स्रष्टा परिचय : कविताको बगरमा अक्षरहरुका बालुवा चालिहिँड्ने कवि प्रतीक

~अल्पज्ञानी~

धेरै पटक भेटिएर पनि भेटिन बाँकी, बुझेर पनि बुझ्न बाँकी एउटा अति नै मन परेको सुन्दर कविताजस्तो एउटा मान्छेको प्रतीक्षामा प्रतीक्षारत रहँदा सेती किनारबाट बालुवा बोक्दै गरेका मानिसहरुको लाम मतिर आइरहेको थियो, गइरहेको थियो । ‘नारायणथान’को त्यति ठूलो मन्दिरभित्रबाट (भगवान्)ले ती भरियाको पसिना त देखेनन् नै, एउटा कविले बालुवाका बोरामाथि ल्याउँदै गरेको र पसिनाले सिँढीमा लेखेको कविता पनि पढेनन् । न देखे ती कविताहरुको लामो फेहरिस्त । तिनै पोकाहरु फुकाएर म जीवनको अर्को कविता पढ्ने अवसर कुरिरहेको थिएँ ।

दिनभरि बालुवा बोकेर थाकेपछि, घरका भित्ता, कोठा, चोटा रङ्ग्याएर साँझमा फूलबारी आमा समूहको भवनमा फर्केपछि अथवा पसिना चुहाएर, थकाइले लखतरान भएपछि सम्झन थाल्छ देशको कारुणिक अवस्था अनि सहन नसकेर दृष्टिविहीन र श्रवणविहीन देख्न थाल्छ मान्छेहरुलाई अनि संविधान नबनेकोमा भावविव्हल बन्छ एउटा मान्छे । फेरि मान्छे हुनुको पीडाले मुर्झाउँछ र जनताको पक्षधर भएर लेख्न थाल्छः
संविधान कान नसुन्ने बहिरो हुनुहँुदैन
र आँखा नदेख्ने अन्धो हुनुहँुदैन
संविधान छद्मभेषी हुनुहँुदैन ।
(सहूँ म कसरी ?)
वि. सं. २०२०मा भारतको मेघालयमा बुबा रनबहादुर राना र आमा फूलमाया रानाका सन्तानका रुपमा जन्मिएका इन्द्र राना ‘प्रतीक’ कविताका कोमल भावहरु बोकेर २३ वर्षको उमेरदेखि आजपर्यन्त पोखरामै पसिनाको भेलबाढी तर्दै यात्रारत छन् । मेघालयमा नै ‘कादम्बिनीमा’ गजुर कविता प्रकाशन गरेर आÇनो कवितायात्राको सुरुवात् गरेका कविले पोखरा आएपछि नै मूलतः कविता लेखनमा बढी सक्रिय भए । यसो भनौं, कविता लेखनमा अनवरत क्रियाशील रहे । २१ वर्षको उमेरमा मेघालयमै वेदमाया राना (सारु मगर) सँग वैवाहिक सम्बन्धमा बाँधिएका कवि प्रतीकका कविताहरु सरल शब्दले संयोजित हुन्छन् र निकै शक्तिशाली भाव प्रवाह गर्दछन् ।

बाबुको सरल, सोझो स्वभाव र आमा तथा बहिनीको अलि फरक, टाठो–बाठो स्वभावका कारणले नेपाल आएका कविको वास्तविक मातृभूमि भने स्याङ्जाको क्याक्मी, ठाडाथोक हो जहाँ अझै पनि उनको पैतृक थलो त छ तर त्यसको अधिकार छैन† त्यस माटोको सुगन्ध अहिलेसम्म लिन पाएका छैनन् । त्यस भूमिको उपभोग भने उनकै कोही आफन्तले गरिरहेका होलान्, अनुमान मात्र गर्न सक्छन् कवि स्वयम् पनि । जिम्माल बाजेका नाति इन्द्र रानाले जमिनदारका रुपमा स्याङ्जामै रमाउन पाउनुपर्ने त हो तर उनी पोखराका गल्ली, चोक, सेतीको किनार, अग्लाअग्ला घरका भित्ताहरुमा जीवनका रङहरुले पसिनाका कविता लेखिरहन्छन् । यथार्थ जीवनलाई उच्च कविता मान्ने कवि प्रतीक थुप्रै दुःख भोगेर पनि ती दुःखहरुलाई कविताको आँचल ओढाइदिन्छन्, पछ्यौरीले ढाकिदिन्छन् र यथार्थलाई आÇनो पीडालाई यसरी ओकल्छन्ः
यो माटो यो ढुङ्गाको उत्खनन्पछि
उक्लेर खुला हावामा, शीतलमा
केहीछिन थकाइ मार्नुपर्छ, यो दुःखद् हैरानी टार्नुपर्छ
आँत जलेको छ, हामीलाई यो अत्याहटमा पानीको तिर्खा लागेको छ
उफ् नाइके दाइ ! तरान फाट्न सक्छ, तलवितल पर्न सक्छ
जुक्ति न उधारो हुन्छ, न यसलाई किन्नुपर्छ ।
(हामी कसको दास भयौँ ?)

Indra Rana 'Pratik'
कवि प्रतीक
“साहित्यमा, कवितामा जीवन भएन भने त साहित्यको, कविताको मृत्यु हुन्छ ।” भन्ने कवि रानाका जीवनमा धेरै अप्ठ्याराहरु आए । जम्मा पाँच सन्तानको (३ छोरा, २ छोरी) जन्म दिएकी उनकी जेठी श्रीमती फूलमाया राना ज्यादै सहृदयी थिइन् । समयले यति सुन्दर परिवारलाई सुखी हुन दिएन, खुसी हुन दिएन । अभावै अभावको पटुकीले पेट कसेर भोक टार्दै आएको, जीवन गुजारा गर्दै आएको परिवारमा उनको
पाँचौं सन्तानको (छोराको) जन्मसँग सँगै भएको श्रीमतीको दुःखद् मृत्युले उनलाई सबैभन्दा धेरै ममार्हत बनायो । आÇनै कोठामा सजिलोसँग आÇनो सन्तानलाई यस धरतीमा पाइला टेकाएपछि, यो संसार देखाएपछि साल नझरेका कारण त्यो नाबलककी आमाले धरतीबाट सदाका लागि बिदा लिएकी थिइन् । आमाको मृत्युपछि त्यस अबला छोराको हेरविचार, पालनपोषण भने कुनै एक सभ्य र सम्पन्न परिवारमा भइरहेको छ । आÇनै छोरालाई कविजी कहिलेकाहीँ भेट्न जान्छन् तर ‘म तिम्रो बा हुँ’ भनेर चिनाउँदैनन् । आÇनै काखमा लिन्छन्, सुम्सुम्याउँछन्, प्रेम गर्छन्, आÇनै आलिङ्नमा बाँध्छन्, छोराको उज्ज्वल भविष्य चाहन्छन् तर चाहँदैनन् कि छोराले ‘यो मेरो बा हो’ भनेर चिनोस् ।

उनको कविता यसरी नै लेखिँदै थियो, नारायण थानको चौतारीमा । कविता आँखाका ठूलाठूला परेलाका निबहरुले गालाभरि लेखिँदै थियो । म पढिरहेको थिएँ, बाबु हुनुको पीडाले छट्पटिएका अक्षरहरु । म सुनिरहेको थिएँ पाँचवर्षे छोराले ‘बा’ भनेर बोलाइरहेको आवाज† खेलिरहेको, चलिरहेको र चिच्याइरहेको आवाज पनि ।

कविले बिर्सेका छन्† बिर्सने प्रयत्न गरेका छन् । बिर्सेको बहाना गरेका छन, अभिनय गरेका छन् । जीवनका लयहरु समातेर यी सबै बिर्साइहरुलाई, अभिनयहरुलाई कविताको माला बनाएर त्यसलाई आÇनो जीवनको गीत बनाएका छन् । यिनै गीतहरु कविताका प्रेरणाका स्रोत बनेका छन्† कविलाई कवि बनाएका छन् । हो त, वास्तविकताको पोको फुस्किएपछि सबै कुरा स्पष्ट देखिँदो रहेछ । त्यसरी नै कवि इन्द्र राना ‘प्रतीक’को जीवन एक सशक्त अलिखित महाकाव्यजस्तो छर्लङ्ग देखिएको छ ।

व्यक्तिगत जीवन जतिसुकै सङ्घर्षशील भए पनि कविलाई देशको, आम मानिसको पीडाले धेरै छँुदो रहेछ । आÇनो माटोमा आफँैले चुहाएको पसिनाको अर्थ नभएपछि देश बनाउन हिँडेकाहरुप्रति, संविधान बनाउन अनि भाषणको लेपनले आम मानिसको भविष्य दुर्गतितर्फ डो¥याउँदै लगेपछि कवि हृदयलाई विचलित बनाउँदोरहेछः
धरतीलाई कुरुक्षेत्र देख्ने चतुर मनका आँखाहरु लिएर
जब तिमी लुखुरलुखुर हिंड्थ्यौ, फुट जन्माउने मन्त्र फैलाउँथ्यौ
अरुको विश्वास निलेर योजनाको अङ्ग प्रदर्शन गथ्र्यौ
तिम्रो छाती, तिम्रो मुटु कार्टुनझैं छर्लङ्ग थियो ।
(प्रयत्न व्यर्थ छ, आजका मान्छेहरुसँग)
“एक्लो जीवनत खल्लो हँुदो रहेछ । पहिलोे श्रीमतीको जति नै सम्झना भए पनि आखिर उनले गरेको निस्वार्थ मायालाई सम्झनु र अझ दुःखी बन्नुसिवाय केही नहँुदो रहेछ अनि जीवनको यो रणसङ्ग्राममा युद्धस्तरीय मजदुरी गर्नुपरेपछि कहिले रोगले समाउँदो रहेछ, अत्यार लाग्दो रहेछ । त्यसपछि त जीवनमा कोही न कोही सहयात्री आइदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ । त्यसैले जेठी श्रीमती मरेको पाँच वर्षपछि मात्र अर्को बिहे गरँे ।” उनले यसो भन्दै गर्दा कान्छी श्रीमती मनकुमारी राना (राइली) आÇनो श्रीमान्को पाँचौँ सन्तानप्रति सहानुभूति देखाइरहिन्† मन दह्रो पारिन् तर समयले निकै कोल्टो फेरिसकेको थियो ।
भर्खर–भर्खर नवदुलाहा बनेर जीवनको कुरुक्षेत्रमा गाँस, वास र कपासको लडाइँ लडिरहेका ‘कवि सर’ अर्थात् इन्द्र राना ‘प्रतीक’ वास्तवमै मजदुरी गर्छन् । दिनभरि साहुको घर रङ्ग्याउँछन्, बारी, करेसा सम्याउँछन्† घर बनाउँछन्, एउटा पूर्ण कविताजस्तो घर । एउटा सग्लो घर र आफू फर्कन्छन् फूलबारी आमा समूहले बनाएको सामूहिक घरमा । दिनभरि कमाएको पसिनाले चुलोमा आगो बाल्छन्, चामल पकाउँछन्† बिहान पर्खन्छन् । फेरि लेख्न थाल्छन् पसिनाले नयाँ दिनको नयाँ कविता ।
कविलाई कविताले प्राप्त गर्ने उत्कर्ष र त्यसले राख्ने कविताको अस्तित्वमाथि विश्वास लाग्छ । त्यही वास्तविकतालाई नै कविले आÇनो हृदय मानेका छन्– सुन्दर कविताजस्तो पवित्र हृदय ।

कविता लेखनमा गोपालप्रसाद रिमाललाई ‘आधारकवि’ मान्ने कवि इन्द्र रानाको मूल लेखन गद्य कविता नै हो । त्यसो त उनी बालकथा लेखनमा पनि रुचि राख्छन् । झण्डै २००को सङ्ख्यामा कविता सिर्जना गरेका उनको बल सङ्ख्यात्मकभन्दा गुणात्मकता बढी खर्च हुँदै आएको देखिन्छ पोखरेली माटोमा । बङ्गाली लेखक किसन चन्दरको लेखनीबाट प्रभावित प्रतीकले नेपाली कथाकारमा रमेश विकल र महेशविक्रम शाहलाई धेरै पढ्छन् । नयाँ–नयाँ आख्यान एवम् कविता जीवनझैं प्रिय वस्तु मानेर खोजीखोजी पढ्न रुचाउने कवि यस्ता रचनाहरुमा माटोको गन्ध धेरै मन पराउँछन् । सामाजिक विभेद, यथार्थ, मानवीय संवेदना र प्राकृतिक सौन्दर्यको निरुपण गर्न चाहने कविलाई पिछडिएका वर्गको, जातको, धर्मको, लिङ्गको समान विजय मन पर्छ । सिङ्गो देशलाई राजनीतिले विथोलिरहेको बेला धेरै चिन्तित हुन्छन् र भन्छन्, “धर्म र जातीको नाउँमा नेपालमा कहिल्यै झगडा नहोस् ।”
अहिलेको समयलाई विज्ञापनले निल्न खोजिरहेछ । हल्ला गर्नेहरुले आÇनो बजारलाई फराकिलो बनाइरहेछन् । यस्तो भीडमा कतै पनि नदेखिने कवि इन्द्र राना ‘प्रतीक’ले थुप्रै क्षेत्रीय तथा राष्ट्रिय पुरस्कार हात पारिसकेका छन् । प्रसव वेदनाकै कारण आÇनी फूलजस्ती श्रीमतीसँग टाढिनुको पीडा मुटुमा बोकेर हिँडिरहेका कवि प्रतीक स्वयम् पनि यतिखेर प्रसव वेदनामै छन् । त्यसो त दुई दशकभन्दा बढी समय भयो सायद यो वेदना बोकर हिँडेको आÇनै रहरले तर यसले उनलाई वेदना हैन प्रेरणा दिएको जसोतसो एउटा जिन्दगी बाँच्ने । हो, उनले कविताकै प्रसव वेदनामा छट्टिँदाछट्पटिँदै सन्तानको न्वारन नै गरिसके अर्थात् आÇनो नयाँ कवितासङ्ग्रहको नाम राखिसके, ‘कवि कविताको जङ्गलमा पस्यो’ । थाहा छैन, यसले संसार हेर्ने मौका पाउँछ÷पाउँदैन तर हामी चहन्छौं, उनले आशा गरेजस्तै पुस्तकका रुपमा जन्माइदिने कोही सुडेनी भेटियोस् कुनै दिन किनभने यो समाजका लागि कवि इन्द्र रानाका दस्तवेजपूर्ण कविताहरु आवश्यक छन् । हामी चाहन्छौं, एउटा वास्तविक कविको पहिचान हुन सकोस्† एउटा कुशल प्रतिभा, एउटा जीवनवादी कविताका मजदुर कवि छिट्टै बाहिर आउन सकून् र समग्र देशको एउटा कवि बन्न सकून् । कविताका लागि स्वयम् एउटा रहरलाग्दो प्रतीक बनिसकेका कवि इन्द्र रानाको बिम्ब पनि बाँचिरहोस् आम मानव सत्ताका माझ सदासर्वदा । सतत् शुभकामना ।

alpagyani@gmail.com

(स्रोत : Hamrosammohan )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in स्रष्टा परिचय and tagged , , , , . Bookmark the permalink.

One Response to स्रष्टा परिचय : कविताको बगरमा अक्षरहरुका बालुवा चालिहिँड्ने कवि प्रतीक

  1. kalpana says:

    Best of luck Poet Indra Rana!

Leave a Reply

Your email address will not be published. Required fields are marked *