अनूदित निबन्ध : सांस्कृतिक आन्दोलनमा अवसरवाद

~बदरूद्दीन उमर~Badruddin Umar
अनु: निनु चापागाई

बंगलादेशको अर्थनीति तथा राजनीतिको क्षेत्रमा जुन अनुशासनहीन्ता, अराजकता तथा अवसरवाद आज अति सजिलैगरी देखिने गर्दछ, त्यसको प्रभाव यस देशको संस्कृतिमा पनि पर्याप्त प्रबल छ।यही कारण बाम तथा दक्षिणपन्थी मध्यमवर्गीय बुद्धिजीवी तथा सांस्कृतिक कार्यकर्ताहरूको दृष्टिकोण र कार्यशैली आदिमा पनि त्यो अनुशासनहीनता, अराजकता तथा अवसरवाद हाल ज्यादै व्यापक रूपमा देखिने गर्दछ।

कुनै पनि समाजको मुनष्यको सांस्कृतिक जीवन उसको जीविका अर्जित गर्ने पद्धति र आर्थिक जीवनसित पूर्णतः गाँसिएको हुन्छ। यस दृष्टिले बंगलादेश पनि अपवाद छैन।यसैले सांस्कृतिक क्षेत्रमा जुन व्यापक अराजकतावाद तथा अवसरवाद हामी पाउँछौं। त्यकसो चरित्र सही तरिकाबाट बुझ्न मध्यमवर्ग वा बुर्जुवा वर्गको आर्थिक कर्मकान्डका महत्वपूर्ण पक्षका बारेमा परिचित हुन आवश्यक हुन्छ।

यस प्रसंगमा सर्वप्रथम विचार गर्नुपर्ने कुरो के भने बंगलादेशको वर्तमान समयका धनी वर्ग यिनीहरू बुर्जुवा वर्गको माथिल्लो हिस्सा हुन्–जसरी आफ्नो धनसम्पत्ति कमाएको छ र कमाइरहेको छ, त्यसको हात शोषणसँग भन्दा बढी लुटपाटसित सम्पर्क छ। हाम्रो देशका धनी मानिसहरू वास्तुतः धनसम्पत्ति लुटपाटको माध्यमबाट तीब्र गतिमा कमाउन जति रूचि राख्दछन्, त्यति रूचि अनुशासित कुनै शोषण प्रक्रियाको माध्यमबाट धन आर्जित गर्न पटक्कै राख्दैनन्। १९७२ देखि लुटपाटको माध्यमबाट धनसम्पदा हासिल गर्न शुरू भएको प्रक्रिया आज पनि कायम छ। यसैले उद्योग, कलकारखाना सही ढंगले खडा गर्ने, सामान्यतया बुर्जुवा परिपार्टीबाट व्यवसायिक नियम, कानुन अनुसार नाफा कमाउने आदि नगरी उनीहरू आयात निर्यातका क्षेत्रमा व्यापक चोरी तथा तिकडम, तस्कर व्यापार बजार नियन्त्रणको माध्यमबाट अत्यधिक लाभ बटुल्ने आदि बाटोबाट नै धन कमाएर रातारात मोटाघाटा हुँदैछन् वा हुने प्रयास गरिरहेका छन्। यो रूझान कति व्यापक रूपबाट समाजमा फैलिएको छ भने माथिदेखि तलसम्म हरेक स्तरमा नै यही एउटा प्रक्रियाको माध्यमबाट धन कमाउने आकांक्षा तथा प्रयास हेर्न लायक छ। यसको फलस्वरूप अर्थनीतिको क्षेत्रमा जे भइरहेको छ, त्यो के भने उद्योगका मालिक औद्योगिक विकास गर्न सक्षम नभए तापनि रातारात आर्थिक स्थितिमा भौतिक उन्नति गर्नमा सक्षम भइरहेका छन् र यसको फलस्वरूप पूरै अर्थव्यवस्थालाई संकटमा पुर्‍याईरहेका छन्।

कुनै पनि सुसंगठित शोषण व्यवस्थामा उद्योगपति तथा व्यवसायी मानिसहरूको धनसंग्रह शोषणको माध्यमबाट हुन्छ र यसैको फलस्वरूप उद्योग तथा अर्थव्यवस्थाको पनि विकास हुन्छ। छिमेकी देश भारतमा बिडला, टाटा आदि औद्योगिक परिवारहरूले पनि यसैगरी धनसम्पत्ति कमाएका छन्। तर बंगलादेशका उद्योगपतिहरूको धनी हुने प्रक्रिया उद्योगलाई नष्ट गर्ने माध्यमबाट नै अघि बढेको छ। त्यसैले यहाँ उद्योग विकसित नभएर पनि उद्योगपतिहरू धनी हुनमा कुनै बाधा छैन र करोडौं करोड रूपैयाँ कमाएर उनीहरू धनी पनि भइरहेका छन्।

माथिल्लोस्तरमा जुन रूझान तथा प्रक्रिया जारी छ, त्यही तल पनि हेर्न योग्य छ। अतः त्यहाँ पनि अर्थ उपार्जनका क्षेत्रमा स्थापित रीतिरिवाज, नियमकानुन आज बचेका छैनन्। चोरी, भ्रष्टाचार आदिको व्यापक प्रसार देखेर नै यस विषयमा शंका गर्ने ठाउँ बाँकी रहँदैन। यस अतिरिक्त आर्थिक संकट जतिजति गहिरो हुँदै गइरहेको छ, सरसामानको भाउ त्यत्तिकै बढिरहेको छ र जीविका जति अनिश्चित भइरहेको छ, त्यत्तिकै बढिरहेको छ र जीविका जति अनिश्चित भइरहेको छ, त्यत्तिकै मानिसहरू चोरी भ्रष्टाचारलाई आडभरोसाका रूपमा समातिरहेका छन्। यो परिस्थितिमा अवसरवाद–जुन एउटा शक्तिशाली रूझानको रूपमा सम्पूर्ण समाजमा स्थापित रहनेछ–स्वभाविक छ।

जीवनको यो आर्थिक आधार र चिन्तनको रूझानले सांस्कृतिक जीवनलाई गहिरोसँग प्रभावित र नियन्त्रित गर्नेछ, यसमा विस्मित हुनुपर्ने कुनै कुरो छैन। बंगलादेशमा संस्कृतिको क्षेत्रमा जुन परिस्थितिहरू आज विद्यमान छन्, तिनमा यो स्वाभाविक विषय आज सजिलैसित हेर्नयोग्य छ।

माथि बंगलादेशका बुर्जुवा वर्गमा सम्मिलित मानिसहरूको जुन चरित्र उल्लेख गरिएकोछ, त्यसभित्र अवसरवाद नै सांस्कृतिक क्षेत्रमा सबैभन्दा बढी प्रासंगिक हुन्छ। किनभने यहाँ सिधै चोरी, भ्रष्टाचार, लुटपाटको कुनै स्थान छैन। अवसर छ आत्मविक्रयको र यही आत्मविक्रयको बाटो हो। यही बाटोबाट नै वर्तमान बंगलादेशका मध्यमवर्गको विपुल एवं अधिकतर सांस्कृतिक कार्यकर्ताहरूको पदयात्रा जारी छ।

अनुभवबाट पुष्टि हुन्छ यस देशका कवि, साहित्यकार, नाट्यकार, चित्रकार, संगीतकार आदि सांस्कृतिक कार्यकर्ताहरूमा कलात्मक शक्तिको अभाव पटक्कै छैन। तर फेरि पनि वास्तविक क्षेत्रमा प्रचलित धराका रूपमा कला, साहित्य चर्चामा खासगरी जुन मुख्य धारा बनेको छ, त्यसमा यो सामर्थ्यको कुनै प्रकाश तथा साक्षात् सामान्यता देखिंदैन।यसको कारण अवसरवादमा नै खेाज्नुपर्ने हुन्छ।

कुनै पनि कलाकारको क्षमता जति नै किन नहोस्, उसमा इमानदारी र प्रतिबद्धताको अभाव हुने बित्तिकै उसको क्षमताको विकास कहिल्यै सटीक र सही रूपमबाट हुन सक्दैन। किनभने कलाकारको क्षमताले जहाँ उसलाई लैजान चाहन्छ, इमान्दारी र प्रतिबद्धताको कमीले त्यसबाटोमा बाधाहरू, यहाँसम्म कि अलंघनीय बाधाहरू खडा गर्दछ। त्यसैले जीवनमा त्यस्तो कुनै लक्ष्यप्रति समर्पित नहुने कलाकार, साहित्यकार वा अन्य कुनै बुद्धिजीवी लक्ष्य हासिल गर्ने मार्गमा कलाकार, साहित्यकारका रूपमा आफ्नो शक्तिले बाधा उपस्थित गरेको अवस्थामा त्यस सामु झुक्न बाध्य हुन्छन्। आजको बंगलादेशमा मध्यमवर्गका बुद्धिजीवी कलाकार, साहित्यकारहरू जीविका तथा धनोपार्जनको एउटा प्राणान्तकारी प्रयासमा लागेका छन् र यही कारण उनीहरूले कला साहित्य तथा बुद्धिका चर्चालाई धेरैजसो यसको अधीन राखेका छन्। यसको अपवाद छैन भन्ने कुरो होइन, तर अधिकतर यसै धाराका अन्तर्गत छन्। अर्थात् यस क्षेत्रमा यो नै मुख्य धारा हो।

पहिले नै भनिसकेको छु, बंगलादेशका सांस्कृतिक कार्यकर्ताहरूमा कलात्मक शक्तिको अभाव छैन।यस शक्तिसँग साक्षात्कार बेलाबेलामा अकास्मात् कुनै काव्यग्रन्थ, नाटक, कथा, कविता वा चित्रमा हुन्छ। तर कलाशक्तिका यी सम्पूर्ण अभिव्यक्तिहरू कुनै नीतिमाथि स्थापित छैनन्। कलाकारहरूमा अन्तर्निहित सामर्थ्यको बलमा नै कहिलेकाहीं तिनमा यी सम्पूर्ण अपवाद देखिन्छन्।

बामपन्थी नामबाट परिचित एक किसिमका बुद्धिजीवी आन्दोलनको कुरा गर्छन् र एउटा अर्कै किसिमको सांस्कृतिक आन्दोलनसित जोडिइरहन्छन् वा जोडिइरहने प्रयत्न गर्दछन्। किनभने यिनका विपुल बहुसंख्यक मूलतः उपरोक्त मध्यमवर्गका भाग हुन र तिनैका सरह एउटै रूझानको अधिन हुन्छन्। त्यसैले यस किसिमका “वामपन्थी” कलाकार, साहित्यकार, बुद्धिजीवी मासिनहरू पनि इमानदारीर दृढ प्रतिबद्धताका आधारमा कुनै सांस्कृति कआन्दोलन सृष्टि गर्न अथवा संचालन गर्न कुनै सक्रिय भूमिका खेल्न सक्दैनन्।

सन् १९५४ मा युक्त फ्रन्ट(संयुक्त मोचा) को चुनावको विजयपछि ढाकामा जुन सांस्कृति कसम्मेलन भयो, त्यसमा पश्चिम बंगालबाट आएका सम्पूर्ण प्रतिनिधिहरूमध्ये कला, साहित्यिक मनोज बसु पनि थिए। एउटा सम्बोधन सभामा उनले के भने भने उनको कुनै कथा फिल्ममा उपयोग हुनु भन्दा अघि उनी जति स्वतन्त्रतासित र खुला मनले लेख्न पाउँथे पछि त्यस्तो सम्भव भएन। किनभने लेख्न वस्ता कथठा पर्दामा उतार्दा कस्तो लाग्ला भने बारम्बार आइरहन्छ अर्थात् यहाँ फिल्मी पर्दाको चमकले उनको कला, साहित्यलाई प्रभावित गर्दछ। आजका बुर्जुवा कला, साहित्यकारहरूको वर्तमान अवस्थालाई यस किसिमको रूझानको माध्यमबाट नै धेरै सीमासम्म व्याख्यायित गर्न सकिन्छ। किनभने दक्षिण वा बाम कुनै किसिमका बुर्जुवा नै तिनीहरू किन नहुन् किसिम किसिमका पुरस्कार तथा प्राप्तियोगको सम्भावनाबाट निनहिरू सधै नै ढलुलुल र व्याकुलप्राण रहन्छन्। रेडियो, टेलिभिजन प्रोग्रामले कला, साहित्य, भावनालाई लगभग ढाकिरहन्छन् र मनोज बसुको सिने पर्दा झैं प्रथमोक्त भावनाहरूले द्वितीयोक्त भावनाहरूलाई आफ्नो वशमा राख्दछन्। ठीक यही कारणबाट नै वामपन्थी बुद्धिजीवी र कला, साहित्यकारसित दषिणपन्थीहरूकोृ कार्यक्षेत्रमा कुनै सीमारेखा खिच्न सम्भव हुँदैन। यही कारण वामपन्थी वा प्रगतिशलि भन्ााले तिनीहरू नै बुझन्छन्, जसले आफ्ना मानिसहरूलाई त्यही किसिमको साम्य राखेर केही छिटपुट कुराकानी गरिरहन्छन्।

प्रगतिशील जनवादी तथा क्रान्तिकारी आन्दोलन वास्तवमा सैद्धान्तिक आन्दोलन वा संग्रामको एक संप्रसारित रूप हो। दोस्रो शब्दमा के भन्न सकिन्छ भने जनतामा सैद्धान्तिक संग्राम फैलाउनुको दोस्रो नाम हो –सांस्कृतिक आन्दोलन। जनताका शत्रु, दक्षिणपन्थी तथा प्रतिक्रियाशील बुर्जुवा व्यक्तिहरू र तिनका रक्षक तथा पिठ्ठु साम्राज्यवादी शक्तिहरू जनताका बीचमा पत्रपत्रिका, टेलिभिजन, नाटक, जात्रा, सिनेमा इत्यादिको माध्यमबाट जुन प्रचार गर्दछन्, जनताका माझ जुन अवास्तविक तथा उनीहरूका हितका विरूद्ध आशा आकांक्षा उत्पन्न गरेर उनहिरूलाई संग्रामविमुख बनाइराख्ने प्रयत्न गर्दछन्, त्यसका विरूद्ध आन्दोलन संगठित गर्नुको नाम नै हो–जनवादी तथा क्रान्तिकारी सांस्कृतिक आन्दोलन। त्यसैले यस क्षेत्रमा यस आन्दोलनको निर्धारित सैद्धान्तिक आधार नहुने हो, यदि यो एउटा गहिरो तथा व्यापक सैद्धान्तिक संग्रामको अ)ग नबन्ने हो भने त यो सही ढंगबाट संचालित हुन सक्दैन वा अड्न सक्दैन। यही कारण वतृमान बंगलादेशमा प्रगतिशील सांस्कृतिक आन्दोलनमा जुन शक्तिहीनता दैन्यदशा तथा दिशाहीनता, हामी पाउँछौं त्यसको मूल कारण हो सैद्धान्तिक संग्रामको शक्तिहीनता, दैन्य दशा वा यिनको वास्तविक उपस्थितिको अभाव।

बंगलादेशका वामपन्थीहरू मुखले ज्यादै ठूलाठूला क्रान्तिकारी कुराकानी गर्ने गर्छन् तापनि उनीहरूको वास्तविक कार्यकलाप विभिन्न अवसरवादी सोचविचारबाट नियन्त्रित तथा संचालित छन्। यसैले गर्दा एकातिर जसरी उनीहरूमा क्रान्तिकारी सैद्धान्तिक चर्चा, मार्क्सवादी, लेनिनवादी सैद्धान्तिक चर्चा जस्तो केही पनि छैन, त्यसरी नै कुने सांस्कृतिक आन्दोलनको सही सोचविचार वा त्यस क्षेत्रमा सक्रियता छैन।

कुनै आन्दोलन संगठित गर्नु एक वा केही व्यक्तिहरूको काम होइन। एक मुठ्ठीभर मानिसहरूले आन्दोलन शुरू गर्न त सक्दछन्, त्यसको विकास हुन र त्यो शक्तिशाली हुन चाहिं धेरैकोस्किय सहभागिता निर्भर गर्दछ। अतः एक आन्दोलनलाई धेरै मानिसहरूले त्यसमा भाग लिन र स्कित्रय हुन पाउनेगरी संगठित गर्नु आवश्यक हुन्छ।

तर यस्तो किसिमको आन्दोलन संगठित गदैृ गएर मात्र वापमन्थी संगठनहरूका सामु मनोज बसु कथित सिनेमाको पर्दा हल्लन्छ। मन्त्रीत्वको सपना, रेडियो, टेलिभिजन कार्यक्रमको सपना र विभिन्न किसिमका “अपूर्व” सबै सपना उनीहरूको सोचलाई ढाकेर अन्य चेतनालाई मोहाविष्ट गर्दछन् र उनीहरू सामयिक क्रान्तिकारी उत्तेजनावश यसो कहिलेकाहीं केही गरेर पनि पछि “तर्कसंगत” संयत भाव धारण गर्दछन्।

यस किसिमका बामपन्थी सही सैद्धान्तिक संघर्षबाट डराउँछन्, किनभने सैद्धान्तिक संग्रामको माध्यमबाट नै उनीहरूको मुखुन्डो उत्रन सम्भव छ र वास्तवमा त्यो उत्रन्छ पनि।यसैले मुखले मार्क्सवाद, लेनिनवादको कुरो धेरै व्यक्तिहरूले गर्छन् तापनि तिनीहरू अपरिहार्य सैद्धान्तिक संग्रामका विरूद्ध ज्यादै नै मुखर र सक्रिय छन्। हाम्रा नाम चलेका वामपन्थीहरू जो कोहीबाट सांस्कृतिक आन्दोलन संगठित गर्नु सम्भव हुँदैन। यही सम्भवतः यसको मुलकारण हो। किनभने अघि नै भनिसकेको छु। सांस्कृ.तिक आन्दोलन वास्तवमा सैद्धान्तिक आन्दोलनको एक खास रूप हो र त्यसको अविभाजित अंग हो।

बंगलादेशमा सांस्कृतिक आन्दोलनको आवश्यकता आज पहिले भन्दा ज्यादै बढी अनुभव गरिंदैछ र यसबारे नयाँ ढंगबाट सोचविचार शुरू भएको छ। यस क्षेत्रमा ख्याल गर्नुर्प्ने कुरा के छ भने सांस्कृतिक आन्दोलनलाई अवसरवादको मार्गबाट हटाएर राख्नका निम्ति त्यसलाई प्रगतिशी, जनवादी तथा क्रान्तिकारी सैद्धान्तिक संग्रामको आधारमा नै स्थापित गर्नुपर्नेछ। यसरी सांस्कृतिक आनदोलनलाई समाज परिवर्तन गर्ने एउटा व्यापक संग्रामको अंगको रूपमा खडा गर्न नसक्दा नयाँ तरिकाबाट आन्दोलन खडा नर्ग किन कोशिस नगर्ने? यसो नगर्ने हो भने सांस्कृतिक आन्दोलनलाई बुर्जुवा वर्गको प्रभावबाट मुक्त राखेर सही परिणतितिर लैजान असम्भव हुनेछ। अरू थोरै दिनभित्र नै यस किसिमको आन्दोलनका नेता आत्मविक्रित भएर पहिलेकै जस्तो भविष्यमा पनि आन्दोलनलाई सखाप पार्नेछन्। यो कथा साहित्य आन्दोलन, नाट्य आनदोलन, कथा आन्दोलन आदि प्रत्येक किसिमका आन्दोलन,का क्षेत्रमा फरक फरक ढंगले जसरी सत्य छ त्यसरी नै त्यस किसिमको सांस्कृतिक आनदोलनका क्षेत्रमा पनि साँचो छ, जुन सामूहिक रूपमा देशमा जनवादी तथा क्रान्तिकारी संग्रामको एउटा सहायक शक्तिका रूपमा गठित र संचालित हुन चाहन्छ।

यो लेख साहित्यिक पत्रिका पहल–३९को जनवरी–जून अंकबाट अनुवाद गरिएको हो ।

(वेदना पूर्णाऒ्ढ ६०–६१ बाट)

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक १९ – २०६६ चैत्र ११ गते, बुधबार )

This entry was posted in अनूदित निबन्ध and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *