कथा : नयाँवर्ष

~अनिल याखा~

आज अर्थात चैत्र ३० गते यानेकी २०७० सालको आखिरी दिन । अरु मानिसहरुजस्तै प्रेम पनि वर्षभरीका दिन जसरी बिते पनि आखिरी दिन हर्षोल्लासका साथ बिताउने क्रममा थियो । नयाँ वर्षमा नयाँ संकल्प के राख्ने भनेर दिनभर मन वेचैन रह्यो । एक मनले त के राखे नि कहिले पुरा गर्ने होइन भनेर सोच्यो । उसले साथीहरुलाई मेसेज गर्न केहि वर्षअगाडि लेखिएको डायरी पल्टाउन थाल्यो । डायरीमा भएका मुक्तकहरुमध्ये एउटा धेरै राम्रो छान्यो । त्यसै डायरीमा एउटा प्रेमपत्र पट्याएर राखिएको थियो । ऊ त्यही प्रेमपत्र समातेर एकोहोरिन थाल्यो ।

+2 पढ्ने क्रममा एउटा केटीसंग भेट भयो प्रेमको भनौँ एउटै सेक्सनमा एउटै फ्याकल्टी पढ्नाले भेट भयो । तर भेटेको दुई वर्षसम्म पनि प्रेमले छाँयालाई आफ्नो मनको कुरा भन्न सकेन । 11 क्लासको टुर जाने क्रममा कैयौँ पल्ट उसले छाँयासामु नजिक हुन खोज्यो, पहिलो वर्षको भ्यालेन्टाइनमा पनि भन्न सकेन । प्रेमको एकोहोरो माया थियो तर स्वच्छ र निस्वार्थ पनि । फेरी दोस्रो वर्ष लाग्यो । उसैगरी टुर गयो, भ्यलान्टाइन डे गयो तापनि भन्न सकेन । धेरै क्यान्टिनमा प्रयास गर्‍यो तर सब प्रयास व्यर्थ भयो ।

आज वर्षको अन्तिम दिन थियो त्यसैले प्रेमले छाँयालाई कलेजमा भेटेर नयाँवर्षको शुभकामना र प्रेमपत्र एकसाथ दिने योजना बनायो । ऊ खुशीले उफ्र्यो । रातभर मिहेनत गरेर मुक्तक लेख्यो अनि प्रेमपत्र पनि । विहान कलेज जाने क्रममा सतर्क भएर प्रेमपत्र हाल्यो । कलेजमा जोनेबितिक्कै उसले छाँया बस्ने बेञ्चमा आँखा डुलायो । छाँया पनि आकिरहिछ । ऊ झन् हर्षले पागल भयो । आज अन्तिम दिन थियो उनीहरुको भेट । भोली नयाँवर्ष अनि त्यसपछि 12 कक्षाको परिक्षा । र आज चैँ दिएरै छोड्ने अठोट गर्‍यो ।

क्लास सकिने वितिक्कै प्रेमले आफ्नो पकेटमा छाम्यो, प्रेमपत्र सुरक्षित रहेछ । बाहिर गेटमा छाँयालाई पर्खन थाल्यो । हल्का मुस्कुराउदै छाँया आइन् । उनले हातमा केही बोकेकी थिन् पत्रजस्तो । त्यही पत्र प्रेमलाई दिदै भनि ह्याप्पी न्यु इयर २०६९ । प्रेम निःशब्द भयो । उसले आफैलाई विश्वास गरेन र सुस्तरी हत्केला चिमोट्यो । सपना होइन रहेछ । सेम टु यु पनि राम्ररी भन्न सकेन न त लेखेको प्रमपत्र दिन नै सक्यो । हतार-हतार घर आएर कौतुहल हुदै पत्र खोल्यो जहाँ लेखिएको थियोः
“प्रेम म तिम्रो साथी धनलाई माया गर्छु । तर भन्न सकेकै छैन सो प्लिज भनिदेऊ न हे मेरो लागि ।” ऊ पत्र हेरेर छाँगाबाट झर्‍यो । उसको अव्यक्त प्रेम लुकीलुकी हेराई मै सीमित रह्यो ,पत्रमै सीमित रह्यो । छाँया त प्रेमको जीवनबाट त्यही निर्जीव छाँया भएकी थिन् ।
-‘छाँया’ प्रेम सुस्तरी बोल्यो । हातबाट डायरी झर्‍यो । अनि चारैतिर अँध्यारो छाँयाले निष्पट अन्धकारको रुप लियो । नयाँवर्षसंगै प्रेमको जीवनले नयाँ संसार पाउदैथियो…………………

समाप्त !

-अनिल याखा
धरान
२०७०/१२/३०

(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.