लघुकथा: भाई फूटेपछि

~शेखर ढुंगेल~Shekhar Dhungel

एउटा गाउँमा धेरै धनी जमिन्दारको सुन्दर परिवार थियो । .जमिन्दारले आफूसँगभएको हिरा, मोति र सुनका गहना आफ्ना तीन छोराहरु जेठो, माइलो र कान्छोको जिम्मा दिएका थिए ।
एक दिन अचानक जमिन्दारको देहबसान भयो । तीन दाजुभाईमा सम्पत्ति बा“डफा“डको कुरोमा झगडा सुरु भयो । उनीहरुको घर झगडा र वादविवाद लामो समयसम्म चलिरह्यो । उनीहरु अर्को भाईलाई आफूसँग भएको नदिने तर अर्कोसँग भएको भाग लगाउनु पर्ने कुरोमा अडिग थिए । उनीहरुको झगडाले यस्तो विकराल रुप लियो कि सँगोलमा बसेका त्यो परिवारका नोकर चाकर मात्र होइन उनीहरुका श्रीमति र सन्तान समेत घर छोडेर हिंडे । भाईभाईहरु निक्कै लामो समयसम्म एकले अर्कोलाई दोÈ थुपार्दै झगडा गरिरहे ।

त्यो घरको झगडा बुझेको र सुनेको छिमेकी गाउको जमिन्दार एक दिन उनीहरुको घरमा पुगे । तीनै दाजुभाईले उनको स्वागत गरे । अनि आ आफ्नो गुनासो र दुख पोखे । उनीहरुको कुरो पालै पालो सुनेपछि छिमेकी गाउँको जमिन्दारले कुरो बुझे कि तीन भाईमा एकजनासँग हिराको पोको ,अर्कोसँग मोतीको पोको र अर्कोसँग सुनले भरिएको बाकस रहेछ । तीनै दाजुभाई आफूसँग भएको नदिने, नदेखाउने तर अर्कोसँग भएको भने भाग लगाउनु पर्ने माग गर्दै झगडा गरिरहेका थिए । उनीहरु छिमेकी गाउँको जमिन्दारलाई घर झगडा मिलाई दिन पालै पालो बिन्ति गर्न थाले । छिमेकी जमिन्दारले दिएको कुनै सुझाब र सल्लाहले उनीहरु सहमतिमा आउन मानेनन् ।

अन्तमा चलाख छिमेकी जमिन्दारले कुरो बुझे । अनि भने –“ल त्यसो भए तिमिहरुसँग भएको सम्पत्तिको पोका मेरो सामुन्ने लिएर आओ । म यो धनुÈले तीन वाँण तीन तिर एकै दुरीमा हान्छु । जसले पहिले बाँण फेला पारेर लेराउछ, उसले सबैभन्दा मह“गो सम्पत्तिको पोको पाउने छ । अनि दोश्रो र तेश्रोले पाउनेछन् ।”

तीनै दाजुभाईलाई आफु निक्कै छिटो कुद्न सक्छु भन्ने घमन्ड थियो । तीनै जनाले आफूले धेरै मुल्य भएको पोको हात पार्ने विश्वासका साथ मनमनै सोंचे र त्यो प्रस्ताव स्वीकार गरे । उनीहरुले आफूसँग भएको अमूल्य सम्पत्तिको पोको र बाकस ल्याएर छिमेकी जमिन्दारको अगाडि राखे । त्यसपछि छिमेकी जमिन्दारले तीन बाँण दिन दिशामा हाने । बाँण ल्याउनका लागि तीनै दाजुभाई तीन तिर कुँदे । तर ती दाजुभाईले बाँण फेला पार्न सकेनन् । उनीहरु लामो समयसम्म पनि नफर्केपछि जमिन्दारले भरिया बोलाएर सबै सम्पति आफ्नो घरमा लिएर गए ।

बाँण फेला पार्न नसकेपछि खाली हात फर्केर घर आएका दाजुभाईहरुले एकअर्कालाई दोष दिएर पुन झगडा गर्न लागे । उनीहरुको खेतबारीमा पनि यो मेरो र यो तेरो भन्ने झगडा चलिरहेकाले उनीहरुले खेतवारीको रेखदेख गर्न सकेनन् । त्यसपछि गाउँलेहरुले बा“डेर खेतिपाती गर्न थाले । घर खण्डहर भयो । ती दाजुभाई कहा“ पुगे । के गरे । गाउँलेलाई आजसम्म पत्तो छैन ।

(स्रोत : Khasokhas.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.