गजल : तिम्रा सामु झुक्ने छैनौं

~राजेश नेपाली ~

चाहे बर्साउ लाठी गोली तिम्रा सामु झुक्ने छैनौं
लाखौ आहुति दिन्छौं बरु यो क्रान्तिमा रुक्ने छैनौं

भित्रभित्रै जमिनबाट मूल बनि निस्किएछौ
सागर भेट्न बगिरहन्छौं बर्खेभेलझैं सुक्ने छैनौं

संघीयता रोक्नुपर्छ, देश जोगाउने हो भने
सिक्कमी झैं विदेशीको दैलो हामी ढुक्ने छैनौं

हिमाल, पहाड तराईलाई टुक्राउन खोज्नेहरु
खबरदार होसियार हौ वीरयोद्धा चुक्ने छैनौं

नाकनै काट टाउको फोड देशद्रोही कायरहरु
हिउँदमा सर्प जस्तै प्वालभित्र लुक्ने छैनौं

–खाँचीकोट–२, अर्घाखाँची

(कवि र गजलकारका उपरोक्त सिर्जनाहरु राष्ट्रिय जनअभियान संचालन गरिरहेको राजमोको अभियान टोलीमाथि झापामा पौष १४ र १८ गते भएको आक्रमणको घटनामा आधारित हुन्–स.)

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ८ – २०६७ पौष २१ गते, बुधबार )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.