यौन कथा : त्यो रात

~इन्दिरा प्रसाई~Indira Prasai

बिहे गरेको दस वर्ष नाघिसक्दा पनि उत्तराको कोख भरिएको थिएन । अब त घरपरिवार सबैले उत्तरालाई बाँझी भनेर उनकै मुखेञ्जी भन्न मात्र बाँकी थियो । तर शिक्षित र अर्थउपार्जनमा संलग्न अनि सम्पन्न माइतीका कारण उत्तराले धैर्य त्यागेकी थिइनन् । दुई वर्षअघि दिल्ली पुगेर पतिपत्नी दुबैको सम्पूर्ण मेडिकल जाँच पनि उत्तराकै पहलमा भइसकेको थियो । उक्त जाँचमा उमङ्गको वीर्यमा फर्टिलिटीको अङ्श पर्याप्त नभएको

नतिजा निस्केको थियो । ‘यस्तो अवस्थामा भगवानकै चमत्कार भएमात्र तपाईं दुईबाट सन्तान जन्मन्छ । अँ ! टेष्टट्युब गर्न सकिन्छ, तर त्यसमा पनि वीर्य चाहीं व्याङ्कबाटै लिनुपर्ने हुन्छ ‘ डा.को सल्लाह थियो । तर उमंग कुनै पनि हालतमा पनि यसप्रकारले सन्तान नचाहने अडानमा रहे । उत्तराले पनि लोग्नेको अडान तोड्नका लागि जिद्धि गर्न सकिनन् ।

दिल्लीबाट फर्केर आएपछि उनीहरु वीचको सम्बन्ध दिनदिनै चिसिँदै गएको थियो । पार्टीमा मात्र मात्ने उमंग अब आधा रातसम्म घर बाहिर रहने र फर्क‌दा होसै नरहने भइसकेको थियो।

त्यो रात पनि त्यस्तै भएको थियो ।

उत्तरा आफ्नो शयनकक्षमा राखिएको कम्प्यूटरमा रमाउन खोज्दै थिइन् । उमंग कोल्टे फर्केपछि उनको एकमात्र साथी यही कम्प्यूटर भएको थियो । गुगल गरेर विश्वका विविध विषय र प्रविधिबारेको जानकारीमा रमाउँदै समय विताउनु उनको दैनिकी थियो । दिउँसोको समय त कार्यालय र घर गर्दा सजिलै बित्ने गर्थ्यो । तर रात जति गर्दा पनि बित्दैन थियो । उमंग घर नआउञ्जेल उनलाई विछ्यौनामा पल्टनै मन लाग्दैनथ्यो भने उमंग आएपछि पनि उनको निद्रै टरिसकेको हुन्थ्यो । त्यसैले कम्प्यूटरको वेभ भिजिट उनको वाध्यताजस्तै भइसकेको थियो । त्यही क्रम पनि अब एकरसीय भइसकेको थियो । त्यो रात पनि उनी अल्छीलाग्दो पाराले वेभ भिजिट गर्दै थिइन ।

अचानक उनको मनमा फर्टिलिटी गुगल गर्ने विचार आयो । नभन्दै गुगलले केही बेरमा नै सँधैझैं फर्टिलिटी बारेकै विविध साइटहरुबारे जानकारी गरायो । त्यसमध्येका अधिकांश साइटहरु उत्तराले भिजिट गरिसकेकी थिइन् । त्यसैले दिक्क मानेर त्यहाँबाट फर्किन लागेकी थिइन । त्यसैबेला ‘आजै खुलेको आश्चर्यजनक यस साइटमा भिजिट गर्नुस्’ लेखिएको विज्ञापनमा उत्तराका आँखा परे । ‘के रै’छ यस्को नयाँ नौलो ? हेरौं न त ।’ उत्तरालाई लाग्यो र उनले त्यसमा क्लिक गरिन् ।

‘यो साइट पाँच मिनेट अघिमात्र परीक्षणका लागि राखिएको हो । जसकसैले यो साइट भिजिट नगर्नु होला । प्रयोगका क्रममा कुनै ग्राहकलाई कुनै समस्या पर्न गएमा गुगलले जिम्मेवारी लिने छैन।’ सावधानीका वाक्य लेखिएका राता अक्षरहरुलाई आवश्यकता भन्दा बढी प्रकाशित गरिएको थियो । सावधानीका कुरा पढेपछि उत्तराले रोमाञ्चको अनुभूति गरिन् । डराएर गुगलबाट फर्किनुको साटो उनलाई उक्त साइट एकपटक खोलेर हेर्ने उत्कट इच्छा भयो । त्यसैले उनले त्यहाँ पनि क्लिक गरिन् । एडीएसएलको नेट केही स्लो भएकाले केही बेर उनले अधैर्यसाथ वेभ खुल्ने प्रतिक्षा गरिन् । त्यसक्षण उनलाई उक्त वेभसाइट खुल्नुको प्रतिक्षाअवधि निकै लामो लागेको थियो ।

अन्ततः वेभपेज उनको कम्प्यूटरमा खुलेको थियो ।

त्यस पेजको शिरमा पुनः अघिकै सावधानीका वाक्य रातै अक्षरमा दोहोर्याइएको थियो । ‘तपाईं साहसका साथ यस पेजमा आइपुग्नु भएकोमा स्वागत छ’ त्यसको तल्तिरपट्टि लेखिएको थियो । ‘कृपया सावधानीका साथ यो फर्म भर्नु होस् | ‘

त्यसदेखि तलतिर एउटा फर्म थियो ।

तपाईंको नाउँ ठेगाना लेख्नुहोस् । तर तपाईंको नाउँ ठेगाना गोप्य राखिनेछ ।

१. के तपाईं सन्तानहीन हुनुहुन्छ ? उत्तरको ठाँउमा हो होइन लेखिएको थियो । उनले हो मा चिनो लगाइन् ।

२. के तपाईं पैंतिस वर्ष नाघ्नु भएको छैन ? उत्तरको ठाँउमा छ छैन लेखिएको थियो । उनले छैन मा चिनो लगाइन् ।

३. के तपाई विज्ञानसम्मत रुपले आमा बन्नका लागि योग्य हुनुहुन्छ ? अर्थात् तपाईंको मेडिकल जाँच भइसकेको छ ? उत्तरका ठाँउमा छ छैन लेखिएको थियो । उनले छ मा चिनो लगाइन् ।

‘कृपया अर्को पानामा जानुहोस्’ लेखिएको ठाँउमा उत्तराले क्लिक गरिन् ।

‘तपाईं नछुने भएको कति दिन भयो ?’ त्यहाँ कर्शरले तानेर अंक राख्नु पर्ने थियो । उत्तराले सातको अंक राखी दिइन् । त्यसपानामा त्यही एउटामात्र प्रश्न लेखिएको थियो र अर्को पानामा जाने चिन्ह थियो । उत्तराले अर्को पानाका लागि क्लिक गरिन् ।

अर्को पानामा पनि एउटै मात्र प्रश्न थियो ।

‘के तपाई तत्काल गर्भाधान गर्न चाहनुहुन्छ ?’

कौतुहल मिश्रित उत्तेजनाका कारण उत्तरालाई माघ महिनाको काठमाडौंको ठिहीमा पनि चिट्चिट् पसिना आइसकेको थियो । त्यसैबेला उनको आँखा कोठाको मध्यभागमा टाँगिएको भित्ते घडीमा पुग्यो रातको एघार बजिसकेको थियो । बाहिर सधैंझैं टोले कुकुरहरु भुकेको आवाज एकनास आइरहेको थियो । घरमा भएका सासुससुराले एक निद्रा पुर्याउने बेला भइसकेको थियो भने उमंगको घर फर्किने बेला हुन अझै एक घण्टा बढी बाँकी नै थियो । यो अन्तिम प्रश्नको उत्तर लेख्ने बेलामा उनको सास पनि केही छिटो छिटो चल्न थालिसकेको थियो । ‘यस्तो पनि कतै होला र – भोकाएको मान्छेको मुखैमा आइपुगेको गाँस जस्तै कुरा छ यसको । के गरौं -’ एकैछिन बढो द्विविधा भयो उत्तरालाई । ‘गफ लगाउँदो हो । जे होला अब । एकपटक हुन्छ भनी दिन्छु । के नै होला र ?’

उनले दह्रो मन पारेर सकारात्मक कोठामा चिनो लगाइन् । चिनो लगाइसकेर उत्तराले लामो सास फेरिन् ।

नेट स्लो भएको कारण खोजी कार्यको चक्र हेरिरहिन् उनले । तर त्यसैबेला कम्प्यूटरबाट आवाज आउन थाल्यो । अंग्रेजी भाषामा उत्तरालाई एउटा पुरुष आवाजले सम्वोधन गरेको थियो । उत्तरा झनै छक्क परेकी थिइन् । आश्चर्यचकित उत्तराले पनि प्रति उत्तर दिन थालिन् ।

‘मैले भनेको मान्यौ भने म तिमीलाई गर्भवती बनाइदिन सक्छु ।’

त्यस आवाजले उत्तरालाई मायालु आवाजमा सोधेको थियो ।

आवाज अत्यन्त सम्मोहक थियो । उत्तरालाई त्यस आवाजको सम्मोहनले लट्ठ पारेको थियो । उनले त्यस आवाजलाई स्वीकारोक्ति जनाइन् ।

‘ढोकामा चुकुल लगाऊ ।

मधुरो बत्ती बाल ।

तिम्रा सबै पोशाक खोल ।

अब तिमी विछ्यौना जाऊ ।’

उक्त आवाजले उत्तरालाई अह्राएको थियो र उत्तराले पनि आवाजले भने अनुसार नै सबै काम गर्दै गएकी थिइन् ।

उत्तरा विछ्यौनामा पुगेको केही बेरमै कम्प्यूटरमा स्वाँ…… गरेर आवाज आएको थियो र कम्प्यूटरबाट इन्द्रधनुषसरहको किरण बाहिर निस्केको थियो । उक्त इन्द्रधनुष हेर्दाहेर्दै मानव आकृतिमा परिणत भयो । उक्त मानव आकृति विस्तारै उत्तराको विछ्यौनातिर लम्केको थियो । त्यो निर्वस्त्र सुन्दर शरीरधारी पुरुषका ओठमा मन्दमुस्कान थियो भने उसको अनुहार ओजस्वी देखिएको थियो । उत्तराले छक्क परेर ती पुरुषलाई अपलक हेरिरहिन् । सपनाजस्तो लागेर उत्तराले आफुलाई चिमोटिन् पनि तर त्यो सम्पूर्ण विपना थियो ।

त्यसपछिको समय कसरी बित्यो उत्तरा अर्ध बेहोसीकै अवस्थामा रहिन् । यत्ति हो उक्त पुरुषले सम्पूर्ण पाकक्रिडाका साथमा उत्तरासँग सम्भोग गरेर उनलाई चरमसन्तुष्टिको शिखरमा पुर्याइदिएको थियो । झन्नै आधाघण्टाको अवधिमा सबै काम सकिएको थियो ।

‘अब मातृत्वले भरिएको तिम्रो जीवन रमाइलो हुनेछ । भगवानले तिमीलाई सुखी पारुन् ।’ उक्त पुरुषले उत्तराको निधारमा चुम्बन गरेपछि विदाईको हाल हल्लाउँदै भनेको थियो । आफ्नो निधारमा त्यस पुरुषको तातो चुम्बनले उत्तरालाई आफ्नो स्वर्गवासी पिताको सम्झना गराएको थियो । अभूतपूर्व अपार आनन्दको पोखरीमा पौडिरहेकी उनले उक्त पुरुषसँग कुनै प्रश्न गर्न खोज्दानखोज्दै ऊ त पुनः इन्द्रेणीमा परिणत भएर कम्प्यूटरमा प्रवेश गरिसकेको थियो । त्यसपछि कोठा चकमन्न भएको थियो ।

अब उत्तरा वास्तविक दुनियाँमा आइपुगेझैं झसँग भएकी थिइन् । उनले भित्ते घडी हेरिन् बाह्र बज्नै लागेको थियो । उनका लोग्ने अझै फर्केका थिएनन् ।

उनी हतारहतार बिछ्यौनाबाट उठेर वाथरुम पसिन् र आफूलाई धोइपखाली गरिन् । वाथरुमबाट फर्केर खजमजिएको विछ्यौनालाई मिलाउँदा मिलाउँदै लोग्नेको मोटरको आवाज आएको थियो ।

लगत्तै उनी लोग्नेका लागि मुल ढोका उघार्न गएकी थिइन् ।

naiprasai@gmail.com

(स्रोत : Esangrila.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.