कथा : अज्ञानताले पाएको पिडा

~जयदेश श्रेष्ठ~Jayadesh Shrestha

खाना पाक्यो, म हतारिदै बुढिको पछाडिबाट बोले । बुढि झस्किई, ए खाना खाने बेला भयो ? उल्टै मलाई प्रश्न गरी । अँझ एक छिन कम्युटर चलाएर बसेको भए हुन्थो । अफिस जान ढिला भयो अलि चादै…… । आँखा तर्दै हेर्न थाली मलाई …..हासो उठ्यो । हास्दा हास्दै एउटा मुक्तक फुर्र्यो, बुढिलाई जिस्याउदै भने “ सुनकोशीमा गाडि खस्यो, त्रिशुलिमा खोज्ने, तिम्रो बुढा बिदेश गयो, खै कहिले भेटने ” । बुढिले मलाई चिमोटन खोजिन । म अघि अघि ऊ पछि पछि मैले फेरि अर्काे मुक्तक भने“ गाडि झिक्ने क्रेनले,केटी फकाउने फोनले,“ यो मान्छेसँग नसक्ने भयो बा ….म भागें ।

एक छिन पछि टेबलमा खाना राखेको रहेछ । म खान बसें मैले बिस्तारै भने म कहाँ त्यस्तो छु र देश र केटाहरूको चाला पो यस्तो लेखौ कि भनेर । लेखे भै हाल्यो नि बुढि न हाँस्न सक्यो न त रिसाउन नै त्यो देखेर मलाई आफ्नो अनुहार हेर्न मन लाग्यो । बुढिको अनुहार त हेरिरहेछु आफ्नो अनुहार हेर्न ऐना चाहिने रहेछ । आफ्नो भाग्य आफ्नो देशमा खोज्ने हो किन युवाहरू अरुको देश बिदेशमा खोज्दैछ आफ्नो भाग्य ……भावनामा दुब्न थाले म …….अनयास मेरा आँखाहरू रसाउन पो थाले…….।

हजुर बा हजुर आमा, बा आमा, दाजु भाइ, दिदी बहिनी, काका काकी, छोरा छोरी अनि श्रीमाती को छैन हाम्रा याँहा । खेत बारी, गाई भैसी, भेडा बख्रा, हाँस कुखुरा के छैन हाम्रा यहाँ । हरियाली बन पाखा, झरना खोला, साझा चौतारी, माया साटने मिठो पानीको पँढेरी सुन्दर हिमाल सबै छोडि किन जान्छन एक्लै लाहुर ?

घरको परिवार देखी गाउलेसम्म बिदाइ गर्न पुग्दछ । जब बस चढि जान्छन देखुन्जेल हेरि बस्छ । नदेखेपछि टोलाएर बस्छ । काठमाण्डौ पुगेर अनेक झन्झट बेबधान खपेर जब एयरपोटबाट उडछ । पहिला पहिला त पशुपतिनाथको चक्कर लगाएर जाने प्लेन आजकल त सिधै जान्छ । जब बिदेशी हावाले छुन्छ । एक्लो महसुस हुन्छ । को नाता को पराई सबै आ–आफ्नो धुनमा कसले कसलाई पुस्छ यहाँ अनि सुरु भयो आ–आफ्नो धन्दा ।
मलेशिया पुग्नेहरू आफ्ना गाउँमा गोरेटो नबनाउनेहरू समुद्रमा पुल बनाउन, बारीका पाटा र खेतका गर्हामा बल खेल्नेहरू स्टेडियम बनाउनेतिर लाग्छन । गगनचुम्बि घर बनाउन ज्यानको परवाह नगरी ज्यानमा हुक लगाएर ज्यामी मजदुरि गर्दछन उराठ गर्मीमा । अरब जानेहरू मलिलो खेतबारी छोडेर मरु भूमिको बालुवामा फलाउन्छन कावा खर्बुजा । गोरु नजोत्ने गधा जोत्न विवश छन यहाँ भेडा गोठालो भएर अनकन्टार भूमिमा एक्लै जिउन पर्दा मेलापात, पर्व सम्झेर एक्लै गाउन्छ दोहरी आफ्नै कथा उनेर । आफ्नो वेदनाको मार्मिक गीत गाउने नेपालीहरू गनेर साध्य छैन लाखौ लाखमा छन ।

कोही आमाले गाली गरयो भनेर, कोही बाबुले लात हान्यो भनेर कोही श्रीमती रिसाएर माईत गई भनेर कोही प्लेन चढने रहरमा, कोही समुद्र हेर्ने रहरमा कोही अर्काको लहै लहमा, बिदेशमा मेशिन सरह काम गरेर, साहुको लात सहेर वर्षाैको एक दुई दिन छुट्टी पाउदा सबै बिर्सेर समुद्रको किनारमा, ठुलो ठुलो होटलको गेटमा, राम्रो राम्रो गाडिको साईटमा बसेर फोटो खिचेर फेसबुकमा सधैभरि त्यही फोटो अपलोड गर्दा नबुझि धेरै युवाहरू नर्कमा हाम फालेका छन ।

खर्च जोगाएर घर पठाउलाभन्दा भन्दै पठाउन नसकेर आमासँग फोन गर्दा मेरो पिर लिनु पर्दैन आमा त्यहाँ सबैलाई राम्रो नै होला । पैसा पठाउन सकेन भनेर नरिसाउनु आमा म हाम्रो आँगनमा देख्यौ भने खुसी हुनु होलाभन्दा आमा छोरा मोवाईल कानमा राखेर भक्कानियर रुने आमाहरू धेरै देखेको छु मैले ।

घर पठाउन पैसा छैन, कर्म मेरो खोटो,यही चक्करले भए म घरको न घाटको, आफ्नो वेदना बुझिदिने कोही छैन साथी । घरमा बुढिलाई घर खर्च कम गर्नू छोरा छोरीलाई राम्ररी पढाउनु थोरै भएपनि पैसा पठाउन्छु भनेर फोन गर्दा बुढिले सातो जाने गरी कराउन्छ । कमाउन नसक्ने किन जान परयो बिदेश । त्यति थोरै पैसाले के गर्नै यहाँ, कता के गरेर पैसा खर्च गर्छ होला । तिमी भनेर घर कुरेर बस्न सक्दिन म । यसरी धेरैका बुढिहरू च्याठिएर बोलेको सुनेको छु मैले ।

स्वर्ग छोडि नर्क आए, अब मैले बुझे, जे जस्तो भए पनि फर्कि आफ्नै देश आए भनी फर्कि आउदा अनेक झन्झट भिसा नमिलेर जेल बस्न परेको, पुल मुनि भोक भोकै सुत्नु परेको यथार्थ सुनाएर साध्य छैन । जब नेपालको एयरपोट लिन भने छोरा छोरी साथीभाइ र श्रीमतीलाई देख्दा आफ्नो भने शरिरभन्दा बाहेक केही देख्दैन र छैन पनि हुन पनि हो श्रीमतीले ठुलो सुटकेस धेरै वटा झोलाहरू आसले हेरिरहदा लुरु लुरु आइृ बस चढेर घर जादा साथीहरू बिच बाटोमा नै बिदा भए । आफ्नो आगनमा आमालाई देख्दा खुट्टा समाएर ढोग्न खोज्दा अंगालोमा बेरिएर रुन पाउदा आमाको माया बोध भयो । आमा हजुरलाई केही ल्याउन सकिन । काठमाण्डौ जादा एउटा राम्रो सारी ल्याई दिउला आमाभन्दा पर्दैन छोरा तिमीलाई देखेर सबै थोक पाए मैलेभन्दा श्रीमतीले ठुलो टि.भि.ल्याई दिन्छ भनेर आश गरेको तिम्री आमाले नयाँ सारी किन चाहियो मलाई कुर्ता सुरुवाल ल्याई दियो भने मेरो पुरानो एउटा सारी दिउला भन्दा………….

नूनिलो आँशु मिश्रित खानाले झसँग भएछु म ।

जयदेश श्रेष्ठ
सांगा काभ्रे
jaya_desh67@yahoo.com

April 4, 2014

(स्रोत : Sahityasansar.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.