कविता : मैले चडाए फूलको थुङ्गा

~चिन्तन यात्री~Chintan Yatri

मैले चडाए फूलको थुङ्गा
तर दैव भएछ देवीलाई ढुङ्गा

न त जात यो ठुलो यो सानो भन्छु
न त धर्म यो ठुलो यो सानो भन्छु

हामी सब गगनको छानो मुनि बस्ने
धर्ति सबमा गीत गाई नाच्ने

रगत रातो नाता यो हाम्रो
प्रगाढ बनेस प्रेम यो हाम्रो ।

नगरौँ झै झगडा जातपात धर्ममा
बाचैां दुई दिन हाँसी यो भुमिमा

मैले फूल दिए सुगन्धमा रमाइदेउ
तिम्रो सुन्दतामा म रमाइदिन्छु

बैभव किन गर्ने रिस रागको
मिली बाँचाैं आ-आफ्नो अस्तित्व लिई

न खोस्न सक्छ ज्ञान कसैको
लुट्नै न सक्ने धन छ जस्को

भौतिक सम्पतिमा अल्झिए जो
यो जुनि गुम्यो अद्भुत संसार को

मृत्यु शैया सगै जाने सम्पति
कति जोडियो आफूलाई साधाैं

नगरौं कहिले दु:ख अरुको देखि
मृत्यु अवस्य छ तर जान्दै कोहि तिथि र मिति
त्यही सत्यमा टेकी आजै गर्नु छ जे जति

*चिन्तन यात्रीको लेखन यात्रा

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.