कथा : जात

~शेखर ढुंगेल~Shekhar Dhungel

पण्डित जगन्नाथ कि अर्धांगिनी कल्याणी देबी डाको छोडेर रोइ रहेकी छिन
धन्न गाउलेले बेलै मा देखेछन र पण्डित बाजे लाइ बकैनाको हाँगो मा बाधेको बाबियो को डोरी को पासो बाट बचाएर लेराए ।

केहि क्षण इन्तु न् चिन्तु बनेकी पण्डितनि बज्यै ले आधा अंखोरा पानी के रित्याएकी थिइन जोर जोर ले रुन कराउँन् थालिन .आफ्नो एक मात्र संतान छोरी रुपा लाइ जाने बुझे सम्म को तथानाम गालि को वर्षा गराउन थालिन ।
जगन्नाथ बाजे को आत्महत्या को प्रयास को खबर सुन्ने जति सबै गाउले हरु हस्यांग फस्यांग गर्दै आएर आगन र पिढीमा जम्मा भएका छन् ।

पण्डित जगन्नाथ चुप चाप घुडो माथि मुन्टो राखेर पिढी को एउटा कुना मा झोक्राएर बसेका छन् .आगन पिढी वरिपरी जम्मा भएका छिमेकी हरु लाइ देखेको न् देख्यै गरि धुमधुमती भएर ।

पण्डितनि बज्यै एकोहोरो चिच्याउदै छिन, हे भगवान किन कोख मै मरिन यो कुलंघारनी आज यो दिन देख्नु पर्यो
मेरा कान किन बन्द भएनन ? यो उखर्मौली को कर्तुष सुन्नु पहिले नै ?लौ मलाइ मर्न देओ !कसरि मुख देखाएर बाच्नु अब छर छिमेकी इस्ट मित्र हरु सित ? उ….. हु…. हु… हू …..हाम्रो खान दान को नाट काटी दिई बजिनी ले यस्तो हुन्छ भन्ठानेको भए छाक काटेर किन पढ्न पठाउने थिए नि म विदेश उ… हु….. हू ……
गाउले हरु अझै अनभिज्ञ नै छन् किन विदेश पढ्न गएकी आफ्नी छोरी लाइ तथानाम भन्दैछिन पण्डितनि बज्यै ?पण्डित बाजे लाइ आत्महत्या नै गर्नु पर्ने के त्यस्तो कारण पर्यो ? ..खुल्दुली मच्चिएको छ गाउले हरु मा उता पण्डित जगन्नाथ को बाक्य फुटेको छैन मौन छन् ।

तल्ला घरे तामांग काइला की छोरी सुन्तली ले के भयो भनेर सोध्न के खोजेकी थिइन । कल्याणी बज्यै झनै चिच्याएर भन्न थालिन न् सोध के गरि त्यसले ज्युदै मारी हामिलाइ त्यो छोरी होइन हाम्रो त्यो मरी सकी हाम्रो लागि ….. कुन साइत मा जन्माई छु नि मैले किन जन्मदै घाटी निमोठ्न सकिन त्यसको मैले उ ….हु ..हु ….झन्डै बाउ लाइ खाएकी अलक्षिनी ले ..ऊ ऊ उउउ ..
पण्डित बाजे अझै चुप चाप छन् न् त केहि बोल्छन न् त बुढी लाइ सम्झाउछन् ,गाउले हरु एक अर्काको मुख हेर्छन के भयो के भयो ? पण्डित जगन्नाथ को आत्महत्या को प्रयास अनि विदेश पढ्न गएकी एक मात्र छोरी लाइ एकोहोरो गालि गरेको गर्यै देखेर सबै आश्चर्य मा परेका छन् ।

पासो बाट उम्काएर लेराएका छिमेकी रत्न मान दर्जीलाइ अब त असैह्य भयो । अगाडी बढेर पण्डित जगन्नाथको नजिक पुगेर सोधे बाजे के भयो ? के बिराम गरिन तपाईको छोरी ले ? किन आफ्नो प्राण भन्दा प्यारो एक मात्र छोरीलाइ यसरि तथानाम गालि गर्दै हुनु हुन्छ कल्याणी बज्यै ?के त्यस्तो पर्यो र आत्महत्या गर्न खोज्नु भएको ?

पण्डितले बिस्तारै टाउको उठाए चारै तिर आखा घुमाए सबै को ध्यान उनि तर्फ नै थियो सबै को जिज्ञासा थियो के भयो बाजे के भयो ? पण्डित ले पनि एक छिन त आफुलाइ सम्हाल्न सकेनन तुरुक्क आशु खसाल्दै भने रत्न मान छोरी ले हामि लाइ जिउदै मारी हाम्रो नाक काटी मोरीले !
भयो के पण्डित बाजे हामि ले पनि त थाहा पाउनु पर्यो नि त होइन ?हामि सबै छिमेकी गाउले सधै नै तपाइको दुख सुख को साथी र साक्षी दुवै होइनौ र ?
गाउका मुखिया झल मान ले पनि मन थाम्न सकेनन र सोधी हाले पण्डित नि बज्यै लाइ .. होइन के त्यस्तो बिराम गरिन छोरी ले र आत्महत्या को प्रयास गर्नु भयो पण्डित बजे ले ?के दुख आइ पर्यो के गरिन उनले ?
भो भो भो त्यसको नाम न लेउ त्यो कुलंघारनि को त्यो मरी हाम्रो लागि छोरी होइन त्यो हु हु हु …
जग नाथ पण्डित को मौनता र पण्डितनि बज्यै को एकोहोरो चिच्याहट ले बास्तबिकता वाट अनभिग्य गाउले हरु लाइ बिस्मात अनि झर्को पनि लाग्न थाली सकेको थियो .भिड को मनस्थिति बुझेका मुखिया झल् मान ले दोहोर्याए बाजे बज्यै के हो कुरो किन खोल्नु हुन्न ?के गरिन छोरि ले ?
पण्डितनि अझै चिच्याइन के भन्नु के बोल्नु ?बोल्न हुने भए पो बोल्नु !भन्न हुने भए पो भन्नु !राम्रो कुरो हो र सुनाउनु तिमि हरु लाइ ?
होइन बज्यै अल्लारे उमेर मा बुद्धि पुगेंन होला केहि गल्ति गरिन कि ?त्यस्ती लक्षिण कि असल छोरी ले के गरिन ?के भयो आज ?
पण्डितनि बज्यै को सुक्क सुक्क अलि अलि मत्थर हुन् थाल्यो ।
ल भन्नुस के भयो र त्यस्तो र तपाइँ ले यस्तो दुखद बाटो रोज्नु भयो ? गार्हो सारो मा हामि छदै छौ नि ।
पण्डित जगन्नाथ ले टोपी फुकालेर आशु पुछे अनि सुस्तरी विदेश पढ्न गएकी छोरी ले पठाएको खबर को बेलिबिस्तार लगाए .पण्डित को कुरो सुनेर के के न् भयो कि भनेर अतालिएका गाउले छर छिमेकी का अनुहार मा परिबर्तन आयो , सबै को मन शान्त हलुको भयो कोइ मन मनै खुसि भए ।
पण्डित जगन्नाथ कुरो सुनेर रतन दर्जी लगायत जम्मा भएका गाउले हरु ले खिस्स गरे .२० बर्ष सम्म शिक्षक भएर शास्त्र को बयान गर्दै अरु लाइ “यो संसार मा मानब सेवा भन्दा अर्को धर्म छैन ,स्त्री र पुरुष भन्दा तेस्रो जात छैन ‘भनि अर्ति दिदै हिड्ने समाज सेवक पण्डित पण्डितनि को कुरो सुनेर सबै छक्क परे ।
अनि रतन दर्जी केहि बोल्नै लागेका थिए हरि लाल मिजार अगाडी बढ्दै भने पण्डित बाजे रिषानी माफ होस् सानो मुख ठुलो कुरो न् भन्नु होला .”मान्छे जन्मदा न् त धर्म बोकेर आउछ न् त जात नै “यो त हामि जस्तै समाज का अगुवा हरुले थपी दिएको कुरो न् हो .पण्डित बाजे हामीले बुझ्ने र बुझाउने गर्न सकेनौ भने हाम्रा सन्ततिले हामि लाइ धिकार्ने छन् । त्यसैले बाजे खुसि हुनुस त्यस्तो सुन्दर धेरै पढेको अनि राम्रो ब्यबहार को ज्वाई पाउनु त भाग्य हो त्यसमा पनि बिबाह भनेको केटी केटा ले आफ्नो खुसि राजि ले गर्ने हो त्यस मा पनि रोहित बिस्वकर्मा र तपाईकी छोरी बच्चैदेखि हुर्केका असल मित्र पनि हुन् अब बाकि जीवन श्रीमान श्रीमती बनेर बिताउने निर्णय गरे त खुसि कै कुरो होइन ?पण्डित बाजे ले देख्नै भएको छ स्वजाती खोजेर बाबु आमा ले जबर्जस्ति छोरा छोरी को बिहे गरि दिदा कत्तिको जीवन नर्कतुल्य भएको छ .बिचार इच्छा र स्वभाब न् मिल्दा कतिको घर बर्बाद भएको छ ।
संगै रहेका आइते तामांग ले सान्त्वना दिदै भने जीवन को दुख सुख मा साथ रहने उनि हरु हुन् .हाम्रो चिन्ता त छोरीले दुख पाउलिन कि भन्ने मात्र हो । छोरी खुसि छिन भने बाबु आमा को लागि त्यहि ठुलो खुसि हो .के छ जात मा बाजे ?के हो जात भनेको ? हामी सबै एउटै समाज को मानब जाति होइनौ र ?समाज कै एक अर्का का सहायक होइनौ र ? तपाइँ हरुले किताब समात्नु भयो अरु ले औजार समाते र मानब समाज को आबस्यकता लाइ सहज र सरल बनाइ दिए सम्मान गर्नु पर्छ समाज का कर्म योद्धा हरु को ..अब हामीले बदल्नु पर्छ बाजे यो समाज लाइ सबै मिलेर .मानब मानब बिच बिभेद देख्ने मानसिकता …कस्तो अचम्म जसले मुर्ति बनाउछ उसलाई हेला गर्छन र मुर्तिलाइ पुजा र सम्मान ..दर्जीले सिलाएको लुगा लगाएर शान देखाउछौं तर उसलाई सानो जाति भन्छौं यो त मानब सभ्यता कै कलंक भएन र जग नाथ बाजे ?

रतन दर्जीसंगै बसेका विर्ख राइले थपे म त अचम्म भए है बाजे तपाइले पनि यस्तो गुनासो पोख्दा .तपाइले नै होइन दुइ महिना अगाडी मात्र तल्लाघरे काईला काजी को छोरा रमेश ले शहर वाट मित्रलाल परियार कि छोरी बिहे गरेर लेराउदा काईला काजी लाइ “जात हेर्ने होइन आजको जमानामा सिल स्वभाब र पढाई हेर्ने हो आफ्नो छोरा को खुसि हेर्ने हो उसको रोजाई मा हामीले जात भनेर भाजो हाल्न हुन्न आशिर्बाद दिनु पर्छ भन्दै गृह प्रवेश को लागि पाठ गर्नु भएको ?
अनि तपाइँ नै होइन भन्या रातोमाटे शिब हरि बाजे को छोराले गाइ खाने केटी बिहे गर्दा “मानबिय मूल्य र मान्यता को “परिभाषा दिएर सम्झाएको ? विदेश मा जात र भात को बिभेद नहुने हाम्रो मा मात्र किन त बाजे ? ति सबै आदर्श को कुरो झुठो थिए ?
पण्डित जगन्नाथ टोलाएर उनि हरुको कुरो सुनी राखेका छ । पण्डितनि बज्यै को रुवाइ पनि कम भै सकेको छ ।
धेरै जसो गाउलेहरु आ आफ्नो घर धन्दा बित्यो भन्दै घर तिर लाग्न थालेका थिए । नजिक का छिमेकी रतन दर्जी ,ठुले मिजार ,बिर्ख तामांग ,आङछिरिङ शेर्पा , हिरा सिंग गुरुङ राम बाबु बिस्वकर्माका परिवार सबै पण्डित बाजेलाइ सम्झाई रहेका थिए .आखिर पण्डित बाजेका आफन्त र दुख मा साथ दिने पनि तिनी हरु नै थिए । उनका सगौल का गुठियार हरु सबै बसाइ सरेर शहर पसी सकेका छन् ।
पण्डितनि बज्यै पनि संगै आएर बसिन ।

हिरा सिंग गुरुङ पनि जगन्नाथ बाजेको दुखेसो देखेर सम्झाउन थाल्यो ल हेर्नुस बाजे तपाइँ ले सुन्नु भयो होला तपाई कै साइलो दाइको छोराले शहर मा जुत्ता कारखाना खोलेर बसेका छन् के उनको जात गयो त ? हेर्नुस शहर पसेका कति चेली बेटीहरुले कपडा सिउने पसल खोलेर बसेका छन् खोइ त जात गएको छैन । मेरै नाति शेनामा जागिरे छ उ सहनाई बजाउछ कप्तानको छोरा सानु भाइ बिस्वकर्मा र उ संगै बस्छन संगै खान्छन खोइ कुनै भेदभाव छैन त ?.
सुरुदेखि नै संगै बसेर पण्डि को कुममा हात राखी रहेको आङछिरिङ शेर्पाले पनि थपे हेर बाजे आज म पनि केहि भन्छु तिमि हाम्रो छिमेकी पनि हो साथी पनि तिमि ले हामी लाइ धेरै कुरो सिकायो …तिमि नै यस्तो सोच्छ ?दर्जी न् भएको भए तिमि नांगै हुन्थ्यो तिमि लाइ लुगा सिउन आउछ ?मिजार काजि न् भएको भए तिम्रो खुट्टाको छाला जान्थ्यो तिमिलाइ जुत्ता सिउन आउछ ?अरु त अरु बाजे बिस्वकर्मा न् भएको भए तिम्रो मन्दिर खालि हुन्थ्यो तिमिलाइ मुर्ति कुद्न आउछ ? कुरो गर्छ पण्डित बाजे .डाडा घरे काजिको छोरीले पनि त परियार सित नै बिबाह गरेर सुखसित बसेकी छिन नि
हिरा सिंह गुरुङले फेरी थपे केहि बर्ष अगाडीको कुरो त हो नि होइन बिर्ख ? निगाल पानिका डिठ्ठा बाजेको एक्लो छोरीले पनि मान बहादुर बिस्वकर्मासित नै बिहे गरेर गएकी अहिले दुवै जनाले त्यहि गाउमा स्कुल चलाएर बसेका छन् कति हासी खुसि छन् उनिहरु ..अहिले त डिठ्ठा बाजेले घरमा संगै राखेका छन् .स्कुल र घर को ब्यबहार चलाएका छन् .छोरी भएर पनि छोरा को जस्तो जिम्मेवारी सम्हालेकी छिन .डिठ्ठा बाजेका दुइ वटै छोरा त कता हुन् कता बेपता छन् रे …
सबैको कुरो सुने पछी पण्डित जगन्नाथ को मन अलि शान्त भयो .आखिर जो गाउले हरु ले खाइस भन्लान भन्ने डर थियो ति सबै ले समझदारी देखाएर उल्टो उनलाई सम्झाए पछी झनै हलुंगो भयो ।

उनि बिस्तारै बोले तिमि हरु ले ठिक भन्यौ “मानिस शास्त्रीय ज्ञान र किताब पढेर मात्र बुद्धिमान न् बन्दो रहेछ भोगाई को अनुभब अनि अन्तस्करण मा चेतना आउनु पर्दो रहेछ । तिम हरुले आज मेरो आखा खोलि दिएका छौ ।

के गर्ने अप्रत्यासित रुपमा त्यस्तो खबर पठाइन ,उनि रुन कराउँन् थालिन न् आफु लाइ सम्झाउन सके न् उनलाई अनि आबेशमा आएर …..
अन्त कतै न् चिनेको भए पनि त हुन्थ्यो नि हेर त उही पल्लो गाउको …सित मलाइ कस्तो भयो होला भन त तिमिहरु ।

झन राम्रो भयो पण्डित बाजे !एकले अर्कालाइ चिनेका छौ । केटाका बाबु पनि पढे लेखेका छन् गाउको मात्र हो र जिल्ला कै नाम चलेका समाज सेवक हुन् त्यस्तो घर को बुहारी हुनु त छोरी को लागि पनि हाम्रो लागि पनि खुसि को कुरो हो बाजे ‘मानिस ठुलो दिल ले हुन्छ जात ले हुँदैन “भन्ने कुरो मैले सम्झाउनु पर्छ र जगन्नाथ बाजे ?

हो दाजु भाइ हो अरुलाइ अर्ति उपदेश दिन सजिलो हुदो रहेछ आफुले आफैलाइ सम्झाउन झन गार्हो त्यो पर्दा मात्र अनुभब हुन्छ .अरु लाइ बाटो देखाई दिन सजिलो आफैलाइ बाटो खोज्नु निक्कै मुस्किल ..तिमी हरु मेरो साथमा छौ म अब बिस्मात गर्दिन । उनलाई पनि सम्झाउछु ।।

हो धेरै भयो हामीले बुझ पचाएको ,समाज मा सानो र ठुलो जात को रेखा कोरेर आपसी बन्धुत्व र मानबियता लाइ भुलेको यो फुलबारी जस्तो सुन्दार देश का बासिन्दा हामि एउटै परिवार हौ बिभेद र एक अर्का मा बैमनस्यता राख्नु हुदैन .म भोलि बिहानै सदर मुकाम गएर छोरी ज्वाई लाइ बधाई दिन्छु । दशैँ आउदैछ त्याह बेलामा बोलाएर गाउमै फेरी धुमधाम सित बिहे गरि दिन्छु । ए हरि मेरो सम्धी लाइ अहिले जादा जादै उनको घरमा पसेर म भोलि भेट्न आउदै छु भनि खबर छोडी देउ है ।

बिहे मा मलाइ तिमी हरु सबै को साथ चाहिन्छ मेरा दाजु भाइ कता हुन् कता आउछन आउदैनन थाहा छैन ।

भैहाल्छ नि बाजे ढुँगा भर माटो माटो को भर ढुँगा तपाइले हामि लाइ कति अमुल्य ज्ञान दिनु भयो हाम्रा सन्तान लाइ पढाएर योग्य बनाउनु भयो हामि गाउले तपाइँ को सधै ऋणी छौ बाजे अरु सबै गाउ छोडेर हिडी हाले तपाइले गाउ मै बसेर यो गाउको ठुलो सेवा गर्नु भएको छ । हामी सधै तपाइँको खुसि चाहन्छौँ कि कसो बिर्ख ?

हो ठिक भन्यौ .हामि सब एउटै परिवार हौ एक अर्का को दुख सुख मा साथ दिन्छौँ । चाड पर्ब मेला पात मा संगै संगै छौ । हामि सब एक अर्का का पुरक हौ .आपद विपद सुख दुख मा सधै साथै छौ परिवार न् भए के त ?
कुरो हुदै थियो गाउका मुखिया पनि सदर मुकाम वाट हस्यांग फस्यांग गर्दै आइ पुगे .बाजे ले झन्डै बित्यास पारेको खबर चारै तिर फैलिसकेछ .उनले त सदर मुकाम मै सुनेका रे ।।
ल जाउ सबै लाइ चिया बनाएर लेराउ एक कप चिया खाएर आ आफ्नो काममा लागौ अब साझ पनि पर्न लाग्यो ।
ल मुखिया काजि हरि, विर्ख, मलाइ तिमीहरुको चाहिन्छ भब्य भोज गर्नु पर्छ मेरो छोरी को बिहेमा
हुन्छ बाजे तर मेरो एउटा शर्त छ मुखिया ले भने
शर्त कस्तो शर्त मुखिया काजि ?
तपाइको छोरी को बिहे भोज खर्च मेरो
ठट्टा न् गरन मुखिया काजि मैले तिमीसित छोरीलाइ बिदेस पठाउदा तिरेको ऋण अझै चुक्ता गर्न सकेको छैन ।
छोड्नुस ऋणको कुरो बाजे तपाइँ कि छोरी मेरी पनि छोरी हुन् । तपाइले निशुल्क मेरा छोरा छोरिलाइ पढाएर मलाइ सधैको लागि ऋणी बनाउनु भएको छ यो पुण्य काम गर्ने मौका दिनु स मलाइ ।।
बाँकी बन्दोबस्तको जिम्मा मेरो बाजे रतन दर्जीले थपे
लौ जे जे गर्छु तिमी हरु गर बाबा म केहि बोल्दिन तर गाउमा कोइ छुट्नु हुन्न नि !
समय बित्न कति बेर ? दशैँ लाग्यो गाउले सबै मिलेर पण्डित बाजेको छोरीको बिहे भब्य सित गरे । पुरानो मित्र पूर्ण बिस्वकर्मा र पण्डित जगन्नाथ सम्धी सम्धी भएर अंगालो हाले । हर्षको सिमा रहेन । धेरैले हर्षको आशु बगाउदे बर बधु लाइ आशिर्बाद दिए । त्यहाँ कसैको बिमत थिएँन् । गाउमा एउटा अनुपम बिहे भएको थियो त्यो गाउलाइ शिक्षित पार्ने पण्डित जगन्नाथको सबैले प्रशसा गरे ।
“मानिस ठुलो दिलले हुन्छ जात ले हुँदैन ‘।।

ओमाहा, नेव्रास्का

(स्रोत : Nepalipost.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.