लघु-काव्य : कालो नाटक

~एस.वि. विवेक~

बितेर सदियौं जाँदा सम्मन उसले यहाँ
गरेन उन्नती आफ्नो सिवाय अरू निम्तिमा
उसैले अहिले फेरि दौडिने गफ गर्दछ
आधार आव को पर्ूर्ति गर्दछु किन भन्दछ –

पैले त माप को कुरा गर्दैथ्यो उसले यहाँ
परन्तु उसले फेर्‍यो किन त्यो पैलेका कुरा –

सपना देखेछ क्यारे प्रभुले मध्यरातमा
अन्यथा कसरी आयो नौरङ्गी महायोजना !
रातैमा फैलिए होला विकास सब ठाउँमा
त्यसैले निशिमै फुक्यो भावको महायोजना !

नेताले उसको सत्ता पल्टाउने कुरा ल्याउँदा
जन्ताले उनको साथ दिएर अघि गैदिँदा
नटिक्ने निश्चित भयो निरङ्कुश व्यवस्था यहाँ
त्यसैले जनता ठग्न दौडिने गफ गर्दछ ।

जन्ताले, विश्वले बोलेे विरुद्ध मापदण्डको
विकास कसरी हुन्छ सम्भवै हँुदैन भनी
प्रभुले विचार गरी मापको शर्ीष्ाक फेरे
आधार आवको पर्ूर्ति देखाऊ भनी मस्किए ।

यो सबै उसको चाल कुहेको रूप छोपने
निमोठी क्रान्तिको मुन्टो बिहानी पर छेकने ।

डढेलो फैलिंदा कालो सुविधा विनास हँुदै
इरानी शाहको जस्तो नहोस अवस्था भनी
ल्याएको योजना हो यो दानव बलियो हुने ।

चोरको सरदारले अनेक उपाय गरी
ल्याएको नीति हो देश, जनता लुटी भागने ।

केवल नाटकै हो यो कुहेको रूप ढाकने
सिंगारी नक्कली देह नौरङ्गी रूप देखिने
भुलाइ जनता आफू निर्दाेष साधु देखिने
संर्घष्ा, युगको आँधी धकेली पछि खेदने ।

धोकाको योजना हो यो भुलाई जनता सबै
बचाइ व्यवस्था अझै देशको रस चुसने ।

छल हो केवल धोका दुःखीको अभिशाप हो
विकास कसरी गथ्र्यो सोसने नयाँ रूप हो ।

ओढेर भेंडाको खोल आएको व्वाँसोको रूप
देखदा मन लोभिने विषको लड्डू मात्र हो ।

सडेको छ गलेको छ केवल बचने चाल
सक्दैन गर्न क्यै उसले सम्पर्ूण्ा झूट हो झूट ।

क्रान्तिको निमोठी मुनो योद्धाके गला रेटने
रोकेर प्रगति नौलो युगको रूप छेकने
आधारभुत् आवको पर्ूर्ति तगारो बनाइ ल्यायो
हातले र्सर्ूयलाई छेक्ने कुवुद्धि कसरी आयो !-

±±

रेवीज रोगले सडि सकेको कुकुर फेरि
व्यूँतेर दौडिने भए चाहियो किन छाउरो –

विरामी घोडाले विश्व भ्रमण गरने भए
बुढोमा यौवन फर्की तेजले दौडिने भए
चाहियो किन पो पÝो बछेडो बेकारै यहाँ –
चाहिए किन ती जेट, रकेट र्व्यर्थमै यहाँ –

धोन्द्रो भै सकेको रुख चढेर पालुवा पुनः
फूल र फलले झम्म भैदिए जहिले पनि
रोप्दथ्यो विरुवा नयाँ कसैले दुःख झेलन –
ठण्डी र असिना, पानी सहेर विन सित्तिमा –

भाषण, गफले मात्र विकास फैलिने भए !
सिंहको महलबाटै विकास उम्रने भए !
पथ्र्यो र विश्वले र्व्यर्थ बगाई पसिना खून
सदियौं वर्षो लामो असारे दिन खेपन –

नेताजी उप|mेर पर्ूर्ति आधार आबको भए
भाषणको भरमा शिक्षा गाउँमा फैलिने भए
शिक्षित हुनेथ्यो देश उहिल्यौ नयाँ शिक्षामा !र्
पर्खनु किन पथ्र्यो र भावको महायोजना !-

फिस्टोले बाँसको टुप्पो नुगाइ नुगिने भए
बिरालो स्रि्राको माला लगाइ चोखिने भएर्
गर्दथ्यो रुसमा ठूलो उन्नती जारले पनि
झुण्डिनु किन पथ्र्यो र छोडेर सुख सम्पत्ति –

मागेको भीखले मात्र महल ठडिने भए
भिक्षाको भरमा साहू, मालिक भेटिने भए
पसिना बगाइ मील, खेतमा जोतिने किन –
लगाइ कपडा पीत जोगी भै नहिंडी सबै !

दिएको दानले मात्र मोटर गुडने भए !
पहाडहरूमा ठूला जहाज उ डने भए !
बेकार भैन के ठूला उद्योगहरू खोलन –
शान्तिले बसेको भू-मा अशान्ति सिर्जना गर्न –

नगरी उन्नती फाँट उर्वरा भैदिने भए !
उजाड भीरमा तेसै विकास उम्रिने भए !
जोतिनु किन पथ्र्यो र जलाइ खेतमा देह –
बगाइ मीलमा खून भिडनु किन पथ्र्यो र –

नभए गाईको गोठ नसके गर्न उन्नती
के खोज्नु दही र दूध मिष्ठान्न अनेकौं ं खान –

खोजेको ऋणमा भोज भतेर गराइ डटी
बजाइ क्यासेट घोडा चढेर ढल्किदै हिंडी
मागेको धनले छोराहरूको विवाह गरी
रमिते बनिनु भन्दा नगर्नु वेश हो बरु ।

±±

सक्ने त विस्तारै हिंड्छ सक्दछ कठिन बाटो
समस्या, शत्रुका वीच नझुकी जीवनै भरि
हिंडनै नसक्ने रोगी दौडिन किन आँटनुु ! –
कामले देखिहाल्छ नि गफले किन हाँकनु ! –

बोल्दैन अगाडि वीर जितेर अरिका गण
कामले देखाइदिन्छ बोल्दैन पछि तै पनि
नामर्द कर्ुलन्छ पैले के के न गर्दछु भनी
विराट्को कुपुत्र लुकेझैँ लुक्दछ कोठामा पछि !

अवला नारीको वीच महान वीर बन्दछ
देखाइ पौरुष ठूलो गफैले अरि जित्दछ
परन्तु यथार्थ खुल्दा सपना सरि लाग्दछ !
प्रियाको समाती सारी नामर्द रुन थाल्दछ !

उस्तै हो यसको चाल जनताहरूको माझ
महान बनेर टिक्न खोज्दै छ सदियौं अझ
तै पनि भाग्नेछ छिट्टै, लुक्ने छ धोती भित्र गै
खुल्ने छ सत्यको ढोका विष्फोट हुने छ जब !

±±

देशका पञ्च र चम्चा, भलाद्मी ! देश रक्षक !
निर्माण गर्दैछन् आफ्नै महल, धन सम्पत्ति
कतिले किन्दैछन् टापू कसैले किन्दैछन् महल
भागनु परेमा बस्न लुटेरा भागेझैँ पछि ।

आवास निमित्त यहाँ हँुदै छ तयारी ठूलो
बन्नेछन् महल राम्रा हुनेछन् बुकुरा धूलो
बस्ने छन् ठूला र ठालु चुसाहा, देश भक्षक
महान योजना पूरा गरियो देशमा भनी ।

लगाइ गज र आगो गरिबका घर-वस्तीमार्
गर्नेछन् खरानी झुप्रा गरिब सुकुम्बासीका
बन्नेछन् सहारा विहीन्, हुनेछन् विचल्ली सबै
बन्नेछन् शरणर्थी झैँ नेपाली देशभित्र नै ।

शहर सुन्दर होला लुटेको धन धान्यले
सडक विशाल होला भत्काइ घर सम्पत्ति ।

गुड्ने छन् विदेशी कार,उड्नेछन् जेट र विमान् !
डुब्नेछन् सुखमा पञ्च शताब्दी बीस सम्मन !

हुनेछ नुन र चिनी, पानीको प्रचार अझै
बन्नेछ दवाइभन्दा मदिरा, वियर धेरै !
हुनेछ प्रयोगशाला नेपाल विश्वमञ्चमा
विकास भएमा यस्तो अस्वस्थ रहला कोही ! –

बसेर कोठामा टिपी तथ्याङ्क देशको पूरा
तयार हुनेछ डाटा उन्नती कति भा े भनी !
कपडा, शिक्षा र खाद्य, आवास, सुरक्षा,स्वास्थ्य
प्रत्येक क्षेत्रमा वृद्धि हुनेछ कति हो कति !

विज्ञापन् पत्रमा छापी हरेक तथ्याङ्क, डाटा
देशको आधार आव छिनैमा वृद्धि भै जाला !

नथाकी चम्चा र पञ्च, नाइके, देश भक्षक
भट्टाइ रहलान् हाम्रो प्रतिज्ञा पूरा भो भनी
बक्ने छ रेडियो खाली यिनैको गीत गाउँदै
दिएर प्रभुको संंज्ञा नेपाल र्स्वर्ग भो भनी ।

प्रचार अति नै होला देश र देश बाहिर
फ्याकेर आँखामा छारो भुलाइ सबका सब ।

भन्नेछन् विदेशी सामु देखाइ झुट र फरेब
कसरी विकास गर्‍यौं हेर त हामीले भनी
तिमीले दिएको ऋण धनले यति भो अझै
दिएमा सहाय ठूलो गर्नेछौं देश उन्नती !

±±

हुने छ बनको अन्त्य सुक्नेछन् झरना खोला
वषर्ाको कमीले होला उजाड बन पर्वत ।

चिनियाँहरूले थाम केराको खाएझैँ, यहाँ
पर्ने छ हामीले खान भोकको महामारीमा ।

मान्छेले मानिस खाने अवस्था सिर्जना होला
रहेमा प्र्रभुको राज शताब्दी बीस सम्मन ।

पर्नेछन् नेपाली भोकै, मर्ने छन् रोग व्याधिले
तै पनि मागेको भीख, चुसेको रगत, बोसो
हुनेछ भोजन डाँका, भ्रष्टका घर महलमा !

कुण्डले, मण्डले, मुन्द्रे, हुक्के र बैठके मिली
खानेछन् र्सवस्व लुटी देशको धन सम्पत्ति
शताब्दी बीस सम्मन व्यवस्था यही नै रहे
नेपाल डुब्नेछ सारा गुम्ने छ यस उन्नती ।

हुनेछन् नेपाली आफ्नै देशमा शरणार्थी झैँ
बन्नेछन् विदेशी मालिक् रहेमा स्थिति यो अझै
घुुम्नेछन् चिल र गिद्ध उजाड हिमशैलमा
फैलाई बाघले पञ्जा झम्टेला भेँडी गोठमा ।

आमाका गहना सारा बेच्ने छन् बीस सम्मन
राख्नेछन् धितोमा देश भुलेर इतिहास त्यो
हुलेर विदेशी वैरी सुम्पेर सब सम्पत्ति
बस्ने छन् विश्वासी पात्र बनेर, भुली जिन्दगी ।

वैरीले गरेको आफ्नी आमाको बलत्कारलाई
बस्नेछन् नदेखे जस्तो गरेर देश रक्षक !
चुसेर देशको स्वत्व गरेको लुट र हत्या
मौन भै स्वीकार गर्दै बस्नेछन् सुखहर्षे ।

खेल्नेछन् परेड यहाँ विदेशी सिपाइहरू
हुने छ बेहाल हाम्रो हुनेछौं कमार सरी !

देश यो पराधीन होला अस्तित्व नामेट होला
प्रदेशी टुहुरा जस्तो हुनेछौं देशमै हामी
सहेर हप्की र दप्की बाँच्ने छौं जिउँदै मरी
रहेमा व्यवस्था यही सदीको बीस सम्मन ।

±±

विश्वले सदियौं लगाइ गरेको विकास पन्ध्रै
वर्षा गरने यस्को साहस कति हो कति ।

रहन्न अब यो लामो अवधि सम्म क्यै गरी
ढल्ने छ जसरी ढल्छ धमिरे रुख आँधीमा !

आशंका अनेक हुँदा आँधीको डरले गर्दा
फर्ेर्दै छ अनेक रूप खेल्दै छ अनेक खेल
तैपनि टिक्दैन यसको कुहेको सामन्ती राज
रुक्दैन क्रान्तिको धार विषालु लड्डूको भर
हट्दैन बन्दुक भर युगको नयाँ चाहना ।

फलाकी छेपारे कथा, भुलाइ जनता देश
बेश्याको छन्दमा खण्ड अठार सिर्जना गरी
डुवाइ नसामा मस्त सुताऊ र पनि यहाँ
उठ्ने छन् युग निर्माता समाइ कुटो बन्दुक ।

नाटक रच वा खेल उपाय जति नै गर
तै पनि मुक्तिको खेल रुक्दैन कहिल्यै पनि ।

दुष्ट हो देशका वैरी ! दानव, नर भक्षक !
नहोला सफल कालो नाटक यहाँ क्यै गरी
हर्ेर्दैन देश र जन्ता तिमीले खेलेको खेल
बस्दैन पशुको जस्तो जीवन विताइ सधै ।

च्यातेर मञ्चको पर्दा देखाइ सक्कली रूप
गर्नेछन् विध्वंस सारा ती त्रि्रा भ्रमजालको
नाटक रहेछ कस्तो मञ्चन गरियो किन –
बुझनेछन् सबैले कालो नाटक भित्रको रूप ।

खसाली सामन्ती ताज, चोरको सरदारलाई
दिनेछन् उचित दण्ड जारला दिएझैं गरी ।

भत्काइ सम्पर्ूण्ा व्यूह वर्गीय दुश्मन, वैरी
गर्नेछन् विनष्ट, ज्यामी, किसानहरू एक भै ।

निशाको साम्राज्य अन्त्य भएर बिहान होला
हँसाइ दिगन्त सारा रक्तिम रवि जन्मला
यसरी सुनौला युग जन्मेला हिमदेशमा
आधार आवको पर्ूर्ति हुनेछ त्यसै युगमा ।
±±

(स्रोत : Bishnu Bhandari’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघु-काव्य and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.