अनूदित निबन्ध : गद्दार सोलोखोभका सच्चा चेहराहरू

~त्साई हुइ~
अनु : लाल बहादुर

इतिहासका नियमहरू असाध्य कडा छन्। संघर्षका संकटमय क्षणहरूमा तिनीहरूले हर किसिमका अवसरवादीहरू तथा गद्दारहरूलाई तिनीहरूको मखुन्डो हटाउन र सक्कली चेहरा उदांग पार्न निर्मम रूपमा बाध्य पार्छन्। मिखाइल अ. सोलोखोभको सम्बन्धमा यस्तै भएको छ। अक्टोबर १९६५ मा बडो उत्साहकासाथ “समाजवादी” तथा “सर्वहारा लेखक” सोलोखोभले साहित्यको निम्ति त्यो नोबेल पुरस्कार स्वीकारे जुन फ्रेन्च पूंजीवादी लेखक ज्याँ पाउल सात्रेले समेत लिन इन्कार गरेका थिए। सात्रेकै शब्दमा, पुरस्कार स्वीकार्नु “पश्चिमका लेखकहरूको निम्ति अथवा पूर्वका गद्दारहरूको निम्ति जगेडा राखिएको पुरस्कार” प्राप्त गर्नु हुनेछ।

महान् अक्टोबर समाजवादी क्रान्तिको विजयदेखि नै साहित्यको निम्ति नोबेल पुरस्कार प्रदानगर्ने संगठनको हरतरीकाबाट रसियाली लेखकहरूमा “पूर्वका गद्दारहरू” खोज्दै आएको छ। तिनीहरूले “साहित्यिक प्रतिभाहरू” लाईमहत्व दिएका छौं भन्ने कुराको गर्वसाथ घोषणा गर्छन्, तर तिनीहरूले लेनिनद्वारा प्रशंसा गरिएका गोर्कीको प्रतिभालाई कहिल्यै मान्यता दिएनन्। रसियाली लेखकहरूमा तिनीहरूले मान्ने, खोजेरपत्ता लगाउनकष्ट उठाउने र पुरस्कार दिने “प्रतिभाहरू” त्यस्ता मात्र हुन् जसले हर्षपूर्वक समाजवादको तथा अक्टोबर समाजवादी क्रान्तिको विरोध गर्छन्।

१९३३ मा अर्थात् अक्टोबर क्रान्तिको विजयको सोह्रौं वर्षमा नोबेल पुरस्कार कमिटिले पहिलो पटक एजना रसियाली लेखकर्ला साहित्यको निम्ति पुरस्कार प्रदान गर्‍यो। त्यो लेखक समाजवादी क्रान्तिको समर्थन गर्ने गोर्की अथवा कुनै लेखक थिएन त्यो लेखक प्रवासी रसियाली लेखक इभान बुनिन थियो, जो अक्टोबर क्रान्तिलाई तीब्र घृणा गरी पेरिसमा निर्वासित हुन भागेको थियो

१९५८ मा उही राजनैतिक प्रेरणाबाट कमिटिले “डा. झभागो” नामक कम्युनिस्ट विरोधी उपन्यासको अर्को कुख्यात गद्दार लेखक बोरिस पास्तरनाकलाई पुरस्कार प्रदान गर्‍यो। यसबाट लाभ उठाएर विश्वभरीका सबै प्रतिक्रियावादीहरूले सोभियतविरोधी, समाजवादविरोधी आन्दोलन चलाए। पश्चिाली पूंजीवादी प्रेसले साहित्यको निम्ति नोबेल पुरस्कारले खेलेको भूमिकाको ठूलो प्रशंसा गर्‍यो र भियनाको अखबार “कुरिएर” ले यसलाई सोझै “समाजवादको विरूद्धको नोबेल पुरस्कार” भन्यो। त्यसबेला सोभियत जनताले साहित्यको निम्तिको नोबेल पुरस्कारलाई “पश्चिमाली ज्यावल” भनी रोषका साथ निन्दा गरे। त्यही वर्षको अक्टोबर २६ मा सोभियत अखबार “प्राभ्दा” ले प्रतिक्रियावादी पूंजीपति वर्गबाट नोबेल पुरस्कार प्रदान गरिएको व्यक्ति “समाजवादी क्रान्ति तथा सोभियत जनतामाथि कलंक लगाउने व्यक्ति हो ” भन्ने कुरा घोषणा गर्न आवश्यक ठान्यो। सोलोखोभले पनि अनिच्छापूर्वक अडान लिए र पास्तरनाकलाई “आन्तरिक प्रवासी” भनी निन्दा गर्न बाध्य भए।

ज्यादै नै व्यंगात्मक कुरा के छ भने थोरै वर्षपछि नै सोलोखोभले साहित्यको निम्ति त्यस्तो नोबेल पुरस्कार कृतज्ञतापूर्वक स्वीकारेको छ र जसलाई ऊ आफैले “आन्तरिक प्रवासी” लाई प्रदान गरेको भनी एकचोटी निन्दा गरेका थिए। वास्तवमा आफूले स्वीकारेको चीज गद्दारहरूलाई दिइने इनाम हो भनी स्वीकार गरेको भए प्रतिभाशाली सोलोखोभ त्यति बेवकुफ हुने थिएनन्। साँचो कुरा के भनेउनी र उनले प्रतिनिधित्व गरेका मुठ्ठीभर आधुनिक संशोधनवादी लेखकहरूले साहित्यको निम्ति नोबेल पुरस्कारकोरूख बदलिसकेका छन्र यो असाधारण रूपमा “अपक्षपाती” भइसकेको छ भन्ने कुरामा सोभियत जनतालाई विश्वास पार्न भरमग्दुर कोशिस गरिरहेका छन्। सोभियत लेखक संघकोएक नेतृत्वदायी सदस्यले युपीआई संवाददातासँग कुराकानी गर्दा उक्त पुरस्कारलाई “समाजवादी साहित्यको निम्तिठूलो पुरस्कार” भन्ने धृष्टता समेत गरे। सोभियत संघको कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी र सोभियत संघको मन्त्री मन्डलले पनि अघि सरेर त्यसलाई “समाजवादी यथार्थवादी साहित्यको निर्विवाद उपलब्धिहरूको विश्व मान्यताको अर्को प्रमाण” भने।

प्रशस्त, योग्य जादुगरहरू। सोलोखोभलाई प्रदानगरेको पुरस्कारद्वारा तिमीहरूलाई देखाएको अप्रत्याशित नम्रताबाट उठेका तिमीहरूको इन्द्रजाल,तिमीहरूको खुशीले एउटा महत्वपूर्ण तथ्यको अवहेलना गर्न लगाएको छ, त्यो के होभने एन्दस स्वेडिस विज्ञान प्रज्ञाप्रतिष्ठानको नोबेल कमिटिका अध्यक्षलेकिन तिनीहरूले पुरस्कार प्रदान गरे भन्ने कुराको सार्वजनिक व्याख्या दिईसकेको छ। र कारण यो होइन भने तिनीहरूले आफ्नो स्थिति बदलेका छन् तर कारण हो “सोलोखोभ पक्का कम्युनिस्ट भए तापनि उनले आफ्ना महान चार ठेली कृति “ब्लम ब्गष्भत ँयिधक तजभ म्यलू (दोन शान्ति प्रवाहित छ) लाई सैद्धान्तिक टिप्पणीबाट पूरै बाहिर राखेका छन्।

ठीक, के तिमीहरू सोभियत संघको कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटिका नेताहरू र सोभियत संघको मन्त्री परिषद्का मन्त्रीहरू र तिमीहरू नै, सोभियत संघका महत्वपूर्ण र कम महत्वपूर्ण टिप्पणीकारहरू के तिमीहरूलेनै सोलोखोभलाई प्रदान गरिएको नोबेल पुरस्कारले “समाजवादी यथार्थवादी साहित्य” लाई “मान्यता” दिएको छ र यो “समाजवादी साहित्यको निम्ति महान् पुरस्कार” हो भनी स्पष्ट वक्तव्यहरू दिइरहेका होइनौं? त्यसकारण अब कुरो स्पष्ट छ–तिमीहरूद्वारा प्रचारित समाजवादी साहित्य “सैद्धान्तिक प्रवाह नभएको” र “वर्गहरूभन्दा माथिको” त्यस्तो साहित्य हो जसलाई पूंजीपति वर्गले प्रोत्साहन दिन्छ। तिमीहरू लेनिनको सिद्धान्त पालना गर्ने भनी खुब भन्छौं, तर तिमीहरूले लेनिनका नाराहरू स्पष्ट बिर्सिसकेका छौं। “अपक्षपाती (अप्रतिबद्ध) लेखकहरू मुर्दावाद घ्साहित्यिक महामानवहरू मुर्दावाद 164” के यसमा गम्भीर व्यंग्य छैन?

वास्तवमा “ पूर्णरूपमा सैद्धान्तिक भनाई नरहेको ” र ” र “वर्गभन्दामाथि” रहने साहित्य नै हुँदैन। यी कुराहरू त पाठहरूलाई मूर्ख पनि तिनीहरूलाई पथभ्रष्ट गर्न र साम्राज्यवाद र पूंजीपतिवर्गको सेवा गर्ने घृणित उद्देश्यलाई ढाकछोप गर्न पूंजीपति र संशोधनवादीहरूले प्रयोग गरेकासाहित्यिक शब्दहरू मात्र हुन्। वर्तकमान विश्वमा, सबै साहित्य र कला खास वर्गविशेषका हुन्छन् र खास राजनैतिक दिशा अनुरूप हुन्छन्, त्यसकारण तिनले कुनै खास सिद्धान्तको अनिवार्य रूपमा प्रचार गर्छन् र तिनमा खास राजनैतिक प्रवृत्ति हुन्छ। पूजीपति वर्ग र संशोनवादीहरूले सिद्धान्तसँग असम्बन्धित भन्ने गरेको साहित्यले वास्तवमा सयौं किसिमका पूंजीवादी प्रतिक्रियावादी सिद्धान्त फिजाउँछ र त्यसको प्रतिक्रियावादी राजनैतिक प्रवृत्ति हुन्छ।

सोलोखोभको “ब्लम ब्गष्भत ँयिधक तजभ म्यलू ठीक यस्टतै खालको “महान् कृति” हो। यस उपन्यासलाई मार्क्सवादी दृष्टिकोणले , वर्गीय दृष्टिकोणले विश्लेषण गरियो भने पास्तरनाकको “डा. झभागो” ले जस्तै उसको “महान् चारठेली कृति” ले अर्कै ढंगमा भएपनि त्यस्तै किसिमको असर पैदा गरेको महत्वपूर्ण कारणले गर्दा नै सोलोखोभको नाम बोरिस पास्तरनाकसँगै “साहित्यको निम्ति नोबेल पुरस्कार विजेताहरूको क्रम” मा दर्ता गरिएको भन्ने कुरा बुझ्न गाह्रो हुन्न। डा. झभागोमा पास्तरनाकले नौलो समाजको रसियाली बुद्धिजीवीको “विनास” को घृणित चित्र प्रस्तुतगरेको छ र अक्टोवर क्रान्ति तथा समाजवादी व्यवस्थाको अति घृणा गर्ने एउटा पुरानो रसियाली पूंजीवादी बुद्धिजीवी झभागोको आफ्नो चित्रणको माध्यमबाट अक्टाबर क्रान्तिपछि सोभियत लाल सेनामाथि तथा नौलो जीवनमाथि सबै खालका कलंकहरू लगाएको छ भने के पनि उत्तिकै सही छ भने सोलोखोभले आफ्नो उपन्यास “ब्लम त्तगष्भत ँयिधक तजभ म्यलू मा लालसेनाको विरूद्ध बौलट्टीढंगले लड्ने असंख्य निन्दनीय हत्या गर्ने ग्रिगोरीको खुल्ला प्रशंसाको माध्यमबाट अक्टोबर समाजवादी क्रान्ति तथा वर्गसंघर्षको “त्रु्करता” लाई विषालु किसिमले हमला गर्छ र ग्रिगोरीको “चोखो आत्मा” कुल्चिइएको तथा “उ बसेको संसारसँग सम्बन्धित” प्रत्येक कुराहरूमा उसलाई बञ्चित गरिएको र मेलेखोभ परिवारको शान्तमय, सुखी तथा आन्दमय जीवन नासिएको देखाएर क्रान्तिकारी युद्धको सिधै निन्दा गर्दछ।

बडो होहल्लाको साथ शुरू भएको सोभियत संघको कम्युनिस्ट पार्टीको हालै भएको २३ औं महाधिवेशनमा सोलोखोभले खास सोभियत लेखकहरूलाई गद्दार भनी निन्दा गरेर “आफ्नै आमालाईनीचतापूर्वक बेइज्जत गर्नु र तिनलाई अपमान गर्नु र तिनकै विरूद्ध हात उठाउनु जस्तो फोहोरी र नीच काम अरू केही छैन” भने। त वास्तवमा, के यी कुराहरू सोलोखोभकै बारेमा भन्न सुहाउँदो छैन? दुई दशक अगाडि आफ्नो ूब्लम ब्गष्भत ँयिधक तजभ म्यलू को माध्यमबाट उनले अक्टोवर क्रान्तिको बाटोमाथि कलंक लगाइसकेका थिए। उनले आफनै “आमा” कोविरूद्ध लेनिन, स्टालिन तथा महान् अक्टोबर समाजवादी क्रान्तिकोविरूद्ध आफ्नो हात उठाइसकेका थिए।

आफ्नो अद्वितीय सचेतनाले गर्दा संयुक्त राज्य अमेरिकाको पूंजीवाद प्रेसले ूब्लम ब्गष्भत ँयिधक तजभ म्यलू मा तीब्र समाजवाद विरोधी सिद्धान्तलाई स्पष्ट रूपमा चिन्हेको छ र फलस्वरूप यसलाई ज्यादै नै प्रशंसा गरेको छ। सोलोखोभले साहित्यको निम्ति नोबेल पुरस्कार प्राप्त गर्दा क्बतगचमबथ च्भखष्भध ले यी रसियाली पुरस्कार विजेताले “लालसेना विरूद्ध लडेका डन कोजेटहरूको प्रतिनिधित्व गर्छन्” र उनले “आफ्नो काल्पनिक चरित्रहरूको मध्यबाट समाजवादी सिद्धान्त तथा व्यवहारहरू केही आशंकाहरू व्यक्त गरेका छन्” भनी उत्साहपूर्वक घोषणा गर्‍यो। प्रतिक्रियावादी पश्चिमाली पूंजीपतिले ठीक यही मुख्य कारणले गर्दा सोलोखोभलाई आदर गरेका हुन्, अरू कुनै कारणले होइन भन्ने कुरा बुझ्न कठिन छैन।

बीस वर्ष अगाडि (१९४६ मा) नै साहित्यको लागि नोबल पुरस्कारको निम्ति उम्मेदवारको रूपमा उनको नाम अगाडि सारीकिन पश्चिमाली पूंजीपति वर्गले सोलोखोभलाई नछानेको हो। किन उन्ाइस वर्षपपछि मात्र उनको “प्रतिभा” लाई “पत्ता लगायो” भन्ने प्रश्न गहन रूपमा विचार गर्न लायकको छ। यस रहस्यको मूल कुरा के हो?

साँच्चै भन्ने हो भने कारण धेरै मामुली छ। जे भए तापनि खु्रश्चेभी संशोधनवादीहरूल्े सोभियत संघको नेतृत्व जबरजस्ती नछिनुन्जेलसम्म सोलोखोभले आफ्नोसक्कली रूपमा देखापर्न त्यति साहस गर्न सकेको थिएन। पश्चिमाली वर्गले उनको ूब्लम त्तगष्भत ँयिधक तजभ म्यलू को खुब प्रशंसा गरे तापनि तिनीहरूले त्यस बेलासम्म उनलाई पूर्णरूपमा विश्वास गर्दैनथेर त्यसैले तिनीहरूले पर्खेर हेर्ने नीति अपनाए। त्यसबेला उनले आफ्नो उपन्यासमा अक्टोबर क्रान्ति र क्रान्तिकारी युद्धहरूमाथि हमला गरिसकेको भए तापनि कहिले कांही अक्टोबर क्रान्तिको र स्टालिनको प्रशंसामा ढोंगी शब्दहरू व्यक्त गर्न बाध्य थिए। खु्रश्चोभले जस्तै उनले पनि स्टालिनलाई आफ्नो पिता भन्दथे। १९५३ मा स्टालिनको देहान्त हुँदा सोलोखोभ ढोंगी तरिकाले चिच्याएका थिएः “पिता, विदाइ, सधैको निम्ति विदाइ, प्रिय पिता जसलाई मैले जीवनभर दिलैदेखि प्रेम गरें।” र उनले स्टालिनको निम्ति “सधैको निम्ति आफ्नो हृदयमा पवित्र शोक” सुरक्षित राख्ने किरिया हाले।

तैपनि छिट्टै नै, १९५६ मा सोभियत संघको कम्युनिस्ट पार्टीको २० औं महाधिवेशनमा, उनले स्टालिनलाई जंगली ढंगबाट हमला गरिरहेका खु्रश्चेभर्ला सार्वजनिक रूप्मा अंगालो मारेर उनले पार्टीको एक जना मुख्य नेता दादेयभमाथिको बेलगाम हमलामा खु्रश्चेभलाई सहयोग गरे। त्यसपछि उनी आफ्नो लघुकथा “मान्छेको भाग्य” लिएर निस्के, जुन कथालाई आधुनिक संशोधनवादी साहित्यको नमूना भनी व्याख्या गर्न सकिन्छ र उनी सोभियत साहित्य र कला क्षेत्रमा संशोधनवाद फैलाउनमा खु्रश्चेभको मुखिया बने । त्यसपछि “सैद्धान्तिक रूपमा” खु्रश्चेभ सँगसँगै किरिया खाए झैं गरी जहाँ जहाँ खुश्चेभ जान्थे त्यहाँ–त्यहाँ सोलोखोभले खु्रश्चेभप्रति आफूले “मौन, वीरतापूर्ण, मैत्री प्रेम” अनुभव गरेको कुरा सोभियत संघको कम्युनिस्ट पार्टीको २२ औं महाधिवेशनमा खुल्लारूपमा घोषणा गरे।

स्वभावतः खु्रश्चेभ र उनका उत्तराधिकारीहरूले पनि विशेष भूमिका खेल्ने यस बफादार प्रवक्ताको असाधारण प्रशंसा गरे। उनले “ पार्टी लेखक” को मानपत्र मात्र पाएका होइनन्,उनी स्टालिन पुरस्कार विजेता पनि हुन् र सर्वोच्च सोभियतको प्रतिनिधि पनि भएका छन्। केही समयसम्मको निम्ति यस पदहरूको संयोगले वास्तविक कुरा थाहा नपाएका केही सोभियत जनता तथा अन्तर्राष्ट्रिय सांस्कृतिक समुदायहरूमा केही व्यक्तिहरूलाई गलत बाटोमा लान तथा धोखेबाजी भूमिका खेल्न सक्छ।

विश्व प्रभुत्वको निम्ति सोभियत अमेरिकी मिलेमतो खु्रश्चेभको संशोधनवादी दिशाको आत्मा हो। त्यसै कारणले त सोलोखोभले सोभियत पाठकहरू तथा अन्तर्राष्ट्रिय सांस्कृतिक समुदायहरूमा सोभियत–अमेरिकी सांस्कृतिक मिश्रणमा सिद्धान्तकारहरूको प्रचार गर्न कठिन परिश्रम गरिरहेका छन्, जसको निम्ति उनी प्रवल योग्य सिपाही बनेका छन्। एकातिर सोभियत संघभित्र उनले पूंजीवाद विचारधारा, मानव–प्रकृति सम्बन्धी पूंजीवादी सिद्धान्त तथा स्वाधीनता, समानता तथा बन्धुत्व सम्बन्धी पूंजीवादी धारणाको सक्रियरूपले प्रचार गरिरहेका छन्, आम सोभियत पाठकहरूमा व्यक्तिवाद, मानवतावाद तथा शान्तिवादका प्रतिक्रियावादी पूंजीवादी विचारहरू विस्तारविस्तार घुसाइरहेका छन्। अर्कोतिर उनले आफ्नो योगी रूपको जीवन पद्धतिलाई पूर्णरूपमा फेरिसकेका छन् र थिचिएका राष्ट्रहरूका तथा थिचिएका वर्गहरूका लेखकहरूलाई साम्राज्यवादी तथा पूंजीवादी लेखकहरूसँग “संयूक्त कार्य” तथा “संयुक्त रूपमा विचारहरू व्यक्त गर्न” लाउन प्रचार कार्यमा बारम्बार विदेशतिर लागेका छन्। त्यही उद्देश्य राखी उनले अमेरिकी साम्राज्यवादसित प्रार्थना गरेका छन्–“हामीलाई आपसमा यसरी नै जाऔं र भेटघाट गरौं। हामीहरूले आपसमा आलोचना वा झगडा गर्नुपर्ने कुनै कुरो छै।” यसरी लेखकहरूको युरोपियाली सम्मेलनमा उनले संयुक्त राज्य अमेरिका, सोभियत संघ तथा ब्रिटेनका महान् राजनीतिज्ञ तथा कुटनीतिज्ञहरूले गरिरहे जस्तै लेखकहरूले पनि “सम्झौतामा पुग्नु तथा साझा भाषा पत्ता लगाउनु”पर्छ भनी भएभरको शक्ति लगाई उनीहरूलाई आव्हान गरे।

उनको अभिप्राय के हो? उनी सोभियत संघ तथा संयुक्त राज्य अमेरिका दुबैमा शासक डफ्फाहरूको स्वार्थरक्षा गर्न र जनताहरूलाई क्रान्तिमा उत्रनबाट रोक्न निस्केका छन्। चाहे त्यो दबिइएका जनताहरूले चलाएको मुक्ति युद्ध नै होस्। उनी संसारका सबै लेखकहरूलाई “हुन्न” भनी अगाडि सर्न र “हुन्छ” भनी भन्नेहरूको अगाडि बोल्न पहिला होउन् भन्ने स्थायीरूपमा चाहन्छन्। छोटकरीमा भन्ने हो भने उनले क्रान्तिप्रति गद्दारी गरेको मात्र होइन तर अरूहरूलाई क्रान्तिमा उभिन पनि मनाही गर्दछन् र उनले मात्र क्रान्तिको इन्कार गर्ने होइन साथै संसारका सबै लेखकहरूलाई “एकीकृत गर्न” तथा “संयुक्त रूपमा” क्रान्ति बहिष्कार गर्न लगाउन चाहन्छन्।

यिनै कामहरूले गर्दा नै सोलोखोभले प्रतिक्रियावादी पश्चिमाली पूंजीपति वर्गको पुरस्कार जितेका हुन र साथै खश्चेभ तथा उनका उत्तराधिकारीहरूको विशेष कृपा प्राप्त गरेका हुन्। तथ्यहरू स्पष्ट छन्। सोभियत जनताले “पश्चिमाली हतियार ” भनी निन्दा गरेको नोबेल पुरस्कारको चरित्र बदलिएको छैन तर सोलोखोभले आफ्ोपातलो मुखौटो हटाएका छन् र “पश्चिमाली हतियार” को रूपमा देखा परेका छन्। प्रतिक्रियावादी पूंजीपति वर्गले बोरिस पास्तरनाकभन्दा ज्यादै काम लाग्ने “पूर्वको गद्दार ” अन्तमा फेला पारेको छ।

हामी सोलाखोभ र उनले प्रतिनिधित्व गर्ने मुठ्ठीभरका आधुनिक संशोधनवादी लेखकहरूलाई सुनाऔंः चाँडै घमन्डी नबन 164 तिमीहरूले जनतालाई खुल्ला रूपमा धोका दिएका छौं, र यसै कारणले गर्दा सोभियत जनता तथा विश्वका सबै क्रान्तिकारी जनताले तिमीहरूलाई निश्चय नै पन्छाइदिने छन्। आफ्नो बाटोमा रहेका सबै अवरोधहरूलाई चकनाचुर पार्नमा इतिहासको पांग्रो निर्मम छ। यौवनपूर्ण तथा जीवनदायिनी शक्तिका साथ सर्वहारा वर्ग तथा विश्वका सबै दबिइएका जनताहरूको क्राीन्तकारी ल73य पहिरोको बेग तथा ब्रजको शक्तिले विश्वमा निश्चय नै फैलिने छ। सर्वहारा क्रान्तिकारी साहित्य र कला संघर्षको क्रममा निश्चय नै शक्तिशाली बन्नेछ र संघर्षमा उत्रन जनताहरूलाई प्रेरणा दिंदै युद्धका नगरा तथा विगुलको काम सदा गर्नेछ।

(सोभियत संघमा आधुनिक संशोधनवादी साहित्य सम्बन्धमा केही सवालहरू बाट अनुदित।)

(स्रोत : बेदना पूर्णाङ्क ३,२०३१ बाट )

This entry was posted in अनूदित निबन्ध and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *