कथा : पुनमाया भाउजु र भाउजुको आठ तल्ले घर

~हरिकृष्ण डंगोल~Hari Krishna Dangol

पुनमाया भाउजुको घर पुगेपछि मैले एकपटक उसको घरमा दृष्टि पु¥याएँ । आठ तल्ले यो घर हेर्न करिव करिब मैले टाउको उठाउनु प¥यो, घाँटी तन्काउनु प¥यो । मैले टाउको उठाएर हेरें । घाँटी तन्काएर हेरें ।

यो घर करिब पचहत्तर फुट अग्लो छ । आकाश माथि उठिरहेको यो घर हेर्दै मैले कलबेल थिचें । कसैले हेरेन । फेरि कलबेल थिचें । धेरै बेरपछि सात तल्लाको झ्यालमा पुनमाया भाउजु देखा परी । मैले ‘ढोका खोल्नु आउनुस्’ भनें । उसले हात हल्लाएर ल्याई । के भनेको हो मैले बुझिन । मैले फेरि हातको इशाराले ‘ढोका खोल्न आउनुस्’ भनें । ऊ भित्र पसी । ढोका खोल्न आउँदैछ भन्ने ठानेर म ढोकामा भाउजुलाई पर्खेर उभिरहें । धेरैबेरसम्म कसैले पनि ढोका खोल्न आएन । सुनेको थिएँ, भाउजुलाई अचेल सञ्चो छैन । खुटृा दुख्छ । त्यति हिंड्डुल गर्न सक्नु हुन्न । यसैले म पुनः ढोकामा आँखा गाडेर ढोका खुल्ने प्रतिक्षामा बसिरहें । तर धेरैबेर सम्म कसैले झ्याल खोल्न नआएपछि मैले फेरि घर माथि हेरें । भाउजु झ्यालमै बसिराखेकी रहिछ । मैले फेरि ढोका खोल्न आउनुस् भन्ने भावले इशारा गरें । उसले पनि झ्यालमै बसेर हातको इशाराले केही भनि । तर मैले केही बुझेको होइन । के भन्नु भएको हो भन्ने भावले मैले पनि हात चलाएँ । भाउजुले हात तल झारेर के के संकेत गरिरही । तर मैले पटक्कै केही बुझेको होइन । उसको मुख चलिरहेको छ तर मैले केही सुनेको होइन । मैले पनि हातको इशारासंगै मुख पनि चलाइराखेको छु तर भाउजुले सुन्नु भयो कि भएन मैले बुझ्न सकेको छैन । उसले हातले संकेत गरिरही । मैले हेरिरहें र घरिघरि खै मैले त केही पनि बुझिन भावले मैले पनि हात चलाइरहें । संकेतको प्रक्रिया यसरी नै चलिरहेकै बेला एकजना मान्छे म सामु ठिङ्ग उभिन आइपुग्यो र उसले डोरीमा झुण्डिरहेको साँचो मेरो हातमा ठम्याउँदै भन्यो – “सांचो खोलेर जानुस्” ।

सांचो लिएर मैले एकपटक फेरि सात तल्लाको झ्यालबाट हेरिरहेकी भाउजुलाई हेरें । भाउजु मुसुमुसु हाँसिरहेकी थिई । म पनि सात तल्लाको झ्यालदेखि झुण्डिरहेको सांचो र भाउजुलाई पालैपालो हेरेर फिस्स हाँसें । अनि घर भित्र छिरें ।
र आठतल्ले घरको भ¥याङ्ग चढ्न थालें । दुई तल्ला माथि पुग्दा नै मेरो खुट्टा गलिसकेका थिए । म थकित भैसकेको थिएँ । अझ चार तल्ला माथि पुग्नु पर्छ । जान सक्ने पो हो कि होइन ? मलाई खुट्टा दुख्ने रोग छ । उकालो चढ्न गा¥हो लाग्छ । भ¥याङ्ग चढ्न सक्दिन । खुट्टा फत्रक्कै गल्छ । स्वाँ स्वाँ फुँ फुँ आउँछ । उकालो वा भ¥याङ्ग चढ्यो कि घुँडा, तिघ्रा दुखेर आउँछ । यसैले आजभोलि बिहान बिहान स्वयम्भू डुल्न जाँदा समेत म माथि जाने गर्दिन । हारतिमाताको दर्शन गर्न जाँदिन । बस् स्वयम्भू परिक्रमा गरेर घर फर्कने गर्छु ।
भाउजु म भन्दा जेठी । उसले यो घरमा कसरी तलमाथि गरिरहेकी होलिन् ? पुरानो मानिस बलिया हुन्छन् भन्थे । साँच्ची, भाउजु पनि बलिया नै रहिछन् । यसरी विचारिंदै म एकक्षण तेश्रो तल्लामा सुस्ताएँ ।

पहिले त यो घर चार तल्ला मात्रै थियो । कहिले तल्ला थपेछ ? दुई वर्ष अगाडि बिहाको निमन्त्रणा कार्ड दिन आउँदा समेत यो घर चार तल्लाकै थियो । तल्ला थपेको कुरा पनि थाहा थिएन । थाहा पाएको भए त आउने नै थिइनँ । जसलाई भएपनि पठाउने थिएँ । अझ दशवर्ष अगाडि पुरानो घर भत्काएर नयाँ घर बनाउन लागेको भन्दा मैले भनेको थिएँ –“नयाँ घर किन बनाउने हतार गरेको भाउजु ? घर बलियै छ । केही भएको पनि छैन । बेकारमा भएको घरलाई किन भत्काउने ? कोही भएको पनि होइन ? छोरीहरुको व्यवहार सकिहाल्यो क्या रे ! भएको एउटा छोरा पनि विदेशमा गइ हाल्यो । अब कसको लागि बनाउने ?”

मेरो कुरो सुनेर भाउजुले भन्नु भएको कुरा अहिले पनि मलाई सम्झना छ – “हो बाबु, मैले पनि पर्दैन भनेको थिएँ । तर छोरो मानेकै होइन । नयाँ घर बनाएर पसल कवल निकाल्ने रे । बहाल भएपनि आउँछ भन्यो । आमालाई चाहिने खर्च यही घरबाट पु¥याउँछ भन्यो । छोरोले भनेपछि मैले पनि नाइँ भन्न सकिन ।”

कुरा आयो, गयो, सक्यो । पुनमाया तताजुले पुरानो घर भत्काएर नयाँ घर बनायो । अनि घरको पसल कवल देखेपछि मलाई पनि लागेको थियो – “भाउजुलाई राम्रै भयो । आवश्यक खर्च यसैबाट तर्ने भयो । आफ्नो पनि मूल बाटोमै घर भएको भए यसरी नै पसल कवल निकाल्न मिल्थ्यो । बहालमा दिन पाइन्थ्यो । केही पैसाको जोहो त हुन्थ्यो । आफ्नो त घरै पनि भित्र चोकमा प¥यो ।

यसरी भ¥याङ्गको सिंढिमा बसेर मनमा कुरा खेलाइरहेको थिएँ, कलबेलको आवाजले झसङ्ग भएँ । तल फेरि कसैले कलबेल बजाएको जस्तो लाग्यो । मैले झ्यालबाट चियाएर हेरें । नचिन्ने मान्छे रहेछ । तत्कालै मैले आफ्नो टाउको झ्याल भित्र ल्याएँ । त्यो मानिसले मलाई देख्यो वा देखेन म भन्न सक्दिन । र म फेरि भाउजुको आठ तल्ले घरकोे तेश्रो तल्लाको सिंढि चढ्न थालें ।

चौथौ तल्लाको भ¥याङ्ग उक्लिसकेपछि मलाई सास् फेर्न समेत गा¥हो भएर आयो । खुट्टा फत्रक्क गलेर हिंड्नै नसक्ने भयो । मलाई उत्निखेरै पाँच तल्ले सिंढि उक्लने आँट आएन । म फेरि पाँच तल्लाको सिंढिमा बसेर आराम लिन पुगें ।

म विचार्न थालें ।
– मानिसलाई किन यत्रो बडेमानको घर बनाउन पर्ने होला ? जता हेरे पनि ठूलठूला घरहरु बनिदै छन् । तल्लाहरु थपिंदै छन् । भ¥याङ्ग उक्लिन समेत यति गा¥हो हुने गरी मान्छेलाई किन यति अग्लो घर बनाउनु पर्ने होला ! कि त लिफ्ट राख्न सक्नु पर्छ । फेरि लिफ्ट राखेको भए त प्रायःजसो अग्ला घरहरु केवल लिफ्टको लागि मात्र हुन जान्थ्यो होला । कोथाहर त फुस्सा ! भाउजुको घर जम्मा एक नालेको छ ।
– अँ, साँच्ची ! भाउजुले यो घरमा कसरी तलमाथि गरिराख्नु भएको होला ? म साठी वर्षको मान्छेलाई त यस्तो गा¥हो छ भने, भाउजु त सत्तरी नाघिसक्यो होला ।
भाउजु अझै दुई तल्ला माथि बस्थी । मलाई माथि नगइकन फर्कन मन लाग्यो । तर म भाउजुलाई आफ्नो छोरोको विवाहको निम्तो कार्ड दिन आएको मान्छे । नभेटिकन फर्कनु पनि भएन । फोनमा मात्र पनि भन्न नमिल्ने । आफ्नै परिवार खलक । कार्ड पनि कसैलाई दिएर पठाउन नहुने । आफै आउनु पर्ने । नत्र ब्याः (मर्दापर्दाको सम्बन्ध) नै टुट्न सक्थ्यो । फेरि यहाँसम्म आइसकेपछि, भाउजुले देखिसकेपछि फर्कने कुरो पनि भएन ।
स्वाँ–स्वाँ, फुँ,फुँ गर्दै सकी नसकी म भ¥याङ्ग चढ्दै गएँ । सात तल्लाको चेन गेट पछाडि बसिरहेकी भाउजुलाई देखिसकेपछि मात्र मेरो मन केही हलुङ्गो भयो । मैले आरामको सास फेरें । यद्यपि मेरो मुखबाट फुट्कि हाल्यो – “यो त भएन है भाउजु !”
अनायसै मेरो मुखबाट निस्केको वाक्यले भाउजुको अनुहारमा आश्चर्यको भाव देखा परी र सोधी – “किन के भएन बाबु ?”
– “यही नि । माथि आउन समेत यस्तो गा¥हो । प्राणै जाला जस्तो ।”
मेरो कुरा सुनेर भाउजु एकक्षण मुसुक्क हाँसी र भनी – “जाँदैन बाबु, जाँदैन । काल नआई प्राण कहाँको जानु ?”
कुरा गर्दै मलाई भाउजुले कोठामा लग्यो । म कोठामा रहेको सोफामा थचक्क बसें । थकाई मारें । संगैको करुवा लिएर पानी पिएँ ।
बल्ल मेरो सास माथि सास आए जस्तो भयो ।
– “सत्ते भाउजु, मलाई त यो घर माथि आउन पनि असाध्यै मुश्किन भयो । भाउजुले कसरी मात्र तल माथि गरिराख्नु भएको होला !”
– “मलाई त तलमाथि गर्नै पर्दैन बाबु । कसरी गा¥हो हुन्छ ?”
– “के भन्नु भएको भाउजु ? बाहिर कत्तै जानु पर्दैन र ! पसलससल पनि जानु पर्दैन ?”
– “अहँ ।”
आश्चर्यको पालो मेरो थियो । मैले भाउजुको अनुहारमा एकचोटि गहिरिएर हेरें र फेरि जोड दिएर सोधें –
– “अनि खानको लागि सरसामान पनि किन्न जानु पर्दैन र भन्या ? कि छोरा विदेशबाट फर्किसके । कि छोरीहरु यहीं छन् ।”
– “अहँ । छोरा फर्केको पनि होइन । छोरीहरु बस्न आएकी पनि होइनन् । छोरा, छोरी नभए पनि पसलेहरु, छिमेकीहरु छन् नि बाबु !”
– “त्यसो भए भाउजुलाई आवश्यक पर्ने सबै कामहरु पसले, छिमेकीहरुले गर्दिनु हुन्छ ।”
– “हो बाबु ।” भाउजुले यति भनेर मोबाइलको स्वीच अन गरी । अनि मोबाइलमा कुरा गर्न थाली – “बाबु सुरेश मलाई दुध दुइटा, फूल पाँचोटा, पाउरोटी एउटा पठाइ दिनु है ।” यति भनेर भाउजुले मोबाइल बन्द गरी र कोठामा रहेको एउटा झोला डोरीमा बांधेर झ्यालबाट बाहिर पठाई । मैले भाउजुको क्रियाकलाप हेरिरहें । एकक्षण पछि भाउजुले डोरी तान्यो । साच्चै, झोलामा भाउजुले अर्डर गरे जस्तै झोलामा दुध, फुल, पाउरोटी थिए ।
– “म माथि गएर च्या पकाएर आउँछु, तिमी वस्दै गर्नु ।”
मैले भाउजुलाई केही भन्न नपाउँदै भाउजु माथि जान उठी । मैले भाउजुले हेरें । भाउजु मुसुमुसु हाँस्दै माथि गई ।
केही बेरपछि भाउजु च्या, फुल लिएर तल आई । मलाई च्या र फुल दिंदै भनी – “बाबु च्या खाऊ ।”
मैले कप उठाएँ तर मेरो आँखा भने भाउजुको अनुहारमा अल्झिरहेको थियो । मैले हेरिरहेको देखेर भाउजुले फेरि भनी – “बाबु च्या खाऊ ।”
– “छोरा, छोरीको खबर के छ नि भाउजु ?”
– “सबैको ठीकै छ । टाय्म टाय्ममा फोन गरेर ल्याउँछन् ।”
– “अनि भाउजुका छोरीहरु त आइराख्छन् ।”
– “उनीहरु नआएको पनि धेरै भयो । के गर्नु, उनीहरु पनि काममा जानु पर्छ । तर उनीहरुले पनि कहिलेकाहीं फोन गरेर ल्याउँछ ।”
– “भाउजु अचेल मन्दिरसन्दिर पनि जानु हुन्न कि !”
– “अँ … । अचेल कतै गइँंदैन । पहिला जस्तो हिंडडुृल गर्न सकिंदैन । यसैले प्रायशः घरमै बसिराख्छु । अनि बाबु, के कति कामले आएको … ?”
– “अँ, आउने २० गते सुनिलको विवाह भएकोले भाउजुलाई कार्ड दिन आएको ।” यति भनेर मैले भाउजुको हातमा तीनवटा कार्ड राखिदिएँ । भाउजुले कार्ड एकचोटी हेरी ।
– “तीनता कार्ड क–कस्को नि !”
– “छोरीहरुको पनि भाउजु कहाँ नै छोडेर जान्छु भनेर ।”
– “हुन्छ नि त बाबु, म फोन गरेर पठाउँछु । … बाबु आजभोलि मलाई हिंड्डुल गर्न अलि सकसै छ । कहीं पनि आउने जाने गरेको छैन । तर बाबुकहाँ एकचोटी भएपनि आउँछु ।”
– “भाउजुलाई लिन आउँछु नि !”
– “पर्दैन बाबु पर्दैन । म नै आउँछु ।”
भाउजुसंग विदावारी लिएर म कोठाबाट बाहिए आएँ । तल ओर्लें । भ¥याङ्ग ओर्लिरहेको म, मेरो मनमा धेरै कुराहरु खेल्न थाले । यो आकाश छुन खोजिरहेको घरले मेरी भाउजुको अनुहार उज्यालिएको छ त ? आकाश त आकाशै हो । अन्तरिक्ष, अनन्त । यसको व्याप्ती असीमित छ । अपरिमित छ । जतिसुकै कोशीस गरे पनि यसलाई छुन सक्ने होइन ।
मूल ढोकाबाटा बाहिर आएपछि मैले फेरि एकपटक भाउजुको आठ तल्ले घर टाउको उठाएर हेरें । पुनमाया भाउजु साततल्लाको झ्यालमा बसेर तल हेरिरहेकी थिई । पहिलेपहिले भए तलसम्म आएर “फेरि फेरि आउँदै गर्नु है बाबु” भन्ने भाउजु आज तल आएन । सायद भाउजुको संसार आज असीमित परिधि भित्रको एउटा कोठामा सीमित भइसकेकोछ । एउटा सुत्ने कोठा र एउटा भान्छा कोठामा सीमित भइसकेको छ । भाउजुलाई मैले घाँटी तन्काएर हेरिरहन सकिन । मलाई आफ्नै घांटी दुखे जस्तो भएर आयो । मैले जमीनमा हेरें । मेरो मनमा कुरा खेल्यो – घरसम्म पुग्ने बाटो त यही जमिन हो । अनि कतै बाँगो, कतै सरल रेखा चित्र जस्तो भएर बगिरहेको बाटो हेरें, जहाँ मान्छेहरुको भीड छ, चहलपहल छ । कोलाहल छन् । मोटर, मोटरसाइकलका ट्वाँय्टीं सुनिन्छन् । मलाई लाग्यो, जीवन त यही हो । जीवन त यहींबाट अगाडि बढिरहेको छ ।
म भाउजुलाई सम्झिंदै, भाउजुको आठ तल्ले घरलाई सम्झिंदै र मनमा अनेक कुराहरु खेलाउँदै आफ्नो घर फर्किरहें ।
०००००००

(स्रोत : फेसबुकको ‘कथा’ समूहबाट )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *