समालोचना : नारीवाद र समालोचना

~पदम निरौला ‘निर्मोहि’~Padam Niraula 'Nirmohi'

अंग्रेजी शब्द Feminism को नेपाली रुपान्तर नारीवाद हो । नारीकेन्द्री सन्र्दभबाट नारीका हक हित र समानताको पक्षमा आवाज उठाउनुलाई नारीवाद भनिन्छ । नेपाली बृहत् शब्दकोशमा नारीवादको अर्थ नारी अस्मिता वा नारीस्वतन्त्रता प्रति प्रतिबद्ध मान्यता,सिद्धान्त वा आन्दोलन भन्ने छ । विश्वमा प्राचीन समय देखि नै प्रबल रहेको पितृसत्तात्मक धारणा र साहित्यको पुरुषपरक व्याख्याप्रति प्रश्नचिन्ह खडा गर्ने नारीवादले पुरुषद्धारा निर्धारित नारीको स्थान तथा परम्परित मूल्य र स्वरुपको विरोध गरेको पाइन्छ ।

नारीहरुको सामाजिक, आर्थिक एवं साँस्कृतिक स्वतन्त्रता तथा समानताका लागि सञ्चालित राजनैतिक आन्दोलनसँग नारीवादी साहित्य तथा समालोचनाको घनिष्ठ सम्बन्ध छ । नारीहरुको सोचाइ, अनुभव, क्रियाकलाप एवं गतिविधिहरुलाई विशेष महत्व दिने नारीवादले पुरुषद्वारा स्थापित नारीसम्वन्धी समस्त धारणा, दृष्टिकोण, र्पूवाग्रह, मान्यता, कल्पना र साहित्यमा नारीको चरित्रचित्रण आदिलाई नकार्दै नारीको वास्तविक अस्तित्व तथा पहिचान कायम गर्न जोड दिएको छ । महिलाका भावना, अनुभूति, अनुभव, समस्या, कुण्ठा, विकार, यौनसम्वन्धी दृष्किोण आदि महिलाकै कलमबाट सिर्जना हुँदा ती जति बढी प्रामाणिक र वस्तुगत हुन्छन् त्यति पुरुषहरुद्वारा सिर्जित रचनाहरुबाट हुदैनन् भन्ने दृष्टिकोण र मान्यता विगत केही दशक देखि स्थापित भईसकेको र नारीवादी चिन्तकहरुले पनि यसै मान्यतामाथि जोड दिएका छन् ।

पश्चिमी मुलुकमा नारीमुक्तिको सङ्घर्ष धेरै अघिदेखि चलेको पाइए तापनि नारीवादी आन्दोलन, नारीवादी साहित्य सिर्जना र समालोचनाको वास्तविक थालनी स्न १९६० को दशकदेखि मात्र भएको देखिन्छ । त्यसबेलासम्म समाजमा र कानुनमा नारीको अवस्था अत्यन्तै दुखद् र प्रतिकूल रहेको पाइन्छ । अरस्तुले केही गुणहरुको कमीका कारण नारी नारीभएको हो भनेर नारीलाई कमजोर सावित गर्न खोजेका छन् । सेन्ट टमस एक्विनसले पनि नारीको खोट देखाउँदै नारीलाई अपूर्ण मानिस भनी उल्लेख गरेका छन् । मनोविश्लेषक फ्रायडले पनि नारीमा शिश्न इष्र्या हुन्छ भन्ने सन्र्दभबाट नारीको निर्यातलाई शारीरिक बनोटगत अर्पूणताको परिणाम मानेका छन् । नारीवाद यस्तै यस्ता नारीविरोधी दृष्टिकोणका विपक्षमा देखिएको छ । प्रायः सबै चिन्तक, दार्शनिक, नेता, वैज्ञानिक आदि पुरुष् भएका कारण नै नारीलाई हीनतर मानेका हुन् भन्ने धारणा नारीवादीहरुले व्यक्त गरेका छन् । नारीहरुलाई हीन तुल्याँउने कार्य प्रकृतिले नभएर सामाजिक व्यवस्थाले गरेको हो भन्ने दृष्टिकोण नारीवादीहरुको रहेको छ । नारीका यिनै विविध पक्षसँग सम्बद्ध साहित्य एवं समालोचनालाई नारीवादी साहित्य तथा समालोचना भनिन्छ । नारीवाद र नारीवादी समालोचनालाई स्पष्ट पार्न नारीका केही ऐतिहासिक तथ्यंहरु बारे जान्न आवश्यक छ ।

सम्पूर्ण मानवजातिको कुरा गर्दा महिला र पुरुषको छुट्टछुट्टै विभाजन र अस्तित्व हुदैन । यी दुवै मानव समाजका अभिन्न अङ्ग हुन् । तर लिङ्गको आधारमा महिला र पुरुष दुई वर्ग भनी छुट्याउँदा मानव निर्मित सामाजिक र राष्ट्रिय नियम, कानून आदिको आधारमा जुन भेदभाव महिला र पुरुषमा आएको छ, त्यसको आधारमा मात्र महिला वर्गको बेग्लै तरीकाले अध्ययन हुन सक्दछ । महिला र पुरुषमा बीचमा शारीरिक बनावटको भिन्नताले गर्दा प्राकृतिक प्रजनन् प्रक्रियामा रहेका बेग्लाबेग्लै भूमिका आदि जस्ता कुराहरुमा देखिने भिन्नताबाहेक अन्य कुराहरुमा महिला र पुरुषबीच भिन्नता पाईदैन तर विभिन्न विधान, धर्मशास्त्र, नीतिशास्त्र, उक्ति आदिले महिलाका बारेमा किन्तु बढी घृणा गरी तल्लो स्तरममा राखेको पाईन्छ कि बढी बढी प्रशंसा गरी उल्लेख गरेको पाईन्छ ।२ यसरी महिलाका बारेमा बढी प्रशंसा गर्नु पनि आवश्यक छैन भने बढी घृणा गरेर हेपेर हियाएर हेर्नुपनि आवश्यक देखिदैन । किनकि एउटा सिक्काका दुई पाटा पनि भनिने महिला र पुरुष दुवैको यस धर्तीमा उत्तिकै महत्व छ भने उत्तिकै अधिकार र आवश्यकता पनि छ । साहित्य र समालोचनाका क्षेत्रमा नारीवादले यस्तै मान्यता राखेको छ ।

विश्व साहित्यमा सन् १९२० को दशकमा नारीलेखक तथा नारी साहित्यलाई हेर्ने नयाँ र भिन्न दृष्टि कोणमा प्रवेश भएको सङ्केत देखिन्छ । यस अवधिमा रिबेका वेस्ट तथा भर्जिनिया उल्फका कृतिहरुमा नजारी लेखकहरुले पितृसत्तात्मक समाजबाट भोग्दै गरेको आर्थिक, शैक्षिक तथा साँस्कृतिक प्रतिकूलतालाई स्पष्ट पारिएको छ । यस सन्दर्भमा उल्फको ब् च्ययm या यलभुक यधल (१९२९) नामक पुस्तक नारीवादी आन्दोलनको शास्त्रीय अभिलेखका रुपमा रहेको छ । यसपछि डोरोथी रिचर्डसनद्वारा चेतनप्रवाहशैलीमा लेखिएको उपनयास एष्ष्नचष्mबनभ बाह्र भागमा प्रकाशित भएको छ । त्यस्तै सन् १९४९ मा प्रकाशित फ्रान्सेली लेखक साइमन ड बुमाको त्जभ कभअयलम कभह नारीवादी लेखन तथा आन्दोलनको युगान्तकारी कृति हो । समाजमा नारीको स्थिति र भूमिकाबारे विश्लेषण गरिएको यस कृतिमा नारीको पहिचान सम्बन्धी विस्तृत समीक्षा गरिएको छ । यस ग्रन्थको मुख्य सन्र्दभ राजनैतिक भए पनि यस कृतिमा सर्वप्रथम पुरुषले उपन्यासमा नारीको वर्णन कसरी गर्छ भन्ने कुराको परीक्षण गरिएको छ । यसरी बुमाद्वारा नारीवादी साहित्य चिन्तनको सूत्रपात र नेतृत्व गरिएपछि सन् १९७० को दशकमा नारीवादी साहित्य तथा समालोचनाको वास्तविक एवं सचेत प्रयास भएको हो । यसबेला देखि नारी सम्बन्धी अध्ययन छुट्टै विषयका रुपमा हुन थालेको पाइन्छ । यस अवधिमा नारीवाद अमेरीकामा विशेष लोकप्रिय हुँदै गएको देखिन्छ भने बेलायतमा पनि नारी प्रकाशनगृहरुको स्थापना भई यसले सक्रिय रुपमा कार्य गर्न थालेको देखिन्छ । यसपछि नारीवादी लेखन तथा समालोचनाका क्षेत्रमा सम्यारी एल्मन, केट मिलेट, मिसेल बारेट, जर्मिन ग्रिएर, सान्ड्रा गिल्वर्ट, सुसान गुबार, टोरिल मोई, एलेन सोवाल्टर, मेयर स्याक्स आदि फ्रान्सेली नारीवादी चिन्तक एवं लेखकहरु अनि जुलिया क्रिस्टिमा, एल.एरिग्यारी, हेलेन सिकस आदि फ्रान्सेली नारीवादी चिन्तक एवं लेखकहरुको भूमिका उल्लेखनीय र महत्वपूर्ण छ । पितृसत्तात्मकताको विरोध गरी नारीलाई पुरुषको थिचोमिचोबाट मुक्त गराउने मार्ग प्रशस्त गरेको नारीवादी लेखनमा पुरुष मूल्यमान्यता र सौन्दर्यशास्त्रको अनुकरण नगरी नारीहरुको आफ्नै संसारको निर्माण तथा आफ्नै खोजीमा जोड दिन्छ । नारीका छुट्टै अनुभव, विषय, शिल्पशैली, संरचना, रुप हुन्छ भन्ने दृष्टिकोणका साथ अघि बढेको यस नारीलेखनले नारीको आफ्नै शब्दचयन, वाक्यगठन र अभिव्यक्ति प्रकर हुन्छ भन्दै छुट्टै नारीभाषाका सम्भाव्यतातर्फ स्पष्ट सङ्केत गरेको छ । बहुलवादी दृष्किोणका साथ अघि बढेको यस समालोचनाले नारी र पुरुषको धु्रवीयतालाई पन्छाएर लैङ्गिक समानताको दृष्टिकोण प्रस्तुत गर्दै प्रचलित पद्धति अनुरुप पुरुषद्वारा लेखिएका कृतिमा वर्णित नारीको विश्लेषण गर्छ । नारीमुक्ति र समानताको पक्षमा वकालत गर्ने यसले समाजमा युगौंदेखि दबिएका शोषित, प्रताडित नारीलाई पुरुष समानस्थान दिने अभियान चलाएको छ । समग्रमा नारी र पुरुषका बीच भिन्नता प्रकट गर्ने निम्नलिखित पाँचवटा भिन्नताहरुप्रति नारीवादले असहमति प्रकट गरेको छः

(क) शारीरिक (पुरुष सक्षम र नारी अक्षम भन्ने ) भिन्नता
(ख) अनुभूतिगत (नारीले रजस्वला, गर्भवती आदी अनुभव गर्ने र पुरुषले नगर्ने भन्ने ) भिन्नता
(ग) भाषागत (कतिपय शब्द नारीलाई बोल्न निषेधसम्बन्धी ) भिन्नता
(घ) मनोविश्लेषणात्मक (नारीमा शिश्न ईश्र्या हुन्छ भन्ने) भिन्नता
(ङ) सामाजिक –आर्थिक – नारीको सामाजिक– आर्थिक स्थ्तिि पुरुष नियन्त्रित हुन्छ भन्ने )भिन्नता३

नारीवादी साहित्य तथा समालोचनाको विकासका सन्दर्भमा बेलायतमा सन् १९७७ मा ख्ष्चबनय नामक प्रकासनले नारीहरुको स्वतन्त्र पुस्तक प्रथम पटक प्रकाशन गरेको र सन् १९७८ मा ध्यmभुक एचभकक को स्थापना भएपछि नारीवादी समालोचना एकातिर विगतका नारी लेखकहरुका कृतिहरुको व्यापक खोजी तथा पुनर्मुद्रण गरेर अनि अर्कातिर विद्वतापूर्ण तथा सिर्जनात्मक नारी लेखनलाई प्र७नतसय दिदै अगाडि बढेको देखिन्छ । नारीवादी समालोचनाको विकास निम्नलिखित तीनवट धारामा भएको देखिन्छ

(१) राजनैतिक नारीवादी समालोचना धाराः यो धारा माक्र्सवादतर्फ बढी ढल्किएको छ । यो धारा अन्तरगत केटमिलेट, मार्गरेट मिड, मिसेल बारेट आदिको महत्वर्पूण भूमिका रहेको छ । मिलेटले आफ्नो कृति क्भहगब िउयष्तिष्अभ (१९६९) मा विद्यमान सामाजिक शक्ति संरचनाका कारण पुरुषले नारीको दोहन गरी आधिपत्य जमाएको छ भन्ने मत व्यक्त गर्दै पितृसत्तात्मकतालाई नारी दमनको मूल का।ण मानेकीछन् । यसैगरी मार्गरेट मिडले नारीहरुलाई राजनैतिक दृष्टिका साथ मनोवैज्ञानिक, आर्थिक, साँस्कृतिक, धार्मिक दृष्टिबाट समेत प्रताडित गरिएको छ भन्ने धारणा राख्दै नारीहरु साहित्यमा समेत थिचोमिचोमा परी गौण बनेको ठहर गर्दै नारीलेखकहरुले आफ्नो अनुभूति सम्प्रेषित गर्न बेग्लैआख्यानात्मक रुपको आवश्यकता छ भन्ने दृष्टिकोण राखेकी छन् । त्यस्तै मिसेल बारेटले गृहस्थीको आर्थिक सङ्गठन, शिक्षा पद्धति, लैङ्गिक पहिचान र यौन तथा शारीरिक पुर्नरुत्पादनको सम्बन्ध आदिका सन्दर्भबाट नारी लैङ्गिक अवधारणाको माक्र्सेली विश्लेषण गर्दै नारी उत्थानका लागि संस्कृति र आर्थिक उत्पादन का क्षेत्रमा परिर्वतन आवश्यक छ र नारीवादी समालोचकहरुले लैङ्गिकताको साँस्कृतिक पहिचान, परिभाषा र प्रतिनिद्यित्वलाई अनुकूल तुल्याउँने प्रयास गर्नुपर्छ भन्ने धारणा रादेकी छन् ।

(२) गाइनो समालोचना धाराः यो नारीवादी समालोचनाको प्रकारलाई गाइनो समालोचना र यस्ता समालेचकलाई गाइको समालोचक (न्थलयअचष्तष्अक) भनिन्छ । यसको नामाकरण एलिन सोवाल्टरद्वारा भएको हो । यसको तात्पर्य नारी लेखकका कृतिको परिक्षण र मूल्याङ्कन गर्नु हो । यस अन्तरगत नारी भाषा, शैली, विषय, संरचना, रुपपद्धति, उत्प्रेरणा, उत्पादन, व्याख्या, विश्लेषण आदि सबै आफ्नै हुन्छ भन्ने मान्यता हुन्छ । गाइनोवादी समालोचकहरु नारीहरुको आफ्नै भाषा छ भन्ने मान्छन् यस्तो भाषालाई फ्रान्सेली शब्दमा भअचष्तगचभ ाझष्लष्लभ भनिएको सोवाल्टरले आफ्नो पुस्तक ब् ीष्तभचबतगचभ या तजभष्चयधलः द्यचष्तष्कज ध्यmभल ल्यखभष्कितक ाचयm द्यचयतय भिककष्लन (१९७७) मा नारीलेखनको आफ्नै इतिहास र परम्परा छ भन्दै नारी लेखनका विकासको लुप्तपरम्परा निम्नलिखित तीन चरणमा भएको धारणा राखेकीछन्ः

(क) नारीजातीय चरण (१८४०–१८८०)ः नारीहरुले भाले परम्परा र सौन्दर्यशास्त्रको अनुकरण र अनुसरण गरी कृति लेखेका जीतैः एलिजावेथ ग्यास्केल तथा जर्ज एलियटले आफ्ना कृतिह्रुमा घरेलु तथा सामाजिक पृष्ठभूमिमा नारीको चित्रण गरेका छन् र यो चरणमा पितसत्तात्मकताको विरोध गरिएको पाईंदैन् ।

(ख) नारीवादी चरण (१८८०–१९२०)ः यस चरणका प्रमुख नारी लेखकहरु एलिजावेथ रविन्स र ओलिभर स्क्रिनरले भाले मूल्यमान्यता तथा संहिताको उपेक्षा गरी पितृसत्तात्मकताको विरोध गरेका छन् ।

(ग) नारी चरण (१९२० पछि )ः यो चरणमा आइपुगेपछि नारीहरुले आफ्नै स्वायत्त नारी परिप्रेक्ष्यको जोडदार वकालत गर्दै आफ्ना स्वत्वको खोजी गरेका छन् । यस चरणका नारी लेखकमा रेवेका वेस्ट, क्याथरिन म्यान्स फिल्ड र डोर्थी रिचर्डसन आदिले स्त्रीशुलभ लज्जालुपनलाई त्यागेर अनेकार्थी कृतिको रचना गरेका छन् भने जँ राइज् ए.एस.ब्याट, मार्गरेट ड्रयाबल, ब्रिगिड बर्फी, पेनेलोप मोर्टिमर, डोरिस लेसिङ् आदिले यौनको निर्धक्क अभिव्यक्ति गरेका छन् ।

(३) फ्रान्सेली नारीवादी समालोचना धाराः फ्रान्स्ली नारीवादी चिन्तक तथा समालोचकहरुले लेखनमा लैङ्गिक(न्भलमभच) भूमिकका सम्बन्धी सिद्धान्तको अध्ययन गरेका छन् । यिनीहरुले भाषा पक्षमा जोड दिंदै छुट्टै नारी भाषाको सम्भाव्यता देखाई भअचष्तगचभ ाझष्लष्लभ को धारणालाई अगाडि बढाएका छन् । यसले मुख्यतः नारीद्वारा लेखिएका र नारीबारे लेखिएका कृतिहरुको विषयगत अध्ययन गरेका छन् । जुलिया क्रिस्टिभाको म्भकष्चभ ष्ल ीबलनगबनभ ब्कझष्यतष्अ ब्उउचयबअज तय ीष्तभचबतगचभ बलम बचत (१९८०) , एल. इसिग्यारीका क्उभअगष्गm या तजभ यतजभच धयmभल (१९८५) र त्जष्क कभह धजष्अज ष्क लयत यलभ (१९८५) र हेलेन सिकसको त्जभ ल्भधथि द्ययचल ध्यmबल ( १९८७) आदि कृतिमा उपर्युक्त मान्यता पाइन्छन् । यस धाराकी प्रमुख नारी लेखक जुलिया क्रिस्टेभाले र विनिर्माणको सिद्धान्तबाट केही विचारहरु अगाडि सारेर निम्न तीन रुपमा नारीवादलाई हेर्न अनुरोध गरेकी छन् ।

  • महिलाहरु समान प्रतीकात्मक अनुक्रम चाहन्छन् ।
  •  भिन्नताको व्याख्या गर्दै महिलाहरु पुरुष प्रतीकात्मक अनुक्रमको विरोध गर्छन् ।
  •  महिलाहरु प्रचलित परम्परामा निहित स्त्रीलिङ्ग र पुलिङ्गको विभाजनको अन्त्य चाहन्छन् ।

यो फ्रान्सेली नारीवादी धारामा उत्तरआधुनिककालीन समालोचनाका धेरै मान्यताहरुको सम्मि७नतसण गरिएको छ ।

यसरी नारीवादी आन्दोलनले राजनीतिक क्षेत्रबाट जन्म लिएर साहित्यका क्षेत्रमा विस्तार पाएको छ । नारी लेखनको इतिहास पूर्व तथा पश्चिममा धेरै पुरानो भएपनि साहित्यिक आन्दोलनका क्रममा नारीवादी समालोचना उत्तर आधुनिककालीन समालोचना सिद्धान्त हो । सत्तरीको दशकको अन्त्यदेखि विधिवत्रुपमा अमेरीकाबाट यसको आरम्भ भएको मानिन्छ भने अमेरिकी नारीवादी लेखिका केटमिलेटको यौन राजनीति –क्भहगब िएयष्तिष्अक ) (१९७७) लाई यस आन्दोलनको प्रारम्भिक दस्तावेज मानिन्छ । छोटकरीमा नारीवादी समालोचनाको विकास प्रक्रियालाई हेर्दा यो तीन चरण पार गर्दै अगाडि बढेको देखिन्छ । ती तीन चरणहरुमा पहिलो चरण पितृसत्ताको विरोध ,दोस्रो चरण स्त्री लेखन वा स्त्री साहित्यको खोज र तेस्रो चरण जीवन साहित्य र आलोचनाका जीव वैज्ञानिक , भाषा वैज्ञानिक, मनोवैज्ञानिक, ऐतिहासिक तथा राजनीतिक आदि निर्धारक शक्तिहरुको परीक्षण हो ।

पितृसत्ताको विरोध नारीवादी समालोचनाको पहिलो चरण हो । यस चरणमा पुरुष लेखनमा नारीको अवमूल्यन भएको , नारीहरु नरका अनुगामी मात्र भएका , नारीहरु आत्मनिर्भरताको स्थितिमा नपुगेका , उनीहरु पुरुषका इच्छातृप्तिका साधनमात्र बनेका कुराहरुको खोजी गरिएको छ । यस चरणमा नारीलाई साहित्यमा उचित स्थान नदिइएकाले त्यस विरोधी द्यारणाहरु व्यक्त गरिएको छ ।
नारीवादी लेखनको दोस्रो चरण स्त्रीलेखन वा स्त्री साहित्यको खोजी हो । विशेषतः पुनर्जागरणकालपछि नारीहरु पाठकमात्र नभएर लेखक पनि बन्न थालेका छन् । यस चरणमा साहित्यमा नारीलाई कसरी चित्रण गरिएको छ भन्ने मात्र खोजी नगरी नारीहरु लेखनमा लोग्नेमान्छे सँग प्रतिष्पर्धा गर्न थाले र उत्तम कोटिका रचनाहरु निर्माण गर्न थाले । यो मोडलाई नै एलेन सोवाल्टरले गाइनो क्रिटिक्स नाम दिएकी हुँन् । लेखिका र समीक्षकको रुपमा स्त्रीको अध्ययनलाई गाइनो क्रिटिक्स भनिन्छ ।

नारीवादी लेखन तेस्रो चरणमा आइपुग्दा निकै बौद्धिक र बहुविध विषयसँग सम्बद्ध भएर देखापर्छ यस चरणमा यसले जीवन, साहित्य र आलोचनाका साथै जीव वैज्ञानिक , भाषा वैज्ञानिक , मनोवैज्ञानिक, समाज, ऐतिहासिक तथा राजनैतिक आदि निर्धारक शक्तिहरु नारीका लागि कति उपयोगी छन् भनी परीक्षण गर्दछ ।

मूलतः नारीवाद एउटा व्यवहारवादी आन्दोलन हो । यसले सामाजिक, साँस्कृतिक एंव साहित्यिक विषयमा नारीजातिका बारेमा आवाज उठाउँछ । नारीका पक्षमा रहेर उनीहरुका विचार, मूल्यमान्यता, आस्था आदिलाई अगाडि बढाएर नारी हितमा सघाउ पुर्याउँछ । यसका साथै यसले नारी स्वतन्त्रता, मुक्ति र आत्मनिर्भरता प्रदान गर्न बल दिन्छ । पुरुषप्रधान समाजमा नारीले भोग्नु परेका समस्याहरुलाई अगाडी सार्दै यसले नारीले पुरुष सरह पूर्ण नागरीक भएर बाँच्न पाउनु पर्छ , आर्थिक ,सामाजिक र राजनैतिक क्षेत्रमा पनि पुरुषले सरह अधिकार प्रात्त गर्नु पर्छ ,अभिव्यत्ति स्वतन्त्रता पुरुषले सरह प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्छ । संसारमा अधिकांश घटना र द्धन्द्ध हेर्दा – राम हुनलाई सीता हुनै पथ्र्यो , त्यस्तै कृण हुनलाई राधा । शिवका कथा पार्वती अधुरा छन् भने विष्णुका कथा लक्ष्मी बिना । रावण पर्दामा ल्याउँने सीता नै हुन । आजका सारा पुरुषहरु आफ्नो पररुषार्थ र गौरवलाई नारीसंग नजोडि सम्पन्न गर्न सक्दैनन् । नारी लाई वेश्या देखाउँदा होस वा आफु बुद्ध देखिनका लागि पुरुषलाई नारी चाहिन्छ । नारीलाई अवला देखाएर आफु सवल हुन पुरुषलाई नारी नै चाहिन्छ । नारीलाई मानसिक रुपमा कमजोर मानेर आफु साहसी हुन पुरुषलाई नारी नै चाहिन्छ । चर्चाको केन्द्रको विषयमा रहने विषय हो नारी । यसरी एक अर्काका पु।क भएपछि समान हौसियत हुनै पर्छ र खोज्नु पर्छ भन्ने मान्यता नारीवाद को हो । अतः यस आन्दोलनको आशय लोग्ने मान्छेको विरोध गर्नु नभएर नारीलाई पुरुषसरह उभ्याउनु हो ।

नारीवादी समालोचना नारीसंग सम्बिन्धित साहित्यका विषयमा गरीने आलोचना हो । साहित्यका सन्र्दभमा कुनै कृतिमा नारी पात्रहरु उपस्थित हदाँ त्यसमा उनीहरुको स्थिति , अवस्था ,उनीहरुले पुरुषका कारण भोग्नुपरेका समस्या ,उत्पीडन ,पुरुषको भोग्या र खेलौना बन्नुपरेको बाध्यता आदिलाई राम्रो संग विश्लेषण गरिन्छ । नारुविादी समालोचना पूरुषबाट लेखिएको साहित्यमा नारीको भूमिका र स्थान कस्तो छ भनी हेर्दै नारीद्धारा लेखिएका कृतिमा नारीले आफ्ना विचार भावनाको अभिव्यत्ति कसरी दिएकी छ भन्ने खोजि गर्छ सधै पित्तृसत्तात्मक समाजमा नारीको स्थिति र अनुभूतिलाई हेर्ने गर्दछ । यस समालोचनाको बारेमा डेभिड लज भन्छन –“प्रसिद्ध कृतिका यौनरुढिलाई नग्याउदैं र नारी लेखिकाको कृतिलाई नवव्याख्या दिएर पुनर्जीवित गर्दै प्रचलित लाग्ने प्रचलित लाग्ने मान्छेको साहित्यीक इतिहासलाई सुध्याउन नारीवादी आलोचनाको काम हो ।” लेखिका द्धय क्याथरिन वेल्सी र जेन मूर भन्छन –“नारीवादीm पाठक अन्य प्रश्नहरुका विच सोध्न सक्छ , टेक्स्टले नारुहिरुलाई कसरी प्रतिनिधित्व गर्छ , लीङ्घीय सम्बन्धका बारे यो के भन्छ कसरी लैङ्घीक भिन्नताललाई परिभाषित गर्छ ेष्ठतालाई हर किसिमले प्रमाणित गर्ने प्रयास गर्दै नारी समस्यालाई ऐतिहासिक दृष्टिले बुझ्ने तथा मूल्याङ्घन गर्ने प्रयास गर्छ ।

  • पितृसत्ताको विरोध गरी नारी मुक्तिमा जोडदिंदै नारीको छुट्टै संसारको निर्माणको प्रयास गरेको छ ।
  • लैङ्गिक समानताको सिद्धान्तलाई स्थान दिंदै नारीमुक्ति र समानताको पक्षपोषण गर्छ ।
  • यसले समाजमा युगौंदेखि दविएका शोषित, पीडित नारीलाई पुरुष समान स्थान दिने अभियानको शंखघोष गर्दै नारी लेखन सम्बन्धी लुप्त परम्पराको खोजी गरी त्यसको विकासक्रम प्रस्तुत गरेको छ ।

सन्दर्भ सामग्री सूची
१. नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा प्रतिष्ठान (सातौं संस्करण २०६७) पृ.६८१
२. खेमराज केशवशरण, ‘हिन्दु संस्कृतिमा मातृशक्तिको स्थान‘ नारी विकास बुलेटिनः (काठमाडौ
नारी सेवा समन्वय समिति, २०४५) पृ–१६
३. मोहनराज शर्मा र खगेन्द्रप्रसाद लुइटेल, ‘पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त,‘(विद्यार्थी
पुस्तक भण्डार, भोटाहिटी काठमाडौः प्रथम संस्करण २०६१) पृ– ३७३
४. वैजयन्ती मि७नतस , ‘मैले सुनाँउनै पर्ने ‘….., ‘स्वअस्तित्वको खोज, सं. अर्चना थापाः‘ (अक्षर
क्रिएसन्स नेपाल काठमाडौः संस्करण २०६८ ) पृ– २०९

(क) आर्चाय निर्मलकुमार , प्रथम नेपाली महिला, (काठमाडौंः रमिला आर्चाय, २०६२) ।
(ख) गौतम कृष्ण, आधुनिक आलोचना अनेकरुप, अनेकपठन , काठमाडौंः साझा प्रकाशन,
२०५० ।
(ग) जोशी कुमारबहादुर , पाश्चात्य साहित्यका प्रमुखवाद ते.सं., काठमाडौं ः साझा प्रकासन ,
२०५४ ।
(घ) शर्मा मोहनराज र अरु , पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त , प्र.सं.,काठमाडौंः विधार्थी
पुस्तक भण्डार , २०६१
(ङ) शर्मा ताना, पश्चिमका केही महान साहित्यकार, काठमाडौंः साझा प्रकाशन, २०५० ।
(च) सुवेदी अभि र अरु , विश्वसाहित्यको रुपरेखा, काठमाडौंः,ने.रा.प्र.प्र.२०३० ।
(छ) त्रिपाठी वासुदेव, पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा, भाग १,पाँ.सं. काठमाडौंः
साझा प्रकाशन, २०५८ ।
(ज) त्रिपाठी वासुदेव, पाश्चात्य समालोचनाको सैदान्तिक परम्परा, भाग २, ते.सं. ,काठमाडौं
साझा प्रकाशन, २०४९ ।

नारीवाद र समालोचना
पदम निरौला –निर्मोहि
तेह्रथुम बहुमुखी क्याम्पस, आठराई
नेपाली शिक्षण विभाग ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट प्रिती फन्टमा पठाईएको, साहित्य संग्रहालयले युनिकोडमा रुपन्तरण गरेको । )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in समालोचना and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.