नाटक : दाम्ला

~प्रवीण पुमा~

(हिरामोती जडित सुनैसुनको घरमा एक बूढी आइमाइ झोक्रिएर बसेको छ । त्यो बूढीको वरिपरि सबै सामानहरु लथालिङ्ग छ । चुलाको छेउमा भाँडा छोपेर राखिएको छ ।)

आमा ः (मनोवादमा) अहिले म विरामी छु । तर यो साउनमा सबै मोङहरु गुफा बसेको छ । दोवा थोम्काउँनु पनि हुँदैन । मेरो बिमार लम्विएला जस्तो छ ।

तराई ः (धनुवाण काँधमा भिरेर प्रवेश गर्दै) आमा ।

आमा ः (कर्किएर हेर्दै) भन । के भयो ?

तराई ः ए ¤ केही पनि होईन ।

आमा ः (प्रश्न गर्दै) कहाँ गा’को थियौ ?

तराई ः सिकार खेल्नु ।

आमा ः (ठाडो भाषामा) खोइ त सिकार ?

तराई ः उम्कियो ।

आमा ः सधैं सिकार खेलेर घर चल्छ ?

तराई ः के गर्नु त ? (प्रतिप्रश्न गर्दै) सँधै भोकै भएपछि ? के मचाहिँ भोकभोकै मरौ ?

आमा ः त्यसरी त हुँदैन । सबैले बाँडीचुँडी बराबर खानुपर्छ ।

तराई ः कसरी बराबर खानु ? सधैं पहाडले मात्रै खाएपछि । म मात्रै हो र ? हिमाल पनि भोकै छ ।

आमा ः खोइ त हिमाल ?

तराई ः (बेवास्ता गर्दै) कोन्त । (हिमालको प्रवेश हुन्छ ।)

आमा ः हिमाल ।

हिमाल ः (ठाडो भाषामा) हैई ।

आमा ः कहाँ गा’को थियौ ?

हिमाल ः यतै । घुम्नु ।

आमा ः सधैं घुमेर जीवन चल्छ त ?

हिमाल ः खै । थाहा छैन ।

आमा ः याइहात के घुमेको त ?

हिमाल ः पहाडले छेकेपछि के गर्नु त ? ज्यान जोगाउनु कै लागि भए पनि बाहिरिनु परेन ? भोकभोकै को बस्नु सक्छ ? त्यसैले सिकार खेल्नु गा’को थिएँ नि ¤

आमा ः खोइ त सिकार ?

हिमाल ः (तराईतिर देखाउँदै) ऊ त्यो तराईले उमकायो नि ¤ पासोमा परिसकेको थियो । खुब जान्ने भएर यसले उम्कायो । (लोपार्दै) अब यी खान । सिकार जति उम्काइ हालिस् । मुखमा खानु जुरेको भापो त । अब भुत्रो खान ।

तराई ः (प्रतिपाद गर्दै) नकरा । खुब जान्ने हुन्छ । आपैंm भाँती पु¥याउँदैन । अरुलाई दोष दिन्छ । सिकार मारेको भए ता खुब खुसी हुन्थिस् होला नि ?

हिमाल ः नकरा । जाबो पासोमा पारेको सिकारलाई पनि उम्काउने मुला । खुब ठूलो कुरा गर्छ ।

तराई ः गर्छु त नि ¤ सिकार मारेको भए पनि टाउको र ह्याकुला जति लगिहाल्थिस् । मेरो भागमा ता उई खुट्टा त हो नि ।

हिमाल ः खुट्टा मात्रै होइन, पुच्छर पनि पाउँथिस् नि ।

तराई ः नकरा । नाच्नु जान्दैन, आगन टेरो ।

पहाड ः (प्रवेश गर्दै) ए ¤ केटा हो ¤ आयौ ?

हिमाल ः अँ ¤ किन बोलाको ?

पहाड ः (बस्दै) हैन । तिमीहरु कता हरायौ, हरायौ र नि ¤ यहाँँ दाम्ला बाट्ने काम पनि त्यतिकै छ ।

तराई ः आपैm बाट्न । तैले भनेभने जस्तो हामीले बाट्नु पर्छ भन्ने कर छ र ?

पहाड ः हे ¤ केटा हो, नरिसावन यार । यहाँ दाम्ला नहुँदा आमाले करकर गरेको गरेकै छ । फेरि वस्तुले बालिखाएर हैरान बनाइसक्यो । मेरो ता गोठाला गर्दैमा
जीवन जाला जस्तो भो ।

हिमाल ः बल्ला थाहा पाइस् ? पहिला त खुब हिरो हुन्थिस् नि ? यो घरको तरले पुग्यो ?

पहाड ः पहिलाको कुरा छोडिदेउ यार । पहिला त तिमीहरुले पनि खाकै हौ नि ।

तराई ः खानु त खाने नै हो नि । तर खानु पनि जान्नु पो पर्छ त ¤

तराई ः त्यैत भनेको । डोकाले छोपेर हसुरेपछि पनि हुन्छ ?

पहाड ः अब पहिला तीतोमीठो जे भयो, भयो । त्यसलाई बिर्सिएर अबचाहिँ मिलेर डाम्ला बाटौँ । भात पनि बाँडेर खाउँ । अब यसरी हुँदैन । हामी मिल्नु पर्छ ।

हिमाल ः मिल्नु ता मिल्ने । तर कसरी मिल्ने ? त्यत्तिकै मिलौंमिलौं मात्रै भनेर हुन्छ ?

तराई ः त्यैत भनेको ? पहिला पनि ‘मिलेर काम गर्ने, भात पनि बाँडेर खाने’ भन्यौ । तर पछि खाने बेलामाचाहिँ आपैंm खायौ । हामीलाईचाहिँ भोकभोकै राख्यौ । के यसपालि पनि हामीलाई भोकभोकै राख्ने बिचार छ ? (हात हल्लाउँदै) त्यसैले अब यसरी हुदैन । पहिला सबै कुराको छिनोफानो गरौ । अनि मात्रै बाँकी काम अगाडि बड्छ । नत्र काम अगाडि बढ्दैन ।

पहाड ः त्यसो नभनन । आमा पनि बिरामी हुनुहुन्छ । दाम्ला पनि बाटेको छैन । वस्तुले दुःख दिएर हैरान पारिसक्यो । बरु भोकायौ होला । आव भात खानु ।

तराई ः (हतारिन्दै) ल ल । पहिला भात खौ ।

आमा ः (रोक्दै) के को भात ? भातसात छैन ।

हिमाल ः त्यसो नभन्नुन आमा । म त भोकले मर्नु आँटेको छु । भात नखाको पनि धेरै भयो ।

तराई ः त्यैत आमा । अस्तीदेखि भोकै छौं । भोकले हातखुट्टै चल्नु छोड्यो । शरीर नै सिथिल भइसक्यो । अनुहार पनि मरिसक्यो ।

आमा ः (रोक्दै) कामै नगरी कसले दिन्छ भात ? पहिला काम सक्ने । अनि मात्रै भात खाने । तिमीहरुलाई एउटा दाम्ला बाट्नु पनि यति हत्ते ? चाहिएको बेलामा दाम्ला नबाटे कहिले बाट्छौ ?

पहाड ः बिस्तारै बाटौला नि, आमा । के को हतार ? यहाँँ दाम्ला बाट्नु कस्तो गाह्रो छ । बाटे पनि पोयै मिल्दैन ।

आमा ः एक्लै बाटेपछि कहाँ मिल्छ त ? सबै भएर बाट्नु प¥यो नि ¤

पहाड ः मिलेर त बाटौं भनेकै हो नि । (हिमाल र तराईतिर देखाउँदै) यिनीहरुले मलाई बाट्नै दिंदैन । बाट्यो कि, बिगारी हाल्छ । त्यै भएर ढिलो भा’को नि ¤

तराई ः हेरन हेर । फेरि पानी मुनिको ओभानो भा’को ? यस्तै हो भने तँ आपैm बाट् ।

हिमाल ः त्यैत । खुब आपूm मात्रै हिरो पल्टिन्दो रै’छ ?

पहाड ः नकरा ¤ टोपाहरु ¤

तराई ः (आक्रोशमा) के अरे फेरि भन ? फेरि भन त ?

आमा ः (आक्रोशमा) नकराव । कति बाझिरहेको ? छिमेकीहरुले पनि के भन्छ ?

पहाडी ः के भन्छ र ? के न के ? अलिअलि त घर झगडा भैहाल्छ नि ।

आमा ः क्याङमीहरु ¤ सधैं बाझिरहन्छ । (दर्शकहरुतिर हेर्दै) हन तपाईंहरुको परिवारमा पनि यसरी बाझिरहनु हुन्छ ?

समुन्द्र ः (प्रवेश गर्दै) म त नसोधी नै आएँ है ?

आमा ः (बेवास्ता गर्दै) किन आ’को त ?

समुन्द्र ः हैन, तिमी बिरामी छौ । त्यै भएर आ’को ।

आमा ः म बिरामी हुँदा तिमीलाई के को टिकटिक ?

समुन्द्र ः तिम्रो बिमार हामीलाई स¥यो भने नि ?

आमा ः स¥यो भने स¥यो नि ¤ मलाई के को मतलव ?

समुन्द्र ः त्यसो भनेर कहाँ हुन्छ ? तिम्रो बिमार हामीलाई स¥यो भने त खत्तमै भइहाल्छ नि । त्यै भएर तिमीलाई लिनु आ’को । जाउ, हाम्रैतिर । यहाँँ तिमीलाई स्याहार पुग्दैन । जहाँ भए पनि बस्नु नै त हो नि ¤

आमा ः (आक्रोशमा) के अरे ? फेरि भन् ? मुख समालेर बोल है । चाहिनेभन्दा धेरै बोल्दा भेटलास् नि, भाउ ?

समुन्द्र ः के पूmर्ति लाउछस् ? म बेगार तेरो घरको चुला बल्दैन । आदर्शले जीवन चल्छ ? जाबो मुसाको ज्यानले हात्तीको धाक दिन्छ । सक्छस् भने सियो बनाएर देखान् ? अनि पत्याउँला ।

आमा ः (आक्रोशमा) खुरुक्कै जान्छस कि, छिमेकीहरुलाई बोलाएर पुजा गरौ ?

समुन्द्र ः के व्यकुप रै’छ ? दुःख पायो भनेर लैजाउ भनेको ता उल्टै पो थर्काउँछ वाई ?

पहाड ः (सम्झाउँदै) समुन्द्र जी, बुढाबुढी मान्छे यस्तै हो । कुरा बुझ्दैन । अहिले तपाईं जानुहोस् । मौका मिले फेरि भेटौला ।

समुन्द्र ः (जाँदै) ल ल । तर फेरि पनि यस्तो धाक सुने भनेचाहिँ ठिक हुँदैन नि ¤

पहाड ः (सम्झाएर पठाउँदै) ल ल । अहिले जानुहोस्, जानुहोस् ।

हिमाल ः (अचम्म हुँदै) हन, यो के अचम्म यार ? हाम्रै घरमा आएर थर्कायो त ?

तराई ः थर्काउनु मात्रै कहाँ हो र ? दागै धरेर गयो नि ¤

पहाड ः दागै मात्रै कहाँ हो र ? मौका परे घरै उडाउँछ ।

आमा ः (सम्झाउँदै) हो, त्यै भएर घरपरिवार मिल्नु पर्छ । घर बलियो भयो भने कसैको केही चल्दैन । त्यसैले अब सबै दाजुभाइ मिलेर दाम्ला बाटेर राख । (भक्कानिएर रुँदै) अब म त बाँच्दिन होला । म मरे भने तिमीहरु टुहुरा हुन्छौं । टुहुरा भयौ भने सबैले हेप्छ । यो घरलाई स्याहार पनि पुग्दैन । यतिखेर यो घरलाई हुरीले उठाउनु सक्छ । होसियार हुनु है । (हिमाल,पहाड र तराई भक्कानिएर रुन्छ ।)

पहाड ः (भक्कानिएर रुँएपछि) हुन्छ, आमा । तपाईं, चिन्ता नगर्नुहोस् । हामी छौं । तपाईंलाई केही पनि हुँदैन ।

हिमाल ः (भक्कानिएर रुँएपछि) हो आमा । हामी छौं । तपाईंलाई जसरी भए पनि हामी बचाउँछौं । यो घरलाई जोगाएर राख्छौं ।

तराई ः (भक्कानिएर रुँएपछि) आमा, तपाईंलाई केही पनि हुँदैन । केही भैहाले मुन्दुम जपेर उपकार गर्छौ । तपाईंलाई जसरी भए पनि निको पार्छौ । तपाईं निको भएपछि यो घरको मुहारै फेरिनेछ । यहाँँको सबैपूmलहरु पनि हराभरा हुनेछ । तपाईं ढुक्क हुनुहोस्, आमा ।

छोराहरु ः हो आमा, हामी अहिलेदेखि नै सबै मिलेर दाम्ला बाट्छौ । त्यो दाम्लाले बैमानी बस्तुहरुलाई पनि बाँघेर राख्छौ ।

आमा ः ल ल । बाटन त दाम्ला । तिमीहरुले बाटेको दाम्ला म पनि हेर्छु । ¬(हिमाल, पहाड र तराईले बाबियो लिएर दाम्ला बाट्नु थाल्छ । आमाले दाम्लालाई हेरिरहेको हुन्छ । प्रकाश विस्तारै विलयन हुन्छ ।)
(पर्दा बन्द हुन्छ ।)

Email:sumnimatheatre@gmali.com
लेखन मितिः २०६५, बैशाष ५ गते ।

(स्रोत : Sahityasangalo.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नाटक and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *