उपन्यास अंश : अर्की आइमाइ

~नीलम कार्की नीहारिका~book cover - Arki aaimai - neelam karki niharika

 मस्तिस्कमा मटाल बीच को सम्झना झन् ताजा भएको छ /उनि पनि सम्झन्छु भन्छन /मेरो मन मा पनि बाक्लै आउने गरेको छ मतल बिच /

पछी पछीको समरमा मटाल बीच गएको बेला पुनराबृति दिन्थ्यो /त्यसैले त् त्यस पछि त्यो ‘स्लो रिभर’मा कहिले पनि तैरिन /

आसुतोष अमेरिकाको घरमा पाहुना भएर पुगेका थिए /ठुलो भान्जा भर्खर भर्खर आफनो पाटनर संग बाहिर बस्न थालेकोले उनको कोठा रित्तो भएको थियो /ऊहि ठुलो भान्जा जसको कोठामा पस्न सुरु सुरुमा मेरा खुट्टाहरु लग लग काप्ने गर्थे /

आसुतोष आफनो टेनिंगको समय तिन महिना आठ दिन सम्म उनै ठुलोभान्जा को कोठामा पाहुना बनि रहे /

सुबर्ण जी एक ब्यापारी / उनलाई जोड घटाउ राम्रै थाहा छ / नेपालको राजनीति र परराष्ट्रमा राम्रो पहुच वाला मान्छेको छोरा लाई त्यसरि सत्कारका साथ घर मा राख्नुलाई त्यहि जोड घटाउकै कुनै अंक भित्र पर्दो रैछ /

सुबर्ण जी अती सतर्क थिए आथित सत्कारमा र आसुतोषको सत्कारको सम्पूर्ण जिम्मा मलाई दिएका थिए / “राम्रो ख्याल राख्नु जे भन्छन सहयोग गरि दिनु/कम्प्लेन को कुनै बाटो रहन नदिनु /”यसरि बताएका थिए /

आसुतोषलाई बिहानै ट्रेनिंगमा जानु पर्थ्यो /उनलाई ड्राईभ गरि पुराउने जिम्मा मेरै थियो /घर मा कोहि उठी सकेका हुन्थेनन म उनलाई पुराएर फर्किदा सम्म /

उनलाई बिहान छाड्ने मात्र नभै दिउसो लिन जाने जिम्मा समेत मेरै थ्यो /खाजा बनाउने , कोठा सफा गरि दिने त् सामान्य नै भयो /लुगा धोई दिने आईरन गर्ने म नै गर्थे /

किन मेलको लागि ‘मल’ लागि दिने र बिदाको बेला उनले भनेको ठाउँमा पुराउने जिम्मा ससुराले मलाई दिएका थिए /कहिले काही किन मेलमा सासु संगै हुन्हींन होइन भने कलम किन्न समेत उनि संगै गई दिनु पर्थ्यो / हामि दुई मात्र हुन्थेयौ /

आफ्नो ट्रेनिंगको सिलसिलामा अमेरिका आएका पाहुना / यस्तो पहुंना जो म संग साथी झैँ कुरा गर्छन /मैले पनि धरै पछी आफु संग साथी झैँ कुरा गरि दिने उमेर मिल्दो साथी भेटेकी हुन्छु / असल मित्र !

म भान्छामा एकली काम गरि रहेकी हुन्थे / म राति सम्म घरको धन्दामा जुटेकी हुन्थे भान्छा संगै जोडिएको फेमिली रुममा बसेर उनि टेली भिजन हेरी रहेका हुन्थे या कम्पुटरमा गृहकार्य गरि रहेका /

आसुतोसका घरि घरी म तिर हेरी रहेका हुनेरैछन म समेत कुन बेला उन् लाई हेरी सकेकी हुने रहेछु पत्तै हुन्थेन /

घरमा हुने जम घटको बेला भान्छामा मलाई सघाउन आउथे /

सुरु सुरुमा उनि तरु नै भनि सम्बोधन गर्थे / जब उनको सुबर्ण अंकल कि पत्नी हु भन्ने चाल पाए त्यस पछी न उनले मेरो तरु नाम ले बोलाए ,न तरु पछाडी आन्टी नै जोड्न सके /

आसुतोष पाहुना भई बसेको बेला सुबर्ण जीको प्राय बाहिर बाहिर नै काम परि रहेको थियो /धेरै समय बाहिर नै रहे पनि बेला बेला फोन गरि सोध्थे “के छ उनलाई कुनै अफ्ठारो त् छैन ,राम्रो ख्याल राख्नु नि /”

सुबर्ण जी को लागि असुतोष बिसिस्ट पाहुना थिए /

स्कुल कलेज बिदा थियो ,सुबर्ण जी भ्याकेसन मनाउन छोरा छोरी लिएर क्रुज गएका थिए / युरोप भ्रमण थियो उनिहरुको /

देबरानीले पनि बाकी स परिवार मटाल बिच गई बस्ने योजना बनाईछन /

दुई रात त्यही बसन केहि खाने कुरा पकाएर आईस बक्स र पकाउने केहि समान डिक्की मा कोचेर हामि लाग्यौ माटाल बिच तिर /

छब्बिस जना को समुह थियो /

मेरो गाडी को डिक्की भरी पकाउनु पर्ने समान र केहि भाडा थियो , पछाडी सिट भरिपनि समान नै समान / दुई दिन को निम्ति भान्छा चाहिने समान बोकेकी थिए /अनि मेरो गाडी मा हुन्छौ हामि दुई मात्र /आसुतोष र म /चुपचाप /

म राजमार्ग मा गाडी कुदाउन अति मन पराउने /त्यसै ले त फुर्सद हुना साथ यसै राजमार्ग पसिदिन्थे /एक आधा घण्टा कुदाउने गर्थे र लिन्थे एक्जिट /

बेजोड दौडिएका गाडी हरु संग सँगै आफु पनि दौडिन पाउदा एक प्रकार को बेग्लै आनन्द महसुस गर्ने गर्थे /

आसुतोष ले भन्छन “अलि बिस्तारै चलाउन मिल्दैन /”

“यहाँ आफनो मन लागि चल्दैन हजुर सबै कुरा को नियम छ / पर बोर्ड देखेनौ पैसठी माईल पर आवर , नियम भन्दा छिटो दगुराए ओभर स्पिड अनि कम भए लो / छिटो दगुरे पुल वोभरमा परिन्छ अनि ढिलो चले कि पछाडी बाट कानै खाने हर्न खानु पर्छ ,कि झड्का लाग्ने गरि ठाक्कर /”

.म थप्छु ” तिमी लाई थाहा छ यहाको एक्सिडेन्टको एउटा कारण लो स्पीड हो / नियम भन्दा कम चल्दा पनि जोखिम नै छ /त्यो लेफ्ट साईड को लेन हाई स्पिड को हो, म यसै पनि कम मा चलेको छु /”

मैले आसुतोष लाई नहेरी देखि रहेकी थिए -उनका आखा लमतन्न राजमार्ग र सलल बगी रहेका गाडी तिर भन्दा मेरो अनुहार र मेरो उडी रहेको केश मा टिकी रहेको छ / नहेरे रै सबै देखि रहेकी थिए , मलाई केहि अफ्ठारो लागेको थियो /

मैले गाडी मा ए सी नचलाई दुवै तर्फ आधा- आधि सिसा खोलेकी थिए / हो, सिया खोल्दा अरु गाडी गुडेको ठुलो आवाज आउछ तर मलाई सडकमा गाडीको पांग्रा घिस्रिएको आवाज अति मन पर्ने / जिबन पनि त यसरी नै घिसृएको हुन्छ ,रगडीदै खिईदै !

हावाले उडाई रहेको मेरो केसले बाधा दिई रहेको हुनु पर्छ असुतोष को हेराई लाई / त्यसैले त उनि आफनै हातले मेरो केस हाटाउने हिम्मत गर्छन /म उनको छुवाई प्रति रिसाएको अभिनय गरि दिन्छु / तर केस उडाउने हावा आउने बाटो रोक्न सिसा बन्द गरदिन सक्दीन / केस उडेर उनि तिर हाम फाली रहन्छ / म गाडी कुदाई रहन्छु /

दिन भर नुनिलो पानी संग जिस्कंछौ /के बालक ,के वृद सबै बलुवा मा लडी बुडी गर्छौ /कुनै नाता को छेक बार हुन्न /सासु -ससुरा ,बुहारी -ज्वाई सबै बिच छ्यापा छ्याप् चन्छ /घाम चस्माले सुर्य को ताप भन्दा बढी आखाको लाज छोपी रहेको हुन्छ /

खेल्नु खेले पछि ,फोटो सेसन गर्नु गरे पछी सबै लाई थकान मसहुस हुन्छ र मेरो सम्झना हुन्छ /मलाई सम्झनु भनेको मतलब खाना सम्झिन्छन,भोक सम्झिन्छन /

आईस बकसमा लागेको खाना डिस्पोजेबल प्लेटमा बाडछु / सबैले भोक को भोजन खान्छन र सबैले खाए पछी म गाब्रेज जम्मा गर्छु /

खाए पछी सबै जना पुन :समुन्द्र तिरै हेलिन्छंन / म भने साझाको खानाको बन्दोबस्त को लागि होटल को कोठा तिर उक्लिन्छु /

हाम्रो होटल समुन्द्र को छेउ मा नै हुन्छ /

समुन्द्र हेर्ने गरि त्यतै तिर कौसी भएका कोठाहरु लिईएको हुन्छ /

सबै कोठा मा खाना बनाउन सकिने चुल्लो ,माईक्रो ओभन ,रिफ्रीजेटर र खान को लागि प्लेट र चम्चा अनि पकाउने भाडा हरु पनि भए पनि खाना पाक्ने कोठा मेरो हो /

घर का बयस्क ,वृद बाहेक सबै को लागी उनि हरु को रोजाई अनुसार को खाना मगाएर देबरानीले आफनो कोठा मा टेली भिजन हेर्न बन्दो बस्त मिलाईन्छिंन / अरु ठुला हरु सबै मेरै कोठा को कौसी मा जम्मा हुन्छौ /

अनि खाने पिउने सुरु हुन्छ /म थप्दै जान्छु सबै पिउदै जान्छन /त्यसो त मैले पनि साथ दिदै हुन्छु /सासु ,देबरानी र आमाजू को श्रीमान् ले होश नै हाराउने गरि पिउछन /आसुतोषले पनि कम पिएका थिएनन /मैले समेत अलि अलि गर्दै निक्कै पिई सकेकि थिए /

एक बजे पछी बल्ल एक एक गर्दै मेरो कौसी खाली हुन्छ / एक्लो कौसीमा म मात्र हुन्छु /

रित्तिएका गिलास र बोतल अनि पोखिएका खाना , कागजका जुठा थाली अस्त ब्यस्त हुन्छ मेरो कौसी मा /

त्यति बेला मेरो सरीर मा ति सबै सफा गर्ने जागर र बल केहि बाकी थिएन /

सुत्ने लाउन फेरेर सुत्न खोज्छु / निन्द्रा लाग्दैन र त किनारा संग जिस्क्की रहेको समुन्द्र को छाल लाई हेरेर ,क्यान को बियर निल्दै हुन्छु /

समुन्दमा पर टल्कि रहेको हुन्छ पानी जहाज / होटलको आगनमा सुईमिंग पुल र आराम कुर्चीहरु एक्ला एक्लै हुन्छन /तल तिर हेर्दा रिंगटा लाग्छ /फेरी पर टल्किएको पानी जहाज हेर्छु / हेरी रहन्छु /अझ जोड संग हात को क्यान समाउछु ,मलाई त्यो जहाजले एक प्रकार को बेचैनी थपीदिएको हुन्छ /

. “ईभा पनि तपाईको सुबर्ण जी सग क्रुज गएकी रहिछन् /” देबरानी ले बताएकी थिईन /उनिहरु गएको पाच दिन पछी थाहा लागेको थियो /

ढक ढक …ढक ढक …………..

सुन्दै हुन्छु कोहि मेरो ढोका मा हानी रहेछ /म बसेकी हुन्छु कौसीमा ,कौसी पछी सानो कोठा त्यहाँ सेता सोफा र टेली भिजन अनि खाना खाने टेबल ,त्यहा भन्दा भित्र सानो भान्छा ,अनि त्यो भन्दा अझ भित्र सुत्ने कोठा / सुत्ने कोठाको ढोका खोले पछी सीधैँ बाहिर निस्किने ढोका थियो /

बाहिरबाट आउदा ढोका खोल्ने बित्तिकै सुत्ने कोठा मा टेकिने ,त्यही बाहिरी ढोकाबाट आई रहेको थियो आवाज /

नाईट गाउन सम्मल्दै ढोका खोल्छु /मेरो सामुन्ने हुन्छन आसुतोस /भित्तामा आफनो सरिर बिसाएर आफु लाई अड्याएका हुन्छन उनि /

उनको आखा रातो थियो / चस्मा थिएन आखाँमा /

आसुतोष सरासर कौसी तिर लागछन /अघि बसेको कुर्चिमा बसछन /र मैले पिई राखेको क्यान उठाएर केहि घुड्को लगाउछंन /त्यस पछी घरि जुन पौडी रहेको समुन्द त, घरि मलाई हेर्ने गर्न थालछन / फेरी हेर्छन समुन्द्र लाई , समुन्द्र र तरु, तरु र समुन्द्र गर्दै आसुतोस का आखा ओहोर दोहर गरि रहन्छन /

अन्तमा भनेका हुन्छन ‘त्याह जानु मन छ /मेरो देशमा समुद्र छैन र यो दिन फेरी आउदैन /”

“दिन भर तिमी समुन्द्र सँगै त थियौ /” म एक क्यान खोल्दै बोलेकी हुन्छु /

‘ तर अहिले ,यती बेला जानु मन छ , यति बेला ,आकास को जुन -तारा -समुन्द्र अनि हामी मात्र / “

” यति बेला जानु ?”

” हो यति बेला ,अहिले अनि तिनीहरु नलुक्दै /” उनको संकेत आकास को तारा तिर हुन्छ /

” जाने नै हो त् ? हिड जाउ ..” म पनि तयार हुन्छु /

हामी दुबैले एक एक क्यान बियर थप्छौ / मलाई याद छ हामि लिफ्ट बाट तल झर्छौ/तर हामि अन्डर ग्राउण्ड को पकिंग स्थल मा पुगेछौ /सुन सान थियो त्यहा / दिन भर कुदेका गाडीहरु आराम गरि रहेका थिए /

हामी सिढीबाट एक तला माथि निस्कन्छौ र निस्कने ढोका भेटे पछि दगुर्छौ बाहिर तिर /

हामि बालुवा मा खाली खुट्टा हिडछौ / दिउसो जस्तो तातो हुन्न बालुवा / सेलाई सकेको हुन्छ जुन को सितले /

म बालुवामा थचक्क बस्छु /उनि मेरो हात तानेर उठाउछन् /

आसुतोष छाल सँगै हुत्तिएर जान खोज्छन म तानेर ल्याउछु /फेरी जान्छन म फेरी ल्याउछु /जुनमा टल्किएको सेतो छाल ले उनलाई आकर्सित गरेर तानी रहेको हुन्छ , म उनलाई तान्छु ……..

ठुलै कुस्ती, घम्सा घम्सी पर्छ मेरो र छाल को बिच /छाल र मेरो ताना तान बीच मा हुन्छन आसुतोस ………

आसुतोष , आफ्नो टि सर्ट खोलेर अघिनै समुन्द्र लाई बुझाई सकेका हुन्छन/ आफ्नो नाग्गो पिठ लाई चिसिएको बालुवामा दल्छन र आफ्नो छाती मा मुठी मुठी बालुवा खनाउछन् /भन्छन “ मलाई बलुवा ले पुरी देउ न अनुहार मात्र देखाएर /”

म आफनो अनजुलीले बालुवा उनको खुट्टा देखि खनाउदै जान्छु / उनको अनुहार मात्र देखिएको हुन्छ / उनि बालुवा भित्र बाट एक्कासी आफ्नो दुवै हात झीकि तानेर मलाई लडाउछन् /…………..

हामी करेसा मा लुकेर भाडा कुडी खेलने साना नानि जस्ता भएका हुन्छौ /

हामि रंग मंच मा मंचन गरि रहेका पात्र जस्ता भन्दा पनी हुन्छ / हामी संग हाम्रा दर्सक को रुप मा माथी आकासमा जुन तारा अनि धर्तीमा मस्त समुनद्र हुन्छन /

आकास को उज्यालो लाई समुन्द्र ले अझ चम्किलो बनाई हामी तिर पठाई रहेको हुन्छ /

हाम्रो दर्सक आकास र समुन्द भए झैँ ,समुद्र र आकास को प्रेमलापको दर्सक हामि दुई हुन्छौ /हामि हेरी रह्नन्छौ उनिहरुको मिलाप /निलो समुन्द्र संग निलो आकास को आखा जुधाई /

त्यो बेला मैले पनि सबै बिर्सिएकी ,बिर्सीदिएकी हुन्छु आफनो परिचय समेत /समुद्री प्रेमको दर्सक बनेर सबै भुलेकी हुन्छु /

मेरो मनमा आईरहेको हुन्छ मैले पटक पटक मस्तिषमा आउंन नदिई लखेटेको सत्य ” सुबर्ण जी यति बेला क्रुज भित्र छन ईभा संग यस्तै समुद्री माझ /” घरि घरि आउन खोजि रहेथ्यो मानसपटल लाई खलबलाउदै त्यही सत्य /

रात को समय समुद्रछेउ म छु ,समुद्र बिच छन सुबर्ण जी आफ्नी ईभा संग /

जति बढी सत्य सम्झन्थे उति नै बलियो गरि आसुतोष को पाखुरामा समाउथे /

अझै बलियो गरि समाउए ,सायद ,उन लाई दुख्ने गरि / कसरी समाते भन्ने यहिन अर्को दिन मात्र भएको थ्यो, जब चिया पिउने बेला मेरा आखा आसुतोष को पाखुरा मा परेको थ्यो /उनले नै बाहुला सर्काएर मैले देखोश भनि ईसारा गरेका थिए/ मेरा औलाका दाग स्पस्ट थिए त्यहाँ /

समुन्द्र मा हुत्तिएर छाल तिर जाने पालो मेरो थियो / म नुनिलो समुद्रमा पखालिंछु /सबै पुराना यादहरु पखालेर म चग्गा हुन् खोज्दै थिए सायद /

म हेलिएर पर सम्म पुग्दा आसुतोष मलाई समाउन आई सकेका हुन्थे /उनको पाखुरा पुन अठ्याएथे अनि नुनिलो आसु नुनिलो समुन्द्र संग मिसाएकी पनि थिए /

समुद्र आफु जसतै मानि दिदो हो मेरो आसुलाई पनि या मेरो आसु झुक्कीदो हो समुन्द्र सग , म पोखरी नै भै सकेछु भन्दो हो /

सानामा आफ्नो माग पुरा नहुदा आमा को साडी को फेरो समाएर रोएकी थिए होला/ कसम खाएर भन्न सक्छु ,आफु जान्ने भए देखि कसैलाई अठ्याएर त्यसरी कसै संग कहिले रोएकै थिईन / त्यो पनि डाको छाडेर /

कसै को छाती मा मुख लुकाएर रोएको पहिलो पटक थ्यो / रोई रहेको हुन्छु रुन साथि पो चाहिदो रै छ /साथी संग रुनु को अर्थ नै बेग्लै हुदो रैछ / हल्ला अति हल्का , आफ्नो छाती हल्का हुदो रै छ /

मैले पनि त्यो समय रुनु को लागि कसै को छाती भेटेकि थिए / आफुलाई बिसाउन को निम्ति चौतारी भेटेकी थिए /

फेरी नुनिलो पानी ले सर्वांग पखालिएकि थिए /एक समुन्द ले पुगेंन होटलको आगनमा रहेको स्वीमिंग पुल मा पुगेर डाईभ हानेकि थिए /

बिजुली चम्किए झैँ मन मा अईरहेको थियो उही कुरा – सुबर्ण जी यति बेला ईभा संग छन् !

आखा खोल्दा बन्द गर्दा उनि हरु दुई लाई मात्र देख्थे स्पस्ट हुन् खोज्थ्यो छाया /छाया ले जलाउथ्यो मेरो छाती /

हामी स्लो रिभर मा पस्छौ /दुई तिन या नजाने काति फनको लगाउछौ /

जवानी आउछ पर्खीदैन ,बगेको खोला फर्किदैन भन्थे /त्यहा भने खोला फर्केको थियो / कृतिम खोला जता बगायो उतै बगेको हुन्छ / अनि फर्किएको हुन्छ जहाँ बाट बग्न सुरु गर्यो उही सम्म /

अनि हामि “स्पा ” लिन्छौ /

तातो पानी को सानो तलाउमा घाटी सम्म डुबाएर बस्छौ /हामि दुबैलाई आफ्नो कोठामा फर्कनु कत्ति पनि हतार थिएन /तातो पानीको भुल्कामा एक अर्कोको हात बलियो गरि समाएर बसेका हुन्छौ /

तर पनि कोठा मा पुगेछौ /कुना बेला पुगियो थाहा नै भएन/

असू – “तिमी काम गरि रझ्न्छौ कति थक्छेउ होलि ,हेर तिम्रा हात हरु …/”

म – “पानी ले खाएको हात हो /”

आसु – “तिमी धेरै राम्री छौ /”

म – “तिमी लाई रक्सि लागेको छ / जाउ , त्यसैले राम्री देखेको हो /”….

आसु –“चुप ! मलाई रक्सि लागेको छैन ,लाग्दैन /तिमी लाई लागेको छ रक्सि /जडेहि हो तिमी/कति पिउन सकेकी ?”

म – “होईंन मलाई लाछैन / त्यती ले छुदैन मलाई /जाबो बियर भनेको पानी न हो / कति पर्सेन्ट हुन्छ र ? तिमी ले धेरै हार्ड पिएको / पढ्ने मान्छे त्यसरी पिउनु हुन्छ ,जडेहा तिमि …..”

आसु –“तिमी ले त हो थपी दिएकी,तिमी ले दियौ मैले खाए .के बिराए ….जहर पनि दियौ भने खाई दिन्छु ,रस्कि को के कुरा …. /…”

म – “हेर झुट बोलेको जाऊ आफ्नो कोठा मा / “

असू – “जान्न / नजाने यहि उज्यालो बनाउने / गफ गरन /मिठो लाग्छ तिम्रो आवाज /बोलेको सुन्न मन लाग्छ ….”

म –“ मलाई निन्द्रा लाग्यो ..’

असू – “तिमी सुत न त /म बसी रहन्छु यसै निदाएको हेरेर /”

म – “झेली मान्छे ,भो पर्दैन तिमी जाउ अब /”

असू –“ म बस्नु हुन्न र ?…..बस्छु यसै तिमि लाई हेरेर “

म हात समाएर उठाउछु / तान्न सक्दीन लड्छु, फेरी उठेर तान्छु /

म – “सुन न ! सुबर्ण जी ले दिब्य प्रभा लाई समेत साथै लिएर गएको होइछ,दुवै सँगै छन यति बेला /”

आसुतोष अलमल मा पर्छन /

म- “सुबर्ण जी को पहिला ओ दुलही ईभा , उनको अर्को नाम दिब्य प्रभा ,बिहे पछी प्रेम ले राखेको नाम रे क्या सुबर्ण आफै ले …./

म आसुतोष को छातीमा उनको मुटु को ढुक ढुकि नी सुन्ने गरि पुन टासीनछु / उनि सहनुभुतीको हातले मेरो टाउको सुम सुमाएका हुन्छु….. /

पिएको बेला नियन्त्रण गुमाएको हुन्छ भन्छन तर कतै स्पस्ट कतै धमिलो गरि धेरै अघि हेरेको सिनेमा जस्तो सम्झन सकिने रहेछ /,

मटाल बिच को घटना यति बेला फेरी ताजा भएर आउछ /

आज पुन स्मरण गर्छु आसुतोष आउने बाटो हेर्दै /

(नीलम कार्की नीहारिकाको हालै प्रकाशित उपन्यास अर्की आइमाइ बाट ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : पुस्तक अंश | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *