहना श्लोकको डेरामा जान्छे र आफ्नो मन बहलाउंछे । घरको टिभी बिग्रेर दुई दिनसम्म नचल्दा उ छटपटिन्छे र श्लोकको कोठामा आएर मस्तसंग सुतेर टिभी हेर्छे, यसमा श्लोकलाई कुनै आपति छैन, उ त चाहन्छ नै केटीहरु संधै आएर उसको ओछ्यान तताउन् । उ आहनालाई आफ्नो बाईकमा घुमाउन लग्छ घरसम्म छोड्न पनि जान्छ । आहनाका बाआमाले पाि श्लोकलाई राम्रोसंग चिनिसकेका छन् । चाडबाडमा आहनाकि आमा माया गरेर श्लोकलाई घरमा खान बोलाउंछिन् । त्यो बेला श्लोकलाई चिठ्ठै परया जस्तो हुन्छ । बैंकमा श्लोक भन्दा तल्लो पोष्टमा काम गर्ने आहना पनि अफिसमा आफ्नो सिनियर पदमा रहेको श्लोकलाई काम र मामले खुशी पार्न अग्रसर रहन्थि । आहनालाई घरको गर्जो टार्नु भन्दा आफ्नो फर्माइसी खर्च नै बढी आवश्यक लाग्दथ्यो । त्यही भएर घरको अरु जरुरी खर्चलाई लत्याएर उसले स्कुटी किनेकि थिई । त्यसो त उसलाई बाईकमा लिफ्ट दिने केटाहरुको कमी थिएन ।

दिप्तीको जातिमा यो उमेरसम्म बिहा भएर घरजम गरीसक्ने चलन छ, आफ्ना सबै साथीभाईको बिहा भईसकेर आफ्नो नहुँदा उ मनमनै कुडिन्छे तर केही गर्न सक्दिन । उसको बिहा नहुंदा बिहाको लाईनमा तयार खडा भईसकेका उसका अन्य बहिनीहरुको पनि बिहा हुनसकेको छैन । दिप्तीको अर्को एउटा साह्ै खराब बानी छ, त्यो हो अरुको कुरा यताउता गरेर झगडा लगाउने र आफु चोखो भएर बस्ने । श्लोकको पनि ठयाक्क दिप्तीको जस्तै अरुको कुरा सुन्ने, कुरा काट्ने र लगाउने बानी छ । ‘रामले मिलाउंछन् जोडी एक अन्धा एक कोढी’ भने जस्तै श्लोक र दिप्तीको जोडी ठयाक्क उनीहरुको समान स्वभावले गर्दा मिलेको छ । दुबैले आफ्नो परिवारको आँखामा छारो हालेकाछन् । बुवा वीरगंजमै सरुवा भएर आएपनि श्लोक बुवासंग बस्दैन, उसलाई आफ्नो डेरा र त्यहाँ गर्ने मस्ती नै प्यारो छ । श्लोक आफ्नो मायालाई मरिहत्ते गर्छ, उ भन्दा पाँच वर्ष कान्छो भाई विलोक मिश्र मणिपाल मेडिकल कलेज पोखरामा डाक्टरी पढ्दैछ । भाईको हरेक ईच्छा पूरा गर्न पाउंदा उ अत्यन्त खुशी हुन्छ । श्लोका बुवाले स्वास्थ्य मन्त्री भई सकेको अत्यन्त मिल्ने साथी जितेन्द्र निधि संग सोर्स लगाएर कान्छो छोरा विलोक लाई अत्यन्त कम शुल्कमा मेडिकल पढाउन सफल भएका छन् । श्लोकका बुवा बडो तिकडम बाज हुन्, उनी हरेक नेता, मन्त्री र सचिवको कमजोरी र नशा, नशा संग परिचित छन । त्यही भएर कान्छो छोरालाई डाक्टर बनाउने उनको धोको पूरा भएको छ । श्लोकका बाउ आमा दुबै जेठो छोरा भन्दा कान्छो छोरा लाइ अति माया गर्छन । जेठो छोरा श्लोकलाई जेठो भएकोले घरको सबै जिम्मेवारी उसैले सम्हाल्नु पर्ने र आफु भन्दा साना भाइ, बहिनीलाई माया गर्नु पर्ने ज्ञान र कर्तव्य घुट्टीमा पिलाई दिएका छन् । जसले गर्दा बाउ आमाको ज्ञानी छोरा बन्न र उनीहरुको आँखामा छारो हाल्नका लागि भए पनि उ भाइ लाई धेरै नै माया गर्दछ । पोखरामा मेडिकल पढी रहेको भाइले श्लोकलाई फोन गरेर विभिन्न वस्तु हरुको फरमाईश गरी रहन्छ । उ पनि आमा बाउलाई थाहा नदिएर कहिल्यै सामान त कहिल्यै भाइको बैंक एकाउण्टमा पैसा पठाई रहन्छ । भाइको स्टयाण्डर्ड हाई छ, उसको पोखरामा थुप्रै गर्ल फ्रैन्ड छन्, ती गर्लफ्रैण्ड हरुलाई खुशी पार्न र मोज मस्ती गर्नमा नै उसको पैसा झ्वाम्म हुने गर्दछ । कहिले काँही मोबाईलको रिचार्ज कार्ड किन्न पनि पैसा नभएर उ दाइ श्लोकलाई फोन गर्दछ । यता बाट श्लोकले रिचार्ज कार्ड किनेर त्यसको नम्बर एसएमएस गरेर भाइलाई पठाउंछ । कहिले काँही श्लोकलाई रिष उठ्छ, तर उ बाध्य छ बाउ आमाको अगाडि जाति भएर श्रवण कुमार जस्तो छोराको रुपमा कहलिन र आफ्नो सबै कमजोरीहरु, गर्लफ्रैण्ड र आफ्नो चरित्रको बारेमा लुकाउन ।

श्लोकको अर्को कमजोरी हो घरको खाना, संधै होटलमा खाएर दिक्क भएको उसलाई कसैले घरको खाना खान निम्ता दिए भनि उसलाई चिठ्ठा परे जस्तै हुन्छ । दिप्तीले पनि उसको यही कमजोरी थाहा पाईसकेकि छ । उ जहिलेपनि श्लोकको डेरामा आउंदा उसलाई सोधेर केही न केही मिठो कुरा पकाएर वा किनेर ल्याउंछे । दुबै एक अर्कामा आकण्ठ डुबेकाछन्, श्लोकले उसलाई आधारातसम्म फोन गर्छ त्यो पनि आफ्नो घरबेटीको ल्याण्डलाईनबाट चोरेर । घरबेटी सुतिसके पछि उ हररात दिप्तीलाई फोनमा प्रेमराग सुनाउंछ । घरबेटीको फोनको बीलले ५ हजारभन्दा बढी नाघेपछि कतै फोन लिक भईरहेको छ भन्ने घरमा सबैलाई शँका लाग्छ । लगातार ५ दिनसम्म घरबेटीले आफ्नो फोन रेकर्ड गर्न लगाएपछि बल्ल थाहा भयो,दिप्तीको फोनमा राति आधादेखि एक घण्टा सम्म श्लोक ले चोरेर संधै फोन गरेको रहस्य । अब घरबेटीको अगाडि दिप्ती र श्लोकको वास्तविकता उदाँगो भई सकेको छ । श्लोकको बुवा अचानक वीरगंजबाट काठमाण्ड फर्केपछि श्लोकलाई पनि फोनमा धम्कि आउन थाल्यो । उसको बारेमा खोजविन गर्दै नचिनेका मान्छेहरु डेरामा पनि आउन थाले । अनि उसले बुझ्यो, ‘वीरगंजमा उसको दानापानी अब संधैकालागि खत्तम भएछ ।’ त्यसपछि उ पनि रातारात काठमाण्डु पलायन भयो संधैकालागि ।

श्लोक र दिप्ती बीच आकर्षणको राजमार्गमा दौडिरहेको प्रेमकथामा अचानक ब्रेक लाग्यो, उसलाई दिप्तीसंग बिहा गर्न मन छ, तर फरक फरक जातिका भएकोले आफ्नो आमाबुवा केही गरी पनि नमान्ने पनि श्लोकलाई राम्ररी थाहा छ । बुवाको अगाडि डरले चँुईक्क बोल्न नसक्ने श्लोकले दिप्तीसंग बिहाको कुरा गर्नैसकेन । आफुभन्दा राम्रो र ठूलो विदेशी बैंकमा जागिर भएको कारणले नै उ दिप्ती प्रति यती धेरै आसक्त भएको उसका साथीभाइहरु दुबैको प्रेमलीलाको सन्दर्भ आउंदा भन्ने गर्छन् । तर अलग जातिको हुनु नै उनीहरुको प्रेममा ठूलो अडचन बनेको छ । दुबै मधेशीमूलका भएपनि श्लोक भूमिहार ब्राह्मण थियो भने दिप्ती गुप्ता (कानु) थिइन । उनीहरु वीचको प्रेम गाढा हुदैं गएपछि श्लोकले बिस्तारै दिप्तीको असली चरित्र र आनिबानीको बारेमा गाँईगँुई थाहा पाउन थाल्यो ।

एकदिन उसले दिप्तीलाई वीरगंजका प्रतिष्ठित ब्यापारीसंग टाँसिएर प्रेमालाप गरेको आफ्नै आँखाले देख्यो । उसलाई बिश्वास गर्न गारहो भइरहेको थियो तर दिप्तीको वास्तविकता घाम जस्तै उसको सामु छर्लगँ थियो । उ रिसले आगो भयो, तर अब के गर्नसक्छ र ? उसले आफैलाई धिक्कार्यो । दिप्ती र श्लोकको पहिलो भेट बैंकर्स एसोसिएसनको पार्टीमा भएको थियो, वीरगंजको भिष्वा होटलमा गरिएको त्यो भब्य पार्टीमा दुबै मस्त भएर नाचेका थिए । उ आफ्नो बाईकमा दिप्तीलाई घुमाउन, शपिगँ गर्न र राति अबेर भएमा घरसम्म पुरयाउने गर्थयो । दुबै नगँ र मासुु जस्तै नछुटिटने भईसकेका थिए । तर एकदिन मासुमा गडेर दुख दिन थालेको नगँ झैं दिप्तीलाई उसले आफ्नो जिन्दगी बाट संधैकोलागि निकाल्यो । आखिर श्लोकलाई केटीको कमी थिएन, भैरहवा बस्दा दिप्ती जस्तै बदनाम बिएससी नर्सिगँ गरेकि अनिशा श्रेष्ठ र अर्कि केटी बबिता पौडेल संग खुबै लसपस गरयो । पछि अनिता वीरगंजको सरकारी अस्पतालमा स्टाफ नर्स भएर आएपछि दुबै बीचको सम्बन्ध झनै झयागिँदै गयो ।

आफ्नै बैंककि अमिशा, आफु बसेको डेराको पल्लो घरमा बस्ने प्रिती, काठमाण्डकी तनु, मलिना र अनिसा कार्कीसंग उसको अफेयर नै चलेको थियो । यी युवतिहरु श्लोकको डेरामा कुनै लाजशर्म नमानेर धक फुकाएर आउंथे र घण्टौघण्टा बिताएर जान्थे । आफ्ना साथीहरु माझ प्लेब्वायको रुपमा चर्चित श्लोकलाई आफ्नो आनिबानीको बारेमा कहिल्यै पछतावा भएन । उ आफ्नो डेरामा अफिसको स्टाफ वा अन्य साथीले फोन गरेर आउन खोज्दा आफु काममा धेरै विजी भएको र अहिले भेट्न नसक्ने बहाना बनाएर पिण्ड छुडाउंथ्यो । उसकोलागि जीवन कुनै टेन्शन नलिएर आजमा मात्र बाँच्ने थ्यौरीमा आधारित थियो । साथीहरुलाई श्लोक जहिले पनि भन्थ्यो ‘छोड्न यार पुराना कुरा, टेन्सनलाई बाई बाई गर र ऐश गर, काली गए गोरी आउंछे, डोन्ट वर्री नो प्रब्लम, चियर्स ।’त्यही भएर उ जहाँ जान्थ्यो नयाँ साथी बनाउथ्यो, मोजमस्ती गर्नमा उनीहरुलाई यूज गर्थयो र मन भरेपछि त्यो साथी र त्यो सम्बन्ध दुबैलाई त्यही थ्रो गरेर आफ्नो बाटो लाग्थ्यो ।

उसको कोही मिल्ने साथी थिएन, आफ्नो उमेरको केटालाई त उ झनै मन पराउंथेन । कहाँ केटी छन उसको ध्यान त्यही केन्द्रित हुन्थ्यो । उसको सम्पर्कमा आएका र हिमचिम बाक्लो भएका कुनै केटीको अनुहार राम्रो थिएन । श्लोक जहिलेपनि केटीहरुको बारेमा गरिएको टीकाटिप्पणीमा भन्ने गर्दथ्यो ‘ती केटीहरु जतिसुकै राम्रा भएपनि मलाई तिनीहरुसंग घरजम गर्नु छैन क्यारे, मलाई त तिनीहरुको अनुहारसंग बवाल मतलब छैन ।’ उसलाई त उनीहरुको डिजाईनदार कपडामा लुकेको शरीर हेर्न र खेलाउन पाए पुग्थ्यो । उ आफैलाई थाहा छैन भोली यसको दुष्परिणाम के हुनसक्छ ? उ ब्वाय थियो त्यसमाथि बैंकर त्यही भएर ब्यूूटी, बडी र वियरको संगतमा चुर्लुम्म डुबेको थियो । उ डियोडोरेन्टको न छर्केर बाहिर निस्कन्थेन, शायद आफ्नो आनीबाी चरित्रको गन्त्र अरुले थाहा पाउलान भन्नेमा उ अति नै सतर्क रहन्थ्यो, त्यसको भडास उ जिीउमा चाहिनेभन्दा बढी डियो छर्केर निकाल्थ्यो । उ बैंकमा पब्लिक रिलेशन अफिसर्सको पदमा थियो, त्यही भएर जुनबेला पनि डियो छर्केर अनि केटीहरुसंग मात्र राम्रो रिलेशन राखेर आफ्नो डयूटी पूरा भएको भन्ठान्थ्यो । उसलाई काम दिने बैंक भन्दा त्यहाँ र बाहिरका केटीहरु बढी मन पर्थे ।

उ महिनामा कतिवटा डियो किन्थ्यो उसलाई आफै थाहा छैन । उसलाई केटीहरुको नाजुक अगँमा छुनु, गालामा चिमोटनु र अँगालो मार्नु एकदमै साधारण लाग्थ्यो । उ केटीहरुको कुरा निस्किने बित्तिकै आँखा चम्काउंदै र ती केटीहरुलाई सम्झिदैं फ्लाईगँ किस दिन्थ्यो । अगाडि पछाडि को उभिएको छ, त्यहाँको माहौल कस्तो छ ? उसलाई यसको मतलब थिएन । सानोमा गाउंमा परालको थुप्रोबाट लडेर लागेको चोटको कारण उसलाई ठूूलो हुुदांसम्म नराम्रोसंग पिसाब चुहिने रोग थियो, जसलेगर्दा उ निराश र हतास भावमा सबैसंग कटेर बस्थ्यो तर केही वर्षअघि दिल्लीमा प्रोष्टेट ग्ल्याण्डको अप्रेशन गरेपछि उसको आत्मविश्वास हवात्त बढेर गएको छ । उ आफुलाई बढी स्फूर्तिवान ठान्न थालेको छ त्यही भएर केटीबाट सन्तुष्टि पाउनु आफ्नो नै हो भन्ने सोच राख्दछ । उसको यो शारीरिक कमजोरीका बारेमा कमैलाई मात्र थाहा छ । उसलाई नजिकबाट चिन्नेहरु उसले बिहा गरेतापनि बुवा बन्न सक्नेमा शँका गर्दछन् ।

श्लोक आफनो अफिसको हाकिमहरुको पछाडि उनीहरुको नालीबेली सबैलाई नक्कल गरेर बताउंथ्यो । उ कुनै हाकिमलाई मन पराउंथेन, उसलाई अफिसमा सबैभन्दा मन नपर्ने सिद्धान्त हो, उ सिद्धान्तलाई भट्ट सरको चम्चा ठान्ने गर्दछ । ब्राञ्च म्यानेजर लिम्बु सरलाई पनि उ देखि संहदैन । उसलाई मन नपर्ने अफिसको स्टाफ मध्ये सुसिल र अतूल पनि हुन । उ सुसिललाई मोटो बुद्धि भएको र एक नम्बरको बेवकुफ ठान्दथ्यो । श्लोकलाई आफ्नो बुवाआमा र भाइ बाहेक संसारमा अरु कोही पनि मन पर्थेन । त्यही चिप्लिने चरित्रको श्लोक भूमिगत संगठनहरु बट धम्कि आउन थाले पछि अचानक केही नबताएर रातारात वीरगञ्जको रगिँन माहैलबाट पलायन भयो ।

यही धम्किलाई उसले आफ्नो सरुवाकोलागि पनि प्रयोग गरयो । जीवनमा आउने हरेक मौका र अवसरलाई उसले आफ्नो स्वार्थकालागि अहिलेसम्म प्रयोग गर्दै आएको छ । वीरगंजबाट बदनामीको भारी बोकेर गएपछि अनिकेतको बैंकमा नै श्लोकको पनि सरुवा भएको छ । तर अनिकेत र श्लोकको स्वभावमा आकाश, जमिनको अन्तर छ । अनिकेत शान्त छ, आफ्नो काममा मात्र ध्यान दिन्छ, तर श्लोक भने आफ्नो काम बाहेक अरु सबै कुरामा ध्यान दिने गर्दछ । यता श्लोकले आफ्नो असली चरित्र थाहा पाएर रातारात वीरगंज छाडेर गएको पत्तो पाएपछि दिप्ती एकदमै अत्तालिएकि थिइ । जब उसले थाहा पाई श्लोक उसको जिन्दगीबाट सदाकोलागि गईसकेको छ, तब उसले श्लोकलाई बदनाम गर्ने कुनै मौका छोडिन । उ आफु त बदनाम थिई नै, त्यसैले श्लोकलाई पनि आफुसंग बदनामीको खाल्डोमा डुबाउन अलिकति पनि लाज मानिन् । श्लोक र उसंग एकान्तमा भएका कुरा र सम्बन्धको गहिराईलाई उसले सबैसामू छताछुल्ल पारी ।

उता वीरगञ्ज कहिल्यै नआउने प्रण गरेर गएको श्लोकको कानमा पनि यो सबै कुरा परयो, दिप्तीलाई गाली गरोस् भने आफुले नै पहिला मनपेट दिएर टाउकोमा चढाएको हो । उसंग भन्नु बेकार छ, उसको सबै रासलीला र नालिबेलीलाई टुलुटुलु मौन भएर हेरेका घरपट्टिसंग उसलाई खतरा लाग्न थाल्यो । उसले तिनै घरपट्टिको फोन चोरेर दिप्तीसंग फोन काण्ड गरिसकेको थियो । त्यही भएर झन उसलाई घरपट्टिले मुख खोलेमा आफ फस्ने डरले सताउन थाल्यो । अनि उसले बागाँेतरिका अपनाएर घरपट्टिलाई आफ्नो बारेमा कसैलाई बताएमा ज्यान मार्ने धम्कि दियो । घरपट्टिलाई जेलमा सडाउने र आफ्नो पावर माथि सम्म भएको भनेर चूप लागेर बस्न फोन गरेर तर्साउन थाल्यो । उसले आफुले त घरपट्टि लाई फोन र ईमेलबाट धम्कि दियो नै आफ्नो दाइसंग पनि धम्कि दिन लगायो । वीरगञ्जमा अत्यन्त घनिष्ठ भएर बसेको बेला उसले घरपट्टिको नाममा निशुल्क बैंक खाता खोलि दिएको थियो । घरपट्टि पनि अत्यन्त खुशी हुंदै त्यो खातामा पैसा जम्मा गर्न थाले । श्लोकलाई घरपट्टि सबै भन्दा ठूलो दुश्मन जस्ता लाग्दथे । यही बीचमा एकदिन दिप्ती आएर श्लोकले उनीहरुको बारेमा भनेको अपशब्द र कुरा काटेको भन्दै भए नभएको घरपट्टि संग बेलिबिस्तार लगाई । घरपट्टिलाई पनि झनक्क रिस उठ्यो र श्लोकको आनिबानी, उसको कोठामा आउने केटीहरु र चरित्रको बारेमा सप्रमाण बताई दिए । घरपट्टिले श्लोकको बारेमा बताएको कुरालाई उसले श्लोक संग बदला लिनको लागि प्रयोग गरी । श्लोकले आफु र आफ्नो प्रेमलाई ठोकर मारेर गएपछि दिप्ती क्रुद्ध नागिन झै भएकि थिइ । उसले आगोमा अझ घीउ थप्दै श्लोकलाई फोन र ईमेलबाट घरपट्टिले भनेको सबै कुरा भए नभएको बेलि बिस्तार लगाएर भनी ।

यसै त घरपट्टिले मुख खोललान भनेर श्लोक त्रसित थियो नै अब दिप्तीको मुखबाट घरपट्टिले भनेको भँदै विष जस्ता शब्दहरु ओकलि दिए पछि उसलाई खपि नसक्नु भयो । उसले आफु बस्ने डेराको पल्लो घरमा बस्ने प्रितीलाई घरपट्टिको जासुसी गर्न लगायो । पहिले देखि नै श्लोक प्रति आसक्त प्रितीले घरपट्टिको सबै चियो चर्चो गरेर खुशी हुदैं उसलाई बताई । त्यँहा घरपट्टि संग अतालिएको श्लोकले आफ्नो अफिसका केही मान्छेलाई पनि उनीहरुको जासुसी गर्न खटायो । साथै बाटोमा हिंडदा उनीहरुको प्रत्येक पाईलामा पिछा गर्न पनि उसले आफ्नै बैंकका केही जुनियर कर्मचारीलाई अरहायो । आफु भन्दा सिनियरले भनेपछि नाई भन्न नसकेका उसकै बैंकका अतूल्य, सन्नी र रोशनले एकदिन बजारमा घरपट्टिको पिछा गरेर हिड्रनै दिएनन् । श्लोकको बारेमा कसैले फेसबुक र ईमेलबाट उसको र दिप्तीको सम्बन्धलाई जोडेर अत्यन्त अश्लील कुराहरु राखिदिएको थियो । श्लोकको चरित्रको घटियापन उसका ईष्टमित्र, नाता कुटुम्ब र साथी भाइहरु सबले थाहा पाए । अब त उसलाई झन खपि नसक्नु भयो, उसले फेरि घर पट्टिलाई धम्क्यायो ।

घरपट्टिको मुख बन्द गराउन उनीहरुको पिछा गर्ने र उसकै बैंकमा भएको खाता पनि बन्द गराउने जस्तो अत्यन्त निच र घटिया काम पनि श्लोकले गरयो यति मात्र नभएर उसकि आमा रेखा मिश्रले पनि घर पट्टिलाई भन्नु न भन्नु भनेकि थिईन । अहिले सम्म श्लोकको बुवा सिताराम मिश्र छोराको चालमाल र घटियापनको बारेमा केही न थाहा पाएर पानी माथिको ओभानो जस्तै भएर बसेका छन् । आमाले छोराको कुनै पनि कर्तुत बाउको कानमा पुग्नै दिन्नन् । एकपल्ट श्लोक को ब्यवहारबाट अत्यन्त दुखी र क्रुद्ध भएका घरपट्टिले उसको बाउसंग कुरा गर्न खोजेका थिए तर कपटी श्लोकले कुरा गर्नै दिएन । आफन्तको बिहाको रमझममा मस्त रहेका घर पट्टिहरु लाई उसले आफ्नो दाइ मार्फत धम्क्याएको थियो । पछि घर पट्टिले त्यो नम्बर कसको हो भनेर मोबाईल अफिसमा गएर छानविन गर्दा त्यो उसकै आफ्नै दाइको एनसेलको मोबाईल नम्बर रहेछ । उसले आफुले दिएको धम्कि, आफ्नो चरित्र र कुकर्मको बारेमा प्रहरीमा रिपोर्ट गरेमा लाश नै गायब गरिदिन सक्ने भन्दै मोबाईलमा बारम्बार घर पट्टिलाई धम्क्याएको थियो ।

एसले घर पट्टिलाई रुवाउन र दुख दिनमा कुनै कसर बाँकी राखेन । केही महिनापछि आफ्नो ३ कठ्ठा जमिन बिक्री गरेर आएको १२ लाख रुपैंया घर पट्टिले श्लोक कै बैंकमा जम्मा गरेर राखेका थिए । त्यहाँ पैसा राखेको सुईंको उसले पाईहाल्यो आफुले उनीहरुको जासुसी गर्न खटाएको बैंकका जुनियर स्टाफहरु बाट । उसले फेरि मान्छे लगाएर फोनबाट धम्क्यायो घरपट्टिलाई, त्यो पैसा सबै आफुलाई नदिएमा उनीहरुको अपहरण गरिदिने जस्तो घटिया धम्कि पनि दियो श्लोकले । श्लोकले आफुले गरेका कुकर्म हरु कहिले बाहिर नआउने भन्ने ठानेको थियो । तर नराम्रो कामको परिणाम कहिल्यै पनि राम्रो आउंदैन भन्ने तथ्य श्लोकले बिर्सेको थियो । पछि छानविन गर्दा थाहा भयो उसकै बैंकमा कम्प्युटरको मैन्टेनेन्स र ईन्टरनेटको काम हेर्ने बिनोद चौधरी र दिप्ती मिलेर यो सबै षडयन्त्र गरेका रहेछन् । अरुको कम्प्युटर ईमेल आईडी ह्याक गर्न अत्यन्त सिपालु बिनोदले सजिलैसित घरपट्टिको कम्प्युटर ह्याक गरेर त्यहाँबाट श्लोकको ईमेल आईडीमा धम्किपूर्ण म्यासेज पठाएको थियो । म्यासेज पठाई सकेपछि उसले त्यो र अरु ईमेलमा आएका महत्वपूर्ण म्यासेजहरु लाई पनि डिलिट गरी दियो । त्यति मात्र नभएर उसले श्लोकको फेक फेसबुक आईडी पनि बनाएर त्यसबाट जथाभावि लेखेर श्लोकको चरित्र हत्या गर्ने काम गरेको थियो । उसले यो काम अत्यन्त चलाखीपूर्ण तरिकाले गरेको थियो जसमा उ र दिप्ती चोखै बच्ने तर घर पट्टि चाँही फस्ने गरी त्यो काम गरियो । पछि फेरि घर पट्टिले यस बारेमा र आफ्नो कम्प्युटरको छानबिन गर्दा ह्याक भएको थाहा पाए । पछि कसले कहाँबाट योकाम गरेको पनि थाहा पाए । घर पट्टिहरु आफन्तको बिहामा जन्ती जान र भोज खानमा ब्यस्त भएको बेला पारेर बिनोदले यो सबै काम गरेको रहेछ । श्लोकको बानी र चरित्र देखि आजित भएका उसकै बैंकका कर्मचारीले पनि यो काममा बिनोदलाई भरमग्दुर सहयोग गरेका थिए । दिप्तीले यो कामका लागि बिनोदलाई राम्रो फिस दिएकि थिइ । पछि सबैकुरा छानबिन भएर बाहिर आएपछि बिनोद बेपत्ता भएको छ भने दिप्ती कसैलाई मुख देखाउन नसक्ने भएकि छ । श्लोक अहिले कहाँ छ कुन बैंकको कुन शाखामा काम गर्दछ घर पट्टिलाई थाहा छैन । उनीहरुले यतिम मात्र अरुको मुखबाट थाहा पाएकि उसले गुपचूप तरिकाले बिहा गरी सकेको छ । जीवनमा धेरै केटीहरुको आगँ कन्याई सकेको श्लोकले जीवन भरीको सम्बन्धका लागि एउटी राम्री र शुसिल केटी फेला पार्न सकेन । उसको मामाघर पट्टिका आफन्तले हतार हतारमा खोजेको केटीलाई नै उसले लाईफ पार्टनरको रुपमा स्वीकार्नु परयो । उसले आफ्नो लागि अत्यन्त सुन्दर रुपवती केटीलाई श्रीमती बनाउने सपना देखेको थियो । तर आफ्नै करनीले उसको सबै सपना यथार्थमा आएर चकनाचुर भएका छन् । श्लोकको आफ्नै विवाद ग्रस्त चरित्र र त्यसमा लागेको कलकँले उसलाई जीवन भरीको लागि गुमनाम भएर बाँच्न बाध्य पारेको छ ।

अहिले श्लोक र दिप्ती दुई दिशातर्फ फर्कि सकेकाछन् । वीरगंजका ती प्रतिष्ठित ब्यापारीसंग रँगेहात समाति सकिएकि दिप्तीलाई विधिवत कुनै योग्य केटाको हात संधैकोलागि थाम्न मन छ । तर अहिलेसम्म उसलाई त्यो मौका जुरेको छैन । दिप्तीले श्लोकले आफुलाई दिएको धोकाको बदला लिएर अत्यन्त प्रसन्न छ । तर आगो बाल्दा हात पोलिए झैं श्लोक संग लिएको बदला र उसलाई गरेको बदनामीबाट उ पनि थप बदनाम भएकि छ । पहिले देखि नै बदनाम र चरित्रहिन दिप्तीलाई यो नयाँ बदनामीको दागले के नै फरक पार्छ र ? उ आफ्नै बैंकको राजिवलाई आफ्नो सम्मोहनको जालमा फसाउा चाही रहेकि छ । दिप्तीको लागि ‘केटाहरु भनेको सेतो गए कालो आउने, कालो गए सेतो आउने’ जस्तै हो । उसलाई बिहा नभए सम्म आफ्नो शरीरलाई सकेसम्म अझ धेरै युवकलाई चखाएर र सन्तुष्टि दिएर जीवनको असली आनन्द लिनु छ ।

अनिकेतको बैंक अब वानेश्वरबाट दरवारमार्गमा सरेको छ । उसमाथि कामको बोझ पनि पहिला भन्दा झन थपिएको छ । हिजोका दिनहरुमा भन्दा आज काम र जिम्मेवारीहरु धेरै बढेकाछन् । उस लाई भ्याईनभ्याई छ, दिउंसो लन्च खान पनि उसलाई धौ धौ हुन्छ, ५ मिनेटकालागि सिटबाट उठे र यताउति गर्नु पनि उसलाई पहाड फोडे जस्तो भएको छ । बाथरुम गएर आउन्जेलमा पनि आकाशै खस्ने जस्तो गरी समय हातबाट फुत्किन थालेको छ । बिहान नौ बजे घरबाट दुई गाँस टिपेर, टिमिक्क पारेर सुट लगाएर अफिस कुद्नु पर्दाको क्षण उसलाई सबैभन्दा कठीन लाग्छ । छोरीलाई राम्रोसंग खेलाउन पाउंदैन, श्रीमतीलाई राम्ररी माया नगरेको त कति दिन भईसक्यो? उसलाई नै थाहा छैन । बुवा आमासंग बसेर धित मरुन्जेल गफ गर्नु उहाँहरुसंग सल्लाह लिनु यसका लागि अतितका कुरा भईसके । फ्रस्ट्रेशन भएको बेला उसलाई त्यो टाईको पासो लगाई हाँलु जस्तो पनि हुन्छ तर सक्दैन । उसलाई भगवानले पनि २४ घण्टाको दिन बनाएर आफुमाथि अन्याय नै गरे जस्तो लाग्छ कहिलेकाँही ।

एक दिन अनिकेतको बैंकका खैरे हाकिमले एक चाङ कागजपत्र दिएर भने ‘यो काम आज र अहिले, तिमीले जसरी पनि गरेर सक्नु पर्छ ।’ उसल गर्नेे नियमित कामहरुको थुप्रो त छदै थियो, त्यसमाथि यो काम पनि गर्नुपर्ने । उसले जसरी पनि त्यो दिन काम सकाउने कोशिश गरयो तर सकेन, उसलाई काम सक्न मुश्किल नै पर्ने भयो । अनि उसलले वेलुका छ बजेतिर खैरे हाकिमको कोठमा गएर भन्यो ‘सर आज काम नसकिएला जस्तो छ, म आज साँझ आठ बजेसम्म यहँी बसेर काम गर्छु र बाँकी रहेको काम भोलि बिहान आएर गर्छु ।’ हाकिमले उसलाई केही जवाफ दिएनन्, मात्र आफ्नो ठूला आँखा पल्टाएर अनिकेतलाई एकहोरो हेरिरहे । भोलिपल्ट बिहानै आएर अनिकेत त्यही बाँकी बचेको काम पूरा गर्ने प्रयास गर्दै थियो । त्यै दिन अर्को हाकिमको घरमा पार्टी छ । त्यसमा उसलाई पनि वोलाइएको छ ।

दिउसो करीव २ बजेतिर त्यो खैरे हाकिमले अनिकेतको टेवुलमा आएर सोधे ‘मैले तिमीलाई हिजो गर्न दिएको काम सकियो ?’अनिकेतले डराउंदै जवाफ दियो ‘त्यही काम नै गर्दैछु सर, भरे साझसम्म सकिन्छ होला ।’ अब त्यो खैरे हाकिमलाई कन्सिरीको रौं तात्ने गरी रिस उठ्यो उसले अनिकेतलाई अङ्ग्रेजीमा बेस्सरी गाली गर्दै भन्यो ‘ यो काम आज साझंसम्म सकिएन भने, म भोली तिमीलाई यो बैंकबाट संधैकालागि निकालिदिन्छु ।’ त्यो खैरे हाकिमको रौद्र रुप देखेर अनिकेत सुखेको पत्ता झैं काम्न थाल्यो । अलिकता काममा ढिलो हुने बित्तिकै हाकिमले बैंकबाट निकाल्ने सम्मको धम्कि दियो । ‘आखिर म काम गरिरहेकै छु, एकछिन बसेको छैन, मलाई यसरी सबैको सामु किन गाली गरेको होला ?’उसलाई त्यो खैरे हाकिमको आजको ब्यवहार देखेर अचम्म लाग्यो ।

त्यो दिन बल्ल तल्ल साझ ७ बजेसम्म उसले काम सक्यो र महाप्रवन्धकको घरमा दिइएको पार्टीमा सामेल हुन गयो । असारको महिना पानी परिरहेको छ, राति भईसक्यो, अब घर कसरी जाने होला उ खिन्न भएर सोच्दै थियो । पार्टी दिने महाप्रवन्धकको घर वासवारीमा, उसको घर भक्तपुरमा । यति टाढा कसरी जाने आज उ सँग कुनै साधन पनि छैन । ‘अफिसको मोटरले बैंकबाट हाकिमको घरसम्म पु¥याइदियो, अब घरसम्म यति राति कसले पुरयाईदेला ।’अनिल छिट्छिटो खाना खादै थियो । दिउँसो त्यही गाली गर्दै जागिरबाट निकालिदिन्छु भनेर धम्कि दिने हाकीमले अनिकेतको नजिक आएर सोधे ‘तिमी घर कसरी जान्छौ ? टाढा छ, राति भईसक्यो ।’ अनिकेतले त्यो खैरे हाकिमको दिउसोको रौद्र रुप समझिदैं डराए जस्तो बोलीमा बिस्तारै भन्यो ‘अरु नै केही व्यवस्था गर्नुपर्ला सर ।’

अनिकेतले आज घर जान मिलेन भने दिदीको घरमा गएर सुत्ने छु भनेर मनमनै सोचेको थियो । उ पहिलापनि कहिलेकाँही अफिसबाट राति घर फर्किन अबेर हुंदा दिदीको घरमा गएर सुत्ने गर्दथ्यो । तर दिउंसो रातो रातो आँखा पारेर मनपर्दो गाली गरेर डराउने हाकिमले उसलाई पार्टीमा नरम लवजमा भने ‘तिमी राम्रो संग छिट्टै खाना खाउ म तिमीलाई घरसम्म पुरयाई दिउँला हुन्न ?’ अनिकेत एकछिन अक्क न बक्क भयो, दिउसो जागिरबाट निकालिदिन्छु भनेर आँखा रातो पार्ने खैरे हाकिम स्वयमले नै किन उसलाई घर पु¥याउदिन्छु भनेको होला भन्ने वुझ्न उसलाई गारहो भयो । ‘दिउंसो एउटा रुप, राति अर्कै रुप, यो हाकिमले त स्वागँ गर्न त खुबै जानेको रहेछ ।’ अनिकेतले मनमनै सोच्यो र धेरै मनन गरेपछि उसले वुझ्यो । ‘प्रोफेशनल लाइफ’ र ‘पर्सनल लाईफ’ भनेको दुई छुट्टा छुट्टै र नितान्त फरक कुरा हुन ।

दिउँसो हाकिमले उसलाई गाली गर्नु उसको प्रोफेशनल लाईफको एउटा पार्ट थियो, बेलुका अबेर भएकोमा गाडीमा पुरयाई दिन्छु त्यही हाकिमले भन्नु उसको पर्सनल लाईफ रहेछ । जसले यो कुरालाई राम्रोसँग वुझ्छ र आफ्नो पर्सनल र प्राईभेट लाईफ छुट्याउन सक्ने गुण हुन्छ त्यो मानिस नै आफ्नो कार्यक्षेत्रमा सफल हुन्छ । तर परम्परागत नेपाली समाजमा यस्तो गुण भएको मान्छे र संस्था पाउन गारहो छ । यहाँ त दाइभाइ र दिदी बहिनी संस्कृतिले गाँजेको छ । काममा सहयोग लिन र केही अप्ठयारो परेमा दाइ र दिदीको नाता लगाएर काम निकाल्न खप्पिस छन । अनि कहाँबाट काममा ब्यवसायिकता आउंछ र ‘कर्पोरेट कल्चर’ को विकास हुन्छ ? कसैको आफ्नो मातहतका कर्मचारीसंग केही ठाकठुक परयो भने त्यो व्यक्तिलाई एक्लो बनाउने काम शुरु हुन्छ, उसको उछित्तो काढिन्छ । त्यो व्यक्तिलाई बैंकका अन्य कर्मचारीले भिलेन जस्तो ठान्न थाल्छन् र उ संग तर्किएको ब्यवहार गर्छन । तर विदेशतिर यस्तो हुदैन । कामको सम्वन्ध र व्यक्तिगत सम्वन्ध फरक हुन्छ । हाकिमको त्यो दिनको घाम र छाँया जस्तो रुप देखेपछि अनिकेतले बल्ल काम र ब्यवसायिकताका े महत्व वुझ्यो । झण्डै तीन वर्ष त्यो विदेशी बैंकमा काम गर्दा उसले समाजलाई र समाजले उसलाई हेर्ने दृष्ट्रिकोण एकदमै परक हुदैं गएको अनुभव गरयो उसले । अव अनिकेतलाई विदेशी बैंकमा काम गरेर टन्न तलब आउने भएकोले पैसा खेलाउने नराम्रो बानी पर्न थालेको छ । पारिवारिक वातावरण पहिलेको भन्दा अलग हुन थालेको छ । हरेक शनिवार विदामा छोरीलाई घुमाउन बाईकमा राखेर काठमाण्डु शहर ल्यााउने र आईसक्रिम खाने उसको नियमित साप्ताहिक कामजस्तै भएको छ । हिजोका दिनमा विदा हुनासाथ दिनभर तास खेलेर बस्ने उसको दैनिकि र व्यवहारमा ठूलो परिवर्तन अएको छ । उ शनिवार साथीहरुसँग विभिन्न रमाईला ठाउहरु ँ घुम्न जान्छ । कहिलेकाँही साथीहरु संगको घुमाईमा उसले श्रीमति र छोरीलाई पनि सँगै लिएर गएको हुन्छ ।

परिवारसित घुमेर घर आउंदा अनिकेत निक्कै प्रफुल्लित हुन्छ, उसमा रोमान्सको भाव बढ्छ । कहिलेकाँही रोमाण्टिका भएर शुरभीकोलागि गीत पनि गाउंछ । शुरभी उसकि पत्नी मात्र नभएर हरेक सुखदुख कि साथी पनि हो । आफ्नी पत्नीलाई सबैले माया गर्छन्, घरपरिवार राम्रोसंग धानि दिएको मा वा छोराछोरीलाई जन्माएर हुर्काई दिएकोमा । थाहा छैन तर उ पनि आफ्नी पत्नीलाई औधी नै माया गर्छ । उसले शुरभीसंग पलगं मात्र शेयर गरेको छैन आफ्नो जीवनको हरेक घटना संग उसलाई अवगत गराउंदै आएको छ । पत्नीहरु पतिको माया र ध्यानको भोका हुन्छन् । उनीहरु पतिको ह्दयमा एकछत्र राज्य गर्न चाहन्छन्, जो पत्नीहरुको अधिकार पनि हो । अनिकेतले पनि आफ्नो ह्दयमा अहिलेसम्म शुरभीलाई मात्र डेरा जमाउन दिएको छ । भोलि के हुन्छ ? उसलाई थाहा छैन तर आज उ निक्कै रोमाण्टिक भईरहेको छ र राति कोठामा पत्नीसंग गर्ने मिठा मिठा कुराहरुको कल्पना गर्दैछ । रातिको एकान्त मात्र त्यो आफ्नो समय हो, जहाँ उनीहरु एकअर्कालाई राम्रोसंग चिन्दछन् । यो माया भन्ने वस्तु पनि कूलो जस्तै हो जता बग्यो बग्यो । अरु या त्यो भन्दा राम्रो तिर आँखा नै नलाग्ने, त्यही एउटा अनुहारमा गएर जीवको सबै खुशी अड्किने ।

ठूलो र विदेशी बैंक भएको कारणले हरेक वर्ष मुम्वई बाट बैंकको हिसाब किताब र एकाउण्टहरु अडिट गर्नको लागि अडिटरहरु आउथे । ती विदेशी अडिटरहरुसँग सवै डराउथे । बैंकका सवै स्टाफलाई ती अडिटरसँग धेरै नवोल्नु भन्ने आदेश दिइएको थियो । मुम्वई बाट अ आएका चार पाँच जना अडिटरहरु करिव ३ हप्ता सम्म वसेर अडिट गर्दथे । उनीहरु रातदिन नभनि खटिएर काम गर्दथे । काठमाण्डुमा जाडोले सबैलाई मुठ्ठी पार्न बाध्य पारेको छ । अन्य वर्ष झैं यसपालिको जाडोमा पनि मुम्वईबाट अडिटरहरु आउने कुरा बैंकमा सुनिदैें छ । ती अडिटरहरुसँग समन्वय गर्ने जिम्मा अनिकेतलाई दिइएको छ । अफिसमा उसले मात्रै पूर्ण रुपमा अडिटरसँग डिल गर्नुपर्ने काम सुम्पिएको छ । उसले बैंकमा नियमित रुपमा आफ्नो जिम्मामा भएको काम त गर्नुपर्ने छदै छ ।

मुम्वई बाट अडिटरहरु आईसकेका छन् । एक महिला र तीन जना पुरुष । एउटा वङ्गला देशी र बाँकी अरु सबै भारतीय । यी अडिटरहरु आएपछि अनिकेतको नियमित दिनचर्या विगत केही दिनदेखि बदलिएको छ । बैंकको सवै विभागहरुसँग समन्वय गर्ने र अडिटरलो बैंकको हिसाब किताब अडिट गर्दा मागेको सबै जानकारी दिने । उनीहरुले चाहेको र मागेको सहयोग पु¥याउन उ हर बखत स्टयाण्ड बाई भएर बस्नुपर्छ । ती विदेशी अडिटरहरुसंग के कुरा भन्न हुने के कुरा भन्न नहुने विचार गरेर मात्र वोल्नलाई हाकिमहरुको निर्देशन छ । त्यसैले उ आफ्नो गर्दनमा तरवार लटकिएको महसुस गर्दैछ । बैंकका हाकिमलाई त खुशी पार्न गारहो छ भने यी त बाहिरबाट आएका अडिटरहरु हन् । यिनलाई कुनबेला के सनक चढ्छ थाहा छैन । मुम्बईबाट आएका अडिटरहरु तीन हप्ता सम्ममा बैंकको सबै हिसाब किताब अडिट गरेर फर्किए पछि अनिकेतले बल्ल आफ्नो टाउकोमा लट्कि रहेको अदृश्य तरवार हटेको महसुस गर्दै लामो सासं फेरयो ।

ती भारतीय अडिटरहरु यहाँ आउँदाका केही प्रसङ्गहरु सम्झिदां अनिकेतलाई अहिले पनि अचम्भ लाग्छ र साथै हाँसो पनि उठ्छ । मानिसहरु कस्ता कस्ता हुन्छन ? उनीहरुले के के गर्न सक्छन त्यो सबै सम्झिदां अनिकेतलाई लाग्छ मान्छे नामको प्राणीलाई जति बुझ्न खोज्यो त्यती बुझ्न गारहो । मुम्बईबाट आएका सवै अडिटरहरुलाई कालीमाटीको सोल्टी होटलमा राखिएको थियो । ती मध्येका एक वङ्गलादेशी अडिटरको एउटी मलेसिया बस्ने वङ्गलादेशी नै गर्लफ्रेण्ड रहिछ । उसले कामबाट फुर्सद हुनासाथ वा राति अबेरसम्म सोल्टी होटलको आफ्नो कोठावाट फोनमा गर्लफ्रेण्डसँग फोनमा घण्टौ प्रेमालाप गर्दो रहेछ । अडिटरहरु फर्कने वेलामा सोल्टी होटलबाट अफिसमा अनिकेतलाई फोन आयो ‘अडिटरहरुलाई जान दिन मिल्दैन । उनीहरुको फोनको विल मात्रै १ लाख २७ हजार रुपैंयाको आएको छ ।’ अब पर्यो फसाद के गर्ने ? वैंकको तर्फबाट अनिकेत आफै गएर होटललाई ग्योरेण्टी लेटर दिएपछि मात्र उनीहरुलाई जान दिइयो । पछि उसले थाहा पायो, ती वङ्गलादेशी अडिटरले आफ्नो देशमा भएको जग्गाको सानो टुक्रा वेचेर त्यो पैसा तिरेछन् । अहो यो प्रेमले पनि के के गराउंदो रहेछ । भेट्ट नमिल्ने, कुरा गर्ने माया साटासाट गर्ने एकमाध साधन त्यो फोन पनि कति महँगो । ‘यो मायाको त्यो महँगो बजार हो, जहाँ प्रेमी, प्रेमिका त सित्तैमा पाईन्छन् तर तीनको बीचमा मायालाई टिकिराख्नकालागि महँगो दाम दिनुपर्ने, पछि धोखा भएमा त्यही माया जीवनभर निको नहुने घाउको रुपमा पनि बल्झिदै जाने ।’

तीन हप्ता सम्म अडिटरहरुसंग गरेको कामको अनुभवले अनिकेतको आगामि जीवनमा थुप्रै फेरवदलहरु आएका छन् । उसले पहिलो विदेशीहरुसँग बसेर काम गर्ने मौका पायो, विदेशीहरुको काम गर्ने शैलीलाई नजिकबाट नियाल्ने मौका पायो । विदेशीहरुले काम गर्ने शैलीलाई उसले आफ्नो जीवनमा पनि पछयायो । अडिट भनेको के हो ? र कसरी गरिन्छ त्यो पनि वुझ्यो । ती विदेशी अडिटरहरुलाई पनि अनिकेतको मिठो वोलिचाली, नम्र स्वभाव र भलादमीपन निक्कै मन परेको रहेछ । उसले उनीहरुमाथि आफ्नो राम्रो छाप छोढ्यो जुन उसको अगामि भविष्यको लागि लाभदायक नै सावित भयो । ती अडिटरहरुलाई अनिकेतले केही गर्न सक्छ यसको भविष्य उज्जवल छ भन्ने विश्वास पलाएछ । त्यही भएर होला उनीहरुले फर्किने बेलामा केही महिनाको लागि भारतमा अनिकेतकोलागि तालिमको पनि सिफारिस गरेर गएका रहेछन । अडिटरहरु गएको लगतै ै अनिकेतले ४ महिना लामो तालिमका लागि भारत जानुपर्ने भयो ।

पहिलोपल्ट विदेशी जान पाएकोमा अनिकेत प्रसन्न छ, उसको त्यो प्रसन्नता अनुहारबाट छचल्कि रहेको छ । कतिले भारतलाई अरु देश जस्तो विदेशको रुपमा महत्व दिदैंनन् र नाक मुख खुम्चयाउंछन् । छिमेकको देउता उसैपनि हेलाको पात्र हुन्छन् त्यसमाथि भारत जाँदा कुनै पासपोर्ट र भिसा लाग्दैन, प्लेनको भाडा पनि अन्य देशको तुलनामा अत्यन्त सस्तो पर्ने । त्यही भएर नेपालीहरुलाई भारत जानु भनेको पानी पँधेरोमा जानु जस्तै हो । अनिकेतले भैरहवा जादाँ नौतनवासम्म र वीरगंज जादाँ रक्सौलसम्म गएर भारतको दर्शन गरेको छ । उसको मानसपटलमा सीमामा बस्ने अशिक्षित, वेरोजगार र अन्धकारमा रुमलिरहेका मानिसहरु हुन् भन्ने चित्रित छ । त्यसवाहेक उसले भारतको ठूला शहर वा विदेशको यात्रा गर्ने अवसर पाएको छैन । उसले अहिलेसम्म हवाइजहाज पनि चढ्ने मौका पाएको थिएन । तर पनि विदेश गएर तालिम लिने, काम गरेर आफ्नो व्यक्तित्वलाई अझ बढी निखार्न सकिन्छ भन्ने आत्मविश्वास बढेर गएको छ ।

अनिकेतलाई तालिमको लागि मुम्वई जानुपर्ने दिन पनि आयो । मुम्वई नगरीको वारेमा उसले धेरै कुराहरु सुनेको छ तर त्यो विशाल शहर कस्तो छ ? त्यो भने उसलाई थाहा छैन । भारतको कुन कुनामा पर्छ ? त्यहाँको मौसम कस्तो छ ? त्यो पनि उसलाई थाहा छैन । मुम्वई जाने वेलामा अफिसमा पहिला गएर आएका साथीहरुले केही कुराहरुको जानकारी भने दिएका थिए । एयरपोर्टबाट प्रिपेड ट्याक्सी लिएर होटल सम्म गयो भने सजिलो र सस्तो पर्छ भन्ने जानकारी मात्र उसले साथीबाट पाउन सक्यो । त्यो प्रिपैड ट्याक्सीले पहिले नै पैसा तिरेर रसिद लिएपछि होटलसम्म पु¥याइदिन्छ । ठूलो शहर भएकोले हराउने सम्भावना बढी हुन्छ त्यही भएर होटल र तालिम लिन बोलाइएको अफिसको ठेगाना राम्रोसंग कण्ठस्थ पार्नु पर्छ आदि ईत्यादि ।

जनवरी १५, काठमाण्डुमा अत्यन्त जाडो छ, आजै माघे सक्रान्ति पनि परेकोले घरमा उसलाई भ्याई न्भयाई छ । राति देखि नै उ जाने तयारी गर्दै छ, लुगाफाटो र अन्य सामानहरु प्याकिगँ गर्न शुरभीले उसलाई मद्धत गरी रहेकि छ । शुरभी उदास र खिन्न देखिएकि छ , बिहापछि उनीहरु पहिलोपल्ट यति लामो समयकालागि उनीहरु छुट्टिदैं छन् । शुरभीलाई अनिकेतको अगाँलोमा बेरिएर मज्जाले सुत्ने बानि परिसकेको छ, भोलिदेखि यो कोठा र ओछ्यान दुबै केही महिनाकालागि उ जस्तै एक्लै हुंदैछन । राम्रो त अनिकेतलाई पनि लागेको छैन तर के गर्ने हो, अफिसको काम हो, नगई नहुने । अनिकेतले शुरभीको अनुहार तिर पुलुक्क हेरयो, त्यहाँ भोलिदेखि हुने विछोडको पीडाले घर बनाईसकेको थियो । अनिकेतलाई शुरभीको सारहै माया लाग्यो र प्यारी पत्नीलाई छातीमा सटाएर उसको गालामा माया गर्दै भन्यो ‘म आई हाल्छु नि, धेरै टाढा गएको हैन त्यही भारत त हो नि । तिमी नै यसरी दुखी हुन्छ्यौ भने त्यहाँ परदेशमा म आफुलाई कसरी सम्हाल्छु होला भन त ।’

‘यहाँ त घरका सबै छन, छोरीलाई स्याहार्न र घरको काम गर्दै यो चार महिना बितेको तिमीले पत्तै पाउनौ, बरु मलाई त्यहाँ तिमी बिना होटलको कोठामा रात काट्न कम्ति गारहो हुन्न ? यो सानी छोरीलाई एकदिन हेर्न नपाउंदा मेरो मन कति अतालिएला शुरभी तिमी नै भन न ’ शुरभीले सुकँ, सुकँ रुदैं अनिकेतको छातीमा नाक गडाएर भनि ‘मलाई हजुर बिना एकदिन पनि बस्ने बानि छैन, राति मलाई कति डर लाग्छ, हजुरले मलाई त्यहाँबाट संधै फोन गनु पर्छ है ’ तालिमबाट फ्री हुने बित्तिकै र मौका मिलेपछि म तिमीलाई फोन गरिहाल्छु नि ।’ ‘तिमी चिन्ता न गर बरु के चाहिन्छ भन म ल्याई दिउंला ।’ ‘छ्या मलाई केही चाहिन्न,मसंग सबैथोक छ, हजुर छिट्टै आए पुग्छ मलाई ।’शुरभीले अनिकेतसंग लाडिदैं भनि ।

‘तै पनि भन न, मुम्बईको के स्पेशल चाहिया छ तिमीलाई’ अनिकेतले शुरभीलाई मायाले मुसार्दै भन्यो ? शुरभीले ठुस्किर्दै जवाफ दिई ‘अँ अँ भनेपछि सबले ल्याउछ्रन्, माया हुनेले नभने रै सुटुक्क ल्याउनु अनि हामीले पनि जानौला हजुरको माया कति रहेछ म प्रति ???’ कति दिनसम्म अब यो माया र मिठो कुराकानीकालागि तर्सिनु पर्ने हो, अनिकेत मनमनै बड्बडायो । आमाले टीका लगाएर आशिर्वाद दिदैं माघे संक्रान्तिमा बनाईने घीउ चाकु र तिलको लड्डु खुवाई दिनुभयो । उसले आमाबुवा दुबैलाई ढोग्यो, उहाँहरुले गदगद हुंदै एकमात्र छोरो अनिकेतलाई आशिर्वाद दिनुभयो, टोरो पहिलो पल्ट आफुभन्दा यति टाढा विदेश जांदैछ, आमाको आँखा रसाए, भक्कानो छुट्यो, आखिर कोखाको घाउ हो दुख्छ नै । छोराछोरीको प्रगति र खुशी देखेर संसारमा खुशी नहुने आमा को होलान र ? खुशीको क्षणमा पनि आमाका आँखाले बग्न छाड्दैनन, आमा र आँशु बीच त्यो अदृश्य नाता हुन्छ जसलाई सन्तानले आफुमा न परी बुझ्न सक्दैनन् । अनिकेतको पनि आँखा टलपलिए ‘आमा चिन्ता नगर्नु, म त्यहाँबाट बेला बेलामा फोन गरि रहन्छु ।’

काठमाण्डुबाट मुम्वईको लागि सिधा उडान नभएकाले अनिकेतले काठमाडौ दिल्ली र दिल्ली मुम्वइको टिकट लिएको थियो । काठमाडौ बाट दिल्लीसम्म नेपाल एअरलाईन्सको टिकट र दिल्लीबाट मुम्वईसम्म ईन्डियन एअरलाईन्सको टिकट लिएको थियो उसले । उसलाई जाडो भएपनि विहानै वुवा एअरपोर्टसम्म पु¥याउन आउनुभयो, पहिलो पटक छोरा विदेश जान लागेको बुवाको मनमा कति हर्ष छ ? घर पुगेर गाउं र टोलछिमेकलाई छोराको प्रगति र विदेश जान लागेको बताएर आफ्नो नाक ठाडो पार्नु छ बुवालाई । निधारमा रातो टिका, ज्याकेट लगाएर र हातमा एउटा सुटकेस बोकेर तालिमकालागि पहिलो पल्ट घरबाट टाढा अनिकेत मुम्वई उड्यो । एअरपोर्टमा वुवाले हात हल्लाउंदै गरहुगाँे ह्दयले छोरालाई विदा गरे ।

समयमै प्लेन उड्यो । अनिकेत पहिलो पल्ट प्लेनमा चढेको छ । जहाजको वातावरण उसको लागि एकदम नयाँ छ, कहाँ के गर्नु पर्छ उसलाई थाहा छैन ? प्लेनमा भएका अरु यात्रुले जे जे गरे, उसले पनि त्यसै त्यसै गरेर प्लेन भित्रको वातावरण वुझ्ने प्रयास ग¥यो । प्लेनको सिट बेल्ट उसले लगाउन सकिरहेको थिएन, संगै बसेको अपरिचित व्यक्तिले उसको बेल्ट लगाई दिए । पहिलोपल्ट फोटोकपी गर्न सिक्या जस्तै प्लेनको सिटबेल्ट उसले संधैकालागि बाँध्न सिक्यो । देश फरक भए पनि काठमाण्डु देखि दिल्लीसम्मको यात्रा छोटो दूरीको हो, अनिकेतलाई प्लेनमा निकै रमाइलो लागिरहेको थियो, प्लेनको झ्यालबाट बाहिरको दृश्य घर, मान्छेहरु कति साना साना देखिदां रहेछन् । प्लेन बादलभित्र हराउंदा उसको जिउ नै सिरिगँ भयो । पछि फुत्त बादलबाट निस्केर सफा निलो आकाशमा प्लेन उड्न थाल्यो अनि उसले आफुलाई भित्रैदेखि बाट हलुका र प्रसन्न महसुस गरयो ।

दिल्लीको अन्तराष्ट्रिय विमानस्थलबाट अन्तरदेशिय विमानस्थल जान भित्रबाट बाटो छैन । अनिकेत आफ्नो सुटकेस र झोला लिएर वाहिर आयो र एउटा टेम्पोमा चढ्यो । करीव २० मिनेटको यात्रा पछि उ अन्तरदेशिय विमानस्थल भित्र प्रवेश ग¥यो । त्यसवेला सम्म विहानको साढे १० बजि सकेको छ । दिल्लीबाट मुम्वइको उडान वेलुका ६ बजेको लागि छ । उ समय बिताउनकालागि डोमेस्टिक एअरपोर्ट भित्र रहेको एउटा होटलमा बसेर टेलिभिन हेर्न थाल्यो । दिल्ली पनि उसकोलागि अपरिचित शहर हो । समय छ तरउ बाहिर जान सक्दैन । दिल्लीमा कसैलाई चिनेको छैन, कुनै ठाउंको बारेमा थाहा छैन त्यसैले मन मारेर होटलमा टिभी हेर्नु र पत्रिका पढ्नु बाहेक उ संग अरु कुनै विकल्प छैन । उसले अहिले सम्मको आफ्नो कहिलेकाँही एकदुई दिन हेटोडा र वीरगञ्ज वाहेक कँही गएको थिएन । यसरी लामो समय घरबाट निस्केको र वाहिर समय विताएको थिएन, यो पहिलो पल्ट हो । छोरीलाई उसले एक दिनकोलागि पनि कहिल्य छाडेको थिएन । आज धेरै कुरा उसको जीवनमा पहिलो पल्ट हुंदैछ । जीवनमा पहिलो पल्ट गरेको काम र भएको घटना संधैकालागि चीरस्थायी हुन्छ । पहिलो पल्ट स्कुल र कलेज गएको दिन, अफिसमा पहिलो दिन, कसैले मायालु भाकाले हेरेको क्षण, पहिलोपल्ट प्रेमिकालाई गरेको स्पर्श । आहा कति आनन्दित हुन्छन ती क्षणहरु जुन पहिलो पल्ट जीवनमा आउंछन् ।

संधै अफिसबाट घर जाने वेलामा छोरी वाटो हेरिरहेकी हुन्थी, छोरीको मिठो तोते बोलीमा अनिकेतले अफिसको सबै तनाव र थकाईलाई बिर्सन्थयो । अहिले दिल्लीको डोमेस्टिक एयरपोर्टमा कुरेर बस्नुपर्दा उसलाई सानी छोरीको झलझली सम्झना आईरहेछ । छोरी अहिले के गरिरहेकि होली कतै न्यास्रिएकी पो छ कि । आफ्ना अबोध आँखाले बाबालाई खोजिरहेकि होली । मान्छेको सबैभन्दा ठूलो कमजोरी भने कै छोराछोरी हुन् । छोराछोरीको खुशी र सुखकालागि मान्छेले ठूलो दुख पनि सहन्छ र छोराछोरस् कै सुखकोलागि जस्तो सुकै त्याग गर्न पनि पछि हटदैन । छोरीसंग बिताएका क्षणहरु अहिले अनिकेतको मानसपटलबाट चियाउंदै छन । छोरी, पत्नी र घरको बारेमा सोच्दा सोच्दै उसले त्यो डोमेष्टिक एअरपोर्ट भित्रको होटलमा घण्टौ समय बितेको थाहा नै पाएन । सम्झनाहरु मान्छेको मस्तिष्कमा रहिरहने त्यो जीवित चलचित्र र एकान्तपनका साथी पनि हुन् । उसको मनमा सम्झनाका साथै उत्साह पनि थपिएको छ । उ पहिलो पटक विदेशको धरतीमा खुट्टा हाल्दैछ, विदेशी वैंकमा तालिम र कामको लागि आएको छ । उसले यसबाट थुप्रै अनुभवहरु सँगाल्ने मौका पाउँछ, यो उसकालागि चानचुने कुरा होईन । यसले उसको भविष्यमा सकारात्मक असर पार्ने छ । उसलाई बैंकको माथिल्लो तहमा पुग्न र स्थापित हुनपनि यसले सहयोग नै गर्ने छ ।

यिनै कुराहरु मनमा खेलाउंदा खेलाउंदै सांझको छ बज्यो । ठीक ६ बजे दिल्लीबाट मुम्वइको लागि टिकट थियो उसको । उ प्लेनमा चढ्यो, कति ठूलो प्लेन आम्मा मा??? उसले यति ठूलो प्लेनलाई नजिकबाट पहिलो पलट देख्दै छ । जहाँ जुन कुनातिर हेरे पनि मान्छे नै मान्छे देखिन्छन् । साँझको समय छ, प्लेन भित्र उ एक्लै छ, त्यहाँ परिचित अनुहार अरु कोही छैन । प्लेनमा अनिकेत बाहेक भारतका विभिन्न प्रान्तका थरिथरिका भाषा बोल्ने मानिसहरु मात्र छन् । मुम्वइको झिलिमिलि उसले प्लेनको झ्यालबाट बाट नै देख्यो । अहो कत्रो ठूलो शहर झिलिमिली, मान्छे र गाडीहरुको कुनै वारपार नै छैन । जता हेरयो मान्छेको महासमुद्र नै देखिन्छ भारतमा ।

एअरपोर्टबाट बाहिर निस्किने प्रक्रिया पुरा गरेर उ वाहिर आयो । बाहिर निस्केर एउटा प्रि–पेड ट्याक्सी लिएर उ ओभरहाईट टावर होटलको लागि हिड्यो । प्रिपैड ट्याक्सीका लागि अनिकेतले ३ सय भारु ति¥यो । ट्याक्सीको पछाडिको सिटमा वस्यो । अनिकेत ट्याक्सीको पछाडिको सिटमा बस्यो, मुम्बईमा जाडो छैन, काठमाण्डु जाडोको सिरेटोमा लुकेको छ तर मुम्बई आधा रातमा पनि नवयुवती जस्तो सडकमा ठाँटिएर हिडेंको छ । यहाँ आएर उसलाई आफ्नो ज्याकेट घाँडो भएको छ । उ हिन्दी राम्रोसँग बोल्न जान्दैन, अङ्ग्रेजी बरु राम्रैसँग बोल्न सक्छ । मुम्बईमा भाषाको कुनै समस्या थिएन तर एयरपोर्टबाट होटल कति टाढा रहेछ भने ट्याक्सीमा चढेको एक घण्टा भइसक्दा पनि उ आफ्नो होटलमा पुग्न सकेको थिएन । उ डेढ घण्टाको यात्रापछि उ बल्ल तल्ल होटल पुग्यो । अब मुम्बईमा उसलाई नेपालबाट लगाएर गएको ज्याकेटको आवश्यक्ता छैन । उ करिब चार महिनाको लागि वाहिरीएको छ । नेपाल फर्कुन्जेल जाडो सकि सक्छ । तबसम्म त्यहाँ पनि गर्मी भईसक्ने हुदां यो लगाएर आएको ज्याकेट पनि उसलाई घाँडो भएको छ ।

मुम्बईमा भोलिपल्ट विहानै दिइएको नम्वरमा अनिकेतले फोन ग¥यो । उसलाई तुरुन्त अफिस आउन भनियो । उसलाई अचम्म लाग्यो । कसरी जाने होला ? मुम्वई जस्तो ठाँउमा नदेखेको अफिस । उसलाई सहायता गर्ने कोही पनि थिएनन् । उसले मनमै सोच्यो काठमाण्डुबाट मुम्वईसम्म त एक्लै आए भने यहाँ अफिससम्म कसरी नपुगिएला र ? उ हिम्मत गरेर होटलबाट बाहिर निस्क्यो उसलाई नरिमन प्वाइन्टवाट डीएन रोडसम्म जानुपर्ने भएको छ । होटलबाट ट्याक्सीमा अफिससम्म गयो भने २० रुपैयाँ भाडा लाग्छ, हिड्दै जाने हो भने ४५ मिनेटको बाटो छ । उसले नयाँ ठाउं भएकोले हिड्ने आँट गरेन । ट्याक्सीमै डीएन रोड गयो ।

मुम्वइका विल्डिङहरुमा अफिस चिन्न सुविधाकालागि नम्वर लेखिएको हुन्छ । काठमाण्डुमा जस्तो साइनवोर्डको बजार यहाँ देख्न पाईन्दै । बिल्डिगँको नम्वरले अफिस चिन्नु पर्दछ । अनिकेतको तालिमकालागि बोलाइएको अफिस १९ डीएन रोडमा थियो । उ अफिस भित्र छिरयो, सुरक्षा गार्डलाई उसको बारेमा बैंकले पहिले नै जानकारी दिसकेकोले उनीहरुले अनिकेतलाई चिनिहाले । उसले भेट्नुपर्ने अफिससग सम्वन्धित स्टाफको कोठामा पु¥याइयो । त्यसपछि उसको काम सुरु भयो । उ बस्ने होटलमै कलकत्ता बाट तालिमकालागि आएका उसका टिमका साथीहरु पनि बसेका रहेछन् । अनिकेतलाई मुम्वईको जीवनशैली शुरुमा अनौठो र नया लागेपनि अब भिन्नै खालको रमाईलो अनुभव भईरहेको थियो ।

मुम्बईमा हरेक दिन अफिस जानु, दिनभर काम गर्नु, वेलुका होटल फर्कनु अनिकेतको नियमित दिनचर्या बन्यो । दुई महिनाको मुम्वई वसाइमा उसले त्यहाँको गल्ली गल्ली घुम्न भ्यायो । मुम्वइमा काम गरेपछि उसको कोलकाता सरुवा भयो । अनिकेतलको लागि कोलकाता पनि नौलो सरुवा भयो । उ संगै कोलकाताबाट मुम्बई तालिमकालागि पुगेका साथीहरु दुई जना साथी पनि कोलकाता फर्के । मुम्वई भन्दा कोलकाताको जीवनशैली, भाष, संस्कृति र ब्यवहार सबै फरक छ । । एउटै देश भित्र पनि कत्रो ठूलो विविधता रहेछ ? अनिकेतलाई कोलकाताको परिवेश नै भाषा, साहित्य र संस्कृतिले परिपूर्ण भएको अनुभव भयो । कोलकाताको सबैभन्दा दुखद पक्ष त्यहाँको गरिबी हो । कोलकाताको स्थिति गरिबीले गर्दा असाध्यै दयनिय छ । उसलाई कोलकाताको गरिबी र माग्ने भन्दापनि मान्छेले सकि न सकि तानेको हाते रिक्सा देख्दा मुटु नै चसक्क भयो । त्यसरी रिक्सा तान्दा रिक्सा तान्ने मान्छेको शरीरको छालाभित्र लुकेर रहेको करगँको हड्डी किगँरिगँदेखिने ।

यति चरम गरिबी भएर पनि कोलकाता एउटा जीवन्त शहर हो । एरटा धर्मिम र परम्परागत मूल्य मान्यता बोकेको शहरको रुपमा परिचित कोलकात्तामा संधैजसो हरेक ठाँउमा नारा, जुलुस र भोक हड्ताल भइरहदों रहेछ । कम्युनिष्टहरुको गढको रुपमा परिचित कोलकातामा नारा र हडताल गर्ने विभिन्न दल सम्बद्ध यूनियनहरुले शहरको जनजीवनलाई आक्रान्त पारेको छ । कोलकाताको बसाईमा उसले कामसंगै क्रिकेटको वारेमा पनि केही सिक्यो । त्यो भन्दा पहिला उ यो खेल खेल्न परै जाओस बुझ्दा पनि बुझथेन । तर अब क्रिकेटको शहर कोलकाताले उसलाई क्रिकेट भरपूर ज्ञान र मनोरन्जन दिएको थियो । मुम्वइको वतावरण, कलकत्ताको क्रिकेट र हड्तालले गर्दा यो चार महिनाको भारत बसाई उसकालागि संधैं सम्झनामा रहिरहने छ ।

४ महिनाको मुम्बई र कोलकाताको बसाई पछि अनिकेत काठमाडौ फर्कियो । आफ्नै ब्यापार गर्ने भनेर बैंकको जागिर छाडेर गएको द्रवित फेरि त्यही बैंकमा फर्कि सकेको छ । उसको छोरो भईसकेता पनि द्रवित घर व्यवहारमा त्यति जिम्मेवार बनेको छैन । अहिले पनि उसका आँखा सुन्दर अनुहार र हाउभाउमा नै गएर ठोक्किन्छ । बैंकबाट वेलुका घर फर्किदां उ सधै रक्सीले टिल्ल भएर फर्किन्छ, उसलाई पैसाको कुनै परवाह छैन । रक्सीको नराम्रो लत लागेपछि बैंकको कमाईले घर खर्च पुरयाउन धौ धौ भएको छ । घरको आर्थिक स्थििति नाजुक भएकोले श्रीमतीले पनि जागिर गर्न थालेकि छन् । बिग्रेको द्रवितलाई अझ उ भन्दा पनि बढी भत्केको श्लोक जस्तो साथी भेटिएको छ । सांझ परेपछि द्रवित र श्लोक दुबै कुममा कुम जोडेर रेष्टुरेण्ट पुग्छन, त्यहाँ टन्न रक्सी धोक्छन अनि आफ्ना एक्स गर्लफ्रैन्डहरुलाई धित मरुन्जेल गाली गर्छन । दुबै जँडयाहाको जोडी हिन्दी फिल्म शोलेको विरु र जय जस्तो जमेको छ । बैंकका अन्य स्टाफ उनीहरुलाई आजकल यही विरु र जयको उपनामले बोलाउंछन् । श्लोकको कारणले द्रवितलाई अब आफ्नो अफिस प्यारो लाग्न थालेको छ ।

एकदिन द्रवितले लोन लिनकालागि आफ्नो एक परिचितलाई बैंकमा ल्यायो । ती परिचितलाई आफ्नो जग्गा धितोमा राखेर ब्यवसाय गर्नकालागि लोन चाहिएको रहेछ । तीनको जग्गा शहर भन्दा अलि बाहिर छ, जग्गाको मूल्य पनि कम छ तर द्रवित र श्लोक मिलेर त्यस्तो कमसल जग्गालाई पनि बढी मूल्याकँन गरेर कम ब्याजमा लोन दिएर पठाए । कम मूल्यको जग्गालाई बढी देखाउन ती परिचित व्यक्ति र यी दुई बीच पैसाको राम्रै चलखेल भएको अनिकेतले मुम्बईबाट फर्केपछि थाहा पायो । उ शायद यहीं भएको भए त्यो कमसल जग्गालाई लोनमा राख्न स्विकार्थेन होला । तर बेईमानीको यो खेल उसको पछाडि गरिएको छ । वैंकका अन्य साथीहरु नवीन, मिलिन्द, अनुज, बैभव, निखिल, नित्या, विनिता र आलोक वैंकको प्रगतिकालागि रातदिन मिहिनेत गरिरहेका छन । उनीहरु सबैको मेहनत र चूस्त व्यवस्थापनले बैंकले एकपछि अर्को सफलता पाउंदै गएको वैंकको प्रगतिले देखाउंछ ।

मुम्बईको चार महिना बसाईपछि उसलाई अहिले काठमाण्डु नौलो लागिरहेको छ । विदेश गएका मानिसहरु किन देश फर्किन चाँहदैनन्, उनीहरुको देशप्रतिको धारण किन यति छिटो परिवर्तन हुदो रहेछ भन्ने कुरा अनिकेतले अहिले आएर वुझेको छ । विदेशको सफा, सजिलो र ब्यवस्थित वातावरणमा बस्ने बानी परेपछि देशमा बस्न त्यसै मन नलाग्ने भएर जाँदो रहेछ । उसलाई पनि मुम्बईको ब्यवस्थित र उन्मुक्त वातावरणमा बस्ने बानी परेकोले केही दिन सम्म आफ्नै शहर ाम गर्ने बैंक र घर सबै अपरिचित जस्तो लाग्न थालेको छ । बिस्तारै बिवशतावश उ फेरि आफनो पुरानौ दिनचर्यामा फर्किएको छ । उही विहानको उठाई, एकछिन छोरीसंग खेल्यो, ब्रस गरयो, दारही बनायो, पत्रिका पढ्यो, नुहाई धुवाई गरयो अनि ब्रेकफास्ट खायो र बाईकमा ९ बजे अफिस आयो । बेलुका अबेरसम्म अफिसमा काम गरयो र थाकेर चूर भई घर फर्कयो । उसलाई रुटिगँ लाईफदेखि झ्याउ लाग्छ, जीवनमा केही नयाँपन छैन । उही बैंक उही मान्छे, उही काम अनि उही टाईमपास गन्थन । उसलाई यो सबै सोच्दा सोच्दै कहिलेकाँही झ्याउ लाग्छ । उ आफु मान्छेबाट दिनप्रतिदिन नोट गन्ने मेशिनमा बदलिएको झैं लाग्छ ।

अब अनिकेतलाई हिजोका आश्चर्य लाग्ने कुराहरु आज सामान्य भएकाछन् । जबदेखि उसले मुम्वइको स्वच्छन्द जीवनशैलीलाई नजिकबाट हेरेर आएको छ । तबदेखि उसलाई आफ्ना बैंकका केटीहरुले चुरोट पिउनु, व्वाईफ्रेण्ड र गर्लफ्रेण्डको कुरा गर्नु सामान्य लाग्न थालेको छ । त्यहाँ लवाई, खवाई, वोलाई सवैमा स्वतन्त्रता र स्वच्छन्दता छ । छाडा र सुन्दा पनि लाज लाग्ने शब्दहरु बोल्नु मुम्वइका मानिसलाई सामान्य कुरा हो । । अफिसमा पनि बिन्दास भएर बोल्ने । एकदुई दिन त त्यहाँको ठाडो भाषा र गाली सुनेर उसको जिउ नै सिरिङ्ग भयो । त्यसपछि उसले यी सबै कराहरु पचाउंदै गयो, अरुहरु बोलुन न त, आफु नबोलिदिए भईहाल्यो नि भन्दै आफ्नो मनलाई उ आफै सम्झाउंछ । घण्टौ फोनमा गर्लफ्रैण्डसंग कुरा गर्दा पनि कसैले केही भन्दैन । पहिला पहिला उसलाई लाग्थ्यो यो मान्छे बैंकको विषयमा कुरा गरिरहेको छ तर पछि थाहा पायो त्यहाँ त अर्कै चक्कर रहेछ । कुन केटाले कुन केटीलाई कहाँको होटलमा लग्यो, रात बितायो कि के गरयो ? भन्ने कुरा उ यो कानबाट सुनेर अर्को कानबाट निकालि दिन्छ आजकाल । ‘यहाँ को नै चोखो छ र ?’ एकपल्ट श्लोकले सबैको माझमा भनेको थियो, जुन अहिले उ झलझलि सम्झि रहेको छ ।

अनिकेतको बैंकमा एउटा अर्को नयाँ केटा काब्य आएको छ । काब्य असाध्यै सुस्त र चाहिने भन्दा बढी सोझो छ । उ काठमाण्डुको धनी परिवारको केटा हो । राणा परिवारमा जन्मिएको उसलाई कुनै किसिमको दुख र अभाव छैन तर पनि उ जागिर खान आएको छ । ढिलो गरी कुरा बुझ्ने र अरहाएको काम बल्ल तल्ल अबेरसम्म गर्ने उसको बानीले बैंकका कर्मचारीहरु हैरान थिए । अनिकेत काब्यलाई हेदैं सोच्दथ्यो ‘कहिल्यै पनि जागिर खान नपर्ने मानिस किन जागिर खान आएको होला ?’ उसले काब्यको जागिर खानुपर्ने कारणको भेउ पाउन सकेको थिएन । दिन प्रतिदिन विदेशी वैंकहरुको शाखाको रुपमा खुलेका यी बैंकहरुमा योग्यता भन्दा सोर्स फोर्सको नै चल्ति छ नेपालमा खुलेका यी बैंकहरुमा राणा र राजपरिवारसंग सम्बिन्धत व्यक्तिहरुको नै बढी बोलबाला छ । बैंकको उच्च ओहदामा यिनै परिवारका व्यक्तिको हालीमुहाली छ । घरानिया भएकाले वदेशबाट पढ्नु र त्यहाँको डिग्री यिनीहरुकोलायि ठूलो कुरा हैन, फेरि यी बैंकहरुमा टाई जस्तै अर्को आवश्यक कुरा अग्रैंजी खर्रर बोल्नु हो । जुन यी विदेशबाट शिक्षित भएर आएका घरानियनहरुकालागि एकदम साधारण कुरा हो, सरकारी स्कुलमा पढेकाले नेपाली बोल्या जस्तै हो । त्यसैले यी बैंकमा स्वतन्त्र प्रतिस्पर्धाबाट आएका, साधारण परिवारका साधारण ढँगले पढेका मानिसहरु थोरै हुन्छन । काब्य पनि यिनै घरानिया परिवार मध्येको एक हो, उ पनि आफन्तको बैंकमा सोर्सफोर्सबाट जागिर खान आएको थियो । उ ढिलो गरेर कुरा वुझ्थ्यो, कसैले गाली गरेको जिस्काएको, काम अह्राएको केही पनि छिट्टै वुझ्दैनथ्यो । अरुले एक दिनमा गर्ने काम उसको लागि तीन दिन लगाएर पहाड चढ्ने जस्तै दुरुह काम थियो ।

काब्यको सुस्त ब्यवहार र काममा मन नलगाएको देखेर एक दिन त्यो कुईरे विदेशी हाकीमले उसलाई वोलाएर हकार्दै जागिर छोड्न भनेछन । हाकिमले गरेको आफ्नो बेईज्जती र जागिर छाड्नकालाथि दिएको आदेशले उ रन्थनिदै अनिकेतको कोठामा आयो र सबै कुरा रुदैं भन्यो, उसको कुरा सुनेर एकछिन अनिकेत पनि जिल्ल परयो । ‘कुनै पूर्व सूचना बिना नै आफ्नो कर्मचारीलाई एक्कासी जागिर छाडन भन्नु यो त तानाशाही जस्तै भयो बा ।’ । यस्तो नियम पनि पनि बैंकमा हुदों रहेछ, स्थायी जागिरबाट कुनै फौजदारी आरोप नलागेको, केही अपराध नगरेको मान्छेलाई पनि एक्कासी जागिरबाट निकाल्न मिल्छ र ????? हो। काब्य सोझो थियो चाँडो कुरा बुझ्थेन तर उसलाई सम्झाउन सकिन्थ्यो, त्यतिले पनि नभए उसलाई केही दिनको अल्टिमेटम दिएर जागिरबाट हटाउन सकिन्थ्यो । तर यो विदेशी बैंकमा सबै नियम कानुनलाई पन्छ्याएर यसरी काब्यलाई जागिरबाट हटाउनु अनिकेतको विवेकले मानिरहेको थिएन । उसलाई लाग्दथ्यो स्थायी जागिर भनेको सबै सेवा सुविधा भएको आफूलाई मन लागेसम्म काम गर्न पाइने काम हो । तर बअ उ पनि झस्क्यो यहाँ त स्थायी या अस्थायी जे जस्तो काम भए पनि दुवै पक्षलाई चित्त वुझाउन सके मात्र जागिर खान पाइने रहेछ ।

काब्यलाई जागिर छोड्न बाध्य बनाईयो । उसलाई पैसाको समस्या थिएन, धनी घरको छोरा थियो उ, काब्यलाई दिन समय काट्नकोलागि कामको मात्र समस्या थियो । कस्तो अचम्भ कोही समय कान दिन बिताउन जागिर खान्छन् भने कोही जिन्दगी काट्न । कसैसंग प्रशस्त पैसा र समय दुबै छ, कसैसंग पैसा र समय दुबै छैन । मान्छे धनि थियो । सहायक तहको जागिर खान आउँदा पनि जिप चढेर आउँथ्यो । यी बैंकहरुले पैसा र समय दुबै नहुनेको मनोवृति बुझेको छ, । बैंकहरुले यही कमजोरीलाई भजाउंदै आफ्नो बैंकमा काम गर्नेहरुको समयलाई टन्न पैसा दिएर किनेको छ । यी बैंकहरु अफिस समयमा आफ्ना कर्मचारीलाई दायाँ, बाँया पनि गर्न दिदैंनन्, कर्मचारीको हरेक क्षणको लेखाजोखा राख्छ र उनीहरुको दिमाग, हरीर र योग्यतालाई खरिद गरेको बदलामा हरेक महिनाको अन्तमा केही हजार रुपैंया उनीहरुको मुठ्ठीमा राखिदिन्छन् । काब्यलाई अचानक जागिर छाड्न लगाईएपछि अनिकेत पनि डरायो । ‘भोली उसलाई पनि काब्य जस्तै गरेर जागिरबाट हटाए भनि के गर्ने?’ अनिकेत मनमनै सोच्दैछ, काब्यलाई जागिरबाट हटाइएको घटनाले उसलाई गम्भीर बनाएको छ । उ, आफ्नो यो विदेशी बैंकको जागिरप्रति पुनर्विचार गर्न बाध्य भएको छ ।

आखिर के का लागि काम गर्ने, सेवा सुविधाकालागि हो भने जागिरबाट हटाएमा त्यो सबै छाड्नु पर्छ । ‘आफु जतिकै आफुले काम गर्ने संस्थालाई भगवान मानेर काम गरेपनि उसले आफुलाई भक्त त न मान्ने रहेछ ।’ अनिकेत योग्य छ, आफुलाई सुम्पेको काम पनि ईमानदारीसंग गर्छ तर हाकिमको आँखाको छारो बन्नलाई नभएको कुरा पनि निहँु बनाएर जागिरबाट घोक्रे ठ्याक लगाउन के बेर ? हाकिमलाई चित्त बुझेन वा आफुले हाकिमको चित्त राम्ररी बुझाउन सकिएन भने त जतिसुकै राम्रो भएपनि जुनसुकै दिन जागिरबाट हात धुनु पर्ने रहेछ ।’ स्थायी जागिर भनेर फुर्ती लगाउनुको कुनै अर्थ रहेनछ यहाँ । जति सुकै ठूलो विदेशी बैंक भनेर घोक्रो पसारे पनि चाल त उही नै रहेछ आखिर । अनिकेत आफ्नो भोलीको भविष्यप्रति चिन्तित बन्दै गएको छ । उसले यो बैंकमा काम गरेर बनाएको आत्मसम्मान, भोलीका दिनका योजनाहरु धराशायी हुन थालेका छन् ।

अनिकेत अब बैंकले बेलाबेलामा आफ्ना कर्मचारीहरुलाई दिने विभिन्न तालिमहरुको नेतृत्न लिन सक्ने भएको छ । उ आफ्ना मातहतका कर्मचारीलाई बैंक समबन्धि तालिम दिन सक्षम भईसकेको छ, बैंकका कर्मचारीहरु पनि उसको योग्यतामा बिश्वास गर्दै उसले दिएको तालिमलाई मन पराएर लिन चाहन्छन् । अनिकेत बैंकका ठूला साना कर्मचारीहरु बीच कुनै भेदभाव गर्दैन । सबैको कुरा सुन्छ, समस्याको समाधान पनि गरिदिन्छ सबै उसलाई सम्मान र बिश्वास गर्दछन् । बैंकमा अनिकेत अव्वल दर्जाको कर्मचारीमा दरिएको छ, बैंकमा राम्रो काम गरे वापत दिईने पुरस्कार र प्रमोशन सवैमा उसकै नाम अगाडि आउँदछ । पटक पटक भारतका विभिन्न शहरहरुमा आयोजन गरिएको तालिममा बैंकले उसलाई नै बिश्वासका साथ पठाएको छ । विदेशमा हुने सेमिनारहरु पनि उसले अटैन्ड गर्ने मौका पाएको छ । बैंकमा काम गरेको तीन वर्षको अवधिमा अनिकेतले कामको सिलसिलामा मुम्वई, कलकता, मद्रास, दिल्लीको धेरै पटक भ्रमण गरिसकेको छ ।

उसको अनिश्चित जागिर जस्तै देशको अवस्था र प्रजातन्त्र दुबै अनिश्चित बनेको छ । उसलाई आफ्नो जागिरबाट टेन्शन भएर विरक्ति लागेको छ उता जनता पनि विरक्तिएका छन देशको अवस्था हेरेर । अब देश राजतन्त्रबाट प्रजातन्त्रको युगमा प्रवेश गरेको छ । प्रजातन्त्र भन्ने वित्तिकै आम नागरिकले बुझेको खुलापन, विकास, पारदर्शिता, जवाफदेहिता र सरकारी काम छिटोछरितो हुने हो गरी ल्याईएको नया ब्यवस्था हो । जनता एउटै ब्यवस्था र सरकारमा यी सवै कुराहरुको समिश्रण भएको हेर्न चाहन्छन् तर जनताले सोचे अनुसार भए पो ????? देशले यसकोलागि पहिलो खुड्किलो उक्लिन खोजेको छ तर सोचे र चाहे अनुरुप हुन चाँही गारहो । ०४६ मा प्रजातन्त्रको पुनर्सथाप्ना भएर बहुदलीय ब्यवस्था आएपछि सरकारले आर्थिक उदारिकरणको नीति लियो जसको फलस्वरुप व्यपार व्यवसाय फस्टाउन थालेका छन । नयाँ बाटोघाटो खुल्ने र पुरानाहरुको मर्मत सम्भार हुन थालेको छ । सञ्चार क्षेत्रले पनि फड्को मारेको छ केही वर्ष अघिसम्म टेलिफोन लिनकालागि लाग्ने लामो लाईन छोटो हुदै गएको छ । देशका दुर्गम र सुदुर गाउंहरुमा पनि टेलिफोन पुगिसकेको छ । अब कोही कसैसंग टाढा छैनन् सञ्चारको सुविधा र विकासले सबैको घर आँगन झन नजिकिदैं गएको छ । अब दुखसुखमा कोही टाढा र पराई छैनन् । सबैले सबैको आँसु देखावटी रुपमा भएपनि पुछ्न भ्याएका छन् ।

विकासको पहिलो पूर्वाधार नै सडक हो जुन निर्माण गर्ने क्रम द्रुतगतिमा भईरहेको छ । सडकको निर्माण र विस्तार हुने बित्तिकै त्यहाँको विकास हुन बेर लाग्दैन भन्ने तथ्य सरकारले राम्ररी बुझेको छ । सडकको र्मिाण संगै अस्पताल, स्कुल र कलेज खुल्ने क्रम बढेको छ । जनताका छोराछोरीले अब अँध्यारोमा रुमलिन नपर्ने भएको छ । शिक्षाको उज्यालो सबैको घर दैलोमा आईसकेको छ । २००ट सालमा प्रजातन्त्र ल्याउंदा ताका त्यो पुस्ताले देखेको समृद्ध देश र शिक्षित जनताको सपना अब दोस्रो र तेस्रो पुस्तामा आएर पूरा हुने भएको छ । ब्यवस्था परिवर्तन बनेपछि बनेको नया सरकारले देश र जनताकालागि उपयोगि नीति नियमहरु तर्जुमा गर्न थालेको छ । देशको इतिहासमा यो पहिलो र छोटो स्वर्णिम युग हो । समस्याहरुको पहाड पनि थुप्रिदैं छ, यी समस्याहरु एकआपसमा गजुल्टिएर शासन चलाउनेलाई पिरोल्ने पनि गर्दछ । भर्खरै प्राप्त भएकोले प्रजातन्त्र बच्चाको हातको खेलौना बन्न थालेको छ, नेता र जनता दुबैलाई यो प्रजातन्त्र संस्थागत गर्ने बानी परेको छैन । प्रजातन्त्र बाँदरको हातमा नरिवल जस्तो भएकोले नेताहरु इसलाई कसरी ब्यवस्थित गर्ने भन्नेतर्फ केन्द्रित छैनन् ।

प्रजातन्त्र आएपनि देशमा ब्यवस्था मात्र परिवर्तन भएको छ, जनताको अवस्थामा कुनै सुधारको संकेत देखिएको छैन । ठाउं, ठाउंमा बन्द हड्ताल भई रहेकै छन । सडकका रेलिङहरु जनताको असन्तुष्टि र आक्रोशको शिकार भएर भाँचिरहेकै छन । तमाम निराशाका बाबजुद पनि केही आशाको किरण पलाउंदै गएको छ । देशमा प्रजातान्त्रिक प्रणालीले काम गर्न थालेको छ, यो प्रणालीले ट्रयाकमा हिंडन पाए जनताको समुचित आकाँक्षालाई सम्बोधन गर्न सक्छ होला । प्रजातन्त्रको पुनसर््थाप्ना पछि नयाँ संविधान बनेर नयाँ निर्वाचित सरकारले काम गर्न थालेको छ । यसलाई सबैले ठूलै उपलब्धि मानेका छन् । बहुदलीय ब्यवस्थाको थालनि भएकोले संसदमा पक्ष विपक्ष भएका छन । यिनले कहिलेकाँही समर्थनको विधि पुरयाउन समर्थन र अनि कहिलेकाँही विरोध पनि गर्न शुरु गरेकाछन । राष्ट्रिय स्वार्थको विषयमा पनि यी नया उम्रेका दलहरु ऋाफैमा किचलो गर्दछन। यिनलाई आफ्नो भन्दा देश हित ठूलो हो भन्ने कहिल्यै लागेन । यिनीहरुको आपसी स्वार्थको टकराहटमा देशले शान्ति गुमाउन थालेको सबैले महसुस गर्दैछन् ।

देशले लिएको आर्थिक उदारिकरणको नितिले विस्तारै नेपालले विकासको फड्को मार्न थालेको छ । यसको असर बैंक तथा वित्तीय क्षेत्रमा पनि परेको छ, धमाधम नया नया बैंक र फाईनान्सियल ईन्सिटयूशनलहरु खुल्न थालेका छन् । वेरोजगारहरुले रोजगार पाएकाछन, बैंकहरुको खुल्ने संख्या बढ्दै गएपछि टाई, डियोडोरेन्ट र वियरको माग, आपूर्ति र उत्पादन सबै बढेको छ । दिनभरि टाईको गाँठो कसेर बैंकमा चुस्त दुरुस्त भएर काम गर्नेहरु सांझ पख त्यही टाईको गाँठोलाई खुकुलो पार्दै वियरको चुस्कीमा रमाउने गर्दछन् । साँझपख यिनलाई कुनै सुन्दर अनुहारलाई तृप्त भएर हेर्न, कसैको आलिगँनमा हराउन र रक्सीको मातमा बेहोश हुन मन लाग्छ । दिनभरी अफिसको यान्त्रिक गतिविधिमा कुनै एटिएम मेशिन झैं भएकाहरु साँझ मान्छेको रुपमा आफ्नो सबै कलालाई प्रष्फुटित गर्न थाल्छन । देशको वैंकिङ क्षेत्रले पनि ठूलै छलागँ मारेको छ, विदेशी सहयोगमा खुलेका ठूलठूला बैंक र यिनले गर्ने कारोबारको रकम सुन्दा जिब्रो टोक्नु पर्ने बनाएको छ आम जनतालाई । सरकारले अपनाएको उदार अर्थ नीतिको ब्यापक असर बैकिगँ क्षेत्रमा देखिएको छ । यसमा वैंकहरुले फस्टाउने मौका पाउनुका साथै ठूलै चलखेल पनि गर्न पाएका छन ।

काब्यलाई एक्कासी बैंकको जागिरबाट हटाएको घटनाले अनिकेतको जीवनमा पनि नयाँ मोड ल्याई दिएको छ । उसले पनि नयाँ वैकमा जागिरको अफर पायो, काम गरिरहेको बैंकमा भएका एक पछिका अर्का तिक्त घटनाहरुले द्धिविधाको मनस्थिितिमा रहेको अनिकेतलाई एउटा ठोस निर्णय गर्ने अवसर मिलेको छ । अहिलेको बैंकको सबै तितामिठा कुरालाई बिर्सेर फेरि नया किनारालाई पहिल्याउन अनिकेतले अर्को बैंकबाट आएको अफरलाई गुमाउने मुर्खता गरेन । उसले अब नया बैंकमा अफिसर भएर काम गर्ने राम्रो अवसर पायो । तीन वर्षअघि २ हजार २ सय ५० रुपैंयामा सुरु गरेको जागिर यो तीन वर्षको अवधिमा ४ हजार ८ सय रुपैयाँमा वृद्धि हुन पुगको छ । उ जस्तो निम्न मध्यमवर्गीय परिवारबाट आएको मान्छेलाई यो रकम भनेको धेरै हो । अहिले पनि सरकारी अधिकृतको तलव २ हजार रुपैंया भन्दा बढ्न सकेको छैन । अनिकेतलाई नयाँ वैंकले ६ हजार रुपैंया तलव दिने अफर गरेको छ । उसले त्यहाँ ज्वाईन गरेपछि वैंकले प्रगति गर्दै गयो भने अझ तलब बढ्दै जाने बैंकले आश्वासन दिएको छ । आफ्नो योग्यता छ र कामप्रति ईमानदारी र समर्पण छ भने माथि उक्लिने बाटो कसैले छेक्न सक्दैन भन्नेमा अनिकेत बिश्वस्त छ । उसले घरमा आमा, बुवा र शुरभीसंग सल्लाह ग¥यो र अफर आएको नयाँ बैंकमा जाने निर्णय ग¥यो ।

नयाँ खुलेको बैंकमा सबै थोक नया छ, मान्छे नया, ब्यवस्था नया काम गर्ने तरिका पनि नया छ यो बैंकमा । तर अनिकेतलाई विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभवले धेरै साथ साथ दिएको छ यहाँ । उ अनुभवी भएकोले सोचेर काम गर्छ, कनै गल्ति गर्दैन र जोखिम लिएर भएपनि काममा सफलता कसरी पाउन सकिन्छ यो कुरा अनिकेतलाई राम्रोसंग थाहा छ । उसले ज्वाईन गरेको नया बैंकका सिईओ हिमालराज पाण्डे हुन्, पाण्डे राणा परिवारका राजपरिवारको अत्यन्त निकट भएका मान्छे हुन् । अध्ययनशिल र अत्यन्त कम बोल्ने स्वभावका पाण्डे उमेरले ढल्किदैं गएपनि अहिले पनि एकदमै जोश र जागर छ उनमा । शक्ति र सत्ताको अत्यन्त नजिक रहेका उनीसंग सोर्सफोर्सको कुनै कमी छैन । सोर्सफोर्सकै कारणले उनले बैंक सञ्चालन गर्ने अनुमति सजिलैसित पाएका थिए । अरुलाई गारहो र धेरै समय लाग्ने काम पनि पाण्डेकोलागि सजिलैसित छिो हुन्थयो । उनको बैंकमा अन्तरराष्ट्रिय छवी भएका व्यक्ति अध्यक्ष छन् भने अन्य अत्यन्तै विशिष्ट सञ्चालकहरु रहेकाछन् । बैंकमा राम्रो लगानि गरिएको छ, जसको प्रतिफल पनि चाँडै बैकिगँ क्षेत्रमा देखिन थालेको छ । पाण्डेको बैंकले छोटो समयमै शान र मान दुबै कमाएको देख्दा यस क्षेत्रका सबै चकित छन् ।

अनिकेतलाई ईन्टरभ्यूकालागि बोलाएकै बेला पाण्डेले ‘हामी सबै यहाँ एउटै परिवारको रुपमा मिलेर काम गर्छौ, यो बैंकको वातावरण अत्यन्त आत्मिय छ’ भनेर फूर्ति लगाएका थिए । उनको कुरा पत्याएर अनिकेतले पहिलेको भन्दा यो बैंक सबै कुरामा राम्रो होला भन्ने ठानेको थियो । बैंकको सिईओले नै आफ्नो बैंकलाई एउटै परिवार हो भनिदिए पछि त्यहाँ पक्कै पनि मिलन हुन्छ, छलफल हुन्छ, सरसल्लाह हुन्छ र एकले अर्कालाई सहयोग गर्छन् भन्ने अनिकेतलाई लागेको थियो । तर त्यो बैंक नामको परिवार भित्र किचलो र कलह थियो । त्यहा मन परेकालाई काखामा राख्ने, उसको छिट्टै प्रमोशन पनि गरिदिने, उसको गलत कुरा पनि मान्ने तर जो मन परेको छैन त्यसको खुट्टा तान्ने, उसको सानो गल्तिलाई पनि ठूलो पार्ने र प्रमोशन रोक्ने जस्तो ‘कसैलाई काखा कसैलाई पाखा’ गरिदों रहेछ त्यो बैंकमा । त्यो परिवार त रहेछ तर महाभारत मच्चिएको परिवार जहाँ पाण्डव र कौरव जस्ता बैंक यवस्थापन र कर्मचारीहरु एक आपसमा लडि रहेका थिए । उनीहरु बीच चर्को मनमुटाव थियो, एउटाको कुरा अर्कोले हाकिमसंग गएर लगाउने र आफु हाकिमको साखिल्य र जाति बन्ने जस्तो रोगले त्यो बैंकका कर्मचारी ग्रसित थिए । विभिन्न व्यक्तिले विभिन्न खालको व्यवहार गर्छन र त्यसलाई सहन र पचाउन सक्ने साम्थ्र्यको विकास नगरे यो बैंकमा टिक्न गारहो हुन्छ भन्ने कुरा अनिकेतले राम्रोसंग वुझेको थिएन । पहिले काम गरेको बैंकमा यस्तो हानथापको राजनिति र अन्य कुनै समस्या थिएन ।

अनिकेतको कामप्रतिको लगनशिलता, छिटो र बैंक ब्यवस्थापन र ग्राहकले चाहे अनुसारको काम गर्ने उसको शैली, कामप्रतिको झुकावले गर्दा उसले त्यो भर्खर नया ज्वाईन गरेको बैंकमा पनि सबैको मन जित्न सफल भएको थियो उ । उसको कामबाट अत्यन्त प्रभावित भएको यो बैंकले छिट्टै नै अनिकेतको पदोन्नती पनि गरिदियो । यो नया बैंकमा पनि हरेक वर्ष कार्यसम्पादन मूल्याङ्कन फर्म भर्ने चलन रहेछ । सरकारी कार्यलयमा पनि यस्तो कार्यसम्पादन मूल्याङ्कन फर्म भरिन्छ, तर त्यो त्यत्ति शसक्त र निष्पक्ष हुदैन । कार्यसम्पादन मूल्याङ्कन फर्म भर्दा अन्तरराष्ट्रिय प्रचलन अनुसार हाकिमले आफ्नो मातहतका कर्मचारीको काम र योग्यता हेरेर कर्मचारीको रिपोर्टिगँ र कमेन्ट गर्ने गर्दछन् । हाकिमले लेखेको र कमेन्ट गरेको कुरा ठिक छ भनेर उसको मातहतका कर्मचारीले हस्ताक्षर गर्नुपर्ने हुन्छ । तर नेपालमा त्यस्तो चलन आई सकेको छैन । नेपालमा त हाकिमले आफ्ना कर्मचारीलाई दिने गोप्य नम्वर भन्ने हुन्छ । यसरी हाकिमले दिने गोप्य नम्बरले बैंक कर्मचारीको जिन्दगी वनाउने र विगार्ने काम गर्छ । यसरी दिने गोप्य नम्बरका कारणले नै मातहतका कर्मचारीले आफनो हाकिमको जी हजुरी गर्ने गर्दछन् । चाकडी प्रथाले नेपालमा फल्ने फूल्ने मौका पाएको कारण पनि यही भएर होला । अनिकेतले पहिला काम गरेको विदेशी बैंकमा चाकडी प्रथा र गोप्य नम्वर भन्ने त्यस्तो केही पनि थिएन । हाकिमले आफ्ना मातहतका कर्मचारीको वारेमा के सोच्छ भन्ने कुरा दुवै जना सँगै वसेर त्यो बिषयमा छलफल गरेर हस्ताक्षर गरेपछि मात्र त्यो कार्य सम्पादन फर्म प्रमाणिक र सबैलाई मान्य हुन्थ्यो । तर यहाँ त्यस्तो केही थिएन सबै कुरा गोप्य रुपमा छलफल नगरेरै गरिन्थयो, यो कुरा अनिकेतलाई मन परेको थिएन

अनिकेतले यो नयाँ वैकमा काम गर्न थालेको पनि एक वर्ष भयो । जतिसुकै नयाँ बैंक प्रजमतमन्त्रिक पद्धति अनुसार चल्ने भनेपनि नया विचार र भिजन भएको भनेर प्रचार गरेको भएपनि केही कुराहरु भने यस बैंकमा पनि पुरानै पद्धति र ढाँचामा नै गढिएका रहेछन । अनिकेत को बैंकका एक जना हाकिमले उसलाई ‘तिमी कार्यसम्पादन फर्म भरेर देउ त्यसपछि म भरेर माथि म्यानेजमेन्टमा पठाउँछु’ भने । उसले बिनम्र भएर सोध्यो ‘सर तपाइले भरेको र कमेन्ट गरेको कुरा मैले हेर्न र हस्ताक्षर गर्न पाउंछु कि पाउंदिन ?’ अनिकेतको बैंकको हाकीमले भने ‘तिमीले पाउदैनौ हेर्न, यो बैंकको वरिष्ठ बर्मचारीहरुले गर्ने निर्णय हो, तिमी जस्तो कर्मचारीले यसलाई हेर्न र यसमा हस्तक्षेप गर्न पाउंदैनौ ।’

‘यदि त्यसो त्यो हो भने म यो कार्य सम्पादन मूल्याकँन फर्म भर्दिन’ अनिकेतले स्पष्ट रुपमा आफ्नो हाकिमलाई जवाफ दियो । ‘सर तपाइले मेरो त्यो गोप्य मूल्याकँन फार्ममा के लेख्नुभयो मैले कसरी थाहा पाउने, हुन सक्छ मसंग कुनै कुरामा रिस उठेकोले तपाईं मसंग रिसइवी साध्न मेरो वारेमा नचाहिने कुरा पनि लेखेर पठाउन सक्नुहुन्छ । अहिले यो फर्म तपाईंको हातमा छ, यसमा तपाई.को मोनोपोली चल्न सक्छ त्यसैले तपाईंले यसमा के लेख्नुभयो भन्ने मैले थाहा पाउदिन भने मैले यो मूल्याकँन फार्म भर्नु बेकार छ, तपाइले आफैले नै भरेर अनि सिग्नेचर गरेर पठाईदिनुस् ।’

उसले निडर भएर स्पष्टसंग कुरा गरेको देखेर एकछिन त हाकिम पनि जिल्ल परयो । पहिले काम गरेको विदेशी बैंकमा सिकेको र हुर्नै पर्ने अन्तराष्ट्रिय नियम भएकाले पनि होला अनिकेतलाई हाकिमको अगाडि यसरी निर्धक्क भएर बोल्न डर लागेन । आखिरमा अनिकेतले लिएको अडानका कारण त्यसवर्षको कार्य सम्पादन मूूल्याकँन फर्म पनि भरेन । अफिसभरी यस बिषयमा हल्लाखल्ला भयो, कतिले उसले लिएको अडानको तारिफ गरे भने कतिले कुरा पनि काटे । अचानक उ हिरो जस्तो चारैतिर छायो, भर्खर नयाँ फिल्म हिट भएर चर्चा कमाएको फिल्मको हिरो जस्तो सर्वत्र उसले मूल्याकँन फार्मकालागि गरेको विरोधको नै चर्चा भईरहेको थियो । उसको यो अडानले आगााि दिनहरुमा त्यस बैंकका हाकिम र अन्य कर्मचारीलाई उसको हिम्मत थाहा भयो ।

उसको यो बैंकमा काम गर्दे सेकेण्ड, मिनेट, घण्टा, दिन, हप्ता र महिना गरेर समय बित्दै थियो, केही उसको कामदेखि सन्तुष्ट थिए भने केही असन्तुष्ट । केही महिना पछि प्रमोशनको सूची आयो, अनिकेतको नाम त्यो सूचीमा परेन । उसलाई परिवारको रुपमा रहेको यो बैंकको बाहिरी र भित्री अनुहार बल्ल थाहा भयो, बैंक र अन्य संस्थामा हुने कर्मचारी र ब्यवस्थापन पक्ष बीचको घृणित राजनितिको उ राम्रै गरेर शिकार भएको थियो । बैंकका सिईओ पाण्डे सरले उसलाई वोलाएर भने ‘चिन्ता नगर तिम्रो प्रमोशन अर्को वर्ष हुनेछ ।’ पाण्डे सरमा एउटा विलक्षण प्रतिभा थियो, उनी व्यक्तिको प्रतिभा र खुबीलाइ छिट्टै चिन्दथे त्यसैले भोली काम लाग्न सक्ने मानिसलाई चिढाउन चाहंदैनथे । मान्छेलाई जाँचि परखी काम दिने र त्योसंग नराम्रो ब्यवहार नगर्ने कुरामा उनी सिपालु थिए । पाण्डे सरले अनिकेतलाई थुमथुम्याउंदै भने ‘६ महिनापछि अर्को प्रमोशनको सूचि आउँछ त्यसमा तिमीलाई समावेश गरिने छ, डन्ट वर्री बी हैप्पी अहिले मन लगाएर राम्रोसँग काम गर ।’ एउटा बैंकको सामान्य कर्मचारीलाई हाकिमले नै वोलाएर यसो भनेर थुमथुम्याए पछि त्यो कर्मचारीले अरु भन्न र गर्न के नै सक्छ र ? त्यही भएर अनिकेत मन मारेर र हात बाँधेर चूपचाप बस्यो, उसले अब धैर्य गर्न सिकि सकेको छ । दर्शकको भावमा घटनाहरुलाई हेर्नु र ती असामान्य घटनालाई पनि सामान्य भावमा ‘टेक ईट ईजी’ को रुपमा लिन उसलाई यही बैंकको जागिरले सिकाएको हो । उसले गरेको र्धैर्य र लिएको अडानको परिणाम राम्रो र सबैलाई फाईदा हुने किसिमले आयो । अर्को वर्षदेखि उसले अहिले काम गरिरहेको बैंकमा कार्य सम्पादन मूल्याङकन फर्म कर्मचारीले पनि हेर्न पाउने र त्यसपछि अनिवार्य हस्ताक्षर गर्नै पर्ने नियम बनाईयो । अनिकेतले आफ्नो अडानका कारणले बैंकले आफ्नो नियममा गरेको बदलावलाई आफ्नो सफलताको पहिलो खुडकिलोको रुपमा लिएको छ, उ भित्रभित्रै यो कुराले प्रसन्न छ ।

अहिले अनिकेतले काम गरिरहेको बैंकको वातावरण पहिलेको विदेशी बैंक भन्दा भिन्न छ । यस बैंकमा अन्य तीनचारओटा वैकबाट काम गरेर आएका कर्मचारीहरु छन । जो आफ्नो क्षेत्र वा विभागमा अन्य बैंक बाट सिकेर र देखेर आएका कुराहरु र आफ्नै खालको नियमहरु लाद्न खोज्छन । पहिले उसले काम गरेको विदेशी बैंक भन्दा यस बैंकमा व्यवसायीकतामा धेरै कमी छ । यहाँ योग्यता भन्दा भनसुन र चापलुसीका काम र कुराहरु धेरै हुन्छन् । बैंकका सिईओ र हाकिमले त्यस्ता एक अर्काको कुरा काटेर अरुलाई उछिन्न खोज्ने कर्मचारीको कुरा बढी सुन्छन । मन परेको कर्मचारीलाई काखी च्याप्ने चलन धेरै छ । बैंकमा काम गर्ने केटीहरु जो बैंकको काम भन्दा आफ्नो अनुहार सिगाँर्न र हाकीमको प्यारो बन्न तिर बढी ध्यान दिन्छन् तिनीहरु पछि पछि लाग्छन हाकिमको र आफ्नो काम निकाल्छन् । । शनिवार र अन्य विदाको दिन पनि हाकिम र सिईओको चिल्लो काला सिसा भएको गाडीमा अफिसका सेता तिघ्रिा भएका केटीहरु जो लिपिस्टिकले ओठ रातो पारेर गगल्सले आँखा छोपेर गाडीमा बसेका हुन्छन् । यस्ता दृश्य देखिनु सामान्य जस्तै भइसकेको छ, कहिलेकाँही हाकिमको अगाँलोमा बेरिएका रक्सीले मात्तिएका केटीहरु फाईभ स्टार होटलको सुईटबाट फुत्त निस्किन्छन् । त्यो दृश्य देख्ने जो सुकैले पनि सहज अनुमान गर्न सक्छ त्यहाँ के भएको थियो होला भनेर । यी केटीहरु शायद रहरले भन्दा वाध्यताले त्यहाँ आएका हुन सक्छन । प्राईभेट बैंकको जागिर, त्यो पनि योग्यता भन्दा भनसुन र चाकडीले आएका, यी केटीहरुको योगयता भनेकै, सन्दर अनुहार, सुन्दर हरीर र मीठो मुस्कान नै यिनीहरुको योग्यता हो । त्यसैलाई भजाएर उनीहरु हाकिमको प्रिय पात्र बनिरहेका हुन्छन् । रहरले आफ्नो जिन्दगी स्वतन्त्र र स्वच्छन्द रुपमा चलाउने प्रवृत्ति उसले पहिले काम गरेको विदेशी बैंकमा पनि नभएको होइन । तर यस बैंकमा रहर भन्दा वाध्यताले काम गर्न आएका र हाकिमको ईच्छा अनुरुप चल्न बाध्य पारिएका कर्मचारीहरुको संख्या धेरै छ । दुबै बैंकको वातावरण तुलनै गर्न नमिल्ने गरी अलग छ, तर सबै बैंकमा एउटा समानता भने छ त्यो हो त्यहाँका सबै पुरुष कर्मचारीहरुले टाई लगाउनै पर्ने चलन ।

जे जस्तो भएपनि दिनहरु बितिरहेका छन, जाडोले कठ्याग्रिँएर रुखबाट झरेका पातहरुमा फेरि यौवन फर्केको छ । बैंकका सिईओ पाण्डेसरको नेतृत्वमा अफिस लोन, ब्याज, धितोको कुरामा अल्झिदैं अगाडि बढिरहेको छ । पाण्डे सरले पाँच वर्ष भित्रमा आफुले नेतृत्व गरेको यो वैंकलाई देशको एक नम्वरको वैंक बनाएरै छाड्छु भनेर अठोठ गरेकाछन । तर उनको यो ईच्छा वा अठोठ पूरा नहुने जस्तो छाँटकाँट देखिन थालेको छ । उनको बैंकमा काम गर्नेे धेरै कर्मचारीहरु यो बैंक छाडेर अन्य बैंकमा जान थालेका छन । खै किन हो यो कुरा वा रहस्य अनिकेतले बुझ्न सकेको छैन ? गएको पाँच, सात वर्षको अवधिमा धेरै कर्मचारीहरुले यो बैंकलाई सधैंको लागि माया मारेर गएकाछन् । नया अवसर र राम्रो सेवा सुविधाको लोभमा परेर हो कि बैंकको भनसुन र चाकडी प्रथाबाट दिक्क भएर हो कुनै पनि कर्मचारी यो बैंकमा धेरै दिन टिक्दैनन, किन हो कुन्नी ???

यो बैंकमा अनिकेतको मिल्ने साथी हो सिद्धार्थ, उ यो बैंकमा म्यानेजरको पदमा आसिन छ । अर्कै वैंकबाट आएको सिद्धार्थमा घमण्डको पराकाष्ठा छ, उ अरुलाई आफ्नो अगाडि टिक्नै दिदैंन, अरु सबै कम योग्यता र ज्ञान भएका मात्र लाग्छन् सिद्धार्थलाई । आफ्नो दाइ राष्ट्र वैंकमा ठूलो पदमा भएको निकै तुजुक छ सिद्धार्थलाई, आफ्नो मान्छे ठूलो पदमा आसिन भएर मात्रै त केही हुन्न तर त्यसको गलत र आफ्नो निजि हितमा प्रयोग गरेर फाईदा लिएको चर्चा असफसमा सर्वत्र ब्याप्त छ । सिद्धार्थले नजानेको काम केही छैन । बैंकबाट विदेशमा कुनै तालिम वा सेमिनार अटैण्ड गर्न जानु पर्ने कुनै नया कार्यक्रम आयो भने सिद्धार्थको दाइले हाकिमलाई फोन गरेर उसलाई नै पठाइदिनु भनेर फोन गरेर दबाव दिन्थे । जतिकै ठूलो विदेशी वा स्वदेशी लगानिमा खुलेको बैंक भएपनि सबैले राष्ट्र वैंकको निति नियम मान्नु पर्ने बाध्यता भएकोले उसको विरुद्धमा चुँईक्क बोल्न सक्दैनन् । राष्ट्र बैंकको हाकिमले भनेपछि यी बैंकहरुले नाई भन्न सक्ने कुनै आधार नै बाँकी छैन । नचाहेर पनि राष्ट्र बैंकको दबावका कारण उसका नातेदारलाई विदेश पठाउनै पर्ने वैंकको हाकीम र सिईओको बाध्यता कसले बुझ्ने ? एक हप्ताको लागि मात्र विदेश जान पाइयो भने ५० हजार रुपैयाँ कमाइ हुनुका साथै विदेश भम्रण पनि सित्तैमा हुने भएकोले कमाएको पैसा पनि जोगिने । यस्तो सुनमा सुगन्ध जस्तो विदेश जाँदा हुने फाईदालाई कुन मूर्खले छाड्न चाहन्छ ? प्रत्येक महिना १०÷१२ हजारको तलब थाप्ने बैंकको सामान्य कर्मचारीलाई ३÷३ महिनामा विदेश गएर कमाउन र घुम्न पाउनु चिठ्ठै परया जस्तो हुन्छ, जुन चिठ्ठा सिद्धार्थको भागमा दाईको कारणले बारम्बार परिरहेको छ । फ्रीमा विदेशको घुमाईले उसको प्रतिष्ठा पनि बढिरहेको छ ।

सिद्धार्थ कै बैंकमा उ सँगै काम गर्ने शिखालाई उ असाध्यै माया गर्छ । शिखा विवाहित हुन् । तर पनि सिद्धार्थको उनीसंग खै के सम्वन्ध छ शिखा भनेपछि उ हुरुक्कै हुन्छ । शिखाले पनि सिद्धार्थलाई धुत्न सम्म धुतेकि छन । उनी ढिलो गरी बैंकमा आउने, वेलुका पनि चाडै घर फर्किने । अफिसमा पनि धेरै काम गर्दिनन् । उनी अरुलाई आफ्नो काम गराएर जस आफूले लिनमा खप्पिस छिन् । सिद्धार्थको साथ पाएकिले उनले गर्न नहुने केही पनि काम वाँकी राखेकि छैनन्, उनकालागि बैंकका सबै नियम तोडिएका छन् । सिद्धार्थले सबैलाई बैंकमा शिखाको बारेमा तर्साएर राखेको छ, उ सबैको मुखैमा भन्छ ‘अरुको विषयमा जेसुकै कुरा सुनाउनु र लगाउनु तर शिखाको विषयमा केही पनि कुरा मलाई नसुनाउनु, म उनको विरुद्धमा केही पनि नराम्रो सुन्न चाहन्न ।’

जागृत विष्ट, यो बैंकको अर्को म्यानेजर, उनलाई दुनिया र दुनियादारीसंग कुनै मलतव छैन । जागृतलाई तीन ओटा चिज भए पुग्छ, त्यो हो साडी, घडी र गाडी । यि तिनै चिज उसका कमजोरी हुन्, त्यही भएर जागृतका साथीभाइ र बैंकका कर्मचारीहरुले जिस्काएर उसलाई ‘थ्री डी’ भन्ने गर्छन । बैंक भित्र पनि आफ्नै विभागका केटीहरुसँग मात्र उसको हिमचिम छ । हरेक दिन विहान साझ उ आफ्नो अफिसमा काम गर्नेकेटीहरुलाई पु¥याउने ल्याउने पु¥याउनेलगर्छ, बैकको म्यानेजर भएर पनि उ केटीलाई आफ्नो गाडीमा लिफ्ट दिने र ल्याउने, पु¥याउने जस्तो साधारण काम गरेको देख्दा बैंकका अन्य कर्मचारी जिल्ल पर्छन । उसको कमजोरी साडी किन हो भने उ आफ्ना प्रिय केटीहरुलाई महँगो र राम्रो साडी गिफ्ट दिन्छ र उनीहरुसंग चाहेको कुरा वसुल गर्छ । उ बैंकमा काम गर्ने केटीहरुलाई नामले वोलाउँदैन, उनीहरुलाई मिठो भाकामा ‘बाबु’ भनेर वोलाउँछ । बैंकमा उसकै विभागमा काम गर्ने केही कर्मचारीहरुले अफिसको कागजपत्र देखाउन लिएर जादाँ पटक पटक उसले बाबु अर्थात बैंकका अन्य कनिष्ठ कर्मचारीका रुपमा केटीहरुलाई देखाएर ल्याउनु भनेको थियो । ती अधिकृतहरुले आफूभन्दा जुनियर तहको कर्मचारीलाई कागज देखाउन जानुपर्ने भएपछि रिसले रातो पिरो हुदैं उो घटनालाई आफ्नो अपमानको रुपमा लिएका थिए । ती आफुलाई अपमानित महसुस गरेका बैंकका अधिकृतहरुले राजिनामा नै दिएर बैंक छाडेर गएका थिए । यस्ता घटनाले पनि जागृतलाई कुनै असर पारेको थिएन । उसलाई त्यो बैंकको सिईओ र आफु भन्दा माथिका हाकिमको आशिर्वाद प्राप्त थियो त्यही भएर जबसम्म यो वैंक नाफामा छ, जहिलेसम्म बैंकले प्रगति गर्दै छ त्यसवेलासम्म उसको यस्तो ब्यवहारलाई बैंकका टाउकेहरुले ध्यान दिएका छैनन् । बैंकका ठूलाबडाले नै ध्यान नदिएपछि अन्य कर्मचारीले मात्र टाउको दुखाएर के गर्ने

सुमित, उज्जवल र भाष्कर पनि त्यही बैंकमा काम गर्दछन । सुमित वैंकिङ उद्योगको सवैभन्दा स्मार्ट केटा हो । उसले जागिर मात्र बैंकमा गरेको छैन कि कहाँबाट कसरी फाइदा उठाउनु पर्छ भन्ने कुरा सुमितलाई राम्ररी थाहा छ । उ पूर्व सचिवको छोरा भएकोले धाक धक्कु पनि बढी नै लगाउंछ । आफ्नो बुवाको पावरलाई उसले राम्रोसंग भजाउन सकेको छ, उसले धेरै मान्छेहरु चिनेको छ । देशको प्रतिष्ठित ब्यापारिक घरानाहरुसंग उसको उठबस छ । त्यही भएर उसले पनि व्यापारमा लगानी गरेको छ, राम्रो साम्रो सुटबुट लयाउनुको साथै महँगा गगल्सहरु लगाएर आफ्नो आँखाको छिन छिनमा फेरिने भावहरुलाई छोप्ने गरेको छ । अनिकेतलाई पनि अलिकता हुने खाने हुने बित्तिकै मान्छेको आँखा महँगो फ्रेमयुक्त चश्मा र गगल्सले किन छोपिन्छ ? भन्ने जान्न सारहै खुलदुली लाग्दछ । उसलाई लाग्छ समपन्नताले मान्छेमा घमण्ड बढाउंछ, मनमा विकृतिले डेरा जमाउंछ जसले गर्दा उसका मनका भावहरु आँखामा प्रष्टसंग अरुले पढ्न सक्छन भन्ने भयले नै चश्मा वा गगल्स लगाउने अनिकेतको ठम्याई हो । यता सुमित गाडी फेरीफेरी चढ्छ, केती पनि फेरि फेरि घुमाउंछ । उ पनि केटीहरुसँगको सम्वन्धको मामलामा एकदमै कमजोर छ, जहाँ र जहिले पनि केटी देखेपछि चिप्लि हाल्छ । हरेक दिन साझ घर जाने वेलामा फरक फरक ठाउंमा फरक फरक केटीहरु सुमितलाई पर्खिरहेका हुन्छन् । सुमित र सिद्धार्थ रक्सी खान पनि जोडी नम्बर एक हुन्, यिनलाई केटी र रक्सीमा कसैले जित्न सक्दैन । यो उनीहरु गर्वका साथ बताउंछन्

एक दिन अनिकेत बैंकको काममा निकै व्यस्त थियो, त्यही बेला एक जना परिचित पत्रकार साकेत केसी उसको अफिसमा आईपुग्यो । साकेतको साथमा सुन्दर नाक नक्शकि एउटी केटी पनि सँगै आएकि थिइन । ती युवती सुन्दरता र स्मार्टनेस् को राम्रो उदाहरण थिईन् । करीव २७ वर्षकि साढे ५ फिट अग्ली, कालो वर्णकी उनी फिरोजी कलरको साडीमा साह्रै राम्री र चिटिक्क परेकि देखिइकि थिइन । सामान्य अभिवादन गरेर ती युवती प्राञ्जली र अनिकेतको बीच साकेतले परिचय गरायो अनि दुवै जना उसको केविनमा बसेर कुराकानी गर्न थाले । कुरा सुरु गर्दै साकेतले भन्यो उ र प्राञ्जली कलेज पढ्दा देखिको साथी हुन् र उनी अहिले एउटा अन्तराष्ट्रिय गैर सरकारी संस्थामा जब गर्छिन । भारतीय मूलकि प्राञ्जलीको नेपालको नागरिकता थिएन जसलेगर्दा उनलाई बैंकमा खाता खोल्न अप्ठयारो परिरहेको थियो । प्राञ्जलीकोल ागि बैंकमा खाता खोल्नु एकदमै आवश्यक भएको पनि साकेतले अनिकेतलाई बतायो ।

अनिकेतले सजिलैसित प्राञ्जलीको खाता आफ्नो बैंकमा खोलिदियो । बैंकमा खाता नभएर सारहै अप्ठयारोमा परेकि प्राञ्जली गत ६ महिनादेखि वैंकका एकाउन्ट खोल्न धाइरहेकी थिईन् । तर आज सजिलैसित कुनै आपत्ति र प्रतिक्रिया बिना नै अनिकेतले आफ्नो बैंकमा उनको खाता खोलिदिंदा प्राञ्जली उ प्रति अनुग्रहित भएकि थिइन । उनकोलागि असम्भव जस्तो भईसकेको खाता खोल्ने काम अनिकेतले सामान्य तरिकाले गरिदिंदा स्राञ्जली उसलाई बारम्बार धन्यवाद दिईरहेकि थिईन् । अनिकेतको केविनमा बसेर एक, एक कप चिया पिएपछि दुवै जना त्यहाँबाट विदा भए । प्राञ्जलीले साकेतलाई पनि आफ्नो माध्यमबाट साथीको बैंकमा खाता खोली दिएकोमा धन्यवाद दिइन् तर उनको मनले चाहीं अनिकेतलाई पहिलो नजरमै पछयाई सकेको थियो । उनी कृतज्ञ भईन अनेनिकेतको सहयोगी भावना र उसको व्यक्तित्वप्रति । प्राञ्जलीलाई पहिलोपल्ट भेट भएको अनिकेतको साथ त्यति छिटै छोड्न मन लागिरहेको थिएन, तर उनी बाध्य थिइन् ।

अनिकेतको जीवनमा पनि अहिलेसम्म कुनै हलचल भएको थिइन् । युवा उमेरको चाहना व्यक्त हुनु भन्दा पहिले नै बाआमाले उसको बिहा गरी दिईसकेका थिए । जेठी छोरी स्कुल जाने भईसकेकि थिई भने अर्कि छोरी टुकु, टुकु गर्दै थिई । दुईवटी छोरी लगालग भएपछि अनिकेतका बाआमा एक मात्र छोराको वंश अछि बढ्छ कि बढ्दैन भन्नेमा चिन्तित हुन थालेका थिए । आखिर यही समाज र यहाँको पुरातनपन्थी सोच र वातावरणमा हुर्केका हुन् अनिकेतका बाआमा, संंस्कार र सोच बद्लिन असम्भव थियो । उनीहरु अब बुहारी शुरभीलाई छोरा पाउन दबाव दिन थालेका थिए । नातिको मुख हेरेर मात्र स्वर्ग जाने उनीहरुको ईच्छा शुरभीले पूरा गरोस पनि त कसरी ? यो उसको हातको कुरा थिएन। सृष्टिको अधिकार नारी जातिले पाए पनि के पाउने र कहिले पाउने ? भन्ने निर्णयको अधिकार नारीलाई न दिएर प्रकृतिले ठूलै अन्याय गरेको छ । अनिकेत दिनभरि अफिसमा ब्यस्त रहन्थ्यो उसलाई बाआमाको ईच्छासंग त्यति वास्ता थिएन, तर शुरभीलाई कहिलेकाही घरको काम संगै सासु ससुराको कचकच पनि सुन्नु पर्दा रिष उठ्थ्यो ।

घरको कचकचदेखि टाढा अनिकेत अब प्राञ्जली संगको सामिप्यतामा फुर्सदको समय बिताउन थाल्यो । प्राञ्जली अब उसको मन मस्तिष्कमा छाउन थालेकि थिई । प्राञ्जली थिई पनि बच्चा जस्तो अवोध र सुन्दर सानो सानो कुरामा पनि खुशी हुने उसको स्वभाव थियो । सबैलाई संधै सहयोग गर्न तयार बस्ने उ सबैसंग हाँसेर बोल्थि । खुलेर हाँस्ने स्वभावकि प्राञ्जली आफ्नो मनका भावनाहरु पनि खुलेरै व्यक्त गर्थि, हाँस्दा उसको गालामा गहिरो खाल्डो पर्दथ्यो जसलेगर्दा उसको सामु भएको व्यक्ति झन उसलाई सम्मोहित भएर एकटकले उसलाई हेर्न थाल्थ्यो । उ कुनै पनि कुरामा नहडबडाएर र नकराएर धैर्यपूर्वक बिस्तारै बोल्थि उसको मिठो बोलीले सुन्नेको कानमा जलतरगँको मधुर संगीत झकृँत गर्दथ्यो । । उसको मिठो बोलीले टाढैबाट उ आउन थालेको आभास सबैले पाउंथे । प्राञ्जली र उनको पति काठमाण्डुमा डेरा गरेर वस्छन, उसको दुई वर्षकी छोरी पनि छ । अनिकेतलाई भटेदेखि दगँदास प्राञ्जलीले आफनो पतिलाई र आफु कार्यरत अफिसमा गएर सबैलाई सजिलैसित आफ्नो वैंक एकाउण्ट खुलेको सवैलाई गर्वसाथ सुनाइन ‘अब मेरो पनि बैंकमा खाता छ है साथीहरु, अब कसैले मलाई विना खाताको भनेर हेप्न सक्दैन ।’

प्राञ्जलीले आफ्नो जीवनसंग मागेका र ईच्छा गरेका धेरै कुराहरु पाएकी छ, अझ थुप्रै कुराहरु उसको जिवनको लागि आवश्यक छन् जुन उसले पाईसकेकि छैन । बैंकमा खाता खोलेर घर आएपछि उसले यस बारेमा धेरै बेर घोरिएर सोचि, किन त्यो अपरिचित मानिसले केही पनि नभनी कुनै प्रश्न पनि न सोधि सजिलोसित खाता खोलिदियो ? ‘हुन त मैले त्यही वैंकका अरु कर्मचारीलाई पनि भनेकी थिएँ, तर कसैले मेरो खाता खोल्नमा सहयोग र रुची देखाएन । ’ यता अनिकेतको मनमा पनि हजार किसिमका स्रश्नहरु एठिरहेका थिए । उ सोच्दै थियो ‘यती सानो कामको लागि ती सुन्दर र स्मार्ट युवती मेरो बैंकमा किन आएकि होली ?’ आखिर उसको मन एउटा पुरुषको मन थियो, जो संधै सुन्दरता र प्रेमको भोको रहन्छ । ती युगती देख्दा खेरि नै सुशिक्षित र सभ्रान्त घरकि होलिन जस्तो लाग्छ । पहिलो भेटमै उ पनि ती युवतिप्रति नजानिदों किसिमले खिचिँएको थियो । ती युवतीको बारेमा अझ धेरै जान्न मन भएपनि उसले धेरै जान्न पाएन, किनकि उनी साथीको परिचित थिइन । जाने वेलामा उसले प्राञ्जलीलाई आफ्नो भिजिटिङ कार्ड दिएको थियो । उसले मनमनै सोच्यो ‘यो संसार सानो र गोलो छ, कँही न कँही ती सुन्दर र आकर्षक युवतीसंग एकदिन पक्कै उसको भेट हुनेछ ।’

जतिसकै विवाहित भएपनि पुरुषको मनले संधै नयापन चाहीरहेको हुन्छ, ‘नारी शरीरको सुगन्ध एउटा यस्तो मनलाई लोभ्याउने वस्तु हो जसको अगाडि संसारका सबै परफ्युमहरु फिका हुन्छन ।’ पुरुष बारम्बार नारीलाई भोग्न चाहन्छ, समाजको नियम कानुन महिलाकालागि मात्र बनाइएका हुन । त्यसैले त कुकुर जस्तो अरुको ढोकामा फोहोर पार्न जांदा उसलाई अगुल्टोले हिर्काईन्छ तर पनि उसले त्यहाँ जुठो पार्न छोड्दैन । आफ्नो जन्मजात स्वभावले गर्दा मुख डामिएपनि उ आफ्नो बानी छाड्दैन । नारीको शरीर र सौन्दर्यमा के जादु छ कुन्नी ? पुरुष यसमा बारम्बार डुबुल्की मार्न चाहन्छ, यसकालागि उसले आफ्नो खुशी, सुख र परिवार सबैलाई छोड्नु परेपनि उ तयार हुन्छ । यसलाई सभ्य पुरुषहरु प्रेमको नाम दिन्छन् तर यो कस्तो प्रेम हो जहाँ सबै नियम कानुन तोडिएको छ । जहाँ कुनै नैतिकता बाँकी छैन, जहाँ समाजप्रतिको जवाफदेहिता बाँकी छैन त्यस्तो उन्मुक्तता र स्वच्छन्दतालाई प्रेमको नाम दिएर सबै कुकर्मलाई ढाकछोप गर्ने प्रयास गरिन्छ । अब यस्तो स्वच्छन्दतामा महिलाले पनि पुरुषलाई पूर्णरुपमा साथ दिन थालेकाछन् । कतिपय अवस्थामा महिलाले पुरुषलाई पनि मात दिईरहेकाछन् । अब महिलाकालागि आफ्नो शरीर लुकाएर राख्ने वस्तु रहेन, उनीहरु आफ्नो सुन्दरता र शरीरलाई भजाएर कसरी फाईदा लिन सकिन्छ त्यसमा खप्पीस भईसकेका छन् । ‘दुई दिनको जीवन एकदिनको जवानी’ किन यसलाई सदुपयोग नगर्ने, कति कुण्ठामा बाँच्ने ? संसारका सबै नियम कानुन महिलाले मात्र मान्नु पर्ने कुनै वाध्यता छैन । अहिलेका उच्च शिक्षित महिलाहरु आफैसंग र समाजसंग यही प्रश्न गरिरहेकाछन् । हामी राम्रा छौं हाम्रो शरीर सुन्दर छ त यसमा हाम्रो के गल्ति छ हामी त प्रकृितका अनुपम उपहार हौं । प्रकृतिले हामीलाई प्रेम लुटाउन र मोज गर्न बनाएको हो त हामी किन मस्ती नगर्ने ?????

तर यो सब प्रश्नको जवाफ कसले दिने र जवाफ दि हालेपनि त्यो जवाफ कसले सुन्ने ? जसले सुन्नु पर्ने हो उ त पब र डिस्कोमा रक्सीको नशामा एक अर्काको आलिगँनमा बाँधिएर नृत्य गर्दै छ । दिनभरी बैंक र अफिसमा काम साँझ परेपछि दिनभरीको अफिसको बन्धकी जीवनलाई बैंकरहरु कसैको रातो ओठ र रक्सीसंग साटिरहेका हन्छन् । आखिरमा पैसा कमाएको नै मोज गर्नकालाथि हो, कसैलाई दिन र समाज सेवाकालागि त पक्कै होईन । मेहनतको कमाई कहिलेकाँही कुनै डिस्को र होटलमा अनि कहिलेकाँही कुनै युवतीको अतृप्त अधरमा चुहियो त के भयो ? बैंक त हो नै पैसाको रुख, जति हल्लाए पनि झर्छ, कहिलेकाँही सही तरिकाले अनि धेरैजसो गलत तरिकाले । सुलभ र किसनले त्यही बाटो प्रयोग गरेर बैंकबाट पैसा झारिरहेका छन् । यी दुबैको हात्ती जस्तै खाने र देखाउने दाँत बेग्ला बेग्लै छन् । यिनीहरु देखाउनकालागि त बैंकमा काम गर्छन तर उनीहरु बैंकबाट दिने ब्याज र चेकको भुक्तानीमा नक्कली नोटको गोलमाल गरेर टन्न पैसा कमाउंछन् । बैंकबाल पैसाको भक्तानी र ब्याज लिन आउनेहरुको पैसामा केही नक्कली नोट मिसाएर आफ्नो धन्दा चलाउंदै आएको छ सुलभले । धेरै जसो उ भारतीय मुद्राको सटही गर्न आउनेहरुलाई नक्कली नोटको उपहार दिएर पठाउंछ । सीमावर्ती शहर भएकोले तस्करी र नक्कली नोटको दुई नम्बरी ब्यापार खुब फले फूलेको छ यो शहरमा । त्यसैले उसलाई सक्कली नोटको बण्डलमा केही थान नक्कली भारु हाल्नमा कुनै अप्ठ्यारो छैन । यहाँ नक्कली भारु छ््यापछयापति पाउने भएकोले कसैले आफुमाथि शंका पनि नगर्ने अनि अवैध तरिकाले पैसा पनि टन्न कमाईने । कमालको आईडिया निकालेको शुलभले आफ्नो दिमागबाट । पढाईमा गोबर गणेश भएपनि गलत काम गर्नमा उ उस्ताद नै रहेको छ । आईएससी पढ्दा पढ्दै मेयरकी साली भगाएर बिहा गरेको सुलभले बल्ल तल्ल बिकम पास गरेको थियो । अहिले छोरा छोरी ढयाग्राँ ढयाग्राँ आफु जत्रै भईसक्दा उनीहरु संगै बुढो सुगा जस्तो एमबिएस गर्न तम्सिएको छ ।

यसरी भुक्तानी दिदाँ नक्कली नोटको काण्डमा परेर सुलभ पटक पटक समाति पनि सकेको छ, तर बैंकले आफ्नो शक्ति प्रयोग गरेर थप बदनामीबाट बच्न उसलाई जेल जानबाट बचाई सकेको छ । तर सुलभको मन पैसामा लिसो जस्तो टाँसिएको छ, बारम्बार उ पैसाको जालमा परेर चिप्लि रहन्छ । उसले आफु काम गर्ने बैंककै जुनियर कर्मचारीलाई नक्कली नोटको सटही र कारोबारमा प्रयोग गर्दे आएको थियो । आफैलाई प्रहरीले छानविन र पुछताछका लागि बोलाएपछि उसको कान ठाडो भयो । आफु बैंकंको सिनियर कर्मचारी भईसक्दा त प्रहरीले केरकार गर्न छाडेन भने त्यो बिचरो त बैंकमा असिसटेण्टको रुपमा कार्यरत आफ्नो दाहिने हातको रुपमा रहेको बिक्रमलाई प्रहरीले केरकार गर्न र अपराध सावित भए जेल हाल्न पनि पछि पर्ने छैन । आफ्नो र परिवारको भविष्य सोचेर उसले त्यो युवकलाई आफ्नो बाटोबाट संधैकालागि हटाउने निश्चय गरयो । बिक्रम सुरक्षित भविष्यको लागि रोडा बन्न थालेको आभास उसलाई भईसकेको थियो ।

केही दिनपछि कामको सिलसिलामा बाईकमा बाहिर गएर आईरहेको अवस्थामा त्यो युवक जो सुलभको दाहिने हातका रुपमा चिनिएको थियो, उसको संधैकोलागि काम तमाम भयो । विपरित दिशाबाट तीब्र गतिमा आईरहेको ट्रकले रक्सीको नशामा धुत भएर बाईक चलाईरहेको ती युवकलाई त्यो सुनियोजत तरिकाले पठाइएको ट्रकले टक्कर दियो । घटनास्थलमै बिक्रमको मृत्य भयो, बाईक दुर्घटनाको नाटक मञ्चन गरेर सुलभले बिक्रमलाई संधैकोलागि आफ्नो बाटोबाट हटाउन सफल भयो । जतिसकै आफुले गराएको दुर्घटनालाई घटनाको जामा पहिरयाए पनि बिक्रमको बुवाआमाले यो सबै गराउनमा सुलभको हात छ भन्ने थाहा पाईसकेका थिए, तर उनीहरुसंग कुनै सबुत थिएन । छोराको अचानक र सन्देहास्पद मृत्यले बिक्रमका बुवाआमा पागल झैं भए । उनीहरुले छोराको मृत्युको वेदना सहन नसकि सुलभलाई सराप्न सम्म सरापे । तर उनीहरु भगवान हैनन त्यसैले त्यो श्राप अहिलेसम्म फल्न सकेको छैन । प्रहरीले सुलभलाई छुन पनि सकेन, माथि बसेका भगवान मौन छन, कुन दिन उनले सुलभलाई पापको दण्ड दिनेछन, त्यो हेर्न बिक्रमका बुवाआमा मुटुमा गहिरो घाउ लिएर बाँच्न बिवश छन् ।

सुलभले यसरी हाकाहाकी कानुन हातमा लिनुको पछाडि उसको पिठ्युमा ठूलै शक्तिको आशिर्वाद रहेको छ । उ पूवै मेयरको साढुभाई हो, कलेज पढ्दा ताका नै उसले तत्कालिन मेयरकि सालीलाई आँखा लगाएर आफनो मोहजालमा पारिसकेको थियो । नेवार परिवारको सुलभले राणा परिवारको केटीलाई लक्का जवान सुलभले पाले मिचेर आफ्नो दाइहरु भन्दा पहिले नै मेयरकि सालीलाई भगाएर बिहा गरेको थियो । मेयरसंग पैसा र पावर अकुत रुपमा रहेको छ । सुलभको साढुदाइ मेयरले सुनको तस्करी, नकली नोटको कारोबार पनि गर्दछ, उसले बिहारबाट ल्याएर थुप्रै गुण्डाहरु पालेको छ । स्थानीय निकायको निर्वाचनमा यिनै गुण्डाहरुको बाहुबल र पैसको मद्धतले उसले चुनाव जितेको थियो । त्यो मेयरले नेपालमा खुलेको एउटा विदेशी बैंकको थुप्रै शेयर खरिद गरेको छ । उसकि कुनै योग्यता नभएकि छोरीले पनि बाउले खरिद गरेको अत्यधिक शेयरका कारण त्यो बैंकमा काम पाएकि छ । साढुभाइ लाई मेयरले हरतरहले संरक्षण दिएको छ । दुबैको घर नजिक छ त्यही भएर सुलभलाई आफ्नो गल्ति ढाकछोप गरेर दुनियाको सामु राम्रो बन्न सजिलो भएको छ । अफिसमा पनि उसको डरधाक सबैले मान्दछन्

सुलभकै बैंकमा काम गर्दछ किसन थापा, उसको अतितको बारेमा कमैलाई मात्र थाहा छ । श्लोकको नातामा मित भिनाजु पर्ने किसन आफ्नो अतितको कारणले गर्दा अलि डराएर बस्दछ । एउटै टोलमा बस्ने सुलभ र किसन स्कुलमा पाि साथै पढ्दथे, एकदमै मिल्ने साथीहरु दुबै अहिले एउटै बैंकमा काम गर्दछन् । उनीहरु दुबैलाई एक अर्काको कमजोरी र अतितको बारेमा सबै थाहा छ । बैकिगँ क्षेत्रमा राणा र शाही परिवारको बोलबाला रहेको छ तर किसन एउटा यस्तो बैंक कर्मचारी हो जसको बाउको कुनै ठेगान छैन । टोला महल्लाका मान्छेले उसको बाउलाई देखेका छैनन । किसनकि आमाले उसको बाउ प्रहरीमा हवलदार थियो भनेर सबैलाई भनेकि छ । तर आमाको चरित्र नै खराब भएको टोलछिमेकका मानिसहरु कुरा गर्दछन् र भन्दछन् ‘किसनको बाउ को हो किटेर भन्न सकिन्न, उ एउटा बाउको छोरा हैन ।’ किसनलाई आमाले घरमा रक्सी बनाएर हुर्काएकि हुन्, रक्सी बनाउने र बेच्ने क्रममा आएको एउटा ग्राहकसंग उनको हिमचिम निकै थियो । त्यसबाहेक उनले आफ्ना ग्राहकहरुलाई रक्सीसंगै आफ्नो शरीर पनि पस्किन्थिन् । धेरैसंग देहलीला गरिसकेकि किसनको आमाको लागि चुरोट पिउनु र तास खेल्नु एकदमै सामान्य कुरा हो । किसन आफ्नी आमाको स्वभावका कारण लज्जित अनुभव गर्दथ्यो ।

जसोतसो बिकम उतिर्ण गरेर किसनले भनसुनबाट यो बैकमा जागिर पाएको थियो । यो बैंकमा मिहिनेत र लगनले काम गरेपछि उसको पदोन्नति हुदैं गयो । बैंकमा आफ्नो जागिर स्थायी भएपछि उसले आमाो घरेलु रक्सीको ब्यापारलाई सदाको लागि बन्द गरायो । बैंकको जागिरले गर्दा दिनप्रतिदिन उसको आर्थिक अवस्था सुदृढ हुदैं गयो। तर आफनो कालो अतितलाई किसनले बिर्सन सकेको थिएन । जतिकै मानप्रतिष्ठा पाएपनि आमाको कालो कर्तुतको छाँया उसको र छिमेकीहरुको मनसपटलमा अहिले पनि ताजै छ । अहिलेपनि उसलाई छिमेकीहरु ‘ए त्यही किसन, जसकि आमाले रक्सीसंग आफ्नो जीउ पनि बेच्ने गरेकि थिई ।’ उसलाई छिमेकीहरुले मुख बिच्काएर भन्ने गरेको यो वाक्यले रातिमा निद्रा लाग्थेन । जब उ समर्थ भयो आफैले काम गरेको बैंकबाट लोन लिएर अलि पर त्यही शहरमा एउटा राम्रो घर बनायो । गाडी आफ्नो पैसाले किनेपनि आफन्त र छिमेकीले आँखा लगाउलान् भनेर उसले सबैलाई बैंकले दिएको भनेर झुटो बोलेको छ । उसको अतितलाई छलेर एउटी राम्रो घरकि शुसिल केटीसंग उसको बिहा गरिदिएको छ । किसन मगर थापा हो तर उसको बिहा बिचको मान्छेले छलेर क्षेत्री कार्कीकि छोरीसंग गरिदिएका छन् । उसकि श्रीमती सुधालाई आफ्नो श्रीमान किसनको अतितको बारेमा केही थाहा थिएन । अहिले किसनका दुबै छोराछोरी राम्रो स्कुलमा पढ्छन् । उ अब आफु जन्मे हुर्केको टोलमा बिर्सेर पनि जाँदैन, जहाँ उसको केही नातेदारहरु पनि बस्दछन् । तर तीनलाई मर्दा, पर्दा पनि उ फर्केर तीनलाई हेर्दैन न सान्तवना नै दिन्छ । तर उसकि आमा भने नानी देखि लागेको बानी भने झैं अहिले पनि त्यहाँ जान्छे र मस्ती गर्छे । छतमा घाम ताप्दै आफ्ना पुराना साथी, संगातिसंग तास खेल्दै र चुरोटको धूँवा उडाउंदै बसिरहेकि हुन्छे । किसनकि आमालाई बोक्सी भनेर टोल छिमेकका मान्छेहरु कुरा काट्छन् । त्यहाँ कुनै बच्चा बिरामी परेमा वा केही त्यस्तो घटना भएमा सबैको औंला किसनकि आमातिर नै उठ्छ तर उनलाई यसले केही फरक पार्दैन । जवानीमा उनलाई सबैले बेश्या भने, अहिले बुढयौलीमा त्यही समाज र मान्छेहरुले उनलाई बोक्सीको नया पदवी दिएकाछन् । समाजले अरुको कुरा काट्ने र खुट्टा तान्ने काम मात्र त गर्दछ । किसनकि आमालाई समाजको अर्घेलो भएर बाँच्ने बानी परि सकेको छ, त्यसैले उनी यस्ता कुरामा ध्यान दिन्नन् । तर किसनलाई यी सब कुराले प्रभाव पार्दछ, उ समाजको अगाडि सभ्य र भलादमीको मकुण्डो लगाएर बाच्न चाहन्छ । उ आफु र आफ्नो काममा केन्द्रित भएको छ, अफिसका साथीभाई, ससुराली र ठूला उधोगी ब्यवसायीहरुमा गएर उसको सम्बन्धको घेरा टुन्गिने गरेको छ । सालाको नाता भएकोले श्लोकसंग उसको हिमचिम धेरै छ आखिरमा पैसाले मान्छेलाई कति स्वार्थी र एक्लो बनाउंदो रहेछ ???

एउटै बैंकमा काम गर्ने सुलभ र किसनले एउटा नया ब्यवसाय शुरु गरेकाछन् । दुबैले मिलेर पार्टनरशिपमा वीरगञ्ज काठमाण्डु रुटमा चल्ने रात्रीबसको ब्यवसाय थालेका हुन् । आफैले काम गर्ने बैंकबाट लोन लिएर गरेको यो बस ब्यवसाय दुबैलाई फलिफाप भएको छ । सुलभले बैंकमा गर्ने नक्कली नोटको कारोबारबाट ध्यान हटाएर गरेको यो बस ब्यवसायले सबैको मुखमा बुजो लागेको छ । किसन र सुलभ दुबैले आफ्नो कालो अतितलाई बिर्सेर वर्तमानको राजमार्गमा सुन्दर भविष्यको रुपमा यो स्थाप्ना गरिएको यो कलशरुपी बसलाई दौडाई रहेकाछन् । मान्छेसंग जति पैसा भयो उ झन झन पैसाको भोको हुंदै जान्छ । पैसाले तान्छ भन्छन त्यही भएर उनीहरु बैंकबाट कमाएको पैसाले अझ बढी पैसा तानिरहेका छन् । पैसाको मुख भकारी जस्तो हुन्छ जति हाले पनि अटाउने । संसारका सबै मानिस आफुसंग भएको भकारीमा पैसा भर्नमा नै ब्यस्त छन् ।

दिनहरु समुद्रमा आएको लहर जस्तै राम्रा नराम्रा सबै घटनाहरुलाई आफुमा समेटेर अतित बाट वर्तमान बनेर उपस्थित हुन्थे । कामको चापलेगर्दा अनिकेत समय बितेको थाहा पाउंथेन । यसैगरि एकदिन कामको चापको बीच अनिकेतलाई अपरिचिन नम्बरबाट उसको मोबाइलमा कल आयो । माओवादीको चरम समय भूमिगत र समूहहरुको पनि बिगबिगी भएको समय थियो त्थो । नचिनेको नम्बर कसले कुनबेला के भन्छ र गर्छ थाहा हुदैंनथ्यो । त्यसैले उसले डरले काँप्दैं हडबडाएर मोबाईल रिसिभ गरयो । जब मोबाईलमा उताबाट जलतरगँको झँकार जस्तो मिो स्वर सुन्यो उसको मन भित्रबाट नै हल्का भएर आयो । निधारको पसिला पुछदै उसले हाँसेर सोध्यो ‘तपाईं कहाँबाट अहिले, यति दिनपछि कसरी मलाई सम्झिनु भयो ।’ उताबाट बोल्ने त्यो मिठो सुनिरहुं जस्तो स्वर प्राञ्जलीको थियो । उसले अनिकेतलाई एकपल्ट जसरी पनि भेट्न अनुरोध गरी, दुबैले लन्च ब्रेकमा नजिकैको रेष्टुरेण्टमा कफी पिउन भेट्ने निधो गरे । अनिकेतको आराम विराम, हालचाल केही नसोधी कहाँबाट कल गरेको केही नबताई प्राञ्जलीको तर्फबाट एक्कासी भेट्ने प्रस्ताव आएको थियो । अनिकेत एकछिन त अकमकियो, पहिलो पल्ट कुनै सुन्दर युवतीले यसरी अगाडि बढेर भेट्ने प्रस्ताव गरेकि थिई । नाई भनोस्र भने कस्तो घोँचु रैछ भन्लि भन्ने पनि डर त्यसैले उसको भेट्ने प्रस्तावलाई अनिकेतले नाई भन्न सकेन । आखिर सुन्दर युवतीको साथ कसलाई मन पर्दैन । ऋषी बिश्वामित्रले मेनकालाई देखेर आफ्नो मन थाम्न सकेनन् भने अनिकेत त हाडमासुले बनेको मान्छे हो, जसले मनमा तमाम राम्रा नराम्रा विकारहरु पालेर बसेको छ ।

नजिकैको रेष्टुरेण्टमा दिउंसो दुबै जनाको भेट भयो । सौन्दर्य र श्रृगाँरले दपदप गरिरहेकि प्राञ्जली साक्षत रतिको अवतार झैं देखिएकि थिई जो कामदेव जस्तो अनिकेतलाई आफ्नो सौन्दर्यको मोहजालमा पार्न आतुर थिई । बैंकको काम र स्ट्रेसले थाकेको अनिकेतलाई प्राञ्जलीसंग भेट्दा र उसको रुप सौन्दर्यलाई देख्दा मरुभूमिमा शितलता खोजिरहेको हरिणलाई जस्तै भित्रैदेखि शितल अनुभव भयो । संसार नै सौन्दर्यको पारखी छ, फूल, बच्चा, मुस्कान, सुन्दर केटी र उसको हाँसोलाई हेर्न पाउदा बारम्बार फर्केर हेरी रहन चाहन्छ । मान्छेको जात नै लोभी हो मिठो मसिनो खान, राम्रो लगाउन, सुख सयलमा बस्न र सौन्दर्यको पान गर्न चाहन्छ । रेष्टुरेण्टमा उनीहरु उनीहरु बीच विभिन्न विषयमा कुराकानी भयो । प्राञ्जलीले केही बेरमै आफु र आफ्नो परिवारको बारेमा सवै कुरा बताई, उसको ध्येय जसरी पनि अनिकेतको सहानुभुति बटुल्नु र ध्यान आफुतिर खिच्नु थियो । सासु ससुराले दिएको दुख, घर व्यवहार, परिवार, श्रीमानको व्यापार र व्यवहार सवै कुरा उसले एक सांसमा भन्न भ्याइ । आफुले चाहे अनुसारको श्रीमान नपाएको र श्रीमानमा एउटा पनि गुण आदर्शपतिको नभएको उसको गुनासो थियो । श्रीमानबाट पाउन नसकेको खुशी र पाएको हण्डर र पीडालाई उसले रुदैं अनिकेतको सामु व्यक्त गरी

प्राञ्जलीले आफ्नो बाल्यकालदेखि त्रिचन्द्र कलेजमा पढ्दा युनियनको राजनितिमा लागेको कुरादेखि अहिलेसम्मको अतितदेखि वर्तमान सम्मको हण्डरका कुरा अनिकेतले थाहा पायो । उसको विहेको कुरा पनि भए त्यो रेष्टुरेण्टको छोटो बसाईमा । आफ्नै आमाले पटकपटक तेरो विवाहमा ७ लाख खर्च भएको थियो भनेर बेलाबेलामा उसलाई भेद्ने गर्थिन । आमाले बोलेका ती क्षुद्र वचनहरु उसलाई नमिठोसँग विझिरहेको छ अहिलेसम्म । अनिकेत शान्त भएर सुनिरह्यो, केही बोलेन प्राञ्जलीलाई रुन र सहानुभुति पाउन एउटा बलियो काँधको आवश्यक्ता थियो जुन अनिकेतको रुपमा पाईसकेकि थिई । उसले अनिकेतले थाहा नपाउने गरी शिकार गरिसकेकि थिई, त्यसपछि अनिकेतले पनि आफ्नो र आफ्नो परिवारको वारेमा केही जानकारी उसलाई दियो । आफ्ुले जागिर कहिलेदेखि शुरु गरेको र आफ्नो जीवनको लक्ष्यको वारेमा सबै कुरा प्रष्ट पारेर उसले प्राञ्जलीलाई बतायो । अनिकेतले त्यो भेटमै पटक पटक उसलाई भन्यो ‘यो बैंकको जागिर नभएको भएँ म अहिले कुनै माध्यमिक विद्यालयमा शिक्षक हुन्थे होला अथवा कुनै सरकारी अफिसमा सुव्वा हुन्थे होला । मैले यो बैंकको जागिर पाउन र यहाँसम्म पुग्न धेरै संघर्ष गरेको छु ।’ दुवैले आ आफ्नो सुखदुख र अन्य थुप्रै अन्तरगँ विषयमा कुराकानी गरेका थिए । रेष्टुरेण्टमा कफी पिएर छुट्टीने बेलामा उनीहरुले एक अर्कालाई अब बेला बेलामा भेटिरहने वाचा गरेका थिए ।

व्यवसाय गर्नकोलागि बैंकको राम्रो जागिर छाडेर गएपनि द्रवित फस्टाउन सकेन । उसले जुन चिजको ब्यापार गरेको थियो त्यो त्यति राम्रोसंग चल्न सकेन । द्रवितले ब्यापारमा सफल हुनकालाथि धेरै प्रयास ग¥यो, खुबै तिकडम पनि लगायो तर सफल हुन सकेन । पैसा मात्रै होइन त्यसकासाथै ब्यवसाय गर्नकालागि दिमाग र मिहिनेतको आवश्यक्ता पर्दछ भनेर । तर केटी र रक्सीलाई मात्र जीवन मान्ने द्रवितले ब्यापारकालागि चाहिने जति मिहिनेत गर्न सकेन भने दिमाग उसंग जन्मजात नै थिएन । अब जुन चिज आफुसंग छैन त्यो बिना ब्यापार गर्ने पनि त कसरी ? उसले विदेशबाट सामान आयात गरेर देशमा बिक्री गर्न थाल्यो, डिभिडि, सीडी, भिसिडी, कम्प्युटर त त्यसको पार्टसहरुको व्यापार ग¥यो तर चल्न सकेन । उसको पैसा र समय दुबै खर्च भईरहेको थियो तर ब्यापारमा नाफा भईरहेको थिएन । ब्यवसायमा घाटा भएर चारैतिरबाट निराश भएको द्रवितले फेरी आफ्नो पुरानै जागिरमा फर्किने निश्चय गरयो । फेरि त्यही वैंकमा नै जागिर गर्ने विचार गरेर उसले अनेक जुक्ति र दाउ लगायो । द्रवितले फेरि विभिन्न शक्ति केन्द्र धाएर र सोर्सफोर्स लगाएर भए पनि उ अनिकेत भएकै बैंकमा जागिर गर्न आइपुग्यो । अनिकेत उसले फेरि बैंक ज्वाईन गरेकोमा खुशी थिएन, उसलाई द्रवितको घमण्डी स्वभाव, काम नगरेरै जस लिने र बैंकका अरु कर्मचारीको खुट्टा तान्ने बानी मन पर्थेन । द्रवितले बैंकबाट रिजाईन गरेर जाँदा उ मनमनै खुशी भएको थियो । तर फेरि द्रवित आईपुग्यो बैंकमा किचलो गर्न, उनीहरु दुबै बाहिरबाट अरुले हेर्दा अत्यन्तै मिल्ने साथी थिए तर भित्रबाट भने एकअर्काको हितचिन्तक थिएनन् । मनको कालो कसले हेर्छ र यो बनावटी दुनियामा ? सबै ओठको झुटो मुस्कानमै रमाउने गर्दछन् । आखिरमा यी दुबै साथी उही बैंकमा फेरी संगसँगै काम गर्न थाले ।

द्रवितको वुवाले जग्गा खरिद गरेका थिए त्यो जग्गा अरु कसैले आफ्नो भनेर अदालतमा कसैले मुद्दा हालिदिएछ । आफ्नो जग्गालाई हड्पिनकालागि अरुले झुटो प्रमाणपत्र पेश गरेर आफ्नो बनाएपछि द्रवितको वुवालाई नखाएको विष पनि लागे जस्तै भयो । आफ्नै जग्गालाई फेरि आफ्नो बनाउन सक्कली प्रमाणपत्र र सबुतहरु सहित बुढ्यौली उमेरमा अदालत धाईरहनुु परेको थियो । े । छोरालाई माया गरेर त्यत्रो रकम खर्च गरेर किनिदिएको जग्गा यसै छोडनु पनि भएन त्यसैले दुबै बाउछोरा निर्धक्क भएर सक्कली प्रमाण पत्रका साथ अदालतमा हाजिरी दिन जान्थे । जग्गा अभयको नाममा भएकाले मुद्दा अभयको नाममा परेको थियो जसले गर्दा अदालतमा उसको उपस्थिति अनिवार्य थियो । उसले बैंकबाट छुट्टी लिएर वेला वेलामा अदालत गएर तारेखमा सही गर्नु पर्दथ्यो । बाउछोरा अदालतको निर्णय आफ्नो पक्षमा हुन्छ निश्चित थिए ।

एक दिन द्रवितको वुवाले दुईजना वकिललाई उसकै बैंकमा कानुनी सरसल्लाह गर्न पठाइदिएका थिए । साथै आएका समिर श्रेष्ठ सिनियर वकिल थिए भने निश्मा कार्की उनको असिस्टेण्ट थिईन् । त्यहाँ यी दुबै वकिलको द्रवितसंग कुराकानी भयो, उसले ती दुबै वकिललाई मुद्धा लड्नकोलागि केही पैसा दिएर पठायो । मुद्धा मामिलाको चक्करले गर्दा अब द्रवित हरेर विहिवार वगलामुखी मन्दिर जाने भएको छ, कुनै मुद्धामामिला परेमा बगलामुखीको दर्शन गरेमा जितिन्छ भन्ने बिश्वासले धेरै मानिसहरु यहाँ दर्शन गर्न आउंछन् । बिहीबारको दिन यो मन्दिरमा खुट्टा हाल्ने ठाउं पनि हुन्न, अलि बढी धार्मिक स्वभावको द्रवित कलेज पढ्दादेखि नै विभिन्न मन्दिरमा दर्शन गर्न जान्थ्यो, त्यहाँ गएर मनले चिताएको पूरा गर्न भाक्ने पनि गर्दथ्यो । अहिले झन जमिनमा परेको मुद्धाका कारण उ अझ बढी धार्मिक र पूजापाठ गर्ने भएको छ । जसले झुटो मुद्धा हालेको छ त्यो पनि त यहाँ दर्शन गर्न आउला नि ? उसले पनि बगलामुखी देवीको पूजा पक्कै पनि भक्तिभावले गर्ला, सके आफुले मागेको पूरा गर्न देवीलाई भाकल पनि गर्ला ? अनि देवीले कुन पक्षको पूजाआजा ग्रहण गर्लिन र कसको पुकार सुन्लिन् ? आखिर अन्तरीक्षमा बसेका दुनियाको अदालतका न्याययाधीश ती अदृश्य भगवानले कसको पक्षमा न्याय गर्लान त ? यो प्रश्नको उत्तर आदिकाल देखि अनुत्तरित छ । आफ्नो जग्गामा परेको मुद्धाको विवादले गर्दा आज विहिवार साझ पनि ऊ वङ्गलामुखी गएको थियो जहाँ द्रवितले निश्मालाई भेटेको थियो । उनी एक अन्य पुरुषसंग बगलामुखी मन्दिरमा देवीको दर्शन गर्न आएकि थिइन । निश्माले द्रवितलाई मन्दिरमा देखेर अभिवादन गर्दै हालचाल सोधिन ‘आरामै हुनुहुन्छ’ द्रवितले अलि खिन्न मुद्रामा ठिकै छु भन्ने जवाफ दियो । यसभन्दा वाहेक उनीहरु बीच मन्दिरमा भीडले गर्दा अरु केही कुराकानी हुन सकेन ।

द्रवितको जग्गामा परेको मुद्दाको पेशी अगाडि सरेको छ । उसले अझ धेरै वकिलहरु भेट्नु पर्ने भएको छ । द्रवितमा एउटा अचम्मको गुण प्रकृतिले दिएको छ, जो पनि व्यक्ति अभयलाई भेट्छ खोर्ए किन उसंग एकदम नजिक हुन चाहन्छ । कहिलेकाँही उसको यो स्वभाव देखेर अनिकेतलाई लाग्छ ‘द्रवित त्यो रसमा भिजेको त्यो मिठाई हो जसमा जुनबेला पनि कमिला र झिगाँ टाँसिएर बस्ने गर्दछन् ।’ दुई चार पटकको भेटघाट पछि निश्मा पनि द्रवितको धेरै नजिक हुन थालिन् । द्रवितको स्मार्टनेस्, सुन्दरता र केटीहरुसंग बोल्ने तरिकाले निश्मालाई लठ्याउंदै गयो । जब कोही व्यक्ति अझ त्यसमा पनि केटीहरु द्रवितको नजिक हुदैं जान्छन् त्यसपछि उसले सीमा तोकेर आफ्नो सम्वन्धलाई अघि बढाउंदैन, तब उसको ती केटीहरुसंगको सम्बन्ध श्लोकको जस्तै सीमाहिन र बन्धनहिन हुन पुग्छ । अब यी दुई बीचको सम्बन्ध वकिल र ग्राहकको विचमा हुने औपचारिक सम्बन्धमा मात्र सीमित रहेन । द्रवित र निश्मा दुवै एकदमै मिल्ने साथीको रुपमा बजारमा देखिन थालेकाछन् । उनीहरु बीचको सम्बन्धयति झाँगिसकेको छ कि द्रवित शपिगंमा जाँदा निश्माले रोजेको लुगा किन्छ, उसले भने अनुसारको सुगन्धको डियोडोरेण्ट शरीरमा छर्किन्छ, उसलाई भेट्न जाँदा निश्माले भनेको रगँको लुगामा ठाँटिएर जाने गर्दछ । निश्मा पनि द्रवितले भनेको रगँको सारी चोलो र कुर्ता सुरुवाल लगाएर सुहाँउदो मेकअप गरेर मगमगाउदी भएर उसले भनेकने निह्चित ठाउंमा भेट्न जान्छे । द्रवित निश्माको सौन्दर्य र शारीरिक आकर्षणमा आकण्ठ डुबेको छ । निश्माको आखाँले द्रवितको सुन्दरता, फूलमा मडारिने भमराको जस्तो बानी र उसको आर्थिक अवस्थालाई राम्ररी मापन गरिसकेको छ । सौन्दर्यको बजारमा द्रवित एउटा त्यस्तो ग्राहक हो जो आफ्नो वर्तमान अवस्थालाई बिर्सेर सबै थोक लुटाउन तयार हुने गर्दछ ।

बगलामुखी देवीको कृपा र निश्माको परिश्रम र अझ भनौ उसको द्रवित प्रतिको आसक्ति र मायाले गर्दा त्यो मुद्दा द्रवितले जित्यो । जित्नु पर्ने नै मुद्दा थियो त्यो जितेकोमा कसैलाई आश्चर्य भएन । तर द्रवितले मुद्धासंगै निश्मालाई पनि मन र शरीर दुबैले जितिसकेको छ । अब दुबैजना जहाँ पनि सँगै हुन्छन्, निश्माको घरमा पनि आउजाउ गर्न द्रवितलाई अब कुनै रोकटोक छैन । द्रवितले एकदिन राम्रो मुडमा भएको बेला बगलामुखी मन्दिर दर्शन गर्न आउंदा उ संगै भएको व्यक्तिको बारेमा सोधिपोजी गरयो ? निश्माले दुवै जना साथी भए पनि आफुहरु बीचको सम्वन्ध राम्रो नभएको प्रष्टसंग बताइन । अचेल निश्मालाई चारैतिर द्रवित बाहेक कोही देखिन्न, उसको जपना, तपना नै द्रवित भएको छ, राति उ द्रवितको सम्झनालाई सिरानी बनाएर सुत्छे, सपनामा पनि उसैलाई देख्छे । बिहान हुनासाथ उ द्रवितसंग भेट्ने र रमाईलो कुरा गर्ने कल्पनामा डुब्छे । दुबै बीचको घनघोर सामिप्यता देखेर द्रवितको घरमा निस्माको नाममा झगडा हुन शुरु भई सकेको छ । द्रवितले निश्मा वकिल भएकोले कामको सिलसिलामा बैंकमा आउजाउ र बाहिर फेर पनि भेटघाट भइरहेको घरका सदस्यहरुलाई बताएको छ । द्रवितको आँखा निश्माको शारीरिक सौन्दर्यमा लठ्ठिएको छ, उ जसरी पनि निश्मालाई आफ्नो बनाउन च भोग्न चाहन्छ । उता निश्मा पनि द्रवितको शारीरिक हाउभाउबाट आकर्षित छिन् । उनी उसको पैसा र पावरको भरपूर फाईदा उठाउन चाहन्छिन् । दुबैलाई एकअर्काको कमजोरी राम्रोसंग थाहा छ, उनीहरु एकअर्का संग स्वार्थको वशिभुत भएर मात्र नजिकिएका हुन्

उता प्राञ्जली र अनिकेतको सम्वन्ध पनि दिन दुना रात चौगुना हुदैं झाङ्गिदै र गाढा हुदैं गएको छ । एकदमै धेरै नै उनीहरु एकअर्काको नजिक भएकाछन् । अनिकेतले आफु र आफ्नो परिवारको बारेमा बिर्सेको छ, आफ्नो बाआमा प्रतिको कर्तव्य बिर्सेको छ श्रीमतीको ।ौन्दर्य र प्रेमले आजकाल उसलाई लोभ्याउंदैन, न साना छोराछोरीको मायाले उसको बाहिर लर्बरिएका कदमहरुलाई नियन्त्रित गर्न सकेको छ । अरुले सोचेको र कल्पना गरेको भन्दा वाहिरको सम्वन्ध छ अनिकेत र प्राञ्जलीको बीचमा । उनीहरु हरेक दिन भेट्छन्, दुखसुखको कुरा गर्छन, अलि अलि रोमान्स पनि गर्छन, प्राञ्जली र अनिकेत बिहा एउटासंग र डेटिगँ अर्कैसंग गरिरहेका छन्, दुबैले आफ्नो परिवारलाई धोखा दिइरहेका छन् । प्राञ्जली जब गर्ने आईएनजिओको गेटमा प्रत्येक दिन छुट्टी हुने बेलामा अनिकेत आफ्नो गाडीमा गएर कुर्छ । प्राञ्जलीको अफिसमा अनिकेतको सेतो कारलाई सबै साथीभाईले ‘उ बाहिर तिम्रो कार तिमीलाई लिन आई पुग्यो’ भनेर जिस्काउंछन् । अफिसका कर्मचारी च साथीभाईले जिस्काउंदा उ रातोपिरो हुन्छे, उसलाई साथीभाई हरुले जिस्क्याएर तेरो आफनै कार भनेको मन पर्न थालेको छ । अनिकेत सांझ बैंकमा छुट्टी भएपछि सोझै प्राञ्जलीको अफिस पुग्दछ, त्यहाँ गएर उ मिठो तरिकाले कारको हर्न बजाउंदै प्राञ्जलीलाई बोलाउंछ, उ कारको हर्नको आवाज सनेर मन्त्रमुग्ध हुदैं अफिसबाट बाहिर आउंछे । ‘लाग्छ भगवान श्रीकृष्णको बाँसुरीको मिठो धुन सुनेर राधा निद्रबाट ब्यँुझिएर आईरहेकि छन ।’ प्राञ्जली आएपछि अनिकेत बडो मिठो मुस्कानका साथ कारको ढोका खोल्छ उ पनि आँखाले नै अनिकेतलाई माया गर्दै र खिलखिलाएर हाँस्दै कारमा बडो स्टाईल र शानले चढ्छे ।

साथीहरुले अफिसमा जिस्क्याएर भनेको कुरा उसले अनिकेतलाई सुनाइ ‘ हेर न तिम्रो यो कारलाई अफिसमा साथीभाइहरुले जिस्काएर तिम्रो सेतो कार बाहिर आईसकेको छ है भन्छन् ।’ अनिकेतले पनि ‘ के भो त मेरो कार पनि तिम्रै त हो नि, साथीभाइहरुले ठिकै त भने नि, तिमी र म मा के फरक छ र अब ।’ दुवैको छुट्टीको दिन र फुर्सदको समय अब संगै बित्ने गरेको छ । अन्य दिन पनि उनीहरु प्राय धेरैजसो सँगै हुन्छन । कहिलेकाही प्राञ्जली ले आफ्नो छोरीलाई पनि आफु घुमाउन सँगै ल्याएकि हुन्छे । उसकि ५ वर्षकि अवोध छोरी अनिकेतसँग घुम्न र आईसक्रिम खान पाउंदा असाध्यै रमाउंछे । उ आफ्नाी छोरीको भागको खुशी अरुको छोरीलाई बाँडिरहेको छ , उसले आफुले के अनर्थ गरिरहेको छु भन्नै चटक्कै बिर्सेको छ । अर्बाकि छोरीलाई खेलाउंदा घरका भएका आफ्ना अवोध छोराछोरीको सम्झना नआउने त्यो कस्तो ह्दय होला ? के एउटा पुरुष वा पिताको मन त्यती कठोर हुन्छ र, आपनी पत्नीको भागको खुशी बाहिरकि पराई केटीलाई दिने, अर्बाको सन्तानलाई औधि माया गर्न तर आफ्नो सन्तानको भागमा रितोपन मात्र……………

करीब २७ वर्षकि प्राञ्जलीको बाल्यकाल अलिक अप्ठ्यारो र अनौठोसँग वित्यो । प्राञ्जलीकि आमा दार्जलिङकि नेपाली भाषी महिला हुन । मारवाडी ब्यवसायीसंग प्रेम बिबाह गरेपछि आमाको धेरै समय नेपालमै वित्यो । प्राञ्जलीका मारवाडी समुदायका वुवाको धेरै समय नेपालमा ब्यापार ब्यवसाय गरेर नै बित्यो । उनी बेलाबेलामा भारत आवत जावत गरिरहन्छन् । स्कुल पढ्दासम्म घरको आर्थिक हालत ठीक थियो, त्यसबेला सम्म उनीहरुलाई कहिल्यै पैसाको समस्या परेन । उसको परिवारमा दुईवटा छोरा, दुईवटा छोरी र वुवा आमा गरी ६ जनाको परिवार थियो । पूर्वोत्तर भारतको सिलगुडी, दार्जलिङ तिर उनीहरुको टन्नै सम्पति थियो, नेपालमा पनि उनीहरुले धेरै जायजेथा जोडेका थिए । प्राञ्जलीका वुवाले उसकि आमासंग प्रम भएपछि दोस्रो बिहा गरेकाथिए उसकि आमा दोस्री श्रीमती हुन् । उसकि जेठी आमा अथवा सौतेनी आमा तर्फका सन्तानहरु राम्रो जबमा छन्, समाजमा उनीहरु प्रतिष्ठितछन् । प्राञ्जली र उसको परिवारसंग उनीअरुको आउने जाने र बोलचाल केही पनि छैन, जेठी र कान्छी सौता र उनीहरुको छोराछोरी बीच कुनै पारिवारिक सम्वन्ध नै छैन, उनीहरु एकअर्काका लागि अपरिचित जस्ता छन् । उनको वुवा पनि कहिले नेपाल कहिले भारतमा बस्छन, कहिले जेठी श्रीमती कहाँ अनि कहिले आफुले प्रेम गरेको र हुरुक्क भई बिहा गरेको कान्छी श्रीमतीसंग । प्राञ्जलीका भाइहरु कम र ब्यवसायको सिलसिलामा भारतमै बस्ने गर्दछन् । उनीहरु छुट्टी र पर्व तिहारको बेलामा मात्र नेपाल आउँछन् । काठमाण्डुमा प्राञ्जली र उसकी आमा मात्र बस्छन्, उसकि कान्छी बहिनीको गत वष भारतमै विवाह भइसकेको छ । काठमाण्डुमा उ, उसको श्रीमान सानी छोरी र आमा एउटै घरमा बस्दछन् ।

प्राञ्जलीले काठमाण्डुको चोभारमा रहेको मोर्डन इण्डियन स्कुलबाट एसएलसी सम्मको पढाई गरेकि थिईन् भने त्रिचन्द्र कलेजबाट राम्रो नम्बरले बिएससी उतिर्ण गरेपछि उनले स्कुलमा पढाउन थालिन् । साईन्सको विधार्थी भएकोले उनको म्याथ र अग्रेंजी राम्रो थियो, उनी नदी बगेजस्तो सललल र शुद्ध अग्रेंजी बोल्न सक्थिन् । उनले अग्रे्रजी बोलेको देखेर र सुनेर साथीभाईहरुले उनलाई राम्रो आईएनजिओमा जब गर्न सल्लाह दिएका थिए । साथीभाईहरुको सल्लाह बमोजिम नै उनले अहिलेको आईएनजिओमा काम गर्न सुरु गरेकी हुन् । आमा पनि दार्जिलिगँवासी नेपाली र बुवा पनि मारवाडी समुदायका थिए, उनीहरु दुबैसंग नागरिकता थिएन । दुबै भारतीय नागरिक भएकोले प्राञ्जलीले नेपालको नागरिकता पाउन सकृकि थिइन । नेपालको नागरिकता नहुनुले उसलाई बेला बेलामा ठूलो संकटमा पार्दथ्यो । नागरिकता नभएकोले उसलाई कामको सिलसिलामा थुप्रै झमेलाहरुको सामना गर्नु पर्दथ्यो जुन उसकोलागि जीवनको सबैभन्दा ठूलो टेन्शन बनेको थियो । उनको नेपाली नागरिकता थिएन । यसै कारण उनले समय समयमा दुख पाउने गरेकी थिइन । नागरिकताको अभावमा उसले पाउने कतिपय राम्रा अवसरहरु समेत खोसिएर अरुको पोल्टामा परेको छ, यसले गर्दा उसको मन भित्रभित्रै कुंडिन्छ तर उ लाचार छे केही गर्न सक्दिन । उसले भेरै तिकडम लगाई, केही साथीभाएहरुसंग सहयोग पनि माँगी तर केही काम लागेन । उ बिना देशको बेनाम मान्छे जस्तो भएकि छ, उ न भारतीय नागरिक हो न त नेपालको नागरिक नै हो । त्यतिवेला नेपालमा आमाको नामबाट नागरिकता दिइने कानुन बनिसकेको थिएन, यदि त्यो कानुन त्यतिबेला बनिसकेको भए उ सबैभन्दा बढी खुशी हुन्थि र आफूलाई सबैभन्दा धेरै भाग्यमानी ठान्थि होली ???????

नागरिकता नभएकै कारणले उनले जबको लागि निकै समय धाउनु परेको थियो । उनले काठमाण्डुका विभिन्न सरकारी कार्यालयका हाकिमहरुलाई गुहारिन तर केही लागेन । बिएससी गरेपछि विभिन्न पत्रपत्रिकामा भ्याकेन्सीका लागि निस्केको विज्ञापनमा उनले जबको लागि आवेदन दिईन । कँही जागिर नपाए पछि पहिला उनी एउटा प्राईभेट स्कुलमा साईन्सको टिचर बनिन् र पछि हार निकै मिहिनेत गरेर एउटा आईएनजिओमा जागिर पाउन सफल भईन् । आईएनजिओमा जब पाएको केही महिनापछि प्राञ्जलीले आमाको करकापमा विवाह गरिन । श्रीमान आफुले भने बमोजम नभएकोले उनी यो बिहा देखि खुशी थिईनन् । एक किसिमको उनको लागि यो बिबाह नभएर एउटा सम्झौता मात्र थियो, काठमाण्डुको रैथाने परिवारको सामान्य व्यापार गरेर बस्ने एउटा अत्यन्त साधारण केटासंग प्राञ्जली जस्ती रुपवती केटीको विवाह हुनु सबैको लागि आश्चर्य लाग्ने घटना भएपनि त्यो बिबाह उसको एच्छा बेगर नै सम्पन्न भएको थियो । उसको श्रीमानले धेरै पढे लेखेका थिएनन्, आफ्नो वुवाको पुस्तैनी व्यापारमा सहयोग गर्दथे । माईतीमा जस्तै घरमा पनि उनको दुईवटा सासु थिए । एउटी आफ्नी सासु र अर्कि ससुराको कान्छी श्रीमती पनि थिईन । उसको श्रीमान पनि जेठी श्रीमती पट्टिका छोरा थिए । उसकी आफ्नै सासुको भने केही गर्ष अघि नै ह्दयाघातबाट मृत्यु भइसकेको थियो । उनीहरु विवाह भएको लगत्तै आफ्नी कान्छी सौतेनी सासु र देवरहरुसँग छुट्टिएर बस्न थालेका हुन् । कान्छी सासु रउनी पटिट्का छोराछोरीहरुसँग उसको श्रीमानको सामान्य बोलचाल र आवत जावत मात्र छ । हुन त एउटै परिवारबाट छुटिटिएका हाँगाबिगाँ हुन तर पनि उनीहरु बीच त्यत्ति राम्रो र बाक्लो सम्बन्ध छैन । अरुले बाहिरबाट देख्दा एउटै परिवारका तर घर भित्र भने अपरिचित जस्तो ब्यवहार गर्दछन् ।

प्राञ्जलीको श्रीमान विहान सवेरै काममा जान्छन र वेलुका ढिलो घर फर्किन्छन् । श्रीमान अत्यन्त साधारण र आफु भन्दा कम शिक्षित र योग्य भएकोले साथीभाइ समाजको अगाडि उनी आफ्नौ श्रीमानको परिचय गराउन चाँहदिनन् । श्रीमानको साधारण रगँरुप र आर्थिक अवस्थाले गर्दा उनलाई लाज लाग्दथ्यो आफन्तहरुसंग चिनाउनमा । प्राञ्जलीलाई आफ्नो रुप सौन्दर्य, शिक्षा र बल्ल तल्ल पाएको नोकरीको असाध्यै धमण्ड थियो, उनी आफ्नो श्रीमान वा आफु भन्दा कम योग्य मान्छृसंग उठबस वा बोलचाल गर्न चाहन्नन् । त्यो त अनिकेत उनी भन्दा बढी शिक्षित र स्मार्ट छ, बैंकमा ठूलो ओहोदामा पुगिसकेको छ र मात्र हो नत्र उनले अनिकेतलाई झुसे बिरालो पनि गन्थिनन् होला ? प्राञ्जली जहाँ जान्थिन त्यहाँ आफ्नो रुपको जादु र मिठो बोलीले सबैलाई मोहित पार्थिन । उनको रुपमा लठ्ठिएर उनले भनेको मान्न र उनको काम गर्दिन मानिसहरु तँछाड मँछाड गर्थे । उनी जहाँ या जुन पनि सार्वजनिक ठाउंमा जान्थिन त्यहाँको भिडलाई आफूतर्फ आकर्षित गर्नमा सक्षम थिईन् । उनको रुप सौन्दर्य र स्वभावको विपरित श्रीमान भने सोझा र केही नजानेका गवाँर जस्ता देखिन्थे । ओरालो लाग्छे मान्छेलाई कसले नैमन पराउंछ र ????

श्रीमान अङ्ग्रेजी बोल्न जान्दैनथे तर प्राञ्जली अग्रेंज नेपाली जसरी नै मिठो लवजमा खर्ररर अंग्रेजी बोल्थिन । यस वाहेक उनलाई हिन्दी र नेवारी भाषा पनि राम्रोसंग बोल्न आउंथ्यो । आफु भन्दा कम शिक्षित र अयोग्यलाई श्रीमानको रुपमा बाध्यतावश स्विकार्नु र सगैं जीवन बिताउनु परेको पीडा उनको मुहार र बोलीबाट झल्किन्थ्यो । उनको मनमा यी कुराहरुले कुण्ठाको रुप लिसकेको थियो । नचाहेर पनि आफ्नो ओछ्यान, शरीर र जीवन नै तिनै श्रीमानसंग शेयर गर्नु परेको वास्तविकतालाई प्राञ्जलीले अनिकेतलाई बताई सकेकि छन् । श्रीमानबाट पाउन नसकेको मायाको भोकलाई उसले आफ्नो जीवनको विभिन्न कालखण्डमा आएका केटाहरुबाट पूर्ति गरेकि छ । उसका यिनै प्रेमीहरुले उसको भोकलाई शान्त पारेका छन्, अनि उ तृप्त भएकि छ । प्राञ्जलीलाई यी केटा साथीहरुसँग नजिक हुन कुनै बहाना चाहिदैनथ्यो, । उनले कुन केटासंग कति नजिक हुने सम्बन्धमा कुनै सीमा तोकेको थिईनन् । जुन पुरुषले उनलाई सहयोग गरयो मायालु आँखाले हेरयो उनी त्यसैसंग हिमचिम बढाउन लाज मान्थिनन् । केही केटा साथीहरुलाई आफ्नो अगँ प्रत्यगँ छुन दिन र लसपस गर्न पनि उनी पछि परिनन् । शायद आधुनिकताको कुनै मापदण्ड हुदैंन क्यार ?????

अनिकेतको परिश्रम र योग्यता सकारात्मक परिणामको रुपमा बाहिर आएको छ त्यो हो बैंकमा उसको प्रमोशन । राम्रो गरेपछि त्यसको रिजल्ट पनि रामै्र आउंछ, सिधा सरल बाटोमा हिंडने, कुनै दायाँ बाँया नगर्ने ईमानदार मान्छेको रुपमा अनिकेत सबैको माझ चिनिन्छ । अब उसको तलव र अन्य सेवा सुविधाहरुमा बढोत्तरी भएको छ । अब अनिकेतको हैसियत पनि अन्य बै.करहरु सरह गाडी किन्न सक्ने भएको छ । बैंकले अब उसलाई गाडी, तेल लगायतको सम्पूर्ण सुविधा दिने भएको छ । पाँच वर्ष अघि बैंकिगँ लाईनमा कैरियर बनाउन बल्ल तल्ल छिरेको अनिकेतको हैसियत त्यतिबेला साईकल किन्न सक्ने पनि थिएन । अहिले पाँच वर्षपछि उसको आर्थिक अवस्था फेरिएको ट । बिस्तारै साईकल, मोटरसाईकलको यात्रा गरेर आज उ आफ्नै कार किनेर चढ्न सक्ने अवस्थामा पुगेको छ । अनिकेतले बैंकमा प्रमोशन भएपछि टोयोटा व्राण्डको सेतो रगँको कार किनेको छ, तर कार किनेपनि उसलाइए चलाउन भने आउंदैन, बैंककै कर्मचारी र उसको साथी सुमितले अनिकेतलाई गाडी चलाउन सिकायो । अब अनिकेत साधारणबाट विशिष्ट व्यक्ति बनेको उसको गाउं र समाजले अब उसलाई हेर्ने छुट्टै दृष्टिकोण बनाएको छ । आर्थिक अवस्था बलियो हुदैं जाँदा मान्छेले प्रगतिको सिंढी चढ्रदै जाँदा त्यही जन्मे हुर्केको समाजले पनि त्यो मानिसको मापदण्ड तोक्न थाल्छ । सफलता र पैसाले समाजमा मान्छेको कद हवात्त बढ्छ, अहिले मझ्यौला कदको अनिकेतको हाईट समाजमा उसले सोचेको भन्दा धेरै माथि सम्म बढेको छ । हतार हतार बिहानको गाँस टिपेर अफिसतिर कुद्ने अनिकेतको दिनचर्या अहिले फेरिएको छ । उ अब अलि सुस्तरी अफिस जान थालेको छ, आफ्नो निजि सवारी भएपछि बैंक पुग्न कति नै बेर लाग्छ र ? विहान अफिस आउने बेलामा उ संगै गाउंका मानिसहरु पनि शहर आउनका लागि उसकोनया नया चमचमाउदों गाडीमा शहर आउन लिफ्ट माग्दछन् । अनिकेत पनि खुशी खुशी उनीहरुलाई गाडीमा राखेर शहर सम्म पुरयाईदिन्छ । उसको अफिस जाने बाटो मै गाउंलेहरुलाई पनि काम पर्ने भएकोले उसले कुनै झर्को मान्दैन । अनिकेतको सह्दयताले गर्दा उसको ठाउँका मान्छेलाई शहर आउन सजिलो भएको छ । अब उनीहरु अनिकेतको अफिस जाने समय मिलाएर उसको गाडीमा चढेर शहर आउनको लागि बाटोमा कुरेर बसिरहेका हुन्छन् । अनिकेत पनि आफ्नो कारमा अट्ने जति सबै गाउंलेहरुलाई शहर सम्म ल्याइदिन्छ ।

अनिकेतको गाउं र टोलका मान्छेहरुले आफ्नै गाडी जस्तो ढलीमली गरेर शहरमा गएको देख्दा उसकि श्रीमती शुरभीलाई भित्रभित्रै रिष उठ्छ । शुरभीलाई भने अनिकेतको गाउंलेलाई अफिस जाने बेला आफ्नो गाडीमा लग्ने गरेको मन परेको छैन । उ फतफताउंदै भन्छे ‘आफुले चाहेको बेलामा गाडी चढ्न पाईन्न, बजार जान र शहर गएर घुम्न आफुलाई कति मन छ, पाईया छैन यी टोलका गँवार हरुलाई भने कत्रो मोज, यिनीहरु चाँही मेरो श्रीमानको गाडीमा संधै ढलीमली गर्ने, कस्ता मात्तिएका यिनीहरु ।’ अनिकेत मौन भएर पर्यवेक्षक जस्तो गांउलेको हिजोको ब्यवहार र आजको बदलिएको ब्यवहार आफ्नी श्रीमतीले त्यसमा दिने प्रतिक्रिया र टिप्पणी, उ सबै सहज भएर हेर्दैछ र सोच्दैछ । हिजो गाउमा हुने कुनै समारोह होस वा कसैको विवाहको भोज वास्ता नगर्ने गाउंलेहरु अहिले कुनै पनि समारोह र मर्दापर्दा उसलाई नबिराएर बोलाउंछन् । उ सित आफ्नो निजि र गाउंको सार्वजनिक समस्यामा सल्लाह माग्छन्, उसले दिएको सानो सल्लाह र मद्धतको पनि महत्व बढेको छ पहिला भन्दा । पहिला कसैको बिहामा समेत नवोलाउनेहरु अहिले बिहाको कुरो छिन्ने वेलामै अनिकेतलाई प्रमुख अतिथि जस्तो गरेर बोलाउँछन् ।

बिहामा बेहुलाको भन्दा बढी मान उसको हुन्छ । अब अनिकेतको सल्लाह लिन थालिएको छ भने गाउंलेहरु सत्यनारायणको पूजामा पनि बोलाउन थालेका छन्, केही गरी पूजामा नगएमा घरमै भगवानको प्रसादले सजिएको प्लेट हाजिर हुन्छ । पहिला अनिकेतको घरमा बिरामी भयो या अन्य कुनै दुघर्टना भयो भने हेर्न आउने कोही हुन्नथ्यो । तर अब परिस्थििति फेरिएको छ अब उसको घरमा कोही विरामी भयो या सामान्य चोट पट लाग्यो मात्र भने पनि हेर्न आउने र सहानुभुति प्रकट गर्न आउनेको ठूलै लर्को लाग्ने गर्दछ । तर, ती गाउंले र टोल छिमेकका मानिसहरु बिरामीको हालचाल बुझ्नको लागि आएका होईनन् । उनीहरु अनिकेत र उसको प्रतिष्ठालाई खुशी पार्नको लागि मात्र आएका हुन भन्ने उसले राम्रोसँग वुझि सकेको छ । उनीहरुको यो चासो, माया र सहानुभुति सबै बनावटी हो, यो ढोगँमा उनीहरुको आफ्नो मतलब मात्र लुकेको छ । यसमा उनीहरुको कुनै किसिमको चित्त दुखाई छैन, सबै गोहीले जस्तो आशँु बगाउनमा खप्पिस छन् । उसले अब थाहा पाइसकेको छ यो मान उसको होईन उसले कमाएको पैसा र समाजमा आर्जन गरेको प्रतिष्ठाको हो । उसको गाउं र समाजमा बस्नेहरु अनिकेतले चढ्ने महँगो गाडी, उसले लगाउने महँगा कपडा र चश्मासँग आकर्षित भएका छन् । उसले आफ्नो जीउमा दल्ने परफ्यूमको सुगन्धले आकर्षित भएर झुम्मिएका छन् उसको वरिपरी । उसलाई यी गाउंलेहरुको ढोँगी स्वभाव भित्रबाट अलिकति पनि मन पर्दैन तर बाआमाको करकापले उ उनीहरुको अगाडि बनावटी हाँसो हाँसेर टाउको हल्लाएर बस्छ । जब मानिसको विवेक र समाजको ब्यवहारमा फरक देखिन थाल्छ तब त्यो परिवेशबाट आफुलाई काटेर अलग माहौलमा नया संसार बसाउनुको कुनै विकल्प छैन ।

तै पनि आफु हुर्के बढे बसेको ठाउको रीतिरिवाज र नियम कानुन मान्नै पर्ने बाध्यता छ अनिकेतलाई । कहिलेकाही भने आफन्त, छिमेकी र समाजको स्वार्थी ब्यवहार देखेर उसको चित्त दुख्ने गर्दछ । केही वर्ष अघि सम्म त्यही गाउंका मानिस उसको वुवालाई हेलाको दृष्टिले हेर्थे । उसको बुवाको सानो जागिर, निम्न स्तरको घरको आर्थिक अवस्था देखेर उनीहरु सहयोग गर्नु त कता हो कता बरु मुख बिच्काउंथे । केही दिन अघिसम्म हेपाहा ब्यवहार गर्ने मानिस र समाज दुबै रातारात फेरिएका छन्् । यो सबै उसको विदेशी बैंकको जागिरको कमाल हो, जहाँबाट पाउने तलब र अन्य सेवा सुविधाले गर्दा उसलाई समाजको सफल र सम्मानित व्यक्तिको रुपमा जोख्न थालिएको छ । बैंकको जागिर गरे पछि उसले आफ्नो बढ्दै गएको तलबबाट खरिद गरेको र केही वर्षमा जोडेको स्तरीय सामान हरुले उसको गाउं भरीमा प्रतिष्ठा बढाएको छ । हिजो गोरु बेचेको साईनो जस्ता नाताहरु प्नि आज आफन्तको श्रेणीमा दरिएका छन् । टाढाको नाता कुटुम्ब साथी भाई छिमेकी सबै आज अत्यन्त नजिक र उसको हित चिन्तक भएका छन् ।

प्राञ्जलीको जीवनमा खुशीको आगमन पनि अनिकेतको प्रवेश संगै भएको थियो, त्यही भएर उ अनिकेतलाई आफ्नो लागि अत्यन्त शूभ मान्दथी । उनीहरु दुबै संधै सँगै बस्न मन पराउंथे, प्राञ्जलीलाई केही अप्ठ्यारो परे अनिकेत मद्धका लागि हाजिर हुन्थ्यो । हरेक दिन साझ उनीहरुको भेट कुनै रेष्टुरेण्ट र सिनेमा हलमा हुन थाल्यो । अनिकेत उसलाई आफ्नो कारमा राखेर रिङ रोड घुमाउंथ्यो, जोक सुनाउथ्यो र हँसाउथ्यो, प्राञ्जलीलाई उसले कहिले पनि एक्लोपनको अनुभुति हुन दिन्थेन । अनिकेत उसलाई मिठो लाग्ने खानेकुरा रेष्टुरेण्टमा लगेर खुवाउथ्यो, प्राञ्जलीलाई हरेक दृष्टिले खुशी पार्नु नै अब उसको जीवनको उद्धेश्य जस्तो भएको थियो । साथी भाइहरु पनि अब उसको यो परिवर्तित चाल माल देखेर छक्क पर्थे, उनीहरु अनिकेतलाई एउटा सभ्य र आफ्नी श्रमिती बाहेक अरु केटीहरुमा मन नडुलाउने खालको केटा भन्ठान्थे । तर अनिकेत पनि हाड मासुले बनेको मान्छे हो, उहाँको वातावरणको असर उसमा पनि पर्नु स्वाभाविक हो । उसलाई जीवनमा केही कुराहरुको स्वाद कहिले काँही बद्लिन मन लाग्छ, संधै एउटै रफ्तार र एउटै बाटोमा जीवनको गाडीलाई कति दौडाउनु ? कहिले काँही ट्रयाक चेन्च पनि गर्न मन लाग्छ मानिसलाई, अहिले अनिकेत त्यही गर्दैछ, फरक ट्रयाकमा जिन्दगीको गाडीलाई बेलगाम कुदाई रहेको छ ।

अनिकेतका दिनहरु आजकाल निक्कै रमाईलो गरी बित्न थालेकाछन् । दिनभरी बैंकको काम साँझ प्राञ्जलीसंग रोमान्स र मस्ती राति श्रीमतीको बाहुपाशमा मिठो सपना हिेर्दै बित्ने । बिहन छोराछोरीको चरा झै चिर्बिराहटले आँखा खुल्ने, त्यसपछि नित्य कर्म गर्ने, खाना खाने खनि फेरि अफिस जाने । अफिस त उसको लागि एउटा दिन काट्ने बहाना मात्र भएको छ, उ साँझको समयलाई ब्यग्रता पूर्वक कुर्दछ जुन बेला उ आफ्नी प्रियतमाको अत्यन्त नजिक हुन्छ । दुबैले एक अर्काको सांसको आरोह अवरोहलाई पनि एक अर्कामा महसुस गर्न थालेकाछन् । प्राञ्जलीको अतृप्त ईच्छा र अनिकेतको नयाँ स्वाद चाख्ने चाहना दुबै एकै बिन्दुमा आएर मिलेको छ । दुबैलाई एक अर्काको अनिश्चित भविष्य प्रति कुनै चिन्ता छैन, न समाज र परिवारको नै लाज र डर छ । दुबै स्वतन्त्र र स्वच्छन्द भई अर्कामा डुबेका छन, कसैको सुन्दरता र आकर्षणमा कति ठूलो जादु हुन्छ कि आफ्नो सुखी घर गृहस्थीमा पनि जानि नजानि आगो दगाउन बेर लगाउंदैनन्, अहिले अनिकेत त्यही गरी रहेको छ, उसलाई कुनै कुराको होश छैन । उ ‘पैसा, प्यासन र प्यास’ को रगिँन संसारमा चुर्लुम्म डुबिसकेको छ । समाज परिवर्तन र आधुनिकताको असर अब प्रष्टै रुपमा देखिन थालेको छ । अब मानिसहरुले भविष्यको कुनै दायित्व वोध नभएको सम्वन्धहरुलाई प्रश्रय दिन थालेका छन, जहाँ परिवार र बच्चा हुंदैन अभिभावक प्रतिको कुनै कर्तव्य बाँकी रहदैन, श्रीमती नामको प्राणीलाई उसको अधिकार दिनु पर्ने बाध्यता पनि नभएको सम्बन्ध जसमा कुनै किसिमको टेन्शन नै नहुने । मात्र आनन्द भोग गर्ने र एक अर्कालाई सन्तुष्ट पार्ने लिविगँ टुगेदर जस्तो रिलेशन

काठमाण्डुका करीव करीव सबै रेष्टुरेन्टहरुले पे्रमालाप गर्ने क्रममा चहारी सकेका छन् । हरेक रेष्टुरेन्टहरुको उनीहरुलाई स्वाद थाहा भइसकेको, साथै थाहा भईसकेको छ एक अर्काको शरीरको मन लोभ्याउने सुगन्ध । सवै होटलहरुमा उनीहरुले बास लिई सकेका छन् र आफ्नो तिर्सना पनि मेटिसकेका छन् । प्राञ्जली पनि उसलाई हरेक कुरामा तन, मन, धन दिएर सहयोग गर्छिन । अनिकेतले पनि केही समस्या परयो वा आफ्नो केही निजि काम प¥यो भने उसलाई नै लगाउँछ । अनिकेत जबदेखि प्राञ्जलीको सम्पर्कममा आयो तबदेखि आफ्नो लवाई, खवाई प्रति बढी सतर्क भएको छ । उ आफुलाई आजकाल प्राञ्जलीको आँखाबाट हेर्ने गर्दछ । कस्तो ड्रेसअप गर्दा उनी आफु प्रति बढी आकर्षित हुन्छिन् उ टाइएको गाँठो मिलाउंदै ऐनामा हेरेर यही सोचि रहेको हुन्छ । एउटा बैंकरको लागि टाई र बडी स्प्रे सबैभन्दा बढी आवश्यक पर्ने वस्तु हो । टाई बैंकमा बस्दा स्मार्ट र भलादमी देखिनका लागि कस्नु पर्ने गाँठो हो भने बडी स्प्रे बैंकमा कामले आएका ग्राहक विशेग गरी युवतीहरुलाई मिठो गन्धले आकर्षित पार्नको लागि पुरुषहरु आफ्नो शरीरमा छर्किने गर्दछन् । त्यही भएर संधै बिहान अफिस जान तयार हुदां उ श्रीमती र आफनो च्वाईसको भन्दा प्राञ्जलीले रोजेको लुगा सेलेक्ट गरेर लगाउंछ । उसलाई प्राञ्जलीले रोजेको, खोजेको र उपहारमा दिएको लुगाा अति नै मन पर्छ । उसलाई प्राञ्जलीको सेलेक्सन प्रति पूरा बिश्वास छ ।

बैंकिगँ वृतमा एउटा चर्चा आम हुने गर्दछ त्यो हो ‘अ बैंकर, ब्यूटी विथ वियर ।’ बैंकरलाई कुनै पनि युवतीको रसिलो ओठ वियर भन्दा पनि बढी नशालु लाग्दछ, उ त्यो नशामा जिन्दगी भर उठ्नै न सक्ने गरी डुब्न चाहन्छ । हाँसो गरेर नेपालमा वियरको सबै भन्दा ठूलो ग्राहक बैंकरहरु नै हुन भनिन्छ । अझ वियर मात्र नभएर टाई र बडी स्प्रेको पनि सबै भन्दा बढी प्रयोग बैंकरहरु नै हुन कि के थाहा ? कुनै सार्वजनिक विदा होस या लगालग परेको दुई, तीन दिन लामो विदा नगरकोट, धुलीखेल, ककनी र पोखराका होटल तथा रिसोर्टहरु यी बैंकरहरुको बसाईले खचाखच भर्ने गर्दछ । कोही गर्ल फैन्डसंग कोही ब्वाय फ्रैन्डसंग यी पर्यटकीय ठाउंमा आएर मोज मस्ती गरी रहेका हुन्छन् । कोही कोही सन्त महात्मा जस्ता स्वभावका पूरुष तथा महिलाहरु भने आफ्नो परिवार र छोराछोरी संग घुम्न, मोज मस्ती गर्न र रात बिताउन आउंछन् । एउटा बैंकरलाई पैसाको अभाव त्यति हुदैंन अत्यन्त कम ब्याजमा उ आफ्नै बैंकबाट लोन लिन्छ र आफ्नो चाहनाहरु पूरा गर्दछ । ती ईच्छा र चाहनाहरु क्ति जायज वा नाजायज हुन्छन ? त्यो बेग्लै कुरा हो, आफ्ना कुत्सित ईच्छाहरु कहाँ गएर कसरी पूरा गर्छ उसले कसैलाई थाहा हुन दिदैंन । होटलमा बिताएका रातहरुको साक्षी त्यो होटलको रजिष्टर हो तर त्यहाँ पनि उनीहरुले गोप्य वा नक्कली नामले होटल मालिकलाई ठगेका हुन्छन । तर होटल मालिक पनि के कम उसले पनि त्यो वास्तविक नाम र चरित्र पता लगाएरै छाड्छ । येन केन बैंकरहरु जसरी पनि आफुले गरेको कामलाई सही सावित गर्न हरेक हतकण्डा अपनाउन पछि पर्दैनन् । आरिखरमा यो उनीहरुको सामाजिक प्रतिष्ठासंग जोडिएको विष्ष्य हो ।

हिजो सम्म अनिकेत आफ्नो परिवार, छोराछोरी, श्रीमति र आमा बुवा सवैसँग खुशी थियो । तर आज भने उ प्राञ्जलीसँग मात्र खुशी हुन थालेको छ । अरुले त्यही कुरा गर्दा उसलाई अचम्म लाग्थ्यो र जिब्रो काढ्थ्यो तर आज उ आफै त्यही काम गरी रहेको छ । उसलाई अहिले आफुले गरेको सबै राम्रो न राम्रो काम सामान्य र उचित लागि रहेको छ । उसले प्राञ्जलीसंग नजिक भएर र उसलाई माया गरेर आफ्नो परिवारलाई धोका दिइरहेको छ । छोरी र श्रीमतीको मायाको अपमान गरेको छ, आमाबुवाको बिश्वासलाई तोडेको छ । तर उसले यी सबै कुरा अहिले सोच्न भ्याएको छैन, जब उ पूरै यो गर्तमा डुब्ने छ, परिवारले पनि उसको ‘ाथ छोड्नेछ । आमाबुवाले धिक्कार गर्नेछन तब उसको होश खुल्नेछ । तब सम्म ढिलो भई सक्ने छ सबै करा समेट्नलाई , पुरानै र सूरक्षित ट्रयाकमा फेरि जिन्दगीको गाडी दौडाउनलाई ढिलो भई सक्नेछ उसको लागि ।

अनिकेत र प्राञ्जलीका दिनहरु एक अर्काको माया र बाहुपाशमा लुटपुटिएर वितिरहेका थिए । उनीहरु लाई आफुहरुले संगै बिताएको समय छिटै बितेको जस्तो लाग्दथ्यो । समय लाई आफ्नो मुठ्ठीमा कैद गरेर त्यसलाई मन माफिक बिस्तारै खर्च गर्दै जाने तुच्छ मानवीय स्वभावको उनीहरु पनि एउटा अगँ थिए । तर समय कसको लागि रुकेको छ र ? रुक्छ, । समय कसैको दास होईन, बरु संसारका सबै प्राणी र वस्तु समयको दास हुन् । आफ्नो अतृप्त चाहनालाई पूरा गर्दै यी चखेवा, चखेवीको जस्तो जोडीको दिनहरु सिमलको भुवा झैं उड्दै बितिरहेका थिए । यसै बीचमा एक दिन घरमा प्राञ्जलीको आफ्नो श्रीमानसंग नराम्रो गरी झगडा भयो । उ अब आफ्नो श्रीमानसँगै बस्न नसक्ने भएकी छ, पहिले देखि नै मन नपरेको श्रीमान अब झन झगडा परेपछि उसलाई मन पर्ने कुरै भएन । बैबाहिक सम्बन्धमा श्रीमान, श्रीमती बीच माया र बिश्वास हुनु अति आवश्यक छ, यी दुबै कुरा जीवन भरी संगै बाच्ने चाहना राख्ने प्राणीहरु बीच नभई नहुने हो, तर प्राञ्जली र उसको श्रीमान उत्तर र दक्षिण फर्केका जस्ता देखिन्छन् । उसको श्रीमानलाई अनिकेत संगको सम्बन्धको बारेमा शँका उत्पन्न भएको छ । श्रीमानले अनिकेतको बारेमा नचाहिने सोधी खोजी गरेको उसलाई मन परेको छैन । श्रीमानले आईन्दा अनिकेत संग नभेट्न र आफ्नो काममा मात्र ध्यान दिनका लागि उसलाई चेतावनी दिईसकेका छन्, उसलाई श्रीमानको यो निर्णयले विचलित पारेको छ ।

प्राञ्जलीको आमा, भाइ, बहिनी सवैजना भारतको राजधानी नया दिल्लीमा संधैका लागि बस्न गइसकेका छन् । अब उसको नेपालमा आफ्नो भनेको कोही छैन अनिकेत बाहेक, जो उसलाई माया र बिश्वास गरोस् । आफ्नो मनले खोजे जस्तो र चाहेको मान्छे अनिकेत संगको सम्बन्धमा आपत्ति जनाएर नभेट्ने उर्दी श्रीमानले उसलाई दिएका छन् । अब कसरी उसलाई भेट्ने र अचानक आई परेको समस्या सुल्झाउने ? उसले धेरै सोची उसको समस्याको कुनै हल निस्कन सकेन । अन्तयमा उसले हार मान्दै सबै समस्याहरु संग छुटकारा पाउन अनिकेत र अरु सवैलाई चटकै छाडेर प्राञ्जली पनि दिल्ली नै गई । अब अनिकेत साँच्चीकै एक्लै भएको छ, मनको कुरा गर्ने दुख सुख साट्ने एउटा अत्यन्त नजिकको साथी संग संधैको लागि बिछोडिनु परेको छ । उसलाई छट्पटी भएको छ, तर कसलाई आफ्नो छट्पटी भन्नु र देखाउनु ? सबैले उसलाई हाँस्ने छन् र मन मनै खुच्चिगँ भयो पनि भन्लान । संधै मिठो र स्वादिलो खाना खाने बानी परिसकेको मान्छेलाई बासी, तितो र खल्लो खान दिए भनि के हन्छ ? अबिले अनिकेतको हालत पनि त्यही बेस्वादको खाना मुख बिगारी बिगारी जबरजस्ती खाई रहेको मान्छे जस्तै भएको छ । उ प्राञ्जली संग भेट्न र बोल्न नपाउंदा बहुला जस्तो भएको छ । उसका साँझहरु रगँहिन भएका छन् । दिाभरी बैंकमा बस्ला उ पटक पटक प्राञ्जली संग फोनमा कुरा गर्थयो, आज साँझ कहाँ भेट्ने भनेर दुबै योजना बनाउंथे र भेट्दा एक आपसमा के गफ गर्ने भनेर कल्पना पनि गथर््यो । तर अब सबै सपनाहरु ऋचानक आएको हुरीले उडाई दिएको छ । प्राञ्जलीको साथ नपाउँदा केही दिनसम्म उसलाई धेरै शून्य लाग्यो, उसको यादमा उ तड्पियो पनि, केही दिन अचेच जस्तो पनि भयो ।

अनिकेत जिन्दगीबाट प्राञ्जलीको अनुपस्तििमा निकै निराश देखिन थालेको छ, उसलाई आफ्नो जिन्दगीबाट निकै बहुमुल्य र प्यारो बस्तु गुमेझै भएको छ । उ सँगको निकै दिन लामो र मधुर सम्वन्धलाई चटक्कै माया मारेर हिडेकी प्राञ्जलीले जीवनको स्वाद फेर्दै दिल्लीमा फेरी अर्को विवाह गरेको उसले थाहा पायो । अब अनिकेतलाई बल्ल राम्रो स.ग थाहा भएको छ, प्राञ्जलीको वास्तविक चरित्र र स्वभाव । प्राञ्जली जस्तो स्वभावको युवतीलाई शायद कहिले कोहीसंग माया हुदैंन । उ मायाको नाममा अरुको भावना र आफ्नो शरीर संग खेलवाड गर्दछे । उसले कसैलाई धोखा दिनु वा आफुले पनि अरुबाट धोखा पाएँ भन्नुको कुनै अर्थ छैन । उसको जीवन नै धोखा हो, त्यही भएर उसले अनिकेतलाई चटक्कै माया मारेर दिल्ली गई अनि त्यहाँ गएर अर्को बिहा गरी लुगा फेर्या जसरी । उसलाई जबसम्म अरुले सहयोग गर्छ, उसमाथि जीउ ज्यान लुटाउंछ, पैसाको बरसात गर्छ त्यस्तो पुरुषलाई उ पनि आफ्नो सबै कुरा लुटाउंछे । तर जब कुनै समस्या आउंछ, उसलाई जब लाग्छ उसलाई माया गर्ने र तन मन धन लुटाउने पुरुष रित्तिदैं जान थालेको छ तब उ त्यो पुरुषलाई संधैका लागि छाडेर टाप कस्छे । पहिला उसले आफ्नो श्रीमान आफ्नो लायक नभएको भन्दै उ संग तर्केर हिंडी, त्यसपछि अनिकेतको अँगालोमा उसले न्यानोपन खोजी । जब सम्म त्यो अगाँलोमा तातो थियो उसले आफुलाई सेकी जब गर्मी महसुस भयो त्यो अँगालोबाट संधैको लागि विदा लिई उसले । अब प्राञ्जली अर्को पुरुषको न्यानो अँगालोमा बाधिन पुगेकि छ ।

यता प्राञ्जली फुर्रर दिल्ली उडेपछि केही दिन सम्म पानी बिनाको माछा भएको अनिकेत बल्ल तल्ल सम्हालिएको छ । उसको चालमाल बाट दुखी भएका परिवारका सदस्यहरुले बल्ल अब निश्फिक्रीको लामो सांस फेरेका छन् । अनिकेतकि श्रीमतीलाई आफ्नो जीवन नै अँध्यारो हुन थालेको महसुस भईरहेको थियो केही महिना देखि । आफ्नो र श्रीमानको जोडी बनिरहेस्, छोराछोरीलाई केही दुख नहोस र परिवारको सुख शान्ति कायम रहोस भनेर उसले सबै देवी देउतालाई हात जोडेर बिन्ति गरी, भाकल पनि गरेकि थिई । भगवान संग गरेको ती सबै बिन्ति र भाकल अहिले पूरा भएको छ उसका लागि । एउटी परम्परागत मूल्य मान्यतामा हुर्केकि र श्रीमानलाई भगवान सरह मान्ने शुरभी जस्ता मध्यम वर्गीय सोच भएका बिबाहित महिलाकालागि श्रीमानले अरु तिर ताक्नु भनेको आठ रेक्टर स्केलको भूईंचालो गए जस्तो हो । कुनै पनि महिला सौताको स पनि सहन सक्दैनन, यहाँ त प्राञ्जली नामकिा रुपवान युवतीले उसको श्रीमानको ह्दयमा शासन गरेको उसले कसरी सहन सक्थि र । उ आफु कम शिक्षित छ, योग्यताको नाममा एसएलसी पास गरेको सर्टिफिकेट, खाना पकाउन, लुगा धुन र घर चिटिक्क राख्न सक्ने योग्यता छ ।यदि श्रीमानले आफुलाई छाडेर अन्तै लागे कान्छी श्रीमती ल्याए आफ्नो जीवनको दिन दशा कस्तो होला सोचेर नै कहाली लाग्छ शुरभीलाई । अहिले प्राञ्जली नामको आफुले बढारेर फाल्नु पर्ने धूलो र कसिगँर आफै अचानक आएको आँधीले बढारिएको छ । यो उसको लागि अत्यन्त खुशीको क्षण हो, उ नाच्न चाहन्छे, खिलखिलाएर हाँस्न चाहन्छे तर श्रीमानको हतास र निराश अनुहार हेरेर चूप लागेर बस्छे । तुषारोले झपक्कै छोपिएको जीवनमा फेरि बसन्त फर्केको छ ।

निश्मा काठमाण्डुको सामान्य परिवारमा जन्मेकी युवती हो जो संग थुप्रै ईच्छा आकाँक्षाहरु प्नि जन्मेका छन । उ शहरी रहन, सहनमा हुर्केकी आधुनिक बिचार बोकेकि युवती हो । निश्माको बुवाले उसको भबिष्य उज्जवल बनाउन राम्रो स्कूलमा शिक्षा दिक्षा दिलाएका छन उसलाई । उ चार दाजुहरुको बीचमा एक्ली बहिनी हो, सबै उसलाई माया गर्छन् । उसको एक एक ईच्छा उनीहरुले पूरा गरिदिएका छन् । निश्माको वुवाको सरकारी जागिर हो, सरुवा भई रहन्छ, बुवा संगै उसले देशभित्र धेरै ठाउं घुम्न पाएकि छ । एक्ली छोरी भएकिले पुलपुलिएर हुर्केकी हो ऊ, त्यसैले अलि बढी नै जिद्धी छ । परिवार सम्पन्न भएकोले दुख र चिन्ता के हो? केही थाहा छैन । एसएलसी राम्रो डिभिजनले पास गरेपछि उसलाई कानुन विषय पढेर वकिल बन्ने रहर पलायो । फसर््ट डिभिजनमा एल. एल. बी. गरेपछि निश्माले आफ्नै ल फर्म खोली र साथै कलेजमा पनि कानुन बिषय पढाउन थाली उसले । योग्यता, सुन्दरता र सम्पन्नता तीनैको मिश्रण थिई उ । सबैले जहाँ गएपनि हुरुक्कै गर्थे, उसको स्वभाव नै सबैसंग मिठो बोल्ने र सबैमा घुलमिल हुने स्वभाव छ । उसको योग्यता र स्वभाव हेरेर उसको बुवा बेला बेलामा पुलकित हुन्छन् उनलाई आफ्नी एक्ली छोरी माथि गर्व भएर आउंछ । तर छोरीको जात हो संधै आफु संगै राख्न सकिन्न, एकदिन पराई घर पठाउनु नै पर्छ । यो कुरा सोचेर निश्माको बुवा दुखी हुन्छ र बेला बेलामा चिन्तित पनि । आफ्नी छोरी लायक छ, सुन्दर पनि छ, स्वभाव पनि राम्रो छ अब छोरीकै टक्करको ज्याँई कहाँ बाट खोज्नु, निश्माको बुवालाई यही चिन्ताले आजकाल निद्रा पनि लाग्न छाडेको छ । यसै पनि जवान छोरीको बाउ आमालाई निद्रा लाग्दैन त्यसमाथि सुनमा सुगन्ध जस्तो छोरी राम्री र सबै कुरामा निपूण छ भने के चाहियो । बाउ आमा रातदिन योग्य ज्वाईँको खोजीमा भौंतारिन्छन् । अहिले निश्माको बाउ आमालाई छोरीको भबिष्यको चिन्ता लागेको छ ।

केही वर्ष ल फर्म चलाउंदै, अदालतमा आउने विभिन्न मुद्धामा बहस गर्दै र कलेजमा पढाएर निश्मा परिपक्व हुदैं गएकि थिई । सौम्य स्वभावकि उसको अर्कै कलेजमा पढाउने एक जना शिक्षकसँग प्रेम बिबाह भएको थियो । धर्मकर्ममा निश्मा लाई एकदमै धेरै विश्वास छ, बिहानै उठेर नित्य कर्म सकेपछि उ पूजा पाठ गर्न बसिहाल्छे, उसलाई यसबाट आत्मिक शान्ति पाएको महसुस हुन्छ । उ मान्छे मात्रै सुन्दर होइन कि मनले पनि असाध्यै सुन्दर र सोझी छ । तर श्रीमानको घरमा घरमा भने उनी त्यत्ति सन्तुष्ट छैनन् । निश्माका श्रीमान सोझा छन् आफ्नो काममा तल्लिन रहन्छन् तर उ जस्तो स्मार्ट छैनन् । घर ब्यवहारको ज्ञान फिटिक्कै छैन, आफु मै मस्त रहन्छन् उनी । जसले गर्दा श्रीमती निश्मा संग उसको श्रीमानको ठ्याकठुक परी रहन्छ । निश्माका केटी भन्दा केटा साथी धेरै छन, एक त वकालत पेशा, त्यसमाथि शुरु देखि नै उ हक्की र निडर स्वभाकि थिई । उसको चारित्रिक विशेषताहरु र स्वच्छन्द व्यवहारले गर्दा केटाहरु उसलाई मरिहत्ते नै गर्दथे । वैध र अवैध, उचित र अनुचितको द्धन्द्धमा नपरेर आफुलाई जे ठिक लाग्छ त्यो गर्न पाउनु पर्छ भने निश्माको तर्क छ । निश्माको जीवनलाई हेर्ने दृष्टिकोण र बाँच्ने सिद्धान्त प्रति उनका आफन्त र श्रीमानलाई ठूलो विमति छ । उ प्रेम र आवेगमा चिप्लिनु, समाजले कोरेको लक्ष्मण रेखालाई नाघ्नुलाई कुनै पाप मान्दिन । मन मिले पछि त तन पनि मिल्ने हो भन्ने उसको अत्याधुनिक तर्क भएपनि निश्माले आफ्नो शरीरलाई खेलौना बनाएर खेल्न अहिले सम्म कसैलाई पनि दिएकि छैन ।

तर जब देखि द्रवितको अचानक प्रवेश निश्माको जिन्दगीमा भएको छ त्यसपछि उसले धेरै कुरामा फरक अनुभव गरेकी छ । उसलाई द्रवितको सबिन्दास स्वभाव, भोलीको चिन्ता न गरी आजमा जीवनलाई भरपूर बाँच्ने शैली खुब मन परेको छ । द्रवित र निश्मा दूबै वालिग छन्, दुबैको बिबाह र घरजम भईसकेको छ । अझ द्रवितको काँधमा त सन्तानको जिम्मेवारी पनि आई सकेको छ । द्रवितलाई भेटे देखि र उसको प्रेममा रिझिएपछि निश्मा झन हिजोका दिन भन्दा पनि बढी स्वच्छन्द भएकि छ । द्रवितको शरीर उसको नशालु आँखाले निश्मा लाई हदै सम्म लोभ्याएको छ । द्रवित अफिसको कामले राजधानी वाहिर जांदा होस् वा देशको कुना काप्चा चहार्दा होस् निश्मा उ सँगै हुन थालेकी छ । छायाँ जस्तै लिपिक्क टाँसिएकि निश्मा ह्दयको भित्रि तह देखि नै उ अब द्रवितलाई पनि छोड्न चाहन्न । कुनै आकर्षक र पैसावाल पुरुषले जीवनमा प्रवेश गरोस्, मनका सबै चाहना हरु पूरा गरोस भन्ने उसको वर्षौ देखिको अतृप्त ईच्छाहरु पूरा भएको छ । काम विशेष्ले काठमाण्डु वाहिर जादाँ उनीहरु दुबैले सवै मन्दिरहरु दर्शन गरेका छन् । आफ्नो जोडी कहिल्यै नटुटोस् भनेर भगवान संग भाकल गर्न पनि भ्याएका छन् । धर्म भिरु निश्मालाई विभिन्न मन्दिरहरु दर्शर्न गर्न र पूजा पाठ गर्न ब्रत बस्न औधी रमाइलो लाग्छ ।

एकान्त पनको मौका छोपेर आफु प्रति अत्यन्त रोमाण्टिक भईरहेको द्रवित लाई एक दिन निश्माले १५ दिन सम्म आफुलाई नैनी ताल घुमाएर ल्याउन अनुरोध गेकि थिई । उसको अनुरोधलाई द्रवितले पनि नकार्न सकेन, कुनै सुन्दर युवतीले १५ दिनको प्याकेजमा आफुलाई भोग गर्न अफर दिन्छे भने द्रवित जस्तो युवतीहरुको भोगी र लोभी पुरुषले नाई भन्ने सवाल नै छैन । द्रवित र निश्मा दुबै १५ दिन सम्म हनिमुन गए जसरी नै नैनीताल घुमेर फर्के । उनीहरु नैनिताल घुमेर फर्किदां रिचार्ज र रिफ्रेश भएका छन् । उनीहरुलाई अब आफु बाहेक दिन दुनियाको बारेमा सोच्न फुर्सद छैन । १५ दिन सम्म दिन रात चौबिसै घण्टा एक अर्काको अगााँलोमा बाँधिएर नैनितालम जस्तो रमणीय स्थलमा रोमाण्टिक समय बिताएर आएको जोडीलाई कसैको बारेमा सोच्न र केही गर्ने होश पनि कहाँ हुन्छ र ? द्रवित र निश्मा दुबै मदहोश भएका छन् ।

निश्माको कारणले अब द्रवितको घरमा पटक पटक झगडा पर्न थालेको छ । दुबै बीचको अन्तरगँ सम्बन्ध बारे द्रवित र निश्मा दुबैको परिवार र आफन्तहरुले थाहा पाई सकेका छन् एक दिन एकदमै रिसाएकि द्रवितकि श्रीमतीले निश्मालाई झोक्किदैं बेस्सरी फोनमा गाली गरिन । तर उसको यो गालीले लैला मजनु जस्तो चर्चित भई सकेका द्रवित र निश्मालाई केही असर गरेन । दुवै अझ निडर भएर ‘प्रेम गरेपछि के को डर र लाज’ भन्दै निश्फिक्री एक अर्का संग भेट्न थाले । उनीहरुको प्रेमालापले सीमा नै नाघ्न थालि सकेको थियो । दुवै प्रेम चरी झन उन्मुक्त भएर, आआफ्नै धुनमा मस्त भएर आकाशमा उड्न थाले । द्रवित र निश्मा दुवै सँग प्रशस्त पैसा छ, कुनै अभाव र चिन्ता छैन उनीहरुलाई । दुवैले आ आफ्नो जागिर बाट चाहिने भन्दा बढी नै कमाई पनि गरेका छन् । शोक न सुर्ता, भोक न भकारी जस्तो द्रवित र निश्माको वर्तमान जीवन भएको छ । उनीहरु लाई पैसा हैन एक अर्काको साथ चाहिएको छ, समर्पण र सन्तुष्टि चाहिएको छ ।

निश्मा र द्रवितको प्रेमलीला र रासलीला दुबैको घर परिवार आफन्तले थाहा पाई सकेका छन् । उनीहरुलाई घरबाट निस्किन गारहो परेको छ । समाजमा उनीहरु चर्चाको विषय बनेका छन् । थुथु गर्दैछन सबैले बदनामी चारै तिर फैसि सकेको छ । अब के गर्ने ? दुबै बिबाहित थिए, परिवार र छोराछोरी थिए । तर आकर्षणको आवेगमा आएर दुबैले आफ्नो सीमा बिर्सि सकेका थिए । ठीक के हो र गलत के हो यो जान्ने शुद्धि प्रेम र वासनाको उन्मादमा सबै हराई सकेको थियो । अब दुबैले संधैकालागि छुट्टिनु र अलग अलग बस्नुको कुनै विकल्प छैन । द्रवित निश्माको परिवारले उनीहरुको भेटघाटमा नै पहरा लगाई दिए । दुबैलाई कहिल्यै कतै न भेट्नकालागि परिवारले अल्टिमेटम जारी गरयो । त्यसपछि यी दुबैले बाध्य भएर कठोर निर्याय गरेका छन् । निश्मालाई विदेशमा गएर अझ उच्च शिक्षा प्राप्त गर्ने जुन धोको वषौ देखि थियो त्यो अब विदेशमा गएर पूरा गर्ने निर्या गरिन । आफ्नो बदनामीको दाग पखाल्न निश्माले विदेशमा पढ्न जाने योजना बनाइन । यसरी पढ्ने योजना बनाएर गएपछि आफ्नो मन पनि नबरालिने र दुबैको चरित्रको बारेमा कुरा काट्नेहरु आफै शान्त हुदैं जानेमा निश्मा ढुक्क छिन् । त्यसैले उनी अमेरिका गइन थप अध्ययनको लागि । द्रवितले निश्मालाई धेरै रोक्न खोज्यो, समझायो पनि तर उ केही गरे पनि रुकन मानिन । निश्माको स्त्री हठको अगाडि द्रवितको अनुनय विनयको केही काम लागेन, उसको हठले जित्यो द्रवित एकपल्ट फेरि आफ्नो प्रेमलाई संधैको लागि गुमाउन बिवश भएको छ । उ पनि निश्मा संगै अमेरिका जान चाहन्छ तर उसको विसा मिलेन । उता घरमा उसको श्रीमती र छोराछोरी छन्, उनीहरु प्रतिको आफ्नो दायित्वलाई उसले जसरी पनि पूरा गर्नु छ । त्यसैले उ मन मारेर निश्मा बिना एक्लै बस्न बाध्य भयो । अब द्रवित एक्लो र घर परिवार र अफिसमै मात्र सीमित भएको छ ।

समय बित्दै गईरहेको छ । अनिकेतको उमेर पनि छिप्पिदैं गईरहेको छ । हिजो काखमा खेलाएको छोराछोरी आज फुटबल र क्रिकेट खेल्ने भईसकेका छन् । जेठी छोरी आठमा, कान्छी छोरी पाँचमा र सबै भन्दा कान्छो छोरा दुईमा पढ्ने भईसकेको छ । उसकि जेठी छोरी स्तुति पढ्नमा सारहै तेज छ । पढाई बाहेक अन्य गतिविधिमा पनि उ अव्वल आउने गरेकि छ । कान्छी छोरी निवृति अलिक शान्त स्वभाव कि छ, पढाई भन्दा बाहेक अरु कुरामा दायाँ, बाँया गर्दिन , उ बोल्नमा पनि सारहै कन्जुस्याईं गर्छे । कान्छो र एक मात्र छोरा भएकोले छोरा वेदान्त अलि बढी नै पुलपुलिएको छ । उ जिद्धि पनि बढी नै छ, उसको हरेक आवश्यक्तालाई आमाबा र हजुरबुवा, हजुरआमाले पुरयाई दिएका छन् । बढेसकालमा नाति, नातिनाको अनुहार, उनीहरुको चकचक र बदमासी हेरेर बुढाबुढी दगँ पर्दछन् । अािकेत पनि आफ्नो जीवन भरिको सम्पति आफ्ना छोराछोरीहरुलाई नै ठान्दछ । त्यही हुनाले आफ्नो शक्तिले भ्याए सम्म छोराछोरीलाई काठमाण्डुको सबै भन्दा नाम चलेको स्कुलमा शिक्षा दिईरहेको छ । उ छोराछोरी प्रतिको आफ्नो कर्तव्य पूरा गर्न र माया प्रकट गर्नमा कुनै कसर बाँकी राख्न चाँहदैन । उसले आफ्नो बाल्यकालमा जे पाएन त्यो कुराको अभाव छोराछोरीलाई कहिल्यै नहोस् भन्ने चाहन्छ । मान्छेको जीवनको आधा समय आफ्नो सन्तानको सुखद भविष्यको बारेमा योजना बनाउंदै, सोच्दै र अरु संग तिनै छोराछोरीको आनि बानीको बारेमा बखान गर्दै बित्छ । यो कोखाको घाउ जस्ता छोराछोरीको ब्यवहारले बाउ आमाको मन कति दुख्छ तर पनि त्यसो कोखाको घाउलाई सुम्सुम्याउन मै अभिभावकको जिन्दगी बित्दछ । अनिकेत पनि यही समाज र यहाँको परिवेश अनुसार नै हुर्केको छोरा, भाइ, पति र पिता हो ।

जाडो महिनाको एक दिन अनिकेत र सुमित बैंकमा पूर्ण मनोयोगका साथ काम गरी रहेका थिए । जाडो निक्कै बढेकोले तात्तातो कफीको चुस्की लिदैं र एक अर्कालाई जिस्काउंदै र पिन्च गर्दै कामको आनन्द लिई रहेका थिए । यी दुई बीचको सम्वन्ध अचम्मको छ, दुवैलाई एकअर्काको साथ नभई पनि नहुने र साथ बस्दा पनि धेरै बेर सम्म सम्बन्ध सुखद नहुने । दुवै एक अर्कालाई मन पराउदैनन्, पछाडि एक अर्काको कुरा काट्छन्, अगाडि बढ्न थाल्यो भनेर खुट्टा पनि तान्छन् । तर सबैको अगाडि भने एक अर्काको लागि ज्यान दिन पनि तयार हुन्छन् । अनिकेतलाई आफु सुमित पद र उमेर दुबैमा ठूलो भएकोले यो अफिसमा उसले बाहेक सुमितलाई सिधा बाटोमा ल्याउन र तह लगाउन आफुलाई मात्र आउंछ । उता सुमितलाई पनि लाग्छ अनिकेत आफु भन्दा माथिल्लो तहमा पुग्यो भने आफ्नो भाग खोस्ने छ, उ आफुलाई अनिकेतले हेपेको र केही नजान्ने जस्तो ब्यवहार गरेको बेला बेलामा महसुस गर्छ । दुवैको जुगाँ छैन तर लडाईं भने यही अदृश्य जुगाँको शान र मानको लागि भई रहेछ । अनिकेत र सुमन बैंकको एउटै विभागमा काम गर्छन, दुवैले एक अर्काको साथीभाइ र बैंकका कर्मचारीहरुसँग एक अर्काको खोइरो खन्छन, धारे हात पनि लगाउंछन् । तर पनि कही वाहिर जानु परयो भने दुबै सँगै जान्छन्, साप्ताशिक विदा वा अन्य विदाको समयमा दुबैले दुबैको घरमा आउजाउ पनि उत्तिकै गर्छन् । दुवै जनाका परिवार धेरै पटक सँगै राजधानी बाहिर घुम्न गएका छन । तर किन हो कुन्नि ? उनीहरुको अफिस भित्रको सम्वन्ध त्यती राम्रो छैन । दुबैको दिशा र दशा मिल्दैन, ग्रह नक्षत्र केही पनि नमिलेको जस्तो उनीहरु अफिसमा कुकुर र बिरालो जस्तो झगडा गरि रहन्छन् । दुबै विपरित दिशा तर्फ फर्किएका छन् ।

एक दिन यी दुवै कुकुर, बिरालो जस्ता साथी अफिसको एउटै कोठामा बसेर काम गरिरहेका थिए । त्यस बेला उनीहरु निक्कै ब्यस्त थिए, त्यचि खेरै एक जना विदेशी कुईरो आँखा भएको र खैरो फ्रेन्च कट दारही पालेको अग्लो अधँबैसे मानिस उनीहरुको अफिसमा आई पुग्यो । ती विदेशी व्यक्ति जसको नाम पिटर जन्सन थियो, सरासर उनीहरुको विभागमा नै आए । फ्रान्सको नागरिक पिटर जन्सनको कम्पनीले फ्रान्समा विभिन्न वैंकको चेक प्रिण्ट गर्ने काम गर्दथ्यो । पिटर पहिलो पटक नेपालमा व्यापार गर्नका लागि आएका थिए । अनिकेत काम गर्ने वंैकको नाम र ठेगाना पत्ता लगाएर त्यहा आई पुगेको हाय हैल्लो र एक अर्काको परिचय र अभिवादन पछि पिटरले जानकारी दिए । एकै छिन पछि लञ्च टाईम भयो, अनिकेत, सुमित र त्यो खैरे विदेशी पिटर पनि साथै लञ्च खान बैंकको क्यान्टिन तर्फ गए । तीनै जनाले लञ्च खादै बैंकको चेक छाप्ने र अन्य यापार ब्यवसायको बारेमा लामो कुराकानी गरेर । नेपालमा बैंकिगँ सेक्टरको अवस्था कस्तो छ, भोलि कस्तो हुनेछ आदि ईत्यादि विषयमा पनि कुराकानी गर्न भ्याए । बैंकमा महत्वपूर्ण पदमा भएपनि अनिकेतलाई यस बारेमा निर्णय गर्ने कुनै अधिकार छैन । सुमित त झन बैंकमा अनिकेत भन्दा जुनियर नै हो उसले झन के नै गर्न सक्छ र ? उसले खालि अनिकेतको हाँ मा हाँ मात्र मिलायो । उनीहरु दुबैले पिटर जन्सनलाई भोलि बैंकको सिईओ संग भेटेर आफ्नो काम र विजनेसको बारेमा बेली बिस्तार लगाउन आग्रह गरे । बैंकमा सिईओ भएको बेला पारेर आउ र पिटर जन्सनलाई भेटाई दिनका लागि समय मिलाउने जिम्मा उनीहरु दुइ जनाले लिए ।

वैंकिगँ सेक्टरमा आजकाल राजनितिको जस्तो एउटा नया वाक्यले सबैको ध्यान तानेको छ । त्यो हो विदेशबाट आयात गरिएको ‘कर्पोरेट गभर्नेन्स’ भन्ने बैंकरहरुले भाषणमा जस्तो प्रयोग गर्ने सूत्र वाक्य यसले सबैलाई लोभ्याई रहेको छ । कर्पोरेट गभर्नेन्सको अर्थ आफ्नो कामसँग मतलव राख्नुपर्छ र कामसँग सम्वन्धित नभएको व्यवसाय र कुरा गरेर कनै फाइदा हुदैन । साथै हरेक क्षेत्रमा ब्यवसायिकता चाहिन्छ र बैंकमा अझ बढी नै काम प्रतिको ब्यवसायिकता वा लगाव चाहिने मानिन्छ । मात्र टाई लगाएर, शरीरमा डियो दलेर, अग्रेंजी खर्रर बोलेर, साझँ परेपछि कुनै रेष्टुरेण्टको एकान्त कुनामा बसेर गर्ल फ्रैण्डलाई अगाँलोमा बेरेर वियरको चुस्की लिनु मात्र ब्यवसाथिकता होइन । न त हरेक वर्ष बैंकले आफ्नो वार्षिक आम्दानी अनुसार बाँडने बोनस र शेयरबाट पाएको रकमले घरकालागि आवश्यक सुविधाका सामानहरु, परिवार संग देश वा विदेश घुम्न जाने, श्रीमती छोराछोरी र गर्ल फै्रण्डलाई महँगो उपहार किनेर दिनु नै ब्यवसायिकता हो । विदेशका ठूला कर्पोरेट हाउस हरुले अगाँलेको रणनिति र त्यसबाट पाएको सफलतालाई नेपालका बैंक र बैंकरहरुले पनि अगाँल्नु पर्छ भन्ने मात्र यहाँका बैंक र बैंकरहरुले बुझेका छन् । त्यसका लागि उनीहरु आफैले आफ्नो आनि बानी र कल्चरमा कतिको बदलाव ल्याएका छन् वा ल्याउन सक्छन् त्यो विषय तर्फ उनीहरु पटक्कै ध्यान दिन चाहँदैनन् ।

अरुको काम संग मतलब न राख्नु वा अरुलाई डिस्टर्ब न गर्नुको मतलब आफुले जे सुकै गर्न पाउने छाडापन वा स्वच्छन्दताको अर्थमा यहाँका बैंकरहरुले बुझेका छन् । त्यही भएर उनीहरु घरमा श्रीमान वा श्रीमती हुंदा हुदैं पनि बाहिर अर्कै संग रासलीला गर्दै हिडँछन् । अरुको मामला अर्थात गर्ल फै्रण्ड ब्वाय फै्रण्ड र उनीहरुको चरित्रको बारेमा कुनै चासो नराख्ने र आफ्नो सम्बन्धको बारेमा पनि अरुले चासो न राखोस् भन्ने अर्थमा मात्र बुझेका छन् । केहीले भने सोर्स फोर्स लगाइदिने, राष्ट्र वैंकका ठूलो ओहदामा भएका कर्मचारीले निजि क्षेत्रका वाणिज्य वैंकका सञ्चालक र सिईओ हरुलाई फलानो वा ढिकानो व्यक्तिको नाम तोकेरै तपाईको वैंकबाट ऋण उपलब्ध गराइदिनु भन्ने, आफ्नो नातेदार लाई योग्यता न भए पनि निजि क्षेत्रबाट खुलेका नयाँ बैंकहरुमा जागिर लगाउन खोज्ने जस्तो कुरा नेपालको सन्दर्भमा कर्पोरेट गभर्नेसका लागि चाहिने अत्यन्त सामान्य कुरा नै भइसेका छन । निजि क्षेत्रका बैकका सञ्चालकहरुले राष्ट्र बैंकले आदेश दिएको चाहिने न चाहिने कुरा मानी दिए वापत उनीहरुको बैंकको कतिपय गल्तिमा पनि राष्ट्र वैंकका कर्मचारीले आँखा चिम्लिने र गलत कार्यलाई बढावा दिने प्रवृति बढेको छ । सायद नेपालको सन्दर्भमा र नेपालको लागि आवश्यक कर्पोरेट गभर्नेन्स यही हो भन्ने धारणाले जरो गाडेको छ ।

अनिकेतले निश्चित गरी दिएको समयमा नै भोलि पल्ट पिटर जन्सन उसको बैंकमा आई सकेको छ । अनिकेत र सुमित दुवै जनाले पिटर लाई लगेर बैंकको सिईओको केविनमा लगेर भेटाइदिन्छन् । प्रबल शमसेर राणा हो, अनिकेत काम गर्ने बैंकको सिईओको नाम । नाम प्रबल भएपनि परिवार, समाज र बैकिँग सेक्टर संग सम्बन्धित मानिसहरुले प्रबल राणालाई साह्रै सज्जन र संस्कार पाएको उच्च शिक्षित मानिसको रुपमा चिन्दछन् । पिटर जन्सन र प्रबल राण बीच आफ्ना व्यक्तिगत र बिजनेस सम्बन्धि केही आन्तरिक कुराहरु भयो । दुवैको बीच फ्रान्समा अवस्थित पिटर जन्सनको कम्पनीमा बैंकको चेक छाप्ने सम्बन्धमा लामो कुराकानी र छलफल भयो । पिटरको कम्पनीले प्रबल राणाको बैंकको चेक छापी दिए वापत केही छुट वा कमिशन दिने भएपछि अनिकेतको बैंकको चेक पनि अब पिटर कै कम्पनी छापिने निर्ण गरियो । प्रबल राणा र पिटरले समझौता पत्रमा हस्ताक्षर गरे । प्रबल राणा र पिटर जन्सनलाई एक अर्का संग भेटाई दिए पछि अनिकेत र सुमित त्यो केबिनमा धेरै बेर बसेनन् । पिटर जन्सनले अनिकेतको बैंक बाहेक अन्य बैंकहरु संग पनि सस्तो र सुलभ मूल्यमा बैंकको चेक छापि दिने भएको छ । पिटरको कम्पनीले ठूलो काम हात पारेको छ, उ थुप्रै बैंकहरु संग कन्ट्रयाक्ट गरेर फ्रान्स फर्कि सकेको छ । त्यति मात्र नभएर पिटर जन्सनको कम्पनीले नेपाल राष्ट्र वैकको नोट छाप्ने काम पनि पायो । उसको कम्पनीले अब नेपाली नोटहरुपनि फ्रान्स बाट छपाएर नेपाल पठाउने महत्वपूर्ण काम पाएको छ कम्पनीले छाप्न थाल्यो । राष्ट्र बैंकका ठूला कर्मचारीहरुलाई तगडा कमिशन दिने लोभ देखाएर पिटर जन्सनले नेपाली नोट छाप्ने महत्वपूर्ण र संवेदनशील काम पाएको छ ।

समय पाखा लाग्दै गई रहेको छ । अनिकेतको बैंकको सिईओ र अन्य हाकिमहरु परिवर्तन भएका छन । अनिकेत काम गर्ने बैंकमा पाकिस्तानी बैंकको मूख्य लगानि रहेको छ । त्यसैले जब बैंकको ब्यवस्थापन पूरै परिवर्तन भयो तब पाकिस्तानबाट एक जना पाकिस्तानी नागरिक मिस्टर अदिब शेख नाम गरेका व्यक्ति अनिकेतको काम गर्ने बैंकमा सिईओ भएर आएका छन् । दारहीवाल बैंकरको रुपमा चिनिने मिस्टर शेख खरो स्वभावका बुजुर्ग पाकिस्तानी नागरिक हुन् । उनी निकै लामो समय सम्म पाकिस्तानको केन्द्रिय सरकारी वैंकमा काम गरेर आएका हुन् । मिस्टर शेख पाकिस्तानी बैंकको लगानि रहेको यो बैंकमा दुई वर्षको लागि कन्ट्रयाक्ट गरेर लागि नेपाल आएका थिए । दुई वर्षको नेपाल बसाईको अवधिमा मिस्टर शेखले आफूलाई निकै परिवर्तन गरी सकेका छन । नेपाल आए पछि उनको काम गर्ने र सोच्ने शैलीमा ठूलो परिवर्तन आएको छ । पाकिस्तान र नेपालको वैकिङ क्षेत्रमा मिस्टर शेखको नाम इज्जतका साथ लिइन्छ । उनी ईमानदार बैंकर हुन, अहिले सम्म एक पैसा पनि तल माथि गरेका छैनन, आफुले काम गरेको बैंकलाई अरु बैंकसंग प्रतिष्पर्धा गर्दै उभोँ उठाउने मा नै उनको उमेर र ध्यान केन्द्रित । कट्टर मुसलमान भएकोले उनी रक्सी पिउंदैनन्, अरु बैंकर जस्तो डिस्को र पबमा गएर न डान्स नै गर्छन । फुर्सद र छुट्टीको समय उनी गल्फ खेलेर र अध्ययन गरेर बिताउंछन् । कम बोल्ने र कामको कुरा मात्र बोल्ने उनको बानीले गर्दा मतहतका कर्मचारीहरु उनी संग डराउने गर्दछन् । आज सम्म कँही कतै पनि केही कुरामा कसैले पनि मिस्टर शेखलाई कसैले आरोप लगाउन सकेको छैन, उनकने व्यक्तित्व दाग रहित छ । बैंकिगँ सेक्टरमा यस्तो बेदाग चरित्रको व्यक्ति भेटिनु असम्भव जस्तै हो ।

बैंकको काम गर्दा गर्दै अनिकेत बुढो हुन थालि सक्यो । उसको मन्चटको रौं सेतो भई सक्योे भने आँखामा पनि पावरबाला चश्मा लागि सक्यो । उमेरले त चालिस मात्र कट्या हो, तर सानै उमेर देखि गरेको जागिर जागरिबाट खाएको हण्डर र अनेक खाले अनुभवले उसलाई धेरै नै परिपक्व बनाई दिएको छ । अनिकेतकि जेठी छोरी स्तुति क्याम्पस पढ्ने भई सकि । देशमा पनि धेरै परिवर्तन आईसकेको छ । राज दरबार हत्या काण्ड पछि देशको राजनितिक स्थििति धेरै नै ओरालो लाग्दै गएको छ । देश अभिभावक बिनाको अनाथ सन्तान जस्तो भएको छ । भूमिगत कालमा जनतालाई यठिबास लगाएका माओवादीहरु अब सार्वजनिक भई सकेका छन् । कुनै बेला उनीहरुको नाम र कामले तर्सेका जनता अब यिनले देशका लागि केही नया विकासको काम गर्छन कि भनेर आश गरिरहेका छन । सार्वजनिक भर्एसके पछि माओवादीहरुले राजतन्त्र लाई संधैका लागि देशबाट निमिटयान्न गर्न एक जुट भएका छन् । माओवादीले काग्रेंस, एमाले र अन्य मधेशवादी दलहरु संग मिलेर राजतन्त्रलाई संधैका लागि खत्तम पार्न दिल्ली समझौता गरेका छन् ।

दिल्ला समझौता अनुरुप ठाउं ठाउंमा बन्द, हडताल र आन्दोलन भईरहेको छ । राजतन्त्र फाल्न नेता र जनता दुबै हाम फालेर लागेका छन् । लाग्छ राजतन्त्र क्यान्सर जस्तो कुनै भयँकर रोग हो जसलाई देशरुपी शरीरबाट अप्रेशन गरेर संधैको लागि फाल्न पाए देश र जनता दुबैलाई हाई सन्चो हुनेछ । विभिन्न दलका नेताहरुले गरेको भाषणलाई सामान्य जनताले चाख मानेर सुनि रहेका छन् । नेताहरु मुठ्ठी उज्याउंदै राजतन्त्र देशको लागि अभिशाप हो, यसलाई हटाउनै पर्छ भनेर भाषण दिदैं हिडेंका छन् । जनता नेताको भाषणमा ताली ठोक्छन । सिगोँ देश राजतन्त्रको खिलाफ भएको छ, लाखौं जनता राजतन्त्र फाल्न सडकमा निस्केका छन् ् । यही क्रममा कति जनताले प्रहरीमो मुडकी, लात, बुटको चोट र गोली खाए । कतिले आर्मीको डण्डा र गोली खाए । कोही रक्ताम्य भो, कसैको हात खुट्टा भाँचियो कसैको जीवनलीला नै यो आन्दोलनको भेट चढ्णे । कोही बिधुवा भए, कोही निसन्तान अनि कोही अनाथ भए एउटा राजा हटाउने आन्दोलनले गर्दा । तर पनि जनता राजतन्त्र घरको मक्किएको खाँबो भएकोले यसलाई ढाल्नै पर्छ भन्ने निश्चयमा अडिग थिए । आन्दोलन, जन चाहना राष्ट्रिय र अन्तराष्ट्रिय दबाबको सामु नेपालमा राजतन्त्रले घुँडा टेक्यो । राजाले अब नागरिक भएर बस्नुपर्ने जनताको आदेशलाई शिरोधार्य गरे । राजतन्त्र संधैका लागि देशबाट बढारियो तर अर्को अवान्छित आँधीले अभागि नेपाली जनतालाई आफ्नो कब्जामा लिन पर्खि रहेको थियो । हतारमा गरेको निर्णयले जलतालाई अहिले फुर्सदमा पछुताउनु परेको छ । अरुको लहै लहैमा लागेर हावामा गरिएको तरवार बाजी जस्तो भएको छ गणतन्त्र……..

वर्षौ देखि भूमिगत भएर जगँलमा बिताएका माओवादीहरु सतहमा आएका छन्, उनीहरु लाई सबै कुरा नौलो लागि रहेको छ । बाँदरले आफ्नो घर पनि बताउदैन अर्काको पनि राख्दैन भने जस्तै माओवादी र उसका कार्यकर्ताहरु भएका छन् । देशमा राजतन्त्र फालिए पनि अब यूनियन तन्त्रको साम्राज्य बढेको छ । माओवादीका विभिन्न भातृ संगठन र त्यसको यूनियनहरुले उधोग धन्दा ठप्प पारेका छन । हरेक दिन कुनै न कुनै उधोग र कल कारखानाहरु मओवादी यूनियन हरुले विभिन्न मागँ राखेर बन्द गराउन थालेका छन् । आफ्नो अण्ट शण्ट मागँ न मान्नेलाई धम्कि दिने र मर्ने जस्ता घृणित कार्य माओवादीको यूनियन हरुले गरि रहेका छन् । जँगलमा थुप्रै वर्ष बिताएर त्यहाँको फोहोर, मैलो र असभ्यतालाई संगै लिएर आएका माओवादीको धूलो न टकटक्याई, सफा र छरितो नबनाई शहरको सभ्यता न सिखाई एकै पल्ट सरकार सम्हाल्न दिनु जनताको ठूलो कमजोरी र गल्ति हो । जसको परिणाम सबैतिर अब्यवस्था र चरम भ्रष्टाचारको रुपमा देखिन थालेको छ कम्पनी उधोगहरुमा ताल्चा लाग्न थालेको छ । त्यहाँ आए दिन मजदुर र मालिक बीच झगडा पर्न थालेको छ । यो सबै हेरेर अनिकेतलाई कोलकात्ताको सम्झना आई रहेछ । केही वर्ष अघि बैंकको एउटा तालिमको सिसिलामा कोलकात्ता पुगेको अनिकेतले त्यहाँ बन्द भएका उधोगहरु देखेर आश्चर्य मानेको थियो । कोलकात्ताका सडकमा संधै मजदुरहरुले सरकारसंग आफ्नो माग पूरा गराउन चक्का जाम र हडताल गरेको देख्दा नौलो मानेको अनिकेतले त्यो बेला कल्पना पनि गरेको थिएन केही वर्ष पछि उसको आफ्नै देशमा पनि यी दृश्यहरु आम हुनेछन् । यो बन्द हडताल लाई उ आफ्नो आँखाले हेर्न, सुन्न र भोग्न अनि समाचारका पाना हरुमा पढ्न बिवश हुनेछ । आफ्नै देश भित्र भईरहेको यी दृश्यहरु देख्दा कहिले काँही अनिकेतलाई आफु आई पुगेको छु कि भन्ने भान हुन्थयो । यी बन्द हडतालले बैकिगँ क्षेत्रलाई पनि रन राम्ररी असर पारेको छ, तर के गर्ने ?

यिनै बन्द शडताल र चक्का जामहरुको बीचमा केही असहज हुदैं अनिकेत बैंकको काम गर्दै थियो । त्यो दिन उसको जिम्मामाा निकै धेरै काम आई लागेको थियो । त्यो दिन उसले समयमै आफ्नो काम सक्न भ्याएन, शुक्रबार हाफ छुट्टी हुने भए पनि उसले पूरै दिन खटेर काम गरयो तर पनि काम सकिएन । भोली पल्ट शनिबार साप्ताशिक विदा भएपनि अनिकेतले अन्य तीन जना सोही बैंकमा काम गर्ने कर्मचारी साथीहरुलाई भोलि पल्ट शनिवार पनि अफिस आउन आग्रह गरयो । भोलिपल्ट शनिबार अनिकेत सहित चारै जना साथीहरु हिजो नसकिएको अफिसको काम गर्न थाले बिहानै देखि काम गर्दा गर्दा उनीहरुले भोक लागेको पनि पत्तो पाएनन्, जब काम सकियो उनीहरुले आफ्नो मुसा दौडि रहेको चाल पाए । त्यही दिनको बिहानको अखबारमा एउटा भर्खरै खुलेको होटलको विज्ञापन छापिएको थियो । जसमा सात सय रुपैयाँको लञ्च खुवाईन विज्ञापनमा बताइएको थियो । अनिकेतले साथीहरुले शनिबार छुट्टीको दिन पनि साथीहरुले अफिस आएर उसलाई काममा सहयोग गरेकोले उनीहरुलाई पाँचतारे होटलमा लञ्च खुवाउने बतायो । साथीहरुले मक्ख पर्दै छिटो छिटो काम सकाए । काम सकिए पछि चारै जना त्यो पाँच तारे होटलमा गएर लञ्च खाएँ । त्यो पाँच तारे होटलमा चार जनाले खाएको वील ४ हजार रुपैंयाको आयो । यसरी आफु र अफिसका अन्य कर्मचारी हरुले मिलेर लञ्च खाएको बील उ आफैले स्वीकृत गर्न सक्दथ्यो उसलाई यो अधिकार पनि थियो । तर, आफैले लञ्च खाएको विल आफैले स्वीकृत गर्नु राम्रो होइन भन्ने उसको मनले ठान्यो, त्यसैले त्यो बील उसले पाकिस्तानबाट आएका नयाँ सिईओ मिस्टर शेखको केविनमा लिएर गयो । मिस्टर शेखले पाँच तारे होटलको नाम हेरेर र चार हजारको लञ्च खाएको बील पढेर अनिकेतलाई भने ‘खुव ऐयासी भई रहेको छ हैन, तिमी यहाँ काम गर्न आउंछौ कि खान र मस्ती गर्न ? पाँचतारे होटलमा गएर खाएको लञ्च अफिसमै बनाउन लगाएर खाएको भए हुन्नथ्यो ।’

अनिकेत त्यो पाकिस्तानी सिईओको कुरा सुनेर जिल्ल परयो । कहाँ शनिबार छुट्टीको दिन पनि तिमीले अफिस आएर काम गरयौ । ‘म अत्यन्त खुशी छु तिम्रो काम र प्रगति देख्दा । राम्रो गरयौे तिमीले कामको लोडबाट रिफ्रेश हुन फाईभ स्टार होटलमा गएर खायौ ।’ अनिकेत झँल्यास्स भयो र पहिला काम गरेको त्यो विदेशी बैंकको सिईओ लाई सम्झियो । ती पहिला उदार मन भएका सिईओ वङ्गाली थिए भने यी सानो सानो कुरामा मिनमेख निकाल्ने सिईओ पाकिस्तानी हो । दुवै दक्षिण एशियाको एउटै रहन सहन र वातावरणमा हुर्केका थिए तर दुबैको सोचमा जमिन आकाशको अन्तर थियो । पहिलाको विदेशी बैंकको त्यो वङ्गाली सिईओले वैंकको अत्राष्ट्रिय इजजतको ख्याल नगरेर किन सामान्य होटलबाट मगाएर खाएको भनेर उल्टै प्रतिप्रश्न गर्दै गाली गरेको थियो । त्यसबेला अनिकेतको पद र जिम्मेवारी सानो थियो । तर अहिले धेरै वर्ष पछिको अन्तरालमा अनिकेत अर्को बैंकमा महत्वपूर्ण पदमा आसिन भई सकेको छ, उसको जिम्मेवारी पनि बढेको छ । यहाँ उसको तह ठूलो भए पनि सानो कर्मचारी सरह त्यति जाबो रकम र पाँच तारे होटलमा एक दिन लञ्च गरेकोमा एैयासी र बैंकको पैसामा मोज गरेको आरोप लाग्यो । यहाँ अनिकेतले काम गरी रहेको बैंकको वातावरण पहिलेको भन्दा एकदमै अलग थियो । अहिलेको बैंकका कर्मचारी र पहिलेको विदेशी बैंकमा काम गरी रहेका कर्मचारी फरक फरक शिक्षा, सस्कार र वातावरण बाट आएका थिए । जन्मै देखि पाएको सस्कार अनुसार गरिने व्यवहारमा परिवर्तन छिट्टै र सजिलै सित कहाँ बदलिन्छ र ? हरेक व्यक्तिको आनी बानीमा परिवर्तन आउंछ तर मूलभुत स्वभावमा परिवर्तन कहिल्यै र कुनै हालतामा पनि आउनै सक्दैन । यहाँ मान्छे जन्मिदा संगै जन्मेको जिन्सले काम गर्दछ

अनिकेतको बैंकमा आएको नयाँ सिईओ मिस्टर शेख अलि तोते वोल्दथ्यो । त्यो तोते बोली बोल्ने सिईओ मिस्टर शेखले बोलेको धेरैजसो कुरा कसैले वुभ्mदैनथ्यो । एक दिन आफनै बैंकको जुनियर स्टाफलाई त्यो तोते बोल्ने सिईओले यति धेरै र नराम्रो संग गाली गरेछन कि त्यो कर्मचारीले बैंकबाट राजिनामा नै दिएर गयो । पछि त्यो बैंकको जागिरलाई लात मारेर गएका र आफुलाई निक्कै अपमानित महसुस गरेका तीनले तोते बोली बोल्ने मिस्टर अदिब शेखले गरेको गाली आफुले आधा मात्र बुझेको र त्यो पनि राम्रो संग नवुझेको बताउदैं मिस्टर शेखको तोते बोलीको नक्कल गर्दै हाँसेको थियो । आफ्नो दुई वर्षको कन्ट्रयाक्ट सकाएर मिस्टर शेख पाकिस्तान फर्किए तर उनको कडा स्वभाव र सानो सानो कुरामा जसलाई पनि गाली गर्ने खालको स्वभाव को प्रभाव त्यो वैंक र त्यहाँका कर्मचारीहरु कालागि लागि जहिले पनि सम्झि रहने कुरा हुन् ।

रिद्धिमा काठमाण्डु मै जन्मे हुर्केकि र यही पढेकि युवती हुन् । उनी काठमाण्डुको एउटा राम्रो प्राईभेट स्कूलमा शिक्षिकाको रुपमा काम गर्दछि । ठूलो परिवार छ रिद्धिमाको, उनको वुवा व्यापार गर्छन, व्यपार राम्रै संग चलेको छ । पढाई लेखाईमा सामान्य भए पनि रिद्धिमा हेर्दा असाध्यै राम्री छन । चार वर्ष अघि बिहा गरी सकेकी रिद्धिमाको भर्खरै ताती गर्न थालेको छोरा पनि छ । उनको श्रीमानले रिद्धिमाको वुवाको व्यापारमा सहयोग गर्ने गर्दछन्् । रिद्धिमाको श्रीमानको आफ्नै गाडी छ जसमा उनी आफ्ना गर्ल फ्रैण्डहरुलाई राखेर घुमाउंछन् । केटी भने पछि हुरुक्कै कुने स्वभावले गर्दा रिद्धिमाको आफ्नो श्रीमान संग खटपट भई रहन्थ्यो । घरमा त्यति राम्री श्रीमती हुदाँ हुदैं पनि श्रीमान बाहिर अन्य केटीहरुसँग एकदमै बढ्ता हिमचिम गर्दथे जसले गर्दा राति घर आए पछि दुबै श्रीमान श्रीमतीको बोलचाल हुन पनि गारहो हुन्थयो । बोलचाल भई हाले पनि झगडाको रुपमा जोडले कराएर मात्र हुन्थयो घरका मान्छे र छिमेकीले सुन्ने गरी ।

श्रीमानको आनि बानी र राता दिनको किचलोबाट बच्न रिद्धिमाले पनि बैंकमा काम गर्न शुरु गरिन । उनी अनिकेत र द्रवित संगै काम गर्ने बैंकमा नै हाकिमको सेक्रेटरीको रुपमा काम गर्न थालिन् । वैंकमा शुरुमा काम गर्दा सोझि जस्ति देखिन्थि रिद्धिमा, त्यही भएर अनिकेतलाई उसको माया लाग्दथ्यो र नयाँ कर्मचारी भएकोले उसलाई काम पनि सिकाउंथ्यो । तर बिस्तारै रिद्धिमामा पनि परिवर्तन आउन थाल्यो, सोझि जस्ति देखिएकि जागिर सुरु गरेपछि उसको पनि व्यवहारमा नाटकीय परिवर्तन भएको थियो । आफ्नो श्रीमानले धेरै केटी साथी बनाएकोमा दुखी र खिन्न भएकि रिद्धिमा संर्ध जसो श्रीमान संग केटीहरु कै विषयलाई झगडा गर्दथि । अहिले उ आफै केटाहरुसँगको सम्वन्धमा रमाउन थालेकि छ । उनलाई काम भन्दा केटाहरुको सामिप्यता चाहिएको छ । रिछिमा बैंकका पुरुष कर्मचारीहरु संको सामिप्यता र सहवासलाई सिढीं बनाएर माथि उक्लिन चाहन्छे । उसको यस्तो व्यवहार त्यो बैंकमा धेरै दिन टिक्न सकेन ।

रिद्धिमाले आफ्नो स्वभाव र बैंकको वातावरण बीच सामन्जस्य मिलाउन नसके पछि उनले जागिर छाडिन र पाँच तारे होटलमा काम गर्न थालिन । आफ्नो स्वभाव अनुकूलको व्यक्ति उनले होटलमा काम गर्दा गर्दै भेटिईन् । रिद्धिमाको त्यही होटलमा काम गर्ने राघव सँगको सम्पर्क वढ्यो । सम्पर्क र हिमचिम यति धेरै बढ्यो कि राम्री रिद्धिमालाई लिएर राघव फुर्रर अमेरिका उड्यो । अहिले उ अमेरिकामा राघव सँग सुख र खुशीका साथ बसेकि छ । राघवको काठमाण्डु मै घर परिवार छ । उसको श्रीमती र छोराछोरी छन् तर पनि उ रिद्धिमाको माया र शारीरिक आकर्षणमा यस्तो फँस्यो कि आफ्नो परिवारलाई छाडेर रिद्धिमा संगै बस्न र उ संगै जीवन बिताउन अमेरिका गयो । अहिले राघव नौ महिना अमेरिका बस्छ भने तीन महिना काठमाण्डुमा आफ्नो श्रीमती र छोराछोरी संग बस्छ । उसको श्रीमती र छोराछोरीले उ बाट प्राप्त हुने तीन महिनाको हेरचार र माया लाई नै आफ्नो भाग्य ठानेका छन् र त्यसैमा चित्त बुझाएका छन् । रिद्धिमा नौ महिना राघव संग बस्छे र राघव तीन महिना आफ्नो श्रीमती र छोराछोरी संग बिताउन नेपाल आउंदा उ आफ्नो सुन्दरताले पट्याई सकेका धनि खैरै साथीहरु सँग रमाएर बस्छे । राघव तीन महिना नेपाल आउंदाको समय रिद्धिमाको लागि हनिमून पिरियड झैं हुन्छ । उ राघवको अनुपस्थिितिमा झन रमाउंछे । उसलाई कसैको डर लाज छैन, जे गर्न उ अमेरिका आएकि हो उ त्यही गर्दैछ ।

दिन प्रति दिन परिपक्व बन्दै गएको अनिकेतले बैंक भित्र बाहिर देखिने यी र यस्ता खाले दृश्यहरुलाई तटस्थ भएर हेर्छ । संधै देखिने र कुनै नयापन भएको स्वभाव र चरित्रका मानिसहरु र उनीहरुको ब्यवहार र दृश्यहरु लाई आफ्नो मानसपटलमा कैद गर्दै लगि रहेको छ । कहिलेकाही ऊ दिक्क पनि हुन्छ, यी घटनाहरुले उसलाई जीवनबाट पर र उराठ पार्दछन् । अनिकेतका आफ्ना छोराछोरी पनि यस्तै माहौलमा हुर्किदैं छन् । भोलि आफ्नो छोराछोरीले यस्तै ब्यवहार गरे वा स्वच्छन्द जीवन शैली अपनाए भनि उसले के गर्ला ? उसले अब निक्कै गम्भीर भएर यी विषयहरुमा सोच्न थालको छ, भोलि आफ्न सन्तान ठूला भएपछि तिनलाई के सुनाउने, के सिकाउने ? उसले पनि केही वर्ष अघि सौन्दर्य र त्यसको आकर्षणमा परेर आफनी श्रीमती र छोराछोरी माथि ध्यान दिन सकेन । उनीहरुलाई सिकाउनु पर्ने कुरा सिकाउन सकेन । तर अब उसले आफ्नो गल्ति मानि सकेको छ, उसका लर्बरिएका खुट्टाहरु घर भित्र छिरी सकेका छन् । उसले जवानीको जोशमा होश गुमाएर प्राञ्जली संग गरेको उठबस, हिमचिम र सहवासलाई आफ्नो जीवनको ठूलो भुल मानि सकेको छ र प्रायश्चित पनि गरी सकेको छ । अनिकेतलाई उसकि श्रीमती शुरभीले पनि माफ गरी दिई सकेकि छ । आमा बुवाले पनि बिहान जिन्दगीको रगिँन मेलामा हराएको छोरो राति घर फर्कि सक्दा त्यसलाई छोरा हराएको भन्दा पनि घर आउने बाटो बिर्सेको भन्दै माफ गरी दिएर छोरालाई अँगाली सकेका छन् । अनिकेतको मनमा एक पछि अर्को भाव आउंछ र जान्छ । उसलाई आफ्ुले विगतमा गरेको गल्ति र घटना प्रति धेरै ग्लानि वोध भई रहेको छ ।

यही सब सोच्दा सोच्दै र देश, समाज र परिवारमा आएको परिवर्तनलाई आत्मसात गर्दा गर्दै आज अनिकेतकि जेठी छोरी स्तुति विदेश पढ्न जाने दिन आईसकेछ । अनिकेत आत्तिरहेको छm यति सानी छोरी हिजो काखमा अटाउंथी, उसको तोते बोली र हाँसोमा आफ्नो जीवनको सबै पिर ब्यथा बिर्सने उसले छोरीलाई आफु बाट टाढा कसरी राख्ने । छोरी स्तुति सानै देखि मेधावी थिई, छिट्टै स्कल कलेजको पढाई पूरा गरी । १२ को पढाई सकाएर बचेको समयमा उसले एउटा प्राईभेट फर्ममा रमाईलो र अनुभवका लागि जागिर खाई । १२ को रिजल्ट निस्क्यो, उ राम्रो नम्बरले उतिर्ण भई । फेरि मन लगाएर काठमाण्डूको उम्दा गलेजमा बिबिए ज्वाईन गरी अनि मिहिनेत गरेर पढी । दिमाग त अव्वल थियो नै बिबिए पनि प्रथम श्रेण्ीमा उतिणर्् गरी । त्यसपछि स्तुतिले केही समय काम गर्ने निधो गरी र र राजधानीको एउटा अग्रेंजी दैनिक पत्रिकामा काम गर्न थालि । उसलाई पत्रकारिता असाध्यै राम्रो सृजनात्मक र रफ टफ जागिर लाग्दथ्यो जसमा कुनै रुटिन हुदैंन । कुन बेला उ घरबाट निस्किन्छे र राति कति बेला घर फर्किन्छे त्यो समयको कुनै लेखाजोखा छैन ।

जब केही वर्ष पत्रकारिता गरेर पनि उ अघाई उसले विदेशमा गएर एमबिए पढ्ने निश्चित गरी । एमबिए गर्नकालागि उसले अष्ट्रेलिया जाने निर्णय गरी र बुवा अनिकेतलाई यस बारेमा जानकारी गराई । अनिकेत त संधैं छोरीको उज्जवल भविष्यको कामना गर्दथ्यो नै उसलाई के चाहियो र रु अनिकेतले छोरीले विदेश पढ्न जान भनेर गरेको निर्णयमा सही थाप्यो र सबै बन्दोबस्त गरिदियो । उ संग पैसाको कुनै कमी छैन, देश मै पनि उसले आफ्नी प्यारी छोरीलाई सबै भन्दा राम्रो स्कुल र कलेजमा पढाए कै थियो । अब विदेशमा पनि पढेर छोरी अझ बढी बुद्धीले तिखारिएर आउंछे । तर अर्को मनले अनिकेत अत्तालियो, कहिले आँखाबाट ओझल नगरेको छोरीलाई एक्कासी केही वर्षका लागि कसरी टाढा बनाउनु ? बैंकको शुरुवाती जागिरमा चार महिना मुम्बई र कोलकात्तामा तालिमका लागि जानु पर्दा उसको मन चुँडिएको थियो । आमा बुवा र श्रीमतीलाई छाडेर जानु भन्दा उसलाई सानी छोरीलाई छोड्नु पर्दा अनिकेत दुखी भएको थियो । त्यहाँ तालिममा उसलाई घरी घरी सानी छोरीको मात्र याद आउंदथ्यो । अब यत्रो वर्षका लागि त्यही छोरी उसलाई छाडेर विदेश पढ्न जाँदैछ । अनिकेत छटपटिएकको छ, आफ्नो मनको दुख कसैलाई भन्न पनि सक्दैन । आज छोरी विदेश केही वर्ष पढ्न जाँदा उसलाई यति नरमाईलो लागि रहेको छ भने केही वर्ष पछि छोरीको हात सदाको लागि अरुलाई सुम्पिनु पर्दा उसको हालत के होला ???????

छोरीको जात हो, घरमा राख्न सकिन्न । लायक केटा खोजेर उसको बिहा गरी दिएर घरजम गरी दिनु एउटा पिताको परम कर्तव्य हो । आज एउटा व्यक्ति र एउटा बैंकर एउटा पिताको माया र उसको भावनाको अगाडि पराजित हुदैंछ । समाज र परिवारले आमा र उसको मायालाई मात्र देख्छ र सरहनी गर्दछ । तर एउटा पिताले आफ्नो छोराछोरी पाल्न कर्मक्षेत्रमा गरेको परिश्रमलाई कसले देख्ने ? पिताले आफ्नो माया र भावना ब्यक्त गर्न सक्दैन त्यसैले छोराछोरी संग उसको सम्बन्ध पनि आमा भन्दा पछि नै देखिन्छ । आमाले नौ महिना आफ्नो सन्तानलाई गर्भमा राख्छिन् तर छोराछोरीलाई आफ्नो गर्भमा राख्ने अवसर प्रकृतिले पितालाई नदिएपनि नौ महिना पछि सन्तानको सुन्दर मुहार हेर्न पाउने आशमा दिन रात कलपिएकै हुन्छ । अनिकेत पनि आफ्नी श्रीमती शुरभी गर्भवती हुदाँ आफु पिता बन्न लागेको गौरवान्वित भावले कति खुशी रहन्थ्यो ।

आज स्तुति विदेश पढ्नकालागि स्वदेशबाट बिदा हुने दिन । अनिकेत बिहानै देखि उदास छ छोरीसंग हुने विछोडका लागि । छोरी स्तुतिको जन्म देखि उसको बाल्यकाल, उसले पहिलो पल्ट आफुलाई गरेको सम्बोधन, उसको पहिलो ताते हिडाँई र पहिलो तोते बोली सबै चलचित्र र्झै झलझली सम्झिरहेको छ । छोराछोरी त आमा बाउकालागि त्यो सम्पति हुन् जसलाई उनीहरु कहिल्यै खर्च गर्न चाँहदैनन । छोराछोरीको बाल लीलाहरु एकान्तमा सम्झिन्छन् र कहिले रुन्छन अनि कहिले हाँस्छन उनीहरु । पहिलो पल्ट आफु भन्दा टाढा जान लागेकि छोरीको लागि उसले केही गर्न बाँकी राखेको छैन । छोरीको लागि चाहिने आवश्यक्ताका यावत र महँगा सामानहरु उसले किनेरल्याई सकेको छ । राम्रा राम्रा लुगा, जुत्ता, स्विटर, कोट, ब्याग र खानपिनका अन्य थुप्रै सामानहरु । छोरीलाई अष्ट्रेलिया बस्दा लाग्ने खर्चको ईसिटिमेट गरी नेपाली पैसालाई अष्ट्रेलियन डलरमा बदलि सकेको छ । भित्र बाहिर यता उता गर्दै एइरपोर्ट जाने समय पनि भयो ।

मूल गेटमा सजाएर राखिएको घैंटामा स्तुतिले अक्षता र फूलपाती छरी, उसकि हजुरआमाले रुदैं रातो अक्षताको टीका र माला लगाई दिनुभयो । त्यसपछि उसलाई सगुनको रुपमा दही र पेडा खुवाएर भक्कानिदैं आशिर्वाद दिनु भयो । आमा शुरभी पनि आफ्नी छोरीलाई अगाँलोमा बेरेर रुन थालिन । यी जीवन्त दृश्यहरुको फोटो खिचि रहेको अनिकेत पनि क्यामरा पछाडि भक्कानियो । उसको आँशुको रापले क्यामराको लैन्समा भाप जम्यो, जसलाई अनिकेतले हतपत्त पुछ्यो र अरु कसैले नदेख्ने गरी उसले आफ्नो आँखा बाट चुहिएर गालामा आई सकेको आँशुको धार लाई पुछ्यो । स्तुतिका भाइ, बहिनी पनि उ संग लुट पुटिएर रुन थाले । बिहा गरेर छोरी विदा गरेको भन्दा पनि बढी त्यो दृश्य थियो । त्यसपछि सबै गाडीमा बसेर एयरपोर्ट तिर लागे । कार अनिकेत आफैले चलाई रहेको थियो, बगलको सिटमा सदा झैं श्रीमती शुरभी विराजमान थिईन भने पछाडिको सिटमा हजुरआमा र नातिनी घाँटीमा घाँटी जोडेर बसेका थिए । पासपोर्ट, भिसा र टिकट सबै दिएपछि एयर पोर्ट ट्याक्स पनि काटियो । एउरपोर्टमा गरिने सबै औपचारिकता पूरा भए पछि स्तुति प्लेन चढ्न जानका लागि उ संग छुट्टिई । अनिकेतले छोरीलाई छातीमा बाँदरले आफ्नो बच्चालाई टाँसे जस्तो टाँस्यो र छोरीको निधारमा म्वाई खायो । उसको आँखा आँशुले पूरै ढाकियो, छोरी सिढीं चढ्दै पछाडि फकिर्दै आफ्ना सबैलाई हेर्दैछ । छोरीका आँखा पनि टलपलिएका छन् । उ त झन विरानो देशमा विरानो मान्छे हरुको बीचमा बस्न जाँदैछ । जहाँ कोही आफ्नो हुने छैन, आफुलाई आफैले सम्हाल्नु पर्नेछ । त्यहाँ आफ्नो उअभिभावक उ आफै हुनेछ । अब केही वर्ष सम्म यी माया गर्ने हात र यीनको स्पर्श बाट उ बञ्चित हुनेछ ।

अनिकेतलाई सारहै नरमाईलो लागेको छ, एकातिर छोरी विदेश पढ्न गई, उच्च शिक्षा हासिल गरेर अन्तराष्ट्रिय बिश्व बिधालयको डिग्री लिएर आउंछे भने अर्को तिर छोरी संग बिछोडिनु पर्दाको पीडा सहन उसलाई गारहो भई रहेको छ । के सबै पिताहरु लाई आफ्नो छोराछोरी संग बिछोडिनु पर्दा यति नै दुख हुन्छ ? जुन उसलाई अहिले भईरहेको छ, के सबै बाउहरु सन्तान संगको बिछोडमा यसरी नै भक्कानिन्छन् । के उसको माता पिता पनि उ तालिम र कामको सिलसिलामा विदेश जाँदा यसरी नै दुखी भएका थिए । अभिभावक हुनु, माता पिता हुनुको मूल्य सन्तान संग छुट्टिएर उनीहरु संग बिछोडिएर चुकाउनु पर्दछ सबैले ? आज छोरीको बदमासी, गल्ति राम्रो न राम्रो सबै कुरालाई उ एक एक गरेर सम्झि रहेको छ । छोरीलाई के के मन पर्दथ्यो, के के मन पर्थेन र के के मिठो लाग्दथ्यो के के मिठो लाग्थेन अनिकेत सबै सबै सम्झि रहेको छ । यो मान्छेको मन भन्ने वस्तु पनि अचम्मको छ, जुन कुरा र मान्छे जब सम्म उसको नजिक रहन्छन् तबसम्म उ त्यस तर्फ ध्यान दिर्दैन । जब त्यो वस्तु वा मान्छे उ बाट टाढा जान्छ, उ बाट खोसिन्छ तब उसलाई त्यसको मूल्य थाहा हुन्छ । आज अनिकेतको हालत पनि त्यस्तै छ, बैंकको कामले छोरी संग बस्न कुरा गर्न उसको समस्या सुन्न उसलाई फुर्सद थिएन । तर आज जब छोरी आफु बाट टाढा भएकि छ, तब उसलाई हरेक क्षण छोरीको सम्झना आई रहेछ । पत्नी शुरभी जो हरेक समय छोरी सग रहन्थि, उसको कुरा सुन्थि उ आफ्नो घरायसी काममा अल्झेर छोरीलाई बिर्सन खोज्दैछ । तर अनिकेतलाई घरमा त्यति सारहो काम छैन, उ छोरीको कोठामा एक्लै झोकय्राएर बसेको छ । उ छोरीको सम्झनाले बौलाहा जस्तो भएको छ ।।।।।।।।।।।।।।।।।।

(स्रोत : Bimmi Sharma’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नेपाली उपन्यास and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *