मिल्ने ठाउ धेरै थिए, मिलन हुन रोक थियो
चियो चर्चो बडो हुन्थ्यो, हाम्रो मिल्ने चोक थियो
आश गरे आशे हरु, मन भाची आउलान् भन्दै
मुसो बिरालो खेल खेल्यौ, योत हाम्रो जोक थियो
हेर्ने हरु ट्वाल्ल परे, देख्ने हरु दङ्गदास छन्
मिल्यौआखिर मिल्नु थियो, प्रेममा हाम्रो भोक थियो
होचो हेला गर्नु गरे, कमजोरीमा खेल्ने हरु
एक्लै हामी कहा थियौ र, हाम्रो पछि लोक थियो
हाम्रो घर भत्काएर, आफ्नै घर सिङ्गार्न लाई
भजन गाइ नचाउने, बडो राम्रो सोख थियो
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )