खण्ड-काव्य : ब्वाँसोको अन्त्यको खेल

~एस.वि. विवेक~

ब्वाँसोको अन्त्यको खेलbook cover - Bwaanso ko Antya ko khel - S B Biwek

                    खण्डकाव्य

एस.वि. विवेक

प्रकाशक      ः एस.वि. विवेक
विधा          ः खण्डकाव्य
संस्करण     ः प्रथम, असोज, २०४५
र्सवाधिकार ः कविमा
मूद्रण           ः ऐर्श्वर्य छापाखाना, रक्तकाली
मूल्य            ः रू. ५।-

र्समर्पण

आदरणीय बुवा-आमा परमानन्द र बिन्तादेवी भण्डारीका
सम्मानमा जसले मात्र जिन्दगी हैन
मानव भएर जिउन प्रेरणा र नेत्र
दिनुका साथै यहाँसम्म
आउन सघाउनु
भयो

उद्गमतिर खोतल्दा

जीवनका पाइलाहरू गन्दै जाँदा मनमस्तिष्कमा अनेकौं भावना फर्ुर्ने गर्छन् । जिन्दगीका उकाली ओराली घुम्दै जाँदा अनेक घटना घट्ने गर्छन् । भावना र घटना एकाकार भए भने एउटा सिर्जनाको नमेरो उम्रिन सक्छ । परिस्थितिसँग जुध्दै जाँदा प्रकृतिसँग भाग्दै जाँदा विदेशको एउटा कुनामा घटेको सानो घटनाले निक्कै समयपछि एउटा कविता जन्मायो -ब्वाँसोको अन्त्यको खेल ।
मनले तर्कना गर्छ उसले यो कविता पढ्ला र – पढ्न सक्छ । तर उसलाई के थाहा यो उसैले व्यक्त गरेको गन्थनको कवितात्मक रूप हो भन्ने । करिव चार वर्षपहिलेको कुरो हो, जतिखेर म दिल्लीको अन्धकार परिवेशभित्र रनभनिदै थिएँ । एकदिन एउटा नाम बताउन नचाहने व्यक्तिले ल्कास लियो । देश र जनताको स्थितिको बढो मार्मिक कथा सुनायो । साथै मुक्ति र क्रान्ति एवं सुन्दर भविष्यको बारेमा निकै ठूलो प्रेरणा दियो । र म फर्किएँ पनि । हो, निश्चय पनि यो कविता तिनै कुराहरूको समुद्रबाट झििकएको एक अम्खोरा पानी हो ।

कालो नाटक त यहीँको उपज हो । व्यवस्थाका ठेकेदारले सडेको व्यवस्था बचाउन अगाडि सारेको पन्ध्र वर्षो योजनाको नाङ्गो रूपलाई जनतासामु देखाउने प्रयाश मात्र । यसको बारेमा बढी भन्नु नपर्ला ।
नखारिएको कलमले गल्ती गर्न सक्छ । गरिएका गल्तीलाई पाठकवृन्दले केलाउनु भै सजग गराउनु हुनेछ । सहस्र स्वीकार गर्ने छु । यहाँहरूको सहयोग, सुझ।व र माया पाउने नै छु । अहिलेलाई यत्ति भन्दै बिदा हुन्छु ।

– असोज, २०४५ ) -विवेक

-१-

यहाँदेखि धेरै टाढा
निकै माथि र निकै पर
गगनचुम्बी हिमालको काखमा
अन्धकारको साम्राज्यमा
शताब्दीयौँदेखिको पवित्र स्थल
युगौंदेखिको स्वतन्त्र प्रदेश
निस्सासिंदै बाँचिरहेछ
आफ्नैद्वारा चुसिएर
जेलभित्रको कैदीझैँ
आँसु पिएर बाँच्न विवश
अस्तित्वहीन अस्तित्व छ
हो, त्यही हो मेरो देश !
त्यही नै हो मेरो प्राण !
अनि,त्यही नै हो मेरो जीवन !
पक्कै पनि त्यो अस्तित्व
त्रि्रो पनि आफ्नो देश हो
प्राण हो, जीवन हो
वास्तवमा त्यो अस्तित्व
हामी सबैको अस्तित्व हो ।

मानव सभ्यताको प्रथम र्स्पर्श
ज्ञानको अपर्ूव संगम
र स्वतन्त्रताको प्रथम सोपान
त्यो सुन्दर भूमि
बाँचिरहेछ अन्धकार साम्राज्यमा
त्यहाँ अझै पनि कायम छ
सोह्रौं शताब्दीको अन्धकार युग
मान्छेले मान्छेको बलि दिने युग
दास र सामन्तको युग
वेद र उपनिषत्को युग
हो, उही युग छ त्यहाँ
मात्र उही
केवल रङ्गाइएको
रङ्गी विरङ्गी बनाएर ढाकिएको
लड्डू देखाएर भुलाइएको
बन्दुक देखाएर बचाइएको ।

सदीयौंदेखिको शासन
शोषण र हत्याको शासन
अन्याय र भ्रष्टाचारको शासन
सत्यलाई असत्यले दबाइएको शासन
हो, यस्तै शासन छ त्यहाँ
केवल ब्वाँसो र चितुवाको शासन ।

अहिले पनि उही ब्वाँसोको राज छ त्यहाँ
उहिलेको ब्वाँसो होइन
आधुनिक र नौरङ्गी ब्वाँसो
भेंडाको छाला ओढेको
शिरमा अमूल्य ताज र
पाउमा बहुमूल्य खराउ पैह्रिएको
मुखमा वुद्धका सन्देश र
हातमा गीता समाएको
सेता परेवा उडाउँदै
शान्तिको राग अलापेको
शान्तिको अग्रदूत !
विष्णुको अवतार !
आदि देखि ऐलेसम्म त्यही नै छ त्यहाँ ।

गीता र वेदका ऋचा सुन्दा
शान्ति र सिर्जनाका उद्घोष सुन्दा
पैले त तिमी अल्मलिने छौ
विकास र प्रगतिका भाषण सुन्दा
उन्नति र प्रगतिका नारा सुन्दा
पैले त तिमी झस्किने छौ
तर विज्ञापन पत्र र योजना पत्रमा
विकास र शान्तिको माहोल देख्दा
तिमी अचम्मको हाँसो हाँस्ने छौ ।

शोषण रहित समाज
दुःखी र रोगी विहीन समाज
र्स्वर्गभन्दा सुन्दर राज्य !
वैकुण्ठभन्दा उज्वल राज्य !
बनाउने कल्पना गरिएको छ त्यहाँ
कितावमा लेखिएको छ
रेडियोमा फुकिएको छ
समानता र प्रजातन्त्र
स्वतन्त्रता र समानता
उत्तरको जस्तो हैन
पश्चिमको जस्तो हैन
गजबको !
आफ्नै देशको माटो मिल्दो !
कल्पनाको !
भावनाको !!

बाघ र बाख्राको मितेरी लगाइदिएर
बाज र परेवाको मिलाप गराइदिएर
गोमन र भ्यगुतोको सम्बन्ध जोडिदिएर
त्यहाँ शोषणको अन्त्य गरिने छ !
ठूलो र सानो
धनी र गरीव
शोषक र शोषित
पुरुष र महिला
आदि, इत्यादि
केही भेदभाव नगरिकनै
जसरी कमाए पनि सम्पत्ति कमाउन दिएर
व्यक्तित्व बढाउन दिएर
त्यहाँ समानता कायम गरिने छ !
अचम्मको प्रजातन्त्र !
अचम्मको समानता !
धनीलाई अझै धनी र
दुःखीलाई झनै दुःखी बनाउने
विश्वमै नभएको समानता !
विश्वमै नभएको व्यवस्था !
हुनसक्छ
बाघले घाँस खाने छ !
बाजले मकै खाने छ !
गोमनले रोटी खाने छ !
यसरी शाोषणरहित समाजको निर्माण हुने छ !

तिमीले देख्ने छौ
हिमालयको काखदेखि
तराइको मैदानसम्म
पर्ूव मेचीदेखि महाकालीको भूखण्डसम्म
जतासुकै
उही ब्वाँसोको राज
उही अन्धकारको राज ।

यत्र तत्र देख्ने छौ
ब्वाँसोको ताज मुनि
चितुवाले गरेको अपराध
बाज र चिलले गरेको बलात्कार
भालु र गोमनको भ्रष्टाचार
गोमन र करेतले कसरी डस्दै रहेछन्
विच्छी र अरिङ्गालले कसरी चिल्दै रहेछन्
चितुवाले कसरी खून पिउँदै रहेछन्
बाज र चिलले अबोध चल्लाको
कसरी शिकार गर्दै रहेछन् ।

देख्ने छौर्
र्सवत्र दुःखीको बेहाल
निरीह प्राणिको हत्या
उम्लदो तेलमा
कसरी पाक्दै रहेछन्
विशाल अग्नि कुण्डमा
कसरी जल्दै रहेछन् ।

त्यहाँ तिमीले
आमा र बहिनीको
अस्तित्व लुटिएको देख्ने छौ
आफ्ना प्रियजनको
हत्या भएको देख्ने छौ
कसरी सोसिदै रहेछन्
कसरी चुसिंदै रहेछन्
पिंजरामा थुनिएको सुगा भएर
जुवामा नारिएको गोरु भएर
गाडामा नारिएको बयल भएर
टाँगामा नारिएको घोंडा भएर
नाकमा नत्थी लगाई
लाठीको मार सहँदै
भोक र प्यासले सताएको
रोग र सोकले गलाएको
दुःखीत हृदय र
नग्न शरीर लिएर
कसरी जिउँदै रहेछन्
कसरी बाँच्दै रहेछन् ।

त्यहाँ विसुद्ध पानी होइन
रगतसँगै मिसिएर पानी बग्छ
त्यहाँ अन्न होइन
गोली र बारुदको वषर्ा हुन्छ
त्यहाँ आवास होइन
जेलको बास मिल्छ
त्यहाँ कपडा होइन
बुठ र लाठी मिल्छ
सङ्गीन र बन्दुक मिल्छ
मात्र यत्ति, केवल यत्ति ।

प्यारा बन्धु,
त्यहाँ वसन्त आउन हुँदैन
फूल फुल्न हुँदैन
पालुवा फैलिन हुँदैन
यदि यस्तो भयो भने
सुगन्ध फैलिने छ
पन्छीको राज हुने छ
पन्छीको गीत र
वसन्तको वहारले
उजाड यामको विनाश हुने छ
यही सोंचेर नै
सम्पर्ूण्ा उजाड पारिदै छ
सम्पर्ूण्ा जलाइदै छ ।

त्यहाँ फूल फुलेका छन्
तर फक्रिन पाएका छैनन्
त्यहाँ फूल हाँस्न चाहेका छन्
तर हाँस्न पाएका छैनन्
त्यहाँ काफल फलेका छन्
तर पाक्न पाएका छैनन्
यदि फक्रिए भने
यदि पाके भने
त्यहाँ असिनाको वषर्ा हुन्छ
सारा विनास गरिन्छ ।

यदा कदा खोल्सा खोल्सीमा
फूल फक्रिए भने
काफल पाके भने
रस चुस्न नपाएको गुहे भमरो
काफल टिप्न नपाएको लोभी फ्याउरो
दौडिएर जान्छन्
मालिकलाई भनिदिन्छन्
अनि लगत्तै
बम र गोलीको बृष्टि हुन्छ
बारुद र र्छराको वषर्ा हुन्छ
सबै नष्ट गरिन्छ
सबै भष्म गरिन्छ ।

तै पनि त्यहाँ सङ्र्घष्ा हुन्छ
ब्वाँसो विरुद्धमा ब्रि्रोह हुन्छ
मुक्तिको खेल हुन्छ
असिना र बारुदको प्रतिकार गरिन्छ
बाज र भालुको सातो लिइन्छ
ब्वाँसोको सर्वोच्चताकोे विरुद्धमा
धावा बोलिन्छ ।

धेरै पटकको सङ्र्घष्ाले
अन्धकार साम्राज्यको
आधार खल्बलिन्छ
ऊ धरासायी हुन्छ
महल डगमगाउँछ
सिंहासन कम्पायमान हुन्छ
लाग्छ, अब धेरै दिन बाँकी छैन
ब्वाँसाको पतन अवश्य हुन्छ
चितुवाको नास निश्चय हुन्छ
अन्धकार र्छलङ्ग भै
धरती मुस्कुराउँछ !

तर यसो नहुँदै
खेल अन्त्य गर्ने दुस्साहस गरिन्छ
खेलमा ब्वाँसोको मात्र हैन
आफ्नो समेत पतन हुने देखेपछि
श्याल फुत्त भाग्छ
ब्वाँसोसँग हात मिलाउँछ
खेलमा सम्झौता गर्छ
कुख्यात सम्झौता !
परन्तु
खेलप्रेमीले उसको चाल बुझछन्
उसको कुकृत्यको भण्डाफोर गर्छन्
उसलाई नङ्ग्याउँछन् ।

सम्झौता तोडिए पछि
खेल पुनः अघि बढेपछि
आफ्नो पतनको आशङ्काले
ऊ अति आत्तियो
त्यसैले उसका जमातले
बाघको जुठोमा बाँच्नेहरूले
ब्वाँसोसँग एकता गरे
बाघको सन्देश सुनाए
अर्ती दिए
नाटक रचे
कालो नाटक !
जनताको धोका !
क्रान्तिको धोका !
युगको धोका !

संर्घष्ा साम्य भयो
खेल रोकियो
खेलाडी सुस्ताए
सबै अलमलिए
सम्झौता अनि नाटक
सम्झौताबाटै कालोको पतन गराउन
सबै अगाडि बढे ।

उनले संर्घष्ा भुले
उनले क्रान्ति भुले
जीवन र संर्घष्ाको सम्बन्ध भुले
जीवनलाई संर्घष्ाको मैदानबाट
मृत्युको पन्जातर्फधकेले
सायद,
उनले यो भुले कि
असत्यकोे पतन
जीवन मरणको संर्घष्ाबाट हुन्छ
क्रान्तिको विजय
बन्दुकको नालबाट हुन्छ ।

त्यसैले सजिलो अपनाए
अप्ठयारो छोडिदिए
कति किनिए
कति छलिए
कति पातालिए ।

ब्वाँसोेको चाल र
चितुवाको शक्तिले
भालुको वल र
बाजको दृष्टिले
रोक्न नसकेको ब्रि्रोह
रोक्न नसकेको खेल
बारुद र गोलीले
छेक्न नसकेको आँधी
नाटकले छेकियो
नाटकले रोकियो
तै पनि आवाज आउँदै थियो
विरोध सुनिदै थियो ।

सबै सुस्ताए पछि
नसामा लÝएि पछि
अगाडि बढ्ने आवाज निर्रथक भएपछि
अरूले पनि स्वीकार गर्नै पर्‍यो
स्वीकार गरियो पनि
ब्वाँसोको एक छत्रभन्दा
चितुवाको बदमासीभन्दा
यो केही नरम होला भनेर
तै पनि यो धोका थियो
यो नाटकै थियो ।

मञ्च खडा भयो
नाटक मञ्चन भयो
तर त्यहाँ पनि
श्यालले धोका दियो
जनताको आशा
जनताको चाहना
भताभुङ्ग भयो
पर्दाभित्र रूप साटासाट गरियो
सेतोमा कालो पोतियो
सबै च्यातियो
सबै पोलियो
मञ्चमा असत्यको विजय भयो ।

अनि ब्वाँसोको उही राज
उही सिंहासन
उही महल
ऊ झनै निष्ठुर र क्रुद्ध हुँदै
जनताको महान अभियानलाई
भत्काउन अग्रसर भयो ।

उसले ताजा अतीत सम्झयो
महल डगमगाएको
आसन हल्लिएको
त्यसैले अनेक रूप फेर्‍यो
नयाँ नीति ल्यायो
‘फुटाऊ र शासन गर’
पैसा बगायो
परिश्रम लगायो
लोभ देखायो
कस्तो अचम्म !
ऊ सफल भयो ।

एउटै झन्डा, एउटै मञ्च
एउटै चाहना, एउटै आहृवान
फुटाइयो
तहस नहस पारियो
चिरा चिरा पारियो ।

उनले बुझेनन्
कसरी यस्तो भयो
स-साना मतभेदमा
स-साना लोभ लाल्चामार्
कर्तव्य भुले, आकांक्षा भुले
योजना भुले, गन्तव्य भुले
एकता भुले, अवस्था भुले ।

कोही दक्षिण लागे
कोही उत्तर लागे
पश्चिमका खुसी भए
पर्ूवको मार्ग अवरुद्ध भयो
लामो मार्ग
चौडा मार्ग
अन्धकार जङ्गलभित्रको मार्ग
कुहिरोभित्रको मार्ग
काँडा र डाँडा तर्ेर्सिएको
ब्वाँसो र बाघ भएको
भालु र बाज भएको
गोमन र चितुवा भएको
अनकन्टार जङ्गलको मार्ग
सुदूर पर्ूवको
निकै टाढाको
हो, त्यही अप्ठयारो मार्ग
त्यही घुमाउरो मार्ग
रक्तिम बिहानी भेट्ने मार्ग
स्वणिर्म रवि देख्ने मार्ग ।

सबैले औंला ठडयाए
सबैले गल्ती भने
धेरै त ब्वाँसोको अगल बगलमा उभिए
पर्ूवतर्फलम्केका यात्रीको खुट्टा काट्न
शिर झुकाउन
मार्ग बन्द गर्न
भरमग्दुर प्रयास गरे
अपितु केही लागेन
फुटेका भाइ एक्लिए
किर्ंकर्तव्यविभूढ भए
पर्ूर्वीलाई हपारे
गाली गरे
निन्दा गरेर्
गर्नसम्म,
नीच बनेर ।

अन्त्यमा पश्चिमीसँग सम्झौता गरे
दक्षिण र उत्तरसँग एकता गरे
तर झनै पतन भए
अनि सबैको एउटै काम
एउटै उद्देश्य
पर्ूवतर्फलम्कदै गरेका
ब्वाँसो र बाघसँग लड्दै रहेका
यात्रीको विरुद्धमा लाग्नु
तै पनि सबै असम्भव
सबै बेकार
जनताले बुझे
पुनः सोंचे
बाटो भुलेको महसुुस गरे
अनि फर्किए ।

यसरी
त्यो हिमालयको काखमा
शैलेन्द्रको पाखामा
एउटा इतिहास लेखियो
केही कालो मसीले
केही रातो मसीले ।

।२।

अहिले नौरङ्गी खोल ओढेर
ब्वाँसो सिंहासनमा विराजमान छ
मनगढन्ते योजना बनाउँदै
सबैको आँखामा छारो हाल्दै छ
कल्पनाको महल बनाउने
झयाली पिटेको छ
फेरि अर्को नाटक मञ्चन हुँदै छ ।

उसले आजकल त
अहोरात्र शान्तिकै पाठ गर्छ
एक हातमा परेवा र
अर्को हातमा बन्दुक समाउँदै
शान्तिको आहृवान गर्छ
गजवको आहृवान !
अचम्मको शान्ति !
रगत पिएर आउने शान्ति !
सङ्गिनले घोचेर आउने शान्ति !
बन्दुकको बलमा आउने शान्ति !
अचम्म !
विश्व शान्ति ! विश्व शान्ति !! विश्व शान्ति !!!

एकातिर सुन्दर बिहानको खोजीमा
यात्रारत वटुवाको दमनका लागि
उसले बाघको सहारा माग्दै छ
बाघको शक्तिको
बाघको पराक्रमको
अर्कोतिर ,
असम्भव, असम्भव भन्दै
सम्पर्ूण्ा भाग्दै छन्
पतन र पलायन हुँदै छन् ।

सुदूर पर्ूवको क्षितिज अझै अँध्यारो छर्
र्सवत्र अन्धकार छ
धरती उजाड छ
त्यता कसैले हेर्‍यो भने
सङ्गिनले सेरिनु पर्छ
बन्दुकको निसाना बनाइन्छ
फाँसीमा झुन्डयाइन्छ ।

उनीहरू अहोरात्र लागिरहेछन्
उषाको आगमन रोक्न
उसको गला निमोठ्न
उसको खुट्टा काट्न
सुन्दर भविष्य रोक्न
तर योद्धाहरू
ब्वाँसोको अन्त्यको खेल खेलिरहेछन्
ब्वाँसोको विरुद्धमा लडिरहेछन् ।

प्यारा बन्धु जानुहोस
आफ्नी आमाको काखमा
आफ्ना परिवारको माझमा
उनीहरू लामो समयदेखि
तपाईकै प्रतीक्षामा बसेका छन्
तपाईको आगमनको प्रतीक्षामा बाँचेका छन् ।

उनीहरू आँसुमै बस्थे
आँसुमै हिंड्थे र आँसुमै निदाउँथे
प्रत्येक क्षण
तपाईको आगमनको कामना गर्थे
तर विवश !
आशा, मात्र आशा भयो
प्रतीक्षा, मात्र प्रतीक्षा भयो ।

तपाई विना गाउँ शून्य छ
पाखापखेरा शून्य छन्
डाँडाको चौपारी निराश छ
त्यहाँ तपाईका आवाज छैनन्
त्यहाँ तपाईका भरोषा छैनन्
प्राय सबै परदेशिंदा
दुःख, वेदना र चिन्ताले
आमा छटपटिदै छन् ।

काँतर नबन्नुहोस
तपाई एक्लो हुनुहुन्न
तपाईको लागि स्वदेश छ
तपाईको लागि नेपाल र नेपाली छन्
उनीहरूको संगठन छ
सबैको एउटे आवाज छ
सबै वैरीसँग लड्दै छन् ।

तपाईँ पनि जानुहोस
खूनको बदला खूनले
इँटाको बदला पत्थरले
लिने साहस लिएर
दासताको विरुद्धमा
ब्वाँसोको तख्ता पल्टाउन
उसको महल भत्काउन
लड्दै रहेका
सुदूर यात्राका यात्रीसँग
काँधमा काँध मिलाउँदै
देश र जन्ताको मुक्तिको लागि
दानव र मानवको
भीषण सङ्र्घष्ामा सामेल हुनोस
सत् र असत् वीचको खेलमा भाग लिनोस ।

प्यारा बन्धु अब त
युगले कोल्टे फर्ेर्नै पर्छ
देशले पालुवा फर्ेर्नै पर्छ
अर्काको लागि लड्ने हामी
देशको निम्ति मर्नु पर्छ
विदेशको लागि बग्ने रगत
स्वदेशको लागि बग्नु पर्छ ।

त्यो देशलाई हरिकङ्गाल पार्दै
भीखमङ्गाको उपनाममा चिनाउने
फूललाई फक्रिन नदिने
पन्छीको चिरबिरमा
गीतको लय भर्न नदिने
डाँडा र पखेराहरूमा
लैवरीको आवाज फैलिन नदिने
कवितामा आगो झोस्दै
कविको गला रेट्ने
अरू कोही होइन
भेंडाको खोल ओढेको
सुनको ताज लगाएको
उही ब्वाँसो हो ।

दिदी र बहिनीको बलात्कार गर्दै
सतित्व हरण गर्ने
भाइ बन्धुको गला निमोठ्दै
बन्दुकको निसाना बनाउने
अरू कोही हाइन
उही पातकी ब्वाँसो हो ।

दासतालाई कायम गर्दै
समानताको गफ गर्ने
रगतको होली खेल्दै
शान्तिको भजन गाउँने
रगत पसिनामा पौडी खेल्दै
शाान्ति क्षेत्रको सपना देख्ने
नौरङ्गी नाटक रचेर जनतालाई भुलाउने
प्रकृतिको सुन्दर नगरीमा
नगेन्द्रको सुन्दर काखमा
विदेशीलाई भित्रयाएर
सम्पर्ूण्ा छटा लुट्न दिने
देशलाई चुस्न दिने
अरू कोही होइन
उही ध्रूत दानव हो ।

उही ब्वाँसो हो त्यो
जसले तमाम नेपालीलाई
विदेशिन विवश बनायो
आमाको ममतालाई
बाबाको स्नेहलाई
जवरजस्त भुल्न लाचार बनायो
विदेशको अन्धकार परिवेशमा
गल्ली, होटल र कोठीहरूमा
बहादुर कान्छा बन्न बाध्य बनायो ।

कलिला बचराको हत्या गर्ने
फूल र फलको विनास गर्ने
एक गास चारो, एकसरो कपडा र
एउटा झुपडीको माग गर्ने
निरीह मान्छेमाथि
लाठी र बुठले नपुगेर गोलीको वषर्ा गर्ने
चेली बेटीलाई विदेशी काठीमा बेच्ने
अरू कोही होइन
उही राष्ट्रघाती ब्वाँसो हो ।

त्यसैले
त्यस ब्वाँसोको अन्त्य नगरेसम्म
अन्धकार युगको नाश नगरेसम्म
त्यहाँ रक्तिम बिहानीमा
स्वणिर्म रविको उदय हुने छैन
सुन्दर युगको जन्म हुने छैन ।

त्यहाँ धेरै पटक
श्यालले धोका दिएता पनि
ब्वाँसोले अनेक उपाय रचेर
अनेक नाटक र योजना बनाएर
क्रान्तिको आँधी रोकेता पनि
त्यहाँका योद्धाहरूद्वारा
त्यहाँका परिवर्तनकारीद्वारा
ब्वासो बिरुद्धको अन्तिम खेल खेलिदै छ
ब्वाँसोसँगको अन्तिम युद्ध छेडिदै छ
ब्वाँसोको मृत्युको खेल
ब्वाँसोको अन्त्यको खेल
धनी र गरीव वीचको खेल
शोषक र शोषित वीचको खेल ।

खेलमा एकापट्ट
िब्वाँसो र उसका मतियार छन्
उसको पुरोमा हर्ुकनेहरू
उसको भरमा बाँच्नेहरू
खेलको अर्कोपट्ट
िविश्वकर्मी र्सवहारा छन्
चम्किला प्रकाशपुञ्ज छन् ।

यो खेल अहिले मात्र हैन
आदिदेखि खेलिदै आयो
परापर्ूवकालदेखि खेलिदै आयो
आदि युगमा खेलको सीमा सीमित थियो
केवल प्रकृतिसँग
केवल कविलासँग
केवल जङ्गली जनावरसँग
खेल खेलिन्थ्यो
तर समयको परिवर्तनसँगै
खेलको क्षेत्र विस्तार भयो
जब वर्गविभेद भयो
खेलले वर्गीय रूप लियो
परस्पर विरोधी वर्ग
शोषक र शोषित वर्ग
उहिले देखि अहिलेसम्म
खेलमा उनै शक्ति छन्
एकातिर मुÝीभर शोषक वर्ग
अर्कोतिर शोषित वर्ग ।

अनेक पल्ट
खेलमा विजय शोषितको भयो
पराजय शोषकको भयो
परन्तु हरेक समय
उसलाई ठगियो
उसलाई छलियो
नयाँ नयाँ जाल रचेर
नयाँ नयाँ नाटक रचेर
उसलाई दास बनाइ राखियो ।

उसलाई सधैँ पशु बनाउन
उसलाई सधैँ दास बनाउन
खेलबाट लघार्नु थियो
उसलाई भगाउनु थियो
तर त्यतिकै ऊ भाग्नेवाला थिएन
त्यतिकै ऊ रुक्नेवाला थिएन
त्यसैले
दासकालीन ब्वाँसाहरूले
एउटा जाल बुनेर्
धर्म र पापको जाल
र्स्वर्ग र नरकको जाल ।

जाल विस्तारै फैलाए
जसरी माझीले फैलाउँछ
जसरी माकुरोले फैलाउँछ
केही समयमै
उनीहरू सफल भए
आफ्ना विरोधीलाई जालभित्र बन्देज गरे
बस् सुरु भयो अब
यही धार्मिक आडमा
यही र्स्वर्ग र नरकको भरमा
शासन गर्ने काम
शोषण गर्ने काम ।

लामो समयपछि
सयौं वर्षछि
मान्छेले चाल पाए कि
उनीहरू कसरी दास भए
उनीहरू कसरी कैदी भए ।

सयौं वर्षछि
दासताबाट मुक्ति पाउन
बन्धनबाट छुटकारा पाउन
अर्को खेल सुरु भयो
जालभित्र कैदी भएको शक्ति
दासताको जञ्जिरमा जेलिएको शक्ति
जोडले विस्फोट भयो
थाहै नपाई जेलिएको जालो काट्न
घेरिएको दिवाल भत्काउन
लगाइएको जञ्जिर तोड्न
नयाँ खेल आरम्भ भयो ।

अहिलेको खेलमा शोषित तर्फत्यस्तो शक्ति पैदा भयो कि
जुन शक्ति
बन्दुकदेखि भाग्दैनथ्यो
बाघ र ब्वाँसोदेखि तर्सिदैनथ्यो
ऊ यति मजबुत थियो कि
बमले तोड्न सक्दैनथ्यो
तरवारले काट्न सक्दैनथ्यो
ऊ यत्ति प्रभावशाली थियो कि
ऊ विना संसार टिक्न सक्दैनथ्यो
संसार बाँच्न सक्दैनथ्यो ।

उसले संसारको निर्माण गथ्र्यो
तर ऊ छानो विहीन थियो
उसले संसारको पालन गथ्र्यो
परन्तु ऊ भोको थियो
उसले कपडा बुन्थ्यो
परन्तु ऊ नाङ्गो थियो
मात्र उसँग शीप थियो
अपार जाँगर र अदम्य शक्ति थियो ।

उसको सम्पत्तिको नाममा
केवल दर्ुइ हात थिए
त्यसैले उसलाई र्सवहारा भनियो
उसले विश्वको निर्माण गथ्र्यो
त्यसैले उसलाई विश्वकर्मी भनियो
अबको नयाँ खेलमा
बाघ र ब्वाँसोविरुद्धको खेलमा
ऊ नै नायक थियो ।

उसले नयाँ खेलको उद्घाटन पेरिसबाट गर्‍यो
युद्धको शुरुआत युरोपबाट गर्‍यो
त्यो नै उसको रङ्गभूमि थियो
त्यो नै उसको युद्धभूमि थियो
त्यहाँ उसको पहिलो विजय भयो
भाइमाराको पहिलो हार भयो
पेरिस कम्युन र्सवहाराको पहिलो हौसला थियो
भोकानाङ्गाको पहिलो विजय थियो ।

परन्तु विजय छिट्टै हारमा फेरियो
पराजयले आत्तिएका ब्वाँसाहरू
घाइते बनेका बाघहरू
फेरि फर्किए र रगतमा होली खेले
खूनमा पौडी खेले
तैपनि ऊ भागेन
ऊ झुकेन
निरन्तर लड्दै रहृयो
निरन्तर भिड्दै रहृयो ।

उसले दोस्रो धावा
रुसी जारको विरुद्ध बोल्यो
हजारौं वर्षेखि जर्जर रुसलाई
ब्वाँसोको पञ्जाबाट मुक्त गर्‍यो
यो नै उसको महान् विजय थियो
विश्वभरका र्सवहाराको
विश्वभरका भोकानाङ्गाको
जाजल्यमान् प्रदीप थियो
यही दीपले
यही विजयले
विश्वका रक्तपिपासुको सातो उडायो
विश्वभरका र्सवहाराको हौशला बढायो ।

त्यसपछि उसले
संसारको छानोदेखि
समुद्रको किनारासम्म
युरोपको मैदानदेखि
अप्रिmकाको जङ्गलमम्म
धेरै ठाउँमा विजय पायो
ब्वाँसोको अन्त्य गर्‍यो
नयाँ युगको थालनी गर्‍यो ।

परन्तु ब्वाँसोको अन्त्यपछि पनि
बाघको पतनपछि पनि
बाकी रहेका अवशेषहरूले
छद्मरूपमा बसेकाहरूले
सुनौला युगको प्रगति रोक्न
गुमेको वैभव फिर्ता लिन
अनेकौं उपाय रचे
अनेकौं खेल खेले
अन्त्यमा
कथित सुधारको नाममा
कथित आधुनिकताको नाममार्
र्सवहारालाई ठग्न सफ भए
यसरी उनले
नयाँ युगको बाटो मोडे
क्रान्तिको हत्या गरे ।

नयाँ युगको मार्ग रोकिए पछि
महान् यात्रा मोडिए पछि
ब्वाँसो र बाघका जमातहरू
अति खुसी भए
अति प्रसन्न भए
तर हाँस्ने मर्ुखहरूले यो बुझेनन् कि
नदीकोे महाभेललाई
बाँधले छेक्न नसकेझैँ
समयको गतिलाई
कसैले रोक्न सक्दैन
क्रान्तिको आँधीलाई
प्रतिक्रान्तिले छेक्न सक्दैन ।

हो, ब्वाँसोको अन्त्य भए पनि
नयाँ युग जन्मिए पनि
मौका पाए भने
मरे भनिएका ब्वाँसाहरू
हारे भनिएका उसका मतियारहरू
फेरि व्युतन्छन्
फेरि जाग्छन्
र तहसनहस गर्न सक्छन्
त्यसैले ब्बाँसोको अन्त्यपछि पनि
खेल जारी रहन्छ
खेलको महत्त्व उत्तिकै रहन्छ
जबसम्म वर्गको अन्त्य हुँदैन
सम्पर्ूण्ा अवशेष खतम हुँदैन
तवसम्म यो लडाइँ निरन्तर चलिरहन्छ ।

समयको हुरीसँगै
त्यहाँ पनि अनेक खेल खेलिए
त्यहाँ पनि अनेक युद्ध छेडिए
परन्तु पत्येक पल्ट
अनेक उपायले ऊ नै विजयी भएको छ
ऊ नै सबैको मालिक भएको छ ।

उसले अनेक प्रपञ्चले
खेलको अन्त्य गरेता पनि
प्रगतिको मार्ग रोकेता पनि
त्यहाँ लर्डाई रोकिएको छैन
चैतको धुपमा डढेलो सल्किएझैं
डढेलो सल्किदैँ छ ।

उसले आजभोलि
बडो स्वाँग गर्दै छ
क्रान्तिको गला निमोठ्न
प्रगतिको मार्ग रोक्न
अनेक नाटक मञ्चन गर्दै छ ।

विश्वका तानाशाहले पनि
विश्वका ब्वाँसाहरूले पनि
आफ्नो पतन पर्ूव
आफ्नो मृत्यु पर्ूव
यस्तै गर्थे
यसरी नै अनेक नाटक खेल्थे
अनेक योजना बनाउँथे
अनेक रूप फर्ेर्थे
तै पनि के नै लाग्यो र
मृत्युलाई स्वीकार्नै पर्‍यो ।

त्यहाँको ब्वाँसो पनि
उही बाटो हिंडिरहेको छ
अनेक रूप फेरिरहेको छ
अनेक नाटक रचिरहेको छ
अनेक खेल खेलिरहेको छ
तर पनि
ऊ बँच्ने छैन
उसले आफूलाई बचाउन सक्ने छैन ।

त्यहाँ अनेक खेल खेलिए पनि
अनेक युद्ध छेडिए पनि
अहिले सम्म उसको पतन नहुनु
उसको मृत्यु नहुनु
उसको चलाखी मात्र हैन
उसको बन्दुक मात्र हैन
मुख्य कारण
त्यहाँ विश्वकर्मी र्सवहारा नजन्मिनु हो
नामधारी क्रान्तिकारीको हातबाट
क्रान्तिको लगाम नखोसिनु हो ।

बल्ल उसको जन्म भएको छ
ऊ हर्ुर्किरहेको छ
भोकोनाङ्गो किसान शक्ति उसको साथमा छ
त्यसैले अहिलेको खेल
नाटकले रोकिनेवाला छैन
बन्दुकले छेकिने वाला छैन ।

अब पनि ब्वाँसोको अन्त्यको खेल
दोहोरिन दिनुहुन्न
ब्वाँसोको अन्त्यको कथा
नलेखिनुहुन्न
पर्ूवक्षितिज रक्तिम हुँदा नहुँदै
पुनः अन्धकार फैलिन दिनुहुन्न
यो त बीसौं सदीको अन्तिम दशक हो
त्यसैले यो दशक
हजारौं वर्षेखि पिल्सिदै आएका
शोषणको धाँतोमा पिसिँदै आएका
शोषित वर्गको मुक्ति दशकमा फेरिनु पर्छ ।

सबैले यस दशकमा
ब्वाँसो विरुद्धको अन्तिम गीत गाउनु पर्छ
ब्वाँसो विरुद्धको अन्तिम खेल खेल्नु पर्छ
उसको अन्त्यको गीत
उसको मृत्युको गीत
बन्दुक र कलम बोकेर
हँसिया र हथौडा बोकेर ।

यस दशको इतिहासमा
उसको मृत्यु लेखिनु पर्छ
उसको अन्त्य लेखिनु पर्छ
त्यहाँका अखवारहरूमा
उसको पतनको समाचार छापिनु पर्छ ।

उसको अन्त्य पछि
त्यहाँ नयाँ युग भेटिनर्ुपर्छ
त्यहाँ नयाँ कविता लेखिनु पर्छ
नयाँ गीत गाइनु पर्छ
सुनौला उषाको गीत
रक्तिम रविको गीत
क्रान्ति र सिर्जनाको गीत ।

उसको अन्त्यपछि
युगले नयाँ रूप फर्ेर्ने छ
नयाँ युगको नयाँ बिहानीमा
भातृत्व र सौहार्द्धताको खेल खेलिने छ
स्वतन्त्रता र समानताको खेल
उन्नती र समुन्नतीको खेल
क्रान्ति र शान्तिको खेल ।

त्यसैले अब खेलिने खेल
ब्वाँसो विरुद्धको अन्तिम खेल हो
त्यसैले यो खेल
ब्वाँसोको अन्त्यको खेल होर्
र्सवहाराको विजयको खेल हो ।

भविष्य हाम्रो हो
पतन यिनको हो
अन्धकार साम्राज्यको पतन पछि
रक्तिम रवि जन्मिएझैं
ब्वाँसोको कालो साम्राज्यको पतनपछि
नयाँ युगको जन्म हुने छ
सुन्दर संसारको निर्माण हुने छ ।
± ± ±

– समाप्त )

 (स्रोत : Bishnu Bhandari Blog)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in खण्ड-काव्य and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *