छोक : त्यो म संग छैन

~सुष्मा बस्नेत~Sushma Basnet

माया र श्रद्धाको
कुनै मोल हुदैन रे
हो, मैले त्यहि
अनमोल माया र
आदर पाएको छु ।

तिमी सोच्लाउ
मैले के कमाए !
मैले कहिल्यै
नहराउने
मन र मुटुभरिको
माया कमाएको छु ।
फेरी सोच्लाउ
केहि गुमाए त !
अँह,
केहि पनि त
गुमाइन
गुमाउनलाई मसंग
के नै थियो र !

जे छ त्यो
कहिल्यै गुम्दैन
र जो गुम्छ,
त्यो
म संग छैन ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.