खण्ड-काव्य : विद्रोहको छाल

~एस.वि. विवेक~

book cover - Bidroha ko chhal - S B Biwekविद्रोहको छाल
एस.वि. विवेक

प्रकाशक ः एस.वि. विवेक
विधा ः खण्डकाव्य
संस्करण ः प्रथम, असोज, २०४३
ः दोस्रो, आषाढ, २०४५
र्सवाधिकार ः कविमा
कभर ः मोहन थापा
मूद्रण ः ऐर्श्वर्य छापाखाना, रक्तकाली
मूल्य ः रू. ५।-

मेरो भन्नु
मेरो भन्नु केही छैन । जे छ यहाँहरूको मात्र छ । मैले त केवल एउटा गन्थन कोरेँ । मात्र गन्थन । गन्थनलाई राम्रोसँग तालमेल मिलाउन सकिन । भत्केको घर सजिलैसँग मेसो पर्दोरहेनछ । देशको अन्याय, अत्याचार, दमन र उत्पीडन अनि यहाँको आर्थिक अवस्था, छोटकरीमा भन्दा सिंगै नेपाल र नेपालीकोे यथार्थता देखाउन खोजेको हुँ । त्यसको साथसाथै नारीको वर्तमान अवस्था र मुक्तिको लागि चाल्नुपर्ने पाइलाको बारेमा प्रकाश पार्न चाहेथेँ । तर यथार्थतालाई काव्यात्मक रूप दिन अलि असजिलो हुँदो रहेछ । त्यसैमा पनि म त भर्खर अंकुराउन लागेेको बीज हुँ र यो मेरो प्रथम प्रयास । तैपनि हरेस खान्न । यहाँहरूको न्यानो माया, ममता र सुझाव नै मेरो लागि प्रेरणा बन्ने छन् ।
मलाई झल्यास्स याद आउँछ चार वर्षपहिलेको कुरा जब म कक्षा दशमा पढ्दै थिएँ । उतिखेर नै मैले यसको आधार तयार गरेकेा थिएँ । र एस.एल.सि. परिक्षाको लगत्तै पछि लेख्न पनि सुरु गरेँ । पहिलो प्रयास वीच वीचमा कठिनाइ र अबरोध पनि देखा परे । तैपनि जानी नजानी कोर्दै गएँ । यस तीन वर्षो अन्तरालभित्र कापीमा कोरिएका यी मेरा अन्तरभावनाहरूले मसँगै पहाड, मधेश, उकाली ओरालीहरूमा पुग्ने मौका पाए । विदेशका गल्ली गल्ली र दिल्लीको विकराल अन्धकारभित्र निस्सासिंदैै र दरवानमा लाठीको ठक्रयाक ठयाकसँगै आँसु चुहाएर पुनः स्वदेशिए । तर पनि मैले यसलाई सबैको सामु राखिदिन सकिन । गतसालको यिन्ताका पनि निकाल्ने प्रयास गरेँ तर अर्समर्थ भएँ । बल्ल आज विविध समस्यासँग जुद्धै तमाम साथीहरूको सहयोग र न्यानो अनुरागले यसलाई यहाँहरूकै हातमा सुम्पिदिने जमर्को गरेको छु । प्रथम प्रयास गल्ती प्रसस्त छन् होला तर पनि त्यसलाई केलाउने र सुझाव दिने काम यहाँहरूको नै हो । आशा एवं विश्वास छ अंकुराउन लागेको मेरो यो मनोभावनालाई नकुल्ची अगाडि बढ्न सहयोग एवं प्रेरणा दिनुहुनेछ ।
यसको प्रकाशनका निम्ति प्रेरणा दिने, अमूल्य समय दिएर यसको सुद्धासुद्धी हेरिदिने, सुझावको साथै प्रेशको व्यवस्था गरिदिने श्री अग्राखज्यूमा मेरो तर्फाट दिने वस्तु वास्तवमा केही छैन । जे छ केवल धन्यवाद । वहाँको यस सहयोगलाई अन्तिम समयसम्म भुल्ने छैन । त्यस्तै गरिबीले सताएको विद्यार्थी जीवनमा पनि आर्थिक सहयोग गरी मेरो प्रयासलाई अगाडि बढाउन भूूमिका खेल्नु भएका सम्पर्ूण्ा साथीहरूमा गहिरो धन्यवाद दिंदै पछिसम्म पनि यस्तै सहयोग र प्रेरणा पाउने आशा र विश्वासको अथाह सागरमा डुबुुल्की मार्दै विदा चाहन्छु ।
– असोज, २०४३ ) -विवेक

उपहार टक्रयाउँदै
झण्डै दर्ुइ वर्षो अन्तराल पछि । हिउँको चिसो विस्ताराबाट म विस्तारै जागेँ । डढेलोले उजाड पारेको हृदयमा कता कता पालुवाहरू अंकुराउन थालेछन् । म, सायद, यो लामो अन्तरालभरि निस्तेज र गतिहीन भै निदाएँ । अन्धकारमा छामछुम गर्ने नेत्रविहीन मगन्ते झैँ थकित भै पल्टिएँ । कसैले प्रेरणा स्वरूप दिएका वाग्वाणले घोच्दै रहे । भर्खर अंकुराउन लागेको मेरो मनोभावना कसरी टुक्रा टुक्रा भयो । कसरी स्वच्छ र कञ्चन गगनमा निराशा र अन्धकारको कालो बादल मडारियो ! तर जस्तोसुकै भए पनि निदाउन सकिदो रहेनछ । म व्युझएिँ र यताउता आँखा दौडाएँ । गल्ती महसुस भयो । आफैले आफैलाई घृणा गरेँ । म जस्तो यात्री निस्तेज भै निदाउनु कायरता हो भन्ने महसुस भयो । मलाई म बसेको रुखले ओत दिएन भनेर सम्पर्ूण्ा यात्रीलाई भुल्नु गल्ती थियो । अन्धकारमा हत्याराहरूले र्सवसाधारणलाई गरेको आक्रमण, जघन्य अपराध र हत्यालाई देेखि देखि मौन बस्नु अपराध हो भन्ने लाग्यो ।
मैले निक्कै सोचें, गुनंे र एउटा निक्र्योलमा पुगेँ, म अब उठ्छु । निशाको विरुद्धमा लड्दै रहेका योद्धाहरूलाई सहयोग गर्छर्ुु अनि निशाको साम्राज्यमा निदाएका पीडा, दुख र वेदनाले छटपटाइरहेका वटुवाहरूलाई जगाउने काममा हातोमालो गरी अगाडि बढ्छु । हो यस्तै तीता-मीठा अनुभव पछि साथीहरूले पहिलो प्रकाशनमा सहयोग गर्नुभएको ताजा अतीतलाई पुनः सम्झिदै यो कोसेली यहाँहरूसमक्ष राख्ने जमर्को गर्दै छु । मलाई पर्ूण्ा विश्वास छ यसले सहस्र स्वीकार गर्नु हुने छ । प्रकाशनको दृष्टिले यो दोस्रो प्रकाशन हो । पहिलो प्रकाशन त्यस्तै भयो । यहाँहरूलाई दिएको वचन समयमै पूरा गर्न नसकेकोमा क्षमाप्रार्थी छु । सायद पहिलो प्रकाशन पढ्नु भएका महानुभावहरूलाई यो पकाशन पढ्दा केही अचम्म लाग्ला । किन भने पहिलो प्रकाशनमा भएको निक्कै अंश काटिएको छ ।
जे होस जीवनयात्राको कठिन मार्गमा यो नवयात्री एक्लो हुने छैन । र छैन पनि । आशा एवं विश्वास छ, मैले यहाँहरूबाट ठूलो भरोषा पाउने छु । सहयोग विश्वास मिल्ने छ । यति भए सहस्र हुन्छ ।
अहिलेलाई विछोडको लामो अन्तरालपछि पुनःत्रिवेणीको संगम सँगै बग्न पाएकोमा हर्षवभोर हुँदै मिलनको खुसीयालीमा सानो उपहार टक्रयाउँदै विदा चाहन्छु ।
– असार, २०४५ ) -विवेक

र्समर्पण
वर्गीय खेल अन्तिम गोल सत्यको विजय
रक्तिम आभा पर्ूवमा, नौलो युगको उदय
निश्चय हुन्छ, विवाद कुनै बाधक देखिन्न
सामन्ती बल, बमले आँधी क्रान्तिको छेकिन्न ।
।।१।।
आतङ्क सेतो कस्तो छ यहाँ अवस्था कस्तो छ –
गरिवी यहाँ कस्तो छ भेल क्रान्तिको कस्तो छ –
जो देखेँ टिपेँ आँसुका थोपा दुःखीका आँखाको
बगेको खून योद्धाको लिएँ, अवला नारीको ।
।।२।।
जसले खून बगायो देश जनता खातिर र्
र्सवस्व दियो जसले नौलो युगको निमित्त
नेपाली वीर शहीदमा मेरो सम्झना स्वरूप
र्समर्पण गर्छर्ुुयो मेरो सानो पहिलो आँकुरा ।
।।३।।

±

पेटीमा बसी उषाले हर्ेर्छिन् साम्राज्य निशामा
घटना घुम्छ बनेर ताजा, सजल आँखामा
सङ्गिन रोपी पशुलाई जस्तै लाठीले पिटेको
भोका र नाङ्गा जनतालाई गोलीले भुटेको ।
।।१।।
प्रकृति छटा, नभका तारा मलिन देखिन्थे
चाँदीका शैल, पहाड, पाखा दुखित देखिन्थे
करुण धुन सुसेल्दै नदी बग्दैथिन् रोएर
जहाँ छ राज अन्धकारको हिमाली काखमा ।
।।२।।
जङ्गल छेउ, एकलो घर निलम थिएन
उषाको मन आकुल भयो धर्ैयता मिलेन
कहाँ गो होला – रातको बेला भोकै पो होलाकी –
रगत छाद्दै नालीको वीच पल्टेको होला कि –
।।३।।
नियम कस्तो ! पशुलाई जस्तै लाठीको भरमा
कपास, बास, गासको साटो सङ्गिन बलमा
दबाइ गर्ने शासन हक खोसेर मौलिक
सहनै पर्ने भोक र रोग धन्य हो व्यवस्था !
।।४।।
बुझनि केही कुहेको रीति माइती घरमा
बेचिन पुगँे अन्त्यमा जब, आएँ म होसमा
के गरूँ अब लाटीझैँ म छु मुक्तिको युगमा
आतङ्क जहाँ बढ्दो छ भोका नाङ्गाको देशमा ।
।।५।।

एकान्ततामा बाधक हुँदै आवाज आउँछ
उषाको तर्फ अस्पष्ट कालो तस्विर आउँछ
ए मेरो निलम ! खाने भो अब यो कालो भूतले
कहाँ छौ तिमी बचाऊ मलाई पुकारिन उषाले ।
।।६।।
हैन यो भूत म नै हुँ सखे ! किन हो भागेको –
सान्त्वना दिंदै समाते हात दौडेकी उषाको
किन हो प्रिय ! सदैव यस्तो काँतर झैँ तिमी –
विज्ञानको यस युगमा पनि भूतको कहानी !
± ± ।।७।। ± ±
खाएर खाना निलमले भन्छन् जाँदै छु बाहिर
आऊ ल प्रिय ! झोला र मेरो खुकुरी लिएर
छोड्दै छु मैले तिमीलाई सखे ! रातीको बेलामा
जानु छ मलाई सुकुम्ासीको पश्चिमी बस्तीमा ।
।।८।।
नदी र नाला, बन र पाखा चढ्नु छ पहाड
बनको बाटो जानु छ दूर पश्चिमी नेपाल
जहाँ छ भोका, नाङ्गाको बास आगोले खाएको
जहाँ छ सुकुम्बासीको बस्ती हात्तीले तोडेको ।
।।९।।
आएर पुष्पा भोलि नै यहाँ लैजालिन साथमा
छापाको काम गरेर बस्नु उनैको साथमा
धर्ैयता लिनु, अध्ययन गर्नु अवस्था आजको
शोषणका साधन राज्य र सत्ता, वर्ग र धर्मको ।
।।१०।।

प्रेमकोे सार क्रान्तिमा मिली बनोस नमूना
बाधक कैलै नबनोस् हाम्रो क्रान्तिको वीचमा
मुक्तिको लागि मरेछु भने नरुनु बिहानी
पाउन मुक्ति लेखिनु पर्छ शहीदको कहानी ।
± ± ।।११।। ± ±

हृदय जल्यो, मुटुमा घोच्यो बेचैनी बढ्दै गो
दीपको छवि भागेझैँ कोठा अँध्यारो हुँदै गो
शारदी छवि चन्द्रमा जस्ती रोएर धर्धरी
उषाले भन्छिन् नजान छोडी बनको न्याउली ।
।।१२।।
“जिउँदै मारी नछोड प्यारा ! अबला मलाई !
कमल फूल गजको वीच एकलो बनाइ !
माइती घर म देखि पर छोडेको पैलै हो
बुबा र आमा जे भने पनि आधार तिमी हो ।
।।१३।।
पर्ुवको नभ मेघले ढाकी आउला वषर्ायाम
बगेको अश्रु नीरमा मिली बग्ने छ सारा ठाम
हुनेछु शोकी, दुःखी, एकली; चिन्ताको अग्निमा-
नहोला शैल्य शरदमा प्यारा ! जल्ने छु त्यसैमा ।
± ± ।।१४।। ± ±

यो जन्मभूमि हिमालबाट चियाई हेरूँला
पवन सँगै नीरस लागे खबर सोधुँला
मेघको साथ, पन्छीको साथ समाचार पठाउँला
मरेछु भने मै मरी जान्छु सपना छोडुँला ।
।।१५।।

नरुनु प्रिय ! अन्धरी रात हटेर जाने छ
निश्चय भोलि बिहान रवि मुस्काइ दिने छ
हाँस्ने छ नभ, हिमाल, पाखा, हाँस्ने छन् जनता
मरेछु भने मै मरी जान्छु सपना छोडुँला ।
।।१६।।
मसाल हाम्रो उज्यालो साथी बन्दुक बोक्नु छ
बनाइ खाक अरीको बीज निर्मूल गर्नु छ
धेरै नै भयो रोएको यहाँ अन्धेरी रातमा
युगले भन्छ जगत फर्ेन सुनौला रूपमा ।
।।१७।।
सामन्ती बल, सैनिक, जेल हटाइ छोड्नु छ
राज्य र सत्ता, वर्ग र धर्म विनाश गर्नु छ
पर्ूवको नभ छरेर छवि मुसुक्क हाँस्ने छ
क्रान्तिले नौलो युगको यहाँ निर्माण गर्ने छ ।
।।१८।।
नरोई बसे ल देउ मेरो चम्किलो खुकुरी
मर्नु नै परे लडेर मरूँ काँतर नबनी
बगेको खून सिञ्चित होला वीरका आत्मामा
विस्फोट होला क्रान्तिको तव हिमाली काखमा ।
।।१९।।
जेल र सेना, राज्य र सत्ता बल छन् यिनका
भोका र नाङ्गा, गरिव, दुःखी वल छन् शोषित्का
जीवन हैन पशुको जस्तो सङ्र्घष्ा जीवन हो
सङ्र्घष्ा भन्नू नयाँको निर्माण बलिदान उच्च हो ।
।।२०।।

खुकुरी हाम्रो चम्कन्छ वर्ग शत्रुको माझमा
बन्दुक हाम्रो पड्कन्छ पर्ूव क्रान्तिको बेलामा
मरेछु भने आमाको निम्ति लडेर मरूँला
मुक्तिको लागि लडे है सानु बाँचु वा मरूँला ।
± ± ।।२१।। ± ±

आतङ्क बोकी विषालु हावा जोडले बग्दै छ
डसेर मान्छेहरूलाई, सारा संहार गर्दै छ
के गरी बाँचु, के गरी छोडुँ एकलै तिमीलाई
कि मारी जाऊ, कि साथ लैजाऊ अकेली मलाई ।
।।२२।।
जानेछु साथ, दिनेछु साथ, दुःखको बेलामा
हिडँुला सँगै जीवनभरि कठिन बाटोमा
तिमीले छोडे रोएर मर्छर्ुु उजाड, एकलो
जीवन मेरो धिक्कार रै’छ वसन्त बिनाको ।
।।२३।।
केवँरा फुल्छ, भ्रमर झुल्छ पराग कणमा
रोएर र्झछ पलाँस मर्छ बेकार जीवन
कुसुम टिपी गङ्गामा फाली जीवन नमार
नदीको वीच छोडेर साथी एकलै नभाग ।
± ± ।।२४।। ± ±
अवस्था हाम्रो देशको बुझ, नरोऊ बेकार
शिक्षित नारी बुझनेछौ छिट्टै असमान संसार
नराख पोको डरको अब फालिद्यौ चुँडेर
सदैव पशु बनेर कति बस्ने हो भनेर ।
।।२५।।

नेपाली हामी पशुझैँ भयौँ अति नै लुटियौँ
हिउँ झैँ चिसो जुवाको गोरु भएर नारियौँ
बर्सिन्छ लाठी शिरमा हाम्रो टाउको उठाए
सोजिन्छ सङ्गिन छातीमा भोक, दुःखले कराए ।
।।२६।।
व्यापार गयो विदेशको हात नेपाल लुटियो
उन्नती यहाँ भएन केही, आयात मात्र भो
विश्वमा तेस्रो गरिवमा हाम्रो देश छ नेपाल
उत्तिनै ऋण नेपालीमाथि अवस्था बेहाल ।
।।२७।।
औंसीको रात जस्तो छ सधै झुल्केन बिहान
सामन्ती सत्ता नढले सम्म नेपाल बन्दैन
यो देश मरे मर्दछौं हामी, त्यसैले लड्नु छ
देशका जुका, लुटेरालाई निर्मूल गर्नु छ ।
।।२८।।
सीमित व्यक्ति वीचको माया साँगुरो माया हो
गरिब, दुःखी वीचको माया वर्गीय माया हो
वर्गीय माया तिमीले गरे हजारौं शाोषित
हुनेछन् साथी जीवनमा त्रि्रो नखाऊ हरेस ।
।।२९।।
बुझेकी छैनौं न्याउली सरी दुखित तिमी छौ
हुनेछ पीडा, दुःख र चिन्ता वियोगी हुने छौ
के गरौं सानु ! जीवन भन्दा स्वाधीनता ठूलो छ
आउनेे छु छिट्टै ऐले त प्रिय ! जानु नै पर्ने छ ।
± ± ।।३०।। ± ±

बगेर आँसु बन्दछ नदी रोकेर रोकिन्न
हृदयभित्र बलेको आगो नदीले दिभ्दैन
अवला नारी के गर्न सक्छु बस्ने छु सुकेर
न्याउली चरी रोए झैँ बनको डालीमा बसेर ।
।।३१।।
अधुरो जीवन, अकेलो सफर बित्ने भो रोएर
आँखामा आँसु, दुःखित आत्मा, वियोगी भएर
नुनिलो अश्रु नदीमा जीवन बग्ने छ डुवेर
पवन सँगै बग्ने छु उडी तिमीलाई खोजेर ।
± ± ।।३२।। ± ±
तिमीले बुझनै पर्दछ, खाली हुँदैन रोएर
जीवन के हो -उद्देश्य के हो – मानिसको भनेर
देशको स्थिति,जनताको स्थिति, नारीको अवस्था
सुन लौ किन जाँदै छु मैले तिमीलाई छोडेर ।
।।३३।।
विकास कति, उन्नती कति विश्वमा भैसक्यो
सुनौला युग जन्म भै सक्यो समाज फेरियो
तै पनि यहाँ समन्ती युग कायम अझै छ
जात र भात, पुरुष-नारी वीचमा भेद छ ।
।।३४।।
भरिया सधैँ बोकेर भारी उकाली ओराली
घाम र झरी नभनी हिंड्छ जिन्दगी निचोरी
तै पनि कवै हट्दैन दुःख, ढिंडोको भोजन
वेदना, पिर, आँसुमै डुली बित्दछ जीवन ।
।।३५।।

साहूको खेत जोतेर बाली लगाइ दिनु छ
सहेर गाली साँझमा खाली बासमा फिर्नु छ
के छ र खानु घोटेर खोले, ढिडोको भोेजन
सेतो र सितो पर्दैन कैलै बच्चाका मुखमो ।
।।३६।।
जोतिनु पर्छ बेठीमा सधैँ धनीका े खेतमा
दसको सय नतिरे सम्म पशुको रूपमा
धनीको साथ असल खेत, भूमिको मालिक
कामदार सधै भोको र दुःखी कस्तो हो चलन !-
।।३७।।
भूमिसुधार आयो ता पनि कागजमा सीमित भो
बेहाल भयो सुकुम्बासीको गरिबी बढ्दै गो
फटाहा मिली सरकारी जमिन आ-आफ्नो बनाए
जालझेल गरी दुःखीको भूमि धनीले नपाए ।
।।३८।।
कृषिमा मल, बीउ र शीप, शिक्षाको कमी भो
राज्यले दिने सेवा र ऋण, आदिमा भेदभाव भो
शिरमा भारी, पोत र कर, ब्याज र बेठीको
जाल र झेल, मुद्दा र धम्की खैराते श्यालको ।
।।३९।।
विदेशी दलाल, स्वदेशी डाँका मधेशी – पहाडी
फटाहा सबै मिलेर लुटी गरिबको सम्पति
बनिबास गर्दा भएन न्याय, उल्टो पो दण्ड भो
फाँडेर बन जोत्यो रे भनी जेल र नेल भो ।
।।४०।।

यी नाथेहरू लुकेर बस्छन् गर्मी र ठण्डीमा
झुल्दछ बाली खेतमा जब आउँछन् उठेर
घाम र पानी, भोक र प्यास सहेर गरेको
उठाइ सबै लग्दिए पछि के खाई बस्ने हो ।
।।४१।।
पुनर्वास भो धनीको निम्ति गरिबको नाउँमा
फर्केनन् दिन, बलेन आगो ज्यामीको चुलोमा
दुःखीका आँसु नौधारा बगे सान्त्वना भएन
जीवन बेची गरेको कमाइ साहूले दिएन ।
।।४२।।
उजाड भयो जङ्गल सारा पुर्‍याए विदेशमा
सत्ताको आडमा काटियो बन फटाहा मोटाउन
महल बने शहर बने जङ्गल मासेर
परन्तु सास्ती दुःखीलाई बन नासे लौ भनेर ।
।।४३।।
हटेर गए हात्ती र बाघ, गैंडाका बथान
जडी र बुटी, पशु र पन्छी भैसके हजम
देशको धन हिमाली बनमा कस्तुरी हरायो
कोइलीको धुन, डाँफेको सुन्दर पहिचान मेटियो ।
।।४४।।
डाँडा र काँड नाङ्गा छन्, पाखा पानीले बगायो
गौचरन तथा खोला र खोल्सा साहूले गरायो
दुःखीको लागि हरिस छैन धनीलाई पसेट
कसरी सहौं हालत यस्तो केलाइ हेरत ।
।।४५।।

मौलिक कला, संस्कृति हाम्रो गैसक्यो मरेर
साहित्य, गीत,सङ्गीत नक्कल विदेशको गरेर
विदेशी हिप्पी संस्कृति खुवै देशमा मौलायो
सभ्यता पैलो युगको कला बेचेर सकियो ।
।।४६।।
देशको पूँजी लुटेर सबै विदेशमा लगियो
अमूल्य धातु, मर्ूर्ति र कला बेचेर सकियो
रहेन केही पछिको लागि सभ्यता यहाँको
स्वदेशी पन हराइ जन्म हुँदै गो विदेशको ।
।।४७।।
हिप्पी र डिस्को, फिलिम नाङ्गा आयात गरियो
चरेस, स्म्याक, जूवा र रक्सी ज्यादै नै मौलायो
हुने छ यहाँ चीनको जस्तो अफिमी हालत
हुनेछ ध्वस्त नेपाल हाम्रो रहेमा यै चाला ।
।।४८।।
पानीमा धनी विश्वमा तेस्रो, नेपाल नामी छ
तर छ यहाँ निशाको राज, अँध्यारो मात्र छ
नहर, कुलो, बाँध र पैनी खन्ने काम भएन
बिजुली बत्ती उत्पादन गर्न राज्यले हेरेन ।
।।४९।।
पहाडी पाखा, बेँसी र खोँच उजाड, नाङ्गा छन्
नदीमा बग्छ सहस्र जल किसान कल्पन्छन्
बोकेर पानी हुनेमा भए उनले बोक्ने थे
सिँचाइ गरी उजाड भूमि उर्वर गर्ने थे ।
।।५०।।

यहाँका नेता कमाउन पैसा सत्तामा पुग्दछन्
योजना सारा तुहेर मर्छन् नेताले डकार्छन्
राष्ट्रको चिन्ता नगर्नेहरू जन्ताको के गर्छन्
सत्तामा पुग्छन् मर्ुख र स्वाँठ के विकास गर्दछन् –
।।५१।।
काठका पुल, झोलुङ्गे पुल, घोडेटा, गोरेटा –
मन्दिर, चौकी, सडक कच्ची जनताले खनेका
विकास कार्य यिनै हुन भने राज्यले के गर्ने –
खनिज झक्िने कसले, मील, बिजुली के गर्ने –
।।५२।।
वर्षा एक अस्पत्ताल खुले, स्कूल खुलाए
कुवा र पाटी, पानीका धारा गाउँमा बनाए
रेडियो बक्छ विकास भयो गाउँमा भनेर
कसले हर्ेछ त्यहाँ छ कस्तो अवस्था भनेर ।
।।५३।।
गाउँका पञ्च मख्ख छन् सबै कलोको आसले
ढुकेर बस्छन् गाउँमा बजेट आउला कि भनेर
विश्वमा भयो उन्नती कति के थाहा उनलाई
गरीव, दुःखी सताइ बस्छन् गाउँमै रमाइ ।
।।५४।।
कपडा छैन शरीरमा राम्रो, फोहर मात्र छ
गरेर काम सुत्नु छ भोकै, बस्ती नै रोगी छ
अट्टाली चढी हर्ेदछ कुनै सुखमा डुबेर
दुःखमा डुबी जिउँछ कोही गल्लीमा डुलेर ।
।।५५।।

आमाले पोख्छिन वेदना र्झझर छहरा सुुसाइ
धर धर गरी रोएर बस्छिन् छाँगोमा कराइ
कलकल खोला सहस्र बग्छन् आमाको छातीमा
दूधका लाम्टा बेचिन पुग्छन् आमाको छातीका ।
।।५६।।
हिमाल सँगै हाँसेर भन्थिन वीर छौ भनरे
गुराँस सँगै रङ्गिइ नाच्थिन नौरङ्गी भएर
नदी र नाला, हरियो बनमा सुसेल्दै बहन्थिन्
के गर्ने पापी दुष्टले गर्दा रोएर बस्दै छिन् ।
।।५७।।
रोटीको लागि नेपाली खून बग्दछ विदेशमा
आमाको माया देशको माया रहर छोडेर
कपास, गास, बासको लागि कामको खोजिमा
बेचेर इज्जत डुल्नु छ रुँदै विदेशी गल्लीमा ।
।।५८।।
नेपाल छोडी विदेश पुगी अँधेर गल्लीमा
चौबीसै घन्टा होटेल, मिल, कोठी र गेटमा
रोटीका लागि बिताइ जीवन इज्जत बेचेर
‘गोर्खा’ र ‘कान्छा’, ‘बहादुर’ बन्न रहर होेला र –
।।५९।।
मुक्तिका दूत गाउँछन् जहाँ मुक्तिको आवाज
नेपाली लड्नु पर्दछ त्यहाँ बन्दुक बोकेर
फोकल्याण्ड टापु खूनले भिज्यो, मलाया रङ्गीयो
चेलीको सिन्दुर मेटिन गयो र्सवस्व लुटियो ।
।।६०।।

जहाँका शिर लड्नका लागि विदेश बेचिन्छ
असमान सन्धि कायम राख्ने घोषणा गरिन्छ
सैनिक, बुट, बन्दुकले जहाँ दमन गरिन्छ
शान्ति छ भनी दुहाइ माग्दै फलाको हालिन्छ ।
।।६१।।
खुल्ला भो लुट, शोषण, कालो बजारा अतिा भो
हत्या र हिंसा सामान्य भयो वलत्कार, मौलायो
सरकारबाटै संरक्षण हुन्छ लुटेरा डाँकालाई
सरकारबाटै योजना बन्छ नेपाल लुट्नलाई ।
।।६२।।
शिक्षाका दीप जलाइदिने शिक्षक वर्ग हो
चेतना नयाँ विकास गर्ने प्रथम माली हो
खराब मार्ग हिंडेकोलाई सुमार्ग देखाइ
विश्वको वीच चम्कने तारा बनाउने वर्ग हो ।
।।६३।।
देशका ठूला, बलिया खम्बा तयार गर्नु छ
वुद्धि र सीपले सम्पन्न युवा सिर्जना गर्नु छ
देशका तारा, ज्ञानको ज्योती झुल्क्याउने वर्ग हो
घृणित, नीच, आँखीको रूपमा यसलाई हेरियो ।
।।६४।।
तलब तर्फ हर्ेर्ने हो भने निराशा लाग्दो छ
बस्ने के गरी जीवन धानी उदेक लाग्दो छ
मौलिक हक, औषधीमुलो पाउनु पर्ने हो
पेशागत आफ्नो संगठन प्यारो बनाउन मिल्ने हो ।
।।६५।।

सम्मेलन तथा सभाको वीच लाठीको प्रहार
मौलिक हक माग्नेको तर्फ गोलीको प्रहार
यस्ते छ उषा दमन, हिंसा तै पनि हट्दैन
डरमा सधै न्यायको दूत झुकाइ झुक्दैन ।
।।६६।।
नेतृत्व गर्थिन नारीले पैले आदिम युगमार्
वर्ग र धर्म, जाल र झेल केही नै थिएन
विस्तारै जब विकास भयो, पूँजीको जन्म भो
नारीको हक खोसिदै गयो वर्गमा बाँडियो ।
।।६७।।
समाज रथ विकास पथ महिला-पुरुष
पाङ्ग्रा हुन् दुवै, नभए एक गुड्दैन त्यो रथ
समय सँगै मान्छेले गर्‍यो विकास धर्तीमा
नारीको हक खोसियो पुरै सामन्ती युगमा ।
।।६८।।
जहाँ छन् जुठा चुला र भाँडा, डोका र नाम्ला छन्
जहाँ छन् बाँझा खेत र भारी रण्डीका खाना छन्
त्यहाँ छन् नारी भोका र नाङ्गा दासीको रूपमा
त्यहाँ छन् नारी मेसिन सरी जोतिने खेतमा ।
।।६९।।
हजारौं चेली बेचिन पुग्छन् छिमेकी देशमा
नेपाली छोरी पशुझैँ बेची रूपियाँ आर्जन
कसरी हुन्छ महिला हिंसा साक्षी छ पोखरा
कसरी छोप्छन् गुण्डाको रूप साक्षी छ पोखरा ।
।।७०।।

महिला मुक्ति फलाक्दै हिंड्छन् सामन्ती नारीले
अधिकार भने यौनमा छुट, हिप्पी भै हिंडने
पश्चिमी फेसन, अश्लील भाषा, पाशविक आनन्द
भएमा पुग्यो नारीको हक अधिकार यावत ।
।।७१।।
त्यसैले तिमी अगाडि बढ्नु मुक्तिको खातिर
सामन्ती युग ढाल्नको लागि बन्दुक बोकेर
महिला मुक्ति हुँदैन कालो व्यवस्था नढले
हुँदैन जित महिला पुरुष एक भै नलडे ।
।।७२।।
मुक्तिको दिन आउन यहाँ सुनौलो किरणमा
महिला पुरुष एक भै हिंड्नु पर्दछ लक्ष्यमा
मुक्तिमो गीत घन्कनु पर्छ एउटै स्वरमा
रक्तिम झन्डा अडिनु पर्छ दुबैको करमा ।
।।७३।।
स्वतन्त्र रूप खोसेर सन्धि पचास कर्ुलन्छ
कुकर्मी तानाशाहले गर्दा र्सवस्व बेचिन्छ
पसेर भित्र विदेशी दलाल गुवोमा पसेर
खाँदैछन् ढाली स्वाधीन देश दुश्मन मिलेर ।
।।७४।।
चरेस, मर्ूर्ति, सुरा-सुन्दरी व्यापार फस्टायो
उद्योगधन्दा, व्यापार, कृषि कमजोर हुँदै गो
राष्ट्रियताको धरौटी राखी डुवाइ ऋणमा
शासक बस्छन्, खुसीले भुटी जनता, सत्तामा ।
।।७५।।

समस्या हाम्रो, चेतना हाम्रो, युग र अवस्था
नगरी ख्याल, विदेशी शिक्षा प्रणाली ल्याएर
राष्ट्रको शिक्षा क्षेत्रमा अस्त व्यस्तता फैलाए
उत्पादन गरी अदक्ष युवा देशलाई डुवाए ।
।।७६।। र्
धर्म र कर्म, सामन्ती प्रथा शिक्षामा लादियो
सिर्जनाविहीन्, उद्देश्यविहीन् प्रणाली रोजियो
भुटेर गिदी युवाको, सत्ता जोगाउने नियतले
विज्ञानको सट्टा नैतिक शिक्षा कक्षामा राखियो ।
।।७७।।
फिस र कापी, किताब, आदि बढेर मोल गो
शिक्षण पेशा अति भो हेला बेथिति बढ्दै गो
दुःखीले पढ्ने के गरि भोकै, गरिबी बढ्दै गो
भरिया, हली, विदेशी कुल्ली, बिकल्प हाम्रो भो ।
।।७८।।
मौलिक हक खोसेर राज्य निरङ्कुश बन्दैछ
वलत्कार गरी स्वतन्त्रताको हर्ुमत लिंदैछ
शोषण, लुट, हत्या र सेतो आतङ्क आदिको
विरोध गर्दा मिल्दछ जेल, निसाना गोलीको ।
।।७९।।
कर्मी हौं हामी संसार फर्ेर्ने साहस अपार
योद्धा हौं हामी अँध्यारो तोडी हँसाउने संसार
र्डर्दैनौं हामी कहिल्यै पनि सङ्गिन बलमा
हट्दैनौं कैलै संर्घष्ा देखि मुक्तिको मार्गमा ।
।।८०।।

गगन चुम्बी महल प्रिय ! गएर हेर त
देख्ने छौ त्यहाँ पसिना, आँसु, दुःखीको रगत
पिसेर हाड बनाइ चुना लिपेका भवन
निचोरी खून रङ्गाइ राता भएका भवन ।
।।८१।।
पसिना, आँसु मिलाई माटो छुने भो गगन
जीवन हाम्रो गुमाइ जुन खडा भो भवन
बस्दछन् ठालु लिएर मस्ती पिएर रगत
मिल्दैन जस्को पसिना बग्यो उसलाई आवास ।
।।८२।।
हे प्यारी उषा ! हालत यही रहेमा यहाँको
खतम भई जानेछ हाम्रो अस्तित्व नेपालको
लुछा र चुडी गर्ने छन् मिली विदेशी लुटेरा
काट र कुट गर्नेछन् शैल, मैदान, पहाड ।
।।८३।।
डाँडाको जून जस्तो छ आज आमाको अवस्था
हामीले भुले, स्वार्थमा भुले बेचिन्छ नेपाल
ल भन अब कसोरी बसुँ नेपाल भुलेर
सतित्व आफ्नी आमाको लुट्ने वैरीलाई ढोगेर ।
।।८४।।
यसरी देश खत्तम गर्ने सामन्ती सत्ता हो
नेपाललाई बिचल्ली पार्ने सामन्ती वर्ग हो
सामन्ती युग हुनेछ अन्त्य हाँस्ने छ नेपाल
शोषित हामी नहटी लडे विजय मिल्ने छ ।
।।८५।।

कसले सक्छ यो भेल रोक्न सङ्गिनले छेकेर
कसको बुता यो आँधी छेक्न बन्दुक बोकेर
यो भेल हाम्रो क्रान्तिको भेल नरुकी बग्दछ
कुहेको युग यसैले लग्छ कसले रोक्दछ ।
।।८६।।
लडेमा हामी निडर बनी युग यो तुहिन्छ
विश्वका ज्यामी एकता भए संसार फेरिन्छ
विश्व नै भोलि स्वतन्त्र होला नयाँ युग जन्मला
भएमा यस्तो भोलिको विश्व कसरी चम्कला !
।।८७।।
रक्तिम छवि छरिदा जग सुन्दर हुने छ
गरिंदा जित लडेर वर्ग बिनाश हुने छ
सम्पत्ति निजी खोसिन जाला कुलीन वर्गको
निर्माण होला शोषण, वर्ग बिनाको युगको ।
।।८८।।
कुहेको रीति, संस्कृति, शिक्षा खतम हुनेछ
विज्ञान द्वारा भौतिक सुख विकास हुनेछ
इच्छाले काम चाहिंदो माम राज्यको खतम
विश्वमा नयाँ युगको उषा ! हुनेछ निर्माण ।
।।८९।।
दिंदैन भात कसैले पनि भोको छ भनेर
मिल्दैन खान नरोपे सम्म झरीमा भिजेर
पस्केको भात खोसनेलाई झापड नदिए
मिल्दैन वैरी विरुद्ध साहस लिएर नलडे ।
।।९०।।

मान्छेको निम्ति संर्घष्ा प्यारो साहस उसको सार
सहस बिना संर्घष्ा हुन्न, हिम्मत बिना पार
प्रेम र जीवन त्यागनु पर्छ मुक्तिको यात्रामा
स्वाधीनता निम्ति नभए त्याग हुनकेछ कल्पना ।
।।९१।।
केवँरा फूलझैं के गर्नु फुली, उद्देश्य विहीन
भ्रमर बनी फूलमा झुल्नु बेकारी जीवन
खोलेर सिस्नो खाएर सधै आनन्द के लिनु
मेती र मुगा, सुनको जीवन जीवन के भनुँ ।
।।९२।।
गगन चुम्बी अटालीबाट के हर्ेर्नु शहर
बनेर घोडा अलङ्कारले के हुनु शोभित
ज्ञानको ठूलो अटालीबाट हेरेमा संसार
स्वतन्त्रा र स्वाधीनताजस्तो छैन क्यै अमूल्य ।
।।९३।।
नदवे कैलै, नहटे पछि जीवन यात्रामा
नरोए प्यारी मलाई सम्झी मुक्तिको बेलामा
दुःख र चिन्ता नमानी कत्ति बसे है पियारी
चखेवा एकदिन आउनेछ फर्कि चन्द्रिका चियाइ ।
।।९४।।
नमरे बाँचे वसन्तसँगै जुहारी खेलौंला
ल्याएछौं भने सुनौला युग स्वतन्त्र भएर
जनता, देश मुक्तिको लागि वर्गीय युद्धमा
मरेछुँ भने खुशी छु उषा ! यही हो मन्थन ।
।।९५।।

के भनुँ बढी अबेला भयो संसार बुझे है
म हिड्छु अब धर्ैयता लिई पर्खेर बसे है
यात्रामा कतै हाराएँ भने नरोई तिमीले
सामन्ती सत्ता नास्नका लागि मसाल समाए ।
± ± ।।९६।। ± ±
घुमिन कहीँ, बुझनि केही अवस्था देशको
पढेर मात्र के हुँदो रै’छ प्रयोग बिनाको
तिमीले गर्दा म जागेँ प्यारा अँध्यारो हरायो
जीवन बुझेँ, अवस्था बुझेँ यो मेरो देशको ।
।।९७।।
काँतर मेरो मनले अझै साहस गर्दैन
तिमीलाई छाडी एकलै बस्न मनले मान्दैन
तैपनि धर्ैय लिनेछु, रुँदै नहिंडी बाहिर
जे जति भन्यौ गर्ने छु प्यारा बुझनेछु संसार ।
।।९८।।
अँध्यारो रात हटाइ नयाँ बिहानी ल्याउने
सामन्ती युग विनाश गरी नयाँ युग ल्याउने
महान लक्ष त्रि्रो छ भने रोकेर के गरूँ
अज्ञानी बनी यात्रामा काँडा छरेर के गरूँ ।
।।९९।।
सम्झना गरी, पठाए चिÝी नभुले मलाई
म सधैँ यहाँ बस्ने छु प्यारा सम्झेर तिमीलाई
कामना मेरो फर्केर छिटो एकबार आए है
शरद बोकी चन्द्रमा बनी दर्शन दिए है ।
।।१००।।

जीवन फुली फलोस प्यारा र्सवत्र फैलियोस
छाओस शान्ति देहमा त्रि्रो चाहना पूरा होस
जीवन साथी, दुःखीका आत्मा, त्यागका नमूनाा
शुभ होस यात्रा, खुशी भै जाऊ महान यात्रामा ।
± ± ।।१०१।। ± ±
अँध्यारै थियो तैपनि हिंडे गैगए निलम
प्रकाशहीन घरभो दीन नहुँदा चन्द्रमा
आवाज बन्द भएर गयो बिचरी उषाको
कत्तिनै गरिन् तैपनि वषर्ा हुँदैगो अश्रुको ।
।।१०२।।
निराशापर्ूण्ा बिहानी आइन् थकित भएर
वेदना पोखिन् उषाको साथ उषाले रोएर
एकलै बित्यो पहिलो दिन घरमै बसेर
साँझमा साथ लिएर गइन् पुष्पाले आएर ।
± ± ।।१०३।। ± ±
त्याग्दछन् प्रेम, जीवन यिनी मुक्तिका खातिर
शोषण विहीन युगको जित गराउन निमित्त
छातीमा जस्को क्रान्तिको आवाज सलवल गर्दछ
मुक्तिको लागि छोडेर सबै क्रान्तिमा होमिन्छ ।
± ± ।।१०४।। ± ±
पहाडी बाटा, डाँडा र काँडा उकाली, ओराली
नदी र नाला, खोल्सा र नेटा, भन्ज्याङ, देउराली
जङ्गल, बेँसी, पाखा-पखेरा, गाउँ र बजार
छोडेर पछि निलम गए पश्चिमी नेपाल ।
।।१०५।।

देखिन्थे गर्खा, पहाडी बस्ती दीन र दुःखीका
पाती र खर, खप्रेटो, बाँस, माटोले बनेका
खाली छन् देह काला र फुस्रा नाकमा सिँगान
भोकले रुँदै कलिला भुरा पल्टेका धूलामा ।
।।१०६।।
सामन्तीलाई छुट छ ठगी, शोषण गरन
गाउँले माथि जाल र झेल, लुट र दमन
नपुग्दा शिक्षा, चेतना, दीप अन्धकार जहाँ छ
फलेको बाली साहूको लागि, दर्ुर्भिक्ष जहाँ छ ।
।।१०७।।
पशुको जस्तो जीवन बित्छ जहाँका मान्छेको
दासीको जस्तो जीवन बित्छ जहाँका नारीको
प्रधान, जिम्बाल, मुखिया, साहू, ठूलाको खेतमा
भोकै र तिसै जोतिनु पर्छ गर्मी र ठण्डीमा ।
।।१०८।।
सामन्ती प्रथा फिंजेको जाल धमर् र कर्मको
नरक, र्स्वर्ग, जात र भात शताब्दी सोह्रको
जाँतोमा ऐरो दुःखीका हाड पिसेर चन्दन
शोषक पिउँछन् रगत, आँसु, बोसोको मिष्ठान्न ।
।।१०९।।
उराठ लाग्दो गर्मीको याम सारा छ उजाड
घाम र माटो, ढुङ्गाले पोल्छ जीवन निराश
कोल्टा र कोल्टी गुराँस फुली सुवास र्छदछ
न्याउली चरी हाँगामा बसी बिलौना पोख्दछ ।
।।११०।।

ढुङ्गा र काँडा मिलेर घोंच्छन् फुटेका खुट्टामा
तातोले पोल्छ, धुलोलो छोप्छ ज्यामीका शरीरमा
बढेको दाढी, कपाल, नङ, पिठयूमा भारी छ
गधाको जस्तो जीवन काटी रोएर बस्नु छ ।
।।१११।।
उन्युका झाडी, जङ्गल घारी, गाउँ र बजार
भोक र दुःख, रोेगले ग्रस्त गाउँले जीवन
आत्मासात् गरी पछाडि छोडी गै पुगे चुरेमा
सुकुम्बासीको देखिन्थ्यो बस्ती जसको साम्नेमा ।
।।११२।।
नैराश्यपर्ूण्ा आवाज आयो सुनसान बाटोमा
‘बचाऊ बाबै मरेनी मता’ मान्छे पो लडेछ
उसले भन्छ ‘भोकै छु साथी सक्दिन चल्न नै
रोएर सधै बसेको म छु सहाय देऊ है ।
।।११३।।
हाँडा र भाँडा जे जति थियो साहूले लगिगो
पातीले बारी बनाको घर आगोले पोल्दियो
थिएन पाखो, खेत र बारी अगि नै लुटियो
बाजे र बाले लिएको ऋण भनेर खोसियो ।
।।११४।।
छोरो हो एक फक्लैण्ड मर्‍यो छोरी थी एउटी
जिम्वालको छोराले वलत्कार गर्दा बनैमा मरिथी
भोकले गर्दा मरी गै बुढी पुसको जाडोमा
सक्दिन भाइ गर्मी भो अति भोकैले मर्छर्ुुम ।
।।११५।।

अनेक इच्छा, सपना सारा कल्पना मात्र भो
सकिन भाइ गर्न क्यै पनि मर्नु न बाँच्नु भो
बाउ र आमा जिन्दगी भरि साहूको खेतमा
मरेथे गोरु मरेझैँ गरी म परेँ उस्तैमा ।
।।११६।।
आधार छैन, पसेछ माटो देउताको आँखामा
हेेरेन साथी दुःखको बेला म परें दुःखमा
देव र देवी थाहा भो अब धनीको मात्र हो
सक्दछौ भने बचाऊ बाबु पूण्य नै हुने हो ।’
।।११७।।
‘नबोल्नुस धेरै सुक्दछ जीउ जे हुनु भै गयो
दुःखीको सारा नेपालभरि हालत यस्तै हो
जसले गर्छ ऊ भोकै मर्छ धनीले डकार्छ
गोरु झैँ दुःखी जोतिन्छ धनी पसिना बटुल्छ ।
।।११८।।
लिने छौं दाजु बदला हामी खून र आँसुुको
लिने छौं खोसी लुटेको धन, सिर्जना अश्रमिकको
आउने छ एकदिन दुःखीको दिन, निश्चय आउँछ
शोषण, लुट, सामन्ती प्रथा अवश्य तोडिन्छ ।
।।११९।।
गरिब, दुःखी, शोषित जब हुने छौं एकता
चैतको धूपमा सल्किदा आगो सामन्ती विनाश
ल जाउFm ऐले म सँगै तल मधेशी काँठमा
बसौंला उतै बाँडेर दुःख नखानोस हरेस ।’
।।१२०।।

रुखको फेँदमा राखेर, पानी ख्वाएर उनले
कपडा जो थे लगाइ दिए गहिरो मायाले
जो थियो खाजा झोलामा खुशी मनले खुवाए
पछाडि लागे निलम अघि बुढालाई लगाए ।
± ± ।।१२१।। ± ±
हर्ेर्दै र खोज्दै चहार्दै गए फेँदीमा चुरेको
आएथे जहाँ सहयोग गर्न जलेको बस्तीको
आगोेले खाक भएकोे बस्ती काँठमा देखियो
के हुन्थ्यो बस्ती जलेका झुप्रा, खरानी भेटियो ।
।।१२२।।
भोका र नाङ्गा साँझको बेला भेटिए बस्तीमा
काला र फुस्रा, भुतुङ्गा बरा जङ्गली पारामा
‘काँ बाट आयै -के काम आयौ – दुःख यो देखन
जलाए दुष्ट मिलेर हाम्रो बस्ती यो हेरन ।
।।१२३।।
जुलुस गर्‍यौ, आतङ्क गर्‍यौ जङ्गल मासेर
मिल्दैन बस्न भनेर आगो बस्तीमा ठोकेर
साहूका छोरा भागेर गए सखाप बस्ती भो
भाग्ने त भागे नसक्ने जले हालत यस्तै भो ।
।।१२४।।
रहेन केही दुःखीको लागि र्सवस्व लुटियो
के गर्नु साथी मर्नु न बाँच्नु हालत यस्तै भो
बलिया बाङ्गा जो थिए सबै सेनाले समायो
काँ बाट आयौ बचाऊ भैया धर्म नै हुने हो ।’
± ± ।।१२५।। ± ±

सुरु भो काम, व्यस्त भो जीवन समय बित्दै गो
गरिब, दुःखी, सुकुम्बासीको एकता बढ्दै गो
जम्मा भो धन, चन्दा र दान टहरा ठडिए
जलेको बस्ती निर्माण भयो फटाहा आत्तिए ।
।।१२६।।
निलम घुमे बस्तीमा भोका नाङ्गाको छाप्रोमा
बसे ती दुःखी, वृद्ध र युवा, नारीको आँखामा
सघाए निकै किसानलाई खेत र बारीमा
सम्झाए खुबै गरिबलाई रातको बेलामा ।
।।१२७।।
पार्टर्ीीे काम, उद्देश्य आदि बारेमा बुझाए
गरिब, दुःखी, युवा र नारी योद्धा झैँ बनाए
गाउँ र बस्ती, जागेका थिए चेतना बढ्दैथ्यो
सुकुम्बासीको व्रि्रोह निम्ति तयारी हुँदैथ्यो ।
± ± ।।१२८।। ± ±
चोपट्टै दुब्ली, न बोल्छिन् धेरै न हाँसो देखिन्छ
सजल नयन, निन्याउरो मुख उदास देखिन्छ
सन्नाटा छायो, विरह बढयो, चिन्ताले घर्ेर्दै गो
दुखान्त कथा एकान्त कोठा उषाको साथी भो ।
।।१२९।।
दिनमा काम छापामा साथीहरूको साथमा
बिदाको दिन महिलासँगै गाउँ र टोलमा
रातको बेला एकलो कोठा शून्यता छाउँछ
किताव पढि्छन् तैपनि उसकै सम्झना आउँछ ।
।।१३०।।

साँझमा नेटा चौपारी शून्य पिपल फेंदमा
बसेर सधैँ क्षितिज हर्ेर्छिन् खोजेर निलम
हावाको साथ, पन्छीको साथ सोद्धछिन खवर
क्रान्तिको दूत निलम मेरो कहाँ छ भनेर ।
।।१३१।।
बादल छायो नभमा आयो घुमेर वषर्ाकाल
चौदिशा छायो मेघले कालो साम्राज्य वषर्ाजल
उत्तरी पाखा हिमका चुली हिउँमै बाक्लिए
झरना, खोला, खहरे बढे क्षितिज छोपिए ।
।।१३२।।
काँधमा हलो, जुवा र गोरु खेदेर अगाडि
भोका र नाङ्गा किसान हिंडे पसिना बगाइ
तैपनि प्राण, जीवन, आशा आएन उषाको
वषर्ाको, जल आँसुको भल मिलेर बग्दै गो ।
।।१३३।।
रातमा हर्ेर्छिन झयालको डिलमा बसेर बाहिर
सिम्सिमे वषर्ा कता हो कता लुकेको संसार
के गर्दैहोला कहाँ पो होला सुतेको होला कि –
रातमा भिजी पानीमा बाटो हिंडेको होला कि –
।।१३४।।
विस्तारै वषर्ा बितेर गयो शरद झुल्कियो
मनमा शान्ति मिलेन झनै अँध्यारो मात्र भो
आँसुको बुँद टलपल गर्छ, शीतको दानामा
फुलको लता, गगन वीच देखिन्छ निलम ।
।।१३५।।

तैपनि चित्त बुझाइ भन्छिन् के गर्ने यस्तै हो
क्रान्तिको बेला म जस्ती नारी तड्पिनु र्व्यर्थ हो
बाटामा साथ म दिन सकुँ मुक्तिको यात्रामा
आमाको निम्ति म लड्न सकुँ योद्धाको साथमा ।
।।१३६।।
लक्ष्यमा पुगोस जीवन, पूरा जनता जागा होस
बाटामा काँडा नफैलोस, फैले सहजै मिल्काओस
निश्चय लामो घुमेको बाटो हिंड्नेछन् बटुवा
जङ्घार, खोला, नदी र नाला तर्नेछन् सहज ।
।।१३७।।
भन्दैमा बित्यो, रुँदैमा बित्यो शरद गैगयो
तै पनि पीडा भागेन झनै निष्ठुर बन्दै गो
क्रान्तिको ज्वाला दन्किदै गयो तुफानी आँधीमा
आतङ्क सेतो कस्सिदै गयो बन्दुक बलमा ।
± ± ।।१३८।। ± ±
भोका र नाङ्गा, रोगी र जर्ीण्ा, जिग्रिङ्ग कपाल
काला र फुस्रा शरीर तर हृदय निर्मल
निलम घुम्थे गाउँ र बस्ती साथमा उनैकोर्
गर्दथे काम खेताला सँगै खेतमा किसानको ।
।।१३९।।
बस्तीका तारा, निलम सारा क्षेत्रमै प्रिय थे
उनले भने अर्पिन ज्यान, नउठ्ने कमै थे
लडाकू दल युवाको उनी तयार गर्दैथे
चैतको धूपमा सल्कने आगो निर्माण गर्दैथे ।
।। १४० ।।

बिस्तारै आयो लहर ठूलो संर्घष्ा बोकेर
गाउँमा बग्यो जगाइ युवा तुफान बनेर
हषिर्त हुन्थे संर्घष्ा ठूलै छेडिने सुनेर
छिट्टै नै अब दुःखीको दिन आउने छ भनेर ।
।। १४१ ।।
नभन्दै उठयो बस्ती नै सारा स्कूल बन्द भो
बस्तीको छेउ बजार उठयो क्याम्पस बन्द भो
संर्घष्ा बढ्यो प्रहरी गस्ती गाउँमा तीव्र भो
तै पनि सक्थ्यो कसले छेक्न डढेलो सल्कियो ।
।। १४२ ।।
एकदिन निस्क्यो जुुलुस ठूलो किसानहरूको
विद्यार्थी, सुकुम्वासी र ज्यामी, शोषितहरूको
जुलुस पछि वक्ताले बोले, निलमको पालोमा
तालीले सभा गुञ्जयमान भो करतल ध्वनीमा ।
।। १४३ ।।
उनले भन्छन्-सुकुम्बासी र किसान मिलेर
ज्यामी र कुल्ली, विद्यार्थी, सबै एकता भएर
निरङ्कुस सत्ता, सामन्ती प्रथा बिनास गर्नु छ
नयाँ र नौलो युगको निम्ति संर्घष्ा गर्नु छ ।
।। १४४ ।।
जागेर हेर मिर्मिरे भयो पर्ूवको गगन
खुल्दै छ, लाली चढेर छिट्टै हुनेछ फरङ्ग
भो भयो अब निदायौं खुवै भुसुक्कै भएर
रोपेको धन र्सवस्व लुट्न वैरीलाई दिएर ।
।। १४५ ।।

सल्कन्छ एकदिन आगोको मुस्लो चैतको धूपमा
उठ्ने छ एकदिन मान्छेको आँधी भोकको रिसमा
फोडेर जेल, छिनाली नेल, खोसेर बन्दुक
फोडिन्छ भुँडी दुःखीको खून चुसेर खाएका ।
।। १४६ ।।
बोलेर धावा लखेट्नु पर्छ चुसाहा डाँकालाई
तोडेर जाँघ उखेल्नु पर्छ वैरीका जरालाई
रक्तिम झन्डा बोकेर साथी अँगाडि बढ्नु छ
मान्छेको मासु खाने दुष्टको संहार गर्नु छ ।
।। १४७ ।।
दुष्ट हो अब ख्याल गर भार धर्तीका, चुसाहा
अन्तेष्टि छिट्टै गरिन्छ त्रि्रो राष्टका लुटाहा
लुटियौं खुवै, लिएछौ मोज, पिएछौ रगत
बुनेछौ जाल नफुक्ने गरी फँसाइ संसार ।
।। १४८ ।।
न्याय हो यही फुसका घर हात्तीले भत्काउने !-
विकास हो यही गरिवका झुप्रा खरानी बनाउने !-
विदेशी हुली जङ्गल सकी मालिक बनाइ
नेपाली सुकुम्वासीको भूमि बलैले हडप्ने ।
।। १४९ ।।
साथी हो ! अब सुतेर हुन्न उठेर लड्नु छ
फटाहा, जाली, दुष्टको अन्त्य गरेर छोड्नु छ
खोसेर भूमि लिनु छ, क्रान्ति कृषिमा गर्नु छ
लुटेरा दलाल, विदेशी श्याल लखेट्नु पर्दछ ।
।। १५० ।।

पिसिन्छ हाड मिलमा सधैँ मजदूर वर्गको
सञ्चय हुन्छ करोडौं पूँजी भुस्तिग्रे ठालुको
भोकै र नाङ्गै बगाइ आँसु धेरैकाल बसियो
अब त साथी श्रमको फल खोसेर लिने हो ।
।। १५१ ।।
सीमान पारि, समुद्र पारि धेरै नै देश छन्
हामी नै जस्ता दुःखी र गरिव कामदार वर्ग छन्र्
गर्छन् रे त्यहाँ संर्घष्ा ठूलो नहटी पछाडि
सुनौला युग, गरिवका दिन ल्याउन अँगाडि ।
।। १५२ ।।
खस्दछन् बम हेडक्वाटरमाथि, शत्रुका किल्लामा
एकता छन् रे भोका र नाङ्गा मुक्तिको यात्रामा
विश्वकै ज्यामी बड्दैछन् अघि अधिकार लिनलाई
मान्छेले मान्छे खाने यो युग उल्र्टाई दिनलाई ।
।। १५३ ।।
्हिमाली काख, सुन्दर देश आस्थाको केन्द्र हो
नेपाली जाति, नेपाली भाषीहरूको मुटु हो
सुतेर हुुन्न, बसेर हुन्न मुक्तिको बेलामा
यै चाला रहे रहन्न देशै विश्वको नक्सामा ।
।। १५४।।
वीचमै आयो दानबी दल ओइरियो सभामा
लाठी र बुट बजार्न लाग्यो निहत्था जन्तामा
जन्ताले पनि उत्तर दिए ढुङ्गा र मुढाले
हँसिया अनि हथौडा बज्रे हातैले मुन्टाए ।
।। १५५ ।।

कसैले खोसे दुष्टका टोप, लाठी र बन्दुक
संसार फर्ेर्ने तागतहरू के हुन्थे काँतर
पहरा फोर्ने बलिया हात शिरमा बज्रिए
दुष्टका बल बन्दुक सबै खतमै गर्दिए ।
± ± ।।१५६।। ± ±
विस्तारै उषा अँगाडि बढिन् महान यात्रामा
निक्कै नै पढिन् जीवन, मुक्ति, संर्घष्ा बारेमा
कहिले काहीँ आउँथे चिÝी सम्झना बाकेर
मुक्तिको निम्ति अगाडि बढ्न हौसला लिएर ।
।।१५७ ।।
निलम सम्झी रुँदैनन् अब फर्ुसदै हुँदैन
प्रत्येक दिन भेला र वैठक नपुगी हुँदैन
कहिले वारि कहिले पारि गाउँ र शहर
छापामा काम उत्तिकै हुन्छ गर्नु नै पर्दछ ।
± ± ।।१५८।। ± ±
सुकुम्बासीको बस्तीमा छायो प्रहरी दमन
गाउँका युवा, किसान, ज्यामी कोचिए जेलमा
निलम तथा किसान नेताहरूको खोजिमा
जासुुस पछि लागेका थिए बस्तीमा र्सवत्र ।
।।१५९।।
केही दिन पछि बस्तीमा राती बैठक बस्दैथ्यो
आगामी दिनको संर्घष्ा बारे छलफल हुँदैथ्यो
भुक्भुको हँुदा सकियो बैठक, निस्किने बेलामा
घेरेको थियो सेनाले गाउँ र घर औ आँगन ।
।।१६०।।

सबैले पुनः सल्लाह गरी योजना बनाए
भएको एक बन्दुक बोकी निलम निस्किए
बन्दुक बलमा खुलाइ बाटो साथीलाई भगाए
परेका अँघि गोलीले भुटी स्वयम् फुत्किए ।
।।१६१।।
तैपनि उनी वीचमा परे सेनाले भेट्टाए
सयौंको वीच एकलै लडे हिम्मत देखाए
निक्कै नै ढाल,े निलम घुमे गुरिल्ला घुमेझैँ
खलबली भयो शत्रुको तर्फ निकै नै मुन्टाए ।
।।१६२।।
के गर्नु केही समयपछि शत्रुले छोडेको
गोलीको पर्रर्ााातीमा गडयो नेपाली वीरको
जनता, देश, क्रान्तिका लागि महान यात्रामा
निलम ढले मुक्तिका लागि आमाको काखमा ।
± ± ।।१६३।। ± ±
आँधी झैँ आयो निलम मृत्यु भएको खवर
सन्सनी छायो नेपालभरि फैलियो सन्त्रास
विचरी उषा ! बेहोस भै ढलिन केराको थामझैं
हे मेरो प्यारा ! काँ गयौ भनी इन्तु न चिन्तु भै ।
।।१६४।।
एकान्त कोठा, अँध्यारो निशा, शून्यता छाएको
शून्यमा गीत आँसुको, मुटु छिचोली निस्केको
आँतिलो बज्र शिरमा पर्‍यो बेहोस बनायो
अस्ताइ शशी नभमा कालो अँध्यारो बषर्ायो ।
।।१६५।।

हे मेरो प्राण ! कहाँ म पाउँ खोजेर तिमीलाई
छाडेर गयौ कसरी यहाँ एकली मलाई
सपना मेरा पुरिन गए विपना भत्किए
बिहान हुँदा नहुँदै फेरि निशामा हराए ।
।।१६६।।
रातको रात जस्तो छ कतै बाटो नै देखिन्न
निलम मेरो कहाँ छ भन यहाँ त देखिन्न
आँखाको नानी जहाँगो मेरो उहीँ नै जान्छु म
कसरी बसुँ एकलै यहाँ माटोमै जान्छु म ।
।।१६७।।
जीवन साथी मुटुको चाल सपना विपना
तिमी नै थियौ प्रकाश पुञ्ज चम्किलो चन्द्रमा
रहेन केही खोसियो मेरो र्सवस्व खोसियो
हृदय मेरो चिरियो पुष्पा ! असाध्य चिरियो ।
।।१६८।।
सुकेर घाँटी खोजे हौ पानी कसले दिए हो
भए हो कति दुःख र पीडा, छटपटी भए हो
दहमा खूनको सुतेको बेला म त्यहाँ भइन
कठिन कति भए हो प्यारा ! म त्यहाँ भइन ।
।।१६९।।
हे पापी दुष्ट डाहा भो तँलाई कलंकी, दुष्कर्मी
हाँसेको तँलाई असहृय भयो धन्य छ तँलाई !
बचाऊ पुष्पा ! दिगन्त घुम्यो, भूतल हल्लियो
गरूँ म कसो भन लौ छिटो डढेलो सल्कियो ।
± ± ।।१७०।। ± ±

विलाप गरी नरोऊ उषा ! पीडा छ सबैलाइ
वियोगी भई, विलाप गरी हामीलाई नरुवाऊर्
पर्छ नै मर्नु ढिलो र चाँडो मर्ने हो कुनै दिन
मिलन पछि विछोड हुन्छ,अन्धकार पछि दिन ।
।।१७१।।
यै बाटोबाट जन्मेथ्यौं हामी यसैमा मिल्नु छ
बाँचियो आज भोलि त के हो जीवन यस्तै छ
जन्मिए पछि मर्नु नै पर्छ सम्पर्ूण्ा छोडेर
मर्नुको पनि किसिम हुन्छ हुँदैन रोएर ।
।।१७२।।
जनता, देश, मुक्तिका लागि जीवन त्यागेर
व्यक्तिगत सुख छोडेर सबै स्वतन्त्र भएर
जो मर्‍यो खाई गोली र लाठी मुक्तिका खातिर
मर्दैन बाँची रहन्छ, मर्छ दुष्ट र कलङ्क ।
।।१७३।।
मरेका छैनन् निलम हाम्रा जीवित तिनी छन्
माटोको देह माटोमा मिल्यो विचार यहाँ छन्
ऊ मरे पनि मर्दैन कैले विचार उनको
चम्कन्छ दीप अमर बनी बलिदान उनको ।
± ± ।।१७४।। ± ±
धापैमा जन्मे, धापैमा हर्ुर्केँ बुझनि संसार
कसरी परें गजको हात फुत्किनै सकिन
तै पनि गयौ लिएर माया साहस गरेर
छुटायौ मेरो जीवन गज विरुद्ध लडेर ।
।।१७५।।

हे मेरो साथी ! दिएथ्यौ आँट सुमार्ग हिंडने
दिएथ्यौ आँखा सुदूर पर्ूवको बिहानी देखने
तैपनि मैले सकिन तिर्न गुनको वदला
पापीनी बनी एकलै छोडें वीचमा युद्धको ।
।।१७६।।
थिएँ म कति खुसी र सुखी, चन्द्रमा सँगैमा
नाचेर, बस्थेँ साथमा त्रि्रो हषिर्त भएर
कल्पना कति गर्दथें भावी जिन्दगी बारेमा
बहार गर्थें भावको जेट चढेर सगरमा ।
।।१७७।।
कसरी सुक्यो नदीको जल, सौर्न्दर्य फूलको
लुटियो यौवन कसरी, टुक्रा चुँडियो दिलको
विश्वासमाथि बनेको मेरो महल भत्कियो
प्रशान्त माथि उडेको जेट कसरी जल्न गो ।
।।१७८।।
पाइन दिन पानीको थोपा अन्त्यको बेलामा
पूर्र्णोको शशी अस्ताइ गयो म देख्न पाइन
माइती खुशी हुने छन् मेरा, इरादा पूरा भो
दर्ुवाच्य बोली घृणाले हर्ेन सजिलो हुने भो ।
।।१७९।।
भन्ने छन् सबै विधवा, राँडी, दुष्कर्मी, पापीनी
नपुग्दै वर्षलोग्नेलाई टोकी राक्षसी चालाकी
खोज्ने छन् चुरा फुटाउन, राता कपडा च्यातन
शिरको रातो सिन्दुर मेटी दासीमा बदल्न ।
।।१८०।।

मरूँ नै भने कसरी मरूँ काँतर बनेर
सहेर बसुँ कसरी दुःखी, एकली भएर
कसले सुन्ला यो मेरो कथा म सोच्न सकिन
बदला कस्ले रगतको लेला म खप्न सकिन ।
±± ।।१८१।। ±±
के गरौैं उषा ! जनता, देश सबैको खातिर
आँतिलो बज्र शिरमा पर्‍यो निष्ठुरी बनेर
जत्तिको चोट तिमीमा पर्‍यो उस्तै हो हामीमा
रोएर पनि के गरौं साथी मुक्तिको बेलामा ।
।।१८२।।
रोएर बस्ने बेला यो हैन हत्याको विरुद्ध
ओकली घृणा वदला लिने गर्नु छ सङ्कल्प
तिमीनै रोए यो देश रुन्छ, कर्तव्य भुलेर
मदन बनी रोएर हुन्न संर्घष्ा भुलेर ।
।।१८३।।
त्यसैले उठ काँतर बनी नरोऊ बसेर
मुक्तिका लागि नगुमी हुन्न यौवन हजार
निडर बनी सोजाऊ नाल, बदला खूनको
खूनले लिने सङ्कल्प गर माया छ वीरको ।
।।१८४।।
हजारौं दुःखी, हजारौं साथी एकता भएर
शोषित, नारी, किसान, ज्यामी आँधीझैँ भएर
पसिना, आँसु, खूनको साथी बदला लिने छौं
सामन्ती जाल, कुहेको युग पल्टाइ दिने छौं ।
± ± ।।१८५।। ± ±

हुन्हुनी हावा रातमा बग्यो सम्झना बोकेर
उषाले हेरिन रातले निली रहेको संसार
निलमको चित्र आँखामा नाच्यो बेचैनी बनायो
मनको व्यथा चर्किदै गयो पीडित बनायो ।
।।१८६।।
उषाले सोचि मनमा गुनिन् ‘सपना जलाई
के गरी बसुँ शत्रुको सामु आँसुले भिजाई
जो रुनु रोएँ, म रुन्न अब काँतर बनेर
म जान्छु प्यारा ! देशको निम्ति बन्दुक बोकेर ।
।।१८७।।
वैलेको फूल सम्झना गर्छ बितेको संसार
कानमा शब्द निलमको बज्छ सम्झना दोब्बर
“प्रेम र जीवन त्यागनु पर्छ मुक्तिको यात्रामा
नरोए प्यारी मलाई सम्झी मुक्तिको बेलामा ।”
।।१८८।।
निलमको फोटो हाँसे झैँ देख्छिन् जरुक्क उठ्दछिन्
छातीमा टाँसी चुम्वन गरी कदम बढाउँछिन्
सुरिलो लय निलमको बज्छ “संर्घष्ा जीवन हो
मुक्तिको लागि लडे है सानु बाँचु वा मरूँला ।”
।।१८९।।
म जान्छु प्यारा साहस बोकी दुःखीको माझमा
मुक्तिको लडाइँ म लड्न जान्छु अरीको वीचमा
सपना त्रि्रो बोकेर प्यारा अँगाडि बढुँला
भनेका थियौ विछोडमा प्यारी ‘ सपना छोडुँला ।’
।।१९०।।

बुबा र आमा हजार मेरा दीन र शोषित
म जान्छु अब साथमा उनको सुपुत्री भएर
हजार चेली, नेपाली छोरी साथमा हुनेछु
दुःख र चिन्ता सुन्ने छु, मेरो सुनाइ दिनेछु ।
।।१९१।।
न्याउली बनी रुँदैन बसी वियोगी भएर
संर्घष्ा वीच म जान्छु प्यारा बस्दिन रोएर
म जान्छु छिट्टै ठाउँमा त्रि्रो खुकुरी भिरेर
दन्केको ज्वाला, क्रान्तिमा प्यारा बन्दुक बोकेर ।
।।१९२।।
नारीको शत्रु परुष हैन पुरानो रीति हो
सामन्ती युग, राज्य र सत्ता, वर्ग र धर्म हो
नारीको हक खासेर दासी जसले बनायो
राज्य र सत्ता, व्यवस्था खुनी बिनास गर्ने हो ।
।।१९३।।
यो रातो सिन्दुर शिरमा दल्छु म डर मान्दिन
कपडा राता लगाइ भन्छु म राँडी बन्दिन
निलम मेरो ढलेता पनि तस्वीर साथी छ
तस्वीर सँगै अमर उस्को विचार बाँकी छ ।
।।१९४।।
सामन्ती दुष्ट नहोला छुट खूनको बदला
लिएरै छोड्छु हटि्दिन पछि काँतर बनेर
निलम मेरो खोसिए पनि म अझै बाँकी छु
अवला भनी नसम्झ मलाई नेपाली छोरी हुँ ।
।।१९५।।

शान्तिको सङ्ख फुकेर हिंड्ने सामन्ती खलक
भेडाको खोल ओढेर हिंड्ने ब्वाँसाको जमात
अन्त्यको लागि म लड्छु अब नहटी पछाडि
खूनको बदाला खूनले लिने साहस बटुली ।
।।१९६।।
सुरिलो स्वर सुनिदै आयो साहस जगायो
उषाको भित्री उर्लिदो खून स्पष्टै देखियो
“खुकुरी हाम्रो चम्कन्छ वर्ग शत्रुको माझमा
बन्दुक हम्रो पड्कन्छ पर्ूव क्रान्तिको बेलामा ।”
।।१९७।।
सधैको लागि बादल फार्‍यो कञ्चन गरायो
जलेको मन आँसुले धोयो शीतल बनायो
अन्तिम श्वर सुनियो पुनः ‘मसाल समाए’
‘सामन्ती सत्ता नास्नका लागि बन्दुक समाए ।’
।।१९८।।
सन्सनी थियो बाहिर आँधी तुफान बगेझैँ
बगेको थियो जलुस ठूलो, पताका समाइ
वीरको रगत तातेको थियो प्रचण्ड धुपमा
डढेलो पूरै सल्किदै थियो हिमाली काखमा ।
।।१९९।।
विश्वको कुनै शक्तिले अब रोकेर रोकिन्न
निरङ्कुश सत्ता पल्टाइ नयाँ बिहानी ल्याउन
भनेर, नाल सोजाइ हाँक वैरीलाई दिएर
महान यात्रा आरम्भ गरिन बन्दुक बाकेर ।
±± ।।२००।। ± ±
– समाप्त )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in खण्ड-काव्य and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *