एकाङ्की : सङ्कल्पका आवाजहरू

~सरस्वती श्रेष्ठ ‘सरू’~Saraswati Shrestha Saru

समाजमा दिनानुदिन (गाउँ होस् या सहर) महिलामाथि हत्या, हिंसाको पाशविक घटनाहरु बढिरहेका छन् । यसरी राष्ट्रमा महिलामाथि बढिरहेको हत्या, हिंसा, बलात्कारका घटप्रति सरकारको ध्यानाकर्षण नहुनुमा समाजका सचेत महिला वर्ग गम्भरि देखिन्छन् । सरकारको यस्तो उदासीनताप्रति उनीहरु असन्तुष्टि व्यक्त गर्दै १०३औं अन्तर्राष्ट्रिय महिला दिवसका दिन छलफलमा सहभागी हुँदै छन् ।

स्थान: नगरपालिकाभित्रै पर्ने एउटा वडा जहाँ सहर र गाउँका मानिसहरुको आवतजावत भैइरहन्छ ।
समय: अन्तर्राष्ट्रिय महिला दिवसको दिन, दिउँसो १ बजे ।
पात्रहरु: महिला – १, २, ३, ४, ५, ६ ।

महिला १: सुन्यौ दिदीबहिनी हो ? महिलामाथि फेरि अर्को अत्याचार भएको छ ।

महिला २: (दिक्क मान्दै) सुनिरहेका छौं । मात्र सुनिरहेका त छौं । कहिले के गर्न सकेका थियौं र फेरि के गर्न सक्छौं ?

महिला ३: (शालीनता दर्शाउँदै) कुरा गम्भीर छ साथी हो । यसरी दिनदिनै बढ्दै गइरहेको अत्याचार कसरी सहने ? कति खप्ने ? के महिलाहरु मानिस होइनन् ? पुरुषमा मानवता छैन ? कि तिनीहरु नै पशु भएका हुन् ?

महिला ४: (आक्रोशित हुँदै) पशु पनि भन्न मिल्दैन साथी हो त्यस्तालाई । पशुले यति निकृष्ट व्यवहार गर्न सक्दैन । यिनीहरु त पशुभन्दा पनि तल गिरिसके । अब यिनीहरुकै अस्तित्व मेटिनुपर्छ । (रिसले मुर्मुरिँदै र चोर औंला ठड्याउँदै) ? हेर … ! महिलाहरुको सुषुप्त रगत उम्लेपछि के गर्छन् ?

महिला १: (स्थितिलाई शान्त पार्न खोज्दै) यसरी आवेशमा आएर मात्र कहाँ हुन्छ र … ! समस्या कम गर्नेतर्फ ध्यान दिऊँ ।

महिला ५: यस्ता घरेलु हिंसा, बलात्कार, महिलाहरु आफैं आत्महत्या गर्नुका पछाडि कतै महिलाहरुभित्रै त कमजोरी छैन ? यसतर्फ पनि विचार पु¥याउनुपर्ने हो कि साथी हो ?

महिला ६: (सहमति जनाउँदै) उहाँको कुरा जायज होजस्तो लाग्छ मलाई पनि । महिला आफंै सचेत नहुनु पनि यस विषयको कमजोरी हो र २१औं शताब्दीसम्म आइपुग्दा पनि महिलाहरु पुरुषकै अधिनमा रहनुपर्ने बाध्यता भएर पनि हो ।

महिला २: (यस कुरालाई खण्डन गर्दै) होइन, महिलालाई मात्र किन दोष ? महिला आफू सचेत र सक्षम हुँदाहुँदै पनि पुरुषहरु बहुलाउँछन् त । ती बहुलाउने पुरुषहरुको दिमाग ठीक ठाउँमा ल्याउन महिलाहरुले उनीहरुलाई नै अधिनमा राख्नु पर्ने हो ।

महिला ३: (महिला २ को भनाइलाई जोड दिँदै) हो त, ठिकै हो उहाँले भन्नुभएको पनि । यस्ता घटनाहरु हुनबाट जोगाउन समाजका नागरिकहरु सबै सचेत हुनुपर्छ । सचेत हुनलाई शिक्षित हुनुपर्छ । शिक्षित हुनलाई साक्षर हुनुपर्छ । साक्षर हुन र गराउन सरकारले अभियान चलाउनुपर्छ । नेपालमा २ करोड जनता छन् । २ करोडमा आधाभन्दा बढी सङ्ख्यामा महिलाहरु नै छन् । यी सबै महिलाहरुमा ऐक्यबद्धता हुने हो भने त यिनीहरुको के लाग्थ्यो र ….¤ अब हामीले ऐक्यबद्धता जनाउनुप¥यो ।

महिला ४: के साध्य हुन्थ्यो यस्तो कुरा ….? महिलाले महिलाकै गुनियो धुन पछि पर्दैनन् । हेर साथीहरु हो, महिलामाथि घट्ने यस्ता घटनाप्रति महिलाहरु नै हावी हुन्छन्, अनि कसरी हुन्छ समस्याको सामाधान ? र आउँछ घटनाहरुमा कमी ? उ …… अस्तिको घटना देखिनौं प्रत्यक्ष ? दुर्गादेवीकी बुहारीले दाइजो ल्याइन भनेर सासू र आमाजू मिलेर बुहारीको हत्या गरेको ? बुहारी सुशील थिई, शिक्षित थिई । छोरो पनि पढेलेखेकै हो । कस्तो बुद्धि हुन्छ भन्या’ कसैको त ?

महिला १: सही कुरा… शिक्षित मात्र भएर पनि पुग्दो रहेनछ । मानिसमा अचेल मानववादको कमी भएको महसुस हुन्छ । भावना, संवेदना जागृत हुुनुपर्छ के मान्छे हुनलाई । मान्छे, मान्छेजस्ता छैनन् आजभोलि ।

महिला २: दुर्गादेवीकी बुहारीको हत्याकाण्ड कहाँसम्म पुगेको छ हँ ?

महिला ६: बुहारीकी माइती पक्षकाले चुप लागेर किन बस्थे ? बस्नै पनि भएन । चुप लागेर बस्ने हो भने त अरुलाई पनि थप हौसला मिल्छ नि यस्ता घटना दोहो¥याउनलाई । गाउँका सबै आमा समूह र महिला समूहको नेतृत्वमा यो विषयमा जि.प्र.का.मा मुद्दा दर्ता भएको छ । दुर्गादेवीको पूरा परिवारमाथि छानबिन चलिरहेको छ । कहाँ छोड्नुहुन्छ त्यसै ?

महिला ३: (गम्भीर हुँदै) यस्ता घटनाहरु अविकसित र विकासोन्मुख राष्ट्रमा जहाँ पनि घटिरहन्छन् । यसको प्रमुख कारण गरिबी हो ।

महिला ५: (आश्चर्यको भावमा) बलत्कारको केसमा गरिबीसँग के सम्बन्ध ?

महिला १: (सम्झाउँदै) गहन रुपमा सोच्ने हो भने सम्बन्ध छ कसरी भने… गरिबीको कारण सबै नागरिक साक्षर हुन सकेका छैनन् । साक्षर भएका भए केही न केही घटनाबारे जानकारी प्राप्त गर्न चासो राख्छन् । यस्तो किसिमको घटना किन घट्नुहुँदैन, घटना घटेमा आफूलाई कस्तो असर पर्छ, समाजलाई र राष्ट्रलाई नै कस्तो असर पर्छ भन्ने कुरा चेतनामा नआउने हुँदा मानिसले जानी नजानी घटनाहरु घटाउँछन् । गरिबीले चेतनास्तर पनि अलि घटाउँछ क्या …… । गरिब महिलाहरु अझै पनि अशिक्षित छन् । आफूलाई कसैले ललाइफकाइ गरेको पनि बुझ्दैनन् । आजभोलि काम लगाइदिन्छौं भन्दै धनको लोभमा महिलाहरुलाई विदेशी मुलुकमा अलपत्र पारेका घटना सुनिएको छैन ? हो…… अशिक्षाको कारण लानेले जता लगे पनि सुरुसुरु पशुझैं डोरिदै जान्छन् महिलाहरु । समाजमा घटेका घटनाहरु सुन्ने, बुझ्ने, छानबिन गर्ने विवेक भएको भए यस्तो हुन पाउँथ्यो र ….. ?

महिला ३: हो त …. अस्ति भर्खरै भारतमा एक युवतीमाथिको बलत्कार, पाकिस्तानमा १२ वर्षकी बालिकामाथिको बलात्कार…पाशविक होइन ? होइन, पुरुषहरु नारीलाई के ठान्छन् हँ …. ? के महिलाहरु उनीहरुको प्यास बुझाउने नदी हुन् ? जहाँ जतिखेर पायो त्यतिखेल तिर्खा मेटाउनलाई ? के महिला, महिला भएर जन्मनु दुर्भाग्य हो ?

महिला ६: (महिला ३ को विचारप्रति सहमति जनाउँदै) त्यही त भन्या ! हरेक पुरुषले महिलालाई सम्मानित नजरले हेरुन् न । हेरक महिलालाई आमा, दिदी, बहिनी, भाउजू, बुहारी, काकीसरह हेरुन् । के तिनका घरमा यिनै नाताका महिलाहरु छैनन् ? कतिसम्म हेप्न सकेका हँ ?

महिला ४: (अलिकति पुरुषप्रतिको सकरात्मक सोच राख्दै) हुन त पुरुष भनेर सबै पुरुष एकनास हुँदैनन् । महिला भनेर महिला पनि सबै एकै त कहाँ हुन्छन् र…. तर दिदी बहिनीलाई मर्का परेको बेला गाउँ÷सहरका भद्र भलाद्मीहरुले पनि त साथ दिनुप¥यो नि र राजनीति नै चल्छ जहाँ पनि हुने खाने र अलि आवाज उठाउन सक्नेको मुद्दा हेरिन्छ, नत्र त्यसै रहन्छ । के अशक्त र निमुखाको कुनै कानुन हुँदैन ? तिनीहरुले न्याय नपाउने ? (सबै महिलाहरु एकै स्वरमा सहमति जनाउँछन् । बहस चर्काचर्की चलिरहन्छ )

महिला ५: साथी हो ! यसको निम्ति हामी महिला आफैं सचेत र सजग हुनु नितान्त आवश्यक छ । हामी दह्रो र बलियो हुन सक्यौं भने कसैले केही गर्न सक्दैन । हामी सबै मिलेर अशिक्षित तथा निमुखा महिलाहरुलाई जागरण गराउन एउटा अभियान नै थालौं । घरेलु हिंसा अन्त्य गराउन घर दैलो कार्यक्रम राखि सबैलाई जनचेतना जगाउने कोशिस गरे कसो होला ?

(सबैले एकै स्वरमा सहमति जनाउँछन् ।)

महिला १: विवाहमा दाइजो दिने र लिने प्रक्रियामा पनि रोक लगाउनुप-यो । घरेलु हिंसाको एउटा जड त यो पनि हो । यसका लागि त घरघरबाट आमा–बा, दाजुभाइ, दिदीबहिनी सबैलाई अनिवार्य रुपमा भेला गराएर जनचेतना जगाउने काम गरे कसो होला ? अनि महिला भएर महिलाकै विरुद्धमा लाग्ने, छोरी मात्र जन्माएकी बुहारीलाई हेलाँ गरी छोराहरुलाई दोस्रो विवाह गर्न सघाउनेजस्ता अपराधिक कामहरुलाई पनि निरुत्साहित पार्ने कामतिर पनि हामीले ध्यान दिनुप¥यो ।

महिला ३: (महिला १ को कुरामा सहमति जनाउँदै) ठीक कुरा गर्नुभो यहाँले । अब हाम्रंो अभियान भनेको यही र यस्तै कुराहरुसँग सम्बन्धित रहनेछन् । हामीले हाम्रो यो गाउँ र सहरलाई सबैका सामु दलीय स्वार्थभन्दा माथि उठेर काम गरेर देखाउनुपर्छ । महिलामाथि हुने गरेका भेदभावविरुद्ध सचेतना जगाउनु पनि आवश्यक छ ।

(बहस चलिरहेकै बेला नेपथ्यमा स्थानीय एफ.एम.बाट समाचार प्रसारण भइरहन्छ, आफ्नै बाबुद्वारा आफ्नै छोरीलाई बलत्कार, छलफलमा सहभागी महिलाहरु केही क्षण स्तब्ध हुन्छन्, पुनः आक्रोशित बन्छन् ।)

महिला ६: धिक्कार ! छ त्यस्ता बाबुको जन्म !

महिला ५: अब समाजले त्यो पशुलाई यस्तो सजाय सुनाउनुपर्छ कि त्यो सुनेर ऊ जुनीभर पछुताओस् । बाबुको नाउँमा कलङ्क ! पाप र धर्मको पनि ख्याल नभएको पाखण्डी रहेछ त्यो ।

महिला ३: त्यसैले साथी हो ! अब आजैदेखि यस्ता घटनाहरु फेरि दोहोरिन दिनुहुँदैन । गाउँ÷सहरभरि हाम्रो अभियान चलाइहालौं, ढिलो नगरी यही सङ्कल्पका साथ आजको छलफल यहीं टुङ्ग्याऊँ ।

(सबैले ताली बजाएको आवाज आउँछ । नेपथ्यमा धेरै पदचापहरुको आवाज गुञ्जन्छन् । बिस्तारै आवाज हराउँदै जान्छ ।

(स्रोत : Hamrosammohan.blogspot.com)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *