नेपाली लघु-उपन्यास : मनोक्रान्ति

~प्रल्हाद दाहाल ‘प्रेम मोती’~Pralhad Dahal

पहिलो भाग

भोली त बिहीबार, हाट लाग्ने दीन, बुवाममीले,”सबैरै उठेर हाट बजार जाने” भन्नुभा छ ।

आहा! मलाई नी धेरै रमाइलो महसूस हुन्दैछ । तेंहा के के सामान बेच्न राख्या होलान । मेरो लागी पो छ की छैन होला? कपडा जिन्सपाईन्, टोपी भाको टि-सर्ट अनी टलटल टल्किने जुत्ता र हातमा मिलिक मिल्कने घडी । यी बाबालाई सप्पै किन्दीन भन्छु, हाटमा गयेसी । साँची त्यो घडी त राती पनि हेर्न मिल्छ रे, अब अंधेरोमा उज्यालो दीने, अनी घन्टा पिच्छे टिनटि..न घन्टी बज्छ रे । बुवाले भन्नु भाको नेपाल खाल्डोमा गएर देख्नु भाको रे, सुन्धारा भन्ने ठाममा ठुलो घडी छ रे तेस्ले नी घन्टा भयेसी १,दुई बजेसी २ घन्टी बजाउंछ रे! मलाई किन्ने, घडी नी तेस्तै हुन्छ रे, चिनमा बनाएको खासावाला साहूले बेच्न राख्छन रे । म त त्यो घडी लाउंदा कति राम्रो र हंसिलो देखिन्छु होला ।आहा! मेरो सबै साथी मसँग भएको घडी हेर्न कति उत्सुक हुन्छन होला । बालक दिमाख मा येस्तै व्यग्रतापूर्ण कुरा सोच्दासोच्दै रात सकिएछ, ममी आउनु भो छोरा लौ छ बज्यो उठ, हाट जानुपर्छ आज ।

कान्छो छोरोका रुपमा सबैले मलाई धेरै माया दिनुहुन्छ । हाटमा बुवाममीको हात समाउँदै मेलाको भिडमा रहेको म, अचानक !! मेरा आँखा केही पर नेपथ्यतिर मोडिए । तेंहाबाट कोही आइरहेका देंखे । जसमा स्पष्ट देखिन्छ , एक पुरुष अनी महिला येता नजिकै आउँदैछन उनीहरुका साथमा हात समांउँदै एक सुन्दर अनी मनमोहक अनुहार भएकि सानी केटी थीइन । लाग्थ्यो उनी जापानीज गुडिया हुन । उनलाई देख्नेकोही उनिबाट नजर हटाऊन चाहँदैनन एक निमेष पनि, मनमनै एक क्रान्ती सुरु हुन्छ । मनमा तडकभडक हुँदै गर्दा म अर्को सपनाको संसारमा पुगिसकेको रहेछु! जब म नजर मोडेर फेरी उनि खोज्दै गर्दा, उनी त बाबा-ममीसंगै त्यो भिडमा उनी बेपत्ता भईन । मैले सोचे जस्तै कपडा, हातेघडी अनी टलटल टल्कने जुत्ता किनीदिनु भयो । अनी अन्य घरमा आबश्यक समानहरू कीनमेल सकियो । संसारमा नभएको कुराले धेरै महत्व राख्छ जिबनमा, हिजो म जुन खुशी अनी सुख खोज्दैथे आज पाएँ तर पनि आज म फेरी अभाबमा छु । म उनीलाई पाउने आशामा दायाँबायाँ नजर लगाउंदै थिए । सायेद मानिस येही धेरै आबश्यकता र चाहना कारण संधै दुखी रहन्छ । भिड छोडी हामी घरतिर लाग्दै छौ र मेरा आँखा भिड निकै गहिरो तवरले नियाल्दै छन, कतै उनी फेरी देखिन्छिन की भनी । तर मेरा आँखा थाके उनी देखापरिनन। घर पुगे खानासाना खाइयो अनी म बिछौनामा पल्टिछु । अचम्म आज आँखा चिम्म गर्न नपाई निन्द्रा लाग्यो र निदायेछु। साएद धेरै थाकियेछ क्यार ।

बिहान भयो,बिद्यालय जनुपर्ने, कक्षाको पहिलो दीन हो । हतार गर्दा गर्दै नी, पानी परेको, बाटो पुरै हिलोमय थियो । बिद्यालय पुग्न ढिला भए, सबै साथीहरु कक्षामा पसिसकेका रहेछन । अनी गुरु नी प्रवेश गरिसक्नु भएछ । कक्षा ४ को पहिलो दिन, शिक्षकले परिचयात्मक कार्यक्रम सुरु गर्नुहुन्छ । हरि राम, श्याम, गोपाल, मोहन, रिता सीता, सावित्री, कमला, भवानी गरि लगभग ३० जना पछी मेरो पालो आयो । अनी म उठछु “म कृष्ण शर्मा, घर, नुवाकोट, तीनथाना गा.बि.स.-७ मा पर्छ । म भविष्यमा सिभिल इन्जिनिएर बन्नेछु”, मेरो पालो पश्चात नै, गुरु ले हातको इशाराद्वारा अर्की केटी साथीलाई परिचय दिन भन्नु हुन्छ । म टाउको घुमाउँदै उता हेर्छु । अचम्म !! एकैछिनमा सास रोकिए जस्तो, सबै बेन्च र बिद्यालय भवन हल्लिए झैँ महसुस हुँदैछ । लाग्यो ठुलै भुकुम्प गयो । यथार्थमा भूकम्प नगए पनि मेरो मनमा भने, त्यस समयमा एक ठुलो हलचल आएको छ । उनी त मैले हिजो देखेको केटी पो रहेछिन । हिजो एक निमेष देखेर हराएकी, आज आफ्नै अघि पाउँदा मेरो मनमा मनोक्रान्ति नै गर्दै छ, एक बिशाल आवाजले ।

त्यो स्थितीमा, म पूर्णरुपमा अचम्मित हुन पुग्छु । मुख सुके, आँखा लाल भएर आए अनि मुहार पुरै रातो भएर आको छ । एकैछिनमा आफुलाई सम्हाल्दै उनले परिचय दिएको सुन्छु । उनी:-“मेरो नाम जमुना हो, हाल मेरो घर त्रिशुली बजारमा पर्छ । मेरो लक्ष्य सफ्टवेर इन्जिनिएर बन्नेछु ।” उनको परिचय सकिएछ तर म, उनको नाम अनी पता थाहा पाएर निकै दंग अनी संगै एकै कक्षामा पढ्ने भएकोमा धेरै खुशी छु । संगै पढ्दा अनी बोलीचाली गर्दा नजिक हुनथाल्छु । उनले नी मलाई उनका खाजा दिन्छिन र म पनि खाने र आफ्नो खाजा दिने गरिरहेछु । लगभग कक्षामा पढ्ने दिनको अन्तिम तिर आइसकिए छ । तेस्तैमा एकदिन मेरो साथी हरिले उसलाई धम्काएर, उनको खाजा सहितको टिफिन बक्स लिएर गएछ । उनी एक्लै रुन थालिन । हरि अलि बलियो देखिन्थ्यो र ऊ सबैलाई आफ्नो अन्डरमा बस भन्ने गर्दथ्यो । अब मलाई यो दृश्य असह्य भएर आयो, म दौडेर हरिका सामु पुग्छु । पहिले राम्ररी भन्न थाल्छु :-“हरि जमुनाको टिफिन बक्स फिर्ता गर”। ऊ सुने नी नसुने झैँ भयो । यो देखि म हत्तपत्त टिफिन बक्स खोसेर लिने क्रममा हात अगाडी बढ्छु । उसले दिन नमान्दा हाम्रो सानो झैँ झगडा सुरु भयो । अन्त्यमा मैले टिफिन बक्स हातमा कब्जा गरेको देखेर, ऊस्ले मलाई मेरो बायाँ हातको पाखुरामा रगत आउने गरि टोकि दिन्छ । असह्य पिडा भयो र पनि म त्यो टिफिन बक्स पुर्याउन जमुनाको छेउ पुग्छु । उनले खाजा सहित टिफिन फिर्ता गरिदिएकोमा “thank you Krishna” भनिन ।

केहि छिनमै मेरा हातबाट माना जति नै रगत बग्यो । सर मिस आउनु भयो र मलाई स्वास्थ चौकी लग्नु भयो । जमुना नी संगै गईन, जब उनी मेरो सामु आईन र रुँदै भन्न थालिन “मेरो लागि तिमीले एती धेरै दुख गर्यौ। भन, किन गरिरहेका छौ ? यो सब! म चुप लागे, उनी के के बोल्दै थिइन, म उनलाई हेरेर बसे । अन्त्यमा उनीले भनिन”I love you Krishna” मेरा कानमा ति शब्द अनवरत रुपमा सयौ चोटी गुन्जिरहे । तेस्पछी घर आए, अनी ममीलाई सबै कुरा बताए । म तेती बेला सम्म ममीलाई मेरा हरेक कुरा बताउंने गर्थे। तेसरी नै उनीसँग हाँसी खुशी गर्दा नै हाम्रो कक्षा ५ को अन्तिम परीक्षा पनि सकियो । अब हाम्रो भेट हुन अलि गार्हो थ्यो । मध्यम बर्गमा जन्मिएको म जस्ता नेपालीको सन्तानलाई बिदाका दिनहरुमा गाईगोठाला र बाख्रा गोठाला जानुपर्ने एक किसिमको बाध्यता नै हुन्थ्यो । उनी पनि खेल्न र मलाई भेट्न भनी, सल्लाघारी बनसम्म आउँथिन र हामी गोठालामा भाडाकुटी, लुकुडुम, रुमाल लुकाई, कबड्डी खेल जस्ता खेल खेल्ने गर्थ्यौ । हाम्रो परीक्षाको रिजल्ट पनि प्राप्त भयो, जसमा म १नं मा थिए र उनी दोश्रो भईन । हामी धेरै खुशी थियौ ।

एकदिन अचानक ! रातीको समय बर्खामाष थियो । अनी रोपाई गर्ने समय हुनलागेको थियो । गाउँभरि हल्ला मचियो, त्रिशुली खोलामा बाढी आएर सबै घर बगायो र अब हाम्रो गाउँ पनि बगाएर लान्छ होला। लगातार सातदिन भयो मुसलधारे पानी परिरहेको तेसैले जे पनि हुनसक्ने डरले हामी तेन्हाबाट बसाई सरि जानेकुरा भयो, । मलाई पिर पर्न थाल्यो अब उनीसँग कसरि भेट्ने । हामीले गाउँ छोड्ने कुरा गर्नु अगावै उनीहरु त गाउँ छोडी गईसकेछन । उनीका बुवा ठूला ब्यापारीमा गनिन्थे, तेसैले उनीहरु त सहरमा बस्न गएका छन रे सुने। उनका छिमेकी कसैले भने । हाम्रो पनि त्यो ठाम छोडी, नेपालको पुर्बीजिल्ला जाने निर्णय गर्नुभएछ बुवाममीले । हामी अहिले नुवाकोट तीनथाना छोडेर, बुटवल कै एक गाउँमा बस्न गयौ ।

अब भने मैले सरकारी बिद्यालयमा पढ्न पर्ने भयो । नचिनेको ठाम, नयाँ मानिस, अनी नयाँ बस्ति, चलन चल्ती अनी छुट्टै रितिरिवाज भएको ठाम रैछ । तेन्हा धेरै जातिको बसोबास रहेको छ साथै अधिकांश कृषि र घरेलु उध्योग गर्ने जनताको बसोबास भएको ठाम हो । मलाई नी हल्का नयाँ परिवेश, नौलो साथीभाई सँग घुलमिल हुन गार्हो नै भइरहेको थियो । अझैपनि म जमुना सँग भेट हुने कल्पना गर्दै बसिरहेको थिए । सरकारी बिद्यालयमा पढ्न थाले पछी, मेरो पढाईमा भन्दा अन्यत्र पनि ध्यान जानु थाल्यो । साथीभाई सँग फिलिम हेर्न जान्थे, पत्रपत्रिका तथा अन्य खोजखबर सम्बन्धि किताब पढ्ने र खेल सम्बन्धि जानकारी लिन र खेल हेर्न जान्थे । अनी एकदिन गोरखापत्रमा पढे, डा. भोला रिजाल, उंहाले पाठेघर खराब भएकी महिलाको शल्यक्रिया सफल गर्नु भएछ । झन्डै ज्यान गुमाएका आमा र सन्तानलाई बचाएर, त्यो सुनेसी मलाई अब म डाक्टर बन्छु । पढेर भन्ने सोच आयो ।

दोश्रो भाग

एकदिन घरबाट बाहिर चौरमा के गर्दै बसिरहेको थिए, येतिकैमा टाउको माथिबाट जहाज उड्यो। अनी म सोच्न थाले, म त पाईलट बन्छु र आकाशको त्यो क्षितिजसम्म प्लेन उडाउन्छु । आकाशमा के छ त्यो धर्तीमा ल्याउने छु । हो अब म पाईलट बन्छु । मेरो कलिलो दिमाख, जे देख्यो, उही राम्रो लाग्ने र जिबनको लक्ष नै यी सबै बन्छु भन्ने भयो । एकदिन डाक्टर, अर्कादिन पाईलट, अनी अर्को दिन हिरो । एकदिन राजेश हमालको फिलिम हेर्न साथीभाई मिली गयौ । उनको भूमिका धेरै मन पर्यो र एक डाइलग मनमा नै छोयो:-“दुश्मनको लागि यो हात फलाम हो । साथीको लागि यो हात सलाम हो” । अब मलाई फेरी हिरो राजेश हमाल बन्ने सोच आयो । तेस्तैमा एकदिन बिद्यालयमा आठ कक्षाको पढाई हुँदै गर्दा, केहि नयाँ साथीहरु,”Excause me sir” भन्दै भित्र पसे । उनीहरुले हातमा एक झन्डा लिएका थिए । उनीहरुले अब हामीलाई केहि राजनीति बारे बताउन थाले । जसमा गणेशमान सिंह अनी कृष्णप्रसाद भट्टराई लगाएत अन्य नेताहरुको खुब राम्रो चर्चा परिचर्चा गरे । अनी सबैलाई नेपाल बिद्यार्थी संघको सदस्यता पत्र दिंदै मलाई त्यो बिद्यालय कमिटिका अद्यक्ष बनाए । साएद! उनीहरुलाई थाहा थियो, उक्त कक्षामा म नै सबैभन्दा उच्चतम अंक ल्याउने बिद्यार्थी हुँ र मलाई कक्षामा सरहरुले लिडर अर्थात् “मोनिटर”को जिम्मा दिनु भएको थियो । अब आजबाट कुनै पार्टीको झन्डा पनि बोकाईयो, जुन लक्ष लिएर एक विद्यार्थी पढाईमा लगनशीलताका साथ लागेको थियो । उसको पाइला मोडिएको छ, ऊ बिबश छ, ति देखाईएका बाटोमा पाइला टेक्न । के सहि ! के गलत छुटाउने सामर्थ बिकसित पुरै हुन नपाएको व्यक्तिलाई फेरी राजनीतिको भूत सवार गराईयो । सानैदेखि मेरो इच्छा र चाहना जे देख्यो, त्यो गर्नु मन लाग्ने र अरुले कुनै चिज राम्रो भनेर प्रसंसा गर्दा तेही व्यक्ति बन्नु मन लाग्थ्यो । आज मलाई नी सफल नेता बन्ने चाहनाले घेरेको छ । उनीहरुले मेरो नाम”क्रिस” भनेर सम्बोधन गर्दै, विद्यार्थी नेता बनाई गए ।

हाम्रो बिध्यालयको पठन पाठन नियमित नै थियो । सबै साथीभाई अनी संगी हरु पढ्न र दिएका गृहकार्य र assignment हरुमा नै मन लगाउँदै, खुब मेहनत साथ पढाईको दिशातिर उन्मूख थियौ । अचानक कसैले ढोका ढकढकाएको आवाज सुनियो । शिक्षिका हामीलाई English book पढाउँदै हुनुहुन्थ्यो र तत्काल कक्षाको ढोका खोलि बाहिर हेर्नु भयो । तेन्हा केहि युवायुवतीहरु हातमा केहि ब्यानर अनी साथमा हँसिया हथौडा चिन्ह भएको झण्डा बोकेर आएका थिए । उनीहरुले भने:- हामी संगठन विस्तारका लागि आएका हौ । हजुरले हामीलाई सहयोग गर्नुस, हाम्रो कार्यक्रम सुरु गर्ने माहोल सिर्जना गर्नुस।” हल्का गन्थन मन्थन सकिए पछी शिक्षिकालाई थाहा हुन आयो कि उनीहरुले प्रधानअध्यापकसँग कुरा गरि अनुमति लिएका रैछन । जब यो बिद्यार्थी संगठन बिस्तारको कुरा हुँदै थ्यो । ठिक त्यो बेलामा १० बर्षे भूमिगत जिबन बिताएको एक पार्टी, अन्याय अत्याचार र सामाजिक भेदभाबको निर्मुल गर्न र राज्यलाई अनुशाशित र जनताद्वारा साशन चलाउन पाउने अधिकारको लागि यो सब गरिरहेका छौ भन्दै, सार्वजनिक रुपमा देखा परेका थिए । हो ! उही पार्टीको समर्थनमा रहेको यो एक बिद्यार्थी संघ थियो । उनीहरु भित्र पसे र सबैलाई सम्बोधन गर्न थाले ।

हामी अनेरास्ववियु(क्रान्तिकारी)बिद्यार्थी संघबाट आएका हौ । हाम्रो युनियनले नेपाल कम्युनिष्ट पार्टी माओबादी लाई समर्थन गर्छ । म प्रवल, हाल पशुपति क्याम्पसमा मानविकी संकायमा राजनीति शास्त्र अध्ययनरत छु । हाम्रो संघले आम बिद्यार्थी माझ हुँदै आएको सरकारी पक्षपात र दो धारका शिक्षा निती खारेज गरिनुपर्छ र नेपालमा निजी र सरकारी बिध्यालय भनी गरिआएको पक्षपातको अन्त्य हुनुपर्छ । हामी सबै बिद्यार्थीलाई सरकार बाट समान दृष्टिकोणले हेरिनुपर्छ भन्ने मागका साथ अगाडी बढदै आएका छौ! तिनले जसको समर्थन गर्छौ भने, त्यो पार्टी दशबर्षे भूमिगत जिबनबाट भर्खरमात्र चर्चामा आईरहेको थियो । जसको समर्थन र बिरोध गर्नेहरु जताततै देखिन सकिन्थ्यो, क.प्रचण्ड(पुष्प कमल दाहाल) अनी क. बाबुराम(डा. बाबुराम भट्टराई) को नेतृत्वमा सशत्र हतियारी धारी आन्दोलनमा थियो । उनीहरुले बिभिन्न ब्यक्तब्य दिंदै, फेरी उक्त बिध्यालयमा अर्को एक विद्यार्थी युनियन खडा गरे ।

“समयको माग” एकै बिध्यालयमा दुई बिद्यार्थी संघ भएसी अब बिबादित हुन थाल्यौ। जसरि एक जंगलमा दुई सिंहले राजगर्न सक्दैनन, तेस्तै नै यता देखिन्थ्यो । हरेक सानो कुरामा विवाद हुनथाल्यो। एकले अर्कोलाई समर्थन नगर्ने र बिरोध मात्र गर्ने बानी बिकसित भयो । हुनत विवाद हुने नै भयो, एक कम्युनिष्ट समर्थक अनी अर्को प्रजातन्त्रबादी कांग्रेस समर्थक मोर्चा । तेस्तै हुँदै गर्दा, कहिले त बिध्यालयमा हड्ताल पनि हुन थाल्यो र पढनपाठन मा निकै समस्या देखापर्यो । जसले गर्दा, हामी बिध्यर्थीको पढाई नाजुक हुन गईरहेको थियो । सबै आ-आफ्नै सुरमा देखिन्थे, पढ्नेहरु पढ्दै र अन्य भने बेर्थमा अरु नै कुरामा बिमति, सहमति जनाउँदै कुराकानीमा व्यस्त हुन थाले । अबको हाम्रो बिध्यालयमा जे गर्न पनि छुट भने झैँ थियो । पढ्ने धेरै मेहनत गर्दैथिए, नपढ्नेहरु केटीसँग dating अनी class bunk गरेर, सिनेमा हेर्ने गर्दै थिए । नयाँ जोस अनी जाँगर भरिएको युवा, दिनरात मेहनत गर्ने र नियमित बिद्यालय जाने विद्यार्थी, आजभोली पढाई भन्दा अरु कुराहरुमा धेरै मन लागेको छ ।

म आजकाल दिनहुं ज्यान बलियो बनाउन प्रयत्नरत थिए । पार्टीमा लागेका मानिसहरुलाई हेर्यो सबै ठुला पहलमान हात्ती जस्ता थिए, तिनले त चार, पाँच जना सामान्य व्यक्ति एकै जनाले तह लगाउन सक्छन । मेरो पनि मन नै हो, लाग्यो अब दिनरात, जिम गर्छु अनी सबैको अघि म पनि तिजस्तै बलियो हुन्छु । म बिहान ६ बजे नै उठेर दिनहुँ, जिम सेन्टर तिर धाउन थाले । दिनरातको मेहनतले म धेरै फरक देखिएको थिए । मेरो सरिरिक अबस्था निकै मिलेको बनेको थियो । अनी फिलिमका हिरो को झैँ ज्यान छ है तिम्रो भन्दै साथीहरु तारिफ गर्न थाले । श्यामले भन्यो :- Oh man, you really looks so handsome as hero of movie, you are great Krish “भन्यो । मलाई यिनै आवाजहरुले गर्दा। आजभोली पढाई भन्दा राजनीति अनी physical body तिर बढी ध्यान जान थालिसकेको थियो । खेर ! केहि थिएन, SLC पास गरिसकेको थिए, Distinction लेबलमा । अब जवान बन्दै गएपछि, नयाँ केहि गर्ने जोस कसलाई न-आउला , केटा वा केटी यी सबैलाई यो आंट र साहस आउने गर्छ ।

लक्ष्य अनुरुप अब इन्जिनियरिंग पढ्नको लागि हातमा SLC पास गरेको सर्टिफिकेट बोकेर, घर बाट बिदा भए र काठमाडौँ तिरको यात्रा सुरु भयो | मनमा एकै चाहना थियो, मेरो यो distinction लेभल अनी टप मार्क्सले पक्कै पनि मलाई यो थापाथली इन्जिनिरिंग क्याम्पसमा छात्रवृति पर्नेछ | म एक इन्जिनियर बनेर देशको सेवा गर्नेछु | मनमा येस्तै कुरा खेल्दै थिए | धेरै सपना बोकेर काठमाण्डौ खाल्डो भित्र पाइला चालेको म, मात्र थिइन | बसमा संगै सिट भएका साथी नी उस्तै परेछन | उनी ईलाम बासी रहेछन, उनको सपना रैछ डाक्टर बन्नु | अनी तेसैको लागि काठमाडौँमा पढ्ने भनी, घरमा बुवाममिले भएको जग्गाजमिन बेचेर उसलाई डाक्टर बनाउन भनी बन्दोबस्त गरिदिएको रे | तर मेरा लागि तेसो गर्न, मेरा बा-आमा सँग तेती धेरै जमिन पनि थिएन | तर पनि ऋण गरेर, १०, २० हजार पैसा दिएर, नाम निकालेर आएस भनी आशिर्बाद दिएर पठाएका छन | एक महान दार्शनिक को यो भनाइ “गरिब भएर जन्मनु त्यो तिम्रो गल्ति हैन तर गरिब घरमा मर्नु तिम्रो गल्ति हो ” मनमा थियो र अब घर अनी देश समृध्द बनाउने काम गर्नुछ| मनमा यो सोच छ | बिचमै ति साथी खुत्रुक्क ओर्लिए र भने म येंहा कलंकी बस्छु | पछी भेट्नु पर्छ है, मैले नी भने हुन्छ नी | पछी फेरी भेटौंला | बाई बाई गरें | अब बसको अन्तिम गन्तब्य पुरानो बसपार्क आइसकेछु र सामान लिएर बास बाट बाहिर निस्किए |

तेश्रो भाग

बिलकुल नयाँ ठाम, नयाँ परिवेश, नयाँ संरचना, नयाँ जिबनशैली अनी गाम भन्दा बढी प्रदुषण, म बाहिर ओर्लने बितिक्कै, नाक समात्न बाध्य भए, चिनेका कोहि थिएनन ! साथीहरु तथा जान्ने हरु सँग त्यो थापाथली क्याम्पस बारे मात्र सोधेर आएको, अब येंहा त धेरै कुराको आबश्यकता पर्ने रैछ ! धन्न दिउसको १२ बजेतिर बसले तेन्हा पुर्यायो, अब मेरो लागि एक कोठा खोज्नु थियो! म तेन्हा कसैलाई थाहा होला कि? कुनै कोठा खाली भएको हजुर लाई थाहा छ सोधे अनी म येसरी आएको भेट्नु भयो भने खबर गर्नु है, म यता आइरहने छु, कोठा नभेटे सम्म भने! खोज्दै जाँदा, म गौशाला बाट तल सम्म पुगिसकेछु, तेन्हा बाट पनि अझ भित्र बागमती किनार रहेको ठाम तिर नी खोजे, दिनभर कोठा खोज्दा पनि पाउन सकिन ! अब म फेरी तेंही रत्नपार्क गए अनी रातको समय पार्क गरिरहेको एक गाडीमा गएर रात काट्ने निर्णय गरें ! रातिको समय निकै चिसो हुने रैछ काठमाण्डौको ठाम न सिरक छ न बिछौना, ममीले हालिदिएको राडी एउटामा रात काट्न पर्ने भो! गाडी पुरानो थियो सिसाका झ्याल पुरै फुटेका. रातभर चिसोले सुत्न सकिएको थिएन !बिहानी पख आँखा लागेछ र निदाएछु, उठ्दा त बिहानको ९ बजे छ, हत्तपत्त उठेर उही कोठा खोज्ने काम तिर लागे!

काठमान्डौ को ठाम एकल व्यक्ति र एस्तो भर्खरको युवा केटा देखेसी, घरबेटीले कोठा भाडा नदिने रैछन ! जंहा सोधे नी भन्छन”:- बाबु परिवार सहित बस्ने हो भने, हाम्रो मा कोठा छ, एकल हौ भने हामीले पढ्न आएका केटालाई भाडामा नराख्ने निर्णय लियका छौ “! साएद एसको पछी को कारण, घरबेटीका तरुनी छोरी हुनु र पहिले कोठा भाडा बस्नेले उनका छोरी बुहारीसँग माया प्रिती गाँसेर, भगाई लानु नै होला ! म थाकिसकेको थिए, अन्तमा बागमती खोला किनार, गौरीघाटमा एक कोठा फेला पारें! त्यो घर निकै पुरानो, जिर्ण देखिन्थ्यो र कोठा पनि साना अनी निकै फोहोरी थिए ! मेरो निम्ति कुनै अर्को बिकल्प थिएन र उक्त घरमा बस्ने निर्णय गरें ! अर्को दिन बिहान प्रवेश परीक्षा हुने दिन थाहा पाउन र फाराम भर्नु एका बिहानै हिंडे, काठमाडौँमा कस्तो भिड माइक्रोमा थापाथली जान खोजेको ७ माइक्रो गए सबै फुल, बल्ल एउटा मा झुन्डेर भए नी यात्रा गरें झन्डै मरेको हात फुस्केर भुँइमा झरेर, अर्को गाडीले किची सहिद बनाई देला भन्ने डर ! थापाथली पुगेर ठुलो सास फेरे, लाग्यो आज म अर्को नयाँ जिबन पाए, कति धेरै मान्छे हुन, यो ठाममा एक्लै बर्बरान थाले ! फारम भरे र प्रवेश पत्र सहित, प्रवेश पत्र दिन पर्सि आइतबार आउनु भने ! साँझमा कोठामा पुगे अनी मनमा निकै कुरा खेल्न थाल्यो फेरी एक क्रान्ति नै सुरु भयो, कस्तो ठाम आए, येंहा त कोहि कसैलाई वास्ता नै गर्दैनन, सबै आफ्नै काममा व्यस्त छन, जसलाई देख्छु, सबै हतारमा छन ! यो अब्यबस्थित सहरको बसाई निकै कहाली लाग्दो हुने रहेछ सोच आयो !

मनमा बोकेर, सपनाको लहर,
हाँनीन्दै आए बेगले, अचम्मको सहर !
मान्छे मान्छे नरहि ढुड्गा भा का छन् यहाँ,
तर नि सबैको बाच्ने रहर कस्तो अचम्मको सहर !

न रात हुन्छ येंहा, न त महसूस, दिनको एक प्रहर,
मान्छे, मान्छेले एक अर्को देख्दैन, अचम्मको सहर !
यूवा तिम्ले देखे छैनौ, र तिमीलाई हेर्ने ठुलो रहर,
येंहा मान्छे बस्दैनन, ढुंगा बोल्छ, अचम्मको सहर !

आइतबार बिहान उठेर प्रवेश परीक्षा दिन गएँ, आहा ! सबै कति सजिला प्रश्न उत्तर, मैले सबै एकदम राम्रो ढंगले गरेको थिए, लाग्छ म सबैभन्दा टप हुनेछु ! परीक्षा दिएर बाहिर आउँदा हल्का गईगुंई सुने, एकले भन्दै थ्यो, “मेरो बौ त नेता हुन, जाबो यो प्रवेश परीक्षा येतिक्कै पास, नाम मात्र लेखेर, एक घन्टीमै निक्ले यार म त ” अनी अर्कोले भन्यो :- मेरो बाउ पनि यो क्याम्पसको उपकुलपतिका साख्य दाजुभाई, बुवाले भनेसी मेरो येंहा पढ्ने पक्का हो, हल्का औपचारिकता पुरा गर्न आएको हुन म नी यार” ! मैले यी सबै सुन्दा मनमा ठुलो आंधी बेहेरी आउन लाग्यो, हैन, मेरो त कोहि चिनेको मान्छे छैनन, यो क्याम्पसमा नम्बर ल्याउनेलाई प्राथमिकता दिन्छ होला नी है, फेरी नाम निक्लें भने त गाउँमा आमालाई कुन मुख देखाउन जानु, तेत्रो सपना देखाएर काठमाण्डौ आए!

२००७ सालको क्रान्तिमा हतियार छोडेर सहमतिको राजनीतितिर हात हालेको नेपाली कांग्रेस अहिलेको संगठन बिस्तारमा तिब्र रुपमा लागिरहेको छ, मेरो नी अब SLC परीक्षा सकिएको र रिजल्ट आईसकेर फुर्सदको समय थियो !लगभग २, ४ महिना बर्ष काठमाडौँ वरिपरीका बिभिन्न बिद्यालयमा गई ने.बि.संघको सदस्यता बढाउन, पूर्ण सक्रिय भए, म सानै देखि जिज्ञासु र आधुनिक समाचार साधन तथा सामाजिक संजालहरु yahoo, Hotmail,gmail, facebook , twitter जस्तामा सक्रिय रुपमै दैनिक दुईतिनघण्टा बिताउन थाले, अनी नयाँ आविष्कार तथा खोजबारे समाचार हेरिरहन्थे ! येस्तैमा एकदिन, पशुपतिको मेलामा दर्शन गर्न जाँदा संयोगबश म देउता ढोक्दै गरेको ठाम नजिक कोहि केटी पनि देखापरिन, मेरो नजर उनमा पर्यो र उनले पनि मलाई हेर्न थालिन, मलाई लाग्यो उनलाई मैले पहिले कतै देखेको छु, अनी मनमा अनेक कुरा खेलाउन थाले! सोचे यी को होलिन, कता कता देखे झैँ लाग्छ, नाम के होला? अनी मनको व्यग्रतालाई प्रस्फुटन गर्न पर्यो भनी सोधी हालें:- तिम्रो नाम के हो? मैले कतै देख्या छु तिमीलाई, now, I didn’t remember”! मेरो प्रश्न सकिन नपाउँदै उनी भन्छिन :- तपाईलाई नी मैले कतै देखेको छु, मेरो नाम जस्मिन हो!” नाम पनि सुने झैँ लाग्यो, म बाठो हुँदै भने:- तिम्रो Email id देऊ, न म मेसेज गर्छु “! उनीले ID दिईन र हामी छुटियौ !

मैले त्यो दिन घर आउने बाटोमा रहेको साईवर मा गई उनको id मा mail गरे . साधारण hi, hello पछी मैले येसरी लेखे, jasmin you know, I feel that It’s not my 1st meet to you ! we might meet each other before. Could you tell me about you? where do you live & where did you finished your school level? अनी तेस्को केहि दिनमा उनको रिप्लाई आयो, जसमा उनले लेखेकी थिइन, “म त ktm मा नै बसेर पढेको, अरु केहि थाहा छैन, पछी ममीलाई सोधेर भन्छु नी ल !” म सोच्न थाले तर याद भएन र पनि मुटूको धड्कन तेज हुन थाल्यो, केहि अनौठो अनुभब हुनलाग्यो मन भारी भएजस्तो भयो, लाग्दैथ्यो मनमा ठुलै क्रान्तिको ज्वालामुखी बिष्फोट हुँदैछ! “उनीलाई मैले धेरै पहिले देखेको छु र मेरो मनले भन्छ उनी पक्कै पनि मेरो चिनजानको मान्छे हो! येस्तै सोचमा मग्न भएर उनी को हुन र कंहा देखे सोच्दा सोच्दै त्यो रात मैले अनिँदो मै काटें !

तेसैको हप्ता दिनपछि रिजल्ट आयो, आफ्नो नाम पक्कै छ भन्ने बिश्वास थियो र हल्का अरुको नाम नी हेर्नु पर्यो भनेर, तलबाट माथि हेर्दै आए, लौ जा मेरो नाम त टपमा रहेनछ, फेरी दुई तिन चोटी हेरें र पनि आफ्नो नाम पाउन सकिन!अब म सँग एकै उपाय थियो, अब साइन्स छोडेर, ब्यबस्थापन संकाय पढ्नु, त्यो म काठमाडौँमा नी पढ्न सक्थे, बा-आमालाई ढाँटेर मेरो नाम निक्लियो भन्दै तर तेस्तो गरिन, मैले अहिले सम्म झुट बोलेको छैन र म झुट बोलेर भ्रममा बाँच्न र अरुलाई झुटको साहारा खुशी दिन सक्दिन, ममीलाई गाउँमा फोन गरेर यो सबै भने र उंहाहरुले नी एती आएर, बुटवल क्याम्पसमा पढ बाबु, तेस्तो जाली दुनिंया तेरो लागि सुहौन्दैन भन्नु भयो! म सोहि अनुरुप पुन: गाउँ तिर फर्किएँ ! मध्यम बर्गीय परिवार भए नी बुवाममिले मेरा लागि घरमा एक कम्पुटर किनिदिनु भएको थियो ! म तेतै पढ्ने भएँ र जस्मिनलाई यो कुरा बताए! अचम्म जस्मिनले नी थापाथली क्याम्पसमा नै नाम निकालेको रे! अनी मनमा अर्को क्रान्ति सुरु भयो सोचे :- हाम्रो भेट तेन्हा भएको थिएन, मलाई भाग्यले साथ दिएको भए संगै पढ्न पाउने रहेछु तर म नै अभागी परें, नाम नै निक्लेन!जस्ता हजारौ प्रश्न हरु मनमा चलिरहे र जवाफ नी मनलाई सोधें, केहि पाउन सकिन, सोच्देमा फेरी म त टेबलमा नै रात काटेछु, ममीले चिया लिएर कोठामा आउँदा बोलाउँदै गर्दा छल पाएँ !

दिनरात, हामी चिठी अनी Email जस्ता माध्यम बाट नजिकिनु थाल्यौ, उनी र म पढाई बाहेक फुर्सदका समयमा जतिखेर नी उनै सामाजिक संजाल(yahoo, gmail, facebook,Twitter जस्ता माध्यममा, इन्टरनेटबाट एक अर्कामा नजिक हुन पुग्यौ ! बिहान सुरु हुन्थ्यो, “hi, good morning” म्यासेज, बेडबाट नउठिकनै अनी सबै यावत कुरा, खाना खाजा, र हरेक मिनेटका कुरा साट्न थालियो एक अर्कामा!उनी र मेरा बीच निकै घनिष्टता बढ्दै गइरहेको थियो! उनका हरेक पलको खबर मलाई थाहा हुन्थ्यो र मेरा नी हरपल का समाचार उनलाई थाहा हुन्थ्यो ! कहिले उनी फोटो नी पठाऊथिन, हेर्दा नै म्वाई खाऊ झैँ लाग्थ्यो मलाई अनी, मलाई नी तस्बिर पठाऊन आग्रह गरिन, मैले नी फोटो पठाए, त्यो नी पल्लाघरे दाईको बिहेमा साथीको मागेर लाएको कोट, दाजुको पाईन्ट, अनी अर्को साथीलाई दाईले विदेशबाट पठाएको जुत्ता लगाएको पुरै हण्डसम फोटो उनीलाई पठाए! बेलामा बुध्दी पुर्याएर खिचाएको थिए, त्यो माथिल्ला घरे लाहुरे अंकललाई आज काम लाग्यो भन्ने सोच आयो ! उनले त्यो तस्बिरको एती धेरै चर्चा र बयान गरिन, तेती चर्चा हामी युवा केटाले उबेला कि चर्चितकेटी मोनालिषा को नी गर्नीथियनौ, म त मख्ख परेर बसे ! अचानक ममी पो मेरो सामु आउनु भएछ, सोध्न भो :- बाबु किन हो. आजभोली तिमीमा धेरै परिवर्तन देख्छु नी?, म हाँसेर ममी तिर हेरिरन्हे, फेरी अर्को प्रश्न सुरु गर्नुभो:- मेरो छोरा माथि कुनै केटीको नजर पर्यो क्या हो? बोलीचाली नी गर्दैन, पहिले संधै मलाई उसका हरेक कुरा भन्थ्यो, पहिले बिद्यालयबाट फर्केसी, दिनका सबै कुरा बेलिबिस्तार भन्थिस त ?” म मुसुक्क हाँस्दै बोले तेस्तो केहि छैन, र हैन क्या ममी ! हजुर तेतिकै शंका गर्नुहुन्छ,” म बाहिर निस्किए !

तेसरी नै महिना १५ दिन बित्यो र उनको र मेरो आजकाल दिनहुँ जसो फेसबुक र twitterमा कुरा हुनथालेको छ, उनले मलाई एक हप्ता अघि मात्र फेसबुकमा साथी बनाउन “friend Request” गरिन र हामी बेला बेलामा च्याटमा पनि रम्ने गरेका छौ, twitter त हाम्रो लागि एउटा घर जस्तै भएको छः, त्यसमा दिनरात कुरा हुनथाल्यो ! अबका हरेक मायारुपी शब्द हरेक ट्वीटले बोकेका हुन थाले..
मैले उनिलाई काली भनेर सम्बोधन गर्थे, दोहोरो बतासेमा दिनहुँ कुरा हुन्थे, मनका भाब पोखेर, अनी प्रिती मै रम्दै बसेका छौ

मन फुरुंग पार काली,
म छैन नी, तेस्तो जाली!
हेर छन यी हात खाली, हुन्छ भन,
लैजान्छु सिन्दुर हाली !

मनमा राखेकी इच्छा पाली,
निधारको टिका संगै सिउँदो खाली!
हिंड लान्छु मेरो घर यो पाली,
रंग पोतिदेऊ न, खरको घर छ खाली !

ओठमा क्या सुहाउने रातो लाली,
कति राम्री रुप मोहनी जाली !
आऊ लाजको घुम्टो माईतमा फाली,
मेरो मनमुटू मा बास गर, झ्याम्म अंगालो हाली!

आँखामा गाजल, हातमा छन फूलका डाली,
मृगनयनी, रुप चन्द्रमा झैँ देख्छु, धप्प बलि!
गाला पनि स्याउ झैँ, चुमु जाग्ने मुखमा आउने र्याली,
तिम्रा चाल हेर्छु, कम्मर मर्काउने जोबन नै ढाली !

दिनरात उनको र मेरो प्रेमको मुनाले कुनै आकार लिने प्रयास गर्दै थियो, अब त हामी एक अर्काबिना बाच्न नसक्ने भइसकेका छौ, लाग्थ्यो उनी सँग नबोल्दा एक छिन पनि रहन सकिन्न झैँ ! माया गाढा हुँदै गयो, रात्रिको अँधेरी मौसममा १२ अनी कहिले त एक बजे सम्म नी फोनमा बोलेर बसिरहेका हुन्थ्यौ? हामी छोटो समयमै निकै नजिक हुनपुग्यौ, उनले मलाई भनिन “हिजो मैले ममीलाई सोधेको हाम्रो घर त पहिले नुवाकोट त्रिशुली बजारमा थियो रे, खै के के भएर, बाढी पहिरो आउँदा बाबाले ktm मा नै घर किन्नु भएको र हामी एती बस्दै आएको रे” ! अब मैले ति सबैकुरा सम्झिए र उनलाई सबै स-विस्तार बताएर mail लेखे, अनी हस्तलिखित चिठी पनि लेख्न थाले पुरै माया भरिएको शब्दहरुको प्रयोग गरेर, अनी उनले नी उस्तै रिप्लाई गर्न थालिन ! एस्तो गर्दा भन्दा एक साल भन्दा बढी बितेछ, एकदिन हामी भेटेर थानकोट डाँडा, त्रिभुवन पार्कतिर घुम्न गयौ? पुरै दिन हामीले तेन्हा घुमेर र माया पिरतीका कुरा गरेर, बितायौ ! “सुख त्यो हो जब भोकले आन्द्रा बटारिएको बेला , रोटि र सब्जी मात्र नी खान मिल्छ” तर मेरा लागि सुख उनी नै थिइन जो मेरो सामु मेरो काँखमा बसेकी छिन र म उनको कपाल कोर्दै जिन्दगीका अनगिन्ती सपना बुन्दै छु ! साँझ पर्न आटेसी संगै रहेको शिबमन्दिरमा गएर कहिले नछुट्ने बाचा कसम खायौ दुवै मिलेर, अनी साँझमा घर फर्कियौ !

साँझमा घर ढिला आएको देखेर अब उनीका घरमा पनि शंका हुन लाग्यो ! उनलाई ममीले सोध्नु भयो, :- तिमी कंहा गएर आएकी छोरी एती अबेर किन गर्यौ? तिमी त दिनहुँ ५ नबज्दै घरमा आउने गर्थ्यौ, आज खबर नगरी किन ढिला गरेकी ? उनले ममीलाई बहाना बनाउँदै उत्तर दिन थालिन, म सोनीको घर गएको थिए ममी, आज उसको birthday थियो ! पार्टी रहेकोले अबेर सम्म बस्न पर्यो, हजुरलाई फोन गर्न खोजे, फोन नी लागेन ! आजभोली यो NTC को टावोर नै दिंदैन हेर्नुस मेरो फोनमा त ! तेतिका बहाना रुपी जवाफ पछी ममी आफ्नै कोठातिर लाग्नु भयो ! उनका बुवा ब्यापारी मान्छे रात अबेर घर फर्कन्थे, ममी उनका बुवालाई कुर्दा नै थकित भएर, बेडमा नै ढलेर सोच्न थाल्नुहुन्छ :- आजभोली छोरीका ब्यबहार मलाई अनौठो लाग्दैछ, देख्छु पढाई भन्दा बढी मोबाइल र कम्पुटर मा हुन्छे? पहिले जुन जोस थियो, जाँगर देखाउने गर्दथी, पढाई प्रति, आजकाल त्यो लगाब देख्दिन, आज उनको बुवा सँग कुरा गर्नुपर्यो ! रातको मध्य तिर बल्ल उनका श्रीमान घर आईपुगे र सो कुरा बेलिबिस्तार गरिन ! तब उंहाले पिर नगर म एस्को उचित समाधान गर्दिन्छु !

उनले यो सबै मलाई बताईन अब हामी के गर्ने कसो गर्ने भनी, भविष्य प्रति चिन्तित हुन थाल्यौ, उनी भन्छिन :- मलाई पापा देखि धेरै डर लाग्छ, उंहाले ठुलो स्वरले बोल्दा नै मुटु काप्छ, झन मेरो लभ परेको भनेर थाहा पाईस्यो भने मलाई एकछिन पनि नेपाल बस्न दिनुहुन्” भन्दै रुन थालिन, मैले भने हेर अब तिमी र म एक अर्का बिना बाँच्न सक्दैनौ, जब हाम्रो पढाई सकिन्छ तब हामिले बिबाह गर्नुपर्छ, अहिले जसरि नी ममी ड्याडीलाई सम्झाऊ तेस्तो केहि छैन भनेर, उनी “-हवस ” भन्दै थिइन, हाम्रा मायाका ति पल अनी दिनहरु निकै रमाइला अनी निकै खुसीका साथ बितिरहेका थिए! मैले फोन गर्थे, उनले सबै साथीलाई मेरो bf भनी सुनौन्थिन र कति सँग त चिना परिचय समेत गराईन ! हामी बिहानी ५ बजे उठथ्यौ र राती नसुते सम्म, फेसबुक, ट्विटर, अनी mail र फोनमा एक अर्कामा जोडिएका छौ ! राती सुत्न समेत हामी एक अर्कालाई good night भनेर सुत्ने अनी उठ्ना साथ एकले अर्कालाई फोन गरेर उठुने गर्थ्यौ, येती गरेर नै दिन काट्दै थियौ! हाम्रो +2 को परीक्षा सकेर नी रिजल्ट आएको छ, उनीले नी राम्रो अंक साथ पास गरेकी छिन र म पनि उत्कृष्ट नम्बर ल्याएर, बुटवल क्याम्पस टप गर्न सफल भएछु ! अबको मेरो लक्ष्य CA गर्नु थियो किनकी इन्जिनियरिंग गर्न त मलाई भाग्यले साथ दिएन! उनी भने अब आफ्नो लक्ष्यतिर अघि बढ्दै थिइन! हाम्रो सम्बन्धको चर्चा उनका र मेरो घरमा दिनरात चलिरहेको थियो !

अन्तिम भाग

दिनहरु राम्ररी नी बितीरहेका थिए, म राजनीतिक कार्यकर्ता भएको कारणले अब राजनीति तिर ध्यानदिनुपर्ने भयो किनकी, देशमा गणतंत्र ल्याउनका लागि नेपाली कांग्रेस , एमाले अनी माओबादी नेतृत्वमा अरु दलहरुले निकै ठुलो आन्दोलन गर्ने तयारी गर्दै थिए तत्कालिन सरकार बिरुध्द! म अब उनिसंगका का बातहरु कम गर्न थाले, फोन पनि अफ गरेर बस्थे, पुरै दिन प्रशिक्षण तथा तालिम लिनुपर्ने र दिनरात, ठुला ठुला नेताको घर अनी सडकमा पुग्नु पर्ने भयो, उनलाई लेख्ने गरेको दिनै को एक हस्तलिखित चिठी आजभोली १५ दिनमा एक बार नी लेखेको छैन, उनीले दिनहुँ पठाउने गरेको रैछ, पहिले मैले जसरी दिनको एक चिठी लेख्थे ! उनले पठाएको चिठी लिनु जानु र हेर्न पनि भ्याईन, कति चिठी हुलाकमा नै खात लागेर बसे ! उनले अब चिठीमा लेख्न थालिन:- आजकल के भएको छ तिमीलाई? किन मेरो जवाफ पठाउँदैनौ? के गर्दै छौ? किन एती धेरै व्यस्त ?किन? कसरि? कंहा? कहिले? को? जस्ता शब्द भरिएका पत्र आउन थाले! मैले जवाफ पठाए उनीलाई “हेर, हाम्रो माया त संधै रहिरहन्छ, आज हामी देशको लागि लड्ने बेला आएको छ, देशमा गणतन्त्र आएपछि आयेसी जनता नै स्वयम देशको मालिक हुनेछन आदि “भन्दै सम्झाएर एक लामो चिठी लेखेर mail गरेर पठाए !आन्दोलन चर्किएको थियो, लगभग २०को आन्दोलन चल्दै थियो, मलाई कुनै प्रहरीद्वारा घुडामा पर्ने गरि गोली प्रहर गरियो अनी म माथी लाठी र लातिको वर्षा हुनथाल्यो ! म संगै अन्य पार्टीका कार्यकर्ता नी थिए कोहि एमाले समर्थक, कोहि माओबादी कार्यकर्ता र अन्य राजनीतिक दलका कार्यकर्ताहरु, एकैछिनमा मेरो त होस नै छैन, जब होस खुल्यो आफुलाई हस्पिटलको बेडमा पाएँ, लौ न के भो भनी उठेर हिड्न खोज्छु, लौ म किन उठ्न सकिन? मेरा त दुवै खुट्टा पो काटिएको रहेछ,! हस्पिटल बसेको पनि १० दिन भयो, जस्मिनले केहि पनि खबर नगरेको देखेर अचम्म भए, अनी तेंही कसैको सहयोगले mail चेक गरें त म छाँगाबाट खसे झैँ भए ! उनले एस्तो लेखेको थिइन “प्रिय क्रिस, मलाई ममी ड्याडीले अब further study को लागि अमेरिकाको Oxford University पढ्न भनी पठाउने तयारी गर्नु भा छ, म बैशाख अन्तिम हप्ता जानुपर्छ भन्नु भएको छ, तिमीसँग मलाई अन्तिम पल्ट भेट्न मन छ, तिम्रो फोन पनि लाग्दैन, म तिम्रो चिन्ता गरेर बसेकी छु,”यो त 20 दिन अघिको इमेल पो रहेछ ! देशको लागि लड्न खोज्दा आज मैले माया बाट बिछोडिनु पर्यो ! हस्पिटल बसेको 18 दिन भयो तर पार्टीबाट कोहि नी भेट्न आएनन! चिने जानेका साथ भाईलाई खबर गरें, उनीहरुले भने, तिमीलाई पार्टीको साधारण सदस्यबाट हटाइएको छ, तिमी अशक्त भएका छौ तेसैले !

मेरा आँखा लाल भए अनी मुखपनि सुके, रिसले सरिर आगो भयो र मैले पार्टीका नेता भेटाउन भनी धेरै सँग सम्पर्क गरें. उनीहरु त हाम्रो ज्यानको बलि दिएर आएको गणतन्त्र संस्थागत गर्न व्यस्त छन रे? धिक्कार छ ! जुन घाइते अनी जिउ ज्यान गुमाएका तथा असक्तको बलिदानले यो गणतन्त्र आयो उनीहरुलाई भेट्ने एक पल पनि छैन है, तिमी नेता सँग ! म मात्र हैन, माओबादीका अर्का मित्र नी म संगैको बेडमा सुतेका छन, उनलाई नी भेट्न कोहि आएका छैनन ! तेसैले आक्रोश पूर्ण एक चिठी लेखे र पार्टी कार्यालय पुराउन, साथीलाई भने चिठीको केहि अंश एस्तो थियो -“जुन बलिदानले आज तपाईहरुले यो सत्ता प्राप्त गर्नु भएको छ, उनीहरुलाई नै पार्टी निलम्बित गरि, ठुलो गल्ति गर्दै हुनुहुन्छ, सत्ता प्राप्त गर्नासाथ, ति घाइते अनी सहिद जो देशको लागि लडे उनलाई बिर्सन खोज्नु तपाईहरुको मुर्खता हो, येस्तै गर्दै गएमा हजुर हरुको पार्टी एकदिन फेरी सडकमा झर्ने छ, म फेरी नी बन्दुक उठाएर, तपाईहरु बीच अधिकार को लागि लड्न सक्छु तर म तेस्तो गल्ति गर्दिन,माओबादीले हतियार उठाउँदा १७ हजार मानिसले बलिदान गरेका छन, तेसलाई भुल्ने कुचेष्टा नगर्नु होला ? म बन्दुक उठाउने मुर्खता गर्दिन, कलम उठाउँछु किनकी कलम बन्दुक भन्दा सशक्त र कयौ गुणा बलियो हुन्छ !” भन्दै मैले माओबादी र कांग्रेस लगाएत चार पाँच पार्टीलाई पत्र लेखें ! मेरो पत्रको कतै बाट सुनवाई भएन !

अब मेरो जिन्दगी पुरै खल्लो थियो, माया बाट बिछोडीएको अनी पार्टी बाट अलगिएको! मैले उनलाई email गरें, म नी अब तिमी भएको ठाममा आउने छु, म तिमी बिना बाँच्न सक्दिन ! म तेता आउने प्रयत्न गर्न भोली नै काठमाण्डौ जान्छु !

हरदिन झैँ साँझ ढल्दैछ,
जिबनमा निराशाको दियो जल्दैछ !
मुटू बिछोडको आगोमा बल्दैछ,
शब्दले असह्य पीडा बोल्दैछ !

आंतक फैलाउँदै, मनमुटु लडाईमा
देख्न सुन्न भन्दा धेरै फरक हुन्छ भोगाईमा !
ऊ मडारिन्दै छ, आफ्नो मनको मझेरीमा,
देख्ने कसले, दुनिया आँखा देख्दैन अंधेरीमा !

तिमी गयौ, हृदयमा कोलाहल मचियो,
मेरो अटुट बिश्वासको जग आज भाँचियो !
भए चकनाचुर देखिएका सपनाहरु,
देख्न छोडे आज मैले प्रिती गास्ने मायालु जोडीहरु !

अनौठा लाग्न थाले, संगै घुमेका, फुलबारी पार्क,
किन लाग्न थाल्यो, स्वर्गजस्तो घर आज नर्क !
च्यातिएका पन्नाहरु, फेरी जोड्न सकिएला खै,
साथै बाच्ने बाचा तोडी, जिउन सकिएला के एकल भै !

मैले अमेरिकन Embassy मा गएर तेन्हाको भिसा चाहेको कुरा गरें ! उनीहरुले मेरो स्थिति देखेर, अमेरिकाको भिसा policy बताउंदै, असक्त र अपांगलाई हामी भिसा दिलाउन सक्दैनौ भने! म अर्को कुनै युरोपिएन देशमा भए नी जान्छु र उनी पनि मिलाएर उता आउने कुरा भयो ! तेस्को लागि फेरी Embassy गए, तेन्हा पनि उस्तै जवाफ आयो! म हार मानेर. घर फर्किएँ !

अनी मनोक्रान्ति सुरु भयो, जिउमा जताततै ठुलो धक्का दिएको महसुस भयो सोंचे ” किन भेदभाब हुन्छ, येंहा असक्त र अन्य मानिस बीच किन समान अबसर प्राप्त हुँदैन हामी अशक्त हरुलाई” अर्को मनले सोंचे, के म पहिले झैँ एक सबल नागरिक भएको भए आज अमेरिका जाने भिसा सजिलै प्राप्त हुन्थ्यो त किन असमान प्रणाली छ यो संसारमा, देशले नी केहि गर्नुपर्ने हैन र अशक्त अनी अपांगहरुलाई ! यो सरकार किन चुप छ, हरेक कुरामा अपांगमाथि भेदभाब हुन्छ, बसमा पनि कुनै आरक्षण छैन, न कुनै सरकारी कार्यालयमा अपांग तथा असक्त कोटा छ, जँहा पनि सबै सबल मानिससँग लडेर नै जागिर खानुपर्छ, आहा ! कति महान ति हाकिम, जुन मैले एक बर्ष पहिले नेपाल खानेपानी संस्थानमा भेटेको, असक्त भए नी दिमाखले सबै staff लाई मिलाएर तेत्रो कार्य सम्हालेका छन, उनलाई सलाम मेरो तर्फबाट” येस्तै सोचमा त्यो रात कट्यो !

सजाएका सपनाका महल, कांच झैँ फुट्न थाले,
एकान्तमा तिमी सोच्दै थे, आँखाबाट मोती दाना छुट्न थाले !
हेर्दा हेर्दै मनका, आशा रुपी दियो निभ्न थाले,
मुटुमा पिडा बनी, त्यो बिछोडको घाउ घोच्न थाले !

म अब जिबन देखी हरेस खाँदै थिए, उनलाई पनि तेंहा जिउन निकै कठिन परेको छ रे ! म नेपाल आउन सक्दिन तिमी यता आउन है क्रिस, म तिम्रो वियोगमा अब धेरै बच्दीन होला, नेपाल आउन ममी ड्याडीले नी प्रतिबन्ध लगाउनु भएको छ र म सँग पैसा पनि छैन, नेपाल फर्कने टिकट किन्न, म येंहा निसासेर मर्न आंटीसके क्रिस प्लिज मलाई बचाऊ, म तिम्रो काँखमा रम्न चाहन्छु “येस्तै लेख्दै थिइन उनी ! म उनको पिडा मनमनै महसुस गर्दै थिए! अब मैले उनलाई सम्झौं पनि नसक्ने नै भएको छु, आश्वासन दिएर नै उनलाई १ बर्ष त येस्तै दुखमा राखिसंके , भो अब झुटो आश्वासन दिन सक्दिन, म आफैं आज, आफ्नो जिबन देखि हारें, मैले नचाहेर नै उनलाई भने, “सुन त म एक उपाय भन्छु मान्छौ ” उनी खुशी हुँदै “मान्छु नी भन मेरो दिलको राजा “! म केहीबेर रोकिएँ , मनोक्रान्ति सुरु भयो “के यो सहि हो, के जिबनमा मसंग उनीसँग एक हुने उपाय केहि छैनन र भोलि हामीलाई समाजले के नाम देला ! कस्तो लाछी हरु रहेछन भन्छन कि ? के यो पिडा जुन मैले र उनले भोगिरहेका छौ? समाज बिलकुल अन्धो छ न हामीलाई एक हुन दिन्छ न हाम्रो पिडा देख्छ ! एस्तो समाजमा बिच्छोडको पिडा सहँदै अरु धेरै बाँच्नु छैन !” अब मैले पूर्ण निर्णय लिएँ र भने, हामी अब यो संसार छोडेर गएपछि मात्र एक हुन सक्छौ. यो समाज अनी तिम्रो परिवार हाम्रो मिलन देख्न चाहँदैन, सुनेको छु, मरेर स्वर्ग पुगेपछि सच्चा प्रेमी प्रेमिकाको मिलन हुन्छ रे, अब हामी नी यो संसार छोडेर एक हुनेछौ ! अबको १ घण्टा दिनको १२ बजे तिमी र म यो संसार छोड्ने ” उनले रुँदै भनिन :-” मृतु नै हाम्रो मिलन हो भने म त्यो सहर्ष स्वीकार्छु:” !
ठिक १२ बजे क्रिसले रुखको हाँगामा झुन्डेर आत्महत्या गरे अनी जस्मिनले उनी बस्ने घरको सिलिंगमा आफ्नै सलको पासो लगाई आत्महत्या गरिन ! दुबैको मोहडा पुर्व फर्किएको र पिडा हुँदै गर्दा एकले अर्काको नाम लिएको धुनी गुन्जिंदै छ आज पनि ति घर अनी बस्तीमा !

आज ती तिमीले पुज्ने, मन्दिरका शिला भगवान,
साँची मात्र ढुंगा रहेछन, भन्ने लाग्यो !
जिबनको खुशी सबै, भुमरीले उदाएको देख्दा,
यी हातले, आफ्नै गला रेंटूझैँ मनमा जाग्यो !

समाप्त !!!

धन्यवाद !!

December 31, 2013
KTM- Sankhu, Suntole-8, NEPAL
हाल :- Dubai, UAE
Email :- pearl_nepal@yahoo.com

(स्रोत : Unexpressed-feelings.blogspot.ae )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नेपाली उपन्यास and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *