कथा: अपमानित अस्मिता

~कृष्ण के.सी.~Krishna KC

बाबुको नाम नखुलेको प्रमाणपत्र लिएर विपन्नताको घरमा जन्म लिदैमा मेरा मानविय इच्छा,आकांक्षा नाखोसिनु पर्ने हो तर खोसिए । अधबैसे हुदा सम्म गरिबीमा सहनु पर्ने सामाजिक र मानसिक तिरस्कारका थुप्रोलाई जडौरीको पातलो पछ्यौरीमा पोको पारेर आज म हिडिरहेको छु गन्तव्यहीन यात्रामा । दाया-बाया कोहि छैन नितान्त एक्लोजीवनका आरोह-अबरोहका अनगिन्ति मोड हरुलाई छिचोल्दै यात्रामा हिडीरहदा अतित बारम्बार बल्झी रहन्छ । आक्रोसले शरीर थरथर कापिरहदा आफुले आफैलाई कोपरिरहू जस्तो लागिरहन्छ । लड्दा लड्दै बचाउन नसकेको अस्मिताको लागि पश्चातापको ज्वालामा दन्दनी जलिरहू जस्तो लाग्छ । त्यसैले पनि होला आज आफु हिडीरहदा बाटाहरु पनि तनक्क तन्किएर झन् पछि झन् लम्बिदै गैरहेको भान परिरहेको हुन्छ ।

सहनुको पनि त सिमा हुन्छ नि कति सहनु जिबन भर । अत्याचारको पराकाष्ठालाई ज्यानले सहदा सम्म न हो सहने । सानो छदा मलाइ आफ्नो कोखमा राखेर थमथमाउने मेरी आमालाइ मैले मेरै कोखिलामा राखेर सदाका लागि बिदाइ गरे । मृत्यूको अन्तिम सासलाई सकेजति बल गरेर छोप्न खोजे तर सकिन । गइन मेरी आमा उमेरमै मलाइ एक्लो पारेर । चिन्ने जान्ने आफन्तले लगे मेरी आमालाई ऋणको कात्रो ओढाएर शंख बजाउदै । जलाए खरानी पारेर हिजो सम्मको सग्लो शरीरलाई । दोष देख्दिन आमाको किनकि हरेक रात हरेक दिन उनि जिउदै मरिरहन्थिन । जड्या झट्केलो बाबुको लात,घात अनि आहात कति सहुन र मरिन कहिल्लै नफर्किने गरेर । म रोइन मेरी आमाको मृत्यूमा । रोइदिन सक्थे रुनलाई कसले पो छेक्थ्यो र तर रोइन । मेरा रुवाइहरु सबै सकिसकेका थिए । बाबु भनाउदोको हरेक दिनको पिटाइ र यातना हरुबाट पाकेका मेरी आमाका पुराना र आला घाउहरुबाट बग्ने रगत र पिपहरुका ति अत्यासलाग्दा दृश्य र असैह पिडाहरुको प्रतक्ष देखाइहरुमा म रोएर सकिसकेको थिए । मेरा रुवाइ र गुनासाहरुको कतै र कहिल्लै सुनुवाई नै भएनन् भने मृत्यूमा रुनुको अर्थ देखिन त्यसैले पनि म रोइन ।

आमाको मृत्यू पश्चात आमाका उपदेस हरुलाई सिरानी लगाएर नारी सहनसिलताको खोल ओढ्दै आफ्नो इज्जतलाई आमाको सम्मानित पच्छ्यौरिले छोप्न खोज्ने मेरो कर्तब्यलाइ जड्या झट्केलो बाबुको कुदृष्टि अगाडी छोप्न सकेन । आमाको जड्यौरी गुन्यू हरुले पनि मेरो लाजलाई बचाउन नसके पछि आज म हिडिरहेको छु आमाकै त्यहि पछ्यौरीको कफन बाधेर नारिलाइ दासीको घेराभित्र कैद गरेर सुखभोगको खेलौना ठान्ने हरुका बिरुद्द संखघोष गर्न । मलाइ थाहा छैन कतिन्ज्याल सम्म हिड्न सक्छु म यो कठिन यात्रामा । र मलाइ थाहा छैन मेरा यात्राहरु कति सरल र स्वच्छ हुन्छन भनेर । नजन्माईनु थियो जन्माइए । जन्मिएर पनि नबाच्नु थियो बाचे,अहिले आएर फेरी नहिड्नु थियो हिडे भने अब मेरो हिडाईमा म थाक्न चाहन्न किनकि कहालीलाग्दा ति अतितहरु फेरी बल्झाउन म चाहन्न । अब म चाहन्छु मेरा अतित हरु मेरी आमाको खरानी संगै उडेर कतै अर्कै दुनियाको एकान्तमा रुमल्लि रहेको होस् तर मलाइ नबल्झाओस । मानसिक पिडा, आत्मग्लानी र पश्चातापका जति पनि दुखहरु छन् ति सबै बाबु भनाउदो मेरो सौतेलो बाबाको वरिपरि नाचिरहुन त्यो पनि मैले हेर्न चाहन्न । किनकि मेरो बाबा जस्ता यो समाजका नालायक थुप्रै हिंसक जनवारहरुका बिरुद्द म र मेरी आमा जस्त्ता थुप्रै नारीहरु संगठित नभई समाजबाट यो घृणित र अपमानित ब्यबहारको अन्त्य हुने छैन भन्ने सत्य यथार्थलाई मैले बुझ्नु परेको छ । त्यसैले म चाहन्छु केवल मेरी आमाका उपदेशहरुलाई मेरो बाकि जीवनका भोगाइहरुमा समय सान्दर्बिक परिभाषित गराउदै यहि समाजको बर्तमानमा भिडाउन ।

आफु मारेर जाने बेला पनि मेरो जिम्मा मेरी आमाले कसैलाई दिन सान्दर्भिक ठानिनन । ठानुन पनि कसरि आफ्नो उन्मुक्त बैसलाई कसैको जिम्मा लगाउदा पाएको धोकाले आफुलाई जिबनभर गिजोलिरह्यो अनि चिथोरिरह्यो भने कसरि फेरी त्यहि भोगाइ छोरीको जिबनमा दोहोर्याउन चाहुन र । बाचुन्जेल केहि पाइनन र चाह पनि केहि राखिनन । दिन रात अरुको मेलापात मजुरी गरेर मलाई हुर्काइन आफ्नो आधि पेट राखेर । मेलामा पाएको खाजा पनि पटुकिमा लुकाएर मेरै लागि ल्याइन आफ्नो मुटुको टुक्रा ठानेर । हरेक रात ओच्छ्यानमा पल्टदा आफ्नै बास्तबिक कथाका आयामहरुलाई पन्ना-पन्ना गरि सधै मलाइ सुनाइ रहिन अनि चिनाइन समाजका बास्तबिक कथाका खलनायकहरु ।

आमाको न्यानो कोखिलामा रहदा सुरक्षित मेरो जिबन आज आमाको मृत्यू पश्चात मेरी आमाको बिगत बनेर मेरो बर्तमानमा मडारिदै छ । यो कठिन र साहाराबिनाको जिन्दगि लिएर आज म हिडिरहेको छु अनवरत यात्राका कठिन बाटो हरुमा । यस्तो बेला मैले बर्तमानलाई टेकेर भविष्यको खोजीमा हिड्नुछ । यात्राका अनगिन्ति मोडहरुका अप्ठेराहरुलाई हिम्मतका हतियारले चिर्नु छ र गन्तव्यलाई भेट्टाएर छाड्नु छ । जिउदो छदा मेरी आमाले दिएका उपदेसहरुलाइ यो समाजले मजाक बनाएर हासो बनाएर उडाउने छ त्यसैले मैले सोचे अनुसार मेरा यात्राहरु सजिलो पक्कै पनि छैन । आवाजविहीन हुनु पूर्व मेरी आमाले मलाइ चोलिका हरेक तुनाहरु फ़ुकाउदै तुनामा बाधेर राखेका अनगिन्ति होसियारीका अचुक अस्त्रहरुले मलाइ सुसज्जित गराई यो समाजमा बाच्ने कलाहरु सिकाइन र पनि म लुटिए,सकिए मेरै आफन्त भनाउदो बाबुबाट । होसियारीका अनेक उपाएहरुको अस्त्र लिएर बाच्न खोज्दा पनि जब म आफ्नै भनाउदो बाट लुटिदा समेत समाजले मेरै यौबनताको दोष लगाएर कलंकित बनाउछ भने मेरा बाकि जीवन जिउनको लागि होसियारिको अस्त्रमा अल्झिएर कतिन्जेल यो समाजमा बाच्न सकुला र । त्यसैले पनि म आज हिड्दै छु । बिबसताको आडमा नारि सहन्सिलताको फाइदा उठाएर अपमानित जीवन जिउन बाध्य बनाउने यो समाजको विरुध्दमा अर्कै नया समाजको स्थापनाको लागि । यसो गरि हिड्दा मेरो यात्राका हरेक घुम्तिहरुका अप्ठ्यारा भंगाला हरुमा ढुकेर बसेका मानवरुपी दानब हरुबाट मलाइ बचाउनु छ । कठिन मेरो यात्रामा आउने थुप्रै हिंसक अनि बहुरुपी जनवारहरुलाई चिनेर पन्छ्याउनु पर्ने छ । म सक्छु, सक्दिन नितान्त मेरो यो एक्लो हिडाईमा म जस्ता समाजमा लुकाएर राखिएका र लुक्न बाध्य पारिएका हरुबाट मैले साथ् पाउछु वा पाउदिन तर पनि म हिडी रहन्छु मेरो यो भविष्यको सुनौलो यात्रामा ।

आफु सानो छदा पाउनु पर्ने बाबाको वात्सल्य ममताबाट म बन्चित बन्नु पर्यो । परिचयहीन केटि भएर समाजमा दुनियाको हासोको पात्र भएर बाच्नु पर्यो । आमाको यौबनताको भर्भराउदो रसलाई चुसेर लत्याएकि आमाको कोखबाट जन्मिएकी मैले पाउनु पर्ने पारिवारिक र सामाजिक अधिकारबाट बन्चित हुनु पर्यो । लत्याएर मिल्क्याइएकि एउटी बिवस नारीलाई केवल सुखभोगको मेसिन ठानेर हरेक दिन हरेक रात आफ्नो स्वार्थको खातिर गिद्दले मरेको जनवारलाई झैँ लुछेर उन्मक्त बैस छदै तड्पाई तड्पाई मारियो । यी सब अन्याय अत्याचार मेरै आखा अगाडी हुदा हुदै फेरी झड्केली छोरीलाइ छोरीको परिचय दिनुको सट्टा मेरै यौबनतामाथि खेलवाड गरियो भने अब म एउटी परिचयहीन अबला नारी माथी भएको अत्याचारलाई नतमस्तक भएर स्विकारी यहि समाजका गिद्दहरुको अगाडी पश्चातापको डोरीलाई घटीमा कसेर आत्महत्या गरु वा नारीको परिचय लिएर यो समाजमा ब्याप्त रहेको नारी अपमानताको विरुध्दमा न्यायको तरबार लिएर संघर्ष गरु । मैले सकिन मेरी आमाले जस्तो सहनसिल भएर बाच्न त्यसैले हिडेकी छु नारी अस्मिताको उज्यालो घाम लाइ पच्छ्याउन । जहाँ मैले म जस्ता अन्याय भएका थुप्रै नारीको परिचय खोज्नु परेको छ । बिवासताको फाइदा उठाएर मेरी आमा जस्ता हजारौ आमाहरुको परिचय खोज्नु परेको छ । कुनै दिन मैले भेट्ने छु त्यो समाज जुन समाजले हामी जस्ताहरुको लागि आवाजमा अवाज मिलाएर नारी अस्मितामाथि खेलवाड गर्ने मानवरुपी दानव हरुको पहिचान गरि समाजबाट गल्हत्याएर सुन्दर समाजको निर्माण गर्ने छ र बिवासतामा फाइदा उठाएर परिचय बिहिन बनाइएक हामीहरुको सम्मान गर्ने छ । त्यति नहुदा सम्म म नारी भएर यो समाज संगको हाम्रो सम्बन्धको अर्थ खोजि रहने छु । अन्यथा अतितले मलाई तर्साइ रहने छ आमाको उपदेशले खबरदारी गरिरहनेछ । अनवरत हिडाईको अन्तिम विश्रामको त्यो दिन बिजयको महासागरमा डुबुल्की मारेर म माथी लगाइएका काला धब्बाहरुलाई सफलताको स्वच्छ जलले पखालेर मूल्य र मान्यताको मानव बस्तीमा निष्कलंकित जीवन जिउने छु । प्राप्तिको त्यो दिनको पर्खाइमा हिडी रहदा हुन सक्छ मेरो जीवनको सम्पूर्ण इच्छा र चाहनाहरु थाकेर भावनाबाट मरी सकेका हुनेछन तर पनि म मेरो यात्रालाई जारि राखी रहनेछु । अन्यथा म र मेरी आमा जस्ता हजारौ नारीको शरीर बाट हिंसक जनावारहरुले चिथोरेको पुराना र आला घाउहरु बाट रगत र पिपहरु निरन्तर बगी रहनेछ, निरन्तर बगिरहने छन् . . . . . ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुस्‘ बाट पठाईएको)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *