आञ्चलिक उपन्यास : पुर्वतिर

~प्रदिप नेपाल~Pradeep Nepal

पुर्वतिर (आञ्चलिक उपन्यास) | नेपाली उपन्यास | प्रदिप नेपाल

आगमन

घुरबिसे पञ्चमीबाट फाक्देवको ओरालो झरेपछि इवाँ खोलो आउँछ । फिदिम र ताप्लेजुङ जाने धेरै जसो यात्रीहरु घुरबिसेबाट ओरालो झरेर फाक्देव गाउँका बरपीपलका चौतारीहरुमा उभिएर उत्तरपूर्वको कुनामा पर्ने पौवा सारतापदेखि दक्षिणपश्चिममा पर्ने तमोर खोलासम्मका गाउँहरु, बेसीहरु अनि खोला वरिपरिका जङ्गलको रमीता हेर्थे । यसरी हेर्दै खोलामा झरेको यात्री एकछिन खोलामा बसेर सुस्ताउँथ्यो, धित मर्ने गरी पानी पिउँथ्यो र खुई खुई गर्दै डाँडागाउँको उकालो चढ्न थाल्थ्यो । चैत वैशाखको दिनमा कस्तै मै हुँ भन्ने बटुवा पनि उकालो, घाम र तिर्खाले हिरिक्क हुन्थ्यो र हरेक २५/३० पाइलामा बाटोमा ठिङ्ग उभिएर सुई सुई सुसेली हाल्थ्यो । त्यो आधा घण्टाको उकालोमा बटुवा हैरान हुन्थ्यो । तर

उकालोको टुप्पामा पुगेको बटुवाले एक पल्ट स्वर्गै पुगेको अनुभव गथ्र्यो । तल खोला छङ् छङ् गर्दै बगिरहेको हुन्थ्यो अनि चौतारीको आडैबाट गएको सल्लेरी बन स्वाईं स्वाईं सुस्केरा हाल्दै बटुवालाई हावाका थुंगाहरुले हिर्काइरहेको हुन्थ्यो ।

तर त्यो दिन भने इवाँदेखि तिरतिरेसम्मको लामो सल्लोघारीमा कतै पनि बतास नाचिरहेको थिएन । चौतारीबाट तेर्सो लागेको बाटो ठाउँ ठाउँमा मात्र करिम परेको हुनाले बाटोमा सास बढेर स्वाँ स्वाँ त भैरहेको थिएन । तर कमेज भित्र लाएको भित्री गञ्जीलाई भने पसीनाले लुछुप्पै भिजाएको थियो । बिस्तारै गञ्जी भिजाउने पसीनाले कमेजलाई पनि चिस्याउँदै गैरहेको थियो । घाम भरखरै मात्र मध्य आकासबाट ओरालो लागेको थियो, त्यसैले त्यो अहिले पनि आफ्नो भएभरको शक्ति लाएर चम्किई रहेको थियो । कता कति जङ्गल फाँडिएर छ्याङ्ग भएको पाखामा घामका तीखा किरणहरु वाण जसरी तालुमा बर्सिन्थे र एकपल्ट आँखै तिरमिरी बनाइ दिन्थे । छातै भए पनि पार नलाग्ने खालको उखुम घाम र गर्मीमा रित्तै हिंड्नु पर्दा समेत शीरमाथि दनदनाउँको आगो बलिरहेको अनि भुईंमा चाँहि कोइला टेक्दै हिंड्नु परे जस्तै हुन्थ्यो ।

 

सल्लेरीको बीचबाट हेर्दा इवाँ पारी र पूर्वतिरका भित्ताहरु हरियालीको बाक्लो ओछ्यान लगाएर सुतिरहेको, तर तिरतिरेको रातो माटो भने पानी नपाएर गहभरी आँशु लिएर रोइरहेको जस्तो देखिन्थ्यो । माथि पञ्चमीको कुइनेटो, बादलको बाक्लो सिरक ओढेर मुखबाट चुरोटको बाक्लो धुंवा बुङबुङती उडाउँदै बसेको बुढो सुब्बा जस्तै जस्तै देखिन्थ्यो । फाक्देव गाउँ माथिको आकासमा पनि घरि घरि कपासका टुक्रा जस्ता बाटदहरु उडेरै आइपुग्थे तर इवा खोला वारीको आकासमा एक चाक्लो बादल पनि देखिंदैनथ्यो । तल इवाँ खोला छेउका चौतारीहरु बतासको बांसुरीसङ्ग आफ्ना जामा जस्ता पातहरु फिरफिर पार्दै उडाइरहेका थिए तर तिरतिरेको सल्लोधारी न विरक्तिएर सुसाएको सुनिन्थ्यो न त वतासका थपेडाले हिर्काएका त्यसका सिम्टाहरु नै पट्याक पटुक गर्दै भुईमा खस्रेर सुलुलुलु बग्थे । त्यो मृत्युमा श्रद्धाञ्जली दिन उभिएको मान्छे जसरी ठीङ्ग उभिएको थियो । त्यसमाथिको आकास र छेउछाउको प्रकृति वाक्क लाग्ने गरी विरक्तिएको थियो ।

घाम र गर्मीको मार खेपेर लुरुलुरु हिंड्दै गरेको जीवन घिमिरे तिरतिरेको स्कूल मुनि आइपुगे पछि एकछिन ठीङ्ग उभियो । उसले मुख सुकेको स्वरमा ख्वाक्क गर्यो र च्याप्प भएको मुखबाट अलिकति थुक निकालेर दक्षिणतिर फर्केर पिच्च थुक्यो । त्यसपछि उसले आफ्ना गोडा अल्छिलाग्दो पाराले उचाल्यो । उ दुई चार पाइला हिंड्यो र एउटा चौतारी जस्तो ठाउँमा थ्याच्च बस्यो ।

जीवन घिमिरेले मुठीमा समातेको रुमालले एकचोटी सपक्क पारेर आफ्नो अनुहार पुछ्यो । त्यसपछि कमिज र भित्री गञ्जीलाई अलिक ओर तानेर छातिमा फु फु गरेर फुक्यो र छातिलाई चिसो बनाउने प्रयत्न गर्यो । दुई चार चोटी फु फु गरेपछि उसले आफ्नो ढाड तनक्क तन्कायो र कांधको झोलालाई निकालेर ढुंगाको एक छेउमा अड्यायो । अलि अलि पसीनाले भिजेसकेको रुमालले गर्धनको पसीना पुछ्यो । उसले रुमाल छातीभित्र हाल्यो र एकछिनपछि छ्याप्पै भिजेको रुमाल निकालेर त्यही चिसो रुमालले उ आफ्नो अनुहार हम्किन थाल्यो ।

अग्लो सल्लोको बोटमा एउटा चरो टिक्लिक्ट्याक् गरेर करायो । जीवन घिमिरेले एकचोटी आफ्नो टाउको उठाएर रुखको टुप्पातिर हेर्यो । चरो कतै देखिएन । शायद त्यो उडिसकेको थियो कि ?

जीवन घिमिरे आफ्नो रुमाललाई घरि यताबाट हम्किन्थ्यो घरि उताबाट हम्किन्थ्यो । तर जसरी हम्के पनि उसले आपूmलाई शीतल भएको महसुस गरेन । त्यसैले उसले फेरि रुमालले आफ्नो गर्धन पुछ्यो, छातिको पसीना पुछ्यो र आफ्ना पातला औंलाले एकपल्ट कपाल सम्यायो । त्यहाँनेर घामका तीखा किरणलाई सल्लाका हाँगाविगाले राम्ररी नै छेकेको भए पनि चिसो बतास बग्न सकेको थिएन । बतास बोलाउन उसले एक चोटी सुई सुई पारेर सुसेली हाल्यो । बाक्लो जङ्गलतिर आँखा गाडेर उ एकछिन बसिरह्यो । त्यसपछि उसले फेरि अर्को एकचोटी सुसेली हाल्यो । तर अहँ बतास पटक्कै चलेन ।

निकैबेर उ त्यसै अलमल्ल परेको मान्छे जसरी बसिरह्यो, तर धेरै बेरसम्म पनि बतास नचलेपछि उ जुरुक्क उठ्यो । उसले चिसै रुमालले आफ्नो अनुहारको पसीना पुछ्यो । भुईंमा राखेको झोला टिपेर कांधमा हाल्यो । आफू अगाडिको उकालो बाटोलाई माथिसम्मै देखिउज्नेल हेर्यो र अल्छी लाग्दो पाराले आफ्ना खुट्टा तन्कायो ।

फाट्फुट फाट्फट घरहरु देखिन थालेका थिए । पश्चिममा तीनजूरे पारीको क्षितिजतिर ओर्लिन थालेको घाम पनि अब जीवन घिमिरेलाई ताकेर हेर्न थालेको थियो । जङ्गल पनि पछिल्तिर बसेर उसको अल्छी लाग्दो चालढाल र हिंडाइलाई नियाली रहेको थियो । सल्लाका अग्ला रुखहरु पछाडि छोडिइ सकेका थिए । अगाडि स–साना पोथ्राहरु थिए । तिनीहरुको बी–बीचबाट अलिक पर कोदाको नलले हरिया भएका बारीका कान्लाहरु उसको बाटो हेरेर बसिरहेका जस्ता देखिन्थे ।

जीवन घिमिरे जङ्गलबाट बाहिर निस्क्यो र डीलमा ठीङ्ग उभिएर वरिपरि नियाल्न थाल्यो । उसको देब्रेतिर इवाँ खोला पारी मेहेलबोटेको सोतो स्कूल भवन त्यही नजिकै जस्तो देखिन्थ्यो । जीवनले त्यसका झ्याल र ढोकाहरुलाई छुट्याउँला कि जसरी स्कूललाई हेर्यो । स्कूल वरिपरि चार पाँच वटा सेता टिनका घरहरु थिए र तिनले आफ्नो सम्पन्नताको प्रदर्शन गरिरहेका थिए । घरहरुदेखि ठीक्क मुन्तिरका ठूला ठूला टारबारीहरु ती घरमा बस्ने मालिकहरुका बैभवलाई प्रदर्शन गरेर लम्पसार परेका थिए । टारवारीका गराहरु झण्डै डेढ दुई सय गजसम्म झरेका थिए र त्यहाँदेखि मुनि ठाडो ओरालो खोलातिर झर्न थाल्थ्यो । ओरालोको दाहिने देब्रेतिर कुचुक्क परेर बसेका आँखैमा बिलाउने बुकुराहरुले भने गाउँको दरिद्रतालाई लुक्न दिएका थिएनन् । ओरालोको दुबैतिर थुप्रिएका साठी सत्तरी घरहरुको प्वालबाट दरिद्रता चिच्याई चिच्याई कुर्लिरहे जस्तो लाग्थ्यो । जीवनको आँखामा उत्सुकता नाचिरहेको थियो । त्यही उत्सुक आँखाले उसलाई खोलामा पुर्यायो ।

सांघुरो बेंसीको बीचबाट ठूलो कुलोजस्तो भएर इवाँ खोलाको सफा पानी तमोर नदीसङ्ग मितेरी लाउन पश्चमतिर बेग मार्दै थियो । खोलाको दुबै किनारामा सुतेका खेतका गराहरुमा धानका बालाहरु पहेंलपुर भएर नाचिरहेका थिए । जीवनका आँखा स्थिर भए उसले त्यहीं टाँस्सिएको एउटा पुरानो डिही खोज्यो । त्यहाँ एउटा होइन एक दर्जन जति नयाँ पुराना डिहीहरु धान रुंगेर बसिरहेका जस्ता देखिन्थे । जीवनको मुटु नजानिंदो पाराले चसक्क दुख्यो । आँखामा बादल लाग्यो र आँखा खेतका गराहरुबाट आतुरिंदै भाग्न खोजे । जीवनले आकासतिर हेर्यो । त्यो अहिले पनि निलो र गंभीर थियो । छेउछाउमा बादलका चोक्टाहरु छंदै थिएनन् ।

उसको अघिल्तिर अलिकति उत्तर पूर्बबाट पहिले दक्षिण पश्चिम र त्यसपछि सिधै पश्चिमतिर बगेर गएको लमतन्ने डाँडो तेर्सिएको थियो । यो लमतन्ने डाँडाको दक्षिणी पाटो सपाट र मैदानी थिएन । कतै त्यो थुम्को बनेर उठेको थियो, कतै त्यो खोल्सी भएर धस्सिएको थियो, कतै त्यो बारी बनेर पल्टिएको थियो भने कतै त्यो जङ्गल बनेर तेर्सिएको थियो । त्यसैले त्यताको बारीको, पाखो पारी मेलबोटेको जसरी देखिंदैन थियो । कतै थुम्कोले खोल्सीलाई छोपिरहेको हुन्थ्यो भने कतै जङ्गलले बारीलाई ढाकेको हुन्थ्यो । तर पनि त्यो डाँडो, बुङला डाँडाको पुछारको गाउँमा देखिने निर्धन झुप्राहरुले नेपालीहरुको वास्तविक जीवनको परिचय दिइरहेका थिए । खानीगाउँका रातो माटोले लिपेका साना तर चिटिक्क परेका एक दर्जन घरहरु ठूलो टारी डाँडा माथि अनारका गुजिल्टिएका दाना जसरी खांदिएर बसेका थिए । खानी गाउँदेखि पूर्वपट्टीको डुम्रे खोल्सो पुछारमा मात्रै देखिन्थ्यो । डुम्रे खोल्सो भन्दा पूर्वपट्टीको प्याङ्खरमा १५/१६ वटा याक्साहरु मुर्दा जसरी लम्पसार परेर लडेका जस्ता देखिन्थे । प्याङ्खरको ओल्लो छेउमा भने तीन ओटा राता घरहरु लिम्बु संस्कृतिको प्रदर्शन गर्दै पहारिलो पाखामा तल बगिरहेको इवाँ खोलालाई हेर्दै ठीङ्ग उभिएका थिए । तर जीवनले आफ्ना आँखालाई ओरपर र तलमाथि डुलाउंदै तीन वटा घरका भित्तामा ल्याएर टाँस्यो । उसका आँखाहरु त्यहीं स्थिर भए । अनुहार पनि एक तमासको भयो । गहको आँशु डीलमा निस्केको त थिएन तर आँखामा गहिरो पोखरीमा तरङ्ग उठे जस्तो विषादको लहरहरु उठ्दै सेलाउँदै थिए ।

जीवन घिमिरेले ती तीनवटा घर मास्तिरको बाक्लो सल्लाघारीमा आँखा पुर्यायो । अन्यत्र जङ्गल सखाप हुँदै गएको भए पनि त्यो उसले छोडेको बेलाको जस्तै थियो । त्यो, पाखामा ठीङ्ग उभिएर हावामा सुसेली मार्दै गीतको भाका टिप्न बल गर्दैछ कि जस्तो लाग्थ्यो । सल्लाघारीको पल्लो छेउको ठूलो टारबारी लमतन्न तेर्सिएर सुतिरहेको थियो । टारबारीको कोदो हरियो थियो, त्यसैले त्यो ठूलो र हरियो मैंदानमा टाउको हल्लाएर बसिरहेको जस्तो देखिन्थ्यो । टारबारीको माथिल्लो भित्ताको टिनले छाएका पुरानो घर जीवनलाई खिसी गरेर हेरिरहेको थियो । जीवनको अनुहार त्यसै तम्तम्याइलो भयो । उसका आँखा झिलिक्क चम्किए । उसले धेरैबेर गढेर त्यो घरलाई हेर्यो । छानाको टिन ठाउँ ठाउँमा खियाले खाएर कालो भएको थियो । निकै पुरानो भएकोले होला । झ्यालहरु आहाल बसेका भैंसी जस्तो देखिन्थे र रातो माटोले पोतेका भित्ताहरु हातखुट्टा फालेर घिनलाग्दो पाराले बसिरहेकी महिला जस्तै देखिन्थे । घरभन्दा पश्चिमतिरको आंगनको एउटा सानो चोक्टो घाम परेको ठाउँमा अलिकति देखिन्थ्यो । आंगनभन्दा उतापट्टीको टिनले छाएको मतान, गाउँ घरमा देखिने प्राथमिक विद्यालय जस्तै थियो ।

जीवनले त्यहाँभन्दा अन्यत्र आँखा डुलाएन । उसले आँखै नझिम्क्याई त्यो छाँट नपरेको ठूलो घरलाई हेरिरह्यो । त्यो घर घरि घरि तुवांलोको पातलो पर्दामा हराउन खोज्थ्यो । तर एकै छिनमा त्यो छ्याङ्ग भै हाल्थ्यो । उभिएको उभियै आँखा र गोडा दुख्न थालेपछि जीवन घिमिरे अल्छिलाग्दो पाराले उकालो चढ्न थाल्यो ।


 

बाटो अब पहिलेको जस्तो थिएन । कतै बारीको डील सानो गोरेटो हिंड्नु पथ्र्यो भने कतै घरहरुको बीचबाट फुत्त छिर्नु पथ्र्यो । कतै धाराको आडैबाट हिंड्नु पथ्र्यो भने कतै कुलाको डीलै डिल पानीबाट जोगिंदै जोगिंदै तर्सो लाग्नु पथ्र्यो ।

बातावरण पनि अघिको जस्तो थिएन । आकासमा बादलका टुक्राहरु त थिएनन् तर चिसो बतास चल्न थालेको थियो । अघिको जस्तो सन्नाटा र सुनसान पनि थिएन । बेला बेलामा बटुवाहरु भेटिंदै थिए । गाउँलेहरु कराएर एक अर्कालाई बोलाई रहेको अथवा केही भनिरहेको सुनिन्थ्यो । ६/७ घरको सानो टोल नाघेर अघि आएपछि जीवनले सात जना स्कूले केटाहरुलाई हल्लिंदै हल्लिंदै झरिरहेको भेट्यो । त्यो भित्ताको छोटो उकालो काटेपछि उसले बुङला डाँडाको चौतारो, सेतो पाटी र मौलो पूजा गर्ने थान आफ्नो नजिकै आइरहेको देख्यो । उ भित्रको उत्साह अलिक तीव्र भयो । उसको अनुहार अलिक उज्यालो भयो । उ त्यहाँ डीलमा एक छिन उभियो र पहिलेको भन्दा फुर्तिलो पाराले पाइला चाल्न थाल्यो । जीवन बुङला गाउँको सिरानको दोकानमा आइपुग्दा घाम संगा्रती बजार भन्दा एक हात माथि मात्रै थियो ।

घाममा पोलिएर लखतरान परेको बुङला डाँडो जीवन घिमिरे जस्तै थाकेर लस्त परेको थियो र थकाई मार्ने विचारले डङरङ्ग पल्टिएको थियो । डाँडाको पाटीका सबै झ्याल ढोकाहरु बन्द थिए । यता दोकानमा पनि कुनै चहलपहल देखिंदैनथ्यो ।

पाटीको सेता भित्तामा केही नाराहरु लेखिएका थिए, तर दोकानको भित्ता सफा र सेतो थियो । दोकानतिर कोही मानिस गैरहेका थिएनन् र दोकानबाट पनि कोही आइरहेका थिएनन् । जीवन विस्तारै दोकान तिर लाग्यो । दोकान भित्र एउटा तन्नेरी केटो आफ्ना पहेंला दांत देखाएर हांसिरहेको थियो । उसको छेवैमा मुजैमुजा परेको अनुहार लिएको एकजना बुढो सुब्बा एक बित्ता लामो चुरबाट धुंवाको मुस्लो निकालेर दोकानेको कोठालाई नै कुइरी मण्डल बनाउन खोजिरहेको थियो । दोकानको पल्लो कुनामा बसेको ठूलो चुलो सेतो धुंवाको रेसाले दलिन र निदाललाई कालो पार्दै थियो । दोकान बाहिरको बरपिपलमा चराचुरुङ्गीहरु चिरबिर गर्दै चिरबिराइरहेका थिए ।

“चिया खान पाइएला ?” जीवनले दोकानतिर हेरेर सोध्यो । तर दोकानदारले कुनै जवाफ नदिंदै उसले कांधबाट झोला झिकेर बेञ्चमा राख्यो । आफ्नो सुकोको तर गनाउने रुमालले एकचोटी अनुहारको पसीना पुछ्यो र उ झोलाको छेवैमा थ्याच्च बस्यो ।

“बाइसा भए नाबाइने गे छारा ?” बुढोले आफ्ना साना आँखाले जीवनलाई हेर्यो र बोली सक्ने वित्तिकै हाँस्यो ।

“पाइन्छ नि, तर एकछिन पर्खिनु पर्छ” बुढाको कुराको वास्तै नगरी दोकाने केटाले शिष्ट र मिठो स्वरमा भन्यो ।

जीवनले केही कुरा उठाएन । उसले एक चोटी आफू अगाडिको टुहुरे पसललाई हेर्यो । पसल नाम मात्रको थियो । तासीमा एक दर्जन जति जुत्ता र चप्पलहरु । केही लुगा धुने र नुहाउने साबुनका डल्लाहरु दुइ तीन दर्जन जति कापी र अलिकति डटपेन । गोल मिठाइका चार पाँच वटा पोकाहरु । नजिकै भुईंमा सकिनै लागेको नून र छेउमै खाने र बाल्ने तेलका टिनहरु । भुईंको एउटा कुनामा दुई वटा मुख बाँधिएका बोराहरु । अर्को पट्टी एउटा पुरानो रेडियो र केही खिस्रिङ मिस्रिङ सामानहरु …… ।

“आन्दो सार, गां जान्छौं ?” बुढो सुब्बाले आफूलाई प्रश्न सोद्धा जीवन झस्कियो ।

“यहींसम्म बाजे ।”

“आन्दो, गाम ?”

“यसो मास्टरी पाइन्छ कि भनेर ।”

“लौ, पेन्साट लाको अर्को मास्डार आयो” बुढो एकचोटी फेरि हाँस्यो ।

“मास्टरी पाइन्छ कि” भन्ने वाक्यले चिया बनाउने तरखरमा लागेको दोकाने केटो झसङ्ग भयो । उ हतार हतार जीवनतिर फर्कियो । उसले नियालेर जीवनलाई हेर्यो । एक्कासी उसको अनुहार हंसिलो भयो । उसले केही बोल्न मुख उघार्यो । फेरि अन्तरे बुढातिर हेरेर उ चुप लाग्यो र चिया बनाउन थाल्यो ।

चिया उमाल्न आगो हुर्काउँदा हुर्काउँदै उसले आफ्नो कमेजको गोजीबाट एउटा फोटो निकाल्यो । निकैबेर फोटोलाई हेरेपछि उ मुसुक्क मुस्कुरायो र धेरै दूध हालेर चिया बनायो ।

“आन्दो कांड आयौ मास्डार ?” त्यसैबेला बुढोले सोध्यो ।

“म त धेरै टाढाबाट आएको है बा” जीवनले पनि अलिक ठट्टेउलो बन्न खोज्दै भन्यो ।

“टाढा भे नि ठाउंको नाउं दा होला ।”

“त्यो ठाउँलाई आसाम भन्छन् बा !”

अघिसम्म हांस्तै गरेको बुढो एक्कासी मौन भयो र एकनासले जीवनको अनुहारमा हेर्न थाल्यो । चिया पकाउंदै गरेको दोकाने केटाले पनि कौतुहल बोकेको अनुहारले जीवनलाई हेर्दै चिया दियो ।

“आन्दो, दिम्ले हाम्रो जान्दरे बाउनलाई बिनी जिन्छौ होला ।”

जीवनले बुढाको सोधाइको झ्वाट्टै जवाफ दिन सकेन । चिया समातेका उसका हातहरु नजानिदो पाराले थर्थराए । त्यसैबेला दोकाने केटोले बुढालाई अलिक हकारेको स्वरमा भन्यो, “आसाम भन्या तिम्रो बुङला गाउँ हो र ? आसाम त नेपालभन्दा ठूलो छ । जन्तरे बडा कुन गाउँमा होलान् । उहाँ सर कुन ठाउँबाट आउनु भा होला । त्यसै सप्पै था हुन्छ ?”

दोकाने केटो गाउँले भए पनि निकै बाठो जस्तो देखिन्थ्यो । जीवनले धेरैबेरसम्म केटो र बुढोलाई पालै पालो हेरिरह्यो । उसलाई के भनौ भनौ भै रह्यो । बुढाले पनि सबभन्दा पहिले जन्तरेकै चिन्ता लिएको र दोकाने केटोले पनि जन्तरेलाई आदरपूर्वक पढा भन्ने सम्मान दिएको सुनेर जीवनले आफ्नो मनलाई अलिक आंटीलो बनायो र बिस्तारै भन्यो, “म जन्तरे कै छोरा हुँ ।”

“हँ” जीवनको उत्तर सुनेर बुढो र दोकाने दुवै झसङ्ग भए । बाहिर प्रकृतिमा नजानिदो पाराले सांझ ओर्लदै थियो र मिल्केको लेकमा उभिएको दिनले बिदाइका हातहरु हल्लाउन थालिसकेको थियो । कंचनजङ्गा ओरिपरिका हिउंचुलीहरु पहेलो अनुहार पारेर घामलाई “जाउं है त” भनेर बिदा दिंदै थिए । पिपलको बोटमा चराचुरुङ्गीको हल्ला पहिलेभन्दा बढेको थियो ।

बुढाले धेरैबेर जीवनलाई नियालेर हेर्यो । बुढाले हेरुन्जेल जीवनले पनि चियाको चुस्की लिएन । त्यसैबेला बुढाले नरम स्वरमा सोध्यो, “देसो भा तिमी जेठा हौ ?”

“ज्यू म जेठो, जीवन ।”

बाहिर साँझ ओर्लन थालेको भए पनि दोकान भित्रका मान्छेहरु बीस वर्षपछिको पुनर्मिलनमा भित्री मनदेखि मुसुक्क हाँसे ।


 

बिदाइ

रात निस्तब्ध भै सकेको थियो ।

दोकानको रेडियो निदाई सकेको थियो । दोकान पनि निदाएको थियो । लालटिन सधैंको जसरी मधुरो उज्यालो फ्यांकेर धिपधिप गर्दै बल्दै थियो । त्यसको छेउमैं दोकाने नरविर निदाउन लागेका आँखाले दलिन र निदाललाई नियाली रहेको थियो । तर त्यसको माथिल्लो तलाको एउटा कोठमा सुतेको जीवन घिमिरेको आँखाले निंद्राको ओढ्ने अझै ओढ्न सकेको थिएन ।

पूर्णिमाको पर्सिपल्टको उज्यालो जूनको एउटा टुक्रा झ्यालबाट छिरेर कोठामा नाचिरहेको थियो । अरु दुई वटा झ्यालबाट छिरेका उज्यालाका आभासहरुले सिंगै कोठालाई उज्यालो पार्न थप मद्दत पुर्याइरहेका थिए । बाहिर चराचुरुङ्गीको चहलपहल पनि थिएन । दिन भरिको यचत्रा र परिश्रमले लखतरान भएर ती आनन्दको निंद्रामा सुतेका थिए । घरि–घरि चल्ने शीतल बतासले बरपिपलका पातहरुलाई सर्याङ सर्याङ पारेर हल्लाउँथ्यो र रातको निस्तब्धतालाई चिर्दै त्यो सुलुलुलु बग्दै पात्ले भञ्ज्याङतिर जान्थ्यो ।

जीवन बल गरेर निदाउन खोज्यो । तर पनि उसलाई निंद्राले समाउन सकेन । बरु उल्टै उसका आँखा झन तेजिला भए । उसको सिरक भित्र लुकेको जीउ अलिकति चलमलायो । उसका दुइटै आँखा मधुरो उज्यालोसित लुकामारी खेलिरहेको निदालमा टांसिए । संझिन नचाहंदा नचाहंदै पनि जीवनको आँखामा बुङला गाउँमा बितेको आफ्नो बाल्यकाल त्यो अंध्यारो कोठाभित्र सिनेमामा नाच्ने चित्रहरु जसरी नाच्न थाल्थ्यो …… ।

………. बुङला डाँडाको दक्षिणी पाटोमा पूर्व–पश्चिम तेर्सिएर बसेका तीन वटा टोलहरु थिए । सबभन्दा पूर्वको टोल खासै बुङला भनिन्थ्यो । त्यहाँ भएका, मन्त्री साहेपको ठूलो उज्यालो घर र उसका भाई भतिजाका एक दर्जन जति कलात्मक घरहरुले त्यो टोललाई सधैं उज्यालो बनाई राख्थे । मन्त्री साहेपको घर भन्दा तलका झण्डै एक दर्जन जति नै झुप्राहरु माथिल्ला एक दर्जन सम्पन्न घरका उज्याला भित्र हराएका थिए । त्यो टोलभन्दा पश्चिमतिर अस्तव्यस्त ढङ्गले बसेका ४०/५० लिम्बु परिवारका घरहरु पनि गरिबीको प्रदर्शन गर्न गाह्रो मान्थे । तिनमा सम्पत्रता त थिएन तर टाढाबाट हेर्दा ती घरहरु रमाइला र सुन्दर देखिन्थे । त्यो छरिएको लिम्बु गाउँभन्दा पश्चिमतिरको खानीगाउँ बाहुन, क्षेत्री, मगर र लिम्बुहरुको मिश्रित बस्ती थियो । त्यहीं एकै ठाउँमा सम्पत्रता र विपत्रताका प्रतिकहरु पूर्व–पश्चिम, उत्तर–दक्षिण चारै दिशातिर हेरेर ठीङ्ग उभिएका थिए ।

खानीगाउँ भन्दा माथिको सल्लेरी वन पूर्व–पश्चिम तेर्सिंदै आएर स्कूलमा टुंगिन्थ्यो । पहाडको स्कूल भए पनि मन्त्रीको गाउँको भएर होला स्कूल चिटिक्क परेको थियो र त्यसको खेल मैंदान पनि ठूलो थियो । स्कूलको मैदानभन्दा पूर्वतिरको मौलो डाँडामा पात्ले, चिलाउने, धुसुरो आदिका बुट्यानहर थिए र थुम्को परेर गएको मौलो डाँडाको सिरानमा एउटा ठूलो खांवो गाडिएको थियो । खांवोको छेउमै ८/१० वटा साना ठूला ढुंगाहरु थिए ।

मौलो डाँडाको झाडी नाघेर पूर्वतिर झरेपछिको मैदानमा मन्त्री साहेपले बनाएको एउटा राम्रो पाटी र पाटीको अगाडि ताछेर राम्रो पारेको एउटा मैदान थियो । मैदानमा बेला मौकामा बजार लाग्थ्यो र मेलामा जाँड रक्सीले मातेका लिम्बुहरु खुकुरी निकालेर, बुरूक् बुरूक् उफ्रिंदै झगडा गर्थे । उमेर पुगेका तरुनी तत्रेरीहरु लामो लय हालेर लेघ्रो तान्दै पालम गाउंथे र घुमी धान नाच्थे । बिहानी पख धान नाचे मध्यकी कुनै केटीलाई धान नाच्दै गरेको कुतै केटाले घिसाथ्र्यो र थकाईले लस्त परेका दुई जमात लिम्बु लिम्बुनीहरु एकपल्ट झगडा गर्न खोज्थे । तर त्यस्तो झगडा त्यति बेस्सरी चर्किंदैनथ्यो र विस्तारै बजारमा आएका मानिसहरु आ–आफ्नो घरतिर फर्किन थाल्थे ।

जीवन र उसका केटाकेटी साथीहरु कहिले त्यहाँको सल्लेरी वनमा सिम्टा खोजिरहेका हुन्थे भने कहिले स्कूलको मैदानमा उफ्रिरहेका हुन्थे । टोल टोलका ५/७ जना केटाकेटीहरु मिलेर भेडा बाख«ाका बथान जस्ता यता र उता चहारी हिंड्थे । उनीहरुलाई आफू बाहुन वा क्षेत्री भएको, लिम्बु वा राई भएको, दमाई वा कामी भएकोमा कुनै वास्ता थिएन । उनीहरुलाई गाउँमा मन्त्री साहेपले मोजमस्ती गरेको र जसवीरेले बनिबुतो गरेर पनि जहान परिवारको आङ ढाक्न हम्मे हम्मे परेको पनि वास्ता थिएन । केटाकेटीको त्यो हुल विहानीको घामको झुल्कोमा त तल घर घरका आंगन मै भेटिन्थ्यो तर दिउंसो घाम चढिसकेपछि तिनलाई खोज्न चारचौरास घुम्नु पथ्र्यो । बेला मौकामा घरका बाबु आमाले चिच्याएर बोलाउंदा तिनीहरु मौला डाडामा माटोकोरी अथवा लुकामारी खेलिरहेका हुन्थे । हाट लागेको बेला तिनीहरुलाई ओल्लो छेउ र पल्लो छेउ कुदिरहेको देख्न सकिन्थ्यो । कसको लुगा फाटेको छ, कसको लुगा मैलो छ अथवा कसको लुगा सुकिलो छ भत्रे पनि उनीहरुलाई ख्याल हुंदैनथ्यो । खेल्दा र रंगरगती घुम्दा न त तिनीहरु पानीले कुटेकै थाहा पाउंथे न घामैंले तालु फुटाल्न आटेको नै पत्तो पाउंथे । मस्तीको जोवन थियो त्यो । बडो आनन्दको जीवन । शोक न सुर्ता, भोक न भकारी ।

जीवन आफ्ना थुप्रै गाउंले साथीभाइ भन्दा कुनै हिसाबले फरक थिएन । उसलाई पनि स्कूल जान मरे जस्तै हुन्थ्यो अनि स्कूल जाने निहुंमा भाग्न र जङ्गलतिर गएर खेल्न पाउँदा साह्रै मजा लाग्थ्यो । कहिलेकाहीँ बाबुले छोराको सानो इस्टकोट अथवा कमेजको गोजीमा ५/७ वटा ढुंगाका टुक्राहरु, माटोकोरी खेल्ने सिन्काहरु, एक मुट्ठी जति धुलो माटो पनि भेट्टाउथे र छोरालाई ढाड अथवा गालामा २/४ थप्पड लगाउंथे । आफ्नो जीउमा एक थप्पड पर्ने बित्तिके उ कोकोहोलो मच्चाउंदै ‘अब भाग्दिन नि’ ‘अब स्कूल जान्छु नि’ भन्दै कराउंथ्यो । उ रुन थालेको एकछिनमै घरभित्रबाट जीवनकी हजुर आमा बाहिर निस्कन्थिन र उसलाई खोसेर लान्थिन् ।

जीवन पनि अरु जस्तै रिसाउँथ्यो र रिसाएपछि मुखमा आए जति सबै खालका गाली ओकल्थ्यो । छोराको मुखाबाट निस्कने गाली सुन्दा आमाबाबु दङ्ग पर्थे । बाबु प्रायः हप्ता हप्ता दिनमा छाडा बोली निकाल्यो भनेर छोरालाई सिर्कनाले हिर्काउँथे । सिर्कनाको दुखाई सम्झिउन्जेल जीवन छाडा बोली निकाल्दैनथ्यो । तर रिस उठेपछि उ सिर्कनो पनि बिर्सिहाल्थ्यो ।

जीवनले भोक खप्न जानेको थिएन र घरमा पाहुना आएको बेला रोड्याईं गर्यो भने जे मागे पनि पाइन्छ भत्रे उसले बुझेको थियो । कहिलेकाहीँ स्कूलबाट फर्किंदा घरमा खाजा भेटेन भने उ खानीगाउँको डांडै थर्काइदिन्थ्यो र अगाडि जे भेट्यो त्यसैले आमालाई हिर्काउंथ्यो । तर जे भए पनि त्यतिबेला उसका यस्ता व्यवहारहरु अनौठा मानिंदैनथे । गाउँका औसत केटाकेटी, त्यसमा पनि जीवनको बाबु जस्तो औकात भएका मान्छेका छोराछोरीको स्थिति यस्तै हुन्थ्यो । घरमा बाबुको पिटाइ र आमाको माया, स्कूलमा मास्टरको पिटाइ र गाली अनि गाउँले दौंतरीको माझमा खेलकुद, झगडा र मायापिर्तिका बीच उनीहरुको बाल्यकाल गुज्रन्थ्यो । जीवन पनि भरखर भरखर बाल्यकालको माथिल्लो खुड्किलो पार गर्दै थियो । उ भन्दा मुनि एउटा भाइ र एउटी बैनी जन्मिसकेको थिए । त्यसैले उ पनि अब विस्तारै सुध्रन सक्छ भत्रे उसका आमाबाबुलाई विश्वास थियो ।

जीवन घिमिरेले बाल्यकाललाई बिदा दिनै लागेको बेलामा बुङलामा पनि अठाह्र साल आयो । मन्त्री साहेपका तीन भाई छोराहरु बन्दुक बोकेर गाउँमा निस्के । गाउँमा क्षेत्री बाहुनहरु निकै डराए । अब फेरि ००७ साल पल्टिने भो रे भत्रे हल्लले गाउँलाई खर्लप्पै खायो । कहिले, लौ सुकेमा कांग्रेस मारिए रे, लौ च्याङथापुमा कांग्रेसले पुलिस मारे रे, फिदिममा त कांग्रेसको राज आयो रे भन्ने हल्ला पनि सनसनाउंदै गाउँसम्म आई पुग्थ्यो । तर खुद बुङलामै चाहिं केही भएन । मन्त्री साहेपका छोराहरु गाउँमा बसेनन् । उनीहरु कता कता ओल्लो पल्लो गाउँमा घुमी हिंडेको खवर गाउँमा आउँथ्यो । मन्त्री साहेपका छोराहरुले तम्मरको पुल काटे रे, अथवा मन्त्री साहेपका छोराहरु र देवान दोर्जेहरु ठूलो रांगो काटेर, घ्याम्पामा टत्र रक्सी बोकेर अमरपुरतिर भोजभतेर लाउँदै हिंड्दै छन् रे भत्रे हल्ला गाउँमा उड्दै उड्दै आउँथ्यो । तर त्यो हल्ला जसरी आउँथ्यो उसरी नै हराउँथ्यो । मान्छेहरु मन्त्री साहेपलाई हेर्थे । मन्त्री साहेपमा कुनै खालको फेरबदल थिएन । ०१७ सालमा उनी जस्ता थिए, ०१८ सालमा पनि उस्तै रहे । ०१७ सालमा पनि बुङलामा मन्त्री साहेपकै हुकुम चल्थ्यो । ०१८ सालमा पनि उसको हुकुमलाई काट्ने त्यहाँ कोही जन्मिएको थिएन । जहाँसम्म मन्त्रीका छोराहरुको कुरो थियो त्यसबेलामा कसैले कुनै चासो राखेनन् । मन्त्रीका छोराहरु सत्र साल अघि पनि धेरै जसो बाहिरै बस्थे, अठार सालमा पनि उनीहरु बाहिरै लागे । त्यसैले बुङला गाउँको जीवनमा कुनै खास उथलपुथल आएन । पन्ध्र बीस दिन स्कूल भने बन्दै रह्यो । त्यसपछि एकदिन जीवन आफ्ना बाबुसङ्गै स्कूलमा गयो । स्कूलको पढाइ चल्न थालिसकेको थियो । जीवन पहिलेकै जस्तो दोश्रो कक्षाको कोठा भित्र पस्यो ।

बुङला गाउँको लागि अठार साल हल्लै हल्लाको साल रह्यो । अठार साल सकिने बेलामा मन्त्री साहेपको अन्तरे छोरो मुग्लानबाट फर्कियो र आफ्नै तालमा गाउँमा घुमफिर गर्न थाल्यो । न कुनै पुलिसले उसलाई पक्रन सके न कसैले उसलाई तिमीहरुको लडाईंको खवर के छ भनेर सोध्ने नै साहस गरे ।

……… अठाह्र सालको माघ महीनाको दिन थियो । आकास नराम्रारी धुम्मिएको थियो र सल्लेरी वनमा बाक्लो कुहिरो उठेको थियो । माघे झरी अझै लागेको थिएन तर त्यो दिन पानी पर्ला कि जस्तो भैरहेको थियो । स्कूलको चिसो भुईंमा केटाकेटीहरु जाडोले स्यू स्यू काम्दै कहिले छुट्टीको घण्टी बज्ला भनेर आतुरिइरहेका थिए । मास्टरहरु पनि कोखामा हात घुसारेर एकछिन कक्षा कोठामा आउँथे र फनक्क फर्केर अफिस कोठामा गएर आगोको अघिल्तिर उभिन्थे । त्यसैले स्कूलको पढाई तेस्रो पिरियडदेखि नै चल्न सकिरहेको थिएन । दिन अंध्यारोतिर बढ्दै थियो । सल्लेरी वनबाट जतिपटक चिसो हावा बग्थ्यो त्यतिपटक विद्यार्थीहरुको मुटु नै थररर काम्थ्यो । उनीहरु आफ्ना हातहरुलाई झन कसेर बांध्थे र मुखबाट धुवां जस्तो वाफ निकाल्दै स्यू स्यू गर्थे । दिन अंध्यारिंदै थियो । बादलको पत्र बाक्लिंदै थियो र जाडो पनि झन झन बढ्दै थियो । अब न्यानो फर्किने कुनैं संभावना थिएन । त्यसैले मास्टरहरुले पाचौं घण्टी पछाडि नै स्कूल बन्द गरिदिए । विद्यार्थीहरु ग्वाररर् स्कूल मैंदानमा निस्किए र आ–आफ्ना घरतिर लागे ।

जीवनले आंगनको डीलमा खुट्टा राख्ने बित्तिकै मन्त्री साहेपको ठूलो टाउकोले आफैलाई हेरिरहेको छ कि जस्तो ठान्यो । उ एकपल्ट त्यसै खङ्ग्रङ्ग भयो । मन्त्री साहेपको अनुहार देख्यो कि उसलाई कता कता डर लागे जस्तो हुन्थ्यो । मन्त्री साहेपको अनुहार उसलाई अनौठो लाग्थ्यो । कपाल बेस्सरी फुलेको थियो र आँखाहरु साना काला धर्सा जस्ता मात्रै देखिन्थे । मन्त्री साहेपको मुख ठूलो थियो र मुखको दुई किनारमा पहेंला हुन् कि राता जस्ता लामा जुंघाहरु थिए । मन्त्री साहेपले मुख बन्द गरेको बेला ती जुङ्घाहरु पनि सुते जस्ता देखिन्थे । अनि मन्त्री साहेप बोल्न लाग्दा ती जुङ्घा पनि यता उता हल्लिन्थे ।

जीवनले सबभन्दा पहिले मन्त्रीलाई हेर्यो । त्यसपछि उसले मन्त्रीको वरिपरि बसेका मान्छेमाथि आँखा घुमायो । मन्त्री साहेप दलानभन्दा अलिक वर ठूलो चकटी माथि ओछ्याएको सुकीलो राडी माथि डम्म परेर बसेका थिए । उसको वरिपरि नौ जना मानिसहरु सुकुलमा त्यसरी नैं पलेंटी कसेर बसेका थिए । मन्त्री साहेपभन्दा दुई हात जति पर आँगनमा सानो खोपिल्टो खनिएको थियो र खोपिल्टो माथि दनदनाउँदो आगो बलिरहेको थियो । आगोको छेवैमा सल्लो र चिलाउनेका चिर्पटहरुको अँगालो भरिको भारी लडेको थियो । दाउराको छेवैमा जीवनका बाबु मन्त्रीतिर फर्केर बसेका थिए र मलिन अनुहारले मन्त्रीलाई हेरिरहेका थिए । जीवन विस्तारै हिँडेर मान्छेको छेउमा पुग्यो । त्यसैबेला एउटा मान्छेले दुइवटा सल्लाका चिर्पटहरु आगोमा हाल्यो । आगोका स–साना फिलुङ्गाहरु भरर्र उडेर बतासमा हराए । आगो एकपल्ट हरक्क बल्यो जीवनले पनि एकपल्ट आगोको न्यानो महसुस गर्यो । उसले अझै एकछिन ठिङ्ग उभिएर मन्त्री र आफ्नो बाबुलाई पालैपालो हेर्यो । मन्त्री साहेप आँखा चिम्लिएर केही सोचिरहे जस्तो देखिन्थे भने जीवनका बाबुका आँखाहरु सधैंका भन्दा ठूला देखिन्थे ।

“जे भा नि मन्त्री साहेप, हजुर भनेका हामी सबैका अत्रदाता हुनुहुन्छ । हजुरले हुकुम भएको एउटा पनि बचन आजसम्म मैले भूईंमा खस्न दिएको छैन । तर यसपालीको हुकुमले भने मलाई खङ्ग्रङ्गै पार्या छ । सबैथोक हजुरका सामु छंदैछ । बिहे गरेर पठाएकी एउटी छोरी बाहेकका पनि चार जना चिचिला छन् । टाउकामा डाँडाको जुन जस्ती आमा छिन् । मेरो आफ्नो भत्रु यो एउटा झुप्रो, एक हलको बारी र त्यै गैरी खेत हो । मेरो सकल जहानको प्राण धात्रे यो भन्दा अर्को कुनै बाटो छैन । हजुरले जे मर्जी हुन्छ ।”

आंगनबाट दलानमा उक्लिनै आँटेको जीवन आँगनमै ठिङ्ग उभियो र मन्त्री साहेपको अगाडि हात जोडेर मायालाग्दो पाराले बोल्दै गरेका आफ्नो बाबुलाई हेर्न थाल्यो । उसले बाबुलाई यसरी बोलेको कहिल्यै देखेको थिएन । कि त उनी रिसाएर ठूल्ठूलो आवाजमा गाली गर्थे कि भने मायालु र सुनिरहुँ लाग्ने स्वरमा कसैसँग कुरा गर्थे । मन्त्री साहेपसंग कुरा गर्दा हात जोड्नु पर्छ भन्ने त जीवनलाई थाहा थियो । तर स्वर पनि रोएको जस्तो पार्नु पर्छ भन्ने चाहिं उसलाई थाहा थिएन । एकछिन त्यहीं उभिउं कि हिंडौं भन्ने पाराले उ अलमलियो । त्यसपछि विस्तारै दलानतिर लाग्यो ।

“हेर् बाउन्, मो यो सब जान्दैन । मोइले जासोरी पाल्या छ, तोईंले नि तसोरी पाल्या छ । तेरा त चारोटा मात्रै केटाकेटी छन्, मेरो त स्वास्नी नै चारोटा छन् । केटाकेटी त सोरोटा पो छन् । यस्तो, केर्केटी पाल्नु पर्यो, आमा पाल्नु पर्यो भन्ने कुरा नागार । तैईंले तेरो आमा नपाले काल्ले पाल्छा त ? मोइले पाल्छा ? बाउन भए बाछि आमा बाल्नु पार्छा, केरकेटी बाल्नु पार्छा । तोँ जसोरी पाल्छा पाल । तोँ फान्या मेरु राइती । तेरोदा बाजे आको ह्यां । मेरो दा को आयु आयु, तोंलाई था छा ? तों धेराइ सेखि नाझार् । तो फान्या सानों मान्छे होस् । मो फान्या मान्द्री भाइ सक्या मान्छे । मो फान्या राजाले नि वात्याएको मान्छे । तोंइंले सेखि नाझार् । दाला बासेर माथिको भाग दाक्ना तोंलाई स्वाउंदोइन । हाजार रुप्पे दिन्छ । गइरी खेद छोड् । तोँ आन्दै किनेर खा ।”

मन्त्री साहेपको घोर्ले र अनौठो पाराको बोली सुनेर जीवन घिमिरे फेरि त्यहीं उभियो । उसले कुराको छेउ टुप्पो त बुझेन तर कुरा सुन्ने रहर भने उ भित्र बढेरै गयो । उसका आँखा दनदनी बलिरहेको आगोमा थिए र उसले आफ्ना साना हातले दलानको खांवो च्याप्प समातेको थियो । घर भित्र मूल दैलोको सङ्घारमै उभिएर आफ्नी आमाले आफूलाई हेरिरहेको उसलाई पत्तै भएन ।


 

“के भो त बाजे, मन्त्री साहेपले मर्जी भैहाल्यो । तपाईले नि हजार रुप्पे पाउने हुनु भैहाल्यो । अब त्यै पैसाले मन्त्री साहेपले तपाईंलाई कतै जग्गा मिलाई दिनु हुन्छ । तपाई गैरी खेत छोडिदिनुस्,” मन्त्रीको देव्रे छेउमा बसेको थापा साँइलोले भन्यो ।

“हो, हो थापा ठीकै फान्छ । मो बाउलनाई टारी गाउँमा एक खायल बारी मिलाई दिउंला । माकै, कोदो दोरी फाइहाल्छा । आन्दो तोंलाई खान पुगिहाल्छ । दोरीले फुटुन् पुगिहाल्छ,” मन्त्री साहेप एकछिन चुप लागे, “तों बाउन काठालाई धानकै भात केन खानु पर्यो । तोंईंले दा माकै खाए फाइहाल्छ नि !”

जीवनका बाबुले हर्थुङ्गाले अनुहार पुछे । तर उसको आँखाको डील परैबाट पनि चिसो देखियो । उनी धेरैबेर केही बोलेनन् । उसको अनुहार पहिलेको भन्दा झन बढी झुक्यो । उनी निहुरिएर रुंदै छन् कि केही सोचिरहेका छन् भन्ने कुराको निक्र्यौल जीवनले गर्न सकेन । धेरैबेर पछि उसको टाउको बिस्तारै उठ्यो । उसले आफ्नो वरिपरि कतै हेरेनन् । उसले मन्त्रीलाई पनि हेरेनन् । बरु आफ्नो दलानमा उभिएको छोरालाई पुलुक्क हेरेर उसले सानो स्वरमा भने, “अब मेरो भन्नु केही छैन, जति भन्नु थियो मैले हजुरलाई भनी हालें । म गैरी खेत चाहिं छोड्न सक्दीन । त्यो मेरो सिंगो परिवारको प्राण धान्ने एक मात्र आश्रय हो । त्यो नभए पछि मेरो त बुङला गाउँबाट बासै उठ्छ ।”

“हाना, के आडेरी बाउन राछा । मान्द्री साहेपले फाने बाछि बानी ख्यान ख्यान गर्छ ए । आन्दो तों बाउनलाई बुङलामा बास्नु मान छाइन फाने जा न दा । तोंलाई कोले रोक्छ ? आम्रो मान्द्री साहेपले फाने बाछी बानी हुंदैन फान्नु हुन्छ के ए गांठे !” मन्त्री साहेपको देव्रे छेउमा बसेको उसको कारिन्दाले अलिक रिसाएको स्वरमा भन्यो ।

वातावरण स्तब्ध भयो । सल्लेरी वनमा बास बस्ने चराहरुले फ्याट् फ्याट् पखेटा फट्फटाएको समेत सुनिन थाल्यो । मन्त्री साहेव त्यसपछि एक शब्द पनि बोलेनन् र उसले आफु वरिपरिका मान्छेलाई पनि हेरेनन् । उसका साना र चेप्टा आँखाले धेरैबेर झरझराएको कोइला, दनदनी बलिरहेको आगोलाई हेरे । त्यसैबेला एक जना मान्छेले अरु दुइवटा सल्लाका चिर्पट आगोमा हाल्यो । आगो झरझरायो र एक अंगालो जति फिलुङ्गाहरु उडेर आकासतिर गए । त्यसपछि मन्त्री साहेव बसेको ठाउँबाट उठ्न खोजे । उसका दुई जना लठैतले उनलाई दुईतिर कुममा समाते । दुईजना मान्छेको कांधको आड लिएर मन्त्री साहेब जुरुक्क उठे । जीवनका बाबु पनि गाउंलेहरुसंगै उठे र मन्त्री साहेवको अघि ठिङ्ग उभिए । मन्त्रीहरु अब हिंड्छन् भन्ने जीवनले पनि बुझ्यो । त्यसैले उ पनि घरभित्र जान खाँबोको आडबाट अलग्गियो । त्यसैबेला उसका बाबुले भने, “हजुर, हजुरकै आस–भरोसमा यतिको जीवन बुङलामै बित्यो । मेरो बास उट्ठा नहोस् । भर अभरमा सधैं हजुरकै साथमा छु ।”

मन्त्री साहेबको बन्दुके अघि अघि हिंड्यो । आफ्नो बन्दुके पछि पछि मन्त्री हिंड्यो र मन्त्रीको पछि पछि पाँच सात जना गाउँलेको लर्को लाग्यो । बिस्तारै उनीहरु हुस्सुको पर्दा भित्र हराए । घरको आँगनमा जीवनका बाबु एक्लै ठिङ्ग उभिएका थिए र उनी मन्त्रीहरु गएको सुनसान बाटोलाई एकोहोरो हेरिरहेका थिए । कसैले दाउरा नमिलाएको हुनाले आगो बिस्तारै मुर्झाउंदै थियो ।

जीवन घिमिरेकी आमा मूल दैलोबाट बाहिर निस्किन् । दिन नजानिंदो पाराले सुस्ताउंदै थियो र रातका पातला पखेटाहरुले आकासमा पर्दा हाल्न थालिसकेका थिए । जीवनले एकपल्ट आफ्नी आमालाई पुलुक्क हेर्यो । त्यसपछि उसले आफ्ना आँखा बाबुतिर घुमायो । बाबु किन पिरिएका छन् ? आमाको अनुहार किन अँध्यारीएको छ ? मन्त्री साहेब किन आएका थिए ? उनी केही नबोली किन जुरुक्क उठेर हिंडे । जीवन घिमिरेको मनमा एक पछि अर्को प्रश्न उठ्यो । तर उसले कुनै पनि प्रश्नको जवाफ पाएन ।

दिन सलह जसरी चिप्लिंदै गए । जाडो बित्यो । प्रकृतिलाई नै उराठ पार्ने चैते खडेरी पनि बित्यो र वाक्क लाग्दो झरी पनि बित्यो । खडेरीकै बीचमा जीवनका बाबुआमाले बारीमा मकै रोपे । झरीको बीचमा रुझ्दै मकै गोडे र संगसंगै कोदो रोपे । उनीहरुले इस्कुसका झालहरु, फर्सी र कांक्राका लहराहरुलाई थांक्रो हाले अनि अत्र नउम्रने प्याङखरमा केही सुठुनीका झालहरु उमारे । पानीसंग पौंठेजोरी खेल्दै खेतको बाँझो मार्ने, हिल्याउने र रोप्ने कामलाई झण्डै संगसंगै सिध्याए । असारेका भाकाहरुले ईवाँको बेसी घन्कियो । शरद ऋतु लाग्ने बेलामा प्रकृति हरियालीको अंगालोमा बेरिएर मुसुक्क हाँस्यो ।

हुनत सात आठ महिनाको यो लामो अवधि भरी मन्त्री साहेब फेरी जीवनको घरमा आएनन् । उसले त्यता पाइलै हालेनन् । तर पनि घरभित्र सधैंभरी एउटा बोझिल वातावरण बनिरह्यो । मन्त्री साहेवको घरमा के कस्ता मन्त्रणा चल्ने गर्छन् भन्ने कुरो बिचरो जीवनले के थाहा पाओस् ! बेला मौकामा आफ्नै घरमा हजुरआमा, आमा र बाबुहरु आपसमा किन गुन गुन कुरा गर्छन् र आँखाबाट बरबरती आँशु खसालेर रुने गर्छन् भन्ने समेत उ झ्दैनथ्यो । हो, घरमा पहिले जस्तो रमाइलो छैन भन्ने चाहि उसले अलि अलि बुझ्न थालेको थियो । उसका बाबुसंग कुरा गर्न गाउँलेहरु पहिले जसरी आउँदैनथे । कोही आई हाले पनि रात सांझको मौकामा डराउँदै ढोकाभित्र छिर्थे र मसिनो स्वरमा कुरा गरेर फर्किहाल्थे । उसका बाबु पनि त्यो वर्षको दशैंमा मन्त्री साहेवको घरमा टिको थाप्न गएनन् र पोहोर परार आउने गरेका थुप्रै गाउँलेहरु त्यसपाली जीवनको घरमा टिको लाउन आएनन् । जीवन धेरै देख्तै थियो । तर किन यस्तो भै रहेको छ भन्ने कुरा उसलाई थाहै थिएन ।

उति साह्रो रमाइलो नभए पनि दशैं बित्यो । फूलहरुले गाउँ ढकमक्क सिंगारिएको मौका पारेर गाउँलेहरुको घर दैलोमा तिहार आयो । तिहार संगसंगै बिहे गरेर टाढा गएकी जीवनकी दिदी पनि माइतिमा आइन् । गाउँका अरु साथी–भाइ सरह जीवनले पनि आफ्नो गलामा मोटो सयपत्रीको माला लायो र खानीगाउँको टारमा बनाएको लिङ्गे पिङमा दिदीको काखमा बसेर हल्लियो । गाउँमा केही घरमा रात रातभर जुवा चल्यो । एउटा चिनेको घरमा आधा रातसम्म ढुकेर जीवनले एक मोहर जितौरी पनि पायो ।

तीन दिनसम्म नाचेर तिहार फेरी गाउँबाट बिदा भयो । तिहारको रमाइलो बिर्सन पनि नपाउँदै जाडोका सिरौटाहरुले बुङला गाउँलाई हिर्काउन थालिहाले । पोहोर साल मन्त्री आएको पनि झण्डै वर्ष दिन बितेको थियो अनि जीवनले पनि मन्त्री आएको त्यो घटनालाई बिर्सिसकेको थियो ।

जाडोका सिरेटाहरुसंगै मान्छेको घर आँगनमा बेफुर्सदको याम लिएर मंसिर महीना आयो । ईवाँ खोलाको किनारमा खेत हुनेहरुको धान काट्ने, झांट्ने र थन्क्याउने मेहेरो चल्यो । कोही बेसी मै दुई चार दिन बस्ने गरी झरे भने कोही बिहान बेलुकी नै ओरालो र उकालो गर्न थाले । बिहान र बेलुकी बुङला गाउँको तल्लो पाखो पालम र रेलिमाईको भाकाले थर्किन थाल्यो । बाक्लिंदो साँझमा बर पिपलका चौतारीहरु जुवारी सुन्दै नाच्न थाले । मान्छेलाई पटक्कै फुर्सद थिएन, तैपनि वर्षभरीको मिहिनेत फले–फूलेको देख्दा उनीहरुको मनले लैबरीको भाका सम्हाल्न बिर्सेन । अझै तन्नेरी तरुनी रौसे लिम्बु लिम्बुनीहरु त दिनभरीको थकाई पछि राती अँगालो हाल्दै नाच्न पनि बिर्सेनन् ।

जीवनका बाबु पनि दुई दिन खेतमा झरे । धान काट्ने बेला भएको पनि उसले ठम्याए । पहेंला बोट र झुलेका धानका बालालाई आफ्ना खस्रा तर मायालु हातले मुसारेर “यस पाली चैं पचास मुरी नाघ्ने भो” भनेर उनी मनमनै रमाए । रमाएकै सुरमा उसले आफ्ना जहान केटाकेटीलाई यो खुशीको खबर पनि सुनाए । त्यतिबेला कसैले पनि पोहोर झण्डै यतिबेला मन्त्री साहेब आँगनमा आएर बसेको कुरो सम्झिनै चाहेनन् ।

एकदिन बिहान, जीवनको आमाले थुन्सेमा खाजा हालिन् । सानी छोरीका दुइ तीन ओटा थाङना पनि त्यहीं कोचारिन् । जीवनका बाबुले राडी र काम्लोको स–सानो कुटुरो बेरे । त्यो कुटुरो भित्र उसले हँसियाहरु घुसारे । बिहानको घामको झुल्कोले बुङलालाई नुहाउँदा ननुहाउँदै एक दुई एक दुई गर्दै ८ जना खेतालाहरु उनीहरुको घरको आँगनमा भेला भए र घाम दुई हातमाथि आई नपुग्दै उनीहरु ईवाँ खोलातिर ओरालो लागे । घरमा हजुरआमा, दिदी, सानो भाइ र जीवन गरी चार जना प्राणी मात्रै बाँकी रहे । उमेर सानै भए पनि जीवनले अब बाबु आमाहरु धान काटेर २ दिनपछि मात्र घर आउने छन् भन्ने थाहा पाइसकेको थियो ।

बिहानको भात खाएर जीवन स्कूतिर उकालो लाग्यो । घाम एक्लै आकासमा नाचिरहेको थियो । आकासमा एक चोक्टो पनि बादल थिएन । न त कतै चराचुरुङ्गी नै उडिरहेको देखिन्थ्यो । सल्लोघारी भने सधैं जसरी आफ्नै राग अलापेर सुसाइरहेको थियो । तल बेसीको खेतमा राता, हरिया, पहेंला लुगा लगाएका मानिसहरु हुल हुल बांधिएर यता उता यता उता गरिरहेका जस्ता देखिन्थे ।

कामको याम भएकोले स्कूलमा विद्यार्थीको संख्या निकै थोरै थियो । त्यहां बेसीं धाउन नसक्ने उमेर भएका र बेसीमा खेत हुँदै नभएका केटाकेटीहरु मात्रै थिए । तर पनि स्कूल लाग्नै पथ्र्यो । त्यसैले शिक्षकहरुले घाममा टाक्लाक – टुक्लुक बसेका विद्यार्थीहरुलाई घामको न्यानो ताप्दै पढाए । उनीहरुले घाम संग्रातिको सिरानमा थकाइ मार्न बस्नै आँटेको बेला मात्रै स्कूलको छुट्टीको घण्टी बजाए । घण्टीले टङ्ग हान्ने बित्तिकै केटाकेटीहरु गुरुरर्र आँगनबाट उठेर दौडिए । घण्टी पुरै लागि सक्दा सबै जसो विद्यार्थीहरु डाँडाबाट ओरालो लागिसकेका थिए ।

जीवन कतै नउभिई घरमा आइपुग्यो । आँगनमा पाइलो हाल्दा जीवनले घर मुर्दा जस्तो देख्यो । बाहिर आँगनमा कोही थिएन । सानो भाइ पनि सधैं जसरी दलानमा खेलिरहेको थिएन । टाट्नाका बाख«ाहरु पनि सधैं जस्तो घाँसले टम्म अघाएर उघ्राइरहेका थिएनन् र टाट्नामा घाँस पनि थिएन । गोठको भैंसी पनि ठूला आँखाले घरतिर हेरिरकेको थियो र गोरुहरु पनि आँखा चिम्म गरेर गोबरमा बसेका थिए ।

जीवन दलानमा उक्लियो । भित्र कोही सुंक्सुंक् गर्दै रोइरहेको थियो । त्यसरी रुने मान्छे आमा पो हो कि जस्तो उसलाई लाग्यो । उसले दैलोबाट पुलुक्क चियाएर भित्र हेर्यो । भित्र मझेरीमा अंगेनाको वरिपरि उसकी हजुरआमा, आमा र दिदी बसिरहेका थिए । सबैका आँखाबाट आँशुका धारा बगिरहेका थिए । आमा नजानिदो पाराले सुंक्सुंक् गर्दै थिइन् । हजुरआमाको मुखबाट कुनै आवाज निस्किरहेको थिएन, तर उनी छिन छिनमा आँखा पुछिरहेकी थिइन् । उसको गालाबाट पानी पोखिए जस्तो आँशुको भल बगिरहेको थियो र त्यो आँशु छातीको चोलो भिजाउँदै छाती रसाउँदै थियो । जीवन धेरै बेर छक्क परेर त्यहीं उभिइरह्यो । उसले आफ्नो भोक र थकाइ सबै बिर्सियो ।

साँझ सुस्तरी भित्र छिर्दै थियो । जस्केलोबाट टुप्लुक्क देखिने यासोकको चुच्चे डाँडामा घामका तेर्सा किरणहरु थिएनन् । मेहेंलबोटेको भित्तो सांझपखमा, थकाइले लस्त परेको बटुवा जसरी खुट्टा पसारेर आराम गरिरहेको थियो ।

बाहिर कोही हिंडे जस्तो सुनियो । जीवन फनक्क पछाडि फर्कियो । उसका बाबु संघार भित्र पसिसकेका थिए । उसको अनुहार नराम्ररी सोहोरिएको थियो र आँखा राता देखिन्थे । उसले दैलाको छेउमा उभिएको जीवनलाई बिस्तारै समाते र हलौं पाइला चाल्दै उनी मझेरी तिर गए ।

मूल खांबो नाघेर उनी भित्र पस्न सकेनन् । धेरै बेर छोराको हात समातेर उनी ठिङ्ग उभिइरहे । जीवनले पुलुक्क बाबुको अनुहारमा हेर्यो । बाबुले ठीक त्यसैबेला हर्थुङ्गाले आँखाको आंशु पुछे । उसका ओठहरु नजानिदो पाराले थर्थराए । ओठ संगै उसको शरीर पनि थर्थरायो ।

“भो, नरोओ अब । रोएर केही पाईंदैन । जे हुनु थियो भै सक्यो । बितेको कुरो रोएर कां फर्किन्छ र ?” बाबुको स्वर मझेरीनै ढाकेर छरियो । उसको स्वरमा पनि रुवाइको मात्रा मिसिएको थियो । तर त्यो कामिरहेको थिएन । बरु उसका शब्दहरु झन झन ठोस भए जस्ता सुनिन्थे । उसले अझै एकछिन रोकिएर भने, “भो, नरुनोस आमा । जीवनकी आमा, तं पनि नरो । छोरी पनि नरो । बुङलामा हाम्रो भोग यति नै रहेछ । गरीब भनेर होला, परमेश्वरले पनि हामीलाई नै ठगे । नरोओ अब ।”

अघिसम्मको सुंकसुंकाई एक्कासी रोदनमा फेरियो । आमा र हजुरआमा मसिनो स्वरमा रुन थाले । दिदीले डांकै छोडिन् । सल्लेरी वन मुनिको त्यो रातो घरको रोदन एक्कासी गाउँको सन्नटालाई चिर्दै क्षितिजतिर बगेर गयो ।

घरका मान्छे धेरै बेर रोए । जीवनका बाबु त्यहीं उभिएर छोराको कपाल सुम्सुम्याउन थाले । जीवनले आफ्नो कलिलो तालुमा तीन चार थोपा पानी चुहेको जस्तो महसुस गर्यो । उसले टाउको उठाएर बाबुलाई हेर्यो । उनी पनि रोइरहेका थिए । उसका ओठहरु फररर काम्दै थिए र उसका गहबाट आंशु नदी जसरी झरिरहेको थियो । बाहिर पृथ्वीमा रात ओर्लिंदै थियो । घरभित्र बत्ती बाल्ने बेला त भैसकेको थियो तर बत्तीको सुरसारमा कोही लागेको थिएन ।

“भो आमा, अब नरुनोस । रोएर के हुन्छ र ? जे नहोइदेओस भन्ने लागेको थियो, आखिर त्यो भएरै छोड्यो । हुने हुनामी टारेर टर्दो रहेंनछ । रोएर, मन दुखाएर, जिउ गालेर के पाउनु छ र ?” सांझ झमक्कै परिसकेपछि अलिक ठूलो र बांधिएको स्वरमा जीवनका बाबुले भने ।

“के भो नानी यास्तो ? यो नचिताको के भो ?” हजुर आमाले रुँदारुँदै सोधिन् । उसको स्वर अझै कामिरहेको थियो ।

“नचिताको त क थियो र आमा ?” बाबु बोल्दा बोल्दै आमाको छेउमा ओछ्यानमा बसे । जीवन पनि उनकै छेउमा टुक्रुक्क बस्यो । त्यतिबेलै अघिदेखि कोक्रामा निदाइरहेकी जीवनकी बैनी चिर्रिएर रुंदै उठी । बाबुले एकपल्ट कोक्रातिर हेरेर विस्तारै भने, “छोरी, बैनीलाई सम्हाल् । जीवनकी आमा, बत्ती बाल् । अँध्यारोमा रोएर केही पाइँदैन ।”

दिदी आँशु पुछ्दै उठिन् र उसले कोक्रबाट रुँदै गरेकी बैनीलाई झिकिन् । आमा पनि विस्तारै उठिन् र चोलोको बाहुलाको फेरले आँशु पुछ्दै बत्तीको सुरसारमा लागिन् । दिदी, बैनीलाई छातिमा च्यापेर अघिकै ठाउँमा आएर बसिन् । उसको गलाबाट पातलो हिक्का निस्किरहेकै थियो । जीवनका बाबुले छोरीतिर हेर्दै भने “नरो छोरी नरो । गैरीखेत गए नि तेरो बाबु मरेको छैन । म ज्यूंदो छउन्जेल किन रुन्छौ तिमेरु ? दश जनाका अगाडि म तिमीहरुलाई नाङ्गै–भोकै राख्दिन ।”

आमाले झ्यार्र सलाई कोरेर बत्ती बालिन् । बत्तीको उज्यालोमा घर एक चोटी मुसुक्क हांस्यो । तर घरका कुनै प्राणीको मन हांसेन । बाबुले एक चोटी लामो सास तानेर बत्तीतिर फर्केर हात जोडे । रुँदै भए पनि अरु सबैले त्यसरी नै हात जोडे । जीवनले पनि अरुको देखासिकी त्यसरी नै हात जोड्यो । जीवनको भाइले पनि हजुरआमाको छेउमा उभिएर बत्तीलाई नमस्कार गर्यो । त्यसै बेला पहिलेको भन्दा सुकेको स्वरमा हजुरआमाले भनिन्– “अन्त कसरी भो नानी यो सबथोक ?”

“खै कसरी भनौं आमा ? धान काट्ने बेलामा मन्त्री आफै खेतमा बन्दुक बोकेर बस्लान जस्तो त मैले दश मनमा एक मन पनि सोचेको थिइन । तर आखिरमा त्यही नसोचेको चाहीं भयो,” जीवनका बाबु एक छिन रोकिए । “बिहान यसो टारी घरको करेसोबाट हेर्छु त आफ्ना खेतमा मान्छे धमाधम धान पो काटिराख्या छन् । एक छिन अलमल्ल परें । तर मन भने चिसो भई हाल्यो । हातखुट्टा खङ्ग्रङ्गै सुके । एकछिन त मुटु पनि चल्नैं छोडे जस्तो भयो । खेतालापात पनि छक्क परेर ठिङ्ग उभिए । तै के हो भनेर खेताला र केटाकेटीलाई आउँदै गर है भनेर हान्निदै खोलातिर झरें । पुछारको डिहीमा पुग्न नपाउँदै मन्त्रीको फौजले छेकिहाल्यो । त्यहांबाट एक पाइलो पनि अघि बढ्न दिएनन् । त्यस्तो देखेपछि त्यहीँबाट कराएँ, “मन्त्री साहेव गरीवको दाना नहरियोस् ।” तर त्यो ढुंगो हो कि मान्छे हो ! चालचुलै गरेन । मैले कराएको पटक्कै नसुने जसरी बसिरह्यो ।

“अनि तैंले धान काट्नेलाई क्यै भनिनस् ?” हजुरआमाले फेरी सोधिन् ।

“भत्र दे पो भत्रु, आमा ! मन्त्रीले सुनेन, अब खेतैतिर लाग्नु पर्यो भनेर यस्तो दुई पाइला मात्रै के बढाएको थिएँ, अन्तरे हात्रिदै आयो र कुममा च्याप्प समातेर “एइ बाउन खुरुक्क फर्किन्छस् कि सुलाई दिउँ बगरमा ? के सोच्याछस् ? हाम्ले धान काटेपछि सिद्धेन ? बडो मैं हुँ भन्दोरछस् ए” भन्यो । मेरो त नौनारी गलिहाले । अन्तरेले तेती भन्दा नभन्दै तीनजना लाठेहरु बन्दूक तानेर डिही बाहिर निस्किहाले । गोली हानेर मारी हाल्छन् कि जस्तो लाग्यो । एक मन त आ, जे पर्छ भन्ने लाग्यो । फेरी त्यै बेला लालाबाला सम्झिएँ । हत्, मुर्खसंग पौंठेजोरी खेलेर केही पाईंदैन, जे होला भगवान कै दरवारमा नियाँ होला जस्तो लाग्यो । अन्त चूप लागेर बसें ।”

“मन्त्रीलाई फेरी क्यै भनिनस् ?”

“भनें । फेरि पनि “हजुर, दानापानी नटुटोस, नियाँ पाउँ” भनेर कराएँ । तर ढुंगो पग्लेला आमा, मन्त्री भनाउँदोको हिर्दय पग्लेन । तेल्ले अलिक दयालाग्दो आँखाले नि हेरेन । धेरै बेर पर्खेर बसें । त्यसैबेला झलक्क सेते लिम्बुको कुरो सम्झें । सेते लिम्बु रुँदै रुँदै ईवा खोलो तरेको कुरो आँखा अगाडि झलझली नाच्यो । अब मेरो पनि बुङलामा भोगे पुगेछ जस्तो लाग्यो । त्यां खेतमा बसेर आफ्नो रगत पसिनाको कमाई अर्काले लुटेर लगेको हेर्ने छाती पनि थिएन । अन्त क्यै नबोली जुरुक्क उठेर हिंडे । त्यै बेला मन्त्रीले मलाई नै सुनाउँदै अन्तरेलाई भन्यो–, “एई आन्द्रे, बाउनलाई खानीटार कमारा खाने फा खा फान्दे । खान्दै फानि माइना दिनमा गाउँ छोरोस् ।”

“तेसो भा अब गाउँ पनि छोड्नु पर्ने भो त नानी ?”

“गैह्री खेत लुटिए पछि बस् नै भने पनि के का आधारमा बस्ने आमा ?”

“धनकुटातिर गए तै निया पाइन्थ्यो कि ?”

“जां गए नि मन्त्रीसंग टक्कर लेर बांच्न सकित्र आमा, हाकिम, न्यायधिस, पुलिस सबैं उसकै मान्छे छन् । पछाडि आड नपा भए एक्लो मन्त्रीले यत्रो आंट कां गर्न सक्थ्यो र ?”

“तेसो भा बाजेको यत्रो आर्जन…….” हजुर आमा बोल्दा बोल्दै रोकिइन् । उसको गलो बटारिएर आयो । आंखाबाट वररर आंशुका ढिका झरे । जीवनकी आमा बाहिर निस्केकी थिइन् । तर दिदी, हजुरआमासंगै रुन थालिहालिन् ।

“नरुनोस्, आमा, नरुनोस् । पाखुरी चलुन्जेल मरिंदैन होला । बुङलाको बास सकिएछ । मन्त्रीले खेदेका मान्छेहरु आसाम भासिएर भए पनि बांचेकै छन् । हाम्रो पनि त्यै गत होला”, जीवनका बाबु एकछिन रोकिए । त्यसैबेला जीवनकी आमा अंगालो भरि दाउरा बोकेर भित्र पसिन् । रुंदा रुंदा उसका आंखाहरु गोलभेडा जस्ता, राता र डल्ला भएका थिए अनि अनुहार पनि नराम्ररी सोहोरिएको थियो । बाबुले एकछिन् उसको अनुहारमा हेरेर हजुर आमालाई सुनाए, “बास उठ्ने नै भै सकेपछि अब के को खच खच भनेर वेभार पनि एक किसिमले मिलाएर आएं आमा । भैंसी अन्तरेलाई दुई सयमा दिएं । गोरु पनि उसैले भाउ मिलाएर लिइ दिउंला भन्यो । घरवारी भोगचलन गर्न चैं मानेन । मन्त्रीले दुःख दिन्छ भन्यो ……….।”

जीवनका बाबु बोल्दा बोल्दै हजुर आमाले हिक्का छाडिन् । हजुर आमा रोएको देख्ता घरका मान्छे थामिनै सकेनन् । घर नमिठो रुवाइ भित्र डुव्यो…….।

…….. हतारो र बेपत्ते तालसंग दिनहरु बिते । ठूलो रोदनले बाटो, चौतारो, खोलो र नानीलाई रुवाउँदै जीवनकी दिदी घर फर्किन् । मन्त्रीले खेतको बाली लुटेको दशौं दिनका दिन उज्यालो नखस्तै जीवनको घरबाट सात ओटा छायांहरु आंगनमा निस्किए । अघि लागेकी हजुरआमा अझै रोइरहेकी थिइन् । उसको पछिल्तिर छोरी बोकेकी जीवनकी आमा ठींग उभिएकी थिइन् ।

आमाको पछिल्तिर जीवन आफैं उभिएको थियो । जीवनको ठीक पछाडि भाई बोकेका बाबु उभिएका थिए । बाबुभन्दा पछाडि उनीहरुसंगै आसाम जान तयार भएको पल्लो गाउँको माइलो घर्ति र आसामबाट बुङलामा आफन्त भेट्न आएका र उनीहरुलाई आसाम पुर्याउने जिम्मा बोकेका टाढाको साइनोले जीवनका मामा पर्ने मान्छे उभिएका थिए । थुन्से र कुम्लो बोकेको त्यो समुह विस्तारै आंगनबाट चिप्लेर हिंड्न थाल्यो । आंगनको डीलमा आएपछि बाबुले एकपल्ट घरतिर फर्केर हेरे त्यसपछि आकासतिर फर्केर भने, “भगवान तिमी कतै रहेछौ भने मेरो परिवारको विचल्ली गराएको पाप मन्त्रीलाई मात्रै होइन, तिमीलाई पनि लागोस् ……।”

…… दुई वर्षे पञ्चायती प्रजातन्त्रलाई बोकेर २०१९ सालको पुष १ गते बुङला गाउँ भित्र छिर्दै थियो……..।

जीवनले आफ्नो शरीर घुमायो र कोल्टे फर्कायो । उसका आंखा झ्यालबाट देखिने पूर्वी क्षितिजमा टांसिए । क्षितिज रातो भएको थियो । पृथ्वीमा उज्यालो ओर्लिन आंटेको थियो । “आंखा एकपल्ट पनि झपक्क पार्न नपाउंदै रात छर्लङ्गै कटेछ ।” जीवन छक्क पर्यो । जीउको थकाई राम्ररी मरी सकेको थिएन । अझै पनि जीउ कता कता कर कर खाइरहेको थियो । तर जीवनलाई ओछ्यान मैं सुतिरहुं जस्तो लागेन । उ जुरुक्क उठ्यो । एकचोटी उसले बेस्सरी जीउ तन्कायो । टाउको झड्कार्यो । त्यसपछि उसले झ्याललाई पुरै उघार्यो र पूर्वतिर हेर्न थाल्यो ।

घाम झुल्किन अझै धेरैबेर बाँकि थियो ।



 

आफन्तहरु

ओलाङचुङ्गगोलाका काला डाँडाहरु, खोक्लिङको सिरान र पापुङको नागीमा घाम नाचेको छर्लङ्गै देखिन्थ्यो । कञ्चनजङ्गा आंखै तिरमिराउने गरी चम्किरहेको थियो र बुङला गाउँमा छरिएका घामका मायालु किरणहरु पनि विस्तारै तात्न खोज्दै थिए । पीपलको बोटका चराचुरुङ्गीले हल्ला गर्न छोडेको धेरैबेर भैसकेको थियो ।

जीवनले, मन्त्रीले बनाएको सेतो पाटीको आंगनको डीलमा उभिएर वरिपरि हेर्यो । उसलाई बुङला सार्है माया लाग्दो लाग्यो । सल्लेरी वनलाई छोडने हो भने सिंगै बुङला भरखरै विधवा भएकी सुन्दरी युवती जस्तै श्रीहीन र निराश देखिन्थ्यो । तल अलिकति देखिने तमोर नदी पनि बग्न विर्सेर मायालाग्दो पाराले बुङलालाई नै हेरिरहेको छ कि जस्तो लाग्थ्यो । पूर्व उत्तरको कुनामा उभिएको कञ्चनजङ्घा र उसका स–साना भाइवैनीहरु घरि जीवनलाई घरि बुङलालाई पालैपालो हेरिरहेका हुन् कि जस्ता देखिन्थे । उत्तर र उत्तर पश्चिम कुनामा देखिने हिमालका काखमा याङमा, घुन्सा र ओलाङचुङका पातला बस्ती बसेका डाँडाहरु आकृतिका काला टाटाहरु मात्र देखिन्थे । तर त्यसभन्दा ओर देखिने पाथीभरा भने जीवनलाई ‘के छ हालखबर’ भनेर सोधिहाल्छ कि जस्तो देखिन्थ्यो । पश्चिमतिर मिल्के र तीन जुरेका लेखहरुले पनि बुङलालाई नै हेरिरहेका हुन् कि जस्तो लाग्थ्यो । तर दक्षिण पश्चिममा देखिने तेह्रथुम बजारको डाँडो भने कतै केही वास्ता नगरी आशालाग्दा आँखाले सिधै पूर्वतिर हेरेर उग्राइरहेको सांढे जस्तै देखिन्थ्यो ।

जीवनले तौलियाले फेरि एकपल्ट आफ्नो मुख पुछ्यो र विस्तारै वरिपरिको रमिता हेर्दै दोकान भित्र छिर्यो । दोकानमा एक्का दुक्का मान्छेहरु आउन थालिसकेका थिए । ती आउनेहरु अनौठा र उत्सुक आँखाले जीवनलाई हेर्दथे तर मुखले भने केही बोल्दैनथे । अलिक हतारो हुनेहरु चाहिं जीवनको अनुहारमा पुलुक्क हेरेर आफ्नो किनमेल सकेर हिंडी हाल्थे । त्यहाँ अलमलिनेहरु मध्ये धेरैलाई नयाँ कमेज पाइजामा लगाएको, हातमा दामी घडी भिरेको र खुट्टामा पनि नयाँ चप्पल लगाएको त्यो केटोसङ्ग बोल्न धक लागिरहेको थियो । यता नौलो गाउँ र नौला मान्छेहरुका बीचमा जीवनलाई पनि बोली फुटाल्न गाह्रो परेको थियो । त्यसैले उ पनि नबोली चिया पिउंदै थियो ।

एउटी अधबैंसे महिला ढोकामा देखा परिन् । उसको कालो चोलो कम्तिमा पनि चार ठाउँमा च्यातिएको थियो । च्यातिएको ठाउँमा तिनले कतै राता र कतै हरिया टालाहरु टांसेकी थिइन् । उसले लगाएको छिटको फरिया पनि ठाउँ ठाउँमा च्यातिएको प्रष्टै देखिन्थ्यो । उसले दोकानको ढिकमा उभिएर आफ्नो कम्मरको थैली निकालिन् । त्यसभित्रबाट बटारेर राखेको एक रुपैयाँको नोट निकालिन् र दोकानतिर फर्केर भनिन्, “एई माइला, मोलाई चारानाको चुर् दे, आठानाको तेल दे, आन्दो चारानाको धान्या बानि दे ।”

जीवनले अनौठा आँखाले ती आमैंलाई हेर्यो । जीवनले आफूलाई हेरेको देखेर आमैंले अघिकै जसरी भनिन्, “आज भोलि त धान्याको निशा लागिछा । धान्या नाराख्या तिहुन खान मानै पो लाग्दैना ए ।”

“चारानाको धनिया, आठानाको तेल बेचेर नाफा बच्छ के भाई ?” आमैं गैसकेपछि जीवनले दोकानेलाई सोध्यो ।

“आ, हुन्छ नै भन्नु पर्छ नि दाइ; नभएर पनि त के गर्नु र ? गाउँलेसंग त्यो भन्दा बढी कित्रे पैसै छैन,” नरवीरले विस्तारै भन्यो ।

“हाना ए माइला, मो दा वास्नी साकेन । गाँठे मो दा आयू पो । च्या ख्वा ख्वा । आन्दो खोइ जेठा ? कां छा ?” ढोकामा पनि आई नपुगी हिजो बेलुका जीवनले दोकानमा भेटेको अन्तरे बुढाले भन्यो ।

“त्यसैबेला जीवनले, “नमस्ते अन्तरे बा” भनेर बुढाको स्वागत गर्यो । त्यस्तो राम्रो लुगा लगाएको, घडी भिरेको मान्छेले अन्तरे बडालाई नमस्ते गरेको देखेर दोकानमा बस्ने मान्छेहरु छक्क परे । अन्तरे बडाले भने नमस्कारको कुनै वास्ता नगरी जीवनको छेउमा बस्तै भन्यो, “मो दा सुत्नै साकेन । रातैभोरी साकेना । तेरो बाउको आनुवार नाच्यू । आन्दो धेरई नाच्यू । आन्दो मो दा बिहानै आयो । मो घाँस बानि काट्दैना । मो जेठा भेट्न जान्छा भान्दै आइगाको” अन्तरे बुढाले एकछिन रोकिएर फेरि भन्यो, “तों आर, मानको घाउ कोट्याइस जेठा ।”

जीवनले केही नबोली बाहिर उभिएका र दोकानको बेञ्चमा बसेका मान्छेलाई हेर्यो । सबैको मनमा यो नौलो हाकिम जस्तो मान्छेलाई अन्तरेले कहाँ चिन्या होला भन्ने प्रश्न नाचिरहेको छ भन्ने कुरा उनीहरु अनुहारबाटै थाहा हुन्थ्यो ।

“आन्दो जेठा, देरो आँखा रादु छा । तों रादभोरी सुतिस् के हां ?” अन्तरे बुढाले जीवनलाई नियालेर हेर्दै सोध्यो ।

“सुतें बा एकदम राम्ररी सुतें । थाकेर आको, म त एक्कै चोटी बिहान उज्यालो हुने बेलामा पो ब्यूझिएं,” जीवन बोल्दा बोल्दै रोकियो । उ केही सोचेर बोल्नै आंटेको बेला गाउँले जस्ती नलाग्ने, घांटीसम्म कपाल छोट्याएकी, हेर्दै एकदम आधुनिक लाग्ने, साह्रै कसिलो मिड्डी लगाएकी, बीस–बाइस वर्षकी केटी दोकानको ढोकामा उभिन आइपुगी । जीवन चुप लागेको लाग्यै भयो । केटी पनि दोकानको एउटै मात्र कुर्चीमा कहिल्यै नदेखेको नौलो र गंभीर अनुहार भएको मान्छेलाई देखेर एकपल्ट हच्की । उसले एकचोटी पुलुक्क जीवनलाई हेरी अनि लगत्तै आँखा दोकानतिर फर्काइ हाली । बाहिरबाट हेर्दा नरबीरलाई देखिंदैनथ्यो । त्यसैले त्यसले पनि अन्तरे बुढातिर फर्किंदै “माइला छैन अन्तरे ?” भनेर सोधी ।

गाउँलेको जस्तो नलाग्ने रुखो बोली सुनेपछि जीवनले अझै राम्ररी केटीलाई हेर्यो । कालो कालो भए पनि उसको अनुहार हिस्सी परेको थियो । गाजल लाएर उसले आँखालाई पनि ठूला पार्न खोजेकी थिई । मिलेको र खाइलाग्दो जिउकी त्यो केटी साढे चार फीट भन्दा अग्ली जस्ती लाग्दिनथी । जीवनले केटीको शरीरलाई जाँचिरहेकै बेलामा केटीले पनि जीवनलाई हेरी । दुबैका आँखा जुधे । केटीको आँखा रातो भयो । त्यसै बेला अन्तरेले भन्यो, “माइला च्या बनाउँदै छा । भित्रै आउन काँइली ।”

केटी अलिकति शरम र अलिकति नखरा देखाउंदै भित्र पसी । तर दोकान भित्र संधै आउँदा उसले बस्ने गरेको कुर्ची खाली थिएन र त्यहाँ बसेको नौलो मान्छेले उसको लागि कुर्ची खालि गर्देला जस्तो पनि उसलाई लागेन । त्यसैले उ दोकानको एक छेउमा ठींग उभिइ । त्यसैबेला नरवीर चिया लिएर आयो । उसले एक कप चिया अन्तरेको हातमा दियो र अर्को चाहिं जीवनतिर बढायो । जीवनले सानो स्वरमा “भो भाइ,” भनेपछि उ काइलीतिर फर्कियो र भन्यो, “किन उभिया ? बसन ।”

काइलीले फेरि एकचोटी जीवनतिर आँखा घुमाइ । काइलीको मनमा के छ भन्ने कुरो बुझ्न नरवीरलाई गाह्रो परेन । उसले अनुहारलाई सकेसम्म गंभीर बनाएर भन्यो, “उहाँ हाम्रो स्कूलमा आउनु भएको मा.विं स्तरको नयाँ सर हुनुहुन्छ ।”

“ए सर पो,” काइलीले एकपल्ट फेरि नियालेर जीवनलाई हेरी र विस्तारै हात जोडेर भनी, “नमस्ते सर ।”

नरवीरले अनुहारमा नजानिंदो हाँसो पोतेर जीवनलाई हेर्यो । जीवनले पनि एकपल्ट नरवीरलाई हेर्यो र सानो स्वरमै ‘नमस्ते’ भनेर जवाफ फर्कायो । काइलीले जीवनको गंभीर स्वरमा धेरै ओज भएको महसुस गरी । तर जीवनका आँखाले उसको कस्सिएको छाती र नाङ्गा पिंडुलालाई मन नपर्ने आँखाले हेरेको पो हो कि जस्तो पनि उसलाई लाग्यो ।

त्यसैबेला अन्तरे बुढोले जीवनतिर फर्केर भन्यो, “काइली हाम्रो मान्द्री साहेपको नादिनी हो ।” जीवनले यसको कुनै प्रतिकृया दिन नपाउँदै बुढाले काइलीतिर हेर्दै भन्यो, “आन्दो मास्डार बानि पराइ होइन बरै । उ बानि हाम्रो जान्द्रे बाज्याको छोरा हो ।”

दोकानमा बसेका अरु मानिसमा एक खालको सकपकाहट देखा पर्यो । त्यसैबेला बेञ्चको पल्लो छेउमा बसेर चुरको धुंवा तानिरहेको पुरानो भोटो र हाफपेण्ट लाएको अलि अलि कपाल फुलेको मान्छेले सोध्यो, “हैन कुन जन्तरे हँ सुब्बा ?”

“उही क्या त सिमटारको जन्तरे बडा !” नरवीरले प्रष्ट पार्दै भन्यो ।

“सिमटारको जन्तरे वडा” भन्ने वित्तिकै अघिदेखि उदेक मानिरहेका मान्छेका आँखामा जीवनप्रति ममताको लहर उम्लेर आयो । त्यहाँ बसेका सबै प्रौढहरुका आँखामा जन्तरे बुङला गाउँमा बस्ताका दिनहरु नाचे । उनकी बुढिदै गएकी आमा र कलिला मुना जस्ता नानीहरु सबैका आँखाबाट चिप्लेर गए । धेरैबेर कोही केही बोलेन । वातावरण एकछिनको लागि अस्वभाविक रुपले गह्रुङ्गो र शान्त भयो । “जन्तरे वडा” भन्ने शब्दले जादूको जस्तो असर पारेको देखेर काइली पनि दङ्ग परी ।

“होइन, यो सपना हो कि विपना हो ? अन्त कांट आइपुगिस हं नानी तं यहाँ मास्टर हुनु ?” त्यही, बेञ्चको छेउमा बसेको अधबैंसेले जीवनलाई सोधिसकेपछि कुरो तन्काउँदै भन्यो, “तेरा दिदी–भिनाजु याङनामबाट बसैं सरेर मधेश झरेपछि त तिमेरको पत्तै पाउन छोडिएथ्यो ।”

“होइना, आन्द्रे, आन्दो जँन्द्रे बाज्याको दा दुइटा छाउरा छा जस्तो जाग्छा । यो मास्डार कुन् चैं पार्यू दा ।” अनुहार भरि मुजै मुजा भएको अर्को बुढाले सोध्यो ।

“आन्दो पोर परारै ह्यां जानमाद भाको बेला बरा जान्द्रे मारिछ । बरा, छोटो आयु लिइ आराछ । हामी दौंदरीहरु जिउंदै छौं । बरा उ मारी गाइछ ……… ।”



 

अन्तरे बुढो हिजो जीवनले भनेका कुराहरुलाई संझदै र छोट्याउँदै गाउँलेहरुलाइृ सुनाउँदै थियो । जीवनका आँखामा पुराना दिनहरु तरङ्ग तैरिए जसरी तैरिइरहेका थिए । अपमान, घृणा, उत्पीडन, ठगी, रोष र आतंकका बीसवटा वर्षहरु पुस्तकको पाना पल्टे जसरी उसको आँखा अगाडिबाट पल्टिंदै जान्थे । एउटा नौलो युग र नौला सम्चारहरु नभेट्दा र नसुन्दाको उसको उराठ, निरिह र हैरानीको जीवन भरखरै उठेर हिंडेको हो कि जसरी उसको आँखा अगाडि नाच्थ्यो । धेरैबेरसम्म अन्तरे बुढाको प्रवाहमा आफूलाई बगाए पछि जीवन सोचाइको किनारमा उत्रियो । उसको वरिपरिको वातावरण गर्हुंगो भएको थियो । मान्छे हलचल नगरी अन्तरेका कुरा सुनिरहेका थिए । त्यसै बीच दुई जना युवकहरु दोकानमा आए । तर उनीहरु पनि आफ्नो काम बिर्सेर अन्तरे बुढाको श्रोता भएर त्यहीं बसे । अनौठो शान्ति देखियो दोकानमा । कसैले च्व….. च्व….. च्व….. गरेर सहानुभुति पोख्यो । जीवनले एकपल्ट टाउको उठाएर सबैलाई हेर्यो । बेञ्चमा बसेका एक जनाका आँखा रसीला देखिन्थे । अरु पनि सबैका अनुहार गंभीर थिए । नरबीर, पनि जीवनले जसरी नै मान्छेका अनुहारहरु पढ्ने कोशिश गरिरहेको थियो ।

अन्तरे रोकिएको एक मिनेटसम्म दोकान मसानघाट जस्तै सुनसान भयो ।

“कठैबरा जन्तरे, बिचरा कुन मुलुकमा पुगेर अकालमा मरेछ । बिचराको त्यत्रो ठूलो जहानै पो सकिएछ ।”

“बरा, यस्ता कल्साउँदा छोराछोरीलाई टुहुरो पारेर गएछ ।”

“कुन जनमको पाप थियो कि नि ? यस जुनीमा त जन्तरे जस्तो सात्विक मान्छे देखिएकै थिएन ।”

अन्तरेको भनाइ सकिएपछि सबैले सहानुभूतिले लफ्रक्क भिजेको स्वरले आफ्नै पाराले जीवनलाई समवेदना व्यक्त गरे । वातावरण पहिलेभन्दा झन बोझिलो भयो । जीवन आफैंलाई वातावरण त्यस्तो बनेको राम्रो लागेन । त्यसैले त्यसलाई फ्यांक्न उसैले विस्तारै कुरो उक्कायो, “त्यस्तै हो, जन्मेपछि सबैले मर्नै पर्छ । अजम्मरी कोही छैन । त्यसमाथि अझ काम गरी खाने मान्छेको कोखमा जन्मेकाले त कहीं पनि काल पर्खिन पाउंदैन । बाले पनि हामी दुई भाइलाई पढाउन ज्यान फालेर मिहिनेत गर्नु भयो । त्यही मिहिनेतले उहाँको जीउ गलिसकेको थियो । त्यस बाहेक जङ्गलका मुढा निकाल्दै खेत बिराएको २/३ वर्षमै जग्गाको मालिकलाई जग्गा बुझाएर अर्को ठाउँमा जङ्गल फांड्न जानु पर्ने बाध्यताले गर्दा शुरुका आठ वर्षमा उहाँको आयु आधा छोट्टिइ सकेको थियो । त्यसपछि पनि सुख भन्ने भएन । बेइमानी नगर्नेले जति मिहिनेत गरे पनि आसाममा सुख पाउंदैन । बाले बेइमानी रुचाउनु भएन । उहाँ भाइ र म कहिले पढाइ सकेर निस्कौंला भनेर पर्खिरहनु भएको थियो । त्यसैबेला उठेको हैजाले उहाँको ज्यान लियो । हजुरआमा त झन पहिले नै गलिसक्नु भएको थियो । हामी त्यत्तिबेला केटाकेटी नै थियौं । औलोको बेथाले उहाँ चौबिस सालमै बित्नु भएको थियो । बा खस्नु भएपछि हामी घरव्यवहारमा लाग्यौं । त्यसै बेला आन्दोलन उठ्यो । आन्दोलनले आमा र भाइको पनि ज्यान लिइ दियो । बैनी र म पनि गाउँमा भएको भए मारिने थियौँ ।” बोल्दा बोल्दै जीवनले एकपल्ट सबैको अनुहारमा सरसरती हेर्यो र आफ्नो कुरो टुङ्ग्याउने पारामा भन्यो, “यसरी सारा परिवारै सखाप भएपछि एक्लै बस्ने मन भएन । जेनतेन अरु एक वर्ष बसें त्यसपछि झिटीमिटी बेचबिखन गरेर बहिनी लिएर म पनि नेपाल फर्कें । यता पनि एक डेढ वर्ष त्यसै हल्लिनु पर्यो ।

“अनि तैंले कति पढिस त जेठा ?”

“आबो कति पोर्छ र ? बाउ मरे बाछि यामेसम्म पारिछ ।” अन्तरे बुढाले नै अघि सरेर जवाफ दियो ।

“ए, धेरै पढेछ । त्यै नै मनग्गे भैहाल्यो । हाम्रो स्कूलां जे भानि आफ्नै गाउँको मान्छे आयो ।

“बरै उल्लाई साह्रै चोट परे नि हाम्रा केटाकेटीलाई चाहिं राम्रो भो ।”

“अब जे भा नि गाउँघर, आफन्त संझेर आइराछ । बसन धरन मिलाउनु पर्ला ।”

आ–आफ्नो टिप्पणी छोड्दै मान्छेहरु दोकानबाट निस्कने तरखर गर्न थाले । दुई जना बुढाहरु निस्केपछि काईंली पनि जुरुक्क उठी । उसले एकपल्ट जीवनको मुखमा हेरी । जीवन निहुरेर चुरोट सल्काउन खोज्दै थियो । उसले चुरोट सल्काउन्जेल उ उभिइ रही । जीवनले एक मुठी धुंवा मुखबाट निकालेपछि सानो स्वरमा “हाम्रो घरतिर नि आउनुस न सर कैलेकाहीं” भनेर उ बिस्तारै ढोकातिर लागी ।

भात खाने बेला हुन थालेकोले एकछिन् गन्थन गरेर बांकि रहेका मानिसहरु पनि बाटा लागे । अन्तरे बुढो भने उठेन । सबै गैसकेपछि उसले जीवनतिर फर्केर सोध्यो, “आबो घारबारी के गर्छस जेठा ?”

जीवन केही बोलेन । उसको आँखामा बिमारीले गाल्दै गएका बाबुको अनुहार नाच्यो । बिमार अनुहारले बाबुले उसलाई सुनाएको पूर्व इतिहास पनि उसको आँखामा नाच्न थाल्यो । उसलाई गैरीखेतका गराहरु, बारीका चाक्ला पाटा र फोगटाहरुको संझना भयो । आफू जान्ने बुझ्ने भएदेखि नै “पूर्खाको थलो माया नमारेस है नानी । जे भए नि त्यो तिमेरको बाजेको पौरख हो । एक दिन बलबुद्धी पुर्याएर तिमीहरुले त्यो फिर्ता लिर्नै पर्छ” भनेर बाबुले भनेका शब्दहरु उसको मनमा सरसरती बगेर गए । तर पनि घरबारी के गर्ने भन्ने बारेमा उसले कुनै टुंगो पाउन सकेन ।

घरबारीको बारेमा उसले आफ्नी बैनीलाई पनि सेधेको थियो । तर उसले के सल्लाह देओस् ? उसले त जीवन बुङला नजाओस् भनेर सक्दो गरेकी थिई । मन्त्री साहेप भन्ने जन्तु उसको आँखामा एउटा दाह्रा नंग्रा भएको जनावर मात्रै थियो । उसले घरवारीको बारेमा आफ्नी दिदीलाई पनि सोधेको थियो । खेतीपातीमा रमाएका भिनाजुसंग पनि उसले केही सल्लाह दिन आग्रह गरेको थियो । उसले जे सल्लाह दिएका थिए त्यसले जीवनलाई एउटा नौलो र उसले सोचे भन्दा बेग्लै कुराहरु भएको संसारमा पुर्याएको थियो । भिनाजुसंग बसेर गुनगुन कुरा गर्दा वास्तवमा घरबार लुटिएको र जवरजस्ती विदेशि लखेटिएको उ मात्रै थिएनछ भन्ने कुरालाई उसले धेरै राम्ररी महसुस गरेको थियो । भिनाजुको गहिरो ज्ञानले उसलाई पाको र गंभीर बनाएको थियो । तर आफ्नो पुरानो गाउँमा आइपुगेर घरबारीको कुरो उठिहालेमा के जवाफ दिने भन्ने उसले सोच्नै भ्याएको थिएन ।

“खै के गर्ने र बा ?” एकछिन मनमा कुरा खेलाएपछि जीवनले भयो, “घरवारी त मन्त्रीले खाएकै होला । उसले सजिलै दिंदैन । दिए पनि म त्यति घरबारी मात्रै लिन्न । कुरा के भने बा,” जीवनले एकपल्ट पर परसम्म हेर्यो । मान्छेको निाशन कतै थिएन । चियाको चुलाबाट एउटा सानो धर्को जस्तो धुवां उडेर माथितिर गैरहेको थियो, “मन्त्रीसंग मेरो धेरै हिसाब किताब चुक्ता गर्नुछ । तेल्ले मेरो घरवारी मात्रै होइन, मेरो खेत मात्रै होइन, मेरो सर्वस्व लुटेको छ । मेरो बाबु, आमा, हजुरआमा र भाइलाई अकालमा मारेको छ । यो सबैको हिसाब नमिली त्यो एक्लो घरबारी लिएर मैले के गर्नु र ?”

“खोइ आबो तों के बो फान्न लागिस ? मो गार्छु आग्लाको कुरो तों गार्छास गाग्राको कुरा ।” अन्तरे एकछिन रोकिया, “जे फा नि मो तेरो गुरा बुझ्छ , जेठा । तेरो मनमा पीर पोर्या छ । तों भित्रा भित्रा रुन्दैछस्– दारा बाइरा देखाउना मान्दैनस् । तेरो कुरा मोइले बुझ्या छ । बिख नाभाको सर्प र इख नाभाको मान्छे गाम बानि लाग्दैना । तेरो गुरा ठीक छा । आबो तो गुरा भोली हुन्दै जान्छा । तारा हेर जेठा मेरो नि योडो कुरा फान्नु छा । हुनु दा तेरो बाउले फान्यो होला, तारा मेरो बानि फान्नु छ । तेरो बाउले उ बेलामा गोरु र भैंसी मोलाई देथ्यो । आन्दो घरभित्राको सामान बानि देथ्यो । सास्दोमा देथ्यो । आन्दो बाछि उ मोरी गाइछ । मैले नि बाइसा पठाउन सकेना । आन्दो तों आइस । आबो तोंइले म संग बाइसा लिनु पार्छा ।”

जीवन एकछिन अलमल्ल पर्यो । “संकटको बेलामा मलाई सघाउने एउटा लिम्बु थियो । मर्यो कि जिउंदै होला” भनेर आफ्नो बाबुले तीन चार चोटी उनीहरुसंग कुरा गरेको संझना उसको मनमा नाच्यो । उसले अन्तरे बुढाको चाउरिंदै गएको अनुहारमा हेर्यो । त्यो अनुहारमा बुढाको संगमरमर जस्तो सफा र उज्यालो मनको प्रतिबिम्ब नाचिरहेको थियो । उसको भित्री मनमा अन्तरे प्रति पहिले भन्दा बढी श्रद्धा उम्लेर आयो । त्यही श्रद्धाले भिजेको स्वरमा उसले भन्यो, “अन्तरे बा, तपाईंहरुको बारेमा मर्ने बेलामा बाले मलाई थुप्रै कुरा बताउनु भएको छ । मैले त्यसरी पैसा लिनु हुंदैन । बाको आत्मा रुन्छ । तपाईलाई पनि मेरो बा– आमाको माया लाग्छ भने, म तपाईलाई छोरो जस्तो लाग्छ भने मन्त्रीसंग कुनै हिसाब किताव मिलाउनु परेछ भने त्यतिबेला मलाई सहयोग दिनुस् ।”

अन्तरेले आफ्ना स्याना आँखालाई च्यातेर ठूलो पारेर जीवनलाई हेर्यो । उ धेरै बेर केही बोलेन । उसले पोकाबाट चुर निकालेर बेर्यो । बेरेको चुर एकछिन खेलाएर पछि उसले भन्यो, “तोंइले ठूलो गुरा फानिस जेठा, ठूलो गुरा । दारा मों तोंलाई छोर्ने छैन । तो नाडारा । आजैदेखि तों मेरो छोरा फाइस् ।” जीवन मुसुक्क हांस्यो । नरवीरले पनि हांस्तै भन्यो, “मैले हिजै भनेथें नि सर, अन्तरे बाउलाई पनि नयाँ संसारको माया लाग्न थालेको छ ।”


 

पहिलो दिन

“आउनोस्, जीवन सर, आउनोस् । अगाडि नै तपाईंको खवर यहाँ आइसकेको छ । स्कूलका सबै सदस्यहरु तपाईंको स्वागतमा छौं ।”

जीवन र नरवीरले स्कूलको खेलकुद मैदानमा पाइलो हाल्ने बित्तिकै ३५ वर्ष जतिको साधारण लुगा लगाएको एकजना मान्छेले हंसिलो हाउभाउका साथ भन्यो ।

“उहाँ हेड सर, लिला सर हुनुहुन्छ,” नरवीरले जीवनलाई सुनायो ।

“ज्यू, मेरो नाम लिलाप्रसाद कोइराला र उहाँ गोकर्ण सुब्बा, उहाँ लक्ष्मी श्रेष्ठ……… ।”

वातावरण एकछिन रमाइलो र कोलाहलपूर्ण भयो । एउटाले अर्कोलाई चिन्ने काम भैरहेको बेला एक हुल साना ठूला विद्यार्थीहरुले शिक्षकहरुलाई घेरे ।

स्कूललाई देख्ने वित्तिकै जीवनको मनमा बालखकालका तिता मिठा संझनाका चित्रहरु तैरिन थाले । उसले शिक्षकहरुसंग कुरा गर्दा गर्दै एकपल्ट स्कूललाई, स्कूलको खेल मैदानलाई, खेल मैदानको पल्लो छेउमा मन्त्री साहेबका बाबुले बनाएको पुरानो र जिर्ण पाटीलाई हेर्यो । स्कूलमा एउटा सिंगै घर थपिएछ, अनि ०१८ सालमा ‘क्रान्ति’ गर्दा मन्त्रीका छोराहरुले गोला बारुद राख्ने गरेको घर चाहिं ढल्न ढल्न आंटेको पाटी भैसकेको रहेछ । स्कूल नजीकको सल्लोघारी अलिकति फांडिएछ अनि स्कूलको पूर्वतिर उभिएका अग्ला चिलाउनेका रुखहरु ढलिसकेका रहेछन् । स्कूल अगाडिको सानो आंगन बढेर ठूलो खेलकुद मैदान भएछ र खेल मैदानको एउटा कुनामा सानो कटेरो उभिएछ ।

“सरले मलाई चिन्नु भो ?” एकजना शिक्षकले अरु भन्दा अलिक अगाडि सरेर जीवनसंग सोध्यो । तर जीवनले कुनै जवाफ दिनै नपाई उसैले कुरा अगाडि बढायो । “चिन्नु भएन होला । हामी सबै नचिनिले गरी फेरिएका छौं । सर यहाँ आइपुग्नु भएको समाचार बिहानै गाउँ भरी नफैलिएको भए हामी पनि सरलाई चिन्ने थिएनौं ।”

“गाउँ घरमा मान्छे भन्दा छिटछिटो समाचार हिंड्न थालेछ होइन सर ?” जीवनले पनि चिनिन भनेर साथीलाई नमिठोमा पार्नु भन्दा वातावरणलाई रमाइनो पार्ने उद्देश्यले भन्यो ।

“सबै समाचार चांहि होइन । केही केही मात्र “ लिलाले हांस्तै भन्यो, “देश विदेश खवरै खवरले भरिएको होला । तर हाम्रो गाउँ शून्यता भित्रै डुबिरहेको छ । यो शून्यताकै बीचमा यहाँ पेण्ट र शर्ट लाएका मानिसको समाचार हावाससंग उड्दै उड्दै आउने जानो गर्छ ।”

‘हाम्रो गाउँ’ भन्ने लिलाको भनाइले जीवनलाई कता कता छोयो । ‘हाम्रो’ भित्र थुप्रै कुरा लुकेका छन् । ‘हाम्रो’ भन्ने गाउँलेले आफ्नो गाउँमा सम्मानपूर्वक बाँच्न पाउनु पर्छ । कम्तिमा पनि श्रम गरेर सम्मानपूर्वक बाँच्न पाउनु पर्छ । तर के बुङलावासीसंग त्यस्तो अधिकार छ ? एकछिन जीवनको मनमा हाम्रो र हामीसंग सम्बन्धित कही प्रश्नहरु खेले । तर उ तिनको पछि कुदेन । उसले पहिलेकै ढंगले भन्यो, “तर सर, मलाई देश र दुनियाँको खवरको भारी चाहिं नसम्झी दिनु होला है । म त बालखकालको आफ्नो गाउँको खवर सुन्न आएको छु । शायद लिला सरलाई सबै कुरा थाहा छैन कि ! म बुङला गाउँकै मान्छे हुँ । मेरो बा बसाईं हिंड्नु भएको थियो रे । मलाई पुराना कुराको संझना त छैन तर पनि मलाई लाग्छ, बालखकालका मेरा दौंतरीहरु अहिले कोही म जस्तै शिक्षक बन्नु भएको होला । कोही कर्मचारी बनेर बाहिरीनु भएको होला अनि कोही चाहिं हलो हिलोसंग जुधिरहनु भएको होला,” बोल्दा बोल्दै जीवनले शिक्षकहरुलाई नियालेर हेर्यो । सबै उसको अनुहारलाई नियालेर हेरिरहेका थिए । कतिपय सके उसको विगतलाई संझदै थिए कि ! उसले तुरुन्तै कुरा घुमायो, “तर हामी यस्ता कुरा गर्दै गरौला । अब त संगै भइएको छ । खै संस्कृतको गुरु चाहिं हुनुहुन्न ?”

“यहाँ हाम्रो तीन जना सरहरु आउनु भएको छैन । एकजना सर विदामा हुनुहुछ । एकजना स्वयंसेवकको रुपमा काम गर्दै हुनुहुन्छ, हाम्रो बुङलाको प्रधानपञ्चको छोरी । उहाँ त तपाईलाई देखेर झनै दङ्ग पर्नु हुनेछ” लिलाले एकपटक विवरण सुनाइसकेपछि भन्यो, “अब अफिसतिरै जाउँ होला ।”

शिक्षकहरु अफिसतिर लाग्दा स्कूलको मैदान विद्यार्थीद्वारा भरिइसकेको थियो । अझै केटाकेटीहरु सल्लेरी वनबाट हल्ला गर्दै स्कूलतिर आउंदै थिए ।

मैदानमा भएका विद्यार्थीले आँखाभिर कौतुहल र प्रश्न बोकेर नयाँ सरलाई हेरे । उ विस्तारै पाइला चाल्दै अरु सरहरुको जमातसंगै स्कूलतिर जांदै थियो । धेरै विद्यार्थीलाई त्यो नयाँ सर को हो भन्ने अलिकति पनि थाहा थिएन । शिक्षकको छेउमा उभिएका दश कक्षाका विद्यार्थीले नयाँ सरको पुरानो घर यतै कतै थियो भन्नेसम्म सुनेका थिए । त्यसैबेला नरवीरको भाइले आफ्ना केही साथीलाई अलिक फुइं झाड्ने पाराले सुनायो, “बुझिस्, नयाँ सर त हाम्रै गाउँको हो । एकदम राम्रो छ । कसैलाई नकुट्ने खालको छ । उहिले ह्यैंबाट बसैं गाको हाम्रो सिमटारे बडाको जेठो छोरो त हो ।”

‘बडा’ लाई चिन्ने त्यहाँ कोही थिएनन् । ‘बडा’ को चर्चा सुन्नेहरु समेत त्यहाँ थिएनन् । मन्त्रीले गएका वर्षहरुमा ‘वडा’ जस्ता एक दर्जन परिवारलाई गाउँबाट उठिबास गराइसकेको थियो । त्यसैले गाउँलेले कतिन्जेल बडालाई संझिरहुन ? जीवन फर्केर नआएको भए ‘बडा’ स्मृतिबाट पनि हराइसक्ने थियो ।

कल्याङमल्याङकै बीचमा स्कूलको घण्टी बज्यो । घण्टीको बजाइसंगै केटाकेटीको कल्याङमल्याङ पनि सकियो । शारीरिक शिक्षा सरको बांसको सिर्कनो संझने वित्तिकै थरथर काम्ने केटाकेटीहरु प्रार्थनाको लस्करमा उभिए । त्यसभन्दा पछाडि अरु पनि उभिंदै गए । खेल मैदानको एउटा छेउमा स्कूलतरि फर्किएका दशवटा लामा छोटा धर्साहरुलाई खेल शिक्षक र अर्को एकजना शिक्षकले मिलाएर उभ्याए । जीवन अरु केही शिक्षकहरुसंग उभिएर बार्दलीबाट हेर्न थाल्यो । २० वर्ष अघि आफू पनि यसै गरी ठीङ्ग उभिएर, “गाउंछ गीत नेपाली भन्ने प्रार्थना–गीतलाई भाका मिलाएर गाउने गर्थें भन्ने संझना उसको मनमा उदायो । आजभोली विद्यार्थीहर कसरी गाउंदा हुन ? उसले आफैंलाई सोध्यो । उसकै प्रश्नको जवाफ दिए जसरी विद्यार्थी कराए, “श्रीमान गंभीर नेपाली ……. ।”

कक्षा ९ लेखिएको ढोकाबाट हेड सरको पछि पछि लागेर जीवन पनि भित्र पस्यो । दुई जना सरलाई फुत्त भित्र पसेको देखेपछि कर्याङकुरुङ जसरी हल्ला गरिरहेका विद्यार्थीहरु चुप्प लागेर जुरुक्क उठे । विद्यार्थीहरुले एकपल्ट अनुहार लुकाएर हेड सरलाई हेरे । ‘त्यसै त हेड सर, दुई छडी हान्ने वित्तिकै झिलीमिली तारा देखाई दिने, उसमाथि जान्दै नजानेको अंग्रेजी सर ।’ केटाहरु सीधा छाती पारेर तनक्क तन्किए भने केटीहरु पनि आफ्नो लुगा मिलाएर सरलाई टुलुटुलु हेर्न थाले ।

त्यसैबेला कक्षामा पसेपछि कमै मात्र हांस्ने लिला मुसुक्क हांस्यो । उसको हांसेको अनुहार देखेर विद्यार्थीहरुले सन्तोषको लामो सास ताने । लिलाले एकैचोटी सबै विद्यार्थीलाई सरसरती हेरेर विस्तारै भन्यो, “लौ केटाकेटी हो, तिमीहरु अंग्रेजीको पढाइ भएन भनेर कचकच गर्दै थियौ नि, अब तिमीहरुको कचकच पनि सकियो । अब यहाँ नयाँ सरले तिमीहरुको अंग्रेजीको कक्षा लिनु हुनेछ । आजदेखि तिमीहरुलाई अंगे्रजी पढाउने सरको नाम हो जीवन घिमिरे …… ।”

आफ्नो संक्षिप्त भाषणमा विद्यार्थीलाई अनुशासित भएस बस्न, राम्ररी पढ्न र पढाएको बेला ध्यान दिएर सुन्न, नबुझेका कुराहरु व्यवस्थित ढंगले उठेर सोध्ने निर्देशन दिएर जीवनतिर हेरेर फेरि मुसुक्क हांस्तै लिला बाहिर निक्लियो ।

“भाइ बैनी हो,” जीवनको मायालु तर गंभीर स्वर कोठामा गुन्जियो । केटाकेटीहरु एकपल्ट सर्याक सुरुक गरेर चलमलाए । जीवनले एकपल्ट एक एक गरेर सबै बेञ्चमा बसेका विद्यार्थीलाई नियाल्यो । मंगोल अनुहार भएका विद्यार्थीमा को लिम्बु, को राइ र को तामाङ हो भनेर उसले छुट्याउन सकेन भने खस अनुहार भएकामा पनि उसले को बाहुन हो वा को क्षेत्री हो भनेर छुट्याउन सकेन । तर टुलुटुलु आफैंलाई हेरिरहेका पन्ध्रदेखि बीस वर्षसम्मका किशोर किशोरीहरुका अनुहारमा हेर्दा उसले आफ्नो कांधमा गह्रौं जिम्मा थपएिको महसुस गर्यो ।

“आज तिमीहरुको कक्षामा मेरो पहिलो दिन हो । आजको लागि म पनि तिमीहरुको नौलो शिक्षक भएको छु । त्यसैले सबभन्दा पहिले म तिमी र मैले एक अर्कालाई चिन्नु पर्छः त्यसैले सबभन्दा पहिले हामी परिचय गरौं ।” जीवनले टाउको घुमाएर हेर्यो । विद्यार्थीहरु उसैलाई हेरिरहेका थिए । उसले बिस्तारै भन्यो, “परिचय सकिए पछि म तिमीहरुलाई एकताको महत्व बारे एउटा कथा सुनाउंछु । त्यो कथा सुनाए पछि समय रहेछ भने म तिमीहरुलाई आजको पहिलो पाठ पढाउंछु । कसो भन्छौ ?” विद्यार्थीहरु एकोहोरो जीवनको कुरा सनिरहेका थिए । उनीहरुलाई जीवनको बोली अनौठो र मीठो लागिरहेको थियो । जीवनले कसो भन्छौ भनेर सोद्धा एकपल्ट उनीहरु झसंग भए । त्यसपछि सबै एकै चोटी कराए, “हुन्छ सर ।”

“लौ त त्यसो भए म हाजिर कापी लिन्छु । तिमीहरु हाजिर दिंदा उभिनु । म तिमीहरुलाई हेर्छु । त्यसो भयो भने मलाई तिमीहरुको नाम संझिन सजिलो पर्छ ।”

कक्षाका कुनै विद्यार्थी बोलेनन् । जीवनले विस्तारै हाजिर कापी उठायो । उसले अलिक ठूलो स्वर पारेर भन्यो, “नन्द कुमार सम्बाहाम्फे ।” त्यसपछि उसले टाउको उठाएर कक्षातिर हेर्यो । दोस्रो लहरमा बसेको एउटा केटोले जुरुक्क उठेर भन्यो, “एस सर ।”

चालिस जनामा सात जना विद्यार्थीहरु कक्षामा उपस्थित् थिएनन् ।

“लौ हाजिर पनि सकियो । आज सात जना विद्यार्थीहरु अनुपस्थित रहे । उनीहरुसंग भोली पर्सी चिनजान हुनेछ । अब म तिमीहरुलाई कथा सुनाउंछु है ।”

“हस् सर् ।” कोठामा एकैचोटी थुप्रको आवाज गुन्जियो ।

“यहाँ भन्दा धेरै टाढा, पैदल गए १५/१६ दिनको बाटो टाढा, रेल मोटरमा गए नेपालको सीमानाबाट दुई दिनको बाटो टाढा आसाममा नौगाउँ भन्ने एउटा गाउँ छ । त्यो गाउँमा धेरै धेरै वर्ष पहिले हाम्रा बाउबाजेका समयभन्दा पहिले एकजना नेपाली गएर बसेका थिए । उसको नाम नन्दलाल थियो ……. ।”

जीवनले नन्दलाल भन्ने बित्तिकै कक्षा कोठाका धेरै जसो विद्यार्थीले कक्षाको पहिलो विद्यार्थी नन्द कुमारतिर आँखा घुमाए । नन्द कुमार एकपल्ट अस्पट्टियो । जीवनले पनि कथा भन्दा भन्दै यो घटना देख्यो । जीवन सकेसम्म सजिला अङ्ग्रेजी शब्द तुनेर आफ्नो कथालाई अघि बढाउंदै थियो ।

“……. नन्दलाल हाम्रै देशको तेह्रथुम भन्ने जिल्लाबाट खान लाउन नपुगेर आसाम पसेका थिए । त्यसबेला आसामतिर लाग्दा उसका चार भाइ छोरा र दुई बहिनी छोरी भैसकेका थिए । यहाँबाट हिंडेपछि रेल मोटर र पैदल यात्रा गरेर उनी आसामको नौगाउँमा पुगे र जङ्गल फांडेर खोतीपाती गर्न थाले । २/३ वर्ष पछि उसले एउटा जर्सी गाई किने र घीउको बेपार गर्न थाले । त्यसरी त्यहाँ रहंदा बस्दा उसका अरु तीन भाइ छोरा जन्मिए ।

विस्तारै कोठाको वातावरण सुनसान बन्दै गयो । सबै विद्यार्थीका आँखा जीवनमाथि टांसिएका थिए र कोठा भित्र सियो खसे पनि थाहा होला जस्तो सुनसान थियो ।

“धेरै वर्ष विते । नन्दलाल पनि बुढा हुंदै गए । उसका कपालका रौंहरु सेता भए र अनुहार चाउरी पर्यो । उनी त बुढेसकालमा पनि शान्त र शिष्ट थिए । तर उसका छोराहरु भने उसको उल्टो व्यवहार गर्थे । छोरीहरुको बिहे भैसकेको थियो र उनीहरु आ–आफ्नो घरमा गैसकेका थिए । घरमा भएका छोराहरु भने बाबुकै अगाडि जथाभावी भनाभन गरेर बाझ्ये । जेठालाई राम्रो लागेको काम माइलालाई मन पर्दैनथ्यो अनि साहिंलोले गर्न थालेको कामलाई काहिंलो भत्काउन पुगिहाल्थ्यो । कुनै भाइ अर्को भाइको कुरा ध्यान दिएर सुन्दैनथे र भरसक मिठो जति म मात्रै खाउं, राम्रो जति म मात्रै लाउं जस्तो गर्थे …….. ।”

“नन्दलालले धेरै चोटी छोराहरुलाई संझाए । कतिपटक गाली गरे । धम्क्याए । तर उसको केही लागेन । छोराहरुको बानी नसप्रिएको देखेर नन्दलाल वाक्क भएका थिए ।”

त्यसछि जीवनले नौगाउँ जिल्लाको छोटो परिचय दियो । नौगाउँका केही जमीन्दारले, नन्दलालको स्याहार सुसार पुगेको जमीनमा कसरी आँखा गाडेका थिए भन्ने कुरा छर्लङग्यायो । नन्दलालको जमीनको कुरा गर्दा जीवनको आँखामा आफ्नो बाबुको गैरीखेत र जमीन्दारहरुको चर्चा गर्दा मन्त्री साहेपको चिम्सा आँखा भएको अनुहार नाच्न थाल्यो ।

गैरीखेतको संझनाले जीवनलाई स्कूलको ढोकाबाट इवा बेसीतिर आँखा डुलाउन लगायो । लिला सर, चालिस पैंतालिस वर्षको एउटा नौलो मान्छेलाई लिएर ढोकामा उभिएको थियो । तर उसको अनुहार पहिलेको जस्तो हंसिलो थिएन । उ गंभीर थियो र उसको छेउमा उभिएको मान्छे पनि गंभीर अनुहारले जीवनलाई हेरीहरेको थियो । जीवनले उनीहरुलाई धेरैबेर हेरेन । उसले आफ्नो टाउको फनक्क विद्यार्थीतिर फर्कायो र आफ्नो बोलीलाई अलिक ठूलो पार्यो ।

“केही गर्दा पनि छोराहरुको आँखा नखुलेको देखेपछि नन्दलालले एउटा जुक्ति निकाले । उसले एक दिन आफू निकै विरामी परेको बहाना गरे र आफ्नी जहानलाई पनि एकदम धेरै पिरिएको जस्तो गर्न लगाए । उसले दुई दिनसम्म घरको कुनै व्यवहार हेरेनन् र छोरा बुहारीले थाहा पाउने गरी खाने कुरा पनि खाएनन् । यसरी बाबुले पट्टकै व्यबहार छोडेको र खाना समेत खान नसक्ने गरी विरामी भएको देखेपछि उसका छोराहरु पनि आत्तिए । दोस्रो दिन, दिन ढल्कने बेलामा उनीहरु मध्यको जेठो छोरो घर सल्लाह मिलाउन बाबु छेउ गयो ।”

जीवनको स्वर बदलियो । अघिको ठूलो स्वर मलिन भयो र नौजवान आवाज पनि बुढाको जस्तो भयो । उसले त्यही बुढाको स्वरमा भन्यो, “ छोरालाई आफ्नो छेउमा आएको देखेर नन्दलालले भने, “जेठा, अब म मर्छु होला । दिन पनि त सकिए । अब आखिरीपाली तिमीहरुसंग एकैचोटी बसेर कुरा गर्ने विचार राख्या छु । घर–बेभार लथालिंग छ । आज साँझ तेरा सबै भाइलाई भेला गर् । सबैसंग कुरा गर्छु ।” जीवनको स्वर फेरि पहिलेको जस्तै भयो ।

“त्यो सांझ नन्दलालले आफ्नी जहानलाई ९ वटा ठीक ठीकैका लौराहरु वटुल्न लगाए । बेलुका छोराहरु भेला भए पछि उसले ती सबै लौराहरुलाई एउटै मुठोमा बांध्न लगाए र त्यो मुठो जेठो छोराको हातमा दिएर भने,” फेरि जीवनको स्वर बुढो मान्छेको जस्तै भयो, “लौ जेठा, यो दाउराको मुठोलाई एकैचोटी भांच ।”

जीवनको स्वर फेरि स्वभाविक भयो, “जेठो छोरो एकछिन त बोल्नै सकेन । बाबुले के गर्न आंटेका होलान् भनेर उ अलमल्ल पर्यो । झलक्क उसको मनमा ‘मुठो भांच्नेको हातमा पो बाबुले घरको तालाचावी सुम्पने हुन् कि’ भन्ने कुरो उदायो । त्यसैले मुठा भांच्ने कुरामा उसको उत्साह थपियो । मुठो भांच्न नसके त भाइहरुले बसी खान पनि दिंदैनन् भन्ने कुराको संझनाले उसको जोश झन बढायो । उसले मुठोलाई मिलायो र मुठोको दुई किनारमा राम्ररी समात्यो । त्यसपछि उसले मुठोलाई बंग्याउन भएभरको बल लगायो । उसको निधारमा चिटचिट पसीना आयो । एकातिर मुठो भांच्न लगाउनु परेको तागत अनि अर्कातिर भाइहरुका अघि आफ्नो इज्जत जाने कुराको सम्झनाले उसको अनुहार तम्तम्याइलो भयो । तर अहँ, जत्ति बल लगाए पनि उसले त्यो मुठो भांच्नै सकेन । उसले लौराको मुठो भांच्न नसकेको देखेर उसका भाइहरु हललल् हांसे ।”

जेठाले लौराको मुठो भांच्न सक्छ कि सक्दैन भनेर उत्सुकताका साथ पर्खिरहेका विद्यार्थीहरुले लामो सास ताने । तर जीवनले त्यो सास फेराइलाई वास्तै गरेन । उसले आफ्नो कथालाई अगाडि बढाउंदै लग्यो । कसरी माइला र साइलाले पनि त्यो मुठो भांच्न बल गरे, बाँकी रहेकाले पनि कसरी त्यसलाई भांच्न बल गरे भन्ने कुरा उसले घरि बुढाको आवाजमा र घरि आफ्नो स्वभाविक आवाजमा पालै पालो गरी भनी सिध्यायो ।


 

“त भाइ बैनी हो, यसरी जेठोदेखि कान्छोसम्म कसैले पनि त्यो मुठो भांच्न सकेन । कुनै पनि छोराले मुठो भांच्न नसकेको देखेपछि बुढाबुढी दुबैको अनुहार हंसिलो भयो । त्यसपछि बुढाले केही नबोली त्यो मुठो आफ्नो हातमा लिए । उसले मुठोलाई यताउता खेलाए जस्तो गरे । त्यसपछि उसले मुठो बांधेको डोरी फुकाए । लौराहरुलाई एक एक वटा पारेर छुट्याए । उसले एउटा लौरोले अर्को लौरोलाई ठ्याक ठ्याक पारेर हिर्काए । त्यसपछि आफ्नो हातको लौरो जेठो छोरालाई दिंदै उसले भने, “लौ त बाबु, यो लौरो भांच भांच ।”

जेठो छोराले त्यसलाई पिटिक्क पारेर भांचिदियो । त्यसपछि नन्दलालले अरु सबै छोरालाई पनि एक एक वटा लौरा छुट्याएर भांच्न दिए । सबै छोराले सजिलैसित लौरो भांचिदिए ।

“यति भैसकेपछि, भाइबैनी हो “ जीवनले आफ्नो स्वरलाई अलिक ठूलो पार्दै भन्यो, “नन्दलालले आफ्ना छोरालाई अर्ति दिने बिचार गरे । उनी पहिले भन्दा अलिक ठाडो भएर बसे, अनि उसले सानो स्वरमा भने, “हेर छोरा हो, तिमीहरु सात भाइ यतिबेला मुठोबाट छुट्याएको लौरो जस्तै भएका छौ । तिमीहरुलाई अलिकति बल भएको जो कोहीले पनि भांचिदिन सक्छ । मान्छेलाई भांच्नु भनेको उसलाई मारिदिनु अथवा उसको धन सम्पत्ति खोसेर उसलाई नाङ्गेझार पारिदिनु हो । तिमीहरुलाई भांचिदिनु भनेको मेरो पसीनाको आर्जन र तिमीहरुको पेटपूजा गर्ने जमीन अरुले लुटेर लानु हो । तिमीहरु यस्तै मुठाबाट छुट्याइएका लौरा जस्ता भयौ भने आफू आफूमै मारामार गर्ने, झगडा गर्ने, एकले अर्कोलाई देखी नसहने भयौ भने तिमीहरुको जग्गा जमीन कसैले खोसेर लगिदिनेछ । तिमीहरु भोकभोकै मर्ने छौ । तर अर्को बाटो लियौ भने तिमीहरु बांच्न सक्छौ । तिमीहरु एउटै घरका मान्छे हौ । एउटै आमाको कोखबाट अघि पछि जन्मेका दाजुभाई हौ । तिमीहरु एउटै बाबुको पसीनाले हुर्केका बलिया बाङ्गा मान्छे हौ । तिमीहरुले यी कुरा राम्ररी बुझ्यौ भने, तिमीहरु पनि यी लौराहरुको मुठो जस्तै एकजुट भयो भने कसैले तिमीहरुको रौं पनि हल्लाउन सक्ने छैन । कसैले तिमीहरुको जग्गा जमीन हडप्न सक्ने छैन । कसैले तिमीहरुलाई भांच्न सक्ने छैन । म त अब के छ र डाँडाको जुन हुं । आज हो कि भोली । मलाई अस्ताउन केहीबेर लाग्दैन । अब यो घर–द्वार, जग्गा–जमीन, वस्तु–भाउ जे जति छ सबै तिमीहरुकै हातमा छ । एकजूट भयौ भने पहरा फोरौला । फुट्यौ भने अकालमै मरौला । बांच्न मन भए जुट, मर्न मन भए फुट । जे रोज्छौ तिमीहरुकै हातको कुरो हो ।”

जीवनको स्वर चर्किंदै ठूलो भैसकेको थियो । एकपल्ट नजानिदो पाराले लामो सास तानेर उसले स्वरलाई ओराल्दै भन्यो, “भाइ बैनी हो, बाबुको कोशिस सफल भयो । नभन्दै छोराहरुको घैंटोमा घाम लाग्यो । उनीहरुले जुट्नै पर्छ भन्ने कुरा बुझे । त्यसपछि अलि अलि गर्दै उनीहरुको आपसी माया बढ्यो । उनीहरु एक अर्कालाई सघाउन र एक अर्काको हेर बिचार गर्न थाले । छोराहरुको फेरिएको मति हेर्दै नन्दलाल अरु नौ वर्ष बाँचे र ८४ वर्षको उमेरमा मरे । नन्दलाल मरेपछि पनि गाउँघरका फटाहाहरुले नन्दलालका छोराहरुलाई ठग्न सकेनन् । अहिले पनि नन्दलालका पनातीहरु नौगाउँमा आफ्नो काम गरी खाएरै बसेका छन् ।”

जीवनले आफ्नो कथा भनी सिध्यायो । तर विद्यार्थीले उसले कथा सिध्यायो भनेर थाहा पाउनै सकेनन् । उनीहरु कथा पर्खेर चुपचाप बसिरहे । जीवनले आफ्ना विद्यार्थीको अवस्था बुझ्यो । त्यसैले मुसुक्क हाँसेर उसले भन्यो, “भाइबैनी हो, आज तिमीहरु र मेरो परिचयको औसरमा मैले भनेको कथा यहीं सकियो ।”

अकस्मात ढोका छेउको मान्छेले पटटट पारेर ताली लगायो । उ संगसंगै लिलाले पनि ताली बजायो । आफ्नो हेड सरले ढोका छेउमा उभिएर ताली लाएको देखेर विद्यार्थीले पनि ताली लगाए । त्यसैबेला स्कूलको पिउसले दोश्रो घण्टी हान्यो ।

“लौ भाइ बैनी हो, आजको पिरियड त कथैमा पो खतम भएछ । तर केही छैन । आजको दिन त हाम्रो परिचयको दिन हो । तिमीहरुलाई कथा कस्तो लाग्यो को नि, मैले त सोध्न पनि भ्याइन । यसको बारेमा पनि पछि फुर्सदको कुनै दिन चर्चा चलाउँला ?” सबै विद्यार्थीलाई सरसरती हेर्दै उसले टेबलमा राखेको हाजिर कापी उठायो र हिंड्न खोज्दै पहिलेकै हाउभाउमा भन्यो, “ल त, भोलीदेखि सबैले अंग्रेजीको किताब लिएर आउनु ।”

जीवन ढोकाबाट बाहिर निस्क्यो ।

“वाह, माड्साप ! वाह भाइ ! कथा त बहुत सुन्दर भन्नु भो । धन्यवाद छ है । तपाईंले त हाम्रा केटाकेटीहरुलाई मोहनी नै लाउनु होला जस्तो छ ।” देख्ता लिम्बु जस्तो देखिने, अघिदेखि बार्दलीमा उभिएको त्यो नौलो मान्छेले परिष्कृत नेपालीमा जीवनलाई धन्यवाद दियो ।

“धन्यवाद,” जीवनले बार्दलीमा टेक्दै सानो स्वरमा भन्यो र आँखामा ‘को हो’ भन्ने प्रश्न बोकेर उसले लिलाको मुखमा पुलुक्क हेर्यो ।

“उहाँ बुङला गाउं पञ्चायतको प्रधानपञ्च हुनुहुन्छ,” लिलाले चिनजान गरायो ।

“प्रधानपञ्च” शब्दले जीवनलाई चिरिक्क चिमोट्यो । यति मीठो नेपाली बोल्ने, सफा र दामी लुगा लाएको, हेरिरहुँ लाग्ने जीउ डालको प्रधानपञ्च, मन्त्री साहेबको खलक बाहेक अरु को हुन सक्छ र ?’ तै पनि जीवनको मनमा अलि अलि शंका बाँकी नै थियो । उसलाई थाहा थियो – मन्त्री साहेपको त खलकै काङ्ग्रेसी थियो, त्यो पनि चानचुने होइन, खांट्टी कांग्रेसी । ‘त्यस्तो खांटी कांग्रेस कसरी पञ्च भयो होला ?’ भन्ने शंका हटाउन आफ्नो हात अघि बढाउँदै माथिल्लो दर्जाको शहरीया शिष्टाचार प्रदर्शन गर्दै उसले भन्यो, “यहाँसंग भेट्न पाउँदा साह्रै खुशी लागेको छ । मेरो नाम जीवन घिमिरे हो । यहाँको शुभ नाम ?”

प्रधानपञ्चले अघि बढेको हातलाई एकछिन अनौठो अनुहारले हेर्यो । तर उ तुरन्तै सम्हालियो । उसले अनुहारमा अलि अलि हाँसो पोत्दै जीवनको हातसंग हात जोड्दै भन्यो, “शहर बजारको जस्तो शिष्टाचारको यहाँ उतिसाह्रो खांचो छैन, माडसाप । गाउँमा तपाईले मेरो नाम जानेर केही फाइदा छैन ।” बोल्दा बोल्दै उसको अनुहार अमिल्चिएर आयो । उसले शहरी सभ्यताका हुर्किको त्यो नौलो मास्टरलाई हेर्यो । अमिल्चिएकै अनुहारमा पनि हाँसो पोत्न खोज्दै उसले आफ्नो कुरा बढायो, “नामै त मेरो जगत सुब्बा हो, तर जतग सुब्बा खै भनेर अघिसोध्नु भयो भने मेरा आङ्खनै दाजुभाइले पनि चिन्दिन भन्न बेर छैन । तर अन्तरे दाइ खै भन्ने हो भने तपाईंलाई जो सुकैले पनि म भए ठाम ल्याइदिन सक्छ ……. ।”

“अन्तरे” शब्दले जीवनलाई चस्स छोयो । तर उसले आङ्खनो अनुहारलाई भने अलिकति पनि फेरिन दिएन । अनुहारमा भावनाका तरङ्गहरु एकैपल्ट भए पनि उठिरहन्छन् कि भन्ने डरले उसले अनुहारलाई अन्तरेको आँखाबाट अलिक कोल्टे पार्यो । तर जीवनको अनुमानको उल्टो अन्तरेले उसको अुनहारमा त्यसरी गडेर हेर्ने चाखै राखेन । बरु उसले एकपल्ट पुलुक्क लिलातिर हेरेर जीवनलाई भन्यो, “तपाईलाई न्यास्रो लाग्ला । जे भए पनि शहरमा हुर्केको मान्छे । गाउँले शुरु शुरुमा त अत्याइहाल्छ । गाउँ मान्छेको बस्ती नभएर एउटा ठूलो भुत बङ्गला जस्ते लाग्न थाल्छ । मलाई पनि पहिले ड्याजेलिङबाट पढेर आउँदा त्यस्तै भएथ्यो ।” अन्तरे एकछिन चुप लाग्यो, “तै अहिले जमाना फेरिया छ । कमसेकम गाउँमा एउटा दोकान छ, एउटा स्कूल छ । एक घण्टा टाढै भए पनि एउटा हेल्थसेण्टर छ । त्यसैले शहरीया मान्छे पहिले पहिले जस्तो आत्तिइ हाल्दैन । तपाईंलाई पनि बानी बस्छ” अन्तरे बोल्दा बोल्दै अलमलियो र कुरो टुंग्याउने ढंगले भन्यो, “यसो समय मिल्दा मेरोतिर पनि झर्नु होला ।”

तीनै जना बार्दलीबाट अफिसतिर लागे । हिंड्दै हिंड्दै उसले लिलातिर फर्केर सोध्यो, “अन्त, यहाँ सरलाई बस्ने बन्दोबस्तो कसरी मिलाइयो ?”

“अहिलेसम्म केही ठेगान भएको छैन । एक दुई दिन मेरै डेरामा बस्नु होला । त्यसपछि व्यवस्था मिलाउनु पर्ला ।”

“हो, हो” अन्तरेले टाउको हल्लाउँदै भन्यो, “राम्रो व्यवस्था मिलाउनु पर्छ । जे भा नि शहरीया मान्छे । शहर बजारमा हुर्के बढेको मान्छेलाई यस गाउँमा बस्न कति अप्ठेरो पर्छ भन्ने त तपाईंलाई थाहै छ, कसो हेड सर ?”

लिला झ्वाट्ट केही बोलेन । उनीहरु विस्तारै हिंडेर अफिसको अगाडि पुगे । हरेक पाइलासंगै जीवनको दिमागमा एउटा झन्का छुट्थ्यो । आङ्खनो छेउमा उभिएको अन्तरे आङ्खनो बाबुलाई मार्न तम्सने अन्तरे नै हो ? उसले तीन चार चोटी आफैलाई सोध्यो । आफिसको ढोकाबाट छिर्ने बेलामा भने दुवै समयको अन्तरे एउटै हो भन्ने कुरामा उसलाई पक्का भयो । यति हो, प्रधानपञ्च भएपछि मन्त्रीको छोराले मान्छेलाई तपाई भन्न, मास्टरसंग पनि हांसी हांसी कुरा गर्न र एउटा सामान्य मास्टरको खानपान र बसोबासको ख्याल राख्न सिकेछ । एकपल्ट जीवनको दिमागमा नयाँ बिचार झलक्क उदायो, “कतै मन्त्रीको खलक नै फेरिएको त होइन ?”

अघि अघि प्रधानपञ्च र पछि पछि मास्टरहरु भएर उनीहरु अफिस कोठाभित्र छिरे । अरु सबै शिक्षकहरुको बीचमा पुराना संस्कृत पढाउने गुरु पनि बसिरहेका थिए । आङ्खनो गाउँको प्रधानपञ्चलाई आङ्खना दुई सहकर्मीसंगै भित्र पसेको देखेर गुरु लगायतका सबै शिक्षकहरुले बसेको ठाउँबाट जुरुक जुरुक उठेर प्रधानपञ्चलाई नमस्ते गरे । संस्कृतका गुरुको अनुहार प्रधानपञ्चतिर फर्केको भए पनि उसका आँखाले जीवनलाई नै खोजिरहेका थिए ।

अफिसको ढोकाबाट भित्र छिरेपछि जीवनले भन्यो, “प्रधानपञ्चज्यूलाई म शुद्ध शहरिया हुँ भन्ने भ्रम चाहीं नपरोस् । मेरो जन्मथलो पनि बुङला नै हो ।”

“बुङला रे ! कुन बुङला ?” प्रधानपञ्चले अलिक झस्के जस्तो स्वरमा जीवनसंग सोध्यो । अन्तरेको नक्कली झस्काइ जीवनको आँखाबाट लुक्नै भ्याएन । तर जीवनले त्यो झस्काइ देख्तै नदेखे जस्तो गरी अलि अलि हांसेर भन्यो, ‘हुन त नेपालमा धेरै बुङला होलान् । तर पाँचथरमा यत्ति एउटा बुङला छ भने मेरो जन्मथलो यहीं हुनपर्छ ।”

“अँ, पांचथरमा अरु बुङला त छैनन्”, अन्तरे एकछिन अलमलियो । त्यसपछि उसले एक्कासी केही कुरा पत्ता लाए जस्तो उत्साहको स्वरमा सोध्यो, “हैन कतै तिमी जन्तरे दाइको छोरा त होइनौ ? अघि बाटामा यस्सो सुन्याथें ।”

“तिमी” भन्ने भनाइलाई जीवनले त्यति ख्याल गरेन । तर अन्तरेले आङ्खनो बाबुलाई ‘जन्तरे दाइ’ भनेको सुनेर चाहीं उ नजानिदो पाराले खिसिक्क हांस्यो । त्यै हांसो कै बीचमा उसले भन्यो, “मेरा बुबाको नाम जन्तरे हो भन्ने त यहाँ पाइलो नराखुन्जेल मलाई थाहै थिएन । तर उहाँको नाम जन्तरे रहेछ – किनभने अहिलेसम्म भेट्ने जति सबैले मलाई जन्तरे कै छोरो भनेको छन् ।”

अन्तरे एकपल्ट हो, हो, हो, गरेर अफिसै थर्काउने गरी हांस्यो । जीवनले पनि त्यो हांसो सक्कली कि नक्कली भनेर छुट्याउनै सकेन । निकैबेर हांसेपछि उसले भन्यो, “लौ ह्-वाट ए सरप्राइज (कस्तो अनौठो ?) बाबुलाई गाउँ मन परेन, शहर पसे, छोरालाई शहर मन परेन गाउँ पस्यो । बडो गजब । हुन पनि जन्तरे दाइलाई गाउँ छोडेकोमा कुनै दोष दिन मिल्दैन । छोराछोरीलाई घरबारी बेचेर पनि पढाउँछु भन्ने अठोट लिने जन्तरे दाई जस्तो मान्छेले यहीं बसेका भए कसरी छोरालाई यति पढाउन सक्थे र ?” अन्तरेले गढेर जीवनलाई हेर्यो र आङ्खनो भनाइले जीवनलाई कत्तिको असर पारेको छ भनेर जाँच्ने प्रयत्न गर्यो । तर जीवनको अनुहार झार बाहेक केही नउम्रिएको नागी जस्तो थियो । त्यसैले अन्तरेले आङ्खनो बोलीलाई झन वजनदार बनाउंदै भन्यो, “अन्त कस्तो परचक्री जस्तो भएको तिमी ? अरे भाई, एउटै गाउँको मान्छे त एक आंतको हुनुपर्छ । कसो ? एकता नै बल हो । तर तिमी त भरखर यो गाउँ देखेको पराइ जस्तो व्यवहार पो गर्छौ ए ।”

“भरखरै पाइलो टेक्दैछु कसरी पुरानो व्यवहार गर्न सक्छु र ?”

“जे भा नि जन्मथलो त यही हो ।”

लिलाले कोठामा बसेका सबैलाई नियालेर हेर्यो । सबै जना कुरामा डुबेका थिए । धेरै शिक्षकलाई अन्तरेसंग समान ढङ्गको व्यवहार गरेर ठा–ठाडै बोल्ने जीवनले प्रभावित पार्दै थियो । जीवन जस्तो मान्छे बुङलामा थोरै आएका थिए र ती थोरैलाई शायद स्कूलका शिक्षकहरुले उति साह्रो भेट्ने मौकै पाएका थिएनन् होला । लिलालाई पनि वातारण नरमाइलो लागेन । उसले बातचितमा सबैलाई हिस्सा लिन दिने विचार गर्दै पिउनलाई नजीकै बोलाएर विस्तारै भन्यो, “सबै कक्षाका विद्यार्थीलाई यो दोश्रो घण्टीमा कक्षा कोठा सफा गर्नु रे भनिदेउ ।”

लिलाले पिउनलाई बोलाउंदा जीवनले पनि लिलालाई पुलुक्क हेर्यो । त्यसपछि फेरी अन्तरेतिर फर्किंदै उसले भन्यो, “जन्मेको न यहाँ हो प्रधानपञ्चज्यू । तर जन्मने बित्तिकै मान्छेलाई सबै कुरा कहाँ थाहा हुन्छ र ? मलाई त यहाँ सल्लाघारी छ भन्ने पनि सम्झना थिएन । हिजो बाटामा आउँदा सल्लोघारी देखेपछि पो कता कता आपूmले चिनेको ठाउँ हो कि जस्तो लागेको थियो ।”

“किन ? जन्तरे दाइले केही कुरा बताउने गर्दैनथे र ?”

“त्यस्तो बताउने यामै आएन । सानो हुँदा उहाँले बताए पनि हामीले बुझ्ने कुरा थिएन । अलिक ठूलो हुने बित्तिकै म पढाईको लागि गुवाहाटी गएँ । यसो विदाको बेला घर जाँदा नेपालको भन्दा बढी चर्चा उतैको घर व्यवहारको हुन्थ्यो । पछि म गुवाहाटी मै भएको बेला अकस्मात उहाँको निधन भयो । त्यसपछि त नेपाल हाम्रो स्मृतिबाटै हरायो ।”

“हैन, के अन्तरे दाई बिते र ?”

“ज्यू, सन् अठहत्तरमा हैजाको चपेटामा उहाँको निधन भयो ।”

“ओहो ! ब्याड लक (कस्तो दुर्भाग्य) अन्त अरु परिवार ?”

“कोही छैनन् भने पनि हुन्छ । सबैलाई आन्दोलनले खायो । एउटी कान्छी बैनी बांचेकी छ । उसको पनि बिहे भैसक्यो,” जीवनले सामान्य स्वरमा भन्यो ।

अन्तरेले अलिक सांघुरा आँखाले जीवनलाई हेर्यो । उसले जीवनको बोलाइमा कतिको सत्यता छ भनेर तौलिन खोजे जस्तो देखिन्थ्यो । तर जीवनको अनुहारमा कुनै हेरफेर थिएन । अन्तरेले आङ्खनो स्वरलाई पहिले भन्दा सानो पारेर भन्यो, “साह्रै नराम्रो खवर हो, यो । रियल्ली ए शक (कस्तो नमज्जा !) जे भएपनि आङ्खनो गाउँको मान्छे ।” बोल्दा बोल्दै सबैतिर हेरेर प्रधानपञ्चले जीवनसंगै सोध्यो, “अन्त तिमी चाहीं कसरी यहाँ आई पुग्यौ त ?”

“यसको पनि एउटा कथै छ । एक्लो भए पछि आफुलाई निकै बैराग लाग्ने त भयो नै । त्यसमाथि आन्दोलन उग्र रुपमा चर्किंदै थियो । त्यस्तो बेलामा नेपालतिरै भाग्य जमाउनु पर्यो भन्ठानेर यता लागें । बाटामा एकजना मानिससंग भेट भयो । उनी रहेछन् अञ्चलाधिसका भानिज । बस् मेरो जागीर खोज्ने माध्यम बनी हाल्यो । अन्त शिक्षाको विभित्र कार्यालयमा घुम्दै बुङला आइपुगें, जीवनले छोटकरीमै आङ्खनो कुरो सिध्यायो ।

“यु आर ए लक्की फेलो (तिमी भाग्यमानी रहेछौ नत्र मान्छेलाई जागीर पाउनै हम्मे हुन्छ ।” अन्तरेले एकचोटी सबै शिक्षकतिर हेरेर भन्यो । त्यसपछि फेरी उसले जीवनसंगै सोध्यो, “अब तिमीले के योजना बनाएका छौ त ?”

“खास केही छैन । हेरौं । मन रमाए बस्ने हो । नत्र बाटो लाग्नु पर्ला ।” जीवनले अलिक बेवास्ताको स्वरमा भन्यो । “लौ, कहां त्यसो भत्र पाउंछौ र ? जे भा नि हाम्रो आङ्खनै गाउँको मान्छे इंग्लिस टिचर (अंग्रेजी शिक्षक) भएर आएको छौ । गाउँलेको लागि कम गर्वको कुरा हो र यो ? अब यहीं बस्नु पर्छ । हामी छौं नि … … ।”

प्रधानपञ्च जगत सुब्बा अर्थात मन्त्री साहेपको अन्तरे छोरो एक घण्टा भन्दा बढी स्कूलमा बस्यो र बसुन्जेल उसले जीवन संगै कुरा गरेर बेला कटायो । अन्तरे र जीवन बीचका कुराहरु सुनेर नौला मास्टर त दङ्ग पर्ने नै भए तर कुरा गराइमा उनीहरु दुबैको छट्टुपना देखेर जीवनको संपूर्ण इतिहास थाहा पाएका लिला जस्ता शिक्षकहरु पनि दङ्ग परे । लिलाले गाउँको इतिहास मै एउटा नयाँ अध्याय थपिएको महशुस गर्यो ।


 

चिनारी

“हाम्रो स्कूलमा काम गर्ने शिक्षकहरुको बारेमा केही बढाउन सक्नु हुन्छ भाइ ?” जीवनले आङ्खनो अगाडि खुट्टा खुम्च्याएर बसेको नरवीरलाई नियालेर हेर्दै सोध्यो ।

“किन ? सरले चित्र सक्नु भएन र ?” नरवीरले पनि एकछिन जीवनको मुखमा हेरेर जवाफको ठाउँमा प्रश्नै तेस्र्यायो । तर जीवनले झ्वाट्ट त्यसको जवाफ दिई हालेन । त्यसैले नरवीरले पुनः भन्यो, “आज त त्यहाँ पढाउने सबै सरहरु आउनु भएको थियो । हाम्रो स्कूलमा जति सरहरु पढाउनुहुन्छ, उहाँहरु सबै आउनु भएको थियो । त्यहीं, सरको सबैसंग परिचय पनि भएथ्यो क्यार ।”

“त्यो त औपचारिक न थियो । मान्छेलाई त्यसरी एकपल्ट झलक्क देख्तैमा चित्र सकिन्छ र ?”

बाहिर गाढा अँध्यारोलाई चिर्दै चन्द्रमाले आङ्खनो उज्यालोको रथलाई आकासमा कुदाउन थालिसकेको थियो र उज्याला किरणहरु जीवन बस्ने कोठाको झ्यालबाट यसो पुलुक्क चियाएर हेर्न थालेका थिए । केही छिन अघि मात्र जीवनले लिला र केही शिक्षक साथीहरुलाई विदा गरेको थियो र त्यतिबेला कोठामा नरबीर र उ मात्रै बाँकी थिए । साँझको नौ मात्रै बजेको थियो तर सिंगै गाउँ भरखरै निदाएको मान्छे जस्तो चकमत्र सत्राटा भित्र डुबेको थियो ।

“मैले जात्र खोजेको,” जीवन एकछिन अड्कियो । एकपल्ट उसले बाहिर तिर चियाउने प्रयत्न गर्यो र कुरो अघि बढायो । “कुनै पनि शिक्षक कहाँबाट आएको, कस्तो परिवारबाट आएको, यहाँ उ बस्ने, खाने र हिंडडुल गर्ने तौरतरीका कस्तो छ भन्ने नै हो । यस्तो जानकारी पाउन सकेको खण्डमा को संग कसरी सरसंगत गर्दा फाइदा होला भनेर खुट्याउन सकिन्छ ।”

“मैले अलि अलि बुझें” नरवीर केटाकेटी जसरी मुसुक्क हाँस्यो र उसको अनुहार पनि उज्यालो भयो, “मैले सरलाई भन्नु पर्ने कुरा त बुझें, तर त्यो कुरा कतिसम्म बताउन सक्छु भत्रे चाहिं मलाई थाहा छैन ।”

“सबैभन्दा ठूलो कुरा त के भने सर” नरवीर निकैबेर चुप लाग्यो, “यहाँ ठूलो आतंक छाएको छ । के शिक्षक, के कर्मचारी अनि के किसान, सबैमा मन्त्री र उसको खलकको आतंक छाएको छ । त्यो आतंक कसरी छाएको छ भन्ने कुरालाई विस्तारै सरले आफै चिन्नु जरुरी छ ।”

जीवनले कुनै प्रतिकृया जनाएन ।

“जहांसम्म हेडसरको कुरो छ, उहाँलाई सरले जानिहाल्नु भयो । उहाँ एउटा असल मान्छे हुनुहुन्छ । हाम्रो गाउँका मान्छेहरु उहाँलाई निकै मन पराउँछन् । त्यस बाहेक गुरुको बारेमा त धेरै कुरा झन सरलाई नै थाहा होला । जनमत संग्रहमा गुरुले पनि बहुदलमा नै भोट दिनु भएको थियो । हुन त त्यतिबेला बुङलामा बहुदलमा भोट नखसाल्ने मान्छे नै को थियो र ? लाटा सोझा लिम्बुहरुले चाहीं बौदल भनेको राई लिम्बु हो र निर्दल भनेको क्षेत्री बाहुन हो भन्ने बुझेका थिए । उनीहरुलाई मन्त्रीका छोराहरुले त्यस्तै बुझाएका थिए । त्यसैले राजनीतिक संस्कार नभए पनि सबै लिम्बुले यहाँ बौदलमै भोट खसाले । त्यसबाहेक सामान्यै रुपमा भए पनि राजनीतिको गति बुझेका मानिसले पनि बहुदलमै विश्वास प्रकट गरे । गुरु पनि बहुदलमै विश्वास राख्नुहुन्थ्यो क्यार । तर बहुदलमा लागेर पनि किन हो कोनि उहाँले मन्त्रीहरुलाई रिझाउन सक्नु भएको छैन ।

स्कूलको सञ्चालक समितिमा सबै नै मन्त्री पक्षका मान्छे छन् र तिनीहरु गुरुसंग प्रमाणपत्र ले भनेर करकर गरिरहेका छन् ……… ।

“किन ? गुरुसंग प्रमाणपत्र छैन र ?” जीवनले बीचैमा सोध्यो ।

“भए जस्तो छैन–तर गुरुले शास्त्री परीक्षा उत्तीर्ण गरेको चाहीं निश्चित हो । यो कुरो मन्त्रीको काईंलो छोरोलाई पनि थाहा रहेछ । मैले पनि गुरुसंग कुरा गरेको थिएँ । उहाँ भन्नु हुन्थ्यो, वनारसमा जुन महाविद्यालयबाट उहाँले परीक्षा उत्तीर्ण गर्नु भएको थियो अहिले त्यो महाविद्यालय नै छैन रे । उहाँसंग पहिले आउँदा ल्याएको प्रमाणपत्र पनि छैन रे । त्यतिबेला उहाँलाई मन्त्रीहरुले पनि मन पराएका थिए–स्कूलमा मान्छेको अभाव पनि थयो । त्यसैले, सके त्यतिबेला प्रमाणपत्रको प्रतिलिपि पनि चाहिएन । अहिले मन्त्रीहरु उहाँसंग चिढिएपछि प्रमाणपत्र पनि चाहियो । शायद प्रमाणपत्र पेश नगरेमा केही महीना पछि मन्त्रीहरुले उहाँलाई निकाली देलान् ।”

“निकाले भने उहाँलाई त खानपानमा पनि समस्या पर्छ,” जीवनको बोलीमा चिन्ता झल्कियो । “अँ, पर्छ नै । बिहे गर्ने उमेरकी एउटी छोरी छिन् । उसले पोहोर साल एस्.एल्.सी. दिएकी थिइन्– तर फेल भइन् । अरु ५ जना केटाकेटी कलिलै छन् । जग्गा जमीन त्यै हो सरलाई पनि थाहै छ ।”

कोठा भित्र तीतो निस्तब्धता छायो । जीवनको मन अमिलो भयो । उसलाई केही पनि नसुनौं कि जस्तो लाग्न थाल्यो । तर नसुनेर उसले कसरी शिक्षकहरुलाई चिन्न सक्थ्यो र ? जति नमिठो र अप्रिय प्रसङ्ग आए पनि उसले सकेसम्म सबैको जानकारी लिनै पथ्र्यो ।

“अब हिसाब सरकै बारेमा भनौं,” नरबीरले एकछिन जीवनको अनुहारमा गडेर हेरेपछि भन्यो, “उसको घर दार्जिलिङ हो र उनी कांग्रेस हुन् भन्ने जानेर नै प्रधानपञ्चले उनलाई यहाँ ल्याएको हो….. । “प्रधानपञ्च अझै कांग्रेस छ र ?” जीवनले प्याच्च सोध्यो ।

“उ कहिले पो कांग्रेस थिएन र ?” नरवीरले अलि अलि हांस्न खोज्दै भन्यो, “प्रधान त सधैंभरी कांग्रेस हो । जब कांग्रेस भएर यहाँ केही गर्न नसक्ने अवस्थामा हुन्छ तब उ आङ्खना मातहतका कांग्रेसीलाई काम गर्न सजिलो होस् भनेर पञ्च पनि हुन्छ ।” बोल्दा बोल्दै एकछिन रोकिएर नरवीरले सोध्यो, “लक्ष्मी कस्तो शिक्षक हो भनेर त मैले भनिरहनु नपर्ला होइन सर ?

“किन ? भत्रोस न ।”

“सरले नै चित्रोस न । मैले भन्दा त नपत्याउनुहोला । शिक्षकको अनुहार लिएर आएको गुण्डा कस्तो हुन्छ भनेर जात्र लक्ष्मीलाई चिन्नुपर्छ ।”

“अनि गोकर्ण ?”

“त्यो त लिम्बु हो” नरवीर हाँस्न थाल्यो । एकछिन हाँसेपछि उसले भन्यो, “बी.ए. पढेर पनि त्यसको बुद्धि कहिल्यै मौलाएन । त्यस्तो पढ्यालेख्या मान्छे, आजको दुनियामा के भैरहेछ भन्ने चासै छैन ।”

“अब वलबहादुर नेत्र, बासु र कृष्णको बारेमा त मैले सरलाई भनिरहनु नपर्ला । तिनीहरु राम्रै साथीभाइ हुन् ।”

“अनि एउटी बैनी छन् नि” जीवनले उत्सुक स्वरमा सोध्यो ।

“बैनी त एउटी होइन, दुइटी छन् । एउटी तपाईंले स्कूलमा भेटेकी । उसको नाम निर्मला हो र उनलाई हामी माइली भनेर बोलाउँछांै । उनी रामै ्र छिन् । मन्त्रीहरुसंग पारिवारीक झगडा छ । त्यसैले मन्त्री बहुदलमा लाग्दा उनी निर्दलमा लागेकी थिइन् । मन्त्रीसंग पनि डराउत्रन् । तर उसको दिमागमा शून्यता छ ।”

“अनी अर्की ?”

“अर्की चाहिं स्वयंसेवक । त्यो चाहिं बिहान यहाँ आउने मन्त्रीको नातिनी हो । उ इलाममा पढ्दैछे ।” “यसको अर्थ बुङलामा मन्त्रीको अत्याचारको विरोध गर्नेहरुको अभावै चाहिं छैन ?” जीवनले फेरी बाहिर हेर्दै सोध्यो ।

“छैन भन्नु पर्छ ।” नरवीरको उत्तर छोटो थियो ।

“अब एउटा आखिरी कुरो”, जीवनले आङ्खनो बोलीमा अलिक बढी जोड थप्दै भन्यो, “तपाई मलाई नढांट्नु होला । हिजो तपाईलाई भेट्दादेखि नै तपाई अरु गाउँले भन्दा फरक कसरी हुन सक्नु भो भन्ने प्रश्न मेरो मनमा उदाइराखेको छ । के तपाई मलाई आङ्खनो विगतको कथा भन्न सक्नु हुन्छ ?”

नरवीर अघिल्तिरका ६ वटा दांत मात्रै देखिने गरी ङिच्च हाँस्यो ।

“मेरो बारेमा त्यस्तो बताउनै पर्ने केही छैन सर” नरवीरले हांस्तै भन्यो, “उहिले १५ वर्षको हुँदा अरल्लिएर मुग्लान पसें । अलिकति पैसा चोरेर हिंडेको थिएँ । त्यही पैसाले दार्जिलिङ पुगें । पैसा त सकिइ हाल्यो । रित्तो हात फर्किन पनि लाज लाग्यो । त्यसपछि त्यहीं काम खोज्दै भौंतारिन थालें । १५ दिन जति एउटा होटेलमा काम गरें । खाएर दिनको दुई रुपैयाँ दिन्थ्यो । तर मालिक मोरो साह्रै असत्ती थियो । १५ दिन भन्दा टिक्नै सकिन । त्यसपछि एउटा मारवाडी कहाँ बसें । काम त गाह्रो थिएन । बिहान घर सफा गर्ने । नौ बजेतिर दोकान खोल्ने । त्यसपछि बजारबाट सरसामान बोकेर ल्याउनु पर्ने । तलब पनि दिनको साढे दुई रुपैयां दिन्थ्यो । खान बासी अथवा उभ्रिएको भएपनि तीन चोटी चाहीं दिन्थ्यो नै । तर त्यसको गाली बेइज्जती नै खपिनसक्नु । फेरी त्यो परिवार साह्रै भ्रष्ट र अनैतिक । दिदी भाइको समेत बिचार नपुर्याउने । तै पनि ५/७ महीना त बस्थें हुँला । तर मोराले २७ दिन पछि नै सामान चोरेको आरोप लगाएर पाकेको तलब पनि नदिई खेद्यो ।”

“त्यसपछि” नरवीरले एकपल्ट पल्याक पुलुक वरिपरि हेर्यो, “अलिक दिन कुल्ली काम गरें । आमदानी चाहीं थिएन । कैले बेलुका त्यसै सुतिन्थ्यो कैले खानै पनि पाइन्नथ्यो । म चाहीं बिहान खान जोड गर्थें । बिहान खान नपाए दिनमा काम गर्नै सकिंदैनथ्यो । बेलुका त खान नपाए पनि थाकेको शुरमा एक झप्को निदाइ हालिन्थ्यो ।”

“यस्तै बेलामा एकदिन एउटा डाक्टरका हातमा परें । कुरा के पर्यो भने, ती डाक्टरकी श्रीमती सौदा कित्र बजार आएकी थिइन । कुल्ली मै परें । बाटामा घरद्वार सोधिन् । कुराकानी गर्दै गइयो । त्यसपछि उसले मलाई आङ्खनै घरमा काम गर्छौ कि भनेर सोधिन् । एक मन त आ गर्दिन भन्दिउँ कि जस्तो लाग्यो । मारवाडी कहाँ बस्ता भोग्नु परेका सबै कुराहरु आँखाको सामुन्ने झलझल्ती नाचे । तर त्यसैबेला आङ्खनो नेपाली जात त मारवाडी जस्तो नहोला भन्ने लाग्यो र बसें । नभन्दै त्यहाँको बसाइ चाहीं मेरो लागि बरदानै भयो ।”

“डाक्टर त्यहीं अस्पतालमा काम गर्दा रहेछन् अनि उनी माक्र्सवादी कम्युनिष्ट पार्टीका समर्थक रहेछन् । श्रीमती चाहीं कलेजमा पढाउंदी रहिछन् र उनी पनि सोही पार्टीकी समर्थक रहिछन् । त्यसैले त्यहाँ बस्ता मैले निकै कुरा जान्ने मौका पाएँ ।”

“त्यहाँ म दुई वर्ष बसें,” नरवीर एकछिन रोकियो । त्यसैबेला डाक्टरको ससुरालीबाट उनकी सासु र साली दार्जिलिङ आए । उनीहरुले मेरो परिश्रम देखेर मलाई निकै मन पराएछन् । उनीहरुले मलाई आङ्खनो घर लैजान मागेछन् । डाक्टरले मलाई जान्छौ ? भनेर सोधे । उसको ससुराली शिलाङमा थियो । त्यसैले नयाँ ठाउँमा डाक्टरको घरको जस्तो ह्दयी र रमाइलो व्यवहार पाईंदैन भन्ने मलाई थाहा थियो । जाउँ कि नजाउँ भन्ने अन्यौलमा परें । अन्तमा मैले डाक्टरलाई नै आङ्खनो मनको कुरो भनें । डाक्टर पनि मेरो कुरो सुनेर एकछिन घोरिए र आखिरमा उसले “अहिलेलाई जाउ, म उनीहरुसंग तिमीलाई पढ्ने सुविधा मिलाइदेउ भनौंला । त्यति गर्दा पनि तिमीलाई त्यहाँ मन लागेन भने यतै फर्क” भनेर सम्झाए । यसरी म शिलाङ पुगें ।

“शिलाङमा पनि म धेरै बसें– तर त्यही घरमा चाहीं बसिन । त्यो घरमा म एक वर्ष बसें । त्यहीं बस्ता मैले केही प्रवासी नेपाली राजनीतिक कार्यकर्तालाई भेटें । त्यसपछि मैले पढ्ने र बुझ्ने अरु मौका पाएँ । घरको काममा खट्दा मलाई पढाइ लेखाइमा निकै बाधा भयो । यो देखेपछि तिनै साथीहरुले एउटा नेपाली स्कूलका पियुनको जागीर मिलाई दिए । यसरी पियुन भएर म जम्मा ३ वर्ष शिलाङ बसें ।”

“आखिरमा घर छोडेको सात वर्ष पछि ०३६ सालमा म नेपाल फर्कें । यहाँ त्यतिबेला मच्चिरहेको राजनैतिक आंधीले मलाई पनि भेट्टाइ हाल्यो । मैले पनि त्यतिबेला बहुदलको पक्षमा जमेर प्रचार गरें ।”

आङ्खनो लामो भनाई सकेर नरवीर चूप लाग्यो । कोठा उज्यालो पारिरहेको लालटिनको उज्यालोलाई ओझेल पारेर बाहिरको जुनको एक टुक्रो उज्यालो झ्यालबाट फुत्त भित्र पस्यो र जीवनका जुत्ताहरुसंग खेल्न थाल्यो । जीवनले झ्यारर सलाई कोरेर चुरोटको ठूटो सल्कायो । लालटिनको सलेदोमा अकस्मात एउटा डल्लो जम्यो र बत्तीको ज्वाला बीचबाट दुई चिरा बाँडियो ।

“सर पनि आङ्खनो विगत बताउनु हुन्छ कि” नरवीरले एकपल्ट लालटिन हल्लाएर भन्यो । सलेदोमा जमेको डल्लो फुत्त तल खस्यो र बत्तीको ज्वाला फेरी एउटै भयो ।

“मेरो त त्यस्तो के होला र ?” जीवनले लामो सर्को धुंवा तान्यो र अलि अलि गरेर ङ्खयाँक्यो, “मैले भाइले जसरी जीवनलाई भोग्नै पाइन । तपाईको कुरो सुन्दा त मलाई कथा सुने जस्तो पो भयो ।”

“तै पनि,” नरवीरले भन्यो, “मान्छे एउटै ढङ्गले सामाजिक परिवर्तनको बाटोमा आउँदैन । मान्छे आउने अलग अलग बाटाहरुले हामीलाई केही न केही नयाँ कुरा दिन्छन् ।”

“हो, हुन त,” जीवनले विस्तारै भन्यो । उसको अगाडि बसेको नरवीर बिस्तारै हरायो । त्यो ठूलो कोठालाई उज्यालो पारेको लालटिन पनि हारायो । झ्यालबाट भित्र छिरेर उज्यालो ङ्खयाँकिरहेको जुनको किरण पनि एक्कासी हरायो । जीवन आफै भित्र हरायो । उसको ओठहरु विस्तारै फरफराउन थाले… …।

“दाइ”, बैनीको हिक्कैपिच्छे निस्कने दाइ शब्दले जीवनलाई धेरैचोटी दुख्ने गरी हिर्काइरह्यो । बैनीका आँखाबाट निस्केका आँशुका थोपाले उसको कमिजको एउटा पाटोलाई लुछुप्प पार्यो । साँझ परेपछि उसले बैनीको टाउको सुम्सुम्याउँदै भन्यो, “नितु, अब हामी यहाँ बस्तैनौं ।”

बैनी एकपल्ट टाउको उठाएर आङ्खनो दाजुलाई हेरी । दाजुका आँखा सुक्खा र राता थिए । तर उसको अनुहारमा गएका पच्चिस दिनमा कहिल्यै नदेखिएको दृढता घुमिरहेको थियो ।

“हो, अब हाम्रो यहाँ केही छैन । त्यसैले बैनी, अब हामी यहाँ बस्तैनौं,” जीवनले पहिले भन्दा बढी अठोटका साथ भन्यो ।

“कहाँ जाने त ?”

“आङ्खनो देश । हाम्रो देश । जहाँ हामीले हाम्रो घर भत्र पाउने अधिकार छ । जहाँ तँ निस्केर जा भनी हामीलाई कोही मार्न आउँदैन ।”

“तर त्यही देशबाट खेदिएर बुबा यहाँ आउनु भएको होइन दाइ ?” बैनीले मायालु स्वरमा दाजुलाई भनी, “त्यतिबेला त्यहाँ बस्न नसकेर बुबा यता लाग्नु भयो । अब यता बस्न नसकेर हामी त्यतै लाग्दैछौं । फेरी त्यहाँ बस्न नसके हामी कहाँ जाने दाइ ?”

एकछिन जीवन केही बोलेन । झ्यालबाट देखिने ब्रम्हपुत्रका तरङ्गहरुमा नजानिदो पाराले साँझ ओर्लिदैं थियो र स–साना डुंगाहरु दक्षिणी किनारातिर चिप्लंदै चिप्लंदै घस्रिरहेका थिए । जीवनले खस्नै लागेको साँझलाई नियालेर भन्यो, “अब त्यस्तो हुत्र बैनी । कसेैले खेदे पनि हामीले खेदिनु पर्दैन । हिजो बुबाको सामू एउटा विकल्प थियो । पहाड नभए आसाम त छ भन्ने भावना थियो । तर हाम्रो लागि देश छोडेर अरु के छ ? बुबाको लागि यो आसाम नोटको बोट थियो । तर हाम्रो लागि यो हजुरआमाको रुग्ण चिहान हो । हाम्रो बुबाको अकाल मृत्युको भीर हो । अनि हाम्री प्यारी आमा र एक आंतको भाइको वधस्थल हो । बैनी, आसाम मेरो लागि घिनलाग्दो चिहान मात्रै हो । देशमा जतिसुकै हण्डर खाए पनि यो चिहान फेरी कसरी संझनायोग्य होला र ?”

“यतै कतै धेरै नेपाली भएको ठाउँ तिर गए के हुन्छ ?”


 

“त्यहाँ पनि त हामी विदेशी नै हुनेछौं नितु !” जीवनले एकछिन रोकिएर भन्यो, “मैले यो देशलाई कहिल्यै आङ्खनो देश सम्झनै सकिन । केटाकेटी उमेरदेखि नै मलाई यो परदेश हो भन्ने लागिरह्यो । बुबाले बारम्बार “नानी हो, देश नबिर्से हैं ! जे भए नि त्यो भनेको आङ्खनो घर हो । त्यहाँ तिमीहरुका मामाहरु छन् । काकाहरु छन्, दिदी छे,” भनेको सुन्दा आसाम मलाई आङ्खनो डेरा मात्रै हो जस्तो लाग्थ्यो । यति मात्रै होइन नितु, देशमा हाम्रो परिवारलाई उठिबास लाउने एउटा मन्त्री छ । हामीले त्यो मन्त्रीसंग साटो नफेरी भएकै छैन ।”

बाहिर साँझ बाक्लिन थालेपछि निताले उठेर कोठाको बत्ती बाली र दाजुलाई पुलुक्क हेरी । उ एकतमासको अनुहार लाएर हजुरआमा, आमा, बुबा र भाइ समेत भएको ठूलो फोटोलाई नियालेर हेरिरहेको थियो । निता बिस्तारै कोठाबाट बाहिर निस्की । उसले ढोकाकै आडमा भएको भान्सा कोठा र घरको दलानको बत्त िबाली । गहिरो बेदना भित्र डुबेको त्यो घर उज्यालोको घेराभित्र खुम्चिएर बसेको सेतो सांढे जस्तो देखियो । बैनी फेरी अघिकै कोठाभित्र पसी ।

“रोएर, केही पाइएन निता;” बैनीलाई ढोकाबाट छिरेको देख्ने बित्तिके जीवनले भन्यो, “अब यो घरमा बसेर म मारिएका आमा र भाइलाई सम्झदै रुंदै दिन बिताउँदिन । म तीन वटै गाई बेचिदिन्छु । घर पनि बेचिदिन्छु । सबथोक बेचेर यो वधस्थललाई सधैंको लागि छोडेर नेपाल फर्कन्छु । तं के भन्छेस !”

“बेच्छु भत्रे वित्तिकै सबै कहाँ बिक्छ र ? यिनीहरु भाग्न आंटे भत्रे जानेपछि यहाँका नेपालीले नै माटोको मोलमा सबैथोक कित्र माग्छन् ।”

“जे पर्ला”

“त्यसरी रित्तो हात गएर के खाने ?”

“जसै पनि ३०/३५ हजार भैहाल्छ । बैंकमा पनि अलि कति पैसा छ । सबै जोडजाड गर्दा ४०/५० हजार त आउँछ नै । यहाँको ४०/४५ हजार भनेको नेपालको साठी हजार हो । त्यति पैसाले नेपालमा हामी दुई जनालाई बस्ने खाने घडेरी पाइएला । त्यसबाहेक यसो काम धन्दा गरेर नेपालको हजार बाह्र सय त म कमाइ हाल्नु ।”

“त्यसै अन्धाधुन्ध जांदा बा कतै फंसिने हो ।”

“भिनाजु हुनुहुन्छ नि । भिनाजु जस्तो आड पाए पछि के को डर ? बाठो हुनुहुन्छ, नेपालको रीतिरिवाज, नियमकानून जान्नु भएकै छ । त्यसमा भएन, उहाँ त्यहाँको पार्टीको सदस्य पनि हुनुहुन्छ ।”

“पार्टी नै प्रतिवन्धित भएको ठाउँमा सदस्य भएरै के भो र ?”

“प्रतिवन्धित भएको ठाउँमा त पार्टीका मानिस बाठा सक्रिय र तिखो दिमागका हुन्छन् । बैनी केही नबोली खाटमा आएर बसी ।

‘बिदेशी हटाउ’ आन्दोलनको नाममा भएको मारकाटको आतंक विस्तारै घटेर गयो । गुवाहाटी र डिगबोइ जस्ता शहरतिर आश्रय लिन पुगेका धनीमानी नेपालीहरु पनि विस्तारै गाउँतिर फर्किन थाले । विधान सभाका नपाली मुलका कांग्रेस सदस्यहरु मुख मात्रै देखाउन आइदिंदा पनि स्थानीय नेपालीले अलिक लामो सास फेरे । त्यसैबेला आसामको कम्निस्ट पार्टीका कार्यकर्ताले बस्तीमा भएको आमसभामा नेपालीहरु विरुद्धको मारकाट प्रति क्षोभ व्यक्त गर्दै नेपाली प्रति सहानुभूति व्यक्त गरेको अनि आसामियाहरुलाई गाउँले नेपालीसंग मिलेर बस्न आग्रह गरेको देख्ता नेपालीहरु बढी ढुक्क भए । विस्तारै नेपालीको जीवन पनि सामान्य बत्र थाल्यो ।

तर जीवन यी सब घटनाहरुबाट उत्साहित हुन सकेन । यी सबै घटनाले उसको नेपाल फर्किने अठोटलाई अलिकति पनि तल खसाल्न सकेनन् । उसले कसैलाई आफू नेपाल फर्किने छनक नदिई गाइ र घर भित्रका हलुका मालहरु बेच्यो र बैंकको खातामा एक एक पाई गर्दै पैसा जोड्यो । आखिरमा, बेच्नु पर्नेमा घरवारी मात्रै बाँकि रहेपछि उसले आङ्खनो भिनाजुलाई बोलायो ।

भिनाजु आएको साँझ जीवन र उसकी बैनी आङ्खनी आमा र भाइलाई संझेर रोए । भिनाजुले गंभीर आवाजमा शान्त्वना दिएर उनीहरुलाई शान्त पारे । अंध्यारोमा निशब्द बगिरहेको ब्रम्हपुत्रको पानीलाई हेर्दै जीवनले आङ्खनो सबै योजना भिनाजुलाई सुनायो ।

“यो निर्णय निकै राम्रो हो । यसले हामी टाढा भएकाहरुलाई एकै ठाउँमा भेला त गर्ने नै छ । यस बाहेक यसले तिमी र नितालाई जिन्दगीको सांचो बाटोमा हिंडाउने पनि छ । तिम्री दिदीको लागि पनि यो आनन्दको कुरा हुनेछ । अर्काको देशमा, अकालमा भाइ र आमा मारिएको खवरले घाउ पारेको उसको मुटुमा यो समाचार मलम हुनेछ ।”

“हाम्रो सम्पूर्ण आधार भनेको तपाईं हो ।” जीवनले सिधै भिनाजुको मुखमा हेरेर भन्यो, “म साह्रै लाटो त छैन तैपनि म धेरै कुरामा अज्ञानी छु । मसित भएको पैसाले टाउको अड्याउने जमिन त कित्रु नै छ । यता बैनीको पढाइ रोकिएको छ– यसलाई बि.ए. त पास गराउनै पर्छ । त्यसपछि हाम्रो दुर्गतिवको मूल कारण भएको मन्त्रीसंग भेटघाट गर्ने मेरो चाहना छ …….. ।”

“सबै चाहना पुरा हुन पनि समय लाग्छ ।” जीवन बोलिसकेपछि भिनाजुले भने, “जग्गा थोरै पाइएला । नितालाई पढाउन अर्को एक वर्ष पर्खनु पर्ला । मन्त्रीसंग भेट्न तिनीले अझै दुई तीन वर्ष पर्खनु पर्ला । तिमीले यस्ता कुरामा धैर्य गर्नु पर्छ । तिमीले धैर्य गर्न जान्यौ र आङ्खनो देशलाई चित्र सिक्यौ भने आफूले चाहे भन्दा धेरै कुरा पाउने छौ” भिनाजु एकछिन जीवनको अनुहार हेर्न चुप लागे, “तिमीसित भएको पैसाले केही न केही व्यवस्था हुन्छ । तिमीसित काम गरी खाने योग्यता र क्षमता सबै छ । जहाँसम्म निताको सवाल छ –उनी गरेर खान सक्छिन् । पढ्ने मात्रै भए पनि केही छैन । जग्गाको उब्जनी छ । म छु । प्रमुख कुरा बाँच्ने होइन । प्रमुख कुरा त तिमीहरुले मुग्लानिनुका कारणको निराकरण गर्नु हो, ताकि भविष्यमा कुनै पनि नेपालीको घरवार नलुटियोस् र उसले यसरी प्रवासमा आएर अकालमा मर्नु नपरोस् ….. ।”

जम्मा भएको सबै पैसा भिनाजुको हातमा हालिदिएको ५ महीना पछि मात्र जीवन र उसकी बैनी जलपाइगुडी पुग्ने गाडीमा चढे । निता आङ्खना केही साथीसंग बसेर बिदाइको रुवाइ रोइ । जीवन चुपचाप रेल स्टेशनको मूल ढोकातिर आँखा गाडेर उभिइरह्यो । तेस्रो पटकको तिखो सिटठी संगै गाडी घिचिक् घिचिक् गर्दै अगाडी बढ्यो । जीवनले एकपल्ट ब्रम्हपुत्रको धारतिर अनुहार फर्काएर मन मनै भन्यो, “बिदा चिहानधारी, अन्तिम सलाम ।”

गुवाहाटी स्टेशन छोडेको १९ घण्टा पछि मेची पुल तरेर नेपालको भूमिमा पाइलो राख्ता जीवन घिमिरेले लामो सास तान्यो । त्यति बेला उसले भरखरैसम्म बगिरहेको तातो हावा स्वाट्टै खोला पारी नै सेलाएको र यता आउने बित्तिकै चिसो हावाले ङ्खयाट्ट हाने जस्तो संझियो । छेउमा हिंड्दै गरेकी बैनीले उसले पाखुरामा च्याप्प समाती । उसले यसो टाउको घुमाएर बैनीलाई हेर्यो । उ छक्क परेर पुल पश्चिमको सानो बजारलाई हेरिरहेकी थिइ । जीवनले पनि आङ्खना आँखालाई त्यतै लग्यो । त्यसैबेला एउटा बसको आडबाट फुत्त निस्केका भिनाजुले हांसेर उनीहरुको स्वागत गरे । जीवनको छाती हलौं भयो । उ बैनीलाई झण्डै झण्डै घिसार्दै भिनाजु भएतिर लम्किन थाल्यो ।

भन्सारमा माल सामान जँचाइरहेको बेला निताले अलिक पर उभिएर वरिपरि हेरी बजारको एउटा छेउको, हेर्दा पाइखाना जस्तो देखिन पहेंलो सानो घरमा निलो अक्षरमा लेखिएको थियो, “पञ्चे होटेल ।” होटेलको त्यस्तो रुप देखेर ऊ खिसिक्क हाँसी ।

“होटेल” को १५ मिटर जति पश्चिमको एउटा हरियो रङ्गको घरको भित्तामा मेटिन मेटिन लागेको अक्षरमा “राजबन्दी–रिहा गर” र “अनेरास्ववियू–जिन्दावाद” भन्ने नार लेखिएको थियो । त्यसैको अलिक मुन्तिर “बहुदल विदेसी हो–पहेंलोमा भोट दिनुस्” भत्रे भित्ते लेखन पनि मेटिन मेटिन लागेको थियो । छक्क परेका आँखा र उत्तेजित मनले निताले वरिपरिको बजारलाई दोहोर्याइ तेर्याइ हेरी । अन्तमा भिनाजु र जीवन, सामान बसमा चढाएर उसलाई लिन आएपछि उसले आँखालाई दाजुतिर पुर्याइ र अलि अलि हांस्तै भनी, “दाइ, हेर्नुस् न होटेल पनि कस्तो, ट्वाइलेट जस्तो !”

जीवनले पनि छक्क परेर “होटेल” तिर आँखा लगायो । त्यसैबेला भिनाजुले हांस्तै भने, “त्यो पाइखाना नै हो । जनमत संग्रहमा पञ्चायतलाई अति घृणा गर्ने कसैले पाइखानालाई नै पञ्चको होटल बनाइदियो । एक खालको मनोरंजन दिने भएकोले जनताले त्यसलाई मेटेका छैनन् ।”

भिनाजुको कुरा सुनेर जीवन खिसिक्क हांस्यो । उनीहरु विस्तारै गएर गाडीमा बसे । निता छक्क परेका आँखाले गाडी बाहिर हेरिरहेकै थिई ।

भिनाजुको राम्रो व्यवस्थाले जीवनलाई आङ्खनो बन्दोबस्त मिलाउन केही कठिनाई परेन । भिनाजुले किनिदिएको धरमपुरको मध्यम दर्जाको जग्गामा सानो घर उभ्याएपछि जीवनले ‘अब भने नेपालकै भइयो’ भनेर ढुक्कको लामो सास तान्यो । निता पनि मेची क्याम्पस जान थाली ।

“जिन्दगीको बारेमा अब ठोस ढङ्गले सोच्नु पर्छ,” एकदिन सांझमा भात खाइसकेपछि भिनाजुले भने, “अब तिमीले आङ्खनो जीवनलाई देश र जनताको हीतमा लाउनु पर्छ । एम.ए. सम्म पढ्यौ । देश र दुनियाँ देख्यौ । नेपाल पसेको पनि चार महिना भैसक्यो ……. ।”

“तर भिनाजु, मैले त नेपाललाई चित्रै सकेको छैन । देश जस्तो होला भनेर सोचेथें त्यस्तो रहेनछ । अहिलेसम्म मैले विद्यार्थीले आयोजना गरेका केही कार्यक्रममा भाग लिने मौका पाएं । मैले रमाइलो तिहार पनि हेरें । देउसी–भैलोका रमाइला र शिक्षाप्रद गीत पनि सुनें । जिन्दगीको नौलो वनभातमा पनि म पुगें । त्यत्तिले मात्र नपुगेर मैले एउटा किसान संघको आव्हानमा जुटेका दश हजार किसानके भेला पनि देखें । यी सब मेरा लागि नौलो कुरा हुन् । त्यसैले मलाई केही पढ्न र केही हेर्न, जात्र र बुझ्न अरु दुई तीन महीना लाग्ला कि जस्तो लाग्छ ।”

“त्यो त ठीकै छ । तर तिमीले अहिलेदेखि नै हातखुट्टा चलाउन सिक्नु पर्छ । तिमीलाई यही ठाउँ कुनो लागिरहेछ । मन्त्रीको गाउँ त दन्त्यकथाको मुलुक जस्तै छ । तिमीले नेपाली समाजमा घुलमिल गर्न सकेनौ भने तिम्रा सबै योजना भताभुङ्ग हुनेछन् । तिमीले हातखुट्टा चाल्नै पर्छ ।”

“कसरी चाल्ने ?” जीवनले छक्क परेर सोध्यो ।

“तिमीले गाउँलेसंग सम्पर्क बढाउनु पर्छ,” भिनाजुले एकछिन यताउता हेरेर भने, “तिमी गाउँका केही केटाकेटीलाई पढाउने गर । उनीहरु मार्फत उनीहरुको घरसम्म पुग । नेपालीहरु सांच्चै कसरी बांचिरहेछन् भन्ने पत्तो लगाउन गाउँलेसंग घनिष्ट सम्बन्ध गांस । उनीहरुको विश्वास जित्न सिक ।”

विस्तारै जीवनको जीवन व्यस्त हुन थाल्यो । विहानै उठेर ऊ आङ्खनै भान्जाभान्जीलाई पढाउँथ्यो । खानपिन गरेपछि ऊ एकछिन आराम गथ्र्यो । त्यसपछि ऊ नेपाली साहित्य, संस्कृति र राजनीतिका पुस्तकहरु पढ्थ्यो । अथवा बेलामौकामा अलिक गाढा मित्रता गाँसेका शिक्षक र त्यही गाउँ पञ्चायतको सचिव कहाँ गएर नेपालको इतिहास, नेपाली भाषा र संस्कृति अनि नेपाली राजनीतिको बारेमा सोधखोज गथ्र्यो । बेलुका ५ देखि ८ बजेसम्म ऊ ११ जना नौ र दश कक्षाका विद्यार्थीलाई अंग्रेजी पढाउने गथ्र्यो । आठ बजेपछि ऊ कहिले भिनाजुसंग र कहिले भिनाजुका साथीसंग कुराकानी गर्ने गथ्र्यो ।

झण्डै यस्तै ढर्रामा उसले झापाको त्यो सानो गाउँमा पन्ध्र महीना बितायो । ती पन्ध्र महीनामा उसले आफू बसेकै पञ्चायतमा गाउँ पञ्चायतको प्रधानपञ्चले देवीको मूर्ति चोरेर बेचेको घटना देख्यो । छिमेकी पञ्चायतमा सरकार स्वयंले पालनपोषण गरेका गुण्डाहरुले मच्चाएको आतङ्कको विगविगी पनि देख्यो । त्यही पन्ध्र महीनामा उसले देशै थर्काउने शिक्षक संघर्षको रांको पनि देख्यो । विद्यार्थी संघर्षको त सीमा नै थिएन । यसरी संघर्षै संघर्षको लहरले जीवनको दिमागलाई पनि संघर्षको मोहरी भित्र ङ्खयांकिदियो । त्यही संघर्षको लहरले जीवनलाई एउटा खासै टुंगोमा पुर्याइदियो ।

“मैले त टुंगो गरें भिनाजु, “एकदिन भान्जाभान्जीहरु पढ्ने कोठामा पसिसकेपछि भिनाजु, दिदी र बैनी मात्र भएको मौका पारेर जीवनले भन्यो ।

“कस्तो टुङ्गो ?”

“अब म बुङला जान्छु ।”

भिनाजुले अनौठो आँखाले जीवनलाई हेरे । उसको अनुहार गम्भीर थियो । निताले पनि टाउको उठाएर दाजुलाई हेरी । त्यो झण्डै दुई वर्ष अघि नेपाल आउने टुङ्गो सुनाउने जीवनको अठोटपूर्ण अनुहारको प्रतिरुप नै थियो । दिदी पनि छक्क परेर जीवनलाई हेरिन् ।

“कस्तो कुरा गर्छ यो ? त्यो बाघको ओढारमा किन पस्नु पर्यो ?” दिदी सबै भन्दा पहिले बोलिन् ।

“ओढारमा बसेको बाघले सारा जीवजन्तु मास्न थालेपछि हामी जस्ता मानिसले पनि रमिता हेर्न हुन्छ र दिदी ?” जीवनले अलि अलि हांसेर भन्यो ।

“तैंले नै किन जानु पर्यो ? त्यहीं पनि त तं जस्ता मान्छे होलान्,” दिदीले फेरी भनिन् । “एक प्रकारले त तिम्री दिदीको भनाई पनि ठीकै छ । तिमीले नै त्यहाँ जानु पर्ने आवश्यकता कसरी महसुस गर्यौ ?”

जीवन एकछिन केही बोलेन । त्यसपछि एकपल्ट दिदीको मुखमा हेरेर उसले भन्यो, “मैले त्यस्तो कुनै योजना बनाएर यो टुंगो गरेको होइन । मलाई यहाँ बस्दा भन्दा अन्तै जाँदा राम्रो होला कि भन्ने लागेको मात्र थियो । त्यसपछि कहाँ जाँदा राम्रो होला भनेर सोच्दा मैले बुङला जानु राम्रो ठानें । त्यहाँ हाम्रा पुराना इष्टमित्रहरु होलान् । त्यहाँ मन्त्रीको मारमा परेका थुप्रै मान्छे पनि होलान् । सके त्यहाँ तपाईं जस्ता भरोसिला साथी पनि होलान् ।”

“मन्त्रीले त सजिलै मान्छे मार्छ भन्दा रहेछन्,” दाजुको अनुहारमा टुलुटुलु हेरिरहेकी निताले जीवन रोकिने बित्तिकै भनी ।

“मान्छेलाई सजिलै त कहाँ मार्न सक्छन् र ?” जीवनले भन्यो ।

“त्यसो भन्नु हुंदैन,” भिनाजुले जीवनको कुरो काट्दै भने, “हेर न छिन्ताङ र जनकपुरमा कति सजिलै मान्छे मारिए ? यहीं झापामा पनि हतकडीमा बाँधिएका बन्दीहरु सजिलै मारिए । बुधवारे इलाम दुबै ठाउँमा घर भएको एउटा भट्टराइले उनन्तिस सालतिर एक जना किसानलाई कुटी कुटी मार्यो । केही दिन अघि मात्रै धनुषाको पन्ध्रसयको पन्त भन्ने जिम्दारले एक जना किसानलाई कुटेरै मार्यो । तर यसको मतलब,” भिनाजुले निताको अनुहारमा हेरेर भने, “त्यहाँ सबै मान्छेलाई त्यसरी नै मारिन्छ भन्ने होइन । एकदिन उनीहरुले अन्धाधुन्धै र जथाभावी मान्छे मार्नेछन्, मान्छे मार्ने कडा कडा कानूनहरु बनाउनेछन् । तर अहिले नै त्यो भैहालेको छैन ।”

“मलाई पनि, मन्त्रीले सजिलै मार्न सक्छ जस्तो लाग्दैन ।”

“तपाईं किन यसलाई रोक्नु हुन्न ? यसले लहडमा जे जे कुरा भन्छ त्यसैको पछि पछि कुदेर हुन्छ के त ?” दिदीले लोग्नेतिर फर्केर भनिन् ।

“हुन देउ न , जान्छन् घुम्छन् र आङ्खनो पितापुर्खाको थलो हेरेर आउँछन् । यहाँ एकै ठाउँमा बसिरहनु भन्दा त यसो गाउँ घर घुमेकै राम्रो हो ।”

“त्यसो भनेर हुन्छ ? कसको छोरो भन्ने जानेपछि मन्त्रीले छोड्छ ?”

“त्यस्तो भएछ भने साता, दश दिन घुमेर फर्कन्छन् नै ।” लोग्नेको पनि जीवनलाई बुङला पठाउने कुरामा आग्रह छ भन्ने देखेपछि दिदी केही बोलिनन् । जीवनले साधारण मास्टरी गर्न मात्रै होइन अरु नै कुनै खास कारणले बुङला जान लागेको हो भन्ने संकेत दिदीले पाइसकेकी थिइन् । अनि यस्ता खास कारणले गरिने काममा लोग्नेलाई आङ्खनो ठाउँबाट डिगाउन सकिंदैन भन्ने पनि उनलाई थाहा थियो ।

“तर तिमीले यसरी यसरी ह्वात्तै निर्णय गर्नु हुंदैन । पहिले बुङलाको स्थिति पत्ता लाउनु पर्छ । म त्यताका साथीभाइलाई भेट्ने कोशिश गर्छु । उहाँहरुसंग सल्लाह गरेर जान सकिने स्थिति रहेछ भने त्यस्तै भाइसाथीको भरोसामा जानु पर्ला … … ।”

“यसरी भाइ, तपाईहरुकै सहयोगले म तपाईंहरुको माझमा आएको छु । मैले किताब त पढेको छु – तर मैले गाउँघर पढेको छैन । मैले गरीवलाई काट्ने साम्प्रदायिक दङ्गाको राप त भोगेको छु, तर गरीवले आङ्खनो रगत पसीना खानेलाई पछारेको मैले देखेको छैन । मैले शिक्षक, विद्यार्थीका देशै हल्लाउने आन्दोलन हेरेको छु, तर तिनको हिस्सेदार भएको छैन । त्यसैले त्यस्ता थुप्रै कुरामा तपाईंहरुले मलाई सहयोग गर्नु पर्छ ।”

जीवनले मधुरो हुंदै गएको लालटिनलाई हेर्यो । जुनको उज्यालो अब उसको ओछयानमा नाचिरहेको थियो ।


 

पहिलो भेट

“नयाँ वर्ष र स्कूलको जन्म दिवस, मिलाउन त राम्ररी मिलाएरै राखिएको रहेछ । तर” जीवनले बोल्दा बोल्दै गुरुतिर हेरेर भन्यो, “गुरु, पहिले त यस्तो दिवस मनाए जस्तो लाग्दैन । कि मैले बिर्सें ?

विद्यार्थीहरु भेला भैसकेका थिए । गाउँलेहरु पनि आइसकेका थिए । गाउँका गण्यमाण्य र केही शिक्षकहरु भने अझै आएका थिएनन् । जीवनले स्कूलमा पढाउन थालेको एक महीना भन्दा बढी नै भैसकेको थियो तर उसले मन्त्रीलाई देखेको थिएन । ‘आज मन्त्री पनि आउछन्’ भन्ने खबरले जीवनलाई अलि अलि उत्तेजित पारेको थियो ।

“तपाईंले किन विर्सनु हुन्थ्यो र सर ?” गुरुले शुरुदेखि नै जीवनलाई ‘सर’ भनेर सम्मान गर्न थालेका थिए । शास्त्री भएर उनी गाउँमा आउँदा प्राइमरी स्कूल मात्रै थियो र दार्जिलिङतिरको एउटा केटो त्यहाँको हेड सर थियो । गुरु त्यही प्राइमरी स्कूलमा ‘सेकेन सर’ भएर काम गर्न थालेथे । उनकै आँखा अगाडि स्कूल मिडिल भयो । केही वर्षपछि स्कूल हाई भयो । नयाँ शिक्षाले ल्याएको विकासले स्कूललाई निम्न माध्यमिकमा झारिदियो । चार वर्ष अघि स्कूल फेरि माध्यमिकमा बढुवा भएको थियो । यसरी स्कूलको झण्डै सिंगो जीवनको साक्षी बनेका गुरुलाई स्कूलको जीवनमा घटेका एक एक घटनाको जानकारी थियो । “तपाईंले वाल्यकालमा कुनै कुरा बिर्सनु भएको छैन जस्तो लाग्छ । तपाईंको स्मरण शत्ति अनौठै बलियो रहेछ । पहिले स्कूल दिवस मनाउने चलन थिएन । २०२४ सालमा जेठा भूमि–सुधार अधिकारी भएर जिल्लामा आउँदा स्कूल दिवस मनाउने चलन उनैले चलाए ।”

जीवन केही बोलेन । बुङलाको मान्छेसंग मात्रै होइन, पातसंग कुरा गरे पनि मन्त्रीको खलकको चर्चा निस्किहाल्थ्यो । मन्त्रीको खलक नपुगेको ठाउँ कतै छैन कि जस्तो लाग्थ्यो । कहीं जेठो पुगेको हुन्थ्यो, कतै माहिलो । कतै साहिंलोले हात हालेको हुन्थ्यो भने कतै काहिंलो । ‘गरीवको घरमा पो धेरै छोरा छोरी अभिशाप हुन्छन्, सम्पत्रलाई त जति धेरै सन्तान भए उति धेरै आमदानीको बाटो हुन्छ कि क्याहो’ सम्झदा सम्झदै जीवनको अनुहार नजानिदो पाराले हांस्यो ।

“मो दा आलिक् छिड्डो बो आयु कि क्या हो ए मास्डार ?” स्कूलको आंगनको डीलमा उक्लंदै अन्तरे बुढाले भन्यो । उसको निधारमा पसीनाको रेसो बसिरहेको थियो र उसको सास पनि बढेको थियो । आंगनको डीलमा उभिएर उसले एकचोटी सबैलाई हेर्यो । कांधमा बेरेको सानो गम्छाले अनुहारको पसीना पुछेर जीवनतिर हेर्दै उसले भन्यो, “यो गाम्छा मोइले गान्दोकमा किन्या ।”

जीवनले खिसिक्क हांसेर बुढाको स्वागत गर्यो । एकपल्ट सबै मास्टरहरुको अनुहारमा हेरेपछि बुढोले भन्यो, “हामी जास्दो बुरो मान्छेलाई यस्दो काम नालाउ फान्यो वर्धानले मान्दोइना । बुरो फाइएइछ । गलेर हुरुक्कै पो फाइयो । आन्दो ह्यां सबै मास्डार बानि छैन जास्दो छ ।”

“आउंदै हुनुहुन्छ, काका” लिलाले अन्तरेलाई हेर्दै भन्यो ।

“ढिलो त भइएन माड्साप ?” त्यसैबेला प्रधानपञ्चले स्कूलको डीलमा उक्लिंदै भन्यो । उसको पछि पछि उसकी छोरी काइंली र स्कूलको खरदार पनि डिलमा उक्ले ।

“नमस्ते प्रधानपञ्चज्यू,” शिक्षकहरुले एकैचोटी भने ।

धेरैका आँखा प्रधानपञ्च र मास्टरहस्को गफमा अडिएका थिए । स्वयं मास्टर र प्रधानपञ्च पनि एक अर्कामै मस्त थिए । काईली बाबुको आडमा बसेर लुकेका आँखाले जीवनलाई हेरी रहेकी थिइ । जीवनका आँखा भने शुरुदेखि नै मान्छेको भिडतिर नाचिरहेको थिए । उ त्यहाँ भेला भएका धेरै भन्दा धेरै मानिसलाई राम्ररी चिन्न चाहन्थ्यो । त्यसैले घरि उ चहुरमा भेला हुंदै गएका मानिसलाई हेथ्र्यो, घरि उसका आँखा स्कूल आउने बाटोमा गाडिन्थे ।

जीवनले मौलो डाँडाको देब्रे पट्टिबाट मान्छेको ठूलो हुल आउँदै गरेको देख्यो । सबभन्दा अगाडि हिंड्ने मान्छे धेरै मोटो र बलियो थियो । उसले कांधमा चम्किलो नाल भएको राइफल बोकेको थियो । उसको ठिक्क पछिल्तिर हिंडेको २०/२२ वर्षको युवकले एउटा बुढो मानिसलाई बोकेको थियो । बुढो मानिसको दाहिने र देब्रे किनारतिर उभिएका दुई जना मानिसले पनि आङ्खनो कांधमा एक एक वटा बन्दूक भिरेका थिए । उनीहरुको पछिल्तिर २५ जना भन्दा बढी मानिसको तांती थियो । जीवन उदेक मान्दै रमिता हेर्न थाल्यो ।

“शायद कोही विमारी मान्छेलाई ल्याए जस्तो छ,” एकछिन बाटोको रमिता हेरेपछि उसले आफू वरिपरिका मानिसले सुन्ने गरी भन्यो । त्यहाँ उभिएका मानिसहरुले जीवनले संकेत गरेको दिशातिर हेरे । कल्याङ मल्याङ हरायो र वातावरणमा गर्हुंगो शान्ति छायो । जीवनले एकपल्ट नियालेर बसेका मानिसलाई हेर्यो । सबै बसेकाहरु ठीङ्ग उभिएका थिए र एउटा लाइनमा मिल्दै थिए । विद्यार्थीहरु ताल मिलाएर झ्याप झ्याप पार्दै ताली बजाइरहेका थिए । स्कूलका शिक्षकहरु र प्रधानपञ्च पहिले उभिएको ठाउँबाट अलिक अघि सरेर उभिएका थिए । पछाडि त उ एक्लै थियो र कसैले उसको वास्ता गरिरहेको थिएन ।

‘विरामी’ बोक्ने मानिसले आंगनको डिलमा पाइलो राख्यो । त्यस भन्दा अगिल्तिरको राइफलवाला यस्सो किनारमा उभियो । बोकाहाले ‘विरामी’ लाई विस्तारै पिठ्यूंबाट भूईमा ओराल्यो । ‘विरामी’ उभिन पनि नपाउंदै ८ जना मानिसले उसलई समाते । त्यसैबेला पल्लो छेउबाट एउटा ठूलो आवाज आयो, “सेवारो आताङ्बे, मन्त्री साहेप ।”

मन्त्री के जवाफ दियो के नि जीवनले सुनेन । उसका गोडाहरु थाम जस्तै भारी भए र उसको दिमाग सत्राटा भित्र रुमल्लिए जस्तो भयो । उसको अनुहारमा छिन छिनमा नौला तरङ्गहरु नाच्न थाले ।

एकैछिनमा जीवनले आपूmलाई सम्हाल्यो र कसैले आफूलाई हेरिरहेको छ कि भनेर यता उता हेर्यो । तर काइंली बाहेक कसैका आँखा पनि ऊतिर फर्किएनन् । काइंलीका आँखामा अलि अलि कौतुहलता नाचिरहेको छर्लङ्गै देखिन्थ्यो । जीवनले त्यस कुरालाई गंभीरतापूर्वक लिएन र ढुक्कको सास तान्यो । त्यसपछि उसले पनि अरुले जस्तै मन्त्रीतिरै आँखा पुर्यायो । मन्त्री चार जना मानिसहरुको सहारामा शिक्षकहरु उभिएको मञ्चतिर आउँदै थियो । बीच बीचमा मान्छेहरु अलिकति जीउ निहुराएर ठूलो स्वरमा “सेवारो आताङबे मन्त्री साहेप” भनेर अभिवादन गर्थे । ऊ नबुझिने स्वरमा केही भन्थ्यो । तर ऊ कतै रोकिंदैनथ्यो । ऊ बाटाका मानिसलाई पनि हेर्दैनथ्यो ।

जीवनले मन्त्रीलाई गढेर हेर्यो । गएको बीस वर्षमा मन्त्री उत्ती साह्रो फेरिएको थिएन । मन्त्रीका रौंहरु पहिले पनि सेतै थिए र त्यतिबेला पनि सेतै देखिन्थे । तर कपाल अलिक पातलिएको थियो । निधारको मुजा बाक्लिएको थिएन । आंखीभूईका लोतीहरु झरेर उसका चिम्सा आँखालाई छोप्न खोजिरहेका थिए । अनुहारको मुजा भने पहिले भन्दा निकै बाक्लिएको थियो । तर मन्त्रीको सुंगुरको जस्तो मोटो गर्धन र सांढेको जुरो जस्तो उठेको कुममा कुनै फेरवदल थिएन । उसका पाखुरा र खुट्टाका पञ्जाहरु पनि पहिले जस्तै ठूला ठूला थिए र सबभन्दा गजबको कुरा त के थियो भने उसको अनुहार पहिले जत्तिकै रातो पिरो थियो ।

मन्त्री मञ्चमा आउनु भन्दा अलिक परै एकछिन उभियो । त्यसैबेला विद्यार्थीले फेरि ताली बजाए । मन्त्रीका पातला कैला जुंघा अलि अलि हल्लिए । जुंघासंगै उसको मोटो जिउ पनि थर्थरायो । तालि बजी नै रह्यो । मन्त्रीले विस्तारै पाइलो चालेको देखेपछि विद्यार्थीले ताली बजाउन छोडे ।

मन्त्री शिक्षकहरु छेउ नै आइसकेको थियो । सबभन्दा पहिले अन्तरे बुढो आफू उभिएको ठाउँबाट एक पाइला अघि बढ्यो र अलिकति निहुरिएर उसले अभिवादन गर्यो “सेवारो आताङबे मान्द्री साहेब ।”

“केम्मानेत्रो ……..” मन्त्रीले सानो आवाजमा भनेको भए पनि जीवनले मन्त्रीको घोर्ले स्वरबाट निस्किएको एक एक अक्षर नविराई टिप्यो । उसले छक्क परेर एकपल्ट अन्तरे बुढाको अनुहारमा हेर्यो, त्यसपछि लगतै उसले आङ्खनो आँखा प्रधानपञ्च र उसकी छोरीतिर फर्कायो । ती कसैका अनुहारमा ग्लानी र संकोच थिएन । जीवनले दोहोर्याएर उनीहरुलाई हेर्यो । उनीहरु पहिले जस्तै निर्बिकार अनुहारले मन्त्रीलाई कुर्चीमा बसाएको हेर्दै थिए ।

“यस्तो फोहोरी गाली सुन्दा पनि मान्छेलाई केही जस्तो किन लाग्दैन ?” जीवनले आफैंलाई सोध्यो । एक महिनाको बुङला बसाइमा जीवनले लिम्बु भाषाका केही केही शब्दहरु सिकेको थियो । त्यसैले मन्त्रीले गरेको अमाचकारी गाली बुझ्न जीवनलाई त्यत्ति अप्ठेरो परेन ।

कुर्चीमा बसिसकेपछि मन्त्रीले एकपल्ट आङ्खनो वरिपरि हेर्यो । उसको राइफले, मञ्चको आडैमा उभिएको थियो । उसका बन्दूके र लाठेहरुको दल चाहिं अलिक पर मन्त्रीको बायां भागमा उभिएका थिए । मन्त्रीले आङ्खना लठैत, गाउँले र विद्यार्थीहरुलई हेरिसकेपछि शिक्षकहरु तिर आँखा घुमायो । शिक्षकहरु मन्त्रीको हेराई पखेर बसिरहेका जस्ता लाग्थे । त्यसैले मन्त्री जुन शिक्षकमाथि आँखा पुर्याउँथ्यो त्यही शिक्षक “नमस्कार मन्त्री साहेब” भनेर उसलाई नमस्ते गथ्र्यो । तर बुढो मन्त्री भने त्यो नमस्कारको वास्तै नगरी अघिल्लो मान्छेतिर आँखा दौडाइहाल्थ्यो । मन्त्रीका त्यसरी नाचिरहेका आँखा जीवनको अनुहारमा गएपछि टांस्सिए र टांसिएको टांसियै भए । जीवनले पनि अरु शिक्षकले जस्तै शिष्टाचार कायम राख्तै अभिवादन गर्यो, “नमस्ते मन्त्रीज्यू ।”

मन्त्रीले उसको पनि नमस्ते स्वीकारेन । उसको चाउरी परेको अनुहार नजानिदो पाराले अंध्यारो जस्तो देखियो । उसले यसो पछिल्तिर फर्केर लाठेलाई अह्रायो, “एई, चूर बेर् ।”

लाठेले झोलाबाट कागज र सूर्ती निकालेर बेर्न थाल्दा नथाल्दै मन्त्रीले छोरातिर फर्केर सोध्यो, “यो कू आन्द्रे ? नाइयां छा ।”

“नयाँ मास्टर हुनुहुन्छ । भरखर एक महीना भो आएको ।”

“आन्दो बाउन जास्तो छ । जान्द्रेगो छोरो मास्डार भन्या याई हो गि ग्या हो ? मुख दा जन्दरेगो जास्दै छ ।”

“हो” अन्तरेले ठूलै स्वरमा भन्यो । अन्तरे त्यसरी ठूलो स्वरमा बोलेको देख्ता जीवनलाई मन्त्री अलिक बहिरो भएछ कि जस्तो लाग्यो ।

“आन्दो तों गुन फाइ रे ?” मन्त्रीले जीवनलाई पुलुक्क हेरेर सोध्यो ।

जीवनले मन्त्रीको सोधाइ नबुझे जस्तो गरेर अन्तरेको अनुहारमा हेर्यो । त्यो पहिलेको जस्तो प्रफुल्ल थिएन । जीवनले आफूलाई हेरेको देख्ने वित्तिकै उसले बाबुको छेउको कुर्चीमा बस्तै भन्यो, “यो जन्तरे दाइको जेठो छोरो हो । भाइ मरी गएछ । गुवाहाटीमा बसेर पढेको हुनाले शहरीया पाराको छ । गाउँघरको बोली अल्लि टिप्दैन ।”

“आन्दो गादि पारिछ ?”

“अंग्रेजीमा एम.ए. पास गरेछ । अब यतै बस्ने भनेर आएको रहेछ ।”

मन्त्रीले तलमाथि गरेर तीन चार चोटी टाउको हल्लायो । त्यसपछि भित्र भित्रै केही सोचेर ऊ त्यत्तिकै बसिरह्यो । त्यसैबेला लठैतले उसको हातमा एक वित्ता लामो चूर थमाइ दियो । अन्तरेले आङ्खनो लाइटरले मन्त्रीको चूर सल्काई दियो । मन्त्रीले धुंवाको लामो सर्को ङ्खयांकेर जीवनतिर र्फिर्कंदै सोध्यो, “आन्दो, तेरो बाबु, आमा सप्पै मर्यो ?”

“सबै बित्नु भो भन्दा एउटी बैनी बांचेकी छ, उसको पनि बिहे भैसक्यो । म एक्लै छु ।

“आन्दो तों ब्ये गर्दैनस् ?”

“के हतार छ र ?”

मन्त्री र जीवनको कुराकानी सुनेर त्यहाँका मान्छे छक्क परेका थिए । मन्त्रीसंग यसरी ठा–ठाडै बोल्ने मान्छे त्यो गाउँमा पहिले उतिसाह्रो आएकै थिएनन् । मन्त्री कसैलाई त्यसरी बोल्नै दिंदैनथ्यो । उसले एकपल्ट बेस्सरी हकारेपछि सामुत्रेको मान्छे गलिहाल्थ्यो ।

“आन्दो तों गादि बार्खाको फाइस् ?”

“२७ मा लागें भन्नु पर्यो ।”

“झेक्ने, १० जना छाउराको बाउ हुने बेला फाइसक्यो । के हतार छ फान्छा ।” मन्त्रीले वरिपरिका मान्छेले मात्रै सुन्ने गरी भन्यो । आफुलाई गाली गरेको सुन्दा जीवनलाई तातो त लागेको थियो । तर उसले कुनै प्रतिक्रीया व्यक्त गरेन । यस्ता खास खास बेलामा आफूलाई निकै संयमित राख्नु पर्छ भन्ने पाठ उसले सिकिसकेको थियो ।

“आन्दो, तोंइंले ह्याईं ब्ये गर्नुपर्छ । आवो तेरो बाबुआमा छाइना, आन्द्रेले तेरो बिहे गाराइदिन्छा ।

“म बिहे गर्दिन,” जीवनले एकपल्ट सबैलाई हेर्यो । अन्तरे बुढा र प्रधानपञ्च मुसुमुसु हांसिरहेका थिए । शिक्षकहरुको आँखामा पनि हाँसो थियो । काइंली पनि जीवनलाई हेर्दै हांसिरहेकी थिई ।

“झेक्ने, ब्ये गर्दिन फान्छा ए…” मन्त्रीले अझै नराम्रो गाली गर्दै भन्यो, “तरो बाउको यस बेलामा दुइटा नादी फाइसक्याथ्यो, बुझिस् ?”

“उ जमानाको कुरो बेग्लै थियो, बाजे,” जीवनले किचिक्क हांस्तै भन्यो ।

संधै फाल्टु मान्छेबाट मन्त्री साहेप मात्रै सुत्रे बानी बसेको मन्त्रीले आङ्खना साना आँखालाई झन साना पारेर जीवनलाई हेर्यो र छोरातिर फर्किंदै उसले भन्यो, “हाइना, यो छाउरो गाल्लाई बाजे फान्छा हँ ?”

“अब कल्लाई हुन्थ्यो ? जन्तरे दाइको छोरो, मेरो पनि छोरो भइस भनेर मैले भन्याथें । त्यसैले तपाईंलाई पनि बाजे भनिहाल्यो,” प्रधानपञ्च बोल्दा बोल्दै खिसिक्क हांस्यो । तर त्यो हांसो भित्रको कुटिलतालाई मन्त्रीले समेत छर्लङ्ग देख्यो । त्यसैले मन्त्री पनि “हो ……. हो…..हो……” गरेर चहुर नै थर्काएर हांस्यो । मन्त्री हांसेको देखेर उसका लाठेहरु पनि हांसे ।

“आन्दो, तों मेरो घरमा केन आइनस ?”

“समय मिल्दैन,” जीवनले फेरि सामान्य भावमा भन्यो, “दिउंसो स्कूलमा केटाकेटीलाई पढाउनै पर्यो । त्यसपछि रोकिएर डेरामा केटाकेटीलाई ट्यूशन पढाउँछु,” उसले एकछिन रोकिएर भन्यो, “आउँला न । बाजेको घरमा आउन मलाई के र ! जहिले आए पनि त भयो ।”

“आन्दो तों टुसन पराउन्छास् ?”

“पढाउनै पर्यो ।”

“मेरो नादिनीलाई बानि परा । मेरो नादिनी इलाममा पोर्छा । तोईंले राम्ररी परा ।”

जीवनले मन्त्रीलाई कुनै जवाफ नदिई प्रधानपञ्चको मुखमा हेर्यो । त्यसपछि उसले आङ्खनो अनुहार काइली तिर घुमायो । ती दुवै नजानिदो पाराले हांसिरहेका थिए ।

“आन्दो तो मेरो घरमा आइजा” मन्त्रीले बोल्दा बोल्दै हेड सर तिर हेरेर भन्यो,” एई, हेडमास्डार, जेठालाई मेरो घरमा जानु तोईले एकदिन छुड्डी दे । बुझीस । तोईंले गाइला गार्लास् नि !”

चहुरका युवा र पाकाहरुलाई यस पालिको स्कूलको जन्मदिन रमाइलो र नौलो जस्तो लागिरहेको थियो । यो भन्दा पहिले मन्त्रलिे कहिल्यै पनि एउटा मास्टरलाई आङ्खनो घरमा बोलाएको थिएन । जीवनलाई नचिन्नेको लागि त जीवन एउटा साधारण मास्टर मात्रै थियो तर चिन्नेको लागि भने उ मन्त्रीको दुश्मनको छोरो थियो । त्यस्तो दुश्मनको छोरोलाई मन्त्रीले किन आङ्खनै घरमा बोलाएको होला ? जीवनलाई चिन्ने धेरै मानिसले मनमनै आफैसँग सोधे ।


 

गुरुको आत्महत्या

“गुरुले तमोर नदीमा हाम फालेर आत्महत्या गर्नु भयो रे ।” नयाँ वर्ष र स्कूल दिवस मनाएको १५ दिन पछि यो समाचार चैतको खडेरी मच्चिएको बेला आंधिबेहेरीको रातमा जंगलमा फैलिएको आगो जसरी फैलियो । स्कूल जान तयार भएको जीवनले ठिङ्ग उभिएर यो समाचार सुन्यो । पहिले त जीवनले समाचारको सत्यतामा विश्वास गर्न सकेन तर एकछिन पछि हान्निदैं आएको नरविरलाई देख्ने वित्तिकै उ खङ्ग्रङ्ग भयो । बुङला स्कूलका सबभन्दा पुराना शिक्षक भवानी गुरुले तमोर नदीमा फाल हालेर आत्महत्या गरेकै रहेछन् ।

“बिचरा गुरुलाई बैरीहरुले मारी छाडे,” नरविरले जीवनको छेउमा उभिएर भन्यो ।

जीवनको जीउ फतक्कै गल्यो । उ आङ्खनो ओछ्यानमा थ्याच्च बस्यो । उसको ओछ्यानबाट बाहिरको सानो संसार देखिन्थ्यो । तल बेंसीमा दुइ जना मानिसहरु खोलाको किनारमा केहि खोज्दै हिंडिरहेका जस्ता देखिन्थे । पारी मेहेलबोटेको पाखोमा अझै पनि हरियाली छाइसकेको थिएन । प्रकृति पनि उराठ र उदास देखिन्थ्यो ।

“सोझो मान्छेलाई यो दुनियामा बांच्न कति गाह्रो छ होगि भाई ?” बाहिर तिर घुमाइरहेका आङ्खना आँखालाई नरविर तिर फर्काउंदै जीवनले भन्यो, “मान्छेले पाइला पाइलामा ठक्कर खान तयार हुनुपर्छ । त्यो ठक्करबाट नलडियोस भनेर पहिले नै होसियार रहनु पर्छ । नत्र बाँच्नै सकिन्न ।”

नरविरले केही जवाफ दिएन ।

“गुरुको घरमा यो दुःखद समाचार पुग्यो ?” जीवनले बिस्तारै सोध्यो ।

“पुग्यो । घर संभाली नसक्नु छ । गुरु आमा पहिलो पालि खवर सुन्ने वित्तिकै मुर्छा पर्नु भयो । बल्ल मान्छेले पानी खन्याएर ब्युंझाए । त्यसपछि मुल थाममा टाउको बजारेर निधारै फुटाउनु भयो । उहांलाई सम्हाल्नै सकिएन । उता छोरीले ‘बा, हामीलाई टुहुरो पारेर कां जानु भयो नि’ भनेर कराउंदा ढुंगो पनि पग्लेला जस्तो हुन्थ्यो । ठूलो छोरा पदम मावल गएका रहेछन् । उनलाई लिन मान्छे पठाइयो । लिला सर अरु केही सरहरुसंग वहीं पुग्नु भएको छ । म सरलाई लिन आएको ।”

जीवन विस्तारै ओछ्यानबाट उठ्यो उसको आँखामा गुरुको सानो, सेता–काला पातला दाह्रीले पुरिएको कालो कालो अनुहार र माया लाग्दा आँखाका कोसहरु नाचे । गुरुको होचो, दुब्लो र अलि अलि कुप्रिएको शरीर पनि एकछिनको लागि उसको अघिल्तिर उभियो ।

“जाउं ।”

जीवन अघि अघि लाग्यो र नरविर उसको पछि पछि । झण्डै सय पाइला जति बाटो हिंडेपछि जीवनले तल बगिरहेको तमोर नदीतिर पुलुक्क हेरेर नरविरसंग सोध्यो, “यो घटनाको बारेमा अहिलेसम्म के के कुरा पत्ता लागिसक्यो ?”

“केही लागेको छैन भन्दा पनि भयो । हिजो बेलुकासम्म त गुरु भलै चङ्गै हुनुहुन्थ्यो । मैले पनि सांझमा भेटेको हुं । दोकानमा आएर, ‘मैले तिम्रो कति तिर्नु छ, एकपल्ट हेर, हेर” भन्नु भयो । एकछिन बसेर चिया पिउनु भयो । त्यसपछि तपाईंको सन्चोसुविस्ता सोध्नुभयो । अन्तमा बसेको ठाउंबाट जुरुक्क उठेर ‘यसपालीको तलब पाएपछि तिरुंला है नरविर ?’ भनेर विदा हुनु भयो । त्यसबाहेक घरमा के कसो भयो कसैलाई थाहा छैन । एक्कासी आज बिहान सांढे आठ बजे ‘लौ गुरुले त तमोरमा हामफाल्नु भयो रे’ भन्ने हल्ला सुनेर म सोधखोजमा दौंडे । आखिर यो नराम्रो घटना घटेकै रहेछ ।”

“कसैले उहाँलाई फाल हारेको देखेछ कि ?” जीवनले गुरु भौतारिएर पो कतै लागे कि भन्ने झिनो आशा संगालेर सोध्यो ।

“हाम फाल्दा देखेको त होइन । तर, तल मसाने पाटीमा उहांको इस्टकोट, कमेज र चप्पल भेटिएछन् । ती लुगासंगै उहांले एउटा सानो लेखौट पनि छोड्नु भएको रहेछ । त्यसमा ‘म, संस्कृतको शिक्षक भवानी प्रसादले आज राती तमोर नदीमा फाल हाली यो नश्वर संसार त्याग गरेको कुरा जो कोही बटुवाले थाहा पाए पनि मेरो घर अथवा स्कूलमा जनाउ दिनु होला’ भनी लेखेको रहेछ । कागज लिला सरले पनि हेर्नु भयो । गुरुकै हो । लुगा त हेर्दै चिनिन्छ ।”

जीवन केही बोलेन । ढुंगे डाँडाको नेटोमा पुगेर ऊ एकछिन ठीङ्ग उभियो । उसको पछि पछि हिंडेको नरविर पनि ठीङ्ग उभियो । अलिक परबाट मुटु चिर्ने क्रन्दन हावामा थर्किंदै त्यहाँसम्म आइपुगेको थियो ।

“लास त भेटिएको छैन नि ।”

“कसैले त्यसरी खोजेको पनि छैन । खोजे पनि लास भेटिने सम्भावना कमै होला । बेलुका ८/९ बजे निस्कनु भएको भए पनि ११ बजेतिर नदीमा झर्नु भयो । १२ बजे नै फाल हालेको भए पनि यति बेला दश घण्टा भन्दा बढी भैसक्यो । विहानैदेखि लास खोज्ने काम पनि भएन ।”

जीवन केही बोलेन । उनीहरु बोल्दै नबोली गुरुको घरको आंगन माथिको डीलमा पुगे । घर अझै पनि कंकला शब्द गरेर रोइरहेको थियो । घर तल्तिरको गोठमा बांधेको गाइ पनि आँखा मधुरो पारेर भूईं तिर हेरिरहेको थियो । घर तल्तिरको दुदिलोको रुख र घर मास्तिरको खन्यूको बोट पनि चिन्तित भएर निहुरिरहेका जस्ता देखिन्थे । घरको एउटा सुरको बांहमा चारवटा परेवाहरु छक्क परेका आँखाले घरमा भेला भएका शोकाकूल मानिसलाई हेरिरहेका थिए ।

“कहाँ जानु भो नि बा…” मुटु चिरिएर आएको यो आवाजले जीवनका हिंड्दा हिंड्दैका पाइलालाई टक्क रोकिदियो । आङ्खनो आँखाको डील रसाउनै लागे जस्तो उसलाई लाग्यो । एकपल्ट ठीङ्ग उभिएर जीवनले करुण क्रन्दन भित्र रुमल्लिएको घरको दलानमा उभिएका मानिसलाई हेर्यो । लिला एउटा रुमालले आङ्खनो नाक पुछ्दै थियो । अरु केही शिक्षकहरु अंध्यारो अनुहार लाएर ठीङ्ग उभिएका थिए । दलानको खांवोमा आंगनतिर फर्केकी, गुरुकी छोरी रमा, कंकला शब्द निकालेर रोइरहेकी थिइ । उसलाई कांधमा समातेकी शिक्षिका निर्मला आफैं पनि घरि घरि आंशु पुछ्दै थिई । निर्मलाको आडमा बसेका चार जना महिला विद्यार्थीहरु रमालाई समातेर आफैं पनि आंशु बगाइरहेका थिए । घर भित्र छाति पिटी रोइरहेकी गुरुआमाको आवाज बाहिर छ्याङ्गै सुनिन्थ्यो ।

जीवन खुत्रुक्क आंगनमा ओर्लियो । कसैले पनि ऊ आएकोमा विशेष उत्साह देखाएन । जीवनको मनमा आङ्खनो बाबुको मृत्युको घटना उदायो । त्यतिबेला उसलाई पनि घरमा आउने पाहुनाको बारेमा त्यति चासो लागेको थिएन । हरेक आगन्तुकले आएर “जीवन, मनलाई दह्रो पार” भन्दा ऊ आगन्तुकको अनुहारमा पुलुक्क हेथ्र्यो मात्रै ।

ऊ रमाको छेउमा गयो । रमाले उसलाई देखी । तर उसको रुवाइ घटेन । जीवन एकछिन चुपचाप उभिइरह्यो । त्यसपछि उसले रमा सास फेर्न रोकिएको बेला भन्यो, “रमा” उसको स्वर पनि भारी थियो, “मनलाई दह्रो पार बैनी । घरमा सबभन्दा बुझ्ने तिमीले मनलाई कडा पारिनौ भने आमालाई कसले सम्झाउँछ ?”

रमा रोकिइन । तर उसको रुवाइको आवाज अलिकति घटे जस्तो भयो । उसले रुंदै जीवनतिर हेरी । त्यही मौका पारेर जीवनले भन्यो, “रमा, तिमी आफूलाई सम्हाल । तिमी सम्हालियौ भने आमा र भाइ बैनीलाई सम्हान्ल सकिन्छ ।”

“सर……, बाले किन यस्तो गर्नु भयो ?” क्रन्दनसंगै रमाको आवाज निस्क्यो । तर जीवन बोल्न सकेन । ऊ के बोलोस ? उसलाई पनि शुरुदेखि नै लागेको थियो, “आखिर गुरुले किन यस्तो गर्नु भयो ?”

रमाको रुवाइ फेरि एकपटक बढेर आयो । निर्मलाले रमाको कुम थुमथुम्याउँदै विस्तारै भनी, “नरोउन भन्या रमा । अब रोएर के पाइन्छ र ? नहुनु पर्ने त भैहाल्यो । रोएर गुरु फर्किनु हुन्न ।”

रमा झन बेसरी रोई । निर्मलाको शान्त्वनाले त उसको घाउ ओकल्च्याए जस्तो पो भयो । जीवन एकछिन के के सोचेर उभिइरह्यो । छहारी दिने बाबुआमा मर्दा, त्यसमाथि आर्थिक रुपमा खुट्टा टेक्ने भई नसक्दै मर्दा मान्छेले भोग्नु पर्ने चिन्ता ऊ आफैले भोगेको थियो । त्यसैले निर्मलाको सम्झाउने शैलीले मान्छेलाई झन उसको पीर प्रति सचेत मात्रै तुल्याउंछ भन्ने कुरा बुझ्न जीवनलाई त्यति समय लागेन । उसले निर्मलाको कुरो टिपेर भनिहाल्यो, “रमा, गाउँलेहरु हुनुहुन्छ, सरहरु हुनुहुन्छ । सबभन्दा पहिले तिमीले मनलाई दह्रो पार्नुपर्छ । हामी सबै मिलेर आमा र भाइबैनीलाई सम्हाल्नु पर्छ । उठ ।”

रमाको रुवाइ त घट्यो तर अझै ऊ चुप लागेकी थिइन । जीवन विस्तारै दलानमा उक्लियो । लिला उसैलाई हेरिरहेको थियो । जीवनले पनि लिलाको नजिकै जांदै सोध्यो, “गुरुले कुनै प्रमाण, बक्तव्य, केही छोड्नु भएछ ?”

“त्यो एउटा चिठी फेला पर्यो ।”

जीवनले कागज समायो । त्यसैबेला भित्रबाट “लौन नि बज्यै, यसरी अपहत्ते गरिदिनु भएन । बाजे त जानु भयो भयो, तपाईंले पनि यसो गरिदिनु भयो भने विचरा चिचिलाको कुन गति होला !” भनेको आवाज आयो । गुरुआमाको रोदन अघि अलिकति कमजोर भए जस्तो लाग्थ्यो । तर एकैछिनमा त्यो घरका कुना काप्चा थर्काउंदै ढोकाबाट बाहिर निस्केर वातावरणमा बिलायो ।

जीवनको आँखाको डीलमा आँशुको तातोपन पैदा भयो । उसको बाबुको मृत्युमा उसकी आमालाई पनि छिमेकीहरुले यसरी नै सम्झाएका थिए । आमा मझेरीमा सयपल्ट भन्दा बढी पछारिएकी थिइन् ।

जीवनले आङ्खनो हातको कागज उठायो । माथि कसैलाई संवोधन थिएन । जीवन विस्तारै पत्र पढ्न थाल्यो ।

“म मरें भनेर तिमीहरुले शोक नगर्नु । त्यस्तै हो, एकदिन सबैले मर्नै पर्छ । यो दुनियामा अजम्बरी कोही छैन । यही सम्झेर चित्त बुझाउनु ।

हुन त प्रधानपञ्च, सञ्चालक समिति र केही शिक्षकहरुले मेरो चरित्र माथि शंका गरेका छन् । तर त्यो वेदाग छ । मैले आङ्खनो ज्ञानले जानी बुझी आजसम्म कुनै अपराध गरेको छैन । मैले पैसाको लोभमा कसैलाई ढांट्ने र ठग्ने काम गरेको छैन र भगवानको दरवारमा मैले कुनै आरोपको जवाफ दिइरहनु पर्ने छैन । यति हुंदा हुंदै पनि म यो समाजबाट स्वच्छाले होइन बाध्यताले विदा हुंदैछु । मलाई जबरजस्ती मर्न पठाइएको छ । छोराछोरीले मलाई दोष नदिए । मेरो कसुर नठाने । तिमीहरु दुई चार वर्ष पछि मेरो मरणको कसुरवारलाई चिन्ने छौं । बरु सिक्ने, जान्ने बुझ्ने कोशिश गरे… ।”

जीवनले पत्र पढिसकेर एकपल्ट लामो सास तान्यो । उसले पत्र पट्याएर लिलाकै हातमा थमाइदियो र विस्तारै सोध्यो, “हामीले के के कुरामा सहयोग गुर्न पर्ला सर ?”

“सम्झाइ बुझाइ गर्नु पर्यो । उता शरीरको अवशेष पाइन्छ कि भनेर मान्छेहरु दौडाइएको छ ।

काजकृयाको काममा हेरविचार गर्नु छ,” लिला एकछिन चुप लाग्यो, “यता प्रशासनिक प्रकृया पनि कुरा गर्नु पर्ला । सबभन्दा पहिले चौकी र पञ्चायतलाई खवर गर्नु पर्यो ।”

“प्रधानपञ्चलाई खवर गयो ?”

“उनी सदरमुकाम गएका छन् ।”

जीवन चुप लाग्यो । रमाको रुवाइ अब हिक्कामा झरिसकेको थियो । गुरुआमा र नानीहरु भने रोइरहेका थिए । भेला भएका केही गाउँलेहरु अझै आँशु पुछ्दै थिए । धेरै जसो चाहिं गम्भीर अनुहारले वातावरणलाई नियाली रहेका थिए ।

“आज स्कूल त बन्द गर्नै पर्ला,” जीवनले सानो स्वरमा भन्यो ।

“अं,” लिलाले हातको घडी हेर्दै एक जना शिक्षकलाई विस्तारै भन्यो, “सर, तपाईं गएर आजको लागि विदाको सूचना निकाली दिनोस् । यहाँ के कस्तो सरसहयोगमा लाग्नु पर्ने हो – अहिल्यै भन्न सकिन्न । स्कूल बन्द गरेर बरु तपाईं पनि यतै आउनु होला । गाउँको सरसहयोग त जुट्छ नै, हामी शिक्षकहरुले पनि यस बारेमा विशेष ध्यान पुर्याउनु पर्ला । खर्चवर्च, हेरविचार, रुङने आदि काममा हाम्रो सहयोग अनिवार्य हुनसक्छ ।”

त्यसैबेला स्कूल सञ्चालन समितिको सदस्य साईलो ढकाल र शिक्षक लक्ष्मी श्रेष्ठ खुत्रुक्क आंगनमा ओर्लिए ।

“अहो, सबै सरहरु त यहीं पो हुनुहुंदो रहेछ । ठीकै हो, दुःखको बेला,” ढकालले सहानुभूति ब्यक्त गर्दै भन्यो ।

“कसरी यस्तो नराम्रो घटना घटेछ, सर,” साईलो ढकालले लिलाको छेउमा जांदै भन्यो । एउटा गाउँलेले उठेर उसलाई बस्ने ठाउँ बनाइ दियो ।

“खै केही थाहा हुन सकेको छैन ।”

“पण्डितले केही लेखौट छोडेका रहेन छन् ?”

लिलाले आङ्खनो आतमा समाती राखेको कागजको टुक्रो ढकालको हातमा दियो । ढकालले कागज फुकाउन पनि नपाउंदै चक्ष्मी ढकालको कुममा चियाउन आइसकेको थियो ।

जीवनले एकपल्ट आफू वरिपरिको सम्पूर्ण वातावरण बिर्सिदियो । उसका आँखाहरु एकोहोरो किसिमले लक्ष्मीको अनुहारमा गाडिए । देख्ता देख्तै लक्ष्मीको अनुहार अंध्यारो भयो । तर आफ्नो अनुहार अंध्यारिएको उसलाई होश नै भएन । ऊ कतै केही वास्तै नगरी चिठ्टी पढ्नमै व्यस्त देखिन्थ्यो ।


 

गुरुको पत्र

“आदरणीय भनेर संवोधन गरेकोमा अनौठो नमात्रु होला । तपाईंहरुको बुद्धि, विवेक र ज्ञानलाई मैले जतिसुकै बुढो भए पनि आदर गर्नै पर्छ ।

कृपया मेरो चिठ्ठीलाई आत्महत्या गर्नै आंटेको बुढाको मृत्युको मुखको अरण्यरोदन नसम्झी दिनु होला । सिंगो सच्चाइ तपाईंहरुको हातमा गयो भने तपाईंहरुले त्यो सच्चाइलाई जोगाएर राख्न सक्नु हुन्छ भत्रे मलाई थाहा छ ।

जनमत संग्रहमा मैले बहुदलमा भोट हालें । तर कांग्रेसमा मेरो कहिल्यै विश्वास रहेन । आङ्खनो संस्कार र शिक्षादीक्षाको कारणले मैले राजनीतिलाई कहिल्यै पनि रसको विषय मानिन । राजनैतिक कुरामा मेरो कहिल्यै रुची रहेन । तर, पानीमा बसेर गोहीसंग शत्रुता गर्नु हुंदैन भने अनुसार बुङलामा बसेर मन्त्रीसंग दुश्मनी गर्न मैले कहिल्यै आँट गरिन । त्यसैले मैले कहिल्यै, कुनै दिन मन्त्रीको आदेश उल्लङ्घन गरिन भने पनि हुन्छ ।

तर लिला सर आउनु भएपछि, उहाँ रातविरात के गर्नु हुन्छ भत्रे जात्र थालेपछि मैले मनमनै लिला सरको अनुयायी बत्रे अठोट गरें । तर मैले धेरै कुरा बुझ्न कहिल्यै पाइन र आङ्खनो दब्बुपनको कारणले मैले खुलेर लिला सरसंग कुरा गर्न पनि सकिन ।

जीवन सर आउनु भए पछि मैले केही बुझिएला कि भत्रे आशा गरेको थिएं । तर त्यतिबेला मेरा राहुले ग्रसेका दिनहरु शुरु भैसकेका थिए । लिला सरले बारम्वार दिनु भएको आश्वासनका बावजूद म माथि मानसिक दवाब बढ्दै थियो ।

हिजो सांझ लक्ष्मी सरसंग कुराकानी भएपछि मेरो मनको सबै चिन्ताले किनार भेट्टायो । मैले यो नश्वर देह त्याग्ने निर्णय गरें । आज दिउंसो मैले सबैसंग भेट गरें । मनलाई दह्रो पारेर सबैसंग विदा लिएं र अहिले शान्त मनस्थितिमा तपाईहरुको नाममा यो पत्र लेख्न बसेको छु । यसैले मेरो यस अन्तिम पत्रलाई सरहरुले उद्विग्नता, उत्तेजना र अनिश्चितताको वकवास सम्झिदिनु हुने छैन । मैले मनमा कसैप्रति कुनै कपट नराखी, सम्पूर्ण कुरालाई जस्ताको तस्तै यहाँ कलमवद्ध गरेर तपाईंहरु जस्तो इमान्दार मानिसको हातमा सुम्पुवा गरेको छु ।

मेरो जन्म १९९० सालको आश्विन महीनामा भएको हो । भगवती भवानीको प्रसाद सम्झेर पिताजीले मेरो नाम भवानी प्रसाद राख्नु भएको हो । म परिवारको कान्छो छोरा हुं । मेरो माताजी २००५ साल र पिताजी २०१० सालमा बित्नु भएको हो । हामी दाजुभाई दिदी बहिनी बीच सबभन्दा जेठी दिदीको २०३७ सालमा निधन भैसकेको छ । दाजु २०२३ सालमा यहाँको अलिकति झिटीझामटी बेचेर आसाम जानु भएको हो । यहाँ चार पाँच वर्षमा एकपटक मलाई भेट्न आउने गर्नु हुन्थ्यो । ०३६ सालदेखि उहाँको पनि खवर पाएको छैन ।

मैले प्रारम्भिक शिक्षा पिताजीबाटै प्राप्त गरेको हुं । मेरो दाजु र मलाई पिताजीले लघुकौमुदी र अमरकोष रटाई रटाई पढाउनु भएको हो । पढाइमा दाजु भन्दा म अलिक तेज निस्केको थिएं । पिताजी पनि बारंबार ‘जेठाले घर सम्हालोस् कान्छो लेखपढमा लागोस्’ भत्रे गर्नु हुन्थ्यो । दाजु पनि पढाइ लेखाइ भन्दा खेतवारी, गाइवस्तु, घरव्यवहारको काममा बढी रमाउनु हुन्थ्यो । यसरी पढाइ थालेको चार पाँच वर्षमा दाजुले पढाइबाट मन हटाउनु भयो र प्रथमा स्तरको पढाइ सकेर म भने २००७ सालमा बनारसतिर लागें ।

म बनारस गएको कुरो गाउंमा जो कोहीलाई पनि थाहा छ । मलाई लिएर जाने पं. काशिनाथ तिमिल्सिनाको निधन २०२८ सालमा भयो । पण्डित काशिनाथसंग जानेहरुमा म एक्लै थिइन । हाल झापा जिल्लाको पारावारीमा बसोवास गरिरहनु भएका दधिराम ओझा र नगेन्द्रप्रसाद ढकाल पनि मसंगै जानु भएको थियो ।

हामी सात सालको दशैं मानेर घरबाट हिंडेका थियौं र मोरङको बाटो हुंदै कार्तिकको शुरुमा बनारस पुग्यौं । बनारसमा अनौठो खालको खलवली थियो । पढाइको कुनै वातावरण थिएन । सबै नेपाली विद्यार्थीहरु तातेका थिए । नेपाली कांग्रेसका सबैजसो नेताहरु बनारसमा नै भेला भएका थिए । त्यस्तो बेलामा मैले जाने वित्तिकै पढ्न पाइन ।

हामीलाई लिएर जाने पण्डित बा राजनीतिलाई राम्रो मान्नु हुन्थेन । राजा विनाको मुलुकमा धर्मको रक्षा हुंदैन, राजा भनेको भगवानको अंश हो, त्यसैले राजद्रोह गर्नु हुंदैन भन्ने यहांको मान्यता थियो । त्यसैले उहांले बनारसको त्यो राजनीतिक हावामा हामीलाई छिर्नै दिनु भएन । यहाँसम्म कि राजा त्रिभुवन दिल्ली पुगेको कुरा पनि हामीले दशास्वमेधमा मकर संक्रान्ति नुहाउन गएको बेला थाहा पाएका थियौं ।

पण्डितजी त्यतिबेला दुधविनायकमा एक जना राणाजी कहाँ बस्नु भएको थियो । हामी तीन जना चाहिं तीन ठाउंमा छरिएका थियौं । पण्डितजी बेला बेलामा हामीलाई भेट्न आउनु हुन्थ्यो । जहिले पनि ‘तिमीहरु चिन्ता नगर केटा हो, म तिमीहरुको पढाइको टुंगो नलाई कतै जात्र’ भत्रु हुन्थ्यो । पण्डितजी त्यहीं भएकोले हामी चिन्तित पनि थिएनौं ।

२००८ सालको ज्येष्ठ महीनामा पण्डितजीले मलाई बालगोविन्द आश्रम भत्रे ठाउँमा लिएर जानु भयो । सोही दिनदेखि म आश्रमले सञ्चालन गरेको एउटा क्षेत्रमा बस्न थालें ।

‘क्षेत्र’ भत्राले सरहरु बुझ्नु हुन्छ कि हुन्न मलाई थाहा छैन । बनारसमा प्रायः टोल टोलमा त्यस्ता क्षेत्र पाइन्छन् । क्षेत्र भनेका दानबाट चल्ने आश्रम हुन् । आर्थिक रुपमा विपत्र विद्यार्थिहरु ती आश्रममा बस्छन् र पुजापाठ गर्छन् । उनीहरुले क्षेत्रबाट बिहान बेलुका भोक मार्ने खाना पाउँछन् । अरु खर्चको लागि त्यहाँका विद्यार्थीहरु पुजापाठ र भिक्षाटनमा भरोसा गर्छन् ।

मैले त्यसरी क्षेत्रमा बसेर अवलोकितेश्वर महाविद्यालयमा मध्यमाको पढाइ थालें । मेरो दुःखको मूल जरो यहींबाट शुरु हुन्छ ।

हुन त आज अवलोकितश्वर महाविद्यालय बनारसमा छैन रे । तर त्यतिबेला, भत्राले वि.सं. २००८/०९ सालमा उक्त विद्यालय लहुरावीरको पश्चिममा अवस्थित थियो । मैले सोही विद्यालयमा २००८ र ०९ सालमा मध्यमाको दुई वर्ष बिताएको हुँ । तर मेरो दुर्भाग्य भनौं कि के भनौं मसंग जानु भएका साथीहरु हरिश्चन्द्र महाविद्यालयमा पढ्न थाल्नु भयो ।

पिताजीको विमारीको समाचार सुनेर म पूर्व मध्यमा परीक्षा दिने वित्तिकै घरतिर लागें । पिताजी निकै विमार हुनुहुन्थ्यो । ‘अब धेरै दिन छैनन् होला’ भन्ठानेर पिताजीले मेरो विवाहमा जोड दिनु भयो । २०१० सालको बैशाखमा मेरो विवाह पनि भयो ।

पिताजीको विमारीले गर्दा मैले तुरुन्तै फर्किने स्थिति भएन । विमार बीसको उन्नाइस भएन । १० सालको श्रावण ४ गते पिताजीको निधन भयो । त्यसपछि असौच बार्न बसें । अस्तु सेलाउन जाँदा बनारससै बस्नु पर्ला भत्रे लागेको थियो । तर गाउँघरका बुढापाकाले ‘सप्तकोशीको सङ्गममा सेलाउनु नै उचित हो’ भने पछि मेरो बनारस जाने कुरा त्यत्तिकै सेलायो ।

मेरो एक वर्ष, घरमा त्यत्तिकै वित्यो । तर मेरो मनमा ज्ञान प्राप्तिको अदम्य इच्छा छंदै थियो । त्यसैले पिताजीको वार्षीक श्राद्ध समाप्त भएपछि म पुनः वनारसतिर लागें । गुरुहरुसंग भनसुन गरेर म जाने वित्तिकै देखि पढाइमा लागें । भर्खर बाबु गुमाएको भन्ने सोचेर होला गुरुहरु मसंग निकै सहानुभूतिपूर्ण व्यवहार गर्थे ।

त्यसपछि मेरो पढाइमा कुनै व्यवधान आएन भने पनि हुन्छ । उत्तरमध्यमाको परीक्षा दिएर म केही दिनको लागि घर आएं । घरमा मिलाउन बांकिरहेको केही व्यवहार मिलाएं र दुई वर्ष घर नआउने गरी म वनारसतिरै लागें । यो २०१३ सालको कुरो हो ।

म दुई वर्षसम्म बनारसमै बसें र २०१६ सालको भदौ महीनामा शास्त्रीको प्रमाणपत्र लिएर घर फर्कें । त्यतिबेला अवलोकितश्वर महाविद्यालयले दिएको मेरो शास्त्रीको प्रमाणपत्र हेर्ने र जांच्ने पहीलो व्यक्ति, मन्त्री साहेबका माइला छोरा नै थिए ।

सरहरुलाई पनि थाहा भएकै कुरा हो, त्यतिबेला हाम्रो गाउंघरमा शास्त्रीको प्रमाणपत्रको कुनै प्रयोजन थिएन । त्यतिबेला यहां गाउंमा र कतै आसपासमा प्रमाणपत्र देखाएर जागीर खाने न आवश्यकता थियो न जागीर पाउने स्थिति थियो । म जस्ता प्रायः सबै मानिस आङ्खना प्रमाणपत्रलाई कुनै एउटा कुनामा घुसार्थे । कतै साधारण प्राइमरी स्कूलमा काम पाए त्यहीं पढाउंथे । त्यस्तो स्कूल नभेटे केटाकेटी बटुलेर स्कूलको अंकुरको थालनी गर्न पाए त्यसै पनि गर्थें । त्यो नपाए पुराण, श्राद्ध, ब्रतकथा आदिमा धाएर आङ्खनो रोटी कमाउंथे ।

म पनि यसको अपवाद भइन । शुरुमा केही नभएको समयमा मैले पुजापाठ शुरु गरें । पहिले पिताजीका यजमान रहेका सबै गाउंले र गाउं बाहिरकाले पनि पुजापाठ, कृयाकर्ममा मलाई बोलाउन थाले । यस काममा लागेको चार महीना पछि मन्त्रीले मलाई स्कूलमा शिक्षक बनाए ।

स्कूलमा मास्टर भएपछि पनि मेरो प्रमाणपत्रको खोजी भएन । मेरो योग्यतामा शास्त्री लेखियो र रिकर्ड फाइलमा मेरो लब्धाङ्क पत्रको प्रतिलिपि उतारेर राखियो । त्यति प्रतिलिपि बनाए पछि १२ वर्षसम्म मेरो प्रमाणपत्रको कुनै खोजी भएन ।

०३० सालमा हाम्रो जिल्लामा नयाँ शिक्षा योजना लागेको कुरा त सरहरुलाई पनि थाहै छ । नयाँ शिक्षा अन्तर्गत नयाँ रिकर्ड पठाउनु पर्दा पनि मेरो प्रमाणपत्र कसैलाई चाहिएन । स्कूलमा भएको लब्धाङ्क पत्र नै पर्याप्त भयो ।

यसरी मेरो प्रमाणपत्र झण्डै अर्थहीन भयो । त्यो छ वा छैन, त्यो मुसाले काट्यो कि, केटाकेटीले च्याते कि, आइमाइले रछ्यानमा मिल्काइ दिए कि, मैले केही वास्तै गरिन । त्यसको सुरक्षा गर्ने बारेमा मेरो ध्यानै गएन ।

दिन वित्दै गए र लिला सर यहां प्रधानाध्यापक बनेर आउनु भयो ।

उहांको चरीत्र, बानिवेहोरा, शिलस्वभावले हामी यहां भएका सबै शिक्षकलाई आकर्षित गर्यो । हामी चुम्बकले ताने जसरी उहांतिर तानियौं । उहां को हुनुहुन्थ्यो, उहां पहिले के काम गर्नु हुन्थ्यो, उहांको राजनीतिक विश्वास केमा थियो, यस वारेमा मैले कुनै चासो राखिन । उहां असल मान्छे हुनुहुन्थ्यो । त्यसैले अरु जस्तै म पनि उहांको नजीक हुन थालें ।

उहांतिर त्यसरी तानिदा मेरो टाउको माथि विपत्तिको पहाड खनिन्छ भन्ने मलाई थाहा भएन । गएको मंसिर महीनामा मात्र प्रधानपञ्च, माहिला ढकाल र साहिंलो ढकालको म प्रतिको व्यवहार फेरिएको मैले महसुस गरें । ढकाल माहिलाले ‘लिला सर कम्निष्ट भएको र मैले लिला सरसंग घनिष्ठ संवन्ध बढाए मेरो पनि हालत नराम्रो हुने’ चेतावनी दिएपछि म झस्कें । म निकै आत्तिएं । मेरो विहे गर्ने उमेरकी छोरी थिइ, अनि मैले चार जना लालाबालालाई हुर्काउनु र पढाउनु थियो । जागीर बिनाको मेरो घरायसी आमदानीको कुनै अर्थ थिएन । त्यसबाट मलाई आठ महीना खान पनि मुस्किल पर्छ । जागीर जोगाउन मैले प्रधानपञ्च र ढकालहरुलाई रिझाउनै पथ्र्यो । त्यसैले मैले लिला सरको मित्रताबाट अलिकति पर हट्ने विचार गरें ।

तर मित्रता भन्ने कुरा हटाउंछु भनेर हटाइने र जुटाउंछु भनेर जुटाइने होइन रहेछ । विचार, विबेक र व्यवहार, बानीबेहोराले मित्रतालाई जुटाउने वा टुटाउने गर्दो रहेछ । त्यसैले म खालि चाहनाले मात्र लिला सरबाट पर हुनै सकिन ।

ढकाल माइलाले मलाई फागुनको दोश्रो हप्तामा दोश्रोपटक चेतावनी दियो । उसले लिला सरबाट एकदमै टाढा हुन, उहांसंग बोलचाल गर्दै नगर्न र उहां सांझ विहान के गर्नु हुन्छ, कहां जानु हुन्छ भनेर चियो गर्न अह्रायो । यी सबै कुरा म जस्तो चरित्र भएका मानिसबाट हुने कुरै थिएनन् । दश दिनसम्म ढकालले मेरो बाटो हेर्यो । तर मैले उसको आदेश पूरा गर्न सकिन । यसपछि सवभन्दा पहिलो पटक मेरो शास्त्रीको प्रमाण–पत्रको कुरा निस्कियो ।

तर त्यो हराइसकेको थियो ।

म जति जति लिला सरबाट टाढा हुन चाहन्थें, लिला सर त्यति त्यति मेरो नजिक तानिनु हुन्थ्यो । संचालक समितिमा मेरो शास्त्रीको प्रमाणपत्रको कुरो उठेकोले उहां सहानुभुतिपूर्वक नै मेरो नजीक हुनु भएको हो मलाई थाहा थियो । त्यतिबेला लिला सरले धेरै पटक मलाई नआत्तिन आग्रह गर्नु भएको थियो र आवश्यकतै परे बनारससम्म गएर त्यो लुप्त भैसकेको महाविद्यालयको रेकर्ड पत्ता लाएर सर्टिफिकेट ल्याउने आश्वासन पनि उहांले दिनु भएको थियो । उहांको त्यस्तो सहानुभूतिको प्रत्यूत्तरमा उहांलाई “तं मेरो नजीक न हो” भनेर म कसरी भन्न सक्थें र ?

वास्तविकता यस्तै भएको भए पनि प्रधानपञ्चले निकटताको अर्कै अर्थ निकाले ।

ठीक यसैबेला जीवन सर आइपुग्नु भयो । जीवन सरको आगमनले प्रधानपञ्च लगायतका यहांका केही मानिसमा निकै ठूलो खैलाबैला मच्चायो । जीवन सर आङ्खनो श्रीसंपत्ति फिर्ता लिन आउंनु भएको हो भन्ने कुरामा प्रधानपञ्चलाई पूराका पूरा विश्वास छ । तर उ ति कारणले मात्र आत्तिएको छैन । उसलाई जीवन सरसंग डर लागेको मुख्य कारण के हो भने जीवन सर जानी जानी बाघको ओढारमा पस्नु भएको छ र ओढारमा पसेर पनि उहां रत्ति डराउनु भएको छैन । प्रधानपञ्चले जीवन सरले उसलाई खेलाइरहनु भएको छ भन्ने शंका गरेको र सरको आमाबाबु बित्नु भएको घटनालाई उसले एउटा नाटकीय कथा मात्र सम्झेको छ । यो कुरा मैले जीवन सरलाई रिझाउन भनेको होइन । अलिक कुनाकाप्चामा गएर खोतल्नु भयो भने सरले आफैं पनि यो कुरा पत्ता लगाउन सकिहाल्नु हुनेछ ।

जीवन सर आउनु भएपछि ढकाल माइलाले मलाई जीवन सरको चेवा बस्न आह्रायो । मैले त्यो काम गरिन । ढकाल माइलो रिसले आगो भयो । उ मलाई अरु कस्न थाल्यो ।

नयाँ वर्षको दिन जीवन सरले मन्त्रीसंग निर्धक्क कुरा गरेको देखेपछि प्रधानपञ्चले आफ्नो अनुमान प्रमाणित भएको संझियो । तर उ यति बेलासम्म पनि जीवन सर माथि केही गर्न सक्ने स्थितिमा थएन । यसपछि प्रधानपञ्चले नयाँ जाल रच्यो । उसले मसंग जीवन सरको चियो गर्न र उहांलाई ढकाल साइलाको छोरी शकुन्तलासंग विहे गराउन राजी पार्न अह्रायो । मैले यो काम नगरेको खण्डमा उसले मेरो जागीर उडाइदिने मात्र होइन मलाई जेल पठाउने र ०३० सलादेखि मैले खाएको रकम पनि फिर्ता लिने कुरा गर्यो ।

मैले उसले भने अनुसारको काम गर्न सकिन ।

अस्ती १३ गते राती अकस्मात मलाई लक्ष्मी सरले बोलाउनु भयो । लक्ष्मी सरको प्रधानपञ्चसंगको सौहार्द संबन्ध कसैबाट लुकेको छैन । त्यसरी उहांले बोलाउंदा यो बोलाहट प्रधानपञ्चकै हो भन्ने मैले बुझें । म गह्रौं मनले लक्ष्मी सरको डेरामा गएं । तर त्यहाँ प्रधानपञ्च थिएन ।

“गुरु, प्रमाणपत्रको कारणले तपाई एउटा ठूलो आपतमा फस्तै हुनुहुन्छ,” म कोठामा पसेर बस्ने वित्तिकै लक्ष्मी सरले मायालु स्वरमा भन्नु भयो । मैले बोल्ने कुनै कुरा थिएन । त्यसैले उहांले नै कुरा अगाडि बढाउनु भयो, “तपाईंको वारेमा संचालक समितिले शिक्षा शाखामा धोखाधडी गरेको, जाली प्रमाणपत्र बनाएर जागीर खाएको र असंवैधानिक गतिविधिमा लागेको आरोप लगाई उजुरी गरेको छ । त्यो उजुरी मैले आङ्खनै आँखाले दखेको छु । उजुरीका तर्कहरु बलिया छन् । गुरुले अहिलेसम्म खाएको संपूर्ण तलव फिर्ता गर्नु पर्ने हुन सक्छ ।”

म लक्ष्मी सरको कुरा सुनेर छांगाबाट खसें । “हे भगवान, किन मै निर्धो माथि यो पहाड खनिंदैछ नि,” भनेर मेरो मन आत्तियो । मैले सारा संसार अंध्यारो देखें ।

“हुन त म गुरुलाई यसो गर्नुस, उसो गर्नुस भनेर भन्दिन,” लक्ष्मी सरले त्यसै बीचमा भन्नु भयो, “तर पनि तपाईंले प्रधानज्यूको निर्देशन पालन गर्नु तपाईंको हीतमा हुन्छ । ठूलाबडाको विरोधमा गएर के पाइन्छ ?”

“तर सर, एउटा अनैतिक काम म कसरी गरुं ?” मैले मलिन स्वरमा लक्ष्मी सरलाई भनें ।

“गर्नुस या नगर्नुस त म भन्दिन । के गर्ने ? तपाईले नै सोच्नुस् । जीवन सर भनेको वतास हो । आज उड्दै आउनु भएको छ । भोलि उड्दै जानु हुन्छ । लिला सर परचक्री मान्छे । सरुवा भएको भोलिपल्ट उहांले गाउं छोडेर हिंड्नु पर्छ । तर तपाईं यहांबाट हिंडेर कहाँ जानु हुन्छ ? तपाईले यस बारेमा राम्ररी सोच्नु पर्छ । बुङलामा बसेर मन्त्री साहेपको विरोध अथवा बाकूमा बसेर ढकाल बाहरुको विरोध गरेर कहीं बांच्न सकिन्छ ? यस्तो गर्नु भनेको त सिधै मृत्युको मुखमा जानु हो । तपाईं पनि यो मृत्युको मुखमा जाने काम नगर्नुस र प्रधानपञ्चज्यूले भनेको कुरो मान्नुस । यसले तपाईंकै हीत गर्छ र कालान्तरमा जीवनको पनि हीत गर्छ । जीवन सर तपाईलाई अघोरै विश्वास गर्नु हुन्छ र तपाईंले भनेको कुरो उहांले काट्न सक्नु हुन्न । उहांलाई शत्रुता होइन मित्रताको पाठ पढाउनुस् । यसले उहांकै हीत हुन्छ । यस्तो भयो भने संचालक समितिले उहांलाई प्रधानाध्यापक बनाउनेछ । यसबाट जीवन सरको के अहित हुन्छ ? तर प्रधानपञ्चज्यूको कुरो मान्नु भएन भने तपाईंको घरवार उठिबास लाग्छ । त्यति मात्र होइन, तपाईंले धोखाधडीको आरोपमा जेलमा सड्नु पर्छ । त्यतिबेला तपाईंको प्रतिष्ठा कहाँ पुग्ला ? त्यसपछि तपाईंका कलिला छोराछोरीको के हाल होला ?”

लक्ष्मी सरले मलाई इमान्दार मनले सल्लाह दिनु भएको हो कि प्रधानपञ्चको इशारामा धम्क्याउनु भएको हो, त्यतिबेला मैले केही बुझ्न सकिन । मैले चिन्तित अवस्थामै “मैले खाएको संपूर्ण तलव बुझाउनै पर्छ र सर ?” भन्दा उहांले त्यो चिन्तालाई गंभिरतापूर्वक लिंदै नलिई “अं, नियमले त्यसै भन्छ” भन्नु भयो । १३ गते राती १० बजे म घर फर्कें । मेरो मन साह्रै आत्तिएको थियो । म अंध्यारो खाडल भित्र जाकिएको थिएं । रातभर म सुत्नै सकिन । मेरो मनमा धेरै कुरा खेले । के के खेले भन्ने लम्बेतान कुरा लेखेर सरहरुको समय वर्वाद गर्न चाहन्न । तर सोच्दा सोच्दा मेरो मनमा निम्न निचोडहरु निस्के (१) मृत्यु शैयामा पुगेको बाबुलाई शत्रुसंग बदला लिने बचन दिनुभएको (यस्तो बचन दिनु भयो होला) जीवन सरलाई म कस्तै हालतमा पनि धोका दिन सक्दिन । त्यसमाथि उहांलाई शत्रुको हातको कठपुतली बनाउन त झनै सक्दिन । ( २) अव प्रधानपञ्च र उसका मान्छेमा म प्रतिको विश्वास डिगिसकेको छ र उनीहरु सके कहिल्यै मलाई राम्रो ढंगले हेर्ने छैनन् । (३) यो त झैझगडाको शुरुआत हो र बुङला गाउंमा बसेर म मन्त्रीसंग लड्न सक्दिन । (४) जरिवाना स्वरुप सरकारले फिर्ता लिने तलव म तिर्नै सक्दिन । (५) जेल जानु मेरो प्रतिष्ठा डुवाउनु हो मैले ज्यूंदै मरे सरह हुनु हो ।

विहान म सवेरै ब्यूझिएं । ‘रातभरि सोचेर एउटा निर्णय लिएर आउनु होला, सकें भने म मिलाउंला’ भनी लक्ष्मी सरले १३ गतेको राती नै भन्नु भएको थियो । तर म हिजो विहान उहां कहां जान सकिन । साह्रै सन्तापले गर्दा हिजो म स्कूल पनि जान सकिन ।

हिजो रात आङ्खनो मनले निकालेको टुंगो लिएर म लक्ष्मी सर कहां गएं । सर एक्लै कोठामा बस्नु भएको थियो । कोठाको ढोका ढप्काउन पनि नपाउंदै मैले आङ्खनो कुरो भनें ।

लक्ष्मी सरले मलाई धेरै सम्झाउनु भयो । संचालक समितिले अव चांडै लिला सरलाई सरुवा गरिदिनेछ भन्ने कुरा पनि उहांले बताउनु भयो । तर उहांले जे भने पनि मैले जीवन सरलाई धोका दिने बचन दिन सकिन ।

“तपाईं अड्डी नै लिनु हुन्छ भने गुरु,” त्यसपछि लक्ष्मी सरले मलाई भन्नु भयो, “तपाईंको काम विगार्नबाट बचाउने जिम्मा म लिन्छु । तर त्यसको साटो तपाईंले केही दिनु पर्छ । आजको जमाना नै लेनदेनको जमाना हो ।”

“मसंग भएको त्यस्तो कुनै कुरा भए म दिन तयार छु,” मैले आग्रहकै स्वरमा भनें ।

“म तपाईलाई बचाउन सक्छु गुरु । प्रशासनमा मेरो पहुंच छ तर मैले तपाईंलाई बचाए जस्तै तपाईंले पनि मलाई बचाउनु पर्छ । मलाई बचाउनु भनेको …” सरले आङ्खनो वाक्य पूरा गर्नु भएन ।

“आङ्खनो भानइ पुरा गर्नुस् सर । मेरो यत्रो उपकार गर्नेलाई चाहिन्छ भने म ज्यान पनि दिन तयार छु ।”

“ज्यान तपाईंसितै रहोस् गुरु । मलाई केवल रमा भए पुग्छ ।”

सरहरु, त्यतिवेला म न त रिसाउन सकें न त मैले उठेर लक्ष्मीको मुखमा थप्पड लाउन नै सकें । एकछिन मेरो अगाडिको सारा संसार अंध्यारो भयो । मैले आङ्खनो अगाडि आङ्खनो सहकर्मी होइन, ठूलाठूला दाह्रा नङ्ग्रा भएको एउटा राक्षस बसिरहेको देखें । अकस्मात मेरो आँखाबाट आँशुका धारा बगे ।

यो दुनियाँ असाध्यै पापी छ । जो होचो छ, जो असक्त छ, जो निर्धो छ, सम्पूर्ण अपमान र यातना त्यसैले सहुन पर्दो रहेछ ।

राती म रुंदै रुंदै घर फर्कें । मैले लक्ष्मीको मुखमा थुक्न पनि सकिन ।

यसपछि गएको रात पनि म निदाउन सकिन । रातभरी मेरो मनमा थुप्रै कुरा खेले । विहान उठ्दा मेरो मन चङ्गा भएको थियो । मैले एउटा निर्णय गरिसकेको थिएं । तर त्यस्तो निर्णयमा पुगेको मानिस दिनभरि १२/१५ घण्टा अत्यधिक शान्त रहन सक्छ कि सक्दैन भत्रे मलाई थिएन । यस कुराले मलाई अलिक बढी चिन्तित तुल्याएको थियो ।

आदरणीय सरहरु, मैले तपाईंहरुलाई भत्र चाहेको कुरा यति हो । मेरो पत्र तपाईंहरुको हातमा पर्दा म तपाईंहरुले भेट्नै नसक्ने ठाउँमा पुगेको हुनेछु । यसबाट निकाल्नु पर्ने अनुमान तपाईहरुले नै निकाल्नु पर्छ । मैले केही कुरा ढांटेको रहेछु भने इश्वरले मलाई आङ्खनो घरमा बास नदिउन् । म एउटा सोझो र कायर मान्छे हुं । ममा सरहरुमा जति साहस छैन । यस जुनीमा मैले केही पाप गरेको रहेनछु भने अर्को जुनीमा पनि सरहरुको सङ्गत पाउन सकुं, यही मेरो कामना छ ।

मैले अधकल्चै छोडेका लालाबाला माथि सरहरुको निगाह पुगोस् । मैले तिर्नु पर्ने ऋण थोरै रहेछ । यो महीनाको तलबले तिर्न सकिन्छ । ऋणको लगत यसैसाथ छ तलबबाट कट्टा गराइदिनु नै हुनेछ ।

चिट्ठी पट्याउनु अघि जीवनले आङ्खनो हातको रुमालले आँखाका डीलहरु पुछ्यो ।

“यो पत्र तपाईंको हातमा कसरी पुग्यो सर ?” जीवनले धोद्रे स्वरमा लिलासंग सोध्यो ।

लिला, जीवन जसरी रोइरहेको थिएन । उसको अनुहार गम्भीर थियो । उसले एकपल्ट बाहिर हेरेर सानो स्वरमा भन्यो, “हिजो साँझ भात खाइसकेपछि उहाँले रमालाई यो पत्र बिहानै मेरो हातमा पुर्याइदिनु भत्रु भएको रहेछ । संगै ‘तैंले पत्र पुर्याएको कुरा कसैलाई नभनेस । आमा र भाइलाई पनि नभनेस् । भोलि बिहान पंधेरा जाने निहुंमा लिला सर कहाँ पुगेर आएस्’ भत्रु भएको रहेछ । उसले मलाई चिट्ठी दिँदा त्यस्तै साढे सात जति बजेको थियो । चिठी हेर्ने वित्तिकै गुरु यस संसारमा हुनुहुत्र भत्रे मैले थाहा पाइसकेको थिएं । यो पत्र लिएर तपाईकोमा आउंला भन्दै थिएं, त्यसैबेला तल मसाने पाटीमा भेटिएको सामानको बारेमा गाउँमा हल्ला भैहाल्यो ।

जीवन केही बोलेन । उसले फेरि पत्रतिर आँखा डुलायो । एकछिन यत्तिकै अलमलिएपछि उसले विस्तारै सोध्यो, “यी ढकाल भनेका को हुन् ?”

“माथिल्लो गाउँका जिम्दार हुन् । दुइटी बाहुनी पट्टीका आठ भाई र नेवार्नी पट्टीको एक भाइ गरी ९ भाई छन् । जेठो र काहिंलो अलिक भलादमी स्वभावका छन् । अरु सबै एउटै कांटका हुन् । ”

“मैले देखेको रहेनछु ….”

“देख्नु त भएको हो,” लिलाले विस्तारै कुरा काटेर भन्यो, “तर वास्ता भएन । माथ्लो गाउँको कुरो भनेर मेरो पनि ध्यान पुगेनछ । यहाँबाट एक घण्टा पर पर्छ । माइलो ढकाल अलिक दुष्ट मतिको मान्छे हो । साहिंलोलाई प्रधानपञ्चको अर्को संस्करण भन्नु भए हुन्छ । मौका पर्दा कांग्रेसी नपर्दा पञ्च दुबै हुनसक्छ । भित्र भित्र कुरा काट्न सिपालु छ ।”

“स्कूल दिवसमा आएनन् ?”

“साहिंलो थिएन । जेठो, माइलो र काइंलो थिए । तर त्यो भीडमा केही कुरै भएन ।”

“चिट्ठीको कुरामा पूर्ण सच्चाइ छ जस्तो लाग्छ ?” लिलाले जीवनसंग सोध्यो ।

“छ नै ।” जीवनले अलिक अडकिंदै भन्यो, “गुरुले हामीलाई ढांट्ने न कुनै कारण छ, न उहाँको चरित्रले नै ढांट्न दिन्छ ।”

“मलाई पनि त्यस्तै लाग्छ । गुरु कमजोर हुनुहुन्छ भत्रे थाहा पाएका फटाहाहरुले उहाँलाई मारिछोडे ।”


 

मन्त्रीको संसार

घुमाउने चौतारोमा आएपछि जीवनले फेरि आङ्खनो लुगा मिलायो । मन्त्रीलाई, गाउंघरका मानिसहरु र बुङलामा पढाउने मास्टरहरु दामी पेण्ट र शर्ट जस्ता लुगा लाएर आङ्खनो घरमा आएको पटक्कै मन पर्दैन भन्ने जीवनले पनि थाहा पाइसकेको थियो । त्यसैले पनि उसले मन्त्रीको घरमा जाने दिन आङ्खनो सवभन्दा राम्रो र असल लुगा नै लाएको थियो । अब मन्त्रीको घर आउनै लागेकाले उसले चौतारोको डीलमा उभिएर आङ्खनो लुगा तानतुन गर्यो ।

लुगा तन्काएपछि जीवन एकछिन त्यहिं उभियो । मन्त्रीसंग के, कस्तो र कसरी कुरा गर्ने भनेर उसले सरसरती धेरै कुरा संझ्यो । अन्तरे पनि त्यहीं भए कसरी कुरा गर्ने भन्ने हिसाब पनि उसले मिलायो । चौतारोबाट ओर्लने बेलामा उसले आङ्खनो एकजना मित्रले २ महीना अघि पहाडतिर उकालो लाग्दा भनेको कुरा संझ्यो “साथी जीवन, निर्भिक त हुनुपर्छ, तर त्यो निर्भिकता जनताको शक्तिमा भरोसा गरेर मात्र पाइन्छ भत्रे कुरा कहिल्यै विर्सनु हुंदैन । हामी, खास गरेर निम्न पुंजीवादी वातावरणमा हुर्केर आएका र सर्वहारा वर्गको पंक्तिमा सामेल हुंदा हुंदा पनि निम्न पूंजीवादी प्रवृत्ति रहेकाहरु आफूलाई निकै ठूलो ठान्छौं, जनता भन्दा आफूलाई अलिक विशिष्ठ ठान्छौं । जनता भन्दा आफूलाई अलिक बुझेको, अलिक स्पष्ट ज्ञान भएको संझन्छौं र यो अहं बढ्दै कहिलेकाहीं यो खालको कमजोरीमा नफंसे पनि क्रान्तिकारी बन्ने क्रममा हामी व्यक्तिगत सुंर्याई तिर लाग्न थाल्छौं,” साथी एकछिन चुप लागेको थियो । त्यसपछि उसले फेरि भनेको थियो, “मैले भन्न खोजेको कुरालाई तपाई अलि अलि बुझ्दै हुनुहुन्छ नि ?”

“प्रष्टसंग,” जीवनले त्यतिबेला उज्याला अनुहारले खिसिक्क हांस्तै भनेको थियो । यतिबेला पनि उ खिसिक्क हांसेर चौतारोबाट ओर्लिएर देब्रेतिर लाग्यो ।

मन्त्री साहेपको ठूलो घरको ठूलै आंगन, झलझलाउंदो घाममा दिक्क परेर पल्टे जसरी पल्टिएको थियो । उसले एकछिन बारीको डीलमा उभिएर रमीता हेर्यो । आंगनमा मानिसहरु बराम लागेर बसेका थिए र २/४ जना मानिसहरु बोरामा केही बोकेर ल्याउंदै थिए । आंगनको दक्षिणी कुनामा एउटा आराम कुर्चीमा मन्त्री सुंगुर ढल्के जसरी अल्छिलाग्दो पाराले ढल्किएको थियो । मन्त्रीको छेउमा गुन्द्रीमा बसेको मान्छे हातमा पैसा खेलाइरहेका थियो ।

जीवन बारीको डीलै डील मन्त्रीको घरतिर तेर्सियो । आंगनको किनारमै पुग्दा पनि कुनै मान्छेले उसलाई देखेका थिएनन् । उ पनि आंगनमा बसेका अरु मानिसहरु जस्तै घरि मन्त्री र घरि धानका बोरामा आंखा डुलाउंदै त्यहीं उभियो ।

“आन्दो ए छ्याके, तोंइले यो बाइसा गां’ड ल्याइस हाँ ?” मन्त्रीले आङ्खनो घोर्ले स्वरमा सोध्यो ।

“मान्त्री साहेब, बाजार बाड लेको,” हुलमा बसेको एउटा अधबैंसेले मन्त्रीले सुन्ने स्वरमा भन्यो, “माइलो बाडो खान्न गाथ्यो । आन्दो उसैले ले को ।”

“तों………” मन्त्रीले एकचोटी नमिठो शब्दले गाली गर्यो । उसका चिम्रा आँखाहरु ट्याम्मै टालिए । “तोंइले मोलाई यास्दो माइलो नोड लिने देखिस् । यो फाट्नु लाग्या थोद्रो पचास रुप्पे लिने देखिस ? लैजा देरो नोड ! तों धान पाउन्दैनास् ।”

जीवन छक्क पर्यो । मन्त्रीले त्यो नोट आङ्खनो हातमा लिंदा पनि लिएन । उसले कारोबारीको हातमा रहेको ५० रुपियाँको नोटलाई आङ्खनो लौरोले आंगनको बीचमा हुर्र्याइ दियो ।

“मान्द्री साहेब, यसबालीलाई दया होस्” अघिको अधवैंसेले अझै नरम भएर भन्यो । उसको टिठलाग्दो स्वरले जीवनको मुटुमा चसक्क छोयो । उसलाई आङ्खनै गोजिबाट नयाँ नयाँ दश पांचका नोट निकालेर त्यो गाउंलेको नोटसंग साटिदिउं कि जस्तो लाग्यो । तर त्यसैबेला उसले झलक्क नरवीरले भनेका कुरा संझ्यो, “सर तपाईंले आफूलाई नियन्त्रण गर्नुपर्छ । तपाईंले आङ्खनो सब भावनालाई निचोरेर राख्नु पर्छ । मन्त्रीको आंगनमा तपाई गुवाहाटीबाट आएको एउटा बुद्धिजीवी शिक्षक मात्रै हुनुहुन्छ । त्यस्तो बुद्धिजीवी, जसको यो गाउँका सानातिना कुरासंग कुनै संबन्ध छैन । मन्त्रीको व्यवहारसंग कुनै सरोकार छैन,” नरवीरले एकछिन रोकिएर जीवनको आँखामा सिधै हेरेर भनेथ्यो, “सरले यस्तो गर्न सक्नु भएकन भने तपाईको चांडै बासउट्ठा हुने कुरा अहिले नै बुझ्नु पर्छ । तपाई अहिले त्यहां मन्त्रीलाई इख्याउन होइन मन्त्रीलाई चिन्न गैरहनु भएको छ ।”

“तों जा,” मन्त्रीले लौरो उठाएर अधबैंसेलाई आदेश दियो ।

अधवैसे बसेको ठाउंबाट जुरुक्क उठ्यो र अलि अलि कुप्रिएर उसले भूईंको नोट टिप्यो ।

“एइ, आबो कास्कू पाली छा ?” मन्त्रीले एकपल्ट टाउको उठाएर वरिपरि हेर्यो उसको बुढा आँखाले आँगनको डीलमा उभिएको जीवनलाई देखिहाल्यो ।

त्यसैबेला अन्तरे घरबाट फुत्त निस्कियो । उसले सुकिला सेता दौरा–सुरुवाल, कलेजी रंगको कोट र टाउकामा सक्कली ढाकाको उज्यालो टोपी लाएको थियो । घाममा निस्कने वित्तिकै उसका काला जुत्ताहरु टिलिक्क टल्किए । त्यतिबेलाको अन्तरे जीवनकै आँखामा पनि एउटा ठूलो हाकिम जस्तो देखियो ।

अन्तरेले आँगनमा ओर्लिएर सबैतिर हेर्यो । घुम्दै गएका उसका आँखाहरु पनि जीवनमै गएर टांस्सिए । अन्तरेले पनि आफूलाई देखिसकेपछि जीवनले बिस्तारै आँगनतिर पाइला चाल्यो । त्यसैबेला अन्तरेले पनि अलिक कराएको स्वरमा भन्यो, “ए, जीवन पो, आउ आउ । के को संकोच मानिराको ?” त्यसपछि उसले अघिदेखि धानको बोरा बोक्दै गरेको एउटा मान्छेलाई अह्रायो,” एइ धने, कुर्ची निकालेर ले ।”

जीवन विस्तारै अघि बढ्यो । नजिकै गएर उसले आङ्खना आँखा मन्त्रीको आँखामा टांस्यो । मन्त्रीका आँखा दनदनी बलिरहेका थिए र चाउरी परेको उसको अनुहारमा पनि रीसका धर्साहरु देखिन्थे । जीवनले हांसेर भन्यो, “नमस्ते बाजे” तर उसले मन्त्रीको प्रतिनमस्कार पर्खेन । उ प्रधानपञ्चतिर फर्कियो र भन्यो, “नमस्कार काका, लुगासुगा लाएर निकै टाढा जान लाग्नु भा छ जस्तो छ नि ।”

धनेले दुइवटा कुर्चीहरु ल्याएर आंगनमा राखिसकेको थियो । “लौ बस जीवन,” प्रधानपञ्चले बोल्दा जीवनले नियालेर उसको अनुहारमा हेर्यो । त्यो पनि हाँसिरहेको थियो । यही हांसोको मौका छोपेर जीवनले भन्यो, “बाजेलाई अलिक रीस उठेको छ कि क्या हो ।”

“होइन, होइन । त्यस्तै हो । बालाई यो पेण्ट शर्ट लाएको अल्लि मन पर्दैन । झन आङ्खना गाउंलेले लाएको त उहांलाई पटक्कै मन पर्दैन । आजकालका केटाकेटी फेसनले बिग्रे भन्नु हुन्छ । त्यसैले हेर न मैले पनि ड्याजेलिङबाट फर्केदेखि खालि राष्ट्रिय पोशाक मात्रै लाएको छु ।”

अन्तरे हांस्यो ।

“त्यसको लागि तपाई नै दोषी हुनुहुन्छ,” जीवनले हांस्तै भन्यो । बुङला नआउन्जेल दौरा सुरुवाल नदेखेको म त निश्चय नै दोषी छैन । तपाईले मलाई बेलैमा भन्नु पथ्र्यो । ब्यर्थैमा बाजे रिसाउनु भयो ।”

“हो…. हो…. हो….., चलाख केटो,” अन्तरेले घरै उचालेर अंग्रेजीमा भन्यो । त्यसपछि उसले नेपालीमा थप्यो, “तिमी भाग्यमानी छौ । बा तिमीलाई आङ्खनै नाति जस्तो संझनु हुन्छ । अस्ती तिमीसंग छुटेपछि भन्दै हुनुहुन्थ्यो,”अब जन्तरेको छोरो पनि टुहुरो भो । तं हामीले नै यसको घरवारको बन्दोवस्त मिलाइदिनु पर्छ ।” नेपालीमा बोलेको कुरा चाहिं अन्तरेले आफूलाई होइन मन्त्रीलाई नै सुनाएको हो भन्ने कुरा बुझ्न जीवनलाई त्यति गाह्रो परेन ।

“अहो बाजेको मन ! त्यसको लागि जति धन्यबाद दिए पनि त्यो थोरै नै हुन्छ,” जीवनले पनि आङ्खनो स्वरमा शिष्टाचारको मिठास घोलेर भन्यो ।

“होइन, होइन, त्यस्तो शिष्टाचारको कुनै खांचो पर्दैन । जे भए पनि हामी एउटै परिवारका सदस्य हौं । हाम्रो लागि तिमी र तिम्रो लागि हामी । यो सब एउटै कुरा हो,” अन्तरेले मन्त्रीलाई सुनाउंदै भन्यो ।

जीवनले मन्त्रीलाई हेर्यो । उसको अनुहारको रंग विस्तारै फेरिंदै थियो । जीवन अन्तरेको चतुर्यांइ देखेर भित्र भित्रै हांस्यो । त्यसपछि मात्रै उ छेउको कुर्चीमा बस्यो । मन्त्रीको आराम कुर्ची भन्दा अलि परतिर राखेको कुर्चीमा अन्तरे पनि टुसुक्क बस्यो ।

एकछिन कोही बोलेनन् । घाम मध्य–आकासतिर चढ्दै थियो । तर त्यसले अझै पोल्न थालेको थिएन । जीवनले यसो टाउको घुमाएर दक्षिण पट्टीको गोडतिर हेर्यो । दुइवटा साना पाडा र तीन वटा उस्तै बाछीहरु बाहेक गोठमा अरु कुनै बस्तुभाउ थिएनन् । तर लामो गोठमा बस्तुभाउले खाने घांसको छेउमा दाम्लाहरु निकै थिए ।

गोठको पश्चिमी कुनामा बनेको तबेलामा बांधिएको ठूलो सेतो घोडा आङ्खना ठूलठूला आँखाले आंगनको कुर्चीमा बसेका मानिसहरुलाई नै हेरिरहेको हो कि जस्तो देखिन्थ्यो । घोडाको जिउ बुरुस लाएर राम्ररी चिल्याइएको थियो र नयाँ टिलिक्क टल्कने कांठी कसिएको थियो । घरको एउटा नोकर एक हातमा राम्रो गलैंचाको चकटी समातेर घोडाको छेउमै उभिएर मन्त्रीहरुलाई हेरिरहेको थियो । जीवनले आङ्खना आँखा घुमाएर घरतिर लग्यो । घरमा पनि खासै परिवर्तन भएको थिएन । दलान ठूलै थियो र दलानको दक्षिणतिर बनेको राम्रो खाटमा चाक्लो राडी ओछ्याइएको थियो । दलानको उत्तर तिर अझै पनि तीनवटा कुर्चीहरु राखिएका थिए । दलानको माथिल्लो भित्तामा एक दर्जन जति विभिन्न खालका तस्वीरहरु झुण्ड्याइएका थिए ।

जीवनले आङ्खनो अगाडि हेर्यो । पहिले जस्तै बढेमानको थाँङग्रो पनि त्यहीं थियो । मन्त्री माघसम्म त कसैलाई थाङ्ग्रो छुनै दिंदैनथ्यो । फागुनमा अनिकालका लपेटाहरुले गाउंलाई बेर्न थाले पछि मन्त्री बडो दयाभावका साथ थाङ्ग्रोबाट मकै झिक्न लाएर आङ्खनै निगरानीमा बजार भाउलाई डेढ गुना नघाएर, मकै बेच्थ्यो । उसको यस्तो दयालु बानीलाई कसैले पनि चुनौति दिएको थिएन । अहिले पनि हजारौं गाउंलेको आँशु र क्रन्दनको साक्षी बनेको थाङ्ग्रो त्यहीं थियो ।

जीवनले घर वरिपरि हेरुन्जेल मन्त्रीका बाबुछोरा केही बोलेनन् । कारोबारी पनि पक्क परेर जीवनलाई हेरिरहेको थियो । धान र मकै किन्न आएका गाउंलेहरु पनि अनौठो आँखाले जीवनलाई हेरिरहेका थिए ।

“आन्दो तोंलाई हेड मास्डारले छुडी दियो ?” लामो मौनता पछि मन्त्रीले जीवनसंग सोध्यो ।

“अं, तपाईंले भने पछि नदिने कुरै भएन,” जीवनले हांसेर भन्यो । मन्त्री पनि अलिकति मुख च्यातेर हांस्यो ।

“आन्दो तों टुसन पडाउन्दैछस् ?”

“अहिले थालिहालेको छैन अव तयारी गर्दैछु । आउँदो आइतवारदेखि थाल्ने भनेर मोटामोटी योजना बनाएको छु ।”

“विद्यार्थी भेला गरिसक्यौ ?” यसपाली अन्तरेले अगाडि सरेर सोध्यो ।

“सकेको त छैन । ३ जना तयार छन् । ५/६ जनासम्म पुग्लान् ।”

“ल, ल, राम्रो छ । केही सल्लाह गर्न परे फर्केर गरौंला । म बुधवार बिहिवारसम्म आइपुग्छु ।”

“निकै टाढा जांदै हुनुहुन्छ कि ?”

“हामी पञ्चेतीलाई के नजिक, के टाढा” अन्तरेले ‘पञ्चेती’ शब्दमा जोड दिंदै भन्यो, “यसो सदरमुकामसम्म जाउं कि भनेर हिंडेको ।”

“तपाई जाने र म आउने दिन पनि एउटै परेछ ।”

“केही छैन । म हिंडे पनि घर छंदैछ । गाह्रो मान्नु पर्दैन,” उसले कुर्चीबाट उठ्दै भन्यो, “लौ म हिंडे । फर्किन हतार नगर्नु । सबैसंग चिनजान गर्नुपर्छ ।” त्यसैबेला उसले हांस्तै भन्यो, “एउटै परिवारका मान्छेले परचक्री जस्तो व्यवहार गर्नु हुंदैन । एकता नै बल हो ।”

अन्तरेको व्यंगलाई सुलुत्त निलेर जीवन खिसिक्क हाँस्यो ।

अन्तरे उठेको देखेर तबेलामा उभिएको नोकरले घोडाको लगाम मिलायो । उसले घोडालाई तानेर आंगनमा ल्यायो र हातको गद्दालाई कांटी माथि मिलाएर राखिदियो । त्यसपछि गद्दाको पुछरमा भएको सानो डोरीलाई कांटीको दुवैतिर केहीमा अल्झायो । अन्तरे घोडाको छेउमा पुग्यो र उसले घोडाको लगाम कांटीतिर ङ्खयाक्न लगायो । घामको न्यानो तारेर घोडा ठिङ्ग उभियो । नोकर घोडा छोडेर घर भित्र पस्यो र हातमा एउटा राम्रो सुट्केश जस्तो सानो बक्सा बोकेर बाहिर निस्कियो । आंगनमा उभिएर उसले एकपल्ट वरिपरि हेर्यो र बक्सालाई हलौं तरीकाले आङ्खनो कांधमा हाल्यो ।

“तं हिंड्,” अन्तरेले नोकरलाई अह्रायो । अन्तरेको बोलि सुन्ने वित्तिकै उ बाटोतिर निस्कियो । त्यसैबेला जीवनतिर फर्केर भन्यो, “लौ त ।”

“नमस्कार,” त्यसपछि जीवनले अंग्रेजीमा भन्यो, “तपाईंको यात्रा शुभ होस् ।”

“धन्यवाद,” अन्तरेले पनि अंग्रेजीमै भन्यो । त्यसपछि उ फुत्त उफ्रिएर घोडामा चढ्यो । घोडा एंडी बजाउंदै विस्तारै पश्चिमतिर लाग्यो ।

“तों दा मकै फुडे जसरी गुइरेगो बोली बोल्छास ए ?” मन्त्रीले जीवनलाई हेर्दै भन्यो ।

“जन्मैदेखि बोले जस्तो भयो नि,” जीवनले सामान्य ढंगले दियो ।

अन्तरे घोडा चढ्ने तयारीमा लागेको बेला कारबारी पनि उठेर घर पछाडि गएको थियो । जीवनले जवाफ दिंदा नदिंदै त्यो फर्केर आयो र मन्त्रीको छेउमा बस्यो । त्यसैबेला बुट्टे कमेज लाएको वर्ष ३५ जतिको एकजना किसानले ५०/५० रुपैंयाको दुइवटा नयाँ नोट ल्याएर कारवारीको हातमा हालिदियो ।

“आन्दो एई झिंगे, तोइले कां फेटिस् हां यस्दो नाइयां नोड ?” मन्त्रीले घरि नोटमा घरि किसानको अनुहारमा हेर्दै भन्यो ।

“जेटिएको भारी बोकेर ताप्लेजुङ गाथें, हुइबाट ल्याको मन्त्री साहेब ।”

“झेग्ने नोड दा खांड्डीको पारी गोइछस् नि ! तों झेग्ने बाट्ठो क्षेत्री । एई विर्खे, पैसा ह्यां ले र हिसाब गरेर धान दे ।” मन्त्रीले बोली नसिध्याउंदै विर्खे नाम भएको कारबारीले दुईटै नोट आङ्खना हलौं हातले मन्त्रीको हातमा हालिदियो ।

मन्त्रीले लोभ लाग्दो आँखाले ती दुइवटा नोटलाई हेर्यो । उसले नोटलाई एकपल्ट सपक्क पारेर मिलायो र नोट ल्याउने किसान तिर हेर्दै भन्यो, “तों झेग्ने क्षेत्रीलाई नोडको मोल के था ? झेक्नेले गाचीगुची पो पारी गाइछा ए, “ त्यसपछि किसानको केही वास्तै नगरी उसले नजिकै राखेको दवाइपानी राख्न जस्तो सानो टिनको बाकसमा नोट थपक्क राख्यो । जीवनले यसो छड्के आँखा उचालेर बाकसमा हेर्यो, नोटको गड्डी त्यति ठूलो थिएन ।

मन्त्रीले एकपल्ट धान तिर पुलुक्क हेरेर जीवनतिर फर्किंदै सोध्यो, “आन्दो, तोइंले ब्ये गर्ने बाहुनको छोरी हेरिस् ?”

“हेरेको छैन,” जीवनले हांस्तै भन्यो, “के हतार छ र ?”

“खालि के हादार छ रा फान्छ झेक्ने । तों स्वास्नी नभए नि बस्न साग्छास ? मो दा साग्दैना । मोइले यो उमेरमा बानि पोर ब्ये गर्यो । आन्दो तेरो बज्यै अ‍ैले धुलाबारी बास्छा । मोइले आइज भनी खावर पठायो । तोंलाई चैं स्वास्नी नै चाहिन्दैन । तेरो उमेरमा दा मेरो दुइटा स्वास्नी फाइगाथ्यो । अइले चारोडा भयो । आन्दो तीनगोडा मर्यो ।”

“तों ढागाल साइलाको छोरी ब्ये गर् । मो फान्दिन्छ,” निकै बेर जीवनले कुनै उत्तर नदिएको देखेपछि मन्त्रीले जीवनतिर हेर्दै भन्यो, “आन्दो दाइजो धेरै दिन्छ ।”

“म अहिले बिहे नै गर्दिन ।”

मन्त्री र जीवनको कुरा सुनेर अघिदेखि पक्क परेको कारोबारी घरि घरि मुसुमुसु हांस्न थालेको थियो । घाम विस्तारै पश्चिमी आकासको मैदानतिर गुड्दै थियो । त्यो झन तातो पनि हुंदै थियो । बेला बेलामा आंगन माथिको आकासबाट एउटा दुइटा चराहरु उडेर जान्थे र तिनीहरुको छायाँ आंगनबाट सररर नाचेर जान्थ्यो । चर्किरहेको घाममा फसफसती भुस उडाउंदै धान भर्दै गरेका मन्त्रीका नोकरहरुको कञ्चट रसिलो देखिंदै थियो । मन्त्रीको कारबारी मैला नोटहरु सिधै फिर्ता दिन्थ्यो, नयाँ नोटहरु मन्त्रीको अघिल्तिर गनेर, नोट राख्ने बाकसमा राखिदिन्थ्यो । मन्त्री नोट गन्न, हेर्न र छाम्न घरि घरि अलमलिंदै जीवनसंग फाट्ट फुट्ट कुरा गर्दै थियो ।

अलि अलि गर्दै आंगनका मान्छे घट्दै थिए । दिनको एक वजे रेडियो नेपालले शंखध्वनी दिंदा चार जना गाउंले मात्र बाँकि थिए । तिनीहरु धान लिन आएका थिएनन् क्यार, किनभने मन्त्रीका नोकरहरु धान भित्र लांदै थिए अनि ति मानिसहरु धान फिर्ता लगेको वास्तै नगरी टाउको निहुराएर बसेका थिए । उनीहरु निकै चिन्तित देखिन्थे । त्यसैबेला झण्डै चालिस वर्ष जतिकी लिम्बुनीले गिलासमा चिया ल्याएर जीवनको छेउमा राखी । उसले लाएका लुगा र गहना नियालेर हेर्दै जीवनले त्यो महिलालाई मन्त्रीकी बुहारी हुनुपर्छ भन्ने अड्कल काट्यो ।

“खा, नादी” मन्त्रीले जीवनलाई पुलुक्क हेरेर भन्यो ।

“के हो यो ?” जीवनले पनि निर्दोष अनुहारको निर्दोष स्वरले सोध्यो ।

“हानो, तोईंले के लेइस हां रण्डी,” मन्त्रीले यसो गिलासको चिया हेरेर बुहारीलाई हकार्यो । तोंलाई हाम्रो नादी शारमै हुर्की बोडी आको भन्ने था छैन ? उल्ले दुद नहाल्या च्या खाने हो ? रण्डी तोंलाई इजेद विजेदको ख्याल छाइन ? तेरो के जान्छा हां रण्डी ? मेरो संपदी ….।”

मन्त्रीले बुहारीलाई गरेको गाली सुनेर जीवनले चोर आँखाले वरिपरिका मान्छेलाई हेर्यो । उनीहरुको अनुहारमा न अप्ठ्यारोपन देखिन्थ्यो न त अन्यौल नै ।

त्यसै बीच बुहारीले हतार हतार चियाको गिलास उठाइ र लमक लमक पाइला चाल्दै भित्र पसी । मन्त्रीले गाली सकेको एकै छिनमा उ अर्को गिलासमा चिया लिएर बाहिर आई र कतै नहेरी जीवनको आडैमा गिलास राखेर हतार हतार भित्र पसी । जीवनले पहिले चियालाई त्यसपछि मन्त्रीलाई हेर्यो । चिया सफा थियो अनि मन्त्री मैलो भएको थियो ।

मन्त्रीले एकैछिनमा आफूलाई सम्हाल्यो र कारवारीलाई केही इशारा गर्यो । कारबारी उठेर दलानमा गयो र खाटको राडी उचालेर त्यहांबाट कागतका तीनवटा मुठा निकालेर आंगनमा आयो । त्यसै बीच धनेले जीवनको कुर्चीलाई सयांलमा सार्यो । कागज भूईंमा राखेर कारवारीले मन्त्रीलाई उठायो । धनेले मन्त्रीको कुर्ची पनि सयांलमा सार्यो । उनीहरु सबै सयांलमा सर ।

“आबो भन एइ विर्खे ।” मन्त्रीले कारवारीलाई आदेश दियो ।

कारवारीले कागज पल्टाएर केही भन्न आंटेकै बेला मन्त्रीकी नातिनी घर पछाडिबाट खुट्टा ङ्खयात् ङ्खयात् फाल्दै आंगनमा आई । आंगनमा आङ्खनो बाजेको छेउमै जीवनलाई बसिरहेको देखेर उ लाजले बटारिइ र अनुहारलाई हसिंलो पारी । एकपल्ट सबै नखरा सकेपछि उसले अगाडि सरेर भनी, “नमस्ते, सर ।”

जीवनले अलि अलि दाँत देखाएर गंभिर स्वरमा भन्यो, “नमस्ते, सन्चै ?”

“सन्चै सर । अनि सरलाई नि ?”

“राम्रै छ ।”

“तों ह्यां बस काईंली,” मन्त्रीले नातिनीलाई खालि कुर्सी देखाउंदै भन्यो । त्यसपछि फेरि आङ्खनो कारवारीतिर फर्केर उसले भन्यो, “आं, भन् ।”

“यो बिरस्पती बाउसको । हिंउदोमा तीन मुरी धान थोर बुझाको । माघमा बुझाउंछु भन्ने भाका राखी कागज गरेको । तर माघमा नबुझाएको । बारम्बार तागेता गर्दा पनि नबुझाएको । बोलाउन पठाउंदा पनि नआको ।”

“हो बाउन ?” मन्त्रीले अलिक हकारेर सोध्यो ।

“प्रभु, आउने बालीमा पोरको समेत थपेर बुझाउंछु । ब्याज समेत बुझाउंछु,” चार जना मध्येको बाहुन जस्तो देखिनेले भन्यो ।

“माघमा केन बुझाइनस ?”

“सकिन, मालिक ।”

“तों सक्दैनस, झेक्ने । बाउन ! बाठो हुन्छस ? तों मेरो धान नदिर्ने होइनस् ? तों साउमारा ।” मन्त्रीले नयाँ नयाँ विशेषणले त्यो बाहुनलाई गाली गर्यो । बाहुन अंध्यारो अनुहार पारेर घोप्टिरइह्यो । त्यसैबेला मन्त्रीले भन्यो, “एइ ! दुइ पाल्डा भाखा नगाए बापद यो बाउनलाई एक घण्डा सुंगुरको खोरमा हाल्दे ।”

जीवनले छक्क परेर पहिले मन्त्रीलाई, त्यसपछि काईंलीलाई, त्यसपछि कारवारीलाई र अन्तमा बाहुनलाई हेर्यो । कस्तो अनौठो न्याय प्रणाली ?

“प्रभु, मेरो आजसम्म बचाएको धर्म रक्षा होस् । म हजुरको रैती हुं,” आँखाका डीलभरि आँशु पारेको मोही बाहुनको अनुहारमा जीवनले आङ्खनै प्रतिच्छायां देख्यो ।

“एइ धाने, बान् बाउनलाई,” मन्त्रीले आदेश दिने बित्तिकै नोकर धनेले बृहस्पति भन्ने त्यो मानिसलाई डोरीले बांध्यो । बांधिदै गरेको वृहस्पति भूईंमा थचक्क बस्यो ।

“आबो, आर्को भन् ।”

“यो गोरे लिम्बुको । एल्ले पनि हिउंदमा २ मुरी धान कम बुझाएको । पानी नपरी उब्जा कम भएकोले बुझाउन सकिन । माघमा सांवा व्याज नगद सोही समयका भाउले बुझाउँला भनी कागत गरेको । म्याद नाघेपछि तीन चोटी तागेदा गर्दा पनि रकम नबुझाएको ।”

“तों, लिम्बु भर नि मोलाई हेप्छस् ? तों.. लाई..” मन्त्रीले नराम्रो गाली गरेको सुनेर जीवनलाई अलिक अप्ठेरो लाग्यो । “तों गु खानेलाई बांधेर सार्कीको हादबाड कुडाउंछु । तेरो धार्मो नास होस् ।” मन्त्री झन रिसायो, “एइ धने बान् एल्लाई नि । आन्दो तों जा र तो गहदे सार्कीलाई लेरा ।”

“मान्द्री साहेब,” आँखाबाट तरक्क आँशु झारेर बांकिरहेको तीन जना मध्यको एउटा लिम्बु करायो । जीवनले घुटुक्क थुक निल्यो । उसले आन्दोलनको दौरानमा आसामीको हातबाट काटिनै लागेको भाइले “दाई…” भनेर कराएको संझियो ।

मन्त्रीको अनुहार त्यतिबेला एउटा बुढो कसाइको जस्तै देखिन्थ्यो ।

दिन घर्कंदै जांदै थियो र घामले शरीरको छायांलाई पूर्वतिर तेस्र्याउन थालिसकेको थियो । आंगनमा त्यतिबेला कोही थिएनन् । बृहस्पति शायद कतै बनाइएको सुंगुरको खोरमा सुंक्सुंकाउंदै थियो होला । दुई जना लिम्बुहरु दमाइ र सार्कीको हातबाट कुटाइ खान गोठमा बांधिएर लडाइएका थिए । जीवन, काईंली र कारवारी संगै बसेको मन्त्री आङ्खना धेरै झण्झट सकेर जीवनतिर फर्केको थियो ।

“आन्दो, जेठा, तेरो बाउ मोग्लान नागाको भा यदिखेर मो तोंलाई गान्गाइमा जागीर दिन्थ्यो,” बुढाले चिम्रा आँखाले जीवनलाई हेर्दै भन्यो ।

“गान्गाइ भन्या के बाजे ?”

“गान्गाइ भन्या कन्काइ के सर ! हाम्रो बाजेको बोलीमा एकदम लिम्बुपन छ । बाजेको बोलि नै त्यस्तै हुन्छ ।” काइलीले अलि अलि हांसेर जीवनलाई भनी । मन्त्रीले एकपल्ट हंसिलो अनुहारले नातिनीलाई हेर्यो र विस्तारै टाउको हल्लायो ।

“हो, आन्दो तों बस्या भे, मो तोंलाई गान्गाइको मनिजर बनाइ दिन्थ्यो । आबो उबेला तेरो बाउ मानेन । मो आबो ह्यां बस्दैन, बाउ मो मुग्लान जान्छ र पौरख गार्छ भानी राखेर हिनी गो । आन्दो आइले मोइले गान्गाइमा बानि आरु मान्छे राखिदियो । आबो राखिराको मान्छे निकाल्नु भएन । तेरो भाग्यै उस्तो ।”

“के भो त, मैले खाने जागीर अरु कसैले खायो । उसको भलै भयो ।”

“आन्दो तेस्दो फानेर हुन्छ ? धेराइ बाइसा आउने जागीर खारा धान गमाउनु बर्छा । नाथे इस्गुलमा के राख्या छ ? ७/८ सये बाइसा दा हाम्रो नादिनीलाई पढाइ खार्च बानि पुग्दैन ।” मन्त्रीले बोल्दा बोल्दै नातिनीलाई हेर्यो । नातिनी किचिक्क हांसी । “आन्दो तों साद–आठ सयले के गार्छास् ? फेरि भएन व्ये गर्नुछ । खेद जोड्नु छ । आवो सिमटारको घरवारी मो तोंलाई दिन्छ । जे भा नि तों फान्या जान्द्रे बाउसको छोरो । मेरो नादी । तोंलाई मो त्यो सबै घरबारी दिन्छ । आन्दो तोंईंले खेद जोड्नु छ ।”

“बाजेले भने जति म संग सबैथोक छ । झापामा २ विगाहा जग्गा किनेको छु । एउटा घर पनि बनाएको छु । म खेतीपाती गरेर खाने भए त उतै बसिहाल्थें नि । तर म खेती गर्ने मान्छे होइन । म त यस्तै जागीर खांदै, देश–दुनिया घुम्दै दिन बिताउने मान्छे हुं,” जीवनले किचिक्क हांसेर भन्यो ।

“कस्तो उल्लु रछ । कि तों हाम्रो फेक्डारीमा जागीर खान्छस् ?”

“मैले कहांको ङ्खयाक्ट्रीमा जागिर खानु र बाजे ?”

“आबो तों केडालाई के था ? मैले झापामा दोडा साइमील खोल्या छु । जेठा र माइला साइमिल बनि हेर्छ । चिया बगान पनि हेर्छ । आन्दो धुलाबारीको दोगान पनि हेर्छ । आन्दो विराठनगरमा साइलाले फेक्डारी खोल्या छ । के फान्छा रे काइंली ?” मन्त्रीले नातिनीसंग सोध्यो ।

नातिनी भने बुढो गफमा मस्त भएको मौका जीवनलाई टुलुटुलु हेरिरहेकी थिई । बुढाले उसैसंग सोध्दा त उ एकपल्ट झस्की । तर तुरुन्तै उसले सम्हालिएर भनी, “बाजे कपडा कारखानामा शेयर भएको कुरा गर्न लाग्नु भएको के सर !”

बुढोले एकचोटी टाउको हल्लायो र नातिनीको स्वरलाई किचेर भन्यो, “हो गाबरा फेक्डरीमा तों गाम गर्छास् कि, आन्दो तोंलाई गान्गाइमा मनिजर हुन मन छ कि । त्यो पनि मेरै हो । मो तोंलाई लाइदिन्छु । आन्दो साइमिल चलाउन्छस् कि ?”

“आ, होस । बाहिर गएर धन कमाएर मैले के गर्नु ? धनै कमाउने उद्देश्य भए त मलाई आसामै ठूलो थियो । म त आङ्खना दाजुभई, आफन्त, दौंतरी पाइएला कि भनेर नेपाल आएको । यता आउंदा आङ्खनै गाउंमा आउन पाइयो । अब यहीं तपाईंहरुको काखमा बसेर पिठै खान पाए पनि मलाई पुग्यो ।”

“कस्तो लाट्ठक रछ ? आन्दो झापा, विराटनगर भन्या मोग्लान हो दा ? त्यां मेरो कान्छी छ । मो गैरान्छ । आन्द्रे बानि गाइरान्छ । आन्दो जेठो, माइलो, साइंलो त्यहीं बस्छ । आन्दो तेरो फुपुको धुलाबारीमा फेक्डारी छ । तोंलाई काखै काख ।”

“यो भनेको तपाईंहरुको सधैं बस्ने ठाउं हो ।”

“कस्दो लट्ठाक राछ ! आन्दो धन गमाउनु पर्छ । तोंइले आइले धन गमाइनास् भने बछि धेराई दुःख पाउन्छस् ।” बुढो बोल्दा बोल्दै एकछिन रोकियो । त्यसपछि यताउता हेरेर उसले भन्यो, “मोइले उइले धन गमायो । आन्दो छोराछोरीलाई सुख दियो । मोइले कसोरी धन कमायो, तों हेर्छस् ।”

जीवनको अनुहार चम्कियो । अन्तरे बेलैमा सदरमुकाम तिर हिंडेकोमा उसले अन्तरेलाई मुरी मुरी धन्यवाद दियो । अन्तरे भएको भए यति राम्रो प्रदर्शनी उसले हेर्न पाउंथ्यो र ?

“अब बाजेले कमाएको हेर्नु पर्यो । त्यसबाट सिक्नु पर्यो । अनि मैले पनि कमाउन थाल्नु पर्यो” जीवनले हांसेर भन्यो ।

“हिन्, मो तोंलाई देखाउन्छ । आरुलाई भा मो देखाउन्थेन । तों भन्या जे भा नि नादी होस्” मन्त्री एकछिन रोकियो र आङ्खनो कारबारी तिर फर्केर भन्यो, “बिर्खे, मोलाई माथि लोइजा ।

“बिर्खेले धनेको सहायता लिएर मन्त्रीलाई उभ्यायो । उभिएको मन्त्रीलाई उसले आङ्खनो पिठिउंमा बोक्यो । मन्त्रीको पछि पछि जीवन, काइंली र धने पनि चोटामा चढे ।

चोटाको पूर्वी कोठामा बिर्खेले मन्त्रीलाई पिठ्युंबाट ओराल्यो । मन्त्री ठिङ्ग उभियो । जीवन कोठाभित्र उसकै छेउमा उभियो । बिर्खे राइफल झुण्ड्याएको भित्तामा गएर एकछिन उभियो । धने बन्दूक राखेको भित्तामा गएर उभियो । काइंली जीवन भन्दा अलिक पर आएर उभिइ ।

कोठाको वातावरण एकछिनको लागि गह्रौं भयो ।

“एइ, बिर्खे उ त्यो बाकस खोलेर देखा,” मन्त्रीले कारबारीलाई आङ्खनो कोटको गोजीबाट सांचोको झुत्तो निकालेर आफूलाई बोक्नेलाई दिंदै भन्यो ।

उसले सांचो समातेर ताल्चामा मिलायो । ख्याट्याक्क पारेर सांचो उघारेर बाकसको ढक्कन उचाल्यो ।

“देखिस ?” मन्त्रीले भन्न नपाउंदै जीवनले आँखा बाकसतिर पर्याइसकेको थियो । तीन फिट लामो, चौडा र झण्डै दुइ फिट गहिरो बाकसको आधा भन्दा बढी भागमा ५/५ का सुकिला नोटहरु मिलाएर राखिएका थिए ।

“आबो, ओल्लो खोल ।”

“जीवन एक पाइला अघि बढेर बाकसको नजीकै गयो । झण्डै पहिलो जत्रै बाकसमा त्यस्तै नयाँ नयाँ दशका नोटहरु थिए ।

“उ त्यो, ५०।– को, त्यो १००।– को बाकस । आन्दो कुनाको ५००।– को र माथिएको सानो १०००।– को नोड राख्ने बाकस हो बुझिस् । एइ, बिर्खे नादीलाई सब बाकस खोल्दे ।” मन्त्रीले आँखाले जीवनलाई हेर्दै बाकस तिर हातले इशारा गर्यो ।

“आन्दो देखिस् ? मो सांग यद्रो पाइसा छ । मोइले चाहें भने नेबालै किन्दिने पाइसा छ,” सबै बाकसहरु हेर्दै १०००।– वाला नोटको बाकसमा पुगेको जीवन तिर हेदैं मन्त्रीले भन्यो । सबै बाकसमा एकदम सफा र नयाँ नोटहरु मात्र थिए ।

बाकसहरु बन्द गर्दै गरेको रमीता हेर्दै जीवन झ्यालको आडमा आएर उभियो । घामका तेर्सिदै गएका किरणहरुले उसको अनुहारलाई उज्यालो पारेका थिए । उसले यसो मन्त्रीको अनुहारमा हेरेर भन्यो, “बाजेलाई यति संपत्ति जम्मा गर्न धेरै वर्ष लाग्यो होला ।”

“लाग्यो । धेराई लाग्यो । तों जस्दो हुन्दा मैले कमाउन थालेको । आबो अस्सी नाघ्यो । अस्सीमा त मोइले ब्ये गर्यो ।”

“तर आजभोलि त दुइ रातमै यति पैसा फल्छ बाजे,” जीवनले मन्त्रीको प्रदर्शनीले आफू माथि कुनै प्रभाव नपारेको देखाउन भन्यो ।

“के भनिस अरे ?” मन्त्रीले झसंग झस्केर सोध्यो, “कास्दो पाइसा फल्छ ?”

“दूई नम्बरको धन्दामा लाग्यो भने एक रातमै १० लाख कमिन्छ ।”

“कस्दो नम्बरको धान्दा ?” मन्त्रीले अझै अलमलिएर भन्यो ।

“दूई नम्बरको भनेको जता हेर्यो त्यतै नोटै नोट देखिने । यता हेर्यो नयाँ नोट । उता हेर्यो पुरानो नोट । नोटै ओछ्याउनोस । नोटै ओढ्नोस । दाउराको साटो नोटैले भात पकाए पनि पाक्छ ।”

काइंली जीवनको भनाइ सुनेर खितित्त हांसी । मन्त्रीले आङ्खना साना आँखालाई अलिक उघारेर जीवनलाई हेर्न खोज्यो । एकत्यान्द्रो राल उसको मुखबाट चुहेर भूईंको राडीमा बिलायो ।


 

ढकाल दाजुभाइहरु

जीवनका बानी बेहोराहरु फेरिएका थिए । उसमा हिजोको गर्हुंगो गम्भिरता थिएन । न त उसको व्यवहारमा नै हिजोको टाढापन थियो । ऊ बाटोमा कसैलाई पनि भेट्ने वित्तिकै भलाकुसारी गर्न थालिहाल्थ्यो । शुरुमा ऊ मन्त्रीकी नातिनीसंग गर्हुंगो पाराले मात्रै बोल्थ्यो । तर यता केही दिनदेखि उ काइलीसंग हाँसो पनि गर्न थालेको थियो । ठट्टै ठट्टामा उसले एकपल्ट लक्ष्मी श्रेष्ठलाई पनि उडाइ दिएको थियो ।

उसको यस्तो परिवर्तनलाई मान्छेले आ–आङ्खनै ढङ्गले लिएका थिए । कोही अब जीवन गाउँको वातावरणमा घुलमिल गर्न थाल्यो भन्थे । कोही जीवनको हिजोको गम्भिरतालाई बनावटी सम्झन्थे । मान्छेले जे जस्तो बुझे पनि जीवनको परिवर्तनबाट काइली चाहिं मक्ख परेकी थिइ । हरेक रात निदाउनु अघि जीवनलाई सपनामा देख्ने आशा गर्दै उ एकपल्ट दिउंसोको जीवनलाई सम्झने गर्थी ।

तर जीवनको भित्री जीवन बाहिर देखिए जस्तो रमाइलो थिएन । कहिलेकाहीं ऊ राती एक दुई बजेसम्म निधार खुम्च्याएर ब्यूंभैm बसी रहेको हुन्थ्यो अनि कहिलेकाहीं लालटिनको मधुरो उज्यालोमा टाउको पनि नउठाइ केही लेखिरहेको हुन्थ्यो ।

जीवनमा यस्तो परिवर्तन कहिलेदेखि आयो, ठ्याक्क कसैले भन्न सक्दैनथ्यो । गुरुको मृत्यु भए पछिका तेह्र दिन उसले एक प्रकार गुरुकै घरमा बितायो । उसले त्यसरी त्यहाँ अड्डा जमाएको देख्ता बाहुन गाउँतिर जीवनले गुरुकी छोरी पट्याउने भयो भन्ने हल्ला पनि मच्चियो । तर गुरुको मृत्युको १३ दिनको काम सकिए पछि त्यहाँको आवत जावतलाई उसले झण्डै झण्डै बन्द गरिदियो । यसो हप्ता–दश दिनमा ऊ घुम्दै त्यहाँ पुग्थ्यो र सञ्चो सुविस्ता सोधेर फर्किन्थ्यो । गुरुको मृत्यु भएको बाइस दिन पछिदेखि उसले अरु केही विद्यार्थीसंगै गुरुको छोरालाई निशुल्क पढाइदिन थाल्यो । त्यसपछि विस्तारै बाहुन गाउँमा चलेको हल्लाको स्वर पनि सेलाउन थाल्यो ।

गुरुको मृत्यु भएको एक महिनासम्म उसले गाउँघरमा त्यति बाक्लो आवत जावत गरेन । त्यस बीचमा ऊ तीन दिन स्कूल पनि गएन । त्यसपछि मान्छेले विस्तारै के महसुस गरे भने जीवनको स्वभावमा परिवर्तन आइसकेको रहेछ ।

“त्यसको भए जाने हो त सर ?” गुरुको मृत्यु भएको डेढ महिना विति सकेको थियो । एकदिन लिलाले जीवनसंग सोध्यो ।

“जाउं, बाघको ओढारमा पसेपछि स्यालसंग के को डर ?” जीवन बोल्दा बोल्दै हांस्यो । “एकातिर ढकालहरु जस्ता ठूला वडासंग चिनजान पनि हुने । अर्कोतिर सम्भावित ससुरालीका जहान केटा–केटीसंग चिनजान पनि हुने ।”

लिाला पनि हांस्यो । एकपल्ट राम्ररी हांसेपछि उसले विस्तारै भन्यो, “तपाईको परिवर्तन देख्ता कुनै कुनै बेला त मलाई पनि अनौठो लाग्छ, सर । तपाईंले गजवसंग आफूलाई फेर्नु भयो ।” लिला एकछिन रोकियो, “हिजो दिउंसो लक्ष्मीले मलाई के भन्दै थियो, बुझ्नु भो ? ऊ भन्दै थियो, ‘जीवन सरको दिमाग खुस्केको हो कि, उहाँले ठूलै माछा हात पर्न आंट्नु भयो ?’ म लक्ष्मीको कुरा सुनेर हांसे मात्र ।”

“अब जौं सर,” लिलाको भनाइ प्रति टिप्पणी नगरी जीवनले भन्यो ।

उनीहरु दुवै जना कोठाबाट बाहिर निस्किए । तल दोकानमा नरवीर सामान मिलाउंदै थियो । जीवनले यसो ढोकाबाट टाउको छिराएर भन्यो,” भाइ, भरे आउन ढिलो हुनसक्छ है ।”

नरवीर केही बोलेन । लिला र जीवन विस्तारै उकालो लागे ।

“बुङला गाउँ पञ्चायतको क्षेत्र साह्रै रमाइलो छ ।” लिलाले जीवनको आडैमा आउँदै भन्यो, “एउटा मूल गाउँ छ, बुङला । लिम्बु बाहेक अरु कसैको घरै छैन भने पनि हुन्छ । उता कुमाल गाउँ नामैले चिनिन्छ । तल गैह्री गाउँ क्षेत्रीहरुको बस्ती भैहाल्यो । बाहुनहरु ढुंगे डाँडा र खानिगाउँमा थुप्रिएका छन् । तर बाकु त्यस्तो छैन,” लिला हिंड्दा हिंड्दै टक्क रोकियो र उसको आङ्खनो देब्रे तिर परसम्म देखाउंदै भन्यो, “ऊ त्यो जङ्गल काटेपछि एउटा खोल्सी आउंछ” त्यसपछि लिला फेरी हिंड्न थाल्यो, “खोल्सी तरेर हजार पाइला पनि जान नपाउंदै गाउँ शुरु हुन्छ । गाउँ कस्तो छ भन्ने त सरले देखिहाल्नु हुन्छ । छिनमा लिम्बुका घर, आडैमा दर्जीको लुगा सिउने मिसिन, छेवैमा एउटा कपडाको दोकान, पल्लोपट्टि पण्डितको घर….”

बाटो विस्तारै छोट्टिंदै थियो । लिला बाकुको बखान गरिरहेको थियो ।

“जेलाई प्राकृतिक सुन्दरता भनिन्छ, म त्यसमा केही भेट्टाउदिन” जीवनले यसो लिलाको अनुहारमा हेरेर भन्यो । मूल बाटो बाकूको जङ्गल तिर तेर्सिए पछि लिला चूप लागेको थियो । “प्रकृतिलाई म नौलो होउन्जेल मात्र रमाइलो देख्छु ! नयाँ ठाउँ, नयाँ गाउँ, नयाँ जङ्गल, नयाँ गोरेटा र नयाँ चौतारीहरु । तर दुई चार चोटी हिंड्दा नै म तिनीहरु प्रति विरक्तिन पुग्छु । कोही मान्छे भन्छन्, कति राम्रो झरना ? म झरनालाई पहिलो पल्ट मात्रै राम्रो देख्छु । दोश्रो पल्टदेखि मलाई त्यो माथिबाट झरिरहेको पानी मात्रै लाग्छ । त्यसमा कुनै आकर्षण बाँकी रहंदैन ।”

लिलाले छक्क परेर जीवनको अनुहारमा हेर्यो । त्यसपछि उसले अलि अलि हांस्तै सोध्यो, “सरलाई यो कञ्चनजङ्गामा पनि कुनै सौन्दर्य भए जस्तो लाग्दैन ?”

“पहिलो दिन लागेथ्यो । शुरुमा मलाई घुरबिसेमा देखिने बादलको चोक्टो पनि औधि रमाइलो लागेथ्यो । तर दिन दिनै त्यो चोक्टोलाई देख्न थालेपछि मलाई त्यो रसहीन बादल मात्रै लाग्छ । कञ्चनजङ्गा पनि त्यस्तै हो ।”

“त्यसो भए नौलो ठाउँप्रतिको आकर्षणले सरलाई बाँध्दैन ?”

“बांध्छ । तर नदेखुन्जेसम्म मात्र । देखेपछि त्यसको सप्पै आकर्षण मरे जस्तो लाग्छ ।”

“प्राकृतिक मोह मरे पनि केही न केही कुराले त तपाईंलाई अवश्यै बांध्दो हो !”

“खै, केहीले बांधे जस्तो लाग्दैन ।”

“तै पनि,” लिलाले एकपल्ट जङ्गल तिर हेरेर हुरा अगाडि बढायो, “मान्छेहरु, वस्ती, घर र केटाकेटीहरु ।”

“खै केहीको पनि सम्झना रहंदैन । अलि अलि मान्छेको मोह हुन्छ र तर अलग अलग ठाउँमा मान्छेहरु बीच त्यस्तो खास विशिष्ट अन्तर हुंदैन । त्यसैले मान्छेको मोह पनि सकिन्छ ।”

“तपाईंको स्वभाव अनौठो छ,” लिलाले एकछिन रोकिएरै भन्यो, “अन्तरविरोधहरु भित्र जेलिएको । मान्छेलाई यसैले तपाईं रहस्यमय लाग्नु हुन्छ । यसैले प्रधानपञ्च र उसका साथीहरु २/३ महीनासम्म तपाईंलाई चिन्न नसकेर नै आतङ्कित र क्रुद्ध बनेका होलान् । एक हिसाबले त यस्तो स्वभावलाई नराम्रो भन्न मिल्दैन, तर ……..”

“तर मलाई निकै मान्छेले रुखो भन्छन्,” जीवनले लिलाको भनाइ टिपेर भन्यो, “मेरो आमा र बुबा दुबै मलाई जहिले पनि ‘छोरा, यस्तो रुखो नबन्, पछि तैसंग भाइबैनी साह्रै डराउंछन्’ भन्नु हुन्थ्यो । कलेजमा म एउटा निरस मान्छे बनेको थिएं……….।”

“तर अहिले तपाईं त्यस्तो हुनुहुन्न,” लिलाले कुरा काट्दै भन्यो ।

“यो सब साथीहरुको शिक्षा दीक्षाको प्रभाव हो । यति हुंदा हुंदै पनि मलाई लाग्छ, म एउटा निरस मान्छे हुं । तर म यस्तो किन भएको छु मलाई थाहा छैन ।

“मानसिक उद्विग्नता र अस्थिरताले पनि यस्तो हुन सक्छ ।”

कुराकानी गर्दै उनीहरु जङ्गल भित्र पसिसकेका थिए । तल बुङला डाँडाबाट देखिने त्यो जङ्गल त्यहाँ आउंदा पातला पोथ्राहरुको घारी जस्तो मात्रै लाग्थ्यो । राम्रा र सुरिला रुखहरु कतै थिएनन् । गुराँसका बाङ्गा पोथ्राहरु, चिलाउनेका मसिना र वेछांटका पोथ्राहरु र एक दुई वटा पात्लेका लाथ्राहरुले त्यो, ‘जङ्गल’ भरिएको थियो ।

झण्डै दश मिनेट जति जङ्गल हिंडेपछि एउटा खरायो उफ्रिंदै उकालो लागेको उनीहरुले देखे । लिलाले खरायोलाई तर्साउन एउटा सानो ढुंगा टिपेर त्यो पसेको झाडीमा हिर्कायो । खरायोको कुनै चाल–चुल देखिएन । शायद त्यो धेरै पहिले नै भागिसकेको थियो ।

“हाम्रो जङ्गलमा खरायोहरु त अझै बाँकी रहेछन्,” ‘जङ्गल’ शब्दमा अलिक बढी ब्यङ्गको जोड दिएर लिलाले भन्यो । जीवन खिसिक्क हांस्यो । उसले कुनै प्रतिकृया देखाएन ।

त्यसपछि बाटो भरि दुबै जना केही बोलेनन् । नजीकै एउटा सानो कुलो छर्छर् गर्दै खसी रहेको थियो । त्यसको उतापटी खोल्सी थियो र खोल्सी पारी सेता र राता घरहरुको बाक्लो गाउँ उनीहरुलाई स्वागत गर्न बसिरहेको छ जस्तो देखिन्थ्यो । जीवनले हात उठाएर स्वागत गर्न बसिरहेको छ जस्तो देखिन्थ्यो । जीवनले हात उठाएर घडी हेर्यो । बुङ्ला छोडेको एक घण्टा बीस मिनेट भएछ ।

खोल्सी तरेर उनीहरु पल्लो पट्टीको डीलमा उभिन पुगे ।

“यहींबाट देखिने जति सरसर्ती हेरौं,” लिलाले डीलमा उभिएरै भन्यो, “त्यो हेर्दैमा चिनिने सेतो र ठूलो घर ढकाल बाहरुको मूल घर हो । यो गाउँमा सबभन्दा पहिले र यो पञ्चायतमा मन्त्रीको भन्दा लगत्तै पछाडि घरमा टीन लगाउने मान्छे ढकाल बाजे नै थिए अरे । अहिले त्यो घर पाटी जस्तै भएको छ भने पनि हुन्छ । अंशवण्डा हुंदा त्यो चाहिं कान्छो छोराको भागमा परेको थियो रे, उसले अहिले मोरङको इटहरामा घरजम बसाइसकेका छन् । यसो बेला मौकामा उनी हिसाब उठाउन आउने गर्छन् । नत्र उनलाई मानिसले बिर्सेकै जस्तो भैसकेका छन् ।”

“पर त्यो जङ्गल नजीकै, जङ्गमै टांसिए जस्तो देखिने घर, हाम्रो सञ्चालक समितिको सदस्य ढकाल साइलाको हो । सरलाई ज्वाईं बनाउन खोज्नेको,” लिला बोल्दा बोल्दै हांस्यो । “अहिले ढकालका नौ भाइ छोरा मध्यको सबभन्दा हुने खाने उनैलाई मानिन्छ । सुनसरीमा आठ विघा जमीन छ र यहाँ दुई सय मुरी जति अन्न जम्मा हुन्छ । त्यस्तै तीस चालिस हजार व्याजमा लगाएका होलान् । सदरमुकाममा एउटा घर खानेपानी योजनाले भाडामा लिएको छ । सबैले बाबुको बिंडो थाम्ने भन्छन् । मौका पर्दा कट्टर कांग्रेस र मौका नपर्दा कट्टर पञ्च ।”

“त्यो यहीं छेउको सेतो घर चाहिं ढकाल बाको माइलो छोराको हो । सम्पत्तिका हिसाबले उनी साहिलो पछि गनिन्छन् । जेठीबाट सन्तान नभएर माहिली विहे गरे । माहिलोबाट पनि सन्तान नभएपछि ०३७ सालमा सतचालिस वर्षको उमेरमा एक्काइ वर्षकी कान्छी भित्र्याएका छन् । तर तेस्री पत्नीबाट पनि सन्तान सुख होला जस्तो देखिएको छैन । बिहे गरेकै दुइ वर्ष पुरा भैसक्यो ।”

“त्यो माथि ढकालहरुको गरीमालाई नै कुप्राउने घर चाहिं जेठा बाको हो । पहिलेको घर आगलागीमा परेपछि त्यो सानो बनाएका हुन् रे । ढकालहरु मध्यका सबभन्दा गर्हुंगा मान्छे हुन् उनी । थोरै बोल्छन् र भरसक मान्छेलाई नचिढ्याउने ढङ्गले बोल्छन् । ढकालहरुको कूलमा कलङ्क लगाउंदै यिनको एउटा मात्र छोरा कम्निष्ट भएको थियो रे झापा तिर । त्यसैले लोकाचारका लागि ठिक्क पारे पनि जेठा बालाई उसका बाहुनी पट्टीका सातै भाइले भित्र भित्रै गाली गर्छन् । अंशमा ठगिएको नेवार्नी पट्टीको भाइले मात्रै उनलाई राम्रो गर्छ ।”

“ऊ त्यो डांडैको खरले छाएको सेतो घर चाहिं ढकालहरुको बैरीको घर हो । हुन त ऊ पनि ढकालै हो – तर विभिन्न कारणले यी दुई ढकाल खलकका बीचमा पुस्तैनी दुस्मनी छ । यी ढकालहरु सबै कांग्रेस भएकोले ती ढकालहरु चाहिं कम्निष्ट बनेका छन् । जाँडले टिल्ल मातेर ‘म कम्निष्ट हुं’ भन्दै डुक्रि हिंड्ने कम्निष्टहरु ।”

“नयाँ कम्निष्ट रहेछन,” जीवनले हांस्तै भन्यो र एकपल्ट आँखाले देखिने गाउँलाई हेरेर उसले भन्यो, “बाबु ढकाल चाहिं ज्यूंदो हुँदा ठूलै मालिक थिए कि जस्तो छ । छोराहरु गाउँको चारैकुनामा छरिएका रहेछन् ।”

“साइंला ढकालले आङ्खनो पुरुषार्थको बखान आफैं गर्नेछन् । सरले एकछिन धैर्य मात्र गर्नु पर्छ ।”

उनीहरु डीलबाट ओर्लिएर साइंलोको घरतिर लागे ।

साइंला ढकाल आङ्खनो ठूलो घरको ठूलै दलानको राम्रो खाटमा बसेर केही कागजपत्र केलाइरहेका थियो । उसले लिला र जीवनलाई आगंनको बीचमै आइसक्दा पनि संकेत पाएन । एक्कासी लिलाले ‘नमस्ते’ भनेर आफूलाई बोलाउंदा पो उ झसंग भयो । उसले हतार हतार कागजपत्र स्याहारेर हांस्न खोज्दै भन्यो, “नमस्कार ।”

नमस्कार संगै उसका आँखा जीवनतिर तन्किए । जीवन अलिक वेवास्ताका आँखाले ढकाल साइंलालाई हेरिरहेको थियो । बुङला आएको झण्डै तीन महीना भैसकेको थियो । तर पनि ढकालसंग उसको औपचारिक परिचय भएको थिएन । गुरुको मृत्यु भएको दिन उसले पहिलो पल्ट ढकाललाई गुरुको घरमा देखेको थियो । तर त्यहाँको प्रतिकुल वातावरण र आ–आङ्खनै खाले व्यस्तताले उसको परिचय हुन पाएन । त्यसैले यतिबेला जीवन चुपचाप उभिएको थियो ।

“उहाँ श्री……. ढकाल हुनुहुन्छ, विद्यालय सञ्चालक समितिको सदस्य,” लिलाले जीवनलाई ढकालको औपचारिक परिचय दियो ।

“यहाँसंग भेट्न पाउंदा खुशी लाग्यो ।”

ढकाल साहिंलो छक्क पर्यो । उसले सुनेको जीवन त यस्तो थिएन । त्यो त शिष्ट, सौम्य, ज्ञानी र गम्भीर पो थियो । ‘वास्तविक जीवन यही रुखो मान्छे हो कि आफूले सुन्दै आएको भलादमी व्यक्तित्व हो ?’ उसले आफैसंग सोध्यो ।

जीवनले यसो वरिपरि हेरेर भन्यो, “यो गाउंलाई बाकू होइन सिधै ढकाल गाउं भनेको भए बेस हुन्थ्यो होला । सबै घर ढकालका मात्रै रहेछन् ।”

जीवनको भनाइ सुनेर ढकाल साहिंलो शिष्टाचारपूर्वक हास्यो । हांस्ता उसका आधा भन्दा बढी दांतहरु देखिए । ती अनौठो किसिमले लामा, तिखा र रङ्गमा अलि अलि पहेंला पनि थिए ।

“जस्तो मान्छे, उस्तै दांत,” जीवनले मनमनै भन्यो । त्यसपछि उसले फेरि ढकालतिर फर्केर सोध्यो, “यस गाउँमा तपाईं ढकालहरु मात्र हुनुहुन्छ कि कि अरु पनि कोही छन् ?”

“त्यस्तो कहाँ हुनु र सर ? सर बालककालमै गाउँ छोडेर हिंड्नु भयो त्यसैले सरलाई यी कुराको राम्रो हेक्का रहेन । यस गाउँमा ९८ परिवार छन् । त्यस मध्य हामी ढकालहरु ५२ घर मात्र छौं । ती ५२ घरमा पनि सबै एकै गुँडका खांट्टी ढकाल होइन, कोही कोही त सारमा सार मिलाउन ढकाल बनेका पनि छन् ।”

“तर आज भन्दा १०० वर्ष पहिले तपाईंहरु ५२ त के पांच घर पनि हुनुहुन्थेन होला ।”

“हो….. हो… हो…….,” ढकाल साहिंलो फेरि पहिले जसरी नै हाँस्यो “सय वर्ष अघि हामी पांच घर चैं थियौं सर । तर पांच परिवार चैं होइन । हाम्रा हजुरबाका पांचवटा गुंड थिए । अन्त हामी पांच घरका भैहाल्यौं ।”

“तपाईंहरु यहां बसोवास गर्न थाल्नु भा धेरै पुस्ता भयो ?”

“भयो नै भन्नु पर्यो सर । दुई पुस्तालाई यहींबाट अन्तिम संस्कार गराइयो । नेपालमा जङ्गबहादुरको राज भएपछि हाम्रा हजुरबा रामेछापबाट घुम्दै घुम्दै यहाँ आउनु भएको रहेछ । अहिले हाम्रो मूल घर भएको ठाउंमा वर्णवीर भन्ने राइको घर रहेछ । हजुरबाको उमेर त्यतिबेला सत्र वर्षको थियो रे । यहाँ आइपुगेको रात हजुरबा त्यै वर्णवीरको घरमा बास बस्नु भएछ । राती हजुरबालाई सपना भएछ । सपनामा हामी ढकालकी कुलदेवीले ‘लौ छोरा तैंले आङ्खनो वासस्थान यहीं गरेस । मलाई यो ठाउँ असाध्यै मन पर्यो । तेरा सन्तानको भलो हुनेछ,’ भनी मर्जी भएछ । कुलदेवीको आदेश काट्ने कुरो भएन । हजुरबा यहीं बस्ने हुनु भएछ । नभन्दै भगवतीका कृपाले आज हामीलाई दूई मानको दुःख छैन ।”

“ए, तपाईंका हजुर बा बडो भाग्यशाली हुनुहुंदो रहेछ । इष्टदेवीले यसरी सपनामा दर्शन र आदेश दिने मान्छलाई भाग्यमानी मान्नु पर्छ,” जीवनले गम्भीर स्वरमा भन्यो ।

एकछिन त लिलाले पनि जीवनको कुरो व्यङ्ग हो कि साँच्चै हो भनेर बुझ्नै सकेन । त्यसैबेला ढकालले “त्यो त सबैलाई एउटै कुरा कहाँ हुन्छ र सर । त्यस माथि पनि आजको जमानाका मान्छेले यस्ता कुरा माथि विश्वास गर्न छोडिसके,” भनेर कुरोलाई सरल दिशातिर मोड्यो ।

“तर बाहुन, जैशी, क्षेत्री, सबै जातका ढकालहरु यहाँ कसरी भेला भएछन् ! मलाई त यो कुरो पो अनौठो लाग्यो ।”

“हि… हि… हि….,” ढकाल साईंलाले मन फुकाएर हाँसेपछि भन्यो, “त्यो कुनै अनौठो होइन सर । हाम्रा हजुरबाका पांच गुंड थिए अनि सबै बाहुनी थिएनन् । विवाहिता बाहुनी पट्टी हाम्रा बा मात्रै हुनुहुन्थ्यो । सत्कर्मको फल भएकोले बाले हजुरबाको संपत्तिलाई दश गुण बढाइदिनु भयो । हामी भन्दा चार पुस्ता अगाडिदेखि बसोबास गरिआएका तिम्सिनाहरु अहिले पनि आज के खाउं भोली के खाउं भन्दैछन् । पिताजीको पौरखले हामी दुई पुस्तामै दुइ मानाको राम्रै बन्दोबस्तोमा बसेका छौं ।”

“ओहो,” साहिंलो ढकालले एक्कासी तर्सिए जसरी भन्यो, “म त गफै गफमा पो मस्त भएं । सरहरुको खानपान भएको छैन कि ?”

“खाना त खाइओरि आएका हौं, “ लिलाले अलिकति हांसेको स्वरमा भन्यो ।

“त्यसो भए चिया बनाउं कि !”

“हुन्छ नि ।” फेरि लिलाले नै भन्यो ।

ढकाल साहिंलो फेरि हास्यो र उसका पहेंला दाँतहरु फेरि पहिले जसरी नै देखिए । उसले यसो मुण्टो बटारेर अनुहारलाई दैलो तिर फर्कायो र ठूलो स्वरमा भन्यो, “ए शकुन्तला, सरहरु पाउकष्ट गर्नु भएको छ । लौ लौ, चियाको बन्दोवस्त गर् छोरी ।”

जीवन एकपल्ट रोमान्चित भयो । शकुन्तला त्यही केटी थिई जसलाई जीवनको हातमा सुम्पन प्रधानपञ्च, साहिंलो ढकाल र अरु केही गाउंले गण्यमाण्यहरु प्रयत्नशील थिए । उसले पनि एकपल्ट ढोकातिर पुलुक्क हेर्यो । तर त्यो सुनसान थियो ।

“तपाईं त संचालक समितिको सदस्य भएर पनि स्कूलतिर आउनु हुन्न नि,” जीवनले सिधै ढकाल साहिंलोको अनुहारमा हेरेर भन्यो ।

“यसपाली त्यस्तै भएछ । सर यता आउने र म मधेस जाने ठ्याम्मै एकैचोटी परेछ । तल सुनसरीमा यसो आठ–दश विघा जमीन लिएको । त्यसैले त मलाई खानु न बस्नु बनाइ दियो … …।”

घाम आकास तिर लम्किदै थियो र दिन नजानिदो पाराले छोट्टिंइ रहेको थियो ।


 

“म चाहिं आज, तपाईंहरुको गाउँ घुम्न आएको,” साहिंलाको लामो कुरा सकिए पछि जीवनले भन्यो, “आङ्खना विद्यार्थीको घर पनि हेरौं, उनीहरुका अभिभावकसंग भेटघाट पनि गरौं भनेर आएको ।” जीवन एक छिनको लागि रोकियो, “अन्त यो यात्रा चाहिं यहाँकै घरबाट थालौं, गाउ घुम्न अघि गाउं घरको संक्षिप्त परिचय पनि लिइहालौं भन्ने लागेर यता लागियो ।”

“यो त बडो राम्रो कुरो भो सर । यसरी सरहरुले विद्यार्थीको चिन्ता लिइदिनु भयो भने नै हाम्रा मुर्ख गाउंलेले शिक्षाको महत्व बुझिदिने थिए,” ढकाल बोल्दा बोल्दै एकछिन रोकियो, “जीवन सरले त यता गाउंघरको समस्या बुझ्नु भएकै छैन होला । केटाकेटीहरु तोतेबोली बोल्ने बित्तिकै क, ख गर्न थाल्ने वातावरणमा हुर्कनु भएको मान्छेलाई यहाँ छोराछोरी पढ्न पठाइदेउ भनी तिनका बाबु आमासंग पचास चोटि विन्ती गर्नु पर्छ भन्ने कसरी थाहा हुने र ? तर यहाँको वास्तविकता यस्तै छ ।”

जीवन केही बोलेन । जीवनको अनुहारलाई एकपल्ट नियालेर हेरेपछि ढकाल साहिंलोले नै कुरो अघि बढायो, “यहां गाउंमा खास केही छैन । राइहरुलाई छोरो पढाउनु भन्दा लाहुर पठाउनु ठूलो लाग्छ । उसै पनि अब त राईहरु पांच घर पनि बाँकि छैनन् । सबै गाउँ छोडेर हिंडिसके । तिम्सिनाहरु अझै पनि बनारसमा संस्कृत पढाउनै जोड दिन्छन् । त्यसैले यहाँको स्कूलमा पढ्ने भनेका हाम्रै केटाकेटी र केही नेवारका छोराछोरी हुन् ।……”

“नमस्कार छ है, सरहरुलाई,” एक्कासी आंगनबाट आवाज आएकोले ढकाल साहिंलोको बोली रोकियो । जीवनले पनि यसो टाउको घुमाएर आगन तिर हेर्यो । एउटा झण्डै पचास वर्ष जतिको मानिस उनीहरुलाई हेरेर हांस्तै थियो ।

“नमस्कार, माइला बा,” लिलाले नमस्कार फर्काए पछि माहिलो ढकालसंग जीवनको परिचय गरायो ।

एकछिन वातावरण शान्त रह्यो । ‘माहिला बा’ आएर नजिकै मुढामा बस्यो । मुढामा बसेर दुइ पल्ट सास फेरेपछि उसले भन्यो, “सरहरु यता लाग्नु भएको मैले धाराको डीलबाट देखेको थिएँ ।”

“यहाँ त स्कूल तिर पनि आउनु हुन्न,” जीवनले माइलाको अनुहारमा नियालेर हेर्दै टिप्पणी गर्यो । पातला दाह्री जुंगा भएको माइलाको अनुहार नाटकको जोकरको जस्तै देखिन्थ्यो ।

“दाइ यतैबाट फुर्सद पाउनु हुन्न । यहींको स्कूलमा उहाँ सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ । प्राथमिक भनेर हेप्नु भएन । त्यहाँ यसो रेखदेख पुर्याउनै पर्यो । यता यस चार नं. वडाको अध्यक्ष पनि उहाँ नै हुनुहुन्छ । भएन, बैङ्कबाट ऋण लिएर यसो एउटा डेरी पनि चलाउनु भएको छ । आफूले काम नगरे पनि ध्यान दिनै पर्यो ।”

साइलाको कुरा सुनेर जीवनले छक्क परेर लिलाको मुखमा हेर्यो ।

“होइन, माइला बाले डेरी कहिलेदेखि शुरु गर्नु भयो र ? मैले पनि पत्तै पाएको थिइन,” लिलाले एकपल्ट जीवनको मुखमा पुलुक्क हेरेर सोध्यो ।

“धेरै भएको छैन सर, यस्तै आठ दिन जति भो ।” माइलाले भन्यो ।

“एक्लै थाल्नु भा ?”

“एक्लै त के थाल्ने र ? हामी ५ जना दाजुभाइले मिलेर थालेको ।” साहिंलोले कुराको सूत्र जोड्दै भन्यो, “यसो गाउँ विकासमा लाग्ने भनेको यो गाउँमा अरु को छ र ? हामीलाई भने बाकै पालादेखि यस्तो काममा रुची लाग्यो । बाले घरैमा यौटा दार्जिलिङ्गे मास्टर राख्नु भएको थियो । कान्छो भाइलाई त बाले बनारससम्मै पठाउनु भयो । गाउँमा कलधारो र रेडियो बाकै पालामा आयो…… ।”

“तपाईंहरुका बा केही गर्नु हुन्थ्यो कि,” धेरै बेर साहिंलोको कुरा सुनेपछि जीवनले कुरा काटेर सोध्यो ।

“उहाँ सात साल अगाडिसम्म लेप्टेन हुनुहुन्थ्यो….. ।”

“सेनामा ?” जीवनले फेरी बीचैमा सोध्यो ।

“होइन, प्रशासनमा पनि पहिले लेप्टेन हुन्थ्यो । सात साल पछि बडाहाकिमसम्म हुनुभयो ।”

“तपाईहरुको बा आवश्यकता भन्दा बढी नै भाग्यमानी हुनुहुंदो रहेछ । तर एउटै दुर्भाग्य के भने उहाँले मन्त्रीलाई चाहिं टप्न सक्नु भएनछ,” जीवनको स्वरमा अलि अलि सहानुभूति थियो ।

“हि… हि…. हि…” साहिंलो ढकाल फेरी दांत देखाएर हांस्यो, “मन्त्री आङ्खनै ठाउँमा ठूला, बा आङ्खनै आँखामा पौरखी । यथार्थमा सर, मन्त्री र बाको तुलनै हुन सक्दैन । यी दुई त उस्तै उस्ता दुइ वटा खांबा हुन् ।”

“त्यसैले पो मन्त्रीको परिवारसंग तपाईहरुको राम्रो सम्बन्ध भएको होला,” जीवनले सामान्य स्वरमा भन्यो ।

त्यसैबेला भित्रबाट दुइवटा कुरुवामा पानी लिएर एउटा १४/१५ वर्षको केटो निस्कियो । उसलाई जीवनले पनि चिन्यो । ऊ नौं कक्षाको विद्यार्थी थियो । उसले करुवा भूईंमा राखेर दुवै शिक्षकलाई नमस्ते गर्यो ।

“हात धोउं कि सर ?” साहिंलो ढकालले आग्रह गर्यो ।

“भरखरै खाना खाएको, किन यस्तो कष्ट गर्नु भएको,” लिलाले शिष्ट स्वरमा भन्यो ।

“भरखर त किन हुन्थ्यो ? एक बज्न आँटिसक्यो,” ढकालले घामतिर हेर्दै भन्यो ।

एकछिन पछि एउटा ठूलो ट्रेमा चारवटा कचौरामा राम्रो कुरौनी र चारवटा गिलासमा वाफ उड्दै गरेको चिया बोकेकी एउटी झण्डै बीस वर्षकी केटी ढोकाबाट बाहिर निस्की । उसले पनि पहिलेको केटाले जस्तै ट्रे खाटको किनारमा राखी र दुवै हात जोडेर अघि बसेका सरहरुलाई नमस्ते गरी । ठीक त्यसैबेला साहिंलोले हंसिलो अनुहारले जीवनलाई हेर्दै भन्यो, “यो मेरी छोरी शकुन्तला । यही साल एस.एल.सी. दिएर बसेकी छ । हेड सरले त आफैं पढाउनु भएको हो । पास गर्छे भन्नु हुंदैछ ।”

जीवनले एकछिन मंत्रमुग्ध भएर केटीलाई हेर्यो । हुने खाने घरमा जन्मेकी त्यस केटीका गाला पुष्ट थिए र गालाको बीचमा उठेको सानो नाक झण्डै झण्डै सुगाको जसरी घोप्टीन खोजेको थियो । नाक घोप्टे भए पनि त्यसका लाम्चा आँखाले उसको अनुहारलाई हेरिरहुं लाग्ने बनाएको थियो । उसको लामो कपाल एउटा चुल्ठोमा बेरिएर छातीबाट अलिक तलसम्म झरेको थियो र निधारमा काटिएका कपालका टुक्राहरु यता उता उड्दै थिए ।

केटीलाई नियालेर हेर्दै जीवनले पनि लिलासंगै नमस्कार फर्कायो । दुई भाइ ढकालहरु खिसिक्क हांसे । आङ्खनो बाबुलाई हांसेको देखेपछि छोरी चाहिं अलि अलि लाज मान्दै घर भित्र पसी ।

“हामीले एकपल्ट जेठा बालाई पनि भेट्ने विचार गरेका छौं,” चिया नास्ताको कार्यक्रम सिध्याइसकेपछि लिलाले उठ्ने तरखर गर्दै भन्यो ।

“अहो, कुरै कुरामा मैले त ख्याले नगरेको,” साइलो ढकालले माफी माग्ने अन्दाजमा भन्यो, “सरहरु पाँच मिनेट आराम गर्दै रहनुस, म आइहालें । दाजुसंग भेट गर्दा जीवन सरलाई निश्चय नै खुशी लाग्नेछ । उहाँ त एउटा सन्त हुनुहुन्छ । आजसम्म उहांले कसैको चित्त दुखाउनु भएको छैन ।”

आङ्खनो बोली सनसक्दै ढकाल साहिंलो उठेर घर भित्र पस्यो । त्यसैबेला उनीहरुको विद्यार्थीले आएर सबै भांडाकुंडा र करुवाहरु उठाएर भित्र लग्यो ।

“जीवन सरलाई गाउंमा मन रमाउंदै छ ?” मुढामा बसेका माइलाले सोध्यो ।

“उस्तो रमाएको छ भन्न मिल्दैन । अरु एक दुई महीना हेर्छु ।”

ढकाल माहिलाको अनुहार अलिक उज्यालो भयो ।

उनीहरुले ५ मिनेट पनि आराम गर्नु परेन । दौरा–सुरुवाल, टोपी, जुत्ता–मोजा र वेष्टकोट लाएको साहिंलो कांधमा कोट राखेर ढोकाबाट बाहिर निस्कियो । बाहिर बसेका तीनै जना मानिसहरु आ–आङ्खनो ठाउंबाट जुरुक्क उठे र उनीहरुले आङ्खना लुगा तानतुन गरे । त्यसैबेला भित्रबाट आघिका दिदी भाइले ढोका अगाडि आएर दुवै शिक्षकलाई विदाइको नमस्कार गरे । जीवनले दुवैलाई सरसरती हेर्यो । शकुन्तलाले उसैको अनुहारमा हेरिरहेकी थिई ।

घाम डुब्ने तरखरमा लाग्ने बेलामा लिला र जीवन बसेको ठाउंबाट जुरुक्क उठे । जीवनले उठी उठी एकपल्ट वरिपरि हेरेर भन्यो, “यहांहरु सबैलाई म धन्यवाद दिन चाहन्छु । आजको दिन मेरो लागि निकै फलदायी रह्यो मैले तपाईंहरु, ढकाल खानदानको बारेमा जान्ने मौका त पाएं नै, मैले यो गाउंलेलाई चिन्ने पनि मौका पाएं । हामी जस्ता बाहिरबाट आएका शिक्षकको लागि यस्तो कुरा धेरै राम्रो हुन्छ…..।”

“होइन भने आज यतै बसौं सर”, जेठा ढकालले अलि आग्रहको स्वारमा भने ।

“त्यस्तो गर्नु राम्रो हुंदैन, जेठा बा,” जीवनले बुढालाई जवाफ दिंदै भन्यो, “आजलाई मैले जानै पर्छ । एस.एल.सी. को तयारी गरिरहेका विद्यार्थीलाई छुट्टीको दिन बेलुका बेलुका पढाइ दिने गरेको छु । त्यस बाहेक बसेको घरमा पनि बेलुका फर्कने कुरा गरेर हामी निस्केका छौं,” जीवनले एकछिन रोकिएर सास तान्यो, “के छ र बा ? तपाईंको घरमा रात विताउने कति समय आउलान ? बसौंला न ।”

उनीहरुले एक अर्कासंग विदा लिए । जीवन र लिला विस्तारै ओरालो लागे ।

तीनै भाई ढकालहरु केही नबोली ठिङ्ग उभिइरहे । लिला र जीवन गाउंको पुछारमै पुगेको देखेपछि जेठा ढकालले सानो स्वरमा भने, “जे भए पनि जन्तरेले छोरोलाई चाहिं हिरै बनाएछन् । मान्छे उमेर भन्दा बढी विद्वान र विवेकी लाग्छन् ।”

“तर अलिक घमण्डी जस्तो लाग्यो” साहिंलोले टिप्णी गर्यो ।

“त्यस्तै हो, स्वाभिमानी मान्छे झलक्क हेर्दा घमण्डी देखिन्छन्,” जेठाले साहिंलोको मुखमा हेरेर भने “देखिनस् कस्तो बलियो तर्कशक्ति छ ? कत्ति विवेकशीलता छ ? यस्ता मान्छे धम्की र दवावसंग झुक्न पनि जान्दैनन् र मौकामा मान्छेलाई आदर गर्न पनि जान्छन् ।”

“तर कम्निष्ट हुन् रे,” माहिलोले भन्यो ।

“परारसम्म हाम्रै केटो पनि कम्निष्ट थियो । त्यस्तै हो, घर व्यवहारमा परेपछि सबै कम्निष्ट नकम्निष्ट हुन्छन् ।”

“त्यसो भए पर्धानको कुरो मानौं त ?” साहिंलोले दाजुहरुसंग सोध्यो ।

“त्यो त तेरो इच्छा । मान्छे विद्वान र गुणी मात्रै छन् । श्रीसंपत्ति त केही छैन होला ।”

“संपत्ति नाथेको मलाई क्यै डर छैन । एउटा छोरो र एउटी छोरी हुन् । आधा आधा गर्दिन्छु,” साहिंलोले धाकको स्वरमा भन्यो ।

“जीवनले मान्लान् भन्ठान्छस् ?”

“तीन हात उफ्रेर मान्छन् “ माइलोले प्याच्चै भन्यो ।

ढकाल जेठा आङ्खना भाइहरुको अनुहारमा हेरेर खिसिक्क हांसे ।


 

शकुन्तला

शकुन्तलाले आङ्खनो कोठाको ठूलो झ्यालबाट बाहिर हेर्दा बुङला डाँडो देखी । ऊ आङ्खना दांतहरु लुकाएर खिसिक्क हांसी र ओछ्यानमा राखेको लब्धाङ्क पत्र उठाएर फेरि हेर्न थाली । उसलाई लब्धाङ्क पत्रका नंबरहरुमा पनि जीवनको हांसेको अनुहार नै टांसिएको छ कि जस्तो लाग्यो ।

जीवन शुरुमा गाउंमा आएको घटना सुन्दा शकुन्तलाई पनि अरु गाउंलेलाई जस्तै अनौठो लागेको थियो । आङ्खनै गाउं पञ्चायतको मान्छे रे, वीस वर्ष अघि गाउं छोडेर गएको रे, अहिले अंग्रजी शिक्षक भएर आएको रे भन्ने सुन्दा उसलाई पनि कस्तौ रैछ त्यो सर भन्ने लागेको थियो ।

पछि तीन चार चोटी आङ्खनो भाइले, ‘जीवन सर त कस्तो जान्ने मान्छे हो ? कस्तरी पढाउन सक्ने हो ?’ भनेर प्रशंसा गर्दा उसलाई पनि जीवन सर कस्तो मान्छे होला भन्नेसम्म लागेको थियो । तर पनि उसले आङ्खनो मनलाई जीवनतिर घुमाएकी थिइन ।

शकुन्तलाको भाइ भने जीवन सरबाट कहिल्यै आघाएन । उसले दश दिनसम्म जीवन सरको प्रशंसा गरेपछि शकुन्तलालाई पनि जीवन सरलाई देख्न चौ चौं लाग्यो । एकदिन ऊ प्रधानपञ्चकी छोरीलाई भेट्ने निहुं गरेर बुङला तिर झरी । दोकान बाहिर बिहानको घामको रापबाट जोगिंदै जीवन एउटा किताब घुंडामा राखेर नरविरसंग गफ गर्दै थियो । उसले आङ्खनो देब्रे हातमा चियाको गिलास समातेको थियो । ऊ भरसक जीवनले आफूलाई नदेखी हालोस भनेर जीवनको पछाडिबाट नरविरको दोकानमा पुगी । उसले कर्के आँखाले जीवनलाई हेरी । त्यसपछि दोकानमा पसेर आफूलाई केही सामान चाहिए जस्तो गर्न थाली । नरविरले ‘कता हिंड्यौ जेठी ?’ भनेर सोध्दा शकुन्तलाले पुलुक्क जीवनलाई हेरी । जीवनले भने उसको वास्तै गरेन । एकछिन अलमलिएर किनमेल सकेपछि ऊ आङ्खनो बाटो लागे । भाइले प्रशंसा गरेर ठूलो बनाएको जीवलनाई उसले अझै ठूलो देखी । त्यो रात शकुन्तला धेरै बेरसम्म निदाउन सकिन । थाहै नपाई जीवन उसको आँखामा नाच्न थाल्यो र उसको मुटुमा हांस्न थाल्यो । भोलिपल्ट विहान व्युंझदा त शकुन्तलाले आङ्खनो मन केटीबाट फेरिएर युवती भै सकेको महसुस गरी ।

स्कूल दिवसमा उसले अलिक परै बसेर जीवनलाई हेरी । जीवन र काईंलीले घरि घरि नजिकै बसेर कुराकानी गरेको देख्ता ऊ भित्र भित्रै काइंलीसंग रिसाइ र “वाइफाले, जुन शिक्षक आए पनि कुम जोर्न पुगिहाल्छे,” भनेर मनमनै काइलीलाई गाली गरी जीवन मन्त्रीसंग ठाड्ठाडै बोलेको देख्ता उसलाई पनि अनौठो र रमाइलो लाग्यो । त्यो रात त उ बाह्र बजेसम्म निदाउनै सकिन । जतिखेर आँखा चिम्ल्यो, त्यतिखेर जीवन आएर हांस्न थालिहाल्थ्यो । त्यो रात सपनामा पनि उसले आफू जीवनसंग हाँसी हाँसी कुरा गरिरहेको देखी ।

गुरुको मृत्यू पछि उ रमा समक्ष शोक प्रकट गर्न भन्दा बढी जीवनसंग भेट गर्न गुरुको घरमा गएकी थिई । उसले जीवन दिनैपिच्छे पांच बजेतिर गुरु कहाँ जान्छ भन्ने थाहा पाएकी थिइ तर गुरुको घरमा जीवनले उसलाई टाउको उठाएर पनि हेरेन । उसले त्यतिबेला जीवनलाई असाध्यै चिन्तित देखी ।

त्यसपछि उलाई जीवनसंग भेट गर्ने औडाहाले छोप्न थाल्यो । तर उसंग जीवनलाई भेट्ने उपाय भने केही थिएन । त्यतिबेला एक वर्ष अगाडि नै एस.एल.सी. दिनु परेकोमा उसले आङ्खनै भाग्यलाई धेरैपटक गाली गरी । ‘अहिलेसम्म पढ्न पाएको भए’ ऊ मनमनै भन्ने गर्थी, ‘दिनैपिच्छे सरसंग भेटघाट गर्न त पाइन्थ्यो ।’

यही औडाहाको बीचमा एक रात आमाले उसंग सोधेकी थिइन् “जीवन भन्ने सरलाई तं चिन्छेस् ?” “चिन्छु, किन ?” उसले आमाको अनुहारमा छक्क परेर हेरी सोधेकी थिइ ।

“कस्तो हुनहुन्छ ?” आमाले उसको हेराइलाई वास्तै नगरी सोधेकी थिइन् ।

“राम्रै हुनुहोला,” उसले पहिलेकै ढंगले भनेकी थिइ, “जीवन सर हामी पढ्दा स्कूलमा पढाउनु हुन्नथ्यो ।”

“त्यो त मलाई पनि थाहा छ,” आमाले छोरीको अनुहार नियालेर हेर्दै भनेकी थिइन् । त्यतिबेला आमाले आङ्खनो अनुहारको खुशी पत्तो पाइन् कि भनेर शकुन्तला धेरै डराएकी थिई ।

त्यसको तेस्रो दिनमा शकुन्तलाले आङ्खनी कान्छी महिला आमाबाट घरमा जीवनसंग आङ्खनो विहेको कुरो चलेको थाहा पाएकी थिइ । त्यो रात पनि ऊ निदाउन सकिन । फक्रंदो यौवनका सपनाहरुले उसलाई रातभर जिस्क्याइरहे र उ मनको जीवनसंग लाज मानेर कुरा गर्दै पल्टिरही ।

त्यसपछि उसले खोजे जस्तो दिन पनि आइपुग्यो । शनिवारको दिन उसले लिला सरको पछि पछि जीवनलाई आङ्खनो घरतिर आउंदै गरेको देखी । ऊ दौडेर चोटामा चढी र आङ्खनो कोठाको ढोका थुनेर झ्यालबाट जीवनलाई हेर्न थाली । उसलाई बारीको कान्लाबाट आङ्खनै घरतिर लागेको देखेपछि ऊ हतार हतार कपाल कोर्न थाली । उसले अलिक भलादमी रंगको धोती बेरी । ठीक त्यही बेला उसकी आमाले चिया बनाउन अह्राइन् ।

त्यतिबेला एकातिर शकुन्तला आफू आकासमा उडिरहेकी जस्ती संझन्थी भने अर्कातिर उसका हात र गोडाहरु थर्थर कामिरहेका थिए । काम गरिरहेको बेला उसले धेरै पटक आमालाई हेरी । उनी मूलदैलोको आडबाट चियाएर बाहिर हेर्दै थिइन् र उसको अनुहारमा पनि प्रफुल्लता नाचिरहेको थियो ।

आमालाई पनि खुशी देखेपछि शकुन्तलाको खुट्टा भूईंमा टेकिंदै टेकिएन । उसले विहान मात्रै बनाएको कुराउनी निकाली र पानी थोरै राखेर दिनभरिको लागि चियालाई भनेर छुट्याएको दूध सप्पै हालेर चिया बनाइ ।

जीवनहरु हिंडेपछि त्यो दिन, धेरै वेरसम्म ऊ गीत गुनगुनाएर काममा लागिरही । एक पल्ट त उसलाई आङ्खनो बडा बाबुकोमा जाउं कि जस्तो लागेको थियो । तर आफैले “हत्, उहांले के भन्नु होला ?” भनेर आफूलाई गाली गरी ।

त्यसपछि के गरेर जीवनसंग भेट गर्ने भनेर उसले मनमा कुरा खेलाइ रही । तर उसको अगाडि कुनै उपाय देखा परेन । ऊ भित्र भित्रै छटपटिन थाली । यसै गरेर नौ दिन बिते । दशौं दिनका दिन रेडियोले एस.एल.सी. को परीक्षाफलको घोषण गर्दा ऊ आत्तिएर उठी । रेडियोबाट घोषण गरेकै दिन स्कूलमा रिजल्ट आउंदैन भन्ने उसलाई थाहा थियो । तर पनि जीवनको अनुहार हेर्ने मौका यही हो भनेर ऊ हतार हतार स्कूलतिर लागी ।

तर उसको दुर्भाग्य ! जीवन त्यही दिन विद्यार्थीको रिजल्ट बुझ्न भनेर सदरमुकाम गएको रहेछ । जांदा आङ्खनो घरबाट स्कूलसम्म एक घण्टा पनि नलागेको बाटोमा शकुन्तलाले फर्किंदा दुई घण्टा लगाई । भोलिपल्ट ऊ डेढ बजेतिर स्कूलमा झरी । त्यो दिन पनि स्कूल छुट्ने बेलासम्म जीवन फर्किएन । त्यो सांझ पनि ऊ गर्हुंङ्गो मन लिएर घर फर्की ।

चौथो रात, आङ्खनो स्कूलबाट बीस प्रतिशत विद्यार्थी उत्तीर्ण भएको, शकुन्तला तेस्रो श्रेणीमा पास भएको खबर लिएर ढकाल साहिंलो घरमा आइपुग्यो । पहिले नै पास हुन्छु भन्ने दह्रो विश्वास हुंदा हुंदै पनि पासै भएको समाचार सुन्दा शकुन्तला खुशीले गदगद भई । कुरै कुरामा बाबुले जीवन लब्धाङ्क पत्र लिन २/४ दिन सदरमुकाम तिरै रोकिने कुरो सुनाउंदा भने शकुन्तलालाई कस्तो कस्तो लाग्यो । ‘यो खवर सरकै मुखबाट सुन्न पाएको भए,’ उसले मनमनै भनी ।

रिजल्ट भएको दशौं दिनको बिहान “हिजो राती नै जीवन सर आउनु भयो रे” भन्ने खबर आङ्खनो भाइबाट सुन्ने वित्तिकै शकुन्तला स्कूलतिर झरी । भरखरै नुहाएर आएको जीवन दोकान बाहिर घाममा उभिएर कपाल पुछ्दै थियो र नरविर ढोकैमा उभिएर हास्तै केही कुरा भनिरहेको थियो । शकुन्तलाले परै उभिएर जीवनलाई एकछिन हेरी । जीवनको अनुहार रातो थियो र शकुन्तलालाई त्यो असाध्यै राम्रो लाग्यो । नरविर भित्र गयो र ग्लासमा चिया ल्याएर जीवनलाई दियो । जीवन त्यहीं बेन्चमा बसेर चिया पिउन थाल्यो । त्यसैबेला शकुन्तलाले जीवनको अगाडि आएर भनी “नमस्ते सर ।”

जीवनले अनुहार घुमाएर शकुन्तलालाई हेर्यो । उसले स–साना बुट्टा भएको हल्का निलो रंगको सारी लाएकी थिई र कपाललाई एक ठाउंमा बांधेर त्यस्सै छोडिदिएकी थिई । उसको अनुहार सफा र चिल्लो थियो । ऊ झलक्क हेर्दा निकै राम्री देखिन्थी । त्यसैले होला जीवन एकछिन अलमल्ल पर्यो । त्यसपछि उसले नमस्ते फर्काउंदै भन्यो, “शकुन्तला पो ! तिमी पास भायौ, थाहा पायौ होइन ? ल है, बधाइ छ ।”

शकुन्तला के बोलौं भनेर एकछिन अलमल्ल परी । एकछिन अघिसम्म नभएको संकोच फेरि थुप्रिएर आए जस्तो उसलाई लाग्यो । ऊ यसो दोकानको गारोमा अडेस लागी र एक पटक वरिपरि हेरेपछि उसले सोधी, “सर, हाम्रो मार्कसिट चाहिं आएको छैन ?”

“आइपुग्यो,” जीवन खिसिक्क हांस्यो, “तिमीले अलिक बढि मिहिनेत गरेकी भए दोस्रो श्रेणीमा नाम निकाल्न सक्ने थियौ ।” जीवनले एक सुर्की चिया तान्यो र भित्र तिर फर्किंदै भन्यो, “भाइ, शकुन्तलालाई पनि चिया दिनोस् न ।” त्यसपछि ऊ शकुन्तला तिर फर्कियो र सिधै शकुन्तलाको अनुहारमा हेरेर उसले सोध्यो, “अब क्याम्पस पढ्न जान्छ्यौ होइन ?”

शकुन्तला केही बोलिन । उसलाई त्यतिबेला मात्रै आफूले जांच पास गर्दाको आनन्द आइरहेको थियो । ऊ पास भएकी थिइ, उसको अघिल्तिर जीवन बसेको थियो र उनीहरु आङ्खनै भविष्यको बारेमा कुरा गर्दै थिए ।

“पढ्नु पर्छ, बुझ्यौ शकुन्तला ! आजको जमानामा एस.एल.सी. को केही अर्थ छैन । राम्रो श्रेणीमा पास हुन सकेकी भए तिमीले चिकित्सा अथावा यस्तै प्राविधिक पढाइ पढ्नु पथ्र्यो । तर तेश्रो श्रेणीमा पास गर्नाले त्यस्तो मौका पाउंदैनौ । कानुन पढ्नु पर्छ तिमीले बुझ्यौ ?” शकुन्तलाले केही नबोली टाउको हल्लाएर जीवनको कुरा स्वीकार गरी । त्यसैबेला नरविरले एक गिलास चिया ल्याएर शकुन्तलाको हातमा दियो । शकुन्तलाले नरविर तिर हेर्दै नहेरी चियाको गिलास समाती ।

जीवनले फेरि केही बोल्न आंटेकै बेला शकुन्तलाको अनुहारमा हेर्यो । ऊ जीवनलाई नै हेरिरहेकी थिई । जीवनले झ्वाट्ट आङ्खनो अनुहारमा हेर्दा उसले लज्जालु पाराले आङ्खना आँखालाई भूईंतिर झार्ने कोशिश गरी । तर उसका आँखा झर्नै भ्याएनन । छिनभरको लागि दुवैका आँखा जुधे । जीवनले शकुन्तलाका आँखामा आङ्खना छात्राहरुमा पाइनो उत्सुकता भेटेन । उसको मन, आफू र शकुन्तला बारेका चर्चा संझेर अनायासै हांस्यो ।

“मेरो बाहिर जाने काम छ शकुन्तला,” रित्तो गिलास भूइंमा राख्तै मायाले भिजेको स्वरमा जीवनले भन्यो,” अहिले म लिला सरलाई भेट्न जांदैछु । तिम्रो मार्कसिट भरे तिम्रो भाइको हातमा पठाए हुन्छ, होइन ?”

“मै लिएर जान्छु सर,” शकुन्तलाले जीवन तिर नहेरी सानो स्वरमा भनी ।

“अफिसमै पो छ त, “ जीवनले अलिक अप्ठेरो मानेर भन्यो । शकुन्तला केही बोलिन । त्यसैले जीवनले नै भन्यो, “दिउंसो स्कूलमै आउन है !”

जीवन आङ्खनो कोठामा चढ्यो । शकुन्तला घामको न्यानो तापमा उभिएर चिया पिउंदै रही । एकै छिनमा जीवन बाहिर आयो र नरविर तिर हेर्दै भन्यो, “भाइ म लिला सरकोमा जांदैछु । कसैले खोजे भन्दिनु है ।”

यसपछि जीवनले शकुन्तलातिर हेर्यो । उसले आङ्खनो गिलास रित्याइसकेकी थिइ, “तिमी दिउंसो कुनै बेला मार्कसिट लिन आउनु ल ! अनि बुबासंग पढ्न जान्छु भन्नु, बुझ्यौ ?” पछिल्लो वाक्य भन्दा भन्दै जीवन खिसिक्क हांस्यो । शकुन्तलाले निहुरिएर टाउको हल्लाई । त्यसैबेला जीवनले थप्यो, “काठमाण्डौ जाने नै भयौ भने मलाई एकपल्ट भेट्नु है ! काठमाण्डौमा मेरा साथीहरु छन् । तिमीलाई सहयोग गर्न म उनीहरुलाई चिठी लेखिदिन्छु ।”

“हवस,” सानो स्वरमा शकुन्तलाले भनी ।

“हाम्रो जीवन सर, जल्लाई पनि पढ मात्रै भन्नु हुन्छ,” नरविरले पर जांदै गरेको जीवनलाई हेर्दै भन्यो, “पास भएकोमा मिठाइ पनि ख्वाइनौ ए जेठी तिमीले त,” त्यसपछि उ हललल्ल हांस्यो ।

“दोकाननै तिम्रो छ, हामीले के ख्वाउनु ?” उसले पनि हांस्तै भनी । उसको संकोच जीवनसंगै गैसकेको थियो ।

“बाहुन मात्रै बाठो हुन्छ भन्थे, बाहुनीहरु पनि पो बाठा हुंदा रहेछन् ए,” नरविर खितित्त हांस्यो ।

“बाठा त हुन्छन् नै,” शकुन्तलाले हांसेर भनी ।

“हेर जेठी, तिमीले जीवन सरको सल्लाह मान्नु पर्छ । हाइ स्कूलको मात्र पढाइ केही होइन । हाम्रो जीवन सरले भनेको कुरो धेरै महत्वको हुन्छ,” नरविरले अलिक गम्भीर भएर भन्यो, “पढेको मान्छेले सोचेर मात्रै सल्लाह दिन्छ । तिमीले साहिंला बासंग रोइकराई गरेर पनि पढ्न पठाउनुस् भन्नु पर्छ ।”

शकुन्तलालाई नरविरको अनुहार राम्रो लाग्यो । नरविर आङ्खनै घरको मान्छे हो कि जस्तो उसले सोची ।

स्कूलमा, जीवनको तेस्रो पिरियड खाली छ भन्ने शकुन्तलालाई थाहा थियो । त्यसैले उ स्कूलबाट आधा घण्टा जति तल पर्ने आङ्खनी साथीको घरबाट विस्तारै उकालो लागी । स्कूलभन्दा अलिक तल आएपछि उसले तस्रो घण्टी बजेको सुनी । उ हतार हतार हिंड्न थाली । स्कूलमा आइपुग्दा घण्टी पछिको पांच मिनेट बितिसकेको थियो ।

उ अफिस कोठा भित्र पसी । कोठामा स्कूलको खरदार, जीवन र स्कूलको पिउन थिए ।

ढोकाबाट पस्तै गरेकी शकुन्तलालाई सवभन्दा पहिले जीवलने नै देख्यो र उसले भन्यो, “तिमी आयौ शकुन्तला ? आउ, भित्र बस । एकछिनमा लिला सर आउनु हुन्छ । मार्कसिट र चरित्र संबन्धी प्रमाण पत्र उहाँले नै दिनु हुन्छ ।”

उ बसिन । उसले एकपल्ट खरदारलाई हेरी ।

“बस, किन आप्ठेरो मानेकी ?” जीवनले फेरि भन्यो, “बस, बस शकुन्तला । अव त तिमी पनि हामी जस्तै भयौ,” खरदारले पनि भन्यो । उ नजिकैको बेन्चमा बसी ।

“मार्कसिट सबैले लगिसके सिताराम ?” जीवनले खरदारसंग सोध्यो ।

“लग्या छैनन् सर । अझै पांच जना छन् ।”

जीवन टेबुलमा घोप्टो परेर केही कोर्न थाल्यो । शकुन्तलाले जीवनको अनुहारमा नियालेर हेरी । त्यो बिहानको जस्तो ताजा थिएन । अनुहारमा कता कती थकाइका चिन्हहरु देखिंदै थिए ।

“तिमी कहाँ पढ्ने विचार गर्यौ त शकुन्तला ?” निकैबेर पछि जीवनले सोध्यो ।

“खै सर,” शकुन्तला अकमकाइ ।

“राम्ररी सोच्नु । यस्तो विषय पढ्नु जसले भोलि तिमीलाई आङ्खनो खुट्टमा उभिन मद्दत देओस । आजको युगमा मान्छेले आङ्खनै खुट्टमा उभिनु पर्छ र प्रत्येक मान्छेले अघि बढ्ने विचार लिनु पर्छ । सन्तोषी जीवन सुखी हुंदैन । सन्तोषी सदा सुखी भन्ने नीति वाक्य पहिले हामी पढ्थ्यौं तर वास्तविकता त्यस्तो होइन । सन्तोष भनेको अधोगति हो । खास गरेर ज्ञानको क्षेत्रमा त सन्तोष भनेको आत्महत्या नै हो । तिमीले यस कुरामा खुव ध्यान दिनु पर्छ । तिमी जति बढी अध्ययन गछ्र्यौ समाज, राष्ट्र र देशकासीको लागि तिमीले त्यति नै बढी योगदान दिन सक्छ्यौ । आङ्खनो जीवनलाई सार्थक बनाउन सक्छ्यौ ।”

शकुन्तलाले प्रफुल्ल मनले जीवनको कुरा सुनिरही । चौथो घण्टी लाग्ने बेलामा लिला अफिस कोठामा छिर्यो । उसले पनि जीवनले जस्तै पढ्ने कुरो संझायो । विस्तारै अरु शिक्षकहरु कोठामा छिरे । वैकुण्ठ र लक्ष्मीले शकुन्तलालाई बधाइ दिए । त्यसपछि आङ्खनो कागजपत्र लिएर शकुन्तला स्कूलबाट बाहिर निस्की ।

जंगलको मुखमा आए पछि उ नाच्दै नै घरसम्म आएकी थिइ र कसैलाई केही नभनेर सुटुक्क कोठामा पसेर जीवनलाई संझिरहेकी थिई ।

“त्यसो भए के मैले पढ्न जानु पर्छ त ?” शकुन्तलाले आफैलाई सोधी । एकछिन उ यही प्रश्नसंगै खेल्दै च्यूंडोमा हात राखेर ओछ्यानमा ढल्किरही । उसका आँखा भने अझै बुङलातिरै थिए ।

“होइन, बिहानै हिंडेकी त्यो केटी अझै आएकी छैन ?” उसले बाबुको ठूलो स्वर सुनी ।

“बुबा, आइपुग्नु भएछ,” शकुन्तलाले विस्तारै भनी र अल्छि मानेर ओछ्यानबाट उठी ।

“मैले के गर्ने हो ?” उ भर्याङ ओर्लंदा पनि आफैलाई सोधिरहेकी थिई ।

“लौ यो त भित्रबाट पो निस्कन्छे, कतिखेर आइस् ?” बाबुले छक्क परेर सोध्यो ।

“अघि नै । माथि कोठैमा त थिएं ।”

“खै, कागजपत्र ल्याइस त ?”

शकुन्तलाले सबै चीज बाबुको हातमा दिई र अनायस भनी, “बुबा, म त कानून पढ्न काठमाण्डौ जान्छु ।”

ढकाल साहिंलो छक्क पर्यो । उसले दंग परेका आँखाले छोरीलाई हेर्यो ।

“अब के को पढ्छेस् ? पुग्यो ।”

“नाईं, पढ्छु ।” शकुन्तलाले लाडिएको स्वरमा भनी ।

“तंलाई यो पढ्ने भूत कसले जगाइ दियो ? बिहानसम्म त तेरो दिमागमा केही थिएन,” साहिंलोले छोरीलाई नियालेर हेर्दै सोध्यो ।

“सरहरुले भन्नु भएको ।”

“कुन सरले ?” साहिंलोले फेरी सोध्यो ।

शकुन्तला राती भई । उ एकछिन बोल्नै सकिन । त्यसपछि अलिक सम्हालिएर उसलने भनी, “कुन सरले अब ? सप्पैले भन्नु भयो ।”

“सप्पै भन्या को ?” साहिंलोले अलि अलि हांस्तै साध्यो ।

बाबु हांसेको देखेर शकुन्तला झन खुम्चिइ । तर पनि उसले हतार हतार भनी, “को भन्ने अब ? लिला सर, जीवन सर, बैकुण्ठ सर सप्पैले नि ।”

“त्यसो भए जीवन सरले भन्नु भयो होइन ?” ढकाल साहिंलो हो हो हो गरेर हांस्यो । शकुन्तला दौडेर भित्र पसी । उसलाई संसारै उज्यालो र रमाइलो लाग्यो ।


 

प्रेम

“हुन त तेरो लागि मेरो कुनै कुरो सुपाच्य हुंदैन । तर पनि तैंले भन्दा मैले दशवटा भोटो फटाएको छु र मेरो कपाल तेरो भन्दा बढी सेता छन् । तं भन्दा म बढी परको कुरा देख्छु । त्यसैले यसपाली मेरो सल्लाहलाई तं ध्यान दे । भनेको मान आगोसंग नखेल्,” ढकाल जेठाले एकपल्ट भाइको अनुहारमा राम्ररी नियालेर हेरेपछि भने ।

बिहानदेखि पानी परिरहेकोले बाहिर कुनै चहलपहल थिएन । एक्कादुक्का मानिसहरु मूलबाटोमा उंधो र उंभो गरिरहेका देखिन्थे । बारीमा मकैका बोटहरु एकै रातमा हलक्क बढेर झण्डै मान्छे जत्रा हुन लागेका हुन् कि जस्तो लाग्थ्यो ।

तमोर माथिको आकासमा पातलो कपास जस्तो बादल विस्तारै उडेर ताप्लेजुङ तिर लाग्यो । त्यही बादलको टुक्रालाई हेर्दै ढकाल साहिंलोले सोध्यो, “कस्तो आगो र दाजु ?”

“तं मसित सोध्दैछस ?” बुढाले मायालु स्वरमा भने, “हुन त मैले तिमी, भाइहरुलाई कहिल्यै कुनै कुरामा दवाव दिइन । हरेक मान्छेले स्वतन्त्रतापूर्वक आङ्खनो बाटो चुन्न पाउनु पर्छ भन्ने मेरो विश्वास छ । यसै हुनाले मैले आङ्खनो छोरोलाई पनि जवरजस्ती कांग्रेस बनाइन र तिमीहरु मसंग रिसायौ । मेरो छोरो काम गर्ने कम्निष्ट हुंदा पनि मेरो लागि ठीकै थियो र आज गफाडी कम्निष्ट हुंदा पनि मेरो लागि ठीकै छ । मूल कुरो उ परपीडक नहोस, ऊ दुराचारी, गुण्डा नहोस् – मेरो माग यस्तै रह्यो । तिमीहरुले मेरो यही स्वतन्त्रतापूर्वक मान्छेलाई बांच्न दिनु पर्छ भन्ने विचारको खिल्ली उडायौ ।”

“तर तिमीहरुको यस्तो स्वभाव प्रति मैले कहिल्यै नराम्रो मानिन । तिमीहरुको विचार मेरो भन्दा फरक छ । यस वारेमा म केही भन्न चाहनन । यति हुंदा हुंदै पनि एउटै आमाको पेटबाट जन्मेको हुनाले म तंलाई केही भन्न चाहन्छु । अहिले तं जुन आगो खेलाउंदैछस्, त्यसबाट हात झिक् ।”

“मैले दाजुले भनेको कुरै बुझिन,” साहिंलोले नम्र स्वरमा भन्यो ।

“त्यसो भए मैले नै भन्न पर्यो ?” जेठा एकछिन रोकिए । उसले एकपल्ट यसो कान थापेर वरिपरिको चाल सुने । काठको बारभित्र गुम्सिएको त्यो कोठा भित्र केही आवाज आइरहेको थिएन ।

“तिमीहरु जीवनलाई मुसो खेलाए जसरी खेलाउन खोज्दैछौ । तिमीहरु के सोचिरहेका छौ भने जीवन तिमीहरुको चंगुलमा फसिसकेको छ र तिमीहरु उसलाई नचाइरहेका छौ ।”

“तर हामीले त त्यस्तो केही गरेका छैनौं दाजु ! साहिंलोले बीचैमा भन्यो ।

“मलाई नढांट साइला, नढांट । तेरा भन्दा मेरा इष्टमित्र बढी छन् र धेरै कुरा तं भन्दा म बढी जान्दछु । तं मेरो एक आंतको भाइ हुंदैनथिस भने म तंलाई केही भन्ने थिइन । भाइ होस त्यसैले म भन्दैछु । जीवन, तं र प्रधानपञ्चलाई मुसो पनि मान्दैनन् । भवानी पंडितको आत्महत्याको पछाडि तेरो र प्रधानपञ्चको हात छ भन्ने उनलाई राम्ररी थाहा छ । तिमीहरु छोरीको पासो थापेर उसको शिकार गर्न चाहन्छौ भन्ने पनि उनलाई थाहा छ,” जेठा एकछिन चुप लागे, “महीना दिन अगाडि लिलालाई लिएर उनी किन तं कहाँ आएका थिए, जान्याछस् ? तैंले केही जान्या छैनस् । उनी तंलाई तौलन आएका थिए अनि तौलिएर गए । उनको जोखाइमा तेरो तौल एक तोला पनि छैन । साहिंला” बुढाले मायालु स्वरमा भने, “तं यो सब छल, प्रपन्चबाट हात झिक् । जे भए पनि अर्घेल्याईं मन्त्रीकै छ । मन्त्रीले जन्तरेको खेतबारी लुटेकै हुन् । नियम र नैतिकतालाई मान्ने हो भने मन्त्रीले फिर्ता दिनै पर्छ । गएका चार महिनामा गाउंमा जीवनको कस्तो हालत बनेको छ भन्ने तिमेरलाई के थाहा ? के लिम्बु, के क्षेत्री बाहुन आधा भन्दा बढी गाउंलेको सहानुभूति जीवनप्रति नै छ । उनी न जांड खान्छन्, न उनले जुवा तास खेलेको कसैले देखेको छ, न उनले कसैका छोरी बुहारी जिस्क्याएका छन् …..।”

“तर दाजु, हजुर आफैं सोच्नुस त, जन्तरे बाहुनको छोराले बुङलामै बसेर हामीसंग टक्कर लिन स्वाउंछ ?” साइलोले बीचैमा कुरा काटेर भन्यो ।

“किन स्वाउंदैन ? पढेका छन् । बुद्धिमान छन् । किन स्वाउंदैन ?” जेठाले एकछिन रोकिएर भने, “जन्तरेको छोरो हुनु नै पाप भो ? तं, भन हामी कसका नाति हौं ? हाम्रा बाजेले वर्णवीरको गोठ सोहोरेको होइन ? साइंला, धनी भएर र नेता भएर अहंकारी नबन । राजनीति भनेको उसै पनि साधुसन्तको जस्तो सहनशील काम हो । यसमा आगो जसरी तातिरहनु पर्दैन । राजनीतिमा इमान्दारी हुनुपर्छ । नम्रता हुनुपर्छ ।”

“दाजुको जस्तो विचारले त अब यस दुनियामा बाँच्न पनि सकिन्न ।”

“तिमेरले यस्तै बिचार लेउ भनेर मैले कहिले भन्या छु र ? तर पनि सोच । झगडा भन्या मन्त्री र जीवनको हो । तंलाई मन्त्रीको पक्षमा लागेर जीवनको विरुद्ध षडयन्त्र गर्न के खांचो पर्या छ ? आखिर ऊ तेरो बारीको जौ उखेल्न त आएको छैन ।”

“त्यसो त मन्त्रीलाई पर्दा साथ नदिइ कसरी हुन्छ र ? जे भए नि हामी सबै नेपाली कांग्रेसका मान्छे हौं ।”

“अनि जीवन चाहिं कम्निष्ट हो,” बुढाले बीचैमा साहिंलोको बोली काटेर भने, “तैंले भन्न खोज्या यै होला होइन ? तर सम्झी बुङला गाउंमा भएका सबै कांग्रेसलाई एउटा जीवन काफी छ । कांग्रेस भएका तेरा मान्छेले के गरे ? मन्त्रीले सयौंको उठिवास गराए । तेरो लक्ष्मी भन्ने सरलाई महिनैपच्छिे नयाँ केटी चाहिन्छ । सारा गाउंलेलाई असभ्य देख्ने बैकुण्ठको चाला नसुनिएको होइन । यिनीहरुमा जीवनको भन्दा राम्रो कुरा के देखिस् ?” जेठा ढकाल एकछिन रोकिए, “राजनीतिमा लागेपछि प्रतिस्पर्धा गर्न सक्नु पर्छ । मान्छेलाई विश्वासको स्वतन्त्रता दिनु पर्छ । सच्चाइ आखिर सच्चाइ हो । त्यो सच्चाइलाई बादले झुठ्याउन सक्दैन । वादहरुको स्वच्छ झगडाले सच्चाइको अनुहार निक्लन्छ । कम्निष्ट राम्रो होइन रे, त्यहाँ मान्छेले स्वतन्त्रता पाउंदैन रे तर मान्छेलाई यति कुरा आफैं बुझ्न देओ न । किन त्यस माथि झन फोहोरी पाराले आक्रमण गर्छौ ? प्रजातन्त्र भनेको कम्युनिज्म भन्दा महान छ भन्ने व्यवहारमा पो देखाउनु पर्छ ।”

एकछिन कोठा मौनता भित्र डुब्यो । बाहिर आवाज नआउने गरी सिमसिम पानी परिरहेको थियो ।

“तैंले के बुझ्नु पर्छ भने जीवन एक्लै मन्त्रीको ओढारमा पसेको छैन । उसको पछाडि त्यसै पनि उसलाई जोगाउने शक्ति छ । उसंग भिड्न थालिस भने ऊ नासिए पनि त्यो शक्तिले तंलाई शत्रुमा दर्ता गर्ने छ र तंलाई नाश गर्नेछ । तं बेकारमा यो झण्झटमा हात हालेर किन शत्रु बढाउंछस् ? फेरि भएन, जीवनलाई छोरी दिने कुरा पनि तं गर्दैछस्………।”

“त्यो त हाम्रो पक्षमा आउंछ भन्ने हिसाबले न हो ।”

“मलाई लाग्या थियो तं यसै भन्छस भनेर । तं छोरी दिएर जीवनलाई किन्न खोज्दैछस् ? साहिंला, यस्तो अपवित्र विचार मनमा पलाउंनै नदिएस । तैंले बुझेकै रैनछस् । मान्छेको सबभन्दा ठूलो संपत्ती भनेको उसको गुंण र चरीत्र हो । यस कुरामा जीवनलाई भेट्ने यता हुंदो कोही छैन । मेरी छोरी २० वर्षकी हुन्थी भने तिमीहरु साराको विरोध हुने भए पनि म जीवनलाई छोरी दिन्थें । तर साहिंला, तं यस्तो कुरो बुझ्दैनस्, अनि तं छोरी र दुई विघा सम्पत्ती दिएर चरित्रवान मान्छेलाई चरित्रहीन बनाउन खोज्दैछस् ।”

“बिहे गर्ने कुरा कहाँ भा’को छ र ? ऊ हाम्रो पक्षमा आउने छांट देखाउंदैन भने न म छोरी दिन्छु न सम्पत्ती नै । खोजोस् उ जस्तो गुणीले अन्तै केटी । ससुराली कङ्गाल भए भन्दैमा ज्वाईं पनि कङ्गाल नै हुनपर्छ भन्ने केही छैन ।” साहिंलोको स्वर अलिक उत्तेजित भयो ।

“त्यो तेरो इच्छा हो । यसो गर, उसो गर भनेर म अह्राउंदिन । म तंलाई खालि के भन्न चाहन्छु भने अनैतिक काम गरेर आफूलाई आङ्खनै आँखाबाट नझार ।”

“मैले त त्यस्तो केही गरे जस्तो लाग्दैन ।”

“मलाई ढांट्न नखोज साहिंला । भोलि तंलाई अभर पर्दा मै चाहिन्छु । मलाई थाहा छ, तिमीहरु जीवनलाई भरसक आङ्खनो पक्षमा तान्ने, उसलाई लक्ष्मी र बैकुण्ठ जस्तो बनाउने, अनि त्यसो गर्न नसके उसको जागीर खाएर उसको उठिबास गराउने षडयन्त्र रच्दैछौ । यतिले पनि नभए उसलाई झुठा मुद्दामा फंसाएर पक्राउने अथवा मराउनेसम्म तिमीहरुको योजना छ । यति कुरा पनि बुझ्न नसक्ने उल्लु भैसकेको भन्ठान्छस् कि क्या हो मलाई ? हेर साहिंलो, राजनीति भनेको व्यवहार भन्दा माथिको कुरो हो । व्यवहारको फन्दामा परेपछि मान्छेले राजनीति गर्नै सक्दैन । त्यत्रो धेर गुंण भएको, अंग्रेजीमा एम.ए. सम्म पढेको मान्छेलाई कम्निष्ट भयो भन्दैमा गाउँबाट नलखेट । बिहे गरेपछि उसको राजनीति पनि सकिन्छ । जसरी त आज कांग्रेस छैनस् त्यसरी नै उ भोलि कम्निष्ट हुंदैन । के तैंले आफूलाई कांग्रेस भन्ठान्याछस् ? कांग्रेस भन्या महात्मा गान्धीको सिद्धान्त हो । खै कहाँनेर छुन सकेको छस् तैंले कांग्रेसलाई ? महात्मा गान्धीको लागि लेनिन पनि उस्तै थिए, चर्चिल पनि उस्तै । उसका लागि अंग्रेज भाइसराय र काले चमारमा कुनै फरक थिएन । तर महात्मा गान्धीको चेलो भएको दावी गर्ने तेरो के हाल छ ? गरीव घरानाका भएकोले तंलाई ससुराली जान लाज लाग्छ अनि कम्निष्ट भएकोले जीवन जस्तो मान्छे तंलाई सह्य हुंदैन । के महात्मा गान्धीले यसै भनेका थिए ?”

कोठा सामसुम्म भयो । पल्लो कोठामा बसेकी शकुन्तलाले साडीको किनारले आङ्खनो आँखा र गालाको आँशु पुछी । उसले आङ्खनो अघिल्तिरको संसार अँध्यारो देखी । उसको आँखा अगाडि दर्जनौ मानिसको अनुहार सलबलायो । हजुरबा, हजुरआमा, आमा बाबु, बडाबाबु र काकाहरुको अनुहार एक एक गर्दै उसको आँखा अगाडि आउंदै जांदै गरे । खै कहाँ छ उसको आश्रय ? उसले आङ्खनो कोठाबाट बुङलातिर हेरी । स्कूलको बर्खे बिदा हिजोदेखि मात्रै शुरु भएको थियो र सबै शिक्षकहरु घरतिर गैसकेका थिएनन् ।

“तिमीहरु जीवनलाई भरसक लक्ष्मी र वैकुण्ठ जस्तो बनाउने षडयन्त्र रच्दैछौ,” उसले आङ्खनो जेठा बाबुले भनेको बाक्य सम्झी ।

“ससुराली कङ्गाल भन्दैमा ज्वाईं पनि कङ्गाल नै हुनुपर्छ भन्ने केही छैन ।”

“यहाँ बिहे गर्ने नै कुरो कहाँ भएको छ र ?” उसले बाबुले भनेका वाक्यहरुलाई संझी ।

“तं छोरी दिएर जीवनलाई किन्न खोज्दैछस् ?”

शकुन्तलाका आँखाबाट फेरि आँशु खसे । ऊ कोठाबाट चाल मारेर बाहिर निस्किइ र अघि जसरी नै भर्याङ ओर्लन थाली । भित्र उसका बाबु पहिले जसरी नै कुरा गर्न थालसिकेका थिए र भर्याङको फेदमा आउँदा उसले अगाडि जस्तै बडा बाबुको मुखबाट ‘जीवन’ भन्ने शब्द निस्केको सुनी । ऊ एकछिन त्यहीं ठिङ्ग उभिइ । त्यसपछि ऊ जस्केलाबाट बाहिर निस्किइ र भर पछाडिको सानो बाटोबाट छेलिंदै छेलिंदै मूलबाटोमा निस्किई ।

एकै छिनमा रातो आँखा भएकी शकुन्तला जंगलको बाटो हुंदै बुङलातिर झरी ।

“त्यो कुद्दै आउने को हो सर, हेर्नुस त ?” जीवनले बाटोमा कुद्दै आएकी महिला तिर हेर्दै भन्यो ।

“को हो ?” लिलाले झ्यालबाट टाउको निकालेर एकछिन हेरेपछि भन्यो, “शकुन्तला जस्ती लाग्छिन् ।”

“ए म त को आपतमा परेको मान्छे पो भन्ठान्या,” जीवनले हाँस्तै भन्यो र झ्यालबाट अनुहार फर्कायो । फेरि उनीहरु सानो स्वरमा कुरा गर्न थाले ।

“के भो जेठी तिमी त कुद्दै पो आयौ ?” तल नरविरको बोली सुनेर उनीहरु दुबै जना चुपलागे ।

“जीवन सर खै ?” यो स्वर शकुन्तलाको थियो ।

“किन र, यतै हुनु होला ।”

“मैले भेट्नु छ ।”

“किन ? तिमी त आत्तिएकी जस्ती छ्यौ ।”

“जिन भा नि किन चाहियो ? हुनुहुन्न भने हनुहुन्न भनन,” शकुन्तला झर्किई ।

“कोठामा हुनुहोला कि । एकछिन बस, म हेरेर आउँछु ।”

“के भो सर ?” जीवनले अनौठो मानेर लिलासंग सोध्यो ।

“को नि ?” लिला पनि छक्क परेको थियो ।

त्यसैबेला नरविर ढोकामा देखापर्यो । ढोका ढप्क्याउंदै नरविरले सानो स्वरमा भन्यो, “मान्छे रुंदै आएको जस्तै छन् … ।”

“यहीं पठाइदिनोस न,” लिलाले बीचैमा भन्यो ।

एकैछिनमा शकुन्तला ढोकामा देखापरी । ढोकाबाट जीवनलाई देख्ने वित्तिकै ऊ ठिंग उभिइ । त्यसपछि लिलालाई हेरेर उः एकछिन अलमल्ल परी । एकैछिनमा उसका आँखाका डीलहरु रसाए र आँशुका थोप्लाहरु गालाबाट झर्न थाले ।

लिला बसेको ठाउँबाट बिस्तारै उठ्यो । उसले नजीकै गएर शकुन्तलाको कपाल सुमसुप्यायो र विस्तारै सोध्यो, “के भो शकुन्तला ? किन रोएकी ?”

“सर ……. सर…….” शकुन्तला सर भन्दा भन्दै घुंक्क घुंक्क रुन थाली । उसको रुवाई संगसंगै तल नरविरको रेडियो चर्किंदै बज्न थाल्यो ।

“शकुन्तला, यसरी रोएर केही पाइन्छ लाटी ? के भयो ?”

“सर, सर, जीवन सर……” शकुन्तला बोल्नै सकिन ।

लिलाले यसो जीवन तिर आँखा घुमायो । जीवन विस्तारै कोठाबाट बाहिर निस्कियो ।

“के भो शकुन्तला ?”

शकुन्तला भित्तामा अडेस लागेर रोइ । लिला एकछिन् त्यत्तिकै उभियो । एकछिन पछि शकुन्तला आफैं चुप लागी । उसले साडीको सप्कोले आँशु पुछी र अघि जीवन बसेको ठाउँतिर हेरी । त्यसपछि शकुन्तलाले कतै नरोकिई, एक थोपा पनि आँशु नझारी बाबु र बडाबाबुको बीचमा भएका कुराहरु लिलालाई सुनाइ ।

“घर भित्रको यत्रो पोल जीवन सरलाई सुनाउन आउँदा तिमीलाई डर लागेन ?” शकुन्तलाको भनाइ सकिए पछि लिलाले विस्तारै सोध्यो ।

शकुन्तला झसंग भई । उसले लिलालाई नियालेर हेरी । लिलालाई त्यतिबेलाका उसका आँखाहरु मृगका पो हुन कि जस्ता लागे । एकछिन मायालु भावले ती आँखामा हेरेपछि लिलाले भन्यो, “अब जीवन सरलाई नै बोलाउँ । उहाँले राम्रो सल्लाह दिन हुन्छ । हुन्छ ?”

शकुन्तलाले केही जवाफ दिइन । ऊ एकोहोरो आँखाले लिलालाई हेरिरहेकी थिइ । लिलाले एकपल्ट उसको निर्वोध अनुहारमा हेरेर मायालु स्वरमा भन्यो, “तिम्रो मनको कुरा म बुझ्दैछु । तिमीले संकोच मान्नु हुंदैन । जीवन सरले दिनु हुने सल्लाहले तिमीलाई धेरै फाइदा गर्छ । बोलाउँ है ?”

शकुन्तलाले हुन्छ भन्ने संकेत दिंदै टाउको हल्लाई ।

लिला बाहिर निस्कियो । शकुन्तलाले ढोकाबाट बाहिरिंदै गरेको लिलालाई हेरी । कोठा चिसो सन्नाटा भित्र डुब्यो । ठीक त्यसैबेला रेडियो नेपालले विज्ञापन सेवाको कार्यक्रमका साथै दोश्रो सभाको कार्यक्रम सकिएको घोषणा गर्यो ।

शकुन्तलाले झ्यालबाट बाहिर हेरी । उत्तरी आकास गहिरो र निलो देखिन्थ्यो । हिमाल कंचन र सफा देखिन्थ्यो । हिमाल मुनिका डाँडाहरु बाक्लो हरियो सिरक ओढेर हलचल नगरी बसेका भैंसीहरु जस्ता देखिन्थे । वातावरण एकदमै सफा थियो र पारी भित्ताका घरका झ्याल र ढोकाहरु पनि छर्लङ्ग देखिन्थे । शकुन्तलालाई किन हो को नि संसारै नौलो जस्तो लाग्यो ।

बाहिरको रमीता हेर्दा हेर्दै कति समय बित्यो शकुन्तलाले थाहै पाइन । ढोकामा मान्छेको जुत्ता बजेको आवाज आएपछि उसले फनक्क फर्केर ढोकातिर हेरी । जीवन र लिला कोठामा पसे । जीवनले हातमा चियाका दुइवटा गिलास समातेको थियो । लिलाले एउटा हातमा चियाको गिलास र अर्को हातमा सिगरेटको बट्टा समातेको थियो ।

“शकुन्तला, तिमी एउटी असल र आँटी महिला हौ,” सबै जना आ–आङ्खनो ठाउंमा बसी सकेपछि जीवनले शकुन्तलाको अनुहारमा हेरेर भन्यो । शकुन्तला लिलासंग त जीवनसंग आङ्खनो बिहे हुने कुरो पनि सुनाइरहेकी थिइ तर जीवनलाई देख्ने बित्तिकै उसको त्यो वाक्शक्ति कता हरायो कता । उसलाई आफू बौलाही जस्तो भएर आएको संझना भयो । ऊ झन लाजको भुंवरी भित्र पसी र उसले टाउको निहुराई ।

जीवनले एकपल्ट नजानिंदो पाराले अस्पटाएकी शकुन्तलाई हेरेर भन्यो, “तिमीले मलाई धेरै कुरा जान्ने मौका दियौ । यति बेला तिमी नभएकी भए मैले केही केही मान्छेहरुले भित्र भित्र खेलाइरहेको यो जालझेल कसरी थाहा पाउंथे र ? शकुन्तला तिम्रो यो गुन म कहिल्यै बिर्सने छैन ।” जीवन बोल्दा बोल्दै नजानिदो पाराले भावुक भयो । शकुन्तलाको आत्मियता आङ्खनो मन बिसाउने चौतारी पो हो कि भन्ने उसलाई लाग्यो । त्यसैले उसले एकपल्ट झ्यालबाट पुलुक्क बाहिर हेरेर भन्यो, “म गाउँलाई केही दिन सकुंला भनेर आएको थिएं र अहिले पनि म केही दिन सकुंला भनेरै बसेको छु । पिठ्यूं पछाडि प्रधानपञ्च र लक्ष्मी जस्ता मानिसहरुले कुरा काटेको र गाली गरेको बेला–मौकामा सुन्दै पनि आएको छु । तर मलाई सहायता गर्ने साथीभाइ र विद्यार्थीहरु छन् भन्ने कुरो संझिने विक्तिकै मेरो मन चंगा हुन्छ … ।”

शकुन्तलाले जीवनको भलादमी अनुहार भित्रको पीडालाई अलि अलि देखे जस्तो महसुस गरी । जीवनको स्वर कामिरहेकने थिएन । तर वाक्य वाक्यमा पीडा बटारिएर आएको उसले प्रष्टै सुन्न थाली ।

“… तिमीले पढ्नु पर्छ । अहिले तिम्रो बिहेको चिन्ता लिने बेला भैसकेको छैन । पढाइमा लाग्दै जांदा तिमीले मान्छेको जीवनलाई राम्ररी चिन्ने छ्यौ । जहाँसम्म मेरो कुरा छ,” केही बेर मनमनै केही कुरा सोचेपछि उसले भन्यो, “जहाँसम्म मलाई यहाँबाट लखेट्ने अथवा मार्ने कुरो छ, यो उनीहरुले सोचे जति सजिलो छैन । अहिले त झन मैले उनीहरुको षड्यन्त्र पनि थाहा पाइसकेको छु ।”

वातावरण एकछिनको लागि शान्त रह्यो । सबैले चिया पिइसकेका थिए । त्यसैबेला शकुन्तलाले टाउको उठाएर जीवनलाई हेरी, “अब तिमीले जानु बेस हुन्छ । कसैले बाटोमा भेट्यो भने केही काम बताउनु । घरमा तिमी यता आएको चर्चा चल्यो भने मैले बोलाएको थिएं र पढाइ संवन्धी कुरा चल्यो भन्नु । कसैले सोधेन भने आङ्खनो तर्फबाट कुरा नचलाउनु । स्कूल बिदा भएकोले म भोली नै झापातिर जांदैछु, तर लिला सर यहीं हुनुहुन्छ ।”

शकुन्तला उठिन । उसले टाउको निहुराइ निहुराई भनी, “सरले यो ठाउँ नै छोडे हुंदैन ?”

“अहं, हुंदैन,” जीवनले मायालु स्वरमा छोटो उत्तर दियो ।

शकुन्तला केही बोलिन ।

“शकुन्तला अव तिमी जाउ,” लिलाले विस्तारै भन्यो ।

शकुन्तला गाह्रो मानेर उठी । उसले जीवन र लिलालाई पालै पालो हेरी । त्यसपछि नमस्ते गरेर गह्रौं पाइला चाल्दै बाहिर निस्किई ।

“कहिलेकाहीं ठट्टा नै यथार्थ त हुंदैन सर ?” लिलाले उकालोमा गैरहेकी शकुन्तलालाई हेर्दै अलि अलि हांसेर जीवन तिर फर्केर भन्यो ।

“सरलाई अहिले नै त्यस्तो लाग्यो ? मलाई त लाग्छ, काठमाण्डौ पुगेको महीना दिन पछि उसको यो रोमान्स हावा हुन्छ ।”

“तर काठमाण्डौ पुगे पछि त्यो पत्थर जत्तिकै ठोस पनि बन्न सक्छ । सरले शकुन्तलालाई अझै चिन्नु भएको छैन । तर मलाई लाग्छ, आजको यो आतुरी केवल उसको उन्माद मात्र होइन ।”

जीवनले प्रतिकृया जनाएन । बरु उ पनि माथि गैरहेकी शकुन्तलातिर हेरेर खिसिक्क हाँस्यो ।


 

बैकुण्ठको विदाइ

“सर, एकछिन सरसल्लाहको लागि जाउं न” हुत्तिंदै ढोकाबाट भित्र पसेको बैकुण्ठले जीवनको अगाडि ठिङ्ग उभिएर भन्यो । जीवनले स्कूलबाट फर्किएर आएपछि लुगा पनि फेरेको थिएन ।

जीवनले पुलुक्क बैकुण्ठलाई हेर्यो । उसको अनुहार आत्तेशले किचिक्क खुम्चिएको थियो र उसको आँखाबाट आतङ्कका तरङ्गहरु उडिरहेका थिए । उसको शरीर पनि थर्थराइरहेको थियो ।

“दार्जिलिङ्गे सर” र “हिसाब सर” को नामले जानिने बैकुण्ठबहादुर क्षेत्री कालो कालो वर्ण भएको र पाक्कपुक्क परेको झण्डै तीस वर्षको मोटो–घाटो मान्छे थियो । एक त हिसाब जस्तो अप्ठ्यारो विषय पढाउने र अर्को चाहिं दार्जिलिङ जस्तो ठाउँबाट आएको हुनाले गाउँमा उसको मानसम्मानै थियो । आफूलाई खुलेआम भारतको कांग्रेस (आई को सदस्य तथा नेपालको कांग्रेस पार्टीको शुभेच्छुक भन्ने बैकुण्ठसंग प्रधानपञ्चको सबभन्दा राम्रो सम्बन्ध थियो । मन्त्रीले आफ्नो स्वभाव अनुसार नै भेटै पिच्छे तों, तों र मौं, मौं गरेर बैकुण्ठको अपमान गथ्र्यो । त्यसैले बैकुण्ठको मन्त्री साहेवसंग कहिल्यै राम्रो संबन्ध भएन । जीवनसंग कुरो गर्दा उ मन्त्रीलाई ओल्ड स्टुपिड (गदाहा बुढो र गाउंलेलाई रुड, (असभ्य, जङ्गली) भनेर गाली गथ्र्यो । घरमा उसकी एउटी फरासिली स्वास्नी थिई । उसका फूलका थुंगा जस्तै दुईवटा स–साना नानीहरु थिए । बैकुण्ठकी स्वास्नी जीवनलाई “इण्डिया” बाट आएको “सभ्य” शिक्षक भन्ठान्थी र जीवनसंग “यो मुला गाउं– घर त सर, कामै नलाग्ने बस्ती” भनेर बुङला प्रतिको आफ्नो घृणा व्यक्त गर्थी ।

यस्तो जहान परिवारले टम्म भएको आफूलाई सभ्य भन्ने बैकुण्ठ बुङलामा सुखी शिक्षक मानिन्थ्यो र चार बोतलसम्म तन्काउंदा पनि मात नलाग्ने उसको विशेषता देखेर गाउंका लिम्बुहरु पनि दङ्ग पर्थे ।

“कतै किन लाग्नु ? यहीं कोठामा बसौं,” जीवनले बैकुण्ठको अनुहारमा नियालेर हेर्दै भन्यो ।

“यहाँ होइन सर, उता स्कूल पछाडि, सल्लावारी तिर जौं न,” बैकुण्ठले आत्तिएको तर आग्रहको स्वरमा भन्यो । जीवन केही नबोली उठ्यो र दुबै शिक्षकहरु कोठाबाट बाहिर निस्के ।

“सरले थाहा पाउनु भयो होला नि,” स्कूल पछाडिको सल्लेरी घारीमा पुगेपछि बैकुण्ठले एउटा सानो बुटो समाउंदै सोध्यो ।

“के कुरा ?” जीवन छक्क पर्यो ।

“केही थाहा पाउनु भा छैन ?”

“के भएको छ मैले केही बुझिन ।”

“समाको मिन्स (महिनावारी) रोकिएको दुई महिना भएछ ।” जीवन अलमल्ल पर्यो । उसको आँखामा समाको कालो, कालो डल्लो गुथ्लुक्क परेको अनुहार झलक्क नाच्यो । भरखर १४/१५ मा टेकेकी भए पनि अनौठो खालकी लज्जालु केटी थिई त्यो ।

“के भएछ ? के विमारी थिइन् र ?” जीवनले सामान्य ढङ्गले सोध्यो ।

“होइन, हामी एक अर्कालाई प्रेम गथ्र्यौं …………।”

जीवन छक्क पर्यो । उसलाई एकपल्ट आङ्खनो अगाडि उभिएको हिसाब सरको मुखमा, दार्जिलिङ्गे र कांग्रेसी सभ्यताको हाइ हाइ गर्ने र सारा गाउंलाई असभ्य देख्ने मास्टरको मुखमा पिचिक्क थुकिदिउं कि जस्तो लाग्यो । तर उसले आफूलाई सम्हाल्यो ।

“तपाईंले प्रेम गर्नको लागि आङ्खनी चौध वर्षे विद्यर्थी बाहेक अरु कसैलाई भेट्टाउनु भएन ?” जीवनले अलिक कठोर स्वरमा सोध्यो ।

“आइ एम सरी, सर (सर मलाई दुःख छ ।)”

जीवनले घिनलाग्दो आँखाले बैकुण्ठलाई हेर्यो । त्यसैबेला उसको आँखामा जेठा ढकालको भद्र र शिष्ट अनुहार नाच्यो । ‘यतिबेला त्यो पीडाले कति नराम्ररी चिथोरिएको होला !’ उसले मनमनै भन्यो । उसको मनमा बैकुण्ठ प्रति अरु घृणा बढायो ।

“आइ एम सरी सर, । अब मेरो साहारा सर मात्रै हुनुहुन्छ । ढकालहरु सरलाई मान्छन । सरले सम्झाए पनि सम्झन्छन् । म जे बेहोर्न पनि तयार छु । उसलाई बिहे गर्न पनि तयार छु । उसलाई कुनै प्रकारको दुःख दिन्न भनेर लेखेर दिन पनि तयार छु । कृपया सरले एकपल्ट मेरो लागि दुःख गरिदिनु पर्यो,” बैकुण्ठले अनुहारलाई सकेसम्म अँध्यारो र निर्धो पारेर भन्यो ।

“तपाईहरुको सभ्यताले यस्तै सिकाएछ सर,” जीवनले विरक्तिएको स्वरमा भन्यो, “भोलि गाउँमा शिक्षक प्रति कस्तो अविश्वास फैलिएला भन्ने तपाईंले अलिकति पनि सोच्नु भएन । तपाईको लागि त त्यो प्रेम हुन सक्छ, तर दुनियांको आँखामा त्यसलाई प्रेम भनिन्न सर । दुइटा नानीको तीस वर्षे बाबुको आङ्खनी स्वास्नी हुंदा हुंदै एउटी चौध वर्षे बालिकासंगको शारीरिक सम्बन्धलाई प्रेम होइन, सभ्य भाषामा रेप ( बलात्कार) भनिन्छ,” जीवन एकछिनको लागि अड्कियो, “खैर तपाईहरुलाई त के भयो र ? यस्ता कुरा अनैतिक त हामीलाई मात्र लाग्छ । तर सर, यसमा म के गर्न सक्छु र ? म भन्दा बढी त प्रधानपञ्चले नै गर्न सक्छन् । अथवा त्यो भन्दा बढी त स्वयम् ढकाल बाहरुले नै गर्न सक्छन् । अनि ती दुवैसंग मेरो भन्दा तपाईहरुकै राम्रो संबन्ध छ ।”

“यो काममा उनीहरुबाट केही पार लाग्दैन । समाको फादर (बाबु को नेचर (स्वभाव) अरुको जस्तो छैन । उनलाई सरले मात्रै राम्ररी सम्झाउन सक्नु हुन्छ । त्यसबाहेक, “बैकुण्ठ एक छिन रोकियो, “मेरो मिसेस (श्रीमती) लाई पनि सरले सम्झाइदिनु पर्छ । सम्पूर्ण शिक्षकमा उसले सरलाई नै विशेष नजीकको मान्छे ।

बैकुण्ठ बोलिरहेको थियो, तर जीवन सुनिरहेको थिएन । “मान्छे कतिसम्म निर्लज्ज हुन सक्दो रहेछ हं ?” उसको मनले बार–बार सोधिरहेको थियो ।

“म चाहिं आजै बाटो लाग्छु सर । म इलाममा वेट (प्रतिक्षा) गर्छु …….।”

“किन आजै बाटो लाग्नु हुन्छ ? सांझ पनि पर्नै आंटेको छ,” जीवनले पश्चिम तिर रक्तिम हुंदै गएको सूर्यलाई हेरेर भन्यो ।

“होइन सर । म बस्तिन । ढकाल माईलाले मार्छु भन्दै थियो रे ।”

जीवनको आँखामा दुई महीना अघि दौडिंदै आएकी शकुन्तलाको अनुहार झलक्क नाच्यो । उसले बैकुण्ठको अनुहारमा पुलुक्क हेर्यो र अलि अलि हांसेर भन्यो, “मार्छु भन्दैमा कसैले कसैलाई मार्ने भए यो दुनियामा यसरी जनसंख्या बढ्ने नै थिएन नि ……..।”

“सरलाई ढकालहरुको बानी बेहोरा थाहै छैन । त्यसैले यस्तो कुरा गर्नुहुन्छ ।” बैकुण्ठले पहिले जस्तै आत्तिएको स्वरमा भन्यो, “तर नौ जना ढकालहरु एक ठाउँमा भेला भए भने दश जना मान्छेको ज्यान हराएको पनि कसैलाई पत्तो हुंदैन । गाउँमा ‘ढकाल जुटे कि सम्पत्ति लुटे’ भनेर त्यसै उखान चल्या छैन ।”

फेरी जीवनले आत्तिंदै आएकी शकुन्तलालाई सम्झ्यो । शकुन्तलाको निर्मल स्नेह सम्झिदा उसको मन हलुङ्गो भयो । उसले विस्तारै भन्यो “खैर, सर अब जनु नै हुनुहुन्छ भने मेरो भन्नु केही छैन । ढकाल बाहरुसंग आवश्यकता परे म कुरा गरौंला । तपाईको जहानसंग पनि कुरा गर्नु परे गरौंला ।”

“सर, आइ होप योर सक्सेस (तपाईंको सफलताको कामना गर्दछु ।)” बैकुण्ठले हात अगाडि बढाउंदै भन्यो ।

“किन, यो जङ्गलबाट कता जानु हुन्छ ?” जीवनले छक्क पर्दै सोध्यो ।

“झोला तल कुमाल गाउँमा पुर्याउने व्यवस्था मिलाएको छु । म यही जङ्गलै जङ्गल हुंदै पर निस्कन्छु ।”

“लौ हिंड्नोस् बाटै बाटो । केही हुंदैन,” जीवनले अलिक हकारे जसरी भन्यो ।

“नो (हुंदैन) सर,” बैकुण्ठले पाइला चाल्दै भन्यो, “फेरि भेटौंला ।”

जीवनले बोल्न खोज्दा खोज्दै बैकुण्ठ दुई डील तल झरिसकेको थियो । जीवन खिसिक्क हांस्यो ।

“एउटा सभ्य, कांग्रेस पनि विदा भयो,” जङ्गलबाट बाटोमा निस्कंदा जीवन अलि अलि हांस्तै बरबरायो । जङ्गल बाहिर निस्किएर उ एकछिन स्कूलको आंगनको डीलमा उभियो । त्यतिबेला उसलाई दक्षिणतिर देखिने पांचथरका डाँडाहरु पनि राम्रा लागे ।

मुखबाट मधुरो सुसेली निकाल्दै, जीवन कोठातिर लाग्यो ।

नरवीरको दोकानमा मान्छेको भिड थियो । उसले नजीकै गएर हेर्यो । केही मान्छे किनमेल गर्दै थिए । किनमेल गरी सक्नेहरु निस्किएर बाटो पनि लाग्दै थिए । उनीहरुको छेउमा उभिएका ढकाल माइला, काइला र राइंला तम्तम्याइलो अनुहार लाएर जीवन आउने बाटो तिर हेरिरहेका थिए ।

“हामी सरसित केही कुरा गर्न आएका छौं,” जीवन नजीक आउने वित्तिकै काइलोले अलिक अगाडि सरेर शिष्टतापूर्व भन्यो, “हामीले लिला सरलाई पनि बोलाउन पठाएका छौं ।”

“हिंड्नोस् कोठामा जाउं,” जीवनले पनि गम्भिरता र शिष्टतालाई सकेसम्म राम्ररी प्रदर्शित गरेर भन्यो ।

तिनीहरु चारै जना जीवनको कोठामा पसे । जीवनले विस्तारै कोठा ढप्काइदियो । त्यसपछि एउटा छेउमा उभिएका ढकाल बाहरुलाई उसले आङ्खनो ओछ्यान र कुर्चीमा बस्न आग्रह गर्यो । उ चाहिं बेञ्चको छेउमा बस्यो ।

कोठाको वातावरण तनावपूर्ण भयो ।

“यहाँहरुले म सित त्यस्तो के सल्लाह गर्ने विचार लिन भएछ ! यो त मेरो सौभाग्य हो । अब हामी कुरा गर्न सक्र्छौ,” जीवनले शान्त तथा गम्भीर स्वरमा भन्यो । उसको मनमा ढकालहरु किन आएका होलान् भन्ने बारेमा कुनै अन्यौल थिएन ।

“लिला सरलाई पनि पर्खौं कि,” राइलाले पनि संयमित आवाजमा भन्यो ।

“कुरा गर्दै गर्दा हुन्छ । उहाँ पांच सात मिनेटमै आउनु होला । तर डेरामा हुनुहुंदो रहेनछ भने नआउन पनि सक्नु हुन्छ,” जीवनले माइलाको अनुहारमा हेरेर भन्यो । माइलाको अनुहार पहिले पहिले भेटे जस्तो शान्त र शिष्ट थिएन ।

“सर, सरहरुले शिक्षक भएर हाम्रो इज्जत बन्धकी राखिदिनु भएन,” काइलाले नम्र स्वरमा भन्यो ।

“किन, हामीले त्यस्तो के गर्यौं र ?” जीवनले केही थाहा नपाए जसरी छक्क परेको स्वरमा भन्यो ।

माइलोको अनुहार बटारिएर आयो, “तिमी, तिमी मास्टरहरु, तिमेरु,” उ बोल्नै सकेन ।

“दाजु, हजुरले यस्तो गर्दिनु भएन,” काइलोले आङ्खनो दाजुलाई सम्हाल्दै भन्यो ।

“निस्क तिमेरु हाम्रो गाउँबाट । तिमेरु नभए नि हाम्रा छोराछोरी पढ्छन्,” माइलोले भाइको सल्लाहलाई वास्तै नगरेर भन्यो ।

“माइला–बा, तपाईं अलिक सम्हालिएर बोल्नुस् । भिख माग्दै म तपाईंहरुको गाउँमा आएको होइन । त्यसै रवाफ देखाएर यो दुनियाँमा कोही तर्सदैन,” जीवनको स्वर सानो तर अनौठै खालको र गम्भीर थियो, “जहाँसम्म तपाईंको रीसको कुरा छ, त्यसले मेरो रौं पनि हल्लाउंदैन । तपाईंहरु मसंग सल्लाह माग्न आउनु भएको हो भने म भएभरको बुद्धि लाउन तयार छु, होइन धम्की दिन आउनु भएको हो भने त्यसको सामना गर्न पनि तयार छु ।”

“सर, त्यसरी रिसाउनु भएन,” काइलोले शान्त स्वरमा भन्यो, “हामीमाथि यतिबेला पहाड खसेको छ, त्यसैले दाजुलाई छोइनसक्नु रीस उठेको हो । तपाईले हाम्रो अवस्था बुझ्नु पर्छ ।”

जीवनले केही नबोली राईंलोतिर हेर्यो । त्यो पनि काइलो जत्तिकै शान्त थियो ।

“खै, कहाँबाट थालौं,” काइलो एकछिन अड्कियो, “सर, यो हाम्रो अग्रह हो ……।”

काइलोले वाक्य पूरा गर्न पाउंदा नपाउंदै लिला ढोका ठेलेर भित्र पस्यो र ढोका ढप्काउंदै उसले ढकालहरुलाई नियालेर हेर्यो । त्यसपछि केही नबोली जीवनको आडमा आएर बस्यो । काइलोले पनि एकपल्ट पुलुक्क लिलातिर आँखा ङ्खयाल्यो । त्यसपछि जीवनलाई नै हेरेर उसले कुरो अगाडि बढायो, “सरहरुले कमसेकम शिक्षक मर्यादामा बसिदिनु पर्यो …..।”

काइलो बोल्न सकेन । तर उसको बोली पूरा गर्दै राइलोले भन्यो, “हाम्रा पनि छोरी चेली छन् ।” “किन, के भयो ? मैले त केही बुझिन,” लिलाले अनौठो मान्दै घरि जीवन र घरि ढकालहरुतिर हेर्दै भन्यो ।

“मैले बुझेको छु सर, यहाँहरु के भन्न खोज्दै हुनुहुन्छ,” जीवनले अलिक तिखो तर गम्भीर स्वरमा भन्यो, “ढकाल बाहरु समक्ष म शिष्टतापूर्वक के आग्रह गर्दछु भने कुरालाई नलुकाइ भनिदिनु होस् । छोरी चेली कसका छैनन् र ? मेरी एउटी बैनी छे । लिला सरको १३ वर्ष पुगिसकेकी छोरी छन् ।”

“तर सर, छोरी चेली हुनेले आङ्खनो मर्यादामा बस्न पनि त सक्नु पर्दछ ।” राइलोले भन्यो ।

“के मर्यादा यी कम्निस्टहरुलाई ? जसले साझा स्वास्नीको वकालत गर्छन्, तिनलाई नारीको इज्जतको, मर्यादाको मोल के थाहा ?” माइलोले च्यांट्ठिदै भन्यो ।

“नच्याट्ठिनुस् माइला बा,” जीवनले अलिक वेवास्ताको पाराले लिलाको हातको चुरोटको बट्टा आङ्खनो हातमा लिंदै भन्यो, “तर नारीको इज्जतको मर्यादाको मोल कसलाई थाहा हुन्छ भन्ने कुरोको प्रमाण त म अहिले, यहीं तीन मिनेटमै दिन सक्छु ।”

कोठाको वातावरण अनौठो भयो । काइलाले आङ्खनो दाजुको अनुहारमा पुलुक्क हेर्यो ।

“मैले त अझै केही बुझिन,” लिलाले पहिलेकै ढङ्गले भन्यो ।

“तपाईं जस्तो सोझो मान्छेले यस्तो कपट बुझ्नु नै हुन्न सर,” जीवनले सिगरेटको बट्टा लिलालाई दिंदै भन्यो, “ढकालबाहरु हामीलाई, खास गरेर तपाईं र मलाई नैतिकताको पाठ पढाउन आउनु भएको छ । उहाँहरु यस्तो देखाउन खोज्दै हुनुहुन्छ, मानौं हामीबाट उहाँहरुको छोरीको इज्जत लुटिने डर छ । यो सब किन भैरहेछ तपाईंलाई थाहा छैन । तर मैले भरखरै मात्र बैकुण्ठलाई झोंडी पेल्दै कुमाल गाउँतिर दौडिंदै गरेको देखेको थिएं अनि अघि बिहान मात्रै समालाई बैकुण्ठको हात समातेर घुंक्क घुंक्क रुंदै गरेको पनि भेटेको थिएं । बैकुण्ठले मसंग केही ओकलिसकेको पनि छ । यति थाहा पाए पछि र ढकाल बाहरु मलाई नैतिकताको पाठ पढाउन आउनु भए पछि यो नाटकको पछिल्तिर के छ भनेर बुझ्न लाटालाई पनि गाह्रो पर्दैन ।”

“सर, यो नाटक होइन,” काइलोले विरोध जनाउंदै भन्यो ।

“नाटक नभए के हो काइंला बा ? जसले तपाईहरुको छोरीको इज्जत लुट्छ उसलाई समाउने कुरामा तपाईहरुको ध्यानै जांदैन । तपाईंहरुको पैताला चाट्ने हुनाले लक्ष्मी जस्तो चरित्रहीन तिर तपाईंहरुको दृष्टि पुग्दैन । तर तपाईंहरुको आँखामा म आउँछु, घटनालाई लुकाएर तपाईंहरु मलाई इज्जतको साहु बनाउनु हुन्छ र गाउँ छोड् भनेर धम्की दिनु हुन्छ । भन्नोस, काइंला बा, यो सब नाटक नभए के हो ? कि भेट्नु भएको छ मेरो आचरणहीनताको प्रमाण ? एउटै मात्र केही भेट्नु भएको छ भने मेरो टाउको काटेर लानोस । बुझ्नु भो माइला बा, हामी तपाईंले भने जस्ता कम्निष्ट त होइनौं तर महिलालाई देख्ने वित्तिकै, त्यो बालिका छ कि, त्यो आङ्खनै विद्यर्थी पो हो कि, भन्ने छ्यानब्यान समेत नराखी त्यसको पछि राल जुहाउंदै दौडिने र मौका पर्ने वित्तिकै त्यसलाई बलात्कार गर्ने बैकुण्ठ जस्तो मान्छे पनि होइनौ ……।”

स्थिति ठीक उल्टो भएको थियो । अघि हान्ने रांगो जसरी फुं फुं गरिरहेको माइलो ढकाल कुचुक्क परेको थियो ।

“काइंला बा,” जीवनले काइंलोलाई हेर्दै भन्यो, “तपाईहरुको परिवारमा म, तपाईं र जेठा बालाई धेरै असल मान्छे ठान्थें र अहिले पनि ठान्दैछु । तर तपाईं यस्तो तल ओर्लेर आङ्खनै छोरीको इज्जत बन्धक राखेर मलाई गाउँबाट निकाल्ने षडयन्त्र गर्न आउनु होला भन्ने मैले कल्पना सम्म गरेको थिइन ।”

“सरलाई भ्रम भयो । मेरो त्यस्तो उद्देश्य पटक्कै थिएन ।”

“त्यस्तै रहेछ भने म तपाईंलाई धन्यवाद दिन चाहन्छु । तर घटनाले तपाईंको भनाइलाई पुष्टी गर्दैनन् । मुख्य कुरो के हो भने, मलाई झुट्टा आरोप लाएर, त्यसमाथि पनि यस्ता निकृष्ट आरोप लाएर गाउंबाट लखेट्ने कोशिश नगर्नु भए नै सबैलाई राम्रो हुन्छ । म त्यति सजिलै खुट्टा छोड्ने मान्छे पनि होइन । त्यसै पनि झुठो कलंक बोकेर को पछि हट्न चाहन्छ र ? अनि माइला बा,” जीवनले माइलो तिर फर्किंदै भन्यो, “तपाईंको धम्कीले नतर्सिने मान्छे पनि यो दुनियामा छन् भन्ने तपाईंले थाहा पाउनु पर्छ । हामी नबिराउनु नडराउनु भन्ने मान्छे हौं । तपाईंले हामीलाई चिनिराख्नु भए हुन्छ ।”

“सरले हाम्रो आगमनको उद्देश्यलाई बुझ्ने कष्टै गर्नु भएन,” राइंलोले कुरो मिलाउँदै भन्यो, “सरहरुलाई धम्की दिएर छोराछोरीको पढाइ विगार्नु बाहेक हामीले अरु के नै पाउँछौं र ! हामी त सहयोगको अपेक्षा गरेर आएका थियौं ।”

“सहयोगको लागि आउनेले धम्की दिने गरेको मैले कहिल्यै सुनेको थिइन । खैर,” जीवनले स्वरलाई सकेसम्म सामान्य बनाउँदै भन्यो, “हामी जस्तोसुकै सहयोग गर्न पनि तयार छौं । तर जेठा बाले यस्तो घटनामा हामीसित सहयोग माग्नु होला भन्ने विश्वास मलाई लागेको छैन । छोरीको वदनामीलाई फैलाएर के फाइदा छ र ! बरु कतै लागेर उपचार गराउनु भए सबभन्दा राम्रो हुने छ ।”

“कस्तो नराम्रो दुर्घटना घटेछ !” लिलाले लामो सास तानेर भन्यो, “हामी विभागीय कारवाही चलाउने छौं र वैकुण्ठ प्रति यहाँहरुको कुनै त्यस्तो विशेष कारवाहीको माग छ भने त्यसो गर्न पनि हामी तयार छौं ।”

तीनै जना ढकालहरु केही बोलेलन् । बरु जीवनले नै सानो स्वरमा भन्यो, “बैकुण्ठ अब नआउने गरी भागिसक्यो ।”

“हो र !”

“नत्र जंगल पेल्दै इवा खोला झर्न कुमाल गाउँतिर को कुद्छ ?”

विस्तारै कोठाको वातावरण सामान्य बन्न थाल्यो । कोठा भित्र साँझ खस्तै थियो । त्यसैबेला मलिन अनुहार लाएका ढकाल बाहरुले जीवन र लिलासंग विदा लिए । ढकालहरु बाहिर सडकमा निक्लिएर विस्तारै उकाला लागे । उनीहरुको हिंडाइ नियालेर हेरेपछि लिलाले भन्यो, “तपाईंले कसरी यत्रो कथा पत्ता लगाउनु भयो ?”

जीवनले लिलालाई बैकुण्ठसंग भएको संपूर्ण कुराकानी सुनाई दियो ।

“यस्तो पो रहेछ, “ लिलाले हाँस्तै भन्यो, “म त शकुन्तलाको कुरो पो उठेछ भनेर डराएको थिएं ।”

“त्यही उठेको भए पनि किन डराउने ?”

लिालाले जीवनलाई पुलुक्क हेर्यो । “सरले शकुन्तलाको बारेमा यत्ति साह्रो हेलचेक्या«ई गर्नु भएन । जिन्दगीको यो हिस्सा पनि महत्वपूर्ण हुन्छ । प्रेमले मान्छेलाई सामाजिक कार्यमा अघि बढ्न ठूलो प्रेरणा दिन्छ । मैले सर हिंड्नु भएपछि शकुन्तलासंग धेरै पटक कुरा गरेको थिएं । उनको स्थिति सकारात्मक देखेपछि नै मैले उनलाई सरको झापाको घरको ठेगाना दिएर पठाएको थिएं ।”

“सर, वास्तवमा साह्रै धेरै आशावादी हुनुहुन्छ । “ जीवनल खिसिक्क हाँस्यो ।

झगडा

चार दिनसम्म खालि रहेको लिलाको हेडमास्टरी कुर्चीमा मुसुमुसु हांसिरहेको लक्ष्मी बसेको थियो । जीवनले एकछिन ढोकामा उभिएर आङ्खनो नयाँ हेडमास्टरलाई हेर्यो र ख्वाक्क खोकेर कोठाभित्र पस्यो ।

लक्ष्मीले पनि तिखा आँखाले ढोकामा उभिएको जीवनलाई हेर्यो । जीवन जति नजीक नजीक आउँथ्यो लक्ष्मीको हेराई त्यति त्यति गाढा हुंदै जान्थ्यो । जीवनलाई टेबुलको नजीक आउन्जेलसम्मै उसले एकोहोरो पाराले हेरिरह्यो ।

टेबुलको पल्लो छेउमा बसेको लक्ष्मी र ओल्लो छेउमा उभिएको जीवनले एकै छिन मात्र एक अर्कालाई हेराहेर गरे । त्यसपछि जीवन हाजिर कापी बोकेर एउटा खाली कुर्चीमा गएर बस्यो । लक्ष्मी प्रति केही वास्तै नदेखाई उसले एक एक गरेर कापीका पानाहरु पल्टायो र आङ्खनो नामको मुन्तिर सही गर्यो ।

शिक्षकहरु एक एक गर्दै आउँदै थिए र स्कूलको घण्टी लाग्न अझै पाँच मिनेट जति बाँकि नै थियो ।

“लिला सरको ठाउँमा कार्यालयले लक्ष्मी सरलाई नियुक्ति दिएछ,” निर्मलाले जीवनलाई सुनाउंदै भनी ।

“राम्रो भएछ । एउटा नचिनेको बुज्रुकको शासन खप्नु परेन,” जीवन अलिक मनोरंजक पाराले भन्यो । त्यहाँ बसेको सबै शिक्षकहरु सानो स्वरमा हाँसे । लक्ष्मी पनि किचिक्क हाँस्यो ।

“चिनेको भनेरै सरहरुले मलाई सहयोग गरिदिनु भयो भने म आङ्खनो अहोभाग्य संझन्छु । हाम्रो एकताले स्कूललाई समृद्धिको शिखरमा पुर्याउने छ,” लक्ष्मीले बल गरेर हाँस्न खोज्दै भन्यो ।

“हामीसंग मिल्ने हुंदा लिला सरले जस्तै घोक्रेठ्याक खानु होला । अलिक संहालिनुस् है सर,” जीवन बोली पनि नसकी हललल्ल हाँस्यो ।

स्कूलको कोठामा केवल जीवनको हाँसो मात्रै गुन्जियो । अरु शिक्षकले अलिकति मुख च्यात्न पनि सकेनन् ।

“हाम्रो देशमा हेडमास्टर र अरु शिक्षकको मिल्ती हुनु हुंदो रहेनछ । त्यसले हेडमास्टरको टाउकामा आपत्ती खन्याउँदो रहेछ । हेर्नोस् न, हाम्रो लिला सरको दुर्गती । नखाइ नखाई यही स्कूलको हितमा आठ वर्ष बिताउनु भयो । सारा शिक्षकलाई रिझाउनु भयो । हामी सबैसँग मिलेर काम गर्नु भयो । उहाँले, त्यसको पुरस्कार के पाउनु भयो ? जिल्लाको सबभन्दा दुर्गम मानिने डाँडाको निर्जन स्कूलको मास्टरी,” जीवन बोल्दा बोल्दै एकछिनको लागि रोकियो, “त्यसैले लक्ष्मी सरलाई मेरो चाहिं कस्तो सल्लाह छ भने, तपाईं हामीबाट एक हात परै बस्नोस् । होइन भने तपाईंको लागि जिल्लाको अर्को कुन चाहिं दुर्गम डाँडो छ भनेर खोजी हुन बेर छैन ।”

जीवनको शब्द शब्दमा भरिएको ब्यङ्गले लक्ष्मीको अनुहारलाई अँध्यारो बनायो । उसले एकपल्ट सबै शिक्षकलाई हेरेर भन्यो, “सल्लाहको लागि सरलाई धन्यवाद ! तर मेरो जीवनमा त्यस्तो दुर्गतीपूर्ण दिन आउला जस्तोमलाई लागेको छैन ।”

“भविष्यको कुरा कसलाई थाहा छ र ?” जीवनले आङ्खनो हातको घडी हेर्दै भन्यो, “अव बहसमा नलागौं । घण्टी लाउने बेला भैसके जस्तो लाग्छ ।”

जीवन अफिस कोठााबट बाहिर निस्किएर वार्दलीमा गयो । त्यसैबेला स्कूलको पिउनले पहिले चार चोटी टङ टङ पारेर घण्टी ठोकेपछि अन्तराल नराखी टननन घण्टी बजायो । चहुरमा खेल्दै गरेका, कक्षा कोठा भित्र पसिसकेका र भरखरै मात्र स्कूलको डीलमा टेक्न आइपुगेका केटाकेटीहरु कल्याङ मल्याङ गर्दै प्रार्थनाको मैदानमा उभिन आउन थाले ।

वर्खे छुट्टी पछि स्कूल लागेदेखि नै एक पछि अर्को गर्दै घटनाहरु घटेको देखेर जीवन छक्क परेको थियो । बैकुण्ठ भाग्दा उसको मन नरमाएको होइन । बिचरा, व्यवहार, बोलिचाली, हरेक कुरामा खराबी नै खराबी भएको मानिसले सदाको लागि स्कूल छोड्दा रमाइलो नलाग्ने कुरै थिएन । तर उनीहरुले यो रमाईलो मान्नै पाएनन् । बैकुण्ठले स्कूल छोडेको नै दिनमै एक्कासी लिलालाई जिल्लामा काजमा बोलाइयो । लिला पछिको पुरानो बैकुण्ठ नै थियो । पहिले पहिले विदामा वा अन्य काममा कतै जानु पर्दा लिलाले बैकुण्ठलाई नै जिम्मेवारी दिएर जाने गरेको थियो । त्यतिबेला त बैकुण्ठ पनि थिएन । अहिले कसलाई जिम्मा दिने भनेर लिला अलमल्ल परेको बेला दिउँसो तीन बजेतिर लिलाको नाममा शिक्षा कार्यलयको दोश्रो पत्र आइपुग्यो । छक्क परेको लिलाले हतार हतार पत्र पढ्यो । पत्र पढेर उ झनै छक्क पर्यो । उसलाई याङनामको प्रस्तावित मा.वि. मा सरुवा गरिएको रहेछ ।

एक्कासी लिलालाई त्यहाँबाट सरुवा गर्नुका कारणहरु न जीवनले पत्तो लाउन सक्यो न अरु शिक्षकले नै अनुमान गर्न सके । धेरै चोटी जीवनको आँखामा प्रधानपञ्चको अनुहार ननाचेको होइन । तर जति चांडो त्यो अनुहार उसको आँखामा नाच्न आउंथ्यो त्यति नै चांडो त्यो बिलाएर पनि जान्थ्यो प्रधानपञ्चले लिलाई सरुवा नै गरिहाल्नु पर्ने त्यस्तो बलियो कारण जीवनले फेला पार्नै सकेन ।

लिला सरुवा भएको भोलिपल्ट संचालक समितिको बैठक बसेको कुरो जीवनले पनि थाहा पाएको थियो । त्यसले प्रधानाध्यापक छान्ने थियो । त्यतिबेलासम्म लिलाले स्कुल छोडिसकेको थिएन । उसले पनि बैठकमा भाग लियो र स्कूलको कागजपत्र र सरसामान संचालक समितिको अध्यक्ष रहेको प्रधानपञ्चलाई बुझायो । तर प्रधानअध्यापकमा कसलाई राख्ने भन्ने बारेमा बैठकले कुनै निर्णय गरेन ।

लिला हिंडेको दिनदेखि एक हप्ताको लागि भनेर अध्यक्षले लक्ष्मीलाई निमित्त प्रधानअध्यापकमा नियुक्त गरेको थियो । निमित्त भएर पनि लक्ष्मी प्रधानअध्यापकको कुर्चीमा गएर बसेको थिएन । त्यसैले चार दिनको लागि प्रधानअध्यापकको कुर्ची खालि भएको थियो । चौथो दिनका दिन जिल्ला शिक्षा कार्यालयले लक्ष्मीको नाममा प्रधानअध्यापकको पद जोडिदिएको थियो र बाहिरबाट पो प्रधानअध्यापक आउंने हो कि भन्ने शिक्षकहरुको अनुमान खारेज भएको थियो ।

जीवनले दक्षिणतिरको आकासमा हेरेर लामो सास तान्यो । आकासमा घाम चरक्क चर्केको भए पनि प्रकृति हरियो र रमाइलो देखिंदै थियो ।

दिनहरु बादल उडे जसरी लुसुलुसु बिलाउंदै जांदै थिए । बुङलामा त्यस्तो कुनै हेरफेर आई हालेको थिएन । लक्ष्मी प्रधानअध्यापक भएको सत्ताइस दिन भैसकेको थियो । बेलामौकामा प्रधानपञ्च आउंथ्यो र शिक्षकहरुसंग रमाइलो गफ गरेर केही समय विताउंथ्यो ।

बेला बेला लक्ष्मीले आङ्खनो प्रधानाध्यापकको हुकुमी व्यवहार देखाए पनि शिक्षकहरुको बीचमा तितोपिरो होला भनेर मानिसहरुले सोचेका थिएनन् । काइली स्वयंसेवकबाट तलवी शिक्षिकामा फेरिएको थिई र उ नियमित रुपले स्कूल आउन थालेकी थिइ । अरु शिक्षकहरुको जिन्दगी पहिले जस्तै ढंगले चलिरहेको थियो । जीवन र लक्ष्मी बीचमा पनि पहिलो दिनपछि कुनै खालको तितोपिरो भएको थिएन । तितोपिरो भैहाल्ला भनेर कसैले चिताएको पनि थिएन । स्वयं जीवनलाई पनि यति चांडै लक्ष्मीसंग झगडा पर्ला भन्ने लागेको थिएन ।

तर लक्ष्मी प्रधानाध्यापक भएको अट्ठाइसौं दिनको दिउँसो खाजा खाने छुट्टीको बेलामा ती दुई जना शिक्षकहरु नमीठो ढंगले बाझे ।

कुरो सबभन्दा पहिले लक्ष्मीले नै उठायो । उसले आङ्खनो कुर्चीमा बसेर पत्रिका पढिरहेको जीवन तिर हेर्दै भन्यो, “जीवन सर, तपाईंले कक्षा नौ र दशको हिसाब लिनु पर्यो ।

“किन ?” जीवनले यसो टाउको उठाएर लक्ष्मीलाई हेर्दै शान्त स्वरमा सोध्यो ।

जीवनको प्रश्न सुनेर लक्ष्मी पनि एकछिन त अकमक्क पर्यो । तर उसले तुरुन्तै सम्हालिएर कुरा मिलाउँदै आङ्खनो स्वरलाई अलिक तल झारेर भन्यो, “नौ र दश कक्षाका विद्यार्थीको पढाइ विग्रियो । रमेश सरले आठ भन्दा माथिको पढाउन सक्दिन भन्नु भयो । यसैले सरले लिइदिनुपर्यो ।”

जीवनले यसो टाउको घुमाएर रमेशलाई हेर्यो । ऊ केही नबोली जीवनलाई हेरिरहेको थियो । जीवनले तुरुन्तै आङ्खनो अनुहार लक्ष्मीतिर फर्काउंदै भन्यो, “मैले सक्छु भनेर तपाईले कसरी अनुमान लाउनु भयो ?”

कोठाका सबै शिक्षकहरु चुप्प लागेर जीवन र लक्ष्मीलाई हेरिरहेका थिए ।

“तपाईंको वि.ए. मा म्याथ (हिसाब) रहेछ नि ।”

“वि.ए. मा हिसाब लिनेले यहाँ नौ र दशको हिसाब पढाउन सक्छ भन्ने तपाईंले कसरी सोच्नु भयो ?” जीवनले अलिक हाँसेर सोध्यो ।

“हाई स्कूल जाबोको हिसाब के भो र ?”

“जाबो नै हो भने मैले नै पढाउनु पर्छ भन्ने के छ र ? जो कोहीले पढाए पनि भैहाल्छ…..।”

जीवनले बोल्दा लक्ष्मीको अनुहार अनौठो ढंगले अंध्यारो भयो । उसले टेबुल माथि राखेको कागजको टुक्रालाई च्याप्प समात्यो । उसको शरीर नजानिदो किसिमले काम्यो ।

“सरले मेरो प्रस्तावलाई ठट्टा ठान्नु भयो कि क्या हो ?” लक्ष्मीले आङ्खनो स्वरलाई अलिकति उचालेर भन्यो ।

“माफ गर्नु होला,” जीवनले स्वरलाई सामान्य बनायो, “न मैले ठट्टा गर्न खोजेको हो, न ठट्टा गरेर मलाई रमाइलो नै लाग्छ । मैले त तपाईंले पो ठट्टा शुरु गर्नु भएको हो कि भन्ठानेको थिएं । अंग्रेजी शिक्षकलाई हिसाब पढा भनेको मैले कहिल्यै सुनेको थिइन…….।”

“तपाईंले हिसाव पढाउनै पर्छ,” लक्ष्मीले च्यांट्ठिएर भन्यो ।

“गजव छ, मानौ यो स्कूल नभएर सेनाको व्यारेक हो !” जीवनले अनौठो मानेको स्वरमा भन्यो ।

“कहिले काहीं सेनाको जस्तो अनुसासन पनि चाहिन्छ । म कुनै काठको मुर्ति होइन । यो स्कूलको प्रधानाध्यापक हुं र कसरी पढाइ राम्रो बनाउन सकिन्छ भनेर सबभन्दा पहिले मैले नै सोच्नु पर्छ । मेरो यही दायित्वले तपाईंलाई हिसाब पढाउन अह्राउँदैछ ।”

“जब कि म अंग्रेजीको शिक्षक हुं भन्ने तपाईंलाई पनि थाहा छ,” जीवनले अलिक चिढिएको स्वरमा भन्यो ।

“चाहे जेसुकै होस्, विद्यार्थीको हितका खातिर तपाईंले हिसाव पढाउनै पर्छ ।”

“तपाईको दुर्भाग्य भनौं या मेरो । दुःखको कुरो के छ भने म हिसाब पढाउन सक्दिन । विद्यार्थीकै हितका लागि म हिसाब पढाउंदिन,” जीवनले एकदमै लापरवाहीको स्वरमा भन्यो । त्यसपछि उ विस्तारै कुर्चीको टेकामा आड लाग्यो ।

“तपाईंले पढाउनै पर्छ,” लक्ष्मीले रत्ती नलत्री भन्यो, “ म यो प्रधानाध्यापकको कुर्चीबाट तपाईंलाई आदेश दिन्छु ।”

“तपाईंको आदेश बेकारको छ, “जीवनले बसेको ठाउँबाट उठ्दै भन्यो “तपाईंले आफूलाई हाम्रो मालिक नसंझनुस् । त्यसबाहेक लक्ष्मी सर,” जीवन विस्तारै लक्ष्मी बसेको टेबलको आडमा गयो र लक्ष्मीको अनुहारमा हेरेर भन्यो, “च्यांट्ठिएर मलाई आदेश पनि नदिनुस । बुझ्नु भयो, म पनि खान नपाएर, भिखमंगा भएर बुङला आएको होइन । त्यसैले कुकुर विरालाको पाउ मोलेर मैले जागीर खानु परेको छैन । नैतिकताका सारा बांधहरुलाई तोडेर मैले जागीर बचाउनु परेको छैन । नैतिकताका सार बांधहरुलाई तोडेर मैले मास्टर हुनु परेको छैन । तपाईंले के थाहा पाउनु जरुरी छ भने सर,” जीवन एकछिन त्यत्तिकै ठिङ्ग उभियो, उसको स्वर उत्तेजनाले काम्न थालेको थियो । त्यही स्वरको कम्पनलाई नियन्त्रण गरेर उसले भन्यो, “आत्मसम्मान समेत बेचेर जागीर बचाउनुमा म कुनै गौरव देख्तिन । म यो स्कूलको अंग्रेजीको शिक्षक हुं त्यसैले म अंग्रेजी नै पढाउँछु । जहाँसम्म हिसाब शिक्षकको समस्या समाधान गर्ने कुरा छ, त्यो तपाईं र संचालक समितिको काम हो ।”

लक्ष्मी एकछिन छक्क परेर बस्यो । त्यसपछि आङ्खनो अघिल्तिर उभिएको जीवनलाई पुलुक्क हेरेर उसले भन्यो, “के तपाईंले मलाई धम्की दिन खोज्नु भएको हो ?”

“अहं । बिलकुल होइन । धम्की त आफू समानलाई दिइन्छ । तपाईलाई के को धम्की ? तपाईं त हाम्रो मालिक हुनु भएको छ । तर लक्ष्मी सर,” शब्दमा अलिक बढी जोड दिंदै जीवनले भन्यो, “तपाईंको मालिक्याईंलाई पनि चुनौती दिने अंग्रेजी साहित्यमा एम.ए. गरेको मान्छे तपाईंको आडैमा बस्छ भन्ने कुरा नभुल्नु होला, जीवन एकछिन चुप लाग्यो । एकपल्ट आङ्खनो वरिपरि बसेका शिक्षकलाई हेरेपछि लक्ष्मी तिर हेरेर उसले भन्यो, “तपाईं साथी बन्नुस, म तपाईंलाई हरेक काममा सहयोग गर्न तयार छु, तर तपाईं मेरो मालिक बन्नु खोज्नु हुन्छ भने, मैले कसैको चाकरी गर्न जानेको छैन भन्ने पनि तपाईंले थाहा पाइराख्नु पर्छ । अब कृपया मसंग झगडा गरेर नबस्नोस । घण्टी लाउने बेला भैसकेको छ । जहाँसम्म हिसाब पढाउने कुरा छ त्यसको लागि कतै वि.एस्सी. शिक्षक खोज्न पठाउनोस या आफै पढाउन थाल्नुस ।”

लक्ष्मीको अनुहार त झन अंध्यारो भयो । शिक्षक शिक्षिकाहरु दंग परेका थिए ।


 

मौलो पूजा

“सर, म मौलो पूजालाई चन्दा माग्न आको,” टिफिनको घण्टी लागे पछि शिक्षकहरु चिया खान पसलतिर जान आंटेको बेला गाउँ पञ्चायतको पिउन अफिसको कोठा भित्र पस्यो ।

गाउँ पञ्चायतको पिउनलाई रउसे भन्न त सकिंदैनथ्यो । तर ऊ हडवडे चाहिं थियो । ऊ हिंड्दा पनि कुम हल्लाउँदै बुद्रुक् बुद्रुक् उफ्रे जसरी हिँड्थ्यो अनि बाटामा जो मान्छे भेट भए पनि “हाउ, कां हिन्या हाउ ?” भनेर सोध्थ्यो । त्यसपछि मात्रै उ त्यो मान्छेलाई नियालेर हेथ्र्यो र आफूले मान्नु पर्ने रहेछ भने, “नमस्ते हजुर” भन्थ्यो, आफू समानको रहेछ भने, “ए दौंतरी पो,” भनेर हाँस्न थाल्थ्यो अनि आफू भन्दा सानो रहेछ भने “ए लौ, म त को पो भन्या” भन्दै हाँस्न थाल्थ्यो । त्यसैले स्कूलमा पनि उसले चन्दा मागिसकेपछि भन्यो, “नमस्ते छ है हाम्रा सप्पै सरहरुलाई ।”

“नमस्ते, आउनोस, बस्नोस,” टेबुलमा चक खेलाइरहेको जीवनले पिउन तिर फर्केर भन्यो । पिउन कोठाको एउटा कुनाको बेन्च अगाडि आएर ठिङ्ग उभियो । त्यसैबेला जीवनले सोध्यो, “के हो यो मौलो पूजा भनेको, अनि चन्दा किन दिने दाइ ?”

“लौ”, पिउन छक्क परेको स्वरमा भन्यो,” जीवन सरलाई थाहै रहेनछ । थाहा पनि कसरी होस र बरै ? बुङलाको दशैं था’ पा’ भन्या यै पाली होला ।” पिउन रील चुंडिए जसरी चुप्प लाग्यो । सबै शिक्षकहरु उसैलाई हेरिरहेका थिए र उनीहरु हाँस्नै आँटेका थिए । उसले पनि हाँस्तै कुरो अगाडि बढायो, “कुरो के भने नि सर, अब हाम्रो गाउँको मन्त्री साहेपको मौलो पूजा गराउने पुख्र्यौली चलन हो । उहिले मन्त्री साहेपका चेप्जुले बुङलाको जंगल फंडानी गरेर मौला थापेदेखि मन्त्री साहेपकै घरवाट मौलो पूजा गराउने चलन बसिगयो । पैले पैले चाहिं मन्त्री साहेपकै घरबाट मौलो पूजा हुने गथ्र्यो अन्त परार सालको आमचुनावदेखि चाहिं सर, मौलो पूजामा पनि जन सहभागिता जुटाउनु पर्छ भन्ने प्रधानपञ्चज्यूको राय रह्यो । त्यसपछि उहाँकै प्रस्तावमा गाउँ पञ्चायत भरिबाट घरलौरी पांच रुप्पे उठाउने र यस गाउँ पञ्चायतमा तलब खाने बुद्धिजीवीको दायित्व चैं जनसहभागिता जुटाउनेमा सबभन्दा बढी हुनुपर्ने भएकोले…..।”

पिउनले बोली पनि नसिध्याउंदै सबै शिक्षकहरु हलल्ल हाँसे ।

“बीचैमा हाँसे भनेर नरिसाउनोस है कान्छादाई,” जीवनले पिउनलाई आदर गर्दै भन्यो, “तपाईंलाई मौलो पूजामा जनसहभागिता जुटाउने सिद्धान्त प्रचार गर्न कसले सिकायो ?”

पिउन एकछिन अलमल्ल पर्यो । उ शिक्षकहरुको यो नौलो व्यवहार देखेर आत्तियो । उसले आङ्खनो दाहिने हातलाई कान पछाडि लग्यो र कपाल कन्याउन थाल्यो । एकछिन त्यसरी अलमलिएपछि उसले अघिकै पारामा भन्यो, “लौ जीवन सर पनि । यस्तो कुरा पनि अरुले सिकाइरहनु पर्छ र ? परार साल नै प्रधानपञ्चज्यूले गाउँ पञ्चायतको बैठकमा हामीलाई बताउनु भएको थियो …. ।”

“अनि यो जनसहभागिता जुटाउने कुरा पैसा उठाउने काममा मात्रै छ कि अरुमा पनि छ ?”

“खै कोनि सर, त्यो त मलाई थाहा छैन,” पिउसले फेरि कपाल कन्यायो ।

“यो कान्छालाई यस्ता सबै कुरा थाहा हुने भए त यही भै हाल्थ्यो नि प्रधानपञ्च,” निर्मलाले हाँस्तै भनी । उसको भनाइ सुनेर कोठामा अरु शिक्षकहरु पनि हाँसे ।

“लौ भन्नोस त दाई, तपाईं मौलो पूजाको लागि कति घरमा चन्दा उठाउनु हुन्छ ?” हाँसिसके पछि जीवनले नै सोध्यो ।

पिउसले ङ्खयाट् जवाफ दिई हालेन । उसले एकपल्ट यसो वरिपरि हेर्यो र विस्तारै भन्यो,“गाउँ पञ्चायत भरि त भन्ने कुरो न हो सर । त्यसो त सप्पै ठाउँमा कां उठ्छ र ? गाउँका कत्ति मान्छेले पाँच रुप्पेको अनुहार पनि देखेका हुंदैनन् । तिनले केही दिने कुरै आएन । यस्तो भएको हुनाले त कर्मचारीलाई चाहिं बीस र पच्चिस रुपैंया उठाउने निर्णय भएको हो ।”

“ए, हामी झन पच्चिस पो, कान्छा दाई यो त ठाडै मार्ने कुरो भयो ।”

“लौ सरले पनि यसो भन्ने हो भने हामीले के गर्ने होला ?” जीवनको कुरा सुनेर छक्क परेको पिउनले भन्यो ।

“यसपालि भने कान्छाले ठीक भन्यो,” कुरा थालिएको धेरैबेर पछि लक्ष्मीले हाँस्तै भन्यो ।

“लौ बीस रुपयां गए नि जाओस् ।” जीवनले पिउन तिर फर्किंदै भन्यो, “अन्त मौलो पूजामा के के गरिन्छ त कान्छा दाई ?”

“खै, हामी सधैं देख्नेलाई त केही जस्तो लाग्दैन नै । तर सरहरु जस्तो नौलो मान्छेलाई त के के न अनौठो लाग्दो हो । पोर ह्यां एउटा कुइरे आथ्यो । ठ्याम्मै ढेडु जस्तो । “वन जंगलको बारेमा म जति जान्ने मान्छे यो नेपालमा कोही छैनन् कान्छा,” भन्थ्यो । तेल्ले चाहिं उदेकै मान्यो सर । अलि अलि मात्रै होइन, बिछट्टै अनौठो मान्यो । उत फोटो खिचेर फेरि………..,” बोल्दा बोल्दै पिउन ठ्याक्क रोकियो । उसको आंखामा पोहोरको मौलो पूजा नाच्न थाल्यो । उसका आँखा पनि पहिलेको भन्दा अलिक चिम्रा भए । तर तुरुन्तै उसले आङ्खना आँखालाई उघारेर भन्यो, “मौलो पूजा भनेको त तेल्लाई संसारको जादु नै भएछ । फोटो पनि थोरै खिच्या हो र ? उहाँ हेड सर र अरु सरलाई पनि थाहै छ नि,” पिउनले लक्ष्मीतिर संकेत गरेर भन्यो, “छिनछिनमा ट्याक्क ट्याक्क पार्या छ, छ । छक्कै पार्ने । अन्त अब जीवन सरलाई हाम्ले अरु के भन्नु र ? तेस्ता कुइरे ता कति देख्नु भा’ होला ? बोल्दा त कुइरेले जसरी अठ्याङ मठ्याङ ठयाँस गरेर बोल्नु हुन्छ भन्छन् केटाकेटीहरु । अन्त अब तपाईंलाई पनि मौलो पूजा कुइरेलाई जस्तै जादू लाग्ला नै ।”

पिउसले जीवनको अंग्रेजीको नक्कल उतारेर बोलेको सुन्दा सबै हांस्न थालिसकेका थिए । उसको कुरा सकिए पछि त हांसोको वांधै फुटिहाल्यो । शिक्षकहरु हाँसेको सुनेर पिउन पनि त्यसरी नै हाँस्यो । एकछिन हांसेपछि उसैले कुरो अघि बढायो, “अन्त अब के भनौ सर ।”

“बडो मज्जा हुन्छ होला त्यसो भए ?”

“त्यो त भन्नै पर्दैन नाईं । अब के छ र सर ? आजका वीस दिनपछि त मौलो पूजा आइहाल्छ । त्यसपछि त रमाइलो सरले आङ्खनै आँखाले हेरिहाल्नु हुन्छ नै ।” पिउसले पुलकित स्वरमा भन्यो । ऊ एकैछिनको लागि चुप लाग्यो । त्यसपछि सबैको मुखमा हेर्दै उसले भन्यो, “यसपालि सरले पनि कुइरेले जस्तै पिलिक् किलिक् फोटो खिच्ने हो भने मेरो नि एउटा खिंचिदिनोस न है सर ? म बरु त्यसको छुट्टै पैसा तिरौंला,” पिउनले चिप्ले स्वरमा भन्यो ।

“किन र कान्छा दाई, पोरको कुइरेले तपाईको फोटो खिचिदिएन ?”

“आ, के खिचिदिन्थ्यो तेल्ले ? आङ्खनो गाउँको मान्छे भा’ पो । कुइरेले त विनावित्थामा मौलो र पुजारीको मात्रै फोटो खिच्यो । हाम्रो खिच्देला भनेको त मोरोले वास्तै गरेन ।” पिउन एकछिन रोकियो, “अब, त्यो भन्या मान्छे नै पराई । सर भन्या जे भा नि आङ्खनो मान्छे । सरले त खिचिदिनै पर्छ ।”

“मसंग क्यामेरा भए त म खिचिदिन्थें, तर मसंग क्यामरा छैन । बरु ऊ उहाँ मिसलाई भन्नु होस् न,” जीवनले काइली तिर औंल्याउंदै भन्यो ।

“यो मोरालाई के खान फोटो खिच्नु पर्यो ?” पिउनले मुख खोल्न पनि नपाउंदै काइलीले प्याच्च भनी, “तीन जना छोराछोरी भैसकेको तंलाई कल्ले पत्याउँछ र ?”

“लौ काइंलीको भनाइ पनि,” पिउनले अलिकति पनि नराम्रो नमानी भन्यो, “तिनै तीन जना हुर्केपछि, हेर बाबु हो, तिमेर्को बाउ तन्नेरी हुंदा यस्तो थियो भनेर देखाउनु परेन ?” पिउनले आङ्खनो जुंघा मुसार्यो । फेरि कोठाका शिक्षकहर हललल्ल हांसे ।

“लाज पच्या मोरो,” कांइलीले पनि हांस्तै भनी ।

“जीवन सरले मेरो फोटो त खिचिदिनु नै हुने भयो, अब सरहरुले पनि मलाई खेद्नु पर्यो,” पिउनले आफै हांस्तै भन्यो ।

“हुन्छ, हाम्रो स्कूलको दुइसय असी रुपैंया म तिमीलाई पर्सी दिउँला,” लक्ष्मीले पिउनलाई अलि अलि आदेशको गन्ध आउने स्वरमा भन्यो ।

नभन्दै मौलो पूजा अभूतपूर्वै थियो । बर्खा सकिए पछि सफा पारिएको मौलो डाँडो परैबाट हेर्दा पनि धपक्क बलेजस्तो देखिन्थ्यो । डाँडाको थाप्लामा उक्लिने बाटाहरुमा ठाउँ ठाउँमा वतासका लहरसंग खेल्ने राता सेता तुलहरु, पुच्छर गांसेका चंगहरु जस्ता देखिन्थे । राता, निला, सेता र बुट्टे लुगा लाएका मानिसहरु विहान उज्यालो भएदेखि नै बाटोमा यताबाट उता र उताबाट यता गरिरहेका थिए ।

जीवन चिया तान्दै कोठाको झ्यालबाट मौलो डाँडो तिर हेर्दै थियो ।

घाम झण्डै एक हात माथि आइसकेको थियो र त्यो चर्किन पनि थालेको थियो । तर लामो समयसम्म पानीले लेथ्नु पारेको र संधै भरि हुस्सुको घुम्टो ओढिरहने त्यो बुङलाको डाँडोमा घाम, चिस्यान सुकाउने मायालु प्रकाश मात्रै भएको थियो । त्यसैले मान्छेहरु हंसिलो अनुहारले घाम तिर हेदै फटाफट मौलो डाँडोतिर गैरहेका थिए ।

जीवनले आधा चिया खाएको बेलामा तल्लो बाटोबाट प्रधानपञ्च मौलो डाँडोको पेटमा निस्कियो । उसको हारहारीमा हिंडिरहेको लक्ष्मी हांस्तै केही भन्दै थियो । डाँडामा उक्लने वित्तिकै उनीहरुले एकपल्ट जीवनको डेरा तिर पुलुक्क हेरे र डाँडाको थाप्लो तिर चढ्न थाले ।

उनीहरु भन्दा दश पाइला पछाडि काइली र रमेश हाँस्तै डाँडाको पेटमा निस्किए र घुमाउरो बाटोबाट थाप्लोमा चढ्न देब्रेपट्टि तेर्सो लागे ।

जीवनले अरु तीन सुर्की चिया तान्यो । त्यसैबेला उसको झ्यालको आडैबाट ढकालहरु डाँडातिर लागे । झ्यालको आडैमा आएपछि साहिंलोले यसो टाउको उठाएर जीवनको झ्यालतिर हेर्यो । तलबाट हेर्दा जीवनलाई देखिंदैन थियो ।

“आन्दो तिमी कहिले आयौ दा जेठी ?” तल अन्तरेको स्वर सुनेर जीवनको कान टाठो भयो ।

“आज चार दिन भो अन्तरे,” शकुन्तलाको सुरिलो जवाफ सुनेर जीवन खिसिक्क हाँस्यो । त्यसैबेला शकुन्तलाले सोधी, “सन्चै छौ माइला ?”

“सञ्चै जेठी । तिमी त काठमाडौं गएर पनि मोटाइनछौ ए,” नरविरले हाँसेर भन्यो ।

“आन्दो, मास्डार गो माइला ?” त्यसैबेला अन्तरेले सोध्यो ।

“को नि, लुगा लाउंदै हुनुहोला ।”

“छिट्टो पठाइदे है । उल्ले पूजा हेर्ने मन गर्दैथ्यो ।”

जीवनले यसो झ्यालबाट चियाएर हेर्यो । अन्तरे अरु ३/४ जना गाउँलेसंग मौलो डाँडो तिर लाग्यो ।

“सरलाई सञ्चै छ माइला ?” शकुन्तलाले सानो स्वरमा सोधी ।

“सञ्चै हुनुहुन्छ । लुगा लाउँदै हुनुहोला । बस न जेठी ।” नरविरले भन्यो ।

“होस् । अहिले जान्छु । भरे आउँला ।”

जीवनले फेरि बाहिर हेर्यो । निलो सारी र हरियो ब्लाउज लाएकी, कपाललाई खुकुलो पारेर बांधेकी शकुन्तला एउटी अपरिचित केटीसंग मौलो डाँडोतिर लागी । झ्यालको आडमा आए पछि उसले चां–चांडो टाउको घुमाएर झ्याल तिर हेरी । ऊ पहिले भन्दा केही फेरिएकी थिइन ।

जीवन अल्छि लाग्दो पाराले लुगा लाउन थाल्यो । लुगा लाइसके पछि उसले भित्तामा भुण्ड्याएको क्यामेरा निकाल्यो र खुट्टामा चप्पल मात्रै घुसारेर कोठाबाट काहिर निस्कियो ।

“शकुन्तलालाई देख्नु भो ?” जीवनल दोकानको ढोकामा उभिएको देखेपछि उसको हातबाट रित्तो गिलास समाउंदै नरविरले हांस्तै भन्यो, “विचरीलाई सरको बारेमा सोध्न पनि लाज लाग्यो । हेर्न मन लागेको थियो होला ।”

जीवन खिसिक्क हांस्यो ।

“जौं भाई,” उसले कांधको क्यामेरालाई झिकेर हातमा खेलाउंदै भन्यो ।

“सर जांदै गर्नोस् । म कोठामा, दोकानमा ताला मारेर आउंछु ।” जीवन केही नबोली मौलो डाँडोतिर लाग्यो । डाँडाको पेटमा पुगेपछि ऊ पनि घुमाउरो बाटो लाग्यो । “नमस्ते सर,” बाटामा केही विद्यार्थीले उसलाई नमस्ते गरे ।

“नमस्कार सर । सर पनि यसपालीको मौलो पूजामा आइपुग्नु भएछ,” विस्तारै कुरा गर्दै हिंडिरहेका गाउंलेले उसलाई नमस्ते गरे ।

“नमस्कार सर,” वाटामा उभिएर एउटा पोथ्राका पातहरु चुंडिरहेका दश कक्षाका तीन जना केटीले उसलाई नमस्ते गरे ।

“ओहो, जीवन । आउ आउ । वेल कम (स्वागत) भाइ । ए हर्टी वेलकम (हार्दिक स्वागत)” डाँडामा सवभन्दा पहिले उसलाई प्रधानपञ्चले देख्यो । उसले जीवनलाई संवोधन गरेको सुन्ने वित्तिकै त्यहाँ कल्याङ मल्याङ गरिरहेका मानिसहरु चुप लागे । त्यसै बीचमा लक्ष्मी र जीवनले हात मिलाएर एक अर्कालाई अभिवादन गरे । अरु सबैले जीवनलाई नमस्ते गरे ।

“हाम्रो पिउनको इच्छा पूर्ति हुने भएछ हैन सर,” काइलीले क्यामेरा तिर संकेत गर्दै भनी ।

“तिम्लाई पनि खिचाउने मन भए अहिले नै भन,” जीवनले पनि हांस्तै भन्यो ।

“परेन सर, थोत्रो क्यामेराको फोटो । स्टुडियोमा नयाँ भन्दा नयाँले खिचाइन्छ,” काइंलीले अलिक रोव देखाउंदै भनी ।

“तिम्लाई कल्ले पुर्याइ दिने स्टुडियो ?” जीवनको प्रश्न सुनेर त्यहाँ वरिपरिका सबै मानिसहरु हांसे ।

डाँडामा कल्याङ मल्याङ थियो । जीवनले आँखा डुलाउंदै शकुन्तलालाई खोज्यो । उ आङ्खनो बाबुको छेउमा उभिएर उसैलाई हेर्दै थिई । जीवनका आँखा आफू माथि पर्ने वित्तिकै उसले हुलुङ्गा हात उठाएर जीवनलाई नमस्कार गरी ।

“कहिले आयौ शकुन्तला ?” जीवनले नमस्ते फर्काउंदै सोध्यो ।

“चर दिन भयो सर ।”

“पढाइ शुरु भयो ?”

“भयो ।”

“ल, बुङलाले पनि अब आङ्खनै गाउंको वकिल पाउने भयो ।” जीवनको भनाइ सुनेर वरिपरिका मान्छे फेरि हांसे । साहिंलो ढकालले उज्यालो अनुहारले आङ्खनी छोरीलाई हेर्यो ।

भलादमीहरुको दल विस्तारै, बस्ने ठाउँतिर गयो । त्यता जाँदा बाटामा ढकाल जेठाले जीवनको छेउमा आएर भने, “मैले त सर, तपाईं तराई तिर झरी सक्नु भयो होला भन्ठान्या थें । छुट्टीको बेलामा यसो मास्तिर निस्कनु भए पनि हुन्थ्यो ।”

“अहिलेसम्म अलिक व्यस्तता रह्यो जेठा बा,” जीवनले नम्रतापूर्वक जवाफ दियो, “दश कक्षाका विद्यार्थीलाई एक हप्तासम्म कोचिङ पढाउनु पर्यो ।

“यसो भोलितिर मास्तिर आउनु भए हुन्थ्यो । दशैंमा एक्लै बस्नु पनि उति राम्रो होइन ।”

“जीवनलाई त्यता नतान्नोस् हैं ठूलदाई । उ हाम्रो घरको मान्छे हो । यस पालीको दशैंमा उ कतै जाँदैन ।” प्रधानपञ्चले हांस्तै भन्यो ।

“तर काका, यस पालीको दशैंमा म त झन टाढा पो जांदैछु । आज यो मौलो पूजाको रमीता हेर्न लोभ नभएको भए म विहानै हिंड्ने थिएं ।

“टाढै कि सर,” एकै चोटी चार पाँच जनाको आवाज आयो ।

“ज्यू, टाढै भन्नु पर्यो । यो छुट्टीमा एकपल्ट गुवाहाटीसम्म पुग्नु छ ।”

वातावरण सामसुम्म भयो । उनीहरु, भलादमीका लागि ओछ्याइएको दरीमा गएर बसे ।

“यो फजुल खर्ची होइन र काका ?” मौलो, पूजारी र पूजा–आजाको रमीता हेरिसके पछि जीवनले प्रधानपञ्चतिर फर्कंदै सोध्यो ।

“जे भए पनि पितापुर्खादेखि चली आएको चलन । संस्कृति जति खर्चिलो भए पनि त्यसलाई खर्चिलो मान्न हुंदैन ।”

“तै पनि” जीवनले एकपल्ट मौलोमा लागेको रगतको टाटालाई नियालेर हेर्दै भन्यो, “एकातिर समय, अर्कातिर चीजविजको बेकार नोक्सानी । लागेको ट्याक्स तिर्न नसक्नेलाई ग्लानी । के फाइदा …..?”

“फाइदा, मनोरंजन,” प्रधानपञ्चले बीचैमा भन्यो ।

“त्यो पनि हुनेलाई । राम्रा लुगा हुने लुगा लाउँछ, देखाउँछ र रमाउँछ । नहुने भित्र भित्रै कुंडिन्छ र कुण्ठित बन्छ ।” जीवनले मौलोको पल्लोपटी रंगीविरंगी लुगा लाएर खेलिरहेका केटाकेटीलाई हेर्दै भन्यो, “अहिले अर्कालाई इख्याइ इख्याइ खेल्ने यी केटाकेटी मध्य कति जना बुझ्ने भएपछि ग्लानिले पिरोलिने छन् ।”

“तिमी त कवि हुनु पर्ने,” प्रधानपञ्चले हाँस्तै अंग्रेजीमा भन्यो ।

“होइन, मास्टरै जाति,” जीवनले पनि त्यसरी नै भन्यो ।

मान्छेको तन्मयता देखेर जीवन छक्क पर्यो । दुइ जना पूजारीहरु करीब डेढ घण्टादेखि एउटा सानो किताब हेर्दै संस्कृतका श्लोकहरु भट्याइरहेका थिए । एकजना पुजारी एक घण्टा अघिदेखि मौलोको अघिल्तिर बसेर हस्याङफस्याङ गरिरहेको थियो । एउटा कुखुरा, एउटा रांगो र दुइवटा खसीको रगतले भिजेको मौलो वरिपरिको ठाउँ तम्तम्याइलो देखिन्थ्यो । मौलोमा परेका रगतका टाटाहरु विफरले कोतरेको मान्छेको अनुहारका दागहरु जस्तै देखिन्थे ।

मौलो भन्दा दश हात पर गाउँका पञ्च भलादमीहरु मौलो तिर हेरेर बसिरहेका थिए । उनीहरु घरि घरि देश र दुनियाको वारेमा चर्की चर्की वहस गर्थे । नत्र धेरै जसो समय मसिनो स्वरमा आपसी कुराकानीमा विताउँथे ।

मूल डाँडाको देब्रेपट्टी सम्म परेको पाखामा बीस हातको दुरीमा दुइवटा भान्साहरु बनेका थिए । केही लिम्बु र नेवारले मौलोमा काटिएको रांगोलाई घिसार्दै डाँडाको दाहिने पाखामा लगेर काटकुट पारेका थिए । अनि पाँच जना क्षेत्री–बाहुनले भान्सा बनाएको ठाउँको आडैमा दुइटै खसी खुइल्याएका थिए । सिंगो कुखुरा भने मन्त्रीको भागमा परेछ ।

साढे नौ बजे मौलोका पूजारीहरु उठे । तिनीहरुले हातको टपरीमा रातो रंगाएका अक्षता र फूलपानीहरु बोकेका थिए । उनीहरुका हात पनि राता थिए । उनीहरु सबैभन्दा पहिले भलादमीहरु बसेको ठाउँमा गए । त्यतिबेला जीवन अलिक पर उभिएर क्यामेरा मिलाउँदै थियो र काइली उसको छेउमा उभिएर टाक्राक् टुक्रुक् कुरा गर्दै थिइ ।

अक्षता र फूलपाती बोकेका पूजारीहरु भलादमीका आडमा उभिए पछि र सबैलाई एर्कचोटी क्यामेराको रोलमा बांधेपछि जीवनले काइली तिर फर्केर सोध्यो, “यो मौलो पूजामा कति खर्च लाग्दो हो काइली ?”

“किन र सर ?”

“सोधेको नि ।”

“सरलाई पैसाको निकै चिन्ता लाग्छ जस्तो छ नि,” काइलीले हाँस्तै भनी ।

“लाग्नै पर्यो । अस्ती नै बाजेले चिन्ता देखाएको देखिनौ ? त्यहाँदेखि यता मलाई पैसाको खुब चिन्ता लाग्छ ।” जीवन पनि हाँस्यो ।

“हाम्रो बाजेको कुरा,” भन्दा भन्दै काइली खितित्त हाँसी । त्यही बेला पञ्चायतको पिउन पूजारीको आडमा उभिन आयो । जीवनले हतार हतार उसलाई पनि रीलमा बांध्यो ।

“हाम्रो बाजेको कुरा सन्न थाल्नु भो भने त सर बौलाउनु हुन्छ,” काइलीले आङ्खनो हांसो रोक्दै भनी, “बाजेका सबै कुरा अठारौं शताब्दीका जस्ता लाग्छन् ।”

“यसपाली त हाम्रो सरले पोरको कुइरेलाई नै बिर्साइ दिनु भो ए,” जीवनलाई नजिकै आएको देखेपछि पिउसले भन्यो, “मेरो नि यौटा चाहिं खिचिदिनु पर्छ है सर ।”

“मैले खिचिदिइ सकें ।”

“लौ हेर, सर जस्तो मान्छेले पनि ढांट्या ।”

“तपाईलाई फोटो ल्याएर दिए भएन ?” भन्दा भन्दै जीवनले अलमल्ल परेर उभिएको पिउनको अर्को एउटा फोटो खिचिदियो । फेरि वरिपरिको मान्छे हाँसे ।

टिको लाउने क्रम झण्डै आधा घण्टा चल्यो । टिका लाइसकेपछि फेरि कल्याङ मल्याङ शुरु भयो ।

अब मानिसहरु खानपानको सुरसारमा लागेका थिए । तर अझै एक घण्टा यता खानपान थालिने संभावना देखिंदैनथ्यो ।

“लौ, लौ, सबै जना यहाँ चहुरमा जुट्नु पर्यो । अब हाम्रो सभा हुंदैछ ।”

त्यसैबेला गाउँ पञ्चायतको पिउनले उर्दी लगायो । करीव १० मिनेट पछि जीवनले उठेर हेर्दा त्यो ठूलो डाँडोमा भान्सेहरु बाहेकका सवै मानिस भेला भएका थिए ।

“गाउँले दाजुभाइ तथा दिदी बैनीहरु, साना–ठूला विद्यार्थी भाइबैनी हो, अब सबैले चुप लागिदिनु पर्यो । अब हाम्रो आजको कार्यक्रम शुरु हुन्छ,” रमेशले बसेको ठाउँबाटै उठेर उद्घोषणा गर्यो । मानिसहरु शान्त भए ।

“अब आजको कार्यक्रमको बारेमा प्रमुख अतिथी जिल्ला पञ्चायतका सदस्य श्री विकासमान केरुङले केही प्रकाश पारिदिनु हुनेछ । म उहाँलाई दुइ शब्द बोलिदिनु हुन आग्रह गर्दछु ।”

रमेशको आग्रह सकिने वित्तिकै विकासमान उठ्यो । उसले आङ्खनो भाषण शुरु गर्यो, “अं, प्रधानपञ्चज्यू, शिक्षक वर्गहरु, पञ्च साथीहरु, गन्नेमान्ने दाजुभाइ, इष्टमित्रहरु, अं, यो मौलो पूजा जो छ, अं…. हाम्रो पञ्चेती बेवस्थाको अं… फलिफाप भएको कुरा अं……… बताउने पूजा हो । …… अं…. आज पञ्चेती बेवस्थाले अं… जताततै फलिफाप….अं….. गराएको जो हो कुराको अं…….. प्रमाण हो……।”

जीवनले उच्चाट मानेर हाई … काढ्यो ।

विकासमान पछि गाउँ पञ्चायतको प्रधानपञ्चले बोल्ने पालो आयो । उ बसेको ठाउँबाट जुरुक्क उठ्यो र आङ्खनो दौराको फेर तानतुन पारेर आङ्खनो भाषण थाल्यो, “जिल्ला पञ्चायत सदस्यज्यू, पञ्च साथीहरु, प्रबुद्ध शिक्षक मित्रहरु तथा दाजुभाइ दिदी बैनीहरु,

“मौलो पुजा हाम्रो परंपरागत चाड हो आजसम्म हामीले यसलाई बिना व्यवधान मनाउंदै आएका छौं र आगामी दिनहरुमा पनि यसरी नै मनाउँदै जान सकौं भनी म दुर्गा भवानी समक्ष प्रार्थना गर्दछु …..।”

प्रधानपञ्च पछि लक्ष्मी श्रेष्ठले अनुसासनको महत्व बताउँदै छोटो भाषण दियो । अनुसासनको पाठ सुनिरहेको जीवन खिसिक्क हांस्यो । उसंगै अरु केही शिक्षकहरु पनि लक्ष्मीतिर हेर्दै हांसे ।

लक्ष्मी पछि गाउँ पञ्चायतको सचिव, उसको पछि ढकाल साइलो र त्यसपछि महिलाको तर्फबाट शिक्षिका निर्मलाले बोली । आखिरमा रमेशले सबै वक्ता तथा श्रोतालाई धन्यवाद दिएर कार्यक्रम सकिएको घोषणा गर्यो ।

“सबै वक्ताहरु मंचको अघिल्लो भागमा बसिदिनु भए म एउटा सामुहिक फोटो लिने थिए,” जीवनले जुरुक्क उठेर भन्यो ।

“हो, हो ठीक,” मान्छेको जमातबाट केही मानिसहरु कराए । जीवनले फोटो खिचिसकेपछि भान्साको चहल पहल बढ्यो । मान्छेहरु लाम लागेर खान बसे । जीवन पनि रमीता हेर्दै भान्सा तिर लाग्यो ।

दुवै भान्सामा गरी चौध जना मानिसहरु काममा लागेका थिए । एकातिरको भान्सामा चारवटा भांडामा मासु थियो भने अर्को तिरको भान्सामा पाँचवटा भांडामा छिपछिपे रस सहितको मासु थियो । नजीकै दुइ वटा बोरामा चिउरा थियो र बोराको आडैमा चार वटा प्लाष्टिकका बाटाहरु र तीन थाक टपरीहरु थुप्रिएका थिए ।

दिउँसो दुइ बजे कार्यक्रम सकिए पछि सबभन्दा पहिले प्रधानपञ्च र लक्ष्मी ओरालो झरे । त्यसपछि त मानिसहरु डांडैलाई रंगीचंगी पार्दै बाटा लागे । जीवन पनि ढकालहरुसंगै आङ्खनो डेरा तिर लाग्यो ।

“यो सब पूजापाठको व्यवस्थापन त संधैभरि प्रधानपञ्चहरु बाटै हुन्छ होला,” जीवनले जेठा ढकाल तिर फर्केर सोध्यो ।

“किन हुन्थ्यो ?” काहिंलो ढकालले अघि सरेर जवाफ दिने ढंगले भन्यो, “यो एक प्रकारले मन्त्रीज्यूहरुको कूल पूजा जस्तो थियो । पछि यसलाई सामाजिकीकरण गरिए पछि पनि यसको व्यवस्थापन मन्त्रीज्यूकै परिवारबाट हुन्छ । हाम्रो प्रधानज्यू पनि मन्त्रीज्यूकै परिवारको सदस्यको हैसियतले त्यहाँ उपस्थित हुनु भएको थियो ।

नरविरको दोकान आइसकेको थियो ।

“एकछिन बसौं कि,” ढकालहरु तिर हेर्दै जीवनले मिठो स्वरमा भन्यो ।

“होइन सर, आजलाई नबसौं,” साहिंलोले अलिक बढी आत्मियता देखाउंदै भन्यो, “बरु सरलाई फुर्सद भए आज उँभैतिर लाग्दा पनि हुन्थ्यो ।

“अलिक बेफुर्सदमै छु । भोली बिहानै बाटो लाग्नु छ,” जीवनले ठिङ्ग उभिइरहेका ढकालहरु तिर हेर्दै भन्यो, “त्यसैले आजलाई उता जाने कुरा स्थगित राखौं कि !”

ढकालहरु नमस्कार गरेर उकालो लागे । जीवन दोकानको छेउमा राखेको कुर्चीमा बस्यो ।

“चिया त पाकेको छैन होला, हैन भाइ ?”

“अव पाक्यो । आज त निक्कै थाक्नु भयो होला हैन सर ?” नरविरले चुलाबाटै जवाफ दियो । “यत्तिमै के थाक्ने र ?”

जीवन आरामले कुर्चीमा अडेस लाग्यो । संग्रातीको डाँडातिर चिप्लेटी खेल्न थालेको घाम पिपलको बोटबाट चियाइ चियाइ जीवनको अनुहार नियाल्न खोजिरहेको थियो । जीवनले विस्तारै आंखा चिम्लियो ।

“सर, चिया,” भनेर नरविरले भन्दा जीवन अलिकति झस्कियो ।

“आज सर निकै थाक्नु भएछ ।”

“थाकेकै त होइन, यसो तन्द्रा लागिहालेछ,” जीवनले लाज मान्दै भन्यो ।

“यो गाउँ पञ्चायतको परिवार संख्या कति होला भाई,” जीवनले एक चुस्को चिया तानेर नरविरलाई भन्यो । त्यसैबेला उसले शकुन्तलालाई दोकानको ढोकाकै आडमा आइपुगेको देख्यो ।

“किन र सर ?” नरविरले जीवनसंग सोध्ने वित्तिकै शकुन्तला तिर फर्किंदै भन्यो, “जेठी, भित्रै आउन, बस ।”

शकुन्तला भित्र पसेर बेञ्चमा बसी ।

“तिमी त दुब्लाइछौ, शकुन्तला,” जीवनले माया भरिएको स्वरमा भन्यो । शकुन्तला केही बोलिन । वरु जीवनले नै सोध्यो, “बैनी चाहिं को नि ?”

“बैनी । मामाको छोरी ।”

“ए,” जीवनको दिमागमा लिलाले सुनाएको शकुन्तलाको गरीव मामाको काल्पनिक अनुहार सलबलायो । उसले यसो गहिरिएर बैनीको लुगामा हेर्यो । ती शकुन्तलाका जत्ति दामी थिएनन् ।

“अनि पढाइ लेखाइ ?”

“नौ मा पढ्दैछे । मैले यसपाली आउंदा लिएर आएकी ।”

“तिमी मावली गयौ ?” जीवनले अनौठो मानेर सोध्यो ।

“मावल नगएको धेरै भएथ्यो ।”

“धेरै राम्रो गर्यौ ।” जीवनले आङ्खनो प्रशंसा गरेको सुनेपछि शकुन्तलाको अनुहार उज्यालो भयो । त्यसैबेला नरविरले दुई ग्लास चिया ल्याएर उनीहरुको हातमा थमाइ दियो ।

“हजुर आमाले सरलाई भेट्न खोज्नु भा’छ,” शकुन्तलाले चियाको गिलास बेञ्चमा राखेर भनी ।

“को हजुर आमा ?”

“हाम्रो मावलीको हजुर आमा । हजुर आमाले सरको आमालाई चिन्नु हुंदो रहेछ । मैले सरको कुरा गर्याथें ।”

जीवनले एकछिन छक्क परेको अनुहारले शकुन्तलालाई हेर्यो । जीवनको हेराइ देखेर उ अलमल्ल परी । शकुन्तलाको अप्ठेरो देखेपछि जीवनले हांस्तै भन्यो, “त्यसो भए हजुर आमासंग पनि मेरो कथा भन्यौ ?

शकुन्तलाले ‘अं’ भन्ने पाराले टाउको मात्र हल्लाइ ।

“यसपालीको पूजामा कति खर्च भयो होला, भन त शकुन्तला,” जीवनले चिया तान्दै सोध्यो ।

“त्यसैले तपाईंले परिवार संख्या सोध्नु भा ?”

“किन र सर ?” नरविर र शकुन्तलाले एकैचोटी जीवनसंग सोधे ।

“त्यसै” जीवनले शकुन्तलालाई भन्यो ।

“चार हजार भयो होला सर ।”

“बुङलामा त्यस्तो हिसाब गर्ने चलन नै छैन सर,” नरविरले हांस्तै परैबाट भन्यो ।

जीवन पनि खिसिक्क हांस्यो । त्यसपछि छक्क परेकी शकुन्तलातिर हेर्दै उसले सानो स्वरमा भन्यो, “अनि शकुन्तला, तिमीलाई काठमाडौं, पढाइ र साथी भाइहरु कस्ता लागे ?”

घाम विस्तारै ओरालो झर्दै थियो । शकुन्तला बोलिरहेकी थिइ अनि जीवन बीच बीचमा प्रश्न सोद्धै कुरालाई तन्काउँदै थियो ।

“त्यसो भए सर, यसपाली हजुर आमा कहाँ जाँदा हुंदैन ? सरलाई भेटेर उहाँ साह्रै खुशी हुनुहुनेछ,” शकुन्तलाले संग्रातीको सिरानमा पहेलिंदै गएको घाम तिर हेरेर भनी ।

“चिन्नु न जान्नु । त्यसै कहाँ जाने ? फेरि मैले भोलि झापातिर हिंड्नु छ ।”

“उतैबाट गए भैहाल्छ नि सर । पाँच–छ घण्टाको बाटो त घुमाउरो हो ।”

“बिना चिनजान ।”

“बैनी र म पनि भोलि जान्छौं नि ।”

जीवन हांस्यो मात्र ।

“तिमी भोलि बिहान नौ बजे आइपुग । सर पनि जानु हुन्छ,” नरविरले हांस्तै भन्यो ।

शकुन्तलाले जीवनको अनुहारमा हेरिरही । जीवन अझै बोलिरहेको थिएन । उसले फेरि भनी, “हजुर आमाले जसरी पनि ल्याए है नानी,” भनी अह्राउनु भा छ ।”

“तिमी नौ बजेसम्म जसरी पनि आई पुगन । म तयार भएर बसिरहुंला ।” जीवनले सामान्य ढंगले भन्यो । शकुन्तलाको अनुहार उज्यालो भयो ।

“त्यसो भए हामी जान्छौं, सर ।”

शकुन्तला आंगनबाट नहिंडुन्जेल जीवन केही बोलेन । शकुन्तलाले आंगनको पल्लो छेउमा उभिएर जीवनलाई हेरी र विस्तारै उकालो लागी ।

“सर, हरेक सप्रन चाहने मान्छेलाई सप्रन दिनु पर्छ,” बाटो लागेकी शकुन्तलालाई हेर्दै नरविरले भन्यो, “जन्मदै कोही शुद्ध हुंदैन । त्यस माथि शकुन्तलाको संस्कारमा त गरीवि पनि गांसिएको छ । सर प्रति उनमा प्रेम मात्र होइन, अगाध श्रद्धा र भक्ति पनि छ । यस्तो मान्छेलाई त्यसै खेर जान दिनु हुन्छ र ?” नरविरले एकपल्ट आस्ताउनै आंटेको घामलाई हेर्यो, “सर, प्रेम नै सबै थोक होइन, तर प्रेम बिनाको जीवन पनि निरस हुन्छ ।”

“मेरो जीवन त्यै निरसताको भुंवरी हो । कुनै पनि युवतीको प्रेमले मेरो छाती चिथोरीरहेका आमा, बाबु र भाइको अकाल मृत्युलाई उखेलेर फ्याल्ला जस्तै लाग्दैन भाइ,” जीवनले अनौठो ढंगले दुखित भएर भन्यो ।

“विगत वितिसक्यो । आउने दिनमा शकुन्तला जस्ती केटीले सरको छातिको घाउलाई मलम लाइदिने छिन् । सरले यो कुराको वारेमा राम्ररी सोच्न पर्छ ।” नरविरले अझै जोड गर्यो ।

“शकुन्तला असल छिन्,” जीवनले पनि अस्ताउनै आंटेको घामलाई हेर्दै भन्यो,” शायद मै भित्र समस्याहरु रुमल्लिइरहेका छन् र तिनले मलाई कुनै निर्णय गर्न दिइ रहेका छैनन् ।” जीवन एकछिन रोकियो, “तर अहिले यो कुरा तिर नलागौं । अं अब वताउनोस, यहाँ जम्मा जम्मी कति परिवार बस्छन ?”

“परिवार मात्रै होइन, सरले शकुन्तलासंग कुरा गरुन्जेल मैले सबै हिसाबै निकालें,” नरविरले हाँस्तै हातको कागज खेलाउँदै भन्यो, “लागेको खर्च – रांगोको एक हजार । खसीको जम्मा नौ सय । च्यूरा पांच सय । मरमसला आदिको बढीमा दुइ सय । रंग, चामल आदिको एक सय । पूजाको अन्य खर्च बढीमा एक सय । मौलो डाँडो सफाइ र धजा आदिको तीन सय गरेर बढीमा तीन हजारको आसपास खर्च । उता आमदानीमा एघार सय परिवारबाट पचपन्न सय । अहिले पांच रुपैयां नबुझाउने घरलाई मन्त्रीले धाने व्याज लाउने हुनाले पैसा सबै उठ्छ । त्यसैले पचपन्न सयमा एकै पैसा कम हुंदैन । ढकाल र मन्त्री खलकबाट अतिरिक्त तीन सय भन्दा बढी । पञ्चायतका तीनवटा स्कूलका शिक्षक तथा कर्मचारीबाट पांच सय । पञ्चायतका कर्मचारीहरुबाट पचास । जिल्ला पञ्चायत सदस्य र जिल्ला पञ्चायतबाट आउने पांच सय । खानेपानी, हेल्थपोष्ट र हुलाकका कर्मचारीहरुबाट छ सय पचास । यसरी आमदानी छ हजार भन्दा बढी………..।”

“अर्थात बसी बसी तीन हजार भन्दा बढी नाफा,” जीवनले नरविरलाई बीचैमा रोकेर भन्यो, “अनि किन नहोस, मौलो पूजा एउटा पालन गर्नु पर्ने सांस्कृतिक परंपरा !”


 

शंका

“जीवन मास्टर राम्रो छ,” अन्तरेले आफू वरिपरिकालाई हेर्दै लिम्बु भाषामा भन्यो, “उसको बानी बेहोरा पनि राम्रो छ । तेल्ले मान्छेको कुरा पनि सुन्छ । जांड–रक्सी खाएर, मातेर पनि हिंड्दैन । तेल्ले हाम्रो नानीहरुलाई माया गर्छ । पहिलेको हेडमास्टर भन्दा पनि राम्रो छ ।”

“ठीक भन्यो अन्तरेले” हेर्दा झण्डै अन्तरेको दौंतरी जस्तो लाग्ने, बीस, पच्चिस वटा कैला कैला जुंघा र पातलो कपाल भएको अर्कोले पनि लिम्बु भाषामै भन्यो, “हाम्रो आङ्खनै गाउँको भएर हो कि केले हो मलाई पनि जीवन मास्टरको चालढाल निको लाग्छ ।”

आधा कार्तिक वितिसकेको थियो र दशैंको चहलपहल पनि घट्न थालेको थियो । कोजाग्रत पूर्णिमाको पर्सीपल्ट दशैंको बेफूर्सदबाट मुक्त भएका पाँच जना लिम्बुहरु हातमा एक एक वित्ता लामो चुर समातेर एकछिन एकछिनमा रोकिंदै गफगाफ गर्दै थिए । दिउँसोको मध्यान्ह भरखर मात्रै टरेको थियो ।

“हात तल परुन्जेल हो । हात माथि पर्न थालेपछि तिमार्को मास्टर कस्तो हुन्छ भन्ने मलाई नि थाहा छ,” अर्को बुढाले पनि आङ्खनै भाषामा भन्यो ।

नेपाली भाषा बोल्न अप्ठ्यारो लाग्ने हुनाले बुङलाका लिम्बु बुढाहरु आपसी व्यवहारमा आङ्खनै भाषा चलाउँथे । घरमा मेलापातमा उनीहरु आङ्खनै भाषा बोल्थे । तर स्कूल र अड्डा–अदालतमा भने नेपाली बाहेक अरु भाषा प्रयोग गर्नु हुंदैन रे भन्ने सुनेदेखि बुढा लिम्बुहरु नजानी नजानी त्यस्ता सार्वजनिक ठाउँहरुमा नेपाली भाषा बोल्थे ।

“के भन्छ यो मानविर ?” अन्तरेले छक्क परेर भन्यो, “मास्टरले किन हात माथि पार्नु पर्या छ र ?”

“जे भा नि बाउनको बच्चा हो,” मानविरले सामान्य ढंगले भन्यो ।

“लौ सुन एस्को कुरा, बाहुनको बच्चा हुंदैमा के हुन्छ ?”

“अव सुन एसको कुरा,” मानविरले पनि अन्तरेले जस्तै छक्क परेर भन्यो, “बाउनको बच्चा हुंदैमा के हुन्छ ? सर्पको बच्चा हुंदैमा के हुन्छ ? बाघको बच्चा हुंदैमा के हुन्छ ? तंलाई थाहा छैन ?”

“हो है मानविरको कुरा पनि,” टाउकामा आङ्खनो टाउको भन्दा सानो टोपी लाएको अर्को बुढाले भन्यो ।

“तिमारको कुरा पनि आवा न चावाको छ । मान्छेलाई चिन्नु जान्नु छैन, कण्डा पछाडि कुरा काट्यो, अन्त ठूलो भयो,” कैलो जुंगा हुनेले अलिक झर्केर भन्यो ।

“तैंले चैं खुब चिनिछस् ।” टोपीवाल बुढोले भन्यो ।

“लौ सुन् यिनेरको कुरा । अब बाझ्नु पो थाल्यो । पहिले मेरो कुरा त सुन्,” अन्तरेले अरुलाई रोक्दै भन्यो, “बाहुन भनेर सब बाहुन चोट्टा हुंदैन अन्त लिम्बु भनेर सबै लिम्बु पनि असल हुंदैन । कोही कोही बाहुन पनि असल हुन्छ, कोही कोही लिम्बु पनि चोट्टा हुन्छ । जातले पनि मान्छे चोट्टा हुन्छ कतै ?”

“त्यै त भन्या,” जुंगावालले सही थप्यो ।

“मास्टरले अन्तरेलाई मुहुनी लाए जस्तो छ,” मानविरले हांस्तै भन्यो । “कोखामा दारा भएको जात न परो । मुखले ठिक्क पार्छ अन्त मौका परेपछि सुंगुरले भूईं उधिने जसरी उधिन्न थाल्छ । पछि परेपछि चाख्छ अन्तरेले ।”

“जीवन मास्टर फटाहा छ भने अैलेको हेडमास्टर चैं असल छ त ?” जुंगावालले फेरि झोंक्किएर सोध्यो ।

“त्यो नेवार के को राम्रो होस् । आइमे भनेपछि कुकुरले जसरी राल जुहाउंदै हिंड्छ । पर्धानले काखी नच्यापेको भए गाउँबाट त्यसको उहिल्यै बासउठ्ठा हुन्थ्यो,” अघिदेखि चुप लागेर चुरको धुंवा उडाउंदै दौंतरीको कुरा सुनिरहेको तालुखुइले भन्यो ।

“हो, त्यही त भन्या,” अन्तरेले हतार हतार कुरो टिपेर भन्यो, “जात भन्या केही होइन, सबै थोक मान्छे हो । उता बाहुन भको जीवन तेस्तो भलादमी छ, यता नेवार भको लक्ष्मी चाहिं तेस्तो चोट्टा छ…..।”

“नेवार झेक्ने कुन चाहिं राम्रो जात हो र ?” टोपीवालले अन्तरेको कुरा काट्दै भन्यो ।

मेरो कुरा त सक्नु दे बुढा,” अन्तरेले पनि उसलाई रोक्दै भन्यो, “लौ हेडमास्टर त नेवार भएरै फटाहा भयो रे । अन्त तेस्तो फटाहालाई काखी चेप्ने पर्धान चाहिं लिम्बु भएर के भा को ?”

“खै के भा को, के ?” टोपीवालले आङ्खनो टोपी अलिक पछाडि सार्दै अलमल्ल परेको स्वरमा भन्यो ।

“पर्धानको कुरा आर्कै हो, तेस्ताको कुरा केन गर्नु ?” मानविरले मन खुम्च्याएर भन्यो ।

“कुरा भन्या सबैको गर्नुपर्छ मानविर । जीब्रो चबाउने बाहुने पाराले कुरा गर्नु हुंदैन । आखिरमा मान्छे भन्या मान्छे हो, जात भन्या जातै हो । बाहुन भन्या बाकूको ढकाल पनि हो, सिमटारको जन्तरे पनि हो । एउटा बाहुनले राइहरुको उठिवास गराएर आङ्खनो घरवार जमायो । अर्को बाहुन आफैं उठिवास भएर मुग्लान गयो । लिम्बु भन्या नि यौटै होइन, एउटा लिम्बु भन्या मन्त्री र पर्धान हो, अर्को लिम्बु भन्या तँ हामी हो । अन्त, मन्त्री र तंलाई एकै ठाउँमा राख्न मिल्छ ?”

“त्यै त भन्या,” जुंगावालले फेरि अन्तरेको भनाइलाई सह्रायो

“कुरो चैं गांठी पर्यो है,” तालुखुइले भन्यो ।

“अब बाहुन कै कुरो गर् न । हाम्रो पैलेको हेडमास्टर बाहुन कै बच्चो थियो, तर ऊ के कुरामा लिम्बु भन्दा कम्ति थियो ? तँ हामीसंग कुरा गर्दा हाम्रो बोली बोल्थ्यो । गाउँघरको मान्छे विमारी पर्यो भने आफैं हेर–विचार गर्न आउँथ्यो । हाम्रो छोरा नातिको चिट्ठी पढिदिन्थ्यो ।”

“त्यो त हो । हेडमास्टर बाहुन भए नि असल थियो है ।” तालुखुइलेले केही सम्झे जसरी भन्यो ।

“यो अन्तरेलाई बाउनले मुहुनी लाएछ,” टोपीवालले फेरि दोहोर्याएर भन्यो, “त्यो मास्टर हामीसित बोल्दा पनि बोल्दैन । उता बाउनकोमा भने गैरन्छ । ढकालको घरमा गैरन्छ । पंडितको घरमा गैरन्छ ।”

“मेरोमा पनि त आइरन्छ नि,” अन्तरेले टोपीवालको कुरो टिपेर भन्यो ।

“तेरोमा त मुहुनी लाउन आको,” मानविरले भन्यो ।

“लौ खा,” अन्तरेले हांस्तै भन्यो, “मलाई मुहुनी लाएर मास्टरले के पाउनु छ र ?”

“त्यो त उसैले जान्या होला ।”

“हेर मानविर, पैले मेरो कुरा सुन् । मान्छेलाई त्यसै बाहुन, नेवार र लिम्बु भनेर हुंदैन । अब जनमादकै कुरो गरौं । जनमादमा मन्त्रीको छोरोले राइ लिम्बु जति बौदल, क्षेत्री बाहुन जति निर्दल हो भनेर तं र मसंगै भनेको हो कि होइन ? भनेको हो । अन्त निर्दलले जिते पछि किन उही सबभन्दा पहिले निर्दलतिर लाग्या हं ?” अन्तरेले ट्वाक्क रोकिएर एकछिन पछि कुरो बढायो, “तेसै जात जात भनेर हुन्छ ? जात भनेरै हुने भा मन्त्रीले किन जन्तरेको घरखेत खान्थ्यो ? कि तैंले विर्सिस् ?”

“किन विर्सन्थे ? तैले विर्सिस होला ।”

“मैले त बिस्र्या छैन । मैले बिर्सने कुरै होइन । गाउँ छोड्ने बेलामा जन्तरे यही आँगनमा आएर धुरुधुरु रोएको होइन ? तेसबेला तैंले नै केटाकेटीलाई मिठाइ खुवाएस है भाइ भनेर दुई रुप्पे देको होइन ?”

“त्यो त हो ।”

“अन्त अब अर्को कुरो सुन् । मास्टर हाम्रो गाउँमा बसेको अैले ठ्याम्मे आठ मैना भयो । आएकै दिनदेखि ऊ चाहिं नरविरकोमा बसेको छ । नरविरको मै खान्छ, अन्त भन तिमारु कहिल्यै नरविरले मास्टर यस्तो, मास्टर उस्तो भनेर गाली गर्या छ ?”

“त्यो नरविरको कुरा ? त्यो त, मास्टर कहीं नभाको भनि हिंड्छ । तेल्लाई क्षेत्री बाहुन भन्या के थाहा ?” टोपीवालले भन्यो ।

“सप्पे मान्छेलाई त्यसको के कुरा भन्नु हुंदैन माइला,” अन्तरेले उसको जवाफ दिंदै भन्यो “लौ नरविरलाई त थाहा छैन रे । मलाई त थाहा छ कि ! मैले त क्षेत्री बाहुनलाई चिनेको छु कि ! तर मास्टरले फटाही गरेको मैले अहिलेसम्म देखिन । जन्तरेले नासो राख्न देको बस्तुभाउको पैसा ली भन्दा उल्ले लिन्न भनेको कुरा त मानविरलाई मैले बर्खामै भनेको हो कि हैन ?”

“भन्याथिस्,” मानविर एकछिन अनकनायो, “यो मास्टर यसो हेर्दा त जन्तरे वाहुन जस्तै सोझो र भलादमी छ । तरै पनि बाउनको बच्चा हो ।”

“हेर मानविर, वातवातमा बाहुनको बच्चा भनेर हुंदैन । हाम्रो मास्टरलाई उता त्यो हेडमास्टरले खेद्न खोजिराख्या छ । माथि ढकाल माइलो पनि मास्टरको शत्रु भा’ छ । अन्त प्रधानले पनि मास्टरलाई राम्रो मान्दैन । गाउँ पञ्चायतको सचिव क्षेत्री भए नि उसले हाम्रो मास्टरलाई मन पराउंदैन । तर नरविलाई मास्टर राम्रो लाग्छ । मलाई पनि राम्रै लाग्छ । हर्केल पनि राम्रै भन्छ” अन्तरेले बोल्दा बोल्दै जुंघावाललाई हेर्यो जुंघावालले उसको समर्थनमा आङ्खनो टाउको हल्लायो । त्यसपछि अन्तरेले कुरो अघि बढायो, “हाम्ले चिन्या सप्पै फटाहाले मास्टरको विरोध गर्छ । अन्त यिनेरकै सारमा हामी सोझा साझा मान्छेले पनि मास्टरको विरोध गर्न स्वाउँछ ?”

“त्यै त भन्या । मास्टर भन्या जे भा नि मारमा पर्या हाम्रै मान्छे हो । तेल्लाई आछाममै नपुग्दो के थियो र ? हामी छौं भनेर आको न हो ।” जुंघावालले मानवतिर तिर फर्किंदै भन्यो ।

“लौ भन् त मानविर,” अन्तरेले भन्यो ।

“कुरो त ठीकै हो, तै पनि बाउनको बच्चा लाटो चैं हुंदैन है,” मानविरले शंकै गर्यो ।

“मलाई त देखेको दिनदेखि नै मास्टर त्यस्तो होला जस्तो लागेन । मैले त ठ्याक्कै आङ्खनो अगाडि जन्तरे आएको भन्ठानें । तर पैले हर्केले पनि यस्तै शंका गर्याथ्यो । आखिर हर्केले पनि मास्टरलाई राम्रो भन्नै पर्यो ।”

“अं हो, मलाई त मान्छे असल लाग्यो । दुइ चार चोटी भेटेपछि को कपटी हो, को सद्दे हो तेसै था भैजान्छ । तेति पनि था नहुने भए ढकाल बाउनहरुले बसिखान दिन्थे ?”

“लौ मास्टर राम्रै छ रे, अन्त तैले के भन्न खोजेको ?” मानविरले अलिक अधैर्य भएर सोध्यो ।

“हो, कुरा भन्या यस्तो हुनुपर्छ,” अन्तरेले तुरुन्तै भन्यो, “अव तों पनि सुन माइला । पैले पर्धान र लक्ष्मी मास्टरले मिलेर हाम्रो पैलेको हेडमास्टरलाई यहाँबाट सरुवा गरायो । अन्त उनारले नै यो आइमे ढुकुवालाई यहां हेडमास्टर पनि बनायो । यता हाम्रो नानीहरुको पढाइ विगार्यो । अब फेरि उनारु जीवन मास्टरलाई यहाँबाट खेद्न खोज्दैछ ।”

“तोंलाई कल्ले भन्यो ?”

“कल्ले भन्छ ? यति कुरा पनि म थाहा पाउँदिन ? पर्धानकै मुखबाट यस्तो कुरा सुन्ने मान्छे छन् । खेद्न नसके पक्राउनु पर्छ भनेर पर्धानले भनिसकेको छ । तैं भन्, मानविर , लिम्बुको बच्चा भएर पनि यस्तो अधर्म हुन दिनु हुन्छ ?”

“तेसो त गर्नु हुंदैन,” मानविरले सानो स्वरमा भन्यो ।

“खै, मैले त तेरो कुरो बुझेन है,” तालुखुइलेले चुर बेर्न खोज्दै भन्यो ।

“पछ न, बुझी हाल्छस्,” अन्तरेले तालुखुइलेलाई रोक्दै भन्यो, “अन्त अब पर्धानले मास्टरलाई खेद्न आँट्यो भने हामीले खेद्न दिनु भएन के !”

“कस्तो कुरा गर्छ यो ? पर्धानले खेद्छु भने पछि हामीले कहाँ रोक्न सक्छौं ? तेसरी रोक्न सक्ने भा त जन्तरेलाई पनि रोकिहाल्थ्यौं नि,” मानविरले कुरा काट्दै भन्यो ।

“मलाई पनि पहिले यस्तै लाग्थ्यो,” अन्तरेले एकपल्ट वरिपरि हेरेर भन्यो, “तर आजभोलि यस्तो लाग्दैन । हामी गरीव भाइले त आङ्खनो बल नचिनेर पो रैछ । बल चिने पछि……।”

अन्तरे धेरैबेर बोल्यो । अरु चारै जना लिम्बु बुढाहरुले कान थापेर अन्तरेको कुरा सुने । अन्तरेलाई धेरै बेर बोल्न दिएपछि मानविरले केही भन्यो । अरुले उसका पनि कुरा सुने ।

तीन घण्टा पछि बुढाहरु उठे ।

“तेसो भए नरेलाई भरे मेरोमा ल्याएस है अन्तरे,” मानविरले भन्यो ।

“तैंले आङ्खनो छोरो पनि पठाएस,” मानविरले जुंघावालतिर फर्केर भन्यो ।

चारै जना लिम्बुहरु तल बारीको डीलबाट झरेपछि अन्तरेले विस्तारै नेपालीमा भन्यो, “मास्डर, आबो मो तोंलाई गातै जानु दिन्न ।”


 

फेरि झगडा

दशैं र तिहार सकिएको थियो । जीवनले बुङला डाँडोमा उभिएर वरिपरि हेर्यो । गाउँ धपक्क बलेको थियो ।

सबै घरहरु नयाँ माटोले लिपिएका थिए । लिम्बुहरुका पुतलीपाखे घरहरुका झ्यालहरु धेरै टाढाबाट पनि काला र चम्किला देखिन्थे । कतै मधुरो सेतो र कतै रातो माटोको बीचका काला झ्यालहरु टाढाबाट हेर्दा अनौठा वस्तु जस्ता देखिन्थे । घर वरिपरि घुमेका ठूला घरका काला बार्दलीहरु भने सांघुरो खोला माथिका भरखर बनाएका झोलुङ्गे पुलहरु जस्ता लाग्दथे ।

क्षेत्री बाहुनका अधिकांश घरहरु पहेंलो माटोले पोतिएका थिए । तिनीहरुका झ्याल ढोकाका रङ्गहरुमा एकरुपता थिएन । कसैले कालै लगाएका थिए भने कसैका झ्याल ढोका हरिया देखिन्थे । एक दुई घरका झ्याल ढोकाहरु त बैजनी रङ्गका पनि थिए । तर सबै घरका झ्याल ढोकाको माथि सयपत्री फूलका थुंगाहरु सुक्न सुक्न लागेर झुण्डिएका थिए ।

बाटाघाटाहरु सफा र नौला थिए । बर्खामा भलले बनाएका खाल्डाखुल्डीहरु पुरिएका थिए र ठाडा ओरालाहरुमा स–साना सिंढीहरु बनाइएका थिए । मझौला खालका ओरालाहरुमा बाटोलाई सर्प गुडुल्क्याए जसरी घुमाइएको थियो । बाटाका भित्ताहरु ताछिएका थिए । टाढाबाट हेर्दा ती भित्ताहरु चिल्ला मान्द्राहरु जस्ता देखिन्थे ।

बाटामा उम्रिएका झारहरु उखेलिएका थिए र छरिएका पातपतिङ्गरहरु सोहोरिएका थिए । बाटोको किनारमा पानी बग्ने स–साना नालीहरु बनाइएका थिए ।

स्कूलमा मैलो खालको र पाटीमा चहकिलो खालको सेतो चुना पोतिएको थियो । त्यसैले पनि घुरविसे जस्ता डाँडाहरुबाट हेर्दा बुङलाको पाटी टिलिक्क टल्किन्थ्यो । पाटी वरिपरिको बगैंचा पनि सफा थियो । बगैंचामा गोदावरी, सयपत्री र चमेली फूलहरु डांडै उज्यालो पारेर फक्रिएका थिए ।

वरिपरिको रमीता हेर्दै जीवन विस्तारै नरविरको दोकानतिर लाग्यो । दोकानमा उत्तिसाह्रो चालचुल थिएन । केही मानिसहरु विस्तारै बोल्दै थिए । रेडियो बन्द भैसकेको थियो ।

जीवनले यसो ढोकाबाट चियाएर हेर्यो । त्यहाँ पांच, छ जना मानिसहरु बसेका थिए र उनीहरु तास खेल्दै थिए । नरविर त्यहाँ थिएन ।

जीवन आङ्खनो कोठातिर लाग्यो । कोठाको भर्याङ चढ्ने मुलढोकामा उसले नरविरलाई भित्रबाट बाहिर निस्कंदै गरेको देख्यो ।

“अहो, नमस्ते सर ।”

“नमस्ते । हालखबर सबै ठीक छ भाइ ?”

“ठीकै छ भन्नु पर्छ । दशैंको पूर्णिमाको भोलिपल्ट लिला सर आउनु भएको थियो । उहाँलाई अवकास दिएछ । क्षेत्रीयमा गएर मुद्दा लड्नु पर्ला भन्दै हुनुहुन्थ्यो । उहाँले एउटा चिट्ठी छोड्नु भएको छ । माथि कोठामा बाकस माथि छ । यता भाइटिका लाएर शकुन्तला पनि काठमाडौं तिर लागिन् । उनी झापामा सरकोमा निस्कन्छु भन्थिन् । तर पनि बाटामा फेर पर्ला कि भनेर एउटा चिट्ठी छोडेको छन् । लक्ष्मी मास्टर पूर्णिमा सकिएपछि सदरमुकाम गएको अहिलेसम्म फर्केको छैन । प्रधानपञ्च पनि उतै लाग्या छ । अरु त्यस्तो विशेष केही छैन ।”

“शिक्षकहरु थपघट भएका त छैनन् ?”

“ए, सांच्ची त, बैकुण्ठेको ठाउँमा दार्जिलिङबाट एउटा दीपक भन्ने हिसाब शिक्षक आएको छ । अहिले एक्लै छ । यसो अनुहार हेर्दा पनि बिहे गरिहालेको जस्तो छैन । पांच नं ओडाध्यक्ष कहाँ बसेको छ । त्यसको साथै एक जनालाई यहाँबाट ङ्खयांक्ने प्रयत्न पनि भैरहेको छ रे भन्ने हल्ला छ ।”

“ए,” जीवनले खास कुर्न प्रतिकृया नदेखाइ भन्यो, “हुन्छ त, म यसो लुगा कपडा फेरेर आउँछु ।”

नरविर दोकान तिर लाग्यो । जीवन कोठा तिर जाने भर्याङ उक्लन थाल्यो ।

कोठा उसले छोडे जस्तै थियो ।

पश्चिममा संगा्रन्ती बजार माथि डुब्न लागेको घाम आङ्खना किरणहरु बोकेर झ्यालबाट चिहाइरहेको थियो । जीवनले झोला छेउको बेन्च माथि राख्यो । बाकस माथि बेट्रीको बट्टा भित्र दुइवटा खामबन्दी चिट्ठी थिए । उसले ती दुईटै चिट्ठी उठायो । त्यहीं यसो निहुरिएर जुत्ताको तुना खोल्यो र खाटमा गएर बस्यो ।

पहिलो चिट्ठी लिलाको थियो । अलिकति पनि हलचल नगरी ऊ चिट्ठी पढ्न थाल्यो ।

“… यसरी अकस्मात सेवा समाप्तीको पत्र पाउँदा म आफै दङ्ग परेको छु । विदाको ठीक अघिल्लो दिन पत्र दिनु भनेको त मलाई अप्ठ्यारोमा पार्न खोज्नु नै हो । तर विनाकारण चाकडी र चापलुसी थमाउनुको म कुर्न अर्थ भेट्टाइ रहेको छैन । विना चाकडी र चापलुसी अथवा बिना सि.आइ.डि.गिरी कसैले पनि जागीर जोगाउनै नसक्ने वर्तमान परिपाटीमा मैले जागीर छुटेकोमा चिन्ता गरेर, त्यसैको लागि मरिमेटेर केही पाउंछु होला जस्तो लाग्दैन । तै पनि एकपल्ट धरानसम्म गएर आङ्खनो स्थिति प्रष्ट पारेर आउँ भन्ने सोचेको छु ।

जागीर मेरो आर्थिक बाध्यता हो भन्ने सरलाई पनि थाहा भएकै कुरो हो । तर जागीरको लागि आङ्खनो सम्मान बेचेर चाकडी गर्न मेरो मनले मानिरहेको छैन । यति हुंदा हुंदै पनि मैले कतै न कतै जागीर खोज्नु पर्ला अथवा कुनै सानो तिनो व्यवसायमा हात हाल्नु पर्ला भन्ने सोचेको छु । यसै कामको लागि पनि मैले एकपटक तराई पुग्नै पर्छ भन्ने सोचेको हुँ ।

सरले पनि मेरो वर्तमान स्थितिबाट केही निचोड निकाल्नै पर्छ । गाउँको स्थितिलाई नराम्रो त भन्न सकिंदैन तर त्यो राम्रो पनि छैन । दश बाह्र परिवारको चेतना नै निर्णायक हुंदैन । त्यसमाथि यहाँ त एउटा विशेष किसिमको आतङ्कले अझै पनि आकास ढाकेको छ । यस्तो स्थितिमा आङ्खनो स्थितिलाई खोल्नुले होइन, त्यसलाई लुकाउनुले नै ठूलो फाइदा दिन्छ ।

मैले ढकाल जेठासङ्ग भेटेको थिएं । सरका नैतिक मूल्यहरुलाई उनी निकै कदर गर्छन् र सरले यो कुरालाई संधै ध्यानमा राख्नु संधै ध्यानमा राख्नु पर्छ….।

तपाईंका दिनहरु पनि यहाँ छोट्टिइ सकेका छन् । त्यसैले आङ्खनो प्रयत्नलाई दोब्बर पार्नु जरुरी छ । कुनै पनि बेला गाउँ छोड्नु पर्छ भन्ने अनुमान गर्ने आधारहरु देखिंदै छन् । त्यो भन्दा अगाडि नै गाउँलेले चालेको पाइलो अलिकति अगाडि बढिसकेको हुनु पर्छ…….।”

जीवनले चिट्ठी पढी सिध्याउनु अघि नै नरविरले चिया ल्याइदियो । जीवनले यसो टाउको उठाएर नरविरलाई हेर्यो र फेरि निहुरिएर चिठी पढ्न थाल्यो । नरविरले एउटा किताब निकालेर त्यसमाथि चियाको गिलास राख्यो र आफू ढोका ढप्काएर बाहिर निस्कियो ।

लिालाको चिट्ठी पढिसकेपछि उसले पश्चिम तिर फर्केर घामलाई हेर्यो । घाम डुवेको थियो र आकारमा कताकति छरिएका बादलहरु राता भएका थिए । तर धर्तीमा अझै छ्याङ्गै उज्यालो थियो । जीवनले बाँकी रहेको चिया हतार हतार सुक्र्यायो । त्यसपछि मात्र उसले शकुन्तलाको चिट्ठीको खाम च्यात्यो । भित्रका, शकुन्तलाको अनुहार जस्तै सुन्दर अक्षरहरुले आफूलाई स्वागत पो गरेको हुन् कि जस्तो जीवनलाई लाग्यो । ऊ पहिले जस्तै निहुरिएर ती अक्षरहरु पढ्न थाल्यो ।

“यसरी भित्र भित्रै षडयन्त्र चलिरहेछ । लक्ष्मी दशैं सकिए पछि अंग्रेजीको शिक्षक खोज्न गएको हो । तपाईं माथि केही हुने हो कि भनेर पिरोलिंदै म हिंडेकी छु । केही भयो भने सवभन्दा पहिले मलाई नै चिट्ठी लेख्नु हुनेछ भन्ने मेरो आग्रह र विश्वास छ ।

साथको चिट्ठी लक्ष्मीले नवौं कक्षाकी माया भण्डारीलाई लेखेको प्रेम पत्र हो । यो पत्र हाम्रो हातमा पर्यो । तपाईंलाई काम लाग्ला भनेर यहीं छोडेकी छु ।”

जीवनले शकुन्तलाको पत्रसंगै टांसिएको अर्को चिट्ठी खोल्यो । लक्ष्मीका परिचित अक्षरहरु पढ्दै हाँस्यो । उसले लक्ष्मीको चिट्ठीलाई एकातिर राख्यो र फेरि शकुन्तलाको चिट्ठी पढ्न थाल्यो ।

सबै चिट्ठी पढेर उसले तिनलाई खाम भित्र कोचार्यो र लुगा फेर्न उभिंदा आफैलाई सोध्यो, “अब के गर्ने होला ?”

स्कूल शुरु भएपछि शिक्षहरुको दैनिक जीवन सामान्य ढंगले चल्न थाल्यो । दार्जिलिङबाट ल्याइएको नयाँ शिक्षक दीपकले सिधै नियुक्ति पायो । उसको लागि जिल्लाको स्वीकृतिको खांचो परेन ।

जीवनले लक्ष्मीसंग त मायाको कुरो उप्काएन तर उसले आफूले राखेको चिट्ठीको प्रतिलिपि भने लक्ष्मीको घरमा भएकी स्वास्नीलाई पठाइदिने विचार गर्यो । लक्ष्मीसंग उसको बोलचाल राम्रै रह्यो ।

यसरी स्कूल राम्ररी नै चलेको थियो । शिक्षक विद्यार्थीहरु विहान स्कूलमा आउँथे, दिउँसो पढाइ हुंदा पढाइ चल्थ्यो, पढाइ नहुंदा शिक्षक शिक्षक बीचमा हांसो चल्थ्यो भने विद्यार्थीहरु पनि आपसमा ख्यालठट्टा गर्थे । अकस्मात स्कूलमा घटेको सानो घटनाले त्यो जीवन्त वातावरणलाई नै फेरिदियो ।

त्यो दिन दोश्रो घण्टी लाउने बेलामा पिउन थिएन । ऊ कता गएको थियो, कसैलाई थाहा पनि भएन । घण्टी लाउनै पर्ने समय आइसकेको थियो । त्यसैबेला कुर्चीमा अडेस लागेर बसेको लक्ष्मीले एक्कासी अह्रायो, “बल बहादुरजी घण्टी लाइदिनोस् त ।”

बलबहादुर साउदेन भनेर हाजिर कापीमा सही गर्ने बलबहादुर प्राथमिक स्तरको शिक्षक थियो । आङ्खनो विषयको राम्रो ज्ञाता नभए पनि स्कूलमा ऊ खेलकुदको कारणले लोकप्रिय थियो । गएको साल मात्रै एस.एल.सी. पास गरेर स्कूलमा शिक्षक पेशा थालेकोले धेरै उसलाई शिक्षक हो कि विद्यार्थी हो जस्तो व्यवहार गर्थे ।

“कल्ले घण्टी लाउने ?” उसले लक्ष्मीको अनुहारमा सिधा हेरेर सोध्यो । उसको हेराइ देखेर लक्ष्मी अलमल्ल पर्यो ।

कुनै पनि शिक्षकको अघि तल पुर्न हुंदैन र बहसमा हरेकलाई पछार्नु पर्छ भन्ने सिद्धान्तमा लक्ष्मीको पुरा विश्वास थियो । आफूले नागरिक शास्त्र र इतिहासमा वि.ए. पास गरेको भए पनि मौकामा इतिहास र हिसाब भन्न अप्ठेरो नमान्ने लक्ष्मी बल बहादुर जस्तो हिजोको आङ्खनै विद्यार्थीले यसरी सोधेको कहाँ सहन सक्थ्यो र ? त्यसैले उसले पहिले भन्दा कडा स्वरमा भन्यो, “किन ? मैले तपाईंलाई नै घण्टी लाउन अह्राएको कुरा बुझ्नु भएन ?”

“अहं, बुझिन,” बल बहादुरका चिम्रा आँखाहरु चिमचिम गर्न थालिसकेका थिए । उसका आंखा चिमचिम गर्न थालेपछि उ खुव रिसाएको छ भनेर जान्नु पर्छ भनेर उसका साथीहरु भन्ने गर्थे ।

“त्यसो भए बुझ्नुस् ।”

“बुझ्दिन । के गर्छस् ?” बलबहादुर काम्न थालसिकेको थियो ।

“बल बहादुर । मुख सम्हालेर बोल्नुस् । तपाईं कोसङ्ग कुरा गर्दै हुनुहुन्छ, ख्याल राख्नुस्,” लक्ष्मी पनि रिसायो ।

अनायस यस्तो घटना घट्दा सबै शिक्षकहर एकछिन त अकमक्कै परिहाले । तर तुरुन्तै सबै सम्हालिए पनि । सबभन्दा पहिले जीवन नै बसेका ठाउँबाट उठ्यो र उसले बलबहादुरको हात समातेर भन्यो, “भो छोड्दिनुस् सर । कुरो बढाएर के फाइदा छ ?”

“तपाईं छोड्नुस् सर,” बलबहादुरले जीवनले जीवनले समातेको हात फुत्त तानेर भन्यो, “हेड मास्टर भएं भन्दैमा शिक्षकलाई घण्टी बजाउन लाउनु हुन्छ ? हेप्नुको पनि यौटा हद हुन्छ । कहिले चुरोट ले, कहिले चिया अर्डर दे । के म पिउन हुं ? कि यसको घरको नोकर हुं ?” बलबहादुरको सारा शरीर कामिरहेको थियो ।

“जेठा, हुन्दे,” त्यसैबेला निर्मलाले बसेको ठाउँबाट उठेर बल बहादुरको छेउमा आउँदै भनी, “यस्तै हो कहिलेकाहीं मान्छेबाट गल्ती भै जान्छ ।”

“कहिलेकांही भन्छन् ? दिनदिनै मेरो वेइज्जत नगरी यसलाई खाएकै पच्दैन । के प्राथमिक शिक्षक चाहिं शिक्षक नै होइनन् ? चक ओसार्ने र घण्टी लगाउने पिउन हुन् ? यसले के सम्झेको छ ? के स्कूल यसको घर हो ?”

बलबहादुर गर्जेको सुनेर नवौं कक्षाका विद्यार्थीको कान तिखियो । उनीहरु एक दुई गर्दै अफिस कोठाको ढोकामा आए । बाहिरबाट अफिस कोठामा छिर्ने उज्यालो अलिकति घटेको महसुस भए पनि जीवनले फनक्क पछिल्तिर फर्केर हेर्यो । ढोकामा नौ जना विद्यार्थीहर उभिइसकेका थिए । जीवनले ढोकाको आडैमा आएर सानो स्वरमा भन्यो, “तिमीहरु आ–आङ्खनो क्लासमा जाउ भाइ हो । यसरी अफिस कोठाको ढोकामा उभिनु हुंदैन ।”

विद्यार्थीहरु गार्हो मानेर कोठातिर गए । बलबहादुर अझै पनि नजानिदो पाराले कामिरहेको थियो ।

“हिंड जेठा, बसौं,” निर्मलाले बलबहादुरको हात समातेरै भनी ।

“छोड माइली,” बलबहादुरले हान्ने सांढे जसरी भन्यो, “म आज यल्लाइ लिम्बुको बच्चा कस्तो हुन्छ भन्ने देखाइ दिन्छु । यल्ले मलाई खान दिया छ कि ? यल्ले घरबाट पैसा ल्याएर मलाइ तलब दिया छ कि ? कि म पिउन हु ? मलाई आज यसको जवाफ चाहिन्छ ।”

“रिसार हुन्छ त !” काइंलीले पनि बलबहादुरको छेउमा आउँदै भनी, “हिंड् बसौं । जे हुनु भै हाल्यो । अब रिसाएर के पाइन्छ ?”

“होइन, मलाई जवाफ चाहियो । म पिउन हुं कि मास्टर हुं ?”

“तपाईंले आङ्खनो व्यवहार प्रति दुःख प्रकट गर्नु नै राम्रो हुन्छ, सर,” दिपकले लक्ष्मीतिर फर्किएर सानो स्वरमा अंग्रेजीमा भन्यो ।

जवाफ दिनुको साटो लक्ष्मी बसेको ठाउँबाट जुरुक्क उठ्यो र बाहिर निस्कियो । उसले न त वातावरणको तनावलाई घटाउने नै प्रयत्न गर्यो न बल बहादुरसंग कुनै कुराकानी गर्ने कोशिश नै गर्यो ।

“भाग्छस् ? तं जस्ता नभए पनि स्कूल चल्छ, गुण्डा,” बलबहादुरले लक्ष्मी गएको बाटोतिर हेरेर भन्यो ।

“अहिलेलाई अब कुरा विर्सौं सर,” जीवनले फेरि बलबहादुरको नजीक आएर भन्यो, “हाम्रो बीचमा जे जस्तो भए पनि विद्यार्थीको पढाइ तल माथि पार्नु भएन ।”

बलबहादुर केही नबोली नजीकैको कुर्चीमा बस्यो । त्यसै बीचमा जीवनले बार्दलीमा उभिएको एउटा विद्यार्थीलाई दुइ घण्टी लगाउन लगायो ।

“कस्तो अनौठो घटना घट्यो !” संस्कृत पढाउने नयाँ शिक्षक परमानन्दले भन्यो ।

“प्राथमिक कक्षाका शिक्षकप्रति लक्ष्मी सरको व्यवहार वास्तवमै ठीक छैन । तर के गर्ने ? हामीले बोल्ने कुरा आएन,” नेत्र पाठकले भन्यो ।

“जे भए पनि नराम्रो देखेपछि बेलैमा भन्ने गुर्नपर्छ,” दिपकले चर कर डस्टर उठाउँदै भन्यो ।

एकै छिनमा कोठामा जीवन र निर्मला मात्र बाँकी रहे । अरु सबै कक्षा कक्षामा गैसकेका थिए ।

“कस्तो नराम्रो घटना घट्यो मिस,” जीवनले नजीकै बसेको खरदार तिर आँखा लाउँदै भन्यो, “एक्कासी यस्तो होला भन्ने कसले सोचेको थियो र ?”

“दुइटै उस्तै हो । लक्ष्मी सरलाई पनि अर्काको बेइज्जत नगरी चित्त बुझ्दैन । बले पनि यस्तो अलिकति तलमाथि भयो रिसाइ हाल्छ ।”

“जातैले लिम्बु,” जीवनले हाँस्तै भन्यो ।

निर्मला र खरदार पनि खितित्त हाँसे । हाँस्ता हाँस्तै निर्मलाले भनी, “जीवन सरलाई पनि पो ठट्टा गर्न आउँदो रहेछ ।”

त्यसैबेला स्कूलको पिउन अफिस भित्र पस्यो । उसलाई देख्ने वित्तिकै निर्मलाले हाँसेको हाँस्यै भनी, “यो मोरोलाई पनि यै आगो लाउन मात्र बाहिर जानु पर्या रहेछ ।”

भनिसकेपछि पनि ऊ हाँसिरही । पिउन अलमल्ल परेर उभिइ रह्यो ।

लक्ष्मी त्यो दिन भरि स्कूलमा आएन । ऊ कहाँ गयो कुनै शिक्षकले खोजखवर पनि गरेनन् ।

भोलिपल्ट लक्ष्मी आउँछ कि आउँदैन भन्ने सबैलाई शंका थियो । शिक्षकहरुले सांझमा घर फर्किंदा आफू आफूमा छलफल पनि गरेका थिए । कसैले भने, “लक्ष्मी जस्तो थेत्तरो मान्छेले लाज मान्न जानेकै छैन । त्यसैले नआउने कुरै भएन ।”

अरु थोरैले भने, त्यस्तो नराम्रो भइसकेपछि दुवै जनाले आपसी झगडा नमिलाई लक्ष्मी स्कूलमा आउने संभावनै छैन । सके प्रधानपञ्चलाई मध्यस्थ राखेर झगडा मिलाउलान कि !”

यस्तो भनाइमा विश्वास गर्नेमा जीवन पनि थियो । त्यसैले उसले डेरामा जाने वित्तिकै नरविरलाई दिउँसोको सबै घटना सुनाएर भन्यो, “मिलापत्रै गराउन खोज बल बहादुरले के गर्ला भाइ ?”

नरविरले केही जवाफ दिएन । दोकानमा नरविरकी सानी छोरी बाहेक अरु कोही थिएनन् । उसले एकछिन छोरीको कपाल खेलायो । त्यसपछि विस्तारै भन्यो, “बलबहादुरले मिलापत्र गर्दैन सर । त्यसको त्यस्तो बानी नै छैन । खुसी हुंदा मासु काटेको नि थाहा पाउंदैन । रिस उठेपछि नकाटी पनि छोड्दैन ।”

“तर मिलापत्र गराउनै पर्छ ।”

“गाह्रो छ, सर ।”

“म संझाउँ कि ।”

“किन, त्यसबाट कुनै फाइदा हुन्छ र ?”

“अहिले स्कूलमा शिक्षक बीचको तनाव बढ्यो भने विद्यार्थीको पढाइ पनि नोक्सान हुन्छ । एस.एल.सी. दिनेको जांच मुखैमा आइसकेको छ । हामीले जांचसम्म स्कूलको वातावरणलाई जसरी पनि स्वच्छ राख्नु पर्छ । अरुले गुहु खाए भनेर हामीले पनि त्यसो गर्नु भएन ।”

“त्यसरी हेर्ने हो भने त हामीले जसरी पनि सम्झाउनै पर्छ, “नरविरले एकछिन चुप लागेर भन्यो, “म भरे रातीको लागि फुर्सद मिलाएर बलबहादुरलाई आइज भनौंला ।”

बेलुका बलबहादुर आयो । जीवन र नरविरले उसंग धेरै लामो कुरा गरे । लामो कुराले बलबहादुर भित्रको घृणालाई पनि अलिक ठीक ठाउँमा ल्याइदियो । आखिरमा लक्ष्मीको तर्फबाट मिलापत्रको प्रस्ताव आएमा बलबहादुरले त्यसलाई स्वीकार्ने भयो ।

राती कतैबाट बलबहादुरको खोजी नभएकोले बिहान त्यस्तो प्रयत्न होला भन्ने जीवनलाई लागेको थियो । तर विहानको नौ बज्दासम्म पनि कतैबाट त्यस्तो प्रयत्न भएन भन्ने कुरा थाहा पाउँदा जीवनलाई अनौठो लाग्यो ।

सधैंको समयमा स्कूल पुग्दा लक्ष्मी आङ्खनो कुर्चीमा बसिरेको थियो । बलबहादुर भने अझै आएको थिएन । जीवनले यसो ढोकामा उभिएर भित्रको गतिविधि हेर्यो । कतै कुनै अनौठो थिएन । ऊ भित्र पसेर एउटा कुर्चीमा बस्यो ।

एकछिन पछि बलबहादुर अफिस ढोकाबाट भित्र छिर्यो र ढोका छेउको खालि कुर्चीमा बस्यो ।

“सीताराम, बलबहादुरको पत्र बुझाइ देउ,” बल बहादुर आएर कुर्चीमा बसेको देख्ने बित्तिकै लक्ष्मीले खरदारलाई आह्रायो ।

कोठाका शिक्षकहरुले खास कुनै प्रतिकृया देखाएनन् । सिताराम आफैले उठेर एउटा गोप्य लेखेको बन्दी खाम बलबहादुरलाई दियो र उसबाट अफिसको पिउन बुकमा ‘पत्र बुझी लिएं’ भन्ने कागज गरायो । त्यसपछि बलबहादुरले पत्र पढ्न नभ्याउंदै ऊ आङ्खनो सिटमा आएर बस्यो ।

बलबहादुरले चिट्ठी पढ्न थाल्दा सबैका आँखा ऊ माथि केन्द्रित भए । हेर्दा हेर्दै बलबहादुरको अनुहार अंध्यारो भयो र उसका आँखाहरु चिमचिम गर्न थाले । उसको जीउ पनि अलिकति थर्थरायो ।

“तेसो भा, मलाई बिदा दे कै हो ?” बल बहादुरले चिट्ठी हावामा फरफर पार्दै भन्यो ।

सबै शिक्षकहरु छक्क परे । एकैचोटी अवकासको पत्र कसैलाई दिइन्छ भन्ने उनीहरुले अनुमान गरेकै थिएनन् । त्यसैले उनीहरुले आङ्खनो अनुहार लक्ष्मीतिर फर्काए ।

“त्यहीं लेखेको होला । मलाई के थाहा ?” लक्ष्मीले अलिक हेलचेक्या«इंको पाराले भन्यो ।

शिक्षकहरु छक्क परेर लक्ष्मीलाई हेरिरहेका थिए । बलबहादुर अघिको कागज बटार्दै बसेको ठाउँबाट जुरुक्क उठ्यो । फटाफट पाइला चालेर ऊ लक्ष्मीको नजिकै पुग्यो ।

“भ्वाक्क,” सबै शिक्षकहरुले एकैपल्ट लक्ष्मीलाई कुर्ची सहित भूईंमा लडेको देखे । बलबहादुर अलिकति निहुरियो । उसले लक्ष्मीलाई कठालोमा समातेर उठायो र फेरि एक मुक्का हिर्कायो । त्यसैबेला दिपक, जीवन, परमानन्द र बासुदेवले बलबहादुरको नजीक पुगेर उसलाई च्याप्प समाते । बलबहादुर एकपल्ट छटपटायो । जीवन र दिपकले उसलाई समातेर आफूहरु बस्ने ठाउँमा ल्याए । परमानन्द लक्ष्मीलाई उठाउन पट्टी लाग्यो ।

“साला, गुण्डा, आफू आइमाइलाई एक्लै दोक्लै देख्यो कि झम्टिन पुग्छ, स्कूलमा पढ्ने केटीलाई चिट्ठी लेख्छ, मास्टरको पोल सुनाएर हाकिमबाट पैसा खान्छ उल्टो मलाई नैतिकता र अनुसासनको पाठ पढाउँछ ए ।”

“सर, तपाईंले सम्हालिनु पर्यो । कुनै पनि कुरालाई राम्ररी मिलाउन सकिन्छ ।”

बलबहादुर थरथर कामिरहेको थियो । एक्कासी उसका आँखाबाट केही थोपा आँशु खसे । उसले आङ्खनो देब्रे हातले आँशु पुछ्यो । ऊ केही बोलेन । आँशु बेदनाका थोपा थिए कि उत्तेजनाको थोपा थियो , उसलाई समाउने शिक्षकले पनि बुझ्न सकेनन् ।

“जौं, बाहिर,” जीवनले बलबहादुरलाई भन्यो, “चिसो हावामा दिमाग ताजा हुन्छ ।”

“अब त जानै पर्यो नि सर, तर जाँदा जाँदै म यसलाई के भन्छु भने, यसले मलाई त अवकासको चिट्ठी मात्र दिन सक्छ । म यसलाई के दिन सक्छु भन्ने म भरे बेलुकै देखाइ दिन सक्छु । स्कूल भित्र गोलमाल मच्चाउन सकिने भए म यहीं देखाइदिन सक्थें ।”

बल बहादुर दुबै शिक्षकका हात फुकाएर काँड जसरी हान्निएर बाहिर निस्कयो । उसको अवकास पत्र हुत्तिएर फोहोर थुपार्ने कुनामा पुग्यो ।

बल्ल जीवनले लक्ष्मीलाई हेर्ने फुर्सद पायो । उसको आँखिभूर्इं मास्तिर सानो चोट लागेको थियो । ऊ अलि अलि कामिरहेको थियो । जीवनले यसो निहुरिएर बलबहादुरको अवकास पत्र उठायो र उभिइ उभिइ पढ्न थाल्यो । एकपल्ट पढिसकेपछि उसले त्यसलाई फेरि देहोर्यायो । त्यसैबेला दिपक पनि पत्र पढ्न तम्सिएको देखेर उसले पत्र दिपक तिर बढाइ दियो ।

“वडो नराम्रो कुरा । लक्ष्मी सरले यस्तो गर्नु नहुने,” सवभन्दा पहिले दिपकले नै प्रतिकृया जनायो । त्यतिवेला पत्र परमानन्दको हातमा थियो ।

“लक्ष्मी सर स्कूलप्रति पूर्ण जिम्मेवार भएर पनि एक पछि अर्को गर्दै गल्ती माथि गल्ती थपिरहनु भैरहेको छ । अनि यो सबैको बारेमा हामीसित एक वचन पनि सल्लाह लिन चाहनु हुन्न । यस्तो भएर कसरी काम गर्न सिकन्छ ? चांडै शिक्षकहरुको एउटा बैठक डाक्नु पर्छ र त्यसमा बलबहादुरलाई पनि उपस्थित गराउनु पर्छ,” जीवनले एकपल्ट सबै शिक्षकको अनुहारमा हेर्दै भन्यो, “स्पष्टीकरण समेत दिन नपाई बलबहादुले अवकास पाउनु निश्चय नै ऊ माथिको अन्याय हो ।”

“यो सब संचालक समितिको अध्यक्षसंग गर्ने कुरा हो,” लक्ष्मीले अलि अलि कामेको स्वरमा भन्यो ।

“ठीक छ, बैठकमा संचालक समितिका अध्यक्ष र सदस्यलाई पनि डाकौंला । संचालक समिति भनेको कुनै भूतप्रेत त होइन ।”

“कस्तो जंगली तौरतरीका,” दिपकले अंग्रेजीमा भन्या, “कृपया मेरो हिसाब किताब मिलाईदिनु होला । म भोलि नै घर फर्कन चाहन्छु ।”

कोठा भित्र झन तनाव बढ्यो । उता स्कूलको घण्टी लाग्ने बेला भैसकेको थियो र विद्यार्थीहरु अफिसको ढोकामा चियाउन थालिसकेका थिए ।

“ए, घण्टी लाउने बेला टरेछ,” ढोकामा धेरै विद्यार्थीहरुको भीड देखेपछि निर्मलाले बसेको ठाउँबाट उठ्दै भनी । बलबहादुरको अवकास पत्र त्यतिबेला उसकै हातमा थियो ।

“लौ प्रधानपञ्चज्यू पनि आइपुग्नु भयो,” घण्टी लाउन बार्दलीमा निस्केको पिउनको स्वर सुनेर सबै शिक्षकहरु झसंग भए । लक्ष्मीको अनुहारमा मसिनो हाँसो चम्कियो ।

कोठाका वातावरणमा छाएको तनावलाई प्रधानपञ्चले भित्र पस्ने वित्तिकै थाहा पायो । हुन त सबै शिक्षकले उसलाई नमस्ते गरे । तर नमस्ते गर्ने हरेकको अनुहारमा कोरिएका तनावका रेखाहरु जोसुकैले पनि देख्न सक्थे ।

“यो भयंकर जंगली ठाउँ रहेछ । तपाईं नै यो स्कूलको प्रमुख मान्छे हुनुहुन्छ क्यारे । कृपया मेरो हिसाब मिलाई दिनु होला । म भोली बिहानै दार्जिलीङ फर्कन्छु ।” सबभन्दा पहिले दिपकले शिष्टतापूर्वक अंग्रेजीमा भन्यो र प्रार्थनाको मैदान तिर निस्कियो । त्यो दिन उसको प्रार्थना निरीक्षण थियो ।

“के भयो ?” प्रधानपञ्चले अनौठो मानेर सोध्यो ।

“तपाईंबाट मैले यस्तो आश गरेको थिइन,” निर्मलाको हातबाट अवकासपत्र खोसेर प्रधानपञ्चको हातमा राख्तै जीवनले पनि अंग्रेजीमै भन्यो, “निमयकानून भएको मुलुकमा यस्तो जंगली न्यायलाई कसैले सभ्यताको प्रतीक मान्दैन ।”

“किन, के भयो र ? “ प्रधानपञ्चले फेरि अनौठो मानेरै सोध्यो ।

निकैबेर कोही केही बोलेन । अन्तमा काईलीले नै भरखरै घटेको संपूर्ण विवरण सुनाई ।

“बले खै त ? प्रधानपञ्चले सामान्य ढंगमै सोध्यो ।

“गै सक्यो ।” छोरीले नै जवाफ दिई ।

“अन्त सरहरुले गुरु भएर पनि बलेकै कामलाई सही ठान्नु भएको ?”

“बलबहादुरले राम्रो गर्यो भने सवालै छैन । तर कुनै पनि कुराको जड कहाँ छ भनेर खोज्नै पर्छ । हिजो लक्ष्मी सरले बलबहादुरलाई घण्टी बजाउन नअह्राउनु भएको भए यस्तो घटना घट्ने नै थिएन ।” जीवनले भन्यो ।

“त्यति नाथे घण्टीकै कारणले बलेले हिजो प्रधानाध्यापकलाई मुख छोड्नु हुन्छ त ? घण्टी त समझदारीमा जो कोहीले पनि बजाउन सक्छ ।”

“समझदारीमा बजाउनु र आदेश दिनु दुइवटा अलग अलग कुरा हुन् । घण्टी बजाउने प्रकरणलाई कहिल्यै नाथे भन्न सकिन्न । लक्ष्मी सरले समझदारीपूर्ण ढंगले होइन, हाकिमको हैसियतले घण्टी ठोक्ने आदेश दिनु भयो । सबैलाई थाहा भएकै कुरा हो, घण्टी बजाउने आदेश पालन गर्ने मान्छे मास्टर होइन । मान्छेको, हरेक मान्छेको आ–आङ्खनै आत्मसम्मान हुन्छ र कसैलाई पनि त्यो आत्मसम्मान माथि चोट पुर्याउने अधिकार हुंदैन ।”

“त्यसो भए तिमीलाई पनि बलबहादुर माथि अन्याय भो भन्ने लाग्छ ?”

“यसमा कुनै शंकै छैन ।”

“यो मोरो चाहिं कहाँ गएको थियो त्यतिबेला ?” प्रधानपञ्चले पिउनतिर हेर्दै सोध्यो । उसले स्वरमा अझै रिस भरिएको थिएन ।

“मलाई हेड सरले चुरोट लिन पठाउनु भएको थियो,” पिउनले मलिनो स्वरमा जवाफ दियो, मानौं ऊ माफी मागिरहेको होस् ।

“आज भोलि यो स्कुलमा हरेक काम एउटा षडयन्त्रको आधारमा गरिन्छ ।” जीवनले खिसिक्क हाँसेर कुरो अघि बढायो, “तपाईंहरुले थाहा पाउनु हुन्छ कि हुन्न त्यो त थाहा छैन । तर हामीलाई यस्ता कुरा थाहा हुन्छ । यदि बलबहादुरले लक्ष्मीजी र माया भण्डारी वीचको प्रेम गाथा थाहा पाउँदैनथ्यो भने न त पिउनले चुरोट लिन जानु पथ्र्यो न बलबहादुको ड्युटी नै घण्टी लाउनेमा हुन्थ्यो ।”

कोठाका सब मान्छेले छक्क परेर लक्ष्मीलाई हेरे । लक्ष्मीले अलिक अंध्यारिएको स्वरमा भन्यो, “यो सब झुट्टा हो ।”

“बलबहादुरको हातमा रहेको तपाईंको प्रेमपत्र पनि झुट्टै हो कि ।” जीवनले एकोहोरो आँखाले लक्ष्मीलाई हेर्दै भन्यो, “दुनियामा आफू बाहेक सबैलाई मुर्ख नठान्नोस सर । त्यसै बलबहादुरले तपाईंलाई नैतिकताको तराजुमा तौलन खोजेको होइन ।”

“तिमी त बलबहादुरको वकिलै पो भयौ ए,” प्रधानपञ्चले फेरि पनि हाँसेरै भन्यो । उसको संयम देखेर जीवन पनि छक्क पर्यो ।

“मैले वि.एल. पुरा गरेको छैन,” जीवनले पनि हाँसेरै भन्यो, “तर काका, राम्रोलाई राम्रो भन्न र नराम्रोलाई नराम्रो भन्न मलाई हिजो पनि गाह्रो लागेन, आज पनि लागिरहेको छैन र निश्चित छ, मलाई भोलि पनि त्यस्तो लाग्ने छैन ।”

“त्यस्तो त हुनै पर्छ,” प्रधानले मनमनै केही सोचेर भन्यो ।

“कुरामा चाहिं,” त्यस्तै ढंगले जीवनले जवाफ दियो । जीवनको जवाफ सुनेर प्रधानपञ्चले एकछिन अलिक चिम्रा आँखाले जीवनलाई हेर्यो । जीवनले खिसिक्क हाँसेर भन्यो, “आजको दुनिया नै कुरामा त छ ।”

“स्थिति विग्रिहालेको छैन,” प्रधानपञ्च बोल्ने बित्तिकै दिपक कोठाभित्र पस्यो ।

“स्थिति विग्रिहालेको छैन,” प्रधानपञ्चले फेरि दोहोर्याएर भन्यो, “हामी यसलाई सम्हाल्न सक्छौं । तर हामी सबैमा संयम र प्रौढता हुनुपर्यो । त्यसपछि आपसी सरसल्लाहले हामी सबै कुरा मिलाउन सक्छौं ।”

“सबभन्दा पहिले बलबहादुरलाई ससम्मान बहाली गरिनु पर्छ र उसको विरुद्ध संचालक समितिमा झुट्टा रिपोर्ट दिएकोमा र उसको अपमान गरेकोमा लक्ष्मी सरले उसंग माफी माग्नु पर्छ । बलबहादुरले पनि अपशब्द बोलेको र हात उठाएकोमा माफी माग्नै पर्छ । त्यसबाहेक लक्ष्मी सरले प्रधानाध्यापक जस्तो गरिमामय पदको कदर गर्दै आङ्खनो नैतिक आचरणलाई सुधार्नु पर्छ ।”

“तिम्ले त ठूलै कुरा पो गर्यौ ए । अनि केही गरी यस्तो भएन भने ?” प्रधानपञ्चले सोध्यो ।

“अवश्यै पनि राम्रो परिणाम निस्कंदैन । देख्तै हुनुहुन्छ दिपक सर हिसाब किताब माग्दै हुनुहुन्छ । उहाँसंगै अर्को एक जना शिक्षक हिंडेमा पनि स्कूलको पठन पाठन चल्दैन । स्कूलको त्यस्तो अधोगतिको नैतिक दायित्व स्वभाविक रुपले तपाईंले नै बेहोर्नु पर्नेछ । त्यसैले यस्तो कुरा व्यक्तिगत रुपले तपाईंको लागि फाइदाजनक छैन ।”

प्रधानपञ्च हाँस्यो मात्र । जीवनको भनाइ प्रति उसले कुनै प्रतिकृया दर्शाएन ।

लक्ष्मीले सबै कक्षाका विद्यार्थीलाई सरसफाइमा लाग्न अह्रायो । त्यतिबेलासम्म उसको निधारको घाउ सुकिसकेको थियो ।

प्रधानपञ्च र शिक्षकहरु धेरै बेरसम्म कुराकानी गरेर बसिरहे । त्यो लामो समयमा दिपकले तीन चोटी जति फर्किने कुरा गर्यो । वास्तवमा उ डराएकै रहेछ भन्ने कुरामा सबै शिक्षकलाई पुरा विश्वास भयो । प्रधानपञ्चले पनि उसको डर बुझेपछि विनाकारण जागीर पनि जाने छैन र कुटाइ पनि खानु पर्ने छैन भनेर उसलाई आश्वासन दिएपछि मात्र उ चुप लाग्यो ।

लामो समयपछि बल्लतल्ल सामान्य हेरफेर सहित जीवनको प्रस्ताव पास भयो । बलबहादुरलाई संचालक समितिले स्पष्टीकरण माग्ने, लक्ष्मीले बलबहादुरसंग र बलबहादुरले लक्ष्मीसंग माफी माग्ने कुरामा सबैको मत मिलेफछि प्रधानपञ्च आफैले, पिउन बुकमा बल बहादुरले गरेको हस्ताक्षर मेटी आङ्खनो सही गरिदियो र उसको नामको अवकास पत्र पनि च्यातिदियो ।

सबै घटना देखेर स्कूलको पिउन छक्क पर्यो । आङ्खनो चालिस वर्षे जीवनमा उसले प्रधानपञ्चले एकचोटी गरेको काम फेरि फेरेको जानेको थिएन । मन्त्री साहेपको खलकको लागि काम एकदमै नयाँ थियो ।


 

गिरफ्तारी

“आरोप–पत्रमा के छ ?”

“कुटपिट । बलबहादुरसंग मिलेर लक्ष्मीलाई कुटेको भन्ने रहेछ ।”

“त्यस्तै भयो होला त ?”

“के को हुन्थ्यो ? सब झुट्टा हो ।”

“भएको के थियो ?”

बिहानको माया लाग्दो घामले नरविरको आँगनलाई नुहाइ रहेको थियो । कुर्चीमा ढकाल जेठा बसेका थिए । ढकाल जेठाको अगाडि नरविर एउटा सानो मुढामा बसेको थियो । उनीहरु दुबैको किनारमा शकुन्तला र उसको मामा बसेका थिए । अहिलेसम्म खालि ढकाल जेठा र नरविर मात्र बोलेका थिए ।

नरविरले धेरैको मुखबाट सुनिसकेको स्कूलको झगडा सरसरती सुनाइ दियो र आङ्खनो तर्फबाट थप्यो, “यो सब त निहुं हो जेठा बा । खास कुरो चाहिं के हो भने लक्ष्मी लगायत हाम्रो स्कूलको संचालक समितिलाई नै जीवन सरको उपस्थिति सैह्य थिएन । नत्र भने आजसम्म छोड्दैनथ्यो र ? घटनाका प्रत्यक्षदर्शीहरुले कुटपीटमा जीवन सरको हात हुंदै नभएको, ठोकुवा गरेका छन् । लक्ष्मी बाहेक कसैले, यहाँसम्म कि प्रधानकै छोरीले पनि जीवन सर सकेसम्म शान्तिपुर्ण ढंगले झगडा सुल्झाउन चाहनु हुन्थ्यो भनेका छन् । सर्जिमिनमा माइला बा, लक्ष्मी र रमेश बाहेक कसैले जीवन सरको विरोधमा बोलेनन् ….।”

“को माइला बा ? हाम्रो माइलो ?”

“जेठा बालाई थाहा थिएन र ?” नरविरले छक्क परेर भन्यो ।

“कत्ति फोहोरी चाल, छि ?” जेठा ढकालले सानो स्वरमा भने ।

एकछिन नरविर बोलेन । त्यसपछि उसले विस्तारै भन्यो, “यति हुंदा हुंदै पनि सि.डि.ओ. ले उहाँलाई छोडेको छैन । आज छत्तिस दिन वितिसके । गाउँबाट कोही गइरहिएकै छ अहं, छोड्ने कुरै गर्दैन ।”

“प्रधानपञ्च छैनन् ?”

“अहिले छैन ।”

“पहिले थिए ?”

“सरजिमिन हुने अघिल्लो दिनसम्म थियो । तर उ भए पनि नभए पनि के भो र जेठा बा ?”

“कस्तो नराम्रो ? कति फोहोरी चाल ?”

“माइला भिनाजु समेत उहाँको विरोधमा लाग्नु पर्ने त्यस्तो के कारण परेछ ?” मामाले ढकालतिर फर्केर सोध्यो ।

“जीवनलाई यिनीहरु सबै कम्निष्ट भन्छन् ।” ढकालले विस्तारै भने ।

“उहाँ कम्निष्ट नै हो त ?”

“त्यो त कसरी थाहा पाउनु र मामा ? तर जीवन सर जो पायो त्यहीसंग झुक्नु हुन्न र जीवन सरलाई समाजको सुधार मन पर्छ । यत्ति कुरा जेठा बालाई पनि थाहा छ, जेठीले पनि जानेकी छन् । जीवन सर चाकडी चाप्लुसी पनि गर्न जान्नु हुन्न ।”

“कम्निष्टै भए पनि के भयो ? मान्छे जबसम्म ध्वंशमा उत्रंदैन तबसम्म उसलाई डुलफिर गर्न दिनु पर्छ । राजनीति भनेको जालझेल होइन । त्यो त स्वस्थ प्रतिस्पर्धा हो । जसले धेरै मान्छेको मन जित्छ त्यही माथि हुन्छ । कसैले राम्रो काम गरेर समाजका बहुसंख्यक मानिसलाई आफूतिर तान्यो भन्दैमा त्यसलाई पक्राउनु, भौतिक आक्रमण गर्नु न कांग्रेसको काम हो, न कम्निष्टको काम हो । यो त राजनीति नै होइन,” ढकाल जेठाले कतै नरोकिइ भने ।

“मान्छेले राम्रो काम गर्ने छुट पनि पाउँदैन,” मामाले आङ्खनो तर्फबाट टिप्पणी गर्यो ।

“कतैबाट छुटाउने प्रयास भएन ?”

“हाम्रो के बुता चल्थ्यो र जेठा बा, ? पञ्चायतको सभापति र सदस्यलाई भनियो । स्कूलको नयाँ सर दिपकले गएर सि.डि.ओ. संग कुरा पनि गर्नु भयो । अन्त हाम्रो कुनै पहुंच थिएन । शुरुमा त हामी सबै आत्तिइ हाल्यौं । चार दिन पछि म तपाईंलाई भेट्न गएं । तपाईं पनि हुनुहुंदो रैनछ । माइला बासंग केही भन्ने आंटै आएन । साहिंला बाले म केही गर्न सक्दिन भन्ने जवाफ दिनु भयो । अनि त हामीसंग पर्खने बाहेक कुनै उपाय रहेन ।”

“भिनाजुले किन यस्तो गर्नु भएछ ?” मामाले फेरि अनौठो मानेर सोध्यो ।

“सब राजनीतिको नाममा गरिने फोहोरी चाल हो,” ढकाल जेठाले सानो रुमालले आँशु पुछ्दै गरेकी शकुन्तलालाई हेरेर भने, “राजनीतिको नाउँमा गाउँमा एकदम गन्दगी फैलियो । नैतिकता र इमान पनि बाँकी रहेन । यही गन्दगीले मान्छेलाई मान्छेको योग्यता र गुणको कदर गर्न पनि दिएन ।”

एकछिन फेरि कोही केही बोलेन । त्यसपछि नरविरले भन्यो, “सर पक्राउ परेदेखि स्कूलको पढाइ लथालिङ्ग भएको अहिलेसम्म समेटिएको छैन ।”

“स्कूलमा हडताल भयो भनेको साँच्चै हो ?” बीचैमा ढकालले सोधे ।

“त्यो त हो जेठा बा, विद्यार्थीहरु रोकिन सक्ने स्थितिमै थिएनन् । उनेरले हड्ताल गरिहाले ।”

“उनीहरु आफैले गरे कि तिमीहरुले गरायौ ?”

“हामीले कसरी गराउने र जेठा बा ? हामी त आङ्खनै चिन्तामा थियौं । लिला सर सरुवा भएदेखि नै स्कूलको पढाइ विग्रेको थियो । पछि पाठकले पनि छोडे । जीवन सरले अंग्रेजी पढाउनु हुन्थ्यो । उहाँ पनि पक्राउ परेपछि केटाहरुले हड्ताल गरे नि नगरे नि एउटै त हो ।”

“स्कूल कहिलेदेखि चल्यो ?”

“सर्जिमिनको भोलिपल्ट ।”

घाम विस्तारै आकासतिर चढ्दै थियो र त्यो क्रमशः तात्दै थियो । त्यसैबेला नरविरकी जहानले चियाको गिलास बटुलेर लगी । नरविरले दोकानबाट दुइ वटा गैंडा चुरोट ल्याएर ढकाल र मामाको हातमा दियो । दुबैले चुरोट च्यापेपछि उसले झ्यारर्र पारेर सलाई कोर्यो र चुरोट सल्काइदियो ।

“तैले त जीवनलाई ठानामा भेटिस होला । यी सब कुरा प्रति उहाँको के विचार छ ?”

“उहाँलाई खास केही लागेको छैन, जेठा बा । ‘आङ्खनो जन्मथलोलाई केही त बनाउँला भनेर आथें भाइ, यस्तोमा पँmसियो । तर केही छैन । झ्यालखान भनेको गाइवस्तु थुन्ने ठाउँ होइन । थुनैमा परेछु भने पनि तपाईंहरु नपिरिनु होला । नत्र भने पन्ध्र बीस दिनमा छुटिहाल्छु,’ भन्नु हुन्थ्यो ।”

“लक्ष्मी र प्रधानपञ्च प्रति केही गुनासो गर्नु भएन ?”

“त्यस्तो त उहाँको चरित्रै छैन, जेठा बा । उहाँ कसैको पनि पिठ्यूं पछाडि कुरा काट्नु हुन्न । त्यसमाथि लक्ष्मीलाई त उहाँ कत्ति घृणा गर्नु हुन्छ भने उसको नाम लिन पनि उहाँलाई दिक्दार लाग्छ । त्यत्रो बलबहादुर काण्डमा अबदेखि नैतिकवान हुन्छ, आङ्खना छात्रालाई बैनी र छोरी सरह मान्छु भनेर किरिया खाए पछि पनि फेरि दश कक्षाकी एउटी बैनीसंग चिट्ठी लेखालेख गर्न थालिहलेछ ……………।”

“मास्टरको रुपमा यो लक्ष्मी राक्षसै निस्कियो,” ढकालले सानो स्वरमा भने ।

तीन सर्को चुरोट तानुन्जेल ढकाल केही बोलेनन् । त्यसपछि उसले हठात सोधे, “त्यसो भए जीवनजी कुनै त्यस्तो राजनैतिक कारणले पुर्न भएको हैन ?”

“होइन । एकदम कुटपिट भनेर तोकेकै छ ।”

ढकाल केही नबोली चुरोट तान्न थाले । उनको अनुहारमा बेला बेलामा नयाँ भावहरु देखा पर्थे र तिनीहर एकैछिनमा हराउंथे । झण्डै सिंगै चुरोट तानिसकेपछि ढकाल जेठाले भने, “त्यसो भए साह्रै पिरिनु पर्ने केही छैन । अव नियम कानून पर्खेर हुंदैन । नियमले छोड्ने भए छोडिसक्थ्यो । बरु म एकपल्ट सदरमुकामसम्म जान्छु,” ढकालले शकुन्तलाको मामातिर फर्किँदै भने, “अब हामी जाउँ । अहिले जिल्ला कार्यालयमा समाका मामा शाखा अधिकृत भएर आएका छन् । इन्स्पेक्टर पनि चिनेको केटो छ । गएर भनसुन गरेपछि बिस्तुर जांदैन । त्यस्तो राजनैतिक मुद्दा नभएपछि त्यत्ति आत्तिने कुरा भएन,” बोल्दा बोल्दै ढकालले आङ्खनो कोटको गोजीबाट पाँच रुपियाँको नोट निकालेर नरविरतिर बढाउँदै भने, “ला चिया र चुरोटको पैसा कटा ।”

नरविर पैसा समातेर साट्न गएको बेला ढकालले शकुन्तला तिर फर्किएर भने, “अब धेरै पिर नगर् । केही बिग्रेको छैन । छुटाउनलाई म छुटाइ छाड्छु । तर अब जीवनजीलाई गाउँमा चाहिं बस्न दिंदैनन् होला । तै पनि म प्रयत्न गरौंला । तँ त एकछिन यतै अलमलेलिस् । भरे बेलैमा घर गएस् । साँझ नपारेस् । घरमा झगडा नगरेस् । म भोली पर्सी तिरै आइहाल्छु । सबै कुरा मै मिलाउंला ।”

“भिनाजुले भनिहाल्नु भयो । तिमीले पीर नगरे । सरलाई यहाँ बस्न नमिले मै लिएर जाउंला । हाम्रो स्कूलमा पनि अंग्रेजी शिक्षकको खांचै छ,” मामाले पनि ढकालसङ्गै कुर्चीबाट उठ्दै भन्यो ।

शकुन्तला पनि उनीहरुसङ्गै उभिई । ढकाल पैसा फिर्ता लिन पर्खी रहेनन् । उनीहरु विस्तारै बाटो लागे । शकुन्तलाले उनीहरुलाई हेरी रही । चौताराको आडमा पुगेर मामाले फनक्क फर्केर भान्जीलाई हेरे र उनी मुसुक्क हांसे । शकुन्तलाले पनि हांस्ने प्रयत्न गरी । तर उसको ओठ खुल्दै खुलेन । मामा र जेठाबा चौताराको सिंढीबाट तल ओर्लिए र चौतारीको डीलमुनि हराए ।

शकुन्तला गह्रौँ पाइलाले दोकान तिर लागी । नरविरकी स्वास्नी डोकोमा गाग्री बोकेर घर बाहिर निस्कंदै थिई । शकुन्तला उसको छेवैबाट दोकान भित्र पसी ।

“सरको स्वास्थ्य त राम्रै छ, माइला ?”

“राम्रो छ जेठी, एकदम राम्रो । त्यस्तो पिरिनु पर्ने कुनै कारण नै छैन,” नरविरले सम्झाउंदै भन्यो ।

“कुटपिट त गरेनन्,” सोद्धा सोद्धै शकुन्तलाको अनुहार अंध्यारो भयो । उसको गला पनि बस्यो । उसले हतार हतार साडीको फेरले आँशु पुछी ।

“तिमीले यसरी पीर मानेको थाहा पाउनु भयो भने सरलाई कस्तो चोट लाग्ला जेठी ? तिमीले यस्तो पिर गर्न सुहाउंदैन । सरको जीवनमा त यस्ता घटना कति आउँछन् कति । तिमीले आफूलाई दह्रो बनाउनु पर्छ । अहिले त उहाँलाई कसैले कुटेका छैनन् । तर पछि पछि कुटपिट पनि गर्लान् । त्यस्तो बेलामा तिमी हामीले दह्रो गरी उभिनु पर्छ । आखिर अप्ठेरो बाटो भनेकै यही हो ।”

“मन सम्हाल्न गाह्रो पर्दो रैछ माइला,” शकुन्तलाले मधुरो स्वरमा भनी, “तर उहाँ पक्राउ परेको १५ दिन बित्दा पनि तिमेरले मलाई किन खवर नगरेको माइला ? मैले थाहा पाएर क्यै विग्रन्थ्यो र ?”

“थाहा नदिउँ भन्या त होइन । सरले पनि शकुन्तलालाई नआत्तिने गरी खवर गरिदिनु है भाइ भन्नु भएको थियो । तर त्यस्तो मौकै मिलेन । आज छुट्नु होला जस्तो लाग्थ्यो । त्यो दिन नछुट्दा भोलि त छुट्नु होला जस्तो लाग्थ्यो । त्यसैले बेलैमा खवर गर्न सकिएन ।”

“प्रधानपञ्चले खालि सरकै मात्र किन खेदो गरेको होला माइला ?” शकुन्तलाले एकपल्ट वरिपरि हेरेर सोधी ।

“पर्धानको आँखामा सर नै सबभन्दा ठूलो भएर । सरको, उसको अघिल्तिर पटक्कै नलत्रिने बानीले पहिले उसलाई अप्ठेरो पार्यो । पछि उसलाई चिढ्याउन थाल्यो । त्यसपछि उसले सोच्यो, “गाउँमा कम्निष्ट राजनीति फैलाउने भनेको जीवन सर मात्रै हो र सरलाई पक्राए पछि सारा गाउँ सामसुम्म भै हाल्छ ।”

“तर त्यस्तो त होइन नि ! हो र ?”

“त्यस्तो त कहिले हुन्छ र जेठी ? एउटा मान्छेले सबै गर्ने अनि उ नहुंदा सबै सुक्ने भन्ने कुरै हुंदैन । हिजो पनि यहाँ जनताको विचार बोक्ने मानिहरु थिए । तिनीहरु आज पनि छन् र भोलि पनि रहिरहने छन् ।”

“कहिलेकाहीं त बेकारमा पढ्न गैछु जस्तो लाग्छ … ।”

“त्यसो पनि भन्नु हुन्छ ?” नरविरले शकुन्तलाको कुरो काटेर भन्यो, “तिमीले पढ्नु पर्छ । राम्ररी पढ्नु पर्छ । पछि सर यसरी नै पक्राउ पर्नु भयो भने तिमीले अदालतमा वहस गरेर सरलाई छुटाउनु पर्छ ।” आखिरी वाक्य बोल्दा बोल्दै नरविर खिसिक्क हाँस्यो ।

व्यथापूर्ण अनुहारले शकुन्तला पनि खिसिक्क हाँसी ।

चौतारी माथिबाट एक हुल रुपीहरु उत्तरतिर बेग मार्दै उडेर गए । शकुन्तलाले आँखा उठाएर तिनलाई हेरी । उसका आँखामा चार पर्खालभित्र जकडिएको जीवनको अनुहार झुलुक्क नाच्यो, “उसले सानो स्वरमा सोधी, “सर छुटेपछि, के गर्नु होला माइला ?”

“किन र ?”

“अव त यहाँ स्कूलमा बस्न नदेलान् ।”

“यहाँ नदिए अर्को ठाउँमा मिलाउन सकिन्छ ।”

“त्यहाँ पनि त नदेलान् नि ।”

“जागीरै सबैथोक कहाँ हो र, जेठी ?” नरविरले एकपल्ट पुलुक्क बाहिर हेर्यो । घाम चहकिलो भएको थियो, “जागीर सबैथोक होइन । सबैथोक त आँट र आत्मविश्वास हो जेठी । आँट र आत्मविश्वास भएका मानिसहरुले पृथ्वी पल्टाउन सक्छन् अनि पृथ्वी पल्टाउनेहरुलाई बाँच्न गाह्रो पर्दै पर्दैन । सर यस्तै कोटीको मान्छे हुनुहुन्छ । सरलाई यहाँ जागीर नदिंदैमा, यो जिल्लैमा अथवा यो देशैमा जागीर नदिंदैमा बाँच्न गाह्रो पर्दैन । सर जस्ता मान्छेहरुलाई लागी जीवनको भरोसा जागीर कहाँ हुन्छ र ? त्यस्ता मानिसलाई त जनताले आङ्खनो काखभित्र सुटुक्क लुकाएर राख्छन……।”

एकपल्ट शकुन्तलाले आङ ढक्क फुल्यो । नरविरले के भनेको हो, उसले छर्लङ्गै बुझी । त्यसैबेला तिरतिरेको बाटोबाट आएका एक जोडी लिम्बु लिम्बुनीले आङ्खनो कांधको मालसामानको गह्रौं भारी डाँडाको पिपलको फेदमा बिसाए । शकुन्तलाले आँखाभरि माया संगालेर तिनीहरुलाई हेरी । लोग्ने मान्छेले आङ्खनो कांधको खकन खुकुलो पार्दै उज्यालो अनुहारमा भन्यो, “मोरो उकालो पनि सकियो । अब भात खाएर मात्रै बाटो लागौं है !”

स्वास्नीले टाउको हल्लाएर स्वीकृति जनाई ।

“सर नभए त राजै गरौंला भन्ने सोच्या होला प्रधानपञ्चले, होइन माइला ?” शकुन्तलाले नरविर तिर आँखा घुमाउँदै भनी ।

“मुर्खहरु त्यस्तै सोच्छन्,” नरविरको जवाफ सुनेर शकुन्तलाको अनुहारमा पनि मलिन हाँसो खेल्यो । उसले फेरि टाउको उठाएर उत्तरतिर हेरी । निलो आकासको पृष्ठभूमिमा एक जोडी ढुकुरहरु हेलिंदै पश्चिमतिर उडेर जाँदै थिए । कंचनजंघा शीर ठाडो पारेर ढुकुरको जोडीलाई हेरिरहेको थियो ।

।।। समाप्त ।।।


About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नेपाली उपन्यास and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *