एकाङ्की : परिकल्पित सङ्घीय राज्यको परिचय

~नन्दलाल आचार्य~Nandalal Acharya_1

पात्रहरु :

१। लिम्बूवान राज्यकी लिली नामधारी २० वर्षीय युवती

२। विजयपुर राज्यका विजय नामधारी २१ वर्षीय युवक

३। कोचिला राज्यकी कोपिला नामधारी २२ वर्षीय युवती

४। किराँत राज्यका किशोर नामधारी २३ वर्षीय युवक

५। मधेस राज्यकी ममता नामधारी २४ वर्षीय युवती

६। तामाकोशी राज्यका तार्केश्वर नामधारी २५ वर्षीय युवक

७। शेर्पा राज्यकी शेफालिका नामधारी २६ वर्षीय युवती

८। तामसालिङ्ग राज्यका तासा नामधारी २७ वर्षीय युवक

९। नेवा राज्यकी नेहा नामधारी २८ वर्षीय युवती

१०। नारायणी राज्यका नारायण नामधारी २९ वर्षीय युवक

११। तमुवान राज्यकी तब्बू नामधारी ३० वर्षीय युवती

१२। रिडी राज्यका रिसव नामधारी ३१ वर्षीय युवक

१३ं मगर राज्यकी मनिषा नामधारी ३२ वर्षीय युवती

१४। थारुवान राज्यका थानेश्वर नामधारी ३३ वर्षीय युवक

१५। भोटेलामा राज्यकी भोर्जन नामधारी ३४ वर्षीय युवती

१६। भेरीकर्णाली राज्यका भेषराज नामधारी ३५ वर्षीय युवक

१७। सेतीमहाकाली राज्यकी सेकरिन नामधारी ३६ वर्षीय युवती

एउटा सुनसान ठूलोकोठा । परपर स-सानो गाइँगुइँ आवाज मात्र सुनिन्छ । लिम्बूवान विजयपुर कोचिला किराँत मधेस तामाकोशी शेर्पा तामसालिङ्ग नेवा नारायणी तमुवान रिडी मगर थारुवान भोटेलामा भेरीकर्णाली सेतीमहाकाली जस्ता १७ राज्यहरुसँग नाम मिल्न खोजेका सत्रजना युवकयुवतीहरु गम्भीररुपमा बसेका देखिन्छन् । उनीहरु क्रमश्ाः पूर्वदेखि पश्चिमतिर लहरै बसेका छन् । आफ्नो ठाउँको विशेषता झल्कने गरी क्रमशः २० नम्बरदेखि ३६ नम्बरसम्मका अङ्क अङ्कित पोशाक लगाएका छन् । उनीहरुमध्ये कसैकसैमा उदासिनता अन्यौलता समेत भेटिन्छ । त्यत्तिकैमा सूत्रधारको प्रवेश हुन्छ । ऊ बोल्दै जान्छ पात्रहरु पनि चनाखा हुँदै जान्छन् ।

सूत्रधार ः अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै श्रद्धेय महानुभावहरु ! यसरी सत्रै जनालाई एकै ठाउँमा भेला गराएर कुरा गर्न र गराउन सुन्न र सुनाउन पाएकोमा म असाध्यै खुशी छु । निश्चय नै हामी संक्रमणकालीन अवस्था पार गर्ने तरखरमा छौँ । हामै्र बरबुताले नयाँ नेपाल निर्माण हुने हो । हाम्रै मेल र एकताले संसारले पाठ सिक्ने हो । हरेक व्यक्ति सचेत भइएन भने देश विखण्डनतिर जाने र हाम्रो मुक्ति आन्दोलन नै धरासायी हुने खतरा बढ्छ । सङ्घीयता हाम्रो उन्नतिको लागि हो बिखण्डनको लागि होइन । अहिले हामी एक अर्कामा अपरिचित नै रहेको अवस्था छ । त्यसैले कार्यक्रमको शुभारम्भमा क्रमश्ाः पूर्वदेखि पश्चिमतिर लहरै बस्नुभएका महानुभावहरुलाई आ-आफ्नो पूर्ण परिचय दिन आग्रह गर्दछु । ताली बज्छ ।

लिली ः अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म तपाईंहरुकै लिली नामकी २० वर्षीय युवती हुँ । म यहाँ प्रतिनिधी पात्रको रुपमा उपस्थित छु । म धेरै कालदेखि हेपिएकी चेपिएकी र जबरजस्ती पेलिएकी छु । मनका भावना नखोल्दा आफू अन्यायमा पर्दा पनि मुख बन्द गरेर बस्दाको प्रतिफल नै मेरो त्यस कालको दुःखको अपहेलनाको कारण रहेछ भन्ने कुरा मैले विस्तारै थाहा पाएँ । जनयुद्ध जनआन्दोलन मधेस आन्दोलन र अन्य निमुखावर्गहरुको आन्दोलनहरुमा हजारौँ वीरवीराङ्गनाहरुको जीवन उत्सर्ग र रगत-पसिना बगेका कारणले म यो अवस्थामा आएकी हुँ । हाम्रा लागि कहर काट्ने ती तमाम महानुभावहरुकी म ऋणी छु । मभन्दा पूर्व भारत र उत्तरमा चीन छन् जसदेखि बडो सतर्क नभईकन भएको छैन । दक्षिणतिर मेरा छिमेकी मित्रहरु विजयपुर र कोचिला छन् भने पश्चिममा किराँत छन् । सबैसँग सुमधुर साइनो कायम गर्ने रहर मनमा छ । धन्यवाद । नमस्कार गर्दै पछि सर्छिन् । ताली बज्छ ।

विजय ः अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म तपाईंहरुकै २१ वर्षीय विजय नाम भएको युवक हुँ । मसँग पनि अनेक खाले पीडाका कहिरन छन् । जनयुद्ध जनआन्दोलन मधेस आन्दोलन र अन्य वर्गहरुको आन्दोलनहरुमा जीवन उत्सर्ग गर्ने र रगत-पसिना बगाउने हजारौँ वीरवीराङ्गनाहरुप्रति म शिर झुकाउँछु । हामीजस्तै समान वर्गहरुको मेलमिलापीे भावनाबाटै हामी अजङ्गका शत्रुहरुलाई पनि पराजय गर्नसक्छौँ भन्ने मेरो सोच छ । मभन्दा पूर्व र दक्षिणमा कोचिला उत्तर र पश्चिममा क्रमशः लिम्बूवान् र किराँत छन् । नमस्कार गर्दै पछि सर्छन् । ताली बज्छ ।

कोपिला ः अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म तपाईंहरुकै कोपिला नामधारी २२ वर्षीय युवती हुँ । म धेरै समयदेखि नै राज्यको मूलधारबाट टाढा पर्दै आएकी छु । मेरा मनका भावना र पीडाको लेखाजोखा सुनाउन खोजेँ भने मैले लामो समय नै खानुपर्छ । म अरुको अधिकार छिनेर लिन रुचाउँदिन र मैले पाउने हकमा कसैले दावी नगरोस् भन्ने चाहन्छु । निश्चय नै जनयुद्ध जनआन्दोलन मधेस आन्दोलनजस्ता आन्दोलनहरुमा त्याग देखाउने ज्ञातअज्ञात हजारौँ सहिद र महानुभावहरुप्रति ह्दयदेखि नै कृतज्ञता जाहेर गर्दै उहाँहरुको सपना साकार पार्न कटिबद्ध छु । मभन्दा पूर्व र दक्षिणमा मित्र राष्ट्र भारत छन् भने उत्तरमा लिम्बूवान् र विजयपुर छन् । किराँत पनि उत्तरतिरै पर्छन् । त्यस्तैे पश्चिममा भने मित्र मधेस छन् । नमस्कार गर्दै पछि सर्छिन् । ताली बज्छ ।

किशोर ः अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म २३ वर्षीय किशोर नाम गरेको युवक हुँ । हो यहाँ म एक प्रतिनिधीको रुपमा खडा छु । ममाथि धेरै कालदेखि राज्यको गिद्धेदृष्टि परेको छ । सोझो भनेर हेप्ने चेप्ने र जबरजस्ती पेल्ने काम भएबाट म मर्माहत छु । मेरा आफ्नै मौलिक सांस्कृतिक पहिचान छन् । हामीले राज्यको मुख नताकीकन बरिष्ठ साहित्यकार जसराज किराँतीको अध्यक्षतामा किराँत एकेडेमी गठन गरिसकेका छौँ । भोजपुर र खोटाङ्ग जिल्लाको बीचमा पर्ने ट्याम्के डाँडामा करिब ६० मिटर अग्लो बिजुली बत्ती सहितको भ्यू टावरको निर्माण कार्य सुरु गरिसकेका छौँ । उक्त टावरको नाम हो- किराँत प्रदेशमा आर्थिक क्रान्तिको झण्डा । हाम्रो भेगको सङ्घीय राज्यको राजधानी भोजपुरको पान्धारेमा राख्ने योजना छ । वृहत्कोशी आर्थिक क्षेत्र र अरुण भ्याली आर्थिक क्षेत्र घोषणा गरी काम सुचारु गर्ने योजना पनि छ । ओझेलमा परेका हामी र हाम्रो ठाउँको उन्नतिमा हामी नै अघि सरे राज्य निहुरिन वाध्य हुन्छ । दश वर्षे जनयुद्ध उन्नाइस दिने जनआन्दोलन-२ मधेस आन्दोलन र अन्य थारुवर्ग लगायतका आन्दोलनहरुप्रति सम्मान जनाउँदै दिवङ्गत हजारौँ वीरवीराङ्गनाहरुप्रति श्रद्धासुमन जाहेर गर्छौँ । त्याग र बलिदानीको गाथा बनाएका तमाम महानुभावहरुको सपनालाई विपनामा परिणत गर्ने कसम खान्छौँ । अन्तमा मभन्दा पूर्व लिम्बूवान् र विजयपुर उत्तरमा चीन छन् भने दक्षिणतिर मेरा छिमेकी मित्र मधेस छन् । त्यस्तै पश्चिममा शेर्पा तामाकोशी र र तामसालिङ्ग छन् भन्दै अहिले म बिदा हुन्छु नमस्कार । नमस्कार गर्दै पछि सर्छन् । ताली बज्छ ।
ममता ः अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म तपाईंहरुकै ममता नाम गरेकी २४ वर्षीय युवती हुँ । यहाँ म एक प्रतिनिधीका रुपमा छु । मेरो आफ्नै भेषभुषा रहनसहन र सांस्कृतिक पहिचान छ । मेरो लागि हेपिनु चेपिनु र जबरजस्ती पेलिनु सामान्य कुरा हो । मनका भावना नखोल्दा अन्यायमा पर्दा पनि सहेर बस्दाको प्रतिफल नैे दुःखको अपहेलनाको कारण रहेछ भन्ने कुरा मैले विस्तारै थाहा पाएँ । दान पाउन पो माग्नुपर्छ । हक पनि कहीँ मागेर पाइन्छ र यस्ता कुरा मलाई जनयुद्ध जनआन्दोलन मधेस आन्दोलन र अन्य वर्गका आन्दोलनहरुले सिकाएका हुन् । यस्ता जनतालाई सार्वभौम बनाउने आन्दोलनहरुका हजारौँ योद्धाहरुप्रति शिर निहुर् याउनु आफ्नो कर्तव्य ठान्छु । राज्यका हरेक अङ्गमा पुगेर राष्ट्रसेवा गर्न पाउनु सबै वर्गकॊ अधिकार पनि हो । सबै ठाउँमा व्यक्ति नपुग्ला तर वर्ग पुग्नुपर्छ भन्ने मेरो मत हो । त्यसमा कसैले हस्तक्षेपकारी नीति अख्तियार गर्यो भने त्यो कसैलाई स्वीकार्य हुन्न । राज्यले कसैलाई काखा र कसैलाई पाखा पार्न खोजेको कुरा इतिहास साक्षी छ । कोही अघि बढ्न सकिरहेको छैन भने त्यसलाई कसरी अघि बढाउने त भन्ने कुरामा चिन्तनशील भई विशेष योजना ल्याएर सबैलाई मूलधारमा समेट्नुपर्नेमा जो पछि छ त्यसैलाई अझ पछि पार्नु कतिसम्मको अन्याय हो मेरा मनका मुख्य कुरा यिनै हुन् । मेरो परिचयको अर्को पाटोका वारेमा भनौँ- मभन्दा पूर्व कोचिला र विजयपुर छन् । दक्षिणतिर मेरा छिमेकी मित्र राष्ट्र भारत र पश्चिममा थारुवान छन् । उत्तरमा भने मेरा मित्रहरु धेरै छन् । ती हुन्- कोचिला विजयपुर किराँत तामसालिङ्ग नारायणी र मगर । नमस्कार गर्दै पछि सर्छिन् । ताली बज्छ ।

तार्केश्वर ः अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै तार्केश्वर नाम गरेको म २५ वर्षीय युवक धेरै कालदेखि अँध्यारो कुनामा कुँजिएर बस्न वाध्य छु । धेरै कहर काटेपछि जनयुद्ध जनआन्दोलन मधेस आन्दोलन थारु आन्दोलन जस्ता अधिकार छिनिएका वर्गहरुको आन्दोलनहरु जन्म्ो । नखुलेका आँखा पनि खुले । आफ्ना भावना नखोल्दा अन्यायमा पर्दा पनि हात बाँधेर बस्दाको प्रतिफल नै दुःख अपहेलनाको कारण रहेछ । हजारौँ वीरवीराङ्गनाहरुको जीवन उत्सर्ग भयो । धेरैको रगत-पसिनाका बग्यो । हाम्रा लागि पीडा भोग्नॆ ती तमाम वर्गप्रति श्रद्धा जाहेर गर्दै म मेरो भौगोलिक परिचय दिँदै छु । मभन्दा पूर्व किराँत र कतै शेर्पा र उत्तर-पश्चिममा शेर्पा र तामसालिङ्ग छन् भने दक्षिणतिर मेरा छिमेकी मित्र तामसालिङ्ग मात्र छन् । ताली बज्छ ।

शेफालिका ः अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म तपाईंहरुकै शेफालिका नाम गरेकी युवती हुँ । म २६ वर्षकी भएँ । जनतालाई हकअधिकारले सुसज्जित पार्ने महान् लक्ष्यका साथ साचालित जनयुद्ध जनआन्दोलन मधेस आन्दोलन जस्ता विविध खाले आन्दोलनहरुमा मैले भौतिक र नैतिक संलग्नता राख्दै आएकी छु । मुलुक र जनतालाई निरङ्कुश शासकको हातबाट मुक्त गर्न ठूलो कहर काट्ने ती तमाम महानुभावहरुप्रति श्रद्धा जाहेर गर्दै राज्यको मूलधारबाट कोही नअलगियोस् भन्दछु । जनताको नेतृत्व गर्छु भन्नेले सबै जनतालाई छहारी दिन सक्नुपर्छ । नेतानेतृ भन्न सजिलो छ तर वास्तविक अर्थमा नेतानेतृ बन्न गाह्रो छ । मभन्दा पूर्व किराँत र उत्तरमा चीन छन् भने दक्षिणतिर मेरा छिमेकी मित्र तामाकोशी छन् । पश्चिममा चाहिँ तामसालिङ्ग र केही मात्रामा तामाकोशी पर्दछन् । नमस्कार गर्दै पछि सर्छिन् । ताली बज्छ ।

तासा ः अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै २७ वर्षीय युवक तासा भन्ने मै हुँ । मेरो पनि व्यथा अरुहरुको झैँ छ । बोल्नुपर्ने बेलामा बोल्नुपर्ने रहेछ । बिरोध गर्ने ठाउँमा कडा विरोध नजनाए थिचिवाहरुले अझ थिच्ने रहेछन् । हाम्रा हितमा रगत चढाउने खुन र पसिना बगाउने सबैप्रति आभार व्यक्त गर्दै म मेरो भौगोलिक परिचयतिर ध्यान तान्न चाहन्छु । केन्द्रमा नेवा पूर्वमा शेर्पा तामाकोशी र किराँत हुनु उत्तरमा चीन त्यस्तै दक्षिणतिर मेरा छिमेकी मित्रहरु मधेस र नारायणी रहनु साथै पश्चिममा तमुवान र केही मात्रामा नारायणी पर्नु मेरो भौगोलिक परिचय हो । नमस्कार गर्दै पछि सर्छन् । ताली बज्छ ।

नेहा ः माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म तपाईंहरुकै नेहा नामकी युवती हुँ । म २८ वर्षकी भएँ । म शैक्षिक परिवेशमा रहे पनि जति प्रगति गर्नुपथ्र्यो गर्न सकेकी छैन । मसँग आफ्नै अमूल्य सांस्कृतिक सम्पदाहरु छन् । विभिन्नवर्गको आन्दोलनहरुमा हजारौँको जीवन उत्सर्ग भएको छ रगत-पसिना बगेको छ । हाम्रा लागि ठूलो पीडाको भारी बोक्ने ती तमाम महानुभावहरुको सपना बमोजिम चल्ने मैले प्रण गरेकी छु । म अचम्मको ठाउँमा छु । मेरा वरपर मेरा मित्र तामसालिङ्ग मात्र छन् । नमस्कार गर्दै पछि सर्छिन् । ताली बज्छ ।

नारायण ः नमस्कार गर्दै म नारायण २९ वर्षीय युवक तपाईंहरुका सामु उपस्थित छु । म अनादिकालदेखि नै विकासमा पछि छु । अघि को छ त मेरा मनमा यो भावना यदाकदा आउँछ । म पनि श्रद्धेय सहिदहरुको आभारी छु । म ऋणी छु । मेरो अर्को परिचय भन्नु पर्दा पूर्वमा तामसालिङ्ग उत्तरमा पनि तामसालिङ्ग तमुवान र मगर छन् भने दक्षिणतिर मेरा छिमेकी मित्र मधेस छन्् । नमस्कार गर्दै पछि सर्छन् । ताली बज्छ ।

तब्वू ः अगाडिको माइक्रोफोनमा आएर नमस्कार गर्दै म तब्वू भन्ने ३० वर्षीय युवती हुँ । म धेरै कालदेखि पछि परेकी छु । मलाई अघि बढ्न नदिने मनग्यै तत्वहरु छन् । मभन्दा पूर्व तामसालिङ्ग र उत्तरमा चीन छन् भने दक्षिणतिर मेरा छिमेकी मित्रहरु नारायणी मगर र रिडी छन् । पश्चिममा भने भोटेलामा र चीन छन् । नमस्कार गर्दै पछि सर्छिन् । ताली बज्छ ।
रिसव ः माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म रिसव हुँ । म ३१ वर्षीय युवक हुँ । म अविकसित बनाइएर हेपिएको छु । मनका व्यथा मनमै छन् । जनताका आन्दोलनहरुमा वीरता देखाउने सम्पूर्ण सुपुत्र सुपुत्रीहरुको कदर गर्ने इच्छा पालेको छु । चारैतिर मगरले घेरिन लागेको थिएँ तर उत्तरमा भने तमुवान आइपुगे । नमस्कार । ताली बज्छ ।

मनिषा ः अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म मनिषा ३२ वर्षीय युवती तपाईंहरुका सामुमा परिचयका लागि उपस्थित छु । मैले हरेक ठाउँमा रगत-पसिना बगाएकी छु । हाम्रा लागि निरङ्कुशताका विरुद्ध लड्ने हरेक वर्गप्रति ऋणी छु । मभन्दा पूर्व नारायणी रिडी र तमुवानजस्ता मित्रहरु छन् भने उत्तरमा एक हिसाबले रिडी र तमुवानका साथै भोटेलामा पनि पर्छन् । मझैँ समानखाले सबैसँग मिलेर अघि बढ्नु नै मेरो चाहना हो । नमस्कार । ताली बज्छ ।

थानेश्वर ः नमस्कार गर्दै म तपाईंहरुकै ३३ वर्षीय युवक थानेश्वर हुँ । म आदिवासी भइकन पनि धेरै कालदेखि पछि परेको छु । धेरै पछि भने आफू अन्यायमा पर्दा मुख खोल्ने साहस गरिएकै हो । सुन्ने र गर्नेले छक्याएपछि कसको के लाग्दो रहेछ र हाम्रा लागि प्राण चढाएका र सुखसयल तिलााजली दिएका वीरवीराङ्गनाहरुको सम्मान गर्दै मभन्दा पूर्व मधेस र मगर रहेका उत्तरमा मगर भेरीकर्णाली र सेतीमहाकाली छन् भने दक्षिण र पश्चिमतिर मेरा छिमेकी मित्र भारत छन् भन्दै मेरा कुरा अहिले यहीँ रोक्छु । नमस्कार । ताली बज्छ ।

भोर्जन ः अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म भोर्जन नाम गरेकी ३४ वर्षीय युवती तपाईंहरुको सामु उपस्थित छु । सबैका जस्तै मेरा पनि कुरा उस्तै हुन् । यत्ति भनुँ- म निमुखाको निमुखै नरहूँ । भौगोलिक अवस्थिति भने अलिक भिन्नै छ । मभन्दा उत्तर र पश्चिममा चीन छन् । दक्षिणतिर मेरा छिमेकी मित्रहरु मगर भेरीकर्णाली र सेतीमहाकाली छन् भने पूर्वमा तमुवान छन् । अरु के भनुँ नमस्कार । ताली बज्छ ।

भेषराज ः माइक्रोफोनमा बोल्दै नमस्कार । म तपाईंहरुकै भेषराज नामधारी युवक हुँ । ३५ वर्षको भएँ । परापूर्वकालदेखि नै बाटो न घाटो भई पेलिएको छु । मकहाँ आउन पनि अर्काको घर हुँदै आउनुपर्छ । जति धन भए पनि त्यो गर्भमै सीमित छ । हाम्रा लागि दुःख उठाउने प्रति अनुगृहीत छु । अरु कहिरनको लेखाजोखा गर्न थालेँ भने थामी नसक्नुको पीडा हुन्छ । मभन्दा पूर्व मगर र केही मात्रामा भोटेलामा र उत्तरमा पनि भोटेलामा नै छन् । दक्षिणतिर भने मेरा छिमेकी मित्र थारुवान छन् । पश्चिममा सेतीमहाकाली छन् । नमस्कार गर्दै पछि सर्छन् । ताली बज्छ ।

सेकरिन ः अगाडि रहेको माइक्रोफोन नजिक आएर नमस्कार गर्दै म पनि तपाईंहरुकै सेकरिन नाम गरेकी ३६ वर्षीय युवती हुँ । म हरतरहले पछि छु । मलाई लुछ्ने र चुस्नेहरुको कहिरन बताउन म पनि सक्तिन । दोष कसलाई दिनूँ मलाई गुण लगाउने सबैलाई श्रद्धा गर्छु । उत्तरतिर भोटेलामा र नजिकै चीन छन् भने दक्षिणतिर मेरा छिमेकी मित्र थारुवान छन् । पश्चिममा भारत नै मेरो चिनारी हो । नमस्कार । ताली बज्छ ।

सूत्रधार ः आ-आफ्नो परिचयका लागि सबै मित्रहरुलाई धन्यवाद । एकले अर्कोलाई थोरै भए पनि चिनियो । कतिपयसँग राम्रा कुराहरु धेरै छन् । कतिपयमा धेरै खाले अन्धविश्वासहरु मनग्यै छन् । वेग्लै पहिचानका कुराहरु पनि गरौँ कि

लिली ः गरौँ । आज एकले अर्कोलाई बुझ्ने कोशिस गरौँ । चोरी विवाह वर्षको दुई पटक उद्यौलीउभौंलीको पूजा धाननाच यालाङ्गमा च्याब्रुङ्ग नाच जस्ता कुराहरु नै हाम्रा पहिचानका कुरा हुन् ।

विजय ः ऐतिहासिक महत्वले भरिनु नै हाम्रा पहिचानका कुरा हुन् ।

कोपिला ः कोचे राजवंशी धिमाल जातिको वाहुल्यता हुनु नै हाम्रा पहिचानका कुरा हुन् ।

किशोर ः चण्डीनाच च्याब्रुङ्ग नाच एक किसिमको हाम्रो पहिचान हो ।

ममता ः छठ पर्व होली पर्व मैथिली भाषा बोल्नेहरु बहुसङ्ख्यक हुनु उर्वरक खेतीयोग्य जग्गा हुनु नै हाम्रा पहिचानका कुरा हुन् ।

शेफालिका ः ल्होत्सार दुम्जी ओशो छेजु मानिरिम्दु पर्व पनि हाम्रा चिनारी हुन् । फागुपूर्णिमाको दिन ूॐ मणिपद्मे हुँू हामी विश्व शान्ति चाहन्छौँ भन्ने मन्त्र जप पनि कम महत्वको छैन । बहुपति प्रथा पनि एउटा अलग्गै कुरा हो । पोशाक बख्खु र जुत्ता दोचा चाहिँ झट्टै हामीलाई चिनाउने मुख्य चीज हुन् ।

तासा ः तामाङ्ग र चेपाङ्गको वाहुल्यता हुनु नै हाम्रा पहिचानका कुरा हुन् ।

नेहा ः बेलविवाह इन्द्रजात्रा रथजात्रा भोटोजात्रा मछेन्द्रनाथ महपूजाजस्ता कुराहरु हाम्रो चिनारी बन्दै आएका छन् । अरुभन्दा हामी आर्थिक सांस्कृतिक र शैक्षिकरुपले सम्पन्न छौँ र पनि भनेजस्तो अघि छैनौँ । हामी पनि भयङ्कर कहर काट्न विवस छौँ ।

तब्वू ः हामी गुरुङ्ग तमु हरु स्वदेश र विदेशमा सैनिक सेवामा प्रख्यात छौँ । घाटुनाच पुटपुटेनाच युवायुवती बीच मायाप्रीति आदानप्रदान गर्न रोदीघर परम्परा जस्ता कुराहरु पनि हाम्रा चिनारी नै हुन् ।

मनिषा ः मामा चेली फूपू चेला बीच विवाह भाउजू बेहोर्ने जारी विवाहलाई कसैकसैले नराम्रो मानेको पाइन्छ । कोरानाच घाटुनाच नागपूजा लुटो फाल्नेजस्ता कुराहरु हाम्रा पहिचान बनिसकेका छन् ।

थानेश्वर ः नयाँ वर्षको रुपमा मनाउने माघी चाड होली जितिया समाचखेवाजस्ता पर्वहरु हाम्रा पहिचान नै हुन् ।

भोर्जन ः डोल्पा हुम्ला मुगु मुस्ताङ्ग जिल्लामा भोटेलामाको वाहुल्यता हुनु नै हाम्रा पहिचानका कुरा हुन् ।

सूत्रधार ः कतिपयका मौलिक पहिचान हराइसकेका छन् । बाहिर नदेखिने थुप्रै प्रथा र परम्पराहरु छन् सबैजसोमा । राम्रा कुराहरुलाई जोगाउनुपर्छ नराम्रा कुराहरुलाई चाहिँ अब इतिहास बन्न दिनुपर्छ । वर्तमान बन्न दिएर यथास्थितिवादीका पुजारी भयौँ भने सहिदको रगतले सराप्छ । इतिहासले धिकार्छ । भविष्यका सन्ततीले थुक्छन् । त्यसैले हामी कस्ताकस्ता प्रथा र परम्परालाई इतिहासमा सीमित पार्दै आयौँ त अनि केकस्ता विकृत प्रथालाई स्थान दिँदै छौँ यसबारे एकै क्षण विचार मन्थन गरौँ न । यसको मतलव चाहिँदा प्रथा मात्र चलाऔँ कुसंस्कार हटाऔँ भन्ने मनसाय छ ।

लिली ः गरौँ जानेका र बुझेका कुरा गरौँ । पृथ्वीनारायण गीर्वाणयुद्ध भीमसेन थापा देव शमशेरजस्ताहरुले हटाउन चाहेको दासप्रथालाई जङ्गबहादुरले मलजल गरे । तर टुँडिखेलमा आमसभा गरी वि। सं। १९८० मङ्सिर १४ गते चन्द्रशमसेरले दासप्रथा हटाए ।

विजय ः उसो त पतिको मत्युपछि पत्नी पनि जल्नुपर्ने प्रथा सती प्रथा पनि नराम्रो हो नि ।
कोपिला ः म्ाध्यकालमा भारतमा पति मरेपछि परपुरुषको अत्याचारबाट बच्न हिन्दू नारीहरुमा यो प्रथा शुरु भएको थियो । पछि गएर पुरुषका लागि मानप्रतिष्ठा र नारीका लागि धर्म हुने नाममा वाध्यता बन्न पुग्यो । एउटा घोर आश्चर्य- मृत पतिका साथ ज्यँुदै जल्नुपर्ने कति कष्टकर चलन हो यो !

किशोर ः झन मैले त सुनेको छु- यसका समर्थकहरु सती जाने बेलामा सतीको स्तुतीका लागि विभिन्न राग र अन्य थरीको बाजागाजा बजाउँथे रे । ती पाखण्डीहरु सती जानेहरु साक्षात् देवी हुन् भन्थे रे । ज्युँदै मर्नुपर्दा निस्कने ह्दयविदारक चीत्कार सुन्न नपरोस् भनी ती बाजागाजा बजाइएका हुन् भन्ने कुरा चाहिँ कमैलाई थाहा छ ।

ममता ः के भन्ने ! धर्मको नाममा यी राजा महाराजाहरुको विलासीपनको कुरा ! रत्न मल्ल मर्दा १० जना प्रताप मल्ल मर्दा ९ जना योगनरेन्द्र मल्ल मर्दा ३३ जना सती गएका थिए रे । रणबहादुर शाह मर्दा हेलम्बू निर्वासित रानी राजराजेश्वरी लगायत १५ जनालाई आफ्नो राजनैतिक हितका लागि लागि सती जान वाध्य बनाइएको घटना कम ह्दयविदारक छैन । कविवर माधवप्रसाद घिमिरेलॆ ूराजराजेश्वरीू खण्डकाव्यमा पनि केही मात्रामा यसको वर्णन गरेका छन् ।

तार्केश्वर ः वि।सं। १९७७ २८ जून सन् १९२० मा चन्द्रशमशेरले एक घोषणा गरी यो मानवताविरोधी प्रथा हटाएछन् र पनि भारतमा भने यदाकदा सती गएको कुरा सुन्नमा पाइएको छ । सरकारी तहबाटै चाहिँ सती जानैपर्ने नियम भने छैन । धर्मको नाममा अझै यस्तै प्रकृतिका पाखण्डहरु मनग्यै छन् ।

शेफालिका ः पारिश्रमिक विना काम गर्दिनुपर्ने झारा प्रथा पनि घोर अन्यायी प्रथा हो । सरकारी एवं सार्वजनिक कामकाजमा त यो प्रथा ठीक छ । तर कथित ठूलाठालुहरुले सर्वसाधरणहरुलाई निजी काममा खटाउनु घोर अन्यायी चलन हो ।

तासा ः ठूलाठालु भनाउँदाहरुलाई सार्वजनिक काममा विना पारिश्रमिक योगदान देओ भन्ने नियम बनाउने हो भने बरु मनासिव हुन्थ्यो होला । उनीहरुले श्रम नदिए पनि श्रमिकलाई दिइने पारिश्रमिक त दिन्थे ।

नेहा ः भारतको बम्बै कलकत्ता कानपुर जस्ता ठाउँ र थाइल्याण्ड ताइवान हङ्गकङ्गका साथै अरब मुलुकहरुमा लगेर हजारौँको सङ्ख्यामा नेपाली चेलीहरु बेचिनु र वेश्यावृत्तिमा संलग्न पारिनु पनि घोर अत्याचारी कुरा हो ।

नारायण ः अर्को कुरा स्वेच्छाले छोरीचेलीलाई धन दिनु त राम्रै हो । छिमेकी मुलुक भारतमा चलेको चलनको प्रभावमा आई विशेष त मधेस र केही मात्रामा काठमाण्डौ र पहाडी क्षेत्रमा ऋण काडेरै भए पनि मनग्यै दाइजो दिनुपर्ने वाध्यताले विकराल रुप लिएको छ ।

तब्वू ः हो यथेष्ट दाइजो नल्याएमा लोग्ने सासू ससुराहरुले कुट्नेपिट्ने मात्र हैन घरबाटै लखेट्ने जिउँदै जलाउने र अन्य उपायले मार्नेसम्मका घटनाहरु घटिरहेछन् । यो नारीमाथि थोपरिएको अत्याचार वाहेक अर्थोक केही होइन ।

रिसव ः नारीमाथि थोपरिएको अत्याचार वाहेक पुरुषहरुमाथि पनि अत्याचार थोपरिएको छ । कर्णाली क्षेत्रतिर दूधको भारा तिर्ने भन्दै वर पक्षले वधुका बुवाआमालाई एक दुई हजारदेखि लाखै रुपियाँसम्म दिनुपर्ने चलन अझै छँदै छ रे ।

किराँत ः नारीले पुरुषमाथि गर्ने शोषणको अर्काे रुप राजवंशी जातिमा प्रचलित डंगुवा प्रथा हो । विधुवा नारीले रडुवा वा कम आर्थिक अवस्था भएका परपुरुषलाई पतिको डंगुवा रुपमा राख्छन् । त्यसबाट जन्मेका सन्तानलाई अंश दिने वा नदिने भन्ने हक नारीमा नै हुन्छ । त्यस डंगुवाको सम्पत्तिमा अधिकार पनि हुन्न । कुनै सामाजिक वा धार्मिक काममा पनि सरिक हुन पाउँदैन । विवाहित पुरुषको भन्दा यस खाले डंगुवाको स्थान एकदमै निम्न तहको हुन्छ ।

मनिषा ः- ठूलाठालुका नियम आफू माथि पर्ने र अरुहरुलाई चाहिँ तल पार्ने खालका त हुन्छन् नि । सेती र महाकाली अाचलका सबैजसो जिल्लामा मन्दिरमा कन्या चढाउने चलन देवकीप्रथा छ । तिनीहरुले मन्दिरको रेखदेख गरी जीविकोपार्जन गर्नुपर्छ । देवकीको सङ्ख्या धेरै र आम्दानी कम भएकाले ती देवकीहरु वाध्य भएर देहव्यापारमा लागेका छन् । चढाइएका देवकीका बाउआमा वा अरु कसैले कुनै प्रकारको रेखदेख नगर्ने भएकोले उनीहरुको स्थिति दयनीय हुनु स्वभाविक हो । अरु काम पनि गर्नु भएन । बाँच्ने आधार नभए पछि देह व्यापार अपनाउन वाध्य हुनुपरेको विवशता कसले बुझिदिने

थानेश्वर ः हाम्रै तिरको चलन भनूँ न । गर्जो टार्न घरजग्गा बन्धकी राखेर साहूबाट ऋण लियो र व्याज तिर्नकै लागि विना पारिश्रमिक साहूकोमा हली बस्यो । जसलाई कमैया हलिया प्रथा भनिन्छ । राजथारु दगौराथारु र केही मात्रामा अरु जातीहरुमा पनि यो प्रथा चलेको थियो । कैलाली काचनपुर दाङ्ग बाँके बर्दिया सुर्खेत सल्यान जिल्लाहरुमा यस्तो चलनले जरो गाडेको देखिन्छ । आर्थिक दुरावस्था र अशिक्षाका कारणले यस प्रथाले मलजल पाए पनि सरकारी घोषणाले र जनचेतनाको विकासले अब भने मुक्तिको श्वास फेरिँदै छ ।

भोर्जन ः एउटा मैले जानेको कुरो भन्दै छु । बाद्यवादन सहितको नर्तकनर्तकीहरु नै बाधीबधिनी हुन् । राजारजौटा र सम्भ्रान्त परिवारको लागि नाचगान गरेर मनोराजन दिनका लागि बाधीबधिनी प्रथाको चलन चल्यो । खान लगाउनका दुःखले बाधीबधिनी बस्ती देहव्यापारमा लाग्यो । नेपालगाज शहरको गगनगाज यसका लागि कुख्यात ठाउँ हो । धनसम्पत्ति नभएकाले पुरुष बाधीहरु माटाका समान बनाउने मादल हलो जुवा बनाउने तथा माछा मार्ने अर्काको बनिबुतो गर्ने जस्ता कार्यमा जुटेका छन् भने प्रायः बधिनीहरुचाहिँ नाचगान मनोराजन र देहव्यापारमा सङ्लग्न छन् ।

लिली ः ए मैले पनि अचम्मकै कुरा जानेको छु त्यस जातिका बारेमा । बावुआमाले नै कुनै परपुरुषबाट दश-बाह्र हजार जति रुपियाँ लिएर आफ्नी छोरीचेलीसँग प्रथम सहवासको काम नथ फोर्ने काम गराउँछन् रे । यसरी प्रथम सहवास गर्ने पुरुष नै उसको पति हुन्छ । यो उनीहरुको आस्था मात्र हो । त्यो पुरुष पतिको रुपमा त्यहाँ रहँदैन । न केटीलाई नै पत्नीको रुपमा स्वीकार्दछ ।

भेषराज ः मुस्ताङ्गतिरको कुरा भन्दछु- त्यहाँ झुमा बौद्धकन्या ढावा लामा प्रथा छ । तीन छोरी हुने बावुआमाले माहिली छोरी र तीन छोरा हुने बावुआमाले माहिलो छोरो गुम्बाको रेखदेखका लागि चढाउने गर्दछन् । अरुले पनि आस्थाले चढाउने गर्दछन् । उनीहरुलाई विशेष प्रशिक्षण दिई छोरीलाई झुमा र छोरालाई ढावा लामा बनाइन्छ । यौन सम्पर्क चाहिँ राख्न हुने र विवाह गर्न चाहिँ नहुने चलन भए पनि कसैकसैले यस चलनलाई लात हानेका पनि छन् । कतिपयले अवैध यौनसम्पर्क गर्दछन् । आधुनिक युगको प्रभाव र सामाजिक चेतनाका कारणले यस चलनमा धेरै परिवर्तन आइसकेको छ ।
सेकरिन ः विशेष त अछाम जिल्लामा परसरेका वखतमा महिलालाई छाउपडी भनिन्छ । त्यसवेला घरभन्दा टाढाको झुपडीमा बस्नुपर्छ । नारीको जीवनमा हुने एक सामान्य जैवीक प्रकि्रयालाई अन्धविश्वाससँग जोडेर दूधदही खाने अर्काको आँगन टेक्ने किताब पढ्ने जस्ता कुनै पवित्र कार्य गर्नहुन्न भनेर अत्याचार थोपरिइन्छ । छाउपडीलाई अशुभ मानिएकाले नारीहरुको अवस्था दयनीय छ ।

लिली ः भारतको सौराठ भन्ने ठाउँमा कन्या र वरको बडो सरलतापूर्वक विवाह गराइदिने पुरानो चलन छ । अहिले भने दुबै पक्ष बीच कुरा मिलाई दिने लमीको जस्तो काम गर्ने ूघटकू ले दुबै पक्षबाट रकम असुल्ने गरेकाले विकृति भित्रिएको छ । नेपालको पूर्वी र मध्य तराईमा मिश्र झा ठाकुर पाठक आदिले सौराठ मेलामा सरिक भई आफ्ना विवाह योग्य कन्या र कुमारीको विवाह गर्दिने चलन छ भन्ने मैले सुन्न पाएको छु । यो चलन राम्रो भए पनि घटक र दहेजका कारण अनेकौँ असङ्गत काम र कुराहरु हुने भएकाले राम्राभन्दा नराम्रा पक्षले नै मलजल भेट्ने गरेका छन् ।

विजय ः बोक्सीले टुनामुना र मन्त्रका बलले अरुको अहित गर्छे भनिन्छ । त्यस्ता आइमाईले बोक्सी विद्याका कारणले रिस उठेका मान्छेलाई सताउने लौना गाईभैँसीको दूध सुकाउनेजस्ता खराब काम गर्न सक्छन् भनिन्छ । बोक्सी भनेर आरोपित महिलालाई कुट्नेपिट्ने डाम्ने दिशापिसाव खुवाउने र जिउँदै आगो लगाउनेसम्मका कामहरु समेत गरिएका छन् । बोक्सी यथार्थ कुरा नभई काल्पनिक कुरा हो भनिदिनेको अभाव छ । बोक्सीसँग त्यस्तो अलौकिक सामथ्र्य हुँदो हो त छिमेकी देशहरुले सीमाना मिचिरहेछन् देशका सबै भूभागमा अपराधिक कामहरु भइरहेछन् विकास पछि छ विकृति अघि छ ती सबैलाई साम्य पार्न समस्या सुल्झाउने काममा खटाउन सकिने थियो । तसर्थ हिजोका पिढीँदेखि आजकासम्मले बोक्सी भनेर आरोपितहरु सामान्य महिला मात्र भएको बुझ्नु आवश्यक छ ।

कोपिला ः मुगु जिल्लातिर जनतामा किचलो उठेमा त्यसलाई मिलाइदिने मध्यस्तकर्तालाई भेडो काटेर खुवाउनुपर्ने र घोडामा चढाएर घर पठाउँनुपर्ने चलनलाई घोडाभेडाप्रथा भनिन्छ रे । स्थानीय स्तरमै मुद्दामामिला मिलाउने चलन राम्रो काम भए पनि घोडा र भेडाको कुराले कम आम्दानी हुनेहरुलाई आर्थिक भार पर्न जाने हुँदा राम्रो मान्न सकिन्न ।

ममता ः मैले एउटा कुरा सुनेको छु । सबैले भन्दा मैले पनि भन्नैपर्छ । डोल्पा जिल्लाको सुर्भी गाउँका अविवाहित महिलाहरु प्रत्येक वर्ष पुस १५ देखि चैत्र १५ गते गरी ३ महिनासम्म आफूलाई चाहिने खानेकुरा र लत्ताकपडा लिई वनवासी जीवन विताउँछन् रे । यसलाई खुल्लाप्रथा भनिँदो रहेछ । त्यसवेला अभिभावकहरुसँग भेटघाट गर्न नहुने भएकाले गर्दा अल्लारे ठिटाहरुले ती युवतीहरुसँग जबरजस्ती गर्ने अवैध यौन सम्बन्ध राख्नेजस्ता काम गर्नाले धेरै थरीका विकृति फैलिएको छ । २०५३ सालको गाउँलेहरुको सभाले यस प्रथामा रोक लगाए पनि अझै धेरथोर मात्रामा कायमै रहेको छ रे । यो प्रथा चल्नुको रहस्य भने ज्ञात हुन सकेको छैन भन्ने मैैले जान्न पाएको छु ।

तार्केश्वर ः भेरी नदीको छेउछाउ त्यसमा पनि सुर्खेत र सल्यान जिल्लाको सीमित गाउँहरुमा युवकहरुले इच्छाएकी युवतीलाई घुमाउन लाने चलन छ । त्यस्ता युवतीलाई सैरेली भनिन्छ । गाईतिहारको अघिल्लो दिन अभिभाववककै सल्लाहले सैरेलीहरु घुम्न जान्छन् र भाइटीकाको अघिल्लो दिन फर्कन्छन् । यस सैरेली प्रथामा छोरीचेलीको सुरक्षा नहुँने भएकोले यो प्रथा लोप हुँदै छ रे भन्ने समेत मैले सुनेकी छु ।

भोर्जन ः सुबहाल र इमाडोल ललितपुर का केही ठाउँमा महाङ्काल भगवान्को सेवामा पूजारीका छोरालाई नै बलि चढाउने जस्तो भयावह नियम थियो रे ।

सेकरिन ः देवीदेवतालाई खुशी पार्ने नाममा हिन्दूहरु र मुस्लिमहरु इद÷बकराइदमा अन्य पशुका अतिरिक्त गाई पनि बली दिन्छन् ।

मनिषा ः गढीमाई बारा मा विश्वकै विशाल बलि मेला लाग्छ । पटकपटक बलि दिँदा पनि भाकल पूरा नभएमा पाचबलि भेडा राँगो कुभिण्डो र जोडी परेवा समेत दिइन्छ ।

थानेश्वर ः रुद्रायणी देवीलाई बलि दिन खोकना ललितपुर मा जिउँदो पाठीलाई पोखरीमा डुवाएर मारिन्छ र पकाएर प्रसादको रुपमा खाइन्छ ।

रिसव ः नेपालका दुर्गम जिल्लाहरुमा शिशु जन्मन लागेको थाहा पाउनासाथ घरदेखि टाढा बनाइएको गोठजस्तो ठाउँमा लगेर राखिन्छ र शिशु जन्मेको कष्टप्रद ११ दिनपछि मात्र घर भित्र्याइन्छ ।

तब्बू ः नेपालका लेप्चा जातिमा बेहुलालाई कमिलाले टोकाई राम्रो र नराम्रो भनी छुट्याउने चलन छ । रानाथारु जातिमा दुई गर्भवती महिलाले लिङ्ग नजानीकनै गर्भमै विवाह गर्दिन्छन् रे । पछि छोरा-छोरा वा छोरी-छोरी जन्मेमा मितेरी साइनो कायम गरिँदो रहेछ ।

सेकरिन ः नेवार जातिमा रजस्वला हुनुपूर्व इही विवाह बेल विवाह गरिन्छ । वास्तविक विवाह पछि पतिलाई त्यही बेलको सजीव रुप ठानिन्छ ।

तासा ः तिब्बतको सीमानामा अवस्थित मुस्ताङ्गमा मृत्युपश्चात् लासलाई टुक्राटुक्री पारेर गिद्धलाई खुवाउने जस्तो क्रुर प्रथा छ ।

भेषराज ः गोरखा जिल्लाका लामा समुदायमा मृतक शिशुको अन्तेष्टी अर्को शिशु जन्मेर हुर्केपछि मात्र गरिन्छ ।

नेहा ः मुस्लिमहरुमा लिङ्गको टुप्पाको छाला काटी मुसलमानी गराइन्छ ।
नारायण ः हिन्दूहरु मरेका पितृहरुलाई स्वर्ग जाने बाटोमा पर्ने वैतरणी नदी तार्छ भनी बाहुनलाई गाई दान गर्छन् । स्वर्गमा उनीहरुले पाउँछन् भनी श्राद्ध गर्ने सुन चाँदी पैसा घरजग्गाजस्ता चलअचल धन दान गर्छन् । तल्ला जातका भनिएकाहरुले छोए भने तीन पटक स्नान गरी गङ्गाजल छर्किएर चोखिने चलन पनि छ ।

शेफालिका ः मैथिल समुदायका ब्राह्मण कायस्थ जातिमा साउनको नागपाचमीदेखि १५ दिनसम्म चल्ने मधुश्रावणी पर्वमा सीतालाई अग्निपरीक्षाका लागि आगोमा हाम फाल्न लगाएजस्तो नलगाए पनि बधुलाई कपासको वत्तीमा आगो लगाई डामिन्छ जसलाई तेमी प्रथा भनिन्छ । यसरी डाम्दा जति ठूलो फोको भयो त्यति बधु वरप्रति प्रतिबद्ध छे भन्ने ठानिन्छ ।

तारकेश्वर ः हिन्दू महिलाहरुले तीज पर्वमा ३६५ वटा दतिवनले दाँत माझ्नुपर्छ । त्यस समयमा जुठो वा सुतक आफन्तमा बच्चा जन्मेमा मानिने अशुद्धता परेमा अर्को वर्ष ७३० वटासम्म दतिवनले दाँत माझिन्छ ।

ममता ः हिन्दूहरु कालो बिरालोलाई अशुभ मान्छन् भने वेलायतीहरु शुभ ठान्दछन् । अर्को कुरा सूर्य÷चन्द्रमालाई चमारले छँुदा वा समाउँदा ग्रहण लागेको भन्ठानी हिन्दूहरु ग्रहण लागेको बखत स्नान गर्दै ूछोड चमार छोडू भनी नारा लगाउँछन् ।

किशोर ः दोलखाका थामी जातिमा सानैमा ूचारदाम गर्ने र बागदन्त फोर्नेू भन्ने बोलीचालीको रिवाजपश्चात् विवाह भएको मानिन्छ । वास्तविक विवाह भने पछि छोरानातिले गर्दिन्छन् रे ।

कोपिला ः भएको अन्य पुख्र्यौली सम्पत्तिका अतिरिक्त घरै भत्काएर भग्नावशेष समेत छोराहरुमा बराबर गरी बाँडफुड गर्ने चलन कतैकतै थारु जातिमा छ रे ।

विजय ः भन्नै डरलाग्दॊ कुरो भन्दै छु- युगाण्डाली तानाशाह इदी अमिन सन् १९२४-००३ मान्छेको मासु काँचै वा पकाएर खान्थे रे ।

शेफालिका ः अरुका त के कुरा आफ्नै मुलुकका कुरा भन्दछु- हातमा सत्ता परेपछि शासकहरु मात्तिदा रहेछन् भन्ने उदाहरण मात्र हो यो । पूर्व राजा ज्ञानेन्द्रको सम्पत्ति र सुविधा जनवादी गणतन्त्र चीनका राष्ट्रपतिको भन्दा २२४६ गुणा बढी गणतन्त्र भारतको राष्ट्रपतिको भन्दा ४१८ गुणा बढी गणतन्त्र पाकिस्तानको राष्ट्रपतिको भन्दा ३०१ गुणा बढी गणतन्त्र रुसका राष्ट्रपतिको भन्दा १७३ गुणा बढी बेलायतका प्रधानमन्त्रीको भन्दा १५ गुणा बढी अमेरिकाका राष्ट्रपतिको भन्दा १० गुणा बढी नेदरल्याण्डकी महारानी र जापानका राजाको भन्दा डेढ गुणा बढी थियो रे ।

तारकेश्वर ः तापनि राज्यको ढिकुटीबाट रोल्स रोयस कारमा आफ्नी छोरीको बिहेमा दश करोड छोरीकै उपचारका नौ करोड पारसको भारतभ्रमणमा ९६ लाख लगायतका खर्चहरु जोड्दा राजाले तीन वर्ष बीचमा १ अरब ५१ करोड ४१ लाख ७५ हजार रुपैयाँ भन्दा बढी नै खर्च गरेछन् ।

सेकरिन ः ज्ञानेन्द्रको बारेमा त लुकेका धेरै कुरा छन् । ती कुराहरु मध्ये यो फेहरिस्त एउटा नमुना मात्र हो । हाम्रा नेतानेतृ नै पटकपटक करोडौँ खर्चेर विदेशको यात्रा गर्छन् र नेपालीलाई कङ्गालपति बनाउन मद्दत गर्छन् भने अरुको त के कुरा थोरै खर्चले हुने काममा मुलुकलाई धेरै खच्र्याउनु पनि राष्ट्रघात हो भन्ने बुझ्न आवश्यक छ ।

किशोर ः त्यसो त राजनैतिक सहमतिका लागि भन्दैे संविधान बनाउन ६०१ जना सभासदको खाँचो देखियो । राजनैतिक भागबण्डा मिलाउन नै यस्तो गरिएको कुरामा कसैको विमति छैन । गरिव मुलुकले त्यत्रो धन खर्च गर्न सक्तदैन भन्नेतिर कसको गम्भीर ध्यान पुग्यो र २० २२ सदस्यीय मन्त्रीपरिषद भए हुनेमा ४२ ४५ जना किन चाहियो

भेषराज ः मलाई पनि भन्न मन लाग्यो । पृथ्वीमा जन्म लिएका मानिसहरु मध्ये सबैभन्दा शक्तिशाली मानिस हर्कुलस थियो रे । उसलॆ पृथ्वीका राक्षस र अत्याचारी शासक मासेर साधुजनको रक्षा गरी मानव जातिमा एउटा नौलो कीर्तिमान कायम गरेको थियो रे । ूयो दुर्भाग्यलाई अन्त्य गर्न र धर्तीका काला अँध्याराका थेग्ला पुछ्न उही ग्रीसकालीन हर्कुलसका हात सिबाय अन्य हातहरुको पित्ताम चल्दैन भन्ने मेरो विश्वास हो । हर्कुलसका ती बलिष्ठ हातहरु देख्नुभयो भने तुरुन्त मलाई खबर गरिदिनुहोला । अहोभाव र अनुग्रहले म तपाइर्ंका चरणकमलमा शिर राख्नेछु ।ू१ साँच्चै राक्षसी प्रवृत्तिलाई धरासाही गरी जनताको मन जिती नयाँ नेपालको जन्म गराउन शक्तिशाली मान्छेको अभाव खड्केकै हो त

ममता ः ूयो हिमवत्खण्डको नेपाल खाल्डोमा सयौँवर्षदेखि िसंह कुकुर सुढे गिद्ध र फोहोरजस्ता चीजहरुले सताइरहेका छन् । आजसम्म त्यस्तो वीरपुरुष जन्मिन नसक्नु नेपालआमाको दुर्भाग्य नै मान्नुपर्छ ।ू२ अराजकता निर्मूल पार्ने सच्चा राष्ट्रप्रेमी जन्मन आवश्यक छ ।

तार्केश्वर ः- भन्छन्- मानो खानु आफ्नो कुरा काट्नु अरुको । मान्छेको स्वभावै यस्तै छ । ूहामी सिर्जनात्मक समालोचनात्मक निन्दा भन्दापनि परपीडनकारी निन्दामा रमाइरहेका हुन्छौँ । मानौँ हामी अर्काको निन्दा गर्न जन्मेका हौंँ अरुलाई सराप्न धर्तीमा आएका हौंँ । निन्दाका दुईटा आयाम् छन् सार्थक र निरर्थक । हामी सार्थक निन्दाभन्दा निरर्थक निन्दाबाट निर्देशित हुँदैगएका छौंँ ।ू३ तर अहिलेको निन्दा भनेको सार्थक निन्दा हो ।

शेफालिका ः हो त नि । निन्दावृक्ष ईष्र्याको मलजलमा हुकर्ंदै झाँगिदै जान्छ । सबै जनाले सकारात्मक सोच ल्याउने हो भने मात्र बेथितिको समुल नष्ट भई विकासको दैलो उघ्रन्थ्यो ।

तासा ः ूईष्र्या द्वैष र मात्सर्यको यस्तो विषाक्त संस्कृति रौँ रौँमा गाडिएकोले सकारभित्र पनि नकार मात्र देख्छाँै अरुको खुशीमा आफू वेखुशी हुन्छौंँ । अरुको आनन्दमा आफ्नो पीडा सुम्सुम्याउँछौ । आफू आफ्नो कारणले भन्दा अरुको कारणले वढी दुःखी बन्छौँ ।ू४

नेहा ः अँ मनलाई शान्त पार्ने काम पनि हुनुपर्छ नि । कालजयी गीतसङ्गीतमा मोहनी हुन्छ । सुन्दा पनि मन शान्त हुन्छ । गीत बज्छ ।
फूलको आखुमा पुूलै संसार काढाको आखुमा काढै संसार

झुल्किन्छ है छाँया वस्तु अन्सार ॥

चित्त शुद्धहोस् मेरो बोली बुद्ध होस् मेरो पैतालाले कीरै नमरोस्

राम्रो आखुमा खुल्छ राम्रै संसार ॥

टहटह जून देखँू कालो रातैमा जीवन संगीत सुनूँ म सुख्खा पातैमा

सङ्लो मनमा खुल्छ है सङ्लै संसार ॥ू५

सूत्रधार ः ूपुरानो पात झर्दो छ नयाँ मुजुरा कापकापबाट फुट्ता छन् । पुराना पर्खाल चिकर्ंदा छन् नयाँ पर्खालको निम्ति चर खनिँदै छ । पुरानो बार धमिराले जरा जीर्ण पारेर मक्ँिकदो अवस्थामा छ नयाँ बारको निम्ति घोचाघारा ठीकठीक अवस्थामा खडा छन् । एउटा वूढो युग चीर निन्द्रामा सुत्ने तरखरमा छ । अर्को कलिलो युग वूढो युगकै गर्भबाट जन्मिने सुरसारमा छ ।ू६ खुशी हुने ठाउँ पनि मनग्यै बनाएका छौँ भन्ने चाहिँ नबिसौ्रँ ।

रिसव ः यसका लागि सबैको सोच एकै थरीको हुनु आवश्यक छ । कोही पूर्व कोही पश्चिम त कोही उत्तर र कोही दक्षिण फर्कने हो भने राम्रै कुरामा पनि मेल हुन सक्दैन ।

सूत्रधार ः कुरा एकदमै ठीक हो । हामीले ठूल्ठूला पर्खाल फोडेर यहाँसम्म आइपुगेको कुरा नभुलौँ । अब हामी यत्तिले जे चाहन्छौँ त्यही हुन्छ । हामी समान वर्गीयहरु एक अर्काको भावना र विचारको कदर गर्दै जाऔँ । ूएकले थुकी सुकी सयले थुकी नदीू भनेझैँ मेलमिलापले काम गर्ने कुरालाई मनमा हर्दम सजाएर अघि बढौँ । तगारो लगाउनेहरु स्वतः भाग्छन् । नभागी तिनीहरुको खैराँत नै रहन्न ।

सबै पात्रहरु लहरै उभिएर अङ्गालो मार्छन् । सूत्रधार ताली बजाउँछन् । तालीको गडगडाहट सुनिन्छ । पर्दा विस्तारै खस्दै जान्छ ।

पादटिप्पणी-१२३४६ साहित्यकार पुन्य कार्कीका निबन्धका अंशहरु

६ दुर्गालाल श्रेष्ठद्वारा रचित आनी चोइङ डोल्माद्वारा गाइएको गीत

०६६।०६।२६

परिचय :

नाम ः नन्दलाल आचार्य

जन्म÷स्थान ः२०३०÷०३÷२८ ठो_िक्सला-जहडा उदयपुर

स्थायी ठेगाना ः तपेश्वरी-१ गल्फडिया उदयपुर

शैक्षिक योग्यता ः बी.ए. बी. एड. नेपाली एम.एड.

सम्प्रति ः पि्र_िन्सपल लिट्ल फ्लावर मा।वि। राजविराज-९ सप्तरी फोन न।ं ०३१५२००३८

मो नं। ९८४२८२९२०६÷९८०७७३४६७१

विधा ः एकांकी नाटक कविता कथा समीक्षा र निबन्ध ।

nandalal_acharya@yahoo.com÷nandalalacharya@gmail.com

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *