~भवानी हुमगार्इं~
गोरेटोमै पुग्नै नपाई दोबाटोमै साथ छुट्यो
सजाएका सपनाहरु क्षणभरमै आज फुट्यो।।
जुनदीन तीम्रो र मेरो बीछोड भयो
परीवारले रोजेको सँग तीम्रो बीहे हुन्छ
तीम्रो घरमा नौमती बज्दा
मेरो घरमा मलामीले भरीन्छन
जुनदीन तीम्रो महलमा बास हुन्छ
मेरोपनी मसानघाटमा लाश हुन्छ
तीम्रो साथमा जीवनसाथी हुन्छे
मेरो साथमा बांस हुन्छ
दीनपनी ढल्दै जान्छ
मेरो लाश बल्दै जान्छ
दीनपछी रात हुन्छ
ममाथी यसैगरी बीश्वासघात हुन्छ।।
तीमी नयाँ मीठा सपना बोकी बचेँको बेला मेरो प्राण जान्छ
अन्तीममा तीम्रो मुहार हेर्ने चाहना हुँदा
मेरो श्वासले तीम्रो नामपनी छोड्ने छ
तीमी नयाँ बस्त्रमा सजीएर दुलही छेउ बस्दा
म सेतो कात्रोले बेरीएर तुलासीमोठमा सुतेको हुन्छु
तीमीले स्वयमबरको माला पहीरीदा
मलाई श्रदान्जलीको फुल चडाईने छ
तीमी डोलीमा बस्दा मेरो लास
बांसमा टागीने छ
तीमी आराम र सन्तुष्टीले बीछ्याउनामा पल्टीदा
म बीझाउने काठको वास्ता नगरी चीतामा सुतेको हुन्छु
तीमीलाई बधाई र शुभकामना दीदा
मलाई दाग्बत्ती दीईन्छ
तीम्रो जीवनले सुनौलो बीहानी भेट्टाउदा
मेरो जीवनले अन्त्यष्टीको आगो पाउछ।।
फरक यतीमात्र छ
: तीम्रो जीवन सुरु
मेरो जीवन अन्त्।।
© भवानी हुमागाई
काठमाडौं ।। भावना