लघुकथा : भयाक्रान्त

~सुषमा मानन्धर~Shushma Manandhar

छ्याकटे परेको त्यो कालोपत्रे सडक आज फेरी त्रस्त देखिन्थ्यो । सडक छेउको बुढो सुकेको ठुटे रुख भने अप्रत्यासित शान्त थियो । सडकको व्याकुलता देखेर नजिकै भुइमा फालिइएको ईँटाको टुक्राले नसोधी रहन सकेन । “दाइ आज तिमी किन उदाश मात्र हैन निकै डराएका पनि देखिन्छौ ”
सडकले निश्वास सहित घामले पग्लिँदै गरेका अलकत्रातिर हेर्दै भन्यो “जति जोगी आए कानै चिरीएका । “
“किन के भो र ” ईँटोले कुरै बुझेन ।
“यो बुढेसकालमा केही सुबिस्ता होला भन्ने सोचेको थिएँ क्यै नहुने भो । जहाँ जसलाई जे अप्ठयारो परे पनि म सडक बाहेक अन्त रीस पोख्न जानेकै छैनन् । कुनै बन्द हडताल भयो कि मलाई पो टेन्शन । ”
“यति कुरामै के को टेन्शन भयो त ?” ईँटोले कुरालाई हल्का रुपमा लिन खोज्यो ।
“भएका सडकको टालटुल गरी मर्मत गर्नु त कहाँ हो कहाँ मान्छेहरु जहिल्यै टायर बाल्न यही सडक देख्छन् । कसैलाई मेरो पीरै छैन । तातोले भत्भती कति पोल्छधुँवाले कति निस्सासिन्छु भन्ने कुरा अरुलाई के थाहा “सडकले आफ्नो दुखेसो पोख्यो ।
छेउमा उँघ्दै गरेको बुढो रुखले थप्यो “यही धुँवाले गर्दा नै त म दमको विरामी भएको हुँ । सुकेर खोक्रो भैसकेँखै कसले देख्ने कसले बुझ्ने ”
“त्यही त । मेरो पनि हालत निको त कहाँ छ र सग्लो मेरो अस्तित्व कत्ति टुक्रा पार्छन् पार्छन् । मलाई उठाउँदै क कसमाथि बजारेका हुन्छन्गनी साध्य छैन । विचराहरु…। ” ईंटोलाई आफ्नो अपराधबोध भैरहेको थियो ।

सडक छेउका भित्ताभरी पाम्प्लेटिङ गरिएका थिए । मानिसहरु सडकमा साना साना सम”ह बनाई अब निकै ठ”लो आन्दोलन हुन्छ भन्ने गाईंगुंई गर्दै थिए । भरे सहरका दुई चार ठाउँहरुमा कोणसभा गरिने भन्ने माइकिङ पनि हुन थाल्यो । सहरभरीसडकभरी बन्दहडतालजुलुस र खै के के हुने हो भन्ने त्रास फैलियो ।
ठुटे रुखईंटो र सडक अबेर रातसम्म गन्थन गर्दै आपसमा आफ्नो पीडा साटिरहे ।

भोलिपल्ट सखारै मोर्निङवाकमा निस्केका मानिसहरु तीन छक्क परे । हिजो अस्ति जहाँ त्यो अलकत्रे सडक हुन्थ्यो आज त्यहाँ मात्र गहिरो खाल्डो थियो । सानो ईटको टुक्रो खाल्डोमा धेरै तल खसेको थियो । बुढो ठुटे रुख भने उखेलिएर एकातिर लडेको थियो । मानौं आफैमाथि आउन सक्ने कुनै सम्भावित विपत्तिको आशंकामा डराएर त्यो कालोपत्रे सडक त्यहाँबाट रातारात कतै भागिसकेको थियो । कहाँ गयो यो भने कसैले लख काट्न सकेनन् ।

ललितपुर
mdhsusma@yahoo.com

(स्रोत : KhassKhass.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.