संस्मरण : डलर टिप्ने यात्रा

~शेखर ढुङेल~Shekhar Dhungel

– १ –

बिदेश, बिदेश, बिदेश याने कि मनी, मनी, मनी !!! पन्जाब होसियारपुरका पाजीहरु पछी बिदेश हात खुट्टा नै फ्याकेर दौडने मा हामी नेपाली हरु दोस्रो मा पर्दछौ क्यारे । पढेर १८० कै डिग्री लेका हुन कि ० डिग्री सम्म का सब लाई बिदेश नै प्यारो, भलै घर को भैंसी बेचेर बिदेश भेडा चराउन नै किन नपरोस , भलै घर को दुधे बच्चा छोडेर बिदेश मा बेबी सिटिङ नै किन गर्न नपरोस , भलै घर का बुढा आमा बाबु छोडेर बिदेश मा सिनियर को सेवा गर्न किन नपरोस झर्नु पर्‍यो डलर !!

नेपाल मा ८० दशक को मध्य देखी नै बिदेश जानेहरुको लहर एबम चर्चा ले राम्रै बजार छाइ सकेको थियो । त्यस बेला बिशेष गरी अमेरिका र जापान नै मुख्य लक्ष हुन्थे । आफु लठ्ही घुमाउने र बन्दुक पडकाउने जागिर मा छिरेको भए पनि न त लठ्ही घुमाएर फाईदा लिने कला सिकियो न त बन्दुक पडकाएर सोझा लाई तर्साउन जानियो । बिहान बुढी को पटुकि बाट झारी लाग्यो बेलुका सुक्को बगली मा हुन्नथ्यो । घुर्की सुन्नु पर्दथ्यो कस्तो डन्ठे हाकिम हो! अरु लौरो हल्लाएर कमाएर लेराउदछन हाम्रो बुढो भने सिध्याएर खाली हात घर आउछंन । दैनिक खर्च बढ्दो छ, बाउ बाजे को सम्पत्ति बेचेर खाएर कती दिन घर चलाऊने ? लठ्ही घुमाउने सोझा लाई धम्काउने र भ्रष्ट, माफिया लाई सेलुट गर्ने कला आफुमा भएन आफ्नै समुह का साथी हरु का चुरी फुरी र दिनानुदिन आर्थिक सम्पन्नता देखदा आफ्न्तहरु नै खुचिङ हुतिहारा डन्ठे हाकिम भन्थे । साथीहरु हरा भरा भाई राखेका बेला आफ्नो टाउको को गुदिमा भने बिदेश गएर डलर टपाटप टिपेर लेराइ साथी हरु लाई देखाउने युक्ती सुध्यो ।

आफन्तको एउटा नाम चलेको गार्मेन्ट को म्यानेजर हुँ, तिम्रो देश मा ब्यापार बढाउन जान लाग्या भिषा दिन्छौ भनी आबेदन गरेको त ढ्याम्म लौखा गरी खा भने झै ठोकी दियो भिषा ।यस्सरी झुक्काउन सकिएला भन्ने सत प्रतिसत विश्वाश रामो राम थिएन ल । अध्यारो मा हानेको गोली ठाउमा लागे जस्तो भयो मेरो लागि । १९९२ को मे को १५ तारिख मा डलर टपाटप टिप्ने रहर बोकी अमेरिका को नियुयोर्क शहर मा आइपुगे । ४ दिन सम्म त उठ्ने खाने सुत्ने मै बित्यो देख्या त होइन खै के लाग्यो भन्थे हबाइ जहाज मा उडे पछी धेरै लाई त्यस्तो के हो लाग्द छ रे ?

अली तङ्रग्रिए पछी नेपाल तिर गफ दिनु पर्‍यो भनेर सस्तो फोन कार्ड किन्न भनी म्यान हाटन तिर हात मा पैसा बोकी लागिएको थियो । एउटा रिठ्हेले एक झड्का देर हात को २० डलर बाज ले माछा टिपे झै थुतेर लाग्यो । रुनु कि हास्नु भयो डलर टिपुला भनी आको उल्टो खोसेर पो लाग्यो । मन ज्यादै खिन्न भयो देश को लौरे बिदेश मा आएको हफ्ता मा नै धक्का खाएर लुटिनु पर्दा कस्तो भयो होला ? बिदेस को त्यो पहिलो नमिठो अनुभूती थियो ।

भोली पल्ट डलर टिप्ने ठाउमा जाने कुरा भयो । एक जना होसियारपुरका पाजीको साथ मा । तीन ब्लक पर पैदल नै गैयो । गर्मी को मौसम थियो तैपनी मान्छे को दाँया हात मा ओभर कोट बाँया हात मा छाता बोकेर हिंडेका देखे । अचम्म लागेर पाजी लाई सोधे उन्ले भने ‘अरे भाई, यस मुलुकमा तीन डब्लु को ठेगान हुन्न भन्या थाहा छैन?’, मैले थाहा नभएर त सोधेको नि पाजी उन्ले बुझाए मैले बुझें अनी दंग परे । अर्थ न बर्थ गोबिन्द गाई भने जस्तो काम पाउन सामाजिक सुरक्षा को कार्ड चाहिने रे ? कस्ले दिन्छ? कहा दिन्छ? कहिले दिन्छ ?, मनमा त्यस्तै सोच्दै थिए पाजीले डलर टिप्ने ठाउँ आइपुगे को संकेत गरे । कता बाट हो नेपाल मा समेत कहिल्यै नाकमा नपुगेको डुङ डुङ गन्ध आइरहेको थियो । प्रस्ताब आयो ६० मिनेट मा ४ डलर झर्ने कामको पत्तो न तरिका को आफु अलमल्लमा परेको देखेर पाजीले भने ‘चलो चलो काम मिल्ना मुस्किल हे, जो मिला कर्ते रहो दुसरा मिलेगा तो फिर देखलेँगे खाली बैठ्ना नही है’ । ओके अच्छा अच्छा ओके भने । पाजी फर्किए, राम्रो सित काम गर्ने अर्ती दिएर । हुल्यो मेक्सिकन ले डलर टिप्ने कम्पाउँड भित्र प्लास्टिकको सेतो टोपी लाउन दियो, पहेलो रङको जाली जाली भएको इस्ट कोट दियो अनी आरमान्दोले भन्यो क्यान क्यान कम्पनी कम्पनी एका तिर बोत्तल बोत्तल कम्पनी कम्पनी एका तिर दाँया हेनेकेन बाँया कोरोना पूर्व बडवाइजर पस्चिम सियरा नेभाडा दुई त के चार हात ले पनि गर्न नस्क्ने काम गर्नु पर्‍यो । पोख्त मेक्सिकन हरु ले ४ ड्रम भरुन्जेल आफु ले एक पनि भर्न सक्या होइन । दुई घण्टा पछी दश मिनेट ब्रेक भने को थियो आफुले सधैं को लागि ब्रेक लिएर हिंडे ।

त्यस पछी एकहफ्ता खाली बसी सरसल्लाह, छलफल, भेटघाट, बिचार-बिमर्श गर्दा एउटा सुत्र फेला पर्‍यो, अनी सयुक्त राष्ट्र संघ मा शान्ती मिसनको लागि निबेदन दिएँ । तत्कालिन नेपालका स्थाई प्रतिनिधि जयराज आचार्यजिको सहयोगमा अन्तर्वाता पनि भयो पास पनि भएँ, तर आर्को ४ महिना कुर्नु पर्ने र संपर्क ठेगाना अमेरिकामा नै हुनु पर्ने ४, ४ महिना के गरेर बस्ने ह्वया?, नेपालबाट हिडेको दिन देखी डलर टिपेको हिसाब राख्न सुरु भैसक्यो बेतलबी लेखापाल कती हुन कती डलर टिप्न आको खाली हात कसरी बस्ने ?चिन्ताले कम्मर पातलो भयो सातै दिनमा । जापान मा भएका एक जन मित्र लाई फोन गरे उन्ले भने यता आउनुस यता दुई देखी तीन लाख एन कमाइ हुन्छ । समय खेर फाल्नु नहुने सिधान्त मा अडिग मैले जापान जाने बिचार गरे एक जना ब्यापारि मित्र को सहयोग मा रिफ्रेन्स पत्र बनाएर जापानी दुताबास मा गएको त त्यहा पनि ढ्याम भिषा दियो । तुरुन्तै टीकेट काटेर महिना दिन को अमेरिका को बसाइ लाई बाइ बाइ भन्दै जापान को नारिता बिमान्स्थल तिर लागियो मान का मान एन टिप्ने सपना बोकेर ।

अर्को सपना को संसार मा पुगियो टोक्यो नगिचै को शहर कवागुची भन्ने ठाउँ मा । छतमा काठ ले बेरेको एउटा सानो कोठा को भुइ मा सिङल मेट्रेस्स मा ५ जना सुत्ने ठाउँ रहेछ मेरो नम्बर एस् भयो । एउटा मेट्रेस्स मा दुई जना सुत्छौ हजुर हाम्रो जापान मा एक मित्र ले थपे । म आउने खबर ले सँगइ खाना खाने भनी कुरेर बस्नु भएको रैछ मित्रहरु खाना खाने प्रस्ताब राखे एक मित्र ले सबै को सर्ब सहमति भयो । गहिरो बड्को मा अस्ट्रेलिया को भेडा को मासुमा मुला मिसाएको तरकारी मास को दाल अनी स्वागत को लागि सापूरू बियर वा क्या मज्जा ?, बियर खम्पाइ गरेर एक दुई चम्चा खाना मुख मा के हालेको थिए त्यो दिन को खाना पकाउने पालो परेका मित्र ले मलाई सोधे सियो कस्तो छ?, कता को सियो ? लामो सियो, छोटो सियो ? मोटो सियो पातलो सियो ?कस्तो सियो ?दिमाग घुम्यो एक छिन । त्यसै बिच अर्का मित्रले सम्झाये नुन कस्तो छ भनी सोधेको नि?, बल्ल दिमाग शान्त भयो । भोलीपल्ट बिहान नै सबैको काम भएकाले सुत्ने प्रस्ताब आयो, त्यस मा पनि निसर्त सर्ब सहमति भयो सुतियो अरु त सुते यता घुरुरु उता घुरुरु दोहोरी खेल झै घार र घुर त्यो पनि नयाँ ठाउँ नयाँ बिस्तरा आँखा पिरो पार्दै रमिता हेर्दै रात बित्यो बिहान सबै काम मा गए अनी आफ्नो साम्राज्य छायो ।

– २ –

दुई हफ्ताको अथक प्रयास पछी एउटा भारतीय रेस्टुरामा प्लेट राख्ने र उठाउने अर्थात ड्राइटर् हो कि वेटर भन्ने जागिर मिल्यो । सेतो सर्ट कालो पाइन्ट अनी कालो इस्ट कोट मा टाइ सुर्केनो पारीयो । एक हफ्ता यस्तै बितेको थ्यो होला । सडकमा च्रियासी बाडन पठाएको थियो । एता हात बढायो उता भागने, उता हात बढायो अर्का तिर मुन्टो बटारेर हिड्दा रैछन् जापानइज हरु गाइजिन ( बिदेशि )देखे पछि । जून महिना को टन्टलापुर घाम खुब गर्मी थियो आ…!, कोइ च्रियासी लिनेत होइनन एक छिन सितल मा बस्नु पर्‍यो भनी मल भित्र पसेको थिएँ एउटा बुढो मधिसे ( भारतीय )सित आँखा जुधे को थियो ‘यो बुढाले के खान जाला र च्रियासी दिनु’ भन्ने सोचेर वास्ता नै गरेको थिइन । एक्कै छिन पछि मेनेजर बोलाउन आयो माथि भिड भएछ क्यारे भन्ने सोच्दै थिए । माथि पुग्दा त अगी वास्ता नगरेको बुढो त साहु पो परेछ । यस भन्दा अगी भेटेको थीइन । ‘तँ एम्बुस मा परिस गोर्खे’ भनेर मेरो छैठौ इन्द्रिय ले बतायो । नभन्दै अगाडि पुग्ने बीत्तिकै तल्लो स्तर को बोलिमा ‘ए तलाई च्रियासी बाड्न पठाएको कि आराम गर्न ?… ब्ला ब्ला ब्ला…’ बन्दुक को गोली झै मेरो धतुरो झर्ने गरी गाली पो गर्छ बा !, यो गोर्खे पनि के कम नि ? अमरिस पुरिको अगाडि जगदिप ले गाली दिएको स्टाइलमा सर्टका टांक-सांक तीन तिर उछ्छिटिने गरी एक्कै झट्का मा फुकालेर बुढो बसेको टेबुल मा फ्याकी दिएँ र भनेँ ‘लौ ला, तेरो जागिर तैँले गोर्खाली लाई हेपेको ? म को हुँ चिन्छस ? ’ बुढा को पाइन्ट भिजे जस्तो लाग्याथ्यो । भएन फसाद, बुढा को ब्लड प्रेसर रहेछ काम्न थालि हाल्यो नि ?, त्यै बेला मेनेजर ले उस्लाई शान्त बनाउन कोशीस गर्‍यो ठीक होला जस्तो देखिएन र मलाई भन्यो ‘तँ बाहिर जा’ मैले भने ‘मेरो पैसा ले अनी मात्रा जान्छु’ । दुई तीन टेबुल का ग्राहक त उठेर हिंडे पनि । मेनेजर ले भन्यो चोत्तो मात्ते कूदासाइ । केही छिन पछि मेरो १५ दिन काम गरेको पैसा दियो । म मेनेजर लाई धन्यवाद भन्दै बाहिरिएँ । निस्कने बेलामा बुढा को मुख हेरेको अझै हाफ्दै थियो । नोकरी शिव राम भुर्तेल अथार्त चट ।

घर मा भनौँ कि शरणार्थि शिबिर वा कोठामा बेलै मा आएको देखेर साथीहरुले कारण सोधे मैले राम कि राबण कहानि सुनाएँ, चारै तिर बसेर ॠषि मुनी झै खुबै अर्ती बुद्धी दिए, सम्झाए र भने बिदेश मा जिरो भएर बस्नु पर्छ । आफु लाई यस्तो उस्तो ठान्ने हो भने त आफ्नै देशमा गए भै हाल्यो नि किन बिदेश आउनु ?, जे पनि गर्नु पर्छ पैसा नै सबै कुरो हो भन्ने ठान्नु पर्दछ…, सुनेँ- सुनेँ, वाक्क लागे पछि मुड अफ भएको बहाना बनाएर दुई गिलास सापोरो बिएर एक्कै पटकमा घुटुक्क पारेर निदाएको जस्तो गरेर मुन्टो लुट्काइ दिये पछि मात्र बल्ल सबै चुप लागे र सुते । आफु त कहाँ सुत्न सक्नु र ? , बिहान तिनीहरु नजाउन्जेल । पैसा नै सबै थोक हो त मानिस को लागि ?, आफ्नो आत्म सम्मान नुर नै गिराएर कमाएको पैसा ले शान्ती कसरी देला त ? ,भौतिक सुख सुबिधा नै जीवन को लक्ष्य हो त ? ,आत्मग्लानी हुने गरी दबेर, दु:ख ब्यहोरेर कमाएको पैसा ले सुख देला त ?। हो, स्वाभिमान को नाम मा घमंड गर्नु हुन्न तर भोलीको सुखकोलागी बर्तमान लाई नर्क किन बनाउने?, मेरो मन मा हमेसा यही प्रश्न उब्जी रहन्छ । हो जापानिज्हरु भन्दछन ‘वोर्क इज वर्शीप’ तर हामी जस्ता बिदेसीने हरुको लागी अरु को देश मा अपमान सहनु पर्दा मरेतुल्य लाग्दो रहेछ । आफु लाई ति अर्ती पचाउन गार्हो भयो ।

फेरी थालियो जब हंटिङ् मा । १० दिन पछि एउटा साथी ले कुरा ल्याये गुन्माकेन को ठुलो कृषि फार्म मा खान बस्न फ्री दिएर दुई लाख एन पाईन्छ रे महिना को अरु दुई जना पनि चाहिये को छ रे । एक जना शुभचिन्तक साथी सित सोधे काम को बारेमा । उन्ले भने शेखरदाई तपाईंले त्यहा काम गर्न सक्नु हुन्न, मुला उखल्न लगायो भने एकै दिनमा भाग्नु हून्छ । मैले भने अरे यार मुलै त उखल्ने हो खम्बा उखल्ने त होइन नि ?, उस्को सल्लाह लाई मैले नकारात्मक जवाफ दिए पनि उन्ले भने लौ त्यसो भए मसँग कोठामा दुईजना बेरोजगार भुखमरी बसेका छन तीनलाई पनि लिएर जानुस ।

उता बाट साहु हायाकवा आँफै गाडी लिएर हामी मजदुर लाई लिन आयो । त्यो गाडी मा कोचिएर सफर गर्दै गर्दा कता कता यो डलर र मान टिप्ने रहर ले मन मा हिनता बोध गराइ राखेको थियो । सामान्यत जीवन राम्रै थियो, समाजमा राम्रै स्थान थियो, यो के दशा ले कुत्कुतायो ? भनी मन मनै सोच्दै थिएँ। एता कामको चिन्ता, उता परिवार अनी साथी भाईको याद । कता कता जीवन बधुवा मजदुर को अवस्था मा झरे को अनुभुती हुँदै थियो । त्यसमा पनि भाषा को अज्ञानता, हात मुन्टो शरीर कुम आँखा अनी कामको प्रकृती हेरी कुरो बुझ्नु पर्ने अवस्था । बस्ने ठाउँ कस्तो होला?, काम कस्तो होला? भन्ने सोची राखेको थिएँ । अचानक एउटा गाउँको घरमा पुगी गाडी रोकियो । खै के के भन्यो हायाकवाले सबै ओर्ले, म पनि ओर्ले । त्यहा एक श्रीमान श्रीमती र देशका नाम चलेका कलाकार सित भेट भयो । ति कलाकार सितको भेट भने मेरो लागि फाइर अप भयो । खुशीको सिमा नै भएन । उनी सित को मेरो मित्रता १० बर्ष भन्दा बढी को थियो । उनी जापान गएको त थाहा थियो तर कहाँ हो थाहा थिएन । उनी मलाई फ्लिम को नायक बन्न खुबै उक्साउदै थिए । म तालिम दिन्छु नाच्न सीकाईदिन्छु मेरो घर मा आउ भनी खुबै जोड गर्द्थे । धेरै बरीष्ट कलाकार, निर्देशक लाई चीनाइ दिएका थिए पनि, मेरो मनले किन हो आँट गर्न सकेन र म त्यो क्षत्रमा प्रबेस हुन सकिन ।

त्यस्ता मित्रलाई भेट्दा खुशीको सिमा नै रहेन र प्रचन्ड मन मोहन सिंहको घाटिमा झुन्डे झै झुन्डिएँ । उन्ले मेरो डलर र मान टिप्ने सोच लाई धिक्कारे, किन आ’को त्यस्तो इज्जत को जागिर छोडेर ?, तपाईं को लागि त त्यही स्वर्ग छ्नी भने । तर मेरो लौरे जागिर प्रती को बितृष्णाको कारण धेरै थियो त्यहा बताउन सम्भब थिएन । जापानिजले काम को बारेमा बताइदीन भनेछन क्यारे साथी र ति जोडीले हामीलाई बताउन थाले्। ती प्रतिष्ठित कलाकार ३ हजार बँगुर भएको त्यो फर्ममा दाना हाल्ने काम गर्दा रहेछन । महिलालाई तपाईं के गर्नु हुन्छ नि भनी सोधेँ, उनी अकमकाइन् श्रीमान फरासिला रहेछन उन्ले भने उनी बँगुर लाई खसी बनाउने काम गर्दछीन । उनीहरु यस्तै हो हाम्रो जापानमा भनेर हासेँ, म पनि हासेँ ।

जापानको गाउ मा कोइ नयाँ गाइजिन पुग्यो भने अर्कै संसार को जन्तु आए जस्तो हातमा फलफुल ओसाके लिएर आउँदा रहेछन । हामी पनि नेपारो जिन नै हो भन्ने थाहा पाए पछी उनी हरु खुशी भए, नेपाली लाई मन पराउँदा रहेछन । हामी तीन भाईलाई नभन्दै मुला नै उखल्नु पर्ने भयो । भोलीको कार्य क्षेत्र घुमाउन लगे । नेपालका सामान्य इनार भन्दा ४, ५ गुना ठुला खाल्डा दर्जनौ रहेछन, त्यसमा मुला को सिन्की बनाउने रे । आँखा चारै तिर घुमाउदा भ्याउन गार्हो मुला खेती रैछन । भोली को बिहान कहिल्यै नआए हुन्थ्यो नि भन्दै मुटु फुली सकेको थियो । कार्य क्षेत्र घुमाएर फर्के पछी मित्रले मेरो आँखामा हेरेर जिस्काए झै मुसुक्क हाँसे । ५ लिटरको आसाही बिएर को क्यान बाट गिलास मा भरेर सबै ले खम्पाइ गर्यौ । पिउदै, खाँदै एक आपसका जिज्ञासा मेटायौ । कुरा गर्दै गर्दा मुठठे जुँगा सफा चट पारेका मित्र ले मलाई सम्झाए । हाम्रो जापानमा त जुँगा राजा, राज कूमार, कलाकार, नेता, याकुचाले मात्र पाल्दछन रे । जुँगा पाल्यो भने त मालिकका अगाडि ठुलो पल्टेको भन्छन रे, राम्रो मान्दैनन रे, ताछ्नुस पो भन्दछन । जुँगा ताछ्ने बेलामा आफ्नु मर्दान्गी खुइलेको देखेर नमज्जा लाग्यो । श्राद्धमा बाबु लाई पिन्ड दीदा कपाल खौरेको याद आयो । यो जुँगा जापानिज् हावाकवा को लागि अग्रिम पिन्ड दान भयो भन्ने सम्झी मन लाई सम्झाएँ, के गर्नु त ?

म त झन्डै तीन फिट माथि नपुगेको ‘ढुङ…!’ गरेर फुल भोलुम मा आलाराम फिक्स गरेको सि डि बजेको रहेछ । मुटुनै हल्लिने गरी । मित्रले उताबाट भने छ बज्यो काम मा जान तयार हुनुस् । बाहिर टेबुल मा बेन्तो राखेको रहेछ । बिएर पनि रैछ । मैले पनि एक दिएँ, लौजा भनेर । हावाकवा गाडी मा कुरेर बसेका थिए । हामी लाई खेतमा पुर्‍याए । ५ प्रतिशत जती इङलिस बाँकी नीहाअङो मा के के बोले तर कुरो बुझियो आफ्नो ढाड फूस्कने ।

खेत मा एल आकारमा मुन्टेर कमिला झै दाँया बाँया टाउको फर्काउदै मुला उखल्ने त्र्याक्टर को पछाडि पछाडि कुद्दै मुला बास्केटमा हाल्नु पर्ने । बास्केट भरिए पछी ट्रक मा हाल्नु पर्ने । ढाड सोझो पार्ने फुर्सद नहुदो रहेछ । त्यो दीन त्यती धेरै काम भएन रे ? आफुले भने त न्वारन देखी सकेको थिए । कोठामा आइ नुहाएँ र एक छीन आराम गरे । भोली को काम भनी काठमान्डु जत्रो फाट देखाएको थियो हावाकवाले त्यो याद आयो । त्यो संगै एउटा प्राचिन ब्यङ्य कथा पनि कता बाट सम्झना आयो । एका देशका एक राजा ले आफ्न देशबासीलाई आदेश दिएछन कि जस्का खेत बारीमा मैले आज सम्म नखाएको साग फलफुल छ त्यो हाम्रा हजुर मा पेश गर्ने, सोझा जनतालाई के थाहा तिन्ले के खाए, के खाएनन आज सम्म ?, सबले आफ्ना बारीमा जे छ त्यही बोकी लाइन मा बसेछन । पहिलोले राजा लाई भन्टा चढाएछन् राजा रिस ले चुर भै मैले भन्टा खाको छैन भंठानिस् पाजी ?, ठोस्दे त्यस्को पछाडि…मा भनेछन, त्यसै भयो त्यो किसान हाँस्दै हाँस्दै गएको देखेर अर्को छक्क परेछ। उस्को साथमा काँक्रो रे छ। त्यस ले पनि त्यस्तै आदेश पाएछन त्यो पनि मरी मरी हाँस्न थालेछ त्यस पछी को ले अचम्म मान्दै सोधेछ ‘ए भाई त्यत्रो ठोस्दा दुखेन? र हाँसे को ?’ ‘मेरो कुरा छोड, तिम्रो लौका सम्झेर हाँसे को नि हा हा हा हा …’ । मेरो पनि त्यही हालछ आज नै ढाड फुस्की सक्यो भोली के होला ????

– ३ –

मैले सोचें अब कसरी भाग्ने यहाँ बाट, झ्वाट दिमाग मा आयो नेपाल बाट बाऊ मरेको खबर आएको ले नेपाल फर्कनु पर्ने भो भनी दिने । आफु दशक को पनि नपुग्दै परमधाम भैसकेका बाऊ मरे भन्दा के फरक पर्दछ र ?, आफु फास्ट डीसिजन गर्न माहिर मान्छे । निस्कें कोठाबाट साहु बस्ने पल्लो घर तिर । ढोका को घन्टी बजाएँ ‘होर्आ’ (जापानिज समाज को एक दम तल्लो स्तर को बोली ) भन्ने शब्द आयो भित्र बाट । ‘ओताशी शेखर सान देसुयो’ (मा शेखर जि हो ) भने उस्ले फेरी सोध्यो ‘नान्दे’ (किन ) ? जापानिज भाषा मा के भन्दछन थाहा थिएन, अङ्रेजी मा भनी थिए ‘माइ फादर डाइड’ उन्ले कुरा बुझेछन । बाहिर आए अनी थप कुरो बुझ्न अन्य साथी भएको कोठामा लगे । कलाकार मित्र नै अगाडि बढेर सोधे मैले भने म यहाँ काम गर्न सक्दिन के भन्ने निहु नपाएर बाऊ मरे नेपाल जानु पर्‍यो भनी दिएको छु त्यही भनी दिनुस् न । भित्र भित्रै मर्नु हास उठेको थियो अनुहार मलिनो बनाउनु पर्ने बित्थामा कस्तो गार्हो ?, जापानिज ले गोम्मिन्ने ( सुन्दा दु:ख लाग्यो सरि ) भन्यो र सन्तोना दियो त्यो दिन काम गरेको पैसा अनी सान्त्वना स्वरुप अर्को एक मान (१० हज्जार एन ) पनि दियो । र भन्यो पछी फर्केर सिधै यही आउनु त राम्रो मान्छे छस, फेरी हास उठ्यो मुस्किल ले रोके । मैले घुडा सम्म मुन्टो झुकाएर जापानिज तरकाले अभिबादन गरे । उस्को बेफ्वाक को सान्त्वना को एक मान ले मलाई ग्लानी भैराखे को थियो । साथी लाई टोक्यो पुगेर फोन गर्छु भनी हत्तार हत्तार त्यहा बाट कुलेलम ठोके ।

पुगें पुरानो ठाउँ मा साथी हरु को अनुहार पहिले को जस्तो थिएन । काम-धाम गर्नु छैन ठुलो कुरा गरेर हुन्छ बिदेश मा ?सबै को त्यस्तै भनाइ हुन्थ्यो । कुक्क्रुक्क परेर बसे कुना मा । एक ठाउँ मा टिकेर बस्न नसक्ने लाई काम खोज्न गार्हो हुन्छ रे काम खोजी दिनेको इमेज बिग्रन्छ रे, फेरी अर्को मान्छे राख्न मान्दैन रे, तँ नगाको भे त्यो ठाउँ मा आर्को मान्छे जान्थ्यो रे आरोप नै आरोप को भारी ले उकुश मुकुस भएं म । त्यही बिचमा पोखरा तिरका एक धनाड्य मित्र लाई सिबुया पार्कमा भेट भयो, यहाँ किन कसरी कहिले के गर्दै हुनुहुन्छ सोधी हालें । उन्ले भने म बुवा को उपचार गराउन आएको थिए बुवा फर्कनु भयो म डाक्टरी काम गर्दै छु । भोली पल्ट सिनागावा भन्ने ठाउँ मा काम हेर्न अर्को मित्र ले बोलाएका थिए । उन्ले भने शेखर सर पहिले काम हेर्नुस चित्त बुझे म तपाईं लाई लगै दिन्छु । त्यहा पुगेको त हिजो डाक्टरी काम गर्छु भन्ने मित्र त ५०-६० किलो जस्तो लाग्ने गोरुको फिला बोकेर ट्रक मा लोड गर्दै रहेछन । उन्ले मलाई देखे अनी आएर भने ‘देख्नु भो त हाम्रो जापान मा मेरो डाक्टरी काम ? ’, सेतो कोट , सेतो पाइँट लाएर उनी बनेछन डा. । हा हा हा हा हा हांसो भयो । त्यहा उनी लगायत अरु ३० , ४० जना नेपाली हरु काम गर्दा रहेछन । गाई गोरु बङुर काट्ने, टुक्रा पार्ने अनी होल्सेल मा बेच्ने ठाउँ रहेछ त्यो । बिहान ८ बजे देखी ३ बजे सम्म मा त्यहा, बेलुका ५ बजे देखी १० बजे सम् रेस्टुरामा काम गर्दा रहेछन धेरै जसो र ति मित्र हरु नै त्यस बेला को धेरै मान कमाउने मा पर्दा रहेछन । बाहुन को छोरो गाई काट्ने (त्यहा गोली ले उडाउदा रहेछन ) र टुक्रा पार्ने काम कसरी गर्नु ? भो यस्तै हो भने त फर्कन्छु बरु नेपाल भन्ने सोची साथी लाई सोचेर जवाफ दिन्छु भनी हिंडे त्यहा बाट फर्केर गँईन। एक दुई गर्दै १५ दिन बित्यो ।

बल्ल एक जना अर्का मित्र सित संपर्क भयो । उन्ले मलाई सम्झाये हेर्नुस् हाम्रो जापान मा कुनै काम सजिलो छैन । जापानिजहरुको काम गेर्ने तौर तरिका आदी बताए । र एउटा काम छ रे बस्न दिएर २ लाख मान, हफ्ता को दुई दिन छुट्टी सजिलो काम तर इशाई हुँ भन्नु पर्ने अनी प्रत्येक शनिबार गिर्जाघर जानु पर्ने । उनी त इशाइ भैसकेका रहेछन । अनेक फाईदाको फेहरिस्त सुनाए । आफु लाई भोलीको फाईदा र योजना भन्दा तत्काल नोकरी र बसेको ठाउँ बाट छिट्टो भन्दा छिट्टो कसरी निस्कनु जस्तो भ्एको थियो कोठा समेत दिने भने पछी त मेरो खुशीको सिमा रहेन । मैले हुन्छ भनी दिएँ । भोली मलाई लिन आउने भए । स्टेसन को नाम दिए, त्यहा सम्म आउनु भनेर ।

मित्रले बताएको ठाउँमा जान बिहानै निस्किएँ । साथीहरु लाई अब फर्केर न आओस भनी प्रथाना गर्नुस् भनेर बिदा भएँ, झोली तुम्बा बोकी । कावागुची ट्रेन स्टेसन मा समय भन्दा निक्कै अगाडि पुगें । कुर्दा शरीर नथाके पनि मन थाकी सकेको थियो । यसो आँखा रेस्ट रुम लेखेको मा पुग्यो, वाह !, आराम गर्ने ठाउँ पनि रेछ, एक छिन म पनि आराम गर्छु भनी अगाडि बढें, दोहोरो आवत जावत छ, अली अगाडि बढें सोफा र कुर्सी त देखिदैन, जब भित्र पुगे तब मात्र थाहा भयो त्यो त ट्वाइलेत पो रेछ । फर्केर आए अनी उभिएँ मित्र ले बस्नु भनेको ठाउँ मा । म उन्को साथ मा ओगावा भन्ने सिटी मा पुगें । बाटो मा सम्झाए इसाइ साथी हरु को अगाडि तीनपाने र धुम्र पान गर्न हुन्न । हफ्ता को एक दिन शनिबार अनिबार्य गिर्जाघरमा जानु पर्दछ । जे भने पनि ‘हुन्छ’, ‘हुन्छ’ भन्नु को बिकल्प म सित थिएन ।

नेपालमा हुँदा धर्म परिवर्तन गर्ने लाई आत्मा बेचुवा लोभि पापी ठान्ने म जस्ता कथित शिक्षीत, सचेत भन्न रुचाउने लाई आज समय र परिस्थितीले मनले अस्विकार गर्दा गर्दै पनि बाध्यता बस नाटक गर्न बिबस पारेको थियो, पैसा कमाउने लालचमा भने देश को दुर्गम् क्षेत्रका अभाब, र गरिबि को चपेटामा परेर स्वास्थ्य उपचार गर्न नसकी ज्यान गुमाइ रहेका, पैसा कै अभाब मा स्कुल जान बाट बन्चित जनता किन इसाइ नबनुन त ?, ति अशिक्षीत र गरीब दाजु भाई भन्दा त म पो बेईमान हुँ भनी आफैँले आँफैलाई कोसे । अनी केही समय को नाटक त हो नि धर्म परिवर्तन त मर्नु परे पनि गर्दिन भनी अठोट गरी सकेको थिए । काम सँग संगै प्रत्यक शनिबार बिहान् ९ देखी ११ बजे सम्म गिर्जाघरमा गयो । फर्केर आइ साथीभाई जम्मा भयो जाँड पनि खायो रमाइलो गर्दा डेड बर्ष बितेको थाहा नै भएन । त्यो बिच मा अरु दुई जनालाई पनि गिर्जाघरमा भित्र्याइयो । म समेत अरु दुई जना लाई खोला मा लगेर चोपले एक दिन, अर्थात ब्याप्टिजम गराए, त्यो भने को हिन्दू धर्म मा ब्रतबन्ध गरेको जस्तै रे’छ । नयाँ जोगी ले धेरै खरानी धस्छ भने झै हामी ले पनि राम्रै नाटक गर्‍यौं। यो नाटक को पट्टाक्षेप संगै केही ज्ञान पनि हासिल भयो । इसाइ समाजको बारेमा अनी नेपाल मात्र होइन जापान जस्तो सम्पन्न मुलुकमा समेत किन मानिस गिर्जाघरमा धाँउछ ? त्यसो त २०० बर्ष अगाडि नै प्रबेस गरिसकेको इसाइ धर्माबलम्बिको सँख्या जापान मा २ प्रतिसत मात्र रहेछ । १३ प्रतिसत पान कै परम्परागत सिन्तो र ८५ प्रतिसत बुद्धिस्ट धर्म मान्दा रहेछन जापानिज हरु । त्यस्को साथै झुठो बोल्नु पाप हो, शंका गर्नु पाप हो, बहुमत ले अल्पमत माथि अन्याय नगरोस भन्ने बाइबल को सन्देश ले यो समाज लाई सम्बृद्ध बनाएको रहेछ । यसै बिच जुन मित्रले मलाई काम लगाएका थिए उन्ले जापानिज लाई नेपाल घुम्न लैजाने, अनी नेपालका झुप्रीमा रहेका गिर्जाघर लाई सुबिधा सम्पन्न बनाउन सहयोग माग्ने योजना सुनाए । मेरो पनि छ महिना को बिरामी बिदा र एक बर्ष को बेतलबी बिदा (जुन स्विक्रित भएको थिएन ) सक्किन लागेको थियो । मानको लोभ भन्दा पनि त्यहा गर्नु पर्ने झुठ को नाटक ले भित्र भित्रै ग्लानी बढी राखेको थियो । त्यहा बाट निस्कन को लागि बिकल्प सोच्दै थिएँ, आरु काम खोज्ने कि नेपाल फर्कने कि ? त्यसै बेला नेपाल प्रहरी ले पनि यू एन ओ शान्ती मिसन मा जाने काम पाइसकेको थियो । नेपाल मा आफ्नो पहुच का मान्छे सित कुरा गरेँ, तुरुन्त फर्केर आउने सल्लाह पाएँ । र नेपाल फर्कने निधो गरे । इसाइ मित्रहरु छिट्टै नेपाल आउने बाचा गर्दै टोक्यो नारिता बिमान स्थल सम्म पुर्‍याउन आएका थिए । गिर्जाघरमा ति मित्र ले नेपाल मा इसाइ बन्नेलाई प्रहरीले हात खुट्टा भाचिदिन्छ । घर बाट निकाली दिन्छन, के के नाना भाँती कथा हालेर रोएका रहेछन । मलाई पनि त्यस्तो नहोस् भनी तिनीहरुले प्रथाना गरे र बिदाइ गरे ।

नभन्दै दुई महिना पछी मित्र ले एक तानाका भन्ने लाई बोकेर लेराएछन । उन्ले पोखरा घुमाए । अर्का मित्र ले चितवन, मैले धरान घुमाउनु पर्ने भयो । धरान वरि परि का गिर्जाघर घुमाउने योजना उनैले बनाएका थिए । त्यहीँ मेरो र मेरो साथी को इसाइ बनेको नाटक को पर्दा फास पनि भयो । भएको के थियो भने दिन भर ४ , ५ वटा गिर्जाघर अनी धनकुटा को भेडेटार घुमी होटेल मा फर्केर तानाका लाई तिमी सुत हामी यस्सो घुमेर आउछौ भनी तल आएर तुम्बा तान्न थाल्यौ । सुङुर् को मासु सित तुम्बा को दुई पानी मात्र के फेरिएको थियो । तीन पाने को सुर मा ठुलो स्वर ले बोलिएछ कि कुन्नी तानाका त ओर्लेर तल आइसकेछ, थाहा नै भएन उ त हाम्रो रमिता पो हेरिराखेको उस्ले थाहा पायो हामी ले टुन्न तीन पाने धोकी सकेका छौ । आएर हामी संगै बस्यो हामी एक अर्का को मुख हेर्न थाल्यौ । अनुहार हेर्न लायक थियो रङेहात पक्राउ परेको चोरको जस्तो हा हा हा ह् । मेरो मन चाँही यो नाटक बाट मुक्त भैयो भनी भित्र भित्रै खुशी भै राखेको थियो ।

– ४ –

तानाकाले भोलीपल्ट बिहानै जापान फोन गर्‍यो हाम्रो बारेमा समाचार सुनाइदियो तीन पानीले डुबाइदियो भन्दा पनि उतारिदियो भन्दा राम्रो होला । बल्ल हलुका मन भयो यो झुठको खेती बन्द हुँदा । त्यस पछी उनिहरु सित कुनै संपर्क भएन । त्यो बिचमा मैले होटेल को ब्यापार शुरुगरी सकेको थिए (लज ) भोटेबहालमा, भने नोकरी पनि पुनर्बहाली भैसकेको थियो । तर आफ्नो परीबर्तित जीवन शैलीले उपल्ला दर्जाका हाकिम लाइ औडाहा भएछ। ठुला हाकिम मोटर साइकलमा, आफु गाडीमा । दुई महिनामा बिना कारण ४ ठाउमा सरुवा, त्यस्तो पनि हुन्छ?, त्यो पनि त्यस बेला ६ हजार जती हात लाग्ने जागिर आँखा पनि लागेन र सदाको लागि नोकरी शिभ राम भुर्तेल अथार्त नमस्कार गरिदिएँ ।

आफ्नो नोकरीको प्रकृतिको एउटै फाईदा मेरो लागि भयो, त्यो हो जन संपर्क । प्रचुर प्रचार-प्रसारको फल स्वरुप नाम चलेका नेता, कार्यकर्ता, बहालवाला वा पूर्व सैनिक, प्रहरी का बरिष्ठ हाकिमहरुको चहल् पहल निक्कै हुन्थ्यो, सोचे भन्दा राम्रो कमाइ र त्यहा भा. रु. को बर्षात हुन थाल्यो । गोर्खालीले पैसा भे’छी के गर्छ ?, आबश्यक भए पनि नभए पनि जग्गा किन्ने घर बनाउने ? । मैले पनि सुरु गरे सडक नगिज घर बनाउन । त्यो काम ६० % पनि सकिएको थिएन कता महाकाली संधि मा राष्ट्र घात भो भनेर सडक का रेलिङ भाच्ने, तोडफोड गर्ने, भारतीय गाडी आगो लगाउने, एक होइन दुई होइन तीन दिन सात दिन सम्म नेपाल बन्द गर्ने काम हुन थाले पछी त को आउने नेपाल ?। स्वात स्वुत ब्यापार त चट्, १० % पनि होटेल मा गेस्ट आउन छोडे छुटेन पसिना अब ? घर हेर्ने कि १५ जना होटेल को स्टाफ को खर्च हेर्ने कि होटेल को भाडा तिर्ने कि ? टुप्पी ठाडो भै हाल्यो नि ? ।कन्त बिजोग होला जस्तो पो त ?अनी त बाँकी त एउटै उपाय छ बहिनी परिवार नियोजन भन्ने गीत जस्तो मुग्लान भास्सिने भन्दा उपाय देखिन र १९९५ को मे मा लाग्यो गोर्खे मान टिप्न अमेरिका हुँदै जापान फेरी ।

एक जना आफ्न्तको मा पुगियो उन्ले मेरोलागि कुरा गरिसके का रहेछन कामको कता हो होन्डा कम्पनी रे । त्यहा अर्का कलाकार सीत पनि भेट भयो । भोली पल्ट काम गर्ने ठाउँ मा गएँ राम! राम!! राम!!!, आफ्नै लागि भरे कहाँ को कामी को आरन जस्तो पो रेछ । होन्डा मोटर साइकल को साइलेन्सर पाइप मात्र चम्काउने काम । कामीको बिद्युतिय आरन रैछ त्यो । पहिले तार भ्एको चक्का ले टल्काउनु पर्ने फेरी नरम कपडा जस्तो भएको चक्काले टल्काउनु पर्ने । बोराको एप्रोन बेरेर छालाको पन्जा र रबरको बुट लगाइ काम गर्नु पर्ने, मुख मा कालो धुलो, चक्का एता उता चिप्लिदा हात मा घाऊ नै घाऊ भएका आफन्त लाइ हेरें, उन्को घाऊ ले मलाई हिजै पोलिसकेको थियो । यो ठाउँमा मेरो भाग्य टल्किने छाँट काँट देखिन र काम नगर्ने निधो गरी टोक्यो फर्किएँ । त्यहा एकजना भतिज पर्ने थिए अनिल ढुङेल् उन्ले मलाई एउटा नयाँ खोलेको भारतीय खाना, तर जापानिज साहु भएको रेस्टुरामा काम खोजिदिए र भने ईण्डियन जस्तो पेल्दैन र छिट्टै मेनेजर हुने चान्स छ । उताको साहु यताको प्लेट उठाउने ?, लेख्या हुन्छ देख्या हुन्न भन्या शायद यहि होला ? । बिकल्प पनि छैन, मैले हुन्छ भने अनिलले मलाई कावागुची भन्ने ठाँउको मालाबर रेस्टुरामा पुर्‍यायो । अङ्रेजी ओके ओके बाहेक फिटिक्कै नबोल्ने रहेछन साहु । कोठा पनि रहेछ राम्रै दुई जना कुक र मेरो लागि तीन कोठा भएको । बोल्न सिके पनि जापानिज लेख्न आउँदैन थियो १३५ आइटम भएको रजिस्टर्ड मा जापानिज भाषा लेखिएको थियो परेन फसाद ?। के गर्ने दिमाग खेलाएँ बल्ल बुद्धी फिर्यो, रजिस्टर्डको चार्ट माथि इङलिस लेखेर चिप्काइ दिएँ, तब काम गर्न सजिलो भयो । आफुले इङलिस नेपाली जापानिज शब्द कोश किनी गहन अध्ययन गरे र दुई महिना मा नै म ८० % बोल्न र १० % लेख्न सक्ने भएँ। रेस्टुरा सीत जोडीएका बिषय र आबस्यक शब्द हरु लाइ खोजी गरी पढेकोले काम मा गाह्रो भएन र साहु सीत कुरा गर्न सजिलो भयो । स्मरण रहोस जापान मा हिराकाना, काताकाना र खान्जी गरी तीन प्रकार को मिस्रित भाषा प्रयोग हुन्छ ।

त्यही काम गर्दा रेस्टुरामा नै दसैं तिहार नयाँ बर्ष आदी मनाइन्थ्यो नेपालीहरु सीत को भेटघाटको सानो केन्द्र थियो त्यो मालाबार रेस्टुरा । छुट्टीको अगिल्लो दिन साहुले सधैं अरु रेस्टुरामा लैजान्थे र बिहान ४ बजे तिर घर मा पुर्‍याई दिन्थे । मैले जीम्मेवारि लिएपछि उनी अर्को रेस्टुरामा ब्यस्त हुन थाले । यसरी लगभग दुई बर्ष त्यहा रमाइलो सीत बित्यो । नेपालमा आफ्नो तत्कालिन समस्या पनि पुरा भैसकेको थियो बगली अली अली मोटो हुदै आए पछी फेरी नेपालमै गै उही पुरानो वा सानो तिनो एक्स्पोर्ट ईम्पोर्ट को ब्यापार गर्ने भन्दै ‘जननी जन्म भुमिस्च स्वर्गादपी गरियसी’ जप्दै फर्किये नेपाल ।

यस पटक फर्कदा नेपाल अध्यागमन ले राम्रो सीत स्वागत गर्न खोजे को थियो सफल भएन । भयो के भने पासपोर्टमा आगमन छाप लगाउने बेलामा यसो ओल्टाइ पल्टाइ हेर्यो अनी एक छिन पर्खनुस भन्छ बा!, मैले सोधे किन ? म नेपाली नागरिक नपाल छिर्न पाउन्न किन रोक्ने ?, किन पर्खने ?, फेरी भन्यो तपाईं चुप लागेर बस्नुस । थाहा छ उ मलाई मुर्गा बनाउने कोशीसमा छ आफु छोटो समय त्यहा काम गरिसकेको मान्छे म किन डराउने उता संगै तालिम गरेको डियसपी दुर्ज कुमार राइलाइ देखी सकेको थिए त्यहाको हाकिम पनि धेरै पटक संगै तीन पानी खाइ सकेको थिए, मैले कठालो समातेर जुरुक्क उचालेर हुत्याएँ उस्को हाकिम को कोठा तिर त्यतिकै मा उस्को हाकिम पनि निस्किये र के भयो भने, मैले भने यस्ले मलाई किन रोकिराखेको छ ? दुबै ले मलाई शान्त हुन भने अनी हाकिम आँफैले छाप ठोकी दिए र सरि भने । दुर्ज कुमार र म गफ गर्दै ढोका सम्म आयौं त्यो ‘धरापे कर्मचारी’ छक्क पर्दै हेरी मात्र रह्यो ।

देशमै बसेर केही जीवन धान्ने ब्यवसाय गर्ने अठोट गरी फर्केको म, बर्ष दिन सम्म कतै बाख्रा पालन, कतै ट्रावेल एजेन्सी वा रेस्टुरा के गर्ने सम्भाब्य अध्ययन गर्दा गर्दै बित्यो प्रशासन, नेताहरुकोमा राष्ट्रको चिन्ता बोकेको प्रोजेक्ट बोकेर गयो पहिले नै घुस माग्दछन, घुस लिने दिने काम मा आफु परियो पृथ्वी नारायण को अनुयाइ ( घुस लिन्या र दिन्या दुबै मुलुक का दुस्मन हुन ?) सबै इजी मनि मात्र खोज्ने समाज, राष्ट्र लाइ फाईदा हुने काम गर्छु भन्दा पनि वास्ता नगर्ने पैसा पाए नहुने पनि हुने गरिदिने पैसा नपाए हुने पनि नहुने गराइ दिने। म घुस ज्यान गए नदिने कर्मचारी घुस नखाइ ज्यान गए पनि काम काम नगरि दिने मिल्यो त कुरो अब ?

के गर्ने के नगर्ने टुङो लागि सकेको थिएन त्यसै बेला अस्ट्रेलिया बाट एक जना आफन्त छुट्टीमा नेपाल घुम्न आएका थिए । अस्ट्रेलिया मा लामो समय बसेका पाका मानिस थिए उनी स्कलरसिप मा थाइल्यान्ड पढ्न गएर उतै बाट अस्ट्रेलिया पलायन भएका । घरमा आएको बेलामा त्यहाको अध्यागमन नीति, त्यहाको जीवन शैली । ब्यापारको सम्भाबनाका बारेमा बिस्त्रित रुपमा छलफल भयो । उन्ले एकदम आशा लाग्दो अनी मेरो ब्यापार गर्ने इच्छालाइ सहयोग गर्ने बिश्‍वासिला कुरा गरे । यो भेडा बाख्रा पाल्ने घुस्याहरुको पछी दौडने उकुस मुकुस हुने बातावरण लाइ स्वर्गादपी गरियसी …… ‘ भन्ने सोचाइ छोड, गोर्खे चल अस्ट्रेलियन डलर टिप्न भाग भन्दै मनमा फेरी कुतकुती सुरु भयो । ती आफन्त ले मौखिक सहयोग मात्र होइन परे आर्थिक सहयोग पनि गर्छु भने पछि त मेरो पंखा पलाए झै भयो अनी कहिले उडु कहिले उडु भै’ गो । छिट्टो भन्दा छिट्ट्टो अस्ट्रेलियाको सिडनीमा भेट्ने बाचा गर्दै उनी लागे अस्ट्रेलिया, म उडे न्यु दिल्ली भिशा लगाउन ……

– ५ –

नेपाल मै दुताबास भए पनि नेपाली कर्मचारीको नेपाल मै डलर टिप्ने दुस्प्रयासको कारण वाक्क दिक्क भएर १९९५ देखी भिसा शाखा दिल्लीले हेर्न थालेको रहेछ त्यो पनि त्यसै बेला थाहा भयो । विश्‍वमा नेपालमा मात्र त्यस्तो भयो जहाँ आबासिय राज दुताबास छ, तर भिसा लीन भने अर्को देशमा भएको दुताबासमा जानु पर्ने । नेपाली कर्मचारी को बदमासि र तत्कालिन सरकारको लाचारीको नमुना लाग्यो अस्ट्रेलियन दुताबास अनी दु:ख र अनाबस्यक खर्चको भार ब्योहर्ने सोझा जनता ।

इन्डियन् एयरलाइन्सको बिमान बाट दिल्लीको लागि उड्दा संगैको सिटमा रहेका यात्रि सित परिचय भयो। उनी रहेछन कोलकोत्ताका धन्याड्य । प्राचिन कला , चित्र र मुर्ती सँकलन् गर्ने शौख रहेछ उन्को । एक घण्टा २० मिनेटको आकाशे बाटोमा ब्यापार केन्द्रित गफ भयो, ब्याबसायिक कार्ड आदान प्रदान भयो । मेरो कार्ड देखेर उनी उत्साहित भएको संकेत मैले पाएँ । वासेबल प्लास्टिक र फोटो सहित को कार्ड मा यस्तो लेखिएको थियो

म्यानेजिङ डाइरेक्टर फार इस्ट ट्रेडर्स नेपाल ( एक्स्पोर्ट इम्पोर्ट )
एक्सुकेटिभ फाउन्डर सचिब नर्वे नेपाल फ्रेन्डशिप एन्ड कल्चर एसोसियसन
फाउन्डर एक्सुकेटिभ मेम्बर अस्ट्रिया नेपाल चेम्बर अफ कमर्स
सचिब जापान नेपाल नागरिक समिती

यो कार्डले एउटा हिन्दी कहावातको याद दिलाउदथ्यो ” जो कुछ नही कर्ता, वही सब कुछ कर्ता ” भने झै यो गर्छु त्यो गर्छु भनी भाग्यो कुद्‍यो प्रतिफल जिरो थियो । मैले अस्ट्रेलियामा ब्यापार सुरु गर्न भिसा ठोक्न जान लागेको भने । उन्ले आफ्नो अनुभब र सल्लाह को भारी मात्र दिएनन आज उन्कै (दाजु )को घरमा बस्न जान बल पनि गरे । उन्का दाजु दिल्लीको लागि कोरियन कार देउ का डिलर रहेछन । दिल्ली बिमान स्थल मै कार खडा थियो दक्षीण पाटेल नगरमा पुगी कार रोकियो । सुरक्षा गार्डले सेलुट ठोके, बिमानमा बनेका मित्रले भने ” ए बहादुर भि नेपाल से ही हे ” एक छिन अगीसम्म शानले फुकेको छाती बेलुन फुट्या झै छ्यास छुस खुम्चियो । तिनी सित हात मिलाएँ र घर सोधे । धादिङ का रहेछन । बिगत १२ बर्ष देखी त्यहा रहेछन । भारतीय मित्रले उन्को ठुलो प्रसंसा गरे । खुशी लाग्यो । घर भित्र पसे पछी त म नर्भस जस्तै भए, पछाडि दुई वटा पौडी पोखरी, फ्लोर देखी भित्ता सम्म कहिल्यै नदेखेको महङा सजावट का अनगिन्ती सामान, ४ कोठा भएको छुट्टै पाहुना घर । उन्ले थापा भनी सम्बोधन गर्दै सुन्तलाको जुस मगाए। नेपाली टोपी मै ढल्केका थापा जि पनि धादिङ कै रहेछन । कता कता मेरो मनले सोच्यो कतै इन्ले मलाई पनि जागिर खान्छस त भन्दैनन ?

हामी उन्को दाजु को पर्खाइमा थियौ । उनी आए पछी पक्कै कुखुराको साप्रो र तीन पानी धोक्न पाइएला भन्ने मेरो सोचाइले त्यस बेला हावा खायो जब उनीहरु साकाहारी भन्ने थाहा पाएँ । आपको अचार्, सुख्खा रोटी ,दाल अनी प्याज, कागती, मुला को सलाद मा डिनर खत्तम । हामी भे ? ।

भोली पल्ट बिहा ६ बजे नै अर्का थापा दाईले कार मा चाणक्य पुरी पुर्‍याई दिए, जहाँ भारत को लागि अस्ट्रेलिया को राजदुताबास रहेको छ । चाणक्यपुरीको जस्तो बिदेशी नियोग, आबासको लागि मात्र छुट्टै ब्यबस्था गरिएको बिशाल क्षेत्र अन्य देशमा कही पनि छैन । तर नेपाल र इन्डोनेसियाको भने बाह्र खम्बा रोडमा उछिट्टिएको छ । त्यस बेला पुग्दा पनि मेरो नम्बर ११३ थियो । कुन त बिशाल भारत त्यस्मा पनि जम्मा ४ मुख्य ठाउँ बाट मात्र भिसा दिने हुँदा त्यो भिड स्वाभाबिक नै हो रे । भित्र पसियो २ घण्टा पछी आयो त्यहाको मर्स्या यमराज को दुत सित मुखा मुख गर्ने पालो । के-के नाना भाँती प्रश्नको झटारो हान्छ बा!। तालुमा टुटुल्को उठ्ने गरी, तँ यो हिन्द महासागर को बैतरणी तर्न सक्दैनस पो भन्छ गाँठे !।

त्यो यमदुत भए म पनि महादेब को दुत ( पशुपती को छिमेकी ) के कम्, त्यस्को भन्दा ठुलो आबाजमा चर्केर कर्के आँखाले हेर्दै भने हिन्द त के, दुई चोटि प्रशान्त महासागर वार पार गरी सकेको मान्छे लाई त्यसो भन्ने ? । जा तेरो ख्वामित यमराज लाई बोला, कि मेरो फाइल लगेर देखा, त्यस पछी म यो बैतरणी तर्न सक्छु कि सक्दिन थाहा पाउँछस । उ मेरो फाइल बोकेर भित्र हुत्तियो । मलाई १५ मिनेट कुर्न भन्यो । आधा घण्टा पछी सहायक् यम राज ले उन्को कोठा मा लगे र सामान्य सोध पुछ पछी गूड् लक भन्दै ढ्याम्म ठप्पा लगाइ दिए ।

मलाई अस्ट्रेलिया हुत्याउन उफार्नेमा अर्का एकजना कङारुका मित्र पनि थिए । उनी थिए तत्कालिन श्री ५ को सरकारले गठन गरेको भन्सार सुधार सुझाब आयोगका प्रमुख जोन हवार्ड त्यस्तै नाम तत्कालिन कङारु का प्रधानमन्त्रीको पनि थियो । उन्कै सहयोगमा सिडनीमा हस्त कलाको सामान बेच्नेहरु को सुची पाएको थिएँ । उन्कै सल्लाहमा दिल्ली बाट दुई ट्यान्का र काठमान्डु बाट एक गरी तीन ट्यान्का आधुनिक फेन्सी गहना , नेपाली कागज का बस्तु आदी बोकी सिङ्गापुर एयर लाइन्स को एयर बस ३२० ( २०० सेरिज ) को उडान मा चडें। बिमान स्थलमा जुत्ताको धुलो टक टकाउदै । ७: ४० साँझमा सिङ्गापुरमा झारी दियो । फेरी दौडदै जानु पर्ने रे छ अर्को हैजाज भेट्टाउन, त्यो साँढे हो कि गोरु ८ बजे उड्ने रे छ । लाइफको जिन्दगीमा पहिलो पल्ट बोइङ ७४७ ( ४०० सेरिज ) को हुक्कु चिल चढेको । नाइट बस झैं साँझमा चढेको बिहान ६ बजे तिर सिडनीमा थचारी दियो । त्यहाँका प्रहरी र भन्सार कर्मचारीको सहयोग देखेर म उनीहरु प्रती अनुग्रहित भएँ, किनकी मेरो अमेरिकाको दुबै पटकको भ्रमणमा नमिठो अनुभब भएको थियो । दोस्रो पटकमा त कुरो बुझिसकेको थिए त्यसैले अचम्म लागेन । पहिलो पटकमा भने एकछिन त आफ्ले आँफैलाई भि. आइ. पी. नै सम्झे । एक छिन पछी छुट्टै कोठामा तीन तीन वटा के जातका साँढे जत्रा कुक्कुर फ्या- फ्या गर्दै घुम्न थाले पछी पो चिट चिट पसिना आएको थियो । क्यालिफोर्निया को एल. ए. बिमानस्थलमा थाइ एयर वेजको बिमान्बाट निस्कने बित्तिकै प्रहरीले कहाँ बाट आइस ? , के गर्न आइस भनी सोध्यो । भुखमरी देशको ब्यापारि हुँ भने । के मान्छे गन्दथ्यो ?, ‘फलो मी’ भन्यो मैले इस्पेसल ट्रिट गरी छिट्टै बाहिर पुर्‍याई दिन लाग्यो भन्या त कुक्कुर लेराए पछी पो थाहा भो । नाङे झार पारेर जाचेर छोडि दिएको थियो एउटा घोषित अपराधी लाई झै । तर त्यहा त्यसो भएन । त्यती धेरै सामान देखेर सोधे किन लेराएको ? मैले भने यो नमुना सामन हुन । तिम्रो देशमा ब्यापार गर्ने महासुरमा छु म । गूड् लक भन्दै छोडि दिए ।

दङ पर्दै नयाँ संसारमा बाहिर निस्किएँ । बास बस्न जानु पर्ने ठाउँको मित्र लाई फोन गरे, फोन उठदैन । भाडा कार लिएर त्यो ठेगानामा पुगे । पब्लिक बुथ बाट फोन गरें उठदैन । एपार्टमेन्टको घन्टी बजाए ‘नो रेसपोन्स’ । शनिबार को दिन १० बजी सक्यो । निन्द्रा भन्दा पनि कट्टी मुनी को दुबै बीभागमा आपत कालिन समस्या भै सक्यो कहाँ जाने ? ।नेपालको जस्तो खुरुरु कान्ला मुनी पुगेर सिध्याइ दिने ठाउँ पनि छैन क्या फसाद ? ।जस्ले बोलाएका थिए उन्लाई फोन हाने २ घण्टा टाढा बस्छु पो भन्छन । फेरी फोन गरे बल्ल उठ्यो अडकेला जस्तो भै सकेको श्वास फेरी सुचारु भयो । अनिन्द्रा र अरुचिपूर्ण आवाज थर्क्यो कानमा ‘ए आइपुग्नु भो, ल एक छिन पर्खनोस म तल आउछु”’ । एक घण्टा बित्यो चरो मुसो झर्या होइन । फेरी फोन गरे उठ्या होइन । त्यही कोठामा बस्ने अर्का मित्रको नम्बरमा हाने उन्ले उठाए र भने ‘ए आइसक्नु भो ?’, आफ्नु जाने बेला भै सक्यो आउने कूरा ? उनी हत्तार हत्तार गर्दै आए । सामान घिसार्दै लगे । उनीहरु ५ तला माथि को एपार्टमेन्ट मा बस्दा रहेछन ।

कोठामा प्रबेश के गरेँ, हुसुसु बियर, गाँजा को डुङ डुङति गन्ध थियो । यसो आँखा घुमाएँ, अन्य दुई केटा र दुई केटी लगभग नग्न अनी बेहोस अवस्थामा सोफा र भुइँमा लडेका देखेँ । टेबुल मा निलो चलचित्र , बियर वाइन का खाली बोतल र अर्को छेउ मा गाजा को बाँकी पोको थियो । ति आफन्त ले किन्चित असजिलो नमानी भने हिजो गूड् फ्राइ डे मनाएको साथीहरु सित, एक नेपाली र एक फिजियन युबती विद्यार्थी साथी रे उन्का । मेरा नजिकका आफन्त जस्को अनुरोधमा म त्यहा गएको थिए उनी त खुट्टा टेक्न सक्ने अवस्थामा नै रहेनछन । उनलाई ब्युझाएँ, तर पनि टाउको दुखेको भन्दै कोठा मा गएर सुते ………

– ६ –

मलाई एकदम असजिलो अनुभब भयो, के गर्ने यही बसेर तिनीहरुको तमाशा हेर्ने कि अर्को ठाउँ खोज्ने कि ? निधो गर्न सकिन। हुनत, त्यो बसाइ केही दिनको लागि मात्र थियो तर आफन्त युबा उमेरका केटाहरुको स्वच्छ्न्द बातावरणमा तगारो बन्ने कि, देखेको नदेखै गर्ने कि रणभुल्लमा परे म ।

भोली पल्ट, जस्ले हौस्याएका थिए मलाई अस्ट्रेलिया खुर्मुरिन, लिन आए र सिडनी मा बसोबास गर्ने बिभिन्न नेपाली मित्र हरुकोमा पुर्‍याए । आफ्नो अनुभब अनी इच्छाका बारेमा उनीहरु सित बिचार साटा साट गरियो । अनुभबी र अध्यागमन सम्बन्धी काम गर्ने कानुन्बिद संग सल्लाह गर्दा, छिटो स्थाइ बसोबासको कागज बनाउने हो भने रेस्टुरा मार्फत सजिलो हुने रैछ शेफ बनेर । त्यस बेला ( १९९७ ) सिडनीमा काठमान्डु किचेन र याक एन्ड यती नाम का दुई मात्र नेपाली रेस्टुरा थिए । रेस्टुरा सन्चालनको लागि रकमको अन्दाजिफिकेसन पनि गरियो न्युनतम र अधिक्तम को आधारमा, बिभिन्न सम्भाबित स्थानको भ्रमण गरियो । तीन हफ्ता को बिच मा सिडनी टावर, हार्बोर ब्रिज, बोन्डाइ बिच, अपेरा हाउस, किङ क्रसको रमझमले मोहनि मात्रै लगाएन लगेको समान पनि किङ क्रस कै एक भियतनामी पसलेले जम्मै किनिदियो । लागत को ४ गुना मुल्य प्राप्त भयो । चिठ्ठा नै परे जस्तो सजिलो सित समान बिक्यो, जो सोचेकै थिएन । अस्ट्रेलियन प्लास्टिकको डलर बर्षने भो भन्ने सोचे मख्ख परें । अब सिडनीमा रेस्टुरा खोल्ने, हस्तकलाको समान बेच्ने र भकाभक डलर थुपार्ने दृण इच्छा मनमा जगाइ अर्को पटक आउँदा बस्ने बासको समेत बन्दो बस्त मिलाए र छिट्टै सधैंको लागि बस्ने गरी आउने भनी भेटे जतीको कानमा झ्यालि पिट्दै नेपाल फर्किए ।

नेपाल पुगेर बाबु बाजेले दु:खले होकी सुखले आर्ज्या बारीका पाटा बैकंमा धितो राख्ने काममा लागें, महिना दिन भन्दा बढी को दौड धुप पछी लालपूर्जा बैकंलाई जिम्मा लगाइ दिए र नगद बोकी लागे अस्ट्रेलिया तिर, भारी मन बनाएर उतै को पी आर बन्ने सपना साचेर ।

जब सिडनी पुगें मलाई सपना देखाएर रुखको टुप्पोमा पुर्याउनेको मन बदलिएर मुन्टो बट्टारिएको महसुस गर्न गार्हो भएन । मलाई स्पोनसर गर्दा आइपर्ने दर्जनौ रिस्कको लिस्ट बनाएर बसेका रहेछन उनी त, र सहयोग गर्न नसक्ने मनस्थिती मा रहेछन । कस्तो मजाक ? सल्लाह बमोजिम नै बिश्‍वास गरेर जग्गा धितो राखी पैसा लेराएको थाहा पाउँदा पाउँदै यस्तो गर्ने भनी बिन्ती गरे पछी अली पग्लिए जस्तो लाग्यो । फेरी धेरै सित शिखर सम्मेलन गरेछन र बल्ल दुई महिना बिते पछी ‘ल सस्तो भाडा दर भएको ठाउँ खोज, म आबश्‍यक कागज पत्रमा सहि गरी दिन्छु’ भने ।

यो समयमा कैयौं ठाउँ हेरेको मात्र होइन भिक्टोरिया र बिस्मेन राज्य समेत घुमी सकेको थिए । उन्को मनमा डर पलाएछ कि कतै यस्ले भाडा नतिरी भाग्यो भने आफ्नो टाउकोमा पर्छ । त्यसैले पछी हटेका रहेछन । जती राम्रो ठाउँ त्यती महंगो भाडा आले टाले गर्दा गर्दै ४ महिना बिते पछी एउटा ठाउँ त मिल्यो, जुन ब्यवसाय को लागि उचित थिएन । आफु सित बिकल्प थिएन । ब्यापार स्यापार देखा जाएगा पी आर भए पछी केही गरौला नि भन्ने सोची होम्मिए ५ महिना बित्त्यो बल्ल मैले ‘ रोदी घर’ नामको नेपाली भान्सा घरको शुभारम्भ गरें ।

भान्सा घरको शुभारम्भ संगै अध्यागमनको लागि कागज तयार भयो आफु लाई अप्ठ्यारो मा नपारी दिन कसम खुवाउँदै अमिलो मुखले सहि गरी दिए। मैले सय मुरी धन्यवाद दिएं । सुरु महिना राम्रो भए पनि दोस्रो महिना देखी ब्यवसाय ओरालो लाग्न थाल्यो। काम गर्नेको तलब र भाडाको खर्च बगलीबाट जान सुरु भयो । सामान्यत तीन महिनामा सकिनु पर्ने अध्यागमनको प्रकृया ६ महिना बित्दा पनि पारीणाम आएको होइन । आम्दानि जिरो मा झरी हाल्यो नेपाल बाट थप पैसा मगाएर घाटमा मुर्दा कुरे झै अध्यागमनको पत्र कुरेर बस्नु को बिकल्प थिएन । आज-भोली, आज-भोली गर्दै प्रतिक्षामा हबिगत पातलो भै राखेको थियो एक दिन साँझ अचानक अस्ट्रेलियाको अध्यागमनका दर्जन दुतहरुले रेस्टुरा घेरे

– ७ –

कसैले त्यहाको अध्यागमनमा मेरो बिरुद्ध उजुरी हाली दिएछ । अरु बाहिर बसेका रहेछन ४ जना भित्र पसेर सोधे शेखर भनेको को हो ?। मैले परिचय दिएँ, एकले परिचय पत्र देखाउदै भने तिमी यहाँ गैह्र कानुनी रुपमा काम गर्दैछौ भन्ने खबर पाएर हामी आएको। त्यो सून्ने बित्तिकै म त जमिन मुनी पुगी हाले आँखा बाट तरर आसु झर्‍यो, बोल्ने साहस् पनि आएन। ति अधिकृत निक्कै भलाद्मी रहेछन, उन्ले मलाई नियाली मात्र रहे, केही समय पछी वाक्य फुट्यो । हो होइन थाहा छैन तर आत्माले भन्दा दिमागले छिटो जवाफ दियो ‘ यो सब मेरो हो । कम्पनी को नाम मात्र कसैको नाममा छ । पी.आर को लोभमा यो सबै भएको हो र प्रमाणको लागि म सित कागज पत्र छ। मलाई नेपाल पठाएर उ यो ब्यापार हडप्न चाहन्छ त्यसैले उस्ले झूठो उजुरी हालेको हो। ‘यती भनी नसक्दै फेरी मेरा गला रोकिए आँखा को नुनिलो पानी मुख मा झर्‍यो । उस्ले कम्मर मा बाधेको हथकडी देखेर मा झन नर्भस भए । यत्तिकैमा ति अधिकृतको हात मेरो कुममा आयो म त झन झस्केँ, तर उस्को आँखामा दया भाब देखेँ । उस्ले के कागज् छ देखाउ भन्यो । कारमै सबै कागज थियो उन्लाई दिएँ । बैंक को करोबार , अध्यागमन को प्रोसेस कागज लगायत सबै अध्ययन गरे पछी उन्ले अन्य कामदर लाई सोधे उनिहरु ले पनि वास्तविक मालिक शेखर नै हो कागजी मालिक त आज सम्म देखेको चिनेको छैन भनी दिए, त्यसपछी ति अधिकारिले भने “कानुनमा त हामीले तिमी लाई छोड्न मिल्दैन’ तिम्रो कुरो लाई विश्वाश गरेर म आफ्नो जिम्मेवारि मा छोड्दै छु, तर अब देखी तिमी यहाँ देखिनु हुन्न कसैलाई जिम्मा देउ वा जबसम्म तिम्रो कागज आउँदैन बन्द गर, फेरी देखे भने म सित पक्रनु को बिकल्प छैन ।”

उस्को शब्दले मलाई झन भाब बिह्वल बनायो। आशु रोकिएको थिएन कसैको दयाको पात्र बन्नु परेकोमा म बिक्षिप्त मात्र भईँन, एकातिर एउटा अधिकार प्राप्त बिदेशीले आफ्नो देश को कानुन बिपरित अपरिचित लाई दया गरी माफ गर्नु, अर्को तिर आफ्नै नेपाली जस्ले मेरो परिश्रम, दु:ख र लगानी देख्दा देख्दै बिना कारण नै नोक्सानी पुर्‍याउनु। यो दुई फरक मानसिकता म बाचुन्जेल बिर्सिन सक्दिन । यो घटनाले एउटा अनुपम अनुभब के पनि भयो भने धर्म, संस्कृती, भाषाले मानब बिचमा कस्तो भावनात्मक सामिप्य लेराउँदो रहेछ । उनी थिए फिजियन । नेपाल फर्कने बेलामा खोज्दै भेट्न गएको थिए धन्यबाद दिन तर उन्ले भेट दिएनन किनकी त्यस्तो भेट कानुन बिपरित हुन्छ त्यो देशमा । एउटा अपरिचित बिदेशीले मलाई एक मिनेटमा चिन्यो मेरो दर्द बुझ्यो अनी निस्वार्थ मानबियताको भावनाले प्रचलित कानुन समेत तोडिदियो, उ मानब थियो वा उस्को भेष मा भगवान ? म सधैं सोच्ने गर्दछु ।

उनीहरु फर्केपछी भएका ग्राहक अनी काम गर्नेलाई सरि भन्दै पठाइ दिएँ। रेस्टुराको ढोका बन्द गरी कारमा गै लामो सुस्केरा हाले। आँखा चिम्लेर मेरा बिगत लाई सम्झदै आफुले आँफै लाई सोध्न थाले मैले कहिले के पाप गरेको थिए र यो अनाहकमा सजाय भोग्नु पर्दैछ ? दिमाग लाई रिप्ले गरेँ, मैले कसैलाई ठगेको ढाटेको धोखा दिएको पनि छैन । आफ्नो सम्पत्ति धितो राखेको पैसाले ब्यापार गरेको छु, ४-५ नेपाली लाई रोजगारी पनि दिएको छु किन जलन भयो कस्लाई ?, अब के गर्ने कसो गर्ने ?, मनमा हजार कुरा खेल्न थाल्यो । त्यो बिदेशी र मेरा नेपाली सम्झेँ । दुई बिचको मानसिक भिन्नता लाई दाँजे अली मन शान्त भए पछी रेस्टुरांको थन्को मन्को लगाइ घरतिर लागेँ न खान मन लाग्यो, न सुत्न सकेँ। घर वा अरु कसैलाई फोन गरेर कुरा गर्न पनि मन लागेन किन कस्ले ? उजुर गर्‍यो भन्ने प्रश्न मात्र मनमा आयो ।

कुन बेला आँखा लाग्यो थाहा नै भएन उज्याल्यो भैसकेछ । सिधै वकिलकोमा सल्लाह गर्न गएँ, उन्ले तत्काल अध्यागमनमा फोन गरेर पत्ता लाग्यो कि अझै दुई महिना लाग्न सक्तछ रे । कागजी मालिक लाई अघिल्लो दिनको घटना सुनाएँ, उन्ले हलुका रुपले लिए अनी सोधे अब के गर्छस ? । म कुनै कानुनी झन्झटमा पर्न चाहन्न, अर्को मान्छे खोज वा वकिल, घर भाडा , कती के तिर्न बाँकी छ तिरेर बन्द गर । नत्र म आँफै अध्यागमनमा गएर मैले कुनै जिम्मेवारि लिन नसक्ने भनी लेखेर दिन्छु । मेरा वकिलले पनि सम्झाए उन्लाई कि अन्तिम अवस्थामा यसरी धोखा दिनु हुन्न, कुनै समस्या परे म छु । तर उनी मानेनन । हे भगवान! अब के गर्ने ? , कता को साँढे सात को चक्रब्युह मा फसेँ म ? । बोरा का बोरा डलर टिप्न आएको त यो के हुँदैछ ? ,उन्को जवाफ पछी फेरी वकिल सित कुरा गरे के गर्ने भनेर । दर्ता कागज पत्र, जिम्मेवारिको नामसारी त गर्न मिल्दछ तर कस्ले लिन्छ ? । त्यत्तिकैमा अगिल्लो दिनमा रेस्टुरामा काममा रहेकी ( पूर्व नेपाल घर भएकी )बहिनीको फोन आयो, के हुँदै छ भनेर सोधिन मैले बेली बिस्तार् लगाए पछी उन्ले भनिन मेरो एक जना फलानो नाम गरेको दयालु र सहयोगि अंकल हूनुहुन्छ म वहाँ सित तपाईं को कुरा राख्दछु शायद सहयोग गर्नु हुन्छ कि । म सित त के जवाफ थियो र ? हुन्छ भनी दिए । वकिलले सल्लाह दिए कि कतै काम गर म खोजी दिन्छु तर गोर्खाली को छोरो न हो मर्न परे पनि झुक्न जान्दैन भने जस्तो त्यही ठाउँ मा कसरी काम गर्नु ? हिङ नभए पनि हिङ बाधेँको टालो छ रे क्या । कुनै उपाय भयो ठिकै भो, नत्र म नेपाल फर्कन्छु भनी वकिल लाई जवाफ दिए ।

ति बहिनीको फेरी फोन आयो उन्को अंकल ले पर्सी अर्थात तीन दिन पछी भेट्ने भनेका छन रे । तर म किन हो आसाबादी भने हुन सकिन । किनकी चिनेको आफन्तले त यो हालत बनाए भने चिन्दै नचिने को मानिस झन के रिस्क लीइदेलान । ब्यापार हरितन्नम भैसकेको थियो । त्यस लाई थप सेफ , काम गर्ने मान्छे राखेर लामो समय धान्न सक्ने अवस्था पनि नभएको ले फर्कनु मा नै बुद्धिमानी हुन्छ भन्ने म पुगेको थिए ।

February 2, 2009

(स्रोत : Dautari )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.