कविता : छोरीप्रति

~नरेन्द्र पराशर~Narendra Guragain 'Parasar'

उमङ्ग-मनको चन्न्चल मुसकान
पर्छ दमनमा किन ?
लाल रँङको पावन-पल्लव
मर्छ सहरमा किन ?

स्वतन्त्रताको पङ्ख उडेको
आकाश-मनको पारावार
छेउछाउमै शिकारी बस्छन्
म्रिग-नयन ती चङ्ख पार्

वसन्तका ती पुष्प-लताको
सपनालाई झर्न न दे
जतिखेर ब्युँझिस् त्यही बिहानी
जाग्रितिलाई मर्न न दे !

शीतका थोपा टल्किन पाऊन्
जीवन-ज्योति जगमग होस्
फूलहरूको खुल्ला बास्ना
स्वतन्त्रताले मगमग होस् !

उड्न खोज्ने प्यारो पन्छी
आतङ्कित वा भयभीत नहोस्
कापुरुषका नपुङ्षकताको
छेउछाउमा भीँड नहोस्!

उठ् उठ् पन्छी ‘निर्भयता’को
स्वर टिपेर गर्जिने गर्
किच्चकवादी कौरवहरूको
मर्मस्थलमा बज्रिने गर् !

विद्रोहभावको बाढी आइज
आँधी बोला चेतनको
धर्ती होस् तँ खास भने
धक्का दे भू-कम्पको !

कुना पसेर नरो नरो !
कुना पसेर नरो नरो !

:नरेन्द्र पराशर
मोरङ्ग
December 30, 2012

(हालै दिल्लीमा सामुहिक बलात्कारमा परेकी दामिनी, बाँके र बारामा जिउँदै आगो लगाइएका शिवा हासमी, बिन्दु ठाकुर, एयर्पोर्टका कर्मचारीद्वारा बलात्कार गरिएकी सीता राई र दैलेखमा लोग्नेबाटै आगो झोसिएकी चावला लगायत हिङ्सामा परेका महिलाहरूप्रति संवेदित हुँदै रचना भएको )

(स्रोत : Narendra Parasar’s Blog )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *