कथा : छाउपडी

~उषा शेरचन~Usha_Sherchan

‘माघ फागुन मैनातिर त यी छो¥याट्टी पनि छाउ होलिन्जसी छन् ।’

‘अँ भन्या, मेरो ब्या हँुदा यिनी नान्नानी थिन् । कति छिट्टै ठूली भ्याकि, तरmनीजसी धेक्किन लाग्याकी छन् ।’

‘क्या माइस रयाछौ, यत्ति पनि जान्दाइन ? छाउ हुन्या बेलामा चेलीहरु यसैअरी छट्टी बड्डा छन् । चेली पनि अ‍ैल, ते¥ह पुगीकन चौध लागिसकी । छाउ हुने बेला भैगयो ।’

यसरी छिमेकी दिदी, भाउजू, काकीहरु भेट भएको बेला उसलाई देख्नै हुन्न, यस्तैयस्तै कुरा भनेर जिस्क्याउन थालिहाल्छन् अचेल ।

यस्ता कुरा सुनेर किशोरी मनमा काउकुती लगाउनुुको साटो, कौतूहल जगाउनुको साटो उल्टो डर व्याप्त भएर आतङ्कको आँधीहुरी नै चल्ने गर्छ उसको मनभित्र । चट्याङ्ग नै पर्छ उसको छातीमा । हरेक शब्दले उसको कानमा मह घोल्नुको साटो तातोतातो लाभा घोलिएर सहनै नसक्ने हदसम्म पोल्ने गर्छ उसलाई ।

त्यसै पनि छाउपडीे नाम मात्रैले पनि उसलाई हजार भोल्टको करेन्ट लागेभैmँ गरी झट्का दिने गर्छ । उसको लागि छाउगोठ कुनै भूतको घरभन्दा कम डरलाग्दो छैन । नाम मात्रैले पनि कहालिने गर्छ ऊ । तसिर्ने गर्छ ऊ । छाउगोठ बस्नुपर्ने सोच मात्रैले पनि जीउ नै सिरिङ्ग हुने गर्छ उसको । छाउगोठ बस्ने त के ! कल्पनासम्म पनि गर्न चाहँदैन ऊ ।

‘आ… म त छाउ भएँ भने पनि कसैलाई भन्दै भन्दिनँ । अनि त कसरी पठाउँदा रहेछन् हेरूँला म पनि ।’ मनमनै एउटा फितलो उपाय सोचेर निश्चिन्त हुन चाही उसले । फेरि के–के सोच्दै दौडेर कोठामा ऐना हेर्न जान्छे । नभन्दै आनो अनुहार रातोपिरो भएको देखेर खुसी हुनुको साटो झन् बढी दुःखी हुन्छे ऊ । अनुहार मात्र नभएर कति दिनदेखि आनो छातीसमेत दुखिरहे तापनि कसैलाई नभनी सहिरहेकी छे । किनभने अलि दिनअघि उसको साथीको छाती पनि यस्तै गरेर दुखेको बेला उसकै सामु उसको साथीले आनी आमालाई सोधेकी थिई, ‘आमा, मेरो छाती असाध्यै दुख्छ किन होला ?’

‘काँ खि दुख्दो छ लाटी, धै“इ धेका त ?’

उसको साथीले आना औ“लाहरुले छातीका सबै भाग छाम्दै जाँदा छातीको दुबैतिर उठ्न लागेको भागनिरै औ“ला पुग्दा ‘हो आमा, यही“निर असाध्यै दुखेको छ’ भनेको मात्रै के थियो उसकी आमाले सहानुभूति देखाउनुको बदला हाँस्दै भन्नुभयो— ‘अब हर धँुदा सबै शरील छोपीकन नुहाउनू !’

‘किन र आमा ?’

‘अबधेकि तै“ले छाउपणी बस्न्या ठाउँ झानुपणला जसो छ’ मात्रै के भन्नुभएको थियो उसकी साथी थ्याच्चै भुइँमा बसेर क्वाँ–क्वाँ रून थालिहाली । सबैले सम्झाउँदा पनि नमानेर दिनभर त्यतिकै बसेर रोइरहेको कुरा पनि सम्झिन पुगी । त्यसैले त बरु जति दुखे पनि सहने तर आनो आमालाई भने कुनै पनि हालतमा पत्तै नदिने मनस्थितिमा बसेकी छे ऊ ।

अनुहार रातोपिरो देखिनु, छातीमा उठेको भाग उठेर दुख्नु मात्रै नभएर तलबाट पानी हो कि के जात हो बगेर उसको भित्री कपडा सबै भिजेर चिसोचिसो भएजस्तो मात्र लागिरहने भएकोले बारम्बार चर्पीमा गइरहन्छे, के भएको होला भनेर । सबैले छाउ हुँदा रातो बग्छ भन्ने सुनेको तर रातो नबगेर सेतोसेतो ¥याल र सिँगानजस्तो बगेको देखेर आपैm तर्सिन्छे भने रातोको ठाँउमा सेतो देखेर आश्वस्त पनि हुन्छे फेरि ।

आमालाई सोधौ“ वा टोलछिमेकीका दिदीभाउजूहरुलाई सोधौ“ भने पनि उही छाउगोठको कुरा झिकिहाल्छन्, जुन कुरा सुन्न पटक्कै मन पर्दैन उसलाई । त्यसैले जति दुखे पनि सहेरै बस्ने तर कसैलाई नसोध्ने अडानमै दृढसङ्कल्पित छे ऊ ।

अस्तिअस्तिभन्दा छाती झन् बढी दुख्न थालेको छ । छातीको उठेको भाग झन् बढेजस्तो लागेर छाम्न थाल्दा छुनै नहुने गरी दुखेकोले भुतुक्कै हुन्छे ऊ, र’पनि अरुले देख्लान् कि भनेर सिरकको पुरानो मलमलको खोल च्यातेर टालो बनाउँदै छातीमा टनटन बाँध्न थाल्छे । यसो गर्दा प्राणै फुस्केलाभैmँ गरेर दुखे तापनि चुपचाप सहेरै बस्छे । अरुका आँखामा छारो हाल्ने सबैभन्दा उत्तम उपाय सोचेर निश्चिन्त हुन्छे । छाउगोठ नजानका लागि साम, दाम, दण्ड, भेद सबैसबै अपनाउने तयारीमा मानौ“ मोर्चा नै कसेर बसेकी छे ऊ ।

त्यसै पनि बच्चाहरु रात परेपछि घरकै कोठाचोटामा एक्लाएक्लै जानै मान्दैनन् डरले । बाथरूमसमेत जान डराउँछन्, झन् एक्लै सुत्नेको त कुरै नगरौ“ ।

त्यसमाथि त झन् छाउगोठमा बसेकाहरु पनि कहिले सर्पले टोकेर मरेको, कहिले जाडोले कठ्याङ्ग्रिएर मरेको त कहिले बाघले जङ्गलतिर घसार्दै लगेर जीउको आधा हिस्सा मात्रै खाएर छाडेको जस्तो भयानक बीभत्स दृश्य आनै आँखाले देखेकी छे उसले, अनि त नतर्सनु पनि किन ! नदेखेको भूतसँग त डराउने उमेरमा आनै आँखाले देखेको कुरामा त झन् नडराउने वा नतर्सिने सवालै भएन । यस्तो घटना पटक–पटक घटेको देख्दादेख्दै पनि फेरि किन परिवारजनले धर्म, संस्कृति, प्रथा र परम्पराको नाममा त्यही कालकोठरीमा पठाउनै छाड्दैनन् । हो, यो कुरा भने बुझ्नै सक्तिन ऊ । धर्म र परम्पराको नाममा नदेखिने देउता रिसाउँछन् भनेर देखिने आना चेली बुहारीलाई जानीजानी मृत्युको मुखमा धकेल्न किन तयार हुन्छन् कुन्नि सबैका अभिभावकहरु !

भाग्यले बाँचेकाहरुलाई पनि रजस्वला हुँदा देउता रिसाउँछन् भन्दै दूध, दही, घिउ खान नदिने मात्र होइन कि विद्यालयसमेत जानै दि“दैनन् । सार्वजनिक स्थल– धारा, मन्दिर, कुवा एवम् गाईबस्तुहरुलाई समेत छुन दि“दैनन् भने मान्छेको त झन् कुरै छाडौ“ ।

फोहर पानी जमेको ठाँउमा नुहाउनुपर्दा हैजा लाग्ने र अन्य बिमार हुने सम्भावना पनि उत्तिकै बलियो छ । कपाल कोर्न तेल लगाउनसमेत नपाउने हुँदा छाउगोठबाट निस्केपछि कपाल जगल्टा परेर फुकाउनै समेत धौ–धौ हुन्छ ।

छाउभएपछि छाउगोठमा पनि एक दिन मात्र बस्ने हो र फेरि ! सात दिनमा चोखिने हुँदा पूरै सात दिन बिताउनुपर्छ ।

एक दिन राति अचानक बिउँझदा तलबाट चिसोचिसो पदार्थ स्वाल स्वाल बगेर अप्ठ्यारो अप्ठ्यारो भएजस्तै लाग्यो उसलाई । उसले आनै लगाएको कपडाले पुछ्दै रात काट्यो डराउँदै । के बगेको होला यस्तो ? बाहिर चर्पीतिर जाऊँ भने पनि यो मध्यरात हुँदो कसरी जाऊँ ? नजाऊँ भने अप्ठ्यारो भएर मर्नै आँटिसकियो । र’पनि चर्पीमा जाने हिम्मत जुटाउन सकिन उसले । जतिजति उसको लुगा भिजेर चिसोचिसो हुन्छ; त्योभन्दा दोब्बर चिसो उसको मन भइरहेको हुन्छ ।

फुर्रर उज्यालो हुनासाथ आमा जानुभन्दा पहिल्यै चर्पीतिर हुरिई ऊ । सुरूवाल सबै रातै भएर भिजेको देखेर डाँको छोडेर रून मन लाग्यो उसलाई, तर अरुले सुन्लान् र थाहा पाउलान् भन्ने डरले सुस्तरी रोइन् र आनो मनलाई आपैmले बुझाई पनि ।

हतारहतार धारोमा गएर अरु आउनुभन्दा पहिल्यै नुहाएर अर्को लुगा फेरी र लगाएको लुगा हतारहतार गरेर धोई पनि । आपूmभन्दा पहिले आना साथीहरु महिनावारी भइसकेकाले गर्दा उसलाई के–के गर्नुपर्छ कसो गर्नुपर्छ भनेर सबै थाहा भइसकेकोले आमाको पुरानो धोती र सिरकका खोलहरु यस्तै बेला काम लाग्छ भनेर लुकाएर राखेकी थिई । त्यसैलाई च्यातेर लङ्गोटी बाँधेजस्तै गरी बाँधी र चुपचाप आनो दैनिकीतिर लागी, आमाले शङ्का नगरून् भनेर । मनभित्र पर्नसम्म परेको मर्मलाई मनभित्रै थुनेर सकेसम्म स्वाभाविक हुने कोसिस गर्दै भएभरको सतर्कता अपनाइरही ।

ओहो ! आमाले थाहा पाउनासाथ छाउगोठ पठाइहाल्ने सोच मात्रले पनि उसका आँखावरिपरि भयानक र बीभत्स दृश्यहरु सलबलाउन थाल्छन् । उसको शरीरको सबै रौ“हरु ठाडोठाडो भएर आङ् नै सिरिङ्ग हुन्छ ।
‘छाउ भयो भन्या तै“ले मखी सबै कुरा भन्नू । नभन्यौ भन्या पल्लो घरको जसो हालत होला । पल्ला घरका चेलीले छाउ नबार्दा बित्याँसो प¥यो । छो¥याट्टीले छाउ नबार्दा गाईले दूध दिन छाड्यो । घरमा देउ पितृ रिसाया गोरू वन रया । त्यो घरमा माइस पनि आउन छाण्या । हेर चेली तै“ले यी कुणामा ध्यान दिनू । अब चेलीको पनि छाउ हुन लाग्या जसी छ ।’

आमाले बराबर यसरी सम्झाउँदा सम्झाउँदै पनि ढाँट्नुपर्दा अपराध–बोधले ग्रस्त हुन्छे ऊ । साँच्च नै पितृ, देउता रिसाउनुभएर अनिष्ट भइहाल्यो भने के गर्ने होला भन्ने अनुत्तरित प्रश्नले पनि लखेटिरहन्छ उसलाई ।
पढ्न खुब मनपर्छ उसलाई । त्यसैले त नबिराई स्कुल जान्छ र खुब ध्यान दिएर पढ्छे पनि । कहिलकाही“ बिमार परेको खण्डमा आमाले रोक्न खोजे पनि रोकिन्न ऊ । आजसम्म कहिल्यै स्कुल छुटाएकी पनि छैन र छुटाउन पनि चाहन्न । त्यसैले त कक्षामा सधै“ प्रथम हुन्छे ऊ । कक्षाका किताब मात्रै नभएर भेटेसम्मका पुस्तकहरु पढ्छे । त्यसैले त किताबको किरो भनेर जिस्क्याउने गर्छन् सबै उसलाई ।

‘पढेर केही न केही बन्छु समाज र देशको नाम राख्छु, समान अवसर पाएमा छोरी पनि छोराभन्दा कुनै पनि अर्थमा कम हुन्न भनेर देखाउँछु’ भन्ने अठोट मनमनै लिएको मान्छेलाई छाउगोठ बस्नु भनेको आनो खुट्टामा आपैmले बञ्चरो हान्नुसमान हो भन्ने सोच्छ उसले ।

छिमेकी दिदी र साथीहरुलाई महिनावारी हुँदा आनै परिवारले विद्यालय जान रोक लगाएको सम्झी उसले । त्यसरी प्रत्येक महिना सातसात दिनसम्म पढाइ छुट्दा पढाइ बिग्रेर केटाहरुसँग प्रतिस्पर्धा गर्न निकै कठिन भएको पनि सम्झिन पुगी । स्कुल जान नपाएमा आपूm पनि त्यसरी नै पढाइमा कमजोर भएर आनो लक्ष्यमा पुग्न नसकिएला भन्ने पिरलो पनि थपिएकोले कुनै साथीलाई पनि नभन्ने विचार मनभरि खेलाउँदै विद्यालय पुगी ऊ ।
मलिन अनुहार देखेर होला सायद साथीहरुले उसलाई देख्नासाथ सोधिहाले— ‘आज तँलाई सन्चो छैन कि क्या हो ? मुहार निकै मलिन देखिन्छ नि !’

चोरको खुट्टा काट् भन्दा आनो खुट्टा काट् भनेभैmँ भयो उसलाई, र पनि ‘केही भएको छैन खाली टाउको अलि दुखेको छ’ भन्दै सोह्रै आना ढाँटिन् उसले आना साथीहरुलाई समेत ।

युगौ“देखि महिलाहरुलाई कहिले धर्मको नाउँमा त कहिले प्रथा र परम्पराको नाउँमा खेप्नुपर्ने हिंसाको चक्रव्यूहलाई तोड्न चाहेर पनि तोड्न नसकेर आनै सहपाठीहरुसँग समेत यसरी भूmटको सहारा लिनुपरेकोमा आपैmलाई नराम्रो लाग्यो । ‘यो हिंसाको, कुप्रथाको र अन्धविश्वासको अनन्त अँध्यारो रातको अन्त कहिले होला र खै’ भन्दै दीर्घ निःश्वास छाडी उसले ।

भित्रको टालो सबै भिजेर बाहिर रगत देखिएला कि भन्ने पिरलोले पनि छाडेको छैन उसलाई । झोलाभित्र लुकाएर ल्याएको टालो साथीहरुले देख्लान् भनेर सचेत भई ऊ ।

पहिलो पटक त्यत्रो बाक्लो टालो लगाएर हि“ड्नुपर्दाको अप्ठ्यारोभन्दा पनि साथीहरुले थाहा पाउलान् र घरमा भनिदेलान् भन्ने पिर चर्को छ । त्यसैले ऊ निकै होसियारीपूर्वक स्कुलको चर्पीमा गएर आनो रगतले भिजेको टालोलाई चर्पीकै खाल्डोभित्र याँकेर अर्को फेरेर आँउछे ।

‘हैन तँ आज पटक–पटक चर्पीतिर मात्र गएको देख्छु, किन हो र ? छाउ भइस् कि क्या हो ?’ भनेर साथीहरुले शङ्का व्यक्त गर्दा ‘हैन हैन आज मेरो पेट साह्रै दुखेको छ आउँ पर्लाजस्तो भैराखेको छ’ भन्दै पुनः ढाँटिन् ।

महिनावारी भएपछि केटाहरुले छोए मात्रै पनि नानी पाउने हुन्छ भन्ने भ्रामक र मनगढन्ते कुरालाई पनि आनो दिमागबाट चाहेर पनि मेटाउन सकेकी छैन उसले । कहिलेकाही“ किताबी ज्ञानलाई समेत यस्ता भ्रामक कुराहरुले छोपिदिएको हुन्छ जसको अपवाद हुन सकेकी छैन ऊ पनि ।

उसको दिमागैभरि चाहिने नचाहिने सोचाइका जुलुसहरु तँछाड् र मछाड् गर्दै निस्किरहेका छन् । अहिलेसम्म सबैलाई ढाँट्न सफल भएकोमा खुसीको बाँध बाँध्न खोज्छे, तर देउतालाई समेत ढाँट्न पर्दा भने छिनभरमै भत्केर जान्छन् बाँधेका सबै बाँधहरु पनि । यसरी देउतालाई समेत ढाँट्न बाध्य हुनुपरेकोमा मनमनै देउतासँग क्षमा माग्छे ऊ ।

‘साँच्चै देउता रिसाउनुभयो भने ? केही अनिष्ट भइहाल्यो भने ?’ अज्ञात भयले काँप्छ उसको मन । ‘हे देउता रक्षा गर, केही अनिष्ट हुन नदेऊ,’ भन्दै देउतालाई पुकारिरहन्छे पनि । सबैलाई ढाँट्दा–ढाँट्दा आनो छायाँसमेत साँचो हो कि भूmटो हो भनेर छुट्टयाउनसमेत गाह्रो भएभैmँ भएको छ उसलाई यत्तिखेर ।

यस्तै पिरलोमा दिन त जसोतसो काटी उसले, तर राति सुत्ने बेला भने नाना कुरा मनमा खेलेर निदाउनै सकिन । बल्लतल्ल निदाएको मात्रै के थिई सपनामा पनि त्यही छाउपडी भूतले उसलाई छोड्दै छोडेन । बिउँझदा पसिनाले निथु्रक्कै भिजेको मात्र नभई डर र त्रासले मुटु नै ढुकढुक गरिरहेकै अवस्थामा उसले सर्वप्रथम आपूm पूर्ण रुपले ठीक छु कि छैन भनेर सर्वाङ्ग छामिन् । आना सबै अङ्गहरु सही सलामत पाएपछि बल्ल आश्वस्त भई ऊ ।

रगतले टालो पूरै भिजेको भए पनि फेर्नका लागि चर्पीमा जाने हिम्मतै गर्न नसकेर त्यही टालोलाई अर्कोतिर फर्काएर बाँधी र कहिले उजेलो होला भनेर पर्खिरही ।
उजेलो हुन लाग्नासाथ दौडेर चर्पीमा गई । पूरै भिजेको टालोलाई चर्पीको खाल्डोभित्रै याँकी र हतारहतार नुहाएर अर्को कपडा फेरी ।
उसको बाजेबज्यै बितिसक्नुभएको, काकाकाकीहरु पनि सबै छुट्टि भिन्न भइसकेकोे र उसको बाबा पनि भारततिर पैसा कमाउन जानुभएको छ । बाबाको माया बेलाबेलामा पैसामा अनूदित भएर आउने गर्छ, तर बाबा भने आउनु हुन्न । त्यसैले घरमा आमाछोरी मात्रै बस्छन् ।

आपूm उठनुभन्दा पहिल्यै छोरी उठेको देखेर छक्क पर्दै उसकी आमाले सोधिहालिन्— ‘बेलीबाट चेली छकालै उठ्दी छ । अरुबेला भन्या डाँडा मी वेल आउनासम्म निदाउँदी छी । आजभोलि भन्या चेलीलाई उठाउनै पड्डैन, ऊ बुझ्ने भयाकी जसी छ ।’

कतै चोर पक्रिएला कि भन्ने डरले हतारहतार जबाफ दिई— ‘हैन, जाँच आउन लागिसक्यो आमा, त्यसैले । गृहकार्य पनि अलि बढी नै दिन थालेको छ सर र मिसहरुले पनि । गृहकार्य गर्न भ्याइन्न कि भनेर चाँडै उठेको आमा ।’ उसले सरासर भूmट बोली । पढन्ती छोरीको कुरा आमाले पनि सजिलै पत्याउने भइहालिन् । तर उसलाई आनो आमा र देउतासँग भने भूmट बोल्न पटक्कै मन थिएन र’पनि बोल्नैपर्ने बाध्यताबाट उम्कन पनि सकिन ऊ । जतिजति पटक भूmट बोल्छे; उति–उति ग्लानिले मनभित्र नमीठो पीडाको ज्वारभाटा उठिरहन्छ । केही अनिष्ट होला कि भन्ने डरले पनि सताइरन्छ ।

यसै गरी मनभित्र डर र त्रासको जमरा उमार्दै सात दिन पनि कट्यो । आठौ“ दिन लाग्दासम्म पनि न त देउता नै रिसाउनुभयो न त परिवार र परिवारका आईआफन्तहरु र गाँउलेहरुलाई नै केही अनिष्ट भयो । बेकारमा ज्यानै खाने गरी सातसात दिनसम्म बिनसित्तै चिन्ता र आशङ्काको गरूङ्गो भारी बोक्दै हि“ड्नुपरेकोमा हुनसम्मको थकथकी लागे तापनि त्यो सबै भारीलाई बिनारोकतोक बिसाउन पाउँदा भने फेरि मनभित्र सन्तोषको न्यानो घाम लागेभैmँ भयो उसलाई ।

महिनैपिच्छे महिनावारी हुँदा त्यही हतियार दोह¥याइरहिन् तीनचारपटक ।

एक दिन कसोकसो गरेर बाहिरको लुगामा समेत रगत लागेको देखेर उसकी आमाले झन्डैझन्डै चिच्याउने शैलीमा भनिन् ‘ओहो !! चेली त छाउ भई कि क्या हो ? हेर त पछाडि रगत लाग्याजसो छ, एइका नातामी रगत धेक्किदो छ ।’

भूmटको पर्दा कति दिन नै टिक्न सक्थ्यो र ? एक न एक दिन त सत्य उद्घाटित हुनु नै थियो, भयो पनि । जति लुकाउन खोजे पनि आखिर आमाले पक्रेरै छाडिन् उसलाई ।

‘हो आमा म छाउ नै भएकी छु, तर पहिलो पटक भने होइन आमा, यो त चौथो पटक हो । हजुरहरुले छाउ नबारेर घरमा बस्दा देउता रिसाएर अनिष्ट हुन्छ भन्नुभएको होइन त आमा ? खै त हजुरलाई, मलाई, हाम्रा आईआफन्त पर्ने सबैसबैलाई र गाँउलेहरुलाई समेत केही भएको छैन त ? मैले दूध, दही घिउ पनि खाएँ आमा, घरै पनि बसे“, विद्यालय पनि गएँ, धारो, कुवा, गाईबस्तु मान्छे सबैसबैलाई पनि छोएँ, सबै उस्तै त छ, केही अनिष्ट भएकै छैन त ! बेकारमा देउता रिसाउँछन् भनेर हामीजस्ता छोरी–बुहारीहरुलाई तर्साउने खेल मात्रै रहेछ आमा यो त !’

उसकी आमाले अविश्वासमिश्रित स्वरले भनिन्— ‘ ए चेली, तसो नभन्, यी कुणाले पाप लाग्ला ।’

‘हजुरहरु जस्ताले गर्दा नै युग बदलिए तापनि परम्परा बदलिन सकेन आमा, अन्धविश्वास बदलिन सकेन । देउता त मान्छेको आत्माभित्र हुन्छ । छाउले छोएर पाप लाग्ने होइन कि आमा, बरू मान्छेको आत्मालाई रूवाउने काम गरे भने पाप लाग्छ ।

‘यी कुणा त हाम्रा बाबुबाज्याधेकी चल्याका हुन्, धर्म छाडा नभयै । यी त हाम्रा परम्परा हुन्, प्रथा हुन् चेली ।’

‘प्रथा होइन आमा कुप्रथा भन्नुहोस् न आमा, कुप्रथा !’

‘पितृ देउताप्रतिको आस्था हो, विश्वास हो ।’

‘विश्वास होइन आमा, अन्धविश्वास भन्नुहोस् न आमा, मात्र अन्धविश्वास !’

‘ओहो ! लाज लाग्न्या कुरा, चेली काँबाट जानी हो ? देउतापितृका अगाडि यसो भन्नु हुँदैन । चेली पढाउँदा समाज बिग्रँदो भन्या चलन बाबुबाज्याले तसै भन्या होइन रै’छ, कतै छिमकी र गाँउलेहरुले थाहा पाउलान् कि भनेर डराइन् आमा ।

‘हजुरलाई छिमेकीले थाहा पाउलान्, गाँउलेहरुले के भन्लान् भन्ने डरचाहि“ लाग्ने, तर आनी छोरीलाई भने छाउगोठमा राख्दा बाघले लैजाला कि, सर्पले टोक्ला कि वा चिसोले कठ्याङ्ग्रिएर मर्ला कि भन्ने डरचाहि“ नलाग्ने ? अरुहरुका त छोरीहरु धेरै छन्, म त हजुरकी एक्ली छोरीप्रति पनि माया लाग्दैन र हजुरलाई ?’

‘आमाका लागि चेलाचेली सबेै बराबर हुन् । सबैलाई माया बराबर लाग्दो छ । मेरो मायाँ तँ खी मस्तै लाग्दो छ । आमाले माया अ¥यो भन्दैमा धर्म छाडा जन भए ।’

‘अनि हजुरहरु कस्ता आमाहरु त आना छोरीहरुलाई धर्म र परम्पराको नाउँमा बलि दिनसमेत पछि नपर्ने ? कतिन्जेल हामीले बारम्बार त्यही गल्ती दोह¥याउँदै त्यसको मूल्य चुकाइरहने ? भन्नुस् त आमा ! म त कुनै पनि हालतमा मान्नेवाला छैन आमा, हजुरले जति सम्झाई बुझाई गरे पनि म मारेकाटे जान्नँ आमा त्यो छाउगोठ ।’

‘म आमा भया पनि अ‍ैलसम्म छाउपणी बान्र्या चलन छाड्याकी नाई, तै“ले मात्रै यो चलन मान्दैन नभनेई ।’

हेर्नुस् आमा, म त मर्नुपरे पनि त्यो ज्यानमारा छाउगोठमा बस्न त जाँदै जान्नँ । आज मात्र होइन जीवनभरि नै जान्नँ आमा त्यो काल कोठरीमा बस्न ।’
‘एकछिनपछि फेरि बोली ऊ— ‘हो तपाईंसँग भूmट बोल्नुपरेकोमा मलाई अपसोच छ आमा, तर पछुतो भने पटक्कै छैन । हामी छोरीचेलीलाई धर्म, संस्कृति, परम्परा र प्रथाको नाउँमा हुने हिंसाको विभिन्न रुपहरु मात्र हुन् यी सबै कुरा । यस्ता कुप्रथा र कुरीतिहरुलाई अब जरैदेखि उखलेर याँकिदिनुपर्छ आमा । देउताको नाउँ बेचेर हामी महिलालाई बाँधेर राख्ने अदृश्य अंकुशहरुलाई भाँचिदिनुपर्छ अब ।’ विद्रोहको आगो ओकलिरहँदा उसको अनुहारमा एक प्रकारको दीप्ति झल्किरहेको थियो ।

ऊ अभैm भन्दै गई— ‘मलाई यस्ता—उस्ता बन्धनले बाँधेर मेरो रहर र उद्देश्यलाई त्यो थोत्रो परम्पराको पिजँडाभित्र थुन्ने काम नगर्नुहोस् आमा । मलाई त आकाश छुने रहर छ । त्यसैले खुला आकाशमा उड्न दिनुहोस् मलाई, मेरो उडानलाई रोक्ने कोसिस नगर्नुहोस् ! हाम्रो परिवारको मात्र नभएर यो गाउँको समाज र देशको नामलाई समेत उँचो राख्ने सपना छ मभित्र । समान अवसर पाएमा छोरीहरु पनि छोराहरुभन्दा कुनै पनि अर्थमा कम हुन्नन् भनेर देखाउने चाहना छ मभित्र । त्यसैले त म यत्रो मेहेनत गरेर पढिरहेकी छु आमा । मलाई यो गलत परम्परा र कुप्रथाबाट सधै“का लागि मुक्ति दिनुहोस् ! मलाई चरीजस्तै स्वतन्त्र भएर उडन दिनुभयो भने तपाईंको शिरलाई सगरमाथाजस्तै उँचो राखेर देखाइदिनेछु एकदिन मैले यो समाजलाई पनि । त्यसैले बिन्ती आमा, मेरो पखेटा काट्ने काम नगर्नुहोस् !’

उसकी आमा स्तब्धित र आश्चर्यचकित हँुदै आनी छोरीको दृढसङ्कल्पित अनुहारमा झल्किरहेको आत्मविश्वासको उज्यालो किरणलाई अवाक् र किंकर्तव्यविमूढ भएर हेरिरहिन्, मात्र हेरिरहिन् ।

(स्रोत : Usha Sherchan Didi’s Facebook )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *