बाल नाटक : बाल पुकार १

~पद्‍मलाल काफ्‍ले~

(पहिलो द्रिश्य)

(एउटा केटो झोला बोकेर मञ्चमा देखा पर्छ , एकछिन घुमेपछि सबैतिर हेर्छ र अभिनयका साथ भन्न थाल्छ )

हे मेरा साथी हे मेरा भाइ यो यौटा कथा छ ,
नपाली पनको अस्तित्व यहाँ सङ्कटमा पर्या छ ।
आजकाल हाम्रो नेपाल देश रोएको देख्तैछु,
सपुतहरु छन् कहाँ आज लेकबेंसी खोज्दैछु ।
गाउदैछु आज वर्तमान स्थिति ढुंगा र मुढाको,
लिएनौ कहिल्यै शिक्षा र दीक्षा ती बूढा अग्रजको ।

(टायर बाल्दै दुइ तीन जनाको प्रवेश )

देख्तछु यहाँ सडकबीच टायर बालेको ,
मन रुन्छ मेरो धरधरी साथी काम कस्तो थालेको ?

(तीन चार जना हथियार हानाहान गर्दै प्रवेश )

क्षणभर मै त्यहाँ भिडन्त भयो दुइपक्ष माझमा,
हस्पिटल पुगे विद्यार्थी सबै पुगेनन् घर साँझसम्मा ।

(‘विद्यालय बन्द’ लेखेको ब्यानर र ‘शिक्षक संघ’ लेखेको ब्यानर बोकी प्रवेश )

शिक्षा र दीक्षा सब बन्द भए ताल्च छन् स्कुलमा,
शिक्षक पनि उत्रिए सबै सडक बिस्कुनमा ।
के पाउनु छ र ! के गुम्यो भन्छौ रित्तो त्यो सडकमा,
समाऊ किताब नेपाली पुत्र नलाग भड्काउमा ।

(इटा, ढुङ्गा र हातहतियासहित केही व्यक्ती प्रवेश)

हातमा किताब कापी र कलम बिर्से कि तिनले ,
लेखपढ गर्ने समय यही हो नभुलौं सबैले ।
हेर्दछु स्कुल बन्द छ सधैं भविष्य के होला ?
कि भिर्नुपर्छ सबैले एक दिन भिखौरे यो झोला ।

(हातहतियार तथा ब्यानर बोकेको एउटा जुलुस आउँछ, त्यो केटालार्इ पनि उनीहरुले तान्छन् )

नतान मलार्इ म जान्छु स्कुल नबनौं बेकारको,
पढ्न देऊ मलार्इ सपना साकार पार्नेछु नेपालको ।

बन्दुक बोक्ने यी हाम्रा हात अवश्य होइनन् दाइ ,
बिन्ती छ मेरो शिक्षाको ढोका खुलाऊ सबलार्इ ।

(टाउकामा रगत बग्दै गरेको केटो आएर लड्छ)

इटा र ढुंगा बम-बारुद फ्याँक्दा को रुन्छ धरधरी ?

नेपाली भाइ रुँदछ रगत बगार्इ भलभली ।
के तिमी दाजु म भाइ होइनौं किन घर भाँडेको ,
नेपाल आमा चाहन्छिन् आज सदभाव बाँडेको ।

(दोस्रो द्रिष्य)

( केही समयपछि पर्दा खुल्छ, नेपथ्यबाट साना बालबलिका रोएको आवाज आउँछ , केही समयपछि श्रिङ्खलायुक्त्त महिला (नेपाल आमा) प्रवेश गर्छिन् र भन्छिन् )

नेपाल आमा – म नेपाल आमा हुँ । आज मेरा काखे छोराछोरी एक आपसमा लडिरहेका छन् । कति जना टुहुरा भएर सहाराहीन भएका छन् । खै , यिनको उद्धार कसले गरिदेला ? आज म सयौं पुत्रशोक बेहोरिरहेकी छु । कति छोराहरु मर्ने बेलामा मलार्इ पुकार्छन्, कति भोकभोकै मेरो नाम लिएर चिच्याइरहेका छन्i । यो म कसरी सहुँ ? जति बाँचेका छन् तिनीहरुले शिक्षाबाट वञ्चित हुनुपरेको छ ।

(ठूलो सास फेर्दै ) हरे आज यो वेदना म कसरी सहुँ ? ( भुर्इमा घुँडा टेकेर रुन थाल्छिन् ) अँ ह……..ह……ह……….ह २ मेरा पुत्रहरुलार्इ सत्बुद्धि मिलोस् २ अँ ह……ह…….ह……ह ।

( केही समयपछि मञ्चमा पाँच जना केटा र एउटी केटीको प्रवेश हुन्छ । पहिलो लङ्गडो हुन्छ, दोस्रो बैसाखी टेकेको , तेस्रो हात नभएको, चौथो अत्यन्तै फाटेको लुगा लगाएको साथमा एउटा केटा र एउटा केटी) लङ्गडो(बैसाखी टेकेको संग) तपार्इ को हो ? के भएको छ र बैसाखी टेक्नुभएको ? भन्नुहोस् न ?बैसाखी( (रुन्चे स्वरमा ) खै के भनौं , भनेर साद्धे नै छैन , बुबामुमा……………..बुबामुमा……………..(रुन्छ)

हात नभएको – (फाटेको लुगा लगाएको संग) ए दाइ तपार्इ को हुनुहुन्छ ? झोलामा के बोकेको , खानेकुरा हो ? फाटेको लुगा लगाएको आफ्नो झोलातिर देखाउँदै) होइन भाइ होइन, यी त किताब हुन् । खाना त मैले दुर्इ दिनदेखि खाएकै छैन, मेरा बुबाले मर्ने बेलामा यी कितब नै तिम्रा जीवनका साथी हुन् भन्नुभएको थियो ।

(सुक्क सुक्क गर्छ )

केटो((त्यहाँ भएका सबैलार्इ हातले समात्तै) नरोऊ साथी नरोऊ – हेर हाम्रो पनि कोही छैन । हामी पनि केही दिनदेखि अनाथ भएका छौं । अब हामी सबै जना एकै ठाउँमा बस्ने ।लङ्गडो (केटालाइ) अनि भाइ तिमी चाहिं कसरी अनाथ भयौ ?

केटो – (रुदैं) हे मेरा साथी – वेदनाको घाउ आलै छ, अहिले नकोट्याइ देऊ २ । ( अँ ह……..ह………ह……….ह , मेरै आँखाका अगाडि मेरा बुबामुमा………….अँ ……ह………………ह )
केटी – ( केटालार्इ संझाउँदै) हेर अब हामी सबै साथी भयौ । हामी सबैको दु:ख एउटै हो । अब सुर्ताएर फाइदा छैन, जे भयो त्यसलार्इ भुलिदिऊ । अँ साचि हाम्रा बाबाले भन्नुहुन्थ्यो – मानिस पढेर मात्र ठूलो मान्छे बन्छ । हामी सबै ठूलो मानिस बन्नुपर्छ ।बरु कुनै विद्यालय खोजेर शिक्षकहरुलार्इ बिन्ती गरौं न ।

केटो – हामीलार्इ खाने कुरा त छैन , पढ्ने कुरा गछर््यौ तिमी ।
फाटेको लुगा लगाएको – यी बहिनीले सारै राम्रो कुरा गरिन् , मलार्इ चित्त बुझ्यो । हामीले पढ्नैपर्छ ।

(सबैले स्वीकारको टाउको हल्लाउँछन्) खाना त हामीले धनी मानिसले खाएर फ्याँकेको ठाउँबाट बटुलेर बाँडेर खाआैला । मैले दुर्इ तीन वर्षदेखि त्यसरी नै खादैछु । हुन्न र ?

( सबैले हुन्छ भन्छन्)(उनीहरु विद्यालयतिर अघि बढ्छन् । मञ्च एकफन्को घुमेपछि विद्यालय लेखेको बोर्ड देख्छन् । तर त्यहाँ ‘विद्यालय बन्द’ भनेर लेखिएको देख्छन् । रुन्चे मुख लगाएर मुखामुख गर्छन् ।

एउटा पत्रिका बेच्दै कराउँदै आउँछ ।– बम पडि्कयो – चालिस जनाको मृत्‍यु , सयौं बालबालिका घाइते । पत्रिका पढौं । (पत्रिका बेच्ने जान्छ ।)

केटो – ( सबेैतिर हेरेर ) अब हामी के गर्ने ? कहाँ जाने ? हाम्रो योजना त यहीं आएर टुंगियो । अब चाहिँ के उपाय निकाल्ने ?

केटी – यस्तो बेलामा पनि हामीले कसैको सहारा पाएनौं तर मेरी आमाले कसैको सहारा पाइएन भने भगवान्लार्इ पुकार्नुपर्छ भन्नुहुन्थ्यो । हामी जस्ता बालबालिकाको पुकार त छिट्टै नै स्वीकार्नु हुन्छ रे ।

लङ्गडो – त्यसो भए हामी सबै मिलेर भगवानलार्इ पुकारा गरौं, भगवान्ले हाम्रो पुकार अवश्य सुन्नुहुनेछ ।

सबै जना – ल अब हामी सबै भगवान्लार्इ पुकार्न थालौं ।

(पर्दा बन्द हुन्छ , नेपथ्यबाट पुकार सुनिन थाल्छ – हे प्रभु – हामीलार्इ बचाउनुहोस् ६-७ पटक, पर्दा खुल्छ, सबै ध्यानमुद्रामा पुकारिरहेका हुन्छन् , उनीहरुका अगाडि शक्तीस्वरुपी देवी देखिन्छन् र हात उठाएर आशीर्वाद दिदै भन्छिन्)

देवी – म तिमीहरुको पुकार सुनेर आएकी हुँ । तिमीहरु कसरी टुहुरा बन्यौ भन्ने मलार्इ थाहा छ । अब तिमीहरुले चिन्ता लिनुपर्दैन । तिमीहरु सबै मेरा शरणमा छौ । तिमीहरुलार्इ जसले टुहुरा बनायो म तिनीहरुको विनाश गर्नेछु ।

(देवी आँखा चिम्लेर ध्यानमुद्रामा बस्छिन्, केही समयपछि नेपथ्यबाट) – ए ! राष्ट्रका अराजकतत्वहरु हो ,म तिमीहरुको विनाश गर्न आएकी हु“ ….. । तरबारको आवज सुनिन्छ र एेया…….एेया………..आत्था……………..आत्था केही पटक सुनिन्छ । यता देवीका आँखा खुल्छन्)

देवी – अब देशमा शान्ति छाउनेछ , देशमा भएका अराजकतत्वलार्इ विनाश गरिदिएँ । अराजकता भन्ने कुरा अब यस देशमा छैन । अब तिमीहरुले खान, बस्न, लेख्न, पढ्न स्वतन्त्र रुपमा पाउनेछौ ।

( सबैले नतमस्तक भएर देवीलार्इ ढोग्छन् । बिस्तारै पर्दा बन्द हुन्छ । नेपथ्यबाट बालबालिकाको स्वर सुनिन्छ – हामीले बाँच्न पायौं ( हामीले खान पायौं , हामीले पढ्न-लेख्न पायौं )

समाप्त

शुभतारा माध्यामिक बिद्यालय

 

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in बाल नाटक and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *