गीतकार तथा कवी क्षेत्रप्रताप अधिकारीमा श्रद्धान्जली

गीतकार तथा कवि क्षेत्रप्रताप अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ ।Chetra Pratap Adhikari

दुई दिनअघि ह्दयघात भएपछि उहाँलाई गंगालाल ह्दयरोग केन्द्रमा भर्ना गरिएको र आइतबार राती अधिकारीको निधन भएको उहाँको परिवारले जनाएको छ ।

अधिकारीले लेखेका हेर आज सगरमाथा रोइरहेछ लगायतका गीत चर्चित छन । स्वरसम्राट स्वर्गिय नारायण गोपाल, बच्चु कैलाश, कुन्ती मोक्तान, गोपाल योञ्जन र रामकृष्ण ढकाल लगायतका कलाकारले अधिकारीका शव्दमा स्वर दिएका छन् ।

विक्रम् संवत् १९९९ चैतमा तनहुँ जिल्लाको मिर्लुङ गाविसको ज्यामरूक दयापानीमा जन्मिएका अधिकारीले कविता सङ्ग्रहसमेत प्रकाशित गर्नुभएको  छ ।

रहर लागेर (२०२४), गामबेसीका गीत (२०३४), पहाडेखि पहाडसम्म (२०४३), नफुलेका फूलहरू (२०५३), फेरि एउटा परिवर्तन (२०५५), तर देश हारिरहेछ (२०५७), अकविता (२०५८), युद्ध र छाया (२०६४) उहाँका प्रकाशित कृतिहरू हुन् ।

उहाँका गीत तथा कविताहरूमा राष्ट्रियता, प्रकृति प्रेम, ग्रामिण समाजप्रतिको आकर्षण, युगीन बेथितिहरूको चित्रण पाइन्छ । पञ्चायतकालमा शिक्षा सहायक मन्त्रीसमेत बनेका अधिकारीका दुई छोरा छन । उहाँले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई शरीर दान गर्नुभएको थियो ।

(स्रोत : UNN)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in Misc and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *