नेपाली उपन्यास : देशै हराएपछि..

~डिल्लीराम शर्मा आचार्य~DilliRam Sharma Acharya

देशै हराएपछि|नेपाली उपन्यास|डिल्लीराम शर्मा आचार्य



भाग

नारी हृदय कसरी बुझ्न सक्छ? दिपकले त महनले जस्तो धोका दिंदैन होला?’ रमाले आफैलाई प्रश्न गरीगरी उत्तर खोजिरहेकी थिई ।

‘ए ! कति छिटो बाटो काटिएछ,कीरा,बख्खु लगाएका गाउँलेहरू डोका,थुम्सेमा दाल,चामल, साग, छुर्पी बोकेर बजार भर्न जानेहरूको हुलहुल छुटिरहेको थियो । दुई तीनवटा घुम्ती पार गरेर रमा तिनै भरियाहरूसँग डम्फू बजारमा निस्किई । लामो झरीले गर्दा मानिसहरूको आवतजावत कम देखिन्थ्यो ।

दुई तीन गल्छिडा पार गरेर रमा पसलमा पुगी । पसलमा ग्राहकहरूको निकै भिड लाग्नथालेको थियो । रमाले आमालाई केही बेरसम्म मालसामान बेचविखन गर्न सघाई । २ बजेको सरभाङ बस छुठ्न हरनले संकेत गरेपछि गेटपास बोकेर रमा बसस्टेन्डतिर लागी । सरकारले डुलफिरमा प्रतिवन्ध लगाउ“दै लगेको थियो । सरभाङ बजार भरेर रमा तीनदिनमा डम्फू आइपुगी । गाडीबाट उत्रिनासाथ सानीले दिपक पक्रापरेको कुरा रमालाईं सुनाई ।

रमा छाँगाबाट खसी, बोली अवरुद्धभयो । हात गोडा लगलग काँपे । बसबाट ओर्लिने सबै यात्रीहरू आ–आफ्ना सरसमान बोकेर गन्तव्यस्थानतिर लम्किरहेका थिए । बेलुकाको चिसो सिरेँटोसँग मिसिएको तुवाँलोले आँखा विझाइरहेको अनुभव भइरहन्थ्यो ।

घामको ज्योति पँहेलो हुँदैगएर साँझले रातको संकेत दिइरहेको थियो । रमा एकोहोरो टोलाइरहेकी थिई ।

‘रमा दिदी ! किन सुर्ताउनु भएको ? त्यो तपाइँको को पर्छ ?’

रमा टोलाएको देखेर सानीले प्रश्न गरी । ‘त्यो कोही होइन, मेरो बालककालको साथी ।’ रमाले पारि भित्तातिर हेर्दै छोटो उत्तर दिई ।

‘त्यस्तो बदमास पनि साथी ! मैले त सोचेकी पनि थिइन ।’ सानीले रमाका मुखतिर हेर्दै अझ झस्का हालिदिई ।

‘हो सानी कहिले कही आफुले सोचेको भन्दा परिस्थितिले फरक बनाउन पनि सक्छ । त्यसैले त हामी परिस्थितिका दास भएर बाँच्नु पर्छ ।’

‘त्यो हुनैसक्दैन, दिपक त्यस्तो छैन । उसले मलाई विश्वास दिलाएको छ । हैन परिस्थिति बद्लिएको पनि हुन सक्छ । साच्चै म ऊबाट बलात्कृत मात्र भएकी हूँ त ?” रमाले मनमनमा आफैलाई प्रश्न गरी । रमाका आँखा आँसुले भरिएका थिए । कुरा घुमाएर सानीले अगाडि थप्तै भनी ‘त्यस्ता–बलात्कारीलाई त सजाय दिनै पर्छ नि ! पोहोर सालै पक्रान पर्ने थियो,जुठेकी छोरी रूपालाई समाउँदा सबै गाउँले मिलेर एक पल्टलाई माफ दिएका त हुन् । त्यस बज्यालाई । तर यो पाली त परिछाड्यो । ‘पाप धुरिबाट कराउँछ’ भनेको यही त हो नि दिदी ।

भो–भो जाऊँ रात परिसकेछ……..।’ भन्दै रमा भारी बोकेर सानीसँग बाटा लागी ।

ढक्ढक् बाहिरबाट कसैले ढोका ढक्ढक्याएको आवाज सुनेर रमा ढोकातिर जाँदैथिई सिकुवाबाट रमेशले ‘ए रमा ! रमा !’ भन्दै बोलायो ।

“हजुर” भन्दै रमाले एकछिन स्वर चिन्ने कोसिस गरी अनि विस्तारै गएर ढोका खोली ।

‘ए दिपक ! भित्रै आउन ।’ दिपकलाई देखेर एक्कासि रमा आत्तिदै भित्र बोलाई र भनी

‘म त पुलिस जस्तो लागेको थियो,आजकल दुःख दिन्छन् क्या ।’

दिपक रमाका पछिपछि रमा सुत्ने कोठामा पुग्यो । रमा र दिपकबीच भर्खरैदेखि प्रेम सम्बन्ध आकुराउन थालेको थियो । सानैदेखि दिपक धेरै चक्चके स्वभावको ठिटो त्यही गाउँमा हुर्किदै आएको भएपनि रमाले उसलाई जीवन साथी नबनाए पनि प्रेम चाँहि आसध्यै गर्ने गर्थी । त्यसेको निहुबाट दिनेशले रमालाई त्याग्ने निर्णय लिएको थियो । दिनशसँगको छुटानामबाट आक्रान्त भएकी रमाले दिपकलाई पन्साउन चहिन ।

‘रमा ! आमा खोइ ? तिमीपनि कतै जान तयार भएजस्ती छौ नि ?’ चारैतिर नजर डुलाउँदै उत्सुकता पूर्वक दिपकले प्रश्न ग-यो ।

‘अनि आज डम्फू बजार होइन त ? काम भएछ भने सरभाङ पनि झरौं कि भनेर नि ! डम्फूमा सानो पसल खोलेको छ, आमा गइसक्नु भो ।’

रमाले आल्नामा लुगा मिलाउँदै दिपकलाई जवाफ दिई । केही समयसम्म दुवै चुपचाप एक अर्का प्रतिद्वन्द्वी झैं भएर मनमनमा कुरामात्र खेलाई रहे दुवैमा,निकैबेर मौनता छायो ।

वर्षाऋतुको आगमनसँगै लामो झरी शुरूभएकोले विसाइ–विसाइ पानी परिरहेको थियो । किसानहरू धान गोड्न झरी बादलको प्रवाह नगरी काममा व्यस्त थिए । रमा जन्मेर छ महिनाकी हुँदा उसका बुबा बलभद्रको चोला उठेको थियो । गाउँलेहरू रमालाई सानोमा बाबु पिराही भन्ने गर्थे । टुहुरी छोरी हुर्काउन तिनै गाउँलेहरूको सहयोगले विनिता सफलभएकी थिईन् । एकछिनको मौनता पछि मुसुमुसु हाँस्तै दिपकतिर हेरेर रमाले भनी ‘दिपक दाइ ∕ आजकल कीरा,बख्खु विना पुलिसले डुलफिर गर्न दिंदैन । भेट्यो भने डेडसय फाइन, अँ दिपक ! तिमीले सुन्यौ ? अस्ती २ घण्टा मलाई थानामा थुनेर डेडसय फाइन तिरायो नि ! त्यो दिनदेखि त कीरा छ कि रमा छ ।’ उत्सुकतापूर्वक अझ अगाडि थप्तै रमाले भनी ’यो मुलुकमा त लाउन र खान पनि अर्काको खटनमा छ कस्तो नीति होला वा ! अँ सुन त दिपक,आजकल तिम्रा गाउ“तिर हल्ला कस्तो छ हँ “ यो २१ सेप्टेम्बरमा जुलूस गर्र्ने रे नि पार्टीले ”

वर्षाऋतुको आगमनस“गै लामो झरी शुरूभएकोले विसाइ–विसाइ पानी परिरहेको थियो । किसानहरू धान गोड्न झरी बादलको प्रवाह नगरी काममा व्यस्त थिए । रमा जन्मेर छ महिनाकी हुँदा उसका बुबा बलभद्रको चोला उठेको थियो । गाउँलेहरू रमालाई सानोमा बाबु पिराही भन्ने गर्थे । टुहुरी छोरी हुर्काउन तिनै गाउँलेहरूको सहयोगले विनिता सफलभएकी थिईन् । एकछिनको मौनता पछि मुसुमुसु हाँस्तै दिपकतिर हेरेर रमाले भनी ‘दिपक दाइ ∕ आजकल कीरा,बख्खु विना पुलिसले डुलफिर गर्न दिंदैन । भेट्यो भने डेडसय फाइन, अँ दिपक ! तिमीले सुन्यौ ? अस्ती २ घण्टा मलाई थानामा थुनेर डेडसय फाइन तिरायो नि ! त्यो दिनदेखि त कीरा छ कि रमा छ ।’ उत्सुकतापूर्वक अझ अगाडि थप्तै रमाले भनी ’यो मुलुकमा त लाउन र खान पनि अर्काको खटनमा छ कस्तो नीति होला वा ! अँ सुन त दिपक,आजकल तिम्रा गाउ“तिर हल्ला कस्तो छ ह“ ? यो २१ सेप्टेम्बरमा जुलूस गर्र्ने रे नि पार्टीले ?’

“वाइयात कुरा तिमीलाई कस्ले सुनाउ“छ ह“ ? यो त राजनीति गेम हो । यस्ता हल्लाका पछि लाग्ने हो त्यो पनि आइमाई भएर । तिमीलाई थाहा छ आइमाई भनेका त घरको कामधन्दा गर्नेमात्र हुन् तिमीले सुनेकी छौ पार्टीले त छ ऐच घटाउछ भनेको …..?”

धेरैबेर पछिको धैर्यतालाई भङ्गगर्दै रमाले भनी‘मान्छेको मौलिकहक अधिकारमा धक्कालागे पछि राजनीति शुरू त भैहाल्छ नि ! नैसर्गिक अधिकार भनेकै त्यही त हो नि होइन र दिपक ? अनि आइमाइले राजनीति गर्नु हुँदैन भनेर तिमीलाई कस्ले भन्यो ? इन्दिरा गान्धी कुमारा तु∙ा लोग्ने मान्छे हुन् र?’रमाले कीरा, हन्जु मिलाउ“दै दिपकलाई खापैखाप प्रश्न गरी ।

‘हो रमा ! हो ! यो देशको शासन बद्लाउने भार अब तिम्रै काधमा आएको जस्तो छ । हिजोसम्म खाएको थालमा नै चुठ्थ्यौ आज राजनीतिज्ञ बनिसकिछ्यौ ।’

दिपकले रमातिर हेर्दै व्याङ्ग्य प्रहार ग-यो ।

रमाले मुसुक्क हाँस्तै दिपकतिर हेरेर जवाफमा भनी ‘दिपक ! मान्छे परिवर्तनशील प्राणी हो । समय परिवर्तनस“गै परिवर्तन हुन पनि जान्नु पर्छ । अ“ साँची हेर त मलाई कीरा,हन्जुले मेच ग-यो ?’ रमाले प्रसंग बद्लाएर दिपलाई आफुतिर आकर्षण गर्न खोजी । के निहु झिकौं भैराखेको बेला बँनरलाई लिस्नु भने झैं एक्कासि दिपक उठेर हन्जु सुम्सुम्याइदिन थाल्यो रमा नतमस्तक भई । ‘रमा ∕ कति सुहाएको तिमीलाई त जस्तै रङले पनि मेच गर्छ । यो तिम्रो कलाचँ“हि होइन नि, यो

प्रकृतिको अलिकति देन तिमीमाथि परेको मात्रै हो ।’ भन्दै विस्तारी रमाका औंलामा समातेर दिपकले खाटमा बसाउन खोज्यो,तर रमा भने मानिरहेकी थिइन । र, उसले ठाडा प्रतिकार पनि गर्न सकिन ।

बाहिर पानीको गति विस्तारै बड्दै थियो । घरीघरी बिजुलीसँग आकाशको लामो गर्जाईले रमाका मन भित्रपनि बिजुली चम्काइदिन शुरू ग-यो । अझ दिपक छेवैमा टासिएर घरीघरी दिपकको शरीरले रमाको शरीरमा स्पर्श गराउ“दा रमालाई करेन्टको भित्री झड्का दिएको महसुस हुन्थ्यो । विस्तारै रमाको शरीरले जिरिङजिरिङ गरी तातो भएर भित्री कम्प दिन थाल्यो । दिपकको हात रमाका काखमा थियो रमाको शरीर फुल्दै बिसाउ“दै गथ्र्यो । रमा हात पन्छाएर सर्न खोजी, तर दिपकले धेरै पकड जमाइसकेको हुनाले रमाको प्रयास विफल भयो ।

‘छि ! दिपक ! तिमी त ∕ केही भयो भने ?’ सानो स्वरमा रमाले शंंका व्यक्त गरी ।

रमाका कुरा सुनेर दिपकले भन्यो ‘किन डराउछ्यौ रमा ? तिमीलाई मेरो विश्वास लाग्दैन ? केही भयो भने त म छदै छु नि । जाबो यति कुरामा पनि डराउने हो । म महन हुइन तिमीले मलाई विश्वास गर रमा विश्वास ।’

रमाको बोली अवरुद्ध भयो, ऊ नतमस्तक भई र सानो स्वरमा रमाले थप्तै भनी “आजकल लोग्ने मान्छेको विश्वास गर्न सकिन्छ र ? तिम्रो पनि के विश्वास,महनले जस्तै धोका दिने त होला नि ? आखिर नारीजाति भनेका परुषहरूका खेलाउना मात्र हुँदा रहेछन् । जति नै कष्ट आइपरे पनि आफैले विहोर्नु पर्छ ।”

दिपकले रमालाई साहनुभूति दिन फेरि दोहो-याउँदै भन्यो “तिमी मलाई विश्वास गर रमा,म तिमी विना बा“च्नै सक्तिन । म तिम्रालागि ज्यान दिन पनि तयार छु तिमीले लु मात्र भन म तिमीलाई…………।’

केही समय अघिदेखि रमा र दिपक भेट हुन थाले पछि दुवै बीच अलिअलि प्रेम बड्दै गएको थियो । रमाले साँच्चिनै दिपकलाई आजदेखि भने आफ्नो जीवनसाथी सोच्न थाली । महनसँग आतमीय सम्बन्ध नमिले पछि रमाले दिपकलाई रोज्नु परेको नरमाइलो अनुभव लागि रहेको थियो । वषौं अघिदेखि दिपक भने रमाको अश्मिता लुट्ने दाउमा लागिपरेको थियो । दिपक मानेडाँडादेखि तल गैह्रीगाउँको एउटा समान्य परिवारमा जन्मिएको बद्मास ठिटाका रुपमा गाउँलेहरूले चिन्ने गर्दथे ।

सानो छ“दा उसलाई छरछिमेकी सबैले बद्मास केटो भन्ने गर्थे । दुलेचोर झैं घरीघरी दाउ पारेर रमाका घरमा गए पनि यस अघिसम्म उसले रमामाथि यत्रो साहस गर्न भने सकेको थिएन । यो नै दिपकको पहिलो साहस थियो र उ सफल पनि भयो । तर दिपकले गाउँ  घरमा यस अघि यस्ता दुश्कार्यहरू थुप्रै घटाउँदै आएको थियो ।

‘ए ! पानी पनि कम भएछ, दिपक मलाई अबेर भइसक्यो । म जाऊ“ ?’ सानो स्वरमा रमाले भनी । दिपकले ऐनामा हेरेर लुगा मिलाउ“दै भन्यो ‘रमा ! तिमी कहिले फिर्छौ ? म पनि महनको घरमा जानुछ, कत्ति मिल्ने साथी, तर आजकल विहा भए पछि भेटगर्नै भयाउ“दैन रे !’

‘त्यस्तै त हुन्छन् नि आजकलका ठिटा त्यो पनि प्रेम विहा,म त त्यो स्वार्थीको नाम सुन्ने वित्तिकै आङ जिरिङ भएर आउछ ।’ ढोका ढप्काउँदै रमाले भनी ।

‘ल रमा जाउ है’ भन्दै दिपक ओरालो लाग्यो ।

रातोमाटे डाँडो झरी परेर निक्कै चिप्लो भएको थियो । रमा दिपकसँग छुट्टिएर उकालो लागी । रमाका मस्तिष्कमा महनका कुरा खेल्न थाल्यो । ‘धनी, पढेलेखेको, भएर के हु“दोरहेछ र ? भावना नमिले पछि । तर, तर.यसले मेरा हृदयमा तीखा वाण प्रहार गरेको छ ।’ रमालाई महनले भनेको कुरा झट्ट सम्झी ‘रमा ! तिमीले आफ्नो अश्मिता र सौन्दर्यको कद्दर गर्न सकिनौं । तिम्रा पे्रमीहरू थुप्रै रहेछन्, तिमी जस्ती चरित्रहीन नारीलाई मेरो हृदयले स्वीकार्न सक्दैन ।’

यिनै वाक्यलाई दोहो-याई तेह-याई रमाले सम्झी र मनमनै भनी । ‘मेरो विवशता र वाध्यतालाई कसले बुझिदिने ? महन स्वार्थी मान्छे स्वार्थीपुरुषले

माल सामान थन्क्याएर साँझमा आमा छोरी घरतिर बाटा लागे । बाटामा आमाले दिपक पक्रापरेको घटना सविस्तार सुनाइन् । रमाले सुनिरही मात्र रमाको मन ठेगानमा थिएन ऊ भिमलाए जस्ती थिई । घरमा पुगेपछि रमा टाउको दुखेको बहाना बनाएर ओछ्यानमा घोप्टो परेर सुती । मानसिक तनावले ग्रस्त भएकी रमाका मस्तिष्कमा ‘तिमी चरित्रहीन हौ, तिमीले आफ्नो अश्मिता र सौन्दर्यको कद्दर गर्न सकिनौ, त्यसैले म तिमीलाई स्वीकार्न सक्तिन’ महनले भनेको कुरा सम्झी ।

‘अँ म साँच्चिनै चरित्रहीन नारी भएँ,चरित्रहीन पुरुषकी अर्धाङ्गिनी बत्रखोजें.,मेरो अश्मिता लुटाएँ, गाउँलेले थाहा पाए भने मलाई पनि यो घरबाट निकालिदिनेछन् । दिपक अपराधी हो, त्यस्ता बलात्कारीलाई कारवाही हुनैपर्छ ।’ सानीले भनेको पनि सम्झी अनि त्यसैलाई दोहो-याई तेहे-याई आफुलाई कल्पनाका सागरमा डुबाउन थाली । रमाको उपाय भने सिद्धिसकेको थियो । त्यो समयमा उसलाई सहारा दिने आमा बाहेक कोही थिएनन् । गाउँ समाजमा यस्ता घटना पाच्य थिएनन् । त्यसैले रमा उपायका खोजिमा आफुलाई तल्लिन बनाउन अस्वभाविक थिएन ।

भाग २

झमक्क साँझ परेपछि आमाले साँझबत्ती बालिन् । र, भित्र कोठाबाट रमालाई बोलाईन्—

‘रमा ! ए रमा !’

रमाले भित्र कोठाबाट मलिम स्वरमॉहजुर’ भनी ।

‘भात खान आइज ∕’

‘नाइ आमा म भात खात्र…………।’ रमाले उत्तरमा भनी ।

रातभरि रमालाई निद्रा परेन मनमा अनेक भेलबाडी आयो । ‘दिपकले मेरो कम्जोरिको फाइदा लुट्यो, हामी नारीजातिले के गर्न सक्छौ र यो समाजमा पुरुष भनाउँदाहरूको हैकमवाद चल्छ । मन पनि कत्ति सारो उत्ताउलो भएर आएको । म नमानेकी भए……. । तर ऊ त लोग्ने मान्छे हो,उस्को कुबिचारलाई प्रतिकार गर्ने मेरो सामथ्र्य पनि त थिएन । व्यबिचारी मानिसहरूले जे पनि गर्न सक्छन् । फेरि मेरो इज्जोतमाथि दाग लाग्ने कुरा…..। छि ! बितेका कुराले मलाई नै पागल पार्छ । अब फेरि मैले नयाँ यात्राको तय गर्नुपर्छ, नत्र जीवन नै वर्वाद होला जस्तो छ ।

भोलिपल्ट सबेरै उठेर आमा दोकानतिर लागिन् । रमा उठेर अल्छीसरी खाना बनाउन थाली । शान्तिकी दिदी मिना टुप्लुक्क आइपुगी र सिकुवाको वेञ्चमा बस्दै भनी ‘के गर्दै छौ रमा ? विरामी छ्यो की क्या हो ? आँखा पनि सुत्रिएका छन्, सञ्चो छैन ?’ रमालाई कुरा बंग्याएर भन्न निक्कै गाह्रो भयो । मुटुमाथि ढुंगा राखेर पनि हाँस्न बाध्य बनायो परिस्थितिले । रमाले शान्तितिर हेर्दै भनी– ‘गाडीमा हिडेकोले विरामी–विरामी छु, अँ मिना, साँची के भयो रे ? शान्तिको बारेमा के–के खबर……।’ रमाको बोली अबरुद्ध भयो । आँखामा आँसु टिल्पिल भरिए रमाले भित्तापट्टि फर्किएर रुमालले आँसु पुछी ।

‘के भत्रु र रमा ! त्यो पापी दिपके बज्याले त बैनीको इज्जोतमा दाग लगाईदियो । तर बज्यालाई गाउँलेले पक्रिएर ठानालाई बुझाएका छन् । अस्ती तिम्रै घरबाट निस्किदै गरेको देखेथेँ, त्यही दिनको घटना त हो नि !’ ‘मिनाका कुराले रमाका मनमा अझै चिसो थपिदियो । रमाले अर्कोतिर कुरा तर्काउँदै भनी, ‘हेर न मिना सरभाङ बजार गएकी तीनदिनसम्म पानीले थुन्यो ।’ त्यसमा पनि पुलिसको पास र झरिको बासले अनि दोकानको झमेलाले हैरान नै बनाएको छ ।

अनि कस्तो छ त शान्तिलाई ?’ रमाले प्रसंग बद्लाएर प्रश्न गरी ।

‘अल अथवा जस्तो भएको छ, म उसैलाई खाना पु-याउन हिडेकी नि । समाजमा यस्ता अपराधी बड्दै गए भने त हैरान नै खेलाउने रहेछन्, त्यो पापीलाई घरमा आउन नद्यौ है रमा । त्यस्को त विश्वास छैन नि ∕ भरे तिम्रो इजोतिर पनि दाग लगाइदेला ।

ओहो ∕ गफमा भुलेर मैले थुप्रै समय विताएँ ल रमा अहिले म गएँ, शान्तिलाई खाना खुवाएर चाँडै घरफिर्नु ।’ भन्दै उठेर मिना बाटो लागी । रमालाई नरमाईलो लाग्यो । निकैबेरसम्म रमाले केके सोचिरही ।

एकसाता पछिको कुरा हो–डम्फू बजारमा बिहान झिस्मिसेदेखि प्रहरीहरू दिपकलाई खोजिरहेका थिए । राति जेल तोडेर दिपक लगायत ३ जना कैदी फरार भएछन् । तीनैजनाको केही पत्तोलाग्न सकेन । रमा निराश हुँदै अदृष्यरूपमा दिपकको तलासी गरिरहेकी थिई । फेरि यस्तो कुरा गाउँघरले थाहपाए भने रमाको घर नै गाउँलेले बहिस्कार गछर्न् । रमालाई तल्लो जातमा खसालेर घर चोख्याउनु पर्छ । गाउँलेको दवाउ खप्न नसक्ने पीरले नै रमाले कुरा बाहिर ल्याउन चाहिन ।

महिना दिन पछिबाट रमाको पेट बटारिने,मुखमा नुनिलो पानी आउने,वान्ता हुने, कामवासनाले घरीघरी उत्तेजित बनाउने शरीरले संकेत दिन थालेपछि रमा झन् आत्तिन थाली । एकफेरा त अस्पतालमा जचाउने विचार गरिसकेकी थिई । फेरि रमाको मस्तिष्क परिवर्तन भयो । अस्पतालमा जचाउँदा पक्कैपनि आफु गर्भवती भएको पोल खुल्न सक्छ भन्ने सोच बल्दिए पछि रमाले अस्पताल नजाने निधो गरी ।

महिनौं दिनसम्म पनि दिपकको पत्तो कहीं नलागे पछि रमाले अर्र्को जीवनसाथी बनाउन रमेशको तलासी गर्न शुरुगरी । रमेश भने केही समय अघिबाटै भूमिगत भएर पार्टीको सक्रियभूमिका निभाउने काममा व्यस्थ थियो । पार्टीको पम्प्लेट,पर्चा,गाउँमा पु-याउने, र गाउँलेहरूलाई एकतन्त्रीय शासनको विरुद्ध शान्तिजुलूसमा उत्रिन अभिप्रेरित गर्ने कार्यमा तल्लिन थियो । तर रमेश कहाँ छ भन्ने कुरा रमालाई थाह थिएन ।

गाउँलेहरू बडादशैं नजिकिंदै आएकोले दशैंको तारतम्य मिलाउन व्यस्थ देखिन्थे । २६ अगस्त फुन्चोलिङमा गरिने जुलूस सरकारले प्रतिबन्द लगाएपछि पार्टीले २१ सेप्टेम्बरलाई सारेको थियो । २१ सेप्टेम्बर जतिजति नजिकिंदै आयो उतिउति मानिसमा उत्साह, उमङ्ग र त्रास पनि बड्न थालेको थियो । रमा भनें दिनदिनै आत्तिंदै र निराश हुँदै गई । आफैलाई समाल्न नसकेकोले आफ्नै गल्ती हो भन्ने महसुस रामालाई भइरहेको थियो । साधारण पढालेखा भएकी र गरीब परिवारमा हुर्केकी टुहुरी केटी भए पनि सबे गाउँलेका आँखामा नानी सावित थिई ।

२१ सेप्टेम्बरका निमित्त पार्टीले जूलूसको पर्चा व्यपकरूपमा गाउँमा फाल्यो । गाउँलेहरूमा हर्ष, उमङ्ग, डर, त्रास आदि मिश्रित प्रभावले सताइरहेको थियो । तर पनि समय सापेक्ष माग राजालाई राख्न दक्षिण भूटानीहरू जुर्मुराईरहेका थिए । सन् १९४५ देखिनै दक्षिण भुटानीहरूले राजा समक्ष प्रजातन्त्र र मानवअधिकारको माग गर्दै आएका हुन् । तर भुटान सरकारले प्रजातन्त्रको माग गर्ने आफ्ना नागरिकहरूलाई देशबाट लखेटेको यो पहिलो चोटि होइन । सन् १९५२ मा ‘भुटान स्टेट कांग्रश’का अध्यक्ष मासुर छेत्रीलाई छालाको धाक्रामा हालेर शुनकोश नदीमा जीउँदै डुवाएर प्रजातान्त्रिक आन्दोलनको कोमल कण्ठ निमोठने कार्य गरिएको थियो ।

२१ सेप्टेम्बर—जुलूसमा भाग लिन धेरै अघिदेखिनै मानिसहरूको निकै चहलपहल बड्न थालेको थियो । प्रजातन्त्रका नाराहरू ठूल्ठूला ब्यानरमा लेखिंदै थिए । देशमा नाराबाजीका कुरा चल्न थालेपछि देश भरिनै ठूलो तहल्का मच्चिदै गएको थियो । रमेश कलेज सकेर पी.डव्लू.डी.को कार्यालय थिम्पूमा कार्यरत रहँदा रमालाई चिठी पठाउने गर्थो । अचानक रमाले अन्तिम अनि निर्णायक बाटो अप्नाइ रमेशलाई जीवन साथी बनाउने । अनि रमेशको खोजीमा थिम्पूतिर बाटालाग्ने निधो गरी र मामासँग विदा भएर बाटालागी ।

सुनकोशको किनारै किनार ठुल्ठूला पहाड चिरेर बनाएको बाटोमा ६÷७ घण्टाको यात्रा पछि वाड्दी पूल तरेर गाडी वाड्दीबजारतिर बड्यो । वाङ्दीखोलाको फलामेपुल तरेर गाडी वाङ्दीबजारभित्र पस्यो । वरिपरि पहाडले घेरेको प्रकृतिको सुन्दर,रमाइलो दृष्यावलोकन गर्दै रमाले चिया पिई । र,१७औं शताव्दीतिर कोचविहारका विहारी र नेपालनबाट लगिएका नेपाली सिकर्मी र डकर्मीहरूले बनाएको वाङ्दी जोङ देखेपछि रमालाई निकै आनन्द पैदा भइरहेको थियो ।

त्यस पछि पुनः वाड्दीपूल पार भएर गावैँगाउँ हुँदै गाडी उत्तरतर्फ अगाडि मोडियो ।

निकै समय पछि धुपी र सल्लाको जंगल पार गरेपछि १७ औं शताव्दीका धर्मराजा शाव्डुङ नावाङ नाम्ग्यालद्वारा निर्मित सिम्तोखा जोङ देखियो । निकै ठूलो उपत्यका भित्र ठूल्ठुला भवनहरूले भरिएको शहरभित्र गाडी पस्तै गयो रमालाई आनान्दानूभूति भएको अनुभव भइरहेको थियो ।

शहरभित्र करिब आधाघण्टा गाडी गुडेपछि थिम्पू खोलाको पुल पारगरी बजारतिर बड्यो । बेलुकाका घाम डाँडामा टुप्लुक्क अस्ताइसकेका थिए । गाडी घण्टाघरको माथिल्लोपट्टि रोकियो र सबै यात्रुहरू धमाधम उत्रिए अनि आ–आफ्नो बासस्थानतिर लागे ।

रमा अलमल्ल परेर टोलाईरहेकी थिई । गाडीको ओहोर दोहोरले रोड पारगर्ने साहससम्म पनि रमाले गर्न सकेकी थिइन । दैवसंयोग सुनिता र अनिल त्यही बाटो भएर डेरातिर जाँदैगरेको देखेपछि रमा एक्कासि चिच्याएर कराई ।

‘सुनिता.ता…..ता……ता……!’

सुनिताले पुलुक्क हेरी र भनी…‘आपुइ ! रमा होइन ? कहाँबाट आइस् ?’

‘कहाँबाट आउनु नै,अब धरमा लैजा न अनि भन्छु ।’ प्रतिउत्तरमा रमाले भनी ।

‘लु हिड् त जाऊँ’ तीनै जना बाटा लागे । थिम्पू बजारको पश्चिमतिरको बाटो केहीबेर डिडेपछि ठूलो गुम्बाको उत्तरपट्टिको विल्डिङमा सुनिताले पु-याई । खानपिन सकेर निकै रात गएपछि रमाले रमेशको बारेमा सुनितालाई सोधी । रमेश ६ महिना अधिनै पार्टीमा कामगर्न गएको खबरमात्र आपूmले सुनेको सुनिताले बताई । रमालाई अझै निराशा थपियो रमाले आफ्लाई सगरले थिचेको महसुस गरी । तर बाहिर प्रकट भने गरिन ।

‘रमा के छ हौ आजकल गाउँ ,घरमा ? पार्टीले जूलूस गर्ने रे नि हो ? यहाँ त सारो बोल्नु पनि हुँदैन, आर्मी पुलिस छाप्छाप्ती छन् । जुलूस हुने हल्ला भए देखिनै आºना मनका कुरा अरुसँग खुलेर बोल्न सबै डराउँछन् त्यसमा पनि सुराकीहरूको त छाप्छाप्ती छ यहाँ । भोलि हेरन कोही पनि बोल्न मानेछन् भने त ? हाम्रै नेपालीहरू पनि बोल्न डराउँछन् ।’ सुनिताले प्रश्न गरी ।

‘भोलिको हप्ता जूलूस हुँदैछ, …..।’ रमाले छोटो उत्तर दिई र प्रसंग बद्लाएर अगाडि थप्तै भनी ‘ए सुनिता ! भोलि मलाई राजधानी घुमा है । भोलि त अफिस छुट्टी छ होला नि । पर्सी बिहानै फिर्नु छ ।’

ल–ल एक दुई दिन पनि नबस्ने ? यति चाँडो फिर्ने भए किन आएकी त ? एकहप्ता त बस्नै पर्छ यसो राजधानीको कुना कोप्चा पनि त हेरेर जान्छेस् होला नि ?’ थुप्रै प्रश्नहरू गर्दै थिई । रमा उगेको देखेर ‘ल रात पनि निकै गएछ क्यार, ल तँ यही सुत ।’ भन्दै सुनिता भित्र कोठातिर पसी । रमालाई धैरै बेरसम्म निद्रा परेन । रमाले के–के कुरा मनमा खेलाउन थाली । रात निक्कै छिप्पिएर चिसो बडिरहेको थियो ।

बेलुका सातबेजेदेखि डुलफिरमा प्रतिबन्ध लगाएकोले थिम्पू सहर नै चकमन्न हुँदै गयो ।

‘दुई महिना नाघिसक्यो अब मैले गाउँ घरमा कसरी मुख देखाउने होला ? आमालाई पनि भत्र सकेकी छुइन । फेरि त्यस्तो कुरा कसरी भत्रे ? गाउँलेले यस्ता कुरा पाए भनें गाउँमा खुट्टा टेकन दिदैनन् । छोरो भइदिएको भए …….तर …..।

अब रमेशलाई नभेटेपछि त आखिर लुकाएर लुक्ने होइन, यो संसारमा छोरी भएर जन्मिनु भन्दा त । उसबेला मन थाम्न सकिएन अहिले पछुतो गरेर केहुन्छ र ? फेरि यस्तो हुन्छ भत्रे के थाह र ? सुनिताले केही उपाय गर्थी कि….नाई भन्दिन गन्ध चलाउनु भन्दा, त अझै दुई महिना पर्खेर बरू पाशो लाग्छु ।’ रमाका मनमा अनेकौं छालहरू उछाल्लिएर आईरहे ।

भोलिपल्ट बिहान सुनिता र रमा चिया पिएर थिम्पू बजारतिर लागे । राति निद्रा नपरेकोले रमाका आँखा विझाइरहेका थिए । बाटाका दुवैतिर ठूल्ठूला दोकान घरहरू हेर्दै निकैबेर हिडेपछि मोतिथाङ र टाशीछोजोङ छुट्टिने चौबाटोमा पुगेपछि सुनिताले अगाडि देखाउँदै भनी ‘हेर त रमा ऊ त्यो देखिएको (राजदरवार) टाशीछोजोङ हो । यो अगाडिको हाइकोट, यो उँभोको शहर मोतिथाङ ।’

‘अँ सुनिता ! मैले त यति राम्रो होला भनेर सोचेकी पनि थिइन ।’ रमाका कुरा बीचेैमा काटेर सुनिताले भनी ‘रमा ! म ता पहिलोचोटि गाडीबाट उत्रिदा, मख्खै परेकी थिएँ । तर अहिले त केही जस्तो लाग्न छाड्यो । म आउँदा यी फूलहरू ससानाथिए यी विजुलीका खम्बाहरू भर्खर गाड्दैथिए, अब त पुरानो भइसक्यो ।’

‘सुनिता ! यतिका धनी मान्छेहरू कहाँबाट आए होला ? घर पनि कति राम्राराम्रा बनाएका छन् ? यहाँ नेपालीहरूका पनि घर छन् सुनिता ?’

‘केको नेपालीहरूका घर हुनु नेपालीहरू त भाडामा बस्छन् ।

यस्तो राजधानीमा नेपालीहरूलाई बस्न दिन्छ भन्ठान्या होलिस् तैले ? फेरि त्यत्तिका सम्पत्तिहरू नेपालीले कहाँबाट ल्याउनु नि ? यहाँ मात्रै हो र ? उत्तर भूटानको कुनै पनि जिल्लामा नेपालीहरूको स्थाइ बसोबास छैन । आजकल त डुक्पाहरू पो हाम्रोतिर लगेर भर्न थालेको छ । उहिलेको राजाहरूले डाँडामा झण्डा गाडेर सीमना राखेको थियो रे । त्यो हाम्रो गाउँको माथि झण्डीडाँडा भन्थ्यो नि, हो त्यो डाँडा नाघेर तल झर्न पाउँदैन थ्यो रे ।’ सुनिताले रमाका मुखतिर हेरेर भनी । बडा जोशमा एकछिन रोकिएर फेरि अगाडि थपी । ‘राजधानी हो राजधानी, यतिका धनी त भैहाल्छन् नि ! विदेशी लगानी पनि त कति भित्रीएको छ,त्यसको लेखाजोखा हँुदैन यैठुलोहरूले उडाउने त हो नि ! साच्चिनै होगि रमा लक्ष्मीले बास गरेका ठाउँ जस्ते छ । हाम्रो गाउँघर जस्तो हो र ? फेरि उत्तर भुटान र दक्षिण भुटानको सरकारी लगानी पनि त मिल्दैन न !’

‘त्यसो त उत्तर भुटानका १६ वटा जिल्लामा जति जनसंख्या दक्षिण भुटानका ६ वटा जिल्लामा छ । पैसा जति सबै राजधानीमा थुपारे पनि कसरी विकास होस् त ?’ रमाले सुनितातिर हेर्दै उत्तरमा भनी ।

बिहानका घाम विस्तारै मोतीथाङको ठूल्ठूला घरहरू छुँदैछुँदै थिम्पूखोलातिर सरिरहेका थिए । बिहानको तीखो जाडोले बोल्दा मुखबाट तातो बाफ हर्रहर्र आउँथ्यो । चौबाटोबाट अलिअगाडि पुगेपछि सुनिताले औलाले देखाउँदै भनी ‘देखिस् रमा ! उ त्यो रेडियो स्टेशन,अनि उ त्यो पर देखिन्दै छ नि त्यो हाईकोट, जिल्लामा मिलाउन नसकेका ठूल्ठूला मुद्दा यहाँ पठाउँछन् । यो हाइकोट पनि सबै हामै्र बाउबाजेले बनाएका हुन् । तर आजकल न्यायालय भन्नु भन्दा पनि अन्यायालय भन्नु जस्तो भा छ ।’

रमाले एकोहोरो सुनिरही, दुवै अघि बड्दैगए त्यो दृष्यावलोकन पार गदै विस्तारिी राजदरवार (टाशीछोजोङ) को नजिक पुगे । रमाले अत्तिंदै सुनितालाई प्रश्न गरी–‘ओ हो ! यो चाँहि के नि सुनिता ?’ ‘राजदरवार यो पनि दक्षिण भुटानी (नेपाली भाषी)हरूले छ महिनासम्म निशुल्क बेगार तिर्नु परेको तलाई थाह छैन । विचरी ! सानैमा बाबु वितिगए कस्ले भनिदियो होला र ?’ सुनिताले अलि कुरा बंग्याएर रमालाई छेड हानी ।

हातहतियारले सजिएका सैनिकहरूले वरैदेखि पहरा दिइराखेका थिए । टाशीछोजोङ र लाङजुपाखा जाने दोबाटोमा एकछिन् उभिए पछि जोङतिर देखाउँदै सुनिताले थपी–‘देखिस् रमा ! राजदरवार भनेको यही हो । तर जुलूस हुने हल्ला चल्न थालेयता जोङमा जान पास बनाउनु पर्छ । नत्र उ त्यो बसेकोहरू छैन ? ठोक्छ तेरो बाबूहरूले । त्यता जानु हुँदैन । आजकल त सिधा आँखाले हे¥योमात्र भने पनि ठोक्नु बेर लाउँदैन ।’ भन्दै अलि तल झरेर थिम्पू खोलाको पूलमाथि चडेपछि थिम्पू खोलाका ठूल्ठूला माछा हेर्दै पारिपट्टिबाट घुमेर लाङ्जूपाखातिर उकालो लागे । लाङ्जूपाखामा बनिन्दै गरेके ठूलो सभाभवनको माथिल्लो पट्टिबाट घुमेर चिया होटलमा पसे ।

विहानको जाडो निक्कै बडेकोले हात खुट्टा झम्झमाइरहेका थिए । बिहानको नौ बजेको संकेत घडीले दिएपछि दूवै उठेर बाटो लागे । मास्तिर सम्मटारमा बिहानको न्यानो घामसँग हिउ मिसिएर चारैतिर सेतो बारमासे फूल फुले झैं ढकमक्क फुलिरहेको थियो । न्यानु घाम ताप्दै सुनिताले रमालाई थिम्पूको चारैतिर दृष्यावलोकन गराई ।

रमाको अनुहार र आँखाले भनें रमेशलाई खोज्न छोडेको थिएन । तर रमाले सुनितालाई पनि आफ्नो मनको कुरा खोल्न चाहिन । आफ्नो कमजोरी देखिन्छ भत्रे डरले रमा सबै कुरा लुकाउन चाहन्थी । बिहानको घाम तात्दै गएपछि मानिसहरूको चहलपहल बड्नथालेको थियो । दक्षिण भूटानको ६ वटै जिल्लामा जुलूस हुने हल्ला सन्सनी फैलेकोले मानिसहरू स–साना समूहमा पनि भेला भएर कुरा गर्न डराउथे । एकापसमा संकाउपसंका उव्जिसकेको थियो ।

अझ दक्षिणभूटानी नेपाली भाषीहरूलाई त डुलफिर गर्न र बस्न,खान पनि निक्कै कठिन पर्नथालेको थियो । नेपाली भाषीहरूसँग डुक्पा जातिका मानिसहरू बोल्न र कारोबार गर्न नै छाडिसकेको कुरा रमाले सुनिताबाट थाह पाई । रमालाई न्यास्रो र अनौठो लागिरहेको थियो । देशको बस्तुस्थिति भन्दा पनि आºनो जीवन जोखिममा पर्दै गएको चिन्ताले रमालाई दिनानूदिन सताइरहेको थियो । रमा मन–मनमा आत्तिरहेकी थिई । घरिघरी मन भक्कानिएर आउँथ्यो र सुनिताको आँखा छलेर आँसु पुस्तै रुँन्चेहाँसो प्रदर्शन गरिरहेकी थिई । हातका औंला गन्दै रमाले मनमनमा भनी ‘धत् आज १५ तारिक,२१ तारिक जुलूस । पक्कै पनि रमेश आउला,म चाँडै फकिर्नु पर्छ । फेरि घरमा आमालाई पुलिसले सताउन पनि सक्छ ।’ एक्कासि सुनिताले रमातिर हेर्दै भनी ‘ए रमा ! बोक्सीका हातमा सातो परेजस्तो टोलाइस् त, एकोेरिएर,के भो तँलाई हँ ? भन्दिनस् पनि अनुहारपनि सुर्ताए जस्तो छ नि ? रमेशसँग छ कि क्या हो तेरो ?’

‘हैन त्यस्तो केही पनि छैन । ए हिड् जाऊ, मलाई फिर्न अबेर हुन्छ । आजै फिर्नु पर्ला । फुन्चोलिङ त पुगिन्छ नि ?’ रमाले सुनितातिर फर्किएर प्रतिप्रश्न गरी ।

‘त्यस्तो आजै फिर्नु पर्ने के छ हँ ? दुई एक दिन बसे हुत्र र ? कि तँलाई सहज परेन ? घरमा एक्लै मिठोमिठो खाएर बसेकी ।’

‘नाइ जत्ति नै बसेपनि तँसंग भेट भइगो, आफ्ना कोही छैनन् यहाँ । आजै फिर्छु, ममी एक्लै हुनुहुन्छ, फेरि जुलूस हुने हल्लाले गाउँ भरी आतंक मच्चिएको थियो । घरमा भेटेन भने आतंककारीमा नाम दर्ता गरिहाल्छ । ए सुनिता ! एसो गाउँघर पनि सम्झि है तँ त ढुक्कले बसेकी रैछेस् । हामीलाई रातपरेपछि उज्यालो पर्खिन गाह्रो पर्न थालेको छ ।’

निकै पर पुगेर रमाले फेरि दोहो-याएर भनी ‘तँसँग भेट भइगो, आजै फिर्छु ।’

भाग

खान–पिन सकेर सुनिताले रमालाई गाडीसम्म ल्याएर चडाई । गाउँ घरको मायाले सुनिताले आँखाभरि आँसु टिल्पिल पार्दै भनी– ‘जाहै …..रमा ….सबैलाई राम्रै छ भनिदिनु …..।’ सुनिताको बोली अवरुद्ध भयो ।

रमाले पनि आँसु थाम्न सकिन रुमालले आँसु पुस्दै झ्यालबाट हातै मात्र हल्लाएर विदा भई । दुई तीन घुम्ती पार गरेर गाडी लुङतेफू सैनिकछाउनीमा एक छिन रोकियो र थिम्पू खोलाको किनारैकिनार निकैबेर गुडेपछि छुजुममा पुगेर २ जना यात्री उत्रिए । हुजुम पुल तरेपछि हा जाने र पारोतिर जाने बाटो छुट्टिन्छ । तर रमा चडेको बस भने विस्तारै थिम्पू खोलालाई छाड्दै पहाडतिर घुमेर उकालो लाग्यो ।

निकै रमाइला पहाडको दृष्यावलोकन गर्दै दुई तीनघण्टा पछि चिमाकोठी बजारमा पुगेर बस थामियो । फुन्चोलिङबाट थिम्पू जाने दूईटा यात्रीबस बिसाएर यात्रीहरू चिया चमेना खाइरहेका थिए । न्यास्रो अनुहार बनाएका पाँचजना नेपालीहरू चिया पिएर थिम्पू जाने बसमा चढे । तर रमाले चिन्न सकिन । बाटामा पुलिसले मानसिक यताना दिएको अनुभव् मात्र रमालाई भइर≈यो । रमा चडेको गाडीमा भने थुप्रै नेपाली भाषीहरू आºना बालबच्चासँग थिम्पूबाट चडेका थिए । सरकारले जागिरबाट निकालेको र निवृत्तिभरण पनि नदिएको गुनाशो एकअर्कासँग साटासाट गरेको रमाले सुन्दै आएकी थिई । त्यस्ता घटानहरूबाट पीडित बनाइएका दक्षिण भुटानीहरू धमाधम गाउँतिर फर्किरहेका थिए । आधा घण्टापछि बस यात्री लिएर ओरालो हानियो । सात घुम्ती पारगरेर छुकापुल तरेपछि पुत्लीभीरको बाटोहुँदै तक्ताकोठीतिर अगाडि बड्यो । तक्ताकोठी पारगरेपछि पहाडको पेटैपेटहुँदै चारबजेतिर खरबन्दी चेकपोष्टमा पुगेर गाडी रोकियो ।

सबै यात्रीहरू गाडीबाट उत्रेर प्रमाणपत्र देखाउँदै फेरि चडे । करिब ५ बजेको हुँदो हो फुन्चोलिङ बसपार्कमा बस रोकिएपछि सबै यात्रीहरू उत्रिएर आ–आफ्ना गन्तव्यस्थानतिर लागे । फुन्चोलिङको व्लूड्राइगन होटलमा गएर रमाले आफ्नो सरसमान थन्क्याएर बेलुकीपख एकछिन बजार घुम्न निस्किई । फुन्चोलिङको छ तले राउण्ड बिल्डिङको बाहिरैबाट अवलोकन गरी । साँझ पर्न थालेपछि पुलिसहरूको छाप्छाप्ती बड्न थाल्यो । रमा कोठातिर फिर्न खोज्दै थिई अचानक दिपासँग भेट भयो । डम्फु स्कूल पढ्दाकी साथी ।

‘ए रमा ∕ कहाँबाट झुल्किइस आज हँ ?’ ‘कहाँबाट हुनु र तैरे दर्शन गर्न नि ∕ कसोछ त चालामाला चाँहि भन्न बिहा गरिस् कि छैन ? गाउँलाई माया मारिहालिस् ।’ रमाका कुरा बीचैमा रोकेर दिपाले उत्तरमा भनी‘त्यसो नभन् न,मानिसका बाध्यता हुन् क्या यी सबै कुराहरू घरमा नै बसेरमात्रै के हुन्छ त ?’ अलिकति प्रसंग बद्लाएर दिपाले रमालाई प्रश्न गरी ‘तैले नि विहा गरिस् त ? अनि आमालाई कस्तो छ हँ सोध्नै पो …….।’

‘ठिकै छ ।’रमाले एकै शव्दमा उत्तर दिई ।

‘ ए ∕ लु हिड त जाऊँ उतै डेरामा गएर कुरा गरौंला ।’ ‘मैले त होटल बुक गरेकी छु …..।’ ‘होटल ∕ तेरो बाजे पुलिसले रातभर दुःख दिन्छ । जयगावँमा बस्नु पर्छ हामी त भित्र बस्न नसकेर जयगावँमा घर भाडामा लिएर बसेका छौं काम भित्र ग-यो बास तल बस्यो । यस्तै छ जिन्दगी रमा । अस्ती पार्टीले जुलूस गर्ने भनेदेखि नै बस्न नसकेर ……….। २६ तारिकको दिन त यो सबे विल्डिङको छतमा आर्मी लुकेर बसेको थियो । जा तेरो सामान लिएर आइज म यही पर्खीरहन्छु ।’

रमालाई दिपाले लिएर डेरामा गई ।

सरभाङखोलो पार गरेर चेकपुष्टमा गाडी रोकियो । पुलिसहरू ३÷४ जना गाडीभित्र पसे र मालसामान खानतलासी गर्न थाले । एकजनाले रमातिर हेर्दै भन्यो ‘आए तिमी उठ् त तिमी बम बोकेको छ ? हामी चेक गर्ने हो नि ।’ भन्दै रमालाई उठाएर स्तन माड्न थाल्यो । रमा नतमस्तक भई नेपाली केटीहरूलाई चेक गर्ने बहानामा आर्मी पुलिसले त्यस्तो दुव्र्यवहार गर्न थालेका थिए । गाडीका यात्रुहरू एक शव्द बोल्न सकेनन् । रमाले पनि आँसुमात्र झारी र भित्तातिर फर्किएर केके सोच्न थाली । बेलुकामात्र घरमा आइपुगी । अधिल्लै दिनदेखि मानिसहरूको चहलपपहल बडिरहको थियो । २१ सेप्टेम्वर १९९०को दिन दक्षिण भूटानका पाँचवटै जिल्लाहरूमा बिहानैदेखि प्रजातन्त्र र मानवअधिकारका नाराहरू लेखेका झण्डा, प्लेकाड,बोकेका दशौंहजार मान्छे प्रशासन कार्यालयतिर गइरहेका थिए । यातायातको अभावले २१ सेप्टेम्बरमा चिराङमा जुलूस हुन सकेको थिएन । अरू जिल्लाहरूमा जुलूस भएको खबर पाएपछि चिराङेलीहरूमा उत्तेजना बड्दै गयो र तीन दिनपछि चिराङेलीहरूले चिराङ जिल्ला प्रशासन कार्यालयमा भव्यरूपमा शान्तिजुलूस गरे । जुलूसको दिन रमा र रमेशको डम्फू जोङमा जुलूसमै भेट भयो । सँगै पढे, बडेका साथी । रमेश एकवर्ष अघि पार्टीको कार्यकर्ता भएदेखि भूमिगत थियो । त्योरात रमाले रमेशलाई घरमा लिएर जाने अठोट गरी रमेशलाई सँगै लिएर घर गई ।

बेलुकाको खाना खाए पछि भित्र कोठामा रमेशलाई ओछ््यान मिलाइ दिइ र भित्र बोलाई । रमा निकै भावुक र चिन्तित देखिन्थी । दिपकले लगाएको घाउ थाक्ने भयो भन्ने आशाले रमालाई विश्वास्थ मात्र पारेन रमेशलाई आºनो जालमा फसाउने ठूलो सौभाग्य पाई रमाले । बेलुका धेरै समयसम्म आन्दोलनका विषयमा चर्चा गरे । रमा पनि राजनीतिमा निकै चासो राख्ने गर्र्थी । रात्री सुनसान हुँदै गएपछि रमाले मौका छोपेर रमेशतिर हेर्दै भनी ‘रमेश ! म एउटा कुरा भनूँ…… ?’ रमाको बोली अवरुद्ध भयो ।

रमेशले हल्कै सोचेर जिस्किन्दै भन्यो ‘भनन रमा भन ! तिमीले भनेको कुरा के नमानेको छु र ?

‘ म तिमीसँग विहा गर्न चाहन्छु ……..।’ रमाले एक्कासि विवाहको प्रस्ताव अघि सारी ।

‘रमा तिमी के भन्दै्यौ यो ? देशको स्थिति यस्तो डमाडोल छ, हामीले थुप्रै कामगर्न अझै बाँकी नै छन्,……..।’ बीचैमा रमेशका कुरा काटेर रमाले च्याँखे थापी ।

‘नाइ रमेश ! म तिमीलाई चाहन्छु, देशको स्थिति भन्दा मलाई मेरो स्थिति ठूलोछ । मलाई अप्नाउ रमेश ! म भोकी छु, प्यासी छु, म तिमीबिना बाँच्न सक्दिन । तिमी हुन्छ मात्र भन, सबै कुराको जोहो म आफै मिलाउँछु ।

“म तिम्रो यो प्रस्ताव स्वीकार गर्न सक्तिन रमा ∕ हाम्रो अहिले विहा गर्ने अवस्था पनि त छैन ।”

रमाले रमेशको मन जितेर रोई, कराई, पसारा परी । वर्षाको झरी झैं रमाका आँखाबाट बलिन्द्र आँसुका धारा बगे । रमेश नतमस्तक भएर केके सोचिरयो । रमा पाउमा पसारा परी र घुकघुक हिक्का फोरेर रुँदै भनी “रमेश तिमी मलाई स्वीकार गर्दैनौं भने म तिम्रो नाममा आत्मा हत्या गर्छु ….।”

“त्यो के भन्दै छौ रमा तिमी ……?”

रमेशको मन अलिअलि गर्दै पग्लियो । रमाको अन्तिम विकल्प आत्महत्या भन्दा अरु कुनै थिएन । अन्तर्जातीय समस्या भएकोले रमालाई समाजबाट कुनै सहयोय मिल्ने र भरथेग गर्ने कोही देखा पर्दैनथ्यो । रमाका केश सुम्सुम्याउँदै रमेशले भन्यो–‘रमा मलाई विहा गर्ने पटक्कै इच्छा थिएन,तर एउटी किशोरीको इच्छा आकाँक्षाप्रति म बाधक बत्र सकिन । तिम्रो कोमल हृदयमा चोट पु¥याउनु भन्दा ……।’ रमेशको बोली अवरुद्ध भयो ।

रमाले आफ्नो जीवनमा आमूल परिवर्तनको महसुस गरी । रमेशको मौन स्वीकारको फाइदा रमाले त्यो रात उठाइ छाडी ।

भोलिपल्ट बिहानको चिया पिएर दुवै छुट्टिए रमा डम्फूबजारतिर बाटालागी । सदा झैं त्यो दिन बजारमा मानिसको चहलपहल थिएन । ठाउँठाउँमा प्रहरीले पहरा दिइरहेका थिए । त्यो रात गाउँमा सेनाले छापामार्ने सुंइको पाए पछि रमा निकै आत्तिई । हतारहतार ढोका बन्द गरेर रमेशका घरतिर बाटा लागी ।

रमेशले पनि आर्मी पस्ने सुंइको पाएर घरबाट विदा भइ बाटालाग्यो रमेशलाई रमाका बारेमा ठूलो चिन्ता लागेको थियो । तर दैवले बाटामा दुवैको भेट गराइदियो । गैह्री गाउँबाट चिराङडाँडाको बाटोहुँदै रातारात हिडेर सिष्टी गाउँमा पुगे । त्यो रात चिराङमा थुप्रै गाउँले मानिसहरू गिरफतार भए । यता सरभाङ, गेलेफूग, साम्ची र सामड्रूपजोङखर जिल्लातिर पनि हजारौं मानिसहरू पक्राउ परेका र थुप्रै बलात्कारका घटनाहरूको खबर गाउँलेहरूले पाए । त्यो खबरले गाउँनै आतंकको दलदल भित्र भास्सिंदै गएको थियो ।

सेनाको पिटाइ र बलात्कारबाट आक्रान्त भएका गाउँलेहरू रातारात थातबास छोडेर स–साना बालबच्चा च्यापी शान्तिसुरक्षाको खोजिमा जंगलको बाटोहुँदै मुडे, उल्टापानी, सरलपाडा, दादघारी, मालिभिट्टा, देवश्री, विजनी, कुमरीकट्टा, गुवाबारी, भाङटार, लगायत यता वंगालक्षेत्रको नोेक्सान,जीती,थालझोडा, गर्गन्डा,चमची,आदि ठाउँमा निस्केरे गाउँलेहरूका शरणमा आश्रय लिई कष्टपूर्ण जीवन बिताउन थालेका थिए । प्रत्येक राति भारी बोकेर आफ्ना बालबच्चा डो-याउँदै जंगलको बाटो भएर भारत भूमिमा शरण लिन झर्नेहरूको संख्या बडिरहेको थियो ।

मानो मुठी भीख मागेर ती अलपत्र परेका शरणर्थीहरूलाई बचाउने काम कम जोखिमपूर्ण थिएन । सबै भारतीय दाजुभाइ दिदी बहिनीहरूको सहायता लिएर शरणार्थीहरूलाई मानु मुठी अन्न दान काम धमाधम हुँदै थियो ।

माथि रातमाटे डाँडामा पाँच छ ठाउँ धूवाँ उडेको देखेपछि अर्को हुद्धा –शरणार्थीहरूको त्यसतर्फ बड्यो । डोकामा लादेका भारीमाथि स–साना नानीहरू दुईजनासम्म खापेर कसैकसैले बोकेका थिए । हिड्न सक्नेहरू झोला र फुर्लुङहरूमा केके पोको पारेर बोकाएका नानीहरूको भोक तिर्खाले न्यास्रो अनुहार बनाएर ठूलाका सहारामा हिडिरहेका देखिन्थे । ठाउँठाउँमा बास बसेको थलोमा मानिसहरूले छोडेका भाँडाकुडा कपडा, चामल भटिन्थे । घरीघरी नानीहरू रोए, कराएको चर्को आवाज निकै परसम्म सुनिन्थ्यो ।

ठुल्ठूला सुन्तोला र अलैची बगान पारगर्र्दै उकालो ओरालो हिडेकोले विरामी, सुत्केरी, बालवृद्धहरू बाटामै थला पर्नेहरूको संख्या पनि कम थिएन । सेनाले कुटेर मरणसन्न अवस्थामा पु-याएका घाइतेहरूलाई डोकामा बोकेर रातिराति जंगल पार गराउनेहरूको पनि उत्तिकै चहल पहल देखिन्थ्यो । अपाङ्ग बहिराहरूलाई बोक्न नसकेर बीच जंगलमै बास बसेका ठउँहरूमा भात पकाएर छोडिदिने गरेकोले मानवीय विपत्ति दक्षिण भुटानीहरूका निम्ति कम चुनौतिपूर्ण थिएन । सन् १९६० ताका तिव्वतबाट चिनिया शासकहरूले लखेटेका तिव्वती शरणार्थी कै दशा दक्षिण भुटानी नेपाली भाषीहरूले भोगिरहेको थिए । यस्तो दारुणस्थितिको सामना गर्नु प्रकृतिकै नियम झैं बन्दै गएको थियो । लामिडाँडामा सेनाको गोलीबाट एकैदिनमा चारजना ढलेपछि दक्षिण भूटान भरिनै आतंक सिर्जना हुँदैगयो ।

‘हरे शिव ! अब यो देशमा बाँच्न सकिदैन जस्तो छ । पर्सी हाम्रो गाउँमा सेना पस्छ रे ! अब, सबै थोक छोडेर छोरी बुहारी जोगाउनु पर्छ जस्तो छ, नत्र………?’ बीरमानले आत्तिदै भन्यो ।

‘होर दाजु तिमीलाई कस्ले भन्यो ?’हर्कसिंहले उल्टै प्रश्न ग-यो ।

‘कसले भन्नु नाई,त्यही बिर्खेले भनेको नि ! आर्मीको गाडी कुदाइहिड्छ नि उसलाई थाह हुन्छ कुरो क्या । अघि लामिडाँडा बजारमा भेटेथे“……। बीचैमा कुरा काटेर साहिलाले भन्यो ‘आए पछि त छाड्दैन पापीहरूले,लोग्ने मान्छे जति पक्रिएर झेल ठोक्छ आइमाई त एउटै छाड्दैन रे ?’

‘आ दाजु मारे पनि मारोस्,यही देशमा जन्मेको त हो । यत्तिको सबै सम्पत्ति छाडेर कता जानु र ?’

‘भाइ फटाफट मारे त बरु…….जेल बस्नेहरूको कुरा सुनेको छस् ? पछि गरिखानु सक्दैन रे ! अस्ती मन्डलले कुरा गथ्र्यो क्या । जेल पर्नु भन्दा त बरु ……। छोरी चाहि“ बचा है कान्छा ? तेरो त छोरी पनि बडेको छ । ज्यान बाँच्यो भने जा“सुकै पनि गरिखान्छ क्या । वरिपरि छिमेकी सप्पै हिड्न तात्तिदै छ ।’ हर्केले बलेको आगोमा तेल खन्याइदियो ।

‘ओए उगेन जा त ङोलोपलाई बोला ?’ ‘ल्हासो डासो ।’ रातिको ८ बजेको हुँदोहो बाहिर दुइजना पुलिस ढोकामा उभिए र पल्याक पुलुक हेर्दै एकजनाले कारागारको साँचो खोल्न थाल्यो । भर्खरैमात्र सेनाको पिटाइबाट मरणसन्न अवस्थामा पु-याएको मण्डलतिर हेर्दै हवलदारले भन्यो ‘ओए भाग्छ है, ङोलोप भाग्यो भने त हामी ठिम(सास्ती)पाउछ नि आजु आएको ङोलोप तिमी हो ? तिमी बाहिर आइज डासोले बोलाएको छ ।’ भन्दै हातमा समातेर बाहिर निकाल्यो र दुईफुलीवालाकामा पु-यायो ।

‘ओए तिमी त गप होइन ? तिमी व्लकको मान्छे नेपाल पठाउन सकेन होगि ।’

‘मान्दैन डासो ………।’ रुँन्चेस्वरमा उत्तर दियो बलबहादुरले ।

‘तिमी आस्ती भनेको होनि यो देश डुक्पाको हो भनेर तिमी देश नेपाल हो, गिरिजाले गाई, भैंसी, खेत, घर दिन्छ भन्दा मानेन आबो पुलिसको डण्डा खाएर झेलमा बस् ल । तिमी भेट्न ङोलोप कति आउँछ नढाटी भन् त ? पैसा कति उठाएर पार्टीलाई पठायो ?’

‘छैन हजुर ! म त थिम्पू गएको थिएँ जुलूसको समयमा ……।’

बलबहादुरको बोली नटुंगिदै दुईफुलीवालाले बुटले एक्कासि छातीमा हिकाएर भूइमा ढाल्यो । र पुलिसतिर हेर्दै भन्यो ‘ओए यो ङोलोपलाई चेपुवा र करेन्ट लगा त ?’

पुलिसको चरम यातनाबाट बलबहादुरको मृत्यु भयो ।

‘यो त मरेको जस्तो छ डासो ।’

‘ओए म¥यो उ त्यो बोरा काटेर ले र यस्को घाँटीमा बाँधेर लेटिनमा झुण्ड्याउनु पर्छ भोलि उसको बूरीलाई देखाउनु पर्छ ल ।’

यसरी पुलिस र सेनाको दमन तथा यातनाबाट आक्रान्त भएका दक्षिण भुटानीहरूले आफ्नो जयजेथा छाडेर रातारात भाग्नु पर्ने बाध्यत्मक स्थिति सिर्जना भए पछि गाउँ छोडेर भाग्नेहरूको संख्या बडिरहेको थियो ।

गाउँमा लुटपाट धडपकड बलात्कार जस्ता अनेकौं हिंसात्मक गतिविधि उत्तिकै रूपमा बड्दै गएकोले दिन पछिको रात बिताउन द्यौद्यौ परिरहेको थियो ।

बीरमानले पञ्चमानतिर हेर्दै भन्यो ‘दाजु यो पाकेको धान,गाई बस्तु कसरी चट्ट छाडेर हिड्नु ? मनले मान्दैन ? हेरन पल्लो गाउँको मान्छे हिडेपछि त गाई, बाख्रा, कुकुर, विरालो सप्पै मेरोमा थुप्रिएको छ । रातभरि कुकुर रोएर उज्यालो पार्छ । गाई ८० वटा पुगिसक्यो ।’

‘भो भो यो सब छोडदे,अघिराति कता सक्यो कुन्नी रातभरि बन्दुक पड्काएर अकासै भरी बिजुली बालेको थियो । बन्दुक पड्काएर विजुली बाल्दै आउँछ रे (भेरीलाइट) । सरभाङ,गेलेफुग्तिर कुटीकुटी खेदायो भन्थ्यो । डुङपा मारेछ नि अनि त झन् ………।’ अझ अगाडि थप्तै पञ्चमानले भन्यो ‘मेरो खुसीले देश छाड्छु भन्नु लगाउँ“दै फोटो खिचीखिची खेदाउँ“दै छ रे । नरबहादुर सियो लिन आएको भन्थ्यो हिजो भेट्टाए“थेँ । बिचरा ! सियो पनि दिएन दाजु मलाई त सात नम्बरमा राख्यो, भन्थ्यो ।’

‘अँ फारम भर्नेहरूको पनि जेल बसेको,नानी पढाएको,फेटोको,दवै खा’को २÷२ हजार कटाएर दियो भन्थ्यो । यस्तो मुलुकमा कति दिन कसरी बाँच्ने र अब ?’

तीनदिन पछिको कुरा हो । गाउँमा सरकारले ठूलो आतंक पैmलाएर कतिपय गाउँहरू पूरै खाली भैसकेका थिए ।

गाँका विद्यालय र स्वास्थ्य केन्द्रहरूमा सैनिकहरूले पकड जमाएर रातिराति गाउँमा छापामार्ने मानिस धडपकड,लुटपाट,बलात्कारको क्रम प्रतिदिन बड्दै गएको थियो ।

तल सिमलटारबाट केशरमान उकालो लागेको देखेर जमानसिंहले साथीलाई देखाउँदै भन्यो ‘हेर त ऊ त्यो तल सिमलटारबाट उकालो लागेको गाउँबूढो जस्तो छ । लौ मा-यो आजु के बेगार लगाउने हो कुन्नी ? गेलेफुगतिर त मान्छे खेदाएर घर पोल्नु लगाउँछ अरे । अनि हरियो स्याउला ल्याएर त्यो माथि रोप्नु लगाउँमछ भन्थ्यो ।’ भेला भएका सबै त्यतै एकोहोरिएर हेरिरहे ।

‘गाउँबूढा देख्यो कि आजकल मुटु चीसोभएर आउँछ । अब घर भत्काउने हो कि,जोङमा ढुंगा ओसार्ने हो ……..।’ बीचैमा कुरा काटेर केवलले थप्तै भन्यो ‘पक्कै पनि सेन्सेस भन्न आएको हुनुपर्छ । हिजो गैह्रीगाउँको पालो छ भन्थ्यो,आज हाम्रो पालो होला ?’

बिहानको घाम भर्खरै सर्दैसर्देै सुनकोश किनारतिर झर्दै थिए । पुषको जाडो निकै तिखारिएर भित्र मुटु नै कपाइरहेको थियो । ५÷७ मिनेट पछि केशरमान टुप्लुक्क आइपुग्यो ।

‘भित्र आउ है दाजु,यति विहानै जाडोमा कता नि ?’जमानसिंहले प्रश्न ग-यो ।

‘ कता हुनु नि भाइ,उही त हो नि ! आज १० बजे सबै परिवार लिएर आर्मीको अड्ढामा जानु रे ? अनि पालैपालो आर्मीको भात पकाउने भान्से पाँचजना केटी पठाइदिनु भनेर मण्डलाई चिठी दिएछ । अब त हदै भयो क्या बोलूँभने ज्यान जाने डर नबोलूँभने ……।’ केशरमान जाडोले मुटु कपाउँदै मूढामा बसेर बर्बराउन थाल्योे ।

‘मा-यो कहिले महिनौं दिनको बेगार,कहिले हाँजिरी,कहिले रातिको डिउटी,कहिले घरभत्काउने बेगार र कहिले सेन्सेस् । अब त छोरी बुहारी नै माग्न थाल्यो । यस्तो त कुनै मुलुकमा पनि छैन होला ? यति गरेर पनि बस्नु पाए त हुन्थ्यो सेन्सेस्मा ७ नम्बर पारिहाल्छ ।’ अझ अगाडि थप्तै भन्यो ‘तिमीहरूले सुनेको छौ ? १० जना १५÷१६ बर्षको केटीहरू आर्मीलाई काम धन्दा सघाउन पालैपालो पठाईदिनु भनेर मण्डललाई चिठी दिएछ । पठाएन भने मण्डललाई लगेर कुटीहाल्छ,कानुन उनीहरूकै मुखमा छ । बोल्नु हु“ँदैन । बिचरा ! कालु मण्डल रातिनै भागेर लापत्ता भयो । अब हाम्रो मण्डल पनि भाग्छ होला । बलबहादुरलाई कुटेर मा¥यो अनि झुण्डाएर उसको बूढीलाई देखाए पछि कालगतिले मरेको भनेर सही छाप गर्न लगायो । लाश पनि दिएर ।’

केशरमानका कुराले सबै छक्क परे । ‘वास्तविक्तालाई नकार्न मिल्दैन । यस्ता घृणित घटनाहरू लाखैं नदोहोरिएका होइनन् । नेपालीहरूको अनुहार नहेर्ने राजाले प्रतिज्ञा गरेको राष्ट्रमा के हुन बाँकी र≈यो होला र ?’जमानसिंहले जवाफमा भन्यो । ‘भो–भो जति कुरा ग-यो कुरैको दुःख । हामीले नजानेको नभोगेको छैन । यी कथा व्याथा भन्न थालियो. भने ढुंगो रुँन्छ भाइ ? बरू अलिछिटो जाओ है, ढिलो भयो भने निहू“ थापीथापी ठिम दिन्छ क्या ! ठिम (सझाय) । ल म हिडे“ थुप्रै ठाउँ“मा जानु छ ।’ भन्दै केशरमान बाटा लाग्यो । दक्षिणभूटानमा जुलूस भएपछि दक्षिणभूटानका सबै स्कूलहरू खाली गरेर सैनिक राखिएको थियो । सैनिकअड्ढामा नै जनगणना गर्ने स्थल भएकोले मानिसहरू पालैपालो जम्मा हुनेगर्थे ।

‘ओए आमा ∕ नाम के हो भन् त ?’आर्मी ओफिसरले दिलमायातिर हेर्दै हपारेर सोध्यो ।

‘दिलमाया’

सानो स्वरमा छोटो उत्तर दिई दिलमायाले ।

‘तिमी बूरा काँ’पठायो ? हाम्रो आर्मी मार्न ? तिमी ङोलोपको बूरी हो ? नानीहरू कति छ ? हाम्रो राजाले मान्यो भने त हामी एकरातमै सखाप पार्ने थियो ।’

‘कहाँ पठाउनु हजुर,तपाइँ“हरूले नै जेलमा राखेको छ….।’ एकछिन् रोकिएर फेरि भनी ‘नानीहरू पाँचजना छन् ।’

तिमी बूरा ङोलोप (आतंककारी) हो । पार्टीलाई पेसा कति दियो ? नढाँटी भन् ? अस्ती बम पर्काउने तिम्रो बूरा हो ?’सैनिक ओफिसरले दिलमायालाई झम्टिदै भन्यो ।

‘केको पैसा दिनु,….दिएन ….।’ दुवै हात जोडेर दिलमायाले छोटो उत्तर दिई ।

‘तिमी ढाँट्दै छ ऐले भेट्छ ल ? सरकारको कानुन थाह छ ? खै सेन्सेस् खाता,रसिद,फोटो ले त ? नानीहरू खै , ल्यायो ?’

बोली लर्बराउँ“दै दिलमायाले भनी ‘ल्यायो हजुर यिनै हुन् नानीहरू ।’

‘कतिकति बर्ष हो ? हाम्रो देशमा आतंक गर्न यो नानीहरू थुप्रै जन्मायो होगि ?’

‘यो १० बर्ष यो ८ बर्ष’ भन्दै दिलमायाले सबै बताई ।

तिमी बूरा ङोलोप् रछ हैन ? अब तिमी यो देशमा बस्नु पाउँ“दैन ल ? नानीहरू लिएर नेपाल जानु हामी तिम्रो बूरा पनि जेलबाट छाडिदिन्छ । यो सरकारको रसिद,नागरिक्ता हो, अब तिमी पाउँदैन ल ।’

‘जादि“न म नेपाल सेपाल मेरो देश यही हो………….।’ दिलमायाको बोली नटुंगिदै ओफिसर झोक्किदै उठ्यो र भन्यो ‘अब तिमी सातनम्बरमा पर्छ ल मुख चलाउँदैछ, यो देश कस्को हो तिमीलाई थाहा छ ? यहाँ सही गर् ? सरकारले बाटो खर्च दिन्छ ।’ दिलमाया एकछिन् अटेर गरेर बसिरई ।

सेनाले लछार–पछार पार्दै फारममा सहीछाप गर्नलगायो र केही रकम हातमा थमाए पछि अलिक मलिम स्वरमा भन्यो ‘आमा सरकारको कानुन यस्तै हो । राजाको दयाले यो पेसा दिएको छ । पेसा थापेर हाँस्नु, नाच्नु गीतगाउनु पर्छ ।’ दिलमाया बेहोस भैसकेकी थिई ।

अर्को एकजना सैनिक आएर भन्यो ‘म मेरो खुसीले यो देश छाड्दैछु’ भन् दिलमायाले रुँन्चे हाँसो हाँस्तै भनिदिई । फोटो खिच्ने र भिडियो रेकडगर्नेहरू गरिरहेका थिए । एकछिन पछि ओफिसरले भन्यो ‘अब जा ल आमा आजु राति मात्र बस्नु पाउँछ ल ? भोलि हाम्रो आर्मी आउँ“दा भेट्यो भनें…………..?’

दिलमायाको बोली अवरुद्ध भयो । मुटु भक्कानिएर आयो, उस्ले आँसु थाम्न सकिन घोप्टो परेर आँसु पुछ्दै काखको नानी च्यापेर अरु नानी अघिपछि लगाउँदै घरतिर बाटा लागी ।

रातको ११ बजेको हुँदोहो बाहिर आर्मीको बुट बजेको आवाज आयो । एकछिन पछि घरमा टर्चको उज्यालो पिलिक्पिलिक बल्दै थियो , एक्कासि ढोकामा बन्दुकको दवासले हिर्काउँदै ‘ओए ङोलोप ! दैलो खोल ।’

‘घरमा ठूलो मान्छे छैन…………..।’ मात्र भन्न भ्याई राधिकाले ।

दैलो फुटाएर सेना भित्र पसिसकेका थिए । राधिका उठेर बत्ती बाली । एकजनाले बत्ती निभाउँदै भन्यो –‘तिमी बूरा खोई ?’

‘छैन सियो लिन चिराङ गएको छ ।’

‘ तिमी बूरा छैन हामी बूरी छैन , तिम्रो बूरा ङोलोप काम गरेर दुःख दिएर दिएर हामी बूरी भेट्न जान पाएको छैन,तिमी हाम्रो बूरीको काम गर्नु पर्छ ल…….।’ भन्दै राधिकामाथि जाइलाग्यो । राधिकाले प्रतिकार गर्न खोजी तर सकिन । भोलिपल्ट गाउँलेहरूले बोकेर अस्पताल पु-याए ।

सन् १९ ८५ पछिका दिनहरू दक्षिण भुटानीहरूका निम्ति विडम्बना नै सावित हुँदै गए । गाउँगाउँमा छापा मार्नु नागरिक पक्राउ गरी जेल चलान गर्नु,लुटपाट,बलात्कार,हत्या आदि हिंसात्मक गतिविधिहरू सेनाका निम्त दिनाचार्य नै बन्दै गयो । जनताले शान्ति सुरक्षाको प्रत्याभुति पाउन सकेनन् पाकेको अन्न,बाली,बस्तु भाउ,धन सम्पत्ति छाडेर आनो ज्यान बचाउन रातारात भागदौड मच्चिर≈यो । यो कुनै काल्पनिक कुरा होइन भुटानी नागरिकले भोगेको निरंकुशताको निर्मम प्रहार थियो ।

भाग ४

त्यही समयको कुरा हो हजारौं सैनिकहरू सुरे डाँडामा जम्माहुँदै थिए । बेलुकाको चार बजेको हु“दो हो । सुरे डा“डामा सानो बजार भए पनि महत्वपूर्ण मान्थ्यिो । बजार जाने मानिसहरूलाई द्वेषपूर्ण नजरले सैनिकहरू हेरिहरेका थिए । गाउँलेहरूमा ठूलो संत्रास छाएको थियो । त्योरात गाउँलेहरूका लागि जीवनको अन्तिमरात भन्ने लागिर≈यो । अघिल्लोरात छेवैको रङखोलाको पुलमा विस्फोटन भएकोले गाउँनै आतंकित र त्रासिद भएको थियो । दुई चारजना अग्रपंत्तिमा देखिएका मानिसहरू वरपर सरेर ज्यान बचाए ।

रातिको १२ बजेको हुँदो हो । एक्कासि दैलोमा आवाजसँग रूखो स्वर सुने ‘ओए ङोलोप् दैलो खोल ?’ बन्दुकको दबासले दैलोमा हिर्काएको अवाज सुनेर कृतिमानले बत्ती सल्काए अनि दैलो खोलिदिए ।

चारपाँच जनाको हुँद्धा सरासर भित्रपस्दै भन्यो ‘पुलमा बम पड्काउने तिमी नै हो ? ओए कर्मा यस्लाई बाध् ? घरमा बम राखेको छ ? ओए बूरी चाबी ले त ? पैसा कति छ ? छोरी कहाँ सुतेको छ भन् ? फूलमायाले डराउँदै चाबी झिकेर दिई । तर सेनालाई त्यतिले मात्र सन्तुष्टी भएन । एकासि आमा छोरीमाथि नै जाईलागे ।

फूलमायाकी छोरी चम्फा १६ बर्ष मात्र पुग्दैथिई । फूलमायाले प्रतिकार गर्न खोजी रोई,कराई गुहार मागी तर केही सीप चलेन ऊ लुछिई,लुटिइृ,बलात्कृत भई्, र बेहोस अवस्थामा लडिरही । सैनिकले पाता फर्काएर बाधेका कृतिमान त्यो दृष्यावलोकन हेर्न नसकेर बाहिर सिकुवामा नै मुर्छा परेका थिए ।

त्यो रात प्रत्येक घरबाट लोग्नेमान्छे जति पक्रिएर सेनाले कप्जामा पारेका मानिसहरूलाई रातभरि बाधेर सुरेडाँडामा राखिएको थियो । अरु थुप्रै ठाउँका मानिसहरू लुटपाट र बलात्कारका शिकार भएका थिए । एक अर्कासँग जोडेर पछाडि हात फर्काएर बाँधेका मानिसहरू बाँकी रात त्यहीं बिताए पछि भोलिपल्ट गाडीमा धमाधम गेलेफुग्तिर ओसार्न थालियो । लगत्तै भोलि गुवाङडाँडातिर आर्मी पस्ने हल्ला गाउँमा सन्सनी फैलिरहेको थियो । सुरेका घटनाले भयभित भएका गाउँलेहरू रातारात बालबच्चा च्यापेर जंगलको बाटोहुँदै भारत भूमिमा निस्किए ।

केही दिन पछिको कुरा हो । ललाई धापमा अचानक राति बम बिस्फोटन भयो । गाउँलेहरूलाई सेनाले ललाई बजारमा जम्मा गरी निर्घात पिटेर मर्महत बनाए पछि गाउँनै छाडेर भारततिर शरण लिन पुगे । ती भाग्नेहरूका घर भत्काउने र जलाउने कार्यमा सैनिकहरूले गाउँलेहरूलाई नै बेगार (निशुल्क श्रमदान) लगाएर फोटो खिच्ने कार्यहरू धमाधम भइरहेको थियो । भारत प्रवेश गरेका शरणाथीहरूलाई भारतीय प्रहरीले छापामारी भूटानलाई सुपुर्दगी गर्नेकार्य पनि उत्तिकै रूपमा बडिरहेको थियो ।

यता साम्ची,सिव्सू,दोरखा,देन्चुकातिर पनि यही प्रकृतिका घटनाहरू दोहोरिरहेका थिए । पक्राउ गरी लगिएका नागरिकहरूलाई सेनाले कुटेर घाइतेमात्र बनाएका थिएनन् कतिपयलाई शारीरिक एवं मानशिक यातना दिए भने कति कैदीहरूलाई जेल भित्रै झुण्डाएर हत्यासमेत गरिएको थियो । प्रदर्शनमा भाग लिएको आरोपमा दशौं हजार कैदीहरू खूनका पोखरीमा डुबेर जेलभित्र काल पर्खिरहेका थिए ।

केही पछिको कुरा हो । दक्षिण जिल्लाहरूमा राजाको भ्रमण भयो । थुप्रै गाउँलेहरू मिलेर राजालाई बिन्तिपत्र चडाउन तम्तयार भएका थिए । र, कतिपयले बिन्तिपत्र चडाए पनि । राजाबाट काशो (रादानीपत्र) पनि पाए । राजाको फिर्ती सवार पछि विन्तिपत्र चडाउने मानिसहरू खोजीखोजी प्रशासनले यातना दिन थाल्यो । गाउँका तालुकदार मानिएका मने र जसे राजा भट्न थिम्पू जाने मतो गरी थिम्पूतिर बाटालागे । खरबन्धी चेकपोष्टमा पुगेपछि प्रहरीले रोकलगाएकै कारण फिर्नुप-यो । डुलफिर गर्न प्रशासनले प्रतिबन्ध लगाएको थियो । एन्.ओ.सी. (अनुमतीपत्र)प्रहरीबाट नपाएकाहरू डुलफिर गर्न प्रतिबन्धित थिए ।

गाडीमा यात्रा गर्दा डुक्पा जातिका मानिसहरू बसिसकेपछिमात्र नेपाली भाषीहरूको पालो आउँथ्यो ।

अर्को तीनजनाको टोली बल्लतल्ल छिरेर थिम्पू पुग्यो । महिनौं दिनसम्म कुर्दा बल्ल राजा भेट्ने अवसर प्राप्त भयो । थुप्रै डुक्पाहरूसँग तीनजना नेपालीहरू मिसिएर राजदरवार भित्रपसे । डुक्पाको पालो सिद्धिएपछि बल्ल नरध्वजले राजासँग आºनो गुनाशो पोख्न पाइने भो भन्नेठानी उत्सुकता पूर्वक अघिबडे । नरध्वजको पालो आएपछि राजा भित्तातिर फर्किए,पछाडिबाट नरध्वजले दर्शन गरे । जोङमा नेपाली बोल्नु हुँदैन जिम्पोनले (राजाका (सचिव) नरध्वजका कुरा डराउँदै राजालाई सुनाइदिए । राजाबाट बल्ल हुकुम बक्सभयो ।“केवाकोप्चा हेरेर दिनु गृहमन्त्रालयबाट”(छेउकुना वा पारिवारिक प्रकृति हेरेर) तीनै जनाको बेथा एउटै थियो । उनीहरूको जिज्ञासा गृहमन्त्रालयमा पुग्यो । हप्तादिन पछि गृहमन्त्रालयले बोलाएर खामबन्द चिठी हातमा थमाईदियो । चिठीको बाहिरी जोङदा (सी.डी.ओं) लाई सम्बोधन गरिएको थियो ।

तीनैजना अब देशमा बस्न पाइने भो भन्ने ठानेर ढुक्कमान्दै घरतिर फर्किए । सरासरी चिठी ल्याएर जोङदाको हातमा थमाइदिए र घरतिर बाटालागे ।

बेलुकाको सातबजेको हुँदो हो । आँगनमा आर्मीको बुट बज्यो । नरध्वज निक्कै झस्किए, दुईफुलीवालासँग दुईतीन जना सैनिक सरासरी भित्रपसे । एकै छिनमा निकै डरलाग्दो स्थिति सृजना भयो । अब सैनिकले पक्रिने रछ भन्ठान्यो नरध्वजले । भित्र पसेपछि चारैतिर नजर डुलाएर दुईफुली वालाले भन्यो ‘गृहमन्त्रिबाट चिठी लिएर आउने तिमी हो ?’

‘हो हजुर’डराउँदै मलिमस्वरमा नरध्वजले उत्तर दियो ।

‘अब तिमी जेल बस्छ कि देश छाड्छ ? आजरातभरिको टायम पाउछ ल ?’हामी भोलि आउँछ हेर्न’ भन्दै फटाफट बाटालागे ।

विचरा ∕! नजवाफ भयो नरध्वज । बोली रोकियो, निकैबेर पछि नरध्वजको मुखतिर हेर्दै पवित्राले भनी ‘अब भाग्नु सिवाय हाम्रो अर्को विकल्प छैन । अब भारीतारी मिलाउनु पर्छ ।’ भन्दै फटाफट मिलाउन थाली । रात्री सुनसान हुँदैगयो ।

नरध्वज अघिअघि पवित्रा पछिपछि भारीसँग नानीहरू च्यापेर सुमुसुमु बाटा लागे……………।

सेनाले लोद्राई जेलभित्र भर्खरैमात्र तीनजना कैदीको निर्मम हत्या गरी दक्षिण भुटान नै आतंकित बनाएको थियो । ती मारिएका कैदीहरूको लाशसम्म पनि परिवारलाई दिइएन । अझ उल्टा परिवारलाई नै बलजती फारम भर्न लगाई देशबाट लखेटिनेहरूको भिडाभिड चलिरहेको थियो । ती लखेटिनेलाई सहारा दिन कोही पनि मान्दैन थिए । सहारा दिएको सरकारले थाह पाए उनीहरूसमेतलाई लखेट्ने भयले स–साना नानीहरू, वृद्धवृद्धा, सुत्केरी, विरामी असक्त मानिसहरू समूह–समूहमा भेला भई जंगलमा बास बस्तै दुई तीनदिन लगाएर गाडी चड्ने ठाउँमा पुग्थे । बर्मेली शासकहरूले वर्माबाट खेदेका नेपाली भाषीहरूले जुन दशा भोगेका थिए । दक्षिण भुटानीहरूले पनि त्यो भन्दा कम पीडा भुटानी शासकहरूले नभोगाएका होइनन् ।

सैनिकहरूले जाँच गर्ने बहाना बनाएर किशोरीहरूको स्तन छामिदिने र गुप्ताङ्गहरूमा बन्दुकको नालले घोचिदिने र कतिपय ठाउँहरुमा लुगा खोल्न लगाएर इज्जत लुट्ने जस्ता निकृष्ठ कार्यहरू पनि दक्षिण भुटानीहरूले भोगेका छन् ।

भाग ५

वर्षाऋतुको आगमनसँगै लामु झरी परिरहेको थियो । देशबाट लखेटिएका मानिसहरू भारतभूमिमा अलपत्र भएर जताततै छरपष्ट छरिइ आत्मारक्षाको खोजिमा जोखिम्पूर्ण स्थिति भोगिरहेका थिए ।

वंगालको गर्गण्डामा एकीकृत भएर भूटानी आन्दोलनलाई अघिबडाउने कार्य हुँदाहँुदै अचानक भारतीय प्रहरीहरू गाडी लिएर आए र फटाफट गाडीमा मान्छे उठाउँदै नेपाल भारत सीमा मेचीमा ल्याएर छोड्न थाले । शरणार्थीहरूले त्यो विशाल गणतान्त्रिक राष्ट्र भारत भूमिमा शरण लिन पाएनन् । ती शरणार्थीहरूलाई मेचीपूलमा थुपारेपछि ठूलो मानवीय संकट उत्पत्र भयो ।

बाल बालिका,वृद्धवृद्धाहरू भोक प्यासले छट्पटाइ मरणोसँन्न अवस्थामा पुगेका शरणार्थीहरूलाई नेपालका उद्योगपति,वुद्धिजीवीहरूले उद्धार गरी माई नदीका किनारमा लगेर राख्ने कार्य धमाधम भइरहेको थियो । भारत सरकारले भूटानी आन्दोलन कर्मीलाई तितर वितर पारेपछि सबै भूटानीहरू छरपष्ट भएर छरिन पुने । रमेश र रमा त्यहाँबाट पूर्वतर्फ बाटा लागे ।

बेलुकाका घाम डाँडामा धमाधम अस्ताउँदै थिए । रमा र रमेश बसबाट उत्रिएर रिक्सामा चडी प्लेटफामतिर लागे । न्यूबगाइ स्टेसनबाट राति ७.३० बजेको अरुणाचल एक्सप्रेसमा चड्ने यात्रीहरूको निकै घुइचो बड्दै थियोे । रेलले लामो सिटीबजाए पछि यात्रीहरू भिडाभिडसँग रेलमा चड्न थाले । केहीबेर पछि रेल आफ्ना गतिमा अघि बड्यो । रमेश र रमाले पनि सबैका सारमा हात हल्लाएर बगाइगाँवलाई विस्तारै छोड्दै गए ।

‘आ ! कत्ति कराउन सक्या होला ! बिस्तारी बोलाए पनि त हुन्छ नि !’ भित्र कोठाको धन्दा छाडेर रमा भुत्भुताउँदै बाहिर निस्की र भनी– ‘किन बोलाउनु भा’को ?’रमाले भर्केर रमेशलाई प्रश्न गरी ।

रमेश घोप्टिएर उपन्यास लेखिरहेको थियो । पुलुक्क रमाका मुखतिर हेरेर मुसुक्क हाँस्दै भन्यो ‘हन भात पाकेन ? भोकले भूँडीमा मुसा कुद्न थाले ………..?’

रमेशको बोली नटुङ्गिदै तातोतेलमा पानीका छिटा परेझैं रमाले छुरा जस्तो मुख फड्कार्दै भनी–‘केकेन भएजस्तो !

आत्तिएर कराउनु पर्छ त ? पाके पछि त बोलाउन जानेकै छ नि ! एक छिन रोकिएर अगाडि थप्तै भनी– ‘ठूल्ठूला साहित्यकारलाई त निद्रा, भोक केही पनि लाग्दैन भनेको सुनेकी थिएँ । खान, सुत्न नै बिर्सिनेलाई के को भोक …………..?’

रमेशले कापिको पाना पल्टाउँदै भन्यो,–‘हो रमा हो ! उहिल्यै सत्यता थियो,श्रीमती पतिव्रता हुन्थिन् अनि भोक निद्रा सबै विर्सिन्थे । अहिले त आँखा झिमिक्क पा¥यो कि श्रीमतीलाई कुन रेष्टुरेन्टमा खोज्न पुग्नु पर्छ । अनि त…………।’

रमेशका कुराले रमा झस्किई, भित्ताको घडीले टिङटिङ गर्दै ९ बजेको संकेत ग-यो । रमेशको ब्याङ्ग्याले रमाको छाती निसासिए झैं भयो । अनुहार रातो पारेर दुई पाइला पछि सरी र केहीबेर ठिङ्ग उभिएर रमेशलाई हेरिरही । रमेश फेरि कल्पनामा डुबिसकेको थियो । ‘नारी हृदय कोमल हुन्छ ।’ रमेशले भनेको दोहो¥याई तेह¥याई सम्झी र सरक्क भित्र पसी ।

भित्र पस्दा ड्रेसिङ टेबलमाथि रमाका आँखा पुगे । बर्बर झरेको आँसुका ढिक्का पुस्तै मनमनमा भनी— “रमेश नमानेको भए मैले चिताकुर्नु सिवाय के नै थियो र ? यतिका बेरसम्म मैले खाजा पनि त दिएकी छुइन । परदेशको ठाउँ फेरि उसलाई मैले नै भगाएर ल्याएकी हूँ ।

उ त लेखक हो,लेखकहरू यस्तै हुन्छन् क्यारे ! कल्पनामा भावुक भएर लठ्ठिने ! अँ रमेशलाई मसँग दिपकको शिशो छ भत्रे पनि त थाह दिएकी छुइन । आ ! शंकाका डोरीमा झुण्डिएर नादानी कमाउनु भन्दा त ……..।’

मनमनमा कुरा खेलाउँदै रमा चुल्हातिर लागी । आँगनमा परेवा घुर्दै ठुँगाठुग गरेर चारो टिप्ने होडबाजी मच्चिएको रमाइलो दृष्य लेख्न बिसाएर रमेश हेर्न थाल्यो । बिहानको घाम सर्दैसर्दै बलेँसीतिर पुग्दैथिए । एक्कासि रमेशको आँखा पूmलबारीमाथि पुगे । आँगनको वरिपरि सयपत्री र रातो चित्तुचाँगे ढकमक्क फुलेर योवनको शोभा प्रदर्शित गरिरहेको थियो । रमेशलाई अघिल्लो साल तिहार मानेको सम्झना आयो । दिदीले भाइटीका लाइदिएकी थिई । रमेशले मनमनमा भन्यो–‘रमाका माइती छैनन्, बिचरी …….! यति टाढा भागेर आई, (मुग्लान) यी मधिसेहरू पैसा टिप्न वाहेक ……!’ एकछिन रोकिएर फेरि भन्यो ‘जोसले होसै निलेपछि पछुतो सिवाय के नै …..।’

घर मालिकिनी बाहिर निस्किई, ठूलाठूला गाला कालोवर्णकी होचीहोची ठूलो चश्मा लगाएकी आधासरो केशफूलेकी वंगालिनी । रमेशले पलुक्क हेरेर दुर्वै हातजोडी ‘नमस्कार’ भन्यो । रमेश त्यो घरमा बसेको पनि महिनै बितिसक्यो तर मालिकिनीसँग बोलचाल भएको थिएन ।

‘हजुर यसो के–के लेख्ने बानी, खाली हात बसेर पनि समयको बरवाद मात्र हो ।’ रमेशले मालिकिनीका मुखतिर हेर्दै भन्यो ।

मालिकिनी मुसुमुसु हाँसीमात्र उसले रमेशका कुरा बुमिmन । मालिक भनें नेपाली भाषा बुछ र अलिअलि बोल्छ पनि ।

रमाले भित्रबाट बोलाए पछि रमेश भित्र पसेर खानाखान थाल्यो । रमेश फस्र्याइलो र हँसिलो स्वभाव भएकोले रमातिर हेरेर जिस्किंदै भन्यो, ‘रमा तिमी पनि खाऊ न, यहाँ तिम्रो सासु ससुरा छैनन् कयारे !’

रमाले टाउको मात्र न्यू-याई, केही उत्तर दिइन । रमेश खाना खाइसकेर बाहिर बरन्डामा बसेर मनमा केके सोच्तै ब्रह्मपुत्रतिर हेरेर मनमनमा भन्न थाल्यो–‘यो ब्रह्मपुत्रले पनि कति ठाउँ ओगटेको,अघि नेपालीहरू यस्कै किनारमा गाई,भैंसीका गोठ पाल्थे रे ! अहिले भने यत्रो शहरमा नेपालीको छावा छैन ।

यहाँका नेपालीहरू कतासरे होलान् ? मुग्लान पसेका नेपालीलाई भने सरापै परे बराबर भयो बरा ! यसो मह लगाउन खोज्यो धूँवाको मुस्लो लिएर आउनेहरू मात्र छन् । बाबु बाजेले कमाएको पौरखसम्म भन्न नपाएका नेपालीहरूले सबै जातिसँग हेपिएर नै बाँच्नु पर्ने कस्तो विडम्बना ।’

रमेशको मन बहकाउन थाल्यो,‘सरकारले यतिका मान्छे लखेटिसक्ता पनि हामीले त्यसको जवाफ दिनसकेका छैनौं ।

लडाइ नै नभै कुन देशमा प्रजातन्त्र आएको छ र ? हाम्रा नेताहरू शान्तिशान्ति भन्छन् । सरकारले शान्तिको फाइदा उठाएको थाहै छैन । हैन मैले रमालाई लिएर हिडनु नहुने, तर के गर्ने भारतले सबै शरणार्थी नेपालमा थुपा-यो नेता लडाई भनेपछि हरियो ओठ बनाएर थर्थर काप्न थाल्छन् । दुईचार सय जवानहरूलाई तालिम दिए त ……। सरकारले ज्यादती गर्दा हुन्छ …….। जनताले त्यस्को प्रतिरकार गर्नु चाहिँ आतंकबाद …आजकल शक्तिका सामु वुद्धि टिक्तैन,शक्ति ढाल्न शक्तिकै सञ्चय गर्नु पर्छ । अमेरिकाले पनि शान्तिका लागि शक्तिको सञ्चय गरेर नै निरंकुशता विरुद्ध बम बर्साइरहेको छ । भुटानले यत्रो मान्छे देशबाट लखेट्यो अमेरिकाले केही गर्न सकेन । सायद विशाल गणतान्त्रिक राष्ट्र भारतका काखमा छ भनेर होला । तर यतिका राष्ट्रमा बम बर्साउँदा पनि शान्ति कायम हुनु पर्नेमा अझै आतंक मच्चिने क्रम बडिरहेको छ । शक्तिको अघि शक्ति नै जुधाउनु पर्छ नत्र …….। अब दुई चार महिना बिताएर शक्तिसञ्चयतिर लाग्नु पर्ला ?’ अँ साँची रमालाई आज ब्रह्मपुत्र देखाउन लानु छ, अबेर गरियो भने फर्किन गाह्रो हुन्छ ।’ रमेशले मनमनमा कुरा खेलाउँदै भन्यो ।

‘रमा ! ए रमा !’

भित्रबाट सानो स्वरमा रमाले ‘हजुर’ भनी ।

‘आज ब्रह्मपुत्र हेर्न जाने भन्या हैन, लु छिटो गर ।’

रमा कुर्था,सुरुवाल लगाएर एकछिन पछि बरन्डामा निस्किई । रिक्सावालाले सानो बस्ती पार गराएर उत्तरपूर्वतिर मोड्यो । निकै रमाइलो धानखेत कतै स–साना गाउँ भित्रभित्र रिक्सा छिराउँदै मधिसेले करिब एकघण्टा गुडाए पछि ब्रह्मपुत्रको किनारमा बल्ल पु-यो र रिक्सा किनार लगाएर विसायो । दुवै उत्रिए । रमेशले खल्तीबाट ३० रुपियाँ झिकेर दिएपछि रिक्सावालाले भन्यो ‘बाबूजी वापस नि …….?’

‘नाइ भाइ हाम यहाँ धुम्ता है तिमी जाऊ हिन्दी बोल्न नही आता है ।’ रमेशले हाँस्दै जवाफमा भन्यो । रमेशले हिन्दी बोलेको सुनेर रिक्सावाला मुसुमुुसु हाँस्यो मात्र । भर्खरै मुग्लान पसेकोले रमेशलाई हिन्दी बोल्न भने उत्ति आउँदेनथ्यो ।

रमा खोलो देखेर एक्कासि आत्तिदै भनी ‘कत्रो….खोलो रमेश ? मैले त सोचेकी पनि थिइन ।

ब्रह्मपुत्र नाममात्रै पढेकी थिएँ । छेवैका पाटीमा दुवैजना बसेपछि रमेशले पारितिर देखाउँदै भन्यो “यतिका ठूला खोला त भारतमा थुप्रै छन् । रमा ! ऊ त्यो पारि देख्यौ ? म दशवर्षको हुँदा बुबासँग कामख्या मन्दिरमा भाकल बुझाउन आएथ्यौं । मैले त्यतिबेला देखेको पहाड त्यहीं जस्तो छ ।

बाटामा अपरिचित मानिसहरू ओहोर–दोहोर गरिरहेका थिए । अचानक रमाले दक्षिणतिर खोलामा पहाडजस्तो विस्तारी उभो बडिरहेको दृष्य देखेपछि रमेशलाई औंलाले देखाउँदै भनी । ‘रमेश ! त्यो खोलाको बीचमा त अघि पहाड थिएन । अलिअलि सर्दै हामीतिर आएजस्तो छ नि ?’

‘लाटी त्यो त पानी जहाज पो त त्यै देखाउन तिमीलाई यहाँ ल्याएको । शुरुका दिनहरूमा यिनै जहाजबाट माल सामान ओसार पसार गर्थे ।’ रमाको केश सुम्सुम्याउँदै प्रतिउत्तरमा रमेशले भन्यो ।

केहीबेर पछि जहाज नदीको बीचैबीच उत्तरतिर मोडियो, दुवैले आँखा चिम नगरी हेरिरहे । शरद ऋतुको आगमनले धर्ती सुक्सुकाउँदो भएको थियो ।

खेतमा धानका बाला हावाले हल्लाएको मनमहोक दृष्यले दुवैको मनभित्र उमङ्ग छाएको थियो । कुम्ला बोकेका ४–५ जना नेपालीहरू त्यहीबाटो आउँदै थिए । अस्कोट,टोपी लगाएका नेपालीहरूलाई देख्ता रमेशले रमालाई उठाएर देखाउँदै भन्यो । ‘त्यत्तिका नेपालीहरू कहाँबाट आएका होलान् रमा ?’ घर छोडेको दिनदेखि नेपाली भेटेको यो पहिलो चोटि हो ।’

छेवैमा आइपुगेपछि रमेशले उठेर नमस्कार ग-यो । नमस्कार थाप्तै भरियाले पाटीमा भारी बिसाए । दुवैतर्फ भलाकुशारी भयो । ती मध्ये एक जनाले भने ‘बाबु ! यहाँ त आजकल नेपालीहरू कोही पनि छैनन् आफ्नो जाति नभएको ठाउँमा बस्नु त फलामको चिउरा चपाउनु बराबर सम्झे हुन्छ । उत्तर पट्टिको पहाडतिर देखाउँदै “ऊ त्यो पहाडको किनारमा ठूलो नेपाली बस्ती छ, त्यता सरेर बसे हुत्र ?’

‘ढुङ्गालाई माटाको भर चाहिएकै छ बाबा ! सर्नु पर्ला । नयाँ ठाउँ असमीय र वंगाली गाउँमा कोठा किराय लिएर बसेका छौं । उमत्याइले गाउँ छाडे पनि धर्म चाहिं छाडेका छैनौं ।’ रमेशले बुढाका मुखतिर हेर्दै जवाफ दियो ।

‘बाबु कि हामीसँगै जान्छौ त ? आज गएर ठाउँ हेरी भोलि फिरे त भैहाल्छ नि ! बाटो पनि देखिने हामी पनि खान बस्न दिन्छौं क्यारे ?’

रमेशले रमाका मुखतिर हे-यो । रमाले स्वीकृतको सूचना गरी । सबै उठेर बाटालागे,करिब १० मिनेटको बाटो हिडेपछि टेक्सी भेटियो । सबैजना टेक्सीमा चडे । टेक्सी उत्तरतिर मोडियो, ३ घन्टा पछि एउटा सानो बजारमा पुगेर टेक्सी थामियो । सबैजना उत्रेर आ—आºनो भारी बोकी आधा घण्टा हिडेपछि निकै ठूलो जंगल आयो ।

जंगल पार गरेर बस्ती भेटिएपछि सबै भरियाहरू छुट्टिएर आ–आफ्नो गन्तव्यस्थान समाते । रमा र रमेशलाई लिएर कृष्णचन्द्र घर पुगे । रमाले राम्रो निहारेर वरिपरि हेरी ।

एकदुईवटा लामा–लामा कटेरा, काठको ठूलो टुङ्सीघर, वरिपरि सयपत्री,मखमली, फूल ढकमक्क फुलिरहेको, धानको बाला झपक्क नुहेका दृष्यले रमालाई एक फेरा अधिल्लो तिहारमा पु-यायो । रमाका आँखा रसाएर आए । विचरी रमा ∕ गाउँ छाडेको दिनखेखी यति ठूलो नेपालीहरूको जमघट देख्ता उसलाई आनै घर गाउँको तृष्णा मेटिएको अनुभव भइरहेको थियो ।

रमाले उधो फर्किएर चुनीले आँसु पुछी र सिकुवाको सुकुल तानेर बसी । रमेश वे्रञ्चीमा बस्यो ।

‘अहो ! यतिका काठपात, हाम्रो भूटानमा जस्तै रमा ?’ रमेशले टाँडतिर हेर्दै भन्यो ।

झमक्क साँझपर्नथालेकोले चिरबिर–चिरबिर चराचुरूङ्गी चिर्विराएको सुमधुर आवाज आइरहेको थियो । न्यास्रो अनुहार पारेर रमाले रमेशका मुखतिर हेरी । रमाका अनुहारमा थकाइका रेखा झल्किरहेका थिए । भित्रबाट झर्केबटुकामा चिया बोकेर एउटी अद्बैंसे आइमाई निस्किई । रमेशलाई चिया राखेर ढोगिदिई । रमेश लाजले भुतुक्क भयो । रमालाई पनि चिया दिएर भित्र पसी । दुवै मुखामुख गर्नथाले । कृष्णचन्द्र पनि बटुकामा चिया बोकेर रमेशका छेवैमा आएर बस्तै भने ।

‘मुग्लान पसियो बावु ! अघि बाबू बाजेले वुद्धि पु¥याएनन् । भैंसीको पुच्छर बटारेरै जिन्दगी गयो । पढालेखा छैन,साधा जीवनको कमाई क्या बाबू ! यतिको जोडजाम भर्खरै मात्र गरेका हौं । कृष्णचन्द्रले चिया पिउँदै भने । रमेशलाई के भनौं भइरहेको थियो,छेवैको जंगलबाट गाई भैंसीको हुल छुट्यो ।

‘बस्तै गर है बाबु ! म यी पशुहरूको थान्को गर्छु’ भन्दै कृष्णचन्द्र गाई बस्तुको थान्को गर्न हिडे । त्यतिका गाई भैंसी खेतबारी मन–मनमा रमेशले बिचार गरेर भन्यो । ‘रमा ! किसान कति खुसी छ हगि ? मुग्लानमा बसेर पनि आºनो अस्तित्व जीवीतेै राख्न सकेका छन् यिनीहरूले ।’

‘स्वतन्त्र पनि त छन् रमेश ! हाम्रो जस्तो पराधीनमा बाँधिएका छैनन् । गणतन्त्रको स्वतन्त्र रूपले उपभोग गर्न पाएका छन् । जहाँ स्वतन्त्र छ त्यहाँ खुसी र सुखी ता भैहाल्छ नि !’ रमाले प्रत्युत्तरमा भनी ।

गोठको धन्दा सकेर कृष्णचन्द्र दुई हातमा दूध झुण्डाउँदै भित्र पसे । झमक्क साँझ परिसकेको थियो । कृष्णचन्द्रकी श्रीमतीले कुपी सल्काएर धुपौरामा सालधूप धुवाँउदै घर वरिपरि घुमाईन् । दुईतीन जना केटाकेटी पनि भित्र पसे । बेलुुकाको जाडो बढ्दैगएकोले रमा रमेशसँग टाँसिएर बसी ।

‘हैन पाहुनालाई भित्र किन नडाकेको हेर विचरा ∕ जाडोले ठक्ठकी पारेर कष्ट भोगाइछे ।’ भन्दै कृष्णचन्द्र भित्र पसे र अगेनामा आगो ठोस्न थाले ।

भित्रबाट सानी केटी हातमा कुपी बोकेर बाहिर आइ र भनी ‘दादा भित्र आउनुहोस्’ भन्दै सुटुक्क भित्रपसी ।

कृष्णचन्द्र चुलामा खिर पकाउँदै थिए, अगेनाको छेउमा राडी ओच्छ््याएको थियो, त्यही राडीमा रमेश र रमा बसे ।

‘बाबुहरूलाई कति भोक लागिसक्यो होला, धमाधमले गफ गर्न पनि भ्या’ छैन कृष्णचन्द्रले खिर चलाउँदै भने ।

‘ठीकै छ, तपाइँ कतिटाडाबाट भारीबोकेर आउनु भएको,हामी त रित्तो मान्छे ।’ रमेशले रमाका मुखतिर हेर्दै कृष्णचन्द्रलाई जवाफ दियो ।

‘बाबु दूःखसुख यस्तै चल्दैछ । अब खाना खाआंैं हगी ।’ भन्दै सबैलाई खाना पस्किदिए र सबैले खाना खाईसकेपछि सुत्न टुंसीमा चडे । वरपर हल्ला खल्ला मच्चिन थाल्यो । कृष्णचन्द्र पुल्ठो सल्काएर खेततिर कुदे, रमेश र रमा छक्क परेर त्यो दृष्य हेरिरहे ।

जंगलमा रुखका हाँगा भाँचेको आवाज आइरहेको थियो । एकछिन पछि कृष्णचन्द्र बर्बराउँदै आए घरभित्र सटासटी पसे र भने ‘यी जंगली हात्तीले पनि कत्ति दुःख दिन जान्या ।’ एकछिन रोकिएर अगाडि थप्तै भने ‘बाबु ! जंगली हात्तीले र जंगली जातिले बेला बेलामा दुःख दिनेगर्छ । जंगलीमुलुक शान्ति र आनन्दले गाँसै पच्न पाएको छैन । जंगलीपार्टी र जंगलीहात्तीको विग्विगी छ बाबु । बाबुहरूको घर ..नि…..?’

‘चिराङ हो बाबा …….।’ रमेशको बोली नटुंगिँदै कृष्णचन्द्र तीन छक्क परे । कठैबरी बाबु ! त्यस कुमुलुकमा त …….। म ५–६ वर्षको हुँदो हुँ मासुर छेत्रीलाई छालाको धोक्रामा हालेर सुनकोशमा डुबाएपछि थुप्रै नेपाली भाषीहरू रातारात जंगलको बाटो भएर भागेको स्वप्ना जस्तो लाग्छ बाबु ! कोही कता कोही कता छरपष्ट छरिएर हामी ३–४ घर यहाँ आइपुग्यौं । फेरि भोटेबारुलाले चिलेछ बाबुहरूलाई । नेतृत्व दरो भएन भने जनताको विल्लीबाठ हुन्छ, नेताले गुहु खायो भत्रु हुन्थ्यो बुबा । कुकुरको खानेकुरा नेताले खाए पछि ……।’ कृष्णचन्द्रले साहनुभूूति प्रकटगरे ।

‘हो बाबा ! हाम्रो फेरि विल्लीबाठ भएको छ । यसपालिको आन्दोलनमा ता निकै साथीहरू पनि गुमाएका छौं । हामीले सोचेजस्तो हुनसकेको छैन फेरि उही स्थिति दोहोरिने हो कि भन्ने डर छ ।’

‘वलिदान नदिइ प्रजातन्त्र आउँदैन,भारतबाट सेतेहरू धपाउँदा कम मान्छे मरे । सन्तानको अस्तित्व र स्वतन्त्रताका निम्ति मर्न हिच्किच्याउनु हुँदैन,कुन मुलुकमा बलिदान नगरी प्रजातन्त्र आएको छ र ? प्रजातान्त्रिक मुलुकहरूमा त आजकल बमगोला पड्काइरहेका छन् ! बाबु ! पछि हटेर सन्तानमा खिया हाल्नु भन्दा बरू गोली थापेर मर्नु त्यो नै सफलताको एउटा सिढी हो भन्छु म । तर भारतले चारैतिर छेकेर राखेको छ । भुटानसँग लड्नु भनेको भारतसँग लड्नु हो । निकै साँठगाँठ छैन भने …………………..।’

‘हो वुवा भुटानबाट नेपाली भाषीहरूलाई धपाउन भारत सरकारकै हात छ भन्छन् । फेरि शरणार्थीहरूलाई बाहिर जान पनि त दिएन नि ! अनि त यतिका शरणार्थीहरूले चिच्याउँदा पनि भारत चुप लागेर बसेको । भुटानको आन्तरिक र बाह्या सुरक्षाको जिम्मा लिएको भारतले …………।’ ‘सत्तामा पुगेपछि शासकहरू अन्धा हुन्छन् तिनीहरूलाई घरीघरी व्यूँझाउँदै र आँखा देखाउँदै गर्नुपर्छ ।’ टिङटिङ घडीले १० बजेको घण्टी हान्यो ‘सुतौं है बाबु रात निकै गएछ’ भन्दै कृष्णचन्द्र उठेर भित्र पसे ।

‘ओेहो ! सातबजिसकेछ, रमा ! यतिका बेर सुतिएछ ।’ भन्दै तल ओर्लिएर चिया पिउँदै बिहानको झुल्केघाम ताप्न रमा आँगनको मुडामा गएर बसी । रमेश घोप्टिएर केके कुरा सोचिरहेको थियो ।

कृष्णचन्द्रले गोठको धन्दा सकेर गाई भैंसी जंगलतिर खेदाए । फर्किदा गाउँको दूध बटुल्दै आए । उनको एकछिन गफगर्न फुर्सद छैन । फटाफट खानाखाएर २०–२० लिटरका जार्किन भारमा बाँधेर–‘बाबुहरू बस्तैगर्नुहोस् है, म दूध बजार पु¥याएर आउँछु । अनि गफसफ गरौंला ।’ भन्दै कृष्णचन्द्र भारमा दूध बोकेर फटाफट हिडिहाले ।

रमेश र रमा हिड्न छट्पटाइरहेका थिए । स्कूले केटाकेटी हुलहुल भएर त्यही बाटो स्कूल गइरहेका थिए । तिनकै पछि–पछि रातो वर्णको २५–२६वर्षे ठिटो काखीमा फाएल च्यापेर आयो । नजिकै आएर उसले रमालाई टिठ्याएर हे¥यो । रमेशले पनि उसलाई हेरिरयोे । रमाले आँखा न्यू¥याई, तीनैजनाका आँखा आँखामात्र जुधे केवल बोल्न कसैले साहस गरेनन् । पछि थाह भयो ऊ त शंकर पो रहेछ । त्यही स्कूलको मास्टर, रमाको जीउडाल र सत्रवर्षे यौवनलाई देखेर आपूm जालन्धर बनेर पार्वतीका ढोकामा पुगे झैं शंकरलाई लाग्यो ।

कृष्णचन्द्र बजारमा दूध पु¥याएर हस्याङ फस्याङ गर्दै आइपुगे । रमाले शंकरको हेराइलाई फेरि एकपल्ट सम्झी र रमेशका मुखतिर हेरी । शंकरका अगाडि रमेश कलिलो ठिटो ओठ निचोर्दा दूध आउला जस्तो देखी । रमा गर्भवती भएदेखि वसन्तले वनजंगलमा पाउलो फेरे भैंm रमाका शरीरले पाहुलो फेर्नथालेको थियो । कलकलाउँदो अनुहार,रसिला आँखाले आत्मा सन्तुष्टी खोजिरहेझैं देखिन्थ्यो ।

कृष्णचन्द्रले रमा र रमेशलाई घुमाउन लगे खेतमा पहेलपुर भएर धान पाकेको मगमग बास्ना सुध्दै केही पर पुगेपछि कृष्णचन्द्रले भने ।

–“बाबु यो गाउँ पढालेखामा धेरै पछाडि परेको छ । अघि वुद्धि पुगेन, भर्खरै मात्र यहाँ एक दूई स्कूल खोलेका छौं । बाबुहरू आए त यही स्कूलमा मास्टरी जागिर मिलिहाल्छ नि ! बाबुहरू दुवै पढालेखा हौला । हामी सिर्तु भरिहाल्छौ,आधाउधी तलब सरकारले पनि दिनेगरेको छ । हामी सबै गाउँले मिलेर यो स्कूललाई अर्धसरकारी बनाइसकेका छौ । यस अघि हामी गाउँलेले मात्र चलाएका थियौं ।’ रमेश र रमा सुन्दै पछिपछि हिडिरहे । हातले अगाडिको घर देखाउँदै कृष्णचन्द्रले भने–‘ऊ त्यो घर खाली छ बाबु ! त्यही बसेहुन्छ । किराय तिर्नु पर्दैन, त्यो मेरै भतिजाको घर हो । ऊ पनि मास्टरी नै गर्छ । यो ठूलो बस्ती, सबै नेपाली भाषीहरूले भरेका छौं । यो.जंगल पार गरेपछि नागा बस्ती आउँछ, त्यहाँ पनि थुप्रै नेपालीहरू बसेका छन् तर बाबु यो दुखीय जात शासकहरूको घमण्ड र पूर्वग्राही भावनाको शिकार भएर घरीघरी थुप्रै घञ्चमञ्च सहनु पर्ने थालेको छ । अगाडि आछामे राजाले ल्याएको अरे,तर आजकल विदेशी भन्छन् क्या बाबू यी सैदुवाहरू । आºनो भाषा,संस्कृति,साहित्य खुलेर फुल्न सकेको छैन । हामीमा पनि एकताको अभाव उत्तिकै छ बावू ! यहँ आजकल भाषाको,धर्मको र जातिको राजनीति हुन थालेको छ । त्यस्कै फाइदा उठाएका हुन् सैदुवाहरूले । एकता नभए पछि …….।’

‘हो बाबा ! यो पृथ्वी शासकहरूकै पेवा भैंm गर्छन्, साझा हो भत्रे कुरा चटक्क विर्सिएको देख्ता,अब ता नाङ्गा क्षत्रीय हतियार चलाउने दिन आए जस्तो छ । अब पनि यसरी नै थिचिएर बस्ने हो भने यिनीहरूले हाम्रो जरो केलाएर घाममा सुकाउछन् ।’ अमलाका शीत्तल छाहरीमा थकाइमार्दै रमेशले भन्यो ।

‘ आजकल त नेपालको पनि नामैमात्रै छ बाबू ! तराइ भाग जति खर्लप्पै मधिसेहरूले निलेका छन् । बरु ती दुःखपाएका शरणार्थीहरूलाई दिएको भए पनि उद्धार नै हुन्थ्यो ।’ एकछिन् रोकिएर उत्तरतिरको पहाडलाई देखाउँदै कृष्णचन्द्रले थपे ‘बाबु ऊ त्यो पहाड छ नि त्यै पहाडबाट बर्माका नेपासली भाषीहरू शरणार्थी शरणार्थी भएर भारततिर पस्छन् । त्यहाँबाट पूरै एक दिन हिड्नुपर्छ रे । विचरा ! थुप्रै नेपालीहरू …….।’ बरर कृष्णचन्द्रका आँखाबाट आँसु झरे । धेरैबेर बोली अवरुद्ध भयो । पटुकाका छेउले आँसु पुस्तै कृष्णचन्द्रले थपे ‘बाबु बूढाबूढी र बालबच्चा त एउटै आइपुगेनन् । ‘नेपालीको दुर्दशा कस्तो हिमका बीचमा उम्रेको रुख जस्तो’ भनेर सानामा गीतगाएको झल्झली सम्झना आउँछ बाबु !

देश स्वतन्त्र भएर मात्रै नपुग्दो र छ मान्छे स्वतन्त्र छैनन् मान्छको भावना स्वतन्त्र नभएसम्म ………..।”

‘जापानले वर्मामाथि आक्रमण गर्दा जापानी सेनासँग ज्यानको बाजीलगाएर यिनै नेपाली फौजले देश बचाइदिए । पछि तिनै नेपालीहरूलाई दिनु दुःख दिएर खेदायो । भोटाङे धर्मराजा शाव्डुङले सीमा सुरक्षा र देश विकाशका निम्ति नेपालबाट ताम्रपत्र गरेर ल्याएका नेपाली भाषीहरू आज देश विकाश भएपछि दिनु दुःख दिएर देशबाट लखेटेछ । नेपालीहरूको यस्तो दुर्दशा सुन्दा कुन नेपालीको मुटु दुख्तैन र…..?’ भन्दा भन्दै कृष्णचन्द्रले फेरि आँसु खसाले ।

रमाले अमलाको दाना चुस्तै कृष्णचन्द्रका कुरा सुनिरई । रमालाई कृष्णचन्द्रको भतिजो चिन्ने उत्सुकता बडिरहेको थियो । तर सोध्ने साहसगर्न सकिन ।

३ बजे समय हुँदो हो कृष्णचन्द्रले गाउँ घुमाउँदै रमा र रमेशलाई घर ल्याए । दिन भरिको घुमाई र थकाइले भुतुक्क भएका तीनै जना केही बेर घरमा पुगेर आराम गरे ।

भाग ६

विहिबार—

हप्तौंदिन बसेर बडो उत्सवसँग तिहार मनाए । रमा र कृष्णचन्द्रकी श्रीमती विनुकीले हली तिहारका दिन पीठो कुटेर सेलरोटी पकाए । कृष्णचन्द्र र रमेश साथीहरूसँग नेपाली गाउँमा देउसी भैली खेल्दै रमाइलो गरे । भाइटीकाको दिन विहानै कृष्णचन्द्रकी श्रीमतीले रमेशलाई भाइटीका लगाईदिई । रमाले कृष्णचन्द्रलाई ।

भोलिपल्ट बिहानको खाना खाएर रमा र रमेश बिदा भए ।

कृष्णचन्द्रले जंगल पार गराएर भने–‘बाबुहरू निश्फिक्री आए हुन्छ, यहाँको व्यवस्था म मिलाउँछु । ऊ त्यो चिया पसल अगाडि ट्याक्सी लाग्छ,” भन्दै ट्याक्सी पार्किङसम्म पु¥याएर ५० रुपयाँ दिदै भने “भाडा छ कि छैन……… ?’

गाडीमा चड्दै रमेशले भन्यो ‘छ बाबा,हुन्छ हामी भोलिनै आइहाल्छौं’ भन्दै विदा भएर बाटालागे ।

बाटामा रमाले भनी ‘हामी आजै नै बेला रह्यो भने आउने है रमेश । म त एकरात पनि त्यो घरमा बिताउन सक्तिन, त्योे वंगालिनीका आँखादेख्दै डरलाग्छ ।’

रमाका मुखमा हेर्दै रमेशले भन्यो ‘रमा ! आजको रात त बस्नै प¥यो नि ! दुःखको बेला मिलेको घर,मालिक पनि बेलुका मात्रै आउँछ । फेरि हिसाब किताब पनि त मिलाउनु प¥यो नि ! चट्ट छाडेर हिड्नु पनि त भएन । रमा उ हेर त हिजो हामी शित्तल बसेको रुख । कति छिटो ल्याइ पु¥याएको ?’

‘त्यहाँदेखि रिक्सामा चढेर डेरामा पुगे । डेरामा पुग्नासाथ रमा ताल्चा खोलेर भित्र पसी । रमेश बरन्डाको बेञ्चमा बस्यो ।

छिन पछि रमाले चिया लिएर आइ दुवैले चिया पिए । ‘भोलि त यो घर छाड्ने दिन, मान्छेको जात पनि कस्तो अचम्मको ………?’

एक्कासि रमाले रमेशलाई घच्घच्याई । ‘घोत्लिएर के सोचिरहेका छौै ? अँ साँची तिम्रो उपन्यास सिद्धिएन ? सुनौं न कुन धारामा लेखेका छौ ? मलाई त रोमान्टिक उपन्यास मात्र मनपर्छ तर कति लेखकहरूले त रोमान्टिक बिचार भनेर छाडा पनि लेखेका हुन्छन् । तिम्रो उपन्यास पनि त्यस्तै त छैन ?’

‘आजकलका ठिटा ठिटीहरू त्यही त मन पराउँछन् नि ! लुकेर पढ्ने गर्छन्, अझ बाहिर नाङ्गो तस्वीर छ भने त ………….।’ रमेशले रमाका मुखतिर हेर्दै मुसुक्क मुस्कुराउँदै उत्तर दियो ।

‘अस्ती मलाई पनि दिपकले ‘राम्रो उपन्यास छ पढ रमा’ भनेर दिएको थियो तर पढ्नै नसक्ने छाडा कुराहरू पो रछ ।’ बीचैमा कुरा काटेर रमेशले उत्सुकतासाथ सोध्यो–‘को दिपक रमा ?’

‘छ्या तिमी त यति केही भन्यो शंका गरिहाल्छौ । मेरो बेस्ट फ्रेन्ड….।’

‘अनि राम्रोसाथीले पनि त्यस्तो उपन्यास पढ्न दिन्छ त ? दिपक भनेको त्यही फटाह प्रधान होइन ? अस्ती बलात्कारको मुद्दामा जेल परेर जेलबाट भागेको,त्यसलाई त चोरीका मुद्दा पनि थुप्रै छन् ।’ रमेशले रमाका हृदयभित्र आगो सल्काइदियो । जुन आगोले रमाको मुटु पोल्नमा थप मद्दद पु¥याउँथ्यो ।

रमेशका कुराले रमाको शिर झुक्यो रमा लाज र रिसले राती भई । रमेश भने परेवाले बेलुकाको चारोटिपेको उत्सुकतासाथ हेर्न थाल्योे । रमा विस्तारै उठेर भित्र पसी । रमेशका आँखा भित्तामा पुगे,भित्तामा भारतीय नेताहरू महात्मा गान्धी, सुवासचन्द्र बोेस, जहरलाल नेहरू,इन्दिरा गान्धीेलगायत वी.पी.कोइरालाका फोटा पनि सझाएर राखेको रहेछ । उसले पटकपटक त्यसलाई नियालेर हे¥यो र मनमनै प्रश्न गर्न थाल्यो । ‘घरमालिकले नेपालमा व्यापार गर्दा ल्याएको होला ।’

रमेश ती फोटोहरू हेर्दै थियो तल साइकलको घण्टी टिङ बज्यो ।

रमेश झस्याङ तर्छिएर त्यतातिर हे¥यो, घर मालिक,साइकलबाट ओर्लिएर हातमा झोला च्यापी भित्र पस्तै थयो । मालिक भने व्यापारका दौढाइमा चारैतिर दौढिरन्छ । रमेशसँग पनि बसेर बात गर्न भ्याएको थिएन ।

बेलुकाका घाम छटपटाएर डाँडामा पस्न खोजिरहेका थिए । मालिकिनीले साँझबत्ती सल्काई, झोला बिसाएर मालिक बरण्डामा निस्कियो । रमेशले उठेर नमस्कार ग-यो ।

लामालामा जुधा मसार्दै मालिकले भन्यो ‘पर्सी मालसामान लिएर नेपाल जानुछ । आजकल त नेपालीहरू पनि बाठो भएको छ दुई नम्बरी सामान चिनिहाल्छ । नेपालमा थुप्रै आमदामी थियो तर आजकल व्यापारमा पनि घाटा लाग्यो, बजार भाउ नामेको छ बिक्री छैन ।’

रमेशका मनभित्र उथुल–पुथुल भइरहेको थियो । मालिकको मुखतिर हेर्दैै रमेशले भन्यो– ‘मालिक हामी पनि भोलि डेरा सर्ने बिचार गरेका छौं, हिसाब किताब के कति भयो बिहान………।’

‘किन डेरा सर्ने ? यहाँ केही असुविधा छ कि अरु दुईचार महिना बसे त भैहाल्छ नि ?’ मालिकले नरम स्वरमा रमेशलाई हर्दै भन्यो ।

‘नाइ मालिक असुविधा होइन, कारण माथि सुकेबस्तीमा हाम्रा आफन्तहरू छन् त्यहाँ जाने, नत्र यही बसे पनि केही असुविधा छैन । लक्ष्मीपुजा आउँदै छ नेपालीहरूको ठूलो चाड भएकोले रमालाई माइती मान्न ………..।’ रमेशले मीठो उत्तर दियो ।

‘घर मालिकले के भन्यो त,कुरा मिल्यो रमेश ?’ ‘मिल्यो’ रमा खुरु–खुरु भातखान थाली ।

राति ओछ््यानमा पल्टेपछि रमाका मनमा तिनै बेलुकाका कुरा खेल्नथाले । दिनभरी हिडेको थकाइले रमेश घुर्न थाल्यो । रमालाई भने पटक्कै निद्रा लागेन उसका आँखा अगाडि झल्झली दिपक नाच्न थाल्यो । ‘त्यही दिपक होइन, बलात्कारी दुई महिना जेल परेको,उसलाई त थुप्रै चोरीका मुद्दा र बलात्कारको मुद्दा लागेको छ । राम्रो साथी हो भने त्यस्तोे किताब पढ्न दिन्छ,तिमीलाई ।’ दिपकसँग डुलेको, जिस्किएको कुरा सम्झी र मनमनै लज्जित भई ।

रमाले विगतका कुरा सम्झिन्दै रमेशका गाला, छाती सुम्सुम्याउन थाली । रमेश ब्यूँझेन घडीले १२ बजेको संकेत दिनथाल्यो । अन्तिमचोटि रमेशलाई ब्यूँझाउन कोसिस् गरी । तर सफल भइन धेरैबेर छट्पटाएर विहानपख निदाई ।

विहान चारबजेको घण्टी लागेपछि रमेश उठेर हात मुख धोयो । अनि बरन्डामा निस्कियो,राम्ररी उज्यालो फाटिसकेको थिएन ।

रमाले उसलाई भगाउँदा आमाका पसलबाट थुप्रै पैसा ल्याएकी थिई, उसकै सम्पत्तिमा जीउनु परेको सम्झेर रमेशलाई खल्लो लागिरहेको थियो । ‘मास्टरी जागिर पाएपछि त रमाको पैसा पनि बाँच्ने भयो विचरी ! उसका इच्छा आकांक्षा र सपना पनि मैलै पूरा गर्न सकेको छुइन । आज बसाइँं सर्नुछ, नयाँ ठाउँ कस्ता–कस्ता मान्छे होलान् ?’ रमेशका मनभित्र यस्तै कौतुहल सृजना भइरह्यो ।

‘ए ! रमालाई उठाउनु पर्छ,कति सुतिरहेकी होली, ‘रमा ! ए रमा ! कति सुतिरहेकी ?’ रमा झल्याँस्स ब्यूँझी र हस्याङ फस्याङ गर्दै उठी । ‘ओहो छ्याङ उज्यालो पो भइसकेछ, कस्तो बाक्लो निन्द्रा लागेको ।’ भन्दै रमा बाथरुमतिर पसी ।

भत्रकोठाबाट रमेशले रमालाई बोलाउँदै भन्यो–‘रमा तिमी चिया खाजा तयार गर म भारीतारी मिलाउँदै गर्छु ।’

‘मालिकलाई भनिहाल्नु अहिले कता हिड्छ ।’ रमाले प्रतिउत्तरमा भनी ।

हातमुख धोएर रमा चुलातिर लागी । रमेश बाहिर निस्कियो । नभन्दै मालिक हातमा झोला च्यापेर साइकलतिर लम्किंदै थियो । माथि बरन्डाबाटै रमेशले बोलायो र भन्यो–‘साहूजी आज विदाहुँदै छौं । हाम्रो हरहिसाब मिलाएर जानु होला ।’ रमेशको बोली सुनेर मालिक टक्क रोकियो र एक छिन घोरिएर मालिकिनीलाई बोलायो,अनि उसको भाषामा भन्यो–रमेश भाषा बुझ्दैन, रमेशतिर हेरेर दुइटा हातका नौवटा औंला देखाउँदै साइकल चढेर मालिक बाटा लाग्यो । दुई महिनाको छसय भर्खरै महिना मरेर ५–७ दिन वितेको छ । केको नौसय ? वंगालीहरू दाब्न पाए भने …….।’ रमेशले आºनैमनमा गुनाशो पोख्यो ।

भित्र, रमा चिउरा घिउमा भुट्तै थिई । ‘रमा ! भाडा त नौसय भन्यो, भर्खरै महिना मरेको ……..।’

कुरा नटुँगिदै रमाले’ भनी– ‘भोभो झगडा गरेर सकित्र क्यारे, अर्काका मुलुकमा जति भने पनि दिनै त प¥यो नि !’

चिया खाजा खाएर भारीतारी मिलाए पछि गुन्टा च्यापेर दुवै जना बाहिर निस्किए । रमेशले मालिकिनीलाई बोलायो । वनवाशमा भीमसेनले फेला पारेकी हेडम्बा जस्ती वंगालिनी फुत्त बाहिर आई । रमेशले नौवटा नम्बरी हातमा थमाइदियो, मालिकिनी किच्च हाँसी मात्र,रमा र रमेश झोला टिपेर बाटालागे । रिक्सामा भारी उठाएर हिडेपछि पर पुगुन्जेल मालिकिनीले हेरिरही ।

‘यतिका नेपालीहरू कसरी भारतमा आएका होलान् ? नेपालीहरू नपुगेको ठाउँ कहीं छैन । शान्ति र उदार भावना बोकेका नेपालीहरू जंगली मुलुकमा ढाल फाँड गर्दै गोठ सार्दै आएका होलान् । यिनीहरूको इतिहास धेरै पुरानो छ । भारत आमाको सेवा गरेर बसेका शान्तिका पुजारी, कति फराक हृदय ।

कृष्णचन्द्र चित्रु न जात्रु तर पनि कति मरिहत्ते गर्छन् बिचरा ! ठूलो राष्ट्रमा बसेका मानिसको दिमाग,हृदय,पनि ठूलैहँुदो रहेछ ।’ मनमनमा रमेशले यस्तै केके कुरा रिक्सामा बसेर सोचिरयोे । आफ्नो चोखो पसिना पाखुरा बजाएर खान्छन् । आफैमा स्वाभिमान छ…………।

रिक्साबाट भारी उतारेर फेरि टेक्सीमा उठाए पछि टेक्सी उत्तरतर्फ मेडियो । तीनघन्टा जति गुडेपछि रमेशलाई घच्घच्याउँदै रमाले भनी –‘आज त कति छिटो आइपुगियो लु हेर त रमेश………..?’

‘ए ! कृष्णचन्द्र पनि आइसकेछन् ।’ रमातिर हेर्दै रमेशले भन्योे ।

‘नमस्कार बुबा !’ कृष्णचन्दलाई रमेशले अभिवादन ग-यो ।

‘नमस्कार ! बाबुहरू थाक्यौ होला खोइ रमा नानीको झोला………।’

‘पर्दैन बुबा केही भारी नै छैन≤ तपाईं बाबु जस्ता मान्छेलाई कता…..।’ रमाले भनी । तर कृष्णचन्द्र मानेनन् । रमाका हातबाट झोला खुस्काइछाडे ।

शरदऋतुले हेमन्त ऋतुलाई धमाधम शासन जिम्मा लगाउन थालेको थियो । भर्खरै तिहारको रमझम सकिए पनि खेतका आलीमा र घर वरिपरि सयपत्री,मखमली, गोदावारी मगमग बास्ना छाडेर आफ्नो जवानी प्रदर्शित गरिरहेका थिए ।

‘नानी यो भारीतारी अस्तीको कोठामा राख्नोस, दुई एक दिन यही थकाई मारेर मात्र सर्नुपर्छ ।’ कृष्णचन्द्रले मलिम स्वरमा भने ।

रमेश आँगनबाट श्रृङ्खलावद्ध अरुणचल पर्वतको दृष्यावलोकन गरिरहेको थियो। रमा सिकुवाको सुकुलमा बसेर नवीन सपना सजाइरहेकी थिई ।

खेतमा थुप्रै खेतालाहरूले धमाधम धान काटिरहेका थिए । सानो डोकोमा खाजा र हातमा कित्ली झुण्डाएर कृष्णचन्द्रकी श्रीमती–‘बाबुहरू बस्तै गर्नोस् म खेतालाहरूलाई चिया खाजा………….।’ भन्दै खेततिर लागिन् ।

हप्तौं दिन पछि कृष्णचन्द्र आफैले रमेश र रमालाई शंकरको घरमा सारिदिए । तीनचार सय छात्रछात्रा पढ्ने स्कूलको राम्रो व्यवस्था भइसकेको थिएन । वार्षिक परीक्षा नजिंिकदै आएकोले पढाइमा चापाचाप चलिरहेको थियो ।

हिन्दी,असमीय,र भर्खरैबाट नेपाली,अंग्रेजी भाषा पनि सिकाउने व्यबस्था मिलाइएको थियो । हिन्दी र नेपाली भाषा एउटै मास्टरले पढाउने गथ्र्यो । अंग्रेजी भाषाको राम्ररी ज्ञान भएको रमेशले अंग्रेजी विषय पढाउन थाल्यो । रमा पाठशाला पढेकी नेपाली पढाउन थाली । मास्टरी तलब भत्ता राम्रै छ । रमा दोजिया,नानी जन्मिने महिना यही हो,आफ्नो भूँडी देखेर घरीघरी आफै लजाउने गर्थी ।

नानी जन्मिनु हप्तौंअघि सुत्केरी विदा लिएर घरमै बस्न थाली । समयसमयमा अस्पतालमा जचाउन पुग्नु पथ्र्यो, रमेश रमाको भूँडी हेर्दै मुसुमुसु हाँसिदिन्थ्यो । रमा भने लाज र रिसले भुतुक्क हुन्थी । रमालाई थाह छ यो गल्ती रमेशले गरेको होइन । रमेश मानवीय भावना बुझिदिने भएकोले मात्र रमाको जालमा फँसेको थियो । रमेशलाई भने रमाको त्यो चक्रव्यूह थाह थिएन ।

हप्तौं पछि रमालाई जीउको विरामले पक्रियो, एम्बुल्यान्स् झिकाएर रातारात अस्पतालमा पु¥याए । नानी जन्मिन नसकेर सल्यक्रिया गर्नुप¥यो । ‘अब रमा फेरि आमा बत्र सक्तिन’ डाक्टरले रमेशलाई बोलाएर भन्योे । रमेशले एक झल्को छोराको मुख हे¥यो, परिचारिकाहरूको सुशारमा तीन दिन वित्यो ।

रमेशको छोरो जन्मेको खबर पाएपछि स्कूलका मास्टर मास्टरनी र गाउँलेहरूले बधाइ र उपहार टक्य्राए । रमेशले न्वारनमा सबैलाई बोलाएर राम्रै पार्टी दियो । दुई महिना पछि रमा स्कूल जान थाली, अब रमा नानीकी आमा भई ।

रमा सुत्केरी हुँदा शंकर बाबुले ठूलो सहयोग पु¥यायो । रमा र शंकरबीच अर्कै सम्बन्धले जरा गाड्न थालेको थियो । रमेशसँग पनि उत्तिकै मिल्छ शंकर रमेशको प्यारो साथी । प्रायःजसो शंकरले दिउँसोको खाना रमाकै घरमा खानथालेको थियो । शंकरको घर पुग्न स्कूलबाट १० मिनेटजति साइकलमा हिड्नुपथ्र्यो ।

श्रीमतीले पढेकी थिइन तर उ धनीकी छोरी थिई । सुरालीकै बाटाबाट उसले यत्तिको सम्पत्ति जोडेको थियो ।

रमेश स्कूलबाट आएपछि केके लेख्न र गुन्गुनाउन थाल्थ्यो । उसले कथा, कविता र उपन्यासहरू थुप्रै लेखिसकेको थियो ।

नेपाली भाषाको पनि राम्रो ज्ञान थियो रमेशलाई । रमेश साहित्यप्रति अतिनै चासो राख्थ्यो । रमेशले आफ्ना लेखहरू प्रकाशन गर्ने अवसर पाएकोे थिएन । देशमा लेख लेख्ने प्रकाशन गर्ने, सभा समेलन गर्ने स्वतन्त्रता नै नभएकोले रमेशका लेख प्रकाशित हुन सकेको थिएनन् । देश बाहिर निस्किए पछिमात्र पत्र पत्रिकामा उसले आफ्ना लेखहरू छपाउने मौका पाएको थियो ।

डिब्रुगडका नेपालीहरूले तीन दिवसीय साहित्य सम्मेलनको आयोजना गरेको निमन्त्रणा पत्र रमेशलाई प्राप्त भयो । पर्सी हिड्ने दिन मोटरमा जानुपर्छ रमेशले लेख तयार गरेर सबेरै बाटा लाग्ने तर्खर ग-योे । रमाले पनि उत्सुकतासाथ छिटोछिटो विदागर्ने प्रबन्ध मिलाउँदै थिई । किन भने रमाका निम्ति रमेश बाधक बनिरहेको थियो । भोलिपल्ट हिड्ने बेलामा भने ‘रमा चार दिनलाई अनिता दिदीसँग साथी मागेर बस है’ म समेलनमा जाँदैछु’ भन्दै बिहान झिसमिसेमै व्याग च्यापेर बाटा लाग्यो ।’

प्रवाशी नेपालीहरूले शासकहरूसँग निकै ठूलो चुनौतीको सामना गरेर पनि नेपाली भाषा,साहित्य,संस्कृति र कलाको संरक्षण एवं सम्बद्धनार्थ साहित्यिक संस्थाहरूको गठन गरी समय–समयमा कवि गोष्ठी,भानु जयन्ती,लक्ष्मी जयन्ती आदि मनाउँदै आएका छन् । रमेश पनि साहित्यमा अभिरुचि राख्ने भएकोले कहिले गौहाटी त कहिले तेजपूरतिर आयोजना गरेको समेलनमा भागलिने गर्दथ्यो ।

नेपालका नेपाली साहित्यकारहरूले प्रवाशी साहित्य कर्मीहरूलाई जति टाडाबाट चिन्ह खोज्दछन् भुटानी साहित्यकर्मीलाई चिन्ने प्रक्रिया भने धेरै फरक छ । तर भारतीय साहित्यकारहरूले भोटाङे शरणार्थी भनेर हीनता बोध गरेनन् । बरु उसलाई आवश्यक सहयोग र प्रेरणाका उर्जा थपिदिदै लगे ।

देशबाट उच्छेदित हुनु,धन सम्पत्ति खोसिनु ,अस्तित्व लुटिनु , र नागरिक्ता नै विहीन अवस्थामा पु¥याएका मानिसको बोली सुनिदिने र चिनिदिने दाता नै आजको प्रतिस्पर्धी युगमा विना सोर्स फोर्स पाउने कुरै भएन । नियति नै घोप्टिए पछि कस्को के नै लाग्दो रहेछ र ?

भाग ७

रमेश सम्मेलनमा जाने कुरा शंकरलाई थाह थियो । रमा गीत गुन्गुनाउँदै भित्र धन्दा गर्दैथिई । बिहानको उषा सँगसँगै शंकर टुप्लुक्क आइपुग्यो ।

‘भाउजू !’

शंकरले रमातिर हेर्दै सम्बोधन ग-यो । रमा झस्या∙ भएर झस्किई र पुलुक्क हेरी ।

केही छिन दुवै भाव विभोर भए । शंकरले रमाको अङ्ग प्रत्याङ्ग केलाएर हेर्न थाल्यो । रमाले आँखा भुइतिर न्युराई ।

रसको लोभी भ्रँमरो बगैंचामा पसेको भान शंकरलाई मनमनमा भइरहेको थियो । शंकर दूई सन्तानको बाबु भएर पनि आत्मसन्तुष्तटी लिन असमर्थ देखिन्थ्यो ।

भित्तामा झुण्डाएको फोटो हेर्दै शंकरले मलिम स्वरमा भन्यो ‘रमा भाउजू ∕ तपाइँ त कति भाग्यमानी हुनुहुन्छ । मिलनसार, सहनशील, भावुक,देउता जस्तो पति पाउनु भएको छ । सबै कुरा भाग्यकै तारतम्य र छ हगी भाउजू ।’

‘हो नि शंकर बाबु ! पाकेको फलको स्वाद जात्रेले मात्र खाने बेलापनि चिनेको हुन्छ । ‘कागलाई बेल पाके हर्ष न विस्मत ।’ एकोहोरो लेख्या छ लेख्या छ, राति पनि १२ बजिसम्म सुत्नु फुर्सद हुँदैन । साहित्यकारकी स्वास्नी हुनु भन्दा त बरु भिखारीकी हुनु परोस् …….। हैन शंकर बाबू ! सबै साहित्यकारहरू यस्तै हुन्छन् ? म त वाक्कव्याक्क भइसकेँ ।’ रमाले नानीको टाउको सुम्सुमयाउँदै आक्रोश व्यक्त गरी ।

शंकर प्रश्न सूचक दृष्टिले रमालाई हेरिरहेको थियो ।

‘ए ! बेला पनि निक्कै आएछ, म खाना बनाउ है शंकर बाबू !’ रमाले मीठो स्वरमा रमेशतिर हर्दै भनी ।

‘पर्दैन भाउजू दूःख नगर्नोस् म घरमै खाइ हाल्छु नि !’ शंकरका कुरा नटुंगिदै रमाले थप्तै भनी—‘एक छाक भात त खाएर जाउ, के नै वित्छ र ? आज स्कूल पनि त छुट्टी छ ।’ भन्दै खाना बनाउनतिर लागी । दुवैले सँगै बसेर भात खाए । बिहानका घाम निकै तातिसकेकोले मानिसहरूको चहलपहल पनि बढ्दैथियो । त्यतिकैमा रमासँग विदा भएर शंकर बाटा लाग्यो । धन्दागर्दै आँगनबाट रमाले भनी—‘बेलुकाको खाना बनाउ त शंकर बाबु ?’

‘के खोज्छस् कानो आँखो’ शंकरले मुसुक्क हाँसेर मौन स्वीकृति जनायो, र आपूmलाई हतार भएको भान गर्दै रमासँग विदा हुन खोज्यो ।

रमा अश्मिता शंकरलाई दिन ढिट देखिई ।

रमा १८—१९ वर्षकी किशोरी पातलो जीउकी,अग्ली,गोरी, चञ्चल स्वभावकी यौन पिपाशु देखिन्छे । रमेशले उसलाई आत्मा सन्तुष्टि दिन नसकेर नै रमा परपुरुषसँग लालयित हुन पुगेकी हो ।

रमेश किशोर भएर पनि रतिक्रिडामा उत्ति चासो दिंदैेन । त्यसैले रमा भोकी छ अतृप्त अनि यौनक्रिडामा लालायित र उत्तेजित पनि ।

दिनभरी रमाले शंकरको ध्यन गरिरही । फागुनको गर्मी बड्दैगए पछि रमाले अङ्ग प्रत्याङ्ग तात्तैगएको अनुभव भइरहेको थियो ।

बारीका कान्लामा बाह्रमासे फूल ढकमक्क फुलेको थियो । चरा चुरुङ्गीको चिरबिर आवाजले रमाको हृदयमा कुत्कुती थप्तै लग्यो । त्योदिन रमाका निम्ति सबै भन्दा लामो दिन जस्तो महसुस गरिरहेकी थिई । छटपटीले रमा पिरोल्लिन थाली । बल्लतल्ल घाम डाँडामा पुगे, रमा खाजा बनाउने तर्खरमा लागी,शंकर पनि टुप्लुक्क आइपुग्यो । दुवैले मीठामीठा गफ गर्दै खाना खाए ।

रमाले साँझबत्ती बालेर नानीलाई दूध चुसाउँदै ओ्यानमा सुताई । दुवैसँगेै बसे झमक्क साँझले एकलौटी राज्य डोल्याईरहेको थियो ।

छिमेकीहरू परपर भएकोले रात्री सुनसान हुँदैगयो । मधुरो बत्तीको मनोरम प्रकाशले कोठालाई शोभायुुक्त बनाएको थियो, रमाले शंकरको अनुहारमा पुलुक्क हेरी । रमाको जीउ जिरिङ फुलेर आयो, शरीर तातो हुँदै गयो, शंकरका हात रमाका शरीरतिर बड्दै गए रमा निर्धक्क ……..।

आज रमाले आनन्द लुटी रमा खुसी छ । तृप्त र सन्तुष्ट पनि । धन सम्पत्ति मात्र मानिसका निम्ति सुख आनन्द होइन । शारीरिक सन्तुष्टी नै सबै भन्दा ठूलो सुख रमाले अनुभव गरी । शंकर र रमाबीच आत्मीय प्रेम प्रगाडहुँंदै गयो । रमाले रमेशलाई छाड्ने निर्णय गर्नं थाली ।

पाँचदिन पछि रमेश सम्मेलनबाट घर फर्कियो । रमेशलाई रमाको आसध्य माया छ । साँझबत्ती सल्काएर रमा नानी सुताउँदै थिई ।

‘रमा ! ए रमा !’ रमेशले आँगनबाट बोलायो । नानी सुताउँदै भित्रबाट रमा झर्केर बोली –‘आए त भै हाल्छ नि के गाउँ नै उचाल्नु पर्छ ?’

रमेश ढोका ढप्काएर भित्र पस्योे, रमेशलाई पुरस्कार जितेकोमा खुसीको सीमा थिएन । उसले एकाएक पुरस्कार व्यागबाट झिकेर रमालाई देखाउँदै भन्योे –‘रमा ! हेरत यतिका पुरस्कार पाएको मैले जितेको र मैले जितेको पनि यो पहिलो चोटि हो । यी सबै तिम्रै सहयोगले पाएको हुँ ।’

रमा मुकदर्शक बनेर हेरिरही ।’ रमा आज तिमीलाई सँन्चो छैन कि क्या हो ? बोल्दिनौ त ? आसध्यै भोक लागेको थियो ! बाटामा गाडी विग्रिएर अचानक ३ घन्टा बाटो कुर्नु प¥यो ।’ रमेशले धेरै वटा प्रश्न गर्दा पनि उत्तर पाउन सकेन । रमा उठेर अल्छीसरी भात बसाउन थाली ।

रमेश पुरस्कारहरू थन्क्याएर बाहिर सिकुवाको गुन्द्रीमा ढल्कियो । साँझको चीसो बतास ताप्दै मनमा कुरा खेलाउन थाल्यो । रमाले भात खान पानी दिई,रमेश भात खाएर थकाइ मार्न ओछ््यानमा ढल्किएर केके सोच्न थाल्योे । नराम्रो काम त मबाट केही भएको छैन, म साहित्य सम्मेलनमा भाग लिएर आएको, तर रमा मसँग रिसाएकी छ ।

रमेश एकझप्को निधाएर ब्यूँझिदा छ्याङ उज्यालो भैसकेको थियो । ‘ए छ्याङै पो भै सकेछ भन्दै रमेश उठेर हातमुख धुन थाल्यो । रमा चिया बनाउन थाली ।

कृष्णचन्द्रकी ५ वर्षकी छोरी शर्मिला खुर्खुर कुदेर आई । रमेश चिया पिउँंदै सिकुवाका डिलबाट हेरिरहेको थियो । सटासटी घरभित्र पसी र एकछिन पछि रमेशको छेउमा उभिएर भनी –‘अंकल–अंकल आज शंकर अंकल खोइ ? मलाई कति माया गर्नुहुन्छ । मिठाई पनि दिनु हुन्थ्यो क्या ।’

रमेश झस्याङ भएर सोध्योे –‘को हो शंकर अंकल ? कहाँ देख्यौ तिमीले ?’ रमेशले नानीलाई काखमा राखेर सानो स्वरले बुझ्न खोज्योे ।

‘यही बस्नु हुन्छ है शंकर अंकल –आन्टीसँग । अनि आन्टीसँगै सुत्नु हुन्थ्यो……… ।’ शर्मिलाको वाक्य नटुंगिदै रमेशले थुम्थुम्याएर बिचार गर्न थाल्योे–घर भित्रको आन्तरिक कलहलाई बाहिर निकाल्नु इज्जतमाथि दाग लगाउनु मात्र हो । रमाले मती खुस्काउन थालिछ क्यारे ! हो भने पनि यो बालकको कुरा समाजका अगाडि टिक्तैन । फेरि शंकाले हृदयमा आगो बाल्नु पनि वुद्धिमानी होइन । शंकर उस्कै कामले पनि त आउन सक्छ, उस्कै घर हो यो ।

‘रमा ! तलब भयो ?’ रमेशले रमातिर हेर्दै प्रश्न ग-योे ।

भित्रबाट तीखो स्वरमा रमाले उत्तर दिई ‘केको तलब हुनु नि, अझै कति दिन लगाउँछ । साहित्यकारहरूलाई किन चाइयो तलब ? साहित्य भट्याउँदै हिड्दा सन्तुष्टी हुँदैन र ? खाजा बनाई दिएको छ ।’ रमालाई स्कूल पुगेर शंकरसँग भेट गर्न हतारो भइरहेको थियो । परपुरुषको चाहनाले सताएदेखिनै रमा रमेशलाई देख्ता न्यास्रो मान्ने गर्दथी ।

खाजा खाएर दुवै अघिपछि भएर स्कूलतिर बाटालागे स्कूलमा रमेशको शंकरसँग भेट भयो,शंकरलाई देखेर रमा मुसुक्क हाँसी । रमेशलाई देखेर शंकर उत्ता फर्कियो । रमेशले मनमनमा विचार ग-यो—शंकर आज बिरानु देखिएको छ, उस्ले यत्रो अपराध कसरी ग-यो होला ? किन ग-यो होला ? धत् ऊ त आश्रय दाता हो । पोहोर रमा सुत्केरी हुँदा सबै कुरामा सहयोग गर्ने सहयोगी हो । अँहँ यो कदापि हुन सक्तैन । फेरि रमा पनि त त्यस्ती उत्ताउली कहाँ छ र ?’ रमेशका मनमा यिनै कुरा खेलिरहेका थिए ।

महिनौं बितेर गयो, तर रमेश र रमाबीचको सम्बन्ध सुध्रिसकेको थिएन । रमेशलाई पनि शंका उत्पत्र हुन थालेको थियो ।

एक दिनको कुरा हो, रमेश काम विशेषले बाहिर गएको थियो । रमेश नआउने बुझेर रमाले शंकरलाई डाकेकी थिई । अचानक रमेश बाटैबाट फर्किनु प¥यो, घरमा रमा र शंकर भित्र खाटमा अर्धनग्न एकआपसमा अंकमाल गरेर आनन्द लुटिरहेका थिए । रमेशले ढोकाबाट छर्लङ्ग देख्यो, अनि दुईकदम पछिस¥यो । रमाले रमेश आएको थाह पाई, शंकर लाज र डरले नतमस्तक भयो । रमेशले पनि घरभित्र पस्ने साहस गरेन । त्यो हृदय बिदारक दृष्यले रमाको नग्न चिरित्रको चरितार्थ गरिदियो ।

रमाले शंकरलार्इं बचाउने अन्तिम उपाय सोच्न थाली । एक्कासि लट्टे पड्किए झैं रमेशमाथि तीखा एवं अस्लील शब्द प्रहार गर्न शुरुगरी–

‘रमेश तिमीले मलाई ल्याएको होइन, मैले तिमीलाई ल्याएकी हुँ । तिमी नपुंसक हौ नपुंसक, आजदेखि तिम्रो मसँग बस्ने अधिकार छैन ।

रमालाई रोक्तै मलिम स्वरमा रमेशले भन्यो–‘रमा तिमी यो के भनिरहेकी छौ ? तिमीले आफ्नो वाचालाई भूल्यौ ? मानिसका हजारौं गल्तीहरू हुन्छन् । तिमीलाई मैले फालेको छुइन, तिमी आफूलाई समाल रमा ! पतनको बाटोतिर आफूलाई नलैजाऊ ?’

रमा झन् संग्रालिदै गई–‘रमेश तिम्रा अर्ती उपदेशकी भिखारी छुइन म । तिमी भिखारीका छोरा हौ रमेश ! तिमी त केवल मेरा निम्ति एउटा मुर्तिमात्र थियोैै । तिमीले मलाई आत्मा सन्तुष्टी दिन सकेनोै, खानु र लाउनु मात्र मानिसको जीवन होइन । आजबाट म रमेशकी रमा छुइन, म शंकरकी रमा भैसकेकी छु, तिमी यहाँबाट गैहाल । रमाका हृदय विदारक वाणीले रमेशको हृदयमा चोट पु¥यायो ।

रमेशका आँखा नानीतिर पुगे । तीखो स्वरमा रमाले थप्तै भनी–‘रमेश,यो नानी तिम्रो होइन, यो नानीको दाबेदार दीपक हो । यो नानीको बारेमा तिमीले एक शव्द पनि बोल्ने अधिकार छैन ।’ रमाले रमेशलाई निकै तीखा र तुच्छ बाण प्रहार गरी ।

‘रमाका तिरस्कृत र अपहेलित शब्दले रमेशको हृदय छिया–छिया भयो । आँखाबाट बलिन्द्र आँसुका धारा बगे । केही क्षण धर्यधारण गर्दै रमेशले भन्यो—‘रमा म तिम्रा पछि लागेर आएको फल पाएँ, तिम्रो जीवन फलोस् फुलोस् यति नै भए मलाई पुग्छ ।’ भन्दै रमेशले आफ्ना लेख र पुरस्कार व्यागमा हालेर बाहिर निस्कियो र रमाका अनुहारमा एक फेरा राम्ररी हे¥यो । रमा नतमस्तक भई रमाका आँखा भरी मायाका आँसु टिलपिल–टिलपिल हल्लिरहेका थिए ।

रमेश बाटालाग्या, धेरै परसम्म रमाले रमेशलाई हेरिरही । त्यो विछोड रमालाई कुनै नाटक वा सेनेमाका नायक नायिकाको मिलन पछिको विछोड भएको झैं अनुभव भइरहेको थियो ।

भाग ८

रमेश धेरै टाडा पुगेर एउटा नेपालीकै घरमा बास बस्योे । उसलाई गाउँलेहरूले त्यही राखी मास्टरी काम मिलाइदिए । रमेश दिनभरी मास्टरी काम गथ्र्यो, छुट्टी भए पछि आफ्नो कोठामा बसेर, के–के कोरिरहन्थ्यो,रमेश मिलनसार भएकोले गाउँलेहरूसँग मित्रता प्रगाढ हुँदै गयो । योग्य, अनुभवी, र मिलनसार देखेर रमेशलाई हत्याउन धेरै युवतीहरूले कोशिष गर्नथाले । तर सफल हुन सकेका थिएनन् । त्यही स्कूलकी अविवाहिता शिक्षिका विनिताले रमेशमाथि आँखा गाडेकी थिई ।

रमेशका कोठामा आउने जानेक्रम विनिताको बढ्दै थियो । तर विनिताले आफ्नो मनको उद्गार पोख्न सकेकी थिइन । रमेशले विवाहको कुरा झिकेको खण्डमा प्रस्ताव राख्ने विनिताको ठूलो धोको थियो । युवतीहरू आºना मनका इच्छा आकांक्षलाई खुलेर युवकहरूसामु राख्न लजाउँछन् । उनीहरू चाहन्छन् युवकहरूले नै प्रस्ताव राखुन् त्यसमा आपूmले स्वीकार गरेको संकेत दिन पाइयोस् ।

तर त्यस्तो सौभाग्य सबैले पाउन सकेका हुँदैनन् । आपूmले चाहेको पुरुषप्रति आकर्षित बन्दै गएपछि आºनो नग्न चरित्रको प्रदर्शन हदैसम्म गर्न पनि पछि पर्दैनन् । अझ नारी इष्र्याले उन्माद बनाएपछि त ………..।

पाँच,सात महिना वितिसक्ता पनि रमेशबाट विवाहको कुरा उठेन । धेरै केटीहरू रमेशप्रति आकर्शित भएको विनिताले थाह पाएर एकदिन आफैले प्रस्ताव राख्ने दरो अठोट लिएर रमेशका कोठामा गई । रमेश भर्खरैमात्र लुगा फेरेर पलङमा आराम गर्दै थियो । विनिता मुसुमुसु हाँस्दै भित्र पसी र छेवैको कुर्सी तानेर बसी । रमेशले विनिताको मुखतिर हेर्दै भन्यो –‘हामीलाई टाडाबाट नदेखेर घाम पनि नजिकै आए जस्तो छ नि विनिता बैनी ? यस्तो दिन त …………….?’

विनिताले कुरा नबुझेर धेरेैबेर रमेशका मुखतिर हेरिरही ।

बल्ल कुरा बुझी र लामो सास फेर्दै– ‘अँ त आज त टाउकैमा घाम आएजस्तो लाग्यो मलार्ई पनि यो फेनको तातोहावा जीउ सुकाउनु र टाउको दुखाउनु मात्र हो ।’ विनिताले जवाफमा भनी । ‘हेर तपाइँको त कतिदुःख यतिसानो कोठा ………।’

विनिताको बोली बीचैमा रोकेर रमेशले उत्तर दियो–‘दुःख र सुख मानिसका साथी हुन् विनिता ! त्यसमाथि पनि मजस्ता अभागीलाई यो भन्दा सुख के नै हुन सक्छ र ? विनिता बैनी अलिकति चिया बनाउ हगी ?’ रमेशले मलिम स्वरमा विनितातिर हेर्दै भन्यो ।

विनिताले तर्तर्किदै भनी ‘पर्दैन रमेश दाइ दुःख नगर्नोस्, बरु आज मेरो घर जाऊँ यसो कहिले कही घुम्दै आए पनि त हुन्छ नि । हामी पनि परचक्री होइनौं क्यारे । तपाइँ त कति अनौठो मान्छे हुनु हुदोरहेछ । प्राय साहित्यकारहरू यस्तै हुन्छन् भनेको सुनेथेँ । आपूmले त साहित्य पनि पढिएन, साहित्य भनेको कुन चरीको नाम हो थाहै छैन ।

बुबा आमा कति कुरा गर्नुहुन्छ तपाइँको !’

गोरो वर्णकी,अग्ली, छरितो जीउडाल भएकी विनिताले धेरैबेर पछि मनका कुरा उकेल्ने साहस बटुली । फेरि भताभुङ्ग भयो, शरीरको सारा शक्ति सिथिल हुँदैगएकोले विनितको अनुहार लाजले रातो भयो । रमेशले विनिताको अङ्ग प्रत्याङ्ग परिवर्तनलाई नजिकैबाट अध्ययनमात्र ग-योे । उस्ले विनिताको इच्छा आकांक्षाहरू प्रष्ट बुझिसकेको थियो ।

विनिताले आफ्ना भावना खोल्ने अन्तिम घडी सम्झेर पुनःएकचोटि साहस बटुली र रमेशलाई नरमस्वरमा भनी–‘रमेश ∕ म तिमीलाई माया गर्छु, तिमी मलाई माया गर,म मायाकी भोकी छु, मसँग विवाह गर, मलाई अप्नाउ रमेश, म तिमीलाई चाहन्छु ।’ विनितका आँखामा टिलपिल आँसु भरिएका थिए । विनिताका प्रश्नहरूले रमेशको हृदय घच्घच्यायो,तर रमाको घाउ थाकिसकेको थिएन । त्यसैले रमेश घोत्लिएर सुनिमात्र रह्योे ।

‘रमेश ∕ तिमी किन बोल्दैनौं, बोल रमेश’ भनेर विनिताले रमेशलाई घच्घच्याई ।

‘विनिता ! तिमी यो के भनिरहेकी छौ ? म घर न घाटको मान्छे । तिमी सम्पत्र परिवारकी छोरी कहाँ तिमी हीरा कहाँ खिया लागेको फलाम म ।’ रमेशले प्रतिउत्तरमा भन्यो ।

विनिताले गहभरी आँसु पारेर भनी । ‘रमेश तिमी यो के भन्दै छौ ? प्रेम धनी र गरीब हुँदैन,सानो जात, ठूलो जात । प्रेम त केवल प्रेम नै हो । तिमीलाई म चाहन्छु, तिमी मलाई किन चाहँदैनौं ? ममा के कमी छ ? म तिमीलाई सन्तुष्टी दिलाउन सक्तिन ? म मायाकी भोकी छु, रमेश तिमी जस्तो एउटा नौजवान युवकलाई एउटी युवतीले प्रेमको प्रस्ताव राख्नु के प्रकृतिको नियम विपरित हो त ?’

विनिताका आँसुसरिका तीखा वाणले रमेशको हृदय च्वास्च्वास्सी घोच्यो ।

रमाका तीखा वचन रमेशका मस्तिष्कमा सजीव भएर रुमल्लिन थाल्यो । रमेशका हात गोडा थर्थरी काँपिरहेका थिए । रमेशले आत्तिएर भन्यो ‘म हिजडा हुँ विनिता हिजडा । मबाट तिम्रो इच्छा पुराहुन सक्तैन ।’

विनिता छक्कपरेर केहीबेरसम्म रमेशका मुखमा स्तब्ध भएर एकोहोरो हेरिरही । दुबैले शून्यताभित्र आपूmलाई हराए र एक अर्कामा हेराहेर मात्र गरिरहे ।

निकैबेरमा मौनता तोडी विनिताले मुख खोली । ‘तिमीले मलाई झुक्याउन मात्र खोजेका हौ,यो कदापि हुन सक्दैन रमेश । तिमी झुट बोलिरहेका छौ ।’

यसको जबाफ तिमीले मलाई अहिले दिनुपर्छ । नत्र म तिम्रो नाममा आत्महत्या गर्नेछु ।’ विनिताले रुंँदै फलाकेको मूकदर्शक भैंm भएर रमशले सुनिरह्यो ।

रमेशले मनमनमा बिचार ग-यो ‘हतारमा कुनैपनि निर्णय लिनु उपयुक्त हुँदैन ।

रमाले पनि ठूलो घोका दिई, अब यसलाई समय दिनुप¥यो । म रिसाएर काम बन्दैन,आइमाईको एकोहोरो ढिपी हुन्छ । युक्ति र बुद्धिलेमात्र जित्न सकिन्छ, नारी जातिलाई । अब पनि म यो जालमा फँसे भनें मेरो जिन्दगी नै बरबाद गर्नु सिवाय केही हुँदैन । म लुछिएको, लुटिएको,अस्तित्व हीन मान्छे यो हुनसक्तैन ।

रमेशले आफू त्यहाँ नबस्ने बिचार ग-यो र बडो धैर्यतापूर्वक विनितातिर हेर्दै भन्यो ‘विनिता विवाह भन्ने कुरा यति हतारले कहाँ हुन्छ ? म भोलि तिम्रा घरमा आउँछु अनि तिम्रा भाग्यको फसेला पनि तिमीले भोलिदेखि पाउँदै जानेछौ ।’

विनिता भोलिको प्रतिक्षामा आँसु बगाउँदै घरतिर बाटालागी । रमेशले धेरेैबेरसम्म आपूm कसरी त्यहाँबाट फुत्किन सकिन्छ भन्ने सोचिरह्यो । ‘तिमी हिजडा हौ, मेरो इच्छा पुरा गर्न सकेनौ । ‘रमाका वाक्य घरी–घरी दोहोरिरह्यो । रमेशलाई विवाह गर्न पटक्कै मन थिएन । साँच्चिकै परिस्थितिले रमेशलाई हिजडा बनाएको थियो । डेरामा पनि केटीहरू मात्रै बढी आउने गर्दथे । रमेशले मन–मनमा सोच्यो–अब यहाँ बस्नु ठीक छैन । भर्खरै २५ सय रुपयाँ तलब थापेको थियो, त्यहाँबाट बसस्टेन्ड पुग्न आधा घन्टा हिड्नुपथ्र्यो । जेठको महिना बेलुकीपख सिमसिमे पानी परिरहेको थियो । पूर्णिमाको रात झ्यालबाट टाउको छिराएर बाहिर हे¥यो ।

मानिसहरूको चकमन्न देखिन्थ्यो,रात्रीले एकलौटी राज्य गरिरहेको थियो । ¥याँई¥याई झ्याँउकिरीको स्वरमात्र एकोहोरो गुञ्जिरहेको थियो । बाटाका छेउछाउमा जुनकिरी झिलिक–झिलिक उज्यालो चम्काइ–चम्काइ उडिरहेका थिए । कुनै हत्यारो कसैको हत्या गरेर फरार हुुन खोजिरहे झैं रमेश फरार हुन खोजिरहेको थियो । बिस्तारै व्याग च्यापेर रमेश फुत्त बाहिर निस्कियो र पल्याक–पुलुक चारैतिर हे¥यो । परिस्थितिले रमेशलाई साथ दिन सकेन,उस्ले त्यो साँझलाई आफ्नो जीवनको अन्तिम घडी ठानेर बाटा लाग्यो ।

निकै साँझ परिसकेकोले बाटामा कुनै मानिससँग उस्को भोटाघाटा हुन पाएन ।

रमेशको मुटु डरले थर्थर कापिरहेको थियो । हुन त उस्ले के नै गल्ती गरेको थियो । तर पनि मानिसलाई समय समयमा त्यसता अप्ठ्याराहरूले नै सताउने गर्दछन् । विशेष गरी नारी जातिको एकोहोरो ढिपीले गर्दा नै रमेशले जीवनमा थुप्रै आरोह अवरोहका अनुभवहरू बटुल्ने मौका पनि पायो ।

कसैको नकरात्मक सोचलाई सकरात्मक दिशामा परिवर्तन गराउन नसके पछि त्यसको ठाडो असर आफैमाथि पर्ने त निश्चित नै छदैछ । त्यही असरमात्र रमेशलाई परेको थियो । हुन त उसले विनितालाई स्वीकार गरेको भए पनि उसले ठूलै खतरा मोल्नु पर्ने त अवस्यै थिएन, रै पनि रमाको घाउ आलै भएको कारणले गर्दा नै रमेशले विनितालाई आनो जीवन साथी बनाउन चाहेन ।

विधिको विडम्बना भनौं वा नियतिको खेल, थुप्रै किशोरीहरूले रमेशलाई चाहे पनि रमा बाहेक उस्ले कसैलाई मन पेट दिन चाहदैनथ्यो ।

बसस्टेन्डमा पुग्दा खलासीले डिम्मापुर–इम्फाल के–के कराइरहेको सुन्यो । हतार–हतार टिकट लिएर गाडीमा उठेपछि बिस्तारी उसले विनितालाई छोड्दै गयो ।

भोलिपल्ट १० बजे बिहान डिम्मापुरमा उत्रियो । मणिपुरे र नागाहरूले खचाखच भरेको डिम्मापुर मणिपुरे र नागाहरूको आन्दोलनले दुईदिन बन्द भयो । त्यो बन्दमा इम्फालको एकजना नेपाली घिउ व्यापारीसँग रमेशको परिचय भयो । त्यस व्यापारीले रमेशलाई इम्फाल लैजाने बिचार ग-यो । दुवै बसमा उठेर पहाडको बाटोहुँदै इम्फालतिर लागे । वरिपरि पहाडले घेरेको उपत्यका इम्फालको रमेशले मनोेरम दृष्यावलोकन ग-योे । रमेशलाई त्यहाँको प्राकृतिक सौन्दर्यले आºनो देशको सम्झना गरायो । नागा, कोकी र मणिपुरे भाषा बुझ्न रमेशलाई कठिन भएको महसुस गरी त्यो व्यापारीले ठूलो नेपाली बस्तीमा लगी छाडिदियो ।

रमेशलाई त्यहाँको वातावरणमा भिज्न गाह्रो अनुभव भइरहेको थियो । अझ वेरोजगारी बस्नु पर्ने स्थितिले मन स्थिर हुन सकेको थिएन । रोजगारीको निम्ति मुग्लान पसेको आरावाल हर्केसँग भेट भयो । हर्के नेपालबाट जीजीवीशाको खोजिमा केही समयअघि मणिपुर पुगेको थियो । हर्केसँग रमेश घरफिर्न अठोट गरी बाटालाग्योे । बाटामा अचानक रमेशको मन परिवर्तन भयो । भूटानमा आन्दोलन चर्किरहेकोले थुप्रै भूटानीहरू नेपालमा शरणार्थी भएर बसेको खबर व्यापक भारतीय पत्रपत्रिकाहरूले छापेका थिए । रमाको विषयबाट आफूलाई अप्ठ््यारो पर्ने बिचार गरी गुहाटीमा पुग्नुअघि नै रमेशले निर्णय बदल्यो ।

रमेशलाई नेपाल आएर आफन्तहरूसँग भेटघाट गर्ने ठूलो इच्छा थियो । तर सबैकुराको तारतम्य नमिले पछि रमेशले डिब्रुगढतिर जाने विचार गरी हर्केलाई गुहाटीबाट विदा गरेर भोलिपल्ट रमेश डिवु्रगडतिर बाटालाग्यो ।

करिब तीन बजेको हुँदो हो राति रेलबाट उत्रिएर मुसाफिरमा डुल्दैगर्दां अचानक विनोदसँग भेटभयो । विनोद पनि त्यही रेलमा आएको रहेछ । दुवैजनाका एक आपसमा आँखा जुध्ननसाथ दुवै हर्षविभोर भए । बाँकी रात मुसाफिरमै वित्यो ।

रातभरिको सिरेटोले निला–निला भएर सुुत्रिएका ओठ र आँखा रुमालले पुछेर झिस्मिसेमैै बसस्टेनतिर लागे । करिब एकघण्टाको बाटो बस गुडेपछि ओर्लिए र १५ रुपियाँको बाटो अटोरिक्सामा विनोदले रमेशलाई लिएर घर पुग्यो ।

भोलिपल्ट बेलुकीपख विनोदले नेपाली बस्ती घुमाउन लग्यो । पुस्तौंपुस्तादेखि बसोबास गरेका नेपालीहरूको ठूलो बस्ती घुमेर घरफर्किए । गाउँलेहरूले रमेशलाई मास्टरी जागीरमा लाउन धेरै कोसिसगरे, तर भाग्यले साथ दिएन ।

त्यहाँबाट सध्यातिर जान उसले एकपल्ट कमरकस्यो तर आपूmले सोचे जस्तो नभएपछि रमेशले शोणितपूरतिर जाने विचार ग-यो । शोणितपूरमा गएर मारवाडीको पसलमा काम गर्नथाल्यो । त्यसपछि शोणितपूरका नेपालीहरूसँग उस्को चिनजान पनि विस्तारै बड्दैगयो । करिब डेडवर्षपछि दोकान छाडेर नेपालीहरूको बस्तीतिर निस्कियो । त्यो माडवारीको दोकानमा बस्दा उस्ले भित्रभित्रै मास्टरी जागिर मिलाई सकेको थियो ।

रमेशको योग्यता र आदर्शताको सबै मुक्तकण्ठले प्रशंसा गर्दथे । रमेश छुट्टै कोठा भाडा लिएर बस्थ्यो । बेलाबेला साहित्य सम्मेलनतिर भाग लिन र साहित्य लेखनमा नै व्यस्त रहन्थ्यो ।

गौहाटीमा भएको दुईदिने वृहत् साहित्य समेलनमा पनि भाग लिई रमेशले कला प्रदर्शित गरेर सबैलाई आश्चर्य चकित तुल्याई दिएको थियो ।

एकजना जमिनदार चौवानकी एक मात्र छोरी २५–२६ वर्षकी डाक्टरी पास गरेर विश्वनाथ चारालीको प्राइभेट अस्पतालमा जागीर खान्थी । एकफेरा ऊ नेपाल पनि घुमेकी रहिछ । नजिकै भएकोले रमेश र उमाको भेटघाटा भइरहन्थ्यो । रमेश बिरामी पर्दा उसैले जाँचेर औषधि गरिदिएकी थिई । अस्पताल जाँदा आउँदा रमेशको डेरामा एकछिन गाडी रोकेर निस्किने पनि गर्थी ।

विश्वनाथ चारालीका निकै घनाढ्य व्यक्ति मानिएका चौवानले रमेशको क्रियाकलाप अवलोकन गरेपछि रमेशसँग आºनी छोरीको बिवाह गरिदिने बिचार गरे ।

तीनमहिना पछि फेरि बुढाले रमेशलाई घरमा बोलाए । अल्लारे ठिटो देखेर बाबु छोरी दुवै रमेशप्रति आकर्षित थिए । तर रमेशलाई भने विहागर्ने इच्छा थिएन । विवाहले गर्दा नै आपूm यो अवस्थामा पुग्नु परेको हो भन्ने सोचले रमेश निराश हुनपुगेको थियो । यता उमाकी आमालाई क्यान्सरले च्याप्तै लगेर नबाँच्ने स्थितिमा पुगेकी थिइन् । उनलाई छोरीको विवाह हेर्ने ठूलो धोका थियो । त्यसैले बूढा साह्रै हतारिएका थिए ।

रमेश र उमाको चिनाजानी नजिकिदै गएकोले शंकर बूढा र रमेशबीच भुटानी आन्दोलनका विषयमा पनि छलफल हुने गर्दथ्यो ।

भाग ९

निकैबेरको मौनता भङ्ग गरेर बूढाले भने ‘बर्मेली शासकले खेदेका नेपालीहरूले पनि यही स्थिति भोग्नु परेको थियो । ५० सालको आन्दोलनमा परेका ५÷७ घर भोटाङेलीहरू यही आइपुगेका थिए । हामी सबै गाउँले मिलेर ऊ त्यो दोलुङ पारिका गाउँमा बसोबास गराएथ्यौं । त्यस मुलुकमा पढालेखा छैन । जनताले पढ्न नपाए पछि शासकहरूको एकतन्त्रे रजाइँ चल्छ । नेपालमा पनि राणाहरूको शासन त्यस्तै थियो रे’ अझ अगाडि थप्तै बूढाले भने ‘बाबू हाम्रो महान भारतमा जति सजिलो अघि थियो त्यति सजिलो अरु मुलुकहरूमा थिएन ।’ बूढाले प्रसंग बद्लाएर प्रश्न गरे ‘अनि बाबा आमा कहाँ छन् त अहिले बाबू ?’

‘नेपालको शिविरमा छन् रे ! आपूm यहाँ आइपुगियो । यो विधिको तारतम्य कस्ले बुझ्न सक्दोरछ र ?’रमेशले बूढातिर हेर्दै भन्यो ।

यो विधिको खेल हैन बावू ∕ यो शासकहरूको कपटपूर्ण खेलमात्र हो । समयले यस्ता खेल आफै पल्टाइदिन्छ ।

पोहोर साल दुईतीन हुद्धा भोटाङे भाइहरू भोटाङमा आन्दोलन गर्ने भन्दै सहयोग माग्न आएथे ।

मैले पनि २०÷२५हजार जति सहयोग गरिसके । उनीहरू यहा“बाट बर्मातिर पनि जानु छ भन्दै बाटा लागेथे । कसैकसैले त ५० हजारसम्म दिएका छन् । तर आन्दोलन भयो भएन ? नेपालीले दुःख पाएको सुन्दा मनै थाम्न सकिएन ………।’

बूढाको बोली अवरुद्ध भयो । आ““खामा टिल्पिल आ“सु भरियो । निकैबेर पछि बूढाले आफूलाई समाल्दै अगाडि थपे ‘बाबू ∕ अब यतै घरजाम गरेर बस्नुपर्छ । यसो समय निकालेर खानासाना खान घरतिरै आए हुन्छ । मलाई पराय नठानी एउटै परिवारका सदस्य ठाने हुन्छ बाबू ।

रमेशले मौन स्वीकृतमात्र जनायो । यसबाट बूढास““““ग रमेशको सम्बन्ध नजिकिदै गयो । रमेश गम्बीर स्वभावको व्यक्ति भएकोले कसैले पनि रमेशको मनको कुरा थाह पाउन त्यति सजिलो थिएन । देशमा प्रजातान्त्रिक संघर्ष शुरुभएपछि निरंकुश राज्यसत्ताले विदेशिन बाध्य पारिएका भुटानीहरू यत्रतत्र छरिएर आना बालबच्चाको पालन पोषणमा नै साह्रा दिन विताउनु बाहेक केही उपलव्धी थिएन ।

’यो २१ ओैं शताव्दीमा आएर पनि प्रजातन्त्रको माग गर्ने नागरिकमाथि राजाले यस्तो व्यवहार गर्नु अशैय कुरा त छदै थियो तर राजाको यो व्यवहारमा परिवर्तन नआउने हो भने देशमा राजसस्था नै नरहन पनि सक्छ ।’

‘हो बाबू बेलैमा बुद्धि पु¥याउने राजाहरू संसारका पुज्यपात्र पनि बनेका छन् ।

राजालाई विष्णुको अवतार मान्नु पनि आजकल त धिकार नै छ । व्यवहारमा विष्णु हुन सकेनन् आना देशका प्रजालाई दुःख दिएर देशबाटै लखेटेपछि राजसस्थाको पो के मूल्य र≈यो र ? ल म घरतिर लागे“ …..।’ भन्दै बूढा विदा भए ।’

बाहिर पानी सिम्सिम परिरहेको थियो कृषकहरू झरीको प्रवाह नगरी आना काममा व्यास्थ थिए । चौवान बूढाले रमेशका कोठामा बसेर यस्ता के के गुनाशाहरू पोखे, बूढाको मनमा शान्ति थिएन । छोरीको विवाह गर्नुलाई प्राथामिकता ठानेका थिए ।

उमाको संंकेत पाएर नै बुढाले ढिपी गरेको रमेशले थाह पायो । बूढाको निम्तो मात्र कोठा बन्दगरेर रमेश उमाका घरतिर लाग्यो । उमासँगै दूईवटी ठिटी भ¥याङ् ओर्लिए,उमा र रमेशको जम्का भेट भयो । उमाले लजालु मुस्कान दिंदै टाउको निहु¥याई, रमेश फटाफट माथि चड्यो । बूढा बिरामीतिर फकेर पुरपुरोमा हात राखी केके सोचिरहेका थिए । रमेशले ढोकैबाट नमस्कार गरेर कुर्सीमा बस्यो ।

रमेशका मुखतिर हेर्दै नरम स्वरमा शंकरले भने–‘बाबु धन सम्पत्तिमात्रै भएर नपुग्दो रहेछ,अध्यामिक र पारिवारिक सुख आनन्द पाउन सकिएन । कर्म पनि कति अभागी रछ बाबू ।’

‘संघर्षैसंघर्षले भरिएको जीवन, ललाटमा जे छ त्यै हुन्छ भन्छन् । यी सबै पूर्वजन्मको फल भन्नु त होला नि ।’ रमेशले साहनुभूति प्रकट ग-यो ।

उमा बिरामी आमाको खुट्टा सार्दै छेउमा बसी रमेशले उमाका मुखमा पुलुक्क हेरे,र फेरि बुढातिर फर्कियो । बिवाहको कुरा चल्नथालेपछि एकआपसमा सर्माउन थालेका उमा र रमेशबीच खुलेर बात हुनसकेको थिएन ।

रमेश घोरिइ केके सोच्दै थियो । पिकुले चिया र विस्कुट ल्याएर टेबुलमा राखिदिई । बूढाले सुरुप्प चिया पिएर पुलुक्क रमेशका मुखतिर हेरे र भने—‘बाबू चिया प्यूँ सेलाउँछ ।’ एकछिन पछि बुढाले फेरि कुरा थपे—‘शरम मात्रु पर्दैन बाबू ! हामी को हौं र ? हामीलाई बाबा आमा नै सम्झे हुन्छ । बिचरा ! राम्रै खानदानका, पुस्तौं–पुस्ता बसोवास गरेको थलोकीलो उखेल्लिएपछि को कहाँ ! को कहाँ !’ राजाको हुकुम बाबाको दुहाइ’ हाम्रो भारतै ठीक छ बाबू खान लाउन पाएकै छ खान खाँचो छैन ।’

‘तर बुबा यहाँ पनि……………..?’

रमेशका कुरा नटुंगिदै बुढाले थपे—‘हो बाबू ! यहाँका मधिसेहरूलाई जतिको स्वतन्त्रता हामीलाई छैन । हामी हेप्पिएका छौं. मिचिएका छौं शोषित पीडित भएका छौं । हाम्रो आवाज भारतसरकारले कहाँ सुनिदिएको छ र ? नाममात्रै गणत्रन्त छ शासन त राजतन्त्रको भन्दा पनि बडता खपेर बसेका छौं । भाषा संस्कृति छैन, हामीले पनि आजादीका निम्ति लड्ने दिन आएको छ । चारतिर मन डुलायो दुःखै थपिन्छ ।

हामीमा एकता छैन, प्रवाशी नेपालीका निम्ति नेपालले एकशव्द बोल्ने होइन अनि हेपिनु बाहेक के छ र बाबू ?’

‘ए ! सात बजिसकेछ, आमालाई इन्जेक्सन दिनेबेला……।’ भन्दै उमा भित्रबाट इन्जेक्सन लिएर आई । रमेशले त्यो दारुण स्थितिको दृष्यावलोकन गरिरह्यो ।

‘पेैसालेमात्र बचाएको छ बाबू ! सम्पत्ति नहुँदो हो त उहिल्यै हाड मकाइसक्थे । उमालाई डाक्टर बनाउँदा बीसलाख जति सिद्धियो । बूढी मान्छेका शरीरमा ५–७ लाख खर्च पुगिसक्यो अब ता दिन मात्रै पर्खेकी छ । उसको एउटै घिटघिटो छोरीको विहा, त्यै पर्खेकी होली ।’ बूढाले आँखाभरि आँसु पारेर दुःख व्यक्त गरे ।

उमा बुबाका मुखमा पुलुक्क हेरेर आँखाबाट बर्र आँसु खसाउँदै भित्र पसी । बिरामी रुँङ्नेहरूको घुंँइचो लाग्नथालेको थियो ।

उमाले खाना खान पानी दिई । खाना खाएर दुवै बाहिर आए, थालीमा पान सुपारी ल्याएर उमाले राखीदिई । रमेश पान, चुरोट, भाङ, धतुरो केही खाँदैनथ्योे । एउटा सुपारीको टुक्रो करैले उठाएर मुखमा च्याप्यो ।

बिस्तारी बूढाले विहाको कुरा कोट््याउन खोजे,तर मान्छेको निकैभीड बढेकोले कुरा तर्काएर बिरामीका कुरा निकाले । उमा छेवैमा बसेर महाभारतको कथा सुत्रथाली । निकै रात बितेपछि रमेशलाई भित्र कोठामा लगेर सुताई ।

भोलिपल्ट विदा भएर रमेश स्कूलतिर बाटा लाग्योे ।

‘रमेश दाइ ! नमस्कार !’

रमेशले पछाडि फर्केर हे¥योे, ‘ए उर्मिला बहिनी ! नमस्कार ! तिमी त अघि नै गयौ होली भन्ठानेको थिएँ ।’

रमेशका कुरा टुंगिन नपाउँदै उर्मीलाले भनी–‘घरमा कति काम हुन्छ, लोग्ने मान्छे भैदिएकी भए त ?’

सिमसिम पानी परिरहेको थियो । रोडा बिच्छ््याएको रोड साइकल रिक्सा चलिरहन्थे । रमेशले उर्मिलातिर हेरेर भन्यो– ‘बैनी हिंउदको पानी कति चिसो छ । आउ टाउको त ओतिन्छ …….?’

के निउ झिकौ र रमेशका छातामा ओत लागौं भन्ने उर्मिलाले सोचिरहेकी थिई निउ पाउनासाथ उर्मिलाले भनी—‘घरबाट हिंड्दा पानी पर्लाजस्तै थिएन, नत्र छाता ………।’ भन्दै रमेशका छातामा ओत लागी । रमेशसँगै टासिएर हिड्न पाएकीमा ऊ आपूmलाई सौभाग्यवती सम्झिन्थी ।

होचीहोची मोटी जीउ गहुँगोरी कुुर्थामाथि सल ओडेकी २०—२२ वर्षे उर्मिलाको शरीर घरीघरी रमेशको शरीरसँग ठोक्किदा आङ्ग जिरिङ भएर फुल्थ्यो ।

स्कूल परिसरभित्र पस्नेबेलामा उर्मिला अलगिन खोजी,तर पानीको गति बढिरहेकोले स्कूलको बरन्डाबाट मुसुमुसु हाँस्दै भित्र पसी । सावित्रीले आँखा मुख नचाउँदै उर्मीलालाई व्याङ्ग्य कस्तै भनी–‘क्या हो मैया ! आज ता जोडी भेटेजस्तो छ नि ?’

‘छ््या ! सावित्री तिमी त जिस्किन मात्र जान्दछ्यौ ।’ उर्मिलाका कुराबीचैमा रोकेर सावित्रीले थपी—‘मख्ख प¥यौ कि क्या हो उर्मिला ! रमेश बाबु जस्तो पति पाउन त पार्वती हुनु पर्छ क्या पार्वती……….।’

आइतबार स्कूल विदाको दिन थियो सावित्री बाहिर तारमा लुगा सुकाउँदै थिई उर्मिला र अनिता टुप्लुक्क आइपुगे । सावित्रीले सिकुुवातिर देखाउँदै भनी —‘उर्मिला यहाँ बस्तै गर है म आइहाल्छु ।’

उर्मिलालाई देख्ने वित्तिकै सावित्रीको मुटु ढुक्ढुक् हुनथाल्यो । यो पक्कै पनि रमेशको विषयमा कुरागर्न आई । मैले के भत्रे होला, रमेश जस्तो जोडी पाउन त कति खेप जन्मिनु पर्छ । हातमा पर्न आँटेको फल आफैले गुमाउनु पर्ने भयो अब ।’ मनमनमा यस्तै कुरा खेलाउँदै शावित्री भित्र पसी र भनी । ‘अँ साँची सीताको खबर पायौ ?’ आत्तिंदै सावित्रीले प्रश्न गरी । एक्कासि प्रसंग बद्लियो अनिता र उर्मिला झस्या∙ भए । ‘अगुल्टाले हिर्काएको कुकुर विजुली चम्किदा तर्छिए झैं ’ उर्मिलाले रमेशमाथि संका गरी सीताले पो रमेशलाई छक्याईछ क्यार ‘ए त“ त टोलाइस् नि ∕ के भो ह“ उर्मिला ?’ ‘ए केही होइन त्यस्कै बारेमा सोच्तै थिए“’

‘ कस्तो खबर सावित्री भन न ?’ अनिताले उत्सुकतासाथ आग्रह गरी ।

‘हिजो उमाका गाडीमा ठक्कर लागेर दुर्घटना भएछ नि ! अस्पतालमा भर्ना गरेको छ रे ? म लुगा सुकाएर हेर्न जाउँ भन्दै थिएँ तिमीहरू पनि आइपुगेछौ, रामै्रे भो ।’ सावित्रीले भनी ।

सीताको खबर सुनेर उर्मिला र अनिता हिड्न छट्पटाए । ‘पख न जे हुनु त भैगो चिया त पिएर जाऊँ, आज एकादशी म चिया बनाइहाल्छु ।’ भन्दै सावित्री भित्र चिया बनाउन थाली ।

‘बिचरी सीता ! उमा र सीता सँगै पढ्थे, उमा डाक्टर भई सीता फकटीया छे । भेट नभएको पनि निकै भएको थियो । के सोचेर आएकी सावित्रीले मनै बिगारी दिई ।’उर्मिलाले साहनुभूति प्रकट गरी ।

तीनैजना चिया पिएर रिक्साचढे । अस्पतालको गेटमा रिक्सा अडियो, सावित्रीले एक पावा अंगूर किनी । उर्मिला र अनिता स्याउ छान्न थाले—‘आजकल त फल पूmलको दाम व्यापारीहरूका मुखैमा झुण्डेको छ ……..।’ ‘नाइ ए तो जम्मू काश्मिरका खरिद है,ए नक्कली माल नही है……..। ताजा मालका ताजा दाम ।’

मधिसेले सेता दाँत देखाउँदै भन्यो ।

‘भो भो छाड्दे तेरो बानी नजानेको हो र, तँ ठग यत्तिकै त होस नि !’ भन्दै तीनैजना स्याउ र अंगुर किनेर अस्पतालतिर लागे ।

सीताका बेडमा रमेश बसेको देखेर तीनैजना छक्क परे । सीतालाई सेलेनपानी चडाइराखेको थियो । सावित्रीहरू भित्र पसेपछि रमेश छेवैको टूल तानेर बस्योे । सावित्रीले सीतालाई छाम्दै भनी – ‘कस्तो छ सीता अहिले ?’

सीताले सानो स्वरमा भनी —‘हिजो त बाँच्छु भत्रे नै थिएन । दुईचार दिन दुःख गर्न अझै लेखेको र छ ।’

‘हड्डीहरू त राम्रै छन्, तर भित्र अलिक दग्धि भएकोले दुईचार दिन बेडमै राख्नु पर्छ भनेर डाक्टरले सल्लाह दिनुभएको छ ।’ रमेशले शावित्रीतिर हेर्दै उत्तरमा भन्यो ।

रमेशको अनुहारतिर हेर्दै उर्मिलाले भनी– ‘कुन डाक्टरले जाँच्तै छ ?’

‘उमा’ उमाकै गाडीमा…….।’ बोली नटुंगिदै उमा भित्र पसी ।

‘ ए ! सावित्री, उर्मिला पनि आयौ ? मैले त भण्डै हिजो साथी गुमाएकी । गाडी आफै हाँक्दैे थिएँ टेम्पोलाईृ साइट दिनखोज्दा सीताको साइकलसँग ठोक्कियो । झण्डै जेलको हावा काट्नु परेन । आफै उपचार गराउँदै छु ।’ प्रश्न गर्नै नपरी उमाले सबैको मुखमा बुच्चो हालिदिई । उमा डाक्टर भएर पनि फस्र्याइली छ । ती चारैजना एक दामलका साथी पनि हुन् । सँगै पढेबढेकाले एकार्कामा खुलेर बात मारेको सुन्दा अस्पतालका सबै मान्छे उमाका मुखमा हर्दै मुखामुख गर्नथाले । बिचरी ! सीताको पो को छ र ? सँगै पढेकी साथी हामी मास्टनी, तिमी डाक्टरनी बेरोेजगारीमाथि आधामोरो भएर बाँची ।’ सावित्रीले साहनुभूतिसँगै व्यंग्या कसी ।

‘जाती भएपछि यही अस्पतालमा काम मिलाईदिने योजना गर्दैछु । सीता ! अहिले कस्तो छ तिमीलाई ? उमाले छामछुम गर्दै सीतालाई सोधी ।

‘ठिकै छ दिदी, छाती अलिक दुखेको छ ।’ सीताले सानो स्वरमा उत्तर दिई ।

‘म औषधि थपिदिन्छु सबै ठीक हुन्छ । परेश यहाँ आउ त ? जाउ पाँचकप चिया लिएर आउ ?’

‘भो–भो उमा पर्दैन । बरु कहिले कही हाम्रो घरमा पनि घुम्न आउ न ?’ सावित्रीले रमेशतिर हेर्दे भनी ।

लामो सास तान्दै उमाले भनी—‘सावित्री ! तिमीलाई थाह छ त । आमा थला पर्नुभएको टक्कै दुईबर्ष भयो, हेरचाह आफैले गर्नुपर्छ । झन् हिजोदेखि त आँखो जोड्न फुर्सद छैन, राति दुईचोटि सीतालाई हेर्न आउँछु,अनि आमा…..।’

सीताकी आमा हट्केशमा खाना बोकेर पुगिन् । देख्ने बित्तिकै सबैले नमस्कार गरे । ‘म जाऊँ है उमा बहिनी’ उमाका मुखतिर हेर्दै रमेशले विदा माग्यो ।

प्रतिउत्तरमा उमाले भनी—‘पख्नुस् न हामी सबैसँगेै जाने’ हातको घडी हेर्दै अझ उमाले थपी—‘ए बेला पनि भएछ’ भन्दै पाँचैजना बाहिर निस्किए । दिपकले गाडी स्र्टाट ग-यो । पाँचैजना गाडीमा ठेलमठेल बसे, उर्मिला, अनिता, सावित्रीलाई घर–घरमा ओराल्दै रमेश र उमा घर फर्किए ।

रमेशलाई डेरामा उतारेपछि उमाले भनी–‘दाइ आजको खाना परै भनेकी छु । ‘रमेश केही भन्न खोज्दै थियो चालकले गाडी बडायो ।

रमेश भित्रकोठामा बसेर केके सोचिरहेको थियो । बाहिर टी…..टी हरन बज्यो । चालक उत्रिएर सरासर ढोकामा पुग्यो । आपूmलाई लिन आएको बुझेर रमेश बाहिर निस्कियो र ढोका ढप्काए र गाडीमा बस्यो । चालक लबरा नेपाली ठिटो देखेर रमेशले गाडीभित्रै सोध्यो—‘ऊपनि भूटानबाटै आएको रहेछ । एकै जिल्लाको मान्छे रमेशले भन्यो—‘भाइ समय पाउँदा कहिले कहीं गफसफ गर्न आए हुन्छ ……..।’ मात्रै भत्र भ्यायो गाडी घ्याच्च रोकियो । रमेश उत्रिएर फटाफट माथि चढ्यो ।

रमेश आएको थाहपाएर उमा बाहिर निस्की । दुवै बरन्डामा एक अर्का प्रतिद्वन्द्वी भैंm मूक भएर बसे । रमेशले एक फेरा उमालाई राम्ररी केलायो । राता वर्णकी, चेप्टो अनुहार, पुष्ट जीउडाल होचीहोची मोटी उमा चाँहिं भित्तामा झुण्डाएको केलेन्डर हेरिरहेकी थिई । त्यतिकैमा रमेशले उमालाई भन्योे —‘आमालाई कस्तो छ उमा ?’ ‘खै जाती हुने लक्षण नै छैन, ओैषधिले मात्र बचाएकी छु ।’ उमाले मलिम स्वरमा उत्तर दिई ।

बेलुकाका घाम पँहेला हुँदै छिटोछिटो डाँडातिर लम्किरहेका थिए । आँगनमा मटर साइकल घ्याच्च रोकियो । शंंकर बुढा ओर्लिए र माथि चढे । लाजले भुतुक्क हुँदै उमा भित्र पसी । रमेशले उठेर नमस्कार ग-योे ।

‘उमा ! आमालाई अहिले कस्तो छ ?’ ‘ठिकै छ बुवा’ सानो स्वरमा भित्रबाट उत्तर दिई । पिकुले चिया ल्याएर हात हातमा थमाई दिई ।

‘कस्ती छ बा यो केटी !’ चिया दिन पनि जाँन्दिन । पश्चिमाहरूको जस्तो ठाडो स्वाभाव छ यस्को । टुहुरी केटी दुःख पाई भनेर सानैदेखि पालें, पढ्ने मन पनि गरिन,यस्को पनि विहा दान गरिदिनु छ । भनेको जस्तो केटा फेला पर्दैन २४—२५ वर्षकी भइसकी । उमासँगै स्कूल भर्ना गरिदिएँ तर अभागीलाई नहँुदो रहेछ बाबू । अब उमाको विहामा सँगै गरिदिनु पर्ला ।’ बूढाले चिया पिउँदै भने ।

झमक्क साँझ पर्दैगयो । बिरामी रुँग्नेहरू धमाधम आउन थाले । खानपिन सकेर बूढा बिरामी कोठातिर पसे । राति उमा छटपटाउन थाली । उमाको आशय बुझेर रमेशले प्रश्न ग-योे—‘उमा म तिमीलाई केही सहयोग पु¥याउन सक्छु ?’

‘रातिको कुरा,अस्पतालमा जानु पर्ने भयो ।’ उमाका कुरा नटुंगिदै रमेश जुरुक्क उठ्यो अनि दुवैजना पछाडिको सिटमा बसे ।

चालकले गाडी हाँक्यो । अस्पतालमा पुगेर दुवै ओर्लिए र सरासर सीताका कोठामा गए ।

सीता मस्तनिदाइरहेकी थिई । उमाले सीतालाई ब्यूँझाई र औषधि ख्वाई । रमेश त्यहंी बस्यो, उमाले डेढघण्टा लगाएर सबै बिरामी जाँची । रात निकै छिप्पिदै गएकोले जाडो पनि बड्दै गएको थियो ।

एक्कसि उमाले हातको घडी हर्दै भनी ‘ए ∕ एघार पो बजिसकेछ कहिले कही बाटामा चुडेलले दुःख दिन्छ । तर आजकल त चुडेल भन्दा पनि गुण्डाहरूको विग्विगी छ ।’

एकछिन रोकिएर फेरि रमेशतिर हेर्द उमाले थपी ‘तपाइ“लाई निद्रा लागिसक्यो होला मैले वित्थामा दुःख दिए“ हगि?’ प्रश्नसुचक दुष्टि उमाले रमेशमाथि लगाए पछि रमेशलाई के भनौं भनेर मनमा उथलपुथल भैरहेको थियो । ‘नाइ उमा बहिनी त्यस्तो खासै निद्रा लागेको छैन साह्रो गाह्रो परेको बेला त हो नि । अ“ साच्चिनै चुडेल निस्किन्छ त बाटामा ?’

‘कहिले कही ।’ उमाले छोटो उत्तर दिई ।

‘प्रेम बन्दनमा बाधिएर इच्छा पूरा गर्न नपाएकाहरू क्या । तर चुडेल भन्दा त गुण्डा ने खतरा हुन् नि ?’

‘ पहिला पहिला त यहाँ त्यस्तो केही पनि थिएन र ∕ तर आजकल मान्छे बड्दै गएपछि चुडेल पनि निस्किन थालेको हो ।’

रमेश प्रश्न गर्दै थियो उमाले छोटो उत्तर दिदै सीतातिर हेरेर भनी ‘ल सीता अहिले हामी जान्छौं विहान आठबजेतिर म आइहाल्छु ।’

दुवै पछाडिको सिटमा बसे चालकले गाडी बडायो । उमा जाडोले रमेशतिरै टासिन खोज्दै थिई उनीको इण्डीको सलले जीउ ढाक्ता पनि जाडोले निकै सताइरहको थियो । ‘तपाइ“का हात त कति चिसा पो भए छन् त ?’ उमाले रमेशका हात छाम्दै आफ्ना काखमा राखेर तताइदिन खोजी तर रमेशले नमाने पछि उमाको अनुहार लाजले रातो भयो र दुवैजनामा मौनता छायो ।

भाग १०

‘आ ! कति छिटो सात बजेको, आजकल त बिहान केही पनि गर्न भ्याइदैन । जुरुक्क उठ्यो हात मुख धोयो खाना खायो लुगा लगाउन भ्याइदैन ।’ घडी हेर्दै उमा उठेर कोठाभित्र पसी ।

आजपनि उर्मिला रमेशसँग हिडेको सावित्रीले झल्झली देखेपछि । सावित्री भित्रभित्रै रिसले जलेर चूर भई । स्कूल छुट्टी भएपछि उमाकी आमालाई हेर्ने निहुँले सावित्री रमेशसँग बाटालागी । डेराको ताला खोलेर रमेश र सावित्री भित्रपसे । संयोगले उमापनि आइपुगी, रमेशले स्टोभ सल्काउँदै भन्योे —‘अलिकति चिया बनाउँ है !’

‘बस्न उमा ! तँ त ठाडागाउँबाट आएकी होस् कि क्या हो ?’ मुसुक्क मुस्कुराउँदै सावित्रीले भनी । ‘बडा गजबका कुरा गर्छेस् बा ! तँलाई हामी यहाँ छौं भत्रे त थाह छ ?’

उमाका कुरा काटेर सावित्रीले थपी— ‘नभएको भए तेरो दर्शन पाउँथे पो होला ।’

तीनै जना खित्का छाडेर हाँसे ।

‘हाम्रो त यही हो भेट भयो कि चड्का चड्की परिहाल्छ ।’ ‘त्यसैले त तँलाई परिस्थितिले मदेखि टाडा पारिदिएको त । उमाले रमेशतिर हेर्दै भनी ।

‘अँ त डाक्टरनी मान्छे २५ वटा माघ जोडीविनै बिते तेरा पनि, विचरी ! तेरा निम्ति मसला खाने कोही पनि भएनन् ? धत्र पो ……..।’

‘तँ पो मीठोमीठो खाएजस्ती छस् त । मोटाउनलाई के खानु पर्छ उमा ? आनो त भाग्य नै यस्तो खोटी भन्नु त होला नि ।’ सावित्रीले लाज पचाउन रमेशका मुखतिर हेर्दै प्रश्न गरी ।

रमेशले सावित्रीको मुखतिर हेर्दै भन्यो ‘सन्तोष !’ उमा खित्का छाडेर हाँसी । सावित्री लाजले भुतुक्क भई । उमाको साँठगाँठ रमेशसँग बड्दै गएकोले पनि शावित्री उमाको इष्र्या अलिक बढीनै गर्न थालेकी थिई ।

उमा सावित्रीका वाणले अनुहार रातो बनाएर भित्तापट्टि हेर्नथाली । चिया पिएर तीनैजना बाटोलागे । ‘ए ! साँच्ची सीता कस्ती छ हँ ? सोध्न पनि भुसुक्कै बिर्सिएछु ।’ उमापट्टि फर्किएर सावित्रीले प्रश्न गरी ।

‘सीतालाई छुट्टी गरेर त आएकी म, तँलाई बिर्सिने बिराम लागेको छ भन्ने मैले भर्खरै सुनेकी हुँ ।’ उमाका वचनले सावित्रीको मुटु चस्स चस्कियो । केहिबेर तीनैजना मौन रहे । र, तीनैजना उमाका घरमा पुगेर गाडीबाट उत्रिए र सटासटी माथि चडे ।

बिरामी कोठामा पसेपछि उमाले भनी—‘हेर्न सावित्री ! मेरो त दुःखै दुखले भरिएको जीवन बाहिर जति सुखी र खुसी देखिए पनि मनमा शान्ति छैन भने…..।’ उमाको बोलि अवरुद्ध भयो ।

के गर्छेस त ! कर्मको खेल भन्नु कि दिन दशा । तर तँसँग ता कला छ सम्पत्ति छ र पो अहिलेसम्म बचाएकी छस्, मेरोमा भए……?’ सावित्रीले उमातिर हेर्दै साहनुभूति प्रकट गरी ।

झमक्क साँझपरिसकेको थियो । पिकुले खानाखाने पानी दिई । तीनैजनासँगै बसेर खानाखाए । बिरामी रुँग्नेको उत्तिकै भीड बढिरहेको थियो । राति अबेरसम्म बसेर रमेश उमाका कोठातिर सुत्नगयो । सावित्री र उमा अर्कैकोठामा गएर सुते ।

निद्रामा सावित्री एक्कासि चिच्याएर उठी, उमाले झक्झक्याउँदै सोधी ।

‘के भो सावित्री ? किन चिच्याएकी बौलाही जस्ती । आपूmलाई समालेर सुत । सावित्री निद्रामै सुक्सुक् गरिरहेकी थिई । निकैबेर पछि मात्र व्यूँझिएर अर्कापट्टि फर्केर सुती । उसलाई निद्रा लागेन रमेशले उमालाई सिंदूर पोते लगाईदिएको स्वप्नामा देखेर चिच्याएर रोएकी थिई ।

बिहानको चिसो वतासले चराचुरुङ्गी चिर्बिराउन थाले सावित्री हात मुख धोएर बरन्डाको ब्रेञ्चीमा बसी र छ््या ∕ कस्तो सपना देखेकी आजकल त सपना पनि विग्रिन थालेको छ ।’ भन्दै केके गुन्गुनाएर सोच्न थाली ।

उमाले उठेर हातमुख धुंदै भनी—‘सावित्री तिमी त रातभरि बौलाहँुदीरै्यौै सपनामा के देख्यौ हँ । कसैले धिसारे जस्तो थ्यो नि ?’

‘कस्की आमाले मसला खाएकी होली र ? धिर्सान आवस्, कहिले कहीं यस्तै हुन्छ ।’ सावित्रीले मर्माहत हुँदै जवाफ दिई ।

उमाले जिस्क्याउँदै भनी—‘तँलाई सन्तानको रहर लाग्या जस्तो छ नि ?’ ‘अँ तैंले जानिस अर्काको मनको कुरा कति न जान्ने जस्तो, मलाई विहागर्ने इच्छै छैन ।’ ‘ए ! मोरी ! सातबजिसकेछ ।’ हातको घडी हेर्दै सावित्री हिड्न हतारिई ।

‘चिया खाजा खाएर मात्र सावित्री, फेरि तेरो दर्शन पाउन……. ।’ उमाले मुखमा मुस्कान भरेर भन्दैथिई । पिकुले खाजा खान भित्र बोलाई, तीनै जनासँगै बसेर खाजा खाए । उमा लुगा फेर्न भित्र पसी, सावित्री र रमेश एक अर्कामा हेराहेर गर्दै मौन रहे । केही छिन पछि तीनै जना बाटा लागे । रमेशका डेराछेउमा गाडी रोकेर रमेश र सावित्री उत्रिए । सावित्री अरगज्ज भएर उभिरही, रमेश डेराबाट निस्किए पछि दुवैबाटा लागे ।’ बाटामा उर्मिलासँग भेट भयो ।

‘साँची कस्ती भइछिन् त सावित्री, उमाकी आमा ? मपनि जान भ्याएकी छुइन तिमीले जितिछौ नि !’ उर्मिलाले आँखा झिम्क्याउँदै भनी ।

‘आ ! कस्ती हुनु नै उस्तै बूढिया…….।’ सावित्रीले झर्के स्वरमा उत्तर दिई ।

उमाले आफ्नै गाडीमा ल्याएर शोणितपूरको चारालीबाट बसमा चडाउँदै ‘ढिलो नगर्नु होला है’ भन्दै विदा गरी । राति १ बजे गुहाटीको बसपार्कमा उत्रिए र रमेश सिलगढी जाने बसको प्रतिक्षा गरिरहेको थियो । रमा ग्राहकको खोजिमा वरपर भौतारिदै संयोगले रमेशका नजिक आइपुगी रमा । एक्कासि रमेशका आँखा रमामाथि पुगे । तर निकैबेरसम्म रमेशलाई ठम्याउन गाह्रो भयो । बस पार्कमा झलमल्ल विजुली बत्ती बलेकोले चारैतिर उज्यालो छरिएको थियो । रमाले पनि रमेशलाई देखी तर उसले भने एक्कासि सोध्ने आँट गर्न सकिन ।

‘रमा ! तिमी यहाँ छौ ?’ रमेशले आश्चर्य मान्दै प्रश्न ग-यो ।

‘हो रमेश म यहाँ छु । तिम्रो अरु केही सोध्नु छ ?’ रमाले निक्कै आवेशमा आएझैं गरी उत्तर दिई । केहीबेर रमेश मूकदर्शक बन्यो,आँखामा टिलपिल आँसु पारेर रमा दुईपाइला अगाडि बडी । रमाका आँखा र अनुहारबाट लाखौं बेदनाका तरङ्गहरू छचल्किएर बोलिरहेका थिए । रमा एक्कासि चिच्याएर रमेशलाई अँगालो हाल्न पुगी रमाले आपूmलाई समाल्न सकिन ।

रमा शंकरको पिटाइबाट आक्रान्तमात्र थिइन शंकरको त्रूmरता प्रदर्शित हुनथाले पछि रमाको बस्ने र बाँच्ने स्थिति क्षणहुँदै गएर घरबाट लखेटिन पुगी । रमा वषौं अघिदेखि गुहाटीमा कहिले अर्काकोे जूठो भाँडा माझ्ने र कहिले देहव्यापार गरेर बाँच्न वाध्य भएकी रमाले रमेशलाई पाउँदा हृदय थाम्न सकिन । मानौं उसका अगाडि ईश्वर खडा भए भैंm लाग्यो ।

‘मलाई माफ गर रमेश, मलाई माफ गर । म अपराधिनीलाई माफ गर । मैले तिमीलाई चिन्न सकिन । म पापीनी हुँ, मैले तिमीलाई घरबाट निकाले । आज मेरो यो गति भयो—‘मैले तिमीलाई विझाएँ, दुःख दिएँ, पथभ्रष्ट पारें म दुष्टिनीलाई माफ गर ।

रमेश मलाई यो नरकबाट उद्धार गर …….।’ रमाको बोली अवरुद्ध भयो । रमा रमेशका खुट्टामा पसारा परी र एकोहोरो रुँनु बाहेक उस्का निम्ति अर्को कुनै विकल्प थिएन । गौहाटी शहरमा थुप्रै नेपालीहरूको बसोवास भए पनि ऊ साहरा लिन असमर्थ भई । बसपार्कमा निकै मानिसहरूको जम्घट बड्दै थियो ।

रमेश महात्माका प्रवचन भक्तले सुनेभैंm रमाका कारुणिक चित्कार सुनिरह्यो । ऊ अघिकी रमा थिइन । निन्याउरो अनुहारकी दुब्ली, साहराहीन रमालाई सुम्सुम्याउँदै रमेशले भन्यो—‘रमा मानिसको जीवन यस्तै संघर्षले भरिएको हुन्छ, दुःख र सुख भन्नु नै मानिसका जीवनसाथी हुन् । सुखमा रमाउनु र दुःखमा रुँनु प्रकृतिको नियम विपरीत होइन रमा ! नानी खोइ त रमा ? अनि तिमी कसरी यहाँ आइपुग्यौ ?’

‘मेरो कोखको घाउ नबल्झाउ रमेश ! मैले जुन दुव्र्यवहार भोगे त्यो तिमीलाई कसरी भनौं ?

पहिले मेरो उद्धार गर म नरकमा परेकी छु, मैले आवेशमा आएर तिमीमाथि गरेको दुव्र्यवहार म फिर्ता लिन्छु रमेश मलाई माफ गर ।’ भन्दै घुँक् घुँक् घोप्टो परेर रुँनथाली ।

मानवीय भावनाले ओतप्रोत भएर रमेशको हृदय पग्लिएर आयो । रमेशका मनमा भावनाको भेल चल्यो । गल्ती मान्छेले नै गर्छ, मान्छेले गरेका गल्तीलाई मान्छेले नै सुल्झाउनु पर्छ । रमाको पनि यो मुग्लानमा को नै छ र ? मेरै आँट र भरोसामा घर छोडी, वुद्धि विग्रियो भन्दैमा मान्छे फाल्नु त भएन । मानिसको मन मस्तिष्क परिवर्तन भइरहने कुरा हो । उसले गरेका भूलको दण्ड भोगी र माफी पनि मागिसकी । आखिर गाउँलेहरूले थाह पाएका पनि त छैनन् । नत्र कुुरा काट्थे होला, कुरा काटेर नै के हुन्छ ? कसैको उपकार गर्नु गल्ती ठहर्ला त ? मेरो कर्ममा नै दोटी स्वास्नी भाविले लेखिदिएछ । मैले टारेर हुनेकुरा भएन । अब यसलाई नेपालको शिविरमा पु¥याएर फिर्नु पर्ला …..। उमा पनि त त्यति नबुझ्ने छैन । फेरि उमाले थाह पाउने पनि त होइन नि !

रमेशलाई तत्काल निर्णय दिन कठिन परे पनि रमालाई आपूmसँग नेपाल लैजाने निधो ग-यो । र, रमालाई लिएर गाडीमा चड्ने मनमनमा निधो गरी टिकट काउन्टरतिर रमेश अघि बड्यो । तर रमेशको मनमा भने थुप्रै कुराले उथलपुथल गराइरहेको थियो ।

बगाइगाउँ,कोचबिहार,सिलगढी भन्दै माइकबाट कराएको सुनेर टिकट लिन रमेश काउन्टरतिर लाग्यो । रमा पनि पछिपछि गईृ, रमाको भित्री हृदय भने डराइरहेको थियो रमेशले टिकेट नकिनुन्जेल रमा भित्रभित्रै आत्तिइरहेकी थिई ।

रमाका मुहारमा लाखौं बेदनाका तरङ्गहरू छचल्किरहेका थिए । रमेशले स्वीकार गर्छ वा गर्दैन भन्ने चिन्ताले एकापट्टि सताइरहेको थियो भने अर्कोपट्टि त्यही छाडेर पो जाने हो कि भन्ने चिन्ताले सताइरहेको थियो । रमेशले दुइवटा टिकट लिएर आएको देखे पछि रमालाई ढुक्क भयो । रमेशले विहा गरेको कुरा पनि रमासँग खुलासा गरिदियो । रमाले रमेशतिर हेर्देै भनी ‘रमेश त्यो मेरै कारणबाट भएको हो । त्यो दोष तिम्रँो होइन । म त्यसलाई सहज रूपमा स्वीकार गर्छु रमेश म अभागिनीलाई आजीवन तिम्रो सेवा गरेर बस्ने मौका देऊ ।

धेरैबेर फलैंचामा बसेर गन्थन गरेपछि रमा बेचिएकी त होइन रहिछे जीजीवीशाका निम्ति परिस्थिति र बाध्यताले वेश्यावृत्तिको पेशामा पुग्नु परेको रमाका वचनले खुलासा गरिदियोे । मानिस जहिल्यै पनि परिस्थितिको दास बन्नु पर्छ । बुद्धि,विवेक र परिस्थितिको मेल हुन सकेन भने ठूल्ठूला अड्चनहरूको सामना समयले गराउँछ । यात्रीहरू धमाधम गाडीमा चड्नथाले ।

‘रमा ! गाडीे छुट्ने समय भैसकेछ, भन्दैे रमेश उठ्यो रमा पनि पछिपछि गएर गाडीमा बसी । केही मिनेट नबित्दै गाडी गन्तव्यस्थानतिर दौडियो । गाडी भित्र अडियो क्यासेट घन्किन थाल्यो ।

भूटानको स्वदेश गान ……………।

छातीमा हात राखेर आमाको इच्छा भरौंला

निरंकुश बन्दन चुटाई स्वतन्त्र पूmल रोपौंला ।

युवाका बीर पाखुरी स्वतन्त्र वीज छर्नलाई

यै माटामा जन्मियौं यै माटामा मर्नलाई ।।

भिजेको खून पसिना, अर्को देश हाम्रो कहाँ छ ?

यै देशमा हामीले बहूदल बीज रोप्नुछ ।

बन्दैन देश युवाले पसिना खून नदिए

खुलेर फुल्न सक्तैन युवाले खून नदिए ।।

सार्छोप् खङ्ेपा, नेपाली,ङालुङ आदिवासीको

साझा हो हाम्रो पूmलबारी निरंकुश शासन आज भो ।

मिलेर हामी तोड्ने छौं ज्यानको बलिचढाइ

निरंकुश हस्ती टिक्तैन स्वतन्त्रका अगाडि ।।

यो गीत सुन्दा रमेशको जीउ जिरिङ्ग–जिरिङ्ग भएर फुल्थ्यो, कहिले हिन्दी चलचित्रको कहिले नेपाली चलचित्रको गीत गुञ्जिरह्यो । रमेशले चालकतिर आँखा पु¥यायो, नेपाली ठिटो सायद ऊ भूटानी नै हुनु पर्छ । मधिसे यात्रीहरूले भरिएको गाडीमा नेपाली गीत बज्दा मधिसेहरू झर्को मानेभैंm गर्दथे । रमेशलाई यस गानले ९०को आन्दोलनप्रति एकफेरा विहंगावलोकन गरायो । शरणार्थी शिविरमा पुगेर पुनः आन्दोलनमा उत्रिने प्रतिबद्धता रमेशले मनमा दोहो¥यायो ।

रातिको ३ बजे बसको यात्रा समाप्त भयो सबै यात्रीहरू ओर्लिए र लाखापाखा लागे । रमेशले रमाको हात समातेर काँकरभिट्टा………पानीट्याङ्की भनेर आवाज आएतिर………..।

कसैले कराएको आवाज पछ््याउँदै …………….।

भाग ११

विहानको झिस्मिसे उज्यालोसँग मिसिएर चीसो हावाले भित्र मुटु कपाइँरहेको थियो । मधिसेहरूको हल्ला र चहलपहल उत्तिकै बड्दै गएर सिलगढी बजार निकै आतंकित जस्तो देखिन थालेको थियो । सिलगढी पानी ट्यांकी ठुल्ठूला अक्षरले लेखिएको बस आएर तेन्जिङनोर्गे माथिल्लोपट्टि रोकियो । रमा र रमेश पनि त्यही बसमा चडे ।

बस बाघडुक्राहुँदै करिब एकघन्टा पछि पानी ट्यांकीमा पुगेर थामियो । बसबाट उत्रिदा विहानको करिब आठ बजिसकेको रहेछ । दुवैजना हतारहतार रिक्सामा चडे । रिक्सावालाले रिक्सा अघि बडायो । साघुरो बाटो थुप्रै लाइनट्रकहरू लाइन लागेको च्यापबाट छिराउँदै मेचीपूलमा रिक्सा निस्किए पछि रमेशका मनमा आनन्द आयो ।

पानी बिनाको निक्कैलामो पुलमाथि निकैबेर रिक्सा गुडेपछि पारिपट्टि भित्तामा ठूलाठूला अक्षरमा ‘नेपाल तपाइँहरूको स्वागत गर्दछ’लेखिएको साइनबोर्ड देखियो । पूल पार भैसकेपछि रिक्सावाला उत्रेर रिक्सा डो¥याउन थाल्यो । चेक्पोष्टमा झोला देखाउँदै बसपार्कतिर दुवै अघिबडे । थुप्रै शरणार्थीहरू आºनो प्रमाणपत्र भएर पनि भूटानी दर्ताहुन नसकेका मध्ये एकजना पानपसलेले रमेशलाई गुनाशो पोख्यो ।

त्यो पानपसले पनि भोटाङे शरणार्थी नै रहेछ । स्क्रिनपोष्टबाट असफल भए पछि आºनो जीजीवीशाको निम्ति पानपसल खोलेर बसेको रहेछ । उसैले ल्याएर रमेश र रमालाई गाडीमा चडाईदियो ।

‘कस्ता मान्छे बा यी भोटाङेहरूलाई आºनो देशका मान्छेप्रति कति माया मोह छ । भोटाङे भनेर चिनेपछि आºनै सम्झन्छन् ।’ रमाका मुखतिर हेर्दै रमेशले भन्यो ।

रमा मुसुक्क हाँसी मात्र केही उत्तर दिइन । गाडी निक्कैबेगले गुडिरहेको थियो । सुरुङ्गाबजार पारगर्ने वित्तिकै राजमार्गका दुवैतिर छाप्रा भत्काएका आला थलाहरू देखिए । गाडी भित्रका मान्छेहरू एकापसमा तिनै शरणार्थीहरूका बारेमा चर्चा गरिरहेका थिए । भर्खरै ती शरणार्थीहरूलाई अनेत्र शिविरमा सारिएको भन्ने कुरा रमेशले प्रष्ट थाहपायो । नेतृत्ववर्गमा क्षमताको अभाव र सम्पत्ति बटुल्नु,विदेश भासिनु जस्ता घृणित कामगर्ने भोटाङे नेताहरूको तीखो आलोचनासँगै शरणार्थीहरूप्रति साहनुभूति प्रकट गरेको सुन्दा रमेशको मनमा च्वास्स काँडो विझेको भान हुन्थ्यो ।

‘शक्ति सन्तुलन हुनुपर्छ भन्ने हाम्रो धारणा हो । अधिकार प्राप्त गर्न शक्ति सन्तुलन नगरी हँुदैन ।’ अझ बीचबीचमा ‘नेपालीहरू नेपालमा आए,अब नेपाल सरकारले थन्क्याउनु पर्छ ।’ ‘यो त हुनै सक्दैन यी त खाट्टी भोटाङेहरू हुन् । तर अवैद्यरूपमा यिनीहरूले यहाँ आºनो पकड जमाउन नागरिक्तासमेत लिन थालेका छन् ।’ ती सबै हाम्रै गल्तीले गर्दा भएको हो । घुस खाएर नागरिक्ता बनाइदिने पनि त हाम्रै मान्छे त हुन् नि ।’ यस्ता हावादारी कुरा जोडतोडले गाडीभित्र चलिरहेको थियो ।

‘हुन पनि हो, वास्तविक्तालाई कहिले कहीं कुल्चिएर पछाडि पार्नुपर्छ । यतिका नेपालीहरू सबै नेपालमा आए भने नेपालको के गति होला ? नेपालमा बस्ने प्रत्येक नेपालीले सोच्नु पर्ने कुरा हो यो ।

आ मेैले किन टाउको दुखाउने ? फेरि हामी यहाँ बस्ने पनि त होइनौं । ए रमा ! ल दमक पो आइपुगेछ ।’ रमेश एक्कसि आत्तिएर रमालाई घच्घच्याउँदै झोला लिएर आर्लियो ।

नयाँ ठाउँको अनुभव नभएकोले केहीबेर दुवैजना अकमक्क परे । छेवैको रिक्सावाला बोलाएर रमेशले भन्यो ‘शरणार्थी शिविरमा जाने बस कहाँ लाग्छ भाइ ? हामीलाई पु¥याउ त ?’

रिक्सावालाले ल्याएर बसमा चडाइदियो र पाँच रुपयाँ लियो ।

वेलडाँगी बजारमा रमा बसबाट उत्रिएकी मात्र के थिई अनितासँग भेट भयो । एकासि अनिताले रमालार्इं चिच्याएर अँगालो हाल्न पुगी । यतिका वर्षसम्म हराएर बल्ल फेला परेकी रमालाई अनिताले छाड्र्दै छाडिन । अनिता र रमा मामा फुपूका छोरी । बजारमा मान्छेको निक्कै भिडाभिड चलिरहेको थियो । अनिताले रमा र रमेशलाई लिएर आºना छाप्रातिर बाटालागी ।

चित्राको एकनासे छानु बाँसको भाटाको बेरा गरेका छाप्रा हेर्दैहेर्दै निकैमाथि पुगेपछि अनिताले औलाले देखाउँदै भनी ‘ऊ त्यो हाम्रो विल्डिङ देखिस् रमा ? उहाँ डम्फूमा सिमेन्ट लगाएर बनाएको दुईतले भन्दा राम्रो छ ।’ भाग्यले दिएको फल भनेर नै चित्त बुझाउने गरेका छौं ।

रमा बोल्न खोज्दै थिई प्रसंग बद्लाएर अनिताले थप्तै भनी ‘तँ ता मरिस् होला अब भेट नहुने रछ भन्ठानेका थियौं हामीले त ….तर धन्न बाँचेकै रैछेस्’ भन्दै सिकुवामा पुग्नासाथ अनिताले चिच्याएर आमालाई बोलाई ।

‘केकेन भयो भन्या त ? यो को हो ? रमा होइनन् ?’

‘ हो माइजू, नमस्कार ! मामालाई पनि दर्शन् !’

रमालाई देखेपछि मामा माइजूका आँखाबाट हर्षका आँसु झरे । रमाले पनि आँसु थाम्न सकिन । सँगै पढेबडेका अनिता र रमाको मिलन साच्चिकै प्रेमी प्रेमिकाको मिलन भन्दा कम थिएन । निकैबेर थकाइ मारेपछि अनिताले रमालाई शिविरको दृष्यवलोकन गराउन छाप्रो पछाडिको कच्ची बाटामा लिएर आई । बेलुकाका घाम पँहेला हुँदै डाँडातिर अस्ताउँदै थिए । कच्ची रोडको कल्पटमा दुवै पूर्वपट्टि फर्किएर बसे । बेलुकाको चिसो हावा खाने युवा युवती र बजारबाट फर्किनहरूको भिडाभिड चलिरहेको थियो । टिसर्ट र हाºपेन्ट लगाएका कुनै कुर्था सुरुवाल लगाएका किशोरीहरू किशोरहरूसँग हातेमालो र अँगालो मारीमारी नाङ्गा फिला ढल्काउँदै ओहोर–दोहोर गरेको देख्दा रमालाई बडो अचम्म लाग्यो ।

‘शरणार्थीहरू सुध्रिन आएका होइनरहेछन् ? यी त अझै पथभ्रष्ट हुँदै विकृति र विसंगतिको पाठ सिक्न पो आएका रहेछन् ’ भन्ने कुरा मनमनमा खेलाउँदै निकैबेर त्यो अङ्ग प्रदर्शनीलाई हेरेपछि अनिताका मुखतिर हेर्दै रमाले प्रश्न गरी ।

‘अनिता यहाँको चालचलन यस्तै हो ? मेैले त अनौठो देखेँ नि ?’

‘तैले जे देखिस् यी सबै ठिकै देखिरहेकी छस् । तँलाई यै त देखाउन ल्याएकी यो त साधाराण कुरा हो यिनीहरूका लागि । आजकल आधामिटर कपडा भन्दा बडता लुगा चाँहिदैन स्तनका मुन्टा छोप्न पाए र एउटा पेन्टी भए पुग्छ । पश्चिमी विकासको लहर भिœयाएका छन् हाम्रा दिदी बहिनीहरूले,देश विकास होइन नि । थाइकट केश देख्दैछेस् होला नि,सरकारले केश काट्न लगायो धर्म संस्कृति मान्न दिएन भनेर चिच्याउनेहरूकै छोरा छोरी आजकल त्यस्ता भएका छन् ।

यहाँबाट बेलुका रेष्टुरेन्टमा डाँन्स गर्न पनि जान्छन् क्या रातभरी डाँन्ससाँन्स गर्छन् अनि विहान पैसा कुम्ल्याएर छाप्रामा आउनेहरू पनि कम छैनन् । यस्लाई सभ्यताको एउटा सिडी मान्दछन् यिनीहरूले । अझ केटाहरू हेर्न कपाल पालेर कुन्डल लगाएका जुल्फे र कुन्डले यिनै हुन् विकृति र विसंगतिका माउहरू । कर्तव्यको विरुवा उखेलेर यहाँ थुप्रै अधिकारका विरुवा महिलाअधिार, बालअधिकार, वृद्धअधिकार र व्यक्ति व्यक्तिका अधिकाररू संघसस्थाहरूले रोपिदिएका छन् । अनि त घरघरमा शान्ति हैन अशान्ति नै अशान्तिले भरिएको छ । झन् केटाहरू त लागु पदार्थ सेवन गर्नपाए र केटीहरूका पछाडि कुद्न पाए यिनीहरूको संसार टुंगिन्छ । तँ झुकिन्छेस् नि अनुहार र शरीरको अगाडिको भाग नहेरी केटा र केटी छुट्याउन गाह्रो छ आजकल । थोरै मान्छे मात्रै देश र भविष्य प्रति सचेत र चिन्तित छन् । यिनीहरूको क्रियाकलाप हेर्दा हरेस लाग्छ रमा हरेस …….। अझ शरणार्थीहरू दिनदिनै नेतृत्व विहीन हुँदै अन्धकार भविष्यतर्फ धकेलिदै जानेक्रम बड्दै गएको देखेर नै होला अमेरिकाले बसोबासका लागि लैजाने भन्नसमेत थालेको छ । उता सरकारले देशबाट नेपाली भाषीहरूलाई झाडु लगाउन छाडेको छैन । यता युवा पिडीहरू कुसंस्कार र विकृतिमा फस्तै दानवीय प्रवृति प्रदर्शन गैरहेका छन् । भोलिको भविष्य यस्तो हो भनेर कसैले पनि भन्न सक्ने स्थिति नै छैन । नेताहरू अर्काको विरोध गर्नु र संघ सस्थाबाट पैसा तान्नु अनि आना नातेदारलाई विदेशतिर पठाउनु भन्दा केही गरेनन् बा ।’

निकैबेरको मौनता पछि अनिताले लामु सास फेर्दै भनी ‘हेर न रमा अहिले आएर त यहाँ प्रजातन्त्रको लडाई भन्दा पनि धर्म र जातिको लडाईले शरणार्थीहरूमा फुट ल्याएको छ । एउटा धर्मको मान्छेले अर्को धर्मको मान्छेलाई मान्छे नै गन्न छाडिसक्यो साह्रो गाह्रो प¥यो भने उस्को धर्ममा लाग्नु पर्छ भन्छ र करकापले उस्को धर्ममा हुल्ने कामहरूमात्र गर्न थालेका छन् ।’ अनिताको कुराबीचैका काटेर रमाले भनी ।

‘धर्मको परिभाषा नै नबुझ्नुहरू गूरू भएको समाजमा यस्तै हुन्छ के गर्छेस् त अनिता हाम्रो हतारले हुँदैन हरेक कुरा परिवर्तन हुन समय पर्खिनु पर्छ मान्छेले विस्तारी बुझ्दै जान्छन् ।’ धेरैबेरको गन्थनपछि दुवैजना उठेर कल्पटबाट उकालो लागे । २०÷२२ कदम हिडेपछि ओैलाले देखाउँदै रमातिर फर्केर अनिताले भिनी । ऊ ती घरहरू देखिस् हामीलाई रासन दिने घर हुन् ती, उ त्यो ठूलो ट्यांकीमा पानी राखेको छ यो सेतो घर हस्पिटल हो भन्दै शिविरको दृष्यावलोकन गराई ।

अँ साँची ऊ ती ठुल्ठूला विल्डिङ छन् नि त्यो हाम्रो रासन राख्ने घर हो ।’ अनिताले प्रसं∙ बद्लाएर कुरा अर्कैतिर बटारी र रमालाई घुमाउँदैघुमाउँदै बेलुका घरमा ल्याई । रमालाई शिविर निकै रमाइलौ अनुभव भइरहेको थियो । शंकरसँग आपूmले नयाँ सम्बन्ध गाँसेपछि रमेसँगको छुटानाम र आपूmले गौहाटी शहरमा बेश्यावृत्ति गर्नु परेको घटनाप्रति पनि अत्तिनै चिन्तित भइरहन्थी । रमालाई ती घटनाहरूले थुप्रै नयाँ पाठ पनि सिकाएको थियो । यसरी आफन्तहरूसँग भेट होला भन्ने सोचेकी पनि थिइन तर संयोगबस रमाको पनि भाग्य उदय भइ छाड्यो । रमाले दिनदिनै आफुलाई सुधारेर अरुलाई अर्ती उपदेश दिन थाली । अनिता जस्ती कुशल,शिष्ट,सव्य नारीको संगतले रमालाई पनि त्यही दर्जामा पु¥याउँदै लग्यो ।

सातैवटा शरणार्थी शिविरमा घुमेर रमेशले आफन्ताहरूसँग भेटाघाटा गर्ने क्रम पनि जारिराख्यो । ऊसँग आन्दोलनमा निस्किएका आन्दोलनकारी साथीहरू सबै विदेशतिर भाषिएको सुन्दा रमेशलाई अचम्म लाग्यो । आपूm पनि रमाका जालभित्र परेर धेरै समयसम्म आन्दोलनलाई चट्ट विर्सिन पुगेको बास्तविक्तालाई सम्झ्यो ।

नेतृत्ववर्गको हेलचेक्य्राई र अदूरदर्शिताबाट आन्दोलन निश्क्रिय बनी युवा पिडिमा विचलन आएको हो भन्ने रमेशले ठहर ग-यो । निकाश नपाएको पोखरी जस्तो अवस्थामा पुगेको भूटानी आन्दोलनलाई निकाश दिनुपर्ने समय ाएको महसुस भयो । भूटानसरकारले नेपालसरकारका आँखामा पटकपटक पट्टी बाँधी नचाउन छाडेको छैन ।

दातृसंस्थाहरूले मानवीय सहयोग पु¥याएकोमा रमेशलाई गौरब लाग्यो । तर आमाको पेटबाट जन्मिने बालकले बल गर्दैन भनें सल्यक्रिया भन्दा अर्को उपाय पनि हुँदैन । केही कुरा पाउन केही कुरा त गुमाउनै पर्छ भन्ने सोच लिएर यो मानव जातिमा पर्ने श्राप मोचनका निम्ति सशक्त रूपमा आन्दोलन अघि बडाउनु पर्छ भन्ने सबै साथी भाइहरूको राय सुझाव रमेशले लिने विचार ग-यो ।

यो लामु शरणार्थी जीवन भोगाइबाट शरणार्थीहरूमा निक्कै विचलन आएको कुरा पनि रमेशले अनुमान लगायो । थुप्रै विचलित शरणार्थीहरू भारत र नोपलमा भविष्यको जोहो गर्नतिर लागेका रहेछन् । यसबाट शरणार्थीहरूमा नकरात्मक प्रभाव पर्नसक्ने भएकोले चाँडो शरणार्थी समस्याको निकाश खोज्नुपर्ने सबै बुढापाका र युवाहरूले सुझाव रमेशलाई दिए ।

शिविरमा बस्दा रमेशको पनि थुप्र्रै साथीहरूसँग भट भयो । रमेशले आन्दोलन सम्बन्धि छलफल र गहन अध्ययन गर्ने मौका पायो । राजनीतिक खिचातानी र नेतृत्ववर्गमा विकशित भएको आशक्ति पनाकै कारणबाट आन्दोलन अघिबड्न नसकेको निश्कर्षमा पुगेपछि रमेशले खुल्ला परामर्श कार्य सुरु ग-यो ।

हैन देशमा संम्विधान बनाउँदा सबै जातजाति पार्टी सस्थाहरूको प्रतिनिधित्व विना कस्तो संविधान बनाउने ?

कानून विदहरू पनि त हूनु प¥यो नि । कोठामा बसेर लेखेको संविधान ? हा.हा.हा.’हाँसोको लहर हावामा रुमल्लिएर कोठाभरी भयो । एकछिन सबै चकमन्न भए र फेरि अगाडि थप्तै भन्यो ‘अब विश्वकै शरणार्थीहरूका लागि राष्ट्रसंघले छुट्टै राज्यको व्यबस्था गरिदिनु पर्छ । ताकि शरणार्थीहरू भन्दा फाल्तु कसैले पनि दावी गर्न नसकोस् । नत्र आतंक नै मच्चाउन कमर कस्नु विकल्प अर्को कुनै उपाय छैन भाइ । जरो न जिलो भएर बाँच्नु भन्दा त मार्नु र मर्नु …………..।’

‘कलम चलाउने हातलाई पनि कहिले कहीं परिस्थितिले बन्दुक थमाई दिन्छ क्या । यी गोली गठ्ठा र बन्दुक नबनाएका भए शासकहरूको दाल गल्ने थिएन ।’

‘कोठामा लेखेको संम्विधान र ओठे कानुनमा के फरक ?’ बीचैमा कुरा काटेर रमेशले उत्तरमा भन्यो ‘हत्केलाले सूर्य छल्न खोज्छन् नै । अब हामी बाँडिएर सबै जिल्ला जिल्लामा पस्नु पर्छ । जनताका सामु शासकहरूले घुडा नटेकेको राष्ट्र नै छैन । मानव सभ्यताको इतिहास यसरी नै बन्दै आएको हो । इतिहास कहिल्यै हारेको छैन । जनताले चाहे पछि राष्ट्रलाई जस्तो पनि बनाउन सक्छन् । विश्वका नेपालीहरूका अघि हामीले पनि उभिन सक्नुपर्छ ।’

‘तर यहाँ त खुट्टातान्नेहरूको बजार लाग्छ क्या बजार । आºनै मासु बेच्नेहरू अझै मरिसकेका छैनन् । राष्ट्रलाई नै समेटेर आन्दोलन गर्नुपर्छ, प्रजातन्त्र कस्लाई चाहिएको छैन होला र ? देशको पूर्र्वी उत्तर भागतिर बस्ने सार्छोप् र खेङपा दाजुभाइहरू पनि हामीजस्तै पीडित भएर बाँचेका छन् ।

 सशक्तरूपमा आन्दोलनलाई अघि बडाउन सबै शिविरका युवाशक्तिहरूसँग लामो समयसम्म छलफल गरी युवाको नेतृत्वमा आन्दोलन गर्ने योजना बनाएर रमेशले उमालाई पत्र लेख्यो ।

मेरी प्राण प्रिय उमा, मिति १४.१२………।

म यहाँ जाती नै छु सकुसल नेपालमा आइपुगेँ । शिविरमा आफन्तहरू थुप्रै आएका रहेछन् । उनीहरूसँग भेटाघाटाको क्रम चलिरहेको छ । मलाई फिर्न अलिक विलंव होला जस्तो छ । तिमीले मेरो निम्ति चिन्ता लिनु पर्दैन । घरको राम्रो हेरचाह गर्दैगर्नु ।

उही तिम्रो प्यारो पति

रमेश …………….।

रमेशले हुलाकबाट पत्र पठायो र मनमनै भन्यो ‘उमा पनि दोजिया थिई परिस्थिति पनि मानिसका निम्ति कहिले कही बाधकका रुपमा उदाउँदो रहेछ ।’

परिस्थितिले श्रीमतीलाई पनि ढाँट्न मालई बाध्य बनायो । ठीकै छ श्रीमोती भन्दा ठूलो जन्मभूमिको भार काधमा आएको छ, अब मैले जन्मदिने बाबु आमा नै पनि भुल्नु पर्छ । भोलि शनिश्चरेमा सभा छ । सबेरै जानु पर्छ, पुराना साथीहरू पनि हराइ सकेछन् नयाँ साथीहरूसँग कुरा मिल्छ कि मिल्दैन ?’ मन मनै प्रश्न गर्दै उत्तर खोजिरहेको थियो ।

विहानको ९ बजेको हुँदो हो,रमेश शनिश्चरे पुग्दा कार्यक्रम शुरु हुन लागेको थियो । सबैले रमेशको स्वागत गरे । कार्यक्रमको मुख्य आकर्षक नै रमेश बन्यो ।

‘बन्दुक ताकेर बस्नेलाई फूलको माला होइन,बन्दुकले नै जवाफ दिनु पर्छ ।’

‘हैन,सबै राष्ट्र आतंकवाद निर्मूलीकरण अभियानमा जुटेका छन् शान्तिपूर्ण आन्दोलनको योजना बनाउनु पर्छ नत्र…………….।’

‘सिंगो भारत नै हाम्रो अगाडि तेर्छिएको छ,हामीले लर्नु भनेको भुटानसँग होइन……..।’

‘भारत गणतन्त्र राष्ट्र हो,प्रजातन्त्रको लडाइमा हस्तक्षप गर्न मिल्दैन ।’

‘भुटानको राष्ट्रीय अश्मिता छुट्टै छ, भुटान पनि राष्ट्रसंघको सदस्य राष्ट्र हो ।’

‘भारतले सेना हुल्यो भने भारतीय जनता चुप लागेर बस्तैनन् । राजाले नै चाहेको जस्तो ………………..। नेपालमा १९ जनाले साहदत प्राप्त गर्दा राजाको पखेटा काटियो,देशका सर्ब शक्ति भनेकै जनता नै हुन् ।’

‘ नेताहरूले आन्दोलनमात्र बेचेका छैनन् नेपालीहरूको अस्तित्व नै बेचिसके ।’

सबैले आ–आफ्ना विचार प्रस्तुत गरी वृहत् रुपमा तीनदिन छलफल भएपछि देशव्यापि रुपमा प्रचार प्रशार गरेर जनता तताउने र संयुक्त जनआन्दोलन गर्ने निश्कर्ष निकालेर त्यस भेलाले रमेशलाई संयुक्त जनआन्दोलनको कमान्डर घोषणा ग-यो ।

पशुपतिनाथको दर्शन गर्न विश्वनाथ चारालीबाट उर्मिला र शावित्री काकरभित्ता आइ पुगेका थिए । एक्कासि रमेशको जम्का भेट भयो ।

उर्मिलाले देख्ने वित्तिकै नमस्कार गरी , शावित्रीले भने करलमात्रै हात जोडी । रमेशलाई भने विश्वनाथ चाराली नै पुगेको अनुभव भयो । रमेशले उमाका बारेमा सोध्न खोज्दै थियो उर्मिलाले बीचैमा कुरा काटेर छोरो जन्मेको खबर सुनाई र अझै अगाडि हाँस्तै थपी ‘ छोराको नाम थाह छ ?’ रमेश निकैबेर अक्मकियो ‘विजय’ छोरो कति राम्रो छ मैले खेलाईवरि आएकी ।’ दुईजनाबीचका कुरा सुनेर शावित्री करले अलिअलि हाँसी मात्र ।

रमेशले आपूmलाई साथीहरूले जनमुक्ति सेनाको कार्यभार दिएको छोट्करीमा सुनायो र अगाडि थप्तै भन्यो ‘म आजै साथीहरू लिएर भुटान जाँदैछु , बैनीहरूले फिरेपछि उमालाई सुनाईदिनु । मन दरो पारेर बस्नु भनिदिनु है । गाडी छुट्न लाग्या जस्तो छ समय मिलेछ भने पत्र पनि पठाउला । ’ भन्दै हात हल्लाएर बाटा लाग्यो ।

देशव्यापि रूपमा प्रशारप्रचार गर्न अनि भूटानीहरूलाई एकसाथ बुलन्द अवाज निकाल्दै आन्दोलनमा सरिक गराउन बाटालाग्ने निधो गरे र नै बाटा लागे ।

बीसैवटा जिल्लामा एकैसाथ जनजागरण अभियान शुरु भयो । शासकहरूको निरंकुश शासनबाट पिडित भूटानीहरूलाई एकीकृत गरी स्वतन्त्रताका लागि देशव्यपि रूपमा चर्का गणतन्त्रका नारासँग जुलूस अगाडि बडाउँदै लगे । ठाउँठाउँमा बम विस्फोटन र गोली चलेको आवाजहरू आइरहेको थियो । सेनाको ज्यादति पनि उत्तिकै रुपमा बडीरहेको थियो । कतै घाइते प्रदर्शनकारीहरू बोकेर हिडेको हृदयविघारक दृष्यले अझ आन्दोलनकारीलाई बलेको आगोमा पेट्रोल थप्ने कार्य हुँदैगयो ।

निरन्तर सातदिनसम्म नारा जुलूस चिलिरह्यो । हजारांै प्रदर्शनकारीहरू पक्रा परिसकेका थिए र १५.२० जनाले साहदत् प्राप्त गरिसकेका थिए । एक्कासि सेनाले चलाएको गोली रमेशका दाहिने पाखुरामा लागेर रमेशलाई घाइते बनायो । जुलूसमा ठूलो होहल्ला र तहल्का मच्चियो,प्रदर्शनकारीहरूले पनि जवाफी हमला गरिरहे । रमेशलाई सेनाले लछार–पछार पार्दै सैनिक हिराशतमा लिए । प्रदर्शनकारी भने अझ उत्तेजित हुँदै अगाडि बडदै्र गए । आज राजदरबार धेर्ने दिन …………………..।

विहानैदेखि राजधानीमा सेना तैनाथ गरिएको थियो । चारैतिरबाट “जिन्दावाद,मुर्दावाद”भन्दै जनताको बुलन्द आवाज गुञ्जिन थायो । जुलूसलाई तर्छाउन सेनाले हवाइ फाएर कतै पानीका फोहरा र प्लाष्टिका गोली वर्षाइरहेका थिए । ठूल्ठूला व्यानर प्लेकार्ड बोकेका मानिसहरूको भिडले निरंकुश सैन्य शक्तिलाई शिथिल बनाउँदै लगेपछि सैन्य धेरा तोडेर जुलूस राजदरवार क्षेत्रभित्र प्रवेश ग-यो र पार्टीले आ–आफ्ना झन्डा गाडे । थिम्पूखोलाको स्वतन्त्र हावाले झन्डा फर्फराई रह्यो । मानिसहरूका ओठमा मुस्कान र आँखामा आँसु टिल्पिल भरिएको………………………..।

समाप्त

(लेखकका बारेमा यहाँ पढ्नुहोस्  – WIKI)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नेपाली उपन्यास and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *