नाटक : महापात्र

~कृष्ण शाह “यात्री”~

रङ्गमञ्चको मध्यभागमा एउटा विशाल क्यानभास देखिन्छ । क्यानभासमा पुस्तकको अर्धअमूर्त चित्र देखिन्छ । मञ्चको दायाँखण्डको अघिल्तिर कुर्सी , टेबल, कपी, किताब, कलम, टेबल ल्याम्प, डस्टविन, पानी भरिएको जग अदि सामग्रीहरू राखिएका छन् । अर्को कुनामा पुरानो दराज, सोफासेट, कम्प्युटरका साथै भित्तामा क्यालेन्डर, केही सम्मानपत्रहरू झुन्ड्याइएका छन् । 
मञ्चमा यतिञ्जेल मधुरो प्रकाश छरिएको हुन्छ । कुर्सीमा एकजना लेखक निरन्तर केही लेखिरहेका हुन्छ । नेपथ्यमा एकोहोरो बाँसुरीको धून ? रोदन) सुनिन्छ ।
मञ्चका विभिन्न भागमा लेखकका सिर्जनाका प्रतिकका रूपमा विभिन्न पात्रहरू ( मानव आकृतिहरू) अस्तव्यस्त रूपमा कालो, सेतो, रातो, पहेंलो कपडाले छोपिएका अवस्थामा छन् ।
प्रकाश लेखकमा केन्द्रित हुन्छ । लेखक चश्मा फुकाल्छ र त्यसलाई पुछेर फेरी लगाउँदै लेख्न थाल्छ । उसलाई आफूले लेखेको कुरा चित्त बुझ्दैन र लेखेजति मुठि्ठमा कच्याककुचुक पारेर ‘डस्टविन’मा फाल्छ ।
लेखक उठ्छ चश्मा फुकालेर एकपटक क्यानभासलाई हेर्छ र चश्मा लगाउँदै क्यानभासलाई नजिक गई नियाल्छ । लेखकको अनुहारमा अन्योलताको भाव स्पष्ट देखिन्छ । यसपछि ऊ क्यानभासबाट टाढिदै वरिपरि छरिएका आफ्ना सिर्जनाका पात्रहरूलाई, पुस्तकहरूलाई र आफूलाई समेत हेर्छ । हतास मनस्थितीमा लेखक मञ्चको अग्रभागमा आउँछ । हतारिदै कुर्सीमा बसेर केही लेख्न थाल्छ र लेखिसकेपछि त्यो पढ्छ । चित्त नबुझेर च्यात्छ ।

लेखक : आज मैले किन मेरो उपन्यासको अन्तिम पृष्ठ टुङ्ग्याउन सकिरहेको छैन ? के भयो मलाई ? यस्तो विचलन त यसअघि मभित्र कहिल्यै पनि देखिएको थिएन । किन पात्रहरूलाई मैले चाहे जसरी अन्त्य गर्न सकिरहेको छैन ? यस बारेमा मैले गम्भीरतापूर्वक सोच्नै पर्छ र जसरी भए पनि यसलाई आजै निकास दिनै पर्छ ।

लेखक जगको पानी पिउँछ । केही राहतको अनुभूति गर्छ अनि शान्त भई ध्यानमग्न मुद्रामा सोच्न थाल्छ । सोच्दासोच्दै लेखक कुर्सीमा नै निदाउँछ ।
नेपथ्यमा एकोहोरो आलाप सुनिन्छ ।
आलापसँगै मञ्चको दाँया- वाँया खण्डमा रहेका पात्रहरू मध्ये कालो र रातो रङका कपडाले छोपिएका पात्रहरू चलमलाउन थाल्छन् । उनीहरू छोपिएका कपडा निकाल्छन् र दुवै हातमा कपडा फैलाउँदै तन्द्रामा रहेका लेखकलाई त्यही कपडाले छोप्नका लागि विभिन्न हाउभाऊ गर्दै अगाडि बढ्न थाल्छन् । लेखक आफ्नै सुरमा उँघिरहेका हुन्छन् ।
पात्रहरूले लेखकलाई कपडाले पालैपालो छोप्न खोज्दै आफूतिर तान्न खोज्छन् । लेखक तानिदैन । उनीहरूले पुनः कोशिश गर्छन् तर सफल हुँ दैनन् । लेखकलाई अप्ठ्यारो महसुस भएपछि तन्द्राबाट व्युझिन्छ । यसपछि भने पात्रहरू दु्रत गतिमा पछाडि हट्छन् र क्यानभासको पछाडि गई अदृश्य हुन्छन् ।

लेखक : (जुरूक्क उठेर चारैतिर खोज्दै) खै ! कहाँ गयो त्यो ? त्यो पात्र यतै कतै हेर्नुपर्छ । ( खोज्दै) कता गयो त्यो ? ( पात्रलाई सुनाउँदै) ए ! पात्र सुन्दैछस् तँ मेरो कुरा ? तँ मेरो नयाँ सिर्जनाको प्रमुख पात्र होस् । तँ यसरी एक्कासी मेरो मानसपटलबाट निस्किएर मलाई नै सताउन पाउँदैनस् । मेरो साधनाको क्रममा यसरी अनावश्यक रूपमा बारम्बार तैंले हस्तक्षेप गर्न पाउँदैनस् । (अर्को दिशामा जाँदै अझै ठूलो स्वरले पात्रलाई सुनाउँदै) ए पात्र सुन् ! लेखकसँग पात्रले कदापी जोरी खोज्न मिल्दैन । मेरो काममा हस्तक्षेप गर्ने वा बाधा पुर्याउने दुस्प्रयास नगर । नत्र म मेरो कृतिमा तेरो कठोर मृत्यु गराउनेछु । सुन्दैछस् मेरो कुरा !
लेखक विक्षिप्त झै देखिन्छन् । उनको कुरा सुनेर लेखक पत्नी भावना हतारिदै कोठामा प्रवेश गर्छिन् ।

भावना : (लोग्नेलाई देखेर) हैन ! के भयो ? किन यसरी ठूलो ? ठूलो स्वरले चिच्याएको ? (चारैतिर हेर्दै ) कोसँग फेरि झगडा पर्यो ? (चारैतिर हेर्दै ) खै ? म त यहाँ अर्को कोही मान्छे पनि देख्दिन । कोसँग कुरा गरेको ? कि विपनामा पनि एक्लै बर्बराउन थाल्नु भयो ?

लेखक 🙁 रिसाउँदै) नकरा तँ । तँ अहिले मेरो कुरा बुझ्दैनस् भावना ! (दृढताका साथ) म एउटा अत्यन्तै महत्वपूर्ण कृतिको सिर्जनाको अन्तिम चरणमा छु । यो बेला मेरो कुरा जोसँग पनि हुन सक्छ । यो मेरो जीवनको सबैभन्दा महत्वपूर्ण कृति हो । अहिले म यो जन्माउँदाको प्रश्रव वेदनामा छु । तँ यो कुरा बुझ्दैनस् । तँ यहाबाट गइहाल ।

भावना : यो के नै नौलो कुरा भयो र ? तपाई राम्रो सिर्जना गर्नुहुन्छ भन्ने कुरा म मान्दछु । तपाईमा अक्षर बुन्ने अद्भुत चमत्कार छ भन्ने कुरा पनि म जान्दछु । तर यसरी एक्लै कोठामा बसेर बर्बराउनु चाहि ठिक होईन । यो चाहि राम्रो लक्षण होइन है, भनिदिएकी छु ।

लेखक : (आवेगमा) तँ के भन्न चाहन्छस् ? … भावना ! म बहुलाउन लागें ? म पागल हुन लागें ? ( दृढताका साथ) यो तेरो संकिर्ण मानसिकताको उपज हो । बुझिस् ? साधनाको उत्कर्षमा पुगेका लेखकलाई अबुझहरू यस्तो पीडा दिन्छन् भन्ने थाहा छ मलाई । त्यसैले म तँसँग अहिले विवाद गरेर र्व्यर्थमा समय खेर फाल्न चाहन्न । तँ खुरुक्क बाहिर जा त ।

भावना : ( रिसाउँदै) तपाइले भन्न खोजेको के ? के तपाइलाई अलिकति पनि लाज? सरम लाग्दैन ? आफ्ना साधना भनेर तपाइ व्यवहारिक जीवनबाट उम्कन खोज्नुहुन्छ ? के लेखकको जिम्मेवारी पात्रहरू जन्माउनु मात्र हो । उसले आफूले जन्माएका पात्रहरूको भविष्यको ख्याल गर्नु पर्दैन ।

लेखक : (शान्त हुँ दै) ओहो ! तैंले त निकै गहन कुरा पो गरिस् । के तँ लाइ मेरो नयाँ उपन्यासका पात्रहरूबारे यत्तिका धेरै चासो छ ?

भावना : मैले तपाइको उपन्यासका पात्रहरूको बारेमा कुरा गरेकी हैन । मैले तपाइको घरभित्रका अन्य पात्रहरूको कुरा गरेकी । छोराछोरी कलेज पढ्ने भइसके । तपाइलाई उनीहरूको भविष्यको पटक्कै ख्याल छैन । छोरी सिर्जना अब ‘प्लस टु’ सकेर मेडिसिन पढ्न बैङ्गलोर जाने कुरा गर्दैथिई । के उसको पढाइका लागि चाहिने खर्चको रत्तीभर पनि पीर? चिन्ता छैन तपाइलाई ?

लेखक : (निहुँ खोज्दै) ल भयो । म यो कुरामा अहिले बहस गर्न चाहन्न । अहिले म मेरो उपन्यासको अन्तिम पृष्ठ टुङ्ग्याउने क्रममा छु । मैले यो आज जसरी भए पनि सिध्याउनै पर्छ । (सम्झाउँदै) एउटा सिर्जना जन्माउन कत्तिको कठिन हुन्छ भन्ने कुरा तँलाई पनि राम्रोसँग थाहा छ भावना ! त्यसैले सुन् यो बेला मलाई एकान्तको खा“चो छ । मलाई यसरी बारम्बार ‘डिर्स्र्टब’ गर्न आएको मन पर्दैन । अहिले तँ जा !

भावना : तपाइलाई सधैं आफ्नो इच्छाको मात्र मतलब छ हैन ? के यो घरमा तपाइ बाहेक अरू पनि बस्छन् भन्ने कुराको पटक्कै ख्याल छैन ? हे इश्वर ! मैले यो जुनीमा यो घरमा बसेर कहिल्यै सुखको सास फर्ेन नपाउने भएँ । मेरो कर्मै उस्तो ….

लेखक : ( कुरा काट्दै) भयो, भयो जा, धेरै भाषण नछाँट । अहिले म तँ सँग कुनै पनि तर्क? वितर्क गर्ने मुडमा छैन ।

भावना : यस्तासँग के कुरा गर्नु ? मान्छे भए पो …? आदिम युगको लेखकसँग तर्क गर्नु नै बेकार छ ।

भावना रिसाउँदै बाहिरिन्छ ।

लेखक शंकालु नजरले पत्नी गएतिर हेर्छ र हतार हतार ढोका लगाउँछ ।

लेखक : (लामो सास फेर्दै ) बल्ल गई ! … यसले पनि अचेल अनावश्यक रूपमा मेरो कार्यमा हस्तक्षेप गर्न थालेकी छे । यीनीहरूले मेरो महत्व अझै बुझ्न सकेका छैनन् । ….अहँ ! यस्ता झिना मसिना कुरामा म अलमलिनु हुदैन । अहिले मैले मेरो अधुरो सिर्जना पुरा गर्नु पर्छ ।

नेपथ्यमा आलाप सुनिन्छ ।
लेखक हतार हतार केहि लेखेजस्तो गर्छ । लेखेको कुरा पढेजस्तो गर्छ । चित्त नबुझेर फेरि च्यात्छ ।
मञ्चको मध्य भागमा रहेको क्यानभासलार्य नियालेर हेर्छ र पुनः कुर्सीमा बस्छ ।

लेखक : आज किन यस्तो भइरहेको छ ? मैले किन सोचेजस्तो लेख्न सकिरहेको छैन ? मेरो सिर्जनाको अन्तिम पृष्ठलाई किन मैले पुरा गर्न सकिरहेको छैन ? अहँ मैले शान्त दिमागले सोच्नु पर्छ ।

लेखक ध्यानमग्न हुन्छ । नेपथ्यमा आलाप सुनिन्छ ।
मञ्चको पछाडिबाट पात्र-१ देखा पर्छ । उसले लेखकलाई नियालेर हेर्छ ।
लेखक आफ्नै तालमा ध्यानमग्न हुन्छ । लेखकलाई देखेर युवक जोडले हाँ स्न थाल्छ । हाँ सो सुनेर लेखक झस्कन्छ ।

लेखक : को ? को हो यसरी हाँस्ने ?
पात्र १ : म हुँ म ।
लेखक : को म भन्ने ?
पात्र १ : तैंले त मलाई राम्रोसँग चिन्नु पर्ने हो ? मलाई तैंले चिनिनस् ?
लेखक : वाहियात कुरा नगर । खुरूक्क भन् तँ यो बन्द कोठामा कसरी आइस् ? (नजिक जाँदै) तँ लाई मैले यसअघि कतै देखेको हुनु पर्छ ! तर कहाँ हो ? अहँ ठम्याउन सकिन ।
पात्र १ : त्यसो भए तैंले आफ्नो सिर्जनाको प्रमुख पात्रलाई पनि चिन्न सकिनस् ?
लेखक : (शंका) प्रमुख पात्र ? (नियालेर हेर्दै ) कतैं तँ … ?
पात्र १ : मलाइ राम्रोसँग हेर । … म तेरो उपन्यासको मुख्य पात्र नै हुँ ।
लेखक : ओहो ? तेरो अनुहार त मेरो उपन्यासको मुल पात्रसँग काटिकुटि मिल्छ नि । कतै तँ ‘जसमान नेपाली’ त होइनस् ?
पात्र १ : तँ लाई अझै पनि आफ्नो सिर्जनामा विश्वास छैन भने के लेख्छन् ? लेख्न छाडिदे ।
लेखक : ( रिसाउँदै) धेरै जान्ने नहो जसे ! तैले लेख् भन्दा लेख्ने र नलेख् भन्दा लेख्न छाडने बतासे लेखक हैन म । म आफ्नो लागि लेख्छु । मलाई जे मन लाग्छ त्यही लेख्छु । म लेखक हुँ । तँ जस्तो पात्र होइन । मेरो भुमिका के हो भन्ने कुरा तैंले मलाई सम्झाइरहन पर्दैन ।
पात्र १ : गलत ! अब लेखकले आफू खुशी लेख्ने दिनहरू गए । स्रष्टाले आफू खुशी चरित्रहरूलाई प्रयोग गर्ने दिन सकिए ।
लेखक : हावादारी कुरा नगर । मैले साहित्य सिर्जना गर्न थालेको पाँच दशक नाघिसक्यो । यस अन्तरालमा आजसम्म मेरा सिर्जनाका कुनै पात्रहरूले पनि मसँग गुनासो गर्न आएका छैनन् । मैले जन्माएका कतिपय पात्रहरू पाठकहरूको मष्तिष्कमा अमर भएर बा“चेका छन् । मैले लेखेका पात्रहरू रङ्गमञ्च र का“चका पर्दाहरूमा जीवन्त भएका छन् ।
पात्र १ : होला । तैले तेरो सामन्ती सोचका उपजस्वरूप जन्माएका घरानिया पात्रहरू, रक्सीको नशामा उब्जाएका विकृत पात्रहरू तेरो कृतिका निम्ति चुपचाप दास बने होलान् । त्यही चरित्रहरूलाई भर्याङ बनाएर तैंले बर्षौंसम्म हजारौं नजरलाई धोका दिन पनि सफल भइस् होला । तर तेरो मनोमानीका दिनहरू सकिए अब । मलाई तैंले आफूखुशी प्रयोग गर्न पाउँदैन् ।
लेखक : मैले जन्माएको चरित्र भएर मेरै अगाडि तँ नाथेले यस्तो ठूला कुरा गरेको सुहाउँदैन जसमान नेपाली !
पात्र १ : धेरै ठूलो कुरा गर्न तैंले पनि सुहाउँदैन । तँलाई मेरो चरित्रको बारेमा अरू के थाहा छ भन् त ?
लेखक : तँ द्वन्द्वको चपेटामा मारिएको एउटा नेपाली होस् । योभन्दा धेरै जान्न आवश्यक छैन मलाई ।
पात्र १ : तँ यतिका दाबीसाथ मेरो जीवनको बारेमा सबै कुरा तेरो कृतिमा कसरी अभिव्यक्त गर्न सक्छस् ? मेरो अन्त्य आफूखुशी गर्ने तेरो हैसियत के छ ?
लेखक : मैले धेरै अध्ययन गरेको छु । मेरा लेखनका पूर्वअनुभवले पनि तेरो बारेमा म अलिकत्ति पनि नहिच्छिचाइकन जस्तोसुकै निर्णय पनि सक्छु ।
पात्र १ : यसमा मेरो घोर आपत्ती छ । तैंले केवल कल्पनाको आधारमा तेरो कृतिमा मेरो आफूखुशी अन्त्य गर्न पाउँदैनस् । तँलाई थाहा छ ? मैले यो देशका निम्ति किन रगत बगाएँ ? के तैले मेरा अधुरा सपनाहरूलाई तेरो उपन्यासमा सम्बोधन गरेको छस् ?
लेखक : ती कुराहरू मेरो उपन्यासमा आवश्यक थिएन । मैले त तेरो र सुन्तली बीचको प्रेमको कथानक पक्षलाई मात्र समेट्न खोजेको छु । तिमीहरू दुईको प्रेम र विछोडका कुराहरूलाई मैले स्वैरकल्पनात्मक रूपमा प्रस्तुत गरेको छु ।
पात्र १ : ( रिसाउँदै) मैले मेरो जीवन उर्त्र्सग गरेको घटनामा मेरो प्रेमसम्बन्धले ठूलो अर्थ राख्दछ कि मेरा सपनाहरूले ? यो कुरा पनि छुट्याउन नसक्नेले यो सिर्जनाको आफूखुशी अन्त्य गर्न पाउँदैन । यदि यस्तै चाला हो भने तिमी आफ्नै पात्रहरूबाट बहिस्कारमा पर्नेछौ ।

नेपथ्यमा कसैले ढोका ‘ढकढक’ गरेको आवाज सुनिन्छ ।
लेखक र्सतर्क हुन्छ ।

लेखक : ए ! को हँ ?
सिर्जना : ( बाहिरबाटै) म सिर्जना हुँ बाबा !
लेखक : (भित्रबाटै) सिर्जना ! किन के काम पर्यो छोरी ?
सिर्जना : (बाहिरबाटै) एकछिन् ढोका खोल्नुस् न भन्या !
लेखक : (भित्रबाटै) छोरी सिर्जना ! म अहिले नयाँ सिर्जनाको साधनामा छु । कुनै जरूरी काम छ कि ? त्यसै मलाई बाधा पुर्याउन आएकी ?
सिर्जना : बाबा ! तपाइलाई कफी बनाएर ल्याएकी छु । खान मन छैन भने फर्काएर लैजाऊ ?
लेखक : (एत्साहित हुँ दै) ए पर्ख ! पर्ख !

लेखकले हतार हतार ढोका खोल्छ ।
कोठामा सिर्जनाको प्रवेश हुन्छ ।
सिर्जना : (कफी दिदै) लिनोस् !
लेखक : थ्याङ्क यू छोरी ! अनि तिमी आज स्कूल गइनौं ?
सिर्जना : जान्छु बाबा ! तर हिजो हजुरले मलाई दिन चार वटा नयाँ सायरी लेखिदिने कुरा गर्नुभएको थियो नि ! त्यो मैले भोली स्कूलको कार्यक्रममा सुनाउनु पर्छ । खै ल्याउनुहोस् त ।
लेखक : कहाँ अब गहन सिर्जनामा लागेको साधकलाई शायरीमा अल्मलाउन खोजेकी ?
सिर्जना : नाई हुन्न के ! हिजो चाहि दिन्छु भन्ने । आज चाहि कुरा फोर्ने ? म त शायरी नलिइ एक जान्न, दुई जान्न, तीन जान्न !

सिर्जना रिसाउँदै नजिकैको कुर्सीमा बस्छिन् ।
लेखक अप्ठेरोमा पर्दे समाधान सोच्न खथाल्छन ।
लेखक : छोरी सिर्जना ! यति सानो कुरामा पनि रिसाउने हो त ? तिमी त संसारकी सबैभन्दा ज्ञानी छोरी । … पहिला मेरो कुरा त राम्ररी सुन ! म अहिले एउटा महान सिर्जनामा लागेको छु । तिम्रो शायरी भरेसम्ममा दिउँला हुन्न ?
सिर्जना : (अनुहारमा थोरै हाँ सो) साँच्ची हो ? प्रोमिस !
लेखक : प्रोमिस !
सिर्जना : बाबा ! एउटा कुरा भनौं ? हजुर यसरी रातदिन एक्लै कोठामा बसेर कसरी लेख्नसक्नु हुन्छ ? के सबै लेखकहरू यस्तै हुन्छन् बाबा ? एकान्तमा मात्रै सिर्जना गर्न सकिन्छ, हो ?
लेखक : छोरी ! तिमी आज यो कुरा किन सोध्दैछौ ?
सिर्जना : बाबा ! हजुरले लेख्नु भएको ‘क्रमशः द्वन्द्व’ भन्ने उपन्यास मेरा कलेजका सबै साथीहरूले पढेका छन् । उनीहरू सबै मलाई “तेरो ड्याडीले पक्कै पनि त्यो उपन्यासको घटना आफ्नै आँखाले देखेको हेर्नुपर्छ ” भन्छन् । (हाँस्दै) म पनि ढाँट्दै हो भनीदिन्छु । कस्तो गजब है बाबा ? हजुरले कोठाभित्र बसेर पनि त्यस्तो भयानक ठाउँमा पुगेको कल्पनामा मानिसहरू विश्वास गर्छन् । वास्तवमा पाठकहरू चाहि मूर्ख नै हुन् । हैन बाबा ?
लेखक : पाठकलाई जति अलमलमा पार्न सक्यो त्यति नै महान लेखक होइन्छ अचेल । जे होस्, तिमी पनि मेरो लागि एउटा संभावनायुक्त पात्रको रूपमा देखा पर्दैछौ ।
सिर्जना : म ? पात्र ? कस्तो कुरा गर्या ?
लेखक : ( नजिकै रहेको पात्रलाई देखाउँदै) ऊ त्यस्तै ? बुझ्यौ ?
सिर्जना : (सिर्जनाले पात्रलाई देख्न सक्दिनन्) अहँ । मैले त बुझिन । त्यहाँ त पुस्तकको ठेली र र्याक बाहेक केही छैन ।
लेखक : के तिमीले त्यहाँ उभिरहेको मेरो वर्तमान सिर्जनाको मुख्य चरित्रलाई देखिनौं ?
सिर्जना : हैन कस्तो कुरा गर्या ! त्यहाँ त कोही पनि छैन नि । कि कतै मलाई डर देखाएर यो कोठाबाट चा“डै धपाउन खोज्नु भएको त हैन ?
लेखक : हैन, हैन । तिमीले अझै मेरो कुरा बुझिनौं छोरी ! तिमी मेरो भावी सिर्जनाको अर्को एक प्रमुख चरित्र हुन सक्छ्यौ । तिमी भित्र पनि एउटा उत्तरआधुनिक कथा लुकेको छ । धेरैदिनदेखि त्यसलाई विचार गर्दैछु । तिमीसँग बसेर म यसबारेमा छुट्टै कुरा गर्नेछु ।
पात्र १ : अहँ । हुदैन । तैंले एउटा कथाको न्यायसंगत अन्त्य नगरीकन, अर्को कथा आरम्भ गर्न पाउँदैनस् ।
लेखक : तँ बढी बोल्छस् ?
सिर्जना : हैन के भो ड्याडिलाई !
लेखक : ए ! मैले तिमीलाई भनेको होइन । अहिले जाऊ तिमी । म एक्लै केही बेर बस्न चाहन्छु ।
सिर्जना : (अलमलिदै) खै यो बाबालाई पनि बेला बेलामा के हुन्छ ?
लेखक : ल, ल अहिले जाऊ तिमी !
सिर्जना : ( जाँदा जाँदै) तर मेरो शायरी चाहि नबिर्सनु होला नि ।
लेखक : ल, ल हुन्छ ।

सिर्जना बाहिरिएपछि लेखकले हतारहतार ढोका लगाउँछ ।
यत्तिकैमा पात्र १ सँगै पात्र २ र ३ समेत देखा पर्छ ।
लेखक उनीहरूलाई देखेर अन्योलमा पर्छ ।
पात्र १ : पुरा भयो तेरो कुरा ?
लेखक : तँ अझै पनि यही छस् ?
पात्र १ : के ठानिस् तैंले ? के म तँ लाई यत्तिक्कै छाड्नेछु ? यो तेरो भ्रम हो । आज म एक्लो छैन ? मसँग अरू धेरै पात्रहरू गोलबद्ध भएका छन् मेरो अभियानमा ।
लेखक : के भन्न चाहन्छस् तँ ?
पात्र २ : बन्द गर पात्रहरूको मृत्यु? उत्सव मनाउन !
पात्र ३ : बन्द गर पात्रहरूको अधिकार हनन गर्न ।
पात्र २ : यदि यस्तै चाला हो भने पात्रहरूको उत्तेजक भीडमा एउटा निरंकुश लेखक मारिएको समाचार भोलीको अखबारको हेडलाइन बन्न सक्छ ।
पात्र ३ : यदि यस्तै चाला हो भने पात्रहरूको अनियन्त्रित भीडले तँलाई बन्दि बनाएर कठोर मानसिक यातना पनि दिन सक्छ ।
लेखक : को ? को हौ तिमीहरू ? मैले तिमीहरूको के बिगार गरिदिएको छु र ?
पात्र २ : तँ निर्मम हत्यारा होस् । पात्रहरूको मृत्युमा रमाउन खोज्ने तँ कसरी दोषमुक्त हुन सक्छस् ?
लेखक : वाहियात कुरा नगर । मैले तेरो के बिगार गरिदिएको छु र ?
पात्र २ : मलाई गहिरिएर हेर त । मेरो अनुहार ध्यान दिएर पढ् त । म तेरो अघिल्लो उपन्यासको त्यही नायक हुँ । जसलाई तैंले सुरा र सुन्दरीमा लम्पट एउटा विलासी पुरुषको परिचय दिएको थिइस् । तैंले जानाजानी आफ्नो कृतिलाई रोमाञ्चक बनाउनका निम्ति मलाई खलनायक बनाइस् । तर के मभित्र नराम्रो पक्ष मात्र थियो ? तँ परम्परावादीसोचले ग्रत लेखक होस् । तेरो मगजमा जहिले पनि पुरानै र्ढरा र मपाइत्व हावी हुने गरेको छ । मलाई किन अन्यायमा पारिस् ? यसको उत्तर तैंले दिनै पर्छ ।
लेखक : यसमा मेरो के गल्ती छ र ? त्यो उपन्यासमा तेरो भूमिकाको चरित्र नै त्यस्तो खालको थियो । कथाको परिवेश र घटनाक्रमले नै तँ लाई त्यस्तो बनाउन बाध्य पारेपछि मैले त्यसरी कलम नदौर्डाई सुखै थिएन ।
पात्र २ : तर के तैंले मेरो जीवनको भोग, बिलासको घटनालाई मात्र किन समेटिस् ? के तैंले मेरो राम्रो कुराको थोरैमात्र पनि बखान गर्दा तेरो कलमको अपमान हुन्थ्यो ? तैंले यसको जवाफ आज दिनै पर्छ ।
लेखक : ल भयो । यस्तै कुरा गर्छस् भने् म तिमीहरूको प्रश्नको कुनै जवाफ दिन्न ।
पात्र १ : मलाई थाहा थियो, जबसम्म तैंले आफ्रले ती कुराहरू भोग्दैनस् तबसम्म तेरो मगजमा पात्रस्वर कहिल्यै पस्दैन ।
पात्र ३ : मृत्युलाई सहज रूपमा लिइस् तैंले । यो ठिक गरिनस् तैंले ।

त्यसैबेला नेपथ्यमा लेखककी पत्नी भावनाको ढोका खोल्नुस् न छिटो ! ढोका खोल्नुस् नँभन्ने अत्तालिएको स्वर सुनिन्छ ।
लेखक आवाज सुनेर झस्कन्छ ।
नेपथ्यमा भावनाको ढोका खोल्नुस् न छिटो ! ढोका खोल्नुस् नँभन्ने स्वर फेरि सुनिन्छ ।

लेखक : को हँ ? बाहिर को ?
भावना : म सिर्जनाकी ममी ! छिटो ढोका खोल्नुस् नभन्या ।

लेखकले अत्तालिदै ढोका खोल्छ ।
कोठामा भावनाको प्रवेश हुन्छ ।
लेखक : किन ? के भो ? किन यसरी अत्तालिएकी ?
भावना : लौ न । भर्खरै छोरी सिर्जनाको स्कूलबाट फोन आएको थियो । सिर्जनाको स्कूल बस बाटोमा गाडिसँग ठक्कर लागेर पल्टिएछ ।
लेखक : अनि सिर्जना …?
भावना : सिर्जना पनि त्यसै बसमा थिईन् रे ? ठूलै दुर्घटना भएको हो रे । सिर्जनाको अवस्था निकै चिन्ताजनक छ । छिट्टै हस्पीटल आउनु पर्यो भनेर फोन आएको थियो । लौन अब के गर्ने ?
लेखक : (आफ्नै सुरमा) सिर्जनाको दुर्घटना मा ….? तर यो कसरी हुन सक्छ ? उनले त मसँग बाचा गरेकी थिईन् । भोली मैले उनलाई केही दिनु छ । ….यो सब कसरी हुन सक्छ ?
भावना : (अत्तालिदै) लौ न तपाई पनि तयार हुनुस् । गइहाल्नु पर्छ । म हस्पीटलमा फोन गर्दैगर्छु छिटो तयार हुनोस् है ? लौन के भयो यो ? …

भावना अत्तालिदै प्रस्थान ।
लेखक भुईमा थचक्क बस्छ ।
लेखक : अहँ । यो हुन सक्दैन । मेरी छोरी सिर्जना यसरी मलाई छाडेर जान सक्दिन ।
पात्र २ : घोर आश्चार्य ! तँ त र्सजक ! के तँलाई आफ्नो पात्रको मृत्युले पनि छुन्छ र ?
पात्र १ : (उपहास गर्दै) लेखक ! यसमा त तलाई पटक्कै दुःख नलाग्नु पर्ने हो ?
पात्र ३ : तँ लाई आफ्नो मान्छेको मृत्यु हुँ दा पछुतो लाग्छ भने आफ्नो पात्रको मृत्युमा किन पछुतो लाग्दैन ?
पात्र १ : यही प्रश्नको उत्तर नै तेरो उपन्यासको अन्तिम पृष्टको निचोड हुनु पर्छ बुझिस् ?

पात्रहरू केही कदम पछाडि र्सछन् र क्यानभास पछाडि गएर हराउँछन् ।
लेखक आफ्नो उपन्यासको नजिक पुग्छ ।
एक्कासी उपन्यासको पानाहरू धुजाधुजा पार्छ र भक्कानो छोडेर रुन थाल्छ ।
आलाप बजी नै रहेको हुन्छ । पर्दा खस्छ ।

from: nepalikalasahitya.com

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नाटक and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *