नेपाली उपन्यास : नन्दिता

~प्रदिप नेपाल~

नन्दिता | नेपाली उपन्यास | प्रदिप नेपाल

भूमिका 

मेरी मायालु मामु, 

तपाईंले देखेको सपना पुरा गर्न सकें, फेरि अर्कोपल्ट मलाई आशिर्वाद दिनुहोस् । पढाइ समाप्तीसम्मै सन्तोषजनक रह्यो । तपाईंको परिश्रम, तपाईको दुःख र तपाईंको पसिनालाई मैले अँध्यारो अनुहार पार्न दिइन । त्यो उज्यालो भयो । परीक्षाको परिणाम र आफू भित्र हुर्किएको आत्मविश्वासले नै मलाई यो चिठी लेख्न ढाडस दिएको हो । उसो त मामु, यस्ता एक दर्जन जति चिठीहरु तपाईंका हातले खेलाइसकेका छन् । तर तिनमा जे थियो यसमा त्यो छैन । यसमा जे छ त्यसको कल्पना तपाईंको मनले पनि गर्न सक्दैन । त्यसैले फेरि एकपल्ट मलाई आशिर्वाद दिनुस्, म तपाईंले जन्माएकी योग्य छोरी बन्न सकुं । जुन आत्मविश्वास बोकेर मैले तपाईंलाई चिठी लेख्ने आँट गरेकी छु, म त्यसमा अटल रहन सकुं । 

हप्ता दिन अघि हामी सबै नेपाली विद्यार्थीहरु समुद्र हेर्न गएका थियौं । केही साथीहरु पहिले पनि गएका रहेछन् । म, इलामकी संगीता र गुल्मीकी सान्त्वना हामी तीन जना पहिलो पटक समुद्र पुगेका रहेछौं । कस्तो अनौठो ! समुद्रबाट झण्डै सय किलोमिटर टाढा तीन वर्ष बिताइसक्दा पनि हामीले समुद्री किनारको बालुवामा टेकेका रहेनछौं । 

मामु, बिचित्रको हुंदो रहेछ समुद्र । तपाईंले कतै देख्नुभएको छ ? देख्नु त भएकै छ । आजभोलि काठमाण्डौमा पनि टेलिभिजन बाक्लै भएको छ । गाउँघरमा झिक्रा थुपारे जस्ता एण्टेनाहरु बजारभरी देखिन्छन् । त्यसैले तपाईंले समुद्र देख्नु भएन भन्न मिल्दैन । समुद्रको किनारमा नपुग्दासम्म मलाई पनि पानी र टेलिभिजनको समुद्र उस्तै उस्तै लाग्थ्यो । तर प्यारी मामु, टेलिभिजनको समुद्र र आँखा अगाडि निलो बालुवा जसरी पानीमा पसारिएको समुद्रमा आकाश जमिनको फरक हुंदो रहेछ । समुद्रको दैलोमा उभिएर हेर्दा यस्तो लाग्दो रहेछ – मानौं आकाश फेरि पृथ्वीमा झरेको होस् । मैले संगितालाई भनें, “संगिता, मेरी मामुलाई मैले समुद्र देखाउनु परेको छ । समुद्र र मेरी मामुका बीच कुनै भेद छैन । त्यस्तै फराकिलो छाति, त्यस्तै शान्त मन, त्यस्तै निलाम्य शान्ति !” 

संगिता खिसिक्क हाँसी । उ जहिले पनि मायालु पाराले हाँस्छे । मामु, तपाईं संगितालाई चिन्नु हुन्न । तर उ तपाईंलाई चिन्छे । मैले पहिलेका चार पाँच ओटा पत्रहरुमा उसका बारेमा लेखेकी छु । तर त्यत्ति लेखाइले तपाईं संगितालाई चिन्न सक्नुहुन्न । यहाँ त हामी चिठी लेख्दैनौं । 

हामी शब्दहरुको थुप्रोमा बसेर कथाहरुको माला उन्छौं । संगिता मेरो माला उन्ने साथी हो । उसलाई मैले हजुर आमाको कथा सुनाएकी छु । हजुरबा र उपचार देख्न नपाएर अकालमा खस्नु भएकी दिदीको कथा पनि सुनाएकी छु । मैले केही बाँकि नराखी सबै सुनाएकी छु । त्यसैले उसले तपाईंलाई मै भएर चिन्न थालेकी छे । समुद्रमा डुबुल्की मारिरहेका मेरा आँखाहरुमा नियाल्दै त्यसैले, उसले भनेकी थिइ, “मामु तेरा लागि समुद्र, आकाश र पृथ्वी सबैथोक हुनुहुन्छ । काठमाण्डौ गएर म तेरी मामुसँग एक हप्ता बस्नेछु ।” 

मामु, मैले कुरा बरालेकी मात्र हुं । हामी समुद्र नदेखेकाहरुलाई समुद्र के हो के हो जस्तो लाग्छ । यहाँका मेरा साथीहरु हिमालको कुरा सुन्न पनि नपाउँदै अहो, अहो ! गर्न थालिहाल्छन् । हाम्रो आँखामा दिनहुं नाचिरहने हिमाल हाम्रा लागि केही थिएन । तर यहाँका संगीहरुका लागि त्यो भन्दा अर्को कुनै स्वर्गै हुंदैन । मेरा दुइ जना बंगाली साथीहरुले मसँग हिमालको कुरा सोधे । तपाईंलाई सम्झना छ ? एकपल्ट हामी घर गएका थियौं हवाइजहाज चढेर । देब्रेतिरको अघिल्लो सिटमा तपाईं बस्नु भएको थियो । पछिल्लो सिटमा म बसेकी थिएँ । हवाईजहाजले भुईं छोड्यो । बिस्तारै त्यसले बौद्धको स्तुप माथि उभिएर भगवान वुद्धलाई नमस्ते गरे जस्तो गर्यो । हामीले स्तुपतिर आँखा फाल्न भ्याउदा नभ्याउदै त्यो गोकर्णको जङ्गल माथि पुगिसकेको थियो । हवाइजहाज नगरकोट माथि तेर्सियो । त्यही साल त हो तपाईंले मलाई हिमालको दर्शन गराउनु भएको ! पहिले हामीले गौरीशंकर हेर्यौं । कत्ति राम्रो थियो त्यो पर्वतमाला ! सधैंभरि त्यसकै छहारीमा बसौं बसौं लाग्ने । त्यसपछि तपाईंले कुनामा लुकेको थाप्लोलाई ‘उ सगरमाथा हेर छोरी’ भनेर औंल्याउनु भएको थियो । अहं, मलाई सगरमाथाले पनि छोएको थिएन । तर यहाँ आएपछि सबैखाले साथीहरुले हिमाल हिमाल भनेको सुन्दा मामु, मलाई त भरखरै स्वर्ग छोडेर आएकी पो हुँ कि जस्तो लाग्यो । मैले सबैलाई हिमालको पोष्टकार्ड पठाइदिने वचन दिएकी छु । मामु, मेरा लागि तीस चालिस ओटा हिमाल भएका पोष्टकार्डहरु किनेर राखिदिनुस् है ! कुनैमा कञ्चनजङ्गा होस्, कुनैमा होस मकालु अनि कुनैमा सगरमाथा । कुनैमा माछापुच्छ«ेको तिखो चुच्चो भैदियोस् अनि कतै धवलागिरी हिमाल सुतेर आकाश नियाली रहेको होस् । अहो ! मेरा साथीहरु कति खुशी हुने होलान् ! 

मैले सागर नदेखेकी भए, हिमाललाई यत्ति धेरै माया गर्ने थिइन होला । समुद्रको किनारमा हामी पुग्दा मलाई कल्पनै नगरेको संसारमा पुगे जस्तो लागेको थियो । त्यतिबेला मध्यदिन थियो र आकाशमा तिखो सूर्य चम्किरहेको थियो । हामी भुईंतिर पिठ फर्काएर उभिएका थियौं र हाम्रो आँखाले देखिने जति भागमा पानी, पानी मात्र थियो । लट्ठ परेछु म त । 

हेर्या हेर्यै । कति बेर बित्यो थाहै भएन । त्यसैबेला सान्त्वनाले उत्तेजित स्वरमा, ‘केटी हो, हेर त, उ पर जहाज जस्तो छ’ भन्दा पो म झसङ्ग भएँ । मेरा आँखाहरु अघिल्तिरको क्षितिजमा टाँसिए । कहाँ आकाश छ र कहाँ छ पानी भन्ने केही भेउ थिएन । एउटा सानो ढिको क्रमश ठूलो हुंदै थियो । तर त्यो आकाशबाट आएको थियो कि पानीबाट निस्किएको थियो, कोही भन्न सक्दैनथ्यो । 

जहाज बिस्तारै नजिक आउंदा मलाई लाग्यो – मेरो मातृभूमिको शीरमा बसेको हिमालको कथा सुन्नेहरुको मन पनि मै जसरी उद्धेलित हुंदो हो । 

मामु, यो पनि सत्य बोल्न नसकेर बरालिएको कुरो मात्र हो । मैले लैख्नु पर्ने कुरो अर्कै छ । तर त्यसलाई म कहाँबाट थालुं ? अहं, अहिलेसम्म मैले बाटाको मुख भेट्टााउन सकेकी छैन । जहाँबाट बुझेकी थिएँ, त्यहीबाट थालुं ? त्यस्तो गर्न सक्दिन । अहिले जे मलाई थाहा छ त्यहाँबाट थालुं ? अहँ, त्यो पनि उचित लाग्दैन । 



तपाईंले सबैलाई माया गर्नुभयो, सबैलाई आफ्नो विश्वासमा समेट्नु भयो । तपाईंले अर्काका लागि नभोग्नु पर्ने दुःख पनि भोग्नु भयो । तपाईंले आफूलाई बिर्साएर अरुलाई थेग्ने महान काम पनि गर्नु भयो । झलक्क हेर्दा मामु, तपाईंको जिन्दगी साह्रै सुखी जस्तो लाग्छ । अहिले त तपाईंको जिम्मा पनि पुरा भयो । केही दिनमै तपाईंकी एउटी छोरी डाक्टर बनेर मुलुकमा भित्रिन्छे । अर्की छोरी त्यतिबेलासम्म डाक्टर बन्ने तरखरमा लागिसकेकी हुन्छे । भरिएको घर, अभावशुन्यताको जिन्दगी ! झलक्क हेर्दा कति सुखी जीवन ! 

तर मामु, जिन्दगी यति सजिलो हुंदो रहेनछ । सानैमा एकपल्ट बुबा र तपाईंको बीचमा झगडा परेको एउटा घटनाको मलाई सम्झना छ । अनौठो लागेको थियो । बाबु आमाहरु किन झगडा गर्छन् भनेर मेरो मन छक्क परेको थियो । तपाईं्र र बुवाका बीचमा तितो भनाभन शुरु भएपछि शान्ताले मलाई तान्दै कोठामा लगेकी थिइ र ओछ्यानमा बसाएर कपालमा काइयो खेलाउदै भनेकी थिई, “नानु, त्यस्तो कुरा सुन्नु हुंदैन । ठूलो भएर आमालाई सुख दिनु पर्छ । आमाको हेरविचार गर्नुपर्छ । आमाले धेरै दुःख पाउनु भएको छ । नानुले ठूलो भएर आमालाई सुख दिनुपर्छ ।” 

शान्ताले भनेको कुरो त्यतिबेला मैले केही बुझिन । बुझ्ने उमेर पनि त थिएन । तर शान्ताले त्यतिबेलासम्म सबै बुझिसकेकी रहिछ । घरमा कसरी धाँजा फाट्दै छ भन्ने उसले थाहा पाइसकेकी रहिछ । बिचरी, अर्काकी छोरी भएर पनि त्यसले तपाईंको पिडा बुझ्न थालेकी रहिछ । मामु, अहिले शान्तालाई कस्तो छ ? उसको लोग्नेले त्यसलाई रामरी हेरविचार त गर्छ ? कुटपिट अथवा विश्वासघातको व्यवहार त गरेको छैन ? अलिकति मात्रै पनि तलमाथि गरेको भए मामु, शान्तालाई घरमा ल्याउनु होला । त्यसले जसरी नजिकबाट तपाईंको मनलाई कसैले चियाएको छैन । त्यसले जति मिहिन पाराले तपाईंको घाउलाई कसैले देखेको छैन । त्यसको जस्तो मनले त तपाईं स्वयम्ले पनि आफूलाई चिन्न सक्नुभएको छैन । 

यो कुरा मामु, मैले तपाईंलाई दुइ वर्ष अघि नै भन्नु पथ्र्यो । तर मैले भन्न सकिन । किन ? किनभने मलाई शान्ताले रोकेकी थिई । रजनी फुपुले रोक्नु भएको थियो । रजनी फुपुले त्यो रात मलाई भन्नुभएको थियो, “नानु, मान्छेको जिन्दगी भनेको आँधी बेहेरी हो । कसैले नचिताएका भुँवरीहरु यहाँ खेलिरहन्छन् । मान्छेले जे देख्छ त्यो सबै सत्य हुंदैन । मान्छेले जे बेहोर्छ, त्यसलाई पनि सत्य भन्न मिल्दैन । एउटा कुरा ख्याल राखेस, जहिले पनि मान्छेलाई साथी चाहिन्छ । बाँच्ने आधार होइन, बोल्ने सँघार चाहिन्छ । त्यो मलाई चाहिन्छ, तँलाई चाहिन्छ, तेरी आमालाई चाहिन्छ र अरु जोकोहीलाई पनि चाहिन्छ । त्यसैले जे बुझिस, त्यसमा पिरिने काम नगरेस् । त्यो कुरो अहिले कसैलाई पनि नभनेस् । त्यो कुरो आमालाई त किमार्थ नभनेस् । जुन दिन तेरा खुट्टाहरु दह्रा हुनेछन्, जुनदिन तलाईं आफू माथि प्रचुर विश्वास हुनेछ हो त्यतिबेला मनको कुरो आफनी आमालाई भनेस् । जिन्दगीको यो घाउ त्यतिबेलै निचोरेस् ।”

त्यतिबेला म तीन वर्षपछि पहिलो पटक नेपाल आएकी थिएँ । मैले तीन ओटा वर्षहरु आमाको काख भन्दा बाहिर बिताइसकेकी थिएँ । तर पनि म जिन्दगीका आरोह अबरोहको किनारमै उभिएकी थिएँ । आमाको काख छोडेकी एउटी केटीले छात्राबासको अर्को उस्तै मायालु काख पाएकी थिइ । त्यसैले त्यो जिन्दगी भनेको काँढाघारी हो भन्ने जान्दै जान्दिनथी । उसका लागि जिन्दगी भनेको आमाको न्यानो काख मात्र थियो । उसलाई साह्रै बढी लाग्दा – जिन्दगीको अर्को नाम भनेको शान्ताको स्याहार सुसार हो जस्तो लाग्थ्यो । त्यसैले सानो गोरेटोमा हिंडिरहेको त्यो जिन्दगीका लागि मैले पाएको त्यो पछिल्लो ज्ञान, मृत्युदण्डको फैसला जस्तो थियो । 

मैले शायद त्यतिबेलै सबै कुरा भन्नुपथ्र्यो । आफ्नी मायालु छोरीले आमाको मन नदुखोस् भनेर नै यो कुरा लुकाएकी हो भनेर मलाई माफ दिनुस् है मामु ! आफू एकपल्ट नराम्ररी छाँगाबाट खसेकी थिएँ त्यतिबेला म । फुपु र म सँगै थियौं त्यतिबेला । फुपुलाई सबै कुरा केही पहिले नै थाहा भैसकेको थिएछ । मैले त्यतिबेला थाहा पाएँ भन्ने बुझेपछि फुपुले मायालु हातले मेरो कपाल मुसारी रहनु भयो । म जिउंदै थिएँ ? थाहा छैन मामु, त्यतिबेला म एकछिनका लागि जीवित नभएकी पनि थिएँ कि ! मैले दुबै हातले फुपुको शरीर च्यापेंछु । फुपुले पनि दुबै हातले मलाई अँगालोमा बाँधेर भन्नुभएछ, “नानु, तँ ठुली भैसकिस् । हाम्रो मुलुकमा छोरीहरु अउमेरमै ठूला हुन्छन् । उनीहरुले ठूलो भैदिनुपर्छ । त्यसैले ठूलोको जस्तो व्यवहार गर् । जे देखिस्, त्यो सत्य हो । जे थाहा पाइस्, त्यो यथार्थ हो । तर यो एउटा यस्तो तितो यथार्थ हो, जसले मानिसहरुको जीवन नाश गर्छ । एउटा परिवार भताभुङ्ग पार्छ । चलिरहेको जिन्दगीको गाडी ठप्प पार्छ । त्यसैले केही काल प्रतिक्षा गर । त्यतिबेलासम्म यो सत्यको अनावरणलाई पर्खी, जतिबेलासम्म सबैखाले बोझ थाम्न तेरो मन तयार हुंदैन । तेरो तागत तयार हुंदैन ।” 

त्यसपछि पनि त्यहाँ बसिरहन कहाँ सकिन्थ्यो र ? फुपुले सबैसँग विदा माग्नुभयो । बसेका सबैले बुझे – मेरै कारणले हामी त्यहाँको रमझमबाट बाहिर निस्कियौं । फुपुले लुकाउने कष्ट पनि गर्नु भएन । उहाँले विदा माग्दा भन्नुभयो, “अन्यथा नठान्नु होला, हामी तपाईंहरुको रमाइलोमा सामेल हुन सक्दैनौं । यो रमाइलो हाम्री नानुको मुटुको शुल हो …।” 

बोल्दा बोल्दै हठात् नमस्कार गरेर उहाँ मेरो हात समातेर त्यहाँबाट बाहिर निस्कनु भयो । 

त्यो दिनभरि म फुपुको घरमा बसेर रोएँ । संसार सर्वत्रै अँध्यारो भएजस्तो लाग्यो । फुपुले धेरै सम्झाउनु भयो । पढाइ बिग्रन्छ भनेर चिन्ता पनि गर्नुभयो । आँखाबाट अबिरल बगिरहेको गङ्गा थामिन नमानेपछि उहाँले भिनाजुलाई बोलाउनु भयो । भिनाजुले भन्नुभयो, “तिम्री दिदीले जे भनिन्, त्यो नै सबैको हितको बाटो हो । अहिले सत्यको अनावरण कसैका लागि पनि हितकर हुंदैन । कम्तिमा पनि तिमी फर्किएर नआउन्जेलका लागि हाम्रो तर्फबाट यसलाई बाहिर फिंजाउने काम गरिनु हुंदैन । जे नहुनु पथ्र्यो त्यो भैसकेको छ । त्यो किन भयो, यसको विवेचना गरेर पनि कुनै सार्थक परिणाम निस्कन सक्दैन । त्यसैले तिमी धैर्यतापूर्वक आफ्नो समयको प्रतिक्षा गर । आफ्नो अनुकूलतालाई पर्ख । तिम्रो दायित्व भनेको आमाको सुख हो । सधैं अर्काका लागि बाँच्नु भएकी भाउजुका लागि तिम्रो काँध आवश्यक छ भन्ने अनुभूति तिम्रो कर्तव्य हो … ।” 

भिनाजु बोलिरहनु भयो र सुक्दै गएका मेरा आँशुहरुले तिनको अर्थलाई आफूमा टाँस्दै गए । अन्तमा बेलुका घर हिंड्ने बेलामा मैले अठोट गरें – जहिलेसम्म आफ्ना खुट्टाहरुको टेकोमा म उभिन सक्दिन तहिलेसम्म यो सत्यलाई म अनावृत पनि गर्दिन । 

मेरी सबैभन्दा प्यारी मामु, त्यसैले मलाई माफ गर्नु होला । यो सत्य यतिका दिनपछि तपाईंसम्म पुर्याउनु पर्दा मलाई अत्यन्तै कष्ट भैरहेछ । फुपुको अस्तिको पत्रले मलाई थाहा भयो – अझैसम्म तपाईंले आफ्नो जिन्दगीको भुइंचालोको भेउ पाउनु भएको छैन । तपाईंले त्यसका मसिना धक्काहरुको कल्पना पनि गर्नसक्नु भएको छैन । तपाईंका ओरिपरि बाक्लो हुस्सुको झुल लागेको छ । अहं, उतातिरको केही देख्नै सकिंदैन । त्यही देख्न नसक्नुको पिडाले तपाईं अहिलेसम्म रन्थनिइरहनु भएको छ । अँध्यारोमा हातखुट्टा फाल्दै जिन्दगीसँग पौंठेजोरी खेलिरहनु भएको छ । आफूभित्रको अन्यौलमा हराएकै हुनाले, छोरी फर्किने बेलाको खुशीलाई तपाईंले कुनै सीमामा बाँध्नु भएको रहेनछ । त्यो बत्तासिएको बाज जसरी निलो आकासमा उडिरहेको रहेछ । अहो, अज्ञानताका पर्दाहरुले तपाईंलाई अझै पनि सुख दिइरहेका रहेछन् । भ्रमका सुखहरु । नजान्नु पनि कति सुखद हुंदो रहेछ होगि मामु ? थाहा पाइसकेपछिको अथाह पिडा कति चर्को हुंदो हो ? 



 

मैले त्यो थाहा पाउनुको दुःखलाई दुई वर्षसम्म बेहोरें । आफ्नी आमालाई ढाँटेर बस्नुपर्दाको दुःख, आफ्नी आमाले भोग्नु परेको अपमान, आफ्नी आमाको त्यागको प्रतिफलको कुरुप पुरस्कारलाई सम्झिएर म धेरै रात रोएँ । अहो, अब तपाईं यसलाई कसरी थेग्नु हुन्छ ? म धेरै टाढा छु । भुगोलका बन्धनहरुले हामीलाई पर पर पुर्याएका छन् । बैनी पनि ठूली त भई, तर त्यसले यो पिडामा मलम लाउन सक्छे र ? मैले रजनी फुपुलाई पनि पत्र लेख्ने कोशिश गरें । तर कतिन्जेल उहाँले हामीलाई थेग्न सक्नुहुन्छ ? कतिन्जेल हामीले उहाँका खुट्टाहरुको आड खोज्न मिल्छ ? उहाँको आफ्नो संसार छ, आफ्नो परिवार छ । कतिदिन उहाँ हाम्रा दुःखहरुमा आँशु बगाउदै बस्न सक्नुहुन्छ ? त्यसैले मामु, यो पिडादायी समाचार पढिरहंदा तपाईंका ओरिपरि कोही हुने छैनन् भन्ने म जान्दछु । पढिसकेपछि तपाईं बेस्सरी रन्थनिनु हुन्छ भन्ने पनि म जान्दछु । तपाईं रुनुहुन्छ, आफ्नो बितेको जीवनलाई धिक्कार्नु हुन्छ भन्ने पनि म जान्दछु । तर त्यसपछि तपाईं सम्हालिनु हुन्छ र आफ्नी छोरीले गरेको अनुरोधलाई ध्यान दिएर केलाउनु हुन्छ भन्ने पनि म जान्दछु । सधैं अर्काकै लागि बाँचेकी मेरी आमा, एकपल्ट आफ्नी छोरीका लागि पुनः बाँच्ने कोशिश गर्नुहुन्छ भन्ने पनि म जान्दछु । 

मेरी प्यारी मामु, भूमिका धेरै भयो । अब म सिधै विषयमा प्रवेश गर्छु । तर एउटा वचन दिनुस् मामु, यो पत्र पढेर तपाईं कुनै प्रतिकृया दिनुहुने छैन । खालि म फर्किंदाको आफ्नो संसार रचना गर्ने काममा मात्र लाग्नु हुनेछ । 

पह्रार साल, फुपुले मलाई एउटा कार्यक्रममा लैजानु भयो । तपाईंलाई अलि अलि सम्झना होला – पुष्प प्रदर्शनी थियो त्यो । म काठमाण्डौ आएको पन्ध्र दिन भैसकेको थियो र तपाईंले नै, यसो मन बहलिन्छ, सधैंभरि किताबको थाकमा कति अडेस लाग्छेस भनेर मलाई फुपुसँग पठाउनु भएको थियो । तपाई र फुपु दुबैले किताबमा घोटिएको मेरो मनलाई सुवासित फूलहरुले मुसारुन भन्ने चाहना पाल्नु भएको थियो । 

सुन्दर फूलहरुको मेलामा कुनै दुर्घटना घट्छ भन्ने आशङ्का फुपुको मनमा थिएन । त्यसैले उहाँ भदैनीसँग गन्थन गर्दै प्रदर्शनीमा प्रवेश गरिरहंदा अत्यन्तै प्रफुल्ल हुनुहुन्थ्यो । तर मामु, दुर्घटना त राम्रैका बीचमा नाक घुसार्न आइपुग्छ होइन र ? 

आयोजकहरु शायद उहाँका संगाती थिए । पाँच जना स्वास्नीमान्छेहरु थिए त्यहाँ । युवती र प्रौढा थिए । भरखरकी त म मात्रै थिएँ । 

फुपुले मलाई सबैको परिचय दिनु भयो । सानी भएकी हुनाले मैले सबैलाई नमस्कार गरें । अन्तमा फुपुले मेरो परिचय दिंदा यत्ति मात्र भन्नुभयो, “यो नानु हो, मेरी भदै । एम.बी.बी.एस. सक्याउन लागेकी छ । अब चाँडै डाक्टर हुन्छे ।” 

नाम समेत नबताई परिचय दिएको देख्ता मलाई अनौठो लाग्यो । तर मैले केही भनिन । होला यस्तै चलन, जस्तो लाग्यो । 

अम्बिका गौतमलाई चिन्नुहुन्छ तपाईं ? चिन्नु हुन्न होला । तपाईंहरुको चिनजान भएको अथवा तपाईंहरु बीच कुनै सम्बन्ध भएको मैले थाहा पाएकी थिइन । उहाँ बैङ्कमा काम गर्नु हुंदो रहेछ । त्यतिबेला होइन, पछि थाहा पाएकी थिएँ मैले । पोखरा तिर रहेछ उहाँको घर । उहाँको श्रीमान पनि ओकालत गर्नुहुंदो रहेछ । त्यतिबेला उहाँ, सबैको केन्द्र बन्नु भएको थियो । उहाँले नै अझ थप परिचय दिने गरी सोध्नुभयो, “तिमी रामचन्द्रको छोरी होइनौ ? जेठी हौ ?” 

म रामचन्द्रको छोरी भएको त्यहाँ सबैलाई थाहा भयो । शायद तिनीहरु मध्य धेरैले रामचन्द्र भन्ने नामलाई चिन्थे होलान् । त्यसैले अम्बिका आण्टीले रामचन्द्रकी छोरी भनेर मेरो थप परिचय पस्किनु भएको थियो । 

मैले अम्बिका आण्टीको भनाइ सकार्दै सबै तिर टाउको घुमाएर उहाँहरुलाई पुनः अभिवादन गरें । त्यसैबेला अम्बिका आण्टीले भन्नुभयो, “राधिका, मिट योर हस्बेण्ड्स चाइल्ड । अ ग्रोनअप डटर । अ फ्युचर डक्टर ।” 

एकछिन त मैले केही बुझिन । त्यो ठट्टा थिएन । म जस्ती बच्ची ती प्रौढाहरुका बीचमा ठट्टा गरिन लायक कहाँ भएकी थिएँ र ? तिनीहरु मध्य धेरैका म जत्रा छोराछोरी नै भैसकेका थिए होलान् । तर ठट्टा नहुंदा त्यो बोलीको अर्थै के हुन्थ्यो र ? अम्बिका आण्टीले प्रष्ट शब्दमा राधिका नाम गरेकी स्वास्नीमान्छेलाई आफ्नो लोग्नेको छोरीसँग भेट भन्दै त्यो छोरी हुर्किसकेको घोषणा गर्नुभएको थियो । 

मैले रजनी फुपुको हातलाई आफ्नो पिठ्युँमा महसुस गरें । त्यो न्यानो र मायालु थियो । उहाँले अम्बिकालाई हकारेको स्वरमा भन्नुभयो, “अम्बिका, केटाकेटीहरुको एउटा उमेर हुन्छ रमाइलोको । त्यसलाई बिथोल्ने अधिकार कम्तिमा पनि हामी आमाहरुसँग हुंदैन ।” 

अम्बिका आण्टी ढिठ हुनुहुन्थ्यो जस्तो लाग्छ । उहाँले मलाई हेर्दै भन्नुभयो, “रजनी, कतै छोपेर राख्दैमा सत्य, असत्यमा परिणत हुंदैन । रामचन्द्रका दुइटी श्रीमती भए । यो सत्य हो । यसलाई तिमीहरु सबैले स्वीकार गर्नुको अर्को विकल्प छैन । असंभव कुरामा बेकारको जिद्दी किन लिन्छौ ?” 

सत्य सुन्न नसकेर मामु, मैले फुपुको शरीर समातें । त्यसैबेला अम्बिका आण्टीले मेरो छेउमा आएर भन्नुभयो, “नानी सत्यलाई तिमी पनि स्वीकार गर । यी राधिका हुन्, तिम्री सानिआमा ।” 

मैले सानिआमा भनिएकी स्वास्नीमान्छेलाई गढेर हेरें । तिनी असाध्यै नराम्री थिइन् । मेरो आँखाको दोष पनि हुनसक्छ । शुपर्णखै भएकी भए त बुबाले किन तपाईंलाई असम्मान गर्दै तिनलाई कान्छी बनाउनु हुन्थ्यो र ? 

मैले थाहा नपाउदै मेरा दुबै हातले फुपुको कम्मर समाते । फुपुले पनि दुबै हातले मलाई अँगालोमा बाँधेर भन्नुभएछ, “नानु, तँ ठुली भैसकिस् । हाम्रो मुलुकमा छोरीहरु अउमेरमै ठूला हुन्छन् । उनीहरुले ठूलो हुनुपर्छ । त्यसैले ठूलोको जस्तो व्यवहार गर । जे देखिस्, त्यो सत्य हो । जे थाहा पाइस्, त्यो यथार्थ हो । तर यो एउटा यस्तो तितो यथार्थ हो, जसले मानिसहरुको जीवन नाश गर्छ । एउटा परिवार भताभुङ्ग पार्छ । चलिरहेको जिन्दगीको गाडी ठप्प पार्छ । त्यसैले केही काल प्रतिक्षा गर । त्यतिबेलासम्म यो सत्यको अनावरणलाई पर्खी, जतिबेलासम्म सबैखाले बोझ थाम्न तेरो मन तयार हुंदैन । तेरो तागत तयार हुंदैन ।” 

त्यसपछि पनि त्यहाँ बसिरहन कहाँ सकिन्थ्यो र ? फुपुले सबैसँग विदा माग्नुभयो । बसेका सबैले बुझे – मेरै कारणले हामी त्यहाँको रमझमबाट बाहिर निस्कियौं । 

शायद एकछिनका लागि उनीहरुले नरमाइलो पनि माने होलान् । तर मामु, हामीले त जिन्दगी भरि नरमाइलो मान्नुपर्ने भयो नि ! 

अब मामु, लेख्नु पर्ने अर्को कुनै कुरो छैन । तपाईंका पति अर्थात मेरा बुबा, रामचन्द्रले तीन वर्ष पहिले अर्को बिहे गर्नुभयो । किन गर्नुभयो ? न तपाईं जान्नु हुन्छ, न म जान्दछु । हेक्का राखेर बोल्ने हो भने शायद बुबाले पनि जान्नुहुन्न । तर नजानेर के हुन्छ र ? गर्नु नहुने काम त उहाँले गरिसक्नु भयो । उहाँले ओकालती पेशामा संलग्न रहेकी, पोखरामा घर भएर काठमाण्डौमा बसोबास गरिरहेकी एउटी नयाँ केटीसँग बिहे गर्नुभयो । बिहे गरेकी आफ्नी राधिकाका लागि उहाँले बानेश्वरमा एउटा नयाँ घर बनाइदिनु भयो । 

हामी कस्ता लाटा रहेछौं मामु ? हामीले यो महाभारत कहिल्यै थाहा पाएनौं । हामीलाई कसैले भनेन । हामीलाई कसैले सूचना दिएन । एउटा जिन्दगीसँग जोडिएर चार चार ओटा जीवनहरु अस्तव्यस्त भैरहेका थिए । तर अहं, कसैले पनि हामीलाई सत्यको अंश सुनाउन चाहेन । 

मामु, नरुनुस् है ! तपाईंले केही गुमाउनु भएको छैन । हजुरबा र हजुरआमाले तपाईं माथि गर्नु भएको विश्वास मलाई थाहा छ । बहिनी भैकन पनि रजनी फुपुले बुबाको पक्ष कहिल्यै लिनु भएन । उहाँ सधैंभरि तपाईंको किनारमा सतिशाल जस्तो भएर उभिइरहनु भयो । घरमा फुपुहरुले एकदिन पनि आफ्नो दाजु माथि विश्वास गरेको पाइएन । तपाईं, बुबा भन्दा माथि हुनुहुन्थ्यो र बुबाको यो कुकृत्यले तपाईंलाई झन उँचो आसनमा बसाएको छ । फेरि तपाईंले किन रुने ? रुनुपर्ने त बुबाले हो । उहाँको स्वर्ग जस्तो घर भत्कियो । उहाँका सिता र उर्मिला जस्ता छोरीहरु टाढिए । हेर्नुहोला मामु, उहाँले आमालाई त विदा गरिसक्नु भएको थियो, अब उहाँले जिउंदो बाबु गुमाउनु पर्नेछ, बैनीहरु गुमाउनु पर्नेछ, आफन्त र नातागोताहरु गुमाउनु पर्नेछ । त्यतिमात्र होइन मामु, उहाँले आफ्नो भविष्य देखेका छोरीहरु पनि गुमाउनु पर्नेछ । कल्पना गर्नुस् त, एक्ली राधिका बाहेक उहाँको जीवनमा अर्को कोही नहुंदा उहाँले कति रुनु पर्नेछ ! 



 

तर पनि बुबा दया गरिन लायक हुनुहुन्न । मामु, मनमा दया पलाउन पटक्कै नदिनु होला । बुबालाई दया गर्नु भनेको सर्पलाई माया गरेर दुध पियाउनु मात्र हो । दुध खाएर सर्प साधु बन्दैन । उसले त्यो दुधलाई पनि विषै बनाउने न हो । मामु, अहिलेको घडीमा मूल्य, मान्यता, परम्परा र पारिवारिक प्रतिष्ठाको बहाना निकालेर बुबालाई माया गर्नु भनेको समाजमा अर्को डरलाग्दो राक्षस पैदा गर्नु हो । त्यसैले मामु, बुबालाई दया गर्ने गल्ती किमार्थ नगर्नु होला । 

अब मैले आखिरी कुरो मात्र भन्न बाँकि छ । मेरो पढाइ सकियो । म एकमहिना पछि नेपाल आउदैछु । पढाइ सकेर नेपाल आउदैछु । मैले काम पनि पाइसकेकी छु । म पढाइको सर्टिफिकेट र कामको नियुक्ति दुबै बोकेर आउदैछु । तर मामु आफ्नो बाबुसँग म जीवन बिताउन सक्दिन । भगवान जस्तो आफ्नो बाबुलाई र देवी जस्ती मेरी आमालाई धोखा दिने आफ्नो बाबुलाई म स्वीकार गर्नै सक्दिन । त्यसैले यो पत्र उहाँलाई दिनुहोला । अन्तिम घडीमा मेरो निवेदन मात्र हो उहाँलाई, यदि उहाँले जन्माएकी छोरी घरैमा आओस् भन्ने उहाँ चाहनु हुन्छ भने म आउनु अघि नै उहाँले हाम्रो घरलाई त्यागिदिनु होस् । आखिर बानेश्वरमा उहाँको अर्को घर छंदैछ ! उहाँलाई मेरो प्रस्ताव अमान्य हुन्छ भने म आफ्नी आमा, बहिनी र आफ्नो हजुरबालाई लिन मात्र त्यो घरमा प्रवेश गर्छु भन्ने पनि उहाँले जानिराख्नु होस् । 

मेरी प्यारी मामु, एक महिनाका लागि विदा ! त्यतिन्जेलमा म आइपुग्नेछु । त्यसपछि हाम्रो नयाँ संसार रचिनेछ । 

सधैंभरिकी आफ्नी नानु नन्दिताका आँखाबाट आशु झरेको थिएन । अक्षरहरू होइनन् कि भनेर उसले एकपल्ट फेरि रेखाहरूमा आँखा टाँसी । होइन, ती त झन ज्युंदा पो भएछन् । ती चलचित्रका तस्वीर जस्ता भ्रम पनि थिएनन् । तिनमा जीवन थियो र तिनको बान्कीबाट आफ्नी मायालु छोरीले समुद्रको किनारबाट पठाएको पानीको मिठो स्वादको सुगन्ध आइरहेको थियो । 

अक्षरमा जीवन भए पनि नन्दितालाई जीवनको विश्वास लागेन । उसले फेरि दोहोर्‍याएर चिठी पढी । तेश्रो पल्ट पनि पढी । तीन पटक पढेपछि मात्रै नन्दितलाई थाहा भयो – छोरीले जे लेखेकी थिई, त्यो नै सत्य थियो । उसको मनले जे सत्य होस् भनेर खोजिरहेको थियो, त्यो असत्य थियो । 

चिठीले जनाएको सत्य स्वीकार्न उसको मनले मान्दैनथ्यो, तर मनले जे खोजिरहेको थियो त्यसको अस्तित्व यो धर्तीमा कतै थिएन । 

नन्दिताले आफ्नो शरीरलाई सोफामा टेको लगाई । उसका आँखाहरू बन्द भए । अहँ, तिनले आँशु चुहाउन मानेनन् । 

नन्दिता निदाएकी थिइन । तर सिनेमाका पर्दामा दृष्य फेरिए जसरी उसको मानसमा जीवनका तस्वीरहरू तैरिइरहेका थिए ।

*

 (१)

 त्यतिबेला काठमाण्डौ यस्तो थिएन । त्यो, अहिले कोठामा बसेर इतिहासको मानचित्रलाई तानतुन गरेर मिलाउन सकिने खालको पनि थिएन । त्यो हाम्रो जमानापछि जन्मिएका नानीहरूको कल्पनाले भेट्न सकिने क्षितिज पनि थिएन । काठमाण्डौ, त्यतिबला आफैंमा एउटा जिन्दगी थियो । त्यसैले काठमाण्डौले सबैलाई जीवन्त तुल्याएको थियो । 

काठमाण्डौ कस्तो थियो ? त्यो सपना जस्तै सुन्दर थियो । 

काठमाण्डौको आकाशकै कुरा गरौं । काठमाण्डौको आकाश सफा थियो । गर्मीयामको आकाश, मध्य हिउंदको शान्त र सफा नदी भन्दा पनि निलो देखिन्थ्यो । शान्तिको प्रतीक खोज्छन् नि कविहरूले ! गर्मी बेलाको काठमाण्डौको आकाश प्रत्येक कविका लागि जीवनको अभिव्यक्तिको प्रतीक हुन्थ्यो । गर्मी आफैं पनि अहिले जस्तो पिराहा र खस्रो कहाँ हुन्थ्यो र ? त्यो शितल त हुंदैनथ्यो, तर त्यसले डाहा हुने गरी पोल्न पनि मान्दैनथ्यो । 

बर्खा लागेपछिको काठमाण्डौ ? आहा, त्यो कति रसिलो हुन्थ्यो ! भुईं सपक्क भिजेको हुन्थ्यो – मानौं आँगनले कुनै शुभकार्यको स्वागत गरिरहेको होस् । हरियो पछ्यौरा ओढेर माइत जान ठिक्क परेकी दुलही जस्ती देखिन्थी काठमाण्डौ । ढल, नाली, प्लाष्टिक जस्ता शब्दहरू मान्छेले आज जसरी जानेकै थिएनन् । प्लाष्टिकलाई पानी कागज भत्रे चलन थियो र पानी कागज दुर्लभ बस्तु मात्रिथ्यो । प्लाष्टिकको अनिकालले होला, विनाश पनि ओइरिंदैनथ्यो पानीसँग । बर्खाको आकाशमा अहिले जस्तो फोहोर जमेको हुंदैनथ्यो । सफा आकाशमा चारो खोज्न भौंतारिएका बादलका बचेराहरू शिबपुरीबाट सुलुलुलु चिप्लिंदै फुलचोकी तिर लाग्थे । एउटा बादलको टुक्रो एकछिन नागार्जुनको चैत्य माथि गएर आराम गथ्र्यो र कालुपाण्डेको चिहानलाई नमस्कार गर्दै चित्लाङ तिर लाग्थ्यो । अर्को, अलिक लाम्चिएको छाँगो जस्तो बादल धरहराको माथि घुंडा टेकेर निहुरिन्थ्यो र सुन्धारामा नुहाइरहेका मानिसलाई मसक्क मसारेर टुंडिखेल तिर दौडिन्थ्यो । बादलले छोएको मान्छे, ए को हं भनेर बोल्न पनि भ्याउदैनथ्यो, बादल भद्रकाली माथि पुगिसकेको हुन्थ्यो । मानौ मान्छे कोही बटुवा हो र बादल छुच्चो, तर प्यारो नानी हो । 

ढल्न लागेको बर्खातिरको सेतो रंगको बादल बिहानै पशुपतिमा ठूल ठूलो स्वरले शान्तिवाचन गर्दै हतार हतार गर्दै दौडिरहेका सरदार बाजे जस्तै लाग्दथ्यो । अहं, बादलमा टाटो देख्न पाइत्रथ्यो । भुईंमा अलिकति पनि धुलो नभएकोले होला – बादल, ओढेर सुतौं सुत्न मन लाग्ने सिरक जस्तो लाग्थ्यो । बादल जस्तै बनेका थेग्लाथेग्लीहरू महासागरको पानी बोकेर आकासको बाटो हुंदै खाल्डोमा पस्थे र पूर्वीय संगितको धुन बजाउदै काठमाण्डौको आँगनमा झम्झम् नाच्न थाल्थे । पानीका सेता बुलबुलाहरू उठ्ने बित्तिकै लौ किन पानी जम्यो हं भनेर मानिसहरू गफ गर्न थाल्थे । 

कविहरूले प्रत्येक सालको बर्खामा नयाँ भैरहने मायालु दुलही जस्ती काठमाण्डौको दर्शन पाउँथे । अहं, बर्खा लाग्दा अहिले जस्तो हरिबिजोक हुंदैनथ्यो काठमाण्डौको । त्यसैले काठमाण्डौ, बर्खायामलाई माया गथ्र्यो । पानी पर्दा बादलले पानीसंग बाक्लो धुलो शरीरमा छरी दिंदैनथ्यो । पानी परेर सुक्न थालेपछिको लुगामा धुलाको टाटो पनि देखिदैनथ्यो । आकासबाट झरेको त्यतिबेलाको पानी कञ्चन झरनाको फोहरा जस्तो देखिन्थ्यो । त्यसैले बटुवाहरू पानीमा भिज्न मन पराउथे । झमझम पानी परिरहेको हुन्थ्यो । मान्छे हतार नमानी बाटामा हिंडिरहेको हुन्थ्यो । बाटो खालि नै हुन्थ्यो । आजको जसरी मानिसहरूको पहिरो गएको थिएन काठमाण्डौमा । मान्छे मात्र होइन, गाडीहरू पनि सभ्य थिए त्यतिबेला । घिनलाग्दो हिलो,बाटामा हिंडिरहेका मानिसहरूको लुगामा छ्याप्न तिनीहरूलाई पटक्कै मन लाग्दैनथ्यो । थोरै थिए तिनीहरू । त्यसैले भलको सडकमा गुडिरहंदा पनि तिनीहरू पेटीतिर मान्छे हिंडिरहेको छ कि छैन भनेर नियाल्ने गर्थे । 

बादल, मान्छेको मन जस्तै स्वतन्त्र थियो । त्यो मनलाग्दो गरी उडिरहन्थ्यो र त्योसँगै उड्न खोज्थे कर्‍याङकुरुङहरू ! कर्‍याङकुरुङलाई अहिलेको पुस्ताले त बिर्सनै थालिसक्यो । तर त्यतिबेला बुट्टा छापिएको चङ्गा जस्तो लाग्ने कर्‍याकुरुङको बथान, भित्तामा ठोक्किन लागेको जहाज जसरी होहल्ला मच्चाउदै दक्षिण तिर बेग माथ्र्यो । हुनत, त्यतिबेला जहाजहरू पनि आज जसरी पहरा खोज्दै उड्दैनथे । एउटा जहाज ठोक्किएको पिडा वर्षौंसम्म जिउंदै रहन्थ्यो । अहिले जस्तो अर्को साल ठोक्किएको हवाइजहाजले पोहोर सालको मृत्युलाई सहज बनाउने कल्पना पनि गर्न सकित्रथ्यो त्यतिबेला । त्यसैले कर्‍याङकुरुङको बथान फुलचोकी तिर बेग मार्दा मानिसहरू रत्नपार्कको घाम छेक्दै लौ न नि अब के हुने हो भन्दै चिन्ता र पिरका आँखाले त्यो बथानलाई नियालेर हेर्थे । 

शरद ऋतु लागेपछि सिङ्गो काठमाण्डौ हरियालीको दुबोमा बसेर गीत गाइरहेको हुन्थ्यो । अहा ! जहाँ पुग्यो त्यहीं पल्टिएर उपरखुट्टी लाउंदै एकछिन त्यही गीतको सुसेलो हालौं हालौं जस्तो लाग्थ्यो । 

आकाशको घाम मिठो महमा लट्ठिएको जस्तो हुन्थ्यो । नगरकोटको टाउकाबाट त्यो, आफ्ना मुस्कानयुक्त किरणहरूले उपत्यकालाई झक्झक्याउदै उकालो लाग्थ्यो । उकालो, त्यसका लागि साँच्चै कष्टकर हुन्थ्यो । घडीहरू त्यसका लागि बिस्तारिन थाल्थे । समय, चौतारीमा थकाइ मार्दै मार्दै रत्ती हतारो नमानी बाटो काट्थ्यो । दिउँसोको मध्यान्हमा लयालु भएको घाम घरि रत्नपार्क तिर गएर मानिसहरूसँग जिस्किन थाल्थ्यो त घरि त्यो सुन्धारामा ओर्लिएर मान्छेको पिठ्युंमा चिप्लिदै छातीमा काउकुती लगाउन थाल्थ्यो । 

शिशिर ऋतुमा काठमाण्डौ छोड्नु पर्दा घाम, गहभरि आँशु पारेर चन्द्रागिरी मास्तिर ठिङ्ग उभिन्थ्यो र घरतिर छिर्दै गरेका नानीहरूलाई भोलि बिहान ठूलो हुनु है भनेर बाडभन्ज्याङ्गको उकालोमा स्याँ स्याँ गर्दै काठमाण्डौ भित्रिन खोजिरहेका गाडीहरूलाई बाई बाई भन्दै क्षितिज भित्र लुक्थ्यो । 

घाम र मानिसको मायाको संसार छोप्न, फोहोर धुलोको पर्दा टाँगिदैनथ्यो त्यतिबेला । 

साँझ, चन्द्रमालाई काखीमा च्यापेर खुत्रुक्क भन्ज्याङबाट तल झथ्र्यो । मानिसहरू चहुरमा निस्कन्थे । त्यतिबेला काठमाण्डौमा धेरैतिर चहुर पाइन्थ्यो । त्यसैले रातको आकास हेर्न चहुर नै पर्याप्त हुन्थ्यो सबैका लागि । चहुर जान अल्छि मात्रेहरू मात्र छतमा निस्किएर आकास तिर हेर्न थाल्थे । चन्द्रमा, त्यतिबेलाको चन्द्रमा उज्यालो हुन्थ्यो । सेतो हुन्थ्यो । अझैसम्म पनि मान्छेका पाइलाको मयल चन्द्रमामा टाँसिएको थिएन । त्यसैले त्यो काठमाण्डौबासी तिर नियाल्दै मुसुमुसु हाँस्तै रातको अन्धकारमा पनि रत्ती बाटो नबिराई पश्चिमतिर हेलिन्थ्यो र क्षितिजमा बिलाउनु अघि घर घरमा मस्त निदाइरहेका मानिसहरूलाई मायालु हातले सुमसुम्याएर झक्झक्याउथ्यो । 

औंशीको रात झनै रमाइलो हुन्थ्यो । अहा ! ताराहरू बिजुलीको बिस्कुन जसरी आकाशमा छरिएका हुन्थे । कुनै पनि टोलमा उभिएको मानिस आकाश तिर हेरेर भत्र भ्याउथ्यो – उ त्यो ध्रुव तारा हो । त्यो सप्तऋषि हो । धेरै नाम थिए ताराका । तिरकुटी कि के रे ? समयसँगै सम्झना पनि हराउन थालेछ । 

ऋतु फेरिएको समेत थाहा हुंदैनथ्यो काठमाण्डौलाई । खेत छोप्ने हुस्सु कठ्याङ्ग्रिएको चिसो बोकेर घर घरमा पस्दैनथ्यो । हुस्सुको सिरक मुनी मान्छे खुशी हुंदै हात–पाउ चाल्न थाल्थ्यो । हुस्सुलाई माया गथ्र्यो मान्छेले । ‘हुस्सु लागेपछि काउली सस्तो र मिठो हुन्छ,’ प्रायः सबैले यसै भन्थे । 

हुस्सुले माया मारेको जाडोमा तुषारो पथ्र्यो र खेत सेताम्मे देखिन्थ्यो । हुस्सु र तुषारो सौता हुन् जस्तो लाग्थ्यो । हुस्सु देखिए तुषारो भाग्ने, तुषारो देखिए हुस्सु भाग्ने । तर मान्छेका लागि दुबै प्यारा थिए, मायालु थिए । हुस्सुमा मिसिन मानिसहरू मुखबाट धुवाँ निकाल्थे भने तुषारोसँग नाच्न तिनीहरू झिरिप् झिरिप् जुत्ता बजार्थे । 

गर्मी अलिअलि आउथ्यो शहरमा आफ्ना समयका पाइला भित्र बाँधिएर । तर लामखुट्टेहरू पटक्कै आउन मान्दैनथे । शहर गन्हाउदैनथ्यो । त्यसैले लामखुट्टेहरू पनि आउन मान्दैनथे । लामखुट्टे आउन नमात्रे हुनाले जालीको चलन काठमाण्डौमा आइसकेको थिएन । गर्मी, छोरीको माइती जस्तो हुन्थ्यो काठमाण्डौलाई, बस्न मन लागिरहने, तर धीत मारेर बस्न नपाइने । तातो घाम र चिसो हावाको मिश्रणले गर्मीलाई मायालुको बन्धनमा बाँधिदिन्थ्यो । त्यसैले जीवन गर्मीको प्रतिक्षा नै गथ्र्यो ।

ऋतु मात्रै होइन, जीवन पनि रमाइलो थियो त्यतिबेला । बजार रमाइलो थियो र रमाइला थिए सबै खाले मानिसहरू । 



 

त्यतिबेला दश पैसा कप चिया पाइन्थ्यो हुटेलहरूमा । मैतीदेवीमा एउटा मिठो चिया पसल थियो । वागबजार, पुतलीसडक, ज्ञानेश्वरबाट मानिसहरू त्यो सानो पसलमा चिया खान जान्थे । सहायक मन्त्री रहेका डिल्लीसेर राई पनि त्यहाँ चिया खान जानुहुन्थ्यो । चिया पसल बाहिर मानिसहरू ओहोदा र पद बिर्सिएर समटत्र हुन्थे । त्यहाँ साना विद्यार्थी हुन्थे, सेक्सन अफिसर हुन्थे, सचिव हुन्थे, प्रोफेसर हुन्थे र हुन्थे कहिलेकाहीं मन्त्रीहरू पनि । त्यो चियाको स्बादलाई अहिलेका पाँच तारे होटलहरूमा फालिने सय रुपियाँको चियाले पनि भेट्टाउन सक्दैनथ्यो । चिया होस् त त्यस्तो, जीवन रस जस्तो । एक कप खाएर धितै नमर्ने । पैसा हुनेले चार कप पाँच कप खान्थे । पाँच कप चिया खाउन्जेल सानो पसल बाहिरको पेटीमा उनीहरू गफ जोतेर बस्थे । 

पेटीमा गफ जोत्न त्यतिबेला केही जस्तो थिएन । सडकमा यतिविध्न गाडीहरू थिएनन् । सडक शान्त र सफा हुन्थ्यो । गाडीको धुवाँ भत्रे त मान्छेलाई चासै हुंदैनथ्यो । काला कोरोला गाडीहरू रातो प्लेटमा छापिएर घरी घरी रमाइलो गर्न सडकमा निस्कन्थे । सरकारी गाडीहरूको दुरुपयोग गर्ने दुस्साहस मानिसहरूमा पलाइसकेको थिएन । मानिस त्यत्तिसाह्रो असभ्य पनि भैसकेको थिएन । लोक र परलोक दुबैको पिडाले त्यसलाई रोक्थ्यो । असभ्यता पर्खालहरू भित्र थुनिएको थियो त्यतिबेला । त्यसलाई सडकमा, चोकमा जथाभावी देख्नै पाइत्रथ्यो । त्यसैले सरकारी गाडीहरू बिहान दश बजेको आसपास र बेलुका पाँच बजेको आसपास तिर मात्र सडकमा चिप्लिएका भेटिन्थे । बाघ टाउके टाटेपाङ्ग्रे ट्याक्सीहरू पनि उत्तिसाह्रो देखिदैनथे । मान्छेमा ट्याक्सी चढ्ने रौस जागेको थिएन । मान्छे बागबजारबाट मैतीदेवीसम्म चिया खान पैदल जानमै रमाउथे । त्यसैगरी मान्छेहरू बागबजारबाट स्वयम्भु या पशुपतिनाथको दर्शन गर्न जादा पनि पैदल जानमै गर्व गर्थे । 

धोविखोला भन्दा पूर्वतिरलाई गाउँ भत्रिथ्यो त्यतिबेला । मान्छेहरू काठमाण्डौको कुरा गर्दा डिल्लीबजार भन्दा पश्चिमको मात्र चर्चा गर्थे । त्यसको पूर्वतिर मायालु ग्राम्य संस्कृति छमछम गर्दै नाचिरहेको हुन्थ्यो । अहो ! बानेश्वर कति सुन्दर थियो त्यतिबेला । फूलबारी भित्र घरहरूको बस्ती जस्तो । याममा हरियो मकै खान पाइन्थ्यो । गाउँमै जसरी मकै भाँचेर ल्याउन पाइन्थ्यो । संस्कार जीवित थियो, त्यसैले जीवित थियो मर्यादा र संस्कृति पनि । प्रकृतिले मान्छेलाई स्वार्थी हुन दिएको थिएन । अझ चाबहिल त जंगल पारीको बस्ती जस्तो लाग्थ्यो । चाबहिल पुग्नु भनेको महाभारतको लेख काट्नु जस्तै थियो । त्यो कुनै दिन शहरको अङ्ग भैदेला भनेर तर्कना पनि उमार्न सकित्रथ्यो । पुरानो बानेश्वरको चोक, शहर नाघेपछिको सानो बजार जस्तो लाग्थ्यो । धोविखोला छिचोलेपछि मान्छे शहर जान काठमाण्डौमा पाइलो हालियो भत्रे मनोभावनामा रुमल्लिन्थ्यो । 

मैतीदेवी भन्दा दक्षिणतिर सुरम्य फाँट थियो । उत्तर पनि खेतहरूको छातीमा सुतिरहेको भेटिन्थ्यो । धोवीखोलाको किनारतिर स्याल कराउथ्यो । साँझ परेपछि पहाडतिरबाट काठमाण्डौ आएर त्यता छेउछाउको डेरामा थुनिएको मान्छेको मन नस्टलजियाबाट मुक्त हुन्थ्यो । बर्खाको याममा धोवीखोलाको फाँटमा ठूलो खालको सारङ्गी र्‍याँइ र्‍याइँ रेटे जसरी झ्यांउकिरीले गीतको भाखा खोल्थ्यो । कुकुरहरू कता कता फांटमा भुक्न थाले जस्तो सुत्रिथ्यो । हिलो मिसिएको गन्ध खेतहरूबाट उडेर मैतीदेवी बजार भरि छरिन्थ्यो । एक्कासी स्याल ह्वां ….. हुं …. गरेर कराउदा त्यतिबेला काठमाण्डौले पर्वते भनेर हियाउने मान्छे कोठामै छम् छम् … … नाच्न थाल्थ्यो । 

चिया खाँदा मानिसहरू महाकवि लक्ष्मीप्रसाद देवकोटा र उहाँको घरका बारेमा कुरा गर्न थाल्थे । महाकविको निधन भएको त्यतिबेला दशक पनि बितेको थिएन । बरु भरखर भरखर, महाकविका ठूला प्रशंसक महापण्डित राहुल सांकृत्यायनको निधन भएका कारण महाकविको घर र परिवारका बारेमा धेरै छलफल हुने गथ्र्यो । महाकविको घरपट्टि तिर पनि हरियाली जीवित थियो र त्यो अझै शहर बाहिरै छ भत्रे लागिरहन्थ्यो । महाकविका छिमेकी घरहरू पुराना शैलीका र साना थिए । त्यसैले त्यताको बस्ती महाकविको सुनको बिहान जस्तै सुन्दर थियो । त्यो, फाँटहरूमा कविता उमारेर हाँसिरहेछ भत्रे भाव ओकलिरहेको संगीत विद्यालय जस्तो थियो । 

मैतीदेवीमा बिहानको चिया खाएर बाहिर निस्किएको मान्छे दिउँसो आफ्नो कार्यालयमा हराउथ्यो । उ कामका व्यस्तताहरूमा डुब्न खोज्थ्यो । 

दिनभरिको ब्यस्तताको थकाई मार्न पाँच बजेपछि मानिसहरू रन्जना सिनेमा हल अगाडिको आर.सी. ममचा रेष्टुराँमा पस्थे । त्यतिबेला शहरमा ममचा पसलहरू छ्याप्छ्याप्ती थिएनन् । फराकिलो र ठूलो ममचा पसल त्यही एउटा थियो र सबैखाले शिकारुहरू त्यहीं गएर ममचा खान सिक्थे । राँगोको मासु खानु हुंदैन भत्रे बाहुनहरूलाई मैदाले छोपिएको मासुले जात लांदैन भत्रे विश्वास दिन्थ्यो आर.सी. ममचाले । ममचालाई छपक्क मुछ्ने रातो टमाटरको रातै झोल पनि असाध्यै मिठो हुन्थ्यो । खै आजभोलि कहाँ छ र त्यस्तो ममचा पसल ! 

ममचा रेष्टुराँ सफा थियो । आजभोलि त सफाई पनि इतिहाससँगै सती गैसकेको छ । तर त्यतिबेला टेबुलहरू चिल्ला हुन्थे । ममचा साना साना र सेता हुन्थे । प्लेट सफा हुन्थ्यो । टमाटरको झोलमा के मिसिएको होला भनेर पिरिनु पर्दैनथ्यो अनि पानी खान डर लाग्दैनथ्यो । 

ममचाको विस्तारित रुपलाई मोमो भत्रिथ्यो त्यतिबेला । साह्रै थोरै थिए मोमो पसलहरू । महावौद्धमा एउटा तिब्बती परिवारले मोमो पसल खोलेको थियो र अर्को पसल भोटाहिटीको गल्लीमा थियो । तर त्यता मोमो खानेहरूको भीड हुंदैनथ्यो । पारखीहरूले मात्र मोमो र सुपको स्वाद लिन्थे । शिकारुका लागि, नागरिकका लागि आर.सी. ममचा निर्विकल्पै थियो । एक मोहोर भत्रिथ्यो त्यतिबेला । पचास पैसाको ढ्याक बोकेर गएपछि ममचाले पेट टत्र हुन्थ्यो । 

पर्वते भनेर निकै हेपिन्थ्यो बाहिरबाट आउनेहरूलाई । काठमाण्डौ अहिले जति फराकिलो भैसकेको थिएन । कुवाका ब्याङ भन्थे बाहिरबाट आउनेहरूले काठमाण्डौलाई । एउटा तिक्तता, विरोध, घृणा र रिसले उपत्यकालाई गर्माइरहेको हुन्थ्यो । त्यो द्धन्दलाई मार्न ममचाले ठूलो सहयोग गथ्र्यो । ममचा खान थालेपछि आउनेको पर्वतेपन र रैथानेको ब्याङपन, दुबै एकैचोटी खुलुक्क घाँटीबाट भित्र छिर्थे । 

राँगाको मासु खान आँट नगर्नेहरूका लागि भोटाहिटीको मुखैमा अर्को एउटा छोला भठुराको रेष्टुराँ थियो । साँच्चै मिठो हुन्थ्यो आलु र मटरको स्वादिलो तरकारी । त्यतिबेलाको समोसा खाएर पनि कोही विमारी हुंदैनथ्यो । न त आलुले नै कुनै विमारी शरीर भित्र हुलिदिन्थ्यो । 

मासु नखानेहरूका लागि टोल टोलमा स–साना रेष्टुराँहरू थिए । सबैभन्दा बढी रुचाइने खाजा भनेको जेरी स्वारी अथवा हलुवा स्वारी हुन्थ्यो । त्यतिबेलाको घिउमा मिसावट हुंदैनथ्यो । तेल राम्रो हुन्थ्यो । त्यसैले मानिसहरू रेष्टुराँ अथवा हुटेलको खाना खाएर विरामी पर्दैनथे । विरामी नपर्ने हुनाले मानिसहरूलाई रेष्टुराँ र होटलहरूमा छ्याप्छ्याप्ती भेट्न सकिन्थ्यो । 

काठमाण्डौ, गाउँहरूको बीचमा बसेको बजार थियो त्यतिबेला । त्यो राम्रो थियो । मैतिदेवीबाट पश्चिम हिंड्दै आउदा शहरतिर लागे जस्तो लाग्न थाल्थ्यो । तर अहिले जस्तो चाँडै शहर आउदैनथ्यो । डिल्लीबजार गाउँ जस्तै थियो । ‘यो बाटोमा लक्ष्मीप्रसाद देवकोटा हिंड्नु भएको थियो,’ मानिसहरू बेलामौकामा कुरा गर्थे । देवकोटाको यात्रा–पवित्रताको सुगन्ध डिल्लीबजारको ओरालोमा छरिइरहेको हुन्थ्यो । बजार पनि पातलो थियो । कालिकास्थान तिर लाग्ने मोडमा जेरी–स्वारीको एउटा पसल थियो । त्यसैले त्यहाँ मानिसहरूको भीडभाड राम्रै हुन्थ्यो । पद्यकन्या स्कूल अगाडिको जमिन खालि थियो र बागबजार जाने चोकसम्म आइपुग्ने बजार पनि अहिलेजस्तो झकिझकाउ थिएन । डिल्लीबजारको ओल्लो ओरालोमा , सुनसान घरका पेटीहरूबाट पश्चिम तिर हिंडिरहेको मानिस, म बजारतिर जांदैछु भनेर सन्तुष्ट हुन्थ्यो । 

वागबजारको त्यतिबेलाको रुपको त अहिले कल्पना पनि गर्न सकिंदैन । बाटोको उत्तरमा खालि जमिन थियो । टुकुचाको पुल पश्चिममा एउटा पहेंलो घर थियो । त्यहाँभन्दा पश्चिमतिर भरखर खुलेको पद्यकन्या कलेज थियो । पद्यकन्या कलेजदेखि पश्चिमतिर उस्तै आकार, रुपरङ्ग र ढाँचा–काँचाका दुइटा घर थिए । दुइटैको नाम पनि उस्तै उस्तै थियो । प्रभु निवास र शोभा निवास हो कि ! अथवा अरु नै कुनै निवास पनि हुन सक्छ । मानिसहरू ती दुइटै घरका बारेमा नराम्रा कुरा गर्थे । कुनै घरेलु ब्राह्मणले राणाजी वा शाहजीकी विधवालाई झुक्याएर बनाएको घर भन्थे । विचरा घर मालिक आफ्नो घरको स्पष्टीकरण दिन उपस्थित हुन सक्दैनथे । मानिसहरूमा अलिअलि गैरजिम्मेवारीपन थियो नै । उनीहरू ती निरिह घरमालिकलाई सोध्दैनथे । पद्यकन्याको ढोकाबाट पश्चिम तिर लागेपछि हल्ला सुनेका मानिसहरू रत्नपार्कमा आउन्जेल ती दुइटै निवासका मालिकलाई गाली गर्दै बाटो कटाउथे । अथवा यसो भनौं – गाली, मानिसहरूको बाटो कटानीको मेलो हुन्थ्यो । 

अहिले सिमेण्टको उराठिलो बगैंचा बनेको त्यो खण्ड त्यतिबेला शुन्यतामा थियो । एउटा राम्रो, ठूलो, फराकिलो पार्क हुनसक्ने खालको जमिन थियो । त्रिचन्द्रको ठिक्क पछिल्तिर केही घरहरू थिए र त्यहाँ विदेशीहरूको बाक्लो चहलपहल हुन्थ्यो । त्यो ठाउँ त्यतिबेला झण्डै झण्डै नेपालीपनबाट काटिएको थियो । 

बाटोको दक्षिणतिर एक लहर बजार थियो र बजार भन्दा दक्षिणतिर सुरम्य खेत थियो । त्यतिबेला बागबजारबाट सिधै भृकुटीमण्डप तिर निस्कन मिल्दैनथ्यो । त्यतातिर त्यस्तो बाटो बत्र सक्ला भनेर कल्पना पनि गर्न सकिंदैनथ्यो । हो, खर्पनमा सरसामान बोकेका स्थानीय किसानहरू खेतको आली आली, हिलो मैलोसँग खेल्दै तल निस्कन सक्थे होलान् – तर जुत्ता लाएकाहरूले भृकुटी मण्डप तिर जाँदा पुतली सडकको ठूलो बाटोलाई नै प्रयोग गर्नुपथ्र्यो । 

पुतली सडकको बजार चाहिं अहिले जस्तै थियो । हो, बजार पछिल्तिरका घरहरू थिएनन् । पुतली सडकबाट कालिकास्थानतिर जाने बाँसझाङ मुनि भुत भेटिन्छ भन्थे मान्छेहरू । त्यताबाट सम्साँझै किच्कत्री निस्कन्छन् भन्थे कथा हाल्नेहरू । त्यसैले त्यो बाँसझाङको बाटो साँझ पर्दा नपर्दै खोकिलामा टाउको छिराएर निदाउन थालिसकेको हुन्थ्यो । 

साँझ पर्ने बेलामा पुतली सडक, शंकरदेव पन्तमा अनुदित हुन्थ्यो । अहिलेको शंकरदेव क्याम्पसलाई त्यतिबेला न्यासनल नाइट कलेज भत्रिथ्यो र त्यो नेपालका एकाध प्रतिष्ठित कलेज मध्यमा गत्रिथ्यो । शंकरदेव पन्त आफ्नो पुरानो घरको छतबाट कलेजमा भैरहेको गतिविधि नियाल्नु हुन्थ्यो र सन्तोषको लामो सास तात्रु हुन्थ्यो । अधवैंशे प्राध्यापकहरू सम्मान भिजेको आवाजमा शंकरदेव पन्तका बारेमा यस्तैखाले टिप्पणी गरेर मान्छेको मनलाई सफा पार्ने गर्थे । 

भृकुटी मण्डपको बाटो अझै बनेको थिएन । पुतली सडकबाट टुंडिखेल तिर निस्कने एउटा धुले सडक थियो । तर त्यसलाई मान्छे हिंड्ने बाटो भत्र मिल्दैनथ्यो । भृकुटी मण्डप चाहिं थियो । छ छ महिनामा त्यहाँ मेला लाग्थ्यो । मेला लागेको बेला त्यो अहिले भन्दा धेरै रमाइलो हुन्थ्यो । अहिलेका मेला भद्दा प्रदर्शनीका अनुभूति दिन्छन्, तर त्यतिबेलाको मेलाले परम्पराको अनुभूति दिन्थ्यो । एउटा मेलाको त नामै रमाइलो थियो । 

सिंहदरबार ओरिपरिको जमिन लोभलाग्दो थियो । सिंहदरबार आफैं खेत र जंगलको भीडमा हराएको थियो । त्यसको अघिल्तिर डङरङ्ग पल्टिरहेको खेत थियो । पृथ्वीनारायण शाहको सालिक छेउबाट दक्षिणतिर हेर्दा बाटो छोड्नै मन लाग्दैनथ्यो । त्यो हरियालीले सिंहदरबारको सुन्दरतामा गुलाफको फूल सिउरी दिन्थ्यो । पछिल्तिरको त झन कुरै छोडिदिउँ । त्यतिबेलाको धोविखोला नदी जस्तो थियो । त्यसका छातिहरू लुछिएका थिएनन् र त्यो आफ्नो जमिनमा मस्तसँग निदाउन अथवा छुनुमुनु गर्दै खेल्न भ्याउथ्यो । त्यतिबेलासम्म धोविखोलालाई कसैले जिस्क्याएका पनि थिएनन् । त्यसैले त्यो पनि कसैको घर–खेतलाई जिस्क्याउन जाँदैनथ्यो । 

अहिले पनि नाम नभएर अनाम हुन पुगेको नगरको त्यतिबेला अस्तित्व नै थिएन । 

शहर भन्दा मान्छेहरू काठमाण्डौको यो कुनै भूभागलाई बुझ्दैनथे त्यतिबेला । शहर त, टुंडिखेल भन्दा पश्चिम तिर मात्र पस्रिएको थियो । सिंहदरबार शहर बाहिर थियो । धोविखोला पारी त गाउँ पञ्चायत नै थियो । बानेश्वर भनेको कुनै दूरदराजको गाउँ जस्तो ठान्थे शहरीयाहरू ! 

शहरै पनि अहिले भन्दा राम्रो थियो । जहाँबाट शहर पसे पनि मानिस, एउटा म्युजियममा पसेको महसुस गथ्र्यो । शहर भन्दा त्यतिखेर इतिहास, कला र विभूतिहरूको सम्झना बुझिन्थ्यो । मान्छेहरू, शहरमा पसेर मोतिराम भट्ट खाइखेलेको गल्ली खोज्थे । भानुभक्त थुनिएको गारत खोज्थे । शहर पस्दा त्यतिमात्र होइन, मानिसहरू नयराज पन्तको घर सोध्थे अनि रुपरेखाको कार्यालय खोज्थे । मान्छेलाई गोपालप्रसाद रिमाल कहाँ बस्नुहुन्छ भत्रे चासो हुन्थ्यो । त्यता जाँदा भिमसेन थापा थुनिएको र सेरिएर मरेको भत्रे घरतिर मान्छेले सधैं आँखा लाउथे । सिद्धीचरण यतै बस्नुहुन्छ रे भनेर मानिसहरू ओमबहालतिर सोधी हिंड्थे । मान्छेलाई चासो हुन्थ्यो शहरसँग, शहरका धेरै घरहरूसँग । 



 

हुन पनि त्यतिबेला शहरको एउटा नाम संस्कृति थियो । त्यसको अर्को नाम शिष्टाचार थियो । 

आफूलाई मार्ने कङ्क्रिटको खेती राम्ररी शुरु भैसकेको थिएन शहरमा । आफ्नो मौलिक संस्कृतिलाई सखाप पार्ने अभियानको रुपमा आएको विशाल बजार नै बनेको थिएन । जनसेवा भन्थे त्यो ठाउँलाई मानिसहरू । साना साना भुइंतले पसल र राजनीति गर्नेहरूलाई कडा शासना दिने जनसेवा पुलिसको अनौठो संगम थियो त्यो थलो । पुलिसको कुटाइले लोत भएर बाहिर निस्किएको एउटा साधारण विद्यार्थी नेपालीपन बोकेका पसलहरूको रमाइलोमा आफ्नो पिडा बिर्संदै बिर्संदै डेरा तिर लाग्थ्यो । 

आधुनिकता मूलसडकबाट भित्रतिर छिरिसकेको थिएन त्यतिबेला । पश्चिम संसारको निराशाको झोलमा गिजोल्लिएको हिप्पी संस्कृति नयाँ नयाँ अनुहार बोकेर काठमाण्डौमा छिर्न खोज्दै थियो । हिप्पीहरू झोंछेको गल्लीमा प्रायः हल्लिइरहन्थे र झोंछेलाई मानिसहरू फ्रिक स्ट्रीट भन्थे । राती अबेरसम्म जीवन्त हुन्थ्यो त्यो गल्ली र आधुनिकता बोकेका रेष्टुराँबाट मलिनो धुनको संगीत निस्किइरहेको हुन्थ्यो सडकका पेटीहरूमा । 

वसन्तपुरको आँगनमा बरालिएका विदेशीहरू नशाको सुरमा झुम्मिइरहेका हुन्थे । घरि घरि लाग्थ्यो – काठमाण्डौ घाइते हुंदैछ । 

शहरको पश्चिम भाग, जोपायो त्यहीले छिचोल्न सक्ंदैनथ्यो । झण्डै झण्डै त्यो सम्पर्कहीन थियो । नयाँ मानिसहरू बाटामा हिंड्थे, तर घरहरूसँग तिनको सम्पर्क हुंदैनथ्यो । 

हो विष्णुमति भने साह्रै लोभलाग्दो थियो त्यतिबेला । वागमतीसँग मानिसहरूको दिनहुंको साक्षात्कार शायद हुंदैनथ्यो । त्यसैले मानिसहरू विष्णुमतिका पुलहरूमा भेटिन्थे । शोभाभगवतीमा बढी भेटिन्थे मानिसहरू । राणाहरूले किन त्यहाँ लगेर मारेका होलान् नेपाली नायकहरूलाई ? त्यतिबेला त्यहाँ कुनै स्तम्भ बनेको थिएन । तर मानिसहरू अहिले भन्दा बढी सम्झिन्थे शहीदहरूलाई ! मानिसहरू पुलमा उभिएर कुरा गरिरहेका हुन्थे वलिदानको, त्याग र तपस्याको । समयले पनि त्यत्तिसाह्रो कोल्टे फेरेको थिएन । तीन ओटा व्यवस्थालाई देख्ने, अनुभूत गर्ने र भोग्नेहरू छ्यास्छ्यास्ती थिए त्यतिबेला । त्यसैले जोकोही पनि शोभाभगवतीको पुलमा पुग्ने बित्तिकै शहीदहरूका बारेमा कुरा उक्काइ हाल्थ्यो । धेरै त शहीदका दौंतरीहरू नै थिए । त्यसैले शहीदहरू जीवन्त भेटिन्थे मान्छेका कुराकानीमा । 

विष्णुमतिदेखि पश्चिमपट्टी झण्डै झण्डै एउटा जङ्गल नै थियो । सानो र पातलो डल्लुबजारबाट मानिसहरू स्वयम्भू दर्शनका लागि जान्थे । तर त्यताहुंदो वस्ती भएको आभास कसैलाई हुदैनथ्यो । खेत र झाडीहरूको बस्ती थियो त्यो इलाका । अहिलेको चागल भत्रेतिर मान्छेको बसोबास थिएन । साँघुरो बाटोबाट कतै निस्कनु पर्दा ठाउँ ठाउँमा सिस्नाले पोलेर सास्ती खानु पथ्र्यो । एकाध किसानका गोठहरू कतै थिए कि ! उत्तरपट्टी पनि खेतहरूको श्रृंखलाहीन आवादी मात्र देखिन्थ्यो । 

स्वयम्भूको आँगनबाट काठमाण्डौ हेर्दा त्यो साह्रै राम्रो देखिन्थ्यो । मन मिठ्याउन अहिले पनि त्यतिबेलाका फोटाहरू हेर्न पाइन्छ । तर त्यतिबेला काठमाण्डौ – दर्शन एउटा जीवित सत्य थियो । पूर्वपट्टीको आँगनमा उभिएर काठमाण्डौलाई हेर्दा त्यो तलेजुको मन्दीर जस्तो देखिन्थ्यो । घरि त्यो धरहरै धरहरा जस्तो लाग्थ्यो, घरी घण्टाघरको संगीतमय धुनमा काठमाण्डौ नाचिरहेको छ कि जस्तो भान हुन्थ्यो । 

कालिमाटी गाउँ नै थियो त्यतिबेला । विश्वविद्यालय कीर्तिपुरमा गैसकेको थियो । तर कालीमाटीबाट कीर्तिपुर जाने बाटो बनेकै थिएन । 

पाटन र काठमाण्डौ धेरै फराकिलो दूरी भएका शहरहरू थिए त्यतिबेला । कुपण्डोल शहर भैसकेको थिएन । त्यसैले पाटन काठमाण्डौसँग जोडिएको थिएन । मानिसहरू अहिले जसरी काठमाण्डौ र पाटन शहरलाई मनले सजिलै जोडन पनि तयार थिएनन् । बाहिरबाट आउनेहरू पाटनतिर डेरा बस्न मान्दैनथे । ‘उहाँदेखि आएर कहाँ पाटनमा डेरा बस्ने ?’ डेरा बस्नेहरूको टिप्पणी हुन्थ्यो । परदेशै मान्थे काठमाण्डौ बस्नेहरूले पाटन शहरलाई । चिडियाखाना जानु पर्दा, गोदाबरीको रमाइलोमा नाच्नु पर्दा पाटन सहज लाग्थ्यो मानिसलाई । तर पाटन काठमाण्डौ जस्तै लाग्दैनथ्यो उनीहरूलाई ।

*

 (२) 

रामचन्द्र एकचोटी बाहिर निस्कन्थ्यो बिहान । जुरुक्क उठेर चिया पिउनु, घर बाहिरको करेसामा बनाएको पाइखाना र धारामा गएर बुरुसले बेस्सरी दाँत घोट्दै आफ्नो नित्यकर्म सिध्याउनु, कोठामा छिरेर पाँच मिनेट लगाएर अनुहारको स्याहार सुसार गर्नु र घरकै लुगामा बाहिरको बजारमा निस्कनु उसको दैनिकी थियो । जाडो होस् कि गर्मी कुनै पनि मौसमले उसको यो कार्यक्रमलाई फेर्ने आँट गर्दैनथ्यो । गर्मीका बेलामा उसको टाउकामा एउटा छत्रे टोपी हुनसक्थ्यो । पानी परिरहेको बेलामा टाउका माथि एउटा छाता ठिङ्ग उभिएको देखिन्थ्यो । तर मान्छेको रुपमा रामचन्द्रको यो यात्रा अटुट थियो, थकाइहीन थियो । 

घर अथवा डेराको ओरपर बस्नेहरूका बीचमा चिनजान हुन्थ्यो त्यतिबेला । वागबजारका पूर्वी किनारमा, दक्षिणतिर जाजरकोटे राजाको दरबार भत्रे एउटा अजङ्गको बुढो घर थियो । त्यो घरको पूर्वी पर्खालबाट एउटा सानो बाटो दक्षिणतिर जान्थ्यो । तीन चार मिनेट बाटो काटिसकेपछि खेतको बीचमा चारओटा घरहरू थकाइ मारिरहेको साँढे जसरी टुक्रुक्क बसेका थिए । तिनै चार मध्येको दक्षिण पश्चिमको घरमा रामचन्द्रको बसोबास थियो । 

रामचन्द्र कलेजमा पढाउथ्यो । त्यतिबेला कलेजमा पढाउने जति सबैलाई एउटै भाषामा प्रोफेसर भत्रिथ्यो । गुरुहरू सबै सम्मात्रीय हुन् भावना मरिसकेको थिएन । त्यसैले कलेजका विद्यार्थीले मात्र होइन, ओरिपरिका छिमेकीहरूले पनि रामचन्द्रलाई सर भन्थे, बिहान बेलुका बाटोमा भेट्दा विनम्रतापूर्वक नमस्कार गर्थे । रामचन्द्र मुसुक्क हाँसेर जम्लाहात जोडेर नमस्कार फर्काउथ्यो । मान्छेहरू उसको विनम्रता देखेर दङ्ग पर्थे । 

झलक्क हेर्दा रामचन्द्रलाई कुनै दुःख थिएन । चार वर्ष अघि मात्र उसको बिहे भएको थियो र उसकी पत्नी नन्दिता पद्मकन्या कलेजमा पढ्दै थिइ । छोराछोरी भैसकेका थिएनन् । दुबै बुढाबुढी बिहानको खानपिन सकेर कलेजतिर लाग्थे । आफ्नो पढाइ सकेर नन्दिता अलिक चाँडै डेरामा फर्किन्थी । रामचन्द्र एकछिन नयाँ सडकतिर फेरो मारेर काखिमा एकमुठी पत्रिका च्यापेर साँझ पर्न पर्न लाग्दा घरमा भित्रिन्थ्यो । रामचन्द्रलाई आफ्नो कमाइमा सन्तोक थियो र उसलाई त्यसले खान पुगिरहेको थियो । “धेरै कमाएर के गर्नु छ र ? गाउँमा बाउबाजेले अर्जेको घर बारी छ, मधेशमा चार बिघा जग्गा अर्काले कमाएर खाइराखेको छ । अरु थपेर के हुन्छ ? जे छ, त्यही राम्रो छ,” रामचन्द्र प्रायः आफ्ना साथीहरूलाई भत्रे गथ्र्यो । 

त्यो दिन पनि रामचन्द्र बिहान छ बजे बाहिर निस्कियो । वैशाखको दिन, राम्ररी उज्यालिई सकेको थियो । सडकमा चहलपहल पनि बाक्लै थियो । सधैं जसरी रामचन्द्र गल्लीको मुखमा आएर एकछिन उभियो । मानिसहरू हिंडिरहेको हेर्न उसलाई मन पथ्र्यो । सधैंभरि दश मिनेट उ त्यहीं बिताउथ्यो । त्यसपछि उ बिस्तारै पूर्वतिर लाग्यो । त्यतिबेला टुकुचा खोलामा पानी बगेको आवाज आउथ्यो । प्रायः आफ्नै घरछेउको खोल्सी झरेको हो कि जस्तो लाग्थ्यो रामचन्द्रलाई । मनले समातेर घर सम्झायो भने रामचन्द्र एकछिन टुकुचाको पुलमा उभिएर खोलातिर हेथ्र्यो । त्यतिबेला त्यहाँ पानी नै बग्थ्यो । त्यो बिहान पनि रामचन्द्र दुइ तीन मिनेट जति बगिरहेको खोलोलाई नियालेर उभिइरह्यो । त्यसपछि उ आफ्ना हलुङ्गा पाइला चाल्दै डिल्लीबजार तिर लाग्यो । डिल्लीबजारको सुनसान प्रायः उकालोलाई बिस्तारै नापेर उ कालिकास्थानको मोडमा पुग्यो । त्यसपछि उसले बजारलाई छोडिदियो । उ फनक्क देब्रे घुम्यो । कालिकास्थानको पातलो वस्तीलाई आँखाले केलाउदै उ बासझ्याङको छेउमा आइपुग्यो । शहरमा उज्यालो छ्याङ्ग भैसकेको भए पनि बाँसझाङ अझै धुमिल अन्धकार भित्र लुकिरहेको थियो । तर छायाँ छोपिए पनि मानिसहरू छोपिएका थिएनन् । तिनीहरू आवतजावत गरिरहेकै थिए । 

रामचन्द्र बाँसझाङ घुमेर पुतली सडकमा निस्कियो र फेरि देब्रे लाग्यो । पुतली सडकमा कुनै घन्चमन्च थिएन । दिनैपिच्छे घुम्ने बाटो भएको हुनाले रामचन्द्रले त्यहाँ समय बिताउने कुनै काम पाएन । उ सरासर वागबजारको चोकमा आइपुग्यो । उसले फेरि टुकुचाको पुल पार गर्‍यो र आफ्नो डेरा तिर छिर्ने गल्लीको मुखमा उभियो । 

सधैं शान्त रहने गल्ली त्यतिबेला बटारिइरहेको थियो । गल्लीको तेश्रो घर, रामचन्द्रको जिरामरिच, तेल, आलु–प्याज, खोर्सानी जस्ता खित्रिङ मित्रिङ कित्रे पसल थियो । पसले बा भलादमी थिए र रामचन्द्रलाई ‘सर नमस्कार’ भनेर विनम्रतापूर्वक अभिवादन गर्थे । रामचन्द्र र नन्दितालाई उनी आफ्नै छोराछोरी जस्तै माया गर्थे । तिनी रिसाएको, तिनले ठूलो स्वरमा बोलेको रामचन्द्रले कहिल्यै सुनेको थिएन । तिनी कराउन पनि सक्छन् भत्रे चेतना रामचन्द्रको कल्पनामा समेत पलाएको थिएन । 

तर त्यो दिन उनी पसलबाट बाहिर गल्लीमा निस्किएर चर्को स्वरमा कसैलाई गाली गरिरहेका थिए र उनकी डल्ली डल्ली, मोटी पत्नी उनलाई समातेर भित्र लैजान असफल प्रयास गरिरहेकी थिइन् । 

एक दर्जन जति मानिसहरू भेला भैसकेका थिए र बाटो हिंड्नेहरू ठिङ्ग उभिएर रमिता हेर्न थालिसकेका थिए । 

रामचन्द्रलाई नरमाइलो लाग्यो । उ सरासर साहु उभिएको ठाउँमा गयो । 

“के भयो साहु बा ? कसले के गर्‍यो ?” रामचन्द्रले साहुजीलाई पाखुरामा छुंदै सोध्यो । 

रामचन्द्रको स्वर सुनेर साहुजीका आक्रोस चिसो भयो । उनले आफ्नो ओरिपरि हेरे । मानिसहरू थुप्रिएको देखेर उनलाई कुरी कुरी लाग्यो । रामचन्द्रले सहज ढङ्गले उनलाई आफूतिर तान्यो । चुम्बकमा खिचिएको फलाम जसरी उनी तानिए पनि । कुनै बल नगरी रामचन्द्रले उनलाई पसल भित्र लग्यो र उनलाई बस्नुस् न भन्दै आफू सधैं बस्ने मुढामा गएर टुसुक्क बस्यो । 

“हेर्नुस् न, यो अति भएन सर ?” कुनै भूमिका नबाँधी साहुजीले भने, “एकाबिहानै, पसलको धुप सल्काउन पाएको छैन, मान्छे आएर यहाँ वेश्या कहाँ पाइन्छ साउजी भन्छ बा !” 

“के भत्रु भो ?” रामचन्द्र पनि छक्क पर्‍यो । “को आयो त्यसरी सोध्न ?” रामचन्द्रले सोध्यो । 

“एउटा छरी काटेको मोरो थियो,” साहुजीले दिक्क मानेको स्वरमा भने, “यसो धुप सल्काएर सामान मिलाउदैथें, आएर ठिङ्ग उभियो ढोकामा । केही कित्र आयो होला भनेर मुखमा पुलुक्क हेरेको मात्रै के थिएँ, यता उता पल्याक पुलुक हेरेर – यता वेश्या कहाँ पाइन्छ साउबा पो भन्छ ए । मैले त आँखै देखिन । जुरुक्क उठेर एक थप्पड बजारे पछि अनि बाहिर निस्केर थालेछु गुहार्न । पाजी । हामी छोरीचेली भएकाको घरमा आएर के के बक्दोरहेछ ए … ।” 

“ठीक गर्नुभो,” रामचन्द्रले साउजीको साहसको मान राख्दै भन्यो । “तपाईंले एकदम ठीक गर्नुभो । अब त्यो एउटा मात्र होइन, अर्को कोही पनि यस्तो मुर्ख प्रश्न बोकेर तपाईं हामीलाई दुःख दिने साहस गर्ने छैन ।” 

“एइ, सरलाई चिया भन भन,” साहुजी आफ्नो सहज व्यवहारमा ओर्लिए । उनको अनुहारको तनाव हरायो । रातिइरहेका गालाहरू स्वभाविक भए । नाकको पोरा सहज बन्यो । उनले आफ्नो दैनन्दिन व्यवहार थाले जसरी आफ्नी साहुनीलाई चिया मगाउन अह्राए । 

“भयो साहु बा, आजलाई भयो,” हतार हतार रामचन्द्रले साहुजीलाई रोक्यो । विदाको दिन रामचन्द्र बिहानदेखि नै स्वतन्त्रता खोज्थ्यो र त्यो दिन शनिबार थियो । धेरैबेर साहुजीको पसलमा बसेर समय कटानी गर्न उसको मनले मानिरहेको थिएन । एकसरो कुरो सकिइसकेकै थियो । अब त्यही वेश्याको कुरो पनि पिठो पिसाइ जस्तो मात्र हुन्थ्यो । रामचन्द्रले मनमनै अनुमान गर्‍यो – अब एकचोटी ठाउँ ठाउँमा सुनिएका सबै कथाहरू दोहोरिन बेर छैन । त्यसैले बसेको मुढाबाट जुरुक्क उठ्दै रामचन्द्रले भन्यो, “साहुबा, अहिले म जाउँ । चिया त खाइहालिन्छ नि । भोलि बिहान खाउँला ।” 

साहुजीले दुइ हात उठाएर निधारसँगै जोडेर रामचन्द्रलाई नमस्कार गरे । रामचन्द्रको पद मात्र होइन, बानीबेहोरा पनि थाहा पाएको हुनाले साहुजीले उसलाई मनैदेखि सम्मान गर्दै आएका थिए । 

बाटामा रामचन्द्रको मन भाँडियो । बिहानको एकसरो घुमाइले चङ्गा भएको उसको मन डेरामा पस्ने बेलामा दिक्दारियो । उसलाई आफ्नो देब्रे गालामा टाँसिएको घामले बेस्सरी पोले जस्तो लाग्यो । 

नन्दिता कोठैमा थिई । विदाको दिन, एकाबिहानै भान्साको कसरत गर्नुपरेको थिएन । उ आज धुने लुगाहरू मिलाउदै थिई । 

“सुन्यौ ? रामचन्द्रले ढोकाबाट भित्र पस्न भ्याउदा नभ्याउदै सोधे जसरी भन्यो, “आज बिहानै हाम्रो बाहिरको साहुजीको पसलमा एउटा मान्छे यहाँ वेश्या कहाँ पाइन्छ भनेर सोध्न आइपुगेछ ..।” 

“के रे ?” नन्दिताले गर्दा गर्दैको काम रोकेर रामचन्द्रको कुरा काट्दै सोधी । 

“त्यही त,” रामचन्द्रले अझ उत्साहित हुंदै भन्यो, “माथि हाम्रो साहुजीको पसलमा आज बिहानै एउटा छरी काटेको मान्छे वेश्या कहाँ पाइन्छ भन्दै सोध्न पुगेछ । के भ’ को होला मान्छेलाई ? विहान भूईंमा उज्यालो पनि नखस्दै के खोज्या होला मान्छेले… ?” 

रामचन्द्र बोलिरहेको थियो । तर नन्दिताले केही सुनेकी थिइन । उसको हातको सिरानीको खोल ओछ्यानको आडमा तुर्लुङ्ग झुण्डिएको थियो । उसका आँखाहरू धर्तीको क्षितिजमा रुपान्तरित भएका थिए र उ झ्याल बाहिरको शुन्यतामा केही खोजिरहेकी थिइ । 

“यो ठाउँ छोडिदिउँ,” नन्दिताले लोग्नेको कुरा नसुनी टुङ्गो सुनाइ । टेपरिकर्ड जसरी बजिरहेको रामचन्द्र नन्दिताको प्रस्ताव सुनेर पक्क पर्‍यो । उसलाई लाग्यो – रसायन शास्त्रको प्रयोगशालाको गम्भिर तयारीमा लागिरहेको बेला कुनै विद्यार्थीले उसँग सोध्दैछ – मे आइ गो टु ट्वाइलेट सर ? (सर, म पाइखान जान सक्छु ?) 

“तिमीलाई के भो र एक्कासी ठाउँ नै छोड्ने टुङ्गोमा पुग्यौ हँ ?” रामचन्द्रले आफूलाई सम्हाल्दै सोध्यो । 

“तपाईं थाहा पाउनु हुत्र मान्छेहरू किन यस्ता कुरा गर्छन्,” नन्दिता मान्छेको किनारमा बगिरहेको सप्तकोशी भइजस्तो लाग्यो रामचन्द्रलाई । “तपाईंलाई कति कुरा त म भन्दै भन्दिन । तर मान्छेहरू बागबजारलाई राम्रो मान्दैनन् । नाक खुम्च्याउछन् मानिसहरू बागबजार भन्दा । साथीहरूसँग बागबजारको डेरा भन्यो भने छड्के मिसिएको हाँसो, जवाफ बनेर आउँछ । त्यसैले आजभोलि कसैले डेरा कहाँ छ भन्दा मै पनि पुतली सडक भत्र थालेकी छु । वागबजार भत्र त आँटै आउदैन । तपाईंलाई के पत्तो होस् । त्यो मान्छे त्यसै एकाबिहानै वेश्या खोज्दै पसलतिर पुगेको होइन । वागबजारको नाममा वेश्या प्रकरणको एउटा श्रृङखला जोडिएको छ । एक महिना अघि टुकुचाको पुल मुनि एउटा मरेको बच्चो भेटिएको थियो । जन्मनासाथ कसैले त्यसलाई खोलामा फ्ँयाकिदिएको थियो । पुलिसले अहिलेसम्म अपराधी फेला पार्न सकेको छैन । त्यो बच्चो वैध थिएन भने मान्छेले । त्यो कुनै वेश्याको सन्तान हुनुपर्छ पनि भने मान्छेले । पानीमा ढाडिएर कुरुप बनेको त्यो कलिलो छालालाई हेर्दै पुलमा उभिएका मानिसहरूले कुनै अज्ञात वेश्यालाई जाने जति सबैखाले सरापले किचेका थिए । त्यसको हप्ता दिनपछि उता कमलादीको खेत बीचको कुनै घरमा अर्को काण्ड मच्चियो । पद्मकन्या कलेजका तीन जना केटीहरू ड्रेस सहित पक्राउ परे धन्दा गर्दा गर्दै । कलेजकै बेइज्जत भयो । मान्छेले कलेजको उद्घाटनकै समेत कुरा काटे । पद्मकन्याका केटीहरू पैसा तिरेपछि पाइन्छन् वागबजार तिर भनेर हल्ला मच्चियो । यहींका मान्छेले कलेजका विरुद्ध जथाभावी टिप्पणी गरे । पेटीमा मान्छेको गाली सुत्रै नसक्ने भएपछि हामीले नै प्रिन्सिपललाई कलेजमा कडाइ गरियोस् भनेर निवेदन दियौं । कलेज लागेपछि जथाभावी बाहिर जान नदिइयोस् भनेर अनुरोध गर्‍यौं । हामी विद्यार्थीकै जोडबलमा कडा नियम बन्यो । हाम्रो कलेज जीवन पुनः शान्त र सुरम्य बन्यो भत्रे लाग्यो हामीलाई । तर कलेज भित्रको जीवन सपारेर बागबजारको सुनाम बढाउन सकेनछौं हामीले,” नन्दिताले आफ्नो भाषणको स्वरलाई तल ओराल्दै अनुरोध गरी,“आज छुट्टी छ । यसो छेउछाउ तिर डेरा खोज्नुस् । उता डिल्लीबजारको डाँडामा राम्रा मान्छे बस्छन् भन्छन् । हामी पनि त्यतै जाउँ ।” 



 

आफ्नी मायालु पत्नीको पिरोलो सुनेर रामचन्द्र खिसिक्क हाँस्यो । “कसैले राम्रो भन्दा सबैथोक राम्रो हुन्छ ? अथवा कसैले नराम्रो भन्दा सबैथोक नराम्रो हुन्छ ? हुंदैन । निरिह बागबजारको टाउकामा नभएको दोष थुपारेर उम्किन सक्दैन राजधानी ! ठूला शहरहरूमा कहाँ छैनन् वेश्याहरू ? शहर र सभ्यताको एउटा परिचय भैसकेको छ वेश्यावृत्ति । संसारको सबैभन्दा ठूलो शहर, लण्डनमा वेश्याहरू छ्याप्छ्याप्ती छन् । पेरिसमा वेश्याहरूले वेश्यावृत्तिको अधिकार सुरक्षित गर्न जुलुस निकाल्न थालिसकेका छन् । वेश्याहरू टोकियो र न्यूयोर्कमा छन् । हाम्रै छिमेकी मुलुकको बम्बइ, कलकत्ता र दिल्ली जस्ता ठूला शहरहरूमा पनि वेश्याहरू ग्राहक बोलाउदै पेटिमा उभिइरहेका हुन्छन् । अनि हाम्रो काठमाण्डौ पनि त्यस्तै ठूलो शहर हुने तरखर गर्दैछ । त्यसैले यहाँ पनि जहाँकहीं मौलाएको छ वेश्यावृत्ति । केही दिन पहिले वसन्तपुरमा वेश्या र नाङ्गा केटाहरूलाई समातेको समाचार छापेको थियो अखबारले । वेश्याहरू लज र होटलमा पनि समातिएका छन् । नदेखिने उपियाँ जसरी छरिएका छन् वेश्याहरू शहरमा । उमेर पुगेका, कलेज पढ्ने केटीहरू मात्र होइन, स्कूल पढ्ने उमेरका केटीहरू पनि लागेका छन् वेश्यावृत्तिमा । यस्तो समाजमा वेश्या नभएको ठाउँ खोज्दै जाँदा तिमी झन धेरै वेश्याहरूको बीचमा पुग्दिनौ भत्रे के ग्यारेण्टी छ ? त्यसैले कसैले भन्यो भन्दैमा यो ठाउँ नछोड । यति सस्तोमा यति राम्रो ठाउँ, काठमाण्डौमा भत्रासाथ पाइदैन । वसन्तपुर र नरदेवीतिर मैले साथीहरू बसेको ठाउँ देखेको छु । अँध्यारा र कोप्च्याक् कोठाहरूलाई पचास साठी रुपैयाँ तिरेका छन् तिनीहरूले । यहाँ कति आत्रद छ ? बिहानदेखि बेलुकासम्म झलमल्ल घाम लाग्ने एउटा कोठाको दाम तीस रुपैयाँ तिरेकी छ्यौ तिमीले । यो घर मानौं बेलायती साम्राज्य हो । मानौं, यो त्यस्तै साम्राज्य हो – जहाँ कहिल्यै घाम अस्ताउदैन । यति मात्र होइन । यसका अरु पनि फाइदा छन् । तिम्रो कलेज पाँच मिनेटमा पुगिन्छ । मेरो कलेज दश मिनेटमा पुगिन्छ । बाटामा कुनै घन्चमन्च छैन । मल खाँदे जसरी बसमा तिमीलाई कसैले निचोर्दैन । यति मात्र होइन । खान र बस्न उत्तिकै आत्रद छ । दिनभरि पानी आउछ । नुहाउन, धुन कुनै चिन्ता छैन । काउली चाहियो – यसो खेततिर हेरेर ज्यापु दाईलाई ल्याइदिनुस् न भन्दा भान्सैमा आइपुग्छ । आलु कित्र बजार चाहिदैन । ताजा सागसब्जी सबै घर ओरिपरि छ । कहिलेकाहींको अवगाललाई बिर्स । यस्तै हो संसार भनेर मन मार ।” 

“लोग्नेमान्छेलाई मन मार्न सजिलो छ । वदनामी त स्वास्नीमान्छेको ठेक्कामा न परेको छ ।” नन्दिताले झर्किंदै भनी, “तपाईंलाई कसैले केही भन्दैन । तपाईं पुरुष हो । वेश्याहरूसँगै भेटे पनि पुरुषलाई कसैले केही भन्दैन । पैसाको तुजुक देखाएर गोलभेंडा किने जसरी मान्छे कित्रे पाशविक मनोवृत्तिलाई कसैले दुत्कार्दैन । बिचरो निचोरिएको गोलभेंडा माथि नै सबैजना खत्रिछन् । कमलादीको त्यो खेतको घरमा केटीहरू एक्लै वेश्यावृत्ति गरिरहेका थिएनन् । तर कसैले केटाहरूलाई चर्चामा ल्याएन । तिनीहरू पनि त कुनै कलेजका केटै थिए होलान् । तर त्यो कलेजको नाम कसैले थाहा पाएन । पद्मकन्याले के अपराध गरेको थियो र कुनामको शिकार त्यसले बत्रु पर्‍यो ? टुकुचामा फ्याँकिने बच्चाकी के आमा मात्रै थिइ ? के त्यसको कुनै बाबु थिएन ? तर किन मानिसले त्यो बाबु बनेकोलाई सरापेनन् ? आमा र बच्चा दुइटैको जिन्दगी समाप्त पार्ने बाबुले किन कुनै दोष बोक्नु परेन ? बिचरी थिचिएकी आमा बेश्याका रुपमा किन दुर्नाम भई ?” नन्दिता एकछिन रोकिइ, “प्लिज (विन्ती), कहिलेकाहीं मेरो कुरालाई बहसमा नओराल्नोस् । कतै अलिक राम्रो ठाउँमा डेरा खोज्नुस् । अब त मेरो बि. ए. सिद्धिनै लाग्यो । म पनि काम गरौंला । पैसाको जोहो होला । बरु अलिकति बढी नै तिर्नुस्, तर नयाँ र राम्रो ठाउँमा डेरा खोज्नुस् ।” 

“ल भयो, भयो,” रामचन्द्रले हतार हतार आत्मसमर्पण गर्‍यो । “तिमी आफ्नो गनगन बन्द गर । मैले डेरा खोज्दिन भनेको होइन, एउटाको दोषको भारी सबैलाई बोकाउने मनलाई विदा देउ मात्र भनेको हुं । आजै नखोजुंला, भोलि नखोजुंला तर कुनै न कुनै दिन म डेरा खोजेरै छोडुंला । भएन ?” 

“तपाईंले डेरा खोज्नु हुत्र । तपाईंको बानी थाहा पाएको पनि अब त चार वर्ष पुरा भैसक्यो ।” नन्दिता हाँसी । “बिहे हुनु अघि तपाईं मेरा लागि अजङ्गको बाघ हुनुहुन्थ्यो । यत्रो बिध्न पढेको, विद्धान, काठमाण्डौमा बस्ने ! कस्ता कस्ता थिए थिए डरका घोडाहरू ! बिहेको दिनसम्म पनि मैले तपाईंको अनुहार हेर्न सकेकी थिइन । कतै घरको करले त तपाईं म जस्ती गाउंजे केटी बिहे गरिरहनु भएको छैन भनेर कन्यादान भैरहदा पनि म थरथर कामिरहेकी थिएँ । मेरो मनले भन्थ्यो – तपाईंकी एउटी केटी होली काठमाण्डौमा । त्यो म भन्दा राम्री होली, पढेलेखेकी होली, आधुनिक होली भनेर रन्थनिएकी थिएँ म जग्गेमा । जति जति माइतीको विदाइ नजिकिंदै थियो – त्यति त्यति म डर भित्र पेलिंदै थिएँ । बिहे भएर घरमा आएपछि पनि म भित्रको डर मरेको थिएन । मलाई त्यतिबेला पनि लाग्थ्यो – म तपाईंका बा आमाका लागि विधिविधान मिलाएर ल्याइएकी एउटी नोकर्नी मात्र हुं । कुनै दिन तपाईं मलाई फुत्त छोडेर काठमाण्डौ हिंड्नु हुन्छ र फेरि कहिल्यै नफर्किने गरी अज्ञात क्षितिजमा हराउनु हुन्छ भनेर म बेस्सरी आत्तिएकी थिएँ …।” 

“तर त्यस्तो भएन”, अब तिमीले यसै भन्छ्यौ भत्रे मलाई थाहा छ ।” रामचन्द्रले नन्दिताको कुरा काटेर भन्यो, “तपाईंले मलाई काठमाण्डौ बोलाउनु भयो । बा आमालाई नयाँ जमानाको कथा सुनाएर लट्ठ पारेर मलाई काठमाण्डौ ल्याउनु भयो । काठमाण्डौ ल्याउंदा पनि म भित्र नोकर्नीको डर बसिरहेकै थियो । कतै तपाईंको कोठामा एउटी आधुनिक स्वास्नीमान्छे बसिरहेकी त छैन भत्रे त्रासले म निमोठिएकी थिएँ । कोठामा आइपुग्ने बेलासम्म पनि, काम गर्ने मान्छे चाहिएर मलाई बोलाइएको होला भत्रे लागेको थियो । कोठा असरल्ल परेको देखेर मलाई सन्तोक लाग्यो । कोठामा कतै स्वास्नीमान्छेको गन्ध नभेट्दा मलाई आत्रद लाग्यो । मेरो मनले भन्यो – अब तैंले डराइरहनु पर्दैन । तेरो लोग्नेको शरीरमा अर्की स्वास्नीमान्छेको गन्ध टाँसिएको छैन । त्यसपछि तपाईंले मलाई कलेजमा पढाउन थाल्नु भयो । मेरो मन हलुङ्गो भयो । मेरो पढाइका बारेमा विशेष चासो देखाउन थाल्नु भयो । मलाई गाउँले केटीबाट शहरिया बनाउनु भयो आदि इत्यादि … ।” रामचन्द्र एकछिनका लागि रोकियो, “प्यारी श्रीमतीजी, तिम्रो टेपरेकर्ड मैले धेरैचोटी सुनिसकेको छु र अब मलाई यो क्यासेटका एक एक शब्दहरू कण्ठाग्र भैसकेका छन् । तिमी यो पुरानो टेप मलाइ देउ र भाषणको नयाँ श्रृङखला तयार पार ।” 

नन्दिता गुलाफको फूल भएर मुस्कुराई । विषय बटारिएकोमा रामचन्द्र सन्तुष्ट भयो । 

तर खाना खाइसकेपछिको फुर्सदमा रामचन्द्रको मन फेरि रुमल्लियो । नन्दिताको एउटा भनाइ ठिकै छ । वेश्या खोजिनु र स्वास्नीमान्छे हुनुको पिडा उसले खोलेकी छ । बाटामा भोलि कसैले उसैलाई ‘कति पैसा’ भनेर सोधिदियो भने ? अथवा भोलि कुनै अर्को छरिवाल उसको पिछा गर्दा गर्दै घरको ढोकैसम्म आइदियो भने ? अथवा, भोलि कसैले उ स्वयंलाई वेश्याको खोजीमा त्यतातिर भौंतारिइरहेको दलाल भनिदियो भने ? 

रामचन्द्र किन यसरी गल्यो ? पहिले उसले आफैसँग सोध्यो । तर त्यसको उत्तर कतै थिएन । आफैंले केही घण्टा अघि नन्दितालाई सम्झाएका शब्दहरू दोहोर्‍याएर उसले आफूलाई पनि सम्झाउन खोज्यो । अहं, त्यो मन सम्झिएन । 

वेश्याको संस्मरण, रामचन्द्रका लागि पहिलो थिएन । बिहे हुनु अघि उ वसन्तपुरको चोक भित्रको एउटा अँध्यारो कोठामा बस्थ्यो । त्यो विश्वविद्यालयको अन्तिम वर्ष थियो । कोठामा उसको एउटा साथी पनि थियो । दुइ जनाको बसाइ । खान–पान, पढाइ–लेखाइ सबैमा सजिलो थियो । त्यो तलामा अर्को पनि एउटा कोठा थियो । त्यहाँ दार्जिलिङ्गतिरबाट आएको एउटा कर्मचारी बस्थ्यो । 

“हामी यो कोठा छोडौं,” एकदिन साथीले बेलुकाको भात खाँदा खाँदै भन्यो, “यहाँ मान्छेको इज्जत जान पनि सक्छ । केही नगरी पनि इज्जत जान सक्छ ।” 

रामचन्द्र भातको गाँसलाई मुखको कुनातिर लडाएर खिसिक्क हाँस्यो । 

“तिमी थाहा पाउदैनौं । किताबका किराहरू यस्तो कुरो थाहै पाउदैनन् । तिमी कल्पना पनि गर्न सक्दैनौ ।” केही बेर अलमलिएपछि साथीले भन्यो, “यो घरमा वेश्याहरू आउछन् ।” 

रामचन्द्रलाई कसैले चड्याम्म गालामा हाने जस्तो लाग्यो । घरैमा वेश्याहरू आउने कुरा उसका लागि कोलम्बसको अमेरिका आविष्कार जस्तै थियो । उसले वेश्या शब्द नसुनेको होइन । एकाध हिन्दी सिनेमा हेर्दा उसले कोठा भित्र नाचिरहेका बाइहरूलाई वेश्या भनेको सुनेको थियो । उसले अखबारहरूमा पनि वेश्याको समाचार पढेको थियो । लखनउ, कलकत्ता, दिल्ली जस्ता शहरहरूमा वेश्याहरूले नै ग्राहकलाई च्याप्प समातेर कोठामा लैजान्छन् भत्रे पनि कतै पढेको थियो । तर काठमाण्डौमा, त्यसमाथि काठमाण्डौको मुटु मात्रिे वसन्तपुरमा वेश्याहरू पाइन्छन् भनेर उसले सपनामा पनि चिताएको थिएन । तर उसको सपनैमा नभएको घटना उ बसेकै घरमा घटिरहेको थियो । साथीले भनेको कुरो उसलाई अझै पत्याउन मन लागेन । 

“परेपछि थाहा पाउछौ । कुनै दिन पुलिसले तिम्रो दैलोमा डण्डा मारेपछि थाहा पाउछौ ।” साथीले झर्किंदै भन्यो, “भोलि र पर्सी दुइ दिन बिदा छ । हामी दुइ दिनमै डेरा खोजेर यहाँबाट सर्नुपर्छ ।” 

डेरा सर्ने कुराप्रति रामचन्द्रलाई कुनै आपत्ति थिएन । काठमाण्डौमा आएर डेरा सरेको धेरै भैसकेको थियो । पहिले उनीहरू क्षेत्रपाटीमा बसेका थिए । त्यसपछि उनीहरू केलटोलमा सरे । उनीहरूको तेश्रो सराइ मरुहिटीमा थियो । यो उनीहरूको चौथो डेरा थियो र पाँच नम्बरको डेरामा जान रामचन्द्रको मनले आपत्ती मात्रु पर्ने कुनै कारण थिएन । तर उसको मन चौ चौ भयो । 

‘वेश्या कस्ती हुन्छे ?’ उसको मनले सोध्यो । वेश्याहरू के किताबमा पढे जस्ता हुन्छन् ? कि अखबारमा लेखे जस्ता हुन्छन् ? अथवा तिनीहरू हिन्दी सिनेमाका जस्ता लामा लामा घाँघर लाएका, राम्रो अनुहार भएका पो हुन्छन् कि ? 

डेरा सर्नु अघि एकपल्ट टाढैबाट भए पनि वेश्यालाई त हेर्नैपर्छ – रामचन्द्रको मनले माग्यो । उसले थालको भात सिध्याउदै गरेको साथीलाई भन्यो, “यहाँ वेश्या आउछे भनेर तिमीले कसरी जान्यौ ? के तिमीले त्यसलाई देख्यौ ?” 

“देखें । चिनें । अनि डराएँ ।” साथीले अड्किई अड्किई भन्यो । “पल्लो कोठामा बस्ने मान्छे काठमाण्डौमा एक्लै छ । त्यो कुनै विदेशी संस्थामा जागिर खान्छ । तर रातपरेपछि बेला बेलामा त्यो कोठामा स्वास्नीमान्छे छिर्छे । त्यो एउटै हुत्र । कहिले त्यो सारी लाएकी लामो कपाल भएकी स्वास्नीमान्छे हुन्छे त कहिले त्यो कपाल गर्धनसम्म काटेकी कुर्ता सुरुवाल लाएकी केटी हुन्छे … ।”

“आफन्त पनि त हुन सक्छन् । हाम्रैमा पनि त केटीहरू आएका छन् । तिनीहरू साथी पनि हुन सक्छन् ।” रामचन्द्रले बीचैमा कुरो काट्यो । “सक्दैनन् भनेर मैले कहाँ भनेको छु र ? पहिले पहिले मैले पनि त्यही भन्ठानेको थिएँ । केटीहरू खालि राती राती मात्र आउन थालेपछि मलाई शंका लाग्यो । आफन्तहरू रातपरेपछि आउने, कहिले दश बजेतिर निस्कने अनि कहिले विहान उज्यालो खस्ने बेलामा कोठाबाट बाहिर जाने गर्दैनन् । तिनीहरू लुक्दैनन् । त्यसैले म चियो बसें । त्यो स्वास्नीमान्छे को हो भनेर त मैले चित्रि । तर त्यो केटी स्कूले विद्यार्थी हो भत्रे मैले थाहा पाएँ । त्यतिले मात्र पनि म ढुक्क हुन सकिन । मैले अरु थप जानकारी खोजें । तिनीहरू कुनै आफन्त होइनन् भत्रे थाहा पाएँ । तिनीहरूको जात मिल्दैन । संस्कृति मिल्दैन । संस्कार पनि मिल्दैन । अन्तमा मैले यही मान्छेसँग सोधें । उसले कुनै उत्तर नदिइ हाँस्दै मसँग सोध्यो, –बाजे, घरकी स्वास्नीको सम्झना आयो ?’ म छक्क परिन । उसैले मलाई वेश्याहरूको रेट बतायो ।” 

रामचन्द्र छक्क पर्‍यो । नाकमुनि एउटा महाभारत भैसकेछ – उसलाई पत्तै छैन । 

विदाको दिन रामचन्द्र कतै गएन । उसको मन भित्रको वेश्या हेर्ने रहर झन झन बलियो भएर आयो । वेश्या शब्द प्रति रामचन्द्र भित्र एउटा घृणा थियो । तिनीहरूको शरीर आफैंमा कुहेको हुन्छ ? कि तिनीहरू बर्खायाममा देखिने चिप्लेकिरा जस्ता हुन्छन् ? तिनीहरूको शरीरबाट वाक्वाकी लाग्ने दुर्गन्ध पो निक्लिन्छ कि भत्रे कल्पनाले उसको शरीर चिलायो । तर पल्लो कोठामा आउने वेश्यालाई नछोइकन हेर्न रामचन्द्रको मनले राल काढ्यो । 

वेश्या–दर्शनको यो लोभ किन मौलायो ? रामचन्द्रको मन छक्क पर्‍यो ? के केटो हुनु नै यसको कारण हो ? कि उमेरले जन्माएको यौनजन्य लोभ हो यो ? कि साँच्चै ज्ञानको भोक मात्रै पो हो कि ! जे भए पनि आइमाइ आइमाइ नै हो । सति सावित्री पनि आइमाइ हो र द्रौपदी पनि त्यही आइमाइ हो । पल्लो कोठामा आउने अज्ञात वेश्या पनि त्यही आइमाइ हो । कलेजमा सँगै पढ्ने एक दर्जन केटीहरू पनि आइमाइ मात्र हुन् । तिनीहरूसँग रामचन्द्र बोलेको छ । उनीहरूका गन्थन सुनेको छ । उनीहरूले जिस्क्याएको बेहोरेको छ । फेरि पनि वेश्याको शरीर हेर्ने मनको रहर झन झन किन हुर्किइरहेछ ? 

रामचन्द्रलाई चौ चौ भइरह्यो । चौथो रात खोजेर होइन, सन्जोगले रामचन्द्रले केटी भनिएकी वेश्यालाई आफ्नो दैलोमा भेट्टायो । 

त्यो रात डेरामा आउदा ढिलै भैसकेको थियो । त्यस्तै साढे नौ जति बजेको थियो होला । बाहिर सडक त जीवितै थियो, तर चोकहरूमा मुर्दापन आइसकेको थियो । मानिसहरू हतारिएर कोठातिर लागिरहेको देख्नसम्म सकिन्थ्यो । तर उनीहरूसँग उभिएर गफ गर्न भ्याइदैनथ्यो । महेन्द्ररत्न कलेजको गल्लीबाट भित्र पसेपछि अंध्यारोलाई चलाउदै रामचन्द्र आफू बसेको चोकतिर लाग्यो । 

पश्चिमपट्टीबाट आउने गल्लीको मुखमा रामचन्द्रको एउटी केटीसँग जम्काभेट भयो । आफ्नो संस्कार अनुसारको शिष्टाचार देखाउदै रामचन्द्र एउटा किनारमा उभियो । केटी उसको अघि अघि लागी । रामचन्द्रलाई ठाडै उसको पछिल्तिर हिंड्न मन लागेन । उ दश बाह्र हात परै उभियो । 



 

केटी उसको डेराको आँगनमा ओर्लिइ र सरासर दैलातिरर लागी । रामचन्द्र पनि त्यतै लाग्यो । भुइंतलाको दैलो रातको दश बजेसम्म उघारै हुन्थ्यो । केटीले अभ्यस्त हातले ढोकाको फब्ल्याटो ठेली । छक्क परेको रामचन्द्र आगनमा ओर्लियो । 

दुबै जना सँगसँगै जस्तो भर्‍याङ्ग उक्लिए । त्यतिबेलासम्म पनि रामचन्द्र भित्र त्यो केटीप्रति खासै चासो जागेको थिएन । माथिल्लो तलामा बस्ने घरपेटीको कोही आफन्त हुनुपर्छ – उसको मनले भनिरहेको थियो । 

रामचन्द्र भर्‍याङ्गको मुखनेर पुग्दा केटी, उताको दार्जिलिङ्गेको दैलो टुक् टुक् गर्दै थिइ । भर्‍याङ्ग छोडेर एक पाइला अघि बढेको रामचन्द्रले हेर्दा हेर्दै केटी कोठाभित्र फुत्त पसी । 

त्यो त्यही वेश्या रहिछे – रामचन्द्रले बल्ल थाहा पायो र थाहा पाएर उ छक्क पर्‍यो । त्यो वेश्या त केहीछिन अघिसम्म रामचन्द्रका लागि ज्ञानी केटी मात्र थिइ । उ वेश्या भएको थाहा हुनु अघिसम्म रामचन्द्रका लागि उ सम्मानयोग्य थिइ । उसले आफ्नो छेउमा आएकी केटीलाई बाटो छोडेको थियो । केटी नडराओस् र आफू प्रति कुनै दुर्भावनाको बिरुवा नमौलाओस् भनेर उ दश बाह्र पाइला पछि बसेको थियो । तर कोठामा छिर्ने बेलामा रामचन्द्रलाई लाग्यो – उसले त फगत एउटी वेश्यालाई पो बाटो छोडेको रहेछ । 

रामचन्द्रको मन पोलिरह्यो । वेश्या, स्वास्नीमान्छे अनि वेश्याको बीचमा उसको मन हुंडल्लिइ रह्यो । एउटा केटीलाई रातको साढे नौ बजे बाटो छोडेको सम्झिदा त्यतिबेला गर्व गरिरहेको उसको मन रातभरि पिडाले छटपटाई रह्यो । केटीले आपूmलाई कतै फेरफार गरेकी थिइन, फेरिएको थियो रामचन्द्रको मन । 

बिहान पाँच बज्नु अघि नै केटी कोठाबाट बाहिर निस्किएको रामचन्द्रले थाहा पायो । 

त्यसको हप्ता दिनमै उनीहरूले त्यो डेरा छोडेका थिए । आफ्नो इज्जतको पिरोलोले छोडेका थिए । कुनै दिन त्यो केटीले आफ्नै कोठाको ढोका ढक्ढक्याएर आफ्नो शरीरलाई भित्र हुल्ली भत्रे डरले छोडेका थिए । 

हिजो त्यत्रो डर मात्रे रामचन्द्रलाई आज किन डर नलागेको होला ? विदाको घामको रापलाई केलाउदै रामचन्द्रले आफूसँग सोध्यो । एकछिन उसको विद्धता अलमलियो । घरि घरि खेतहरूबाट बग्दै आएको चिसो सिरेटो घरको छतको डिलमा लुगा सुकाइरहेकी नन्दितालाई जिस्क्याउँदै पूर्वतिर हेलिंदै थियो । 

‘हुनसक्छ, मेरो शरीरले बिहेको सर्टिफिकेट पाएको हुनाले मनभित्रबाट डर खेदिएको होस् । अथवा हुनसक्छ, मसँग घरमै एउटी स्वास्नीमान्छे भएको हुनाले डर भागेको होस् । म भित्रको आत्मविश्वासको कारण नन्दिता पनि त हुनसक्छे । तर नन्दिताको आत्मविश्वास मेरा कारण नजन्मिन सक्छ । स्वास्नीमान्छे नै वेश्या हो भन्ठात्रेहरूले उसलाई पनि त्यही ठान्लान् भनेर उ डराएकी हुनसक्छे । त्यसैले नन्दिताका लागि मैले डेरा खोजिदिनै पर्छ । उसले सुरक्षाको अनुभूति गरेको ठाउँतिरै डेरा खोजिदिनु पर्छ ।’ 

“नुहाएर घाममा बसेको एक घण्टा भैसक्यो, अब तल हिंड्नोस्,” नन्दिताले रामचन्द्रको मनलाई बिथोली । उ केही नबोली भर्‍याङ्ग तिर लाग्यो । नन्दिताले उसका पाइलाहरू पछ्याई । 

“म डेरा खोज्न जान्छु,” आफ्नो कोठामा पुगेपछि रामचन्द्रले भन्यो । “म आजैदेखि डेरा खोज्ने काममा लाग्छु ।” 

नन्दिताले छक्क परेर लोग्नेको अनुहारमा हेरी । उ बिहानकै जसरी खिसिक्क हाँसी । 

“तपाईंलाई कुन भुतले लखेट्यो र डेरा खोज्ने धुन शुरु भो ?” नन्दिताले हाँसोसँगै रामचन्द्रको कमेजको कलर मिलाइ दिई । “तर मलाई लाग्छ – अब डेरा सर्नु हुंदैन । डेरा सर्नुपर्ने आवश्यकतै छैन । तपाईंले बिहान यहाँको डेराको फाइदा सुनाएपछि मेरो चित्त बुझ्यो । क्लास शुरु भएपछि कोठाबाट निस्किदा पनि हुने ठाउँ छोडेर कता जानु ? म अझै दुइ वर्ष भन्दा बढी यहीं पढ्छु । तपाईंको पनि हत्तपत्त सरुवा हुंदैन । किनमेलको सुविधा छ । पानीको सजिलो छ । घरपटीको चिन्ता छैन । अब हुन्दिनोस् ।” 

“अनि वेश्यावृत्तिको कुरो ?” रामचन्द्रले अलमलिंदै सोध्यो । 

“आफ्नो मन चोखो भएपछि अरुले हानेको ढुङ्गो लाग्दैन । त्यसबाहेक डेरा सरेको अर्को ठाउँमा पनि वेश्याहरू भेटिए भने ? त्यहाँ पनि मान्छे, वेश्या खोज्दै टोलमा छिर्‍यो भने ? तपाईंले नै भनेको होइन, काठमाण्डौ सभ्यहरूको ठूलो शहर हुने कोशिश गरिरहेछ अनि वेश्यावृत्ति सभ्यताको एउटा अङ्ग भैसकेको छ भनेर ? मलाई चित्त बुझ्यो ।” 

“त्यो त मेरो पुरुष मानसिकताले भनेको थियो । इज्जतको दाग त फेरि पनि महिलाकै लुगामा लाग्छ नि ।” 

“लागोस्,” नन्दिताले झ्यालमा उभिएर न्यासनल नाइट कलेजको भवनतिर हेर्दै भनी, “मैले साहुबाको रिस र उहाँको झापड सम्झिएपछि आफूलाई सम्हालें । वेश्या खोज्न आउने हरेकलाई त्यसै गरी पिट्ने हो भने टोल मुक्त हुनसक्छ । त्यसैले हुन्दिनोस् । नजानोस् । हामी यो डेरा छोड्दैनौं । कम्तिमा पनि दुइ चार वर्षलाई यो ठाउँ छोड्न हामी सक्दैनौं ।” रामचन्द्र हाँस्यो ।

*

(३) 

नन्दितालाई वालकृष्ण समका बारेमा जात्र साह्रै चासो थियो । टाउकामा कालो टोपी, टोपी मुन्तिरका चिल्ला गाला र गालाहरूमा समेटिएको उज्यालो अनुहार ! घाँटी छोपिएको कालो रङ्गको लामो, घुँडा भन्दा मुनिसम्म लत्रिएर सडक बढार्न खोजिरहेकी स्वास्नीमान्छे जस्तो लाग्ने दौरा, होकि होइन जसरी देखिने टमक्क मिलेको कालै सुरुवाल र कालो चम्किलो जुत्ता लाएका वालकृष्ण समलाई नन्दिताले पहिलो पटक कमलपोखरीबाट रानीपोखरी तिर आइरहेको बेला देखेकी थिई । 

कमलपोखरीको कृष्ण पाउरोटी भण्डारको छेउमा बाटोमा उभिएको रामचन्द्रले उसलाई हल्लाउदै भनेको थियो, “उ वालकृष्ण समजी आउनु भयो ।” त्यसपछि उ उभिएको ठाउँबाट एक पाइला अघि बढेको थियो । उसले दुइ हात जोडेर ‘नमस्कार कविज्यू’ भन्दा वालकृष्ण समको ओठ मुसुक्क हाँसेको थियो । समजीले विनम्रतापूर्वक उसलाई ‘सन्चै’ भनेर सोधेको देख्दा नन्दिता छक्क परेकी थिई । उसले पनि लोग्नेको छेउमै उभिएर समजीलाई नमस्कार गरेकी थिइ । रामचन्द्रले पत्नीको अनुहारमा पुलुक्क हेरेर भन्यो, “कविज्यू, यिनी मेरी पत्नी हुन् ।” 

समजीले आफ्ना वात्सल्यपूर्ण आँखाहरूले उस माथि ममताको वर्षा गराउनु भएको थियो । 

धेरै रात नन्दिताको आँखामा समजीको त्यो तस्वीर नाचिरह्यो । त्यसभन्दा अगाडि उसले त्यति ठूलो मानिसलाई नजिकबाट हेर्ने मौका पाएकी थिइन । टाढाबाट सुनिएका मानिसहरू प्रति नन्दितामा सम्मान भाव भएको मात्र होइन, ती मानिसहरूले नै इतिहास बनाउछन् भनेर उसले सानैदेखि शिक्षा पाएकी थिइ । त्यस्ता मानिसहरूको संगतीले मात्र पनि आफू पवित्र हुन पाइन्छ भत्रे उसलाई लागेको थियो । पुराना कुराहरूको नन्दितालाई सम्झना छैन । किताबहरूमा उसले लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधानहरूका बारेमा पढेकी थिइ । उहाँहरूका भेटे जतिका रचनाहरू पनि उसले सिध्याइसकेकी थिइ । तर ती महान मानिसहरूको मरणका बारेमा उसलाई कुनै जानकारी थिएन । महानताको अकाल–मृत्युको कथा उसले नसुनेरै जीवनलाई यहाँसम्म तानेकी थिइ । उसले ठूलो मृत्युको अनुभूति लेखनाथ पौड्याल विदा हुंदा गरेकी थिइ । हाई स्कूलको पढाइ सकिसकेकी थिई उसले त्यतिबेला । बजार छोड्नु अघि साथीहरूसँग भेटघाट गर्न स्कूल पुगेको बेला उसले एक्कासी सुनी – लेखनाथ पौड्यालको निधन भएको हुनाले शोक मनाउन स्कूल विदा भयो रे । पछि स्कूलको नेपाली सरको सकृयतामा बजारमा एउटा गोष्टी भएथ्यो । नन्दिता विद्यार्थीहरूको हुलमा सबैभन्दा अगाडि गएर बसेकी थिई । स्कूलको हेडसरले लेखनाथ पौड्यालको पिंजराको सुंगाको कथा सुनाउदै, कवि शिरोमणिको महानताको चर्चा गर्नुभएको थियो । गुरुले तरुण तपसीको पद्यात्मक पाठ गरेर जीवनको शिक्षा प्रदान गरिरहंदा नन्दिताको किशोर मन श्रद्धा र श्रद्धान्जलीले छपक्कै भिजेको थियो । 

त्यसै दिनदेखि नन्दिताले लेखकहरू इतिहास निर्माण गर्ने गरी महान हुंदा रहेछन् भत्रे ठानेकी थिइ । त्यसपछि उसले मोतिराम भट्ट, भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्र सिंह प्रधानलाई दोहोर्‍याइ, तेहर्‍याइ पढेकी थिई । त्यही पढाइको तीब्रतामा उसले वालकृष्ण समको इच्छा भत्रे कविता पढेकी थिइ र कविता पढेर उ मक्ख परेकी थिइ । कस्तो कविता हो यो ? मन जस्तो कविता ! उसले त्यतिबेला कवितासँगै आफूलाई नचाएकी थिई । 

साहित्य प्रतिको त्यही रुचीले उसलाई नेपालीको विद्यार्थी बनाएको थियो । 

त्यसैले वालकृष्ण समको प्रत्यक्ष दर्शन नन्दिताका लागि भगवान दर्शन जस्तै भएको थियो । 

कविहरू प्रति आफ्नो मनमा जागेको भावनालाई उसले केही दिन आफैंसँग राखी । तर वालकृष्ण समलाई भेटेको र आफ्नो लोग्नेले सधैंको चिनारु जसरी उहाँसँग कुरा गरेको देखेको उसको मनले उसलाई चुप लागेर बस्नै दिएन । हप्तासम्म रन्थनिएपछि उसले एकदिन मनको कुरो लोग्नेलाई सुनाएकी थिई । 

आफ्नी पत्नीको निर्दोष अनुहारमा हेरेर रामचन्द्र मुसक्क हाँसेको थियो । भरखर भरखर शहर आएकी उसकी नन्दिताको मनमा कस्ता भावनाहरू उर्लिइरहेका छन् भत्रे उसले बुझेको थियो । त्यसैले विषयलाई सहज बनाउन उसले भनेको थियो, “कविहरू महान हुन्छन् । त्यसैले तिनीहरू सरल हुन्छन् । तिनीहरू कुनै सरदार होइनन् । तिनीहरू तिमी हामी जस्तै मानिस हुन् र काठमाण्डौमा तिमी तिनीहरूलाई जहाँकहीं पनि भेट्न सक्छ्यौ । तिनका बारेमा तिमीले डर बोक्नु हुंदैन । गोष्टीहरूमा वालकृष्ण सम जानुहुन्छ, सिद्धीचरण श्रेष्ठ जानुहुन्छ, कहिलेकाहीं पारसमणि प्रधान पनि यता आउनु हुन्छ, बदरीनाथ गुरुको मुस्कानपूर्ण अनुहार हेर्दै तिमी आफ्नो लामो गन्थन सुनाउन सक्छ्यौ, भूपी सेरचन त तिमीसँग कवितामै जिस्किदिनु हुन्छ, मात्नु भएको रहेनछ भने अगमसिंह गिरीलाई तिमी जहिले पनि भेट्न सक्छ्यौ, भरखरै मदन पुरस्कार पाउनु भएकी पारिजातको तिमी कोठैमा जान सक्छ्यौ । भिमनीधि तिवारीलाई तिमी यहीं डिल्लीबजारको उकालोमा रोकेर केही कुरा सोध्न सक्छ्यौ । नासोका कथाकारलाई तिमी छेउमै गएर नमस्कार गर्न सक्छ्यौ । महात्रद सापकोटाको आडैमा बसेर तिमी उहाँसँग इलामको कथा सोध्न सक्छ्यौ । बिमारी भए पनि गोपालप्रसाद रिमाल तिम्रो सम्मानको मान राख्नसक्नु हुन्छ । एउटा कुरा मात्रै बुझ – सबै श्रष्टाहरू मानिसका रुपमा साधारण हुन्छन् । साधारण भएर नै तिनीहरू महान भएका छन् । श्रष्टालाई थाहा हुन्छ – मान्छे, सबैभन्दा पहिले मान्छे मात्र हो । पछि थपिएका र थोपरिएका जिम्मेवारीहरूले मान्छेको मनमा सानो र ठूलोको भ्रम सिर्जना गरिदिएको हो । श्रष्टाहरू भ्रम र यथार्थ बीचको भेद छुट्याउन जान्दछन् । त्यसैले श्रष्टालाई ज्ञानी मात्रिछ र ज्ञान सधैं विनम्र हुन्छ । श्रष्टाहरूलाई सम्झिएर धकको पिडा बोकेर नछटपटिउ । उनीहरूलाई उचाली नसक्नुका भारी नठान । तिमीले किताबमा पढेका मानिसहरू अक्षरहरूमा डरलाग्दा होलान् । तर उनीहरू जीवनमा अत्यन्तै सरल छन् । यदि जीवनमा तिनीहरू सरल छैनन् भने, यदि जीवनमा तिनीहरू मानव मात्रको महानता बोक्दैनन् भने जान, तिनीहरू श्रष्टा हुन पनि सकिरहेका छैनन् ।” 

नन्दितालाई लोग्नेको बोली मन परेन । कतै त्यस्तो पनि हुन्छ ? त्यत्रा ठूला मानिसहरू यति सजिला हुन्छन् ? जेपायो त्यही भत्रु हुन्छ ! ठूला मान्छेको बोली नै भित्र हुन्छ । चालढाल नै भित्र हुन्छ । 

नन्दिताले ठूला मानिसहरू देखेकी थिइ । एकपल्ट स्कूलबाट घर फर्किंदा उसले ठूला मानिसलाई देखेकी थिइ । दौडाहा भनेका थिए उसका दाजुहरूले । घिउ रङ्गको सुकिलो दौरा सुरुवालमा खैरो रङ्गको कोट लगाएको, ठूलो घोडामा चढेको, चिल्लो र मोटो अनुहारमा हराउन हराउन आँटेको नाक र चिरेर तन्काएका जस्ता साना आँखा भएको त्यो ठूलो मानिसलाई बाटोको दुइ किनारमा उभिएकाहरूले झुकेर नमस्कार गरेको देखेकी थिइ नन्दिताले । सबैजना निहुरिंदै उसलाई नमस्कार गरिरहेका थिए, तर उ कसैको पनि नमस्कारलाई देखिरहेको छ जस्तो लाग्दैनथ्यो । 

उसले बेलुका आफ्नो दाजुलाई दौडाहाको बानी मन नपरेको कुरा गरेकी थिई । त्यतिबेला दाजुले हाँस्तै भनेको थियो, “ठूला मान्छेको चाल त्यस्तै हुन्छ लाटी ।” 

नन्दिता छक्क परेकी थिइ । उसलाई लाग्यो – ठूला मान्छे भनेका सुकेका अकबरे खोर्सानी जस्ता हुंदा रहेछन् । निचोरिएका र पिरा । 

एस. एल. सी. जाँच दिने अघिल्लो दिन उसले अर्को ठूलो मानिसलाई देखेकी थिइ । कालो अनुहारको, अग्लो, मोटो र डालिलो त्यो मानिस एस. एल. सी. जाँचको सबैभन्दा ठूलो मानिस थियो । उनीहरूको सुप्रिन्टेण्डेण्ट (सबैले यही शब्द प्रयोग गरेका थिए उसका लागि) भएर उ सदरमुकाममा आएको थियो । बेलुका घर फर्किने बेलामा उसले त्यो सुप्रिन्टेण्डेण्टलाई टुंडिखेलको छेउमा उभिएर पश्चिमतिरको ट्याम्के डाँडो नियाली रहेको देखेकी थिइ । उनीहरूलाई डरले थरथर कमाउने स्कूलको हेडसर त्यो मानिसका अघिल्तिर उनीहरू जत्तिकै डराएर उभिएको थियो । हेडसरको बोली अड्की अड्की निस्किइरहेको थियो । तर त्यो मानिस शालिक जस्तो भएर उभिएको थियो । मानौं, हेडसरको बोली र उसका बीचमा कुनै सम्बन्धै छैन । 

उसले एकपल्ट फेरि आफ्नो दाजुसँग हेडसरलाई पटक्कै वास्ता नगर्ने त्यो मानिसका बारेमा सोधेकी थिई । दाजुले उसलाई भनेको थियो, “उहाँ बुढाथोकी सर हो । तिमीहरूको सुपरेन्टेण्डेण्ट भएर आउनु भएको छ । ठूलो मान्छे हो । चिट चोरेको पटक्कै मन पराउनु हुत्र । उहाँले धेरैलाई रेष्टीकेट गरिसक्नु भएको छ । पढ्ने विद्यार्थीलाई माया गर्ने र फटाहालाई कडा सजायँ गर्नेमा उहाँको ख्याती नेपाल भरि फैलिएको छ ।” 

दाजुको कुरा सुनेर नन्दिता रातभरि डराएकी थिइ । चिट चोर्ने त उसको बानी थिएन । तर त्यो ठूलो मान्छे, लेखिरहेको बेला उसको छेउमा आएर ठिङ्ग उभियो भने के गर्ने होला भनेर उ तर्सिएकी थिइ । 



 

तर बुढाथोकी सर उसको छेउमा आउनु भएन । उसको कोठामा पनि आउनु भएन । जाँच सकिए पछि उसले दाजुलाई आफ्नो मनको डर सुनाएर लामो सास तानेपछि दाजुले भनेको थियो, “ठूला मान्छेहरू तँ जस्ता रगरगे हुन्छन् त ? उहाँलाई स्कूल प्रति विश्वास थियो । यहाँ चोरी चकारी हुंदैन भत्रे विश्वास थियो । त्यसैले उहाँ भित्र गइरहनु भएन । उहाँले गार्डहरूलाई अह्राउनु भयो । हेडसरलाई जिम्मेवारी दिनु भयो । आफ्नो कर्तव्य निर्वाहा गर्नुभयो । बस् ।” 

भनिरहनु परोइन, नन्दिताको दाजु त्यही स्कूलको गणित शिक्षक थियो । 

नन्दिताको स्मृतिमा ठूला मान्छेको डर लुकेको थियो । त्यसैले उसले आफ्नो लोग्नेको निष्कर्ष पचाउन सकिन । ठूला मान्छेहरू त्यति सहज हुन सक्छन् भत्रे उसलाई कहिल्यै लागेन । नन्दिताको कलिलो मनलाई लाग्यो – उसको लोग्नेले ठूलो मान्छेको बानी थाहा पाएको छैन, ठूला मान्छेको महत्ता पनि बुझेको छैन । तीन पटकसम्म ठूला मान्छेको चर्चा गर्दा लोग्नेले उसको आग्रहलाई अत्यन्तै हलुका बनाउन खोजेको देखेपछि नन्दिताले ठूला मान्छेका बारेमा लोग्नेसँग कुरै गर्न छोडेकी थिई । तर उसले आफ्ना कलेजका मन मिल्ने साथीहरूलाई ठूला मान्छे भेट्ने रहरको समाचार सुनाउन चाहिं छोडेकी थिइन । बाहिर जिल्लाबाट आएका दौंतरी केटीहरूको मन उस्तै उस्तै थियो । उनीहरू सबैका लागि ठूलो मान्छेको स्वरुप पनि उस्तै नै थियो । त्यसैले तीन जना गाउँले केटीहरू, ठूला मान्छेहरू, अर्थात कविहरूको संगति कसरी भेट्टाउन सकिन्छ भनी कपाल केलाउन थाले । 

एउटा दिन आयो । तिनीहरूको मनोकांक्षा पुरा हुने दिन आयो ।

“असनमा कविता सम्मेलन छ,” एकदिन रजनीले उसलाई खुसुक्क भनी । “भोलि दुइ बजे कविता सम्मेलन छ । त्यहाँ वालकृष्ण सम र सिद्धीचरण श्रेष्ठ आउनु हुने रहेछ । जाने हो ?” 

नजाने कुरै थिएन । 

नन्दिता लोग्नेसँग यस्ता कुरा लुकाउदिन थिई । उसले सोही साँझ आफ्नो लोग्नेलाई कवि सम्मेलनका बारेमा भनी । रामचन्द्रले उसको कुरा खाँदै भन्यो, “राम्रो, म पनि जाउँला । रजनीलाई भन । तिम्रा अरु साथीहरूलाई पनि भन । म तिमीहरूलाई त्यहाँ पु¥याउँला । कविज्यूहरूसँग परिचय पनि गराउंला ।” 

नन्दिता दङ्ग परी । 

कवि सम्मेलन राम्रो थियो । दक्षिणतिरको मञ्चमा, भलादमी पाराले बसिरहनु भएका वालकृष्ण समलाई नन्दिताले चिनिहाली । रामचन्द्रले भन्यो, “उता छेउमा बस्नुभएको चाहिं सिद्धीचरण श्रेष्ठ हो । दुब्लो दुब्लो पातलो । उहाँ नेपाली र नेवारी दुबैमा लेख्नु हुन्छ ।’ 

नन्दिताले श्रद्धाले भिजेको मनले सिद्धीचरणलाई नमस्कार गरी । 

आकाशको घाम पश्चिम पट्टीका भित्ताहरूमा अडेस लागेर उभिएको थियो । मानिसहरू एक अर्काको सास बोलेको सुत्रिछ कि भने जसरी होसियार भएका थिए । मौनताको साम्राज्य थियो चोकमा । कविहरू पालै पालो उठ्थे । कविताको शीर्षक सुनेर कहिलेकाहीं अनुहारहरू मुसुक्क हाँस्थे । सगरमाथाको छाति, आगोको खेती, कोशीको रगत, के के हो के के । कविताको गर्जन सुनेर नन्दिता छक्क परी । कविता सुनिरहदा नन्दितालाई लाग्थ्यो – मानौं नजिकै अरुण बगिरहेको छ र छालहरूले घरी घरी उसको लुगामा छिटा हानिरहेका छन् । एकपल्ट कविता सुन्दा सुन्दै नन्दिताले बाराहक्षेत्रको भिर सम्झिई । सम्झिदा पनि थररर काम छुट्ने पहरो जस्तै लाग्यो नन्दितालाई । अहो, कविता पनि कति डरमर्दो ? यस्ता कविता हिजोको जीवनमा उसले सुत्रै पाएकी थिइन । 

नन्दितालाई डरले छोयो कविताले छोएन । छुनुपर्छ भत्रे पनि उसलाई लागेन । कविताहरूको बीचमा पहिले वालकृष्ण समले भाषण गर्नुभयो । कविताको भाषण । कविता जस्तो भाषण । समले के बोल्नुभयो ? नन्दिताले थाहा पाइन । उसलाई भाषणको मात लागे जस्तो भयो । झन झन छक्क परी नन्दिता आफैंसँग । किताबमा पढेको कविताको आवाज कति मिठो ? 

समजीको भाषणपछि फेरि केही कविताहरू आए चोकमा । एकछिन तिनीहरू छुनुमुनु गर्दै नाचे । नन्दिता कविताहरूमा एकैछिनका लागि हराई । 

त्यसपछि आउनु भयो सिद्धीचरण श्रेष्ठ । युगकवि भनेको के होला भत्रे लागेको थियो नन्दितालाई । कविजीको भाषण सुनेर नन्दिता छक्क परी । उसले समजीको साहित्यिक भाषण टिप्न सकेकी थिइन । तर सिद्धीचरण बोलिरहनु हुंदा नन्दितालाई लाग्यो – बोलीहरू उसकै मुखबाट निस्किइरहेका छन् । हो, उच्चारणमा भित्रता थियो । नन्दितालाई लाग्यो – ओखलढुङ्गाको कविता लेखे पनि सिद्धीचरण ओखलढुंगाको कवि हुनुहुंदो रहेनछ । नन्दिताले ओखलढुंगाका धेरै नेवार साथीहरू चिनेकी थिई । उनीहरूको बोली र सिद्धीचरणको बोली अर्कै अर्कै थियो । 

बोली जस्तो भए पनि सिद्धीचरणले बोलेको सबै कुरो बुझी नन्दिताले । ढिलो ढिलो बोल्ने सिद्धीचरणका भनाइहरू भावको हिसाबले पनि बुझ्न सजिला हुंदा रहेछन् जस्तो लाग्यो नन्दितालाई । 

कवि सम्मेलन सकिएपछिको भिडमा रामचन्द्रले नन्दिता र रजनीलाई तानेर मञ्चतिर लग्यो । भिड घट्दै थियो र आँगनमा खालि ठाउँ थियो । नन्दिताले नियालेर हेरी । दुइ जना महान कविहरू नबुझिने स्वरमा केही कुरा गर्दै थिए । रामचन्द्र अप्ठ्यारो नमानी दुइ जनाको छेउमा गयो । लोग्नेको बानी देखेर नन्दितालाई ठ्याम्म कुटौं जस्तै लाग्यो । तर कविहरूको अनुहारमा त्यो रिस देखिएन । रामचन्द्रले दुवै जनालाई पालै पालो नमस्कार गरेर भन्यो, “यिनी मेरी पत्नी हुन्, नन्दिता । यो मेरी बहिनी हो, रजनी । दुबै जना सुदूर पूर्वको पहाडी जिल्ला, भोजपुरबाट आएका हुन् । दुबैजना नेपाली पढ्दै छन्, पद्मकन्यामा । यहाँहरू प्रति अगाध श्रद्धा राख्छन् । परिचय गर्न चाहन्छन् । साहित्यको संसारलाई केलाउन चाहन्छन् । त्यसभित्र प्रवेश गर्न मन पराउछन् ।” 

लोग्नेको ताल देखेर नन्दिता छक्क परी । ‘यस्तो पनि हुन्छ ठूला मानिसहरूसँग बोल्ने तरीका ? लौ न अब के भत्रे हुन् नि कविज्यूहरूले !’ नन्दिताले मनमनै आफ्नो लोग्नेलाई गाली गरी । 

कविहरूको अनुहार मुसुक्क हाँस्यो । फेरि नन्दिताले वालकृष्ण समको आँखाको वात्सल्य महसुस गरी । समजीले भत्रुभयो, “म सम्झिन्छु । नानीलाई म सम्झिन्छु । केही दिन अघि हाम्रो भेट भएको थियो । कमलपोखरीमा, होइन ?” 

नन्दिता छक्क परी । ठूला मानिसहरूले पनि यस्तो कुरा सम्झिन सक्छन् ? ठूलो हुनु भनेको त्यसो भए के हो ? 

“नानीहरूको साहित्यमा रुची रहेछ,” नन्दिता अलमलिइरहेको बेला, सरल तर झण्डै झण्डै अक्षरहरू टिप्न गाह्रो जस्तो लाग्ने बोलीमा सिद्धीचरणले भत्रुभयो, “राम्रो । साहित्यमा रुची हुनु राम्रो । जीवनको पहिलो अर्थ नै साहित्य हो । साहित्यबाट विरत् समाज अघि बढ्नै सक्दैन । सभ्यताको निर्माण भनेकै साहित्यको निर्माण हो,” सिद्धीचरण एकछिन रोकिनु भयो । उहाँले नियालेर दुइटै केटीहरूलाई हेर्नुभयो र मुसुक्क हाँसेर भत्रुभयो, “म पनि नानीहरू जस्तै टाढाको पहाडमा हुर्किएको हुं । ओखलढुङ्गामा । भोजपुर त्यहींबाट अलिक पर होइन ? पूर्ब तीन नम्बर ओखलढुङ्गा, चार नम्बर भोजपुर । त्यताको त प्रकृति नै साहित्य हो …।” 

नन्दिता छक्क परी । सिद्धीचरण, उसलाई आफ्नै बा जस्तो लाग्यो । 

रामचन्द्रले कविहरूसँग केही बेर साहित्य चर्चा गर्‍यो । केहीबेर भत्राले पाँच सात मिनेट । त्यसैबेला आयोजकहरूले कविज्यूहरूलाई भित्र लाने जमर्को गरे । रामचन्द्रले विदा माग्यो, “नमस्कार ।” 

“ठूला भएर पनि कस्ता सरल मानिसहरू ? कति सज्जन ?” नन्दिताले भोटाहिटीमा निस्किएपछि सोधे जसरी रजनीलाई सुनाई । “कति सरल स्वभाव ! कति नरम बोली !” 

“मानिस ठूलो, आफ्ना गुणहरूले हुन्छ,” रामचन्द्रले केटीहरूलाई पढाउने पाराले भन्यो, “ठूलो हुनुको अर्थ गजक्क फुलेर बस्नु होइन । त्यसैले ठूलाको डर मनबाट निकाली देउ । ठूलाहरू झन नरम हुन्छन् । नौनी हुन् ठूलाहरू । गजक्क फुल्नु ठूलो हुनु होइन । त्यो त फगत एउटा पाखण्ड हो । त्यसैले ठूला मानिसलाई पाखण्ड नबनाउ ।” 

नन्दितालाई लोग्नेको कुरो अहिले मात्रै बुझे जस्तो लाग्यो । काठमाण्डौ आउनु अघि उसले कुनै पनि ठूला मानिसलाई यति नरम र यति सरल देखेकै थिइन । जानेदेखि नै उसले आफ्नो गाउँमा माइला बालाई देखेकी थिई । उहाँ हुनुहुन्थ्यो, ठूलो मान्छे । एकैचोटी बाह्र हल गोरु नारेर बारी जोत्न लाउनु हुन्थ्यो खेतालालाई । मंसिरमा धान थन्क्याउनु अघि खेतमै गएर हप्ता दिन बस्नु हुन्थ्यो । घरै थियो, चार तला अग्लो । गाउँको एउटा मात्र ठूलो घर थियो माइला बाको । मधेशबाट उहिले नै च्यादर ल्याएर ठोकेको भन्थे गाउँलेहरू । हुनत माइलाबा, नन्दिताको आफ्नै ठाइंला हजुरबाको जेठो छोरो अर्थात आफ्नै काका खलकको बा हुनुहुन्थ्यो । तर नन्दितालाई माइलाबा, जहिले पनि पहाड लाग्नु हुन्थ्यो । माइलाबालाई देख्यो कि नन्दिता थररर काम्थी । नन्दिता मात्र होइन, गाउँमा जोकोही पनि माइलाबाको स्वर सुन्यो कि मुर्ति जस्तो भएर टक्क अड्किन्थ्यो । बिहान माइलाबा धारामा जाँदा सबैले धारो खालि गरिदिन्थे । बाटामा माइलाबाको घोडा निस्किएपछि सबैले बाटो छोडिदिन्थे । आँगनमा माइलाबा उभिन पुग्दा नपुग्दै सबै मानिसहरू टाउको निहुराएर ठिङ्ग उभिन्थे । 

माइलाबा, बोल्दा पनि बाघ गर्जे जस्तो लाग्छ भत्रुहुन्थ्यो काकीहरू । नन्दिताले काकीहरूको गफ सुनेकी थिइ । माइलाबा, थोरै बोल्नुहुत्रथ्यो, तर उहाँको बोली भुइंमा झर्न पाउदैनथ्यो । कसै न कसैले त्यसलाई टपक्क टिपेर गोजीमा हालिहाल्नु पथ्र्यो । 

घरैमा ठूला मान्छेको त्यो रुप देखेकी नन्दितालाई वालकृष्ण सम र सिद्धीचरणको छेउमा उभिदा, सपनै पो हो कि जस्तो लागिरहेको थियो । 

भोटाहिटीको भीड छिचोलेर बाहिर निस्किएपछि रामचन्द्रले भन्यो, “तिमीहरूलाई कविहरू साह्रै ठूला मानिस हुन् भत्रे लागेको छ । अनि सबै ठूला मानिसहरू आफ्नो गाउँका ठूला ठूला घरमा बस्नेहरू जस्तै हुन्छन् भत्रे लागेको छ । तिमीहरूले थाहा पाउनु पर्छ – मानिसहरू त्यसरी ठूला भएका हुंदैनन् । तिमीहरूको मनले ठूला ठानेका मानिसहरूको परिभाषा फेरिन थालेको छ आजभोलि । गजक्क फुल्ने ठूलाहरूको पनि अभाव छैन । त्यस्ता ठूलाहरू पनि छन् काठमाण्डौमा । तिनीहरू अग्ला पर्खाल भित्रका ठूला घरहरूमा बस्छन् । एउटा अभिजात्य संस्कृतिको पर्दाभित्र मडारिंदै जिन्दगीको तुष निकालेर जिउंछन् तिनीहरू । तर ठूला कविहरू जिन्दगीको आत्रदमा रमाउछन् । तिनीहरू जिन्दगी जिउछन् । त्यसैले तिनीहरू तिमी हामी जस्तै हुन्छन् । तिमीहरू देखभेट गर । छक्क पर्छौ तिमीहरू । तिमीहरू एकपल्ट पारिजातको डेरामा जाओ । मदन पुरस्कार पाउनु भएको नेपालकी सबैभन्दा ठूली महिला लेखिकाको जीवनमा जाओ । अहो कति सरल छ त्यो पुतली सडकको घर ! तिमीहरू अर्को मदन पुरस्कार विजेता रमेश विकललाई भेट्न जाओ । महानता अहिले पनि जागीरे भएर पसिना बगाइरहेछ टेबलमा । ठूलो यही हो आजको लागि । अस्पृश्यतालाई ठूलो नबनाओ … ।” 

लोग्नेको भाषण सुनिरहेकी नन्दिता रजनीको अनुहार तिर हेरेर मुसुक्क हाँसी । रजनीले आँखैले बुझ्ने गरी भनी, “भाउजु तपाई कति भाग्यमानी !” 

नन्दिता, रजनीको बोली बुझे जसरी फेरि मुस्कुराई । 

(४) 

चार वर्षमा आफ्नो लोग्ने त्यसरी कुबेलामा कोठामा आएर पछारिएको नन्दिताले कहिल्यै थाहा पाएकी थिइन । विरामी पर्दा समेत सुताउन पर्लय पथ्र्यो नन्दितालाई । रिसाउथी उ । कहिलेकाहीं रुन्थी पनि । तर अहँ, रामचन्द्र आँशु र अँध्यारो अनुहार दुइटै देख्दैनथ्यो । ‘सुतेपछि शरीर बिग्रन्छ,’ उ प्रायः भत्रे गथ्र्यो, ‘सकभर सुत्नु हुंदैन । विरामी भए पनि सुत्नु हुंदैन । सुत्नु त अशक्तता हो । अशक्तै भएपछि कसैको केही लाग्दैन । शरिर अशक्त नहुन्जेल सुत्नु हुंदैन ।’ 



 

सुत्नै नमात्रे रामचन्द्र, आज खुट्टा पसारेर सुतिरहेको थियो । 

नन्दिता आएको पनि उसलाई ख्याल भएन । ह्वाङ्ग उघ्रिएको ढोकामा ठिङ्ग उभिएर नन्दिताले लोग्नेको शरीरलाई माथिदेखि तलसम्म नियाली । दुइटै हातलाई भाँचेर सिरानी माथिको सिरानी बनाएको थियो उसले । उसका आँखाहरू, माथिको छतमा टपक्क टाँसिएका थिए । मानौं भरखरै प्रेसरकुकरको टुप्पो फुत्त उछिट्टिएर दालका गेडागुडी टाँसिएका होउन् छतमा । उसको छाती मैदान भएर पछारिएको थियो । निश्चल थियो त्यो । तर पेटमुनिको भाग नजानिदो पाराले तल माथि तल माथि गरिरहेको थियो । उसको सास चलेको चिनारी थियो त्यो । खुट्टाहरू तनक्क तन्किएका थिए र कैंची भएर ती एक अर्कासित जोल्ठिएका थिए । एकपल्ट घरछेउमा दुइटा सर्प लडेको देखेकी थिइ नन्दिताले । अहिले रामचन्द्रका खुट्टाहरू ठ्याम्मै त्यस्तै थिए । 

नन्दिता कोठामा पसी । अहं, रामचन्द्रले थाहा पाएन । 

नन्दिताले लोग्नेको निधारमा हात राखी । अलि अलि तातो त थियो त्यो । तर ज्वरो आएको थिएन । नन्दिताले ढुक्कको सास फेरी । 

पत्नीको मायालु स्पर्श पाएपछि रामचन्द्र थाहै नपाइ झस्कियो । उसको सुतेको शरीर सजिलो भयो । अलिकति कोल्टे फर्किएर रामचन्द्रले, आफ्नो निधारमा टाँसिएको नन्दिताको हात समात्यो । 

“उठ्नुस्,” मनको डरलाई एकातिर पन्छाएर नन्दिताले मायालु स्वरमा भनी, “चिया बनाउछु । के भो ? जिउ शिथिल भो ? कि केही खबर आयो ?” लोग्नेसँग बोल्दा बोल्दै नन्दिताले कोठाभरि आँखा खेलाई । अहं, केही परिवर्तन थिएन । कतै कुनै फेरबदल थिएन । कोठालाई कसैले आँखाले पनि छोएको थिएन । बिहान त्यसलाई उसले जसरी सुताएकी थिई, अहिलेसम्म त्यो हलचल नगरी पल्टिरहेको थियो । त्यसले सास पनि फेरेको थिएन । 

“केही भएको छैन,” रामचन्द्र, फुङ्ग उडेको स्वरले बोल्यो । बोली नै विधवा भए जस्तो लाग्यो नन्दितालाई । “तिमी लुगा फेर । केही भएको छैन ।” 

“ किन केही भएको छैन,” नपिरिउं भन्दा भन्दै पनि नन्दिताको मन पिरियो । “केही नभएको भए तपाईं यसरी कुबेलामा पल्टिन सक्नु हुन्थ्यो ?” स्वास्नीको मायालु पिरोलो सुनेर रामचन्द्र खिसिक्क हाँस्यो, तर त्यो हाँसोलाई देब्रेतिर पन्छाउंदै नन्दिताले भनी, “नहाँस्नुस् कुरा बराल्न ! यो चार बजे तपाईं यसरी सुर न तालसँग पल्टिंदा केही भएन भनेर म पत्याउछु ? म कोठामा छिरेको समेत होस भएन तपाईंलाई ।” 

रामचन्द्र फेरि हाँस्यो । बालकको जस्तो हाँसो । तर त्यो हाँसो पनि पहारपानीको रातो डाँडो जस्तो लाग्यो नन्दितालाई । फुङ्ग उडेको रातोमाटो । छेउछाउमा कतै सतिबयरका बुच्काहरू पनि नभए जस्तो । पानीको अनिकाल लागेर पिरोलिएको माटोबाट अलिकति चुच्चो निकालेर पश्चिमतिर चियाइरहेको तिखो ढुङ्गो जस्तो । 

स्वास्नीको पिरोलो बढाउन मन लागेन रामचन्द्रलाई । उसले एकपल्ट शरीर चलायो । अलि अलि हल्लायो । मानौं बोतलमा राखेको महलाई तह मिलाएर झारिरहेको होस् । लोग्नेको शरिर चलमलाएपछि नन्दिताले उसको पिठ्युंमा आफ्नो हात राखी । त्यसैको आड लिएर रामचन्द्र जिउ भाँचेर उठ्यो । उसले टाउको तिरको सिरानीलाई भित्तामा अड्यायो । लोग्नेलाई सजिलो गरी बस्न दिंदै नन्दिता अलिक छेउमा सरी । तर उसले लोग्नेको पिठ्युंबाट हात झिकिन । 

“मलाई केही भएको छैन,” रामचन्द्रले नन्दिताको हात आफ्नो पिठ्युंबाट तल झार्दै भन्यो, “मन साह्रै दुखेको हो । तर शरीरलाई केही भएको छैन ।” 

नन्दिताले सुने जस्तो पनि गरिन । 

“आज साह्रै नराम्रो दुर्घटना घट्यो कलेजमा,” रामचन्द्रले स्वर मात्र होइन, आँखालाई पनि मलिन पारेर भन्यो, “ मन भरङ्ग भैरहेछ । किन यस्तो भयो ? कसले यस्तो गरायो ? किन यस्तो गराइयो ? केले यो अशान्तिको बीउ रोप्यो ? केही थाहा छैन । तर आज हुनै नहुने भयो । चिताउन पनि नसकिने भयो ।” 

“त्यस्तो के भयो ?” नन्दिताले मायालु स्वरमा सोधी । 

“दिउँसो साढे बाह्र बजेतिर ट्रकका ट्रक पुलिसहरूले चारै कुनाबाट कलेजलाई घेरे । केही भए जस्तो त लागेको थिएन । तर उता विश्वज्योती सिनेमा हल अघिल्तिर एक ट्रक पुलिस ओराल्यो प्रशासनले । त्यतिले मात्र पुगेनछ । मस्जिदको माथितिर, रानीपोखरी पाठशालाको अघिल्तिर अर्को एउटा ट्रक ल्याएर बार बनाएर ठड्यायो । तल अंचलाधिस कार्यालय अघिल्तिर पुलिसहरू टनाटन थिए । कमलादीको बाटो पनि पुलिसले थुन्यो । किन यस्तो भयो ? कसैले कसैलाई सोध्न सकेन । प्रोफेसरहरू सबै प्रिन्सिपलको कोठा तिर दौडिए । कोही कोही प्राध्यापक संघको कोठातिर पनि हात्रिए । अहं, कोही केही बोल्ने अवस्थै भएन । एक्कासी पुलिसले पुरानो भवनमा आक्रमण गर्‍यो । कमलको बोट मुनिको आँगन रणभूमिमा फेरियो । हामीहरू कराउन पनि सकेनौं .. ।” 

नन्दिताले अलि अलि सुनेकी थिई । ‘आज त्रिचन्द्र कलेजमा पुलिसले आक्रमण गर्‍यो, विद्यार्थीलाई मार चुट्यो, धेरै घाइते भए, शायद एकाध मरे पनि होलान्’ भत्रे हल्ला दिउंसै कलेजमा आइपुगेको थियो । तर शहर तिर जे पनि कानमा बज्रिने चलन भोगिसकेकी नन्दिता र उसका साथीहरूले, ‘आ, है’ भनेर त्यसलाई बिर्सिदिएका थिए । साँच्चै त्रिचन्द्रमा केही भयो होला भत्रे पनि तिनीहरूलाई लागेको थिएन । शहर कहिलेकाहीं आफैं हल्लामा रुपान्तरित भएर कुकुरले खेदेको मान्छे जसरी दौडिन्छ भत्रे कल्पना गरेर तिनीहरूले त्रिचन्द्र कलेजलाई बिर्सिदिएका थिए । अहं, केही भएको छैन भन्दै उनीहरूले आफू आफू कुरा गरेका थिए । 

तर भएको रहेछ । उसको लोग्नेको पिडित अनुहारले चिच्याइ चिच्याइ भनिरहेको थियो । केही भएकै रहेछ । सुने भन्दा थोर होइन, धेरै नै भएको रहेछ । 

“थाहा छैन, दोष कहाँ छ ? त्रुटी को भित्र खोजिनु पर्छ ? हामीलाई त अहिलेसम्म यो पनि थाहा छैन – विद्यार्थीहरूले के गरेका थिए र कलेजको आँगन एक्कासी रक्ताम्य भयो ? मानिसहरूले कुन अपराधका लागि सजायँ पाइरहेका थिए ? तिनीहरूले केही मागेका थिए ? कि तिनीहरूले कसैको केही खोसेका थिए ? अहं, हामी कसैलाई थाहा भएन । हामी त्यहाँका प्रोफेसरलाई, को मारियो अथवा को घाइते भयो भत्रे पनि थाहा भएन । त्यहाँ को गिरफ्तार भयो अथवा को बेपत्ता भयो भत्रे पनि पत्तो भएन । अहो, यो के भयो ?” रामचन्द्र थकाइ मार्न चौतारोमा बसे जसरी एकछिनका लागि रोकियो, “विद्यार्थीले राजनीति गरे भन्छन् केही साथीहरू । राजनीति नराम्रो हो । खासगरेर विद्यार्थीका लागि त राजनीति नराम्रै हो । तर विद्यार्थीले राजनीति गरे भन्दैमा उनीहरूका टाउकामा लाठी नै बजार्नु पर्छ ? के तिनलाई ज्ञानका फूलहरूले मुसार्न मिल्दैन ? सकिंदैन ? अहं, केही भत्र सकिएन । प्रतिवाद गर्न पनि सकिएन ।” 

नन्दिताको मनले सन्तोकको सास फेर्‍यो । लोग्नेको घाउ कहाँ दुखिरहेको छ भनेर थाहा पाउन उसलाई गाह्रो परेन । विद्यार्थीले पाएको यातना र आफूले केही गर्न नसक्नुको पिडाले उसको मन बाउँडिएको थियो । एकप्रकारको ग्लानीले चपक्क समातेको थियो रामचन्द्रलाई । नन्दिताले बुझी, एउटा गुरुको मन पोलिएको थियो । अनाहकको पिडाले छटपटाइरहेका आफ्ना छोराछोरी जस्ता सन्तानलाई केही गर्न नसक्ने अभिभावक जस्तो भएको थियो उसको मन ! 

“केही भएको छैन,” नन्दिताले लोग्नेलाई शान्त्वना दिंदै भनी, “तपाईं किन यसरी पिरिनु भएको ? तपाईंलाई केही थाहा छैन भने तपाईंले किन पिरिने ? मान्छेले भोलि यी प्रश्नहरू उठाउलान् । पुलिसले देला यसको उत्तर । अथवा अञ्चलाधिशले देला । तपाईंले त दिनु पर्दैन । तपाईं पढाइरहनु भएको थियो । तपाईं विद्यार्थीहरूकै भविष्यमा चमक घोटिरहनु भएको थियो । आफ्नो कर्तव्य पुरा गरिरहनु भएको थियो । कसैले तपाईंलाई पढाइ भन्दा बाहिर गएर विद्यार्थीको गतिविधिका बारेमा सल्लाह मागेका भए, विद्यार्थीहरूलाई कसरी आन्दोलनबाट विरत राख्ने भनेर सुझाव खोजेको भए तपाईं त्यो पनि दिनु हुन्थ्यो । अथवा बेलैमा तपाईंले विद्यार्थीहरूको गुनासो सुत्रे मौका पाउनु भएको भए या बेलैमा पुलिस आउनुको तात्पर्य तपाईंलाई बताइएको भए तपाईंले त्यसको पनि सही निकास दिन सक्नु हुन्थ्यो । मान्छेलाई रक्तपातबाट तानेर बाहिर निकाल्न कोशिश गर्नु हुन्थ्यो ।” नन्दिता सास फेर्न रोकिई “तर यस्तो त केही भएन । तपाईंलाई अधिकारीहरूले जानकारी दिनु पर्ने आवश्यकता पनि ठानेनन् । न विद्यार्थीले तपाईंसँग केही भने नत प्रशासनले नै तपाईंसँग सोधपुछ गर्नुपर्ने आवश्यकता महसुस गर्‍यो । यस्तो स्थितिमा, दर्शक पनि हुन नपाएको तपाईंले किन पिरिने ?” 

“नन्दिता, यो पिर होइन । यो मूल्यको चिन्ता हो । चेतना समाप्त भएपछि त्यो फर्किन्छ र ? मैले हल्ला सुनें – कोही मारियो । भनत, साँच्चै कोही मारिएकै हो भने त्यहाँनेरको इतिहास कसरी अगाडि बढ्ला ? त्यसको परिवारको कुन हविगत होला ? मान्छे मारिएको आतङ्कको खबर सुन्दा म सरस्वती सदनको बरण्डामा थिएँ । मैले झल्यांस्स सम्झिएँ – यसैगरी पद्यकन्यामा लाठिचार्ज भयो र तिम्रो बारेमा मैले त्यही समाचार सुत्रुपर्‍यो भने मेरो जिन्दगीको अर्थ मैले कहाँ खोज्नु होला ?” बोल्दा बोल्दै रामचन्द्र भावुक भयो । उसले नन्दिताको मुखमा आँखा गाडेर भन्यो, “जीवनलाई किन यति सस्तो ठात्रिछ ? एउटा जीवन जन्मिनका लागि, एउटा जीवन हुर्किनका लागि गरिएको अतुल लगानी कसरी बिर्सिन सकिन्छ ? मान्छेले, मान्छेको मृत्युको कामना गर्दै गोली हानिरहंदा, लाठी बर्साइरहंदा या मान्छेको अहितको कामना गरिरहंदा आफू पनि त्यस्तै एउटा मान्छे भएको कुरा कसरी बिर्सन सक्छ ?” 

“तपाईंलाई आज के भयो हं ?” नन्दिता लोग्नेको केटाकेटी कुरा सुनेर खिस्स हाँसी । नन्दिताको मनले भन्यो, अहिले उ प्रोफेसर भएकी छ र उसको लोग्ने भरखर पहाडबाट आएको विद्यार्थीमा रुपान्तरित भएको छ । एक्कैचोटी आफू आमा भए जस्तो लाग्यो नन्दितालाई । 

“शायद मूल्यहरू आफैं फेरिंदा हुन्,” नन्दिता भावुक भएको आफैंले थाहा पाइन, “केटाकेटीमा जनकलाल शर्माको हराउदै गएको चालचलन भत्रे एउटा लेख पढेकी थिएँ । मूल्यको रुपान्तरणको चर्चा गर्नुभएको छ उहाँले त्यसमा । युगसँगै मान्यताहरू फेरिन्छन् भत्रे सन्देश दिनुभएको छ उहाँले त्यसमा । यहाँ पनि त्यस्तै भएको होला । हिजो भन्दा आजका मान्यताहरू फरक भए होलान् । शायद विद्यार्थीहरूले केही गरेका थिए कि ? अथवा केही गर्नै आँटेका थिए कि ? अथवा पुलिसलाई कुनै एउटा प्रयोग गर्नु थियो कि ? भोलि यिनै प्रयोगहरू मूल्यमा रुपान्तरित हुने हुन् कि । जहाँसम्म मृत्युको कुरा हो – त्यो त युगौंदेखि यस्तै हुंदै आएको छ । आफ्नो स्वार्थपूर्तिका लागि कहिले मृत्यु विषको खेल भएको छ भने कहिले त्यो कोतको रक्तपातमा रुपान्तरित भएको छ । इतिहासमा नरभुपाल शाहका बाबु र काकाको कुरो पढ्नु भएको छैन ? जङ्गबहादुरले आफ्नै सहोदर मामाको हत्या गरेका थिए । वीरशमसेरले काकाको खलकै समाप्त पारेका थिए । देवसमशेरलाई आफ्नै भाइले अन्यायपूर्ण मृत्युको मुखमा धकेलेका थिए । मृत्युले मूल्य कहिले हेरेको छ र ? हिजो सत्ता घरानियाहरूका हातमा थियो । त्यसैले घरानियाहरू नै आफैं भित्र मारामार गर्थे । अहिले सत्तामा जनताको पनि संलग्नता छ । त्यसैले जनताको रगतले पनि सत्ताको होली खेल्ने गरेको छ …।” 

रामचन्द्रको अनुहार छक्क पर्‍यो । उसको मन पनि छक्क पर्‍यो । नन्दिता यति धेरै कुरा गर्न कसरी सिपालु भै हँ ? के काठमाण्डौले उसलाई यस्तो बनायो ? कहाँ गै उसकी प्यारी नन्दिता ? त्यो सधैं डराइरहने बेहुली कता लुकी ? बोलाउदा पनि टाउको उठाएर हेर्न नसक्ने केटी कता हराई ? लोग्नेका आँखाहरू तिर हेर्दै नन्दिता खिसिक्क हाँसी । 

“तपाईं पिरिने बित्तिकै, मरेको वा मर्न लागेको विद्यार्थी फेरि ब्युंझिएर तपाईंको कक्षामा फर्किंदैन । घाइतेहरूको चोटलाई पनि तपाईंका उदास आँखाहरूले निको पार्न सक्ंदैनन् । त्यसैले आजलाई पिर बिसाउनुस् । भोलि पर्सी सबै थाहा पाइहाल्नु हुन्छ ।” नन्दिता हाँसी, “आज मलाई कतै घुमाउन लैजानुस् । रत्नपार्क अथवा नयाँ सडक । भूगोलपार्क जाऔं । अथवा कतै । साँझको पशुपति नै हेर्न जाँदा पनि हुन्छ । समय थुप्रै छ । भरखर साढे चार मात्र बजेको छ र झण्डै सात बजेसम्म उज्यालो भैरहन्छ । तपाईंको मन पनि फेरिन्छ । म पनि केही नयाँ देख्न पाउछु … ।” 

“सके तिम्रै भनाइ ठीक हो ।” रामचन्द्रले ओछ्यानमा बस्दै भन्यो, “बाहिर हिंड्दा मन चङ्गा हुन्छ कि ! यहाँ कोठामा तिमीले जति शान्त्वना दिए पनि मन ठीक हुने सम्भावना छैन । म सरस्वती सदनको बरण्डामा थिएँ । पुलिसको लाठी कसरी घुमेर विद्यार्थीहरूको टाउकामा बज्रिदो रहेछ भत्रे मैले आँखैले देखेको छु । फुटेको टाउकोबाट झरेको रगतले कमिजलाई कसरी रातो पार्दो रहेछ भत्रे पनि मैले देखेको छु । न त्यो तप्कन हो, न त त्यसलाई धारा नै भत्र मिल्छ । यत्ति हो, त्यो बगिरहेको रगत थियो । दिउँसोपछि जतिपटक म रगत सम्झिन्छु त्यतिपटक मेरो आँखामा बाक्लो, कालो र लामो कपाल भएको त्यही दुब्लो अनुहार नाच्छ । कालो कपाल क्षणमै रातो रगतको धारा भएर मेरा आँखाबाट बग्न थाल्छ … ।” 



 

“म लुगा फेरिहाल्छु,” नन्दिताले लोग्नेलाई रोक्दै भनी । नन्दिता मनमनै डराई । उसको लोग्ने यति कमजोर भएको उसले कहिल्यै थाहा पाएकी थिइन । चार वर्ष ! थोरै त होइन नि । चार वर्षमा उसले लोग्नेको हस्यौली सुनेकी थिइ । लोग्ने रिसाएको पनि देखेकी थिइ । तर यसरी एकसुरे भएर लोग्ने निराशिएको उसले कहिल्यै देखेकी थिइन । 

नन्दिता जति आफ्नो लोग्नेलाई सम्झिन्थी, उसको मनको डर त्यति बाक्लिन्थ्यो । उसले लोग्नेलाई बसेको ठाउँबाट उठाउदै भनी, “एकचोटी मुख धुनुस् तपाईं । म लुगा फेरिहाल्छु । कलेजको लुगा लाएर नयाँ सडक घुम्न जानु त भएन नि !” 

पन्ध्रै मिनेटमा परेवाका जोडी जस्ता लोग्ने स्वास्नी घरको आँगनबाट बाहिर निस्किए । घाम आकाशमै थियो । साउनको घाम अझै पनि चर्किएकै थियो । नन्दिताले लोग्नेको हात समाती । उसोत, बजारमा उसले लोग्नेको हात समात्ने गरेकी थिइन । तर त्यो दिन उसको मनले मानेन । उसले लोग्नेको हात समाती र म यहीं, नजिकै छु भत्रे आभास दिन चाही । 

उनीहरू पातला पाइला चाल्दै बागबजारको मुखमा आए । रत्नपार्कको चोकमा आएपछि रामचन्द्रले नन्दितालाई झण्डै झण्डै घिसार्‍यो । नन्दिताले छक्क परेर लोग्नेको अनुहार नियाली । 

“उ त्यहीं माथि रगत बग्यो,” रामचन्द्रले दाहिनेतिर देखाउदै कथा दोहोर्‍याउने जमर्को गर्‍यो । नन्दिता एकचोटी झसङ्ग भई । तर तुरुन्तै आफूलाई सम्हाल्दै लोग्नेको मुखैलाई रोकुंला जसरी नन्दिताले भनी, “एकछिन तपाईं यो रगत बिर्सिदिनुस् । आज तपाईंले मलाई जनसेवामा एउटा पोते र अलिकति चुरा किनिदिनै पर्छ । इन्द्रचोकमा म एउटा सारी पनि किन्छु ।” 

रामचन्द्र खिसिक्क हाँस्यो । नन्दिता जबरजस्ती उसको मनलाई नयाँ सडकतिर लान खोज्छे । तर के त्यसरी मन बरालिन मान्छ र ? त्यहाँ त रगत बगेको छ । त्यो रगत माटोमा पुछिएला । तर त्यो रगत मनबाट कसरी पुछिन सक्छ ? भोलि कक्षा कोठामा त्यो दुब्लो अनुहारलाई नदेख्दा कुन शिक्षकले हिजो रगत बगेकै थिएन भनेर भत्र सक्छ । 

रामचन्द्रले त्रिचन्द्रको आँगन तिर गएर भौंतारिन थालेको मनलाई तानेर आफ्नो छेउमा ल्यायो । नन्दिताको हातले उसका आँैलाहरूलाई बेस्सरी थिचेका थिए । रत्नपार्कको ओल्लो चोक कटिसकेको थियो । उनीहरू रत्नपार्कको ढोका छेउमा पुग्नै आँटेका थिए । पार्कभित्रको शुन्यतालाई हेर्द ै रामचन्द्रले भन्यो, “अब तिमीले डराइरहनु पर्दैन । ठीक छ, म तिम्रो फर्माइस पुरा गरिदिउंला ।” 

नयाँ सडकको ढोकाबाट भित्र छिरेपछि रामचन्द्रले भन्यो, “तिमीले एउटा कविसँग भेट्नु पथ्र्यो । कुनै दिन म भेट गराउंला । शंकर लामिछाने भन्छन् उहाँलाई । भाषाको जादुगर भने हुन्छ । सबैले त्यसरी लेख्न सक्दैनन् ।” 

नन्दिताको मन बल्ला चङ्गा भयो । उसले फिसिक्क हाँसेर लोग्नेलाई हेरी । पुरानो लोग्ने नयाँ भएको थियो । मायालु भएको थियो । उसको निधारको उदासी कतै उडेर गैसकेको थियो । त्यसैले त्यो उज्यालोमा फेरिएको थियो । 

“मलाई केटीहरूले पेण्ट लाएको पटक्कै मन पर्दैन । भाइको लुगा लाएर आउंछन् उत्ताउलीहरू,” नन्दिताको गाली सुनेर रामचन्द्र खिसिक्क हाँस्यो । उनीहरू भन्दा दश पाइला अघिल्तिरको प्युखा तिर लाग्ने चोकमा दुइटी बीस बाइसका केटीहरू उभिएका थिए । दुइटैले सेतो कमिज लाएका थिए । एउटीको ज्यानमा खैरो पेण्ट थियो र अर्कीले आकाशे निलो रङ्गको पेण्टले आफ्ना खुट्टाहरू छोपेकी थिइ । 

“भरखर पेण्ट लाउन सिक्दैछन् नेपाली केटीहरू,” रामचन्द्रले नन्दिताको हात छुन खोज्दै भन्यो । शायद उ सडकमा स्वास्नीलाई मायाले मुसार्न खोज्दै थियो कि ! “त्यसैले मान्छेको आँखामा केटीको पेण्ट पचेको छैन । तिम्रो आँखामा पनि पचेको छैन । तर के थाहा ? भोलि तिमीले नै पेण्ट लाउने दिन आउने हो कि ?” रामचन्द्र खिस्स हाँस्यो । 

“छ्या,” नन्दिताले साँच्चिकै घिन मानी । “साह्रै ब्याङ नसम्झिनु भए हुन्छ मलाई । बिहे गरेर पनि कुर्ता सुरुवाल लाइराकै छु । तर यो पेण्ट । छ्या ! किन लाउनु पर्‍या होला !” 

“पेण्ट लाउछन् केटीले अरु मुलुकहरूमा । छिमेकी चीनमै लाउछन् । अमेरिका र बेलायतमा पनि लाउछन् । यो एउटा फेसन हो र फेसनले हलुका पाइला चालेर हाम्रो बजारलाई लठ्याइसकेको छ । जति जति सिनेमाहरू नेपाली हलहरूमा भित्रिन्छन्, तिनले फेसनको विकृतिलाई काठमाण्डौका सडकहरूमा वदाम बनाएर फ्याँकिदिन्छन् । अझै हिन्दी सिनेमाले पेण्टलाई सार्वजनिक गरिसकेको छैन । भोलि त्यसले पनि पेण्टको फेसनलाई अंग्रेजी सिनेमामा जस्तै छ्याप्छ्याप्ती पार्‍यो भने थाहा पाउछ्यौ तिमीले । त्यतिबेला साडीको त कुरै छोड, कुर्ता सुरुवाल पनि बुढीमाउ भैसक्छ । त्यसैले पेण्टलाई छ्या नभन । तिमी नलाउली । तर तिम्री छोरीले सबैभन्दा बढी मन पराउने लुगा त्यही पेण्ट हुनेछ भत्रे कुरालाई नबिर्स । लुगा, आखिर जे भए नि लुगा हो । तिम्रो ज्यान छोप्ने कपडाको टुक्रा हो । साडी भए नि त्यो लुगै हो, कुर्ता सुरुवाल भए नि त्यो लुगा मात्र हो । अथवा पेण्ट सर्टको नाममा थुप्रिन आउदा पनि अन्तिम निष्कर्षमा त्यो लुगै हो ।” 

“र पनि, म पेण्ट सर्ट लाउन सक्दिन ।” 

“नलाउ । तर कसैलाई नहियाउ ।” 

लोग्नेस्वास्नीको गफले पिपलको बोटलाई कोल्टे पारिसकेको थियो । रामचन्द्रले पिपलको बोटबाट आँखा लुकाउन खोज्यो । नन्दिताले तै भनी पनि, “कोही साथीहरू होलान् । एकपल्ट यसो हेर्नु हुत्र ?” 

तर रामचन्द्रले हेर्न चाहेन । आज उ लोग्ने भएको थियो । उसकी मायालु पत्नीको उ असल गुरु भएको थियो । त्यसैले पिपलको बोट मुनि उभिएर ठूला ठूला गफ गर्न उसको जाँगरले मानेन । साथीहरू नभएका होइनन् । उसले सन्देश गृहका अखबारहरूको नाकमा टेकेर पिपलबोट मुनिको जमघटतिर नियाल्यो । थिए चार पाँच जना मन मिल्ने साथीहरू । तर उसलाई नयाँ सडक काट्न मन लागेन । उसले भन्यो, “आज हेर्दिन । आज तिमीले भनेकै तिर जाने । कसरी किन्दा रहेछन् केटीहरूले चुरा र पोतेहरू भनेर हेर्ने । तिमीले साडी छानेको रमिते हुने ।” 

नन्दिता मक्ख परी । 

“नमस्कार भाउजु,” त्यतिबेला भने नन्दिताले हिन्दीकै उखान सम्झिइ । कवाफ आमाले पनि पकाउनु हुन्थ्यो । त्यसमा खशीको मोटो हाड पनि हुन्थ्यो । त्यो मिठो मानेर खान्थे नन्दिताहरू । त्यसैले नेपालीको उखानमा कवाफ र हड्डीलाई एकै ठाउँमा राख्दा असुहाउदिलो हुंदैनथ्यो । तर हिन्दीमा भने जोकोहीले पनि कवाव मे हड्डी भत्रेगरेको सुनेकी थिई उसले । 

“नमस्कार, सञ्चै ?” नन्दिताले उहिल्यैदेखि चिने जस्तो गरेर नमस्ते फर्काउदै सोधी । 

“आज त, गुरुप्रसाद मैनालीका चखेवा चखेवीको जोडी जस्तो देखियो नि,” नमस्कार गर्नेले मिठो हाँसो निकाल्दै परालको आगोको सम्झना गर्‍यो । अहं, नन्दितालाई परालको आगोको उदाहरण ठ्याम्मै मिलेजस्तो लागेन । तर बाटामा रामचन्द्रको साथीलाई प्वाक्क मुख फर्काउन पनि उसको मनले मानेन । त्यसैबेला रामचन्द्रले चिमोट्ने गरी भन्यो, “डाहा लागेर हुंदैन क्यारे !” 

साथी मन फुकाएर हाँस्यो । “घुम्न कि कुनै खास काममा ?” पाथीभरि हाँसेपछि उसले सोध्यो । 

“हामी जनसेवा जान लाग्या,” रामचन्द्रले कुरो लुकाएन, “नन्दिताले चुरा पोते कसरी किन्दी रहिछन् भनेर साथी लाग्या ।” 

लोग्नेले प्वाक्क बोलेको सुनेर नन्दिता बिस्तारै लजाई । तर त्यो लाज, नयाँ सडकको पेटीमा कसैलाई देखाउन मिल्दैनथ्यो । 

साथी सन्देशगृहको ढोकैबाट छुट्टियो । रामचन्द्र र नन्दिता जनसेवाको साँघुरो बजार भित्र पसे । 

*

(५) 

ओरिपरिको खेत मस्त निद्रामा सुतिसकेको थियो । रातको बाक्लो सत्राटा ओढेर घर, कोठाहरूमा निदाउन थालिसकेको थियो । कार्तिक पुछारको कोठा चिसो चिसो भैसकेको थियो । 

“एउटा कुरामा तपाईंका ध्यान गएको छ ?” टेबुलमा घोप्टिएर केही लेखिरहेको रामचन्द्रको कपाल मुसार्दै नन्दिताले सोधी । 

“के ?” टाउको माथि उठाउने कष्ट समेत नगरी रामचन्द्रले सोध्यो । 

नन्दिता बोल्न सकिन । उसका हातहरू लोग्नेको टाउकामा स्थीर भएर थकाइ मार्न बसे । उसले शब्द निकाल्नै सकिन । 

दशैंमा दुबै जना घर गएका थिए । घरमा सँगै बसेर दशैं नमानेको तीन वर्ष भैसकेको थियो । रामचन्द्रलाई आवत जावत गर्न अलि अलि अल्छि पनि लाग्थ्यो । बिहान साँघुरो गाडीमा चढ । हुंडल्लिंदो पेट समातेर त्रिभूवन राजपथको बाटो उकालो चढ । दामनको डाँडामा भात खाने बित्तिकै र्‍याईं र्‍याइं रेटिने मोडहरूमा जिउलाई झत्ल्याङ्ग झत्ल्याङ्ग पार्दै हल्लाउ । ओरिपरिकाले गरेको उल्टीको दुर्गन्धबाट जोगिन नाकमा रुमाल कोच । हिउँ चिप्लिने पहाडबाट घण्टा पनि नबित्तै बाक्लो भावरमा छिर अनि साँझको रिमझिममा बीरगन्जको बसपार्कमा कतै गएर बास बस । 

त्यतिले मात्रै घर कहाँ पुगिन्थ्यो र ? भोलिपल्ट बिहान रक्सौलबाट चढेको रेल अल्छिलाग्दो पाराले घिचिक् घिचिक् गर्दै कता कता दगुथ्र्यो । दिनभरिको यात्राले बाटो कट्दैनथ्यो । दिन गल्न खोजिरहेको बेला कटिहारमा रेल बदल्नु पर्दा जसलाई पनि झर्को लाग्थ्यो । कटिहारबाट उत्तर लागेको रेल गोरुगाडा जसरी घिचिक् घिचिक् गर्दै गुड्नै नपरे हुन्थ्यो जसरी लिकमा चिप्लन्थ्यो । राती एघार बजेतिर हुरुक्क थाकेको शरीर जोगबनीमा गएर बिसिनु पथ्र्यो । राती ढिलो हुँदा कहिलेकाहीं त विराटनगर छिर्नै गाह्रो पथ्र्यो । 

त्यतिले पनि घर पुगिदैनथ्यो । बिराटनगरबाट भोलिपल्ट बिहानै छुटेको बसले दुइ घण्टामा धरानमा लगेर फाल्थ्यो । भाग्य भए धरानबाट चतरासम्म जाने ट्रक अथवा जीप पाइन्छ भत्रे थेगो नै थियो । कहिले त्यो पाइन्थ्यो । कहिले खुट्टाहरूलाई नै चक्का बनाउनु पथ्र्यो । 

अनि शुरु हुन्थ्यो कहिल्यै नसकिने जस्तो यात्रा । 

पहिलो बास त्रिवेणी तिर हुन्थ्यो प्रायःजसो । दोश्रो बास पनि पिखुवा खोलाको किनारमा कतैतिर हुने गथ्र्यो । तेश्रो बास मरेर घरमा छिथ्र्यो । 

एक्लो ज्यान हुंदासम्म त रामचन्द्रलाई यात्रा केही जस्तो लाग्दैनथ्यो । जसोतसो पाँच सात जना साथीहरू भैहाल्थे । बसमा पनि हल्ला, रेलमा पनि हल्ला । त्यसैले विद्यार्थी छउन्जेल रामचन्द्र साल नबिराई घर जाने गथ्र्यो । तर चार वर्ष अघिको दशैंमा घर जाँदा बिहेको टुङ्गो मिलाएपछि फक्रिंदो फूल जस्ती पत्नीलाई लिएर भारतको रेलमा कसरी घिसारिने होला भनेर पहिलो पल्ट रामचन्द्रको दिमाग रन्थनियो । त्यो, वर्ष भरि नै रन्थनिइरह्यो । त्यसैले पहिलो वर्ष रामचन्द्र घर गएन । बुहारी भएर घरको दशैं उतारेपछि नन्दिता नै विराटनगरबाट हवाइजहाजमा उडेर आएकी थिई । बाटो सम्झिएर बैरागिएको रामचन्द्रले सन्चो मानेको थियो । 

त्यो वर्ष रामचन्द्रको आफ्नै जाँचको जिम्मेवारीले उनीहरूलाई अप्ठ्यारो पार्‍यो । अलि अलि बाटोको दुःख पनि जोडिएको थियो । तर रामचन्द्रले जाँचलाई नै बहाना बनायो । 

तेश्रो वर्ष नन्दिताले पटक्कै मानिन । रामचन्द्रलाई लौ, दशैं मात्रु थिएन रे, तर उसलाई त दशैं नमानी भएकै थिएन । 

“घर नजाने हो भने म बरु पढ्दिन,” उसले घोषणा गरे जसरी लोग्नेलाई भनी । 



 

भत्किएको मन लिएर रामचन्द्र बाटा लाग्यो । तर अनौठो, बाटामा केही भएन । छेउमा बसेकी मायालु पत्नीको सुवासले उसको झर्कोपन मारिदिए जस्तो भयो । खानिखोलामा दुबैले गुनगुन गर्दै बिहानको चिया सुक्र्याए । टिस्टुङ्ग बजार पुगेपछि रामचन्द्रले पालुङ्गको तरकारी खेतीको कथा हाल्यो । थाहै नपाई गाडी दामनको भाते होटलमा गएर बिसियो । बुढा बुढी दुबैले मुक्त हाँसो हाँस्दै पेटभरि भात खाए । कोठा बाहिर निस्किएर जंगली मृग जस्ती उन्मुक्त भएकी पत्नीको अनुहारमा हेर्दै रामचन्द्रको मन, पहाडको हरियाली भित्र लोलाइ रह्यो । 

दिउँसो बाह्र बजेतिर सिमभञ्ज्याङ्गबाट गाडी ओरालो लागेपछि बरु एकाध पटक रामचन्द्रको मुटु उक्क उक्क गर्‍यो । तर नन्दितालाई केही भएन । गाडी ओरालोमा चिप्लेटी खेल्न थालेको एकैछिनमा उ लोग्नेको काँधको सिरानीमा मस्तसँग निदाई । आफ्ना मायालु हातले रामचन्द्रले हावाले हानिरहेका उसका कपालका त्यान्द्राहरूलाई मिलाइ दियो । नन्दिता निद्रामै मुसुक्क हाँसी । 

उ, माइती पुगेको सपना देखिरहेकी थिइ कि ! 

बसले उज्यालैमा वीरगञ्ज पुर्‍याइ दियो । रामचन्द्रले वीरगञ्जमा बास बस्ने मन गरेन । राती नौ बजे एउटा रेल पूर्व जान्छ र बिहानीपख त्यो कटिहार पुग्छ भत्रे रामचन्द्रलाई थाहा थियो । बसबाट ओर्लिएर उ सरासर रक्सौल तिर लाग्यो । 

प्लेटफर्ममा रामचन्द्रले साथी भेट्टायो । धरानसम्म जाने नेपाली साथी । उसको मन हुलुङ्गो भयो । फूल जस्तो । “भाग्यमानी छ्यौ तिमी,” स्वास्नीलाई फुरुक्क पार्दै उसले भन्यो, “एक्लै हुंदा काठमाण्डौबाटै हुल मिलाएर आउनु पथ्र्यो । यसरी प्लेटफर्ममा साथी पाएको त मैले कहिल्यै थाहा पाइन । आज तिम्रो भाग्यले गफ गर्दै जाने साथी पाइयो । त्यो पनि चार चार जना । अब, आफू बसेको ठाउँमा अरुलाई ठाउँ छैन भत्र पनि मिल्ने भयो ।” 

थाकेको नन्दिताको शरीर मुसुक्क हाँस्यो । रेलको यात्रा उसले भोगेकी थिइन, तर पनि आफ्नो लोग्नेको मन हलुङ्गिएको थाहा पाएर उ भित्रैदेखि रमाई । 

रातको चर्को अँध्यारोलाई चिर्दै रेलले पाइला चाल्न थालेपछि नन्दिताका आँखा फेरि लोलाए । नेपालीहरूले एउटा कोठा कब्जै गरेका थिए । दुइटा बेन्चमा तीन तीन जना बाँडिएर बसेका थिए । माथिको बर्थमा सामान थियो । लोलाउन थालेकी नन्दितालाई हेर्दै रामचन्द्रले भन्यो, “माथि चढेर सुत । ढुक्कले निदाउ । चार बजेतिर कटिहार पुगिन्छ । जिउ पनि चङ्गा हुन्छ ।” 

“नाईं म सुत्दिन । तपाईंकै छेउमा बस्छु ।” नन्दिताले गाह्रो मान्दै भनी । चित्रु न जात्रुको मुलुकमा उसको मन रातको अंध्यारोसँगै डराउन थालेको थियो । 

हेर्दा हेर्दै नन्दिता फेरि लोग्नेको कुमको सिरानीमा निदाई । रामचन्द्रले पातलो ओढ्नेले उसलाई गम्लङ्ग छोपिदियो । 

दुलहीलाई लिएर पहिलोपल्ट हिंडेको भारतको बाटो सजिलै काटियो । कटिहारमा रेलबाट ओर्लिएर छ जना नेपालीको हुल जोगबनी जाने रेलमा चढ्यो । एक घण्टा जति कुर्नु पर्‍यो । बिहानको उज्यालोको संकेत पाएकी नन्दिताले बाहिरको कलमा गएर मुख धोइ र साडीको सप्कोले मुख पुछ्दै आफ्नो सिटमा आएर बसी । डिब्बामा रातीको भन्दा अलिक बढी नै भिड थियो । 

रेल छुटेपछि डिब्बामा ओहोर दोहोर गरिरहेका मानिसहरूको बोली सुन्न थालेपछि रातभरि डराएको नन्दिताको मन हलुङ्गो भयो । रेलका ती नयाँ यात्रीहरू बेला बेलामा नेपाली बोलिरहेका थिए । 

नन्दिताले थाहै नपाईं रेल जोगबनीमा आएर बिसियो । झण्डै सबैजसो मानिसहरू नेपालको सीमाना तिर लागे । 

नन्दितालाई खान त मन थिएन, तर साथीहरूको जोडलाई उसले तिरस्कार गर्न सकिन । रामचन्द्रले पनि खाएरै बाटो लाग्नुपर्छ भनेको हुनाले उ पनि होटलको भात खान भित्र पसी । 

रानीको होटलमा भात खाइसकेर रिक्सा टिप्दा मध्यान्ह भैसकेको थियो । आफ्नै सीमाना भित्र छु भत्रे थाहा पाएकी हुनाले समय जति घर्किए पनि नन्दितालाई डर लागेको थिएन । 

धरानमा पुग्दा दिउंसोको दुइ बजिसकेको थियो । सँगै आएका साथीहरूले त्यो दिन त्यतै बसौं भनेर साह्रै जोड गरे । रामचन्द्रले मानेन । 

“तीन घण्टा सजिलै हिंडिन्छ । गाडी पाइयो भने दुःख सुख बाराहक्षेत्र पुगिन्छ । दशैंको माचो छ । दोहोरी लत्ता मानिस भेटिन्छन् । रात साँझ पनि हिंड्न सकिन्छ । त्यसैले हामी लाग्छौं ।” 

नन्दितालाई पनि धरान बस्न मन थिएन । डर त थिएन, तर घर पुग्ने चौ चौ भने खडेरीको आगो जसरी राप्पिएर आएको थियो । चार पाइला पर गएर बास बस्दा, चार पाइला चाँडो घर पुगिन्छ । चार पाइला चाँडो घर पुगियो भने चार पाइला बढी सँगै बस्न पाइन्छ भनेर नन्दितालाई मनले कुत्कुत्याइ रह्यो । त्यसैले उनीहरू आफ्ना साथीहरूलाई नमस्कार गरेर छाता चोकबाट पश्चिम तिर लागे । 

चतरा लाइनमा उनीहरूलाई नै पर्खिए जसरी एउटा जिप ठिङ्ग उभिएको थियो । उनीहरूले ठाउँ बनाएर आफूलाई टेकाउन भ्याउदा नभ्याउदै घच्याक् घच्याक् गर्दै त्यो विलिस जिपले आफ्नो ज्यान तन्काइहाल्यो । 

बाटोको वर्णन आवश्यकै छैन । काठमाण्डौका चिप्ला सडकमा बस र बाघटाउके ट्याक्सीहरूमा चढेकी नन्दिताका लागि विलिस जीपको सवारी छघ आफ्नो माइती गाउँको घोडा चढाइ जस्तो मात्रै थियो । घर छेलिन नपाउदै बाक्लो जङ्गल आउथ्यो र तुरुन्तै आइहाल्थ्यो विधवाको सिउंदो जस्तो नाङ्गो बगर । तर नन्दिताको मनले बगरको दिक्दारीमा पाइला डोलाउन पनि नपाउदै हरियालीमा लपेटिएको खेतले उसको आँखा मुसारी हाल्थ्यो । 

चतरामा जिपबाट ओर्लिएपछि रामचन्द्रले आफ्नो खकने झोलालाई काँधमा मिलाएर बाँध्यो । आकाशले अझै रातलाई निम्त्याएको थिएन । अलिकति अरु बाटो काट्न सकिन्थ्यो । 

नन्दिताले पनि खिसिक्क हाँसेर ठूलो खकने झोलालाई आफ्नो दाहिने काँधमा घुसारी । झोला गहु्रंगो त थिएन, तैपनि उसले एकपल्ट लोग्नेको अनुहार तिर चियाई । रामचन्द्रले एक हातले आड दिएर झोलाको अर्को खकन नन्दिताको देब्रे काँधमा छिराइदियो । 

नन्दिता, अनुहार उज्यालो पारेर हाँसी । उसको आँखैमा झोला भुण्डिएको पसल नाच्यो …। 

“बाटो हिंड्दा यस्तो झोला सजिलो हुन्छ ।” आफूले कहिल्यै नदेखेको झोला हातमा खेलाइरहेको बेला नन्दिताले लोग्नेको स्वर सुनेकी थिइ । “गह्रुङ्गो भारी बोक्ने भरियाको खकन जस्तो सरल हुन्छ यो झोला । सामान धेरै अट्छ । गहु्रङ्गोपना पनि थोरै जस्तो लाग्छ । यसपालि दशैंमा घर जाने नै भएपछि तिमीले पनि यही झोला बोक्नुपर्छ ।” 

र नन्दिताले त्यो झोला बोक्ने अठोट गरेकी थिई । त्यही अठोटलाई सम्झिदै नन्दिताले बगरमा पहिलो पाइलो चाली । 

साढे दुइ वर्षपछि घर जाने बाटोमा पहिलो पाइलो टेक्दा नन्दितालाई माइती जाँदा वर्सीका पोथ्रा नाध्छन् भत्रे उखानको सम्झना भयो । लोग्नेले थाहा नपाउने गरी उ फेरि खिसिक्क हाँसी । 

मानिसहरू, बाटाभरि छरिए जस्तै थिए । त्यो साँझ बाराहक्षेत्रमै बिताउने अठोट गरेको रामचन्द्रले पाइला चाल्न हतार गरेन । बाटामा एक्लो हतारो भन्दा संगीहरूको ढिलाइ फलिफाप हुन्छ भत्रे ठानेर रामचन्द्रले भेटेका मानिसहरूसँग गफ गर्दै पाइला चाल्ने मन बनायो । त्यसैले रातले सप्तकोशीको पानी छोएर आचमनी दिइरहेको बेला रामचन्द्र बराहक्षेत्रमा, मानबज्र बज्राचार्यको पसल अगाडि उभिन पुग्यो । 

चिनेको साथी, मनको गाउँले रामचन्द्रलाई पसलका जोकोहीले पनि जान्दथे । बजारमा रामचन्द्रले आफ्नो गाउँका दुइ जना भरियालाई पनि भेट्यो । सधैं बास बस्ने गरेको घरले रामचन्द्रलाई आफ्नै नानी ठानेर भात पकाइदियो । बेलैमा खानपिन सकेपछि थाकेको शरिर र सुरक्षाको ग्यारेण्टी पाएर ढुक्क भएको मन बोकेका लोग्ने स्वास्नी पिंढीको शितल ताप्दै निदाए । 

बिहान आकाशबाट सुस्तरी ओर्लिएको रिमरिम उज्यालोसँगै रामचन्द्र र नन्दिताले आफ्नो भारी कसे । अरु भरियाहरू पनि ख्वाक् खुक् गर्दै बाटो लाग्न थालिसकेका थिए । अरुहरूसँगै उनीहरू बाटामा निस्किए र तल कोका खोलामा झरेर हातमुख धोए । उज्यालोले त्यतिबेलासम्म धर्तीलाई आफ्नो अंगालोमा बाँधिसकेको थियो । भरखरै आफूले हिंडेको बगरमा नचित्रिे पाराले तन्किएको छायाँलाई हेरेर रामचन्द्र कोका खोलो तरेर पहरा तिर उकालो लाग्यो । 

बाराहक्षेत्रको अक्कर तरेर त्रिवेणीमा आइपुग्दा दर्जनौ मानिसहरूलाई उनीहरूले पछिल्तिर छोडिसकेका थिए । तमोर नदी तर्दा बीच खोलामा आएपछि एकपल्ट डुङ्गा नराम्ररी हल्लिएको थियो र नन्दिताले आँखा चिम्लिएर लोग्नेको कुम समातेकी थिइ । डुङ्गा, वारी त्रिवेणीको बगरमा ठोक्किंदा पनि त्यसले आँखा खोल्न सकिनछ । रामचन्द्रले हलुका हातले पत्नीलाई समातेर उठायो र बाहिर निकाल्यो । 

“बेस्सरी मुख सुक्यो,” चिसो बालुवामा टेकेपछि नन्दिताले भनी । उसको अनुहारमा रङ्गको स्वभाविकता थपिंदै आयो । 

रामचन्द्रलाई पनि चिया खान मन लागेको थियो । तर त्रिबेणी बजारमा चिया खान उनीहरू रोकिएनन् । दुई जनाले एक अम्खोरा पानी रित्याएपछि “दुइ पाइला भए पनि बाटै काटौं,” बजारतिर चिया पसल नियाल्दै गरेको लोग्नेलाई हल्लाउंदै नन्दिताले भनी । 

एउटा ढिस्को काटेपछि कतै खाना खाउंला भत्रे मन बनाएको रामचन्द्रले सिम्लेको पसलमा पाकिराखेको भात खाने मौका पायो । दर्जन चोटी ओहोर दोहोर गर्दा रामचन्द्रले झुक्किएर मात्रै यस्तो खाना खाने मौका पाएको थियो । फेरि एकचोटी रामचन्द्रले नन्दितालाई जिस्क्याउदै भन्यो, “तिम्रो भाग्य बलियो रैछ । शहरको होटेलमा जस्तो पाकेको भात खान पाइयो ।” 

नन्दिता लाज मान्दै हाँसी । खुशी मनले हाँसी । 

बाटामा झन झन धेरै मानिसहरू भेटिंन थाले । अब त गाउँलेहरू नै देखिन थाले । चिनेका भरियाहरूको सारमा हिंड्न सकिंदैनथ्यो । त्यसैले भरियाहरूलाई ‘दाइ हो, हामी जाँदै गरौं है,’ भन्दै उनीहरू पछिल्तिर छोड्थे । कोही कोही उनीहरूलाई उछिन्दा पनि त्यसै भन्थे । कसैलाई भने, ‘आउंदै गरौं ल, हामी अलिकति अगाडि जान्छौं,’ भन्दै उनीहरूले विदा गर्थे । 

गर्मी थियो, तर उखुम थिएन । दोहोरीलत्ता मानिस भेटिए पनि बुढाबुढीलाई दुःखसुखको गफ गर्न गाह्रो परेको थिएन । रामचन्द्रले त्यो दिन पिखुवा दोभान भन्दा उता जान नसकिने हुनाले सुनबालुवा तिरै रात बिताउनु पर्ला भत्रे सोचेको थियो । तर सुनबालुवामा आइपुग्दा, बालुवा सुन हुने बेला पनि भएको थिएन । त्यसैले जहाँ पुगिन्छ त्यहीं बसुंला भत्रे हौसला पालेर रामचन्द्र अघि बढ्यो । अब त के थियो र ? आफ्नै गाउँ । आफ्नै ठाउँ । आफ्नै मान्छे । जसलाई भेटे पनि के छ दाइ भनेर सोध्नु पर्ने जंघार । 

साँझ झ्याप्प बास बसेको बेला रामचन्द्र कावा दोभानको गंगाबहादुर राईको याक्सा अघिल्तिर उभिन पुग्यो । अँध्यारोको हुलमा एकछिन त गंगाबहादुरले भेउ पाएन । रामचन्द्रले बाहिर खोला छेउको फलैंचामा बसेर, ‘भात खान आएं है गंगा दाइ’ भन्दा पो गंगाबहादुर ‘आपुइ नि नानी, नेपालबाट ?’ भन्दै बाहिर निस्कियो । 

जनैको चिन्ताबाट रामचन्द्रले उहिल्यै मुक्ति पाइसकेको थियो । तर गंगाबहादुरको पसलमा भाउजुले पकाएको भात खाने साहस नन्दिताले जुटाउन सकिन । 

“अलि अलि त मिच्नु पर्छ,” रामचन्द्रले स्वास्नीलाई भन्यो । 

“तपाईं नै मिच्नुस् । बाँच्नु छैन मैले समाजमा ? भोलिदेखि गाउँमा छिर्न पनि दित्रन् जोरीपारीले ।” नन्दिताले लोग्नेको कुरा काट्दै भनी । 

रामचन्द्रले रोक्न खोज्यो । तर नन्दिता मानिन । नन्दिता मात्रै होइन, रैनी भाउजुले पनि मानिनन् । “देवर, जहान लिएर हिंड्दा फुक्लो भइत्र । आज त भात देउ देउ भने नि म दित्र । दोहोरीलत्ता मान्छे हिंन्या छन्, कसैले देखे कुन मुखले म तपाईंका घर जाने हं ? कुर्नुस् एकछिन,” रैनी भाउजुले गालीको बोलीमा मायाको चिनी घोलेर भनिन् । रामचन्द्रलाई हपारेपछि उनले, थाकेर आएकी नन्दितालाई सजिलो होस् भनेर सबै विधि मिलाइ दिइन् । आलु काटिदिइन् । गुन्द्रुक भिजाइदिइन् । चामल त दिइन् नै । भाँडो पनि उज्यालो पारेर मस्काइ दिइन् । 

रामचन्द्रले गंगाबहादुरसँग लामो गन्थन गर्‍यो । आफूले शहरको खबर सुनायो । राजाको कुरो गर्‍यो । राजा कस्ता छन् हं ? एकचोटी काठमाण्डौबाट आउंदा गंगाबहादुरले रामचन्द्रसँग सोधेको थियो । त्यसबेलादेखि कावा खोलाको त्यो याक्सामा बास बस्दा या चिया खान रोकिंदा, जहिले पनि रामचन्द्र नेपालका राजाको खबर गंगाबहादुरलाई सुनाउने गथ्र्यो । 



 

बेलुकाको भात खाएर सुत्ने तयारी गरिरहंदा रामचन्द्रले भन्यो, “गंगा दाई, भोलि बिहान चाँडै उठाइदिनु है । अलमल नगरी बाटो काटियो भने साँझतिर त घर पुगिहालिन्छ । 

“आ, पुगिहालिन्छ नि नानी,” भाउजुले हेलचेक्र्याईंको स्वरमा भनिन् । “म त बिहान गएर बजार भरेर आउँछु ।” 

“भाउजुका जस्ता खुट्टा भए त धरानबाट घर पुग्न किन तीन दिन लाग्थ्यो नि !” 

गंगाबहादुरले बिहान सखारै उठाइ दियो । तर अंगेनामा चिया चढिसकेको थियो । “अब हातमुख यतै धुने । चिया खाने र बाटो लाग्ने । त्यसो हुंदा बाटामा अलमल हुंदैन । भात पकाउदा, खाँदा अखुवाबाट उकालो लाग्न दश बजिहाल्ला । पाँच छ बजेतिर सजिलै घर पुगिन्छ ।” 

जति हतार गरे पनि उज्यालो नभै भाउजुले हिंड्न दिइनन् । 

“पहरो अप्ठ्यारो छ । दुलै नानी यसैपाली यता झरेकी होलिन् । होस गरेर लानु है देवर ।” 

भाउजुले ठट्टा गरेको हो कि भनेर रामचन्द्र खिसिक्क हाँस्यो । नन्दिता सासुको अघिल्तिर भए झैं गरी लजाई । 

“टिकाको भोलिपल्ट झर्छु । रातभरि बात मारौंला है दाई ।” 

कुइनेटो काटेर पाखाको तेर्पायाँ उकालो हिंड्दा नन्दितालाई उडौं उडौं लाग्यो । दिदीबैनी डाँडामा पाँच जना भरियाहरू टेको लाएर उभिइरहेका थिए । भरियाको कुमबाट नन्दिताले फुत्त उडौंला जसरी पँखेटा फिंजाएर बसेको भोजपुर बजार देखी । 

नन्दिताको आँखाबाट दुइ थोपा आँशु खसे । खुशीका आँसु । सिङ्गा सिङ्गै दुइटा वर्ष पार गरेपछि बल्ल उसले आफ्नो आमाको काख जस्तो प्यारो बजारलाई हेर्ने औसर पाएकी थिई । 

नन्दितालाई दिदीबैनी डाँडो छोडेर तल पिखुवा झर्न मन लागेको थिएन । त्यसैले रामचन्द्रले ‘लौ हिंड’ भने पनि उसका आँखा हवाइजहाज जस्तो भोजपुरबाट तल ओर्लिन मानेनन् । बाहिरको आँखाले त बजार मात्रै देखिन्थ्यो, तर नन्दिताले एकैचोटी आफ्नो घर र माइती पनि देखी । 

“नन्दी, हिंड, अब त्यहीं जाने त हो,” रामचन्द्रले मन छुँने मायाले भन्यो । 

नन्दिताको मन गह्रौं भयो । पञ्चमीका पाइला सार्दै उ डाँडाबाट तल झरी । एकैछिनमा भोजपुर बजार डाँडाको भित्तामा हरायो । उनीहरु अखुवा दोभान ताक्तै फटाफट हिंड्न थाले । 

अखुवा दोभानले नभन्दै डेढ घण्टै खाइदियो । अलिकति गफ र अलिकति भातको तानतुनले समय कटेको पत्तै भएन । ठाडो उकालोमा पाइला चाल्न थालेपछि मात्रै लोग्ने स्वास्नी दुबैले घाम बेस्सरी चर्किएको थाहा पाए । भात खान धेरै अलमल गर्नुपरेकोमा दुबैलै आफू आफूलाई गाली गरे र एक अर्कातिर हेर्दै मस्किएर हाँसे । 

मध्य दिनको घामले पहारपानीको उकालोमा झन नराम्ररी हिर्कायो । नन्दिता पटक पटक हिरिक् हिरिक् भै । रामचन्द्रलाई असजिलो लाग्यो । थर्मसमा पानी बोक्नु पर्ने र’छ । उसले आफूले मात्र सुत्रे गरी भन्यो । उसका पाइलाको वेग बिस्तारै घटेर गयो । 

नन्दिताले मरेर उकालो काटी । 

घोडाको ढाड जस्तो लामो तेर्सो काटेर पहारपानीको बजारमा आउदा दिउँसोको घामको राप घटेको थिएन । रामचन्द्रले आफ्नो काँधको झोलालाई भ्यात्त भुईंमा फ्याँक्यो र भन्यो, “अब मिठो चिया खुवाउनुस् त माइली भाउजु ।” 

“नानी त बिहे गरेर गएदेखि यैपाली हो क्यार आको’ हैन,” भाउजुले परदेशी देवरलाई नियालेर हेर्दै भनिन्, “यिनी दुलै नानी होइनन् ? शहरिया भैछिन् । चित्र पनि गाह्रो भो ए । माइला सुवेडीकी छोरी हैनन् नानी ?” 

“जेठा, माइला, कान्छा कुन् हुन् कोनि भाउजु, तर सुवेदीकी छोरी चाहिं हुन् नै ।” 

रामचन्द्रको ठट्टा सुनेर भाउजु र नन्दिता दुइटैले अनुहारमा हाँसो पोते । 

पहाडको चिया अमृत जस्तो लाग्यो रामचन्द्रलाई । 

“अब कैले फर्किने नानी,” रामचन्द्रले झोलाको खकन तानतुन पारेको देखेपछि माइली भाउजुले सोधिन् । 

“टिका लाएर जाइहाल्नु पर्छ ।” 

“अपुइ…, कति छोटो बसाइ लेर आउनु भा त । बिचरी दुलै नानीले माइतीको मुख पनि हेर्न नपाउने हो कि के हो ?” 

“जागीरे मान्छे, आफूले चाहे जस्तो हुत्र भाउजु ।” 

“कठैबरा !” 

पहारपानीबाट दाहिनेतिर तेर्पायाँ लागेको बाटो गाउँको बीचै बीच तेर्सिएको थियो र त्यताहुंदो नचिनेका घर एउटा पनि थिएनन् । त्यसैले अब हिंडाइ ढिलो हुन्छ भत्रे थाहा थियो, रामचन्द्रलाई । हतारिएर हिंड्नु पनि हुंदैनथ्यो । ठूलो भएछ भनिहाल्थे – मानिसले । त्यसैले रामचन्द्रले ज्यानैलाई अल्छिलाग्दो बनायो । 

“गाउँमा कति रमाइलो छ ?” नन्दिताले लोग्नेको पाइलामा पाइला मिलाउदै भनी । जसले भेटे नि आफ्नै ठानेको छ । सोधेको छ । चासो राखेको छ । यो सबै देख्ता त काठमाण्डौमा एकछिन पनि बसुं जस्तो लाग्दैन । ओल्लो घरको कुरो पल्लो घरलाई थाहा हुंदैन । यो कोठाको कुरो अर्को कोठालाई चासो हुंदैन । साह्रै रुखो जीवन ।” 

“र पनि, मानिसहरू त्यतै झुम्मिइरहेका छन् ।” 

“मइन्टोलमा पुतली झुम्मिए जस्तो ।” 

हिंड्न गाह्रै पर्‍यो । घरि बारीको डिलमा उभिनु पर्ने त घरी पसलको ढिकमा उभिएर एकछिन गफ गरिदिनु पर्ने । गाउँ छोड्दाको हतारो सबैले बुझ्थे । तर यो उज्यालोको आगमनलाई मानिसहरू किन त्यसै छोड्न मान्थे र ? कसैलाई छोराछोरीको खबर चाहिएको थियो त कसैलाई राजाको खबर । कोही आफ्नो जिल्लाको मन्त्री ध्यानबहादुर राइको कुरा सोध्थे भने कोहीलाई मकरबहादुर वान्तवाले बिर्सियो कि सम्झिएकै छ भत्रे चिन्ताले समातेको थियो । रामचन्द्रलाई थाहा थियो – यस्ता प्रश्नहरूका लागि काठमाण्डौमा अलिकति झर्को खरीद गर्न सकिन्छ, तर गाउँमा झर्किन पटक्कै पाइदैन । 

प्रत्येक पन्ध्र मिनेटमा सम्चारहरू छोड्दै रजनीको घरको आँगनमा आइपुग्दा घामले ट्याम्केको लेख काटिसकेको थियो । अझै आधा घण्टा लाग्थ्यो, आफ्नो घर पुग्न । त्यसैले तीन गिलास मोइ तानेपछि, रजनीको चिठी र सम्चार बुझाउदै रामचन्द्रले भन्यो, “काकी अब हामी जान्छौं ।” रामचन्द्रलाई रजनी बिनाको आफ्नो यात्रा त्यतिबेला मात्रै खल्लो लाग्यो । त्यसैले उसले काकीलाई सम्झाउने पाराले भन्यो, “रजनी आइन भनेर नपिरिनु होला । जाँचले गाल्यो तेल्लाई । मिहिनेत गरेर यसपाली बि. ए. पास गरिहाल्छे । अर्को साल मै लिएर आउँला । दशैंमा छोरी सम्झिएर पीर चैं नमात्रुस् है काकी ! म भोलि पर्सी झरुंला । अहिले हामी लाग्यौं । 

“लौ जाओ त । रात पर्न आँट्यो । थाक्या छौ । उहाँ घरमा पनि तिमेरु हिजै किन आइपुगेनौ भत्रे चिन्ता थियो ।” 

रजनीको आँगन छोडेर निस्किएपछि भने रामचन्द्र र नन्दिता कहीं रोकिएनन् । झमक्कै साँझ परेपछि तिनीहरु आफ्नो घरको आँगनमा उक्लिए । घरभित्र बत्ती बलिसकेको थियो । रामचन्द्रले आँगनमा उभिएर बोलायो, “आमा !” 

“छोरा बुहारी आएजस्तो छ ।” 

आमाको उज्यालो आवाजसँगै सिङ्गै घर उज्यालियो । बत्ती बाहिर निकाल्न भ्याउदा नभ्याउदै नन्दिताले आफ्नो झोला दलानमा बिसाई । बत्ती बोकेर आमा बाहिर निस्किन् । आमाको छेउमा सेतो धोतीमा सजिएका ससुराको उज्यालो अनुहार नन्दिताको आँखैमा नाच्यो । उसले थाकेको शरीरलाई परक्कै बटारेर, भुईंमै नमस्कारका औंलाहरू टेकाएर ससुरालाई अभिवादन गरी । बत्ती बोकेकी सासु ठिङ्ग उभिइदिइन् । नन्दिताले सासुको खुट्टैमा निधार जोतेर ढोगी । 

“सौभाग्यवती भएस् दुलै ।” आमाको मायालु स्वरले नन्दिताको सबै थकाइ मारिदियो । 

आमाले बुहारीलाई अह्राइन्, “झोला लगेर कोठामा राख र मझेरीमा झरेर शरीर टेका । रामरी खान नपाएको कति दिन भयो होला ? सुत्न पनि पाएनौ कि । चिनेका ठाउँमा बास बस् भन्यो यो छोरो कान दिदैन । एक्लै लम्फ्याङ लम्फ्याङ हिंडे जस्तो ठान्छ । स्वास्नीमान्छेलाई लिएर हिंड्दा यसो बस्ने, खाने सबैतिर हेर्नुपर्छ …।” 

नन्दिता लोग्ने तिर हेरेर मुसक्क हाँसी । बत्तीको उज्यालोमा लोग्नेले आँखा झिम्क्याए जस्तो लाग्यो उसलाई । आमाले दलानको खाँबोमा लालटिन झुण्ड्याइदिइन् । रामचन्द्रले आज्ञाकारी बालकले जसरी आमा बाबुको खुट्टामा ढोग्यो । बाबुले अस्फुस्ट स्वरमा उसलाई आशिर्वाद दिए र दलानको खाटमा थ्याच्च बसे । 

रात धेरै ढिलोसम्म मझेरीमै नाचिरह्यो । 

दशैंको रमझम शुरु भैहाल्यो । आएको भोलिपल्ट एकदिन नन्दिताले झण्डै झण्डै आराम गरी भने पनि भयो । तर तेश्रो दिनको बिहानसँगै उसको बुहार्तन शुरु भयो । 

“खै म त निको चाल देख्तिन,” फूलपातीको अघिल्लो साँझ सासु ससुराको कोठा अघिल्तिर पुगेको बेला नन्दिताका पाइला ट्याक्क रोकिए । लुकेर कुरा सुत्रे उसको बानी थिएन । तर त्यतिबेला, उसका खुट्टाका पञ्जाहरू एक्कासी कडा फलाम जस्ता भैदिए ।

“खै म त निको चाल देख्तिन,” सासु भन्दै थिइन्, “दुलहीको जीउ भारी भएको कुनै लक्षण छैन । बिहे भएको चार वर्ष भैसक्यो, अहिलेसम्म सन्तानको चालचुल छैन । कस्तो घरान पर्‍यो ! केही कसो बिग्रिएको पो थियो कि ! अलिक दिन पर्खुं न भन्या तपाईंले पनि मात्रु भएन । माइला सुवेदीकी छोरी, पढे लेखेकी केटी भत्रु भो । एक्लो छोरो । म त तलमाथि हुन्छ कि भत्रे डर लाग्न थाल्यो ।” 

मान्छे नचित्रिे अँध्यारो भैसकेको थियो । तर नन्दिताको लागि जगै अँध्यारो भयो । अन्धमुस्लो । मध्यरात खसेजस्तो लाग्यो उसलाई । जिन्दगीको यो तनाव त उसको दिमागमा पसेकै थिएन । शहरको चेतना भन्दा धेरै परको गाउँमा, उमेरको उकालो सिंढी चढिरहेका सासु ससुराले वंशवृद्धिको बारेमा के सोचेका होलान् भत्रे कल्पना उसको मन मस्तिष्कमा मौलाउन पनि पाएन । 

नन्दिताले पाइला चाल्न खोजी, अहं सकिन । 



 

आफू सन्तानकी आमा हुन्छु कि हुत्र भत्रे आशङ्का नन्दितालाई थिएन । अहिलेसम्म उनीहरूले नचाहेरै सन्तान भएको थिएन । त्यो कुनै बिगार थिएन । लागो र भुतप्रेतको करामत पनि थिएन । नन्दितालाई आफ्नो शरीर माथि विश्वास थियो । आफ्नो लोग्नेको शरीर माथि पनि विश्वास थियो । उनीहरू दुबैमा कुनै खोट थिएन । तर आमाको आँखाले देखेको खोटलाई कसरी निमिट्यात्र पार्ने भत्रे ज्ञान पनि नन्दितामा पलाइसकेको थिएन । 

दशैं राम्रो भैरहोस् भत्रे चाहना नन्दिताको मनसँगै थियो । तर सासुसँग कसरी कुरा गर्ने ? 

भोलिपल्ट दिउँसो भरि नन्दिताले आफ्नी सासुको अनुहार नियालेर हेरी । सासुको अनुहार ओरिपरिको दशैंमा बादल लाग्न थालेको थियो ।

दिउँसो घरमा कोही नभएको मौका पारेर नन्दिताले सासुलाई भनी, “आमा, एउटा कुरा भनौं ?” 

“भन् न,” सासुले छक्क पर्दै भनिन्, “के तँलाई माइत जान मन लाग्या छ ? नानी त टिकाको भोलिपल्टै जाने कुरा गर्दै थियो ।” 

“त्यो होइन आमा,” नन्दिता एकछिन अलमलिई । यस्तो कुरो कहिल्यै गरेकै छैन । आमाले मनमा अर्कै कुरो लिनु भयो भने ? कस्ती छाडी आइमाई भनिहाल्नु भयो भने ? आ, जेसुकै होस् । दशैंमा मन मैलो त पार्नु भएन नि ! 

नन्दिताको मन बरालियो, “आमा, नाति नातिनाको मुख हेर्न पाइएन भनेर मन अमिलो नपार्नुस् भत्र खोजेकी ।” 

“मैले तँलाई तेसो भनें र ?” 

नन्दिताको मन दह्रो भयो । उसले सासुको अनुहारमा गढेर हेरी । त्यो रिसाउने कुनै लक्षण थिएन । उसले दलानबाट बाहिर देखिने आँगनमा हेरी । त्यो सफा र फराकिलो थियो । सासुको मन त्यही आँगन हो जस्तो लाग्यो उसलाई । जति टेके पनि त्यो दुख्दैन ।सासुको त्यही आँगनमा खेल्ने एउटा छुनुमुने पुतली चाहिएको छ । 

“नभने पनि बिहे भएको चार वर्ष लाग्न आँट्यो, खै केही लक्षण छैन भत्रे त भैहाल्छ नि आमा,” नन्दिताले स्वरलाई मायालु पार्दै भनी । 

“छैन दुलै, छैन ।” सासुले उसको पनि मायालाई जित्दै भनिन्, “जमाना अनुसार चल्नुपर्छ भनेर नानीले उहिल्यै भनेको थियो । तँलाई हेर्न जा भन्दा नानीले पटक्कै मानेन । ‘एस.एल.सी. पास गरेकी केटी भनेर बा आमाले हेरेपछि मैले किन हेर्नु ? पर्दैन’ भन्यो । ‘अब जमाना फेरियो । शिक्षा दिएन भने मान्छे अन्धो हुन्छ । कखरा चिनेर मात्र हुंदैन । कखराले भोलिको जिउ धान्दैन । त्यसैले मैले पढ्ने केटीसँग बिहे गर्नुपर्छ’ भनेको थियो । हामीले पहिले नै बिहे गरेर पढा भनेका थियौं । हामी बुढाबुढी त के ? डाँडाको जुन । आज हो कि भोलि । संसार बेहोर्ने तिमीहरूले हो । तेसैले, नानीले जे भन्छ हामी त्यही मान्छौं भनेर मन बनाएरै तँलाई घरमा हुलेका थियौं । धेरै छोरी अनि एउटा छोराकी आमा हुनाले छोरी र बुहारीको भेद गर्नु हुंदैन भनेरै तँलाई भित्र्याएका थियौं । मेरा तीनौटी छोरी घर गए । एउटी जाने बेलामा छ र अर्की केही वर्षमा जान्छे । अनि त यो सबै तैंले नै छोरी भएर सम्हाल्ने हो । जे जति श्रृष्टि छ, सबै तेरै हो । हामीले पिर गरेर के हुन्छ ? पिर गर्ने नै भए हामी उहिल्यै, नानीले तँलाईं पढाउन लैजान्छु भन्दै, पिर गर्ने थियौं । कत्रो आशले ल्याएकी बुहारी, कहाँ नेपाल पठाउने भन्थ्यौं । तर हामीले कहिल्यै त्यसो भनेनौं । आजभोलिको जमाना अर्कै आयो भनेर तेरो ससुराले छिटो पठा कि पठा गरेर मलाई हुंकिरहनु भयो ।”

नन्दिता छक्क परी । सासुको भनाइमा ब्यङ्ग छ कि भनेर उसले बोलीका पानाहरूलाई फेरि एकपल्ट पल्टाई । अहं, कतै त्यस्तो रुपरङ्ग पनि छैन । त्यसोभए के सासुको मन आमाको भन्दा फराकिलो छ ? के त्यो आँगनबाट जुरुक्क उठेर सगरमा टाँसिएको छ ? नन्दिताको मन भरङ्गियो । सासुहरू उसले धेरै पढेकी थिइ । उसले धेरै देखेकी पनि थिइ । तर यस्ती सासु न उसले सुनेकी थिइ, न भेटेकी थिइ । 

“तँ के भत्र खोज्दै थिइस् ?” सासु अड्किइन् । 

“केही होइन आमा,” बोल्दा बोल्दै नन्दिताको गलो अड्कियो । किन अडकियो उसलाई थाहा भएन । उसको गह भरियो भत्रे उसले थाहा पाई । हतार हतार उसले आफ्नो टाउको निहुराई । 

“मन त कसको हुंदैन र ?” सासुलाई नन्दिताको अनुहारको हेक्का रहेन । उनले आफ्नै सुरमा भनिन्, “सम्धिनीसँग भदौमा भेट भएथ्यो । दुइटी बुढी बसेर धेरैबेर गन्थन गर्‍यौं । तेरो रुप, गुण, बानी–बेहोरा, बोली–चाली, शिपलाई तेरो कोखले पो धोका दियो कि भनेर पिरोलियौं । लौ छोरा बुहारी घर आउने रे भन्दा, अब बुहारी हलुङ्गिन आउने भैछ भनेर दङ्ग परें । यस्तै होला भनेर सम्धिनीलाई खबर पनि पठाएँ । सम्धिनीले मैना सोध्नु भो । थाहा छैन, बुहारी आएपछि लगत्तै खबर पठाउँला भनें । अब तैं भन मनमनै यति रोटी पकाएपछि कसको चित्त दुख्तैन ? सम्धिनीलाई अब कुन मुखले जवाफ पठाउने ? के भन्ठात्रु हुंदो हो ? कति चोट पर्दो हो ? म त सासु । आमाको मन कस्तो हुंदो हो ?” 

नन्दिता रोकिन सकिन । सासुको घुंडामा टाउको राखेर उ घुंक्क घुंक्क रुन थाली । माया पनि यति मिठो पिडा दिने खालको हुन्छ र ? 

“नरो, दुलही नरो । कर्ममा लेखेको कसैले मेटेर मेटिंदैन ।” सासुले बुहारीको कपाल मुसार्दै भनिन्, “भगवानले नै नदिएपछि तेरो मेरो के लाग्छ । लेख्या रैनछ भनेर चित्त बुझाउने बाहेक हाम्रो अर्को बाटै के हुन्छ ?” 

धेरैबेर नन्दिताले टाउको उठाउन मात्रि । मायाको आँशुले सासुको घुँडो भिजायो । सासुले आफ्ना घर घर गैसकेका छोरीहरूलाई सम्झिइन् । आमाको हात झन झन हलुङ्गो हुंदै गयो । मरेका र बाँचेका गरी पौने दर्जन छोराछोरीकी आमा भए पनि आमा नहुनुको पिडाको दुखाइ आमालाई थाहा थियो । अहिले बुहारीको मन कसरी भरङ्गिइरहेको छ भत्रे उनलाई ज्ञान थियो । त्यसैले उनले बुहारीको टाउको उठाउन मानिनन् । 

“आमा, अर्को साल हजुरको काखमा नाती हुन्छ,” मनको बाडुली सकिएपछि नन्दिताले टाउको उठाएर भनी । 

“सौता हाल्छेस् आफैं माथि ?” सासुले छक्क परेर सोधिन् । 

नन्दिता खिसिक्क हाँसी । बुहारी हाँसेको देखेर सासुले सबै पिरोलो बिर्सिइन् । दशैं रमाइलो भयो । 

दशैं सकिएर काठमाण्डौ फर्किएको तीन हप्ता भैसकेको थियो । नन्दिताले धेरैचोटी आफ्नो मनको कुरो भत्रे जमर्को गरेकी थिइ । रामचन्द्रले कहिल्यै मौका दिएन । ‘आजको रात त गालेरै पनि कुरा छिमल्छु,’ नन्दिताले किरिया खाए जसरी भनी । त्यसैले रामचन्द्रले चासो नराखे जस्तो गरे पनि उसले लोग्नेको टाउकोबाट हात झिकिन । 

“एकछिन तपाईंले नपढ्दा पनि हुन्छ,” धेरै माया जनियोस् भनेर नन्दिताले लोग्नेले लेखिरहेको कापी माथि हात राखी । 

“के भयो भन न, ।” 

नन्दिताले भत्र सकिन । उसले झ्याल तिर हेरी । पर्दा बाहिरको शुन्यता सुतिसकेको थियो । कोठा भित्र भित्तामा बलेको एउटा मात्र बल्बले कोठा झलमल्ल पारेको थियो । चिसोले बाहिरबाट हात्र थालेको हुनाले कोठा आफैं पनि सिरकमा गुटुमुटिएर बसेको भान हुन्थ्यो । 

“यसपल्ट आमाले बाँझी ठात्रुभो मलाई,” नन्दिताले कुनै भूमिका नबाँधी ठाडै भनी । उसको बोली सुनेर रामचन्द्र छक्क पर्‍यो । लेख्दा लेख्दैको उसको हातहरू बिजुली गएपछि निभेको चिम जसरी टक्क रोकियो । उसले टाउको उठाएर नन्दितालाई हेर्‍यो । अनुहारमा कुनै विकार थिएन । बरु त्यो नजानिदो पाराले हाँसिरहेकी थिइ । 

“आमाले बाँझी ठात्रु भयो र एक डोको सहानुभूति म माथि खन्याउनु भयो । यो सहानुभूति साह्रै भारी भो । अब मलाई सन्तान चाहियो ।” 

रामचन्द्र छक्क पर्‍यो । नन्दिता बोलेपछि गरेरै छाड्छे भत्रे उसलाई थाहा थियो । त्यसमाथि सासुले बाँझी भनेकी बुहारीको मन कसरी रुन्छ भत्रे अलि अलि अनुमान उसले गर्न पनि सक्थ्यो । त्यसैले सन्तान जन्मिन ढिलो हंदु ैन भत्रे उसलाई लाग्यो । तर पनि … 

“के आमाले तिमीलाई गाली गर्नु भो ?” 

“आमाहरू गाली गर्न सक्छन् र ?” नन्दिता खिसिक्क हाँसी । रामचन्द्रको मन आफ्नी आमा प्रतिको गर्वले फराकिलो भयो । 

“त्यसो भए छाड यी सब कुराहरू । अहिले हामीलाई सन्तान चाहिएको छैन ।” 

“तपाईं एकजनाले चाहिएको छैन भनेर हुन्छ ? ससुरा पिरिनु भएको छ, सासु पिरिनु भएको छ, छोरी माथि सौता थपिने भै भत्रे डरले आमाको मन रोएको छ, बा मान्छेको आँखा लुकाएर आफ्नो आँशु पुछ्नु हुन्छ । तपाईं एकजनाले भनेर हुन्छ ? साराको मन रुवाएर तपाईंको मन सन्तुष्ट पार्न सकिन्छ ?” नन्दिता एकछिन अड्किई, “आमाले दशैंमा मलाई गाली गर्नु भएको भए मलाई सन्तान यति चाँडो चाहिने थिएन । आमाले पटक्कै गाली गर्नु भएन । झर्कोको एउटा शब्द पनि निकाल्नु भएन । तर मैले उहाँको मनबाट झरिरहेका आँशुका बाक्ला ढिकाहरू देखें । तिनलाई मैले समातें र किरिया खाएर भनें – अर्को साल आमाको काखमा एउटा नाती हुनेछ ।” 

रामचन्द्र रातसँगै डरायो । झर्किनु कि रिसाउनु ? उसले केही बुझ्न सकेन । नन्दिता आफ्नो मनको कुरो ओकल्दै थिइ कि पृथ्वी जस्तो फराकिलो भएर परिवारको सुखको कल्पना गर्दै थिइ ? अहं, रामचन्द्रले केही ठम्याउनै सकेन । 

“हेर नन्दिता, भावुकताले ब्यवहारमा घर बनाएपछि दुःख पाइन्छ । मान्छे ब्यबहारका थपेडा खान थालेपछि कहिलेकाहीं रुन्छ । जान्दा जान्दै यस्तो गल्ती नगर । एउटा सन्तान, आफैंमा एउटा पूर्ण मान्छे हो । त्यसलाई हुर्काउन तिमीले आफ्नो समय खर्चिनु पर्छ । मैले खर्चिनु पर्छ । तर अहिले हामी यसो गर्न सक्ने अवस्थामा छैनौं । तिमी भरखर एक्काइस वर्षकी भएकी छ्यौ । हतार किन गर्नु पर्‍या छ हं ? अब दुई वर्ष पर्ख । एम. ए. गरिहाल । तिमी काम पनि पाउछ्यौ । घरको आर्थिक बोझ पनि हल्का हुन्छ । त्यसपछि सन्तानका बारेमा सोचौंला ।” 

“अहं,” अररो भएर नन्दिताले भनी, “अब वर्ष दिन भन्दा उता जान सकित्र । परिवार धुरुधुरु रुने अनि यहाँ तपाईं र म ढुक्कले बस्ने पनि हुन्छ ? अर्को साल मलाई एउटा छोरो चाहिन्छ ।” नन्दिताले लोग्नेको टाउकोलाई मायाले मुसार्दै भनी, “नानी कसरी हुर्किन्छ भनेर तपाईं पटक्कै पिर नगर्नुस् । अब मैले बि. ए. पास गर्नेछु । एम. ए. को पढाइ थाल्दा नथाल्दा म सुत्केरी हुन्छु । आमा आउनु हुन्छ । मेरो हेरबिचार हुन्छ । छ, आठ महिनाको बिथोलोले मेरो पढाइ बिगार्दैन । नानी वर्षीको भएपछि आमाले लैजानु हुन्छ । आमाकै काखमा नानी हुर्किन्छ …।” 

“सक्छ्यौ ?” रामचन्द्र छक्क पर्‍यो । 

“तपाईंले मलाई अझै चित्रु भएको छैन ?” नन्दिताले प्रश्नै फिर्ता गरी । उसले मनमनै हिसाब गरी, अर्को सालको साउनमा सन्तान हुने रहेछ । दशैं मात्र घर जान त पाइत्र, तर आमालाई काठमाण्डौ बोलाउन सकिने रहेछ । 



 

जीवन 

(१) 

समय धेरै घर्किसकेको थियो । दश वर्ष पछिको कुरो गर्दैछु म । 

नन्दिता अर्कै भैसकेकी थिइ । उ साह्रै परिपाठे छ भन्थे चित्रेहरू । सप्पैलाई मिलाएर रिझाउन सक्ने अनि आफूलाई लागेको मनाउन सक्ने ढङ्ग भएकी छ भन्थे जात्रेहरू । त्यसैले बिहे भएको पन्ध्र वर्ष टेक्दा पनि सासु ससुराले खै गर्नु परेको थिएन । त्रदहरू भाउजु भनेपछि फुरुङ्गै थिए । जुवाईंहरूले मान महसुस गर्थे । उमेर त उसको पैंतीस पनि टेकेको थिएन, तर परिपाठले उसलाई पचास वर्षको बनाइ दिएको थियो । 

अलि अलि हुनेखानेहरू मधेसतिर बसाईं सर्ने चलन खडेरीको आगो जसरी सल्किएको थियो पहाडमा । चटक्कै पहाड नछोडे पनि मधेसतिर अलिकति खेत र सानो भिटा जोड्ने चलन त जस्केलाको मुला जसरी मौलाएको थियो । ओरपरका आफन्तहरू सबै मोरङ्ग र झापा तिर झरिसकेका थिए रामचन्द्रका । उसको ससुराली खलक मोरङ्गको बयरबनमा आएर बसेको थियो । उसका बैनी ज्वाईंहरूको परिवार पनि झुम्कामा जमेर बसिसकेको थियो । उसका मावली खलकहरू बाहुनीमा टम्मै घरजम गरेर बसेका थिए । आफ्नो परिवारलाई पनि जाउँ नभनेको होइन उसले । तर बुढाबुढी दुबैको मन मानेन । बजार छेउको घर, मान मनितोको बसाइ छोडेर कहाँ परदेशमा जाने ? बुढाबुढीले बुहारीसँग गुनासो गरे । छक्क परेथ्यो रामचन्द्र । नन्दिताको मान घरमा यत्ति बढिसक्यो ? रामचन्द्रको मन चिढियो । रमाउन सकेन उ । पहिलो पल्ट रामचन्द्रले कुरो कोट्याएको मात्र थियो । दोश्रो पल्ट त उसले धर्नै कस्यो । कुनै पनि हिसाबले मनाइछाड्छु भनेर किरियै खायो । तर अहं, बाबुआमाको मन पटक्कै हल्लिएन । मधेसको मिठो चामलले तिनीहरूको ओठ रसाउन सकेन । दशैं मनाउने तरखर नआउदै, अर्थात घटस्थापनाको पर्सिपल्ट आमाले दलानमा बसेर सँगै काम गरिरहेकी बुहारीलाई छोराकै अघिल्तिर भनिन्, “दुलै, हाम्रो शरीरको चोला यहींबाट उठोस् भनेर सम्झा नानीलाई । हामीलाई यहीं सुख छ, सुबिस्ता छ । हामीलाई केही चाहिएको छैन यहाँ नपाइने कुरो । धानको भात खाएकै छौं । रेडियो बजेकै छ । अब त नजिकै तुम्लिङ्गटारमा हवाइजहाज पनि चल्न थाल्यो । मन लाग्दा फुत्त उडेर पुगिएकै छ । अब जोरजबरजस्ती नगर भनेर तँ सम्झा ।” आमा थाहै नपाई भावुक भएकी थिइन्, “बाउ जस्ता ससुरालाई यहीं तुलसीको मोठबाट बिदा गरें । आमा जस्ती सासुको खुट्टामा अन्तिम पटक त्यही मोठमा ढोगेकी थिएँ । आमाबाबुले घर गरेर खा भनेर सुम्पिदिएका थिए । कसैले छि भत्र परेन । कसैले यो बिगारी र त्यो सिध्याई भनेर अवगाल लाउनु परेन । छिमेकी खुशै छन्, इष्टमित्र फैलिएकै छन् । भएको अझ बरु थपिएकै छ । पितृको सराप भोग्नु नपर्ने भएको छ । अनि तैं भन् त, कुन मनले त्याग्नु यो थलोलाई ? अहं, यो बुढेसकालमा म जात्र मधेसको भावर खान । तिमीहरू भ्याए आउनु । भ्याउदै भ्याएनौ भने आ.वा. पठाउनु । तर हामीलाई मधेस झर नभत्रु …।” 

“आमा,” रामचन्द्रले प्रतिवाद गर्न खोज्दै भनेको थियो, “मैले सबैको हितका लागि भन्या हुं । जबरजस्ती लान खोज्या हुं र ? आखिर समाज त सबै झरिसक्यो । मामा उतै हुनुहुन्छ । बैनी जुवाईंहरू सबै उतै झरिसके । सम्धि सम्धिना सबै त्यहीं ओरिपरी छन् …।” 

“हुन्दे, नानी हुन्दे,” आमाले झर्को मान्दै भनेकी थिइन्, “मैले तँलाई केही भनेकै छैन, तँ किन बाठो भएर पुराण कथ्छस् हं ? मैले तेरो मधेस पनि देख्या छु । त्यस्तो भावरमा मान्छे कसरी बाँच्या हुन्, छ्या !” आमाको अनुहारले नराम्रो घिन मान्यो, “मैले दुइटी नातिनी स्याहार्दा तेरो नेपाल शहर पनि देखें । मलाई केही चाहिएन । सक्छस् भने सधैं आइज । सक्दैनस, भ्याउदैनस भने आफ्नो घर बनाएपछि चाड पर्वमा बोला । पन्ध्र बीस दिनका लागि त्यतै आइदिउंला । तर आफ्नो स्वर्ग छोडेर जान मलाई नसम्झा । बाले जान्छु भने पनि म जात्र ।” 

“आमा, सबै कुरो जुग अनुसार फेरिन्छ । हामीले पनि त्यसै गर्नुपर्छ । उहिले मान्छे पश्चिमबाट पहाड पेल्दै यहाँ आए । हाम्रा पितापुर्खा पनि यतै आए । एकै ठाउँमा जरो गाडेर बस्ने रित भए कहाँबाट आइपुग्थ्यौं हामी यो भोजपुरमा ? भत्रुस त, तपाईंले सोचे जसरी सबैले सोचेका भए तीन शहर नेपालको खाल्डो छेउको काभ्रेपलान्चोक छोडेर कसरी यहाँ आउंथे हाम्रा पिता–पुर्खाहरू ? त्यतिबेलाको जुगै त्यस्तो । नयाँ नयाँ ठाउँमा पौरख खोज्दै मान्छे डाँडै डाँडा हाम्फाल्दै पूर्व लागे । भावर थियो होला मधेश । औलोको महामारीले स्वाहा पारेको थियो होला बस्ती । जंगली जनावरले दुरुह पारेको थियो होला जीवन । त्यसैले मानिसहरूले अप्ठेरो भए पनि पहाडै रोजे होलान् । तर अहिले जुग फेरियो । औलो मासियो । धेरै ठाउँमा वन जंगल पनि मासियो । खेतिपाती सरल भयो । गर्मीलाई परिस्थितिले सहन सक्ने बनायो । त्यसैले धमाधम तराइ झर्दैछन् मानिसहरू । तराईमा सुविधा छ । थोरै कामले धेरै आमदानी हुन्छ । मैले त्यति भन्या न हो ।” रामचन्द्रले आमालाई सम्झाउने पाराले भन्यो, “बैनीहरू घर घर गैसके र तिनीहरू सबै मधेशका भैसके । अब एउटी बाँकि छ । त्यो पनि एकदिन उतै जान्छे । तपाईंहरूको शरीर पाक्छ । उता विराटनगर तिर भए यसो खुरुरर्र कुदेर आउन सजिलो हुन्छ । आजभोलि त एकैदिनमा काठमाण्डौबाट त्यहाँ आउन सकिन्छ । बिहान चढ्यो, बेलुका विराटनगर भात खान भ्याइन्छ भनेर पो …।” 

“भो नानी, भो,” आमाले छलफलमा झर्को माने जसरी छोराको बोली काट्दै भनिन् । 

“आमाको कुरा काट्न किन मन लाग्या होला हजुरलाई,” सासु ससुराको अघिल्तिर बोल्न अप्ठ्यारो मात्रे नन्दिताले त्यो दिन बहस नै गर्न खोजी । “आखिर के खान खोज्या छ घरले ? बजारबाट दश मिनेटमा घर आइन्छ । आँगनको डिलमा पंधेरो छ । काम गर्ने मान्छेको अभाव छैन । बिहान झुल्केको घाम, बेलुका डाँडामा टेको नलागुन्जेल घरको धुरीमा चम्किरहन्छ । अनि किन छोड्नु पर्‍यो घर ? पारी बाआमाकोमा यति सुविधा भए उहाँहरू किन जानु हुन्थ्यो मधेस ? सबै आफन्तले छोडे । विरामी पर्दा डाक्टर भेट्न एकदिन हिंड्नु पर्ने । ओरिपरि सुंगुरका पाठा च्याँ च्याँ गर्ने भएपछि दिक्क भर छोड्नु पर्‍या हैन ? यहाँ हामीलाई के छ ? तल काका– काकीहरू हुनुहुन्छ । पारी गाउँमा फुपाजुहरू हुनुहुन्छ । चार पुस्तादेखिका इष्टमित्रहरू सबै ओरिपरि हुनुहुन्छ । अभर पर्दा आँगनमा निस्किएर करायो भने एउटै बोलीमा सिङ्गै गाउँ जुट्छ । अनि किन छाड्नु पर्‍यो ?” 

“त्यै त भन्या दुलै,” आमाले बुहारीको कुरो टपक्क टिपेकी थिइन् । रामचन्द्र छक्क पर्‍यो । उसलाई लाग्यो – आफ्नै घरमा उसको हैसियत नन्दिता भन्दा तल झरिसकेछ । रामचन्द्रको मुटु, थाहा नपाउने गरी दुख्यो । 

राती धेरैबेर गनगन गरेको थियो रामचन्द्रले । “तिमीले जात्रे भएर बीचमा किन बोल्नु पर्‍याथ्यो हं ?” उसले गाली नगरी झर्को स्वरमा हुंकेको थियो, “बुढाबुढीहरूको लहै लहैमा लागेर दुनिया चल्छ ? अहिले पो सबैका हातपाउ चलेका छन् । भोलि यस्तो हुन्छ ? यो अनकण्टारमा आइपुग्न जताबाट हिंडे पनि दुइ दिन घटीमा लाग्छ । कसरी साध्य हुन्छ ? अब त आमा, काठमाण्डौ नै जाउँ भनौली भन्या त मैलाई पो हुंक्छ्यौ ए !” 

“तपाईंको तरीका पनि त ठीक भएन नि,” नन्दिता बहसमै उत्रिई । “आजसम्म कसैको कुरा खानु नपरेकी आमाले नाईं भनेपछि कचकच गरिरहन सुहाउंछ ? जहिलेसम्म खुट्टा चल्छन् तहिलेसम्म चलाउंदै गरुंला । जहिले चल्न छोड्छन् त्यतिबेला पछिको कुरा सोचौंला । अहिले मन दुखाएर आमा बालाई विराटनगर झारेर के हुन्छ ? बस्न दिनुस् न । जहिलेसम्म मनले माग्छ तहिलेसम्म यहीं बस्नुहुन्छ । बरु अब घर बनाउने काम थाल्नुस् । आफ्नै घर भएपछि आमाले आउंछु भत्रुभा छ । आमाले त्यति भनेपछि बाले नाईं भत्रुहुत्र । त्यतिभए पुगेन तपाईंलाई ? विराटनगरको साटो एकैचोटी काठमाण्डौ नै लगौंला बा, आमालाई ।” 

नन्दिताको तर्कको कुनै खण्डन हुंदैनथ्यो । खुशी हुनुपथ्र्यो रामचन्द्र । पराइ घरकी एउटी केटीले यहाँ आएर उसको सारा बोझ थामिदिएकोमा मुखले नभ्याए पनि मनले धन्यवाद दिनुपथ्र्यो उसले । तर अहं, रामचन्द्रको मन खुशी भएन । त्यसमा डाहाको पैरो चल्यो । नन्दिता धेरै जात्रे भै भनेर चित्त दुखाए जस्तो गर्‍यो त्यो मनले । आफ्नो मायालु चोटामा अरु कसैले ओछ्यान लाए जस्तो ठान्यो त्यो मनले । 

बिचरी नन्दिताले लोग्नेको मनको पत्तै पाइन । उसले त लोग्नेले सजिलै आफ्नो कुरो खाएको ठानेर बाँकि परिपाठ पनि मिलाएर काठमाण्डौ फर्किने सुर कसी । 

एक महिना बसेका थिए उनीहरू पहाडमा । नन्दिताले जबरजस्ती रोकेकी थिइ लोग्नेलाई । फकाई पनि । “अहिले यताको ब्यवहार मिलाएर आमा बालाई बिस्तारै घर–ब्यवहारबाट मुक्त पार्न सकियो र उहाँहरूलाई काठमाण्डौमा लगेर राख्न सकियो भने यताको बेचबिखन गर्न सजिलो पर्छ,” उसले आफ्नो लोग्नेलाई फकाउदै भनी । नन्दिताको तर्क सुनेर फेरि एकपल्ट रामचन्द्रको मन गल्यो । 

नभन्दै सबै व्यवहार मिलाई नन्दिताले । सबै खेत अधियाँमा हालिदिई उसले । घरको काम पहिलेदेखिको एउटा गोठालाको मात्र भरमा छोड्न सकित्र भनेर उसले भित्र–बाहिरको कामकाज सम्हाल्नका लागि एउटा जोडी नै ल्याएकी थिइ गाउँबाट । तिनीहरूका लागि उसले गोठमा एउटा कोठा बार्न लगाइ । उनीहरूले कमाइबाट हिस्साका साथै घरबाट तलब पनि पाउने ब्यवस्था गरिदिई । तिनैले बारीको काम सक्याउन् भनेर उसले एक हल गोरु समेत किनिदिई । घरमा काम गर्ने एउटा परिवार नै राखेपछि सानो गाइ मात्र किन भनेर एउटा राम्रो भैंसी पनि किनेर गोठमा बाँध्न लगाएकी थिई । दशैं सकिएपछिको महिना दिन नन्दिताले घरको सुसे धन्दामै बिताई । हिंड्ने दिन बिहान उसको निधारमा विदाईको रातो टिका टाँस्दै सासुले बरबरती आँशु झार्दै भनेकी थिइन्, “कहिल्यै तिर्न नसकिने रीन लाइस् दुलै तैंले । मेरा छोरा छोरीले कहिल्यै गर्न नसक्ने काम गरेर गुन लाइस् …।” 

नन्दिताको मन नाङ्गलो जत्रो भएर फनफनी घुम्दै नाचेको थियो । तर रामचन्द्रले आफ्नो अनुहार पनि मरिच भए जस्तो ठान्यो । 

सासुले आँशु बगेका आँखाले उसको कपाल मुसारेको त्यो वर्ष दुइ हजार बत्तिस साल थियो । दुइ हजार बत्तिस साल क्याम्पसको पात्रोमा उथलपुथलका रङ्गिन धर्साहरू भित्र रुमल्लिएर टांगिएको थियो । नन्दिता, पहाडको घर जाने बेलामा त्यो अशान्त थियो । बैरागिंदै हिंडेकी थिई उ शहरबाट । आन्दोलनका शीर्षकहरूको सरोकार हुंदैनथ्यो नन्दितालाई । उ बिहान नानीहरूसँग खेल्दै घरको सुसे धन्दा सक्याउथी । दिउंसोको पद्यकन्या, माइती जस्तो लाग्थ्यो उसलाई । बेलुका घर फर्किंदा थकाइले ढोका कुरिरहेको हुन्थ्यो र उसलाई ढोकाको आडमा देख्ने बित्तिकै सारीको सप्को समातेर त्यो नन्दितासँगै भर्‍याङ चढ्न थाल्थ्यो । 

दशैं र तिहार सकेर काठमाण्डौ फर्किंदा पनि उथलपुथलका धर्साहरूको रङ्ग मेटिए जस्तो लागेन नन्दितालाई ! 

बत्तिस सालमा आइपुग्दा, नन्दिताले नेपालीमा एम. ए. गरिसकेकी थिइ र आफू कुनै बेला विद्यार्थी भएको पद्मकन्यामा उ गुरुआमा भएकी थिइ । उ पढ्दा कलेज भत्रिे शिक्षण संस्थाहरूलाई तीस सालदेखि क्याम्पस भत्र थालिएको थियो । त्यसैले पद्मकन्याको मायालु कलेज पनि पद्मकन्या क्याम्पस भएको थियो । गुरुमा भए पनि कलेजलाई क्याम्पस भत्राले शिक्षामा कस्तो गुणस्तर वृद्धि भयो, आफूले भोगे भन्दा कुन उत्कृष्ट जीवन कम्पाउण्ड भित्र जन्मियो भनेर नन्दिताले थाहा पाउन सकिन । थाहा पाउनु पर्छ भनेर साह्रै चासो पनि राखिन । 

पद्मकन्याको पुरानो एकान्त जबरजस्ती खोसिएको थियो । पद्मकन्याले जोगाउन खोज्दा खोज्दै त्यो खोसिएको थियो । त्यसको दाहिने देब्रे दुबैतिर बजारको रुखो आवादी फक्रिन थालेको थियो । नयाँ नयाँ घरहरूले क्याम्पसलाई बजारको बीचमा थेचारिदिएका थिए । दक्षिणी पाटोका पुराना र होचा घरहरूलाई कंक्रिटका ढुङ्गे बगैंचाहरूले बिस्थापित गर्न थालिसकेका थिए । नयाँ दुलही जस्तो हुंदैथियो बागबजार । तर पनि मानिसहरूले त्यसका बारेमा कुरा काट्न छोडेका थिएनन् । बाटामा हिंडदा एकखालकाले भन्थे – पद्मकन्या क्याम्पस, कङ्क्रिट – बजारको बिकाउ माल जस्तो भयो । अर्काखालकाले भन्थे – बाक्लो बस्तीले क्याम्पसको शोभा बढायो । 

माइती जस्तो भए पनि नन्दिताका लागि क्याम्पस पहिले जस्तो सर्वस्व थिएन । त्यो उसको जिन्दगीको एउटा अंश थियो । धेरै अंशहरूमा समाहित उसको जीवनको एउटा पाटो थियो त्यो । 

बितेको दश वर्षमा नन्दिताको जीवनमा धेरै उथलपुथल आएको थिएन । तर जिन्दगीले परिवर्तन देखिसकेको थियो । नन्दिताले सत्ताइस सालमा पहिलो छोरी पाएकी थिइ । दोश्री छोरी उ भन्दा चार वर्ष कान्छी थिइ । काखमा दुइटी छोरी भैसके पछि उसले तेश्रो सन्तान जन्माउने मन नबनाउने अठोट गरेकी थिइ । यो अठोटले उसलाई अलि अलि अप्ठ्यारोमा पारेको पनि थियो । रामचन्द्रले त साह्रै कचकच गरेको थिएन । तर आफूभन्दा अगाडिको पुस्ताका अघिल्तिर उसलाई उभिन नपरे हुन्थ्यो जस्तो लाग्न थालेको थियो । सम्बन्धका मायालु साङलाहरूले बाँधेको थियो उसको मुखलाई । न उ चरचरी बाझ्न सक्थी न ठुस्किएर नमस्ते गर्न नै सक्थी । झलक्क हेर्दा सासुको मायामा दाग लागेको देखिदैनथ्यो । तर त्यसमा लयालुपना पनि थिएन । आमाका आँखाहरूमा दिक्दारीको बादल मडारिएको उ थाहा पाउथी । छोरी जन्माउनुमा उसको केही दोष छैन भत्रे सत्य बुझाउन उसले केही काल कोशिश पनि गरी । तर सफलताले उसलाई साथ दिएन । केही काल आफैं भित्रको पिडामा उ बेस्सरी रुमल्लिई । औडाहाको विमारीले समात्यो नन्दितालाई । तर उसले हार खाइन । झुक्न पनि मात्रि उ । पिडाको विमारीले आफूलाई खान दिंदैन भत्रे सत्य स्वीकार्न उसलाई गाह्रो परेन । त्यसपछि उसले चिन्तालाई नमस्ते गरी । कस्तै अवस्थामा पनि तेश्रो सन्तान नजन्माउने अठोट गरेपछि उसले लोग्नेलाई आफ्नो टुङ्गो सुनाई । रामचन्द्र मुसुक्क हाँस्यो । त्यो हाँसो समर्थनको हो कि सन्तान नजन्माउं भनेर रामचन्द्रले गरेको कर नमानेकोमा विरोध हो भत्रे उसले बुझ्न सकिन । त्यसैले उ पनि लाटो जवाफ फर्काउने ढङ्गले मुस्कुराई । 

नन्दिताले क्याम्पस पढाउन थाल्ने र रामचन्द्रले क्याम्पसको जागीर छोड्ने काम झण्डै सँगसँगै भएको थियो । रामचन्द्रको क्याम्पस छोडाइ कुनै आकस्मिकता थिएन । त्रिचन्द्र कलेजमा पढाइरहेकै बेला उसले कानूनको जाँच दिएको थियो । उ कानूनको स्नातक हुंदा नहुंदै भृकुटीमण्डपको बाटोमा कानूनको स्वतन्त्र क्याम्पस खुल्यो । त्यसपछि पहिलो लटको अध्यापक भएर उ ल क्याम्पसमा आयो । दुइ वर्ष क्याम्पसमा पढाएपछि उसले त्यो जागिर नै छोडिदियो र पुतली सडकमा आफ्नो नीजि कार्यालय खोल्यो । त्यसपछि उसले आफूलाई पुतली सडकको स्थायी बासिन्दा बनायो । यसरी दश वर्षको हाड घोटाइको क्रमलाई रामचन्द्रले नयाँ दिशातिर लगायो । उसले आफूलाई सरबाट ओकिल साहेबमा फर्कायो । उसका साथीहरू फेरिए, उसको काम फेरियो, उसका सङ्गातीहरू पनि फेरिए । मान्छेले थाहा पाउदा नपाउदै उसको जीवन शैली फेरियो । 



 

रामचन्द्र ओकिल साहेब भैसकेपछि नन्दिताको नाममा काठमाण्डौमा एउटा घर बन्यो । त्यसलाई शहरको घर भत्र सकिदैनथ्यो । त्यतिबेलासम्म कालिकास्थान शहर भित्र पसिसकेको थिएन । पण्डित सोमनाथ सिग्देलको घरबाट दाहिने मोडिएर भित्र पसेपछि नन्दिताको नाम टाँसिएको चिटिक्कको दुइतले घर भेटिन्थ्यो । सस्तो जग्गा भेट्टाएको थियो रामचन्द्रले । ‘रामचन्द्रलाई त चौकै पर्‍यो’ भन्थे दौंतरीहरू । चार हजारमा एक रोपनी जग्गा – टपक्कै फूल जसरी टिपेको थियो रामचन्द्रले । “भाग्यले साथ दिनुपर्छ,” गजक्क परेर रामचन्द्र गफ थाल्थ्यो, “सबैको भाग्यमा फूल फुल्दैन । कताकतिकै कुरा हो यो । लेख्ने भन्छन् नि चित्रगुप्तले । हो, त्यो लेखाइ भनेको यस्तै हुन्छ । कसैले चिताउन नसकेको । कसैले अनुमान गर्न नसकेको …।” 

आफ्नो लोग्नेले चित्रगुप्तको कथा हालेको सुन्दा नन्दिता छक्क पर्थी । उसले बुझ्न छोडेकी हो कि लोग्नेले जात्र छोडेको हो भनेर उ ठम्याउनै सक्दिनथी । चार हजारमा एक रोपनीको जग्गा दिन स्वर्गबाट चित्रगुप्त आएका थिएनन् भत्रे कुरा नन्दिताले राम्रै गरी जानेकी थिई । चार हजार र एक रोपनीका बीचमा कुन ज्यानमुद्दाले काम गरेको थियो भत्रे उ जान्दथी । जग्गा सस्तो पाइएकोमा उसले दुःख मनाउ गर्नु थिएन । तर चित्रैगुप्तको खाता खोलिएपछि जग्गामा पाइएको भाग्य, छैठीका दिन उसको निधारमा टाँसिएको थिएन । 

सस्तो जग्गा नराम्रो थिएन । पुतली सडकको बाँसझाङ्गको आडैबाट दाहिने लागेपछि रामचन्द्रको घरको आँगनसम्मै मोटर जाने बाटो थियो । उसको घरको आँगनको छेउबाट सानो चार फिटको बाटो खुत्रुक्क तल झथ्र्यो र फाँटमा गएर कतै हराउथ्यो । फाँटमा त्यतिबेला पनि फराकिलो खेत पसारिएको थियो । अहिलेसम्म नाम नभएको त्यो नगरमा आवादी शुरु भएको थिएन । सिंहदरबारलाई घेर्ने पर्खाल ओरिपरि सिस्नुको बाक्लो झाङ थियो । खेतको बीच बीचमा मझौला खालका बाङ्गा रुखहरू उभिएका थिए । रुखहरूको आडमा पुराना मानिसका पुरानै खालका फाट्ट फिट्ट घरहरू आवादी भैटोपलेर बसेका थिए । गाउँ नै थियो त्यो बस्ती । त्यसैले त्यहाँ शान्ति र शितलता दुबै थियो । ‘टाढै हो,’ भन्थे मानिसहरू कालिकास्थानलाई । त्यसबेलासम्म वागबजार तिर कोठाको भाडा पचहत्तर रुपैयाबाट माथि गैसकेको थियो, तर त्यता हुंदो पच्चिस तीस हालेपछि राम्रै कोठा पाइन्थ्यो । त्यसैले पनि त्यसलाई गाउँ भत्रे बानी बसेको थियो मानिसहरूमा । 

लोभलाग्दो जग्गा भेटेपछि रामचन्द्रले साह्रै कर गरेर पहाडको एउटा खेत बेच्न लगायो । अब उसै पनि फर्किएर पहाडको बसाइमा रमाउने मन उसँग बचेको थिएन । पहिले काठमाण्डौमा खरिएको बेला उसलाई मातृभूमिको हरियाली प्यारो लाग्थ्यो । तर गएको पाँच वर्षमा रामचन्द्रले काठमाण्डौमै बाक्लो हरियाली देख्न थालेको थियो । हरिया नोटहरू, रामचन्द्रका हातका लागि सस्तै भैसकेका थिए र ती हरिया नोटहरूले उसको गाउँको हरियालीलाई थिच्न थालेका थिए । 

बाबु आमाले छोराको हरियो मनलाई चिनेर जग्गा बेचेका थिएनन् । बुढाबुढीले छोरो पहाड फर्किंदैन भत्रे बुझिसकेका थिए । काठमाण्डौमा ठूलो परिवार डेरामा बसिरहन पनि गाह्रो हुन्छ भत्रे उनीहरूले हिसाब निकाले । त्यसैले आफ्नी मायालु बुहारीसँग एकसरो सल्लाह गरेपछि बुढाले २२ मुरी फल्ने एउटा खेत बेचेर पैसा काठमाण्डौ पठाइदिए । 

घरबाट पैसा नआएको भए पनि काठमाण्डौमा घर बनाउनै पर्ने भएको थियो रामचन्द्रलाई । त्यतिबेलासम्म घरले नागरिकको स्तर जाहेर गर्न थालेको थियो । त्यतिमात्र होइन, घर, स्वयम् आमदानीको ब्यवसाय पनि बत्र थालिसकेको थियो । त्यसबाहेक त्यतिबेला काठमाण्डौमा घरै बनाएर बसाईं सर्ने लहर आइसकेको थियो । मानिसहरू पहाड त के, मधेस समेत बेच्दै काठमाण्डौ आउन थालिसकेका थिए । रामचन्द्र जस्तो बाठो मान्छेले त्यसको हिसाब ननिकाल्ने कुरै थिएन । 

‘घरबाट नोक्सान हुंदैन,’ रामचन्द्रको मनले भन्यो । 

रामचन्द्रले मनले रुचाएको घर बनाउने निर्णय गर्‍यो । 

कालिकास्थानको डाँडामा अर्को एउटा घर थपियो । रामचन्द्रका आमाबाबुले पहाडदेखि आएर घरको पुजाआजा गरे । जग खत्रे बेलामा पनि बाबु काठमाण्डौ आएका थिए । उनैले जगको ढुङ्गा राखेका थिए । जग खत्रे बेलामा उनीहरूले डिल्लीबजारका ख्यातिप्राप्त पण्डित भट्टराईलाई पाठपुजाका लागि बोलाएका थिए । त्यतिबेला भट्टराई पण्डितले रामचन्द्रका बाबुसँग भनेका थिए “किच्कत्री हिंड्ने बाटो परेछ ।” रामचन्द्रका बाबु झसङ्ग भएका थिए । उनको झस्किएको अनुहारमा नियालेर हेर्दै भट्टराई पण्डितले थपेका थिए, “पिर मात्रु पर्ने कुनै कारण छैन । उहिले राणाजीले बिगारेकी एउटी आइमाई प्रेतयोनीमा झरेपछि किच्कत्री भैछ । पुतली सडकदेखि त्यो धोवीखोलासम्म हिंड्दी रैछ । बाटो थुनिदिनु पर्छ । ढुक्क हुन्छ । पछि नानीले घर ठड्याएपछि एकपल्ट पाउकष्ट गर्नुभए सबैलाई राम्रो हुन्छ ।” 

रामचन्द्र केही नबोली हाँसेको थियो । किच्कत्री भनेपछि रामचन्द्रको मन सधैं रोमाञ्चित हुन्छ । उहिले झण्डै पन्ध्र वर्षै पहिले अल्लारे विद्यार्थी हुंदा उ किच्कत्री खोज्न निस्किएको थियो । तीन जना विद्यार्थीहरू मिलेर किच्कत्री खोज्न हिंडेका थिए राती दश बजेतिर । किच्कत्री हुन्छ भत्रे विश्वास दह्रो थियो उनीहरूमा । किच्कत्री राम्री हुन्छे, प्रायः सेता लुगा लाएर हिंड्छे, मान्छेसँग संगत भएपछि माया गरी गरी मान्छेको रगत चुसेर मार्छे जस्ता कथाहरू सुनेका थिए उनीहरूले । त्यसैले किच्कत्रीसँगको भेट डर, प्रेम, स्नेह, लालसा सँगसँगै जिज्ञासाको अभिव्यक्ति थियो तिनीहरूका लागि । त्यसैबेला पारसमणि प्रधानको एउटा संस्मरण छापिएको थियो र किच्कत्रीको सविस्तार वर्णन थियो त्यसमा । त्यतिबेलै रामचन्द्रले एउटा चिनिया कथा पनि पढेको थियो – किच्कत्रीले माया गरेको र नमारीकन कथाकारलाई छोडिदिएको कथा । 

त्यसैले रामचन्द्रले नै किच्कत्र भेट्ने प्रस्ताव राख्यो साथीहरूसँग । साथीहरू सहमत भएका थिए । उनीहरू निस्किएका थिए जुनेली रातको उज्यालोमा । 

त्यतिबेला पनि किच्कत्रीहरू पुतलीसडकबाट बाँसझ्याङ हुंदै डिल्लीबजारबाट मैतिदेवी निस्किएर रातोपुल हुंदै पशुपतिको घाटसम्म जान्छन् भत्रे सुत्रिथ्यो । राणाजीका कारण किच्कत्री हुने महिलाहरूकै कथा त्यतिबेला पनि बेस्सरी सुत्रिथ्यो । एकाध किच्कत्रीहरू मध्यरात तिर रानीपोखरीको छेउबाट पार्क रेष्टुराँको अघिल्तिर उभिन्छन् र होटलको जागिर खाएर राती एक दुइ बजेतिर कोठामा फर्किरहेका युवाहरूलाई फसाउँछन् भन्थे मानिसहरू । तर किच्कत्रीको बाक्लो खेती हुने ठाउँ भनेको पुतलीसडकको बाँसझ्याङ, मैतिदेवीको फाँट र गौशाला निस्कने उकालोहरू थिए । 

पहिलो चोटी तीन दिनसम्म रामचन्द्रहरू लगातार किच्कत्रीको पछि लागे । पहिलो दिन उनीहरू खाना खाएर पुतलीसडकमा निस्किए र किच्कत्री पाइने बाटाहरूमा बरालिंदै गौशालासम्म पुगे । राती बाह्र बजेसम्म पनि कतै किच्कत्रीको चालचुल नदेखेपछि उनीहरू दिक्क मान्दै फर्किए । दोश्रो दिन रातको ठिक बाह्र बजे उनीहरू पार्क रेष्टुराँ अगाडी पुगे । कतैबाट कुनै केटी फुत्त निस्केली कि भनेर चारै कुनामा आँखा गाडेर उनीहरू अलग अलग ठाउँमा उभिइरहे । एक घण्टा पर्खिंदा पनि किच्कत्रीले अनुहार नदेखाएपछि उनीहरू फन्किंदै हिंडेका थिए । तेश्रो दिन उनीहरू रातको एघार बजे पुतली सडकमा पुगेका थिए र बिहानको पुजापाठको लक्षण देखिने बेलामा पशुपतिनाथ पुगेका थिए । 

किच्कत्रीले रामचन्द्रहरूलाई पत्याइन । 

तर पनि रामचन्द्र निराश भएको थिएन । आफूले लगातार किच्कत्री खोज्दा पनि नपाएपछि रामचन्द्र जहाँ पनि ‘किच्कत्री हुंदैनन्, हामीले कति खोज्यौं, बेकारको कुरा’ भन्दै बहसमा उत्रिन थाल्यो । त्यही भिडन्तका बेलामा मानिसहरूले उसलाई किच्कत्री आउने रात र समयको जानकारी दिए । केहीले भने – औंसीको मध्यरातमा किच्कत्रीहरू एक्ला एक्लै शिकार खोज्न निस्कन्छन् । कसैले भने पूर्णिमाको चन्द्रमाले आकाश रंग्याएको बेला सेतो साडी लाएका किच्कत्रीहरू दश बजेदेखि नै चोक चोकमा शिकार पर्खेर बसिरहेका हुन्छन् । कसैले अष्टमीमा किच्कत्री आउने कुरा गरे भने कसैले सप्तमीका दिन । 

रामचन्द्रले हरेश खाएन । उसका साथीहरूले पनि हरेश खाएनन् । तर उनीहरूले महिना दिन ढुक्दा पनि किच्कत्रीले उनीहरूलाई दर्शन दिन मात्रि । 

त्यतिबेलादेखि कसैले किच्कत्रीको कुरो गर्‍यो कि रामचन्द्रको ओठ हाँस्न थालिहाल्थ्यो । त्यो दिन पनि उसको ओठ हाँसेको थियो र हाँस्दै हाँस्दै उसले भनेको थियो, “पण्डितजी, आँगनको छेउबाटै तल झर्ने बाटो छ । आफ्नो कम्पाउण्डमा पर्खाल लाइदिउंला । पर्खाल बाहिरको साँघुरो बाटोबाट सारी स्याहार्दै किच्कत्री ओरालो लाग्ली नि त ।” 

“त्यसो भत्रु हुंदैन सर,” भट्टराई बाजेले सम्झाउने पाराले भनेका थिए, “केटाकेटी भएको घरमा त्यसो भत्रु हुंदैन । किच्कत्रीको छायाँले के के गर्छ गर्छ ।” रामचन्द्रले त्यही पुरानो हाँसो हाँस्दै भनेको थियो, “गुरुले समय मिलाइदिनुस् क्यार, बाले आएर पुजाआजा गरिदिनु हुन्छ । त्यसपछि मात्र हामी घर सरौंला हुत्र ?” 

भट्टराई पण्डित र बाबु दुबैले सन्तोषको सास फेरेका थिए । त्यही सासको पुर्णाहुतीका लागि दोश्रोपल्ट रामचन्द्रका आमाबाबु पहाडबाट काठमाण्डौ आएका थिए । 

एक महिनासम्म बुढाबुढी ढुक्कै आएर छोराको घरमा बसे । पुजापाठ सकिएपछि, भुत, प्रेत, पिसाच कसैले पनि रामचन्द्रको घरतिर फर्केर हेर्न नसक्ने भएपछि बुढा मान्छे पहाडको घरतिर फर्किएका थिए । त्यतिबेला नन्दिताले सासु ससुरालाई रोक्न हत्ते हाली । बुढा बुढीको उमेरको अत्तो थापी । अहं, दुबैले बुहारीको कुरो खाएनन् । नन्दिताले आफ्ना साना छोरीहरूलाई हजुरबा, हजुरआमाको पुछ्रे बनाई । नातिनीहरूको मुख हेरेर घरमा बस्न सासु ससुरालाई निहोरा गरी । भित्रबाट नभ्याएपछि उसले रजनीलाई पनि घरमा तानी । रजनीले दुइ दिन आएर ठूलाबा, ठूलीआमालाई फकाई । तर अहं, नन्दिताको केही लागेन । सासुले आफ्नी दुलहीको सिउंदो मुसार्दै भनिन्, “दुलै नरोक्, हामीलाई नरोक् । तँसँग बस्न पाउदा हामीलाई स्वर्गै हुन्छ । नातिना खेलाउन पाउदा हामीलाई तिर्थै हुन्छ । तर दुलै, यो शहरमा हामी निस्सासिन्छौं । घरले बोलाउंछ । आफ्नो पानी, आफ्नो बारी, आफ्नो सालनालले पोल्न थाल्छ । नरोक् बाबै, नरोक् ।” 

सासुको मायाले मुसारिएको हत्केलाले नन्दिताको गहमा आँशु बटुल्यो । उसले टाउको उठाएर ‘आमा’ मात्र भत्र सकी । आमाले उसको निधार पुछ्दै भनिन्, “तेरो मन कहाँनेर दुख्या छ भत्रे मलाई थाहा छ । तर पिर नगर । जुन दिन सक्दैनौं कि भत्रे लाग्छ, हामी सरासर तेरै दैलामा छिरौंला । अब त के छ र ? जतिखेर मन लाग्यो, त्यतिखेर हररर घरैबाट उडेर आउन पाइन्छ । त्यसैले पिर नगर । तँलाई मन लाग्दा तँ आउलिस्, हामीलाई मन लाग्दा हामी आउँला …।” 

नन्दिताले त्यसपछि रुंदै सासु ससुरालाई बिदा गरेकी थिई । 

घर, रामचन्द्र र नन्दिता दुबैका लागि सुरक्षाको भरोसिलो किल्ला थियो । घर नहुन्जेल उनीहरूले दुबैले आफूलाई असुरक्षित ठानिरहेका थिए । वागबजारमा बस्दा पनि पछिल्लो कालमा, अर्थात आमदानी बढेपछि रामचन्द्रले चार ओटै कोठा भाडामा लिइसकेको थियो । त्यो सिङ्गो तलामा उनीहरू बाहेक अरु कसैको बसोबास थिएन । एउटा कोठा आफूहरूले प्रयोग गर्थे । ठीक अगाडि पट्टिको कोठामा नानीहरू सुत्थे । पहिलो छोरी जन्मिएपछि नन्दिताले माइतीबाट एउटी केटी ल्याएकी थिइ । उ पनि त्यही कोठामा सुत्थी र नन्दिताको परिपाठका कारण आउने जानेहरूका लागि त्यही केटी जेठी छोरी जस्ती भएकी थिइ । दक्षिण पश्चिमको कोठा पाहुनापासाका लागि छुट्याइएको थियो । पाहुना नआएको बेला त्यो रामचन्द्रको अध्ययन कोठा हुन्थ्यो । एकान्त खोजेर चिन्तन गर्नु पर्दा रामचन्द्र रातबिरात त्यहीं बिताउने गथ्र्यो । भर्‍याङ्ग छेउको, उत्तरपट्टीको कोठामा भान्सा थियो । 

यसरी सबै हिसाबले व्यवस्थित थियो वागबजारको डेरा । अफिसको हिसाबले त त्यो भन्दा सजिलो अरु कतै हुनै सक्दैनथ्यो । फुत्त निस्कियो – पाँच मिनेटमा अफिस पुगिहालिने ! पछिल्लो कालमा दक्षिणतिरको बाटो पनि खुलिसकेको थियो । त्यसैले पुतलीसडकको तल्लो भागमा अथवा ल क्याम्पसमा निस्कनका लागि पुतलीसडकको चोक घुमिरहनु पर्ने वाध्यता समाप्त भएको थियो । बाहिरबाट हेर्दा अथवा साथीभाइले विश्लेषण गर्दा मान्छेको आँखामा रामचन्द्रको बसाइ सबैभन्दा सुविधाको बसाइ थियो । तर अहं, रामचन्द्र र नन्दिता दुबैलाई त्यस्तो लाग्न सकेन । अर्काको घरमा बसिरहन उनीहरू दुबैको मनले मानेन । जति सुविधा भए पनि त्यो अर्काको नामको घर थियो । रामचन्द्रलाई आफ्नै नामका कोठाहरू चाहिएको थियो शायद । त्यसैले उसले कालिकास्थानमा, ओरालो लाग्ने बाटोको मुखैमा जोतेर दुइ तले घर बनायो । घरै बनाउनु परेपछि केको त्यान त्यान भन्दै उसले भएसम्मको आधुनिक घर बनायो । भूईंतलामा भान्सा, बैठक र पाहुना कोठा बनायो । नुहाउने र दिशापिसाव गर्ने कोठा पनि त्यही तलामा बनायो । माथिल्लो तलामा दक्षिण पूर्वी किनारमा एउटा मिलेको बरण्डा थियो । भित्र रामचन्द्रले आफ्नो लागि एउटा अध्ययन कोठा, छोरीहरूका लागि सुत्न र पढ्न सकिने फराकिलो कोठा र आफ्नो सुत्ने कोठा निकालेको थियो । त्यसभन्दा माथि छतको कुनामा एउटा सानो सानो कोठा थियो र त्यसलाई लोग्नेस्वास्नी दुबैले यसो खात्राङ मित्रिङ राख्ने कोठा भन्थे । 

आफ्नो घरमा आएपछि केही दिनका लागि नन्दिताको मन फुरुङ्ग भयो । स्वर्गै आएजस्तो लाग्यो उसलाई महिना दिनसम्म । नयाँ घर त्यसै रमाइलो थियो । त्यसमाथि, त्यो घर आफ्नो थियो र त्यही आफ्नोले नन्दितालाई दङ्ग पारेको थियो । उ आफू खुशी थिई र घरका सबै मानिसहरू सुखी भए जस्तो लागेको थियो नन्दितालाई । 

तर पहिलो वर्ष बित्दा नबित्दै आफ्नो नामको घर भएपछि दुःख धेरै बढे जस्तो लाग्न थाल्यो नन्दितालाई । उसको बिहान चिताइ नसक्नुको बेफुर्सद लिएर घरभित्र छिथ्र्यो । मानिसहरूको कुदाकुदले घरै ढाकेको हुन्थ्यो । घरको सरसफाइ गर, आफ्नो सरसफाइ गर, चिया खाउ, भात पकाउ, भात खाउ, छोरीहरूलाई तयार पार अनि लौ बेला घर्कियो भन्दै क्याम्पसतिर कुद । यो, नन्दिताको नियमित जीवन थियो । डेरामा पनि नन्दिताले यति काम गर्नुपथ्र्यो – तर त्यतिबेला काम आफैं सललल चिप्लिए जस्तो हुन्थ्यो । घरमा त के छुट्ने, के नपुग्ने जस्तो भैरहन्थ्यो र समय साह्रै चाँ चाँडो अनि हात असाध्यै ढिलो चले जस्तो लाग्थ्यो नन्दितालाई । 

रामचन्द्र बिस्तारै भलादमी हुंदै गएको थियो । उसको बिहानको घुमाइ जस्ताको तस्तै थियो । त्यसको स्तर बढेको थियो भन्थे दौंतरीहरू । कालिकास्थानमा सरेपछि बाटो पनि अलिकति फेरिएको थियो । उ घरबाट बाहिर निस्कन्थ्यो र कालिकास्थानबाट डिल्लीबजार तिर लाग्थ्यो । मैतीदेवीको चोकबाट उ दाहिने मोडिन्थ्यो र बस्तीहरूको बीचबाट आफ्नो घर अगाडि निस्कन्थ्यो । बिहानको सफा हावाले लिपेको बाटामा आधा घण्टा सास तान्दा नतान्दै उ घरभित्र पस्थ्यो र चट्ट बैठकमा बसेर (रामचन्द्र जहिले पनि ‘चट्ट बैठकमा बसेर’ भत्रे गथ्र्यो । त्यसैले यहाँ पनि त्यही शब्द प्रयोग गर्नुपरेको हो उ अखबार पढ्ने गथ्र्यो । उसको अखबार पढाइ र चिया एकैचोटी समाप्त हुन्थ्यो । त्यसपछि उ आफ्नो अध्ययन कोठामा छिथ्र्यो र कानूनका मोटा मोटा ठेलीहरू पल्टाउदै नजिकै बजिरहेको रेडियोको धुनमा हराउथ्यो । 

तर सधैं ठ्याक्कै यही जिन्दगी घडीको सुइ जसरी घुम्थ्यो भत्र मिल्दैनथ्यो । बेलामौकामा बिहानै आफ्नो ल फर्ममा जानु पर्दा उसले आफनो समयलाई यताउता तात्रुपथ्र्यो । आफ्नो ‘मोर्निङ्ग वाक’ सकेर घर आएपछि उ हतार हतार नुहाउने धुवाउने काममा लाग्थ्यो । त्यसपछि लुगा लाउने र चिया खाने कामलाई उ एकै झमटमा सिध्याउथ्यो । यसरी आठ बज्दा नबज्दै उ आफ्नो ओकिलको कार्यालयमा पुगिसकेको हुन्थ्यो । 

रामचन्द्र घरको रमाइलोमा हराएको थियो र कालिकास्थानमा सरेपछि उसको प्रगतिको पाइलो पनि म्याराथुनको दौडाइ जस्तो भएको थियो । 



 

तर नन्दितालाइर्, एकवर्षमै घर बोझ जस्तो लाग्न थालेको थियो । घर सँगसँगै उसलाई आफ्नो जीवन पनि भारी हो कि जस्तो लाग्न थालेको थियो । त्यति मात्र होइन, बिहे भएको पन्ध्र वर्षपछि उसलाई लोग्ने पनि अलि अर्कै भए जस्तो लाग्न थालेको थियो । एक दर्जन वर्षसम्म डेरामा बसुन्जेल बिजुली, पानी, रङ्गरोगन, मरम्मत सम्भार जस्ता कुराको झण्झट कहिल्यै बेहोर्नु परेको थिएन । तर आफ्नो घर बनिसकेपछि नन्दिताको जीवनमा यस्ता अतिरिक्त कामहरू तनावका तिखा गिर्खा बत्रपुगेका थिए । कालिकास्थानमा सरेपछि आफ्नो घर भनेर रौसिंदै नन्दिताले शुरुमा गमलाहरूमा फूल सजाएकी थिइ । गमलाहरू छतको ओरिपरि मुस्कुराएर थचक्क बसेका थिए । तर त्यो मुस्कुराहटसँगै गमलामा पानी हाल्ने नयाँ बोझ नन्दिताको काँधमा थपिएको थियो । आफ्नो घर भनेर उसले आँगनलाई बगैंचा बनाउने कोशिश गरेकी थिइ । त्यो बगैंचाको सुसार थप एउटा काम भैदिएको थियो । बगैंचा नाघेपछि, पर एउटा कुनामा तरकारी बारी थियो । अर्को कुनामा उसले तुलफूलका बोटहरू लगाएकी थिइ । तिनीहरूको स्याहार सुसारको बोझ पनि उसकै काँधमा थपिएको थियो । 

आफ्नो घर भएपछिका अतिरिक्त काम थिए यी सबै । नन्दिताले आफैं बेसाएका दुःखहरू थिए यी सबै । 

घरको बोझले किचिन थालेपछि नन्दिताको मनले प्रायः लोग्नेको अनुहार नियाल्थ्यो । एकदिन उसले यसो बिजुलीको काम गर्देला कि भन्थ्यो त्यसले । तर अहं, लोग्ने उसको मनको दैलोतिर फर्किएर पनि हेर्न मान्दैनथ्यो । कुनै दिन यसो छतका गमलामा पानी हालिदिन्छन् कि लोग्नेका हातले भनेर उसको मन मौलाउथ्यो । तर हावा सुंध्न र घाम ताप्न बाहेक कहिल्यै उसको लोग्ने छतमा पाइलो हाल्दैनथ्यो । डेरामा यस्तो झण्झट थिएन । नन्दिता झलझली वागबजारको डेरा सम्झिन थाली । त्यतिका वर्ष बसे नन्दिताहरू । अहं, त्यहाँ कुनै झण्झट थिएन । एकदिन पनि उसले रंगरोगनका कारण पिरिनु परेन । घरको पेटी भत्किाएको छ कि भत्रे चिन्ताले उसको टाउको समातेन । बिजुलीको लाइन काटिने हो कि भत्रे डर पनि कहिल्यै घरमा पसेन । 

दोश्रो वर्ष पुरा हुंदा घरको बोझले आफूलाई निचोर्ने जसरी किच्न आँटेको पो हो कि जस्तो लाग्न थाल्यो नन्दितालाई । 

तर पनि बाहिरबाट हेर्दा नन्दिता दुःखी देखिइन । साथीहरूले उसको सुखमा इष्र्या गरेको देख्दा नन्दिताको मन फुरुङ्ग पथ्र्यो । “तिमी त साह्रै भाग्यमानी छ्यौ नन्दिता,” साथीहरू प्रायः उसलाई भत्रे गर्थे, “देउता जस्तो लोग्ने पायौ । गाउँबाट तिमीलाई ल्याएर पढाउनु भयो, तिमीलाई काममा लगाउनु भयो, छोरी मात्र भए भनेर कचकच नगर्ने हुनुभयो, तिम्रै लागि घर पनि बनाइदिनु भो । साह्रै भाग्यमानी छ्यौ तिमी । सबैले यस्तो लोग्ने कहाँ पाउछन् र ?” 

साथीहरूको टिप्पणी सुन्दा कहिलेकाहीं नन्दिता झस्किन्थी । आफू सुखी नै छु कि क्या हो भनेर उ आफैंसँग सोध्थी । 

तर त्यो झस्को नन्दिताको मनमा हुन्थ्यो । बाहिर उ मुसुक्क हाँसेर कुरा टार्थी । 

(२)

आन्दोलनका सबै घटनाको श्रृंखला नन्दितालाई थाहा थिएन । लोग्नेले अखबार पढ्दा आन्दोलनका बारेमा गरेका एकाध टिप्पणी उसको कानमा परे पनि नन्दिताको दिमागमा आन्दोलन पसिसकेको थिएन । विद्यार्थीका मागहरू प्रति उसको मनमा खासै चासो हुंदैनथ्यो । झण्डै झण्डै उसलाई बाहिरको संसारको खबरै थाहा हुंदैनथ्यो भन्दा पनि हुन्थ्यो । उहिले गाउँको सानो घेरा नाघेर काठमाण्डौ आउदा उसको पद्मकन्या कलेज, आन्दोलनको मोहोरीमा हराएको थियो । कुनै एउटा पुलिस अफिसरले राष्ट्रिय नाचघरमा केटीहरूको सांस्कृतिक कार्यक्रमको मेकअप कोठामा पसेर अभद्रता देखाएको थियो भनेर विद्यार्थीले हडताल गरेका छन् भनेको थियो उसको लोग्नले । पहिलो पल्ट हडताल शब्द सुनेकी नन्दिताले “आ, के गर्‍या होला पढ्ने मान्छेले पनि” भनेर आफ्नो दिक्दारी पोखेकी थिइ र आन्दोलनलाई बिर्सिने कोशिस गरेकी थिई । त्यो आन्दोलन सकिएपछि मात्रै उ कलेजकी विद्यार्थी भएकी थिइ । त्यसैले उसको मन सधैंका लागि आन्दोलनपछिको मन भएको थियो । जहिले पनि आन्दोलन थकाइ मार्न गएपछि उसको मन जुरुक्क उठेर पल्याक् पुलुक् हेर्न थाल्थ्यो । 

छब्बीस सालमा लोग्नेको मुखबाट सुनेको आन्दोलनलाई बिर्सिदिने हो भने उ विद्यार्थी छउन्जेल कलेजले आन्दोलनको अनुहारतिर फर्किएर पनि हेरेको थिएन । 

तीस सालमा, अर्थात उसले पढाउन थालेको वर्ष, सिक्किमको घटनालाई लिएर विद्यार्थीहरूले सानो तिनो आन्दोलन गरेका थिए । त्यो साँझ रामचन्द्रले ठट्टा गर्दै उसलाई सम्झाएको थियो, “तिम्रो जिन्दगीले अनौठो सन्जोग निम्त्यायो । उहिले काठमाण्डौमा पढ्न आउदाको वर्ष पनि कलेजमा हडताल थियो र त्यो हडतालले तिम्रो भर्ना र पढाइलाई एक महिना पर सारेको थियो । अहिले तिमीले पढाउन थाल्दा पनि क्याम्पसमा हडताल भएको छ र शायद यसले हप्ता दश दिन तिम्रो गुरुमालाई छुट्टी दिन्छ होला ।” 

लोग्नेले पुरानो कुरा नउठाएको भए शायद उसले राष्ट्रिय नाचघरको कथा र पद्मकन्या कलेजको विद्यार्थी आन्दोलन सम्झने पनि थिइन । अहं, नन्दिताका लागि आन्दोलन शब्द नेपाली शब्दकोष भित्र छिरिसकेकै थिएन । त्यसैले ०३० सालको आन्दोलन उसका लागि बिलकुलै नयाँ आन्दोलन थियो । उसका लागि त्यो उसको जीवनको पहिलो आन्दोलन थियो । 

आन्दोलनले के मागेको थियो भत्रे नन्दितालाई रामरी थाहा थिएन । तर उसको क्याम्पसका दुइ जना विद्यार्थीहरू लैनचौरको लाठीचार्जमा परेर घाइते भएका थिए । तिनीहरूलाई लछारपछार गरिएको थियो । अरु विद्यार्थीहरूले पनि साह्रै नराम्ररी पिटाई खाएका थिए । आफ्ना विद्यार्थीहरूको सारी च्यातिएको र अरु केही विद्यार्थीको टाउको फुटेर भललल रगत बगेको समाचार नन्दिताले दिउँसै सुनेकी थिई । त्यतिबेला उनीहरू, बागबजारकै डेरामा बस्थे । त्यो साँझ नन्दिता डेराको छतमा मुर्ति भएर उभिएकी थिइ । सिक्किमको स्वतन्त्रताको पक्षमा आवाज उठाउने विद्यार्थीहरूले किन पिटाइ खानु परेको थियो भनेर उ बेस्सरी रन्थनिएकी थिई । उसको दयालु मन, टाउकाबाट रगत बगिरहेका विद्यार्थीको अनुहार सम्झिएर धुरुधुरु रोएको थियो । साँझ परेपछि आफ्नी तीन वर्षकी छोरीले आएर उसको साडी समातेर ‘आमा’ भनेपछि उ झसङ्ग झस्किएकी थिइ र फूलको थुंगा टपक्क टिपे जसरी छोरीलाई काखीमा च्यापेर उ तल झरेकी थिइ । 

त्यसपछि आन्दोलन भन्यो कि उसको अनुहारमा त्यही रगत, त्यही फुटेको टाउको, त्यही लछारपछार अनि आफ्नी छोरीको आमा शब्द सिनेमाको दृष्य र स्वरमा रुमल्लिएर उसको टाउको दुखाउदै फनफनी घुम्न थाल्थ्यो । त्यसैले नन्दिता आन्दोलनको अनुहारबाट झन झन टाढा हुंदै गएकी थिई । 

तर नन्दिता डराएकी छ भनेर आन्दोलन जङ्गल पस्न मानिरहेको थिएन । घुमाइ फिराई त्यो क्याम्पस तिर आइहाल्थ्यो । त्यसैले अर्को विद्यार्थी आन्दोलनको अनुभव त्यसको दुइ वर्षपछि भएको थियो नन्दितालाई । विद्यार्थीहरूको माग के थियो भनेर उसले थाहा पाउन सकेकी थिइन । खासै चासो राखेकी पनि थिइन उसले । उसको मन डराएको थियो । फेरि कसैको टाउको फुट्ने हो कि भनेर उसको मन उतर्सिएको थियो । उसले यत्ति बुझी – विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए र चर्कै ढङ्गले उत्रिएका थिए । त्यतिबेला एक महिनासम्म उनीहरूको पढाइ अस्तव्यस्त भएको थियो । दर्जनौं विद्यार्थीहरू जेलमा थुनिएका थिए र जेलमै भएका विद्यार्थीहरूले सरकारसँगको वार्तामा भाग लिएका थिए । वार्तापछि विश्वविद्यालयको तर्फबाट श्वेतपत्र जारी भएको थियो । त्यो आन्दोलनमा कतै रगत बगेको, कोही गम्भिररुपमा घाइते भएको नन्दितालाई थाहा भएन । तर पनि उसको मनले सोधेको थियो – वार्ता गरेर, सम्झौतै गर्नु थियो भने बेलैमा व्यवस्थापनले किन काम नगरेको होला ? एक एक महिनाको पढाइ बिगारेर व्यवस्थापनलाई के आमदानी भयो होला ? 

नन्दिताको प्रश्नको उत्तर मुलुकमा कसैसँग थिएन । 

त्यसपछि उसले आन्दोलनका खबरहरूसँग झनै चासो राख्न छोडेकी थिइ । आन्दोलन भैरहदो रहेछ र व्यवस्थापन ढिलो चाँडो त्यो आन्दोलनको दबावमा आउदो रहेछ भत्रे उसले निष्कर्ष निकालेकी थिई । 

त्यसैले यो आन्दोलनका बारेमा नन्दितालाई धेरै दिनसम्म प्रष्ट जानकारी नै हुन सकेन । 

आन्दोलन पद्मकन्या क्याम्पसमै पसेपछि भने त्यो नन्दिताको चेतनामा नपस्ने कुरै थिएन । बाहिरको घोइरो घोइरो कुरा सुनेकी नन्दिताले आफ्नै विद्यार्थीहरूका मुखबाट हडतालको घोषणा सुनेपछि आन्दोलनले ठूलै रुप लिएछ भत्रे ठानी । 

त्यो दिनको हड्ताल उसै पनि रमाइलो लागेको थियो नन्दितालाई । एक दर्जन जति विद्यार्थीहरू क्याम्पस प्रमुखको कोठामा छिरे । उ र अरु तीन जना शिक्षिकाहरू त्यहीं थिए । 

“म्याडम,” विद्यार्थीहरूको अगुवाइ गर्दै भित्र छिरेकी रमोलाले भनी, “हामी धेरै होहल्ला गर्न चाहंदैनौं । सबैतिरका शिक्षण संस्थाहरू बन्द भैसकेका छन् । हामी माथि साह्रै चर्को दमन भयो । विद्यार्थी भनेका त कमिला जस्ता पनि भएनन् । जतिखेर मन लाग्यो, समात्याछ, थुन्याछ, कुट्याछ । अब सहन सकिने स्थिति छैन । आजबाट यो क्याम्पस पनि बन्द हुन्छ । जहिलेसम्म हाम्रा मागहरू पुरा हुंदैनन्, तहिलेसम्म यो क्याम्पस बन्दै रहनेछ ।” रमोलाले एकछिन अडकिएर भनेकी थिइ, “यो हामी सबैखाले विद्यार्थीहरूको माग हो । हामीलाई विश्वास छ – म्याडमले हामीलाई जोरजबरजस्ती गर्न लगाउनु हुत्र ।” 

एकछिनका लागि म्याडमको सातो गए जस्तो भयो । पद्मकन्यामा उसै पनि आन्दोलन सजिलो थिएन । उहिलदेखि नै सजिलो थिएन । एउटा थाहा नपाइदो बन्धन, एउटा साँघुरोपनमा किचिएको हुन्थ्यो त्यो क्याम्पस सधैं । त्यसैले आन्दोलन र हडताल गर्नु अघि भित्रको आँगनमा ठूलै कसरत गर्नु पथ्र्यो । हडतालको घोषणा गर्ने विद्यार्थीको अनुहार तम्तम्याइलो हुन्थ्यो– मानौं उसको अनुहारले युद्धको घोषणा गर्दै आगो ओकलिरहेको होस् । त्यसैले अब के हुने हो नि भनेर म्याडमको अनुहार जण्डिसको विमारी जसरी पहेंलिएको थियो । तर रमोलाको अनुहारमा बोलुन्जेल कुनै उत्तेजना नपलाएपछि म्याडमको अनुहार पनि सहज भयो । 

“किन हडताल गर्छौ नानी ?” म्याडमले वात्सल्य मिसिएको स्वरमा सोधिन् । 

“किनभने अब हडतालको विकल्प रहेन म्याडम,” रमोलाको जवाफ सुनेर म्याडम खिस्स हाँसिन् । उनलाई लाग्यो – सके रमोलालाई हड्तालको कारण थाहै छैन । तर उनले मनको कुरो बाहिर निस्कन दिइनन् । शान्त स्वरले उनले भनिन्, “हेर म हडताल गर्ने छुट्टी त दिन सक्दिन । तर तिमीहरू आन्दोलनमा उत्रिसकेका हौ भने म पहिले पहिलेका प्रमुखहरूले गरे जसरी जोर–जबरजस्ती पनि गर्दिन । तिमीहरूले सल्लाह गरिसकेका छौ भने सबै साथीलाई सम्झाएर भन – संस्थाको सम्पत्तिमा नोक्सानी पुर्‍याउने काम नगर्नु, आफ्ना कारणले कसै माथि अन्याय पर्न नदिनु … ।” 

म्याडमको कुरा सुनेर विद्यार्थीहरू छक्क परे । विद्यार्थीहरू मात्र होइन, नन्दिता पनि छक्क परी । तर म्याडमले उनीहरूको छक्क हेरेर बस्ने आवश्यकता देखिनन् । उनले रमोला र उसको पछिल्तिर उभिएका विद्यार्थीहरूलाई हेर्दै भनिन्, “ल जाउ नानी हो । अब हामीलाई अलिकति सल्लाह गर्न देउ …।” 

म्याडमको खासै सल्लाह थिएन । हडतालको घोषणालाई म्याडमले कुनै उत्तेजना बिना स्वीकार गरेकी थिइन् र हड्ताल लम्बिन सक्ने भविष्यवाणी गरेकी थिइन् । आन्दोलन प्रति म्याडमको नरमीपन देख्दा नन्दिताले, म्याडम पनि आन्दोलनको पक्षमा हो कि भत्रे अनुमान गरी । तर उसले त्यसैमा टाउको दुखाउनु पर्ने केही भेटिन । उसै पनि एकाध दिनको हडतालसँग नन्दिताको चित्त दुख्दैनथ्यो । त्यस्तो बेलामा उ, घरमा अड्किएर बसेका थुप्रै कामहरू एकैचोटी सक्याउथी । नानीहरूका लुगा धुन्थी । मौका पर्दा कोठा पुछपाछ गर्ने काम पनि गर्थी । त्यसैले भित्री मनले उ पनि बेलामौकामा यस्ता हडतालहरू हुंदै गरे राम्रो भत्रे निष्कर्षमा पुगेकी थिइ । 

नन्दिता घरमा आइपुग्दा बाह्र मात्र बजेको थियो । 

उसका साना साना छोरीहरू पनि घर आइपुगेका थिए । छक्क परी नन्दिता । हडताल र आन्दोलन भनेको क्याम्पसको ठेक्का जस्तो भैसकेको थियो । स्कूलहरू पनि आन्दोलनमा उत्रिएका छन्, स्कूलमा पनि हडताल हुन्छ भनेर त उसले कल्पना पनि गर्न सकेकी थिइन । त्यसमाथि बजारमा नयाँ बाली जसरी उम्रिन थालेका पूर्व प्राथमिक विद्यालयहरू समेत हडतालमा उत्रिइसके जस्तो लाग्यो नन्दितालाई । सानी छोरी घर फकर्नु पर्ने अर्को कुन कारण थियो र ? 

“के भो नानु ?” उसले सोफामा बस्दै ठूली छोरीसँग सोधी । सानी छोरी उसको काखैमा आएर अडेस लागी । 

“आजदेखि स्कूलमा हड्ताल भो रे,” नानुले आमाको अनुहारमा हेरेर भनी । “अब सूचना आएपछि मात्रै स्कूल लाग्छ रे ।” 

“कसले भनेको ?” छोरीको कुरो सुनेर नन्दिता छक्क परी । के हडतालको सूचना स्वयम् स्कूलले जारी गरेको हो ? 

हो रहेछ । 

“सरले भत्रु भएको,” ठूली छोरीले भनी । आमाका छक्क परेका आँखाहरूको प्रश्न बुझ्ने भैसकेकी थिइ उ । त्यसैले उसले आफ्नो भनाइ जारी राखी, “सबै स्कूल बन्दै हुंदैछन् रे । अनि हाम्रो पनि बन्द गरेको रे ।” 

सानी छोरीसँग सोध्ने केही थिएन उसँग । शहरका हाइस्कूलले आफैं सूचना गरेर हडताललाई सघाए भने पूर्वप्राथमिक विद्यालयले सूचना जारी गर्न किन अप्ठ्यारो मात्रु पथ्र्यो र ? उसले सोफाबाट उठ्दै भनी, “नानु, बैनीलाई घरमै हेरबिचार गर । म आज गमला मिलाउछु ।” 

नन्दिताको ब्यस्त दिन शुरु भयो । 

रामचन्द्र पनि चांडै घर आयो । पाँच मात्रै बजेको थियो साँझको । नन्दिता र छोरीहरू बैठकमा बसेर स्कूलको पढाइ सिध्याउदै थिए । शान्ता भित्र भान्साको काममा उनिएकी थिइ । रामचन्द्रले ढोकाको डिलमा उभिएर श्रीमती र छोराछोरीलाई हेर्‍यो । नन्दिताले पनि ढोकामा उभिएको लोग्नेको अनुहारमा नियालेर हेरी । उ धेरै थाकेको जस्तो देखिन्थ्यो । नजानिदो पाराले उसको अनुहार सोहोरिएको थियो । उसका आँखाहरूबाट दिक्दारीको आँशु बगिरहेको जस्तो लाग्थ्यो । 



 

“अहं, केही हुंदैन । हुनेवालै छैन । केटाहरू त्यस्सै रौसिन्छन् । विद्यार्थीको जुलुसले ब्यवस्था पल्टिन्छ ? कहीं नभएको जात्रा हाँडिगाउँमा भन्या यही हो । यो नयाँ शिक्षै खत्तम रैछ । नयाँ शिक्षाले विद्यार्थीलाई क्याम्पसमा ब्यस्त बनाउला भत्रे सोचाइ थियो, योजनाविद्हरूको । हावा खायो । विद्यार्थीहरू झन राजनीतिज्ञ बने । अब त पार्टीहरू चाहिने नै भएन । विद्यार्थीहरू सिधै राजनीति गर्न थाले । अब विद्यार्थीको मुखबाट पढाइ हरायो । तिनीहरू निरंकुश सत्ताको विरोध गर्न थाले । बहुदलीय व्यवस्था चाहियो अब तिनीहरूलाई । खतम भयो, खत्तम …!” ढोकैदेखि बरबराउदै सोफामा आएर भ्यात्त बस्यो रामचन्द्र । 

“के खत्तम भयो ? पंचायती व्यवस्था खत्तम भयो ?” नन्दिताले आफैंसँग बरबराइरहेको लोग्नेको अनुहारमा हेरेर सोधी । 

“के व्यवस्था खत्तम हुन्छ ? विद्यार्थीले जुलुस निकालेर व्यवस्था खत्तम हुन्छ ? तिनले अहिले फेरि आन्दोलनको आगो बाले । तीस सालमा एकपल्ट निकै चर्कैसँग बालेका थिए । त्यसपछि बत्तिस सालमा पनि एकपल्ट हो हल्ला मच्चाएका थिए । अहिले फेरि जुलुस निकाल्न थाले । बेकारको झण्झट । पाकिस्तानमा मान्छे मारिन्छ, हाम्रो देशमा आन्दोलन हुन्छ । पाकिस्तानमा राजनीतिक कारणले मान्छे मारिन्छ, हाम्रो देशमा विद्यार्थीहरूको जुलुस निस्किन्छ । यस्तो पनि हुन्छ कहीं ? उहाँ पाकिस्तानमा केही भएको छैन, यहाँ मान्छेलाई तातो लाग्यो बिनबित्थामा । यस्तो पनि हुन्छ ? …” रामचन्द्रको बरबराइ सुनेर र उसको भौंतारिएको मन देखेर नन्दिता छक्क परी । 

“त्यस्तो हुन्छ नि त कैलेकाहीं,” नन्दिताले अलिकति झर्को अनि अलिकति माया मिसिएको स्वरमा भनी । केही दिन अघि मात्र जुल्फिकार अलि भुट्टोलाई फाँसी हो कि फाँसीको सजायँ भएको समाचार सुनेकी थिइ उसले । त्यसैबेला होला क्याम्पसका विद्यार्थीहरूले पाकिस्तानी राजदूतावासमा विरोधपत्र बुझाएको, जुलुस निकालेको, लाठी चार्ज भएको पनि सुनेकी थिइ उसले । 

“तपाईंको झर्को कहिलेकाहीं सप्पैलाई छक्क पार्ने खालको हुन्छ,” सप्पै शब्दलाई सकुन्जेल तानेर नन्दिताले भनी “पाकिस्तान त विरोध पोख्ने आड मात्र भएको हुनसक्छ । यहाँको वर्तमानदेखि वाक्क भएकाहरूले पाकिस्तानमा भएको घटनालाई आधार बनाएर वातावरण तताउन खोजेको हुनसक्छ । ” 

“छोड्देउ,” रामचन्द्रले बुझिने गरी हियाउंदै भन्यो, “केही हुनेवाला छैन । बेकारमा अस्तव्यस्तता । बेकारको झण्झट । केही हुनेवाला छैन ।” 

लोग्नेको रनाहा बुझ्न महाभारतै भयो नन्दितालाई । यति धेरै विरोधको प्रतिकृया किन दिनु पर्‍या होला ? 

“तपाईं केही हुत्र भत्रुहुन्छ, यहाँ भने बोर्डिङ्गमा समेत हडताल भैसक्यो,” नन्दिताले लोग्नेको मनलाई अलमल्याउन खोज्दै भनी, “नानुको स्कूलमा सरहरूले नै अशान्तिको सम्भावनाको सूचना सुनाएर स्कूल बन्द गरेछन् । सानुको स्कूल पनि बन्द भएछ । क्याम्पसमा हडताल भएर म यहाँ आउदा दुइटै छोरीहरू घर आइसकेका थिए । सारा शैक्षिक संस्थाहरू ठप्प भैसके, तपाईं केही हुंदैन भत्रुहुन्छ ?” 

“ए, तेसो भए मास्टरहरू आफैंले हडताल गरे !” रामचन्द्रको बोली बिद्रुप भयो । नन्दितालाई आफ्नो लोग्नेको अनुहार नयाँ सडकतिर भेटिने लामो कोट लाएर, एक हातमा राइजिङ्ग नेपालको प्रति च्यापेर हिंड्ने झ्यापुल्लेको पो हो कि जस्तो लाग्यो । 

“तपाईंलाई सन्चो त छ ?” नन्दिताले अनौठो मान्दै सोधी, “मास्टरहरू आफैंले हडताल गरे भनेर तपाईंले कसरी निष्कर्ष निकाल्नु भयो हं ? विचरा तिनीहरूले शान्ति–सुरक्षाका कारण स्कूल बन्द गरेका छन् । कुनै विद्यार्थी लाठी खाएर सडकमा नढुन्मुनियोस् भनेर होश पुर्‍याएका छन् । कसैको छातीमा गोली नलागोस् भनेर उनीहरूले चिन्ता र सतर्कता जाहेर गरेका छन् । तपाईंका लागि यी सबै राम्रा प्रयत्नहरू हडताल भए ?” 

रामचन्द्रले खाउँला जसरी स्वास्नीलाई हेर्‍यो । नन्दिता छक्क परी । 

“नेपालमा बर्बादी बाहेक अरु केही हुंदैन । म छोरीहरूलाई देहरादून लैजान्छु,” रामचन्द्रले टुंडिखेलमा माइक राखेर घोषणा गरे जसरी भन्यो । नन्दिता झन छक्क परी । 

“तपाईं चिया खानुस्, एकछिन आराम गर्नुस्” नन्दिताले लोग्नेको शरीरलाई तलदेखि माथिसम्म निरीक्षण गरेर भनी । उसका दुइटै छोरीहरू बुहारी झार जस्तो मलिन भएर लपक्क उसको शरीरमा टाँस्सिए । नन्दिताको ममता सप्तकोशीको लहर जसरी सललल बगेर गयो । उसले दुइटा हात फैलाएर दुइटी छोरीलाई आफ्नो अँगालोमा बाँधेपछि भनी, “हडताल जहाँ पनि हुनसक्छ । आन्दोलन जहाँ पनि भैराख्याछ । तपाईं छोरीहरूका अघिल्तिर यस्ता कुरा नगर्नुस् ।” त्यसपछि नन्दिता भान्सातिर फर्किएर कराइ, “शान्ता, सरलाई छिट्टो चिया ले । मलाई पनि दे ।” 

रामचन्द्र अलमलिए जस्तो भयो । उसको सोहोरिएको अनुहार हाँसेन । तर पनि उसले बहस चर्काएन । छोरीहरूको अनुहारमा पुलुक्क हेरेर उ नरम सोफामा झन खाँदिएर बस्यो । लोग्नेको चाल ढाल हेरिरहेकी नन्दिताले आफैंलाई सोधी, ‘त्यसो भए के घरमा ग्रहण लागेकै हो ?’ नन्दिताले आफ्नो मनतिर आँखा डुलाई । त्यसले लामो सुस्केरा फ्याँकेर नन्दितालाई जवाफ फर्कायो । 

नन्दिताको शरीर थररर काम्यो । तर अरुले केही थाहा पाएनन् । 

पन्ध्र दिन बितेको नन्दितालाई पत्तै भएन । दुइ हप्तासम्म क्याम्पस र स्कूलको पढाइ थुनिएको देखेपछि उसको मन आत्तिन थाल्यो । नन्दिता न आन्दोलनकारीहरू जसरी लडाईंको पक्षमा थिइ, नत रामचन्द्र जसरी संघर्षको विरुद्धमा थिइ । त्यसैले पनि नन्दिताका लागि आन्दोलन एउटा निष्कृय प्रतिकृया जस्तो भैदिएको थियो । आफ्नो निष्पृहता प्रति उ सन्तुष्ट थिइ । ‘आन्दोलनसँग मेरो सरोकार छैन,’ उ आफूलाई सम्झाउदै भन्थी, ‘आन्दोलन मेरो होइन । म हिजो शिक्षिका थिएँ, अहिले पनि त्यही शिक्षिका हुं र भोलि पनि मेरो भूमिका त्यही शिक्षिकाको मात्र हो । आन्दोलनले खै कहाँ मेरो जीवनसँग सात्रिध्य राखेको छ र ? न आन्दोलन सफल हुंदा मेरो जीवनमा फेरबदल आउछ न त्यसको असफलताले मलाई अप्ठ्यारो खाडलमा लगेर पुर्छ । त्यसैले आन्दोलन र म भित्र भित्र अस्तित्वका अनुभूतिहरू हौं ।‘ 

तर रामचन्द्र निष्पृह हुन सकेन । उ झन झन चिडचिडो हुंदै गयो । लोग्नेमा आएको परिवर्तन देखेर नन्दिता घरी घरी छट्पटिन्थी । आमरुपमा त्यो दिक्क मान्थी । रामचन्द्रको चिडचिडाहटले घरमा एउटा नयाँ खालको अशान्ति, दिक्दारी र कुण्ठालाई भित्र्याएको थियो । छोरीहरू बाबुसँग डराएर चाँडै कोठामा पस्न थालेका थिए र नन्दितालाई पनि कुराकानी गर्न अप्ठ्यारो लाग्न थालेको थियो । रामचन्द्रको चिडचिडोपनले नन्दितालाई विवादमा उतार्न थालेको थियो र उ पनि बेला बेलामा झर्किन थालेकी थिइ । नन्दिता, आन्दोलनसँग सरोकार राख्दिनथी र मनैदेखि उ आन्दोलनसँग अलग थिइ । तर रामचन्द्रको आन्दोलन विरोधी बोली सुनेपछि, आन्दोलनसँग उसको घृणा थाहा पाएपछि उ झण्डै झण्डै आन्दोलनकारी जस्तै भएर बहसमा उत्रिन्थी । 

अशान्ती थाहै नपाइ घरभित्र पस्छ भन्थे संगातीहरू । नन्दिताले त्यो सत्य थाहा पाउन थालेकी थिइ । रामचन्द्र आन्दोलनसँग चिढिनुको कुनै अर्थ उसले बुझेकी थिइन । आन्दोलनले उसको ओकालतमा लात हानेको थिएन । उसको रोजीरोटी पनि खोसेको थिएन । विद्यार्थीहरूले आफ्ना केही शैक्षिक माग र केही सामाजिक आग्रह अघि सारेर आन्दोलन आरम्भ गरेका थिए र विस्तारै त्यसले अरुहरूलाई पनि आन्दोलनमा समाहित गरेको थियो । यस्तो हुनुलाई नन्दिताले स्वभाविक ठानेकी थिई । आफ्ना शैक्षिक माग लिएर सडकमा निस्किएका विद्यार्थीहरूलाई समाजका सबै क्षेत्रका मानिसले साथ दिएका थिए । यसको अर्थ असन्तुष्टीको लहर सबैतिर फैलिएको थियो र मानिसहरू सुस्केरालाई नारा बनाउदै सडकमा आएका थिए । यत्तिमा रामचन्द्रले किन ततर्किनु पर्‍या होला ? 

नन्दिताले धेरैचोटी शान्त पोखरी जस्तो वातावरण बनाउन र रामचन्द्रको विरोधको गाँठी पत्ता लगाउन कोशिश गरी । तर रामचन्द्रको अनुहारको उत्तेजना कहिल्यै घटेन । पछि पछि त बाहिरको सारा रिस र आक्रोस पोख्ने ठाउँ नै घरलाई बनायो रामचन्द्रले । पछिल्ला दिनहरूमा दिक्क भएकी नन्दिताले रामचन्द्रसँगको बोलचाल पनि बन्द गरिदिई । ‘जहिले आन्दोलन रोकिएला, तहिले उहाँसँग कुरा गरौंला,’ उसले मनमनै अठोट गरी । 

तर समस्याले निकास पाएन । आफूले पटक्कै नबोल्दा पनि नन्दिताले धर पाइन । रामचन्द्रको झर्को फर्कोले सारा घर प्रताडित थियो । त्यो प्रताडनालाई न नन्दिताले मायाका हातले पुछ्न सकी, न मौनताको विरोधले हुत्याउन सकी न त वेवास्ताका आँखाहरूले नै त्यसलाई किनारामा पन्छाउन सकी । 

आन्दोलन अस्थीर थियो उसका लागि । त्यो कुनै पनि बेला सकिन सक्थ्यो । हठात् स्कूल र क्याम्पसहरू लाग्न सक्थे । त्यसैले नन्दिता घर छोड्न सक्दिनथी । उ माइती या घरतिर भाग्न पनि सक्दिनथी । 

आन्दोलन एउटा दुखिरहने पिडा भयो नन्दिताका लागि । उ त्यसको विरोधमा जान सक्दिनथी । विरोधमा जानुपर्ने कुनै कारण देख्दा पनि देख्दिनथी । विद्यार्थीहरूले बेठिक गरे भत्र उ सक्दिनथी । त्यसो भत्रे अधिकार आफूसँग छ भत्रे उ ठान्दिनथी । आन्दोलनको बारेमा कुरा खेलाउन थाल्दा नन्दिताको मनमा आफू विद्यार्थी छंदाका दुइटा आन्दोलनहरूको सम्झना हुन्थ्यो । पहिलो आन्दोलन महिला विद्यार्थीको अस्मितासँग जोडिएको थियो । आफ्नो अस्मिताको सम्मानका लागि महिला विद्यार्थीहरूले आन्दोलन थालेका थिए र अरु सबैले त्यसलाई सघाएका थिए । त्यो आन्दोलनले सफलताको स्वाद पाएको थियो । उसले भोगेको अर्को आन्दोलन, राष्ट्रको नाममा समर्पित थियो । नेपाली भूभागमा अरु कसैले अधिकार जमाउन पाउदैन भनेर उनीहरूले चेतनाको दीप प्रज्वलित गरेका थिए । त्यसले मुलुकको प्रवाहमा नयाँ गति प्रदान गरेको थियो । 

आफैंले भोगेका ती आन्दोलनहरू र शिक्षिका भएर टाढाबाट देखेका आन्दोलनमा विद्यार्थीका माग र व्यवस्थापनको ब्यवहार भोगेकी नन्दिता, वर्तमानको आन्दोलनको विरोध गर्नै सक्दिनथी । 

अनौठो तरीकाले आन्दोलन सकियो । यस्तो होला भत्रे अनुमान नन्दिताले गरेकी थिइन । गर्न सकेकी थिइन । विद्यार्थीले शैक्षिक सुधारका मागहरू राखेर आन्दोलन थाले । आन्दोलन बढ्दै बढ्दै स्कूलहरूमा पुग्यो । त्यो गाउँघर तिर पनि गयो । तर त्यसले सामाजिक संरचनामै असर पार्छ भत्रे नन्दितालाई लागेको थिएन । त्यसले मुलुकको राजनीति कस्तो हुनुपर्छ भनेर निक्र्योल देला भनेर पनि उसले कल्पना गरेकी थिइन । 

आन्दोलन सकियो । इतिहासमा विद्यार्थीहरूको अर्को एउटा पौरख जोडियो । मुलुकको व्यवस्थामा सामान्य सुधार हुनुपर्छ कि नयाँ शासन प्रणाली आरम्भ हुनुपर्छ भनेर जनमत संग्रह हुनेभयो । विद्यार्थीहरूको आन्दोलनले नेपाली राजनीतिमा जनमत संग्रह प्रवेश गरायो । 

जनमत संग्रहको घोषणापछि रामचन्द्रले परिवारका सदस्यहरूसँग बोलचाल नै बन्द गर्‍यो । 

(३)

अनिष्ट ढोल बजाएर आउदैन भत्रे नन्दिताले सुनेकी थिई केटाकेटीमा । अहिले उमेर पुगेर गम्दा उसलाई त्यही अनिष्ट सुटुक्क आफ्नो घरभित्र पसेको हो कि जस्तो लाग्यो । आजभन्दा तीन वर्ष अघि कल्पना सम्म गर्न नसकिने चिस्यान अहिले घरभित्रै पसिसकेको थियो । देउता जस्तो उसको लोग्ने मान्छेबाट पनि ओरालो लागे जस्तो भैसकेको थियो । कुनै दिन आफूलाई खोकिलामा राखेर माया गर्ने लोग्नेको चालढालमा आएको परिवर्तनलाई नन्दिताले, आफूले केटाकेटीमा सुत्रे गरेको त्यही अनिष्ट ठानेकी थिई । 

आन्दोलन सकिइसकेको थियो । राजनीतिमा खासै चासो नभए पनि अब मुलुकमा बहुदल चाहिन्छ कि निर्दल नै रहिरहनु पर्छ भत्रे विषयमा जनमत संग्रह हुनेभयो रे भत्रेसम्म उसले सुनेकी थिई । अखबारहरूमा फराकिलोपन आयो भनेर क्याम्पसका उसका साथीहरू भत्रे गर्थे । उसलाई कसै गर्दा पनि राजनीतिको गाडी कसरी चलिरहेछ भनेर जानकारी राख्न मन लाग्दैनथ्यो । त्यसैले आन्दोलन सकियो भत्रे बित्तिकै नन्दिता फेरि पढाउन जान थालेकी थिई । उसका विद्यार्थीहरू पनि पढ्न आउन थालिसकेका थिए । केही दिनको अन्तराललाई जाडो या गर्मीको छुट्टी मानिदिने हो भने नन्दिताका अनुसार क्याम्पसका शिक्षक र विद्यार्थीको जीवनमा कुनै परिवर्तन आएको थिएन । 

नानीहरूको स्कूल पनि रामरी चल्न थालेको थियो । ठूली छोरीका लागि घरमा पढाउने एकजना शिक्षक राखिएको थियो । त्यसैले उसको पढाइको नोक्सान पनि पुरिंदै थियो । सानी छोरीलाई नन्दिता आफैंले ध्यान दिएर पढाउन थालेकी थिई । नन्दिताको मन झन झन घर र केटाकेटीहरूको बीचमा हराउन कोशिश गरिरहेको थियो । त्यसैले घर आँगनको हेरबिचार गर्न उसले एकजना मान्छे राखेकी थिइ । काम गर्ने मान्छे, कुनै बेला पनि आउन सक्थ्यो । उसले फूलबारीदेखि तरकारीसम्मको काम भ्याउथ्यो । उसैले घरको चार कुनामा स–साना फलका बिरुवाहरू पनि रोपेको थियो । उसको हेरबिचारले घर पहिले भन्दा राम्रो र व्यवस्थित देखिन थालेको थियो । भित्रको घर, शान्ताले सम्हालेकी थिई र नन्दिताकी आफ्नै छोरीले जसरी उसले घर सम्हालेकी थिई । भोजपुरको हवाइजहाज नियमित भएको थियो र हप्तामा तीन दिन नन्दिताले घरको खबर सजिलरी पाउन थालेकी थिई । त्यसैले नियमले भन्थ्यो – नन्दिताको घर सुखी हुनुपर्छ । 

तर त्यस्तो भएन । रामचन्द्रमा आन्दोलनका दिन रोपिएको चिडचिडाहटको बिरुवा, झाङ्गिदै गएको थियो । बाहिरबाट हेर्दा अनौठो परिवर्तन केही देखिंदैनथ्यो । तर रामचन्द्र रात बिरात हराउन थालेको थियो । उ कहाँ जान्थ्यो भनेर घरमा कसैलाई थाहा हुंदैनथ्यो । पहिले जस्तो, नियमित रुपमा उ आफ्नो कार्यालयमा बस्दैनथ्यो । घरमा आएर पनि, आफू कहाँ गएको थिएँ भनेर उ कसैलाई सुनाउदैनथ्यो । यस्तो लाग्न थालेको थियो – रामचन्द्रका लागि घर फगत रात बिताउने होटलको कोठामा रुपान्तरित भएको छ । नन्दिताले धेरैचोटी लोग्नेलाई घरको आभास दिन खोजी । अहं, रामचन्द्रले कालिकास्थानमा आफूले असाध्यै रहरले बनाएको एउटा घर छ भत्रे बिर्सिसकेको थियो । 

गह्रुंगो भारी बोकेर त्यो साँझ, घरभित्र छिरेको थियो । विपत्ति एक्लै आउदैन भन्थे मानिसहरू । नन्दिताले पत्याएकी थिइन । उसको व्यवहारले पत्याएको थिएन । उमेर उकालो लाग्ने घडीमा, ओर्लिसकेको रातलाई ढोकामा ठिङ्ग उभिएको देखेपछि नन्दिताले विपत्तिहरूको वथानलाई भेडाको हुल भएर आफ्नो घरतिर तन्किएको देख्न थाली । 

तीन दिनको विमारीले कान्छी बहिनीको निधन भएको खबर दिउँसो एक बजेतिर घरमा आएको रहेछ । क्याम्पस गएकी नन्दिताले तीन बजेतिर मात्र खबर पाउन सकी । नन्दिता हात्रिदै घरतिर लागी । अहं, घर सुनसान थियो । एउटा रिक्तताले त्यसलाई अंध्यारो बनाएको थियो । शान्ता झोक्राएर उसैलाई पर्खिरहेकी थिई । नानीहरू स्कूलबाट आइसकेका थिएनन् । 

“के भएको रहेछ ?” नन्दिताले आफ्नै स्वर चित्रि । त्यो प्रतिध्वनी नै नभएको क्षितिजबाट चुहिएको अन्धकार जस्तै थियो । 



 

“अस्ती दिदीलाई स्कूलबाट आउंदा जरो आएको रहेछ । ठिकै होला त नि भनेर राती त्यति धेरै वास्ता गर्नुभएन रे । हिजो बिहानदेखि दिदी आलसतालस हुनुभएछ । हिजो दिउंसो अस्पतालबाट डाक्टर बोलाउनु भएको थियो रे । डाक्टरले औषधि पनि दिनुभएको थियो रे । तर रातभरि जरो अलिकति पनि झरेनछ । आज बिहान डाक्टरलाई बोलाउन पठाउनु भएछ । तर डाक्टर आउदा सबै सकिइसकेछ …. ।” 

क्याम्पसमा हुंदासम्म जबरजस्ती फलामे पाताहरूले थुनेको नन्दिताको आँखाको बाँध ह्वात्त फुट्यो । फूल जस्ती कान्छी त्रदलाई उ साह्रै माया गर्थी । शान्ताले पनि थाहै नपाई उसको घाँटीबाट पीडाको हिक्का निस्कियो । उ सोफामा पछारिई । 

नन्दिता कतिबेरसम्म रोइ ? अहं कसैलाई थाहा भएन । समयलाई पनि थाहा भएन । नन्दिता आफैंले बरु आफ्नो रुवाई थाहा पाइ । धुमिल उज्यालो ढोकाबाट बाहिर निस्कने सुरसार कसेपछि उसको क्रन्दनको चेतना बिउंझियो । आफ्नो पिडा भन्दा पहिले उसले शान्ताको सुंक्सुंक सुनी । सारीको सप्कोले आफ्नो अनुहार पुछेर उसले शान्तातिर फर्किएर भनी, “नरो, भोली हामी घर जान्छौं । बैनीहरूले बिस्तारै थाहा पाउन् । सरलाई थाहा भयो ?” 

शान्ताले मुखले जवाफ दिन सकिन । नन्दिता रोएपछि उसको पिडाको बाँध मरमत हुनै नसक्ने गरी फुटेको थियो । उसले टाउको हल्लाएर थाहा भएको छैन भनेर इशारा गरी । 

अगाडिको सेता भित्तालाई हेरेर नन्दिता बसेको ठाउँबाट जुरुक्क उठी र शान्ता तिर हेर्दै उसले बिस्तारै भनी, “शान्ता, बैनीहरूलाई केही खानेकुरा खुवाइहाल । थाहा पाएपछि ठूलीले केही खात्र । उनीहरू आउने बेला भयो । म सरलाई खबर गर्छु ।” 

नन्दिता लोग्नेलाई खोज्न थाली । सबैभन्दा पहिले उसले रामचन्द्रको अफिसमा फोन गरी । उ त्यहाँ थिएन । फोन उठाउने मानिसलाई खबर सुनाउन उसलाई मन लागेन । त्यसपछि उसले अदालतमा फोन गरी । लोग्ने कहिलेकाहीं त्यहाँको पुस्तकालयमा अलमलिन्छ भत्रे उसलाई थाहा थियो । अहँ, उ त्यहाँ पनि थिएन । त्यसपछि उसले लोग्नेका एकाध साथीहरू कहाँ रामचन्द्रलाई खोजी । अहँ, उ कतै थिएन । निराश भएर उसले रजनीलाई फोन गरी । 

“रजनी होइन ?” नन्दिताले आफ्नो स्वरलाई नियन्त्रण गर्दै सोधी । 

नन्दिता आफ्नी त्रदलाई हाई स्कूलमा पढ्दादेखि नै नाम काढेर बोलाउथी । रजनी पनि नन्दितालाई स्कूलमा छँदा नन्दी भनेर बोलाउथी । नन्दिता र रामचन्द्रको बिहे भएपछि रजनीलाई घरका सबैले गाली गरे । त्यसैले पुरानी नन्दी भाउजुमा रुपान्तरित भई । तर नन्दितालाई गाली गर्ने कोही थिएनन् । त्यसैले नन्दिताकी रजनी सधैंका लागि रजनी नै भई, नानी हुन सकिन । 

… … … 

“दाइ कतै हुनुहुत्र । एकछिन तपाई घरमा आउनु न ।”

 … … … । 

“होइन, होइन, अरु नै छ । तपाईं एकैछिन आउनु न । कहाँ फोनमा कुरा गर्नु ?” 

… … … । 

“हुन्छ । मैले पनि ज्वाईंलाई खबर छोडेकी छु । दाईको पत्तो लाएर घरमा फोन गर्न भनेकी छु । दाईलाई खोजेर ज्वाईं आउनु होला । तपाईं आइहाल्नु न ।”

फोनमा कुरा गर्दा गर्दै घरको आँगनमा छोरीहरू छिरेको नन्दिताले थाहा पाई । उसले “अहिले राखें है त” भनेर फोन राखी । उसले फोन राख्न भ्याउदा नभ्याउदै छोरीहरू ‘मामु’ भन्दै कोठामा छिरे । उसले आफ्नो अनुहारको दुःखलाई हतार हतार पिठ्युँ पछाडि लुकाई र भान्सातिर फर्किएर कराई, “शान्ता, बैनीहरूलाई खाजा दे नानी ।” 

कोठा असाध्यै बोझिल लाग्यो नन्दितालाई । उसको अनुहारमा आफ्नो गाउँको ठूलो घर फनफनी घुम्न थाल्यो । एकजना ससुरा, एक्ली सासुको पिडा भित्र रुमल्लिइरहेको त्यो घर यतिबेला कसरी हिक्का छोडिरहेको होला भनेर उसको मन बेस्सरी पिरियो । ‘… अहिलेसम्म मलामीहरू फर्किसकेका छैनन् । आमा अझै पनि अर्धमुर्छित हुनुहोला । ओरिपरि आफन्त र छिमेकीहरूको स्याहार सुसार होला । खोलाबाट मलामी फर्किएपछि घरको हविगत के होला …?’ नन्दिताको मन बताससँगै उडेर भोजपुर जान थाल्यो । आफ्नो शरीरमा पंखेटा भैदिएको भए उ हरररर उडेर रातैमा घर पुग्ने थिइ होली । 

शान्ताले नानीहरूलाई खाजा खुवाउन थाली । नन्दितालाई नानीहरूले खाएको खाजा पनि भारी भए जस्तो लाग्यो । 

घडी अत्यन्तै ढिलो आफ्ना काँटाहरू घुमाइरहेको थियो । जति समय टरे पनि रजनीका पाइलाहरू घरमा छिरेका थिएनन् र पर टेबुलमा राखेको फोनको घण्टी बजेको थिएन । नन्दिताका आँखाहरू घरी रजनीको सारीको रङ्ग हेर्न ढोकातिर दौडिन्थे घरी लोग्नेको आवाज सुत्र आतुर उसको मन टेलिफोन उठाइहाल्न दौडिन्थ्यो । 

आफ्ना अवोध छोरीहरूको अनुहारमा पुलुक्क हेरेपछि नन्दिताको मन बटारियो । ठूली छोरीलाई फुपुको निधनको समाचारले कति पोल्छ भत्रे उसले अनुमान गरिसकेकी थिई । 

सबैभन्दा पहिले रजनी नै ढोकाबाट छिरी । उसले कोठामा आएर ओरपर हेरी । कतै केही थिएन । नानीहरूले भरखरै खाएको खाजाको प्लेट उठाएर शान्ता भान्सा कोठा तिर पस्दै थिई । नन्दिता सोफामा बसेर ढोका नियाली रहेकी थिई । हो, उसको अनुहार गम्भिर थियो, तर त्यहाँ केही ठूलो दुर्घटना घटेको अक्षर कोरिएको थिएन । 

अघिसम्म गहु्रंगा भएका उसका पाइलाहरू हलौं भए । उसले सोफाको नजिकै आएर नानीहरूलाई गालामा मुसारेर माया गरी । दुइटै नानीहरूले ‘फुपु, नमस्ते’ उसलाई अभिवादन गरे । 

रजनी नन्दिताको छेउमा बसी । उसका आँखाहरूले सोधे – खै के भो ? 

“शान्ता, बैनीहरूको लुगा फेरिदे ।” त्यसपछि उसले ठूली छोरी तिर फर्किएर भनी, “नानु, जाउ छोरी लुगा फेर, अहिलेको होमओर्क गर ।” 

छोरीहरू बाहिरिइ सकेपछि नन्दिताले रजनीतिर फर्किंदै भनी, “रजनी, सात्रानी खस्नु भएछ । म भोली नै घर जान्छु … ।” 

“के ?” नन्दिताको बोली पनि रोकिन नपाउदै रजनीले आत्तिएर सोधी, “के भो रे ?” 

“सात्रानी आज बिहान खस्नु भएछ ।” नन्दिताको स्वर तराइको घाँसे मैदान जस्तै सपाट थियो । 

“हाम्री कान्छी ?” रजनीलाई बैनीको मृत्युवोधले शायद अझै छुन सकेको थिएन । 

“हो, मलाई पनि सबै थाहा छैन । आज बिहान नानी खस्नु भएको फोन आएको रहेछ । मैले त क्याम्पसमा मात्र थाहा पाएँ …. ।” 

रजनीका आँखाबाट आँशुको धारा बग्न थाल्नेछ भत्रे नन्दितालाई थाहा थियो । नभन्दै त्यो झरिहाल्यो । नन्दिताले केही भत्रि । उ पनि त रोएकी थिई । मर्ने त्रदको अनुहार जति सम्झियो त्यति नै मन आँखामा आउथ्यो र त्यो नुनिलो आँशु बनेर गालाबाट छातिमा झर्न थालिहाल्थ्यो । 

“नरुनुस्,” नन्दिताले केही बेर आँशुको रेखा हेरेपछि भनी, “क्याम्पसबाट आएर पहिले दाजुलाई खोजें । उहाँलाई नभेटेपछि उहाँलाई खोज्ने जिम्मा ज्वाईंलाई लाएर तपाईंलाई बोलाएकी । म त के गर्नु न के गर्नु भनेर अलमल्ल परें । मैले भोलि नै घर जानुपर्छ … ।” नन्दिता बोल्दा बोल्दै रजनी हिक्क हिक्क गर्न थाली । कोठामा छिरेर लुगा फेर्दे गरेकी ठूली छोरी फुपुको क्रन्दन सुनेर हतार हतार बाहिर निस्किइ र कोठाको बीचमा ठिङ्ग उभिइ । उसको पछि पछि शान्ता र कान्छी छोरी पनि बैठकमा आए । नन्दिताले छोरीहरूको अनुहार तिर हेर्दै आधा रोएको स्वरमा भनी, “रजनी नरुनु न भन्या .. ।” 

तर नन्दिता आफैं रुन थाली । आमा र फुपु रोएको देखेर सानी छोरी त्यसै रुन थाली । उसका आँशु पुछ्दा शान्ताको आँखाबाट आँशुको धारा बग्यो । अझै ठूली छोरीले केही बुझेकी थिइन र उ रुन पनि सकेकी थिइन । 

“नानु …” नन्दिताले छक्क परेर उभिएकी आफ्नी छोरीलाई आफूतिर तान्दै भनी, “आज बिहान सान्दिदी खस्नु भएछ । हामी भोलि घर जान्छौं ।” 

छोरी बोलिन । उ रोइन पनि । उ सोफामा अरु जसरी बसिन । अनायस उसका आँखाबाट दुइ थोपा आँशु झरे । 

घर क्रन्दन भित्र डुब्यो । 

“रजनी, अब नरुनुस्,” फेरि नन्दिताले नै सबैलाई सम्हाली । उसले रोइरहेकी छोरीलाई आफ्नो कोखामा तानी र फेरि भनी, “बरु ज्वाईंलाई चाँडै बोलाउनुस् । दाइसँग भेट नभए पनि केही छैन । म भोलिको जहाजबाट घर जान्छु । तपाईंले यसो बैनीहरूको हेरबिचार गर्दिनु होला ।” 

“कसरी भएछ यस्तो ?” आफूलाई सम्हाल्दै रजनीले सोधी । 

“मलाई पनि सबै थाहा छैन । दिउँसो उताबाट फोन आएको थियो रे । शान्ताले उठाएकी रहिछ । तीन दिनदेखि नानी बिरामी हुनुहुन्थ्यो रे । अस्पतालबाट डाक्टर आएर हेरेका पनि थिए रे । तर के भएर हो निको भएनछ … ।” 

रोइरहेकी छोरीको कपाल मुसार्दै नन्दिताले भनी, “नानु, नरो नानी । म भोलि घर जान्छु । घरमा राम्ररी बस्नु । म अब हजुरबा हजुरआमालाई लिएर मात्रै फर्किन्छु ।” 

कोठा मौनतामा डुब्यो । कोही केही बोल्न सकेन । रजनी बिस्तारै बसेको ठाउँबाट उठी । उसले के गर्न खोजेकी हो भनेर नन्दिताले थाहै पाइन । रजनीले कतै टेलिफोन गरी । 

“म बोल्या,” रजनी एकछिन अड्किई, “हजुरले दाईलाई भेटिस्या हो ?”

 … … … 

“जहाँ भए नि हजुरले खोज्नै पर्ने भो । सानी बैनी खसिछ, पहाडमा । ठूलाबा र ठूलीआमा मात्रै हुनुहुन्छ घरमा । भाउजु भोलि नै जाने भन्दै हुनुहुन्छ । दाइ पनि जानु पर्ला । हजुरले टिकटका लागि पनि त्यहाँ आर.एन.ए.सी. मा भनेर मिलाइदिनु पर्ला … ।” 

मृत्युको समाचारले सबैलाई ब्यस्त बनाएको थियो । 

तर अहं, रामचन्द्रको पत्तो थिएन । 

रातले घरमा पाइलो हालेपछि शान्ताले बिस्तारै बैठकको बत्ती बाली । मृत्युको पिडा कोठामा नाचिरहेको भए पनि घर ब्यवस्थित भैसकेको थियो । नन्दिताले आफू झण्डै महिना दिन जस्तो क्याम्पस आउन नसक्ने आग्रह आफ्नो प्रमुखसँग गरिसकेकी थिइ । रजनीको लोग्नेले आफ्नो हैसियत प्रयोग गरेर हवाइजहाजको दुइटा टिकट पठाइदिई सकेको थियो र आफू रामचन्द्रलाई लिएरै आउने भनेर कतै हराएको थियो । 

तर अहं, घरको मूल मान्छे रामचन्द्र, अझै आएको थिएन । रामचन्द्रलाई पर्खिंदा पर्खिंदा नन्दिता मात्र होइन, रजनी पनि वाक्क भैसकेकी थिइ । उसले एकछिन, कान्छी बैनीको ठाउँमा आफैंलाई राखेर हेरी । उसको मनले सोध्यो, ‘काठमाण्डौमा कतै मेरो गति पनि त्यस्तै भयो भने यो मान्छेले दुइ थोपा आँशु त चुहाउँछ ?’ 

आठ बजेतिर दुइ जना मानिसहरू घरभित्र पसे । नन्दिताको कुंडिएको मन लोग्नेको गम्भिर अनुहार देखेर झनै चिसो भयो । “अनि के भएर त्यस्तो भएछ ?” रामचन्द्रको प्रश्न सुनेपछि, उसले बैनीको मृत्युको समाचार सुनिसकेको रहेछ भत्रे जानकारी घरमा बसेका सबैलाई भयो । 

“केही थाहा छैन,” नन्दिता नबोलेको देखेपछि रजनीले बिस्तारै भनी । “अब भोलि घर गएपछि नै सबै थाहा हुन्छ । विमारी के थियो भत्रे पनि अहिलेसम्म थाहा छैन ।” 

“पहाडले यस्तै दुर्घटना निम्त्याउछ भनेर भन्दा आमा–बाले मात्रु भएन,” लोग्नेको टिप्पणी सुनेर नन्दिता छक्क परी । ‘के रामचन्द्रलाई बैनीको मृत्युले पिरेको छैन ?’ 

“डाक्टर त बोलाएको थियो रे,” रजनीले कुरो सम्याउन खोजी । 

“केको जान्छन् डाक्टर पहाडमा, काज मिलाएर सबै यतै थच्चिन्छन् । यसो हेल्थएडले जाँचे जस्तो गरेर टाउको दुखेको औषधि दियो होला … ।” 

“अब जे भए पनि दाई भाउजु दुबै जानु पर्‍यो,” रजनीको लोग्नेले भन्यो । “रजनी अलिक दिन यता घरमा आएर बस्छे । उताको काम सकेर मात्रै भाउजु फर्किनु भए हुन्छ ।” 

कोही केही बोलेन । बोल्नु पर्ने केही पनि थिएन । पाँच मिनेट भन्दा लामो समय सत्राटाले चहलपहल गरेर कटायो । 

“अब यसो मुखमा केही हाल्नोस्,” फेरि रजनीको लोग्नेले नै भन्यो, “गएको फर्किंदैन । भोलिदेखि तपाईंहरूको बोझ अरु थपिनेछ । आजैदेखि खानपिन बन्द भयो भने, भोलिदेखि नै शरीर गल्नेछ । झन केही गर्न सकिंदैन ।” 

तर कसैको मनले खान मागेको थिएन । मनले नमागेको हुनाले भोक पनि छेउछाउमा आएको थिएन । 

‘खुवाउनै पर्छ’, रजनीले मनमनै भनी । गाउँमा गएपछि झन कस्तो बेथिती हुन्छ भत्रे उसलाई थाहा थियो । हरेक दिनको एकछाक खान्की, मान्छे मरेको घरको अस्तव्यस्तता, धेरै सासु ससुरासँगै मान्यजनहरू भएको घरकी बुहारीका रुपमा नन्दिताले कस्तो बुहार्तन बेहोर्नु पर्छ भत्रे पनि उसलाई थाहा थियो । त्यसैले उसले वातावरणलाई अलिक सहज बनाउन खोज्दै भनी, “बिराटनगरतिर खबर पुगे नपुगेको पनि थाहा छैन । दिदीलाई खबर भयो भने उहाँले सबैतिर खबर गर्न भ्याउनु हुन्छ । एकचोटी दाइले त्यता खबर पठाउने कोशिश गर्नुपर्ला । दिदी–बहिनी सबै पुग्नु जरुरी छ । हजुर दाइसँगै बसिस्योस् । म यसो पानी उमाल्छु … ।” 

रजनी आफ्नै घरमा जसरी काम गर्न थाली । रामचन्द्र रजनीको आदेश मानेर जुरुक्क उठेर टेलिफोनतिर लाग्यो । 

“म रामचन्द्र,” झण्डै पन्ध्र मिनेट टेलिफोन थिचेपछि रामचन्द्र बोल्यो । त्यतिबेलासम्म तीन पटक रजनीले ढोकाबाट चियाइसकेकी थिइ । शान्ता भान्सामा काम गर्दै थिई । रामचन्द्रले बोल्ने बेलामा रजनीले चियाको गिलास ल्याएर भाउजु र लोग्नेको बीचमा राखी । 



 

रामचन्द्र भन्दै थियो, “ए त्यसोभए सबैलाई थाहा भयो ?” लोग्नेको आवाज सुनेर नन्दिता छक्क परी । रजनी चियाको गिलास समातेर रामचन्द्रको छेउमा गई । 

… … … 

“त्यसोभए उनीहरू भरसक भोलि बेलुकै घर पुग्लान् । सकेनन् भने पनि पर्सी बिहान पुग्छन् नै ।” 

“नन्दिता जान्छिन्,” रामचन्द्र एकछिन अड्कियो, “उनको भोलिको टिकट भैसकेको छ ।” 

… … … 

“मेरो एउटा छोड्नै नहुने काम छ, म बुधबारको जहाजबाट जान्छु ।” 

मुखमा जोडिनै आँटेको गिलास नन्दिताको हातैमा अडकियो । रजनी पनि छक्क परेर उभिई । 

… … … 

“हुन्छ । त्यसो भए काम सक्दा सबै त्यतै भेला भइन्छ होला ।” 

… … … । 

“हवस् ।” रामचन्द्रले फोन राखिदियो । 

“तपाईं भोलि नजाने ?” रजनीले छक्क परेर हातको गिलास रामचन्द्रको हातमा राख्दै सोधी, “किन नजाने ?” 

नन्दितालाई रजनीले किन त्यस्तो प्रश्न सोधेकी होली भत्रे लाग्यो । मौनता कहिल्यै नटुटे हुन्थ्यो जस्तो भएर उसको मन भारी भयो । मान्छेका लागि मृत्यु भन्दा पनि जटिल समस्या हुन्छ भत्रे कहिल्यै थाहा नपाएकी नन्दितालाई, लोग्नेको वाध्यता सुत्र मन लागेन । 

“म भोलि जान अलिक सक्दिन,” रामचन्द्रले सोफातिर बढ्दै भन्यो, “बैनीहरू गैसकेछन् । मामा पनि सँगै जानु भएको छ रे । भोलि नन्दिता पनि जान्छिन् । म तीन दिनपछि पुगिहाल्छु … ।” 

“तपाईं चाहिं किन नजाने ?” रजनीले अलिक च्यापेर सोधी, “ठूलाबा, ठूलीआमाको मन कस्तो भा’ छ भत्रे कल्पना जागेन तपाईंलाई …?” 

“अब काम गर्ने त हो,” रामचन्द्रले अलिक दच्किंदै भनयो, “आज जान सकेको भए एउटा कुरो हुन्थ्यो । त्यसो हुन सकेन । भोलिदेखिको काम नन्दिताले भ्याइहाल्छिन् । बुधबार त म पुगिहाल्छु ।” 

“हैन, तपाईंलाई बुधबारसम्म बाँध्ने के हो भनेको मात्रै हो,” रजनीले अझै छोडिन । 

“रजनी भयो,” नन्दिताले आजित माने जसरी भनी, “म भोलि जान्छु । घर गएर म फोन गर्न लाउँला ।” 

नन्दिताले केही भनेकी थिइन, तर घरको वातावरण मृत्यु भन्दा बढी बोझिल भयो । कतैबाट उडेर आएको अर्को बाक्लो अन्धकारको लाप्टो घरमा छिरे जस्तो लाग्यो बस्ने जति सबैलाई । त्यो मृत्युभन्दा भयाबह छ कि जस्तो लाग्यो रजनीलाई । 

रात गल्दै गयो । दिक्दारीले चपक्क समाते पनि रजनीले घरको सबै काम भ्याई । उसले जबरजस्ती खाना खुवाइ । दश बजेतिर बसेको ठाउँबाट उठ्दै रजनीले भनी, “म भोलि बिहानै ज्वाईंलाई लिएर आउंछु । दाइलाई फुर्सद छैन होला, म भाउजुलाई एयरपोर्ट पुर्‍याएर फर्किन्छु ।” 

रामचन्द्र केही बोलेन । रजनीले आफ्नो शत्रुता ओकलेको कुरालाई लुकाइन । 

रजनीहरू निस्किदासम्म सानी छोरी काखमै निदाएकी थिइ । नन्दिताले शान्तालाई बैनीलाई लगेर सुताउन अह्राइ र उसले छेउमा बसेकी ठूली छोरीको कपाल मुसार्दै भनी, “नानु, जाउ सुत । बिहानै चाँडै उठ्नु पर्छ । हामी हजुरबा, हजुरआमालाई लिन भोलि घर जान्छौं ।” 

छोरी पालै पालो आमा बाबुको अनुहारमा हेरेर आफ्नो कोठा तिर लागी । रामचन्द्रले छक्क परेर सोध्यो, “यल्लाई पनि लाने कुरा गर्‍या ? किन लानु पर्‍यो ?” 

नन्दिताले लोग्नेको प्रश्नको जवाफ दिइन । छोरी कोठामा नछिरुन्जेल उ बोल्दा पनि बोलिन । छोरीको कोठाको ढोका लागेपछि उसले लोग्नेतिर फर्किंदै सोधी, “हजुरको कुन काम बैनीको देहावसान भन्दा ठूलो भयो ? मलाई भत्र मिल्छ ?” 

नन्दिताको स्वरसँग रामचन्द्रको राम्रो परिचय थियो । यो बोली एउटा डरलाग्दो आँधिको सङ्केत हो भत्रे महसुस गर्न रामचन्द्रलाई अलिकति पनि गाह्रो परेन । त्यसैले उसले अलिक मलिन स्वरमा भन्यो, “एउटा ठूलो मुद्दा छ । आफ्नो समस्या देखाएर मान्छेलाई धोखा दिन मिलेन । पर्सी त्यो मुद्दा छ । म सकेर आउछु ।” 

“काखकी तर हुर्किएकी छोरी मर्दा आमाबाबुको मन कस्तो हुन्छ भत्रे तपाईंलाई थाहा हुंदैन ?” नन्दिताको बोलीमा अनौठोको शान्ति र सपाटता थियो, “छोरी मरेको भोलिपल्ट आफ्नो एक मात्र छोरो नदेख्दा आमाको मन कस्तो हुन्छ भनेर तपाईं कल्पना गर्न सक्नुहुत्र ?” 

“तिमीले सम्झाइदिंदा भैहाल्छ । आखिर अहिले आत्तिएर गएर गर्नै के सकिन्छ ?” रामचन्द्र एकछिन रोकियो, “फेरि मैले कारण बताइसकें ।” 

“कारण तपाईंले जे भत्रुभयो, त्यो होइन । तपाईंलाई मृत्युको पिडामा मलम दल्न घर जान मन छैन । मुद्दा मामिलामा तपाईंले कस्ता कस्ता कुरा मिलाउनु भएको छ भत्रे मलाई थाहा छैन भत्रुहुन्छ ? तपाईंले पैसा खुवाएर हारलाई जीत र पैसा खाएर जीतलाई हार बनाएको मलाई थाहा छैन भत्रुहुन्छ ? यति कुरा मिलाउन नसक्ने मान्छे तपाईं हो भनेर म पत्याउछु भन्ठात्रु हुन्छ ? यथार्थमा तपाईंलाई आज खरानी भएको बहिनीको शरीरको रापले पोलेकै छैन … ।” 

“तिमी सुत,” रामचन्द्रले अलिक हेलचेक्र्याईंको स्वरमा भन्यो, “तिम्रो मन उत्तेजित छ । यो उत्तेजनामा म तिमीसँग कुरा गर्न चाहत्र ।” 

रामचन्द्र आफ्नो अध्ययन गर्ने कोठा तिर पस्यो । रामचन्द्र यस्तो रातमा प्रायः पढ्दैनथ्यो । त्यसैले उसको कोठा पसाइ घुर्की र हेलचेक्र्याईं मात्र हो भत्रे बुझ्न नन्दितालाई अलिकति पनि कठिन भएन । 

नन्दिताको मन रामचन्द्रको विरुद्धमा झन बेस्सरी चर्कियो । उ सोफामा झोक्राएर धेरैबेर बसिरही । 

आधा घण्टा जति बितेपछि नन्दिता बसेको ठाउँबाट जुरुक्क उठी र टेलिफोनको नम्बर घुमाउन थाली । घण्टी दुइ चोटी पनि गएन । 

“म नन्दिता ।” 

… … 

“अं, नजाने रे । बा आमालाई मन सम्हाल्न झन गाह्रो हुन्छ । त्यसैले भोलि नानुलाई लिएर जानु पर्ला । दुइटा टिकट किनेकै छ । एयरपोर्टसम्म ज्वाईंलाई पनि दुःख दिनुपर्ला कि भनेर फोन गरेकी ।”

 … … … 

“खै के सोध्ने ? मुद्दा छोड्न मिल्दैन रे ।” 

… … …

“सोधिन,” नन्दिताले दिक्दार मानेको स्वरमा भनी, “सोध्दिन पनि । आ–आफ्नो मन हो । म भन्दा नजात्रे हुनुहुत्र । अहिले पनि झर्को मान्दै पढ्ने कोठातिर लाग्नु भएको छ । त्यसैले नानुलाई लैजाने टुङ्गो गरेकी हुं । त्यसको पढाइ बिग्रिने हुनाले धेरैदिन राख्न मिल्दैन । पर्सीसम्ममा बैनीहरू आइपुग्नु होला । त्यसपछिको जहाजबाट म नानुलाई पठाइदिन्छु । यही भनौं भनेर अहिले फोन गरेकी ।” 

… …. … 

“घरमा केही मिलाएको छैन । त्यसरी एक्कासी जान मिल्ला र ?” 

… … … 

“तपाईं जाँदा त आमा–बालाई ठूलो आड हुन्थ्यो । छोरो नहुनुको पीर पनि उम्लिदैनथ्यो । मलाई पनि भरोसा हुन्थ्यो ।” 

नन्दिता फेरि सोफामा आएर बसी । उसलाई लाग्यो – लोग्ने र उसका बीचमा एउटा जानिदो पर्खाल उभिइसकेको छ । रजनीलाई समेत घरको ब्यवहारबाट चटक्कै उखेल्ने बैनीको मृत्युको संवेदनाले आफू र रामचन्द्रलाई खोलाको दुइ किनारामा उभ्याइसकेछ भनेर उसले लामो सुस्केरा तानी । 

(४)

कहाँ चुक भयो भनेर नन्दिताले ठम्याउन सकिन । तर उसको घरमा ग्रहण लागिसकेको थियो । 

एउटा शोकमग्न यात्रा समाप्त भएको थियो । छोरीको आकस्मिक मृत्युले ढाड भाँचेका नन्दिताका सासु र ससुराहरू, शोक बिर्सन काठमाण्डौ आएका थिए । नन्दिताले फेरि एकपल्ट घरको विश्वास जितेकी थिइ । घरको क्रन्दन भित्र उसले सबैखाले कामहरू सकेकी थिइ । रजनी भदैनीलाई लिएर काम सकिएको भोलिपल्टै काठमाण्डौ फर्किएकी थिई । रामचन्द्र अरु चार दिन बसेर आएको थियो । तर नन्दिता घर छोडेर निस्कन मानिन्। महिना दिनको बसाइपछि, नन्दिताले “आमा, अहिले म हजुरहरूलाई छोडेर जानै सक्दिन । पछि बरु फर्कौंला, अहिलेलाई काठमाण्डौ जाऔं । नातिनीहरू छन्, मन बरालिन्छ, होइन भनेत आमा मैले जागिर छोडेर, नानीहरू सम्हालेर यहीं बस्नुपर्छ,” भनेपछि आँखाबाट बलिन्द्र धारा बगाइरहेकी सासुले टाउको हल्लाएर पलायनको सहमती दिइन् । त्यसपछिको पहिलो उडानबाट उनीहरू तिनै जना काठमाण्डौ ओर्लिए । 

काठमाण्डौले सासु र ससुराको मन त थामेको थियो, तर नन्दिताको मन, विधवाको सिउँदो जस्तै भएको थियो । जीवन आफ्नै लागि लागि भारी हुँदै थियो । 

आन्दोलनको उथलपुथलबाट नन्दिता अलग भैसकेकी थिई । जनमत संग्रहमा सबैले भोट हाल्नुपर्छ भत्रे प्रचार गर्दै मानिसहरू उसको घरमा पनि आएका थिए । अहं, उसले कुनै जाँगर देखाउन सकिन । नन्दिता, समाजबाट अलग भएकी थिइन, तर कुनै एउटामा मत हाल्दैमा कुन पहाड पल्टिने हो र भन्ठानेर उ अलग्गै बसी । उसले एक मत खसाल्दा निर्दल बहुदलमा या बहुदल निर्दलमा फेरिंदैन भन्ठानेर नन्दिताले आफूलाई घामका सुइराहरू मुन्तिर उभ्याइन । 

नढाँटी भत्रे हो भने, घरमा हराएकी थिइ नन्दिता । सासु, सुसरा र हुर्किंदै गरेका छोरीहरूको संसारमा उ रुमल्लिएकी थिई । अझै पनि पढाउन जाँदै थिई उ – तर पढाउने दायित्व स्थायी हुन्छ भत्रे उसलाई लाग्न छोडिसकेको थियो । उसको गुरुमाको व्यक्तित्वलाई, टेको दिनुपर्ने बुहारी र हेरबिचार गर्नुपर्ने आमाले खान थालिसकेको थियो । 

एक्कासी नन्दिता रन्थनिई । 

कानूनविदहरूको राष्ट्रिय सम्मेलन रहेछ । शायद रामचन्द्र कुनै पदमा उठेको थियो । पहिले पनि रामचन्द्र रउसिएर घरमा समाचार सुनाउदैनथ्यो । आन्दोलनपछि त उसले घरमा केही भत्रुपर्छ भनेर सम्झिन समेत छोडेको थियो । घरमा बाबुआमा आइसकेपछि उ झण्डै झण्डै पराई भैसकेको थियो । प्रत्येक रात घरमा आउनु पर्छ भत्रे पनि उसको चेतना थिएन । मन लाग्दा आउथ्यो । मन नलाग्दा कतै हराउंथ्यो । साह्रै धर्म पुरा गरिहाल्नु पर्‍यो भने यसो फोन गरेर, एउटा ठूलो मुद्दामा साथीहरूसँग छलफल गर्नु परेकोले राती बाहिरै बस्छु भनेर आमा अथवा बाबुलाई फोनमा जनाउ दिन्थ्यो । त्यो जनाउ स्वास्नीलाई दिनु पर्छ भनेर उसले सोच्न पनि छोडिसकेको थियो । 

एक्कासी रजनीबाट समाचार सुनी नन्दिताले – “दाई पनि उठ्नु भएछ नि कोषाध्यक्षमा !” 

नन्दिताले आफ्नो अनौठो लुकाउने चेष्टा गरिन । नन्दिताले सँगै हिंडिरहेकी नन्दको अनुहारमा पुलुक्क हेरेर सोधी, “के को कोषाध्यक्षमा ?” 

“मलाई शङ्का त लागेको थियो,” रजनीले भनेकी थिई, “आजभोलि दाई घरमा त्यति बस्नुहुत्र भत्रे हामीलाई लागेको थियो । दाईको संगत बिग्रिएको छ कि भत्रेसम्मको अनुमान मैले गरेकी थिएँ । तपाईंको ज्वाईं भन्दै हुनुहुन्थ्यो – आजभोलि दाईलाइ निको पार्न नसक्ने बिमारी लागेको छ । साँच्चै रहेछ ।” बाटो बागबजारबाट धेरै उकालो चढिसकेको थियो । कालिकास्थानको घुम्तीमा नन्दिताले दाहिने लाग्नु पथ्र्यो अनि रजनी सोझै मैतीदेवी तिर झर्ने थिई । त्यसैले पेटीको डीलमा उभिएर रजनीले भनी, “भाउजु, दाई बार एशोसिएसनको कोषाध्यक्षमा उठ्नु भएको छ । आफूलाई ठूलो ओकिल ठात्रुहुन्छ – त्यसैले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ । जित्छु भत्रे उहाँलाई लागेको छ । तपाईंलाई केही भत्रु भएनछ । म एकपल्ट कुरा गर्छु …।” 

“कुराले के हुन्छ र रजनी ?” नन्दिताले दोहोर्‍याई । आकाशमा एउटा हवाइजहाज उडेर गयो । छेउमा गुडेको ठूलो बसको आवाजले उसको बोलीलाई छोप्न खोज्यो । उसले एकछिन बसतिर हेरेर भनी, “नभत्रु होला । अब केही नभत्रु होला । उहाँले मलाई भत्रुपर्ने आवश्यकता देख्नु भएन । तपाईंले भनेर त्यो आवश्यकता महसुस हुन्छ र ?” नन्दिता खिस्स हाँसी । उसको स्वर पहिले जस्तै सपाट थियो, “उहाँ कहिले जिल्ला तिर जाने हो भत्रे त तपाईंहरूलाई थाहा होला । एकदिन घरै बस्ने गरी आउनुस् न नानीहरूलाई लिएर । शायद जुवाईं पनि जेठानको चुनाव प्रचारमा जानु होला ।” 

रजनीले धेरैबेर भाउजुको अनुहारमा हेरी । त्यो मधेसको बाली बिनाको खेत जस्तो सपाट थियो । 

त्यही कुराकानी जीवनको चिताइनसक्नुको मोड भयो नन्दिताका लागि । नन्दिताको जीवनको गति अन्त गएको हो कि रामचन्द्रले आफ्नो जीवनको गाडी फेरेको हो कसैले थाहा पाउन सकेन । 

राती रामचन्द्र घरमा आउँदा दश बज्न लागेको थियो । छोरीहरू सुतिसकेका थिए र आमाबाबुहरू पनि निदाइसकेका थिए । नन्दिता शुन्य आँखाले बैठक कोठालाई नियालेर बसिरहेकी थिई । उ लोग्नेलाई पर्खिरहेकी थिइ भत्र मिल्दैनथ्यो । उसले लोग्नेलाई पर्खिनु र नपर्खिनुको अर्थ समाप्त भैसकेको थियो । लोग्ने उसको प्रतिक्षाको पिडालाई महसुस नगर्ने भैसकेको थियो । त्यसैले स्वास्नी भएर पनि नन्दिताले, लोग्नेको प्रतिक्षा भत्रे शब्दलाई आफ्नो शब्दकोषबाट हटाइसकेकी थिइ । 

रामचन्द्र भित्र पस्यो । सोफामा निदाउन खोजेकी नन्दिताको अनुहारमा उसले नियालेर हेर्‍यो । नन्दिताले सोफामा बसी बसी सोधी, “खाना खानु हुन्छ ?” 

“खाइसकें,” रामचन्द्रले सपाट स्वरमा भन्यो, “ढिलो भएपछि मलाई नपर्खनु भनेकै छ ।” 

“पर्खिएको होइन,” नन्दिताले पनि उस्तै भाकामा भनी, “बारको चुनावमा उठ्नु भएको रहेछ । आज दिउंसो सुनें । बाहिरबाट सुन्दा एकछिन नमिठो लाग्यो । पत्यार पनि लागेन । हो कि होइन थाहा पाइराखौं भनेर मात्र पर्खिएकी …।” 



 

रामचन्द्रले केही भत्र सकेन । अड्कियो त्यो मान्छे । के भनौं, के भनौं भनेर उ एकछिन उभियो । कुरा बराल्नु पर्छ जस्तो लाग्यो उसलाई । त्यसैले उसले नन्दिता नजिकैको सोफामा बस्दै सोध्यो, “आमा बा सुतिसक्नु भो ?” 

“अघि नै,” नन्दिताले सहज ढङ्गले उसको सोधाइको जवाफ दिएर प्रश्न तेस्र्याइ, “कुन प्यानलबाट उठ्दै हुनुहुन्छ तपाईं ? बारमा पनि त प्रगतिशील र प्रजातन्त्रवादीहरू होलान् !” 

“म स्वतन्त्र,” एकछिन गम खाएपछि रामचन्द्रले भन्यो, “म व्यवसायिकहरूको प्रतिनिधि !” 

“तपाईंलाई एउटा कुरा सोध्छु, नराम्रो नमात्रुस है ?” नन्दिताले एकछिन भित्तामा नियालेर हेरेपछि भनी, “इच्छा नलागे जवाफ नदिनु भए पनि हुन्छ । तर नझर्किनु होला,” नन्दिता फेरि एकछिन चुप लागी । उसले लोग्नेको अनुहारमा नियालेर हेरी । छतमा झुण्डिइरहेको बिजुलीको बत्तीमा पनि उसले आँखा घुमाई र स्वरलाई पहिले भन्दा सानो र मायालु बनाउदै सोधी, “आजभन्दा पन्ध्र वर्ष अगाडिको तपाईं र आजको तपाईंमा यस्तो भित्रता किन आयो ? कुनै बेला विद्यार्थीको टाउकामा बज्रिएको लाठीको समाचार सुन्दा मुच्र्छा पर्न खोज्ने तपाईको मायालु मन अहिले कता हरायो ?” 

रामचन्द्रले ट्वाक्क जवाफ दिन सकेन । उसले स्वास्नीको अनुहारमा गढेर हेर्‍यो । त्यो सप्तकोशीको सतह जस्तो थियो । अहँ, केही थिएन त्यसमा । न त्यसलाई पढ्न सकिन्थ्यो , नत त्यहाँ केही लेख्न नै सकिन्थ्यो । रामचन्द्रलाई लाग्यो – उसले बिहे गरेर ल्याएकी नन्दिता यो होइन । 

“म असाध्य थाकेर आएको छु आज,” रामचन्द्रले छलफल गर्न चाहेन । त्यसैले उसले नक्कली पाराले हाइ गर्न खोज्दै भन्यो, “जसले तिमीलाई म बारको चुनावमा उठ्ने कुरो सुनायो, त्यसैले म कुन पदमा, कुन प्यानलबाट उठ्दैछु भत्रे पनि सुनायो होला । यसमा तिमीले चासो राख्नुपर्ने कुनै कारण छैन ।” 

“नभैदिएको भए म सोध्थें हुंला र ?” नन्दिताले खाउँला जस्तो गरेर लोग्नेको अनुहारतिर आँखा नचाई, “तपाईं किन यसरी फेरिनु भएको होला भनेर मैले सोध्न खोजेको पनि होइन । तपाई किन स्वतन्त्र प्यानलबाट उठ्नु पर्‍या होला भनेर जात्र मात्र मन लागेको हो ।” नन्दिता बोल्दा बोल्दै एकछिन चुप लागी । रातको सत्राटा भित्र उसको मन कतै गएर हरायो । उसले स्वरलाई पहिले भन्दा सानो पारेर सोधी, “कुनै बेला एउटा विद्यार्थीको टाउको घाइते हुंदा, एक हप्तासम्म तपाईंको मन रन्थत्रिथ्यो । तर पोहोरदेखि, आन्दोलनले समाजलाई हल्लाएको बेलादेखि, तपाईं अर्कै हुनुभएको छ । तपाईंको सम्वेदना मरेको मात्र होइन, तपाईं चित्रिै नसक्ने गरी फेरिनु भएको छ । तपार्इं भित्रको मानिस हराउदै गएको छ । तपाईंलाई मैले आजसम्म केही भनेकी थिइन । भत्र मन पनि लागेको थिएन । किनभने त्यतिबेला घरमा तपाईं र म मात्र थियौं । छोरीहरू सानै थिए । अबोध नै थिए । त्यसैले उनीहरूले भेउ पाइहाल्लान भत्रे डर थिएन । तर अहिले बा– आमा यहीं आउनु भएको छ । सबै कुरो जात्रुभयो भने उहाँहरूको मन कसरी भाउत्रिन्छ ? तपाईंले कहिल्यै यसरी सोच्नु भएको छ ? छैन । त्यसैले तपाईंका अनियन्त्रित गोडाहरू एक ठाउँमा उभिन मानिरहेका छैनन् ।” 

“अहिले बा–आमाको आडमा तिमीले झगडा गर्न खोज्या त्यसोभए ?” 

“अहं, होइन । म तपाईंसँग कहिल्यै झगडा गर्दिन । अहिलेसम्म गरेकी छैन र आउने दिनमा पनि गर्दिन । जुनदिनसम्म सहेर बस्नसक्छु म चुपचाप बसिदिन्छु । जुन दिन असैह्य हुन्छ, केही नबोली गाउँतिर फर्किन्छु । तपाईंको स्वतन्त्रतामा, तपाईंको स्वच्छन्द गतिविधिमा म अलिकति पनि छेकाबार लाउदिन । तर यति हुंदा हुंदै पनि तपाईंकी पत्नी भएकै नाताले मात्र पनि, मैले केही भत्रुपर्छ भत्रे मलाई लागेको छ ।” नन्दिता सास फेर्न मात्रै रोकिई, “केही गम्भिर घटना यसबीचमा घटेका छन् । तल्लो टोलका बासिन्दाले आएर हाम्रो घरको पर्खाललाई चार फिट सारिदिन आग्रह गर्दा तपाईंले कल्पना भन्दा बाहिरको व्यवहार देखाउनु भयो । उनीहरू बाटोको पैसा तिर्न तयार थिए, उनीहरू तपाईंले मागेको मूल्य दिन पनि तयार थिए । तर तपाईं टसकामस हुनु भएन । त्यो बाटो खोल्न दिंदा तपाईंलाई कुनै नोक्सानी हुंदैनथ्यो । दश बाह्र फिट जग्गा तपाईंको घट्थ्यो, तर त्यसले तलतिर बस्ने सयौं परिवारको कल्याण हुन्थ्यो । आफ्नै आदर्शलाई टेवा दिने यति सानो काम गर्न पनि अहं, तपाईंले पटक्कै मात्रु भएन । एउटा क्षुद्र परपिडकको ब्यवहार देखाउनु भयो तपाईंले । मलाई असाध्यै नराम्रो लाग्यो । तर पनि मैले केही भत्रि । बजारमा तपाईं राम्रा राम्रा भाषणहरू दिनुहोला, अदालतमा तपाईं न्यायधिसहरूलाई मक्ख पार्ने गरी बहस पनि गर्नु होला, तर समाजमा पसिसकेपछि तपाईंका भाषणहरू, तपाईंको वक्तृत्वकला अर्थहीन हुनेरहेछन् भत्रे थाहा पाएर पनि मैले तपाईंलाई केही भनिन । मैले देखें – तपाईंको ओठको आदर्श, ब्यवहारको ढुङ्गामा पछारिएपछि फुटेको फर्सी जसरी छ्यालब्याल हुंदो रहेछ । मैले तपाईंको यो दुर्गती देखें, बेहोरें । तर तपाईं मेरो गुरु हुनुभएको हुनाले मैले तपाईंलाई सम्झाउनु उचित ठानिन् ।” 

नन्दिता फेरि केही बेर रोकिई । 

“तपाईंले आन्दोलनको समर्थन नगर्दा पनि आन्दोलन चर्किएकै थियो र तपाईंले त्यसको विरोधमा झण्डा उठाउँदा पनि त्यसले मुलुक हल्लाएकै थियो । नबोली पनि बस्न सकिन्थ्यो । उसै पनि यथास्थितिका बिरुद्ध, मानिसहरूले आवाज उठाए भने हामी जस्ता गृहस्थले बोल्नै किन पथ्र्यो ? होइन, त्यसमाथि त्यो आन्दोलन त वौद्धिक समुदायबाट उठेको थियो । तपाईंहरू जस्तैबाट उठेको थियो । तर तपाईं अकस्मात आन्दोलनको विरुद्धमा उभिनु भयो । लुकिछिपी होइन, खुलेआम आन्दोलनको विरोधमा जानु भयो । तपाईंका लागि आन्दोलन, मानौं अदालतमा गरिरहेको बहस भैदियो । एकखालकाहरू तपाईंका लागि वादी भैदिए । अर्काखालकाहरू प्रतिवादी बनेर सडकमा उत्रिए । तपाईं अग्रगामी हुन सक्नुहुत्रथ्यो रे । तर तपाई दर्शक त हुन सक्नुहुन्थ्यो । अहं, तपाईले आफूलाई टेकाउनु भएन । पुराना सारा साथीभाइहरू एकातिर लागे । तपाईं सबैको विरुद्धमा उभिन पुग्नुभयो । दुनियाले भने – नन्दिता तेरो लोग्ने यथास्थितिवादी भयो । त्यसले प्रतिगमनको दिशा पक्रियो । तर मैले सबै विषलाई आफैं घाँटीमा अड्काएँ । अहं, मैले तपाईंलाई केही भत्रि ।” 

नन्दितालाई लाग्यो – उसको बोलीले लोग्नेलाई झर्कोको भारी बोकाइरहेछ । उसले आफूलाई अझै संयत तुल्याउदै, आफ्नो स्वरलाई अझै तल खसालेर भनी, “तपाईंलाई दिक्क लागिरहेको छ भने, बस्नुस्, मेरो कुरो सुत्रुस् म भन्दिन । गएका पन्ध्र वर्षहरूमा मैले तपाईंबाट धेरै कुरा सिकेकी छु । म तिनलाई गुमाउन पनि चाहत्र । मनमा औडाहा चल्न थालेको धेरै भयो । एकपल्ट धक फुकाएर सोध्न मन लागेको थियो । शायद सोध्न जात्रि । मैले संकेत मात्रै गरें हुंला । यसैलाई तपाईंले बुझिदिनु भए हुन्छ । हामी सबै उही ठाउँमा छौं – तर तपाईं अलिकति पर सर्नुभए जस्तो लाग्छ । हामी सबैको मन उस्तै छ – तर तपाईंको मन, नछुने पन्छिए जसरी कुना तिर पन्छिए जस्तो लाग्छ । जीवनमा हामी जाने दिशातिरै गैरहेका छौं – तर तपाईं उल्टोतिर फनक्क घुम्नु भए जस्तो लाग्छ ।” 

“आज तिमी सुत । म थाकेर आएको छु । भोलि पर्सी कुरा गरौंला,” रामचन्द्रले त्यसै भन्छ भत्रे नन्दितालाई लागिरहेको थियो । त्यसैले उसको बोली सुनेर नन्दिताको मन झन ब्यथित भयो । उसले मधुरा आँखाले लोग्नेको शरीरलाई हेरी । त्यो बिस्तारै उठ्यो र आफ्नो पढ्ने कोठातिर लाग्यो । 

नन्दिता ओछ्यानमा गएर पल्टिई । 

तर अहं, त्यो रात निद्राले उसलाई मुसार्नै सकेन । रामचन्द्र बार एशोसिएसनको चुनावमा उठेको खबरले मात्रै त्यसलाई दुःख दिएको थिएन । यस्ता कामहरू त रामचन्द्रले धेरैचोटी गरेको थियो । रामचन्द्रको ब्यवहारले दर्जनौं पटक नन्दिताको मन दुखाइसकेको थियो । नन्दिताले मलिन स्वरले रोक्दा रोक्दै त्यसले गर्नै नहुने धेरै कामहरू गरिसकेको थियो । नन्दिता त्यस्तो परिस्थितिलाई दुर्घटना भन्थी र आफूलाई थुम्थुम्याउने कोशिश गर्थी । तर आज त्यो थुमथुमिन मानेन । उसलाई लाग्यो – रामचन्द्र, मान्छेबाट अमान्छेमा फेरिइसकेको छ र त्यसलाई तानेर फेरि मान्छे बनाउन सकिदैन । 

लोग्नेले प्रत्येक कुरामा सल्लाह लेओस् भत्रे उसको माग थिएन । लिए राम्रो हुंदो हो भनेर उ चित्त बुझाउथी । पहिले पहिले रामचन्द्रले सोधपुछ गथ्र्यो । सके त्यसैले उसको मनले सोधपुछको माग गरेको होला । ‘आ, पहिले सल्लाह चाहिन्थ्यो अनि सोध्नुहुन्थ्यो नि, अहिले आफैं जात्रे हुनु भएको छ, त्यसैले आवश्यकता देख्नुहुत्र’ भनेर आफैंलाई गाली गर्न खोज्थी । तर भैसकेका कामका बारेमा रामचन्द्रले उसलाई केही भनोस् भत्रे उसको माग हुन्थ्यो । आफ्नो लोग्नेले गरेका कामका बारेमा अरु कसैबाट सम्चार पाउनु पर्दा उसलाई साह्रै नराम्रो लाग्थ्यो । 

पाँच महिना अघि नन्दिता एकचोटी नराम्ररी भाउत्रिएकी थिई । त्यो दिन रजनी र उसका नानीहरू मामाघर मात्र आएका थिए । रजनीले आफ्नो दाइलाई दिउँसो घरमा बसिदिन हत्ते नै गरेकी थिई । तर रामचन्द्रले मानेन । रामचन्द्रको व्यवहारबाट ठुस्किएकी रजनीले त्यतिबेला भनेकी थिई, “भाउजु, अब दाई उहिलेको जस्तो हुनुहुत्र । नचित्रिे गरी फेरिनु भएको छ । थाहा पाउनु भा छ, दाइले बानेश्वरमा जग्गा कित्रु भएको छ ।” 

“होइन होला ।” नन्दिताले पत्याउन मानेकी थिइन । 

“भरे सोध्नु होला,” रजनीले आफ्नो कुरामा बल थप्दै भनेकी थिइ, “मैले सुन्या, दाइ र एउटा न्यायधिसले मिलेर बानेश्वरमा तीन रोपनी जग्गा कित्रु भएको छ । ‘मुद्दामा मिलेमतो गर्नुभएछ दाइले’ भनेर तपाईंको ज्वाईंले साह्रै चित्त दुखाउनु भएको थियो । जुवाईंको फुपाजुले हार्नु नहुने मुद्दा दाइका कारण हार्नु भयो भनेर गुनासो गर्नु भएको थियो । मैले नै कान नदिएर पो !” 

नन्दितालाई पत्याउन मन लागेको थिएन । त्यसैले उसले पत्याइन । तर राती रामचन्द्र घरमा आएपछि उसको मन चुप लागेर बस्न मानेन । रजनीलाई पनि अलि अलि चेत हुन्छ भनेर उसले लोग्नेसँग वानेश्वरको जग्गाको बारेमा सोधेकी थिई । 

“तिमीलाई किन चाहियो हं ?” रामचन्द्रले झनक्क तातेर सोध्यो । नन्दिता छक्क परी । 

‘यसमा रिसाउनु पर्ने नै के छ र ?’ नन्दिताले आफैंलाई सोधेकी थिई । प्रकटमा रामचन्द्रसँग थप कुरो सोध्ने आँट उसभित्र जन्मिनै सकेन । तर सुत्ने बेलासम्म लोग्नेले बानेश्वरमा जग्गा लिएको छ भत्रेमा उ पनि रजनी जत्तिकै विश्वस्त भैसकेकी थिई । 

त्यसपछिका दिनमा पनि साना तिना ठाकठुक त हुनेगरेकै थियो, तर त्यो कलबिख जस्तो तितै भने भैसकेको थिएन । रामचन्द्रले गरेका कामहरू कहिलेकाहीं नन्दिताको कानमा पर्थे र उसको अहम्लाई घाइते तुल्याएर बाहिर निस्कन्थे । मन दुख्ने बिमारी निको नभएको हुनाले नन्दिताले पछिल्ला दिनहरूमा भरसक रामचन्द्रका कामहरूको समाचार सुत्रु नपरे हुन्थ्यो जस्तो ब्यवहार देखाउन थालेकी थिई । 

तर आज उसको मन भाउत्रिएको थियो । रामचन्द्रले आएर बारको चुनावमा म उठ्ने भएँ भनेको भए, नन्दिता फुरुङ्ग पर्थी होली । शायद त्यसले चाहिने सहयोग पनि गर्थी होली । उसका आफ्नै पनि ओकिल साथीहरू थिए । उसले पढाएका तीन चार जना विद्यार्थीहरू पनि ओकिल भैसकेका थिए । उसका दुई जना आफन्तहरू ओकालत गरिरहेका थिए । मन रमाएको भए उ ती सबैसँग अनुरोध गर्न पुग्थी होला । तर उसले बाहिरबाट समाचार सुनी । डिल्ली बजारको ब्यस्ततामा उसले एउटा आवाज सुनी – तेरो लोग्ने बारको चुनावमा उठ्दैछ । नन्दिताको पत्नीपनलाई त्यो समाचारले बेस्सरी हिर्काए जस्तो भयो । उसको मन मर्माहत भयो । 

आफ्नो लोग्नेमा यस्तो परिवर्तन कसरी आयो ? कुनै त्यस्तो दुर्घटनाको चरण उसले भेट्टाउनै सकिन । पहिले त्यो सम्वेदनशील थियो । अहिले त्यसको सम्वेदना समाप्त भएको छ । पहिले त्यो अरुलाई सहयोग गर्न सधैं तत्पर रहन्थ्यो । अहिले त्यो सहयोग भत्रे शब्द सुत्रे बित्तिकै बौलाहा जसरी चर्चराउंछ । पहिले त्यो मिठो बोल्थ्यो । अहिले त्यो कर्कश भएको छ । पहिले त्यो अरुका बीचमा आफूलाईं भेट्टाउथ्यो । अहिले त्यो आफूलाई आफैं भित्र मात्र भेट्टाउन थालेको छ । यस्तो किन भयो ? 

रात गहिरिंदै जाँदा नन्दिताले धेरैचोटी एउटै प्रश्न दोहोर्‍याईं । अहं, कसैले त्यसको उत्तर दिएन । 

नन्दिताले जीवनका सबै मोडहरूलाई दोहोर्‍याएर कोट्याई । अहं, यसरी जिन्दगी बरालिनु पर्ने कुनै घटना उनीहरूको जीवनमा घटेको थिएन । बरु परिस्थितिले मान्छेलाई लयालु बनाउनु पर्ने भएको थियो । अररिनु पर्ने कुनै दुर्घटनाको अनुहार कतै देखिएकै थिएन । उनीहरूको धन सम्पत्ति नाश भएको थिएन । बरु त्यो हलक्कै बढेको थियो । कालिकास्थानमा घर बनाएपछि पनि उनीहरूको धन थुपार्ने औसर समाप्त भएको थिएन । उसले बीचमा मोरङ्गमा तीन बिघा जग्गा थपेकी थिई । पुतली सडकको लोग्नेको अफिस पहिले भन्दा चिटिक्कको भएको थियो । त्यहाँ कोठा पनि थपिएको थियो । यता घरमा टेलिफोन थियो । अफिसमा पनि टेलिफोन थियो । अभावका कुनै तुवाँलाहरू उनीहरूले देख्नु परेको थिएन । 

घरका कारण पनि रामचन्द्रले च्याँठ्ठिनु पर्ने कुनै कारण जन्मिन पाएको थिएन । नन्दिताले पारिवारिक बोझको जानकारी रामचन्द्रलाई दिएकी थिइन । बाउले पत्तै नपाई छोरीहरू हुर्किंदै थिए । तिनीहरू पढ्दै थिए र रामरी पढ्दै थिए । घरमा मिठो मसिनो खान कहिल्यै टुटेको थिएन । पाहुनाहरू असन्तुष्ट भएर कहिल्यै फर्किएका थिएनन् । पहाडको घर ब्यवस्थित थियो । तराईको जग्गाको आमदानी आइरहेको थियो । परिवारमा कोही विरामी पर्दा उसले लोग्नेसँग झर्को फर्को गर्ने गरेकी थिइन । उसको जिम्मेवारीवोधलाई लोग्ने बाहेकका सबैले कान्छी बहिनीको मृत्युमा महसुस गरेका थिए । त्यसैले घर सम्झिएर रामचन्द्रले चर्चरिनु पर्ने ठाउँ नै थिएन । 

अहं, लोग्नेको कर्कशपनको जन्म कुन विन्दुबाट भयो भनेर उसले ठम्याउनै सकिन । लोग्ने त अब झन ‘फलेको वृक्षको हाँगो त्रुहेको कहाँ छ र ?’ जस्तो हुनुपर्ने हो भत्रे नन्दितालाई लाग्यो । तर उसको लोग्ने, अररो भएको बाँस जसरी एक्लै आकाश तिर तन्किइरहेको थियो । 



 

घण्टाघरको आवाज रातको सत्राटालाई चिरेर उसको कोठासम्म आएछ । नन्दिता छक्क परी । रातको दुई बजिसकेछ । अहं, उसलाई पटक्कै निद्रा लागेन । 

एक्कासी हुण्डरी चल्यो । झ्यालका प्वालहरूबाट सिट्ठी फुके जस्तो आवाजमा हावा कराउन थाल्यो । छटपटिइरहेकी नन्दिताको मन पातलो तन्द्राबाट झसङ्ग हुंदै ब्युँझियो । 

उ बिस्तारै आफू पल्टिएको बिछ्यौनाबाट उठी । रामचन्द्र कोठामा सुत्न नआउदा नन्दिता अनौठो नमात्रे भैसकेकी थिई । उ कहिले घरमै आउदैनथ्यो अनि कहिले आफ्नो अध्ययन कोठामै बिहानको उज्यालोमा आँखा खोल्थ्यो । आफ्नो लोग्नेको परिश्रमबाट पिरोलिएकी नन्दिताले, दुई वर्ष अगाडि नै रामचन्द्रको अध्ययन कोठामा एउटा सानो खाट हालिदिएकी थिई । रामचन्द्र ढिलोसम्म अध्ययन गरेर बस्यो भने, प्रायः त्यही ओछ्यानमा निदाउथ्यो । अझ गर्मीका दिनहरूमा त प्रायः उ त्यही कोठामा सपना देख्ने गथ्र्यो । 

नन्दिताले आफ्नो कोठाको ढोका उघारी । बाहिरको हावाको हल्ला बैठकमा आइसकेको थिएन । बैठक एकान्तको शान्तीमा निदाइरहेको थियो । बत्ती नबलेको भए पनि कोठाको रौं रौंसँग परिचित भैसकेकी नन्दिता कतै नठोकिई लोग्नेको अध्ययन कोठाको ढोका अघिल्तिर उभिन पुगी । भित्र कोठामा बत्ती बलिरहेको थियो । बाहिरको अँध्यारोमा उभिएकी नन्दितालाई ढोका ह्वात्त उघार्न मन लागेन । उसको मनमा लोग्नेको माया पलाएर आयो । उसले भरखरैको दिक्दारीलाई बिर्सिई । कुनै चर्को समस्याको समाधानका लागि लोग्ने किताबमा पानाहरूमा घोत्लिएको होला भन्ठानेर उसले ढोका घँच्याड्न सकिन । 

बिनाकारण नन्दिता ढोकासम्म गएकी थिई । त्यसैले कुनै कारण नखोजी उ फेरि आफ्नो सुत्ने कोठामा फर्किइ । 

तर अहं, फेरि पनि नन्दिता ओछ्यानमा ढुक्कले निदाउन सकिन । छटपटिंदा छटपटिंदै उसले रात गाली । बिहान ससुरा उठेर नुहाउन थालेको थाहा पाएपछि मरेको ज्यान लिएर नन्दिता पनि उठी । 

बिहानले नन्दितालाई कुनै उत्साह दिन सकेन । 

यात्रा 

(१)

इतिहास गुडेर अर्को दश वर्ष खाइसकेको थियो । दश वर्षले संसारमै ठूलो फेरबदल ल्याएको थियो । तर नन्दितालाई लाग्यो – यो दश वर्षले उसको जीवनमा मात्रै उल्काको उथल पुथल ल्याएको थियो । 

हुन पनि जीवनको आफ्नो गतिले नन्दिताको परिवारमा ठूलो असर छोडेको थियो । पुराना पातहरू खस्ने र पालुवाहरू लहलहाउने नियमित प्रकृयाले नन्दिताको परिवारलाई दश वर्षमा गहिरोगरी प्रभावित पारेको थियो । 

नन्दिताले आफ्नी आमा जस्ती सासुलाई विदा गरेकी थिई । आफ्नो चोला, गाउँको तुलसीको मोठमै उठोस् भत्रे आमाको चाहना पुरा हुन सकेन । कान्छी छोरी बितेपछि काठमाण्डौ आएकी सासु, फेरि फर्किएर गाउँमा जान सकिनन् । बुढा पहाड, मधेस, काठमाण्डौ गर्दैरहे । तर अहं, बुढी मान्छेले पहाडतिर फर्केर हेर्न पनि मात्रिन् । काठमाण्डौको सहज जीवनले उनलाई त्यस्तो बनाएको थिएन । तर पहाड भन्यो कि छोरीको निर्जिव शरीर आँखा अघिल्तिर नाच्ने हुनाले आमाले पहाडको रासोबासोलाई काठमाण्डौ र विराटनगरमा खुम्च्याएकी थिइन् । उहिले रामचन्द्रले झगडा गर्दा पनि मधेश झर्न नमानेकी आमाको मन, कसैले थाहा नपाई विराटनगरमा झरेको थियो । 

पहाडको घरबारीमा नामको लाहाछाप टाँसेर ससुरा बुढाले विराटनगरमा एउटा सानो घर बनाएका थिए र नन्दिताकी सासु जाडोमा मधेश अनि गर्मीमा काठमाण्डौ गर्न थालेकी थिइन् । कसैले कुनै योजना बनाउन नभ्याउदै पहाड अब उनीहरू सबैको इतिहास भएको थियो । 

जिन्दगी रमाइलो होला कि भत्रे लागेको थियो नन्दितालाई । लोग्नेसँग विरक्तिएको मनले अलि अलि खुशी समेटन थालेको थियो । तर प्रकृतिले उसको सुख देख्न चाहेको थिएन । 

बम पड्किएको वर्ष थियो त्यो । बम पड्कियो रे भत्रेसम्म सुनेकी थिइ नन्दिताले । एउटा बम सिंहदरबारमै पड्किएको थियो र अर्को बम चाहिं अत्रपुर्ण होटलमा पड्किएको थियो भत्रेसम्म सुत्र भ्याएकी थिई उसले । नन्दिता समाजका घटनाहरूबाट झन झन टाढा हुंदै गएकी थिइ । त्यसैले बम पड्किने समाचार उसका लागि गोरखापत्रका पानाहरूमा सीमित भए । 

त्यही बम पड्किएको साल, मंसिरको बाली स्याहार्न मधेश झरेकी सासु कसैसँग गुनासो नगरी विदा भएकी थिइन् । बिहानको भात खाने बित्तिकै सासु खसेको खबर सुन्दा नन्दिता आफैं आश्चर्यको छाङ्गोबाट खसेकी थिई । 

सबै मृत्युहरू नन्दिताका लागि आकस्मिक थिए । त्रद मर्दा पनि उसले विवरण जात्र पाएकी थिइन, सासुको अन्तिम घडी पनि उसले महसुस गर्न पाइन । नन्दितालाई लाग्यो – मध्य आकाशबाट घाम पश्चिम तिर सरे जसरी एउटा पुस्ता थाहै नपाई ओरालो लाग्न थालेको छ र उनीहरू नै अब बीच आकाशमा चर्किएको घाम हुन पुगेका छन् । 

सलह बगेको मान्छेले थाहा पाउछ – तर दिन बगेको मानिसलाई थाहा हुंदो रहेनछ । सासु मरेको दुइ वर्षपछि नन्दिताले छोरीलाई बिदा गरी । बिदा गरी भत्रुको अर्थ, उसले पनि संसार त्यागी भत्रे होइन । छोरी त्यतिबेला प्रतिभा सम्पत्रले पढ्ने भनिएको डाक्टरी विद्या पढ्न बाङलादेश तिर लागी । 

सासुको देहाबसानपछि ससुरालाई नन्दिताले धेरै घुमफिर गर्न दिने गरेकी थिइन । गर्मीभरी बुढा काठमाण्डौमा ढुक्कै बस्थे । उसै पनि उनका आफन्त र चिनारुहरू धेरै भैसकेका थिए । त्यसबाहेक घरका नातिनीहरू अनि रजनीका केटाकेटीका बीचमा समय कटाउन उनलाई अलिकति पनि गाह्रो पर्दैनथ्यो । बुढा मान्छे, बिहान चार बजे उठ्थे । उनी उठेको, घरमा कसैलाई थाहा हुंदैनथ्यो । पाँच बजेतिर, नन्दिता प्रायः ब्युझिन्थी र बैठक कोठामा निस्कन्थी । बुढामान्छे, त्यसपछि पशुपतिको दर्शन गर्न घरबाट निस्कन्थे । उनी घर फर्किंदा सिङ्गै घरले चिया खाइसकेको हुन्थ्यो, हातमुख धोइसकेको हुन्थ्यो । बिहानको कसरत गरेजस्तो थाकेको शरीर लिएर बुढामान्छे, बैठक कोठाको सोफामा बसेर तीन चार ओटा पत्रिकाहरूसँग खेल्न थाल्थे । 

बुढा दशैं मनाउन चाहिं विराटनगरै पुग्थे । सबै छोरीहरू, भाइभतिजाहरू आखिर उतै थिए । दशैंको माचोमा जति ब्यस्त भए पनि नन्दिताले कुनै न कुनै त्रदलाई पट्याइसकेकी हुन्थी र एउटी त्रदले बाबुको हेरबिचारको सम्पूर्ण जिम्मा लिएपछि नन्दिता ढुक्क मनले काठमाण्डौ फर्किन्थी । पुष महिना सकिंदा नसकिंदै उ फेरि विराटनगर पुगिहाल्थी । त्यतिबेलासम्म खेतीपातीको लेठो सकिइसकेको हुन्थ्यो । उ ससुरालाई लिएर काठमाण्डौ आउथी र फेरि भदौ असौजसम्म यो मेहरो एकै ठाउँमा टेको लागेर बस्थ्यो । 

यसरी नन्दिता चालिस नाध्दासम्म अंश पाउनु पर्ने छोरी जस्ती भैसकेकी थिई अनि घरको छोरो भैदिएको रामचन्द्र बेलामौकामा जुन जसरी झुल्किने पराई भएको थियो । यस्तो किन भयो ? कोही उत्तर दिन सक्दैनथे । नन्दिता लोग्नेको अनुहारमा हेर्थी । रामचन्द्र फुलचोकी तिर फर्किन्थ्यो । नन्दिता ससुराको अनुहारतिर हेर्थी । बुढामान्छे मधेशको खेतीतिर फर्किन्थे । नजानिदो पाराले घर विभाजित भएको थियो । नन्दिता, गहभरि आँशु पारेर पराइदेशमा भएकी छोरीलाई सम्झिन्थी र भविष्यको उज्यालो सम्झिदै वर्तमानको आँशु घुटुक्क निल्थी । 

अकस्मात र कसैले नचिताएको बेला, चार चोसा फर्किएको घरलाई रजनीले चरक्कै फुटाइदिई । 

रजनी घरमा आउदा साँझ परिसकेको थियो । घरको बैठकमा हजुरबा र सानी नातिनी मसिनो स्वरमा गनथन गरेर बसिरहेका थिए । नन्दिता शायद भान्सामा थिई । रजनीको अनुहार नराम्ररी घोप्टिएको थियो । 

“ठूलाबा,” रजनीले ढोकाबाट पस्दा पस्दै सुस्केरा खामिएको स्वरमा भनी, “हेर्नु न, दाइले त मलाई जोरीपारीका सामू मुख देखाउनै नहुने बनाइदिनु भो ।” 

“आइज, यहाँ बस,” भतिजीलाई आफ्नो आडैमा बसाएपछि बुढाले उसको कपाल मुसारे र बिस्तारै भने, “अब भन्, तेरो दाइले के गर्‍यो ?” 

रजनी एकछिन अलमल्ल परी । केही भनौं कि नभनौं भनेर उ एकछिन खुम्चिई । उसका लागि माइती भनेकै यही घर थियो । ठूलाबा, उसको समाजका लागि मात्र थिए । माया, ममता र हेरविचारमा उनी नै उसका बा थिए । नन्दिता उसकी भाउजु, साथी–संगी सबै थिइ । आफ्ना दाजुभाइ नभएको परिवारमा रामचन्द्र नै उसको एक आँतको दाई थियो । रजनीले सम्बन्धको सबै जालो सम्झिई । भनौं कि नभनौं भनेर उ झन अलमलिई । 

“ठूलाबा, सबै कुरो त म दाइलाई नै भन्छु । झगडा पनि गर्छु, आफ्नो कुरो पनि मनाउछु । तर ठूलाबा,” धेरैबेर चुप लागेर रजनीले भनी, “मैले सुनेको सबै सत्य निस्कियो भने दाइको घर मेरा लागि पराई भयो भनेर चित्त बुझाएर रुन्छु ।” 

“लाटी, म जिउंदो छउन्जेल तेरो दाइको घर हुन्छ ?” बुढाले भाइकी छोरीलाई झन बढी मायाले मुसारे । ‘काठमाण्डौमा दुःख पोख्ने यही यौटी त छ’ बुढाको मनले गम्यो । उनले भित्र भान्सातिर फर्किएर बुहारीलाई अह्राए, “दुलै, रजनी आइरैछ । यसो सँगै बसेर चिया खाओ । आज यो भात खाएर मात्रै जाओस् । ज्वाईंलाई फोन गरेर यतै बोलाउ ।” 

“ठूलाबा, हजुरको घर, दाइको भन्दा बढी मेरो हो, तर यो घर दाइको हो” रजनीले झन अररो भएर भनी, “आज कुरो टुङ्गो नलागी म भात पनि खात्र, उठेर पनि जात्र ।” 

“अर्काको बिखेतीमा अपहत्ते गर्छेस ?” बुढाले सम्झाउदै भने, “तेरो बाउ पनि यस्तै जिद्दी थियो आफ्नो उमेरमा ।” 

ठूलाबाको कुरा बराल्ने सुर थाहा पाइ रजनीले । उसले प्रतिवाद गरिन । ‘सबै कुरो थाहा पाउदा ठूलाबालाई कत्रो चोट पर्ला ?’ रजनीले आफैंसँग सोधी । उसको मन त त्यसरी भाँडियो भने साक्खे बाबुको मन के होला ? त्यसैले उसले आफैंले वातावरण संग्ल्याउने कोशिश गर्दै भनी, “ठूलाबा, हामीले साह्रै बिखेती गर्‍यौं भने तपाईं हामीलाई कुट्नु हुन्छ ? कि निकाली दिनुहुन्छ ?” 

“कुटेर र निकालेर समस्याको समाधान हुने भए सबैले सबैलाई निकालेरै सक्थे” बुढाले मायालु स्वरमा भने, “नबिग्रने बिग्रिएपछि मन बुझाउनु पर्छ, अरु थप नबिग्रियोस् भनेर सम्हाल्ने कोशिश गर्नुपर्छ ।” बुढाले बोल्दा बोल्दै नन्दिता चियाका कपहरू सम्हाल्दै बैठकमा पसी । उसले पहिलो कप ससुराका हातमा राखिदिई, दोश्रो कप उसले रजनीलाई दिइ । तेश्रो कप छोरीको हातमा थमाउदै चौथो कप समातेर छोरीको आडैमा बसेर उसले रजनीसँग सोधी, “के भो ?” 

“हामी छोरा छोरीले काम बिगार्‍यौं भने के गर्नुहुन्छ भनेर मैले ठूलाबासँग सोधेकी,” रजनीले आफ्नो भनाइलाई बीचैमा अड्काई । उसले एकपल्ट सुरुप्प चिया तानेर भनी, “आज दाईसँग मेरो अलिकति छिनोफानो गर्नुछ । उहाँ चाँडै घर जाने भनेर अफिसबाट हिंडिसक्नु भएछ । नत्र म अफिसै गएर झगडा गर्ने थिएँ ।” 

“झगडै गर्नु पर्ने के पर्‍यो ?” 

“हेर्नुस भाउजु यसबारेमा तपाईं पनि केही बोल्न पाउनु हुत्र । मेरो कुरो बेठिक रैछ भने ठूलाबाले मेरो कान उखेल्नु हुन्छ, दाइको कुरो बेठीक ठहरियो भने ठूलाबाले दाइलाई सजायँ दिनुहुन्छ । तपाईं बीचमा केही बोल्न पाउनु हुत्र । कि दाईले बानी छोड्नु पर्छ कि मलाई छोड्नु पर्छ । दाइले मलाई नै छोड्नु भएछ भने ठूला बा र तपाईंको आड खोजौंला ।” 

“ठूलै युद्ध लड्ने बिचार छ ?” 

“कि आर कि पार ।” 

रजनीले कुरो गहु्रङ्गो बनाउन खोजेकी थिइन, तर त्यो गहु्रङ्गो बन्दै थियो । 

नभन्दै उनीहरूले चिया खाइ सक्दा नसक्दा रामचन्द्र बैठकमा छिर्‍यो । नन्दिताले छोरीलाई अर्को एक कप चिया बनाएर ल्याउन अह्राई । छोरी उठेर खालि भएको ठाउँमा रामचन्द्र थ्याच्च बस्यो । 

“दाई,” रजनीले चिताइनसक्नुको गम्भिर स्वरमा भनी, “मैले ठूलाबा र भाउजुलाई केही भनेकी छैन । म चाहन्छु, तपाईं आफैं सबै कुरो भत्रुहोस् र कुलको मर्यादा राख्नुहोस् । हाम्रो परिवारमा यस्तो अनाचार कसैले गरेका थिएनन् र शायद कसैले गर्ने पनि थिएनन् । त्यसैले आज तपाईंले जे गर्नुभयो, त्यो हामी सबैका लागि कलङ्क हो । भत्रुस त, यस्तो किन गर्नुभो ?” 

“के गरें ? आज त्यस्तो केही गरे जस्तो त लाग्दैन ।” रामचन्द्र सहज थियो । 

“केही गरे जस्तो लाग्दैन ?” रजनी अलिकति च्याँट्ठिई, “यत्रो अनिष्ट गर्दा पनि तपाईंलाई केही गरे जस्तो लाग्दैन ?” 

“केही गरेको भए खोलेर भन्,” रामचन्द्रले छक्क मान्दै भन्यो, “मैले त केही गरे जस्तो लाग्दैन ।” 

“केही गर्नु भयो कि भएन, ठूलाबाले न्याय गर्नुहुन्छ । तपाईंलाई भत्र गाह्रो लाग्नु पनि राम्रै हो । आफूबाट भएको अनाचार भत्र त सक्नु भएन । तर तपाईंले नभन्दैमा त्यसको अनाचारी रुप फेरिन्छ र ? फेरिंदैन ।” रजनीको गलो भारी भयो, “आज तपाईंले एउटा मुद्दा जित्नु भयो । एउटा ज्यानमुद्दामा तपार्इंले दोषीलाई निर्दोषी र निर्दोषीलाई दोषी प्रमाणित गरिदिनु भयो … ।” 

“मुद्दामामिलामा यस्तो त सधैं हुन्छ । मुद्दा मनको लहडमा किनार लाग्दैन । तथ्य र प्रमाणहरूले जे भन्छन् अदालतले त्यही फैसला गर्छ,” रामचन्द्रले बीचैमा कुरा काटेर भन्यो । 

“अदालतले के फैसला गर्छ भनेर मैले गुनासो गरेको होइन दाई । त्यो निर्दोष मानिस मेरा नन्दे ज्वाईं भएको हुनाले पनि मैले गुनासो गरेको होइन । उनी शुरुदेखि नै घरको किचोलोमा ठगिएका टुहुरा मानिस हुन् भनेर पनि मैले पिर लिएकी होइन । दुनियाभरिको पिर लिने मेरो बानी पनि छैन । तर दाई,” रजनीले एकपल्ट ओरिपरी हेरी । ठूलाबाका छक्क परेका आँखाले छोरालाई हेरिरहेका थिए । नन्दिता छाङ्गाबाट खसेजस्ती भएकी थिइ । रजनीलाई लाग्यो – उसकै पक्ष बलियो हुंदैछ । त्यसैले उसले आफ्नो स्वरमा अरु जोड थपेर भनी, “मलाई रुन मन लगाउने मेरो दाजुको व्यवहार भैदियो । तपाईंले आरोपीहरूबाट घुस ख्वाउने पैसा लिएर, खुवाउनु पर्नेलाई पैसा खुवाएर, भएका सारा प्रमाणहरूका विरुद्धमा उभिएर, एउटा निर्दोष मानिसलाई दश वर्षका लागि झ्यालखान पठाइदिनु भयो । तपाईंले थाहा पाई पाई पैसाका लागि यति गम्भिर अपराध गर्नुभयो । त्यसैले दाई, मेरो मन तपाईंको नैतिकताको ह्रासमा दुखेको हो । त्रद पाल्नु पर्ला भनेर म पिरिएकी होइन, तर त्यो त्रदका निर्दोष आँखामा तपाईंको दोषी अनुहार हेरिरहनु पर्नेभो भनेर म रन्थनिएकी हुं ।” 



 

कोठा मसान जस्तो भयो । शुन्यताले सबैलाई चिथोरेको थियो । तर कोही केही बोल्न सकिरहेको थिएन । 

त्यसैबेला छोरी चियाको कप लिएर भित्र पसी र बाबुका अघिल्तिर कप राखेर रजनीको छेउमा गएर बसी । 

भत्रुस त ठूलाबा, दाइले यस्तो गर्नुहुन्छ ?” रजनीले आफ्नी भदैनीलाई छेउमा टाँसेर अँगालोमा बेर्न खोज्दै भनी, “उसै पनि हाम्रो घरमा दुःखी, अदना र निमुखाले कहिल्यै अपमानित हुनु परेको थिएन । शरणमा परेकालाई हाम्रो आँगनले कहिल्यै मरण गरेन । हजुरबाले कतिजनाको तमसुक च्यातिदिएको कथा ठूलाबाले हामीलाई सुनाउने गर्नुभएको थियो । हाम्रो सुख, त्यही पुण्यात्माको प्रतिफल हो भनेर अर्ति दिनु भएको थियो ।” रजनी फेरि रोकिइ । उसले एकपल्ट रामचन्द्रलाई र अर्कोपल्ट ठूलाबाबुलाई नियालेर हेरेपछि नन्दितातिर फर्किंदै भनी, “हामीले बाँचुन्जेल त्यही तपस्यालाई बोक्नु पथ्र्यो । तर दाईले त्यसको उल्टो गर्नुभयो । एउटा निर्दोषलाई मारेर हजुरबाले कमाउनु भएको पुण्यलाई धमिलो बनाउनु भयो । उसमाथि जसलाई झुठा मुद्दामा फसाउन खोजिदै थियो त्यो आफ्नै बहिनीको जुवाईं हो भत्रे समेत दाइलाई थाहा थियो । बिचरा उनी निर्दोष छन् भत्रे पनि दाइलाई थाहा थियो । तर दाइले पैसा खाएर, र पैसा ख्वाएर यो मुद्दा उल्टाइदिनु भयो । यस्तो गर्नुहुन्छ ?” 

“बैनी के भन्छे नानी ?” बुढाले सुकेको स्वरमा सोधे । 

“यल्ले के भन्छे ?” रामचन्द्रले तराइको मैदान जस्तो सपाट स्वरमा भन्यो, “दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, यो उही स्वस्थानीको कथा जस्तो कुरा गर्छे ।” 

“तैंले यसले भने जस्तो गरेकै होस् ?” बुढाले फेरि च्यापे । 

“सबै यसै गर्छन् बा,” रामचन्द्रले प्रष्टीकरण दिने कोशिश गर्‍यो । 

“सबै यसै गर्दैनन् दाई, सबै होइन, धेरै यसो गर्दैनन् ।” रजनीले कुरा काटेर भनी, “जुवाईंले तीन चोटी मलाई मुद्दा पल्टिन्छ कि भनेर कचकच गर्नुभयो । मलाई पत्यार लागेन । दाईको बानी फेरिएको छ, आजभोलि हामीसँग चिसो हुनुभएको छ, तर मेरो दाइले नैतिकता बेचेको छैन भनेर उहाँसँग झगडै गरें । तर आज मैले थाहा पाएँ, तपाईं र राधिकाले मिलेर मुद्दा पल्टाइदिनु भयो । त्यसैले आफू र अर्को एउटा ओकिलको दोष सबै ओकिलहरूका टाउकामा नथोपर्नुस् । आफूले मुसो खेलाए जसरी खेलाउने गरेको एउटा न्यायधिसको दोष सबै न्यायधिसको टाउकामा नहाल्नुस् । सबै ओकिलहरू न्यायधिसलाई पैसा ख्वाएर मुद्दा जित्दैनन् । सबै ओकिलहरू पैसा खाएर निर्दोषलाई दोषी बनाउदैनन् ।” 

“तैंले यसले भने जस्तो गरेकै होस् ?” बुढाले फेरि छोरैलाई च्यापे । 

“बा, जमाना अर्कै भयो । मैले त्यसो नगरेको भए अर्कोले त्यसै गथ्र्यो । रजनीले नाम लिइ नि राधिकाको । हो राधिकाको ठाउँमा अर्को नाम आउथ्यो होला । मेरो ठाउँमा पनि अर्को आउथ्यो होला । तर कसै न कसैले त पैसा लिन्थ्यो लिन्थ्यो । यसका जुवाईंसँग पैसा दिने ह्याउ थिएन । उनीहरूले पैसाको भारी नै पोखिदिएका थिए । त्यस्तो स्थितिमा त्यो पैसा मेरो च्याम्बर नआउन सक्थ्यो । तर फैसला त यो भन्दा अर्को हुनै सक्दैनथ्यो ।” 

“वाह् दाइ, वाह् ! क्या सजिलो तर्क ! हजुरबाले यस्तै तर्क दिनु भएको भए, बा र ठूलाबाले यस्तै तर्क दिनुभएको भए कहाँ हुन्थ्यो हाम्रो इज्जत । पैसा सबैथोक हो ?” 

“इज्जत खल्तीमा हालेर हिन्,” रामचन्द्रले अप्ठ्यारो नमानी भन्यो, “जमानासँग पाइला दाँज्न नसक्नेहरू अर्थहीन हुन्छन् यो जुनीमा । पैसा बाहेक अर्को के छ मानिसलाई आफ्नो बनाएर राख्ने हं ? त्याग, आदर्श मैले धेरै हेरें । तेरो यही दाई हो कविहरूको आदर्शमा मरिहत्ते गर्ने । विद्यार्थीको टाउको फुट्दा भात खान नसक्ने पनि तेरै दाई हो । के दियो हँ त्यो पिडाले मलाई ? के दियो त्यो आदर्शले मलाई ? म इमान्दार बत्र खोजें, बेइमानहरूको सुर खुल्यो । मैले असल हुन खोजे, अपराधीहरूको रजगज मच्चियो । गुण्डाराजबाट आजित भएर असल भनिएको ओकालतमा प्रवेश गरें । तर त्यहाँ पनि मैले पैसाको उही रजगज देखें । पैसा खुवाउन नसकेकै हुनाले मैले धेरै निर्दोषहरूको मुद्दा हार्नुपर्‍यो । गल्ती नै नगरेको मेरो क्लाइण्टलाई आफ्नै अगाडिबाट जेल जानु परेको पीडादायी दृष्य मैले देख्नु पर्‍यो । यो कष्ट एकदिनको होइन, दुइ दिनको पनि होइन । दुइ दुइ वर्षसम्म मैले यो दुर्गती देख्नुपर्‍यो । दुर्गतीको रछानबाट वाक्क भएर मैले बाटो फेरें । यो मुद्दाको परिणामले मलाई माथि उठाए पनि म दुःखी छु । मैले ज्वाईंसँग माफी माग्न खोजें । उहाँले फोन समेत लिन मात्रु भएन । तेरी त्रदलाई कुनै काममा लगाइदिने मन बनाएको थिएँ । अहं, उहाँले त सुत्र पनि चाहनु भएन । के हुन्छ यो जिद्दीले ?” 

“राम्रो गर्नुभएछ तपाईंको ज्वाईंले,” चिसो स्वरमा रजनीले कुरा काट्दै भनी, “सबै तपाईं जस्ता छैनन् दाइ, सबै तपाईं जस्ता हुंदैनन् । अन्तको कुरा किन गर्नुहुन्छ ? परचक्रीको कुरो किन उठाउनु हुन्छ ? तपाईंकी बैनी, तपाईंले धेरै वर्ष सँगै राखेर पढाएकी बैनी तपाईं जस्ती छैन । तपार्इंका बा, तपार्इं जस्तो हुनुहुत्र । तपाईंकी पत्नी तपार्इं जस्ती हुनुहुत्र । दाई, मान्छेमा मर्यादा हुन्छ, विवेक हुन्छ । मान्छेमा आत्मसम्मान हुन्छ, स्वाभिमान हुन्छ । त्यस्ता मान्छेमा तपाईं पर्नुहुत्र । आज तपाईंले मरेर जानुभएकी ठूली आमाको आत्मालाई अनि बाँचिरहेका हामीहरूको मनलाई जति घाइते तुल्याउनु भयो नि, त्यति त जन्मजातको शत्रुले पनि सक्दैन,” रजनी उत्तेजनाको सास फेर्न एक्कैछिनका लागि रोकिई, “तपाईंले यो मुद्दामा एकाध लाख हात पार्नुभयो होला, अथवा तीन चार लाख नै फेला पार्नु भयो होला, तर तपाईंले तीन चार करोडमा पनि नपाइने विश्वास, स्वाभिमान, निष्ठा र प्रतिष्ठा गुमाउनु भयो ।” 

“रजनी, तँ धेरै जात्रे नहो । अहिले घरमा परेको हुनाले तातेकी छस् । तेरो ज्वाईंको ठाउँमा अर्को कोही परेको भए तंलाई त्यसको भन्कोले पनि छुने थिएन ।” 

“आफन्तैलाई परेर तातेकी हुंला । म भित्र पनि स्वार्थ होला । तर दाई,” रजनीले धेरैबेर रामचन्द्रको अनुहारमा गढेर हेरेर भनी, “त्यो स्वार्थ तपाईंको जति अविवेकी भने छैन । मैले जहिले पनि तपाईं प्रति पक्षपात गरें । त्यो पनि स्वार्थै थियो होला । तपाईं प्रतिपक्षी ओकिलसँग साँठगाँठ गरेर, न्यायधिसलाई पैसा खुवाएर मुद्दा जित्ने वा मिलाउने काम गर्नुहुन्छ भत्रे त मैले तीन चार वर्ष अघिदेखि नै जात्र थालेकी थिएँ । आफ्नो दाई भएकै हुनाले मैले शायद आजभन्दा अघि विरोध गरिन हुंला । तपाईं आफ्ना पुराना साथीहरूको पंक्ति छोडेर बिस्तार बिस्तार अन्तै कतै बहकिंदै हुनुहुन्छ भत्रे त मैले झन चार वर्ष अगाडि नै थाहा पाइसकेकी थिएँ । तर पनि आफ्नो दाइको इज्जत भनेर मैले केही भत्र सकिन हुंला । जनमत संग्रहको बेला आफ्नो ज्वाईंसँग चरचरी बाझेर तपाईं अलग्गिनु भएको पनि मैले देखेको थिएँ । त्यतिबेला तपाईं नै गल्ती गरिरहनु भएको छ भत्रे पनि मलाई थाहा थियो । अहं, त्यतिबेला पनि मैले तपाईंलाई त्याग्न सकिन । भत्रुस्, आठ नौ वर्ष सहेर बस्न सक्ने तपाईंकी यो बहिनी अहिले किन आरपार गर्न आई ? फगत त्रदको भविष्य भनेर होइन दाई, तपाईंको अधपतनको थेगिनै नसक्ने पिरोलोले मलाई यहाँ घिसारेको हो … ।” 

रजनी बोलिरही । बाबु अलमल्ल परे । नन्दिता स्तव्ध भई । रामचन्द्र केही बोलेन । बीस मिनेटसम्म रामचन्द्रको पुराण गाइसकेपछि रजनीले बुढामान्छे तिर फर्किंदै भनी, “ठूलाबा, एकैचोटी सबै बक्नु पर्दा म हुरुक्कै भएकी छु । तर यो बकाउने पनि तपाईंकै शिक्षा हो । तपाईंकै आदर्श हो । आज दाइले तपाईंको आदर्श माथि लात हात्रुभएको छ र तपाईंकी यो छोरी त्यही आदर्शको रक्षा होस् भनेर रुंदै यहाँ आएकी छ ।” 

“नानी, बैनीले जे भनी सबै ठीक हो ?” बुढाले मायालु स्वरमा छोरासँग सोधे । 

रामचन्द्र धेरैबेर केही बोलेन । उसको मौनतालाई नियालेर हेरेपछि बुढा आफैंले कुरो अघि बढाए, “तैंले नबोलेपछि हो रहेछ भनेर मैले जात्रुपर्‍यो । तँबाट मैले यस्तो आश गरेको थिइन,” बुढाको स्वर कुनै गहिरो गुफाबाट निस्किए जसरी स्वाँ स्वाँ गरिरहेको थियो । उनले एकपल्ट आफू भन्दा तलतिरको पुस्तालाई पालैपालो हेरे । उनले छोरा, छोरी र बुहारीमा आँखा टाँसिरहन सकेनन् । उनका आँखाहरू सानी नातिनीका गालामा गएर स्थीर भए । बत्तीको चर्को उज्यालोमा उनले नातिनीको आँखामा अँध्यारोका धर्साहरू देखे कि ! 

“आफूले गरेका कामहरू राम्रा भए या नराम्रा भए भनेर मैले अर्ति दिने उमेरको रहिनस् तँ,” बुढाले छोरातिर अनुहार फर्काएर भने, “तर रजनीले जे भनी, त्यो नै ठीक हो भत्रे तैंले जात्रु पर्दछ । पैसा त के हो र ? त्यो आउँछ, जान्छ । त्यो आइरहन्छ, गैरहन्छ । हिजो कसको थियो, अहिले तेरा हातमा होला अनि भोलि अरु कसैका हातमा जानेछ । मान्छेहरू पेशामा बेमानी पनि होलान् । हिजो पनि थिए, आज पनि छन् र भोलि पनि भैरहने छन् । समाजमै त साधु र चोरहरू भेटिन्छन् । त्यसैले अरुले यो गरे, त्यो गरे भनेर आफूलाई जोगाउनुको पनि कुनै अर्थ हुंदैन । तैंले जे गरिस् बेठीक गरिस । अब त्यसलाई तैंले सच्याउनु पर्छ ।” 

रात स्तव्ध भयो । सत्राटालाई एकछिन कसैले चिर्न चाहेन । 

“हामी डाँडाको जुन हौं,” बुढाले मलिन स्वरमा भने, “संसार तिमेरको हो र तिमेरको भन्दा पनि बढी यी नाति–नातिनाको हो । के सिक्ने यिनीहरूले तिमेरुबाट ? सदाचार कि अनाचारको बाटो हिंड्ने यिनीहरूले ? तिमेरले जात्रे हो । त्यसैले नानी, मनमा कुरा नखेला । पैसाका लागि आफ्नो विवेकलाई बन्धकी नराख । भएको गल्ती सकार । जुवाईंसँग माफी माग र आइन्दादेखि यस्तो काम गर्दिन भनेर प्रतिज्ञा गर ।” 

छलफल गर्ने शब्दहरू बाँकि थिएनन् । बुढाले थोरै शब्दमा आफ्नो दृढता र प्रष्टोक्ति सक्याइसकेका थिए । ती भनाइ ठीक थिए कि थिएनन् भनेर कसैले प्रष्टीकरण माग्नुपर्ने आवश्यकता पनि थिएन । बुढा मान्छेले हिंड्ने बाटो देखाइदिएका थिए, हिंड्नु नहिंड्नु शाखा सन्तानको काम थियो । 

“छोरी, मेरा तर्फबाट जुवाईंसँग माफी मागिदे,” बुढाले छोरीतिर फर्किएर मलिन स्वरमा भने । रजनीका आँखा रसिला भए, “भोलि बिहान म आफैं पशुपतिनाथ सामू क्षमा मागेर तेरा घरमा छिर्नेछु । बिग्रिसकेको काम सप्रिदैन, तर त्यसको प्रायश्चित गर्न सकिन्छ भनेर जुवाईंलाई भनिदे …।” 

कसैले कल्पना समेत नगरेको सुरमा बुढामान्छे बसेको ठाउँबाट जुरुक्क उठे । उनी सरासर आफ्नो कोठा भित्र छिरे र ढ्याम्म ढोका लाए । 

घरभित्र मुर्दा शान्ति छाए जस्तो भयो । पाँच मिनेटसम्म कोही केही बोलेनन् । 

“ठूलाबा,” अन्तमा रजनी नै जुरुक्क उठेर ढोकाको आडमा गई, “हजुर यसरी एक्लै कोठाभित्र पसेर रुन थाल्नुभयो भने म यहीं अपहत्ते गर्नेछु ।” रजनी बोल्दा बोल्दै रुन थाली, “ठूलाबा, हजुरले यस्तो गर्ने जान्या’भए म बोल्दै बोल्दिनथें । ठूलाबा … ।” 

घर झन अँध्यारो भयो । रजनीको सुँकसुँकाइ भित्र बैठक कोठाले पनि हिक्का छोड्न थाल्यो । रामचन्द्र हात्तिका जस्ता गह्रौं पाइला चाल्दै आफ्नो पढ्ने कोठाभित्र छिर्‍यो । नन्दितालाई लाग्यो – आफ्नो घरमा उ एक्लै छ । 

उसले छोरीको टाउको मुसारेर ससुराको बन्द ढोका तिर हेरी । 

(२) 

जिन्दगी अत्यन्तै बोझिल भएको थियो तर जिन्दगीसँग सम्झौता गर्नुपर्छ भत्रे टुङ्गोमा नन्दिता पुगिसकेकी थिई । सहज परिणामहरूले जीवनको गाडीलाई बिस्तारै अघिल्तिर ठेलिरहेका थिए । घर भित्र अत्यन्तै ठूलो दुर्घटना घटेको भए पनि नन्दिताले त्यसलाई थेगेकी थिई । त्यो रात रजनीले रोएरै ठूलाबाको ढोका खोलेकी थिइ र बुढाको काखमा लम्पसार परेर क्वाँ क्वाँ रोएकी थिई । छोरीको क्रन्दनले बुढाको गालामा आँशुको गङ्गा बगाएको थियो । पन्ध्र मिनेटपछि सुक्खा आँखामा मुर्झाएकी नन्दिताले ज्वाईंलाई फोन गरेर वातावरणलाई सहज बनाउन कोशिश गरेकी थिई । त्यो रात कालिकास्थानबाट मैतीदेवीको माथिल्लो फाँटसम्म त्रदलाई पुर्‍याउन उ आफैं गएकी थिइ र घरका परिवारसँग धेरैबेर गन्थन गरेर फर्किएकी थिइ । नन्दिताको परिपाठले नै भोलिपल्ट ससुराले ज्वाईंको घरमा अपमानित हुनु परेको थिएन । 

तर, राम र रावणको द्धन्दसँग सम्बन्धै हुनुनपर्ने सीताको सुन्दरताले रामायणको लङ्का विनास भएजस्तै अरु कसैका सन्दर्भमा फैसला भएको एउटा मुद्दाले नन्दिताको परिवारलाई छताछुल्ल बनाइदिएको थियो । घरभित्र चिसो हुस्सु पसेजस्तो भएको थियो । घरमा सबै मानिसहरू थिए । तर घरले कोही भए जस्तो महसुस गर्दैनथ्यो । त्यो दुर्घटना घटेको पर्सीपल्ट, अकस्मात रामचन्द्र बैंकक तिर लागेको थियो । कुनै कामै परेर उ गएको थियो कि घरभित्रको बोझिल पहाडलाई किनारातिर ठेल्न उ टाढा भागेको थियो भत्रे कसैलाई थाहा भएन । “एउटा सेमिनारमा जानुछ,” रामचन्द्रले यत्ति भन्यो, “पाँच दिन बैंककमा हुन्छु, त्यतैबाट जापान जानुपर्छ । जापानमा एकाध हप्ता बस्छु । नेपाल फर्किन पन्ध्र बीस दिन लाग्छ ।” 

रामचन्द्रले भनेको कुरामा कसैले तर्कबितर्क गरेन । त्यही दिन दिउँसोको हवाइजहाज चढेर उ नेपाल बाहिर निस्कियो । 

घरमा एक्लो भएपछि नन्दिताले नयाँ जिन्दगीका किलाहरू ठोक्न थाली । ठूली छोरी डाक्टर भएर आउने दिन नजिकिंदै थियो र सानी छोरी काठमाण्डौमै बसेर डाक्टरी पढ्न पाउने भएकी थिई । उज्यालो भविष्यको सङ्केत गर्ने यी दुइटा परिणामलाई दोहोर्‍याई तेहर्‍याई सम्झिदै नन्दिता आफूलाई खुशी बनाउने कोशिश गर्दैथिई । आठ÷दश वर्षदेखि लोग्नेको व्यवहारबाट दिक्क भएकी नन्दिता परदेशिएको लोग्नेलाई सम्झन भ्याउत्रथी । उ प्रायः आफ्ना मुना जस्ता छोरीहरूको फोटो हेरेर चित्त बुझाउथी र जिन्दगी उत्तरार्धतिर लागेकोमा सन्तोक मान्थी । उसलाई लाग्थ्यो अब संसारमा दुःख भनेको कतै बाँकि छैन, त्यसैले जिन्दगीको बोझलाई चौतारीको भित्तामा ठड्याएर छोरीहरू आउन्जेल बर–पिपलको छहारीको शीतल ताप्नु मात्रै उसको काम भएको छ । 

तर रामचन्द्र हिंडेको पाचौं दिनमा ससुरा बुढा मनले थला परे । तुरुन्तै त्यसको असर शरीरमा पनि देखापर्न थाल्यो । दश दिन बित्दा नबित्दै नन्दिताले लोग्नेका साथीहरूसँग हारगुहार मागी । रामचन्द्र त्यतिबेला जापानमै थियो । खोज्न थालेको तीन दिनपछि बल्लतल्ल उसले लोग्नेको आवाज सुनी । “तपाईं तुरुन्तै आउनुस्,” उसले बिन्ती गरे जसरी भनी, “बा भित्रभित्रै गल्नुभएको छ । अस्पताल त लानु परिहालेको छैन, तर लानु पर्दैन भत्रे पनि केही छैन । त्यसैले तपाई आफ्नो एकाध दिनको कार्यक्रम यताउता गरेर भए पनि आइहाल्नुस् ।” 

लोग्ने आउछ भत्रे विश्वास नन्दितालाई थिएन । उ आएन पनि । नन्दिताले फेरि रजनीसँगै गुहार मागी । घर फेरि मौलायो । छोरी ज्वाईंको आड पाएका ससुरा बुढा मन र शरीर दुबै हिसाबले तङ्ग्रिन थाले । रामचन्द्र नेपाल फर्किंदा बुढा मान्छे विमारै नभए जस्ता भैसकेका थिए । 

ससुराको विमारीको मूल कारण थाहा पाउन नन्दितालाई ठ्याक्कै एक महिना लाग्यो । छक्क परी नन्दिता । आदर्शका गाथाहरू उसले धेरै सुनेकी थिई, अरुहरूलाई सुनाएकी पनि थिई । तर आदर्शको त्यो महान गाथा उसको घरैमा छ भनेर उसले अनुभूत गरेकी थिइन । साँझको घामले चन्द्रागिरीको छेउमा बास बस्ने सुरसार गरेपछि नन्दिताले भनी, “बा, हजुरले यसरी पिर गर्न मिल्दैन । अब चिन्ता हजुरले गर्ने होइन । चिन्ता कसैले गर्नै पर्दैन । खालि परिपाठको कुरा त हो । त्यो सबै मै मिलाउछु । यसमा हजुरले कसैलाई बोलाउनै पर्दैन … …।” 

ससुराको गलेको मन थाहा पाएकी नन्दिताले त्यही रात लोग्नेसँग निहोरा गरी, “तपाईं आफ्नो बानी छोड्न सक्नुहुत्र भत्रे मलाई थाहा छ । मैले त्यसैसँग सम्झौता पनि गरिसकेकी छु । तर बा, म होइन । आमा खसेपछि उसै पनि उहाँको एकान्तको पिडा शुरु भएको छ । त्यो धुमिल संसारमा अरु धेरै पिडा नथपी दिनुस् । आफूले गर्ने काम, आफू र आफ्ना क्लाइण्टहरूमा सीमित राख्नुस् । बालाई फेरि यस्तो कहिल्यै थाहा नहोओस् । यसबाहेक,” धेरैबेर गमेर नन्दिताले भनेकी थिई, “यसबाहेक अब हामी तपाईंको आमदानी खात्रौं भनेर मैले बालाई वचन दिइसकेकी छु । तपाईंको कमाइ खानुपरेकोमा बा पिरिनु भएको छ । यसपालीको उहाँको विमारीको कारण यही चिन्ता थियो । त्यस्तो स्थितिमा मसँग वचन दिनुको अर्को कुनै विकल्प थिएन । एकमनले सोच्दा त तपाईंलाई ढुक्कै लाग्ला,” नन्दिताले पनि प्रसङ्गलाई हलुको बनाउन खोजी, तर त्यो त बिद्रुप पो भयो । त्यसैले आफ्नो पुरानो ढाँचामा फर्किन खोज्दै उसले भनी, “जे भयो त्यो इतिहास हो र त्यो फर्किंदैन, जे वर्तमान हो त्यसमा तपाईंले पिरिनु पर्दैन भनेर मैले बालाई भनिसकेकी छु ।” नन्दिताले एकछिन गमे जसरी भनी, “तपाईंको कमाइ नहुंदा हाम्रो जीवन कसरी चल्ला भनेर तपाईंले चिन्ता लिन पर्दैन । हाम्रो आमदानी हामीलाई पर्याप्त हुन्छ । मधेशको चामल छ, पहाडको आमदानी छ बाँकि म आफैं कमाउछु । त्यसैले आजदेखि छोरीको खर्च तपाईंले ब्यहोरिदिनुस् र बालाई मुक्ति दिनुस् ।” 



 

नन्दिताको बोली सुनेर रामचन्द्र एकछिनका लागि स्तव्ध भएको थियो । तर रामचन्द्रको मनले त्यसलाई बोकिराख्न मानेन । उसले चिसो अनुहारले नन्दिताको प्रस्तावलाई स्वीकार गरेको भाव जाहेर गर्‍यो । त्यो प्रसङ्गमा छलफल गर्न पनि जरुरी ठानेन उसले । बरु उल्टै नन्दिताको प्रस्तावले रामचन्दलाई स्वच्छन्दताको उपहार दिए जस्तो भयो । आफ्ना सबै जिम्मेबारीहरूले उसलाई सदाको लागि बिदा दिए जस्तो भयो । त्यसैले होला घरभित्रको उसको उपस्थिति करीब करीब पाहुना जस्तै भयो । उ घरबाट हप्तै दिनसम्म पनि हराउन थाल्यो । 

बुढालाई पनि रामचन्द्रको अनुपस्थिति औषधि जस्तै भयो । छोराको अनुपस्थितिमा बाबुको मन र शरीर मौलाए जसरी स्वस्थ भयो । 

आफ्नो घरको संघारमा उभिएको परिवर्तनलाई देखेर नन्दिता छक्क परेकी थिई । यो स्वभाविक हो ? कि यो विमारी हो ? अहं, नन्दितालाई केही थाहा भएन । 

नन्दिताको घरमा आएका सबै परिवर्तनलाई रजनीले तस्वीर जसरी नियालेकी थिई । बेलामौकामा त्यो परिवार छित्रभित्र हुने तरखरमा लागेको देखेर उ दुखित हुन्थी, म आफैं त्यो बिखण्डनको कारण हुँ कि भनेर रन्थत्रिथी । तर त्यो चिन्ताको कुनै समाधान उसँग थिएन । रामचन्द्रमा सुधार सम्भव छैन भत्रे उसले बुझिसकेकी थिइ र नन्दिताहरू रामचन्द्रको बाटोमा हिंड्न सक्दैनन् भत्रे पनि उसलाई थाहा थियो । त्यसै हुनाले परिवारको बिखण्डनलाई उसले एउटा अनिवार्य नियतीका रुपमा लिएकी थिई अनि त्यसको चिरामा मलम लाउन सकिन्छ कि भनेर उ माइतिमा पहिले भन्दा बाक्लरी जान थालेकी थिई । 

दिन फेरि साबिक बमोजिम सुर्किन थाले । नन्दितालाई अत्तोपत्तो नदिई काठमाण्डौको सडकमा छयालिस साल भित्रिएछ । 

छयालिस साल किन आयो भनेर नन्दितालाई पत्तै भएन । उसै पनि घर भित्रको मन भाँच्चिने झगडादेखि नन्दिता झनै परिवारमुखी भएकी थिइ । बिहान घरमा रमाउनु, दिउँसो जागीरमा जानु र फर्किएर घरको स्याहार सुसार गर्नु उसको दैनिकी थियो । बजारमा के हुंदैछ, देशको राजनीतिले कता कोल्टे फेर्देछ भत्रे ज्ञान त उसका लागि प्राथमिक विद्यालयको कखरा जस्तो भएको थियो । 

छयालिस सालको पर्व थाहा पाउन पनि घरमा जमघट हुनुपरेको थियो । त्यो साँझ बहिनी र ज्वाईंलाई उसले भात खाने गरी घरमा बोलाएकी थिई । दुबै जना फुर्सदिलो गरी आउनुको पनि एउटा कारण थियो । 

त्यो साल खेती उठाउदा उठाउदै बुढामान्छे विरामी परेको समाचार नन्दिताको छेउमा आयो । खबर पाउने बित्तिकै नन्दिताले ससुरालाई काठमाण्डौमा ल्याई । सत्तरी छुंदो पाको उमेरमा बुढालाई बिमारीबाट तङ्ग्रिन समय लाग्ने भएको थाहा पाएपछि उसले शान्तालाई एक महीनाका लागि घरमा बोलाएकी थिई । हप्तामा तीन दिन जस्तो रजनी ठुलाबासँगै समय बिताउथी र नन्दिता पनि ठूलो आपत नपरे क्याम्पस, घर र डाक्टरको क्लिनिक बाहेक अन्यत्र निस्किन मान्दिनथी । ससुराको बिमारी र आफन्तहरूको आवागमनका कारण उ घरमा आएका अखबारहरू हेर्न भ्याउदिनथी । हेर्ने चाह पनि पाल्दिनथी । 

साँझ झरिसकेको थियो । परिवारका सदस्यहरू मनको खुशीसँग कुराकानीमा रमेका थिए । बुढा मान्छे आफ्नो सानो परिवारसँग पुराना कुरा उक्काउदै थिए । शान्ता भान्साको काममा डुबेकी थिई । अकस्मात रामचन्द्र, आँधि जस्तो भएर घरभित्र छिर्‍यो । ढोकामा उभिएर उसले बैठकलाई नियाल्यो । घर सधैंको जस्तो शान्त र सहज थियो । कुनै नयाँपन थिएन त्यहाँ । झ्यालका पर्दाहरू उस्तै थिए । सोफाहरूको बसाई पनि त्यस्तै थियो । घरका मान्छेहरू पनि उस्तै थिए । 

रामचन्द्र एक हप्ता हराएर आएको थियो । चार दिन अघि ससुरालाई बिराटनगरबाट काठमाण्डौ ल्याएपछि उसले लोग्नेको खोजी गरेकी थिई । अफिसमा काम गर्ने केटोले “सर त पोखरा गै’स्या छ” भनेर उसलाई समाचार सुनाएको थियो । लोग्ने किन पोखरा गएको हो र उ कहिले फर्किन्छ भत्रे चासो पनि नन्दिताले राखिन । उसले एउटा आफन्तलाई सम्चार दिए जसरी भनी, “बुबा बिरामी भएर आउनु भएको छ भनेर उहाँलाई खबर गरिदिनु ।” 

रामचन्द्र कहिले काठमाण्डौ आयो नन्दितालाई थाहा थिएन । पहिले पहिले यस्तो खबर ज्वाईं मार्फत आउने गरेको थियो । तर मुद्दाको घटनापछि नन्दिताले समाचारको त्यो श्रोततिर फर्किने हिम्मत गरेकी थिइन । त्यसैले रामचन्द्र घरमा पसेको देख्दा, आफ्नो लोग्ने काठमाण्डौ आइसकेछन् भत्रे विरसिलो समाचार उसको मनमा उदायो । नन्दिताको मन, विधवाको सिउंदो जस्तो भएको थियो । त्यसैले रामचन्द्रको अनुहारको आँधिलाई उसको आँखाले देख्न सकेन । रामचन्द्रको लोग्नेपन औपचारिकतामा खुम्चिदै गएको हुनाले नन्दितासँग, त्यो आँधि खोतल्ने जाँगर पनि थिएन । 

तर रजनी चुप लाग्न सकिन । सोफामा बस्दा पनि तातै देखिएको रामचन्द्रतिर हेर्दै उसले कटाक्ष गरी, “ठूलो मुद्दा हारे जस्तो छ नि दाई !” 

रामचन्द्रले गर्मीको घाम चढेका आँखाले रजनीलाई हेर्‍यो । बोलौं कि नबोलौं भनेर उ एकछिन अलमलियो । त्यसैबेला शान्ता भान्साबाट बाहिर निस्किई । रामचन्द्रलाई बोल्दै ठीक होला जस्तो लागेछ । त्यसैले उसले बहस गर्दा गर्दा थाकेको जस्तो स्वरमा भन्यो, “मुद्दा मैले मात्र हारेको भए केही थिएन । मुद्दा देशले हार्‍यो ।” 

“तपाईंलाई कहिलेदेखि देशको चिन्ता लाग्न थाल्यो हं ?” रजनीले जिस्क्याई । 

“देशले मुद्दा हार्‍यो,” रामचन्द्रले नसुने जस्तो गरेर भन्यो, “विदेशबाट मान्छे निम्त्याएर हाम्रो देशको शासन व्यवस्था कस्तो हुनुपर्छ भनेर निर्देशन दिन लाउने ? गजब छ ! देशमा एकजनाले नसुत्रे भएपछि विदेशीहरूको मुखमा आफ्नो माइक फिट गर्न लाउने ?” 

“मौका पर्दा सबैले बिदेशकै माइक लगाउने गरेका छन्,” रजनीले पनि अटेरी हुंदै भनी । रामचन्द्रलाई गरेको असम्मानले मर्यादाको रक्षा गर्छ भत्रे उसलाई लाग्न थालिसकेको थियो । त्यसैले उसले चिमोट्न छोडिन, “मैले तपाईंलाई सिकाउन मिल्दैन दाई, तर इतिहासको कालखण्डमा आफ्नो हात माथि पार्न कमजोरहरूले बलियाकै आश्रय खोजेका छन् । कोतपर्व पछि पनि विदेशीकै गुहार चाहिएको थियो । अठतीस सालको पर्वपछि पनि विदेशीकै टेको खोजिएको थियो । सन पचासमा पनि यही भएको थियो र साठीमा यही भएको थियो । उनासीको जनमत संग्रहमा पनि यस्तै भएको थियो र अहिले नब्बेमा पनि यही भएको मात्र हो । कहिले गुहारिनेहरू स्वदेशी जस्तै लाग्छन्, कहिले गुहारिनेहरू सोह्रै आना विदेशी भैदिन्छन् । यस्तो हारगुहारको बेला मौन रहने र विरोध गर्ने पनि उही पुरानै चलन हो । आफूले गुहार्दा मौन रहनु र अर्काले गुहार्दा विरोध जनाउनु सबैको धर्मै हो ।” 

“मैले बोलेका प्रत्येक कुराहरूमा विमती जनाउनु तेरो धर्म हो,” रामचन्द्रले बहस छोट्याउने तरीकाले भन्यो, “अहिले तँलाई केही नलाग्ला । मैले भनेको हुनाले नलाग्ला । तर भोलि तेरो आत्माले भत्रेछ – घरभित्रको झगडामा जस्तै भए पनि बाहिरियाहरूलाई नमिसाउनु पर्ने हो ।” 

“आत्मा हुन्छ र दाई ?” रजनीले ब्यङ्ग गरेकी हो कि उसले जात्रे चाहनाले रामचन्द्रसँग प्रश्न गरेकी हो बस्नेहरूले केही बुझेनन् । 

“तिमेरको झगडा बन्द गर,” बुढाले कुरामा हस्तक्षेप गर्दै भने, “एक अर्काको खण्डन मण्डन नगरी मलाई भन – अहिले के भएको हो ?” 

“नयाँ केही भएको होइन,” ज्वाईंले मधुरो बोलीमा ससुरालाई सुनाए, “लामो समयदेखि व्यवस्था परिवर्तनको माग भैरहेकै थियो, यतिबेला त्यो तातेको छ । भूमिगत रुपमा कृयाशील राजनीतिक पार्टीहरूले, व्यवस्था परिवर्तनको आन्दोलनमा एक अर्कालाई साथ दिने भएका छन् । नेपालका सबै पार्टीहरू बहुदलीय व्यवस्था चाहिन्छ, संसदीय प्रजातन्त्र चाहिन्छ भत्रे माग बोकेर एक ठाउँमा भेला भएका छन् । डाक्टर, इन्जिनियर, ओकिल, विद्यार्थी लगायतका समुदायहरूले व्यवस्था परिवर्तनको लडाईंमा ती राजनीतिक पार्टीहरूलाई साथ दिने भएका छन् । सबैले आ–आफ्नो सम्मेलनबाट व्यवस्था परिवर्तनको माग गरेका छन् । बोल्न पाउनु पर्ने, लेख्न पाउनु पर्ने, संगठन बनाउन र सभा गर्न पाउनु पर्ने अधिकारका लागि सबैले सडकमा उत्रिनु पर्ने आह्वान गरेका छन् । निर्दलिय व्यवस्थाले केही गरेन, बहुदलीय व्यवस्था चाहियो भनेर आन्दोलनको आग्रह गरेका छन् … ।” 

“अनि यो स्वदेशी र विदेशीको झमेला कहाँनेर पस्यो ?” बुढाले ज्वाईंको कुरा काटेर सोधे । 

“… यही आन्दोलनको सिलसिलामा गणेशमानजीको घरमा एउटा कार्यक्रम राखिएको थियो । त्यहाँ नेपालमा बहुदलको माग गर्ने सबै राजनीतिक पार्टीहरूको उपस्थिति थियो । त्यहाँ भारतबाट केही नेताहरू निम्तालु भएर आएका थिए । देशका सबै नेताहरूले बहुदल चाहिन्छ भनेर माग गरे । पाहुनाहरूले पनि मुलुकमा बहुदलीय व्यवस्था हुनुपर्ने माग राखेका थिए । अहिले दाजु बहिनीको बहस त्यसैको हो … ।” 

बुढाले लामो सास ताने । उनको सास सुनेपछि ज्वाईंले आफ्नो बोली बन्द गरे । त्यसैबेला बुढाले भने, “खै ब्यबस्था फेरिएर हुन्छ के र ? फेरिनु पर्ने त मान्छे थियो । तीन खालका ब्यवस्था आफ्नै आँखाले देखियो । राणा शासन देखियो । मान्छेहरू लडेको पनि हेरियो । राणाहरू गएपछि के के न हुन्छ भन्थे मानिसहरू । उस्तो केही भएन । दुःख पाउनेहरूले दुःख पाइरहे । सुख खेपेकाहरूले सुखै पाए । गरीब निमुखाको बोलिदिने पहिले पनि कोही थिएन, पछि पनि कोही भएन । राणा शासन गएपछि यसो अलि अलि स्कूल खुले । तर त्यसको अर्थै के भयो र ? स्कूलमा ठूलैका छोराछोरीले पढ्न पाए । त्यो सुविधा त राणा शासनमै पनि थियो … । 

… राणा शासनपछिको बहुदलीय व्यवस्था आँखै अगाडि नाचिरह्यो । आफ्ना छोरा छोरी त्यही ब्यवस्थामा हुर्किन थाले । तर सबै बिग्रिए जस्तो भयो । कतै कसैको हुकुमै नभएको जस्तो अथवा सबैतिर सबैको हुकुमै हुकुम मात्र चलेजस्तो भयो । मान्छे अहं, खुशी भएनन् । सबैलाई दिक्दारीले घेर्‍यो । आशा र उत्साह मान्छेले कतै पाएनन् । अशान्ति पनि बेस्सरी बढ्यो । गाउँ गाउँमा आन्दोलन भयो । हाम्रो जिल्लामा हर्कबहादुर बाँडाले तीन वर्षसम्म आन्दोलन चलाइरह्यो । अन्त पनि त्यस्तै भयो भत्रे सुनियो । पुलिसहरू गाउँ गाउँमा पस्न थाले । थैलेलाई पाता फर्काएर गाउँबाट ल्याए र झ्यालखानमा कोचे । झ्यालखानमा थुनिसकेपछि बिचराको हातै भाँचे, पछि त त्यो फरासिलो खत्री बेपत्तै भयो … । 

एक्कासी त्यो बहुदल पनि गयो रे भत्रे हल्ला आयो । आइसकेको बहुदल किन फिर्ता गयो भनेर हामीले थाहा पाउने मौका पनि रहेन । सरसाउंदो मान्छे भुक्लुक्क लडे जसरी ब्यवस्था ढल्यो । त्यसपछि त चिताइनसक्नुकै उथलपुथल भयो । तहसनहस भयो । आँखै अगाडि मान्छे मारिए । परिवार चिहिलबिहिल भयो । कसैका आफन्त फारबिसगञ्जमा हराए, कसैका बनारस भास्सिए । हाम्रै गाउँका नौ जना मानिसहरू बेपत्ता भए । बहुदल गएपछि राम्रो होला भनेको त झन नराम्रो पो भयो । राजधानीमा बस्नेका लागि राम्रै भयो होला । शहरका टाठाबाठा मानिसहरूलाई पनि राम्रै भयो होला । तर गाउँघरमा कसैको राम्रो भएन । ब्यवस्था फेरियो भनेर चार पाँच वर्षसम्म मान्छे कराए । तर त्यो पाँच वर्षमा फेरिनै पर्ने मान्छे चाहिं फेरिएको देखिएन । मान्छे नफेरिएपछि व्यवस्था फेरिएर केही नहुंदो रहेछ । त्यसैले केही भएन … । 

… अहिले पनि खै के होला र ? उही पालैपालो कहिले निर्दल, कहिले बौदल त हुने होला ।” 

“हुनेत त्यत्ति हो ठुला बा,” ज्वाईंले बुढाको भन्दा नरम स्वरमा भने, “मान्छेले चाहेको संसार भनेको समानताको संसार हो, न्यायको संसार हो, प्रगति र सम्मानको संसार हो । अहिलेसम्म परिवर्तन भएका व्यवस्थाहरूले मान्छेले खोजेको संसार तिर आँखै लाएनन् । त्यसैले मान्छेको पुनःसंस्कार हुन सकेन । पहिले भनियो, जहानिया राणा शासन छ, यसलाई पल्टाएर प्रजातन्त्रको स्थापना गर्नुपर्छ । भन्दै पनि ठूलाबा, त्यतिबेला खान दिने, लाउन दिने जनताको शासनको कुरै गरिएन । खालि बोल्न दिने र प्रजातन्त्र दिने शासन भनियो । केही काल मान्छेहरूले बौदलको हावामा सास फेरे । तर त्यसलाई पनि बलात् ढालियो र जनताको नाममा निर्दलको खेल आरम्भ भयो । तर त्यो निर्दल ल्याउदा पनि जनताका लागि ल्याउने काम गरिएन । उही शहर बजारका टाठाबाठाहरूको उल्क्याईंमा व्यवस्थै फेर्ने काम भयो । त्यसैले त्यसले मान्छेको मन जित्न सकेन ।” 

“मान्छेहरू बिनबित्थामा झगडा गर्छन्,” बुढाले छोरा, छोरी र ज्वाईंको अनुहारमा पालैपालो हेरेर भने, “के हुन्छ झगडा गरेर ? आफ्नो गर्नु आफ्नो खानु, अर्काको तिर आँखा नलाउनु । मान्छे यति सजिलो बाटोमा हिंडेर सबैलाई सुख दिने काम किन गर्न मान्दैन ? …” 

“किनभने मान्छेको मन असन्तोकी छ र त्यसलाई जतिले पनि पुग्दैन,” भनुं कि नभनुं जस्तो गरेर ज्वाईंले भने, “आकांक्षाको कुनै सीमा हुंदैन । अहिलेको विज्ञानको उत्रतिले मानिस भित्रको आकांक्षालाई झनै बढाइदिएको छ । यही आकांक्षाको सिमाहीनताले दुनियामा अशान्ती निम्त्याएको छ । युद्ध र कलहका ढोकाहरू खोलेको छ । अविश्वास र अनास्थाका रेखाहरूलाई बाक्लो बनाएको छ ।” 

“त्यसोभए उत्रती गरेर मान्छेले गल्ती गर्‍यो ?” बुढाले सुसाएको स्वरमा भन्यो ।

“त्यो त म भत्र सक्दिन ठूलाबा, तर संसारको गती उल्टो भयो ।” ज्वाईंले अप्ठ्यारो नमानी भने, “वैज्ञानिकहरूले संसारको उत्रतिका लागि आविष्कारहरू गरेथे, तर हामीले तिनलाई विनाशको साधन बनायौं । यतिबेला जमीनमा बम र बारुदको खेती भैरहेको छ – तर हिजो जसले वम र वारुदको खोज गरेको थियो त्यसको मनको कुनै कुनामा पनि यो हालतको काल्पनिक चित्र कोरिन सकेको थिएन । मानिसले उत्रतीसँगै अवत्रतीका ढोकाहरू पनि खोल्दै गयो ठूलाबा । अरु सबै मरुन र म मात्रै ठूलो र बलियो हुन पाउँ भत्रे अज्ञान चाहनाले जन्माउने महत्वाकांक्षाले मान्छेलाई बौलाहा बनायो … ।” 

“यस्तोमा यो आन्दोलनले के देला र ?” बुढाले दिक्दार हुंदै सोधे । 

“केही दिंदैन । केही दिनै सक्दैन । जे आफ्नो होइन, जो आफ्नो होइन, त्यसले के दिन्छ ?” रामचन्द्रले उत्साहित हुंदै भन्यो । 

“आफ्नैले शायद केही दिन सक्दैनन् दाइ,” गम्भिर स्वरमा रजनीले भनी । एउटा तिखो ढुंगाले रामचन्द्रलाई हाने जस्तो लाग्यो सबैलाई । “रजनी, तिमी चुप लाग,” ज्वार्इंले अलिक हकारेर भने । 

“मैले केही भनेकै छैन,” रजनी खिसिक्क हाँसी । “भनेकै छैन, तपाईंहरू किन यसरी तर्सिनु भा ? ठूलाबा,” रजनीले बुढाको कुम मुसार्दै भनी, “मैले केही भनें र ?” 



 

“तेरो बाउ पनि यसै गथ्र्यो आफ्नो उमेरमा,” बुढाले आँखाको सपनीमा तरङ्गिदै भने, “कुरा बराल्नु पर्‍यो भने बाको कोखामा गएर ‘हो र बा ?’ भन्थ्यो । बा हाँसेर उडाइदिनु हुन्थ्यो ।” 

बुढाको कुरा सुनेर सबै खिसिक्क हाँसे । रजनी ठूलाबाको झन आडमा गइ । 

“मैले कोट्याउने अर्थमा केही भनेकै होइन,” उसले प्रष्टीकरण दिंदै भनी, “बितेको कुरो चलाइरहेर पाइने त केही होइन । जेछ त्यो छंदैछ । हामीलाई अरु के चाहियो ? मान्छेले निर्दलमा दुःख पाएका हुन् भने बहुदल चाहियो । मान्छेले चाहियो भनेपछि दिन पनि पर्‍यो । उसै पनि ठूलाबा, यो निर्दलमा मान्छेले दुःख त साह्रै पाए नि होइन ?” 

“तैंले भनेपछि पाए नै भत्रुपर्‍यो,” बुढाले हाँस्दै भने, “सबैभन्दा सानी तैं छस् ।” 

घरका मानिसहरू एकैचोटी मुस्कुराए । त्यही खुशीलाई छोप्दै नन्दिताले भनी, “अब खाना खाइहालौं ।” 

त्यो वार्तापछि के भयो भनेर नन्दितालाई साँच्चै थाहा भएन । क्याम्पस विदा भएको थियो र विदाको मौका छोपेर उसले माइती जाने टुङ्गो गरेकी थिई । रजनी र शान्ताले एक हप्ता घरको स्याहार गरिदिन्छन् भत्रे उसलाई थाहा थियो । नन्दिताको माइति जाने काल पनि काठमाण्डौको सबैभन्दा रक्तपातपूर्ण समय परेछ क्या र । उसले एकैचोटी बहुदल आएको मात्र थाहा पाई । 

आँगनमा बहुदल आउंदा रामचन्द्र बौलाहा नै भयो । बहुदल आएको पाँचौं दिन रामचन्द्र महिना दिनका लागि घुम्न भनेर अमेरिका तिर लाग्यो । नन्दितालाई लाग्यो – आफ्नो गाउँतिरको कुनै मान्छे पासपोर्ट र भिसाको झण्झट मिलाउन काठमाण्डौमा अड्किएको थियो । अहिले उ अमेरिका गएको छ । 

रामचन्द्र अमेरिकातिर उडेपछि नन्दितालाई ठूलो सन्तोकले अङ्गालो हाले जस्तो लाग्यो । 

(३)

रामचन्द्र अमेरिकाबाट फर्किंदा मुलुकमा बहुदल शासन भैसकेको थियो । नामै नसुनेका मानिसहरू नेता भएका थिए । मानिसहरू टोल, गाउँ, शहर र सदरमुकामहरूमा भाषण गरिरहेका थिए । पार्टी र झण्डाको भेल उर्लिएको थियो । नयाँ सरकार गठन भएको थियो । नयाँ संविधान लेखिंदै थियो । लाग्थ्यो नेपाल नयाँ भएको छ । तर रामचन्द्रलाई त्यो परिवर्तनको चासो थिएन । नन्दितालाई पनि परिवर्तनको चासो थिएन । उनीहरू आ आफ्नै संसारमा रमाएका थिए । नन्दिता आफ्नै घरमा हराएकी थिइ । उसको क्याम्पस थियो । उसका ससुरा थिए । उसकी छोरी थिई । उसको घर थियो । राजनीतिको परिवर्तनलाई उसले खालि रेडियो र पत्रिकाहरूमा सुनेकी थिइ । उसको जीवनले त्यो परिवर्तनलाई अनुभूत गर्न सकेको थिएन । रामचन्द्र परिवर्तनको अनुभूति गर्नै चाहदैनथ्यो । एउटा नयाँ युगको आरम्भ भयो भत्रे उसलाई थाहा थियो । हिजो लेखपढ गर्न नपाइने विषयहरू आजका आदर्श भएका छन्, हिजो सम्मान गरिएकाहरू अहिले तिरस्कृत भएका छन् भत्रे त्यो जान्दथ्यो । मुलुकमा आएको परिवर्तन यथार्थमै एउटा ठूलो किनार हो भत्रे पनि उसलाई थाहा थियो । तर उ त्यसलाई महसुस गर्न चाहदैनथ्यो । त्यसमा रमाउन चाहदैनथ्यो । 

त्यसैले रामचन्द्र घरबाट झन झन बाहिर निस्कन थाल्यो । घर उसको भए पनि त्यो घरमा उसकी स्वास्नी, उसका बाबु र उसकी बहिनी तीनै जना उसको विरुद्धमा छन् भत्रे मनोभावनाले उ घरबाट टाढिएको थियो । 

लोग्नेको परायपनले नन्दिता चिन्तित हुन छोडेको धेरै भएको थियो । पचासको खुड्किलो तिर चढिरहेको आफ्नो जीवनलाई उसले अभिभावक बनाएकी थिइ र त्यसैमा रमाउन सिकेकी थिइ । यो सन्तुष्टी नन्दिताको जीवनको सुख भएको थियो । 

तर त्यही सुखमा काँढा बोकेर ठूली छोरीको चिठी आउंदा उ स्तव्ध भई । उसले कल्पना पनि नगरेको दुःखले उसलाई एकचोटी घर्लप्प थिच्यो । 

पुराना कुराहरू सम्झिदा नन्दिताले तीन घण्टा बिताइछ । पत्तै भएन । तीन घण्टा पछि उसलाई के गरौं के गरौं जस्तो भयो । किन दुखेन उसको मुटु सौताको समाचार सुन्दा ? नन्दिताले आफैंसँग सोधी । अहं, उसँग कुनै उत्तर नै थिएन । रुन मन लाग्नु पर्ने हो एउटी स्वास्नीमान्छेलाई ! डाँको छोडेर रुन आउनु पर्ने हो स्वास्नीमान्छेको ज्यानलाई ! अहं, नन्दितालाई त केही भएन बा ! 

नन्दिताले एकपल्ट लामो सास तानी । उसलाई लाग्यो यो नै उसको अन्तिम लामो सास हो । त्यसपछि उसले नजिकैको टेलिफोन आफूतिर तानेर केही नम्बरहरू थिची । 

… … … 

“म नन्दिता,” बोल्दा बोल्दै उ एकछिनका लागि अडकिई । उसले आफू ओरिपरि हेरी र बिस्तारै भनी, “नानुको चिठी आएको छ । महिना दिनमै आउदैछ ।” 

… … … 

“काम मिलाएकी छु भनेकी छ । ठूली भैछ, अब आफ्नै खुट्टामा उभिने भैछ ।” 

… … … 

“होइन, होइन, के भरे एकछिन आउन मिल्छ ? नभए खाना यतै खाउँ ।” 

… … … । 

“होइन, त्यस्तो केही होइन । बरु अलिक चाँडै आउनु नि । जुवाईं अफिसबाट यतै आउनु हुन्छ । आज दाइलाई पनि बोलाउँला ।”

… … … । 

“कहाँ थाहा हुन्छ र ? हुनुहोला यतै भनेर न हो । छोरीले एम.बी.बी.एस. सकी । यस्तो खुशीको बेलामा सबैजना भेला होउँ भनेर भन्छु । मात्रु होला ।” 

… … … । 

“हुन्छ, चारै बजे आउदा हुन्छ ।” 

फोन भुइंमा राखेर नन्दिताले लामो सास तानी । उ बसेको ठाउँबाट जुरुक्क उठी । शान्ता कतै गएकी हुनुपर्छ । आँगनतिरै छ कि ? उ मूल ढोकामा निस्किइ । 

आँगन राम्रो थियो । त्यो सफा र उज्यालो थियो । बितेका झण्डै दुइटा दशकमा नन्दिताले घरलाई छोरीहरूलाई जसरी नै स्याहारेकी थिई । 

ढोका छेउमा राखेको चप्पलमा खुट्टा घुसारेर नन्दिता बाहिर निस्किई । आफ्ना हलौं पाइलाले उसले आँगन नापी । फूलहरू आफ्नै ठाउँमा थिए । आफैंले लगाएका हलुवावेद, आरु र नास्पातीका हुर्किएका रुखहरू पनि आफ्नै ठाउँमा थिए । घेरा बारेर एकान्तमा पारिएको तरकारी बारी पनि आफ्नै ठाउँमा थियो । फेरिएको त केही थिएन । 

नन्दितालाई लाग्यो – शायद एक्लै उसको मन फेरिएको छ । 

शान्ता कम्पाउण्डको फलामे ढोका ठेलेर घर भित्र पसी । ढोका बजेको आवाज घर बाहिर पनि गयो । 

“शान्ता, नानुले पढाइ सकिछ,” नन्दिताले सामान्य स्वरमा भनी, “आज बेलुका मैले दिदी भिनाजुलाई खाना खान बोलाएकी छु । के के चाहिन्छ बेलैमा ले है ?” 

शान्ता टाउको हल्लाउदै घर भित्र पसी । नन्दिता पनि उसको पछि पछि बैठक कोठामा छिरी । 

बैठक कोठामा पनि नन्दिताको पसिना मुछिएको थियो । घर, नन्दिताको श्रमको प्रतिरुप थियो । त्यो खालि सिमेण्टको बलियो घर मात्र थिएन । त्यो नन्दिताको समर्पणको प्रतिक थियो । जता जान्थी नन्दिता, उतै घस्रिन्थ्यो उसको विगत । मुक्त हुन सकिन्छ ? नन्दिताले आफैंलाई सोधी । अहं, उत्तर कतै थिएन । छोरीले कति सजिलरी लेख्न सकेकी होली ? “म आफ्नी आमा, आफ्नी बहिनी र आफ्नो हजुरबालाई लिन मात्र त्यो घरमा प्रवेश गर्छु !” अहो, नन्दिताले उहिल्यै यसरी लेख्न सकेको भए ! 

नन्दिताले मायालु हातले आफ्नो ससुराको कोठा उघारी । ससुरा माइला ज्वाईंसँग बजार तिर निस्किएको चार घण्टा भैसकेको थियो । तर कोठामा उनकै गन्ध मात्र थियो । अब को बस्छ यो कोठामा ? बा नै बस्नु हुन्छ कि ! म त बुहारी थिएँ । छोरो भएर न बुहारी हुं । बाका लागि छोराहरू आउदैनन् । तर छोरो हुन्जेल बुहारीहरूको अनिकाल कहिल्यै हुंदैन । बाले मसँग बस्न कसरी मिल्छ र ? नातिनी उहाँकै हो, तर नातिनी पनि त छोरो पछिकी हो । 

नन्दिताले टाउको झट्कारेर आफ्नो मनको झण्झटलाई पन्छाउने कोशिश गरी । अहं, त्यो पटक्कै पन्छिएन । 

ससुराको कोठामा बितेको आधा घण्टाको ख्याल भएन नन्दितालाई । एक्कासी बाहिरको चर्को हावाले झ्यालका खापाहरू बजायो । उ बिस्तारै कोठाबाट बाहिर निस्किइ । 

अहो, रामचन्द्रलाई खबर भएकै छैन । नन्दिता हतार हतार फोन तिर लागी । 

… … 

“म नन्दिता, सर हुनुहुत्र ?” 

… … … 

“आज त खोज्नै पर्‍यो भाइ,” नन्दिताले मायालु स्वरमा भनी, “नानुले पढाई सकिछ । आजै चिठी आयो । सरलाई जसरी पनि खोजेर घरमा पठाइदिनु है ! नगै हुंदैन भन्दिनु । सानो सानो पारिवारिक भोज राखेकी छु । जसरी पनि आउनु भनेर बाले भत्रुभएको छ भनेर सुनाइदिनु है ! यो खुशीको बेलामा जसरी पनि घर पुग्नु रे भनिदिनु है ! … … … 

“धन्यवाद भाइ ।” 

नन्दिता फोनलाई पुरानै ठाउँमा राखेर आफ्नो सुत्ने कोठा तिर छिरी । धेरै पहिले, अर्थात घर पुजा गर्दा उसका ससुराले त्यो कोठा छोरा र बुहारीका लागि आफैं छुट्याइदिएका थिए । पाकाहरूको मान राख्दै आफ्नो सबैभन्दा रमाइलो जिन्दगी नन्दिताले त्यही कोठामा बिताएकी थिइ । उसको जीवनको सबैभन्दा नजिकको साथी भएको थियो त्यो कोठा । त्यो कोठाले उसको उन्मुक्त हाँसो सुनेको थियो । त्यही कोठाले गंगाजमुना जस्ता आँखाबाट बगेको नुनिलो आँशु पनि देखेको थियो । हिक्का र हाँसोको स्वरमा कत्तिको अन्तर हुन्छ भत्रे सत्यलाई त्यही एउटा कोठाले मात्र थाहा पाएको थियो । नन्दिताका लागि त्यो कोठा, बाबु भन्दा प्रिय थियो आमा भन्दा निकट थियो । 

‘अब यो कोठामा को बस्छ ?’ नन्दिताले आफैंसँग सोधी । के कुनै नन्दिताले यसलाई स्याहार्न सक्छे ? कि यो पनि नन्दिता जस्तै एक्लो जीवन लिएर अनन्तको प्रतिक्षामा ठिङ्ग उभिइरहन्छ ? 

आफ्नो कोठामा धेरैबेर उभिन मन लागेन नन्दितालाई । उ फेरि बाहिर निस्किइ । 

तर अझै चार बजेको थिएन । रजनी नआउन्जेल उसको अर्को कुनै काम पनि थिएन । त्यसैले उ आफ्नो लोग्नेको अध्ययन कोठा भित्र पसी । 

कुनै बेला यो कोठा रामचन्द्रको भन्दा बढी नन्दिताको सर्वस्व थियो । तर बितेका केही वर्षदेखि उसले कोठासँगको मायामोहलाई घटाएकी थिइ । सके पोहोरदेखि त उ कोठामा पसेकी पनि थिइन । 

रामचन्द्रले कोठालाई अर्कै बनाएको हुनुपर्छ भत्रे उसलाई किन लागेन ? के उ लोग्नेको अध्ययन कोठाप्रति त्यति उदासिन भैसकेकी थिई ? त्यो कोठा उसकै छोरीहरूको पनि त हुन सक्थ्यो ? 

काठमाण्डौमा भरखर भरखर मानिसहरूले कोठामा कम्प्युटर राख्न थालेका थिए । रामचन्द्रले पनि आफ्नो पढ्ने कोठामा कम्प्युटर राखेको थाहा थियो नन्दितालाई । तर उसलाई कहिल्यै कम्प्युटरको चासो लागेन । ‘यो आखिरी दिनमा कम्प्युटरको अनुहार त हेरौं,’ उसले मनमनै भनी । 

लोग्नेको पढ्ने कोठा हो भत्रे लागेको हुनाले होला नन्दितालाई त्यहाँ बेला बिताउन मन लागेन । उ फेरि बाहिरको बैठक कोठामा निस्किइ र भर्‍याङ्ग चढेर छततिर लागी । 

आकाश खुला थियो र घामले चन्द्रागिरी तिर पाइलो चालिसकेको थियो । बीस वर्षमा कालिकास्थानले ठूलै प्रगति गरेको थियो । तलका खेतहरू समाप्त भैसकेका थिए र कंक्रिटका पर्खालहरूले बस्तीलाई कुरुप बनाइसकेका थिए । मास्तिरको बस्ती पनि मन नलाग्ने गरी बाक्लिइ सकेको थियो, तर पश्चिम तिर देखिने बाँसझाङ अहिले पनि जस्ताको तस्तै थियो । नन्दितालाई लाग्यो – बाँसझाङ बाहेक सबै फेरिइसकेको छ । 

छतमा कति समय बित्यो ? नन्दितालाई थाहा भएन । फेरि एकपल्ट बाहिरको फलामे ढोका बजेको सुनियो । नन्दिता झसङ्ग भई । 

उ बैठक कोठामा झर्ने र रजनी ढोका खोलेर भित्र पस्ने काम सँगसँगै भयो । नन्दिताले मुसुक्क हाँसेर आफ्नी नन्दलाई स्वागत गरी र भान्सातिर हेरेर ठूलो स्वरमा भनी, “शान्ता, दिदी आउनु भएको छ, पहिले एक एक कप चिया ख्वा, अनि काममा लागौंला ।” 

“नानुको चिठी खै हेरौं न,” रजनीले कुरो नउक्काउन्जेल कसरी कुरो थाल्ने होला भनेर नन्दिता अलमलिएकी थिई । घरलाई चकनाचुर पारेर भत्काउने भुइंचालो जस्तो त्यो चिठीलाई कसरी नन्दको सामु तेस्र्याउने ? आफैंले लुकाएको सत्य उद्घाटित भएको तितो यथार्थलाई नाकैमुनि लगेर कसरी ठड्याउने ? जस्ता प्रश्नहरूले नन्दिताको मनलाई चिथोरिरहेका थिए । तर ती सबैलाई छेउमा पन्छाएर रजनीले फ्याट्ट भनी, “नानुको चिठी खै, हेरौं न ।” 



 

नन्दिताले छेउको सानो टेबलमा राखेको छोरीको चिठी रजनीलाई दिई । रजनीको अनुहार पहिले भन्दा उज्यालो भयो । “बिचरी !” नन्दिताले मनमनै भनी । 

कोठा उज्यालो थियो तर चिठीका अक्षरहरूले रजनीलाई अँध्यारो पार्दै लगे । प्रत्येक हरफहरूले उसलाई अप्ठेरोमा धकेल्दै लगे । जति समय लाग्नु थियो, रजनीले त्यो भन्दा चाँडै चिठी पढेर सिध्याई । रजनीले चिठी पढी भ्याउदा नभ्याउदै शान्ताले चियाको गिलास टेबुलमा राखिसकेकी थिई । 

“आइ एम सरी नन्दिता,” रजनीले आफ्नी पुरानी साथीलाई सम्झाउने पाराले भनी, “यो सत्य, हामीले थाहा पाएर पनि बेलैमा खोल्न सकेनौं, थाहा पाएर पनि नानुलाई खोल्न दिएनौं । तर नन्दिता, यो सब दाइका लागि थिएन । यो हाम्रो काम यस परिवारको लागि थियो । घरलाई बचाउने हाम्रो प्रयत्न थियो ।” 

“मैले गुनासो गरें र ?” नन्दिताले सहज स्वरमा सोधी । 

“नगरे पनि यो समाचारको पिडा जोकोही स्वास्नीमान्छेलाई महसुस हुन्छ । हामी दुबैले यो घटना महिना दिन बित्दा नबित्दै थाहा पाएका थियौं । तर हामीले कसैलाई भत्रे आँट गरेनौं । हामीले भत्र पनि चाहेनौं । हामीलाई लाग्यो – यसलाई छोपेर राख्दा नै सबैको भलो हुन्छ ।” 

“तर भलो त भएन नि,” नन्दिताले आफ्नै मायालु स्वरमा भनी, “खराबीलाई लुकाएर राख्दा कसैको भलो हुंदैन । कुभलो केही दिनका लागि टर्ला, तर त्यो झन डरलाग्दो कुभलोमा फेरिएर देखापर्छ । यति हुंदा हुंदै पनि रजनी,” नन्दिताले एकछिन अड्किएर भनी, “तपाईंहरूको प्रयत्न मेरै पक्षमा छ भत्रे म जान्दछु । तपाईंहरूले जे गर्नुभयो त्यो यही परिवारको हीत चिताएर गर्नुभयो भत्रे पनि म जान्दछु । त्यसैले अब धेरै आफूलाई दोषी नदेखाउनुस् । तपाईंको दाइ बाहेक परिवार भित्र अर्को कोही दोषी छैन र हुन पनि सक्दैन । मैले तपाईंलाई अलिक बेलैमा बोलाउनुको कारण यो स्पष्टीकरण, यो आत्मग्लानी होइन । म मेरो पुरानो बालसखासँग थोरै सल्लाह गर्न चाहन्छु । आफ्नो मनको कुरो म यहीं मात्र खोल्न चाहन्छु । भरे हुन सकोस् – मेरो बोली नै नफुटोस् । डाँडाको जुन जस्ता ससुराका अघिल्तिर, कुटुम्ब मानिआएका दुइ दुइ जना ज्वाईंहरूका अघिल्तिर म बोल्न चाहेर पनि बोल्न नसक्ने भैदिन पनि सक्छु ! त्यतिबेलाका लागि मेरो वाल्यकालदेखिको साथीले नै मलाई आड दिने हो भनेर मैले एक घण्टा अघि नै तपाईंलाई बोलाएकी हुं । त्यसैले हामी विगतको त्यानत्यानमा नलागौं । त्यो बितिसकेको छ । हामी के आगतलाई स्वागत गर्न सक्दैनौं ?” 

रजनीको अनुहारभरि प्रश्नहरू नाचे । नन्दिताको अप्रभावित अनुहार नै उसका लागि सबैभन्दा ठूलो प्रश्न थियो । रजनी केही बोल्नै सकिन । 

“मैले यो घरमा बिताएका दिनहरू अत्यन्तै सुन्दर रहे । शान्त पनि रहे भत्रुपर्छ । बिहे भएपछिको रातसँगै म घर भएकी थिएँ र झण्डै चौथाइ शताब्दीको यात्रा तय गरेर मैले घरलाई ममा र मलाई घरमा रुपान्तरित गरेकी थिएँ । यति हुंदा पनि यो मेरो घर हुन सकेन । मान्छेले घर न घाटको भन्छन् नि, म त त्यस्ती पो भएँछु । न मेरो घर छ, न मेरो माइती । म दुबैतिरका लागि अग्राह्य भएछु । त्यसैले मैले आफ्नो जीवन आफैं जिउने बिचार गरेको छु । छोरीले त म्याद राखेकी छ, तर चाहन्छु, भोलि बिहानको उज्यालोसँगै म यो घर परित्याग गर्न पाउँ ।” नन्दिताले मायालु आँखाले एकपल्ट छततिर हेर्दै निष्कर्षका रुपमा भनी, “म एउटी बेहुलीका रुपमा घरमा पसेकी थिएँ र म भोली बेहुलीकै रुपमा घरबाट बाहिर निस्कन चाहन्छु । यसैमा म आफ्ना साथीहरूबाट सहयोग चाहन्छु ।” 

“यत्ति सजिलरी यो काममा लाग्न सकिन्छ ?” रजनीले आफैसँग सोधेकी हो कि अर्धचेतनामा केही प्रश्न गरेकी हो भनेर दुबैले थाहा पाउन सकेनन् । 

“यस्तो हुंदैन, अहं, हुंदै हुंदैन,” आफ्नै स्वरले झस्किएकी रजनीले पहिले भन्दा अलिक उत्तेजित स्वरमा भनी, “कसरी हुन्छ यस्तो ? यो घर कुनै बेला दाइको थियो होला । दाइ भन्दा पहिले यो घर ठुलाबा र ठुलीआमाको थियो । यहाँ ठुलाबाको लगानी होला, ठुलीआमाको लगानी होला । तर दाइको त यहाँ के लगानी छ र ? बा आमापछिको लगानी त तपाईंकै छ । अनि कसरी त्यत्तिकै छोड्न मिल्छ ? अहं, म यस्तो त हुन दित्र … ।” 

“रजनी, हुन दिने र नदिने भत्रे प्रश्नै होइन यो । म झगडा गर्न चाहत्र । बीस बाइस वर्ष हामी मिलेरै बस्यौं जस्तो लाग्छ । अब पनि हामी मिलेरै छुट्न चाहन्छौं । समयको कुनै कालखण्डमा रामचन्द्र र नन्दिता पति पत्नी थिए । अहिले आफ्ना धाराहरूले रामचन्द्रलाई बगाएर एउटा किनारमा लगेका छन् र घाउ चोट केही नलागेकी नन्दिता अर्को किनारमा उभिएकी छ । त्यसैले छोड्ने र लिने भत्रे प्रश्नै होइन यो । म खुशी खुशी निस्कन चाहन्छु ।” 

“सधैंका लागि ?” 

“अं, सधैंका लागि ।” 

“त्यसोभए यो छोडपत्रै हो ?” 

“हो, यो छोडपत्रै हो ।” 

“अहं, यो हुन सक्दैन,” रजनीले हातको गिलास छेउको टेबुलमा राखेर भनी, “के हुन सक्छ, अझै मलाई थाहा छैन । तर मलाई के थाहा छ भने यो हुन सक्दैन । यो घरबाट कोही जानुपर्छ भत्रे म जान्दछु । तर त्यो जानुपर्नेको नाम नन्दिता हो भत्रे म मान्दिन । जसले केही बिगार गरेको छैन, त्यसले किन घर छोड्नु पर्छ हँ ?” 

रजनी बसेको ठाउँबाट उठी । उसको मनको चिन्ता उसका पाइलाहरूमा देखिन थाल्यो । 

“एउटा कुरा मैले पटक्कै बुझिन रजनी,” नन्दिताले रजनीको चिन्तालाई सोफामा तात्र खोज्दै भनी, “मान्छेको सन्तुष्टीका लागि दिनुपर्ने सबैकुरा मैले रामचन्द्रलाई दिएकी थिएँ । मेरो सुख दिएकी थिएँ, मेरो आड पनि दिएकी थिएँ । मैले आफ्नो शरीर पनि आफूसँग नराखी रामचन्द्रलाई दिएकी थिएँ । तर के पुगेन ? पुरुषको महत्वाकांक्षा मात्र हो यो ? कि केही अभाव पनि हो ?” नन्दिताले हिंडिरहेकी रजनीलाई रोक्दै भनी, “मैले कोट्याउन चाहेको होइन, केही थाहा छ कि भनेर जात्र चाहेको मात्र हो ।” 

“यो दुइटै हो,” रजनीले हिंडदा हिंड्दै भनी, “दाइमा देखा परेको अधपतनको एउटा मापो हो यो । जनमत संग्रहको परिणामसँगै मान्छेबाट कुमान्छेमा फेरिने क्रममा उहाँले बोक्नु भएको रोग हो यो । जनताको आन्दोलन सफल हुनासाथ अमेरिका भाग्ने मनोवृत्तिले जन्माएको कुचेतना हो यो । त्यसबाहेक यो पुरुषजन्य शासकीय मनोवृत्ति पनि हो ।” रजनी एकछिन रोकिइ, “तर हेर्नुहोला, आज दाई पराजित हुनुहुनेछ । सबैबाट लान्छित हुनुहुनेछ । हुनसक्छ, ठुलाबाले उहाँलाई आजै घरबाट निकालिदिनु होस् । ठुलाबाको आदर्श म जान्दछु । एक रात पनि छोराको यो बदमासी उहाँलाई सैह्य हुनेछैन । त्यसैले उहाँले दाइलाई निकालेरै छोड्नु हुनेछ । तर पनि दाइमा, तपाईंले ग्लानी देख्नुहुने छैन । ग्लानीको यही अभाव नै उहाँको अधोपतनको नमूना हो ।” 

“जिन्दगी अनौठो ढङ्गले छिमलिंदो रहेछ । त्यो जान्दै नजानिने चालले घुम्दो रहेछ । यस्तो होला भत्रे कल्पना पनि मैले गरेकी थिइन ।” नन्दिताले लामो सास तानेर भनी, “मैले रामचन्द्रका लागि के गरिन ? के सहिन ? मैले रामचन्द्रको परिवारका लागि के भोगिन र त्यसलाई एकतावद्ध राख्न के त्यागिन ? तर त्यसको परिणाम ? कस्तो अनौठो ?” 

“तपाईंले रामचन्द्रका लागि धेरै गर्नुभयो । रामचन्द्रले त्यसलाई चित्रुभएन । तर तपाईंले रामचन्द्रको परिवारको लागि होइन, आफ्नै परिवारका लागि भनेर केही गर्नुभयो । त्यसैले त्यो परिवारले आज फैसला गर्नुपर्छ – त्यो परिवार तपाईंको हो कि रामचन्द्रको हो भनेर फैसला गर्नुपर्छ ।” 

साँझ अघि नै घरभित्र छिरिसकेको थियो र मझेरीका बत्तीहरू कोठामा मुसमुसु हाँस्दै पल्टिरहेका थिए । परिवार जम्मा भैसकेको थियो । ससुरा र ज्वाईं एकैचोटी घरमा आएका थिए । रजनीले आफ्नो लोग्नेलाई फोन गरेर अलिक चाँडै बोलाएकी थिइ र आँगनमा लगेर दश मिनेटसम्म खुसखुस गरेकी थिई । रामचन्द्र साँझ झर्ने बेलामा घरभित्र छिरेको थियो र कुनै शङ्का नबोकी छिरेको थियो । 

“ठुलाबा र भिनाजु,” रजनीले नै कुरो उक्काई । घर उसकै अधिकारमा भए जस्तो भयो, “ठुलाबा र भिनाजुले नै आजको फैसला दिनुपर्छ । खानै नखाई के कुरा गर्नु भनेर मात्रै मैले मुख थुनेकी थिएँ । खाना खाइयो र अब फैसला तिर जानुपर्छ … ।” 

रजनीले के भन्छे भनेर सबैले कान उतै सारे । रजनी हाँसेकी थिइन र उ साह्रै अँध्यारी पनि थिइन । उसको स्वरको गम्भिरताले बुढा मान्छेलाई अप्ठ्यारो पार्‍यो । नन्दे ज्वाईंको मुद्दा लिएर आउदाको जस्तो लुटुपुटु गरेकी भए बरु सजिलो हुन्थ्यो होला । अहिले त उनलाई सकसै परेजस्तो भयो । 

“मैले धेरै घुमाइ फिराइ कुरा गर्न सिकिन । तपाईंहरू सबैभन्दा सानी हुँ । नातामा पनि कान्छी हुं । त्यसैले कुरो जे हो त्यसलाई जस्ताको तस्तै राखिदिन्छु ।” 

तर अहं, रजनीले फेरि पनि कुरा राख्न सकिन । 

“यता छेउमा आइज,” बुढाले मायालु स्वरमा छोरीलाई आफ्नो छेउमा ताने । सानी बालिका जसरी रजनी बुढाको छेउमा गएर बसी । 

“लौ अब भन् ।” 

“ठुलाबा, दाइलाई सधैंका लागि घरबाट निकाली दिनुस्,” रजनीले रुन रुन खोज्दै भनी । 

“के ?” बुढा छक्क परे । “फेरि के गर्‍यो यल्ले तँलाई ?” बुढालाई लाग्यो – रजनी फेरि पहिलेकै जसरी लाडे हुंदैछ । बुढाको मनभित्र अलिकति शान्ति भित्रियो । 

“दाईले मलाई मात्र होइन, सबैलाई गर्नै नहुने गर्नुभयो । त्यसैले दाईलाई घरबाट निकाली दिनुस् र कहिल्यै यो घरमा छिर्न नपाउने गरी निकाली दिनुस् ।” 

“नानी, दाजु–बहिनीमा झगडा हुन्छ, तर झगडा हुने बित्तिकै दाजुलाई निकाल्न मिल्छ र ?” भिनाजुले मायाले भिजेको स्वरमा सोधे । 

रजनीले कुरो फेदैमा लैजाली भत्रे नन्दिताले सोचेकै थिइन । एकैचोटी रामचन्द्रलाई घरबाट निकाल्ने प्रस्ताव ल्याएर सौताको आग्लो थप्ने रजनीको तरीका पनि उसलाई मन परेन । त्यसैले उसले पनि थपी, “रजनी, सानो सानो कुरामा मान्छे निकाल्दै जाँदा को घरमा बस्ला र ?” 

“तपाईं नबोल्नोस्,” रजनीले हकारे जसरी नन्दितालाई भनी । घरका सबै छक्क परे । त्यसपछि उसले आफ्नो भिनाजु तिर फर्किंदै भनी, “भिनाजु यो सानो झगडा होइन र यो दाजु बहिनीको झगडा पनि होइन । दाजुले तपाईं हामी सबैप्रति अपराध नगरेको भए मैले कसैलाई निकाल्ने र कसैलाई राख्ने कुरा पनि गर्ने थिइन । यो घरमा राहु पस्न आँटेको नदेखेकी भए पनि म यो कुरा भत्रे थिइन । त्यसैले ठुलाबा, छातीमा ढुङ्गो राखेर सुत्रुस्, तपाईंको छोराले राधिका भत्रे केटीसँग बिहे गर्नुभएको छ । आज दिउँसो भाउजुले यो खबर थाहा पाउनु भएपछि उहाँले घर छोडेर जाने अठोट गर्नुभएको छ ।” रजनीले एकछिन अड्किएर सोधी, “अब भत्रुस् भिनाजु, यो घरले दाजुलाई निकालेर भाउजुलाई टिकाउनु पर्छ कि दाजुलाई घरमा राखेर भाउजुलाई बिदा दिनुपर्छ ?” 

घर स्तब्ध भयो । ढोकाको आडमा उभिएकी शान्ताले पनि रजनीले बोलेको प्रष्ट सुनी । छाङ्गैबाट खसी त्यो केटी । आँखा अगाडीको संसार अँध्यारो भयो उसको । 

छोरीले ठट्टा गरी भत्रे त बुढालाई पनि लागेन । तर उनी मुच्र्छा पर्न सकेनन् । रजनीको टाउकोमा घुमिरहेको हातको पञ्जालाई एक ठाउँमा टपक्क राखेर उनले रामचन्द्रसँग सोधे, “बैनीले भनेको कुरो साँच्चो हो नानी ?” 

रामचन्द्र बोल्न सकेन । उसको घोप्टिएको अनुहार माथि उठ्नै सकेन । 

“हे भगवान, मलाई अरु कति दुःख दिन्छौ,” बुढाले आकाश तिर फर्किएर जम्लाहात गरे, “अझै मेरा पापका घडाहरू भरिन बाँकि छन् ! मैले कुन जन्ममा यत्ति धेरै पाप गरें हुंदो हुं !” बुढा मान्छेको शरीर थरररर काम्यो । रजनीले च्याप्प बाबुको कम्मरमा समाती । हेर्दा हेर्दै बुढाका आँखाबाट बरररर आँशु झरे । रजनीले आफ्नो सारीको सप्कोले पाको आँशुलाई गालामै अड्काइ दिई । 

“यस्तो पनि हुन्छ र ?” सत्राटालाई चिर्दै भिनाजुले भने । 

नन्दिताले कुनै प्रष्टीकरण दिइन । कसैसँग स्पष्टीकरण मागिन । त्यो आफ्नो ठाउँमा बस्दा बस्दै ढुङ्गाको मुर्ती नै भएकी थिइ । कुनै बेलामा यस्तो पिडामा बटारिएका ससुरालाई सम्हाल्ने उही थिइ । अहिले उसलाई लाग्यो – रामचन्द्रको परिवारसँग उसको सम्बन्ध समाप्त भैसकेको छ र उसले रमिते हुनु बाहेकको अर्को दायित्व पुरा गर्न सक्दिन । अहं, रजनीले स्याहारी राखेको बुढाको शरीर प्रति आफ्नो पनि दायित्व छ भनेर उसले अनुभूत गर्नै सकिन । 

“ठुलाबा, पाप तपाईंले गरेकै होइन, गरेकै छैन,” रजनीले सारीको सप्कोले अनुहार पुछिदिंदै भनी, “कुनै जन्ममा पनि तपाईंले पाप गरेकै छैन, किनभने जन्महरू हुंदै हुंदैनन् । यो पाप त दाइको हो र कसैले पनि क्षमा दिन नसक्ने पाप हो । ठुलाबा, यो पापको सजायँ दिने भगवान तपाईं बाहेक अर्को कुनै छंदा पनि छैन । त्यसैले दाइलाई आफ्नो संसारमा रमाउन बिदा दिनुस् र छोरी भन्दा नजिककी बुहारीलाई आफ्नो घरमा राख्नुस् … ।” 

बुढा मान्छे सोफामा टाउको टेकाएर रोइरहे । 

“ठुलाबा, हजुरले यसरी पिरिने हो भने नानुको मन कसरी थेगिएला ?” रजनीले बुढाको मन कोट्याउदै भनी, “नानुले चिठी लेखेकी छ । सुत्रु हुन्छ ठुलाबा ? छोरो भएर चिठी लेखेकी छ । त्यो चिठीको कुरो थाहा पाएर हजुरबा रुनुभयो भत्रे थाहा पाउदा नानुको मनले आफूलाई कत्ति ठूलो अपराधी ठान्ला ?” रजनी फेरि एकछिन रोकिई र उसले आफ्नो लोग्ने तिर फर्किंदै भनी, “खै त्यो चिठी दिनुस् त ।” 

एउटा खाम नन्दिताको हातबाट जुवाईंको हातमा, फेरि जुवाईंको हातबाट रजनीको हातमा पुग्यो । रजनीले खाम भित्रको चिठी निकालेर बुढालाई दिन खोजी । बुढाले रोदन मिश्रित स्वरमा भने, “तैं पढेर सुना ।” 



 

सत्राटामा उनिएको रातमा रजनीले चिठीको अन्तिम हरफ दोहोर्‍याएर पढी र भनी, “यो समस्याको निकास त हुनैपर्छ नि ठुलाबा । त्यसैले दाइलाई हजुरले निकाल्दिनु पर्छ र नानुलाई सरासर घरमा आउन खबर पठाउनु पर्छ ।” 

“तेरो दाजु के भन्छ ?” बुढाको प्रश्न सुनेर सबैले अनौठो माने । आफ्नो अगाडि बसेको छोरासँग बाबुले सिधा प्रश्न गर्न सकेनन् । अथवा गर्न चाहेनन् कि ! 

“दाजुमा थोरै मात्र नैतिकता बाँकि छ भने उहाँले सदाका लागि यो घर छोड्नु पर्छ,” रजनीले हतार हतार भनी, “गल्ती हामीले गरेनौं, गल्ती भाउजुले गर्नुभएन भने अरुले दण्डको भागी किन हुने ?” 

रजनीले जति सजिलरी भनी, बुढाले त्यति सजिलरी बहिर्गमनको यथार्थलाई ग्रहण गर्न सकेनन् । उनले छोरीको निर्णय प्रति कुनै टिप्पणी दिएनन् । नन्दितालाई लाग्यो – ससुरालाई धर्मसङ्कटको साङ्लोले बाँधेको हुनुपर्छ । 

“तर तँलाई थाहा छ – यो घर तेरो दाजुले नै बनाएको हो,” बुढाले गह्रौं मनले भने । अलिकति मेरो केही होला – तर घर त तेरै दाजुको हो भत्रे लाहाछाप यसमा लागेको छ । यस्तो अवस्थामा उसलाई निस्किएर जा भत्र म कसरी सक्छु र …?” 

“भाउजुलाई नै निस्की भनेर ठुलाबाले भत्र खोज्नुभा ?” रजनीको गलो बस्यो । 

“तेरो ठुलोबाउले तेसो भत्र सक्छ ?” बुढाले माया गरेर भने, “छोरा छोरीहरू ठूला भएपछि आफ्नो इच्छा अनुसार चल्छन् भनेर धेरै पहिलेदेखि म तेरी आमालाई सम्झाउने गर्थें । मैले भने जस्तै भैरहेछ । मेरो छोरोले मेरो इज्जत प्रतिष्ठाको ख्याल गरेन, त्यसैले उसकी छोरीले पनि आफ्नो बाबुको प्रतिष्ठा बोक्नुपर्छ भत्रे ठानिन । घरकी छोरी डाक्टर भएर फर्किंदा घर कति उज्यालो हुन्छ भत्रे तेल्लाई लाग्दै लागेन । तेसको बाबुले मप्रति जे ब्यवहार देखाएको थियो, अहिले उसले आफ्नो बाबुप्रति त्यही ब्यवहार देखाई । त्यसैले यसमा कसैले पिरिनु हुंदैन । तर” बुढाले एकपल्ट आफ्ना सबै सन्तान र कुटुम्बहरूको अनुहारमा नियालेर हेरेपछि भने, “अब काठमाण्डौको भोग पुगे जस्तो छ । यो घर जसको हो उसैले बस्नु पर्छ । बुहारी जागिर छोड्न सक्छे र तेल्ले मलाई आफ्नो बाबु ठात्रसक्छे भने म उसलाई लिएर मधेशतिरै लाग्छु । बुहारीलाई छोरी बनाउन पाएँ भने प्रायश्चित त होला … ।” 

“ठुलाबा, म एउटा कुरा भनुं ?” रजनीको लोग्नेले आफ्नो स्वरलाई मलिन बनाएर सोध्यो, “कहिले काहीं अलिक सोचेर निर्णय गर्दा धेरै बिग्रनबाट बच्छ कि ! हामी सबैभन्दा राम्रो निकास खोज्न सक्दैनौं ? सक्छौं भने सोचौं …।” 

“खै, अर्को के होला र ?” बुढाले लामो सास तानेर भने, “आफ्नो सिङ्गै जिन्दगी पराइ घर स्याहारेरै नथाकेकी दुलहीलाई भत्रे ठाउँ केही छैन । जसको भरोसामा सबै छोडौंला भत्रे थियो – उसको ब्यवहारले आफैंलाई पराइ बनायो । त्यसपछि जसका लागि यो सम्पत्ति जोडौंला भत्रे लागेको थियो – उसले ढोका नटेक्दै मलाई तिमेरको केही चाहिंदैन भनिदिई । यस्तोमा सोचेर पनि के पाइन्छ र ?” 

“तैपनि … ।” 

“केही छ भने तपाईंहरू नै भत्रोस् । जे गर्दा सबैलाई राम्रो हुन्छ, म त्यही गर्छु । तर त्यो गर्ने कुराले अन्यायमा परेका माथि अन्यायको अर्को भारी नथपियोस् । यत्ति कुरा तपाईंहरूले ख्याल राखिदिनुस् ..।” 

जिन्दगी रामचन्द्र र नन्दिताको थियो । तेइस वर्ष सँगै बिताएका दम्पतिको भविष्य आरपार भैरहेको थियो । तर उनीहरू अहिलेसम्म एक शब्द पनि बोलेका थिएनन् । उनीहरू बाहेककैले उनीहरूको जिन्दगीको फैसला गरिरहेका थिए । 

रातले दशको सिंढीमा पाइलो हाल्न थाल्दा रामचन्द्र घरबाट निस्कियो । एक शब्द नबोली निस्कियो । रामचन्द्र गएको लगत्तै रजनीले उठेर भनी, “ठुलाबा, म भोलि बिहानै आउछु । मलाई बिर्सिएर केही टुङ्गो गर्न पाउनु हुत्र ।” त्यसपछि उसले नन्दितातिर फर्किएर भनी, “भाउजु, यो दुर्घटना आजको होइन । हप्ता दश दिन पुरानो पनि होइन । दुइटा वर्षहरू खाइसकेको दुर्घटना हो यो । त्यति पुरानो घटनालाई सम्झिएर अहिले पिरिनु हुंदैन । उसै पनि पिरिनु पर्ने के छ र ? भोग्न नपाएको जिन्दगीको तुनो चुँडिएको न हो । जिन्दगी नै चुँडिएको त होइन । म भोलि बिहानै आउछु । दिनभरि सल्लाह गरौंला । अहिले जान्छु ।” 

रजनी घरको जीवन लिएर गई । नन्दिताले ससुरा र भिनाजुको कोठा मिलाउन लगाइ । अन्तमा, शान्ता पनि कोठामा पसिसकेपछि उ आफ्नो कोठाको खाटमा अन्तिम पटक निदाउने मन बनाएर पल्टिई । 

(४) 

भोलिपल्ट रजनी चिया खाने गरी नै आएकी थिइ । घर ब्युझिसकेको थियो । सके त्यो निदाएकै थिएन कि ! रजनीले नियालेर बाबुलाई हेरी, भिनाजुलाई हेरी । यतिमात्र होइन, उसले चियाको कप समातेकी शान्ताको आँखा पनि केलाई । राता थिएनन् कसैका आँखाहरू ! ‘सबै निदाए जस्तो छ,’ उसको मनले ढुक्कको सास फेर्‍यो । 

“आइस्, आइज बस,” बाबुले सहज स्वरमा उसलाई आफ्नो छेउमा बस्न बोलाउदै भने, “तंलाई पनि हैरान भो । आफ्नो घर, घरको बुहार्तन । त्यो नसक्दै यताको बुहार्तन ।” 

“ठुलाबा, मलाई आशिर्वाद दिनुस्,” रजनीले खुशी हुंदै भनी “मैले बाँचुन्जेल यस्तै बुहार्तन बेहोर्न पाइरहुं ।” 

बुढा मुसुक्क हाँसे । रजनीलाई लाग्यो – घर पनि त्यसरी नै हाँसेको छ । 

चिया खाएपछि भिनाजु नुहाइधुवाइको काममा लागे । 

“ठुलाबा,” त्यही हाँसोलाई टिपेर रजनीले भनी, “हिजो कसो कसो लागेर नभनेकी मात्र । आज बाउ छोरी मात्रै छौं । त्यसैले मनको कुरो भन्छु है !” 

बुढाले छोरीको कपाल मायालु हातले मुसारे । 

“दाजुको सम्पत्तिमा उसै पनि भाउजुको हक लाग्छ । त्यसबाहेक,” रजनी एकछिन अड्किई, “त्यसबाहेक यो घर त परिवारको हो, सगोलको हो । कानूनकै कुरो गर्ने हो भने यो घर भाउजुकै हो । त्यसैले भाउजुले यो घर किन छोड्ने ? फेरि भएन, दाइलाई त अर्को घर त्यहीं पारी छंदैछ । उहाँले डेरा खोज्नु पर्ने पनि होइन । त्यसैले ठुलाबा, यो घर नछोडौं । तपाईंहरू सबै मधेश गएपछि मैले झगडा गर्ने ठाउँ नै कहाँ बाँकि हुन्छ र ?” 

रजनीले कुरो हलौं पार्न खोज्दा पनि त्यो हलुङ्गिएन । बुढाले मसिनो स्वरमा भने, “तैंले अझै तेरी भाउजुलाई चिनेकै रैनछस् । त्यसले बस्न माने मलाई केही अप्ठेरो थिएन । तर त्यो बस्न मान्छे जस्तो लाग्दैन ।” 

“मानिहाल्ने मन त छैन, तर हजुरले एकपल्ट दुलै म तेरो बाबु हुं, तँ यहीं बस् भत्रे हो भने भाउजुका पाइला घर छोडेर जान सक्दैनन् । तर हजुरले टुङ्गो गर्नुपर्छ – त्यस्तो स्थितिमा दाइका लागि यो ढोका सधैंका लागि बन्द हुन्छ ।” 

“नन्दितासँग तैं कुरा गर् । मान्छे भने मैले नाईं भत्रे कुरै आउदैन । उसै पनि अब मेरा दिन कति छन् र ?” 

रजनीले धेरै लामो कुरा गरिन । भिनाजुलाई बैठक कोठामा छिर्दै गरेको देखेर म भान्छा हेर्छु है भन्दै उ पहिले भान्सातिर र त्यसको लगत्तै नन्दिताको सुत्ने कोठा तिर लागी । 

नन्दिता अनौठो ढङ्गले उजाडिएकी थिई । नन्दिताको अनुहार देखेर रजनी छक्क परी । 

“नन्दी,” पच्चिस वर्ष पहिलेको सम्बोधनलाई ब्युझाउंदै रजनीले बोलाइ । नन्दिता एकछिन छक्क परी । त्यसपछि उ खिसिक्क हाँसी । 

“आफ्नै खुट्टामा उभिएकी र आफ्नो खुट्टामा अरु पनि धेरैलाई उभ्याएकी मान्छेले यो के हाल गरेकी ? के एक रातले मान्छेलाई विधवा बनाउछ ? कि त्यो रातले मान्छेलाई एकैचोटी चिताइनसक्नुको परिवर्तनको डिलमा लगेर उभ्याउंछ ? के गरेको यस्तो । छि !” 

“बस्नुस्,” नन्दिताले विधवा अनुहारको हाँसो हाँसेर भनी, “दाईको धोकाले म यस्ती भएकी होइन,” रजनीलाई बस्ने ठाउँ बनाउदै उसले भनी, “समेटिएका जिन्दगीहरू असरल्ल पर्ने भए भनेर मात्रै भरङ्ग भएकी हुं । बा अहिले बहत्तर पुरा हुनुभयो । छोरीहरू आ–आफ्नो घरमा छन् । छोराको त्यो हाल छ । एक्लो जीवन उहाँका लागि कत्ति भारी होला ? एउटी छोरीले त सबै थाहा पाएर आफूलाई सम्हालेकी छ । तर अहिले तेश्रो वर्षमा पाइलो हालेकी अर्की छोरीको पढाइ पहाड बनेर नाक अगाडि उभिएको छ । त्यसको मन कति व्यथित होला ? त्यो कसरी जंघार तर्ली ?” नन्दिता फेरि एकछिन रोकिई, “म त केही होइन । मेरो समस्या पनि केही होइन । तर मसँग जोडिएर आएका अनुहारहरू प्रति म निस्पृह कसरी रहन सक्छु र ?” 

“तर सबै समस्याको समाधान निस्कियो भने ?” 

“त्यो सम्भव छैन,” नन्दिताले टुङ्गो गरेको स्वरमा भनी, “म रामचन्द्रकी जेठी पत्नी भएर बस्न सक्दिन । मैले त्यसरी बस्नै हुंदैन । आखिर म मान्छे हुं र मेरो आफ्नो स्वाभिमान छ । हिजो म रामचन्द्रकी पत्नी थिएँ । त्यसैले मेरो एउटा परिवार थियो । म कसैकी बुहारी थिएँ, कसैकी भाउजु थिएँ । मेरो ओरिपरि एउटा सानो संसार थियो र म त्यसैमा रमाएकी थिएँ । त्यो सांसारिक आनन्द कसैको करकाप थिएन । त्यो मेरो स्वेच्छा थियो । तर अहिले,” नन्दिताले आफ्नो स्वर ठूलो पो भयो कि जस्तो महसुस गरेर भनी, “तर अहिले अवस्था फेरिएको छ । म, म मात्रै हुँ । र म, कसैको पनि दायित्व मै भएर मात्र लिन सक्छु । अनि म हुनका लागि सबैभन्दा पहिले मैले मेरो खुट्टालाई दह्रो पार्नुपर्छ । त्यो त्यति सजिलो छैन ।” 

“ठुलाबा भत्रुहुन्छ,” रजनीले भाका मिलाएर भनी, “यो घरमा दाइको जति पैसा परेको छ, त्यो उहाँ फिर्ता दिनुहुन्छ । ठुलाबा आफ्नी बुहारीलाई छोरी र नातिनीहरूलाई नै छोरा बनाएर बस्ने कुरा गर्नुहुन्छ । यति भएपछि समस्याको समाधान निस्कदैन र ?”

“निस्कत्र रजनी निस्कत्र ।” नन्दिताले फ्याट्ट उत्तर दिएको देखेर रजनी छक्क परी । “बाको यो सम्वेदना हो । दया हो म प्रतिको । आखिर अन्तिम सत्य त रामचन्द्र र उहाँको रगतको नाता नै होइन र ? म त पछिकी हुं । त्यसैले बाको दया र सम्वेदनशीलतालाई सम्मान गर्दा गर्दै पनि यो अस्थायी बन्दोबस्तमा रमाउन म कसरी सक्छु ?” नन्दिता धेरैबेर मौन रही । रजनीलाई थाहा भयो – उसको मन केही भत्र खोज्दैछ, तर त्यो मुखबाट निस्कन सकिरहेको छैन । त्यसैले उ पनि प्रतिक्षारत भएर बसिरही । आखिरमा नन्दिताले भनी, “मनले स्वीकार गर्न नसकेको एउटा सत्य हामी सबैले महसुस गर्नुपर्छ रजनी, हामी अब पराइ भयौं ।” 

“मानिलिनुस्, ठुलाबाले सबै पैत्रिक सम्पत्ति तपाईं र बहिनीहरूका नाममा हस्तान्तरण गरिदिनु भयो भने ? अथवा दाइलाई हकबाट बन्चित गरिदिनु भयो भने ?” रजनी अझै गलेकी थिइन । 

“त्यो पनि उही भावनाकै कुरो न भयो,” नन्दिताले रजनीको कुरोलाई भुईंमा खस्नै नदिई भनी, “तपाईंको दाइले त्यसपछि बाको समेत जीउनुलाई दुरुह बनाउनु हुनेछ । त्यस्तो गल्ती गर्न हुंदैन ।” 

“तर त्यही हुंदैछ,” रजनीले निर्णय सुनाए जसरी भनी, “बहत्तर बर्षको पाको जीवनको सुरक्षाका लागि त्यही निर्णय हुंदैछ । यो घरको पैसा ठुलाबाले तिरिदिनु हुनेछ । दाई पैत्रिक सम्पत्तिको हकबाट बन्चित हुनुहुनेछ । यो भन्दा अर्को निर्णय गर्नै मिल्दैन । गर्नै हुंदैन । केही गरी यो भन्दा अन्यथा निर्णय भयो भने, अर्को कुनै बाटोमा हिंड्नु पर्ने भयो भने, हामीलाई त केही नहोला, तर बहत्तर वर्षको उमेरको अकाल अन्त हुनेछ । नन्दी, म एकाबिहानै यत्ति कुरा भत्र आएकी थिएँ । अब म ठुलाबासँग कुरा गर्न गएँ … ।” 

रजनी बसेको ठाउँबाट उठी । 

“रजनी, प्लिज… ” नन्दिताको बोली जहाँको तहीं अड्कियो । उसको दैलाको खापा समातेर हिमाल जस्तै सेतै फुलेका उसका ससुरा उभिइरहेका थिए । 

“ठुलाबा,” रजनीले अलिकति पनि अप्ठ्यारो नमानी भनी, “मैले बेठिक भनें र ?”

 “तैले बेठिक भनिनस् । तैंले ठीक मात्रै पनि भनिनस् । तैंले सबैभन्दा ठीक भनिस्,” बुढाले ढोकैबाट छोरीलाई फुक्र्याएर भने, “मलाई पनि निदान यति सजिलरी निस्कन्छ भत्रे थाहा थिएन । अपराधको भारीले म रातभर निदाउन सकेको थिइन । भगवानको घरमा मलाई पर्खेर बसेकी तेरी ठुलीआमालाई मैले दिने जवाफ मैले भेट्टाउन सकेको थिइन । अब सबै टुङ्गो लाग्यो रजनी, तैंले भने जसरी नै टुङ्गो लाग्यो … ।” 

नन्दिता मुर्ति जस्तै भई । तर रजनीलाई लाग्यो – फेरि नन्दिता अर्को लगनमा बसेकी छ ।



अन्त 

खरमा आगो लागे जस्तो भयो । नन्दिताले कतै भनेकी थिइन । भत्रे जाँगर पनि थिएन । तर खबर, सुकेको खरमा आगो लागे जसरी फैलियो । चैतको हुरीले आगो बोके जस्तो भएछ । 

“म्याडमले बोलाउनु भा’छ,” पियुनले खबर दिंदा नन्दिताले अनौठो मानेकी थिइ । म्याडम शब्दले क्याम्पस प्रमुखलाई बुझाउथ्यो र अहिले त्यहाँबाट बोलाइनुको कुनै अर्थ नन्दिताले बुझ्ने ठाउँ भेटिन । तर पनि जानै पथ्र्यो । नन्दिता प्रमुखको शान्त कोठा भित्र पसी । 

कोठा मौन थियो र कोठा जत्तिकै मौन थिइन् नन्दिताकी ठुलीदिदी जस्ती म्याडम ! 

“नन्दिता ?” पाकी महिलाले अनौठो मानेको स्वरमा सोधिन्, “मैले सुन्या साँच्चै हो ?” 

“कुन कुरो ?” नन्दिताले सामान्य ढङ्गले सोधी । 

“तिमीले छोडपत्र लिएको हो ?”

 “हो । ” नन्दिता मैदान जस्तै सपाट थिई । 

“किन ?” 

“मिल्न नसकेपछि छुट्टिनै पर्यो ।” 

“रामचन्द्रले दोश्रो बिहे गर्‍यो रे हो ?” 

“सुनें मैले पनि ।” 

“त्यत्तिमै तिमी अलग्गिएकी ?” 

“त्यसको विकल्पै के थियो र ?” 

“नेपालमा त यो अझै सामान्य मात्रिछ ।” 

“नपर्नेलाई हो कि !” 

“तर के जीवन, पहाड जस्तो हुंदैन ?” 

“हिजै पो त्यो कहाँ सजिलो ओछ्यान थियो र ?” 

… … … 

… … … । 

क्याम्पस प्रमुखको प्रश्न आरम्भ मात्र थियो । आमरुपमा उसका महिला साथीहरूले उसलाई पछ्याइरहे । अन्तहीन प्रश्न र उत्तरहरूको श्रृङखलाले नन्दितालाई झसङ्ग झसङ्ग झस्काइ रह्यो । आफ्नो निर्णयलाई उसले सहज ठानेकी थिइ, तर तीन हप्ता बित्दा नबित्दै नन्दितालाई लाग्यो – त्यो धेरै गहु्रङ्गो रहेछ । के उबाट गल्ती भयो ? नन्दिताले हजारौं पटक आफैसँग सोधी । अहं, उसले कहीं गल्ती गरेकी थिइन । उसको सामाजिक उत्तरदायित्व उबाट पन्छिएको थिएन । उसका बन्धनहरू अहिले पनि उबाट चुंडिएका थिएनन् । जिम्मेवारीका भारीहरू अहिले पनि उसको काँधमा नै थिए । उसको नियमिततामा कुनै ठक्कर लागेको थिएन । उ पहिले जहाँ थिइ, अहिले पनि उसका खुट्टाहरू त्यहीं टेकिएका थिए । साथीहरूले रामचन्द्रलाई उसको जीवनको टेको सम्झे पनि रामचन्द्र उसको लागि एउटा तितो स्वादको आँधी मात्र भएको थियो । उसको जीवन जहाँको तहीं थियो – बगेर त रामचन्द्र मात्रै गएको थियो । बगेर गैसकेकोलाई सम्झिएर जीवन थकाइ मात्र सक्छ ? नन्दिताले प्रत्येक पटक आफैंसँग सोधी । त्यसको एउटा मात्रै उत्तर थियो – अहं, सक्दैन । 

“छोडपत्र नै गर्दिनु भयो मामु ?” लामो यात्रापछि घरमा छिरेकी छोरीको पहिलो प्रश्न सुन्दा नन्दिता अलिक दिक्दार भई । 

“तँ पनि यसै भन्छेस ?” नन्दिताको स्वरमा झर्को पसेको थियो । 

“मामु, मेरी प्यारी मामु,” डाक्टर भएकी छोरीले आमालाई गम्लङ्ग अँगालोमा बाँधेर भनी, “तपाईंले यसै गर्दिनु भए हुन्थ्यो भनेर मैले मनमनै कल्पेकी थिएँ, तर मुखले बोल्न मानेन । तपाईंको हातमा परेको चिठी भन्दा अगाडि मैले लेखेका तर तपाईंलाई पठाउन नसकेका दर्जनौं चिठीहरूमा मैले कहिले छोडपत्रको अनुरोध गरेकी थिएँ भने कतै मैले तुरुन्तै छोडपत्रको कागज लिन आदेश दिएकी थिएँ । तर सधैंभरि समाप्त भएको चिठीले मलाई तर्साइदिन्थ्यो । लोग्नेलाई छोड् भत्रे छोरीलाई आमाले के भत्रे हो भत्रे त्रासले च्याप्थ्यो । मेरी मामु, मैले तपाईंलाई उतिबेलै चित्र सकेकी भए ! अहा, कति रमाइलो ? तपाईंले श्रीमान रामचन्द्रजीलाई छोडेर आफ्नी छोरीको छाती गर्विलो बनाइदिनु भयो । खै फुपु ?” 

छोरी खितितिति हाँसी । 

“किन चाहियो फुपु ?” नन्दिताले छक्क परेर सोधी । 

“हजुरबाले मलाई नै छोरो बनाइदिनु भयो रे होइन ? यसका लागि फुपुलाई धन्यवाद दिनुछ,” उसले पहिले जसरी नै हाँस्दै भनी । 

नन्दितालाई लाग्यो – जीवनको गाडी फेरि फराकिलो सडकमा गुड्न थालेको छ । मान्छेका प्रश्नहरूको उत्तर अब सजिलो भएको छ किनभने छोरीको रुपमा नयाँ युगले घरभित्र प्रवेश गरेको छ । 


~समाप्त~


About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नेपाली उपन्यास and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *