नाटक : अप्रत्याशित

~हरीराज खेवा तिगेला~

पात्रहरू

-१) रजनी – शरदको श्रीमती

-२) शरद – रजनीको श्रीमान्

-३) अवशेष – युवक

-४) राजेश – शरदको साथी

-५) इन्स्पेक्टर –

-६) प्रहरी – १ –

-७) प्रहरी – २ –

(एउटा को�� ा जहा“ सामान्य सजावट छ । रातको १२ः०० बजेको घण्टी बज्छ । बाहिर हुरी बतास, आकाशमा मेघ गर्जनुको साथै टाढा कुकुर र लाटोकोसेरो कराएको आवाजले रातलाई अझ भयावह तुल्याएको छ । को�� ाको एक कुनामा रहेको खाटमा सुतिरहेको रजनी चिच्च्याउ“दै ब्यू“झन्छे )

 

रजनी – -जुरुक्क उ�� ्दै) नाई.. नाई… -आ“खा मिच्दै वास्तविकतामा आउन खोज्दै) म… म त आफ्नै को�� ामा पो रहेछु । आज मैले ज्यादै नराम्रो सपना खेदे । हे भगवान् हाम्रो रक्षा गर -बाहिरको वातावरणतर्फ आकृष्ट हु“दै) फेरि यो हुरीबतास अप्रत्याशित रूपमा आज कित बह“दैछ । के थाहा मानिसको जीनमा कहिले पनि अप्रत्याशित तरिकाले घटना घट्न सक्छ । आखिर मानिस घटनाबाट नै जन्मन्छ, हर्ुकन्छ… अनि अन्त्य पनि एउटा घटनाबाट नै हुन्छ । -प्रसङ्ग बदल्दै) ओहो…. उहा“ पनि अहिलेसम्म आउनुभएन, केही पो भयो कि – मलाई किन यसरी डर लागिरहेको छ ।

-चार बजेको घण्टी बज्छ । भाले बासेको आवाजसहित कसैले ढोका ढकढकाउ“छ)

नेपाथ्य – रजनी….. रजनी… ऐ रजनी…

रजनी – -आवाजतिर ध्यान दि“दै) यो बेला को आएको होला आवाज पनि चिनेजस्तो छ । -डराउ“दै ढोकातर्फ लम्बन्छे)

नेपथ्य – छिटो डोका खोल भन्या… छिटोछिटो….. -पुनः जोडले ढोका ढकढकाउ“छ)

रजनी – -बिस्तारै ढोका खोल्दै) को हो…. –

शरद – -प्रवेश गर्दै) के को आदर्शको नाटक गर्दैर्र्छौ – यस को�� ाभित्र अपराध गन्हाइरहेको छ -को�� ाभरि शङ्कालु दृष्टिले नियाल्दै) यो त्रि्रो मुखुण्डोले ढाकिएको अनुहारले आमर्ूतभावमा अपराध दर्शाउ“दै बुझयौ“ –

रजनी – तपाईं… तपाईं यो के भन्दै हुनुहुन्छ –

शरद – म यो भन्दैछु – तिमी मेरो पत्नीको घुम्टो ओडेर नाङ्गो नाच देखाइरहेको छौ । मेरो छातीमा विश्वासघातको छुरी रोपिरहेकी छौं ��

रजनी – -आर्श्चर्य मान्दै) मैले तपाईंको कुरा बुझिन, मैले त्यस्तो के कार्य गरेर –

शरद – -व्यङ्गयसाथ) वाह ….. बुझनु सकिन ….. मेरो अगाडि चोखो बन्ने कोसिस नगर, अनि मेरो सामु पत्रि्रताको नाटक पनि गर्नु पर्दैन र अर्को कुरा सुन कसैले पनि आ“खामा पट्टी लगाउन सक्दैन …… ��

रजनी – -रुन खोज्दै) तपाईं ममाथि शङ्का गर्दै हुनुहुन्छ । आखिर मैले के त्यस्तो काम गरे जुसले तपाईंलाई आघात पुर्यायो । यो एकान्त घरमा राति अबेरसम्म तपाईंलाई पर्खेर बसे अहिलेसम्म खाना पनि खाएको छैन, फेरि ममाथि सायद तपाईं नारी भएको भए एउटी नारीका….

शरद – मेरो अगाडि भाव पोखेर आदर्श छाट्नु पर्दैन । कुनै पनि अपराध लुक्न सक्दैन । एक दिन अपराध माथिको पर्दा उघ्रने छ । त्यसपछि यहा“ भूकम्प आउनेछ अनि यो सानो संसार टुक्राटुक्रामा परिणत हुनेछ । त्यस बेला न त्रि्रो अस्तित्त्व यहा“ रहनेछ, न मेरो नै…. क थाहा फेरि यस्तो संसार यहा“ बस्नेछ…… जसको कारकतत्त्व तिमी नै हुनेछौं ।

रजनी – -रु“दै) मलाई विश्वास गर्नुहोस्… म हजुरको पाउ“m पर्छर्ुु. मैले त्यस्तो कुनै कार्य गरेको छैन ।

शरद – के यो गोहीको आ“सुको विश्वास गरु“ – के म बिर्सर्ूूयत्रोबेरसम्म ढोक ढकढकाउ“दा पनि ढोका नखोली… म कसरी बिर्सर्ूूयो क्षण यस को�� ामा पस्तुअघि कुनै पुरुषस“ग गफ गरिरहेको । भन त्यो को हो र कहा“ छ – त्यो विषालु गोमन जसले मेरो इज्जत र खुसीमाथि ढसिरहेको छ । भन त्यो को हो – अनि मात्र विश्वास गर्छर्ुु

रजनी – कोही होइन । यहा“ कोही पनि आएको छैन । तपाईं विश्वास गर्नुहुन्न – आज मैले सार्है नराम्रो सपना देखे त्यसेका प्रभावमा म एक्लै बर्बराइरहेको थिए । -रु“दै) म निर्दोष छु ।

शरद – मलाई भ्रममा पार्ने कोसिस नगर । आज मात्र होइन प्रत्येक मेरो अनुपस्थितिमा तिमी कुनै पर-पुरुषको आलिङ्गनमा हुने गर्र्छौ, जसको मौन सङ्केत यहा“को वातावरणले दिइरहेको छ ।

(राजेशको प्रवेश)

शरद – -�� ट्टयौली भागमा) के को हल्ला – के भइरहेको छ तिमीहरूलाई ग्रह नमिलेजस्तो छ नि -हा“स्छ) ।

शरद – ओ हो राजे �� आइज बस् न ।

-राजेश बस्छ । रजनीभित्र पस्छे)

राजेश – अति के भो – राति म त“लाई छोडेर गइहाले ।

शरद – के हुनु यार �� हिजो अति बढी पिइएछ । त्यसैले रातभरि बाहिर नै सुत्यिो । जब यहा“ आइयो र जुन गुनगुन गरेको आवाज यहा“ सुने.. ढोका ढकढकाएरभित्र पसे तर…

राजेश – तर के भो….. –

शरद – त्यो हरामी उम्किहाल्यो । आजदेखि त झन तैले भनेको कुरामा मलाई पर्ूण्ा विश्वास भयो ।

राजेश – मेरो विश्वास गर यार �� म साथीको लागि जे पनि गर्न तयार छु । मलाई भन मात्रै न आकाशको तारा भए पनि खसालिदिन्छु । त भइन्जेल नडरा । म यहा“ निरीक्षण गरिरहन्छु ।

शरद – त्यो त भन्न पर्दैन । तँप्रति मेरो पर्ूण्ा विश्वास छ । आज चाँडै नै काममा जानु छ । फेरि यहा“ बस्नेसमेत मन छैन । आज खाना पनि बाहिर नै खानु पर्ला जाऊ हि“ड ।

राजेश – हि“ड न त जाउ“m । -दुवै जान्छन् उदास अनुहार लिएर रजनीको प्रवेश)

रजनी – सायद भगान्ले मानव सृष्टिमा पक्षपात गरेको छ

नत्र किन त यो पुरुष र नारीबीच यो भेदभावको गहिरो आडल – कस्तो विडम्बना कस्तो अन्याय �� -टोलाउ“छे, ओहरदोहर गर्छर्ेे लामो सुस्केरा हाल्दै । शून्यतामा हेदर्ैर्ैैपहिले त्यति माया गर्ने मान्छे । किन केही दिन यतादेखि उनमा परिवर्तन आइरहेको छ – लाग्छ कुनै सकुनीको पासोमा फस्नुभएको छ आज पनि खाना खान आउनु हुन्न जस्तो छ । कस्तो मेरो भाग्य….

-लामो सास फेर्दै झयालतर्फ बढ्छे । झयालबाट बाहिर हेरिरहन्छे । राजेश चाल मारेर भित्र प्रवेश गर्छ । ढोकाको चुकुल लगाउ“छ । रजनर्ीतर्फ बढ्छ । कुटील मुस्कान लि“दै रजनीको ब्लाउज र साडी बीचको नग्न भागमा दुवै हातको चोर औलो कोट्टयाउ“छ ।)

रजनी – अबर्ुइ… र्-तर्सदै राजेशतर्फ र्फकन्छे) राजेश बाबु तपाईंले यो के गरेको यस्तो मलाई मन पर्दैन ।

राजेश – -कुटिल मुस्कानमा) भाउजूलाई मन पर्दैन… तर मलाई त भाउजू नै असाध्यै मनपर्छ…. -हा“स्छ) त्यसैले त…… ।

रजनी – के त्यसैले.. हाइन्दा दाइ नभएको बेलामा यहा“ नआउनुहोला………. गइहाल्नोस् यहा“बाट ।

राजेश – भाउजूलाई त रिस पो उ�� ेछ …… सरी…. साँच्चै तपाईं कति सोझी हगि �� शरद दिनै पिच्छे नयाँनयाँ केटीहरूसित रेस्टुरेन्टमा रमाइलो गर्छ । राति उतै सुत्छ । तपाईं भने -व्यङ्गय हा“स्दै) यो उमेरमा पनि ओ�� टोकेर बस्नु हुन्छ । कस्तो विडम्बना…. च्व… च्व… विचरा -अगाडि बढ्दै) आखिर यो दर्ुइ दिने जिन्दगीमा के छ भाउजू एक दिन मर्नै पर्छ । त्यसैले आउनुहोस् -हात फैलाउ“दै) तपाईं-हामी अन्तरिक्षको रमाइलो यात्रमा निस्कौं ।

रजनी – -पछि हट्दै) राजेशबाबु �� यस्तो कुरा मस“ग नगर्नुहोस् र अगाडि बढ्ने कोसिस पनि । उहा“प्रति मेरो पर्ूण्ा विश्वास र आस्था छ । अनि म एउटी पत्रि्रता नारी हु“ बुझनुभो – बरु तपाईं यहा“बाट तुरुन्त गइहाल्नोस्-नत्र राम्रो हुने छैन ।

राजेश – गइहाल्नु…. – -हा“स्दै) आज म यति सजिलै जान्न । आज म तपाईंलाई इज्जत लुट्नको लागि डाँकाको रूप धारण गरेर आएको छु । तपाईंको यो सतत्त्व रूपी धनमाथि मेरो गिद्धे आ“खा धेरै दिनदेखि परेको थियो । आज त्यो सौभाग्य हात आएको छ । भन्नुस्-कसरी उम्बन दिऊ – -गोजीबाट रक्सीको बोतल झिकेर पिउ“दै) उसको आनन्द पनि के कम छ र… -अट्टाहा“स लगाउ“छ)

रजनी – -डराउ“दै) राजेशबाबु �� किन तपाईं राक्षस बन्नुहुन्छ । आखिर तपाईंको आमाचेली समान हु“ । मलाई छोडिदिनुहोस् ।

राजेश – -हा“स्दै) मैले यो संसारको सबै आइमाईलाई आमा र चेली सम्झे भने कसलाई स्वास्नी बनाउने…. कसलाई पौरुषत्व देखाउने.. – त्यसैले न मेरो आमा नै छिन् न त चेली नै… केवल विलासिताको साधन ।

(समाउन खोज्छ)

रजनी – -भाग्दै) गुहार ….. गुहार….

राजेश – जति चिच्च्याउन मन लाग्छ चिच्चा-घोक्रो सुक्छ तेरो । तर कसैले सुन्दैन तेरो गुहार……. । तेरो लोग्ने मेरो जालमा फसे पखेटा लगाइसक्यो । बरु चुप लागेर मलाई साथ दे… -झम्टन्छ)

रजनी – यो हुन सक्दैन कुकुर -भाग्छे)…….

राजेश – हुन्छ हु“दैन त्यो त अहिले थाहा हुन्छ -समाउ“द रजनी फुत्किन्छे । भाग्ने क्रममा रजनीले लौरो भट्टयाउ“छे र त्यसले प्रहार गर्छर्ेे)

राजेश – -टाउको समाउ“दै कम्पित र क्रुद्ध स्वरमा) �� ीक छ… दुध दिनै गाईको लात सहनर्ुपर्छ भन्थे-यही सही… तर तेरो प्रत्येक अङ्गहरू आज….. (पुनः समाउन खोज्छ । रजनी भाग्दै भगवतीको तस्वीर समाउन पुग्छे ।)

रजनी – मलाई बचाउनुहोस् माता …. बचाउनुहोस् । -राजेश फेरि समाउन पुग्छ । रजनी फुर्तीसाथ सिरानी मुनिको खुकुरी झिक्छे । खुकुरी देखाउ“दै – आइज राक्षस…. आजि म तेरो संहार गर्छर्ुुसरी भगवतीले महिषासुरको वध गरेको थिएन । आज म भगवतीको रूप लिएर त वास्नाको पुजारी तेरो वध गर्ने छु….. (नाङ्गो खुकुरी लिएर ऊ अगाडि बढ्छे राजेशपछि हट्दै ढोकोमा पुग्छ)

राजेश – �� ीक छ… आज म पराजित भएर जा“दैछु । तर याद राख भोलिको दिन यस धरतीमा तेरो अस्तित्त्व रहने छैन । (जान्छ)

रजनी – -विजयको अट्टास“ग गर्दै) त्यो भाग्यो… भाग्यो �� नारीले पनि आङ्खनो मुक्तिको लागि सर्‹ष्ा गर्नुर्छि । साहस बटुल्नर्ुर्छि । उसले पनि यहा“ केही गर्नुपर्छ… केही गर्नुपर्छ…

(आवेगमा शरदको प्रवेश)

शरद – गर्नुपर्छ भन्दैमा जे पनि गर्न पाइ“दैन । लाज लागदैन नकचरी-रातभरि नभएर पनि दिनभरि पनि ना�� ो खेलाउनु पर्छ �� के यो बेश्यालय हो –

रजनी – -दुवैकान थुन्दै) नाई… तपाईं यो के भन्दै हुनुहुन्छ –

शरद – -हिर्काउन खोज्दै) चुप लाग् ‹ मेरो साथीलाई त कुटाइस् अब मलाई पनि कुटाउने विचार छ – पहिले त्यो तेरो बहादुरलाई…

रजनी – -रु“दै) तपाईंको साथीले मेरो सतित्त्वमाथि हात लगाउन खोज्यो… मेरो इज्जत लुट्ने कुचेष्टा गर्यो ।

शरद – -व्यङ्ग) होला… सिधै किन भन्दिस्- तिमीहरूबीच अवरोध भएर उभिदियो ‹ अझ म र राजेशबीच फाटो ल्याउन खोज्दैछस् । कुरा लुकाउन खोज्दैछस् । मलाई सब थाहा छ ।

रजनी – (रु“दै) तपाईं…

 

 

शरद – सबैले भन्थे- दुध खुवाएर पालेको र्सपले एक दिन डस्छ- आखिर त्यही भयो । सायद मैले प्रेम गरेर �� ूलो गल्ती गरेछु । जसको साथ र माया पाएर म यस धर्तीमा र्स्वर्गको अनुभव गर्न चाहन्थे । त्यसैले हजारौ“ बाधाहरूको सामना गर्दै यो आकाश र धर्ती अनि यहा“को समाजलाई साक्षी राखी सिन्दूर र पोतेले सम्मानित गरे । तर मलाई के थाहा जसलाई मैले जुन स्थान दिए त्यो त गन्हाउने रछयानमा रहैने वसतु रहेछ । जो त्यसैमा बसन रमाउ“छ आज त्यही सिन्दूर र पोतेले मलाई सरापिरहेछ । -एक्कासी आवेगमा रजनीको गलाको पोते चुडाउ“दै) अब यो पवित्र बन्धन यो गलामा खुल्दैन -फेरि टेबलमा राखेको जगको पानीले सिउ“दोमा खन्याउ“दै) यो पवित्र सिन्दूर पनि यो सिउ“दोमा मेरो पत्नी बनेर फुल्दैन आजदेखि तेरो मे।रो बचि जुन सम्बन्ध थियो- सम्झी सदाको लागि समापत भयो । त्यसैले यस को�� ाको छतमुनि बस्ने तेरो कुनै अधिकार छैन । निस्किहाल गैहाल -बाहिर निस्कन खोज्दै) म फर्केर आउ“दा तेरो छायासम्म देख्न नपरोस् बुझसि् -निस्कन्छ । रजनी रु“दारु“दै बेहोस भएर लड्छे केही समय पश्चात् बिस्तारै उ�� ेछ)

रजनी – आमा…आमा… अब म कहा“ जाऊ । (भूइ“को पोते टिप्दै)

यो पोते जसले मेरो पत्रि्रताको गवाही दिन सकेन । यो सिन्दूर -पखालिएको सिन्दूर छाम्दै) जसले मेरो पतिलाई विश्वास दिलाउन सकेन । यो अमर्ूत साक्षी बाहेक म अरुको ल्याउ कसरी मैले सिवश्वास दिलाऊ । जब राजेश नामको राक्षसको जालमा मेरो पति कहिल्यै नछुट्ने गरी फसिसकेको छ… हे भगवान् अब म कहा“ जाऊ… भगवान् प्रत्येक नारीलाई यस्तो हारेको जुनी किन दिन्छौ“… किन..- -रु“दै को�� ाको प्रत्येक निरिक्षण गर्दै) अब म यो धर्तीमा बा“च्न सक्दिन“ । न म यो रित्तो गला र पुछिएको सिउ“दो बोकेर यो समाजमा रहन नै सक्छु… सहारा बिनाको लहरा बनिसके.. भगवान् अब म त्रि्रो शरणमा आउ“दै छु… -को�� ाको प्रत्येक वस्तुलाई पुनः मायालु दृष्टिले नियाल्दै बाहिर निस्कन्छे अ“ध्यारो हुन्छ)

 

 

(रातको १०.०० बजेको घण्टा लाग्छ । शरद मातिएर को�� ामा प्रवेश गर्छ) ।

 

शरद – -लरबराएको सवरमा) त्यो बेश्या गइछ , �� िकै भयो । त्यसले मेरो इज्जत सबै माटोमा मिलाइदिई । आज म समाजको अगाडि नाङ्गो भए । -कपडा खोल्दै) त्यस नक्कलीले मेरो साथी राजेशलाई झण्डै मारेको मोका पाएको भए मलाई पनि मार्ने थिई । -पागलभै“m) ऐ नक्कली तेरो ना�� ोलाई यहा“ लया -छुरी झक्िदै) त्यसलाई एकैचोटिमा… अनि त“ पनि आइज… यसैले सिध्याइदिन्छ । र्-बर्बराउ“दै छुरी सिरानीमुनि राख्छ र सुत्छ । निस्तब्ध रातमा टाढा कतै लाटोकोसेरोको आवाज आउ“छ । यस्तैमा टाउकोमा सेतोपट्ट िलगाएर राजेश र्सतकका साथ को�� ामा प्रवेश गर्छ । ओच्छयानमा दृष्टि लगाउ“छ । खुशीको मुसकान छाउ“छ । ज्याकेट र बेलट खोलेर एकतर्फफाल्छ । कामुक मुसकान र्छर्दै ओच्छयानतिर बढ्छ) ।

राजेश – आज मेरो इच्छा पुरा हुने भो… तेरो यौवन रूपी वृक्षको प्रत्येक हा“गा पातसमेतलाई धुजाधुजा पार्ने छु । एक्कासी सुतिरहेको शरदलाई अ“गालो हाल्न पुग्छ । शरद हडबडाउ“दैय�� ्छ र राजेशमाथि छुरी झकिेर प्रहार गर्छ । राजेश ढुनमुनि“दै बाहिर निसकन्छ । शरद पुनः झम्टन्छ बाहिर �� ूलो चिच्चाहटस“ग केही वसतु ढलेको आवाज आउ“छ ।

शरद – र्-थर्रर काम्दै साले मर्यो । मलाई मार्न आएको थियो- आफै मर्यो । -केही सोचेर) मैले यी हातहरूले हत्या गरे । म हत्यारा हु“ । मैले सजाय पाउनर्ुपर्छ… आज म कसरी हिंसामा बदलिन पुगे… कसरी आज म अपराधी बने… म हत्यारा बने… हो… हो… म अपराधी हु“ । -को�� ामा साधारण भेषभूषामा एउटा युवकको प्रवेश हुन्छ जसको हातमा रगतले मुछिएको छुरी हुन्छ ।)

अवशेष – -शरदतर्फछुरी देखाउ“दै) ओ महाशय �� म अपराधी बन्छु भनेर कसैले पनि कल्पना गर्दै बाजा बजाएर पनि आउ“दैन । एउटा अप्रत्याशित घटेको घटनाबाट अपराध सिर्जना हुन्छ । परिबन्धले भनौ“ या आजेगले मानिसलाई अपराधी बनाउ“छ ।

शरद – -डराउ“दै तपाईं… तपाईंको हो… अनि यो छुरी..

अवशेष – म त्रि्रो मुक्तिदाता यो छुरी तिमीलाई मानृ होइन बचाउन ल्याएको हु“ । तिमी कसैको पासोमा बा“धिएका छौ“ । त्रि्रो त्यही पासो काट्न ल्याएको । आज म रजनी र तिमीबीच भएको तनावको रहस्य खोल्दैछु ।

शरद – कस्तो रहस्य… त्यो नकचरी अब यहा“ छेन ।

अवशेष – चुप लाग… सती सावित्री जस्ती पत्नीमाथि तिमीले धेरै अन्याय गर्यो, अत्याचार गर्यो । कसैले तिमीलाई जालमा फसाएर फाइदा लुटेको तिमीले बुझेनौ । तिमी मानिसको आवरणभित्र लुकेको पशु हौ ।

शरद – तपाईं यो के भन्दै हुनुहुन्छ –

अवशेष – म जे भन्दैछु �� िकै भन्दैछु -नम्र भएर) यस परिवारको प्रत्येक स्थितिस“ग म परिचित भइसकेको छर । जुन राजेशलाई तिमीले विश्वास गर्यो जुन राजेशमाथि त्रि्रो पर्ूण्ा विश्वास थियो त्यसले त्रि्रो आ“खामा पट्टी बा“धिदियौ- त्यही अन्धोपनमा तिमीले आङ्खनो सीताजस्ती पत्नीलाई चिन्न सकेनौ“ । त्यही त्रि्रो विश्वासनीय साथी राजेशले त्रि्रो पत्नी रजनीलाई बलात्कार गनेृ कुचेष्टा गरेको थियो, इज्जत लुट्न खोज्यो त्यसबेला उसले कसरी आङ्खनो सतित्त्व बचाइन तिमीले बुझने कोसिस गर्यौ – बस �� तिमी त अन्धो थियो । त्रि्रो आ“खामा पट्टी बा“धिएको थियो । अघि आउने व्यक्ति पनि त्यही राजेश थियो । त्यसैको अवशेष हो यो ज्याकेट र बेल्ट

शरद – -बिस्तारै उ�� ाउन जान्छ, उ�� ाएर हर्ेर्दै) आज मेरो आ“खाबाट अविश्वासको पट्ट िहटयो । जसलाई मैले विश्वास गरे उसैले मलाई विश्वासघात गरेछ । म त्यसस“ग बदला लिने छु ।

अवशेष – बदला लिइसकेको छौ“ �� बरु रजनीस“ग माफी माग र सुखी दाम्पत्य जीवन बिताउने कोसिस गर -चु“डिएको पोते दि“दै) शरद तिमीले यो चु“डिएको पोते पुनः गा“स्नर्ुपर्छ । रजनीको पुछिएको सिउ“दो फेरि रङ्गाउनर्ुपर्छ ।

शरद – तर… तर… अब म रजनीलर्“इ कहा“ खोजौ“ । ऊ मबाट टाढा गइसकी । अब त मलाई घृणा पनि गर्छिन् होली सा“च्चै म पापी हु“… पापी हु“…।

अवशेष – रजनी कही“ गएकी छैनन् अझ पनि उनको हृदयमा त्रि्रै मर्ूर्ति छ । आऊ अस्पतालको बेड नं. १०१ मा जहा“ त्रि्रै प्रतिक्षामा बसिरहेकी छिन् ।

शरद – -आर्श्चर्य) अस्पताल.. के भो उनलाई –

अवशेष – बा“की उनैबाट थाहा हुनेछ । जाऊ चा“डो आऊ । नत्र फेरि अर्को घटना घट्न सक्छ । (शरद जान्छ । अवशेष यसैलाई हेरिरहन्छ । बिस्तारै को�� ा नियाल्छ हातको छुरी हर्ेछ)

अवशेष – उपm… म कस्तो सङ्कटमा पदैृछु । सायद प्रत्येक मानिसमा यसरी नै अप्रत्याशित रूपमा घटना घट्छ होला -सम्झ“दै) मैले रजनीलाई त पोखरीबाट झकिेर आत्महत्या गर्नबाट बचाए तर मैले उनलाई कर्म दिन नपाउ“दै अर्को घटनाको सामना गर्न पर्यो । के जीवन नै घटना हो त – जसको सर्‹ष्ा गर्दागर्दै अन्त्य हुन्छ । -छुरी हर्ेर्दै झस्के जस्तो गर्छ) अह“… अह“… म अपराधी होइन…म…म…ज्यानमारा होइन । -सुन्यतामा हर्ेर्दै)

-त्यसै बेला अवशेष र रजनीको सम्वाद -नेपथ्यबाट आउ“छ)

रजनी – -रु“दै) दाजु �� तपाईंले मलाई पुनर्जीवन दिनुभयो, मलाई बा“च्ने रहर त थिएन तर दाजु तपाईंले मलाई बचाएर तपाईंको चेली हुने सौभाग्य पाए अब म बा“च्न चाहन्छु, दाजु बा“च्न चाहन्छु । प्रत्येक भाइटिकाको दिन सपतरङ्गी टिकाले तपाईंको निधार सजाउनेछु…

अवशेष – अवश्य �� प्रत्येक भाइटिकाको दिन मेरमे लागि सौभाग्यको दिन हुनेछ �� आजदेखि एउटा दाजुको कर्तव्य निभाउने छु म �� बहिनकिो आ“खामा आ“सु होइन, ओ�� मा मुस्कान ल्याउनेछु, खुशीले भरिदिने छु त्रि्रो जीवन..

(वास्तविकतामा आउ“दै)

हो बहिनी �� म कसम खान्छु �� त्रि्रो पुछिएको सिउ“दो हर्ैन सक्दिन“ म �� त्रि्रो संसार उजडिएको देख्न चाहन्न �� त्रि्रो खुशीको लागि म.. म… म नै हत्यारा बनेर जेल जान्छु �� म मेरो बहिनीलाई खुशी दिन्छु । म…म… हत्यारा हु“… अपराधी हु“…

(राजेशको ज्याकेट लगाउ“छ । छुरी समाउ“छ, आफै“लाई नियाल्दै)

म…म हत्यारा भए… -चिच्च्याउ“छ)… म…म…हत्यारा…

(त्यसैबेला प्रहरीको प्रवेश)

इन्स्पे. – मिस्टर अवशेष हामी तपाईंलाई गिरङ्खतार गर्न आएको �� त्यसैले आत्मा मिर्पण गर्नुस् ।

अवशेष – -डराउ“दै) किन… मलाई किन –

इन्स्पे. – तिमी हत्यारा हो । तिमीले राजेश नामको व्यक्तिको हत्या गरेका छौ ।

अवशेष – हत्या… हत्या… -सम्झेभै“m) हो… हो… म नै हत्यारा हु“… म नै राजेशको हत्यारा हु“ । -रजनी र शरदको प्रवेश)

रजनी – दाजु हामी आयौ -आर्श्चर्य) यो के हो… यहा“ के भयो दाजु… अघि -प्रहरीतर्फदेखाउ“दै)

अवशेष – बहिनी �� मैले राजेशको हत्या गरे“ ।

शरद – होइन मैले मारेको हो इन्स्पेक्टर साब ।… उहा“ झू�� बोल्दै हुनुहुन्छ ।

इन्स्पे. – त्यो हो भने -दुवैलाई पक्रने आदेश दि“दै) हथकडी लगाउ दुवैलाई ।

अवशेष – यो हुन सक्दैन हत्या मैले नै गरेको हु“ । मैले मेरो बहिनीको लागि राजेशको हत्या गरे । उसलाई मारेर यो को�� ामा पसेको हु“ । नपत्याए यी यो छुरी हर्ेर्नुहोस् जसले तातो रगत पिएर अझै मेरो हातमा हा“सिरहेको छ ।

 

(अवशेषलाई हथकडी लाग्छ)

रजनी – (रु“दै) दाजु यो के भयो –

अवशेष – केही होइन बहिनी, मात्र एउटा अप्रत्याशित घटना हो । वो घटयो भूतकाल भयो । वर्तमान यसते रहयो । दुःख नमान बहिनी �� भविष्यमा कुने दिन त्रि्रो हातले गा“सेको गोदावरी र मखमली फूलको माला र सपतरङ्ग टीका थापन अवश्य आउनेछु ।

(अवशेष र प्रहरी जान्छन् । पर्दा खस्छ)

 

समाप्त

(राजकीय प्रज्ञाप्रतिष्�� ानबाट आयोजित क्षेत्रीय नाटक उत्सव-२०५३ पूवाचंलमा प्रदर्शित नाटक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नाटक and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *